Unnamed: 0
int64
0
100k
Article
stringlengths
2
74.8k
2,000
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार गरेको आरोप तीन जना पक्राउ गरेका छन्। प्रमुख सचेतक ढकालको घरमा बम प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका नेता रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का ५० वर्षीय विक्रम यादव, गैडहवा गाउँपालिका–६ का ४३ वर्षीय रुदल यादव र सियारी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) लाई पक्राउ गरेको हो। पक्राउ परेका विक्रम विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुख हुने भने रुदल प्रादेशिक जनसरकार सदस्य रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। गत साउन ३१ गते राति रुपन्देहीको सैनामैना नगरपालिका–८ शान्तिटोलमा रहेको ढकालको घर र गाडीमा बम विष्फोट गराइएको थियो। सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो। बम प्रहारबाट घर अगाडि पार्किङ गरिराखिएको गाडीको पछाडिको भागमा केही क्षति पुगेको थियो। उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका–२ सानो धुपहीस्थित एनसेलको टावरमा आगजनी गरेको आरोप समेत लगाइएको छ ।
2,001
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष काठमाडौँ, ३१ जेठ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औल्याउन आग्रह गरेकी छिन् । मन्त्री थापाले सत्यतथ्य काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता जारी छ । नेता नेपालालई काठमाडौँ, ३१ जेठ: नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् काठमाडौँ, ३१ जेठ: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । काठमाडौँ, ३१ जेठ: थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको काठमाडौँ, ३१ जेठ: नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन्। काठमाडौं, ३१ जेठ । नेकपा एमाले एकता कायमै राख्न मध्यमार्गी नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक काठमाडौं, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै अदालतले थापालाई पदमुक्त गरिदिएको हो । काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी, नेपालभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारबाहीसमेत गरेका छन् । तर, निर्वाचन आयोगले भने काठमाडौँ, ३१ जेठ: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
2,002
चिकित्सा शिक्षा आयोगमा बिएण्डसी मेडिकल कलेजको सम्बन्धन लागि निवेदन दर्ता भएको छ । बिएण्डसी सञ्चालक दुर्गा प्रसाईंले बिहीबार निवेदन दर्ता गर्नुभएको हो । यसअघि कागजात पूरा नभएको भन्दै आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले निवेदन दर्ता गर्न मान्नु भएको थिएन । निवेदन दर्ता नभएपछि दुबै जना आरोप प्रत्यारोपमा थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐनमै मनसायपत्र पाइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिने उल्लेख भएपछि प्रसाईं सम्बन्धनका लागि आयोगमा पटक–पटक धाइरहनुभएको थियो ।
2,003
– बाहिरबाट झट्टा हेर्दा स्याङ्जाको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका दुई हेभिवेट (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्‌मा अर्याल) बीच प्रतिस्पर्धा हुने देखिन्छ। स्याङ्जा नपुग्दासम्म हाम्रो अनुमान पनि त्यही थियो। निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी अर्याल र नेता गुरुङ मुख्य प्रतिस्पर्धी हुन् भन्ने हाम्रो बुझाइ स्याङ्जाको वालिङ पुगेपछि भने खण्डित भयो। उनीहरु दुबैका लागि चुनौतीका रुपमा देखिए, टिकराज गुरुङ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका टिकराजले सत्ता गठबन्धन र एमाले दुवैलाई कडा चुनौती दिइरहेका छन्। प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। पाल्पाको तानसेन हुँदै वालिङतर्फ अघि बढ्दा स्याङ्जा सुरु भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचारप्रसार देखिन थाल्यो। विशेषगरी अटो र घरका भित्तामा स्वतन्त्र पार्टीको ब्यानर देखिन थालेपछि हामीले उम्मेदवारका बारेमा सोधखोज गर्‍यौं। वालिङ पुगिसक्दा थाहा भयो, स्वतन्त्रका उम्मेदवार टिकराज गुरुङ लोकप्रिय रहेछन्। रविका कारण नभइ टिकराजका कारण स्याङ्जामा ‘घन्टी’को झंकार बढ्दो क्रममा छ। एकरात वालिङको बसाइपछि हामीले गुरुङ र अर्यालका साथै टिकराजलाई खोज्यौं। वालिङ नगरपालिका–१० स्थित भेनस होटलमै थिए धनराज। त्यहीँ हामीले टिकराजलाई पनि बोलायौं। झट्ट हेर्दा खासै उमेर खाएको नदेखिने एक पुरुष होटेलको गेटबाट छिर्नेबित्तिकै आंगनमा रहो भीडले ‘गुरु’ भन्दै नमस्कार टक्र्यायो । कांग्रेस उम्मेदवार धनराजले त्यहीँ रात बिताएकाले कांग्रेस कार्यकर्ताको बाक्लो भीड थियो। चारतारे झण्डा बोकेका युवाहरुले पनि ती अधबैंसै पुरुषलाई नमस्कार गर्दै जितको शुभेच्छा दिन थाले। हामी लगभग पक्का भयौं, टिकराज उनै हुन्। गुरुङ हामी नजिकै पुगेपछि उनलाई ठट्टा गर्‍यौं, ‘यहीँ शुभकामना र शुभेच्छा रहेछ। जुन सवै उम्मेदवारलाई दिँदा पनि बदर नहुने। कांग्रेसका कार्यकर्ताले पनि शुभेच्छा प्रकट गरे तपाईंलाई।’ टिकराजले हाँस्दै भने, ‘यी अहिले झण्डा बोक्ने सबै मेरा विद्यार्थी हुन्। उनीहरु नेता भइसके। म भर्खर सिक्दैछु।’ २०४५ सालदेखि टिकराजले स्याङ्जामा पढाउन थालेका रहेछन्। ‘यहाँको ढुंगा माटोमा म धेरै रोएको छु। मेरो दु:ख पाइ–पाइ यहाँको माटोलाई थाहा छ। असल शिक्षक भएर समाज परिवर्तन गर्न सकिने आशामा ३४ वर्ष बिताएँ। प्रश्न गरेर थप योगदान गर्न सकिन्छ भनेर स्थानीय रेडियो र टिभीमा पनि १०/१२ वर्ष काम गरें। तर त्यतिले मात्रै पर्याप्त नहुँदो रहेछ। अहिले आफैं प्रतिनिधि हुने बाटोमा लागेको छु।’ वालिङ क्षेत्रका उनी लोकप्रिय शिक्षक मात्रै होइन, सञ्चारकर्मी र समाजसेवी समेत रहेको स्थानीयहरुले बताए। उनले राजनीति रोजेकोमा वालिङ क्षेत्रका अधिकांस खुसी छन्। स्थानीयबाट पाएको मायाबाट उनी उत्साहित पनि छन्। आफ्नो क्षेत्रका हरेकजसो घरपरिवारसँग उनको दोहोरो चिनजान छ। कुनै न कुनै रुपमा हरेक घरपरिवारका सदस्यसँग आफू जोडिएको उनी बताउँछन्। ‘कुनै परिवारका छोराछोरीलाई मैले पढाए होला। कुनै परिवारका छोराछोरी नपढाए पनि सामाजिक कामको माध्यमबाट भए पनि म कुनै न कुनै रुपमा हरेक परिवारसँग जोडिएको छु। उहाँहरुले टिकराज कस्तो व्यक्ति भन्ने राम्रोसँग चिन्नुहुन्छ। यो माया मंसिर ४ मा पनि देखिनेमा म विश्वस्त छु,’ टिकराज बताउँछन्। स्थानीयका अनुसार उनले पढाएका विद्यार्थी डाक्टर, पाइलट र इञ्जिनियरदेखि सबै पेसामा छन्। उनी थप्छन्, ‘मेरो विद्यार्थी नपुगेको देश पनि छैन होला।’ अहिले उनका लागि विदेशबाट समेत भोट माग्न थालिएको छ। घरपरिवारलाई भोट दिन स्थानीयका छोराछोरीले विदेशबाटै दबाब दिन थालेको स्थानीय देविका पराजुली बताउँछिन्। उनी भन्छिन्, ‘असल शिक्षक त हुनुहुन्छ नै, गाउँठाउँमा केही पर्दा अघि सरिहाल्ने उहाँको स्वभाव छ।’ उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्। निर्वतमान सांसद अर्यालप्रति सवै मतदाता सन्तुष्ट छैनन्। मन्त्री समेत हुँदा आफूहरुको क्षेत्र उपेक्षामा परेको र अर्यालले खास खेदिने गरी विकासको काम नगरेको उनीहरुको आरोप छ। सन्देश न्यौपानेले भने, ‘कसैले सम्पत्ति कमायो भने घर जग्गा जोड्ला नि। अनि न सम्पत्ति कमाएछ भन्ने थाहा हुन्छ। नत्र सम्पत्ति कमाएको छु भन्दैमा कसैले पत्याउँदैन। अर्यालको पनि त्यस्तै देखियो। उनले गरेको छु भने भनेर भन्दा त्यसको महसुस स्याङ्जालीले गरेका छैनन्।’ अर्यालले त्यही चिर्नका लागि कामको फेहरिस्त उतारिएको पुस्तिका बाँडिरहेकी छिन् भने हरेक घरदैलोमा जाँदा आफूले ल्याएका योजना सुनाउन सक्नेगरी कन्ठस्थ पारेकी छिन्। यसले केही हदसम्म असन्तुष्टि मत्थर गर्दै गएको देखिन्छ । खासगरी जितेर गएपछि फर्केर घरदैलोमा नआएको गुनासो रहेछ। वालिङ ११ मियालेमा उनले घरदैलो गर्दै गर्दा यही गुनासो आयो। उनले भनिन्, ‘जिताएर माथि पठाउने अनि अहिले यहाँ खोजेर पाइन्छ ? कसैको तुलसीको मठ रोप्न आइन होला। काम त भएकै छ नि। वडाले गर्ने काममा पनि संघीय सांसदको भूमिका खोजेर हुन्छ र?’ यही क्रममा उनले गरेका काम सुनाइन् र स्थानीय केही सन्तुष्ट देखिए। कांग्रेसका तर्फबाट सत्ता गठबन्धनकका उम्मेदवार गुरुङलाई भने ‘बाहिरिया’को आरोप चिर्न मुस्किल परिरहेको छ। स्थानीय पुष्प हमालले भने, ‘उहाँको ठाउँ दुई नम्बर क्षेत्रमा पर्दैन। उहाँले टिकट ल्याउँदा स्थानीय कांग्रेस पनि खुसी छैनन्।’ धनराजका लागि अन्य दुई चुनौती पनि छन्, पहिलो सामुदायिक (गुरुङ) भोट एकलौटी गर्न नपाउनु। एकपक्षीय हुन सक्ने भोट बाँडिदा त्यसको लाभ अर्याललाई पुग्ने स्थानीय बताउँछन्। अर्को कांग्रेसको गढ क्षेत्र मानिएको वालिङ र भीरकोट क्षेत्रको भोट पनि टिकराजले बढी लिने आंकलन गरिएको छ। स्थानीय कमल पंगेनी भन्छन्, ‘वालिङमा अहिले एमालेले जिते पनि कांग्रेसको गढ क्षेत्र हो। यहीँ टिकराज बलिया छन्। यसले पद्‌मा अर्याललाई नै फाइदा पुग्छ।’ मुख्य प्रतिस्पर्धामा रहेका यी तीन उम्मेदवारका आ-आफ्ना अजेन्डा छन्। एमालेकी सचिव समेत रहेकी अर्यालले समृद्धिको सपना बाँडिरहेकी छिन्। यसअघि पनि उक्त क्षेत्रमा आफूलाई जिताएपछि धेरै बजेट पार्न सफल रहेको बताउँदै त्यहीकारण फेरि रोज्ने नेपाल लाइभलाई बताइन्। अर्यालले भनिन्, ‘व्यवस्था परिवर्तन गरियो। आफूहरु सरकारमा हुँदा ऐन, कानून बनाउने जस्ता महत्त्वपूर्ण काम भए। चुच्चे नक्सा जारी भयो। अब पालो समृद्धिको छ। एमालेले बाचा गरेका सपना र थालेका कामहरु पूरा गर्न र समृद्ध नेपाल निमार्ण गर्न पनि हामीहरुको जित आवश्यक छ।’ अर्का प्रतिस्पर्धी धनराजले स्थानीय विकास बाहेक आफ्नो मुख्य अजेण्डा सुशासन रहेको बताएका छन्। भ्रष्टाचार अन्त्य नगरी सुशासन सम्भव नहुने र सुशासन नभइ देश विकास सम्भव नभएकाले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको धनराजले हामीसँगको कुराकानीमा बताए। शिक्षण पेसाको ‘बाटो’बाट राजनीतिको ‘राजमार्ग’मा आइपुगेका टिकराज गुरुङको अजेन्डा भने परिवर्तन छ। पुराना दलबाट देशको विकास सम्भवन हुन नसकेकाले परिवर्तन गर्न नयाँ बाटो अपनाउनु पर्ने अवस्था आइसकेको उनको बुझाइ छ। मानिसका सामाजिक, आर्थिक अवस्था परिवर्तन गर्नका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै उनी भोट माग्न व्यस्त छन्। टिकराजले वालिङमै रहेको भवानी माविबाट २०४४ सालमा एसएलसी पास गरेका थिए। त्यसपछि उनी अध्यापन पेसामा आबद्ध भए। २०४५ देखि २०५२ सम्म वालिङकै बाल विद्या विकास अंग्रेजी आवसीय माविमा अध्यापन गरेका थिए। ७ वर्षसम्म वालिङमा पढाएका टिकराज त्यसपछि भने अध्यापन गराउने क्रममै काठमाडौं हानिए। काठमाडौंको गल्कोपाखास्थित सगरमाथा अंग्रेजी आवासीय माविमा उनले २०५३ देखि २०५४ सम्म एक वर्ष अध्यापन गराए। काठमाडौंमा एक वर्ष अध्यापन गराएपछि उनी फेरि आफ्नै गाउँ फर्किए। त्यसयता उनी निरन्तर स्याङ्जामै छन्। २०५४ देखि वालिङको नेपाल आर्दश माविमा उनी निरन्तर अध्यापनरत थिए। शिक्षकका अलवा उनी सञ्चारकर्ममा पनि जोडिएका रहेछन्। करिब १३ वर्षसम्म उनले रेडियो आँधीखोलामा काम गरे। वालिङ टेलिभिजनमार्फत् पनि उनले विभिन्न सन्देशमुलक कार्यक्रम प्रस्तुत गरे। अध्यापन र सञ्चारकर्म बाहेक आफू संगीतप्रेमी पनि रहेको टिकराज सुनाउँछन्। ‘आमा सजीव मेरी देवी हुन्’ गीत टिकराजले लेखे। खेलमा पनि उनको पहिचान छ। भलिबलको क्षेत्रीय खेलाडीसम्म रहेका उनी त्यसक्रममा पनि गाउँ-गाउँ पुगेका रहेछन्। यो बाहेक गाउँलेले भने उनलाई सामाजिक अभियन्ताको रुपमा पनि चिन्ने गर्छन्। गाउँघरमा कोही बिरामी पर्दा टिकराज नै अघि सर्छन्। किड्नी फेल, क्यानसर, ब्लड क्यानसर तथा अन्य रोगबाट पीडित, भूकम्प पीडितहरुका लागि सहयोग गर्ने, चन्दा संकलन गर्ने काममा पनि टिकराज खटिने गरेको वालिङबासी बताउँछन्। २०७४ सालको निर्वाचनमा एमाले–माओवादी (वाम गठबन्धन) हुँदा पद्‌मा अर्यालले बाजी मारेकी थिइन्। उनले कांग्रेस पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्। माओवादीको समेत साथ पाएकी अर्यालले त्यतिबेला झण्डै ४ हजार मतको अन्तरले विजयी भएकी थिइन्। यो पटक भने परिस्थिती केही फरक छ। माओवादीले कांग्रेसलाई सहयोग गरेको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज बनेका छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिएको छ। नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाले ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए। स्थानीय चुनावमा पाएका मतहरुमा भने अहिले केही उलटफेर हुने देखिन्छ। धनराज र पद्‌मालाई टक्कर दिन आइपुगेका टिकराजले स्थानीय तहको निर्वाचनको गणित बिगार्ने निश्चित छ। माहोल यही तरिकाले बन्दै र बिग्रिदै गए स्याङ्जा- २ ले सरप्राइज पनि दिन सक्छ! नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
