Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
2,200 |
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गरेका थिए । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौँमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै मोदी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भएका थिए । नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौँमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए ।
|
2,201 |
।
|
2,202 |
हिमालय एयरलाइन्सले साउदी अरेबियाबाट नेपाल फर्कने श्रमिकलाई पाँच गुणासम्म बढी रकममा हवाई टिकट बिक्री गर्दै आएको गैरआवासीय संघ साउदी अरेबियाले आरोप लगाएको छ । एयरलाइन्सले श्रमिकको उद्धारको नाममा श्रमिकलाईं नै ठगेको संघका अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार एयरलाइन्सले श्रमिकलाई साउदीदेखि काठमाडौंसम्मको हवाई टिकट ८६ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म बिक्री गरेको छ । सामान्य अवस्थामा नेपालदेखि साउदीको एकतर्फी हवाई भाडा २४ हजार पर्छ । तर, कोरोना संक्रमणको गलत फाइदा उठाउँदैं एयरलाइन्सले चर्को शुल्कमा टिकट बिक्री गर्दै आएको उहाँले बताउनुभयो । संघको साउदीस्थित नेपाली दूतावालाई समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो ।
|
2,203 |
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने भोजपुर । भोजपुर जिल्लामा पहिलोपटक लाहा खेतीको सुरुवात गरिएको छ । निजी, सामुदायिक तथा कबुलियती इटहरी । ईलाका प्रहरी कार्यालय इटहरीले अकस्मात चेकजाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६, उदयपुर । ११ वर्षिया बालिका बलात्कारको आरोपमा ६३ वर्षिय बृद्ध पक्राउ परेका छन् । लैंगिक झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । दमक । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) १२ वर्षीया बालिकालाई दमक । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कार्यकर्ताद्धारा मारिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमको लागि विपी इलाम । इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा साढे ६ हजार घरपरिवार सुकुम्बासीले लालपुर्जा पाउने दमक । दमक र मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
2,204 |
सुडान घोटालामा मुख्य अभियुक्तमध्येका एक बेलायत निवासी माइकल राडार अदालतमा हाजिर हुन आउने म्याद गुज्रेको छ । 'हामीले असार १ गते उनलाई इमेल पठाएका थियौं' विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले भने, 'तर उनले त्यसको कुनै जवाफ पठाएका छैनन् ।
|
2,205 |
महिला स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो हो, महिनावारी स्वास्थ्य । पछिल्लो समय महिलाहरूमा महिनावारी अनियमिततासँगै उमेरअनुसार विभिन्न समस्याहरू बढ्दै गएको पाइन्छ । अस्पताल आउने महिलाहरूमा देखिने स्त्रीरोगमध्ये झन्डै २० प्रतिशत महिनावारी अनियमितता र यससँग सम्बन्धित विभिन्न समस्या रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांक छ । बदलिँदो जीवनशैली, तनाव र खानपानले पनि यस्ता समस्या निम्त्याइरहेको विशेषज्ञहरू बताउँछन् । आकस्मिक गर्भनिरोधका साधनको बढ्दो प्रयोगले पनि महिनावारी स्वास्थ्यमा समस्या बढाएको विभिन्न अध्ययनहरूले देखाएका छन् । महिनावारीको समय पछि सर्ने, महिनावारी हुँदा बाहेकका दिनमा पनि रक्तस्राव हुनेजस्ता समस्या पनि आकस्मिक तथा लामो समयसम्म प्रयोग गरिने परिवार नियोजनका साधनको कारण निम्तिने समस्या हुन् । भर्खरै महिनावारी सुरु भएका बालिकाहरूमा प्रजनन् प्रणली परिपक्व नभइसकेका कारण धेरै दिनसम्म रक्तस्राव भइरहने, बीच बीचमा रक्तस्राव हुने वा केही महिनाको अन्तरमा मात्रै महिनावारी हुनेजस्ता समस्या देखिनसक्छन् । तर, उमेर बढ्दै जाँदा यस्ता समस्या हराएर जाने गर्दछन् । त्यस्तै, प्रजनन्योग्य उमेरका महिलामा डिपो, नरप्लान्ट, पिल्सजस्ता परिवार नियोजनका साधन प्रयोग गर्नेहरूमा महिनावारी अनियमितता हुनसक्छ । स्तनपान गराइरहेका महिलामा पनि अनियमित रूपमा सक्तस्राव हुनसक्छ । तर वयस्क उमेरका महिलाहरूमा पाठेघरमा मासु पलाएको वा अन्य केही समस्याले पनि अनियमित रक्तस्राव गराउनसक्ने पाइएको छ । मोटोपना भएका महिलामा भने पुरुष हर्मोन बढी देखिने भएकाले उनीहरूमा महिनावारीबारे अनियमितता हुने गरेको पाइएको छ । स्वस्थ महिनावारीका लागि खानपानमा विशेष ध्यान पुर्याउनु र मोटोपना घटाउनु प्रमुख उपाय हुन् ।
|
2,206 |
आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमनसँगको खेल नेपाली मैदानमा भएको पहिलो एकदिवसीय खेल थियो। तर पहिलो खेल नै खल्लो भएको छ। १ सय ९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो। यसपटक पनि कारण खराब ब्याटिङ नै बन्यो। घरेलु मैदानमा दर्शकको साथ र टस जितेर नेपालले सोचेजस्तै पहिले फिल्डिङ गर्दा पनि खेल सोचेअनुरुप हुन सकेन। बलिङमा अब्बल देखिए पनि ओपनिङ ब्याटिङसँगै इनिङ बढाउने खेलाडीको अभाव देखियो। शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले केहीबेर खेलमा आश देखाए पनि लामो समय रहन सकेन। शरदले १०८ बल खेलेर ५५ रन साथै दिपेन्द्रले ५७ बलमा बनाएको ३६ रन महत्वपूर्ण थियो। बिनोद भण्डारीले २५ बलमा २६ रन बनाएका थिए। त्यससँगै बलिङमा विकेटविहीन भए पनि सन्दीप लामिछानेले सम्हालिएको ब्याटिङ गर्ने प्रयास गरेका थिए। उनले २७ बलमा ३ चौका १ छक्कासहित २८ रन बनाएका थिए। एकदिवसीय डेब्यू गरेका सुसन भारीले १० ओभर बलिङ गरेर १४ रन मात्रै खर्चेर ३ विकेट लिए। करण केसीले ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
2,207 |
राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राति १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे भने अहिलेसम्म जानकारी आएको छैन। यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर तीन दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालका पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राति १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे भने अहिलेसम्म जानकारी आएको छैन। यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर तीन दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालका पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
|
2,208 |
वेवारिसे अवस्थामा अन्दाजी ४५/४६ वर्ष उमेरका एक जना पुरुषकाे शव महाेत्तरीकाे एक विद्यालयकाे प्राङ्गणमा फेला परेकाे प्रहरीले जनाएकाे छ । मनरासिश्वा न.पा वडा नं ०७ स्थित राष्ट्रिय आधारभूत विधालय झिगास्थान सरपल्लोको प्राङ्गणमा ती पुरुषकाे शव भेटिएकाे हाे । मृतक साेही स्थान वरपर मागी खाइ जीवन गुजारा गर्ने व्यक्ति भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे पनि प्रहरीकाे भनाइ छ । अहिले शव पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।
|
2,209 |
प्रदेश नम्बर २ मा नेकपा एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल बनेको छ । एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीमा प्रदेश २ का ११ जना लागेका छन् । बिहीबार एमालेका ११ सांसदले माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । एमालेका १० सांसदले बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरे भने दिल्लीमा उपचाररत सांसद डिल्लीप्रसाद उप्रेतीले नेपाली दूतावासमार्फत एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् । एमाले सांसदहरू शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादवले एकीकृत समाजवादीका पक्षमा लागेका छन् । पार्टी विभाजनपछि सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडी, सुन्दर विश्वकर्मा र सीता गुरुङ एमालेमै बसेका छन् । प्रदेश २ को प्रदेशसभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले सांसद एकीकृत समाजवादीमा लागेपछि एमाले प्रदेशसभामा पाँचौँ दल ठूलो दलको हैसियतमा झरेको छ । एमाले विभाजन बनेसँगै एकीकृत समाजवादीका पक्षमा ११ जना खुलेका छन् भने एमालेमा १० सांसद छन् । यस्तै, जसपा विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा अहिलेसम्म १२ जना खुलेका छन् । जसपाका ५५ सांसदमध्ये १२ जना लोसपामा लागेका हुन् । जसपा विभाजनपछि पनि ठूलो दलको हैसियतमा कायमै छ । १०४ सदस्यीय प्रदेशसभामा कांग्रेस १९ सांसदसहित दोस्रो, लोसपाका पक्षमा अहिलेसम्म १२ सांसदसहित तेस्रो, एकीकृत समाजवादी ११ सांसदसहित चौथो, एमाले १० सांसदसहित पाँचौँ र माओवादी केन्द्रका ८ छैटौँ दल बनेको छ । प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।
|
2,210 |
तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ । उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ प्रयोग गरेर ‘ठीक गरे’ भन्दै राज्य नै बहसमा उत्रिन बाध्य भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद् सदस्य अयोग्यतासम्बन्धी रिट निवेदनमा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिरक्षा गरेका छन् । त्यो पनि यति कडा कि, न्यायाधीशहरूसँग सवाल–जवाफ नै भएको छ । उनले अनागरिकले समेत चुनाव लड्न पाउनेसम्म तर्क राखे । लामिछानेको बचावट गर्न सहन्यायाधिवक्ता रेग्मी इजलासमा उभिनु आफैंमा स्वार्थ बाझिनु हो । रेग्मीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरिएकाले प्रतिरक्षा गर्नुपरेको बताए । ‘हामीले गरेको प्रतिरक्षा उहाँ (गृहमन्त्री लामिछाने)को तर्फबाट हुँदै होइन । उहाँका तर्फबाट बहस गर्ने निजी कानुन व्यवसायीहरू नै हुनुहुन्छ’, उनले भने । तर, उनले सरकारको होइन, लामिछानेको ‘बचावट’मा गहकिला तर्क प्रस्तुत गरे । सरकारी निर्णय ठीक सावित गर्नुभन्दा लामिछानेको दोहोरो नागरिकता कानुनसम्मत भन्ने तर्क अघि सारे । सहन्यायाधिवक्ता रेग्मीले दुवै जना रिट निवेदकलाई रिट निवेदन दिने हकदैया नभएको दाबी गरे । उनले भने, ‘अदालतले पनि यो सुरु कारबाहीका रूपमा हेर्ने मुद्दा हो । असाधारण क्षेत्राधिकारअन्तर्गत मुद्दा छिन्ने अधिकार क्षेत्र राख्दैन । ’ इजलासमा बहसकै क्रममा रेग्मी र न्यायाधीशबीच सवालजवाफसमेत भएको थियो । न्यायाधीश अनिल सिन्हाले प्रश्न गरे, ‘निर्वाचनको परिणाम घोषणा हुनुपूर्व जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउने तर परिणाम आएपछि उम्मेदवारले मात्रै उजुरी दिन भन्ने हुन्छ र रु’ सहन्यायाधिवक्ता रेग्मीले हालसम्म सांसदहरूको अयोग्यतासम्बन्धी सबै मुद्दामा पराजित उम्मेदवारहरू नै सर्वोच्च अदालत आएको जवाफ दिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
|
2,211 |
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार उच्च अंकले घटेको सेयर बजार आज २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेको हो । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको किनबेच भएको छ । बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार शिवम् सिमेन्टले सबैभन्दा धेरै कारोबार गर्दै कारोबारको हिसाबले १ करोड ७९ लाख बराबरको कारोबारसहित शीर्षास्थानमा रह्यो भने अरुण काबेली दोस्रो स्थानमा रह्यो ।
|
2,212 |
वि.सं.२०७७ भदौ १४ आइतवार नेपालमा आइतबार ( १४ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ८२ हजार ३४३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ७१७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ५१८ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार ६१२ जनाको उपचार भइरहेको छ भने होम आइसोेलेसनमा ६९०६ जना रहेका छन् । त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४ जना र भेन्टिलेटरमा १७ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । जसमा प्रदेश १ मा १७, प्रदेश २ मा ३८, बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १६ जना गरी १४४ जना विभिन्न अस्पतालका आइसीयुमा उपचाररत छन् । सागै प्रदेश १ मा ३, बागमती प्रदेशमा १२ र प्रदेश नं ५ मा २ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ७,७९७ रहेको छ । यो संख्या दिनहुँ घट्दै गएको हो । आज थपिएका १२२१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ भने आज निको भएर २६७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार ८२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, धनुषा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही गरी ११ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र हुम्ला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । साथै आज कर्णाली प्रदेशको विवरण उपलब्ध छैन । मन्त्रालयका अनुसार आज को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जना संक्रमित थपिएका हुन् । त्यस्तै को धनुषामा ७५, पर्सामा ४६, बारामा ८२, महोत्तरीमा ३७, सप्तरीमा ६, सर्लाहीमा ३४ र सिराहामा २६ जना संक्रमित थपिएका छन् । को काठमाडौंमा ३७२, काभ्रेपलान्चोकमा २५,चितवनमा ९०, धादिङमा ३, भक्तपुरमा ४५ मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा १२, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ५ जनामा संक्रमण देखिएको छ । को कास्कीमा कास्कीमा ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा २ र बाग्लुङमा ३ जना संक्रमित थपिएका छन् । त्यस्तै को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ । को अछाममा ८, कन्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जना संक्रमित थपिएसँगै आज देशैभरी १२२१ जना संक्रमित थपिएका छन् । जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् । आज थपिएका १२२१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ५४ प्रतिशत रहेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रदेश अनुसार मा रहनेमा प्रदेश १ मा १२४७, प्रदेश २ मा २१०२, बागमती प्रदेशमा ४३७०, गण्डकी प्रदेशमा ४८०, प्रदेश नं ५ मा १०९७, कर्णाली प्रदेशमा ३६० र सुदूरपश्चिम प्रदेशमा ९५६ जना रहेका छन् । त्यस्तै नमा बस्नेहरुमा प्रदेश १ मा ४९०, प्रदेश २ मा ३९०२, बागमती प्रदेशमा १९५० गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४८० कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी जम्मा ६,९१६ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका १० जिल्लाका १४ जनाको संक्रमणबाट मृत्यु भएको हो । जसमा ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुने ४ महिलामा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया गरेर ४ महिलाको मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र २५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय २ पुरुष गरी १० जना पुरुषको मृत्यु भएको हो । आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । वि.सं.२०७७ भदौ १४ आइतवार १८:३४ मा प्रकाशित झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
|
2,213 |
कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ । रियलमीका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ । यी दुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्र नभै सुपथ मुल्यमा नवीनतम प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनि मूर्त रूप दिन्छ । हामीलाई विश्वास छ कि हाम्रा नेपाली नयाँ पुस्ताले हामीलाई यी दुई स्मार्ट फोनहरु मन पराइदिनुहुनेछ । साथै निरन्तर सुधार गर्दै नयाँ नयाँ स्मार्टफोनहरु ल्याइराख्न हामीलाई हौसला दिनुहुने समस्त नेपाली उपभोक्ताहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ ७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि ¥यामलाई अर्को ६ जिबि सम्म बढाउन मिल्छ । सुन्दर क्यालिफोर्निया सनशाइन डिजाइनमा बनाइएका यी फोनहरुले युवाहरुको चन्चल र हँसिलो व्यक्तित्वलाई प्रतिनिधित्व गर्दछ । ६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ । सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ । यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्टेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् । रियलमी सि ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ । यो मिनी क्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ । नार्जो एन ५५ नयाँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक ¥याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ । नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दा उच्च स्तरको हो । माली जि ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ । ९० हर्जको रिफ्रेस रेट, फुल एचडि डिस्प्ले र पन्च होल स्क्रिन भएको यो फोन चलाउन एकदमै शान्दार अनुभुती हुन्छ । ६.७२ इन्चको स्क्रिन र ९१.४ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएकोले यो फोन चलाउँदा सहज अनुभुती हुन्छ । यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो पटक हो । नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १÷२ इन्चको सेन्सर साइज युक्त ६४ एमपिको क्यामरा रहेको छ । यसमा २ एमपि रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फी क्यामरा पनि रहेको छ । साथै यसमा बोके फ्लेयर पोर्टेट, एआइ कलर पोर्टेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ । नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि ब्याट्रि रहेको छ । जम्मा २९ मिनेटमै ५० प्रतिशत चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ । इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ । यसमा भएको मिनी क्याप्सुलमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ । दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९९९ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य रु. २० हजार ४९९ र ६+१२८ भेरियन्टको मूल्य रु.२४ हजार ४९९ रहेको छ । नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।
|
2,214 |
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन् । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याएकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याएका छन् । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ । अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ । त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन् । गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन् । गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि छन् । भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याएका छन् ।
|
2,215 |
अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एसोसिएस अफ नेपालले निजी गाडी आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको छ। आज अध्यक्ष ध्रुव थापाको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गर्न पुगेका नाडा प्रतिनिधिले यस्तो माग गरेका हुन्। उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई असार मसान्तसम्मका लागि सरकारले आयात प्रतिवन्ध लगाएकोमा त्यसले व्यवसायीलाई व्यवसाय गर्न अवरोध सिर्जना गरेको बताए। उनले बैंक तथा वित्तीय निकायहरूमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरुले विगत ८ महीना देखि अटोमोवाइल व्यवसाय ८० प्रतिशतभन्दा बढीले घटेको जानकारी गराए। भेटमा मन्त्री बडूले असार मसान्तसम्म निर्णय नबदलिने बताएको नाडाका अध्यक्ष थापाले बताए। उनले साउन १ गतेदेखि प्रतिवन्ध फुकुवा गर्ने आश्वासन दिएको उनको भनाइ थियो ।
|
2,216 |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडेका छन् । पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ संयुक्त विज्ञप्ति जारी पार्टीमा नरहने जानकारी गराएका हुन् । “...आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । अहिलेसम्म सहकार्य गरेको सा पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरूलाई हार्दिक धन्यवादसहित भविष्यमा फेरि पनि राजनीतिका कुनै मोर्चामा भेट हुने अपेक्षा गर्दै आजैदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
|
2,217 |
शनिबार बेलुका सात वटा टोली बनाई जंगलमा खटाएर प्रहरीले उनीहरुको उद्धार गरेको हो । \ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया फुल्चोकी जंगलको बिच खोँचबाट अलपत्र परेका निम्न १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाई पठाईएको । बिहान करिव १०ः३० बजे घुम्ने क्रममा फुल्चोकी पुगेको ८ र ८ जनाको छुट्टाछुट्टै समुह बाटो बिराई अलपत्र परेको अवस्थामा प्रहरीले उद्दार गरी चिसो र भोकले कामिरहेको निजहरुलाई प्रहरी प्रभाग बाडेगाउँमा ल्याई तातो चिया र बिस्कुट खुवाएको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
2,218 |
बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ । बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ । दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिएअनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५०० जना नागरिकलाई स्वदेश फर्काइसकेको छ । ती मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ ।
|
2,219 |
आइतबार भएको राष्ट्रपतिको चुनावमा वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । जितपछि लोपेजले मेक्सिकोमा ठूलो परिवर्तन देखा पर्ने दावी गरेका छन् । मेक्सिकोमा सन् १९२९ देखि प्रत्येक ६ वर्षमा राष्ट्रपतिको चुनाव हुँदै आएको छ । तर अहिलेसम्म प्रमुख दल नेसनल एक्सन पार्टी(पीएएन) तथा इन्स्टिट्यूसनल रेभोल्यूसनरी पार्टी (पीआरआई) ले सत्ता चलाइरहेको छ । सन् १९२९ देखि २००० सम्म पीआरआईका उम्मेदवार राष्ट्रपति निर्वाचित भए । सन् २००० देखि २०१२ सम्म पीएएनले सत्ता सम्हाल्यो । २०१२ को चुनावमा पुनः पीआरआईमा सत्तामा फिर्ता भयो । मेक्सिकोको राजनीतिमा दुई दलको यस्तो दबदबा भए पनि लोपेज यी दुवै दलसँग आवद्ध छैनन् । मेक्सिकन नागरिकले पहिलो पल्ट यी दुई दलभन्दा बाहिरका नेतालाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । मेक्सिको सिटीका पूर्व मेयरसमेत रहेका एम्लो नामले लोकप्रिय रहेका ६३ वर्षीय लोपेजले ५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनले डिसेम्बर १ मा राष्ट्रपति पदको सपथ लिनेछन् । लोपेजले आफ्नो चुनावी अभियानमा भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएका थिए । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि खुलेर आलोचना गर्थे । जे भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत लोपेजलाई जितको बधाई दिएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘आन्द्रेु म्यानुएललोपेज ओब्राडोर मेक्सिकोको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई छ । अमेरिका तथा मेक्सिकोको हितका लागि धेरै गर्न आवश्यक छ । कतिपयले त मेक्सिको अब भेनेजुएला जस्तो बन्ने समेत भनेका थिए । तर राष्ट्रपतिमा विजयी भएपछि लोपेजले भ्रष्टाचार निमूल पार्ने आफ्नो वाचा पूरा गरेरै छाड्ने बताएका छन् । भ्रष्टाचार गर्ने जोसुकैलाई नछाड्ने लोपेजले स्पष्ट पारेका छन् । गएको वर्षदेखि मेक्सिकोमा थुप्रै हिंसात्मक घटनाहरु घटेका छन् । यसमा धेरै लागुपदार्थको कारोबार गर्नेहरु रहेका छन् । लोपेजले चुनावी अभियानमा आफूले जितेमा यसबारेमा मन्त्रिपरिषदको बैठकमा दिनहुँ छलफल गर्ने र कडा कदम चाल्ने बताएका थिए । यस पटक चुनाव प्रचार–प्रसारकै क्रममा पनि मेक्सिकोमा हिंसात्मक घटना घटेका थिए । जसमा एक सय ३० भन्दा धेरै राजनीतिक उम्मेदवार तथा कार्यकर्ताको ज्यान गएको थियो । चुनावका बेला अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध खनिएका लोपेज जितपछि भने सम्बन्ध सुधारका लागि पहल गर्ने बताएका छन् । मेक्सिकोमा राष्ट्रपतिका अलावा कंग्रेसको एक सय २८ सिनेटर तथा ५ सय प्रतिनिधिको पनि चुनाव भएको थियो । यी सबै राज्य तथा स्थानीय राजनीतिका हिस्सेदार बन्नेछन् ।
|
2,220 |
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो । यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचनामार्फत जानकारी गराएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो । बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
|
2,221 |
रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । 'हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,' उनले भने । बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं. १९ का १२ र मायादेवी गाउँपालिका वडा नं. ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए । लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए । 'हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ,' उनले भने । जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए ।
|
2,222 |
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ता एक घण्टा चल्ने छ ।वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७० औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । लामो समयपछि नेपालमा स्थिर सरकार रहेको, संविधान बनेको र अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने छन् । दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन् । रात्रीभोजकै क्रममा नेपाल र फ्रान्सको संसदीय मैत्री संघका बीच के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिने छन् । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ । विमानबाट आउँदा विमानस्थलमा लामो समय लाग्ने भएकाले छिटो यात्राकालागि रेलबाट आउन लागेको राजदूत दिपक अधिकारीले बताए । पेरिस आए लगत्तै यहाँको उद्योग वाणिज्य महासंघ (मुभमँ देजँथरफ्रिज द फँस) का अधिकारीहरुसित संयुक्त लगानीका विषयमा छलफल हुँदै छ । नेपालमा लगानीकालागि उपयुक्त वातावरण बनेकाले फ्रान्सेली उध्योगी व्यवसायीहरुलाई लगानीकालागि आस्वस्त पार्ने जानकारी फ्रान्सकालागि नेपाली राजदूत दिपक अधिकारीले दिए । लगानीका विषयमा अहिले नै सम्झौता हुने स्पष्ट नभएपनि हालको वार्ताबाट उपयुक्त विषयमा छलफल गरी भविष्यमा संयुक्त लगानीकालागि योजना बन्न सक्ने अधिकारीले कान्तिपुरलाई बताए । बिहिबार उनले पेरिसस्थित नेपाली व्यवसायीहरुसित भेटघाट गरी नेपालमा लगानीकालागि आव्हान गर्नेछन् । प्रवासी नेपालीहरुलाई लगानीकालागि आव्हान गरेपनि लगानीको लागि सुरक्षित वातावरण नबनेको भन्दै त्यसमा प्रधानान्त्रीका तर्फबाट निस्चित गर्नुपर्ने माग राखिने नेपाली व्यवसायीहरुको नेतृत्व गरेका कमल अधिकारीले बताए । व्यापारीहरुसितको भेटघाटपछि दिउँसो २ः४० बाट नेपाली र नेपाललाई माया गर्ने फ्रान्सेलीहरुका बीच प्रधानमन्त्रीको अन्तक्रिया कार्यक्रम राखिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको हिमाली क्षेत्र सामोनीकालागि प्रस्थान गर्ने छन् । युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लाँ (४८१० मिटर) रहेको यो क्षेत्रमा नेपाल र नेपालीलाई माया गर्ने, नेपालमा अनुसन्धान र विभिन्न संस्थामार्फत सहयोग लैजाने फ्रान्सेलीहरु धेरै भएकाले प्रधनान्त्रीले त्यहाँका फ्रान्सेलीहरुसित भेटघाट गर्न चाहेको जानकारी पनि राजदूत अधिकारीले दिए ।
|
2,223 |
कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले खिन्न बनाएको छ । आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकहरुका केन्द्रीय बैंकहरुले बैजनी रङ्गको ५०० दरको नोट जारी गर्न छाड्नेछन् । जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन् । युरोपेली केन्द्रीय बैंकको विज्ञप्ति अनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५०० दरका बैंक नोट प्रयोग गर्नेछन् । जर्मनीको मार्गबर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५०० दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गर्नुभयो । उहाँले ५०० नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाउनुभयो । “मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ । यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन ।” इसीबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरु बैंकहरुले पनि विस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन् । इसिबीले यसको साटो अरु कम मूल्यका नोटहरुको संख्या बढाउनेछ । तर, घरमा ५०० का नोट राख्दैमा आत्तिनु पर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ । “मानिसहरुले यो नोट चलाउन वा घरमै राख्न सक्छन्,” इसीबीकी प्रवक्ता इभा टेलरले बताउनुभयो । गत महिना युरो नोटको प्रवाह हुँदा ५०० दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो ।
|
2,224 |
जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।
|
2,225 |
आफ्नो शानदार प्रभावकारी प्रस्तुति दिन सफल भएसंगै इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीमा सहभागि नेपाली मोडल सविता कार्कीको यात्रा उपाधि नजिक पुगेको छ । गत डिसेम्बर ९ तारिखमा श्रृङ्खलाको परिणाम अनुसार सविता कार्की सो प्रतियोगिताको टप थ्री फाइनलिष्ट मध्येका एक बन्न सफल भएकी हुन् । सवितासंगै इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टमा अहमदाबादकी रिया सुबोध र पुणेका स्वेता राज परेका छन् ।
मोडलिङ संग सम्बन्धीत विभिन्न टास्क, च्यालेन्ज एवं फरक फरक थिम आधारित फोटोसुटको प्रस्तुतिको आधारमा सहभागिहरु एलिमिनेट हुादै आइरहेको यो रियालिटी टी.भि.को अवधारणामा संचालन भइरहेको यो प्रतिस्पर्धामा गत डिसम्बेर ९ तारिखमा प्रशारित श्रृङ्खलामा सहभागिहरुले भैंसीहरुको तबेला भित्र रनवे च्यालेन्ज टास्कमा आफ्नो प्रस्तुति दिएका थिए । यो टास्कमा सविताको आत्मविश्वास पूर्ण प्रस्तुति निकै तारिफ भएको थियो ।
जसमा सहभागिहरुले फोटोसुटको कन्सेप्ट, निर्देशन, कम्पोजिसन र पोज दिनुपर्ने थियो । फोटोसुट डब्बु रतनानीले गरेका थिए । यो टास्कमा सविताको प्रस्तुति र पर्फमेन्सका सम्बन्धमा निर्णायकहरु मिलिन्द सोमन, मलाइका अरोरा र कार्यक्रममा मेन्टर अनुशा डान्डेकरले खुलेरै तारिफ गर्दै आफ्नो स्थानमा उभिएर ताली बजाएका थिए ।
नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शो जस्ता वृहत् र्याम्प शोमा विरालो चालमा यात्रा तय गरिसकेकी सविता कहलिएकी र्याम्प सुन्दरी हुन् । पाँच फिट ८ इन्च अग्लो स्लीम फिगर भएकी काठमाडौंकी २३ वर्षिया सविताको सेक्सी सौन्दर्यले टीएनएम, एम एण्ड एस भिम्याग इन्सिगनिया, वाउ, इसिएस लिभिङ, टिजिआइएफ जस्ता म्यागाजिनहरुको शोभा बढाइसकेको छ ।
जसमा नेपालकी सविता कार्की लगायत १६ जना प्रतिस्पर्धीहरु सहभागि थिए । सहभागिहरुको प्रस्तुतिको मुल्यांकन गर्ने अविभारा कार्यक्रमका निर्णायकहरु अभिनेत्री मलाइका अरोरा, मोडल एवं अभिनेता मिलिन्द सोमन र फेसन फोटोग्राफर डब्बु रतनानीको कााधमा रहेको छ । इन्डियाज् नेक्स्ट टप मोडल मोडलिङमा आधारित रियालिटी टि.भि.शो हो जसको पहिलो सिजन सन् २०१५ जुलाई १९ मा प्रिमियर भएको थियो । यो शो अमेरिकाज् नेक्स्ट टप मोडलको भारतीय स्वरुप हो ।
महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
|
2,226 |