2,004
नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय प्रतियोगिता टिभिएस एभरेस्ट प्रिपियर लिग (इपिएल)को तेस्रो संस्करण शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदै छ । विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाएको १९ खेल हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । यसपटक दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान रिचर्ड लेभी, नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, स्कटल्यान्डका काइल कोट्जर र आइरिसद्वय पल स्टरलिङ र केभिन ओ ब्राएनसम्मका स्टार क्रिकेटर इपिएल खेल्दै छन् । त्यस्तै विदेशी कमेन्टर, बेलायती चियरलिडर्ससँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न कार्यक्रम आयोजना गरिनेछ । दर्शकहरूका लागि लक्कि ड्र मार्फत हरेक दिन विभिन्न उपहार साथै छक्काको बल एक हातले क्याच लिए ५० हजार पाउनेछन् । त्यसैले पनि इपिएल विशेष हुनेछ । ईपीएलको उपाधि राशी भने घोषणा गरिएको छैन । आयोजकले केहि दिनमा सार्वजनिक गर्ने बताएको छ । इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने प्रतियोगितामा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । शनिबार उद्धघाटन खेलमा कप्तान पारस खड्का रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लले सम्हालिरहेका ललितपुर प्याट्रियट्सको सामना गर्ने छ । खेल दिउँसो १ वजेपछि टियू मैदानमा सुरु हुनेछ । फाइनलमा भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो । यस पटक पनि विराटनगरको पुख्य लक्ष्य उपाधि जित्ने नै रहेको छ । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्वलगायतका विदेशी खेलाडी छन् । त्यस्तै आशिफ शेख, अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी विराटनगरका मुख्य हतियार हुन् । ललितपुरबाट भारतीय सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर विदेशी खेलाडीका रूपमा रहेका छन् । त्यस्तै सन्दीप लामिछाने, पवन सराफ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, राशिद खान, सन्दीप जोरा, सोनु तामाङ ललितपुरका मुख्य हतियार हुन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,005
जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाललाई भेट्न भंगहा गाउँपालिका-९ भिमगढ स्थित सार्वजनिक मा.वि.का दुई दर्जन अभिभावहरु शिक्षा कार्यालय जलेश्वर पुगेका थिए। तर, उनी सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म पनि अभिभावकहरुलाई भेट्न नमानेपछि आक्रोशित अभिभावहरुले शिक्षा अधिकारीको कार्यकक्षको फर्निचरका समाग्रीहरु पल्टाउँदै शिक्षा कार्यालयको मुल गेटमा तालाबन्दी गरिदिएका छन् । विद्यालयबाट सरुवा गरिएको शिक्षक फिर्ता गर्नुपर्ने, वरिष्ठताको आधारमा प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने, विद्यालयको प्रधानाध्यापकले गरेको अनियमितता छानविन गर्नुपर्न , मा.वि स्तरको शिक्षक विद्यालयलाई उपलब्ध गराउनुपर्ने माग राख्दै स्थानीयहरुले जिल्ला शिक्षा अधिकारीलाई भेट्न खोजेका थिए। चार बर्षदेखि विद्यालयमा मा.वि स्तरको पढाई भएपनि मा.वि. स्तरका शिक्षक विद्यालयमा नरहेको स्थानीय संजीव साहले बताए। निम्न माध्यमिक स्तरको राहत र एक दरबन्दीकोे शिक्षकको भरमा मा.वि स्तरको पढाई सञ्चालन भइरहेको छ। जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले आफू सोमबार जिल्ल्ला बाहिर बिदामा रहेको बताए। कार्यालयका तालाबन्दी भएको बिषयमा आफुलाई केही थाहा नभएको उल्लेख गर्दै उनले अभिभावकहरुलाई समय नदिनु कुनै कारण नरहेको शिक्षा अधिकारी दाहालले स्पष्ट पारे ।
2,006
तिहारले झपक्कै छोपेको छ । कोरोना संक्रमणका विच आएको वर्षभरीको ठूलो चाड तिहारलाई दीप र फुलहरुको पर्व पनि भनिन्छ । तिहारमा धनकी देवी लक्ष्मीको विशेष पुजा आराधना हुने गरेको छ । यसपाली कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन थियो । हिजो परेको लक्ष्मी पुजा घरघरमा धुमधामले मनाईएको छ । नेपाली चलचित्रका केही नायिकाहरुले पनि लक्ष्मी पुजा विशेष रुपमा गरेका छन् । सदाबहार नायिका करिष्मा मानन्धर देखि अहिलेका हटकेक नायिकाहरुले लक्ष्मी पुजासँगै रंगोली बनाएका छन् । करिष्माले रंगोली बनाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेकी छन् । नायिका नम्रता सापकोटा, स्वेता खड्का, बेनिसा हमाल, पुजा शर्मा तथा सुहाना थापाले लक्ष्मी पुजाको तस्विर सार्वजनिक गरेका छन् । नायिका नम्रता श्रेष्ठले लक्ष्मी पुजा गरेको तस्विर शेयर नगरेपनि आकर्षक कुर्तीमा तिहारको शुभकामना दिएकी छन् । नायिका स्वेता खड्काले रंगोली र लक्ष्मी पुजाका तस्विरहरु शेयर गर्दै लामो स्टाटस पनि हालेकी छन् । स्वेताले कोरोनाको कहरका वाबजुद पनि ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फुलहरुसँगै मुस्कुराउँदै सप्तरङ्गी रङ्गहरुसँग लत्पत्तिदै अनि झिलिमिली बत्तिहरुको उज्यालो प्रकाशमा रमाउँदै उस्तै उत्साह, उमङ्ग र खुशियालीका साथ धनधान्यदेवी लक्ष्मी मातालाई स्वागत गरियो । भन्दै स्टाटस राखेकी छन् । स्वेताले महामारीको यो माहौलमा आत्मिय सहकर्मीहरुको जमात जुट्न नसक्नुले मनमा खल्लो अनुभुती भएता पनि जो जहाँ रहनु भएको छ सबै सहकर्मी, शुभचिन्तक तथा हितैशीहरुप्रती सुस्वास्थ्य दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गरेकी छन् । ‘शिशिरयामको चिसोसितका थोपाहरुसँग जुध्दै मौलाईरहेको दुबो जस्तै सबैको जिवन मौलाई रहोस् । बलीराजाको अनुपम कृपाले शत्रुहरु परास्त हुन । सफलता, सुख अनि सम्बृद्दीले जीवन भरिपुर्ण होस । शुभदिपावलीको यो पावन अवसरमा अनगिन्ती, अविरल र असंख्य शुभकामना ।’ स्वेताले भनेकी छन् ।
2,007
मंगलबार महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर महादेवको मन्दिरको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले पुस्तकको लोकार्पण गरेका हुन्। उक्त अध्यात्मरामायण डा. स्वामी रामानन्द गिरिले नेपाली व्याख्यासहित लेखेका हुन्। गुरुकुलको छब्बीसौँ ग्रन्थमालाको रूपमा अध्यात्मरामायणको लोकार्पण भएको आश्रमले जनाएको छ। पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गरे। कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पारेका थिए। शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर भएको समेत उल्लेख सुवेदीले गरे। कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उनलाई विद्येश्वर भगवान्‌को स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए। गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवम् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए ।
2,008
भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन् । आज मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीय रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुवै साधन एकापसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका–५ घर भई हाल काठमाडौँ जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको उनले जानकारी दिए । प्रतक्ष्यदर्शी बलराम श्रेष्ठले तीव्र गतिमा आएको बसले ठक्कर दिएर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको र टाउकोमा ठूलो क्षति पुगेको बताए । घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी प्रहरीले दुवै सवारी साधन र बस चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।
2,009
महिला टी २० विश्वकप आज बाट अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले पहिलो खेलमा भारतीय महिला टिमको सामना गर्दैछ। आजको खेलमा अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङ गर्ने निम्तो दिएको छ । दुबै टोलीको विश्वकप इतिहासको बारेमा कुरा गर्दा, भारत र अष्ट्रेलिया बीचको विश्व कपमा अहिलेसम्म तीन खेल भइसकेको छ। भारतले अष्ट्रेलिया संग सन २०१८ एक मात्र खेलमा जित हासिल गरेको छ सन २०१० र २०१२ मा भएको खेलमा भारत अष्ट्रेलिया संग पराजित भएको छ । यस अघि अष्ट्रेलियामा आयोजित तीन राष्ट्र सम्मीलित टी २० सीरीजको फाइनलमा अष्ट्रेलियाले भारतलाई ११ रनले हराएको थियो। यस बाहेक भारतीय महिला टिम लिग चरणको खेलमा पनि पराजित हुनुपर्‍यो। यद्यपि भारतले विश्वकपभन्दा अघि ब्रिस्बेनमा आयोजित अभ्यास खेलमा वेस्टइन्डिजलाई २ रनले हराएको थियो । लामो समयसम्म लगातार राम्रो प्रदर्शन गर्न नसक्नु भारतको कमजोरी हो। अहिले सम्म महिला टी २० विश्वकप छ चोटि खेलाइएको छ। अस्ट्रेलिया यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो र अस्ट्रेलियाले अहिलेसम्म चार पटक उपाधि जितिसकेको छ ।
2,010
रुपन्देहीको तिलोत्तमा–९ केउलानीमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । दुई समुहबीच सोमबार रातिको झडपमा परेर ३ जना मजदुर पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । विभिन्न जिल्लाबाट रुपन्देहीमा मजदुरी गर्दै आएका समुहबीच झडप भएको हो । उनीहरु एकै होटलमा बसेर मदिरा सेवन गरिरहेका थिए । उनीहरुबीच सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो । झडपमा परेर हेटौडां घर भएका रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । स्याङताङमाथि अर्को समुहले चक्कु प्रहार भएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । विकास वाइवा, राजु तामाङ र हस्तसिंह तामाङ घाइते भएका छन् । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
2,011
भारतमा जारी आइसीसी विश्वकपअन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ। भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुँदै छ।​ नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो। नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ।यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक सन् २०११ को विश्वकप खेलेको थियो।​ त्यसैगरी सन् १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भइसकेको छ। सन् १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान सन् १९९९ को विश्वकपमा उपविजेता बनेको थियो। पछिल्लो विश्वकपमा समूह चरणबाट बाहिरिएको पाकिस्तान यस विश्वकपको दाबेदारमध्येको एक देश मानिन्छ ।
2,012