दैलेख जिल्ला साबिक द्वारी गाँउ विकास समितिको कार्यालयका सहलेखापाल छविराम शर्मा र सहायक लेखापाल छविराम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामाजिक भत्ता दुरुपयोगको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । शर्माले आर्थिक वर्ष २०६९÷०७० को दोश्रो र तेश्रो किस्ता तथा आ.ब. २०७०÷०७१ को प्रथम, दोश्रो, तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणबापतको जम्मा एक लाख चौरासी हजार सामाजिक सुरक्षा भत्ता वितरणमा आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरेको खुलेको आयोगले जनाएको छ । त्यस्तै सहायक लेखापाल (खरिदार) छविराम शर्माले आ.ब २०७१÷०७२ को प्रथम र तेश्रो चौमासिक तथा आ.ब. २०७२÷०७३ को प्रथम, दोश्रो र तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणबापतको जम्मा तीन लाख चवालीस हजार पाँच सय अनियमितता गरेका थिए । साथै उनले कृषि, वन तथा वातावरण शीर्षक बापतको एक लाख बाउन्न हजार पाँच सय सत्तरी कामै नगरी बदनियतसाथ हिनामिना गरेको आयोगले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
2,227 |
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको विहिबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ ।” नेपाली भाषा बचाउ आन्दोलन लगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।
यसैबीच प्रतिष्ठानअन्तर्गत दर्शन विभागले अन्तर्राष्ट्रिय दर्शन दिवसका अवसरमा आजै आयोजना गरेको अन्तक्र्रियामा अहिलेको नयाँ पुस्ताले दर्शनका उपयोगितालाई थप खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिइयो । विद्वान् काशीनाथ न्यौपानेले बौद्ध दर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाली समाजको विकासमा प्राचीन दर्शनको महत्व रहेकाले त्यसलाई अहिलेको पुस्ताले गहिराइमा बुझ्न खाँचो रहेको औँल्याउनुभयो । विभागका प्रमुख प्रा दिनेशराज पन्तले विश्व परिवेशमा तत्व ज्ञान तथा व्यावहारिक ज्ञानको गहिरो खोजी पूर्वीय दर्शनमा पाइने बताउँदै यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:२६ मा प्रकाशित काठमाडौँ ।
|
2,228 |
नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।
|
2,229 |
गत वर्ष पुस १० गते बनेको एमालेसहितको गठबन्धन भत्किएपछि फागुन २५ गते राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेस र माओवादीबिच नयाँ गठबन्धन बनेको थियो । त्यो गठबन्धन सरकार करिब एक वर्षसम्म चलेपछि फागुन २१ गते टुट्यो । पुनः एमाले, रास्वपा र जसपासित गठबन्धन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कै नेतृत्वमा सरकार गठन भएको छ । यसरी छिटो छिटो सरकार परिवर्तन भएपछि मुलुकको निरन्तर विकास र निर्माणमा असर पर्छ नै । कुनै दलको एकलौटी बहुमत नआएपछि गठबन्धन सरकारको गठन हुँदै आएको छ ।
|
2,230 |
विद्युत् विकास विभागले हिउँदको समयमा राष्ट्रिय प्रसारणमा जोड्ने गरी बुधबार पहिलोपटक बाराको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिलाई विद्युत् उत्पादनको लाइसेन्स जारी गरेको हो। यो कम्पनीले सुख्खा मौसममा ९० देखि १२० दिनसम्म उखुको खोस्टा (बगास) बालेर बिजुली उत्पादन गर्ने अनुमति दिएको विभागका इन्जिनियर स्वतन्त्र कर्णले जानकारी दिए। कर्णका अनुसार चिनी मिलले बगास बालेर आफैंलाई चाहिने बिजुली उत्पादन गरिरहेका थिए, अब भने राष्ट्रिय प्रसारणमा नै जोड्ने गरी बिजुली उत्पादन गर्ने गरी अनुमतिपत्र जारी भएको हो। रिलायन्सले आगामी ३० वर्षसम्मको अनुमतिपत्र पाएको छ। विभागले उद्योग सञ्चालन रहेसम्म वा बाहिरबाट बगास ल्याएर पनि विद्युत् उत्पादन गर्न सक्ने गरी लाइनसेन्स जारी गरेको छ। विद्युत् विकास विभाग र चिनी मिलबीच २८ असोज २०७४ मा भएको करार सम्झौताअनुसार उत्पादित बिजुली उद्योगले ८ दशमलव २ किलोमिटर दूरीको १३२ केभी परवानीपुर सबस्टेसनमा जोड्नुपर्नेछ। चिनी मिलले नेपाल विद्युत् प्राधिकरणसँग १० माघ २०७४ मा नै कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) गरिसकेको छ। विद्युत् प्राधिकरणसँग चिनी मिलले विद्युत् खरिद सम्झौता (पीपीए) भने गर्नै बाँकी छ। कति मूल्यमा विद्युत् खरिद गर्ने भन्ने विषय प्राधिकरणले गर्ने पीपीएबाट टुंगो लाग्ने उल्लेख छ। चिनी मिलले अहिले पनि बगासबाट बिजुली उत्पादन गरिरहेका छन्। कम्पनी आफूले प्रयोग गरेर बाँकी भएको बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने उल्लेख छ। विभागले चिनी मिललाई अनुमति पाएको एक वर्षभित्रै विद्युत् उत्पादन गर्ने गरी अनुमतिपत्र जारी गरेको छ। सरकारले ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक २०७२ को २७ नम्बरको बुँदामा चिनी उद्योगसँग विद्युत् खरिद गर्ने उल्लेख छ। विभागका अनुसार सरकारले रिलायन्ससँगै इन्दूशंकर चिनी मिल र एभरेष्ट चिनी मिलसँग पनि विद्युत् उत्पादनको करार गरेको छ। यी दुई कम्पनीले भने हालसम्म लाइसेन्सको निम्ति अनुमति मागेका छैनन्। करार सम्झौता भएको १५ दिनभित्रै लाइसेन्सका लागि अनुमति दिनुपर्ने व्यवस्था रहे पनि ती दुई कम्पनीले अहिलेसम्म आवेदन नदिएकाले स्पष्टीकरण सोधिएको जानकारी विभागले दिएको छ ।
|
2,231 |
पपुवा न्युगिनीले आफ्नो चौथो विकेट गुमाएको छ। हङकङमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार तेस्रो र चौथो विकेट गुमाएको हो। पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाई प्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।
|
2,232 |
सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । बिहानको समयमा महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा खर्च भने बढ्ने देखिन्छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कर्मप्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । हजुर हरुको दिन शुभरहोस ! कैलाली- धनगढीमा अस्पताल बनाउन भनेर निर्माण गरिएको भवनमा चर्च सञ्चालन गर्न थालेपछि स्थानीय आक्रोशित बनेका एजेन्सी– २४ वर्षीय नाइजेरियाली युवकले लगातार तीन दिनभन्दा बढी समयसम्म फुटबल भिडियो गेम खेलेर विश्व एजेन्सी- सर्पको टोकाइबाट मानिसको मृत्यु हुने गरेको तपाइले प्रायः सुन्नु भएको होला । तर, भारतको बिहारमा काठमाडौं, असार २२ ।
|
2,233 |
मेक्सिको आम चुनावको कारण ऐतिहासिक परिवर्तनको हुने संकेत देखिएको छ। राष्ट्रपतिको निर्वाचनमा मतदानपछि एक्जिट पोलमा परिवर्तन हुने संकेत देखिएको हो । मतदानपछि एल फाइनान्सिएरोले जारी गरेको एक्जिट पोल अनुसार क्लाउडिया सेनबाउमको जितको प्रबल सम्भावना देखिएको छ । उनी इतिहास रच्ने बाटोमा छन् । फाइनान्सियर प्रमुख अलेजान्ड्रो मोरेनोले देशभरका मतदान केन्द्रहरूमा मतदान पूरा भएपछि पहिलो एक्जिट पोल निष्कर्षहरू घोषणा गरेका छन्। मतपरिणाममा अप्रत्याशित परिवर्तन हुने सम्भावना कतै नदेखिएको उनले बताए । सेनबाउमको राजनीतिक दल–मोरेना पार्टीले देशको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सक्ने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारका अनुसार सेनबाउम आफैंले ठूलो जनसभालाई सम्बोधन गर्दै सबै विपक्षी दलले चुनावमा पराजय स्वीकार गरिसकेको बताएकी छन् । नतिजाको औपचारिक घोषणा हुनुअघि शेनबाउमले गणतन्त्रको दुई सय वर्षको इतिहासमा पहिलो पटक मुलुकले महिला राष्ट्रपति पाउने बताइन् । उनले मेक्सिकोका जनतालाई ठूलो सहयोगका लागि धन्यवाद दिँदै जनताले लोकतन्त्रप्रति प्रतिबद्धता देखाएको बताइन् । साथै उनले जनतालाई परिवर्तनको साझेदार बन्न पनि आग्रह गरिन्। २०२४ को निर्वाचनलाई देशको इतिहासको सबैभन्दा ठूलो निर्वाचनको रूपमा वर्णन गरिएको छ। देशका ९ करोड ८० लाखभन्दा बढी योग्य मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने सुनौलो अवसर पाएका छन् । यो वर्ष २० हजारभन्दा बढी सार्वजनिक पदका लागि निर्वाचन भएको छ । सत्तारुढ मुरैना पार्टी र विपक्षी भने गठबन्धनले मुलुकको निर्वाचनमा जित हासिल गरेको दाबी गरिरहेका छन् । वर्तमान राष्ट्रपति लोपेज ओब्राडोरसँगको उनको निकटताको बाबजुद शेनबाउमले आफ्नो पहिचान, स्वतन्त्रता र नेतृत्व शैलीलाई जोड दिएकी छन्। उनले वर्तमान राष्ट्रपतिभन्दा फरक छवि बनाउन हरसम्भव प्रयास गरेकी छन् । उनका प्रख्यात चुनावी वाचाहरूमा ज्येष्ठ नागरिकका लागि पेन्सन कार्यक्रमलाई निरन्तरता दिने समावेश छ। यो योजना लोपेज ओब्राडोरको पालादेखि नै चलिरहेको छ। यसबाहेक उनले विद्यार्थीका लागि छात्रवृत्ति विस्तार गर्ने, साना जमिनका किसानलाई निःशुल्क मल उपलब्ध गराउने जस्ता वाचा गरेकी छन् ।
|
2,234 |
त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए । कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए । विवेक यादवले पनि एक विकेट हात पारे । अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९(४ को स्थितीमा थियो । तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो। शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
2,235 |
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी आउँदै कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
|
2,236 |
नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो। अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न लागेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इँटा आकारका दुई थान सुन शङ्कास्पद वस्तु बरामद गरेको थियो। बरामद सुन र कार भैरहवा भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो। उक्त सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल सिल गरेर अनुसन्धान अगाडि बढाएको छ। सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले दुवै पसलमा सिल गरी थप अनुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताए। “सुन बरामदका विषयमा को कसरको संलग्नताका विषयमा अनुसन्धान जारी छ। यसबारेमा सबै कुरा अहिलै भन्न सकिँदैन”, उनले भने, “पसललाई शिल गरी अनुसन्धान भइरहेको छ, पछि यसबारे जानकारी आउँछ।”, कालीदह नाकामा सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको र गिरीको बयानका आधारमा अनुसन्धान गर्दा बालाजी सुनचाँदी पसल पनि संलग्नता देखिएपछि पसल सिल गरेको हो। करिब रु दुई करोड मूल्यको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने कानुनी व्यवस्थाअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको हो ।
|
2,237 |
म डुबेँ बिच नदीमै तिम्रो सहारा नहुँदा । निभायौ तिमीले मेरा आशाका ती बत्तीहरू छल्लिएँ एक्लै बाटोमा जून र तारा नहुँदा । तिमी एउटाका लागि टाढा पारेँ सारालाई एक्लिएँ आज आफैँ ती आफ्ना सारा नहुँदा । फकाएँ मनलाई पनि बिर्सिदे तिमीलाई भनी थाकेँ यो मनको पनि सुध्रिने पारा नहुँदा । अन्त्यमा एक्लोपना नै बाँच्नुको आधार मानेँ मान्न बाध्य नै भएँ म अरू चारा नहुँदा ।
|
2,238 |
नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमै सबै विकेट गुमाएर मात्र ९४ रन मात्र बनाउन सक्यो । पञ्चानब्बे रनको सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६.५ ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा ग¥यो । नेपालका लागि वसन्त रेग्मी, सागर पुन र करण केसीले समान एक विकेट लिए पनि टोलीको जितका लागि पर्याप्त भएन । यसअघि नेपालका प्रायः सबै ब्याट्सम्यान असफल रहेका थिए । उनीहरु नेदल्यान्ड्सको कसिलो बलिङसामु निरीह बनेका थिए । ओपनर अनिल मण्डलले बनाएको २० रन नै नेपालको सबैभन्दा उच्च स्कोर रह्यो । चारबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । सो क्रममा शरद भेषवाकरले १४, आठौँ क्रममा आएका सोमपाल कामीले १२, ओपनर ज्ञानेन्द्र मल्लले ११ बनाएका थिए । त्यस्तै विनोद भण्डारीले नौ, नवौँ क्रममा आउँदै अविजित रहेका वसन्त रेग्मी र विनोद अविजित सात÷सात रन जोडेका थिए । तीबाहेक अन्य ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे । जसमा राजु रिजालले तीन, सन्दीप लामिछानेले एकमात्र बनाए भने कप्तान पारस खड्का र करण केसी दुवै झन शून्य रनमा आउट भएका थिए । जारी लिगको शीर्ष स्थानमा रहेको टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको नेपाल आज पक्कै दबाबमा थियो । आठ टोलीमध्ये छैटाँै स्थानमा रहेको नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि आजको खेल जित्नैपर्ने हुन्थ्यो । हारले अब सोमबार हुने खेल जित्दै प्रतियोगितामा जमिइराख्न नेपाललाई थप दबाब हुने भएको छ । जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।
|
2,239 |
काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले अग्रता बढाउनुभएको हो । एमालेका उम्मेदवार ईश्वर पोखरेलभन्दा पौडेल तीन हजार ३५३ मतले अगाडि हुनुहुन्छ । ३२ हजार ८० मतगणना हुँदा कांग्रेसका पौडेल १० हजार ५७२ मतसहित अगाडि हुनुहुन्छ । एमालेका पोखरेलले सात हजार २१९ मत ल्याउनुभएको छ ।
|
2,240 |
युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका हुन् । युरोपेली युनियनका विदेश मन्त्रीहरुको बैठकले लोकतन्त्रको अपमान गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारी विरुद्ध प्रतिबन्धहरु घोषणा गरेको थियो । मन्त्री अरेजाले भने, 'आज, राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न ७२ घण्टाको समयावधि राखेर आदेश दिएका छौं ।'उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुएलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ । इयूका प्रवक्ता नबिला मासरालीले भेनेजुएलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुएला थप एक्लिने चेतावनी दिएका छन् । राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निश्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरुले बाध्य भएर यस्तो निर्णय गर्नु परेको बताए ।
|
2,241 |
रोमेलु लुकाकुले गोल गरेको खेलमा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति एफए कपको तेस्रो चरणमा चेस्टरफिल्डलाई ५–१ ले हराएको छ । तीन साताअघि एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा प्रशिक्षक थोमस टुचेलप्रति असन्तुष्टि जनाएपछि लुकाकु पहिलो पटक टोलीमा परेका हुन् । लुकाकुले प्रशिक्षक टुचेलको भूमिका आफूलाई मन नपरेको बताएका थिए । लुकाकुले २०औं मिनेटमा गोल गरेका थिए । इन्टर मिलानबाट क्लबको कीर्तिमानी रकममा अनुबन्ध भएका लुकाकुलाई प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलमा टिममा राखिएको थिएन । त्यसअघि चेल्सीले टिमो वेर्नरको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो भने १८औं मिनेटा कालुम हड्सन–ओडोईले अग्रता दोब्बर बनाएका थिए । स्टामफोर्ड ब्रिजमा युरोपियन च्याम्पियन चेल्सीका लागि आन्द्रेस क्रिष्टेनसनले ३९औं मिनेटमा चौथो गोल गरेका थिए । ५५औं मिनेटमा हाकिम जियाचले पेनाल्टीमा पाँचौं गोल थपे । ८०औं मिनेटमा एक्वासी एसान्टेले गरेको गोल चेस्टरफिल्डका लागि सान्त्वना बन्यो । चेल्सीले अब बुधबार राति लिग कपको सेमिफाइनलमा टोटनहमविरुद्ध खेल्नेछ । एफए कपमै गएराति प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीले स्विनडनलाई ४–१ ले हरायो । लेस्टर सिटीले वाटफोर्डलाई ४–१ ले हराउँदा न्युक्यासल युनाइटेड लिग वानको क्लब क्याम्ब्रिज युनाइटेडसँग १–० ले स्तब्ध बन्यो । ब्राइनटनले वेष्ट ब्रोमलार्य २–१ ले हरायो । त्यस्तै क्रिष्टल प्यालेसले मिलवाललाई २–१ ले हराउँदा हडर्सफिल्डले बर्नलीलाई २–१ कै अन्तरमा हरायो । फुलह्यामले ब्रिष्टोल सिटीलाई १–० ले हरायो ।
|
2,242 |
युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्र्दै न्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भन्नुभएको हो । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताउनुएको थियो । अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ । मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भन्नभुयो– खासमा कुरा के हो यो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईँहरु घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाएर निकिस्कनुहोस भनेर हामीले अनुरोध गरेका हौँ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आउनुभएको छ ।अमेरिकामा मास्क प्रयोग गर्ने विषय शुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिदै आएको छ । समाचारमा भनिएको छ मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञहरूले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिइ आएका छन् । अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
|
2,243 |
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। 'तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ', महानिर्देशक अधिकारीले भने। अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ। 'अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ', उनले भने। अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ। विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ। अधिकारीले भने, 'अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन। हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ।' नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन्। नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ। छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन्। पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन्। वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ। प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन्। उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए। 'उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ। रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ', प्रवक्ता बर्तौलाले भने। अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ। रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ। विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ। श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे। बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे। उनले भने, 'हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजबेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ।' एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ। तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् ।
|
2,244 |
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने
नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन
श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित
एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा
साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद् सुरूवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरूवात गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले समान दुई–दुई गोल गरिन् । खेलको
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको
गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले जनाएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले
केन्याविरूद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हराउँदै तीन खेलको श्रृंखला ३–० ले जितेको हो । २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो
साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।
|
2,245 |
म्याक लुब्रिकेन्टस्सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमाकम्पनीले म्याक एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक पि सुधाहर, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ लगायतको उपस्थितिमा सो उत्पादनमा नेपालमा सार्वजानिक गरिएको हो । यस्तै कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा. लि.का प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो । आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने बताईएको छ । कार्यक्रममा नेपालभरी रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
|
2,246 |
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवात्सँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।
|
2,247 |
दोस्रो लेगमा डेनिस क्लब रान्डर्स एफसीलाई ३–१ ले तथा समग्रमा ७–२ ले पराजित गर्दै लेस्टरले अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा लेस्टरले ४–१ को जित निकालेको थियो । अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित हुँदै डर्टमुन्ड युरोपा लिगबाट पनि बाहिरिएको हो । इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गरिएको राजीनामा पत्र मिश्रले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई मंगलबार बुझाएका हुन् । लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जनाएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी १३ स्पर्धामा खेल हुनेछ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् । युएईलाई च्याम्पियन बनाउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका अरविन्द प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार ४० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ ।
|
2,248 |
प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए। उनले यस्तो कार्य बन्द गर्न उनले आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको उनको भनाइ छ। ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गरेका छन् । आइतवार प्रतिनिधि सभामा उनले काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा काठमाडौँ ।
|
2,249 |
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार जेनेभा पुगेका छन । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अङ्कट्याड र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रुपमा आयोजना गरेको लगानी मञ्चमा उनले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभास्थित राष्ट्रसङ्घीय र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘भूपरिवेष्टित अल्पविकसित देशमा वैदेशिक लगानी प्रवद्र्धन’ विषयको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भने ‘दिगो विकासका लागि महिला विकासः उद्यमशीलता तथा लगानी परिदृष्य रुपान्तरणका निम्ति महिलाको आर्थिक सशक्तीकरण’ विषयको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुनेछन । आजदेखि शुरु भएको विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको उक्त नियोगले जनाएको छ ।रासस काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
|
2,250 |
साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ। तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ। वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला। धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ ।
|
2,251 |
पश्चिम बंगालको न्यू जलपाईगुडीमा एउटा ठूलो रेल दुर्घटना भएको छ । मालगाडीले सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाका कारण कञ्चनजङ्घा एक्सप्रेसका धेरै बोगी पटरीबाट पल्टिएका छन् । उत्तरपूर्वी फ्रन्टियर रेलवेले नयाँ जलपाईगुडीको रंगपानीमा रेल दुर्घटनाको खबर पाएको बताएको छ। दुर्घटनापछि भारी वर्षाका बीच घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । मुख्यमन्त्री ममता बनर्जीले यो दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । यस दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङ जिल्लामा भएको रेल दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताइन् । कन्जनजङ्घा एक्सप्रेसलाई मालगाडीले पछाडिबाट ठक्कर दिएको बताइएको छ । उद्धार र राहतका लागि जिल्ला अधिकारी, चिकित्सक र एम्बुलेन्स घटनास्थल पुगेका छन् ।
|
2,252 |
फाइल फोटो काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा, प्रचण्ड–माधव) समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमका विरुद्ध सबै दल सडकमा आएको बताएका छन् । प्रचण्ड नेपाल समूहले राजधानीमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारको कदमले राजनीतिक दल, नागरिक समाजलाई सडकमा आउन बाध्य बनाएको बताए । उनले प्रधानमन्त्रीको यो कदन नसच्चिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
|
2,253 |
सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । काठमाडौं । प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो– सहकारी प्रकरण । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं ।
|
2,254 |
नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले निसानको एसयूभी एक्स ट्रायल गाडी किनेका छन् । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पका उपमहाप्रबन्धक ज्ञानेन्द चन्दले कप्तान लामिछानेलाई हस्तान्तरण गरेका हुन् । १९९५ सीसी इन्जिन क्षमताको यो गाडीमा चारवटा सिलिन्डर छन् । यो गाडीले ४ हजार आरपीएममा १ सय ४२ बीपीएच पावर र २ हजार आरपीएममा दुई सय एनएम टर्क जेनेरेट गर्छ । पाँच सिट क्षमताको यो गाडीको इन्धन क्षमता ६५ लिटरको छ । यो गाडीमा पावर स्टेरिङ, पावर विन्डो, एन्टी लक ब्रेकिङ सिस्टम, एयर कन्डिसनर, एयरब्याग, अलोय ह्विललगायतका फिचर छन् । यो गाडीको बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ । यसअघि उनले टाटाको नेक्सन गाडी चढ्दै आइरहेका थिए ।
|
2,255 |
लगातार आएको बर्षाका कारण बाढिले पक्कि पुल बगेपछि अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले अस्थायी पल बानाईदिए पश्चात आवतजावत सुचारु भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुल वर्षाबाट आएको बाढीले बगाएपछि ५ दिनदेखि आवतजावत ठप्प भएको थियो । स्थानिय बासिन्दा स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विभिन्न समस्यामा परेका थिए । मान्छे नै तर्न नसक्ने र सवारीसाधन पनि वारी पारि गर्न नसक्ने अवस्थामा बिरामीलाई अस्पतालमा लैजानसमेत बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले अस्थाई फलामे पुल निर्माण गरिदिएपछि आवतजावत सहज भएको स्थानिय श्यामलाल राजवंशिले जानकारी दिए । सशस्त्र प्रहरीले आफ्नो लगानीमा अस्थाई फलामे पुल निर्माण गरेको हो । पुल निर्माण पछि मोटर साइकललगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवतजावतमा सहज भएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
2,256 |
कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ जुम्ला सदरमुकाम खलङ्गामा आज प्रदर्शन गरिएको छ । स्थानीय कलाकारको लेखन तथा निर्देशन रहेको नाटक ‘पम्फा फूल’ स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ कलाकारको समूहले निर्माण गरेर मञ्चन गरिएको हो। नाटकले धनकै कारण आमाबुबा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गरिएको थियो । खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्थाको चित्रण गरेको बताए। तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिए। नागरिक समाजका संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताए। कला घर जुम्लाको पहिलो प्रस्तुति उक्त नाटक यही कात्तिक ८ गतेसम्म सञ्चालन हुने निर्देशक सुनारले जानकारी दिए। खस सभ्यता झल्काउने पोषाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो ।
|
2,257 |
आइतबार दिउासोदेखि धादिङ जिल्लाको उत्तरी भेगका ८ वटा गाविसहरुमा भारी हिमपात र असिना पानी परेको छ । उत्तरी लेकको सत्यदेवी दार्खा, मार्पाक, गुम्दी सम्म बाक्लो असिना र रीगाउँ, झार्लाङ्ग, तिप्लिङ्ग, सेर्तुङ्ग र लापामा हिमपात भएको प्रहरीले जनाएको छ । आइतबार दिउासोदेखि धादिङ जिल्लाको उत्तरी भेगका ८ वटा गाविसहरुमा भारी हिमपात र असिना पानी परेको छ । उत्तरी लेकको सत्यदेवी दार्खा, मार्पाक, गुम्दी सम्म बाक्लो असिना र रीगाउँ, झार्लाङ्ग, तिप्लिङ्ग, सेर्तुङ्ग र लापामा हिमपात भएको प्रहरीले जनाएको छ । उत्तरी भेगको सबैभन्दा टाढाको युनिट सेर्तुङ्गमा हिमपातले प्रहरी संचार विच्छेद भएको र दार्खास्थित प्रहरीले वारीपारी सबै गाविसको हिमपात भएको जानकारी दिएको जिल्ला प्रहरीले जनाएको छ ।भूकम्पले घर भत्केर टहरामा जीवनयापन गरिरहेका उत्तरी धादिंङवासीहरु हिउँदे मौसमको शुरुवातमै हिमपात भएपछि विचल्लीमा परेका छन् ।
|
2,258 |
धान दिवस अवसरमा रोपाइँ महोत्सवमा भाग लिन काठमाडौंबाट चितवन पुगेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चितवनको जगतपुरमा धान रोपेका छन्। २०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन् ।
|
2,259 |
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोड्नुभएको छ । बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा निर्वाचनको परिणामबारे कुनै प्रतिक्रिया दिनुभएको थिएन । ‘म लगभग ४० दिनदेखि मौन छु । यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ। यद्यपि, म सधैं खुसी हुने व्यक्ति हुँ ।’ उहाँले भन्नुभएको छ । उहाँको पराजयपछि उहाँका हजारौं समर्थकले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन समेत गरेका थिए । बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन् ।
|
2,260 |
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । काम गर्न अवरोध नआएमा, निर्माण सामग्री सहज अवस्थामा उपलब्ध भएमा तोकिएको समयमै काम सक्ने उहाँले बताउनुभयो । साबिकको किराञ्चोक गाविसलाई राजमार्गसँग जोड्न २०४९ सालदेखि पृथ्वी राजमार्गमा पर्ने आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँग जोड्ने गरी यो सडक निर्माण सुरु गरिएको थियो। गजुरी गाउँपालिका–६, आदमघाटदेखि मिलनटार चौतारासम्म २.७ किलोमिटर यसअघि नै कालोपत्रे गरिएको छ। अहिले आदमघाटदेखि तीन किलोमिटर दुरीलाई शून्य बिन्दु मानेर मिलनटारदेखि पर्खालेसम्म ४.२ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो । सडक बनाउन सुरु गर्दा आदमघाट–लामाचिरा भनेर सुरु गरेको भए पनि अहिले आदमघाट, पर्खाले, बरभन्ज्याङ, मजुवा थुम्कीडाँडा, चौतारासम्म पुगेको छ। आदमघाट–चौतारा सडकखण्डको लम्बाइ ३५ किलोमिटर रहेको छ। यो सडकको स्तरोन्नति तथा कालोपत्रे हुँदा महाभारत लेकमा बसोबास गर्ने किसानलाई धेरै ठुलो राहत मिल्ने स्थानीय सोनासिङ रुम्बाले बताउनुभयो । यस सडकले महाभारत लेक क्षेत्रका बासिन्दाको आर्थिक समृद्धिको मुहान फुटाउने पूर्ववडाध्यक्षसमेत रहेका रुम्बाको बुझाइ छ ।
|
2,261 |
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो । अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन । सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ । लेदोसहितको पहिराले सडकमा ठूलो क्षति पुर्याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ चल्ने यातायात ठप्प भएका छन् । दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् । यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन् । पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरी रहेका छन् । अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ ।
|
2,262 |
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली ‘सुनको थाली’ भएको बताएका छन् । बिहीबार कृषि मन्त्रालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शर्माले व्यवस्थापकिय पाटो भने कमजोर रहेको बताए । रैथाने बालीमा आत्मनिर्भरता बढाउन संघ र प्रदेश सरकारले रासायनिक मलको अनुदानमा हेरफेर गरी प्रांगारिक कम्पोष्ट मल तथा जैविक मलमा अनुदान वृद्धि गर्नुपर्ने बताए । ‘कर्णाली गरिब छ कर्णालीमा खाद्य बस्तुको अभाव छ,’ उनले भने,‘यो संकटमा कर्णाली प्रदेश अर्ग्यानिक बनाउने हामी माझ चुनौतीको पहाड छ । ’ उनले कर्णालीको मूल्यवान् बस्तु उत्पादन गर्नुपर्ने बताए । ‘कर्णाली जे बेच्छ मूल्यवान् बस्तु नै बेच्छ’ भन्ने अभियानमा सबै नागरिकलाई उत्पादनमा लाग्न प्रेरित गर्नुपर्ने शर्माको भनाइ छ । ‘अहिले बजारमा रैथाने खाद्यान्न बस्तुको माग बढेको छ,’ उनले भने,‘तर, बजार सुनिश्चित छैन । बजार त बिचौलियाको कब्जामा छ ।