बागमती प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त मन्त्रीद्वय । तस्बिर : गोरखापत्र बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सत्ता गठबन्धनका दलहरुबीच भागबण्डालाई लिएर विवाद हुँदा सरकार विस्तारमा ढिलाइ हुँदै आएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार साँझ मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मन्त्री नियुक्तिसँगै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थबहादुर लामालाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामाले खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद बनाउनु भएकोमा गत माघ ११ गते मन्त्रिपरिषद विस्तारले पूर्णता पाएको थियो ।
2,013
शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन। दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्। ट्रम्पले प्रथम महिला मेलानिया र आफू दुवैमा कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिँदै आफूहरुले अब तुरुन्तै क्वारेन्टिन र निको हुने प्रक्रिया थालिहाल्ने जनाएका छन्। ‘हामी सँगसँगै यसलाई पार लगाउने छौं,’ ट्रम्पले ट्विटमा भनेका छन् ।
2,014
दश वर्षअघि काठमाडौंको महाराजगञ्जबाट सुरू भएको मर्सी एजुकेशनल कन्सल्टेन्सी पछिल्लो समय काठमाडौंका नयाँ बानेश्वर र पुतलीसडकसंगै प्रदेश ५ को राजधानी बुटवलबाट गरी मुलुकका चार स्थानबाट सेवा दिइरहेको छ । मर्सीले विशेषगरी अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। यसले अमेरिका, क्यानाडा लगायतका देशमा समेत विद्यार्थीहरूलाई पठाउँदै आएको छ। वार्षिक पाँच सयका दरले यस संस्थाबाट विद्यार्थीहरू अष्ट्रेलिया जाने गरेका छन् । कुन कलेजमा जाने र कुन कोर्ष पढ्ने भन्ने आधारमा खर्च लाग्ने गरेको छ । कुनै कलेजले छात्रवृत्ति उपलब्ध गराएमा कम शुल्क लाग्ने र छात्रवृत्ति उपलब्ध नभएमा खर्च बढी लाग्ने गरेको छ । त्यसबाहेक यस संस्थाले आवश्यक प्रक्रियाका लागि विद्यार्थीहरूबाट १५ हजार रूपैयाँ लिने गरेको छ । विशेषगरी यस संस्थाबाट आइटी पढ्न चाहने र होटेल म्यानेजमेन्ट गर्न चाहने विद्यार्थीहरूले यहाँबाट अप्लाई गर्ने गरेका छन्। यसक साथै अन्य विद्यार्थीहरूले समेत अप्लाइ गर्ने गरेका छन्। एमबीबीएस पढ्ने विद्यार्थीहरूलाई अष्ट्रेलिया तथा अन्य देशमा नपढ्न र दक्षिण एसियाकै देशमा पढ्न राम्रो हुने सुझाव मर्सीको रहेको छ ।
2,015
रूपन्देही व्यापार संघको आयोजना बुटवलमा लुम्बिनी एक्स्पो २०७५ बिहीबारबाट सुरु भएको छ । बुटवल–१० स्थित मण्डपमा सुरु भएको एक्स्पोको प्र्र्र्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको सपनालाई जसरी पनि साकार पार्ने बताए । उनले जनतामा अहिले अविश्वास बढेको भन्दै त्यसलाई विश्वास बदल्ने गरी सरकारले काम गरिरहेको बताए । नेताले देश बनाउँदैन, आफू मात्रै बन्छन््् भन्ने अविश्वास जनतामा बढेको भन्दै उनले नेताले नै देशलाई बनाएरै छाड्ने बताए । उनले व्यापार व्यवसायबाट बचेको पुँजीलाई कृषिको आद्युनिकीकरणमा लगानी सुरु गर्न व्यवसायीलाई आग्र्र्र्रह गरे । ४० मिनेट भाषण गरेका मुख्यमन्त्री शंकर पोखरेलले अधिकांश समय सञ्चारजगतको आलोचनामा खर्च गरे । पछिल्लो पाँच महिना यता सञ्चार जगतले पनि सरकारको अविश्वास गरेको भन्दै अविश्वासलाई विश्वासमा बदल्ने उनले बताए । मुख्यमन्त्री पोखरेलले सरकार आवधिक योजना निर्माण र कानुन निर्माणमा रहेको भन्दै उद्योगी एवं व्यवसायीलाई कानुन निर्माणमा साथ दिनसमेत आग्रह गरे । सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौँ ओलीहरु जन्मिनुपर्ने बताए । सरकार सही बाटोमा हिँडेको दाबी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए । अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उनले बताए । राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले प्रदेशको राजधानी तोक्न र नामाकरणका लागि मुख्यमन्त्रीलाई ढिला नगर्न आग्रह गरे । बुटवल राजधानीका लागि योग्य भएको उनले बुटवल र यस आसपासका क्षेत्रका जनताको मर्ममा ठेस नपुग्नेगरी निर्णय गर्न आग्रह गरे । श्रीलंकाकी महामहिम स्वाङ परेडा पर्यटनको आगमनले नेपालमा समृद्धिको ढोका खुला हुने बताइन् । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ विदेशी लगानीलाई भित्र्याउने गरी प्रदेश सरकारले योजना ल्याउनुपर्ने बताए । नेपाली बस्तुको बिक्री स्वदेशमा मात्र नभई विदेशमा समेत गर्न सकिने भन्दै कर छुट, बैंकको व्याजदर निर्धारणमा पनि सरकारले चासो ल्याउनुपर्ने बताए । रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले स्थानीय बजारको बजारीकरण तथा कृषिलाई आधुनिकीकरण गर्ने गरी एक्स्पोको आयोजना गरिएको बताए । कार्यक्रममा रूपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिलाल ज्ञवाली, नेपाली कांग्रेसका प्रतिनिधि ज्योति भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, राजमोका जिल्ला बद्री आलम, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी लगाएतले बोलेका थिए । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको एक्स्पो १८ पुससम्म चल्नेछ । एक्स्पोमा कृषिको व्यवसायीकरण तथा आधुनिकरण, स्थानीय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवामूलक, वैकल्पिक ऊर्जा, स्वदेशी उत्पादनका स्टलहरू रहेका छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,016
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नतिर्ने तीन वटा क्यासिनोको इजाजत पत्र रद्द गरेको छ । पटक-पटक सूचना निकालेर तिर्न आग्रह गर्दा समेत तिर्न अटेर गरेका इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पि आवर प्रालि काठमाडौं र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) काठमाडौंको नाममा जारी भएको सञ्चालन इजाजत पत्र/अनुमति पत्र रद्द गर्ने निर्णय मंगलबार मन्त्रीस्तरीय निर्णयले गरेको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए । ती क्यासिनाको अनुमतिपत्र रद्द गरी खेल सञ्चालनमा रोक लगाउने र उक्त निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय मन्त्रालयले गरेको हो । यी क्यासिनो सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालनमा आएका थिए । यी कम्पनीबारे सरकारले ७ कात्तिक, २७ पुस, १९ माघ र १० चैतमा सूचना निकाल्दै रकम तिर्न ताकेका गरेको थियो । तर, रकम नतिरेपछि इजाजतपत्र रद्द गर्ने निर्णय मन्त्रालयले गरेको हो । दुई वटा क्यासिनोको भने धरौटी जफत गर्ने निर्णय समेत मंगलबार नै भएको छ । विभागका अनुसार होटल टाइटर वान परिसर भैरहवा र होटल सांग्रिला परिसर काठमाडौंमा सञ्चालित एचएचएल म्यानेजमेन्ट सर्भिसेज (कैटीएम) प्रालिको भने धरौटी जफत गर्ने निर्णय भएको छ । यो कम्पनीले सरकारलाई तोकिएको रोयल्टी रकम र इजाजतपत्र नविकरण दस्तुत नबुझाएपछि उसले बैंकमा राखेको धरौटी वापतको रकम नेपाल सरकारको राजस्व खातामा खिच्ने निर्णय मन्त्रालयले गरेको हो । सो कम्पनीको १४ करोड २० लाख रुपैयाँ बराबरको धरौटी राजस्व खातामा खिचिएको छ । विभागका अनुसार सरकारको राजस्व नबुझाउने क्यासिनोमाथि कारबाही गर्ने क्रमलाई पछिल्लो समय तीब्रता दिइएको छ ।
2,017
गड्डाचौकी नाका भएर भारतबाट आउनेहरुमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सामाजिक विकास मन्त्री लालबहादुर खड्का, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदी र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गड्डाचौकी नाकाको अवस्था र नेपाली सेनाले निमार्ण गरिरहेको होल्डीङ्ग सेन्टरको अवस्थाको बारेमा जानकारी लिएका छन । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेकाले सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको बताए । उनले सुदूरपश्चिम प्रदेशसंग जोडिएका सबै सिमानाकामा कोरोना परिक्षण र खोप नलगाएकाहरुलाई खोप लगाउने काम भइरहेको बताए । त्यसैगरी कञ्चनपुरमा निमार्ण भइरहेको १ हजार क्षमताको होल्डीङ्ग सेन्टर सञ्चालनका लागि समेत तयारी भइरहेको उनले बताए । “होल्डीङ्ग सेन्टरको व्यवस्थापनका लागि कर्मचारी व्यवस्थापन देखि अन्य तयारीमा हामी जुटेका छौ ।” उनले भने–“बीरामीको उपचारको लागि समेत महाकाली अस्पताल र धनगढीको सेती अस्पतालमा व्यवस्था मिलाएका छौ ।” त्यसैगरी प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सर्तकता सिमाक्षेत्रमा कडाईका साथ सर्तकता अपनाइएको बताए । उनले स्थानीय तहहरुलाई सबैलाई खोप लगाउनेर स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको र होल्डीङ्ग सेन्टर व्यवस्थापनको लागि छलफल भइरहेको बताए । संघिय सरकारले नेपाली सेना मातहत भीमदत्त नगरपालिका–१८ शालघारीमा १ हजार क्षमताको होल्डीङ्ग सेन्टर निमार्ण अन्तिम चरणमा पुगाएको छ । होल्डिीङ्ग सेन्टरको काम ९० प्रतिशत सकिएको निमार्ण कम्पनीले जनाएको छ । निमार्ण कम्पनीका लक्ष्मण सापकोटाले ३ सय बेड तत्काल सञ्चालन गर्न मिल्ले गरी तयारी अवस्थामा रहेको बताए ।
2,018
प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बीमा सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायव महाप्रबन्धक श्री दिपेन्द्र राज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतम सिंहले हस्ताक्षर गरेका छन् ।  सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक श्री दिपेन्द्र राज गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थय सेवा पहुंचमा अभिवृद्धि हुने जानकारी दिए । त्यस्तै ब्लु क्रस हस्पिटलका प्रबन्धकले यो सम्झौता पश्चात सम्पूर्ण सेवाग्राहीहरुलाई औषधी उपचार सम्बन्धी बीमालेख खरिद लाभ उठाउन आग्रह समेत गरे ।
2,019
नेकपा माओवादी केन्द्रले पोखरा महानगर प्रमुखका लागि प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको महानगर इन्जार्च दीकप कोइरालाले जानकारी दिए । सिफारिस दिएकामध्ये लामिछाने अघिल्लो स्थानीय तहमा पनि पोखरा प्रमुखका लागि उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा नेपाली कांग्रेससँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए । अघिल्लो चुनावमा माओवादी र कांग्रेस तालमेल गरे पनि नेकपा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतान्तरले पराजित गरेका थिए । त्यस्तै, महानगर उपप्रमुखमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको इन्चार्ज कोइरालाले जानकारी दिए । उपप्रमुखमा सिफारिस भएकामध्ये ढकालले अघिल्लो पटक पनि उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला उनले ८ हजार ७९६ मतसहित तेस्रो स्थान ल्याएकी थिइन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार४८४ मत ल्याउँदै ४४ हजार ३३८ मत ल्याएकी निकटम् प्रतिद्वन्द्वी कांग्रेसका सरस्वती गुरुङलाई पराजित गरेकी थिइन् ।
2,020
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचोकबाट देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुग्नु भएका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बागमती प्रदेशको प्रदेश सभा बैठक दुई महिनापछि बसेको छ । भदौ १८ गतेका लागि तय भएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चालु आर्थिक वर्ष २०८०/८१ को
2,021
दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका निम्ति जिल्लामा करिब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा बढी सतर्कता अपनाइएको उनले बताए । ती स्थानमा १२ घण्टाअघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्तदुरुस्त बनाउन नेपाल–भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ । भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक कामबाहेक बुधबार एक दिनका निम्ति आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक कमान्ड पोस्ट स्थापना गरिएको छ । नेपाल प्रहरीका १६ मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । दुई प्रहरी निरीक्षकको कमान्डमा ‘स्कर्टिङ ड्युटी’ परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दत गर्न १० ‘क्विक रेस्पोन्स’ समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए । जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र प्रहरीका ४९५ गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउन लगिएको छ ।
2,022
कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा बुधबारदेखि आएको हो। केन्द्रको प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्‍घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने बताए। लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले बताए। प्रहरी महानिरीक्षक कुँवरले लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरूरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त गरेका छन्। समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिस्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गरे। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताए । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
2,023
वरिष्ठ अभिनेता महमूदका छोरा तथा गायक लक्की अलीले देशमा मुस्लिमहरूको अवस्थाको बारेमा कुरा गर्दै चकित पार्ने बयान दिएका छन् । एक भावनात्मक पोस्ट साझा गर्दा, लक्कीले आफ्नो एक्लोपनको लागि आफ्नो धर्मलाई दोष दिएका हुन्। लक्कीले लेखेका छन्, ‘आजको संसारमा मुस्लिम हुनु भनेको एक्लो हुनु हो । पैगम्बरको सुन्नत को पालना गर्दा एक्लो हुनुहुन्छ । तपाईंका साथीहरूले तपाईंलाई छोड्नेछन् र संसारले तपाईंलाई आतङ्कवादी भन्नेछ।ु अलीले ३ वर्षको उमेरमा फिल्म ‘छोटे नवाब’ ९१९६१० बाट डेब्यू गरेका थिए। केही फिल्महरूमा देखा परेपछि, अली पूर्ण रूपमा संगीतमा समर्पित भए। लक्की अलीले महमूदको फिल्म ुएक बाप चाह बेटेु को लागि आफ्नो पहिलो गीत पनि गाएका थिए। सन् १९९६ मा लक्कीले आफ्नो पहिलो म्युजिक एल्बम ‘सुनो’ सार्वजनिक गरे । उनी ुओ सनमु, ुएक पल का जीनाु, ुसफरनामाु र ुना तुम जानो ना हमु जस्ता गीतहरूका लागि परिचित छन् ।
2,024
ट्वान्टी ट्वान्टी विश्वकप छनोट खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा प्रशिक्षणमा व्यस्त भएको छ । स्थानीय समय साढे सात बजे हिथ्रो विमानस्थल उत्रिएको टोली सिधै मार्लेवोन क्रिकेट क्लब (एमसीसी), लर्डस् क्रिकेट ग्राउण्ड गएर प्रशिक्षण थालेको हो ।
2,025
नेपाल स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ। सोमबार काठमाडौंमा नेप्से अनलाइन कारोबारको प्रगतिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौं बाहिरका ग्राहक र विद्यार्थीहरुलाई सेयर बजारबारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने बताइएको हो। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरेपछि देशभरिबाट सेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई सेयर कारोबार र अनलाइन कारोबारबारे जानकारी दिन आवश्यक रहेको बताए। दोश्रो बजारमा कारोबार गर्नेको शंख्या काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले सेयर दलाल र विद्यार्थीहरुलाई प्रशिक्षण दिन लागिएको उनको भनाइ छ। नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट सेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो। यसबाट सेयर किनबेच, भुक्तानी र सेयर कारोबारसम्बन्धी अन्य सबै काम हुँदै आएको छ। नेप्सेको अनलाइन प्रणाली विभिन्न 'क्लियरिङ्ग' कम्पनीहरुसँग पनि जोडिएको हुदा सेयरसम्बन्धी सबै काम छिटो हुन थालेको छ। अहिले अनलाइन प्रणालीमा सूचिकृत भएर ११ हजार बढी सेयर दलालहरुले कारोबार गरिरहेका छन्। हालसम्म अनलाइन प्रणालीमार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
2,026
अरू बेला म्युजिक कन्सर्टले भरिभराउ हुने ग्रिनफोर्ड टाउन हल शनिबार साँझ साहित्यिक मनहरूले भरियो । लन्डनमा पहिलो पटक गरिएको ‘कविता कन्सर्ट’ का प्रमुख आकर्षण थिए युवा कवि नवराज पराजुली । उनले करिब एक घण्टा नन स्टप कविता वाचन गरे । पहिलोपटक लन्डन आएका उनले ‘सगरमाथाको गहिराइ’, ‘हेब्बी बड्डे’, ‘खोया’ लगायतका कविता सुनाए । द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम भएर होला, उनले त्यस्तै परिवेशको ‘बुद्धको टाउकोको मोल’ शीर्षकको कविता पनि सुनाउन भ्याए । राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगरसहित करिब अढाई सय श्रोता थिए ।राजदूत डा. सुवेदीले पराजुलीको कवितामा जादु भएको बताए । कविता कन्सर्टका संयोजक रामशरण सिम्खडाले साहित्यलाई परोपकारी कामसँग जोडदै लन्डनमा पृथक शैलीको कविता कन्सर्ट गरिएको जानकारी दिए भने नेपलिज ब्रिटिस कम्युनिटी यूके अध्यक्ष मिलन घिमिरेले सबै दाताप्रति आभार व्यक्त गरे । कार्यक्रममा स्थानीय स्रष्टाहरू फणीन्द्र भट्टराई, मन्जु भण्डारी, नृपेश उप्रेती, जगत् नवोदित, नारायण गाउँले र रमेश कायस्थले समेत आफ्ना रचना सुनाएका थिए  ।
2,027
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन निर्देश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिकलगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढेपछि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । ‘ती जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
2,028
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट म्यानेजर निखिल अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । शिवम् सिमेन्टले सह–प्रायोजनस्वरूप प्रतियोगिताका लागि ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउनेछ । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद र २ लाख बराबरको मञ्च व्यवस्थापन तथा फुटकर खर्च गर्नेछ । उक्त सम्झौता १ वर्षका लागि हुनेछ । गत संस्करणमा पनि शिवम्ले ३ लाखको प्रायोजन गरेको थियो । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोलीसँगै शिवम् न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’को उपाधिसहित नगद १० हजारले पुरस्कृत गरिनेछ । शिवम्कै नाममा रहने विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्टमा समावेश नभएका १ खेलाडीलाई ‘केएनपी शेरबहादुर खड्का स्मृति स्पेसल अवार्ड’ बाट नगद १० हजारले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । शिवम्का म्यानेजर अग्रवालले महिला सशक्तीकरणको मामलामा नो कम्प्रोमाइजको सिद्धान्त अघि सारेकाले खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलकुदको विकासका लागि निजी क्षेत्रको आवश्यकता भएअनुरूप शिवम् सिमेन्टले भलिबलमा लगानी गरेर राष्ट्रिय खेलको विकासमा योगदान गरेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष यम गुरुङ, सचिव जगदिश भट्ट, लायन्स क्लब लर्ड बुद्ध फाउन्डेसनका अध्यक्ष विष्णु भण्डारीलगायतको उपस्थिति थियो । प्रतियोगिताका लागि यसअघि नै केएनपी जापानले मुख्य प्रायोजन गरिसकेको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,029
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार राति ८ बजेभन्दा अलि अगाडि नै वर्षा सुरु भएको हो। ‘तर बीचमा केहीबेर रोकिएको थियो,’ उनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘राति ८ बजेदेखि चाहिँ निरन्तर झरी परिरहेको छ, यो अझै एक–दुई घण्टा जारी रहने देखिएको छ।’ मौसमविद् बासीका अनुसार काठमाडौं उपत्यकासहित केही स्थानमा रातिदेखि नै लगातार वर्षा भइरहेको हो। विशेषगरी कञ्चनपुर, दाङ, कैलाली तथा विशेषगरी तराई क्षेत्रमा अहिले पनि वर्षा भइरहेको उनले जानकारी दिइन्। काठमाडौं उपत्यकामा अहिले बिहानसम्ममा ३०.७ मिलिमिटर वर्षा भएको माैसमविद् बासीले जानकारी दिइन्। अहिले मनसुनमा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। मौसमविद्का अनुसार भारी वर्षा दुई किमिसबाट हुन्छ। एउटा– एकैपटक ठूलो पानी परेर, अर्काे– लगातार पानी परेर। आज (दिउँसो तथा राति) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २, ५, बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ। ‘भोलि (आइतबार) रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आउने सम्भावना रहेकाले वर्षा बढ्ने देखिएको छ,’ मौसमविद् बासीले भनिन्, ‘त्यसको तीन–चार दिन देशभर ठूलो वर्षा हुने सम्भावना छ, जुन कुरा हामीले यसअघि नै विज्ञप्ति जारी गरेर भनिसकेका छौं ।
2,030
सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७७’ पत्रकारद्वय फातिमा बानु र विद्या राईलाई प्रदान गरिने भएको छ । ८ भदौ २०७७ मा कान्तिपुरमा प्रकाशित ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’ फिचरका लागि पत्रकार बानु र राईलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सञ्चारिका समूहकी महासचिव बिमला तुम्खेवाले जानकारी दिएकी छन् । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । समूहले तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । सो समितिलाई छनोट गरिएका फिचरहरू उपलब्ध गराइएको तुम्खेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । छनोट समितिले समाचार/लेख/फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । ‘समानताका लागि सञ्चार’ भन्ने मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाईन खबर दैनिकमा कार्यरत छिन् । यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिमबाट पत्रकारिता गर्दै आएकी हिरा परियारलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत छिन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि ७,१११ रुपैयाँ रहेको छ । यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’ सेतोपाटी डट कममा कार्यरत मनिका विश्वकर्मा र नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई प्रदान गर्ने निर्णय भएको छ । यसको साथै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इकागज डटकममा कार्यरत सिर्जना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने महिलालाई पेसामा थप उत्साह बढाउन सहयोग पुर्‍याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार २०७६’ नयाँ पत्रिकामा २०७६ फागुन २५ गते प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ फिचरका लागि पत्रकार मुना कुँवरलाई प्रदान गर्ने निर्णय भएको थियो । गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कारहरू ११ चैतमा प्रदान गरिने तुम्खेवाले जानकारी दिएकी छन् ।        
2,031