|
2,263 |
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१ रनले पराजित गर्दै विजयी भएको हो । जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्य प्रदेश नं ३ २४७ रनमा समेटियो । प्रदेश नं ३ निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटियो । प्रदेश नं ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् । एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो । उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए । प्रदेश नं ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन÷तीन विकेट लिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।
|
2,264 |
व्यापारीले खुला छानामुनि आफ्नो बजार व्यवसाय चलाएका छन् । बजारका लागि पर्याप्त संख्यामा पक्की छाप्रो नबन्दा व्यापारीले प्लाष्टिकको झुप्रो बनाएर आफ्नो पसल व्यवसाय सञ्चालन गरेको अर्का व्यापारी सञ्जय अग्रहरी बताउनुहुन्छ । बजारमा रहेका अव्यवस्थित मासु पसलबाट पनि सदरमुकाम थप दुर्घन्धित बन्दै गएको छ । यस्ता पसलबाट किनबेच हुने माछामासुले स्वास्थ्यमा नराम्रो असर पारेको स्वास्थ्यकर्मी बताउँछन् । झरही खोलामा बजारको फोहोर फाल्ने कामले खोला पनि थप प्रदूषण बन्दै गएको छ । यता व्यापारीको संस्था परासी बजार व्यवस्थापन समितिले बजारमा दिनप्रतिदिन फैलिँदै गएको दुर्गन्ध नियन्त्रण गर्न कुनै वास्ता नगरेको नगरवासीको भनाइ छ । बजारको अवस्था निकै जर्जर र दुर्गन्धित बन्दै गएको परासीका विकास शर्माको भनाइ छ । तरकारी बजारका रुपमा परिचित हाट बजारमा तरकारीका साथै अरु दैनिक उपभोग्य बस्तुको पनि किनबेच हुने गरेको छ । बजारमा जाने उचित सडक नहुँदा आवतजावत गर्न समस्या परेको स्थानीयवासीले बताएका छन् । रामग्राम नगरपालिकाले वार्षिक रु १५ लाखको बजार ठेक्का लगाए पनि बजारबाट आउने रकम बजार व्यवस्थापनमा नलगाउँदा समस्या भएको हो ।
|
2,265 |
मन्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो । मन्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । मञ्चले अभियानमार्फत संकलन गरेको रकम मञ्चको अनुरोध बमोजिम परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीहरुको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यही अवसरमा फेदाप गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा संकलन भएको ६४ हजार १ सय रुपैयाँ समेत परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कुल ४ लाख ६४ हजार १ सय ६० रुपैयाँ खड्गबहादुर जोगीका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो । २०७० सालमा युएई गएका जोगीसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा रहेका पारिवारिक स्रोतले जनाएको छ । जोगीलाई नेपाल फर्काउन २ लाख दिर्हाम अर्थात् नेपाली ६२ लाख रुपैयाँ जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताउनुभयो ।
|
2,266 |
कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । उनका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दी यता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका छन् । कतिले घरधनीको भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् । “नाका बन्द भएपछि आउजाउ ठप्प भयो, पर्यटक आउने क्रम रोकियो”, उनले होटेल व्यवसायी पलायन हुनुका कारण खुलाउँदै भने, “घरभाडा र बैंकको साँवाब्याज तिर्न नसकेर कैयौँ साथीले व्यवसाय नै छाडिदिनुभयो ।” होटेल व्यवसायीहरुले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समेत गुहारे । काँकडभिट्टामा व्यवसायीहरुले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँग व्यवसायीको झडप भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताए । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उनले बताए । “पहिलेको भन्दा अहिले नाकालाई सहज तुल्याइएको छ”, प्रहरी नायब उपरीक्षक दाहाल भन्छन्, “कोरोनाको जोखिम अझै सकिएको छैन भन्ने कुरा आम जनसमुदायले बिर्सनु हुँदैन ।” भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले महामारीको त्रास कम भएको र कोभिडको खोपसमेत सर्वसाधारणले लगाउन थालिसकेको अवस्थामा सीमाका नाकाहरु पूरै खुला गरिनुपर्ने माग गरे । काँकडभिट्टा नाकाबाट आउजाउ गर्नका लागि मोटरसाइकल र सिटी रिक्साहरुलाई पुलसम्म जान दिइएको छ । बिरामी बोकेका एम्बुलेन्सहरु नाका पार भएर जाने गरेका छन् । पैदल यात्रीको भीड चाहिँ बढिरहेको छ । भारतीय नाका पानीट्याङ्कीमा नेपालीहरुलाई सीमा पार गर्न नागरिकता देखाउनपर्ने हुन्छ । नाका खटिएका सुरक्षाकर्मीले नागरिकता हेरेर नाका पार गर्न अनुमति दिँदै आएका छन् । नाकामा मालवाहक ठूला गाडीहरु भारतबाट एकतर्फीरुपमा नेपाल भित्रिरहेका छन् । सरकारले नाका खुलाउन पहल गरिरहेको धेरै पहिलेदेखि हल्ला आउने गरेको छ । शिक्षण संस्था, अस्पताल, सुपरमार्केट, यातायातलगायत सबै क्षेत्र खुला भइसकेको अवस्थामा सीमा नाकामात्र बन्द गरिनु असङ्गत भएको व्यवसायीको भनाइ छ । रासस झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ । लिगको काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
|
2,267 |
तस्विरमा सलमान बारीमा काम गरेको देख्न सकिन्छ । लकडाउनको समय आफ्नो फार्ममा बलिवूड हस्तिहरु संग बिताएका सलमानले सोही बेला खेती गरेको भिडियो र फोटोहरु राखेका थिए । आफ्नो फार्म हाउसमा भएको बेला उनले ट्र्याक्टर चलाउने, खेतमा धान रोप्ने र अन्य कृषी सम्बन्धी काम गरेका थिए । लकडाउनकै बेला पनि उनको फोटो र भिडियो निकै रुचाइएको थियो हाल भारत्मा भैरहेको किसान आन्दोलनले उनको फोटो फेरी भाइरल बनाइदिएको छ ।
|
2,268 |
गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उपसभामुख इन्दिरा रानाले एनजीओकर्मीको काठमाडौं, ५ साउन । सिरहाको लहान नगरपालिका–२२ का लक्ष्मीप्रसाद कल्याणले आफ्नो छोरा देवदत्त चौधरीको २०६८ काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन ।
|
2,269 |
जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले यूएईविरुद्ध प्रभावशाली जित निकालेको छ । सोमबार (आज) भएको खेलमा श्रीलंकाले यूएईलाई १७५ रनले पराजित गरेको हो । ३५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३९ ओभरमा सबै विकेटको क्षतिमा १८० रन मात्रै बनाएपछि श्रीलंकाले फराकिलो जित निकालेको हो । यूएईका लागि कप्तान मोहम्मद वासिमले ३९, विर्त्य अरविन्दले ३९, अलि नासिरले ३४ र रामिज शाहजादले २६ रन बनाए । बलिङतर्फ वानिन्दु हसरंगले ६ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३५५ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्दिसले ७८, सदिरा समाराविक्रमाले ७३, पथुम निसंकाले ५७, दिमुथ करुनारत्नेले ५२ र चरिथ असलंकाले ४८ रन बनाएका थिए । बलिङतर्फ अलि नासिरले दुई विकेट लिए ।
|
2,270 |
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८२५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ९ हजार ६५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
|
2,271 |
कोभिड–१९ को दोस्रो लहर नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाका कारण बैंकिङ गतिविधि ठप्प जस्तै बनेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो एक साताको तथ्यांकनुसार निक्षेप केही वृद्धि भए पनि कर्जा लगानी भने करिब स्थिरजस्तै रहेको देखिन्छ । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढ्दा कर्जा लगानी मात्र २ अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा कर्जाको माग घटेको र निक्षेपको मात्रा बढ्दै गएको देखाउँछ। बैशाखको २४ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ९ अर्व कर्जा प्रवाह गरेकोमा बैशाख ३१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ११ अर्व कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् बैशाख २४ देखि ३१ गतेसम्म बैंकहरुले २२ अर्ब निक्षेप संकलन गरी २ अर्व कर्जा लगानी गरेका छन् । गएको बैशाख १६ गतेबाट काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा सुरु भएको थियो । त्यसअघि पनि केही जिल्लामा निषेधाज्ञा भए पनि व्यापार–व्यवसाय चलेका थिए । तर, वैशाख १६ पछि भने व्यापार–व्यवसाय पनि बन्द हुँदा आर्थिक गतिविधि सुस्ताएको छ । यसले गर्दा बैंकिङ गतिविधि पनि ठप्प प्रायः भएको छ ।
|
2,272 |
पश्चिम नवलपरासीको वर्दघाटमा पुर्वपश्चिम राजमार्गमा रातीमा हिडने गाडीहरुका लागि संचालन गरीएका रात्रिकालिन चियाखाजा पसलहरुबाट ब्यावसायिहरुले राम्रो आमदानी गर्ने गरेका छन । रातीको समयमा अन्यत्र अध्यारो र सुनसान भएको अवश्थामा रात्रिकालिन यात्रुहरुका लागि वर्दघाटको मुख्य बजारको बर्दघाट ४ बर्दघाट बजारमा भने राती भरी नै बजार खुल्ला र झिलिमिली हुने गरेको छ । पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरुका लागि वर्दघाटको उक्त स्थानमा रातीको समयमा मात्र खुल्ने करिब एक दर्जन चिया खाजापसलहरु संचालन हुने गरेको वर्दघाट नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष रविन्द्र विक्रम हमालले बताएका छन । सुरुको समयमा मुख्य रुपमा काठमाण्डौ, पोखरा देखी पश्चिम तर्फ जाने वा पश्चिमबाट पुर्व तर्फ जाने यात्रुवाहक बसहरुलाई रातीको समयमा चियाखाजाको सुविधा दिने उदेश्यका साथ खोलिने गरेका रात्रिकालिन चियाखाजा पसलहरुले अहिले रात्रिकालिन यात्रुहरुलाई सुविधा दिनुका साथै राम्रो आमदानी गर्न सफल भएको एक जना ठेला ब्यावसायी देविका सेनले बताईन । केही पसलहरु रातिको समय भरि नै खुल्ने गरेको भए पनि अधिकांश चियाखाजा पसलहरु रातीको १२ वजे पछि खुल्ने र विहानको सयमा उज्यालो भए पछि अन्यत्र हटाईने गरेको छ । वर्दघाटको यो स्थानमा रात्रिकालिन यात्रुहरुका लागि सार्वजनिक शौचालय, सहित हातमुख धुनका लागि नगरपालिकाले पानीको ब्यवास्था गरिदिएको छ । रातीको समयमा सयौं यात्रुवाहक बस एवं मालवाहक टूकहरुहरु यहाँ रोकिने गरेका छन भने रातीको समयमा हजारौं यात्रुहरुको यहां आवागमन हुने गरेको छ । राती भरी ब्यापक चालक हुने यो स्थानमा दिउसोको समयमा भने सडक जाम हुने भन्दै टूाफिक प्रहरीले यात्रु उतारने चडाउन बाहेक अन्य कामका लागि गाडीहरु रोकन दिदैन । रातीको समयमा पुर्व पश्चिम राजमार्गमा गुडने यात्रुवाहक बसहरु एवं अन्य यातायातका साधनहरुबाट आउने अस्थाई ग्राहकहरुबाट रातीको समयमा राम्रो आमदानी हुने रात्रिकालिन ब्यावसायिहरुले बताउने गरेका छन । सडक छेउमा एवं दिउसो खुल्ने स्थाई पसलहरुको बाहिरी पिडीमा लगाईने अस्थाई पसलहरुले मुख्य रुपमा चिया, खाजाको ब्यापार गर्ने गरेका छन भने भोला, पुकार, चिप्स, कुरकुरे पानी जस्ता सिलबन्द खाजाहरुको ठुलो ब्यापार रातीको समयमा हुने गरेको पछिल्लो लामो समय देखी ठेलामा चिया बेचदै आएकी अर्की ब्यावसायि विमला थापाले बताए। रातीको समयमा मात्र कहिले काही त ४० लिटर सम्मको दुधको थिया विक्रि हुने गरेको ब्यावसायि थापाले बताईन ।
|
2,273 |
शुक्रबार बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।
|
2,274 |
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालका भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालका लागि भीमले ६० बलमा ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । २९ ओभरको समाप्तिमा नेपालले चार विकेट गुमाएर १७२ रन बनाएको छ । नेपालका भीम सार्की र आरिफ शेख क्रिचमा छन् । यसअघि नेपालका कुशल भुर्तेल ३५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ आउट हुँदा आशिफ शेख खाता नै नखोली पभिलियन फर्किएका थिए ।
|
2,275 |
कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।
|
2,276 |
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ । वि.सं.२०८० भदौ २६ मंगलवार १४:२५ मा प्रकाशित गण्डकी । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
|
2,277 |
तीमध्ये उपत्यकाको काठमाडौंमा १२० आईसीयू र ६० बेड भेन्टिलेटर, ललितपुरमा १०२ आईसीयू र ६८ बेड भेन्टिलेटर र भक्तपुरमा २० आईसीयू र १२ भेन्टिलेटर बेड छन्। यता स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म बागमती प्रदेशमा १२७ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन। यस तथ्यांकलाई हेर्दा बेड संख्याको आधा भन्दा पनि कम संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत् रहेको स्पष्ट हुन्छ। बेड संख्याको तुलनामा कोरोनाका बिरामीले ओगटेको संख्यामात्रै घटाउने हो भने यस प्रदेशमा ३०८ आईसीयू तथा १७३ बेड भेन्टिलेटर खाली हुनुपर्ने हो। संघीय राजधानी काठमाडौंसहितको यो प्रदेशमा कोरोनाबाहेकका अन्य बिरामीले समेत केही संख्यामा बेड ओगटेको भएपनि आईसीयू र भेन्टिलेटरको अभाव नदेखिनुपर्ने हो। तर, पछिल्ला दिनमा बिरामीका आफन्त र चिकित्सकहरुले नै आईसीयू र भेन्टिलेटर बेडको अभावका कारण संक्रमित छटपटाउनु परिरहेको गुनासो गर्न थालेका छन। सोमबारमात्रै भेन्टिलेटर नपाएर स्टार अस्पतालको आईसीयूमा उपचाररत एक संक्रमितको मृत्यु भएको थियो। ती संक्रमितका आफन्त सुवास अधिकारीले उपत्यकाका सबै अस्पतालमा भेन्टिलेटर खोज्दा नपाएको गुनासो गरे। ‘दिनभर निकै प्रयासपछि साँझ ६ बजे बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालले अर्कोदिन एक भेन्टिलेटर उपलब्ध हुने खबर गरेको थियो। उनले उपत्यकाका पाटन, वीर, शिक्षण, आर्मी, टेकुलगायत सम्पूर्ण अस्पतालमा फोन गरेपनि कहीँ पनि भेन्टिलेटर पाएनन्। यस्तै ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पनि आफ्नो अस्पतालमा आईसीयू बेडको अभाव भएको बताएका छन। उनले धेरै मानिसहरुले आईसीयू बेड खोजेपनि आफूहरु पुर्याउन असमर्थ रहेको बताए। उनी भन्छन्, ‘धेरैजनाले आईसीयू बेडका लागि आग्रह गर्नुभएको छ। हाम्रोमा भएका सबै भरिएपछि तनाव सुरु भएको छ। हामी सक्दो प्रयासका लागि प्रयत्नशील छौं।’ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको पछिल्लो तथ्यांकअनुसार भने कोभिड अस्पतालहरुमै आईसीयू र भेन्टिलेटर खाली रहेको देखाउँछन। कार्यालयको तथ्यांकअनुसार त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १२ वटा आईसीयू र ६ वटा भेन्टिलेटर छुट्टाइएको छ। जसमध्ये मंगलबारसम्म ७ जना आईसीयूर र ३ जना भेन्टिलेटरमा उपचाररत् छन। त्यसबाहेकका बेडहरु खाली छन। यस्तै २० वटा आईसीयू र ८ वटा भेन्टिलेटर भएको एपीएफ अस्पतालमा मंगलबारसम्म ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन भने आर्मी अस्पतालमा २० वटा आईसीयू र ८ वटा भेन्टिलेटर छन। अस्पतालमा हाल १८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ। यस्तै भक्तपुरमा पनि आइसीयू तथा भेन्टिलेटर खाली रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। कोरोना संक्रमितका लागि छुट्टाइएका २० मध्ये १५ आइसीयू बेड र १२ भेन्टिलेटर खाली रहेको मिजारले जनाए। जिल्लाको भक्तपुर अस्पताल, केएमसी अस्पताल दुवाकोट, नेपाल कोरियामैत्री अस्पतालमा आइसीयू, भेन्टिलेटर बेड उपलब्ध रहेको उनले बताए। स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटर बेड अभाव हुने अवस्था नभएको बताएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारी अस्पतालहरुले समेत हुँदाहुँदै पनि बेड नभएको जनाएकाले अब आफूहरुले अनुगमन गर्ने बताए। ‘अस्पतालले अरु बिरामीलाई चाहिन्छ भनेर राखिरहेका होलान। आईसीयू र भेन्टिलेटरको अभाव छैन,’ प्रवक्ता गौतमले भने, ‘हामीसँग कुन अस्पतालमा कति बेड र तीनमा कति बिरामी छन भन्ने तथ्यांक छ। हामी अनुमगन गर्छौ, खोज्छौं र त्यस्तो भेटियो भने सम्झाउँछौं।’ प्रवक्ता गौतमले संक्रमितको संख्या बढ्दै गएकाले बेडहरु अभाव हुँदै गएको बताए। यही अवस्था रहे अस्पतालले पनि भार थाम्न नसक्ने र व्यवस्थापनमा पनि चुनौति हुने भन्दै उनले जनस्वास्थ्यका मापदण्ड ख्याल गर्न सबैलाई आग्रह गरे। सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक तथा कोभिड प्रवक्ता डा.