जनप्रतिनिधिमुलक सर्वोच्च संस्था सदनमा सांसद्ले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन । यसले जनताका सवाल ओझेलमा परेका छन् । जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलगायत महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने विधेयकले संसद्बाट पूर्णता पाउन नसकेको बताइएको छ । संघीय संसद्को नवौँ अधिवेशन पनि एमालेको अवरोधका कारण नियमित कामकारबाही प्रभावित रह्यो । यद्यपि, प्रतिपक्षीको अवरोधका बीच संसदले केही महत्वपूर्ण निर्णय लिएको छ । संघीय संसद्को दशौँ अधिवशेन गत मंसिर २८ गतेदेखि शुरु भएको छ । विधेयक अधिवेशनका रुपमा रहेको चालु अधिवेशन निर्वाध रुपमा चल्ने संकेत देखिएको छैन । चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोध कायम रह्यो । अबरोधका बीच पनि संसद् कार्यसूचीमा प्रवेश गरेको छ । संसद्मा देखिएको अवरोध हटाउन सरकार र सभामुखले पहलकदमी लिएपनि त्यसले सार्थक रुप लिन सकेको छैन । संसद्को सबैभन्दा ठूलो दल एमालेले संसद्लाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ । एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । एमालेले उठाउँदै आएको ती सांसद्माथि कारबाहीको विषय अदालतमा विचराधीन छ । प्रतिनिधिसभा नियमावलीले अदालतमा विचराधीन विषयमा संसद्मा छलफल गर्न नसकिने व्यवस्था गरेको छ । यसबीचमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई सुचारु गराउन पटकपटक प्रतिपक्षसँग आग्रह गरेका छन् । प्रत्येक संसद् बैठकमा उनले जनताको सर्वोच्च संस्थाको कामकारबाहीमा अवरोध नगर्न अनुरोध गर्दै आएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था पारमर्श समितिको मंगलबारको बैठकमा समेत उनले प्रमुख प्रतिपक्षी दललाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका थिए । बैठकमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई छाडेर संसदलाई सूचारु गर्न जोड दिएका थिए । उनले एमालेले उठाउँदै आएका विषयलाई संसद्मार्फत जनतामा राख्न पनि आग्रह गरेका थिए । जनप्रतिनिधिको सर्वोच्च संस्थाका रुपमा रहेको संसद्मा जनताको जनजीविकालगायत विषयमा विभन्न पक्षबाट उठ्नुपर्ने आवाज मुखरित हुनबाट नरोक्न सभामुखले बारम्बार आग्रह गरेका थिए । परामर्शको बैठकमा उनले नागरिकता विधेयक, संघीय निजामतीलगायत महत्वपूर्ण विधेयक संसद्बाट पास नहुँदा जनताले भोग्नु परेका समस्याका बारेमा पनि प्रतिपक्षी दलको ध्यानाकर्षण गराएका थिए । सार्वजनिक महत्व बोकेका विधेयक प्रक्रियामा जान नसक्दा आम नागरिक मौलिक हकबाट प्रभावित बनेका छन् । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेले आफूलाई जिम्मेवारीका साथ प्रस्तुत गर्नुपर्ने अवस्थामा संसद्लाई बन्धक बनाउँदा अहिलेको प्रणालीमाथि एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न उठेको बताउँछन् । उनले एमालेले संसद् अवरुद्ध गर्दै लगातार उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र सो विषयलाई उठाएर टुंगोमा पुग्न नसकिने अवस्था हुँदाहुँदै पनि बैठक अवरोध गरेको टिप्पणी गरे । उनले भने, ‘सदन सञ्चालन गर्ने सत्ता पक्ष र प्रतिपक्षी दुवै मिलेर हो । सदन अवरुद्ध गर्दै जाँदा यो प्रणाली नै धरापमा पर्छ । यो प्रणालीप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न उठेको छ ।’ अघिल्ला अधिवशेनमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नराखेको जनाउँदै आलोचना गर्ने एमालेले पछिल्ला दिनमा बैठकमा सक्रिय सहभागिता जनाउन छाडेको छ । कार्यव्यवस्थाको पछिल्ला दुई दिनको बैठकमा एमालेका प्रतिनिधि आफ्ना विषय राखेर निस्केका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सदन नियमित चलेका बेला सभामुखले कार्यव्यवस्था बैठक नराखेको र अहिलेको बैठकमा आफूहरु आफ्ना कुरा राखेर बाहिरिएको बताए । गत मंसिर २८ गते पनि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुएको थियो । सो बैठकमा पनि एमालेका प्रतिनिधिले आफ्ना कुरा राखेर बाहिरिएका थिए । मंगलबार पनि सभामुखले बिहान ११ः३० बजे नयाँ बानेश्वरमा परमर्श समितिको बैठक राखेका थिए । सो बैठकमा पनि एमाले प्रतिनिधिले आफ्ना कुरा राखेर बाहिरिए । ‘जुन बेला कार्यव्यवस्थाको बैठक बस्न पथ्र्यो, चाहिन्थ्यो, हामी बैठकमा जान्थ्यौँ, त्यो बेला बैठक राख्नुभएन, अहिले जुनबेला एमालेसँग विवाद भएपछि बैठक राख्नुभएको छ, कार्यव्यवस्थामा हामीले आफ्ना कुरा राख्दै हिँड्दै गरेको हौँ,’ सचेतक भट्टराईले भने । कार्यव्यवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिको बेवास्ता हुँदै आएपछि मंगलबारको बैठकमा भने सभामुखले शुरुमै आफ्नो धारणा राखेका थिए । सुरुआती मन्तव्यमा सभामुखले बैठकमा सक्रियताका साथ सहभागी हुन र संसद्मा सहभागी अन्य राजनीतिक दलका प्रमुख सचेतकका कुरा सुन्न आग्रह गरेका थिए । मंगलबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत अन्य दलका प्रमुख सचेतकले एमालेलाई प्रजातन्त्रिक मूल्य मान्यता र आदर्श देखाउन आग्रह गरेका थिए । प्रमुख सचेतक भट्टराई संसद्मा जारी गत्यावरोध हटाउन सभामुख र सत्तारुढ दलले एमालेको शीर्ष नेतृत्वसँग छलफल गरेर समाधान खोज्न प्रयास गर्नुपर्ने बताउँछन् । सभामुखले एमालेले गरेको १४ सांसद पदमुक्त भएको सूचना टाँस गरे सदनको अवरोध खुल्ने उनले बताए । संसद्को कामकारबाहीलाई प्रभावित बनाउन सभामुख सापकोटाले आज बिहान ११ः३० बजे पनि कार्यव्यवस्था परामर्शको बैठक बोलाएका छन् । आजको बैठकमा संसद्को गत्यारोध अन्यलगायत विभिन्न समितिका सदस्यको नाम हेरफेरको विषयमा छलफल हुने बताइएको छ । संसद् बैठक आज अपारह्न १ बजे बस्दैछ ।
2,032
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको पूजा अर्चना गरिएको छ। विशेष गरि तराई समुदायले मनाउँने छठ पर्व पछिल्लो समय राजधानीमासमेत मनाउन थालिएको छ। यसै अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको गौरीघाटमा पुगेकी छिन्। राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनसमेत गरिन्। हेर्नुहोस् राजधानीमा मनाइएको छठ पर्वको रौनक ।
2,033
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । खिर खाने कार्यक्रममा आज उाले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताए । एकता गर्ने नाममा अनिश्चिता नराख्ने उनको भनाइ छ । “देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ”, उनले भने, “त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।” महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पुर्‍याउन नसकिएको स्पष्ट पारे । “शुक्रबारसम्म कार्यदलसँग सम्बन्धित सबै साथीलाई पार्टी अध्यक्षले १० बुँदे सहमति कहाँ अडकिएको छ, विचार नमिलेको कुरा ल्याउनुहोस्, ती कुरालाई छलफलबाट सहमति गर्न सकिन्छ भन्नुभएको छ”, उनले भने, “सम्भवत आज बेलुकासम्म केही कुरा होला । त्यो नभएपनि हामी नरोकि अगाडि बढ्छौँ ।” पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि आफूहरूले अधिकतम लचकता अपनाउने उनको भनाइ छ । अधिकतम लचकता विधि, विधानअनुसार हुने पर्ने बताए । “पार्टीभित्रको देखिएको बिग्रहकारी स्थिति अन्त्य हुनुपर्दछ”, उनले भने, “त्यसको लागि सबै पक्षले भूमिका खेल्नुपर्दछ । पार्टी विधि विधान, पद्दतिअनुसार पार्टी चल्नुपर्दछ । विसं २०७५ जेठ २ गते अगाडिको पार्टी विधानलाई सबैले पालना गर्नुपर्दछ ।” उनले पार्टीको वैधानिकता कायम गर्नका लागि तोकिएको समयमा अधिवेशन सम्पन्न हुने बताए । उनका अनुसार पार्टी महाविधेशन २०७९ वैशाख १० गतेभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
2,034
हामी सबैले काम गर्नु पर्यो उद्योगधन्दामा लगानी बढाउनु प¥यो, भौतिक संरचना राम्रो बनाउनु पर्नेछ। प्राविधिक शिक्षा र सिपमुलक शिक्षाको विकास गर्नुपर्छ। प्रविधिमा आधारित शिक्षाको खाँचो छ, निजी क्षेत्रले चाहेर मात्रै हुँदैन सरकारको नीतिमा लगानी आधारित हुन्छ । नेपालका उद्योग सञ्चालन गर्नको लागि चुनौतीका चाङ छन्। व्यापारबाट नाफा कमाउन सजिलो छ, आयातमुखी अर्थतन्त्रले धानेको हाम्रो देश हो। आयात गरेर नै खाने बानी लागिसकेको छ। हामी सबै मिलेर उत्पादका क्षेत्रमा लाग्नुपर्नेछ। उत्पादनमुखी अर्थतन्त्रको विकासमा गर्नुपर्छ। स्रोत साधन भएर उत्पादकत्वमा ध्यान नदिएर आयात गरिरहेका छौं। कृषिमा आधारित देश भन्छौ तर हामी खाद्यान्न आयात गरिरहेका छौं। सरकारले सूक्ष्म ढंगले अध्ययन गरेर नीतिगत सुधार गर्दै आर्थिक समृद्धिको मार्गचित्र कोर्नुपर्ने बेला आएको छ। निजी क्षेत्र एकदमै आशावादी छ, वर्तमान सरकाले लगानीमैत्री वातावरण बनाएर नेपालमा उद्योगधन्दाको विकासमा नयाँ सोच र योजनासहित अगाडि बढ्नेछ। सरकारप्रति सबैको आशा छ, नयाँखाले नीति नियम ल्याउने, पुराना नीति नियम सुधार गर्दै उद्योगको विकासमा लाग्नको लागि सरकारलाई अवसर पनि छ। अब आउने बजेट समृद्ध मुलुक बनाउनको लागि चाहिने आधारभूत संरचना तयार पार्ने अवसर हो। त्यसकारण अर्थमन्त्रीले ‘वोल्ड डिसिजन’ गर्न जरुरी छ। जबसम्म मुलुकमा उत्पादनलाई सहजीकरण गरिँदैन, लगानीकर्ताको सम्मान गरिँदैन त्यस्तो देशमा औद्योगिक लगानी कसरी बढ्छ्। स्वरोजगारीको अवसर कसरी सर्जना हुन्छन्, यी कुरामा सुधार भएपछि मात्रै सबैले सोचेको जस्तो आर्थिक समृद्धिको यात्रा तय हुन्छ। बजेटको लागि केही नीतीगत सुधार गर्नुपर्नेछ। नेपालमा जे उत्पादन हुन्छ, सम्भव छ, त्यसको उत्पादन बढाऊ भनेर नारा ल्याउनुपर्छ। उत्पादनको वृद्धि गर्नेको लागि सरकारले अभियान नै सञ्चालन गर्नुपर्छ। उत्पादन बढ्नाले चुलिँदै गएको व्यापारघाटा घटाउने एउटा माध्यम हुन्छ। व्यापारघाटामा कमी ल्याउनको लागि कुनै न कुनै तवरबाट सरकारले सम्बोधन गर्न जरुरी छ। नेपालमा आयात हुने वस्तुलाई सरकारले खुल्लारूपमा आयात गर्न दिनु हुँदैन खुल्ला आयातलाई छोडेर सरकारले देशलाई डम्पिङ साइड बनाउनबाट रोक्नुपर्छ । नेपालमा उत्पादन हुने वस्तुको तयारी सामान रोकेर कच्चा पदार्थमात्रै आयात गर्नुपर्छ। औद्योगिक विकासको लागि औद्योगिक क्षेत्र पनि चाहिन्छ। कहाँ गएर उद्योग स्थापना गर्ने, आफंै जग्गा किन्नु पर्छ, नेपालमा जमिन एकदमै महँगोे छ। जस्ले गर्दा उद्योगको लगानी धान्न नसकिने अवस्था बन्दै गएको छ। सरकारले उद्योगको विकासमा भन्दा व्यापारमात्र प्रवद्र्धन गरेको हुनाले उद्योगको भन्दा व्यापारको संख्या बढेर गएको छ। त्यसैले सरकारले गहन अध्ययन गरेर नीति नियममामा भएका कमजोरी सुधार गर्नैपर्छ। नेपाल ‘गोल्डेन हट स्पोर्ट’ हो, नेपालले बुझेर अगाडि बढेमा दुवै छिमेकी देशको आर्थिक प्रगतिबाट फाइदा लिएन सक्छौं, बुझेनौं भने यिनै देशको डम्पिङ साइड बन्न सक्छ। नेपालको प्रशासनिकतन्त्र रहेको भ्रष्टाचारलाई कमि ल्याउनको लागि ई–गर्भमेन्सको विकास गर्ने, प्रविधिमैत्री बनाउँदै जाने, सरकारले प्रवाह गर्ने सेवा जनताले इन्टरनेटबाट नै उपयोग गर्न पाएमा उत्पादकत्वमा वृद्धि हुन्छ। सरकारका सबै संयन्त्र प्रविधिमैत्री बनाएर जानुपर्ने देखिन्छ। अब आउने बजेटमा यस्तो व्यवस्था हुनेमा आशा गरेका छौं। नेपालका उद्योगको क्षमता बढाउँदै लैजानुपर्छ। अहिले उद्योग क्षेत्रको योगदान ६–७ प्रतिशतमात्रै छ।सबै उद्योगले अहिले नै योगदान गर्छन भन्ने त्यो तर्क पनि ठिक होइन। हामीले भनेको के हो भने हामी जाने बाटो तय हुनु पर्यो। हामी कुन बाटो जाने, नेपालको समृद्धि कसरी हुन सक्छ, लाखांै युवा विदेशमा काम गर्न बाध्य छन् उनीहरुलाई कसरी नेपालभित्र काम दिन सक्छौ भनेर आज सोचेनौ भने भोलि गाह्रो हुन्छ। संसारको औद्योगिक इतिहासले के देखायो भने नि निजी क्षेत्रले जुन किसिमको म्यानेजमेन्ट स्किल डेभलप गरेको छ योसँग सरकारले कही पनि प्रतिस्पर्धा गर्न सकेको देखिँदैन। केही क्षेत्रमा सरकारले लगानी गरेर त्यसलाई संरक्षण गर्नु ठिकै छ। तर, जुन क्षेत्रमा निजी क्षेत्रले राम्रोसँग काम गर्न सक्छ, त्यसमा सरकारले हात हाल्नु जरुरी छैन। सरकारी उद्योग सबै घाटामा गएका छन्। उत्पादनशील उद्योग सबै घाटामा चलेका छन्। संसारको त्यो अभ्यासलाई हामीले यहाँ सिकिरहनु पर्छ जस्तो लाग्दैन। सरकारले औद्योगिक पूर्वाधार, बाटो, रेलवे, एयरपोर्टलगायतका क्षेत्रमा लगानी गर्नुपर्छ, यसबाट निजी क्षेत्र पनि उत्साहित हुन्छ। हाम्रो देशको वार्षिक बजेट १३ सय अर्बको हाराहारी छ। हाम्रोे बजेटभन्दा भारत र चीनका कम्पनीको बजेट धेरै हुन्छ। त्यसै अर्थतन्त्रको आकारलाई बढाउनुपर्ने बेला आएको छ। अब करको दायरा बढाउनुपर्छ भन्ने हाम्रो कुरा हो। नीतिगत रूपमा सुधार गरेर अगाडि बढने हो भने धेरै क्षेत्र आत्मनिर्भरतर्फ जाँदैछ। सिमेन्ट, छडमा देश आत्मनिर्भर हुन लागिक्यो। औषधिमा पनि नीति निर्माण तहमा सुधार गर्ने हो भने हुन सक्छ। आत्मनिर्भर हुनुपर्ने अर्को पक्ष भनेको खाद्यान्नमा हो। हाम्रा नदीनालामा पानी धेरै छ, फरक–फरक प्रकृतिको उत्पादन गर्न सकिने भूमि छ, पहिलो कुरा त जग्गा नै खण्डीकृत भयो। नेताहरुले जग्गामा हदबन्दी गरिदियो भने सबै जनता धनी हुन्छन् भन्ने सोच राखे। त्यसबाट के आयो भने कृषिमा दिनानुदिन परनिर्भर हुँदै गएका छौं। नेतृत्वमा बस्ने सबै नेतालाई मेरो अनुरोध छ–‘यो नीतिमा पुनर्विचार गर्न धेरै जरुरी छ, कृषकले जब ठूलो क्षेत्रमा प्रविधि प्रयोग गरेर उत्पादन गर्न पाएन भने सानो–सानो जग्गामा मात्र खेती लगाउन थाल्यो भने हामी प्रतिस्पर्धा नै गर्न सक्दैना, हाम्रो उत्पादन लागत महंँगो भयो, कृषिको उत्पादनलागत पनि बढ्यो । यसमा निकै ठूलो सम्भावना छ, यस क्षेत्रको प्रवद्र्धन र विकास गर्नको लागि दीर्घकालीन नीति र सोच राखेर अगाडि बढनुपर्छ। यो सरकारलाई अवसर पनि छ। अन्र्राष्ट्रियस्तरका विमानस्थल बनाउन ढिला भइसक्यो। पोखरा, निजगढ र भैरहवा विमानस्थललाई छिटो सम्पन्न गर्नुपर्छ। यी विमानस्थल सञ्चालन र मार्केटिङ गर्न सकियो भने नेपालको पर्यटन बढ्छ। अहिले २० लाख पर्यटकको कुरा गरेका छौं। नेपालमा यी काम हुने हो भने करोडभन्दा पर्यटक आउने गन्तव्य हो। आफ्नो जीवनकालमा संसारको कुन–कुन मुलुकमा भ्रमण गर्नुपर्छ भन्दा नेपालको नाम आउने गरेको छ। पशुपतिनाथ, गौतमबुद्ध, सगरमाथा हाम्रो देशमा नै पर्छ।पर्यटनका दृष्टिकोणले राम्रो गन्तव्य हो । हाम्रो नीति सुधार गर्न सकिन्छ। इन्टरनेटको पहुँच सुधार गर्नु पर्यो। युवा पुस्ताको अग्रेजी भाषाप्रति लगाव छ। यो क्षेत्रलाई सुधार गर्न सकिए परिवर्तन गर्न सकिन्छ। नेपालमा बास्मतीको धान सय रुपियाँमा उत्पादन गर्छौ, जापानमा पाँच सय रुपियाँ किलो पर्छ। नेपालमा सय रुपियाँ भन्दैमा सस्तोमा किन्दैन। सबै कुरा सस्तोमा हुँदैन। नेपालमा गिट्टी ढुंगाको मूल्य महँगो छ। यहाँ बालुवा, गिट्टी छ। यही देशमा सिमेन्टको उत्पादन हुन्छ। तर, यही देशमा दक्षिण एसियाको सबैभन्दा बढी महंँगो क्रंकिट छ। हाम्रो अर्थतन्त्र नै महंँगो छ। त्यसलाई सुधार गर्नुपर्छ। यो खुल्ला आयात नीतिलाई परिमार्जन गर्नुपर्छ, दोस्रो नेपालभित्र उत्पादन गर्न सक्ने उद्योगधन्दालाई सरकारले सहयोग गर्नुपर्छ। तेस्रो नेपालको क्षमतालाई माथि लैजानुपर्छ। सरकारलाई मेरो अनुरोध छ बजेटपछि तत्काल स्पष्ट नीति बनाउनुपर्छ। कहाँ– कहाँ आवश्यकता हो त्यहाँ विश्वविद्यालय सञ्चालन गर्नुपर्छ। गुणस्तरीय शिक्षाले अगाडि बढने अवस्था पाएन। प्राविधिक शिक्ष दिने शिक्षालय खोलौ। डिग्री हासिल गर्ने तर जागिर पाउन नसक्ने अवस्था छ। हाम्रो शिक्षालाई आमूल परिवर्तन गर्न जरुरी छ। सडकको अवस्था दयानीय छ। सडकलाई राम्रो र सुरक्षित बनाउँदा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। पहिलो कुरा त सेजको कानुन आउन नै ढिला भयो। दोस्रो उद्योग खोल्दा सेजको शर्त पनि त्यति व्यवहारिक भएन। तेस्रो अहिलेसम्म बिजुली नै पुग्न सकेको छैन। सेजमा लगानी गर्न इच्छुक भएका लगानीकर्ताले भोलि मेरो लगानी सुरक्षित हुन्छ कि हँुदैन। सरकारले राखेको शर्त पूरा गर्न सक्छु कि सक्दिन भनेर समय गइरहेको छ। विकासमा गम्भीर हुने हो भने सात वटा प्रदेशमा कुन क्षेत्रमा कुन औद्योगिक क्षेत्रले विकास गर्न सक्छ भनेर पहिचान गर्नुपर्छ। सरकारले श्रम नीति बनाउँदा उत्पादकत्वसँग जोडनु पर्दथ्यो। जसले राम्रो काम गर्छ उसलाई राम्रो सेवा सुविधा दिने। हामीलाई जताततै बाँध्ने काम भयो। रोजगारी सिर्जना गर्नेलाई जताततै बाँध्ने काम गरेपछि रोजगारी सिर्जना गर्न जाँगर देखाउँदैन। नयाँ कुरा ल्याएपछि लगानीकर्ता श्रमिकलाई पनि जानकारी गराउनु पर्यो नि। श्रम सिर्जना गर्ने, कार्यान्वयन गर्ने निकायलाई जानकारी गराउनुपर्छ। अहिले श्रमिक संगठन पनि धेरै जिम्मेवार हुँदै आएका छन्। हामी उद्योगीहरु पूरै जिम्मेवारीका साथ काम गर्न चाहन्छौ। २ सय ५० वर्षपछि नेपाललाई अभूतपूर्व अवसर आएको छ। हामीले भारत र चीनको लगानी ल्याउन सक्छौं। त्यसको लागि हामीले राष्ट्रलाई तयारी गर्नुपर्छ ।
2,035
सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गनुहुँदै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो । उहाँले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो हो । ‘केपी ओलीले पेश गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
2,036
भगवतीमाई गाउँपालिकाले जिवित व्यक्तिलाई मृत्युदर्ताको प्रमाणपत्र दिएको छ । जीवितै रहेका भगवतीमाई गाउँपालिका–४ मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्युदर्ताको प्रमाणपत्र बुझाइएको हो । ‘गएको मंसिरमा हाम्रो परिवार बसाइँ–सराईं गरी बाँसगढी नगरपालिका आएको थियो’, पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘उतिवेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवा आमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो ।’ असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइएको थियो । गाउँका सोझा लेखपढसमेत नगरेका दम्पतिलाई के मृत्यु के बसाइँसराई थाहा नै भएन । उनीहरू निरीह भएर घर फर्किए । ‘वृद्धभत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो’, छोरी नानकलाले भनिन्,‘माग सम्बोधन भएन ।’ उनले वडासचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् । ‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो’ उनले प्रश्न गरिन्, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्युदर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ ।’ असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्युदर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्कोतिर गाउँपालिकाले वृद्धवृद्धाको जिउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ । गाउँमा रहेका अधिकारीका दाजु रेशम खत्रीलाई आमाको किरिया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन्,’ तर खत्रीले जिउँदै भएकी आमाको किरिया खर्च कसरी लिने भनेर अस्वीकार गरेका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएको खत्रीकी छोरीले बताइन् । गरिब तथा सर्वसाधारणले गाउँपालिकाबाट कस्तो न्याय मिल्ला भन्ने उनको प्रश्न थियो । भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले आइटी अफिसर देवेन्द्र सिंहलगायतको बारेमा छानबिन गरिरहेको बताएका छन् । आफूले भर्खर थाहा पाएकोले छानबिन गरिरहेको र गल्ती गर्नेलाई कारबाही हुनेसमेत बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,037
काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गरेसँगै राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालदेखिका नेताहरूलाई शीतल निवास बोलाएर दबाब दिँदै आएका छन्। तर पनि संसद् अवरोध हटाउन दलहरूबीच सहमति जुट्न सकेको छैन। त्यसले जनतामा नकारात्मक प्रभाव पर्ने जनाउँदै राष्ट्रपति पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शीतल निवास बोलाएरै संसद्को गतिरोध अन्त्यका लागि सहमति खोज्न लागेको शीतल निवास स्रोतले जनाएको छ। राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते नै शीतल निवास बोलाएर संघीय संसद् सुचारुका लागि पहल लिन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट साउन २६ गते संघीय संसदन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई शीतल निवास बोलाएका थिए। सोही क्रमलाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। साउन २६ गतेदेखि नै ओलीलाई भेट्ने प्रयासमा रहेका राष्ट्रपतिले साउन ३१ गते बुधबार ओलीलाई शीतल निवास बोलाएर संसद्लाई सुचारु गर्न पहल लिन आग्रह गरेका हुन्। त्यसका साथै संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न नसकेको त्यस विषयमा पनि चासो राख्दै पौडेलले शिक्षा ऐनसहितका पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
2,038
अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए । श्रीमतीसँग मिलेर हत्या गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू दुबैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
2,039
सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् । आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ । विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत सेवा शुल्क तिर्ने र वैदेशिक रोजगारीमा जानेले एक प्रतिशत सेवाशुल्क तिर्ने व्यवस्था ल्याइएको छ । सरकारले अन्तःशुल्कतर्फ मदिरा, पत्रु खाना (जङ्कफुड)देखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टर ९६ बाट बढाएर प्रतिक्विन्टर रु एक सय पाँच बनाइएको छ । सख्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टर रु एक सय पाँच पुर्‍याइएको छ । अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रु १७ अन्तःशुल्क रहेकामा त्यसलाई बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । आलु चिप्स प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा रु एक बढाएर रु १८ पुर्‍याइएको छ । सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रु ११ बाट बढाएर रु १३ पुर्‍याइएको छ । सुर्तीरहित पान मसला प्रतिकिलो आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्‍याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुटखा) को अन्तःशुल्क प्रतिकिलो रु तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्‍याइएको छ । अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रु ८६ बाट बढाएर प्रतिलिटर रु ९० पुर्‍याइएको छ । ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रु ३० अन्तःशुल्क लाग्ने गरेकामा रु ३५ पुर्‍याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थका रुपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरुको अन्तःशुल्क प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ यु.पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रु एक हजार सात सय ५० बाट रु एक हजार आठ सय पुर्‍याइएको छ । त्यस्तै, ३० युपी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रु एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रु ३५ बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएकोछ । ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ । त्यस्तै, रम र अन्य स्प्रिटहरुको कच्चा पदार्थका रुपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ युपी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रु एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ । त्यस्तै, २५ युपी शक्ति (४२ दशमलव ८ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय ६ बराबर अन्तःशुल्क लाग्ने गरेको त्यसलाई बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रु एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ । जिन र जेनेभाको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ । ४८ दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा प्रतिलिटर रु ५० बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ । त्यस्तै, ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार तीन सय छ बाट बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार दुई सय १५ बाट बढेर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ । फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम रु सात सय १० अन्तःशुल्क रहेकामा त्यसलाई रु सात सय ३० पुर्‍याइएको छ । ७० मिमीसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रु एक हजार छ सय ९० पुर्‍याइएको छ । ७० देखि ७५ मिमीसम्म लम्बाइ भएकामा प्रति एम रु दुई हजार तीन सय, ७५ देखि ८५ मिमीसम्मकामा प्रतिएम रु दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ । जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रु आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकामा त्यो बढेर प्रतिकिलो रु आठ सय ५० पुर्‍याइएको छ । मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । विद्युतीय सवारी साधनको अन्तःशुल्कमा पनि सरकारले हेरफेर गरेको छ । ‘स्पार्क इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन’ र धक्का दिन विद्युतीय मोटर दुवै भएको, विद्युत् शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुन सक्ने किसिमका बाहेक अनएसेन्बल अवस्थाका सवारीको अन्तःशुल्क ४५ प्रतिशतबाट ६० पुर्‍याइएको छ । मोटरको पिक पावर ५० किलोवाटभन्दा बढी तर एक सय किलोवाट ननाघेको कार, जिप र भ्यानको अन्तःशुल्क ३० बाट घटाएर १० प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, मोटर पिकपावर सय किलोवाटभन्दा बढी तर दुई सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार, जिप र भ्यानको ४५ बाट घटाएर २० प्रतिशत बनाइएको छ । मोटरको पिक पावर तीन सय किलोवाटभन्दा माथिको कार, जिप र भ्यानको ६० प्रतिशत रहेकामा यथावत् राखिएको छ । मोटरसाइकलहरु (मोपेडसहित) र साइड काररहित वा सहित साइकलमा सहायक मोटर जडान गरिएका साइड कारहरुमा दुई सयदेखि दुई सय ५० सिसी क्षमतासम्मका लागि ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा घटाएर ६० प्रतिशत बनाइएको छ । दुई सय ५० सिसीभन्दा बढी र चार सय सिसीसम्मको मोटरसाइकल तथा स्कुटरमा सडक निर्माण दस्तुर पनि घटाइएको छ । यस्तो मोटरसाइकलमा प्रतिगोटा रु ५० हजार सडक निर्माण दस्तुर लाग्ने गरेकामा रु २० हजारमा झारिएको छ । विसं २०८५ चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको ४० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ती आयोजनासँग तादम्यता राखी सञ्चालन गरिने तल्लो तटीय जलविद्युत् आयोजनाको हकमा पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ । बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायतका सूचना प्रविधिमा आधारित सेवा निर्यात गरी सोवापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४/८५ सम्म विदेशी मुद्रा आर्जन गरेको आयको हदसम्म लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था राखिएको छ । यसअघि वार्षिक रु २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशत आयकर लाग्ने व्यवस्था थियो । यसवर्षको आर्थिक विधेयकमार्फत सरकारले ५० लाखभन्दा माथिको वार्षिक आयमा थप तीन प्रतिशत आयकर लाग्ने व्यवस्था ल्याएको छ । ठोस रुपमा उखु र चुकन्दरबाट बनाइएको चिनी, सख्खर, गुँड, भेल, खाँडसारी चिनी, मिश्री, सुगर क्युबको भन्सार ३० प्रतिशतमा झारिएको छ । यी वस्तुमा १० प्रतिशत विन्दुले भन्सार कर घटाइएको हो । जाइफल, जाइपत्री, अलैँची, सुकुमेलमा १० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर २० प्रतिशत बनाइएको छ । साबुदानामा यसअघि पाँच प्रतिशत भन्सार लाग्ने गरेकामा बढाएर १० प्रतिशत बनाइएको छ । लिक्विट प्याराफिन आयलमा लाग्ने भन्सार तीस प्रतिशतबाट २० प्रतिशत झारिएको छ । पत्रु फलाममा १४ मिमीभन्दा कम नापको ब्यास भएको वृत्ताकार तिर्यकच्छेद (क्रस सेक्सन) को ८ मिमी ननाघेको भन्सार १० प्रतिशत रहेकामा घटाएर पाँच प्रतिशत बनाइएको छ । सरकारले पाँचतारे माथिका ठूला होटल, आयातीत मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातीत मदिरा, रु दश लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुनलगायत बहुमूल्य धातुका गहनामा दुई प्रतिशत विलासिता कर लगाइएको हो । पाँचतारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत नै विलासिता कर लगाउनेछन् । त्यस्तै, आयातीत मदिरामा पैठारी हुने भन्सार विन्दुमा पैठारीका बखत विलासिता कर लाग्नेछ । रु १० लाखभन्दा माथिका पत्थर जडित धातुका गहना बिक्री गर्दा बिक्रेताले बिक्रीका बखत यस्तो कर लगाउनेछन् । विलासिता करबापत सङ्कलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरणसहितको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई पठाउनुपर्नेछ । कुनै व्यक्तिले विलासिता शुल्कबापतको रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ । त्यस्तै, विलासिता करसम्बन्धी विवरण पेस नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेस गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्म वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम शुल्क लाग्नेछ । विलासिता शुल्कबापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयकमा उल्लेख छ । नयाँ व्यवस्थाअनुसार विदेशबाट ल्याइएका आइफोन र एक लाखभन्दा माथिका मोबाइल फोनमा रु १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रु तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रु दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० साल जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमइआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ । “आइफोन र रु एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट रू १० हजार, अन्य स्मार्टफोनका लागि रु तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट रु दुई सय कर लाग्नेछ”, आर्थिक विधेयक २०८० मा भनिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ । सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ । “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा भनिएको छ । त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कबापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क तीन प्रतिशत पुर्‍याइएको छ । यसअघि दुई प्रतिशत रहेकामा एक प्रतिशत विन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो । मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्दै सरकारले केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि गरेको छ भने निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ । स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न २०८० साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट दिने गरी सम्झौता नगरिने पनि सरकारले बजेटमार्फत घोषणा गरेको छ । स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्नेछन् । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेशिनरीमा एक प्रतिशत भन्सार महसुल लगाइएको छ ।
2,040
तेस्रोपटक फाइनल प्रवेशका लागि थ्री-स्टार क्लब शुक्रबार ३३ औं अलइन्डिया गभर्नर्स गोल्डकपको सेमिफाइनलमा कोलकाताको भवानीपुरविरुद्ध मैदानमा उत्रँदैछ ।
2,041
अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाण्डुमा शैक्षिक योग्यताको झूटा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकी गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
2,042
राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो । यो ऐन २०२० सालमा संशोधन भयो । त्यही ऐनलाई प्रतिस्थापन गरी अहिले नयाँ कानूनका रुपमा ‘मुलुकी देवानी संहिता, २०७४ ल्याइँदैछ । यसमा देवानी संहिता र देवानी कार्यविधि संहिता रहेका छन् । मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहेको छ । यो संहितामा छ भाग, ५२ परिच्छेद र ७२१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको हो । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ । वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकी ऐन छरिएर रहेका प्रचलित ऐनहरुको एकीकृत रुप हो जुन नागरिकले बुझ्ने सरल भाषामा लेखिएको छ । देवानी कानूनमा व्यक्तिलाई प्राकृतिक र कानूनी व्यक्तिको दर्जा दिइएको छ । यसमा पारिवारिक, सम्पत्ति, करार र निजी अन्तर्राष्ट्रिय कानूनबारे छुट्टाछुट्टै व्यवस्थाहरु रहेका छ । “मुलुकी ऐन ज्यादा जसो रुपमा हिन्दु धर्म आधारित थियो, अहिले अन्तर्राष्ट्रिय कानून, सन्धि÷सम्झौता, सर्वोच्च अदालतको नजिरलाई आधार बनाएर यसको निर्माण गरिएको छ,” वरिष्ठ अविधक्ता डा ज्ञवालीले भन्नुभयो – “भाषा सरल भएकाले सबैले पढ्न र बुझ्न सक्छन् । त्यसका लागि सरकारले गाउँ–गाउँमा सचेतना अभियान चलाउन जरुरी छ ।” नेपाल बार एशोसियनका उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार साविकको मुलुकी ऐनका केही व्यवस्थाहरु परम्परागत थिए । देवानी संहिता नेपाली समाजको विकाससँगै आधुनिक रुपमा आएको छ । मुलुकी देवानी संहिता निर्माणका लागि सरकारले पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले तयार गरेको मस्यौदामा विस्तृत छलफलपछि संसदले २०७४ साल भदौमा बहुमतले पारित गरेको थियो । संहिताका मुख्य मुख्य व्यवस्थाहरु मुलुकी देवानी (संहिता) मा धेरै नयाँ व्यवस्थाहरु छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र अभ्यासलाई समेटेर यो संहिता बनाइएको छ । साविकको कानूनमा १६ वर्षमुनिका बालबालिकालाई नाबालकमा राखिएको थियो तर संहिताले १८ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक मानेको छ । पहिलो पटक देवानी कानूनमा गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने, अरुलाई दुःख दिने गरी काम गर्न नहुने, असल छिमेकीपन कायम गर्नुपर्ने, कानून विपरीतका प्रथा तथा परम्पराले मान्यता नपाउने व्यवस्था गरिएका छन् । कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न वा गराउन पाउने व्यवस्था यसमा गरिएको छ । त्यस्तै, कुनै व्यक्तिले जीवित छँदै आफ्नो दाह संस्कार, काजकिरिया वा सद्गतको विधि निर्धारण गर्न सक्नेछ । हकवाला व्यक्तिले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सद्गत गर्न पाउने व्यवस्था छ । त्यस्तै, विवाह गर्दा महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुुपर्नेछ । होस ठेगानामा नरहेको, विशेष रोगी, विवाह भइसकेको, गर्भवती भएको र नैतिक पतन देखिने फौजदारी कसूर गरेकालाई झुक्याई विवाह गरेमा विवाह बदर हुने व्यवस्था यसमा गरिएको छ । महिलाले विवाहपछि बाबु वा पति वा दुवैको थर राख्न सक्नेछन् । पति पत्नीको सम्बन्ध विच्छेद भएमा, पति वा पत्नीको मृत्यु भएमा वा पति वा पत्नीले अंश लिई भिन्न बसेमा बाहेक दोस्रो विवाह गर्न नपाइने व्यवस्था यसमा छ । अन्यथा प्रमाणित भएकामा बाहेक विवाह भएको मितिदेखि १८० दिनपछि र पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिदेखि २७२ दिनभित्र जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछ । पति पत्नीबीच अन्यथा सहमति भएको वा विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनुपर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेकामा बाहेक विवाह भएको १८० दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्ने व्यवस्था यसमा छ । मुलुकी देवानी संहितामा पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दावी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तै, पति÷पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ । छोरा, छोरी जन्मिएको तीन महिनाभित्र छोरा, छोरीको जन्म दर्ता गराउनुपर्ने छ । पति पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य भए पनि निजहरुबाट जन्मिएको छोरा, छोरीको बाबु, आमामाथिको कानूनी अधिकार र निजप्रतिको बाबु, आमाको दायित्व कायमै रहने व्यवस्था यसमा छ । देवानी कानूनमा छोरा÷छोरीले आफ्ना आमा बाबुलाई आदर, सम्मान तथा हेरविचार गर्नुपर्नेछ । त्यस्तै, असक्षम वा अर्धसक्षम व्यक्तिको हेरविचारको दायित्व संरक्षकमा रहने र संरक्षक नभएमा माथवरले त्यस्तो व्यक्तिको हेरविचार गर्नसक्ने व्यवस्था गरिएको छ । त्यस्तै, छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न नपाउने व्यवस्था भइरहेकामा कुनै व्यक्तिको आर्थिक हैसियत विचार गरी अदालतले छोरी वा छोरी हुने व्यक्तिलाई पनि धर्मपुुुत्र