पुरुषोत्तमराज सेडाईले बागमती प्रदेशमा आधा जसो आईसीयू र भेन्टिलेटर बेडहरु खाली रहेको बताए। सेडाईले प्रदेशमा सरकारी र निजीका आईसीयू र भेन्टिलेटर बेडको अनुपात जोड्दा ५० प्रतिशतमात्रै बिरामी रहेको बताए। यस्तै सरकारी अस्पतालहरुमा दैनिक २५ देखि ३० प्रतिशत आईसीयू र भेन्टिलेटर बेडहरु खाली हुने गरेको उनको भनाइ छ। ‘भेन्टिलेटर र आईसीयू नपाएर मनुपर्ने अवस्था छैन। बेड छैन भनेर मानिसहरुले अफवाह फैलाएका हुन कि साँच्चै यस्तै अवस्था आएको हो हामी पनि अध्ययन गर्दैछौं,’ सेडाईले भने, ‘आईसीयू र भेन्टिलेटर चाहिने बिरामीहरु गम्भीर प्रकृतिका हुन्छन। त्यस्तालाई पनि बेड हुँदाहुँदै छैन भन्नु अमानवीय हो। यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।’ उनले एउटा बिरामी डिस्चार्ज हुने र अर्को बिरामी आउनेबीचको तालमेल नमिलेर, कतिपय अस्पतालले गम्भीर बिरामीलाई लिन नचाहेकोले पनि बेड नभएको भन्न सक्ने बताए। यस्तै निजी अस्पतालमा उपचार खर्च धेरै लाग्ने भएकाले सबैले सरकारी अस्पताल रोज्दा बेड अभावको स्थिति देखिन सक्ने उनी बताउँछन। तर सरकारले कोरोना संक्रमितको उपचार गरेवापत निजी अस्पताललाई पनि अनुदानमा रकम दिदैँ आएको छ। जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत निजी अस्पतालले दैनिक १५ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट अनुदान पाउँछन। यति व्यवस्था हुँदाहुँदै पनि आईसीयू, भेन्टिलेटर लुकाउनु गैर मानवीय भएको र आफूहरु यसको अध्ययन गरिरहेको सेडाईले बताए। उपत्यकाका पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकू र वीर अस्पतालका आईसीयू र भेन्टिलेटरका बेड भने सदैव प्रायः भरिभराउन हुने गरेका छन। वीर र शुक्रराज अस्पताललाई सरकारले कोभिड अस्पताल नै बनाएको छ। पाटन अस्पतालका १५ वटा आईसीयू, १५ वटा भेन्टिलेटर, वीर अस्पतालमा १० वटा आईसीयू र १० वटा भेन्टिलेटर र शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० वटा आईसीयू, ५ वटा भेन्टिलेटर छन। टेकू अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले एउटा पनि आईसीयू बेड कहिल्यै पनि खाली नहुने अवस्था रहेको बताए। ‘एकदमै इमर्जेन्सीका लागि पनि आईसीयू बेड खाली हुने अवस्था छैन। बेडै खाली नभएर केहीलाई इमर्जेन्सीमै रोक्नुपर्छ,’ डा. राजभण्डारीले बताए। काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिकी सदस्य तथा स्वास्थ्य कार्यालय काठमाडौंकी सुचना अधिकारी पार्वती विष्ट उपत्यकामा दैनिक १५ देखि २० जनासम्म जटिल प्रकृतिका बिरामीहरु थपिने गरेको बताउँछिन। सोहीकारण बिरामीलाई आईसीयू, भेन्टिलेटर बेड भन्ने बित्तिकै व्यवस्थापन गर्न गाह्रो परेको उनले बताइन। जिल्ला कोभिड संकट व्यवस्थापन समितिले यही कुरा ध्यानमा राख्दै सरकारलाई उपत्यकामा आईसीयू र भेन्टिलेटर थप्नुपर्ने भन्दै पत्र लेखिसकेको उनले बताइन। ‘दैनिक गम्भीर प्रकृतिका बिरामीहरु १५ देखि २० जनाको संख्यामा थपिइरहेका छन। जसमध्ये केहीलाई अक्सिजन दिएर राखिन्छ, केहीलाई अक्सिजन तथा केहीलाई भेन्टिलेटरमा राखिन्छ,’ उनले भनिन्, ‘यो संख्या बढ्दै जाने भएकाले भएकै अस्पतालमा आईसीयू र भेन्टिलेटर थप्नुपर्ने वा अन्य अस्पतालमा पनि गम्भीर प्रकृतिका बिरामीलाई उपचारको व्यवस्था मिलाउन हामीले लेखि पठाएका छौं।’ गम्भीर प्रकृतिका बिरामीहरु थपिँदै गएपछि स्वास्थ्य मन्त्रालयले जनरल वार्डभन्दा सुबिधा सम्पन्न ६ हजार ‘हाई डिपेन्डेन्सी युनिट’ थप गर्ने निर्णय गरेको छ। मन्त्रालयको आइतबार भएको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले देशभर उक्त संख्यामा ‘हाई डिपेन्डेन्सी युनिट’ थप्ने निर्णय गरेको हो। ‘यो युनिटमा मुटुको धड्कन र रगतमा अक्सिजनको मात्रा हेर्न मिल्ने कार्डियो मोनिटर जडान गरिएको हुन्छ,’ प्रवक्ता डा. गौतमले भने, ‘जनरल वार्डमा राख्न नहुने र आईसीयू नचाहिने तर चिकित्सकको २४सै घण्टा निगरानी चाहिने संक्रमितलाई हाई डिपेन्डेन्सी युनिटमा राखेर उपचार गर्न सकिन्छ।’ मन्त्रालयले एउटा प्रदेशमा ५ सयका दरले ३ हजार ५ सय र काठमाडौं उपत्यकामा २ हजार ५ सय हाइ डिपेन्डेन्सी यूनिट थप्ने निर्णय गरेको छ ।
|
2,278 |
नेकपा एमालेले चाडपर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालयमा सवा १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ । चियापान कार्यक्रमममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ । एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो । दशैं, तिहार, छठ लगायतका नेपालीहरुको महान पर्वलाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दलले शुभकामना आदानप्रदान तथा चियापान गर्दै आइरहेका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
2,279 |
राजधानीको गोंगबुबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । बुधबार साँझ नयाँ बसपार्कमा रहेको बिजी महल अगाडि चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा तीन जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा लिएर खनतलासी गर्दा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।
|
2,280 |
काठमाडौं–विभिन्न घटना हेर्दा आपराधिक पृष्ठभूमीका व्यक्तिले आश्रय लिने गरेको नेपाल लागुऔषध कारोबारका रुपमा पनि अगाडि नै देखिएको छ । धार्मिक महत्व राख्ने फलफूलमा पनि लागू औषध हुने गरेको तथ्य पाएका तस्करले त्यसैको फाइदा उठाउँदै कम आयस्रोत भएका किसानलाई लागुऔषध जन्य उत्पादन गराउन लगानी नै गर्ने गरेको पाइएको छ । त्यसैले पनि नेपालमा लागुऔषध प्रयोग र तस्करीका हिसावले मात्र नभई उत्पादनका हिसाबले पनि धेरै चुनौती देखाएको छ । जानकारहरुका अनुसार, नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एक गाँजा, अर्को अफिम । विज्ञहरूका अनुसार, दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न पनि नेपालमा गाँजा र अफिम उत्पादन हुन्छ । हुन त नेपालमा गाँजा र अफिमबाहेक भाँङ तथा धतुरो पनि उत्पादन हुन्छ । तर भाङ र धतुरो व्यवसायिक समस्याका रुपमा देखिएको छैन । वैशाख २६ गते म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा ५ रोपनीमा फैलिएको गाँजा खेती प्रहरीले नष्ट गर्यो । गाउँमा गाँजाको व्यवसायिक खेती भइरहेको सूचनापछि गाँजा नष्ट गरेको प्रहरीको भनाई छ । वैशाख २० गते यतामात्र जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न स्थान गरी २७ रोपनी भन्दा बढी जग्गामा खेती गरिएको गाँजा खेती नष्ट गरेको छ । ती स्थानहरुका बर्षौं देखि गाँजाको खेती हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बैशाख २८ गते, रुकुम जिल्लाको भुमे गाउँपालीकामा पनि प्रहरीले दुई रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गर्यो । बैशाख महिनामा मात्र प्रहरीले रुकुममा मात्र विभिन्न स्थानमा ६५ रोपनी भन्दा बढी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । वैशाख १५ यता मात्र धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रहरीले ठूलो परिमाणमा गाँजा खेती नष्ट गर्यो । यी त पछिल्लो दुई साता यताका घटना मात्र हुन । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, अहिले प्रहरीले देशका विभिन्न जिल्लाहरुमा गाँजा र अफिम नष्ट गर्ने काम गरिरहेको छ । काठमाडौं उपत्यकामै पनि गाँजाको खेती हुन्छ । महानगरीय प्रहरी परिसर लतिलपुरको टोलीले केही समय अघि ललितपुरको बालकुमारी गुजेपोखरीस्थित सयौं रोपनी क्षेत्रफलमा फैलिएको सार्वजानिक जग्गामा हुने गाँजा खेती नष्ट गरेको थियो । स्थानीयबासीहरुका अनुसार, व्यवसायीक खेती नभएपनि बर्षौदेखि गुजेपोखरी क्षेत्रमा गाँजाको उत्पादन हुँदै आएको छ । अनि, लुकिचोरी नै सहि, त्यहाँबाट दुर्व्यसनीहरुले गाँजा लैजाने र सेवन गर्ने गर्छन् । राजधानी नजिकै रहेको फर्पिङ आसपासको क्षेत्रबाट पनि प्रहरीले बर्षेनी ठूलो परिमाणमा गाँजा नष्ट गर्दै आएको छ । नेपालमा वर्षेनी ठूलो परिमाणमा बरामदु हुने गाँजा र अफिमको तथ्याङ्ले पनि देशका विभिन्न स्थानमा यसको खेती मौलाएको पुष्टि हुन्छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङक अनुसार प्रहरीले पछिल्लो तीन बर्षको अवधिमा मात्र १ हजार २ सय ३५ विगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ भने २ सय ८५ विगा जग्गामा खेती गरेको अफिम नष्ट गरेको छ । यता प्रहरीले नेपालमा बर्षेनी ठूलो परिमाणमा गाँजा र अफिम समेत बरामद् गर्दै आइरहेको छ ।
जानकारहरुका अनुसार, अहिले नेपालका आधा भन्दा बढी जिल्लाहरुमा लागुऔषधको खेती हुँदै आएको छ । लागुऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठी भन्छन् –पहिले पहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो । त्यसमध्ये तराइका केही जिल्लाका साथ मकवानपुर र धादिङ पर्थे । तर, अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछापलगायत पहाडी जिल्लामा व्यवसायिक रुपमा गाँजाको खेती हुन्छ । यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लामा अफिम खेती हुने गर्छ । विश्लेषक त्रिपाठी भन्छन्–अहिले नेपालका आधा भन्दा बढी जिल्लामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागुऔषधको खेती हुन्छ । यो कुरा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्य पनि स्वीर्काछन् । उनि भन्छन् –अहिले नेपालका अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ । अहिले पनि प्रहरीले निरन्तर रुपमा गाँजा तथा अफिम खेती नष्ट गरिरहेको छ । नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुने भएकाले तस्करले लुकिछिपी खेती गर्न लगाउने गरेको पाइएको छ । पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्– सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्छन् । अनि उनिहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन् । उनि थप्छन्–नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्न बीउ, मल तथा पैसा दिने गरेका छन् । अहिलेकै अवस्थामा गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तान जस्तै लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ । हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागुऔषध वितरण गर्ने सञ्जाल भने देखिएको छैन । तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढिरहेको छ । त्यसो त अहिले गाँजाको उत्पादन माथिको प्रतिबन्ध खुलाउनु पर्छ भनेर पनि आवाज उठ्न थालेका छन् । तर, विज्ञहरु भने प्रतिबन्ध खुलाउन नहुने तर्क गर्छन, लागुऔषध विश्लेषक कृष्ण त्रिपाठी भन्छन्–गाँजा कतिपय औषधीका रुपमा पनि प्रयोग हुन्छ तर, यसको फाइदा भन्दा बेफाइदा बढी छन् । किनकी यो लागुऔषध हो औषधीका बहानामा यसलाई खुला गर्दा यसको दुरुपयोग बढी हुन्छ, नियमनको दायरा भन्दा बाहिर जान्छ त्यसले यसको प्रतिबन्द खुलाउन हुँदैन। नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याएपनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन । यति सम्मकी कुन लागुऔषध हो या कुन होइन भनेर छुट्याउने प्रविधि समेत प्रहरीसँग छैन। ब्यूरोका डिआइजी अमात्य भन्छन्–लागुऔषध नियन्त्रण प्रहरी एक्लैले मात्र सम्भव छैन । त्यसका लागि सवै पक्ष सतर्क हुनुपर्छ। अझ मुख्य कुरा यसको असर बारे सचेतना फैलाउनु आवश्यक छ । अनि नियन्त्रण गर्न बसेका नियमनकारी नियकालाई पनि समय सापेक्ष प्रविधियुक्त बनाइनु पर्छ । पूर्वडिआइजी मल्लका अनुसार, लागु औषधको उत्पादन दुर्गमका किसानहरुले गर्ने गरेका छन् । उनिहरुलाई लागुऔषध तस्करले खर्च दिन्छन् । सोही अनुरुप गरीब किसानहरुले रोजीरोटीकै लागि पनि यस्तो खेती गर्ने गरेका छन् । त्यसैले यसको नियन्त्रणका लागि सरकारले कृषकहरुलाई विकल्पका साथ योेजना ल्याउनुपर्छ ।
|
2,281 |
खानेपानीमन्त्री महिन्द्रराय यादवले नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादित अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन्। नेपालको आर्थिक अवस्था र नेपाल-भारत सम्बन्धबारे राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको मन्त्री यादवले बताएका हुन्। राजदूत सोङले गत शनिवार आयोजित एक कार्यक्रममा भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको बताउँदै यस्तोमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने अभिव्यक्ति दिएका थिए। उनले चीनसँग व्यापार गर्न पनि नेपाललाई आग्रह गरेका थिए। राजदूत सोङको यो अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ। यहीबीच मन्त्री यादवले पत्रकारसँगको कुराकानीमा एउटा देशको राजदूतले अर्को देशको विरूद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन्। नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिकसमेत रहेकाले सम्बन्धको बारेमा राजदूत सोङले यसरी कुरा उठाउन नमिल्ने मन्त्री यादवको भनाइ छ। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले कोसँग व्यापार गर्ने वा नगर्ने भन्ने निर्णय गर्नमा नेपाल स्वतन्त्र रहेको बताए। साथै उनले चीनले आफ्नो नयाँ नक्सामा नेपाली भूभागबारे उल्लेख गर्दा चुच्चे नक्सा नसमेटेकोप्रति पनि आपत्ति जनाए। उनले भने, ‘नेपालको संसदले पारित गरेको, संविधानमा उल्लेख भइसकेको संविधानलाई चीनले मान्यता नदिनु भनेको नेपालको सार्वभौमिकताको अपमान हो।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नक्सालगायतका विषयमा छलफल हुने पनि उनले बताए ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
|
2,282 |
मुगुको मुगमकार्मारोङ गाउँपालिकाको छाँयालको गाँठ्या भिरमा गमगढी– नाकच्यालाग्ना सडकको काम हुँदै । तस्बिर: गोरखापत्र मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन । जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानाको ९१ किलोमिटर सडक चरम बजेटको अभावका कारण कछुवाको गतिमा अगाडि बढेको हो । गमगढी नाकच्यालाग्ना सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्ला अन्तरगतका साइड इन्जिनियर वीरबहादुर जीटीका अनुसार गमगढी– नाकच्यालाग्ना सडकको गमगढी नाकच्यालाग्ना सडक परियोजना कार्यालयले ७२ साल देखि ८० सालसम्म अनुमानित ३० करोड रकमले १९ दशमलव ५ किलोमिटर ट्र्याक खोलेको छ । उहाँले भन्नुभयो नाकच्यालाग्ना सडक परियोजना कार्यालय जुम्लाको सडक डिभिजन कार्यालयबाट साइडको मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्न समयमै साइडमा आउजाउ गर्न कठिनाइ हुने गरेको छ । गमगढी– नाकच्यालाग्ना सडक छिटोछरितो मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्नलाई मुगुको सदरमुकाम गमगढीमा नाकच्यालाग्ना परियोजना कार्यालय नै स्थापना गर्न आवश्यक देखिन्छ साइट इन्जिनियर जीटीले बताउनुभयो । थोदुङ्क्क्याराभान जेभीले मुगमकार्मारोङ गाउँपालिका छाँयालको गाँठ्या भिरसम्म सडक निर्माण गरेको छ। सडक विस्तार गर्न र सडकको स्तरोन्नति गर्न चालु आर्थिक ८०-८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिंङ गर्न र ७ दशमलव ५ किलोमिटर ग्राबेलका साथ साइडमा नाला निर्माणका लागि छ करोड ५० लाख रकम सङ्घीय सरकारबाट विनियोजित भएको छ । उहाँका अनुसार उक्त सडक निर्माण गर्नका लागि निजी कन्स्ट्रक्सनबाट थोदुङ्कक्् राभान जेभी, महेश इन्जिनियरिङ, महेश कन्स्ट्रक्सन र रारा सूर्योदय कन्स्ट्रक्सनले ठेक्का लिई गएको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म योजना अनुसारका सडक संरचनाहरू निर्माण सम्पन्न हुने गरि परियोजनासँग सम्झौता गरेका थिए तर उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका ती निजी फमले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपेर अनुमति लिएका छन्। १ दशमलव ५ किलोमिटरको पहरोमा व्लास्टिङ मार्फत सडक निर्माण गर्ने जिम्मा पाएको थोदुङ्क्क्याराभान जेभीले हाल छाँयालबाट स्काभेटरद्वारा सडक निर्माण कार्य गरिरहेको र व्लास्टिङ मार्फत पहरो फोर्न विस्फोटक पदार्थ श्री बक्स गुल्म रारा हुटुको सहकार्य र सहजीकरणबाट चट्टान भएको पहरो विस्फोटको काम सुरु भइरहेको थोदुङ्क्क्याराभानका सञ्चालक कार्मा तामाङले बताउनुभयो । सडक निर्माणले जडीबुटीदेखि नेपालमा निर्मित सामग्रीहरू चीनमा निर्यात र चीनका निर्मित लत्ताकपडादेखि त्यहाँ उत्पादित खाद्यान्नलगायत अन्य सामग्रीहरू नेपालमा आयात गर्न सहज हुनेछ ।
|
2,283 |
तापक्रमले तराईंमा रेकर्ड ब्रेक गरेको छ। यही बेला तातो हावा बहँदा कस्तो होला? पक्कै पनि सहन मुश्किल। अहिले यसैकारण तराईमा स्कुल बन्द भए। मनसुनपूर्वको यो खडेरीबाट जोगिन व्यापार व्यवसायमा पनि असर परेको छ। विपद् पर्दा धेरैले सम्झने भगवान नै हो। अहिले मनमनै कतिले भन्दै होलान् - आत्था, पोल्यो ।
सात बुँदे सहमति त लिखितम् आइहाल्यो। लिखितममा नआएको राँगा भैसीको चर्चा चाहिँ उधुम्। प्रचण्डको भ्रमणको उपलब्धीमा थपिइसकेको छ १५ वटा राँगा। भैसी पूजा त धेरैले भुलिसके। अब आयो राँगा। जात चाहिँ मुर्रा ! नाम नै काफी रहेछ 'मुर्रा'। अब कसले कसलाई बनायो 'मुर्गा', त्यो चाहिँ छाडौं ।
बल्लबल्ल निस्किन पाएको। साथमा छोरी। भ्रमणको उपलब्धि धेरै भए। सहमतिका बुँदामा हस्ताक्षर पनि भए। अब प्रोटोकल र मर्यादा भनेको त्यस्तै हो। कतै कायम राख्ने कतै भत्काउने। त्यसबाहेक छोरीप्रतिको स्नेह र प्रेमका अगाडि अरु कुरा गौण। आखिर यो पनि भ्रमणको उपलब्धि नै त हो ।
एक निर्वाचन क्षेत्रलाई पाँच करोड छुट्याएका छन् उनले। सो निर्णयको अहिले चर्को आलोचना भइरहेको छ। आजै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले व्यङ्ग्य गर्दै सांसदहरु वडाअध्यक्षको 'लेबल' मा आएको टिप्पणी गरे। केही सांसदबाहेक अरुले यो कार्यक्रमको विरोध गरेको देखिँदैन ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको कमान्ड सम्हालेका बालकृष्ण खाण नै अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुसहित १६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान प्रतिवेदन बनाइसकेको छ। प्रतिवादीहरुले दिएको बयान अहिले मिडियामा प्रकाशित भएका छन् ।
२०७४ सालमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तराई-मधेशका क्षेत्रमा भएका राजनीतिक आन्दोलन र त्यससँग जोडिएका हिंसाका विषयमाथि अध्ययन गर्न बन्यो आयोग। त्यहाँ भएका हिंसामा दोषी को? खोज्नका लागि बनेको आयोगले प्रतिवेदन बुझायो। तर गरिएन सार्वजनिक। 'संवेदनशील' भन्दै रोकिएको प्रतिवेदन राजनीतिको इस्यु भने रहिरह्यो। त्यही राजनीतिमाथि दलका नेता र सरकार प्रमुखको बाझिने अभिव्यक्ति जारी छ ।
पूर्वमन्त्रीको कोटामा एक्लै थिए बालकृष्ण खाण। हिजो टोपबहादुर रायमाझी पक्राउ परेपछि उनको एक्लोपन दुर भएको छ। हाइप्रोफाइल हिरासतमा एक्लै हुनुको पनि पीडा भोगेका होलान् उनले। राजमाझी थपिएपछि उनको एक्लोपन दुर भएको छ ।
पक्का माझी भएका छन् नारायणकाजी। भ्रष्टाचारमा सधैं साना माछामात्र पर्ने आरोप छँदैछ। यसापाला भने एक से एक समातिँदैछन्। सचिवदेखि मन्त्रीसम्म तानिएका छन्। प्रचण्ड मख्ख पर्नु स्वभाविक नै हो। उनको दल बाहेकका छन् समातिएका माछा। कांग्रेसका नेता बालकृष्ण खाड बल्छीमा परिसके। एमालेका टोपबहादुर रायमाझी बल्छीमा पर्नुअघि नै उम्किए। कहिलेसम्म उनी उम्किने हुन् पत्तो नाई ।
आश्वासनका पोका, आदर्शका बखान वर्षिरहन्छ यहाँ। अनि व्यवहार? - नकुरा गरम्। कहिले कुर्सी तोड्छन् त कहिले लुगा छोडाउँछन् संसदभित्रै। संविधानदेखि कानुनसम्म छिद्रै छिद्र भेटिन्छन्। किनकि त्यसमा ध्यान दिनेहरु खासै छैनन्। ध्यान जति ध्यान तान्नमै भएपछि अरु के नै चाहियो र? प्रतिस्पर्धा छ - चर्चित हुने। त्यही श्रृङ्खला जारी छ ।
प्रहरीको पक्राउ सूचीमा परेपछि आफै सम्पर्कमा आउने तयारीमा थिए रायमाझी। जब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी ' सम्पर्कविहिन ' भए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई हराउन सबै शक्ति लगाएका पुष्पकमल दाहाल प्रचण्डले हिजो सरकारमा फर्किन आग्रह गरे। त्यसै विषयलाई लिएर रास्वपा आज छलफलमा छ। छविलाल दाहाल उर्फ प्रचण्डले पनि चितवन पुगेर भाषण गर्न भ्याइसके - सरकारमा रवि जोडिनेछन् भन्दै। राजनीतिमा न स्थायी शत्रु हुन्छन् न मित्र नै ।
सत्ताधारी दलहरुले त झनै गठबन्धन नै गरेर चुनावमा होमिएका थिए। तर, नतिजाले गठबन्धन पूर्णत अस्वीकृत भएको छ। दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् ।
गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ ।
काठमाडौं महानगरपालिका प्रमुखमा भिडेका केशव स्थापितको कोर एरिया कहिल्यै आएन। अन्तत: बालेन महानगर प्रमुखमा निर्वाचित भए। यही वर्ष अर्थमन्त्री रहँदा जनार्दन शर्माको चर्चा पनि अत्याधिक भयो। सिंहदरबारभित्रै बाट सीसीटिभी फुटज फेला परेन। वर्षको अन्त्यमा भने 'कोर' शब्द फेरि चर्चामा रह्यो ।
छानबिनको प्रक्रिया जारी रहँदा अनसन्धानको लहरो नेताकै घरदैलोसम्म पुगिसकेको छ। राजनीतिमा जस्तै आपराधिक कार्यमा पनि सर्वदलीय संलग्नता भएका प्रारम्भिक अनुसन्धानले नै देखाइसकेको छ। तर, दलीय छत्रछायामा अपराध कर्ममा संलग्नहरुले छहारी पाइरहेका छन्। ठिक यसै बेला मुलुकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ ।
न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए ।
खुल्लामञ्चमा बस्न काठमाडौं महानगरले रोके पनि उनीहरु आफ्नो आवाज सरकारसँग पुर्याउने कोसिसमा छन्। सरकारसँग वार्ता पनि गरिरहेका छन्। तर, मिटर ब्याजीहरुको शिकारमा परेका उनीहरु आफ्नो कुरा प्रधानमन्त्री समक्ष सुनाउन चाहन्छन्। दु:ख पोख्न चाहन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरु भेट गर्ने भनिए पनि भेटेका छैनन्। प्रधानमन्त्री आराममा छन्, सत्ता मिलाउन व्यस्त छन् ।
|
2,284 |
सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह र प्रतिपक्षी दलहरुको कसिलो मोर्चाबन्दीका बीच बजेट अधिवेशन सुरु हुँदैछ । डेढ वर्षअघि दुई तिहाइ समर्थनसहित सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीको शक्ति क्षय हुँदै गएको छ । ओली सरकारको पहिलो नीति तथा कार्यक्रमलाई संसदीय इतिहासमा विपक्षीले पनि सर्मथन जनाएको थियो । तर यतिबेला प्रतिपक्षी सरकारविरुद्ध आक्रमक ढङ्गले प्रस्तुत हुने रणनीति बुनिरहेको छ । सरकारलाई समर्थन गरेको तत्कालीन राष्ट्रिय जनता पार्टी र सरकारमा सहभागी तत्कालीन समाजवादी पार्टी यतिबेला जनता समाजवादी पार्टी (सजपा) बनेर सरकारविरुद्धको मोर्चाबन्दीमा कसिएको छ । सजपाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससित मिली सरकारविरुद्धको मोर्चाबन्दीलाई निरन्तरत जारी राख्ने नीति अख्तियार गरेको छ । यता निर्वाचनमा भोगेको नराम्रो पराजयको ‘ह्याङ ओभर’बाट मुक्त हुँदै गएको काँग्रेसले विपक्षी मोर्चा बलियो बनाउँदै गएको छ । काँग्रेस आफै पनि पछिल्लो समय सरकारविरुद्ध आक्रामक देखिन थालेको छ । यद्यपि कोरोनाले मुलुक आक्रान्त बनेकाले यतिबेला सबैको ध्यान कोरोना महामारीबाट मुलुकलाई बाहिर निकाल्न केन्द्रित हुनपर्नेे विपक्षीको जोड छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना महामारीबाट उत्पन्न परिस्थितिबारे गम्भीर बन्न दबाब दिने बताए । रातोपाटीसँग उनले भने, ‘यो महामारीबाट मुलुकको अर्थतन्त्रमा, रोजगारीमा, उत्पादन र उद्योगधन्दामा के प्रभाव गरेको छ ? भनेर बुधबार काँग्रेस संसदीय दलले बजेट अधिवेशनको तयारी अनुरुप उद्योग वाणिज्य महासङ्घ, नेपाल निर्माण व्यवसायी महासङ्घ, बैङ्कर एसोसिएसन, होटल सङ्घ नेपाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स र नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्सका प्रतिनिधिसँग छलफल गरेको थियो । उनीहरुले दिएका सुझाव संसदमा राख्छौँ । महामारी रोक्न र मुलुकको अर्थतन्त्र र उत्पादनप्रति पनि सरकार गम्भीर बनोस् भनेर दबाब दिने हो ।
|
2,285 |
प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनमा काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसाल आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उनी भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पनि उपस्थित् हुन नसक्ने काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका छन् । उनले आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि सुनाए । काठमाडौं, ११ कात्तिक । नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । बिहिबार काँग्रेस निर्वाचन समितिले मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको हो । काँग्रेसले १२ काठमाडौं, ११ कात्तिक । सरकारले संसदको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको हो । काठमाडौं, ११ कात्तिक । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिका लागि काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी फुट्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनीरपेक्षताविरोधी मुद्दासहितको दस्तावेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा चितवन, ११ कात्तिक: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छिन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी संघीयता खारेजी र धर्मनीरपेक्षताको विरोधलाई मुख्य एजेन्डा बनाएर बढ्ने भएको छ । आज अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई दुई तिहाईभन्दा बढीले पारित गरेपछि विवेकशील काठमाडौं, ११ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले चर्चाको शिखरमा छन् । नेपाल बार एशोशिएसन, पूर्व न्यायाधीश फोरम नेपाल, चार पूर्वप्रधानन्यायाधीशलगायत केही नागरिक अगुवाहरुले उनको राजीनामा मागिरहेका छन् । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनले मात्रै अहिलेको समस्या समाधान नहुने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा नयाँ दिल्ली, ११ कार्तिक : भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन ।
|
2,286 |
नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या भने सुन्य रहेको छ । यस अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७६५ रहेको छ । काठमाडौँ, ६ साउन । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ उदयपुर (गाईघाट) ६ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । टीकापुर (कैलाली), ३ साउन । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । पर्वत, ३१ असार । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा तनहुँ, ३१ असार । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् चितवन, असार २७ । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल काठमाडौं, असार २६ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ काठमाडौं, असार ७ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर काठमाडौं, साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले श्री शाके १९४६ । बि स २०८१ साल साउन ७ गते सोमबार ।
|
2,287 |
नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले दलालको पछाडि रहेर पूँजीपती वर्गले नेताहरुसंगको सेटिङ मार्फत नियतवस व्यापार,व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवार भन्दा बाहिर लान नखोजेको आरोप लगायका छन् । भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतीले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाए । उनले भने, ‘ओम्नी भनेको कमन हो । हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो । चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर लियो । अनि हाम्रो स्वास्थ्य विभागले चाँहि महंगो भनेर सम्झौता रद्द गर्याे । अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्,गलत गरे छानबिन गर्नु भनिराछौं हामी । यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अरबौ लगानी गरेर आज गोकर्ण रिसोर्ट,इज्जतको ठाउँ बनाएको छ । कतिलाई रोजगारी दिएको छ कति स्थानीय बस्तुको प्रयोग भएको छ’, एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप पनि लगाए । ‘एउटा नेपाली शेर्पाले यहाँ व्यवसाय गर्न खोज्छ, चन्द्र ढकालले चन्द्रागिरीमा त्यत्रो गरे यहाँ व्यवसाय गर्न खोजिराको छ,चाइने नचाइने हल्ला गरेको छ के भन्या छन्,यत्रो लिज भन्या छन् नियतवस निश्चित संभ्रान्त परिवारले बाहिर व्यापार,उद्योग र व्यवसाय लान खोजेको छैन् र त्यसमा निश्चित दलाल व्यवसायी उद्योगपतिहरुले नेताहरुलाई सेटिङ गरिराछन् । हामी जनता कुरा बुझेका छैनौं त्यत्तिकै कराको छौं,मिडिया त्यसै कराइदिया छ । सोसल मिडिया त्यसै बहकिएको छ’, बस्नेतले भने । त्यस्तै बस्नेतले सुन लगायतका प्रकरणमा एमालेलाई हल्लै हल्लाको जुठो बनाएको भन्दै भ्रमको पछि नलाग्न जिकिर गरे ।उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिएका नेता तथा तिनका छोरालाई चोखो बनाइएको भन्दै त्यसप्रति व्यङ्य पनि गरे । उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरे । उनले नयाँ आएका पार्टीहरुलाई रछयानमा पलाएको मूलाको सागको संज्ञा दिए । उनले भने, ‘भविष्यको पार्टी पनि एमाले हो, यो क्षणिक पहिला पहिला हाम्रा बा आमाले भन्ने गर्नुहुन्थ्यो रछयानमा पलाएको मूलाको साग जस्तो नहुनु भन्नहुुन्थ्यो । रछयानमा नरोपेका मूलाका साग ह्वारह्वार्ती आउँथे । आज आयो भोलि आयो दुई महिनापछि छैन् । त्यहि भएर रछयानमा पलाएका मूलाका साग र रायोकोसागले तरकारी बढ्छ भनेर परम्परागत दूध दही बन्द गर्ने प्रवृति युवाहरुमा देखिएको छ यो तोडौ । परम्परागत व्यवसायिक उपभोगको खेती एमाले नै हो ।
|
2,288 |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।” सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले उक्त विषय उठाएको उनले जानकारी दिए । त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर उक्त विषयलाई विश्वव्यापी बनाउन सहयोग गरेको बताए । नेपालमा जलवायुको असरको विषय विश्वव्यापी रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गरे । उनले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आज शुक्रबार आफने मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा रहेको उल्लेख गरे । युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो विषय दायित्व सबैको भएको बताए । उनले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिए । सम्मेलनमा सरकारले सशक्त रुपमा तयारी गरेको उनको भनाइ थियो ।
|
2,289 |
राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुंगानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। “तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।
|
2,290 |
सोमबार प्रहरी काठमाडौं दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्थामा तीनलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो। पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका७ घर भई हाल ललितपुर ठैब बस्ने नवीन राई, सिन्धुली जिल्ला घ्याँङलेक गाउँपालिका ६ घर भई गोदावरी बस्ने राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने रुविन कठायत रहेका छन्। पकेट मारेर भाग्दै गरेका उनीहरूलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको छ। उनीहरूले महिलाको साथबाट नगद ११ हजार रुपियाँ पकेट मारेका थिए ।
|
2,291 |
टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन भएको छ । साहित्यकार थापाको चौथो पुस्तक ‘मेरो मधुशाला’को एक कार्यक्रमका बीच साहित्यकार तथा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले बिमोचन गर्नुभएको हो । सांग्रिला पुस्तक प्रालि काठमाण्डौले प्रकाशन गरेको उपन्यासमा ३ सय २० पानाको छ । साहित्यकार थापाका यसअघि सोह् सौगात नामको कथासंग्रह, कर्णालीको छेउछाउ उपन्यास, पुर्खाको चिठी उपन्यास प्रकाशित भइसकेका कृति हुन् । मेरो मधुशाला माथि टिप्पणी गर्दै टिप्पणीकार नारायणप्रसाद तिमिल्सिनाले मधुशालामा परिवेश चित्रण सजिलोसंग गरिएको बताउंदै वर्णनात्मक ब्यास र विवरणात्मक शैलीमा उपन्यास लेखिएकोले उत्कृष्ट लागेको बताउनुभयो । तिमिलिसनाले थापामा अन्य कृतिभन्दा यो उपन्यास उत्कृष्ट रहेको बताउंदै मधुशालाले मानिसका धेरै लक्ष्य, जीवनलाई तहसनहस गर्न सक्छ भनी सचेतना फैलाउन यो उपन्यास सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि भट्टराइृले मधुशाला शिर्षक नै उत्कृष्ट रहेको बताउंदै साहित्यले मानिसमा चेतना जगाउन मद्दत पुग्ने बताउनुभयो । उहांले राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहंदा विकृति आएको बताउंदै साहित्यले समाजको चित्रण गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै लेखक उपन्यासकार गगनसिंह थापाले साहित्य सबैभित्र अंकुरित हुने बताउंदै समाजको अगाडि सबैले राख्न मात्र नसक्ने बताउनुभयो । थापाले आफुले मधुशालासंग आफूलाई जोडेर यो पुस्तक लेखेको बताउनुभयो । सामुदायिक पुस्तकालय टीकापुरका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम संचालन परमानन्द पाण्डेले गर्नुभएको थियो । वि.सं.२०७४ जेठ ८ सोमवार ०३:१७ मा प्रकाशित काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
|
2,292 |
- यार्सागुम्बा संकलनका लागि कर्णाली प्रदेशको उपल्लो भेगमा चटारो सुरु भएको छ। उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा संकलनका लागि प्रत्येक वर्ष मनसुनी सिजनमा कर्णालीबासीहरू पुग्ने गरेका छन्। ओषधीय गुण हुने यार्सागुम्बा संकलन गर्न गाह्रो भएपनि यसको बिक्रीमूल्य उच्च हुने भएकाले कर्णालीबासीहरू चिसोलगायतका अनेक कष्ट खेपेर पनि यार्सागुम्वा संकलन गर्न जाने गरेका छन् ।
|
2,293 |
सांसदहरुले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । मन्त्री भट्टराईसँग छलफल गर्न आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी रहेकाले भ्रमण वर्ष सफल बनाउन प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका हुन् । अहिलेकै तयारीले भ्रमण वर्ष सफल हुनेमा आशंका रहेको भन्दै सांसदहरुले कामको रफ्तार बढाउन र भ्रमण वर्षको सचिवालयलाई चुस्त बनाउन आग्रह गरे । बैठकमा समितिका सदस्य माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर भ्रमण वर्षको प्रचार तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले केही हवाई कम्पनीहरुले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेस्क्यु गर्ने विकृतिलाई रोक्नको लागि विशेष ध्यान दिन मन्त्री भट्टराईलाई आग्रह गरे । सांसद दिव्यमणी राजभण्डारीले नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन र मुलुकका विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन माग गरे । समितिका सदस्यहरुको सुझावपछि मन्त्री भट्टराईले आफुले समितिका निर्देशन तथा सुझावलाई शिरोधार्य गर्ने र निरन्तर समितिसँगको छलफलमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।
|
2,294 |
काठमाडौँ- अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ । शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् । यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो । तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।
|
2,295 |
धादिङ ज्यामरुङका कुशल लम्साल एसइईको रिजल्ट कुर्दै आफ्नै पारामा यसरी 'र्याप' बुन्न व्यस्त छन्। केही दिनअघि मात्र कुशल यही र्याप गाउँदै युट्युबमा सुनिए। दाजुभाइ बिटमा उनले यो र्याप सार्वजनिक गरेका हुन्। 'रिजल्ट नआएसम्म त र्यापमा झुम्ने हो,' हिपहप पारामा कुशलले भने ।
उनीहरु साथीहरुसँग मनका कुरा खोल्न तयार छन्। बढ्दो उमेरसँगै थपिएको जिम्मेवारी र करियरको चिन्ता। अनि जोश र जाँगर हुँदा पनि केही गर्न नसकेको थकथकी ।
'चलचित्र संघका अधिकारीहरु आएर बालेनविरुद्ध अदालतमा रिट दर्ता गराउनुभएको छ। आदिपुरुषको विवादमा सबै हिन्दी फिल्म बन्द गर्ने नपाइने भन्दै उहाँहरुले रिट दर्ता गर्नुभएको हो,' कट्टेलले भने ।
आदिपुरुष फिल्मको संवादमाथि प्रश्न उठाउँदै बालेनले निर्देशन दिएपछि पोखरा महानगर र धरान उपमहानगरले पनि उनलाई पछ्याएका छन्। सेन्सर बोर्डले पास गरेको फिल्मको प्रदर्शन स्थानीय सरकारले रोकेपछि वितरक मनोज राठीले नेपालभर फिल्मको प्रदर्शन रोके ।
यहाँका सबै मल्टिप्लेक्समा हलिउड र नेपाली फिल्ममात्र छन्। नेपालका फिल्मले न्यून शोज् अकुपाइ गरेका छन् भने अधिकांशले हलिउड फिल्ममात्र राखेका छन् ।
वानएक्सबेट प्रकरणमा बल्छी धुर्वेका नामले चिनिने मरिचमान श्रेष्ठदेखि म्याकुरीका नामले चर्चित पवन खतिवडासम्म पक्राउ परेका छन्। यो प्रकरणमा पक्राउ पर्नेहरुमा राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), बेगम नेपाली (भटभटे माइला)र अलिस राईलाई प्रहरीले प्रकाउ गरेको छ ।
बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नेपालमा पनि केही दिनअघि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। शुक्रवार ‘आदिपुरुष’ सहित हलिउड फिल्महरु ‘द फ्ल्यास’, ‘एलिमेन्टल’, र डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ पनि रिलिज हुँदैछन् ।
समीक्षा गर्न जति सहज हुन्छ फिल्म त्यति सहजै बन्थ्यो भने यसरी मुलविधाबाट निर्देशनमा आएका पत्रकारहरु सबै जम्थे होलान्। नेपालमा थोरैमात्र सिने पत्रकार छन् जसले निर्देशनको क्षेत्रमा आफूलाई अब्बल बनाउन सकेका छन्। पत्रकार हुँदै टेलिभिजन व्यवस्थापकको पोर्टफोलियोबाट निर्देशकको सूचीमा यसैगरी थपिएको अर्को नाम हो फूलमान वल ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बजेट नेपाली चलचित्र क्षेत्रको हितमा नभएको बताएका छन्। विदेशी फिल्ममा भन्सार शूल्क नबढाएकोमा उनी असुन्तष्ट बनेका हुन् ।
‘थ्री जेन: अण्डर द मुन’ शीर्षक रहेको सामुहिक प्रदर्शनीमा तीनपुस्ताका कलाकारले बनाएका चित्रहरु राखिएका छन्। क्यानभासमा उनीहरुले आफूले देखेको समाज र साँस्कृतिक परिवेशलाई उतारेका छन् ।
वैशाख २० गतेबाट मञ्चन भइरहेको सो नाटकमा आफ्नो सपना मारेर विदेश जाने युवाको कथा समेटिएको छ। रविन दोङको लेखन र निर्देशन रहेको नाटकले वर्तमान नेपाली समाजको वास्तविकता उजागर गर्ने प्रयास गरेको छ। ।
कक्षा ९ मा पढ्दै गरेकी बिनिता थापामगरले ‘इनसाइड द ब्रेन’ नामक नाटकको लागि अडिसन दिइन्। अनि नाटकमा मुख्य भूमिकामै छनोट भइन् पनि ।
र, आशै नगरिएका कुरा पूरा हुँदा विछट्टै खुसी मिल्छ। अभिनेत्री केकी अधिकारीसँग यस्तै भयो, ‘प्रसाद २’ मा काम गर्नु उनका लागि अपेक्षित थिएन ।
|
2,296 |
विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको कारणमा चिनियाँ टेलिकम कम्पनी ह्वावेको वरिपरि रहेको राजनीतिक अनिश्चितता रहेको छ । यो ह्वावेको लागि पछिल्लो चेतावनी हो, जसले बिगत केहि दिनदेखि विभिन्न देशका सरकारहरुबाट त्यसका प्रविधिहरुमार्फत चीनले गुप्तचरी गरिरहेको आशंका गर्दै आएका छन्। अमेरिका, अष्टे«लिया, न्यूजिल्याण्डले ह्वावेको उपकरणहरु आफ्नो ५जी नेटवर्कहरुमा प्रयोग गर्न प्रतिबन्ध लगाईसकेका छन भने जर्मनी र क्यानाडा त्यो बारेमा अध्ययनरत रहेका छन् । उता ह्वावेले भने आफ्ना उपकरणहरुमा कुनैपनि किसिमको सुरक्षा जोखिम नभएको भन्दै चिनियाँ सरकारसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ । भोडाफोनका प्रमुख कार्यकारी अधिकृत निक रिडले यूरोपमा आफ्नो कोर नेटवर्कहरुमा कम्पनीका उपकरणहरु प्रयोगका लागि हाल रोकिएको जानकारी दिएका छन् । भोडाफोनले ह्वावेको रेडियो उपकरण भने निरन्तर प्रयोग गर्नेछ । टेलिकम उपकरण बजारमा तीन कम्पनीहरुको वर्चस्व रहँदै आएको छ, जसमा चीनको ह्वावे, फिनल्याण्डको नोकिया र स्वीडेनको एरिक्सन छन् । ह्वावे विश्वको सबैभन्द ठूलो आपूर्तिकर्ता हो र यसको यूरोपमा बजार करिब ३५ देखि ४० प्रतिशत रहेको छ । भोडाफोनले ह्वावे नेटवर्क उपकरणहरुमा हुने प्रतिबन्धको बारेमा चेतावनी पनि दिएको छ । भोडाफोनकाअनुसार यो प्रतिबन्ध आफ्नो लागि र समग्र यूरोपियन टेलिकम्यूनिकेसन्स सेक्टरका लागि नै ठूलो विषय हुनेछ । जसले ५जी नेटवर्कको रोलआउटमा ढिलाई हुने जनाएको छ ।
|
2,297 |
: नेपाल युवा संस्था सञ्जाल (आयोन)ले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई १४ बुँदे मागपत्र बुझाएको छ। शुक्रबार काठमाडौंमा आयोनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विकल राईले मन्त्री लिम्बुलाई उक्त मागपत्र बुझाएका हुन्। आयोनले युवाको सवाल समेटेर बुझाएको मागपत्र बुझ्दै मन्त्री लिम्बुले यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै छलफलका लागि बोलाएको आयोनका अध्यक्ष राईले जानकारी दिए। नेपाल युवा संस्था सञ्जाल (आयोन) सातै प्रदेशमा रहेका ९२ युवा संस्थाहरूको छाता सञ्जाल हो। संस्थाले विगत १८ वर्षदेखि युवाअधिकार र युवाका सवालमा पैरवी, विकासमा युवा सहभागिता, युवा अनुसन्धान,युवा संस्था र युवाको क्षमता अभिवृद्धिका लागि नेपाल सरकार, प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा स्थानीय तहहरू सँगको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। १) नेपाल सरकारले जारी गरेका राष्ट्रिय युवा नीति २०७२, युथ भिजन–२०२५, राष्ट्रिय युवा परिषद् गठन ऐन २०७२, लाई आवश्यकता अनुसार परिमार्जन सहित प्रभावकारी कार्यान्वयनका लागि तत्काल आवश्यक स्रोतसाधन सहित पारदर्शी ढङ्गले क्षमतावान् युवाहरुलाई भूमिका दिँदै उनिहरुको सर्वाङ्गगिण विकासका निम्ती तिनै तहको सरकारमा संरचनागत व्यवस्था गर्नको लागी हामी जोडदार माग गर्दछौं । २) कोरोना महामारी तथा विश्वव्यापी आर्थिक मन्दिका कारणले प्रतत्क्ष रुपमा स्वदेश तथा विदेशमा रहेका करिब २० लाख नेपाली युवाहरुले रोजगारी गुमाएको अवस्था छ । महामारी पछि देशको अर्थतन्त्रमा सहयोग पुर्याउन युवाहरुलाई रोजगार र व्यवसायमा ल्याउनु आवश्यक छ । तिनै तहको सरकारले युवा मैत्री निति र बिउ पुजीको व्यवस्था गरि, ति २० लाख युवाहरुसँग रहेको सिपलाई उच्चतम प्रयोगमा ल्याउन अनुरोध गर्दछौं । ३) यौन शिक्षालाई विद्यालयका युवाहरु माझ मात्र सिमित गरिनु हुँदैन । बृहत यौन शिक्षालाई विद्यालय बाहिर रहेका युवा माझ पनि विभिन्न माध्यमहरुबाट जस्तै स्थानिय स्वास्थ्य सेवा प्रदायकहरु, किशोरकिशोरीमैत्री सेवा केन्द्रहरु, रेडियो, टि.भी., इन्टरनेट, मोवाईल फोन, एसएमएस सन्देश, र हटलाईन सेवा विस्तार गरेर सुचना प्रवाह गर्न सकिन्छ । ४) राज्यका तर्फबाट युवाहरुलाई व्यवसायीक तथा प्रविधिक सिपमुलक तालिमहरु सञ्चालन गर्न, सहुलियत कर्जा प्रदान गर्न, स्वरोजगारका निम्ति अनुदान सहित साना तथा मझौला उद्योगहरु स्थापना तथा प्रर्वद्धनका निम्ति एकद्धार प्रणालीबाट सञ्चालन गर्न आग्रह गर्दछौं । ५) दिगो विकास लक्ष्य स्थानीयकरणका लागि योजना तर्जुमा प्रकृयाबाटै युवाहरुको अर्थपूर्ण सहभागिता सहित उनिहरुकौ नेतृत्वमा व्यापक युवा परिचालन हुने कार्यक्रमहरु सञ्चालन गर्न जोडदार माग गर्दछौं । ६) राज्यका तिनै तहहरुमा युवाहरुको समानुपातिक, समावेशी सहभागिता र युवाहरुको नेतृत्व सुनिश्चित गर्न संयुक्त राष्ट्रि संघको संघिय सुरक्षा परिषद् ९ डिसेम्बर २०१५ मा ७५७३ को बैठक द्धारा पारित (युवा, शान्ति र सुरक्षा) सम्बन्धि संकलप नम्बर २२५० को कार्यन्वयनका लागि जोडदार माग गर्दछौं । ७) संविधानले विविध अधिकारहरू प्रत्याभूत गरेता पनि उमेरको हदबन्दीका कारण विभिन्न पदहरूमा युवालाई बन्देज लगाइएको भान पर्ने केही व्यवस्थालाई सच्याइनुपर्ने हाम्रो माग छ । त्यसैगरी, १६ वर्षमा नागरिकता पाउने तर मतदानका लागि १८ वर्षको उमेर पर्खिनुपर्ने विडम्बना छ । यसलाई सक्दो चाँडो सच्याई वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका करिब ४० लाखभन्दा बढी नेपाली युवाको लागि समेत विदेशमै बसेर मतदानको प्रक्रियामा सहभागी गराउन आग्रह गर्दछौँ । ८) बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ बर्ष सम्मका व्यक्तिलाई बालबालिका परिभाषित गरिसकेको अवस्था छ । नेपाल सरकारले लामो समय देखि रोकिएको युवा निति २०७२ लाई तत्काल संशोध नगरि १८ बर्ष देखि ३५ बर्ष सम्ममा व्यक्तिहरु लाई युवा निर्धारण गरियोस् । ९) आधारभुत स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा तथा सुचनामा हरेक युवा, महिला र अपाङ्गता भएका ब्यक्तिहरुको सहज पहँुच सुनिश्चित गरीयोस । ११) संघियताको कार्यान्वय गर्दै गर्दा स्थानीयतहको जनप्रतिनिधिको पहिलो कार्यकाल सम्पन्न भएर दोस्रो कार्यकाल सुरु भएको पनि एक वर्ष पुरा भएको छ । पहिलो कार्यकालको ५ बर्षे अवधिका समेत अधिकांश स्थानीय तहमा युवा निति र युवा सम्बधि संरञ्चना बन्न सकेको छैन् । यसले युवाको संलग्जतालाई स्थानीयतहमा निषेश गरिरहेको छ । स्थानीय तहमा युवाको अर्थपुर्ण सहभागिताको लागि छुट्टै निति र संरञ्चना निमार्णको लागि गर्न जोडदार माग गर्दछौं । १२) नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सन् २०१९—२० मा कुल गृहस्त उत्पादनमा युवाले २३.२३ प्रतिशत योगदान गरेको छ । संख्यातमक रुपमा करिब ३५ देखि ४० लाख नेपाली रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा रहेका छन् । राज्यलाई आर्थिक रुपमा योगदान दिईरहेका यी ४० लाख नेपाली मतदानको अधिकारबाट वञ्चित हुदै आईरहेका छन् । सर्वोञ्च अदातलले समेत विदेशमा रहेका नेपाली लाई मतदानको व्यवस्था मिलाउन निर्देशन दिईसमेको अवस्थाका नेपाल सरकार र निर्वाचन आयोग नेपालसँग विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने जोडदार माग गर्दछौं । १३) विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलन प्रकृयाको नीति निर्माण र कार्यान्वयन प्रकृयामा युवाको अर्थपूर्ण र समावेशी नेतृत्वका लागि सबै स्थानीयतहले कार्यक्रम सञ्चालन गर्नुजोडदार माग गर्दछौं । १४) डिजिटल नेपाल फेमवर्क २०१९ को परिकल्पना अनुसार सरकारले डिजिटल सेवालाई बढाउदै ल्याएको छ । डिजिटल सेवा सँगैं सुरक्षाको चुनौती दिनानुदिन बढिरहेको छ । यसलाई रोकथामका लागि सरकारले डिजिटल सेवा प्रवहाको अवस्थालाई नागरिकमैत्री सँगै मिथ्था सूचना, दुस्प्रचार र घिणाष्पद अभिव्यक्ति प्रतिकार गर्न आवश्यक सयन्त्रको विकास गरि नागरिकको वाक स्वत्रन्त्रतालाई रक्षा गर्न सबै पक्ष समक्ष अनुरोध गर्दछौं ।
|
2,298 |
ः आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नं. १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् । त्यसैगरी महिलातर्फ ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिएका छन् । सचिवालयका अनुसार प्रदेश नं. ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ । ‘सबै प्रदेशबाट तथ्यांक संकलन गरिरहेका छौं, एक साताभित्र सबै खेलमा सहभागी हुने खेलाडीको नामावली सार्वजनिक गर्नेछौं,’ सचिवालय संयोजक इन्द्र कार्कीले जानकारी दिए ।
|
2,299 |
विगत ४ महिनादेखि उपचाररत् चलचित्र निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजले आर्थिक सहयोग गरेको छ । चितवन मेडिकल कलेजमा उपचाररत् चौधरीलाई समाजले चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिकामा रहेका फिल्म निर्देशकबाट प्राप्त रकम आर्थिक सहयोग गरेको हो । निर्देशक चौधरी कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका छन् । अमेरिकामा रहेका निर्देशकबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरी ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई दिइएको समाजका महासचिव जनकदिप पराजुलीले जानकारी दिए । चौधरीले चलचित्र ‘मिस कल’ निर्देशन गरेका छन् । उनी लेखक, निर्माता, गीतकार तथा नृत्य निर्देशकका रुपमा समेत परिचित छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.