वा धर्मपुत्री राख्न दिने आदेश गरेमा धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छ । होस ठेगान नभएको, नैतिक पतन देखिने फौजदारी कसूर गरेको र आर्थिक हैसियत कमजोर भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने व्यवस्था छ । साथै, धर्मपुत्र वा धर्मपुत्री राख्नु परेमा जिल्ला अदालतबाट प्रमाणीकरण गराउनुपर्ने छ । विदेशीले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था पनि यसमा गरिएको छ । मुलुकी देवानीमा कुनै व्यक्तिलाई निजको नजीकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवाला वा अन्य व्यक्तिले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली स्याहार सम्भार गर्नेले पाउने छ । सम्पत्तिलाई स्वरुपको आधारमा चल र अचल र स्वामित्वको आधारमा सगोल, संयुक्त सामुदायिक, सार्वजनिक, सरकारी र गुठीमा वर्गीकरण गरिएको छ भने सार्वजनिक वा निजी प्रयोजनका लागि गुठी राख्न सकिने व्यवस्था छ । सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा र करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकामा बाहेक कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमीनको हकमा ३० वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमीन आफ्नै सम्पत्ति वा जमीन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमीनमा निजको प्रतिकूल भोगाधिकार मानी निजले आफ्नो नाममा दर्ता गर्न सक्नेछ । मुलुकी देवानीमा कसैले पनि घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन । आफ्नो हकको सम्पत्ति स्वामित्व हस्तान्तरणबिना निःशुल्क रुपमा अर्को व्यक्तिलाई प्रयोग गर्न दिन सक्ने गरी फलोपभोगको व्यवस्था गरिएको छ । त्यस्तै, आगलागी, भूकम्प वा अन्य विपद्को समयमा, खानेपानी ढल, बिजुली, टेलिफोनको विस्तार गर्न, खेतीपाती गर्नजस्ता कार्यका लागि क्षतिपूर्ति दिई अर्काको सम्पत्ति भोग गर्न पाउने गरी सुविधाभारको व्यवस्था यसमा गरिएको छ । नयाँ कानूनी व्यवस्था मुताविक मासिक रु २० हजारभन्दा बढी बहालका लागि घर बहालमा दिँदा घर बहालमा लिने दिने व्यक्तिहरुले लिखित सम्झौता गर्नुपर्ने छ । असुरक्षित घर बहालमा दिन नपाइने, घरधनी र बहालमा बस्नेले पालना गर्नुपर्ने दायित्व कानूनद्वारा निर्धारण हुने, बहालमा बस्नेले सम्झौताको अधीनमा रही पुनः बहालमा दिनसक्ने, बहालमा बस्ने बेपत्ता भएमा घरधनीले अर्को व्यक्तिलाई घर बहालमा दिन सक्नेछ । कानूनमा १४ वर्ष उमेर पूरा गरेको नाबालकलाई घरेलु सहायकको रुपमा काममा लगाउन सकिने व्यवस्था गरिएको छ । घरेलु सहायकमा काम लगाउँदा काम लगाएको मितिले एक महिनाभित्र स्थानीय तहको सम्बन्धित वडा समितिलाई लिखित जानकारी गराई नाबालकको पठनपाठन, स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने र उचित पारिश्रामिक दिनुपर्ने व्यवस्था छ । अदालतको आदेशबमोजिम एकपटक दामासाहीमा परेको व्यक्ति १२ वर्षको अवधि भुक्तान भएपछि निजको दामासाहीमा परेको अवस्था भन्दा अघिको अवस्थामा पुनःबहाली हुने व्यवस्था छ ।
2,043
सरकारले शिक्षा विधेयक नसच्याए त्यसको विरोध गर्ने निजी विद्यालयका सञ्चालक तथा उनीहरुको संगठनका पदाधिकारीले चेतावनी दिएका छन् । विराटनगरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको साधारणसभामा सहभागी उनीहरुले शिक्षासम्बन्धी विधेयक सच्याएर ल्याउन चेतावनी दिएका हुन् । प्याबसनका निर्वतमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले निजी क्षेत्रबाट शिक्षामा गरेको लगानी संरक्षण नगर्ने तरिकाले शिक्षा विधेयक नसच्याई सरकारले ल्याए विरोध गर्ने र जलाउने चेतावनी दिए । ‘निजी क्षेत्रबाट शिक्षामा भएको लगानी राज्यले संरक्षण गरिनुपर्दछ । त्यही भएर हामीले आन्दोलन गर्यौं । सरकारले तत्काल वार्तामा बोलायो पनि । अहिले छलफल चलिरहेको छ । त्यही रूपमा विधेयक ल्याए हामी  मान्नेछैनौँ,’ उनले भने, ‘शिक्षा विधेयक चलाउँछौंं ।’ ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए । सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले विधेयक सच्याएर मात्र ल्याउन आग्रह गरेका थिए ।
2,044
वि.सं.२०७७ फागुन ३ सोमवार नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा उ.से., प्रा.उ.से. एम.वि.विएस, डाक्टर, पाइलट, उ.से, प्रा.उ.से. डिस्प्याचर, प्रा.उ.से. एउर ट्राफिक कन्ट्रोलर (खुला तथा समावेशी) तथा प्रा.उ.से. जनरल मेकानिक्स, प्रा.उ.से. भेहिकल मेकानिक्स, प्रा.उ.से. रेडियो मेकानिक्स (आन्तरिक छनौट) को विस्तृत स्वास्थ्य परीषाको नतिजा सार्वजनिक गरेको छ । माघ २५ गतेबाट श्री वीरेन्द्र अस्पताल छाउनीमा सन्चालन भएको विस्तृत स्वास्थ्य परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ । वि.सं.२०७७ फागुन ३ सोमवार ११:४० मा प्रकाशित कञ्चनपुर ।
2,045
वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको हो । वडा कार्यालयको पहलमा ४८ प्रकारका कृषि उपज खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेर कृषिजन्य सामग्री सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनकुमार गुरुङले बताउनुभयो । तोकिएको मूल्यसूची अनुसार सङ्कलन केन्द्रले कृषि उपज खरिद गर्ने र बिक्री गर्ने तथा बढी भएको कृषि उपज अन्यत्र लगेर बिक्रीका लागि वडा कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो । कृषिजन्य सामग्री सङ्कलन केन्द्रमा वर्षमा एक लाखभन्दा धेरैको कृषि उपज बिक्री गर्ने किसानको तथ्यांक सङ्कलन गरेर पुरस्कृत गर्ने तयारी छ । कृषि सङ्कलन केन्द्रबाट स्थानीयस्तरमा उत्पादित कृषिवस्तुलाई बिक्रीका लागि टाढाका बजारमा लैजानुपर्ने बाध्यतालाई ध्यानमा राखेर गाउँमै बिक्री गर्ने वातावरण बनाउने र किसानको समयको बचत पनि हुनेछ । गाउँपालिकामा चिस्यान केन्द्र बन्दै गरेको अवस्थामा वडामा खपत नभएका कृषि उपजलाई त्यहि चिस्यान केन्द्रसम्म लैजाने लक्ष्य राखिएको छ । कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापनाले वडामा उत्पादित कृषि उपजले उचित मूल्य पाउने आशा पलाएको स्थानीय कृषक विक्रम घिमिरेले बताउनुभयो । वडा कार्यालयमा गएको भदौ ५ गते गरिएको भेलाले कृषि उपजको खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेको थियो ।
2,046
सप्तरीमा पछिल्लो समय लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिंगर विभिन्न स्थानमा फेला परेको छ । केही महिना भित्र तेस्रो पटक अजिंगर फेला परेको प्रहरीले जनाएको छ । वर्षाको समयमा आसपासको जंगलबाट नदी खोला हुँदै बाढीले बगाएर अजिंगर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । तर, जुन रुपमा अजिगंर भेटिरहेको छ सो क्षेत्रमा अझै केही हुनसक्ने सप्तरीका विज्ञहरु वताउँछन । अजिङ्गर ठूलो सर्प नै हो । यो प्रायः घना वन जङ्गलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्छ । जनकपुरधामक्षेत्र वरपर पनि पटक पटक अजिंगर फेलापर्ने गरेको स्थानीयवासी वताउँछन् । मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले अजिंगर देखिने वित्तिकै स्थानीयवासी उसलाई मार्ने गरेको वताए । ‘जनकपुरधाम क्षेत्रमा दर्जनौ पटक अजिंगर फेलापरेको छ तर २०७३ मा मात्रै कपिलेश्वरवाट एउटालाई उद्धार गरिएको छ,’ उनले भने । मण्डल सर्प संरक्षणमै कार्यगर्ने गर्छन । तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा शनिवार अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयले खाँडो खोलाको ढिलमा अजिंगर देखेपछि नजिकैको सशस्त्र प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार अजिंगर नियन्त्रणमा लिएका हुन् । उक्त अजिङर करिब सात फिट लामो र झण्डै १२ केजी तौलको रहेको वताइएको छ । खाँडो खोलामा फेला परेको अजिंगर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । अजिंगरलाई वन कार्यालयले कोशी टपु वन्यजन्तु आरक्षणको जिम्मा लगाइने गरिएको छ । यसअघि कंकालिनी नगरपालिका ३ स्थित गिरखोरामा स्थानीयवासीले माछा मार्नेक्रममा अजिंगर फेला पारेका थिए । सो अजिंगरको तौल १० किलो थियो । सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१४ मा पनि एक महिना अघि अजिंगर भेटिएको थियो । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिंगर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुर मल्हनीयाबाट गएको टोलीले अन्दाजी २० केजीको अजिंगर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइएको थियो । अजिंगर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो । अजिंगर मुख्यतः अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाईन्छ । अजिंगरको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ । यसको लम्बाइ करिब सात मिटर हुन्छ । विज्ञका अनुसार अजिंगरको तौल ९० किलोग्रामसम्म हुन्छ । लम्बाइ केही इन्चदेखि करिब ३२ फिट लामोसम्म हुन्छ । संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो । तर, यो बिसालु हुँदैन । यसले बाख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ । मानिसलाई निलेको नेपालमा कुनै तथ्यांक नरेको तर बच्चाहरुले त्यसको नजिक गयो भन्ने खतरा हुने मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष मण्डलले वताए । सर्प भन्ने बित्तिकै सबैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्ने बित्तिकै मार्न तम्सिहाल्छन । सर्प, सर्पको टोकाइ र सर्प संरक्षणसम्बन्धी उचित जानकारी नहुँदा यस्ता घटना हुने गरेको जानकारहरु वताउँछन । सर्पलाई हामीले विगार गरेनौं भने त्यसले पनि जानीजानी हामीलाई नटोक्ने मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष मण्डलले वताए । अन्टार्टिकाबाहेक हरेक महादेशमा सर्प पाइन्छ । विश्वभर झन्डै तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन् । नेपालमा विभिन्न अनुसन्धानबाट झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छ । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन् । इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन् । यिनमा न्युरोटक्सिन भेनोम हुन्छ । राजगोमन (किङ कोब्रा) विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । यो नेपालमा पनि पाइन्छ । भाइपिरिडी परिवारअन्तर्गत बाघे सर्प (रसेल्स भाइपर) र पिट भाइपर सर्प पर्छन् । यिनमा हेमोटक्सिन भेनोम हुन्छ । कोलुब्रिडीअन्तर्गत नेपालमा रेब्डोफिस प्रजातिको सर्प मात्र विषालु पाइएको छ । नेपालका सबैजसो अविषालु सर्प टिफ्लोपिडी, बोएडिर पाइथोनिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन् । विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा वर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन् । यसमध्ये करिब एक हजार जनाले ज्यान गुमाउने गरेका छन् । नेपालका झन्डै २६ जिल्ला सर्पदंशबाट धेरै नै प्रभावित छन् । नेपालको तराई क्षेत्रमा सर्पदंश अर्थात् सर्पको टोकाइ डरलाग्दो समस्या हो । नेपालका सबै ठाउँमा सर्पदंशबाट प्रभावित र ज्यान गुमाउने मानिस अझ धेरै हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका सदस्य कमल देवकोटाले वताए । ‘कतिपय बिरामीले अस्पताल नपुगी झारफुक गर्ने हुँदा त्यसको वास्तविक तथ्यांक हालसम्म पनि अधुरै छ,’ उनले थपे ।
2,047
ई.सं. १७ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण वसन्त । बिहीबार फाल्गुण शुक्लपक्ष । तिथि- चतुर्दशी, १३:२८ बजे उप्रान्त पूर्णिमा । नक्षत्र- पूर्वफाल्गुनी, २४:५७ बजे उप्रान्त उत्तरफाल्गुनी । योग- शूल, २५:४० बजे उप्रान्त गण्ड । करण- वव १३:२८ बजेदेखि भद्रा, २५:२७ बजे उप्रान्त कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग गद । दिनमान २९।५७ । सूर्योदय ६:१४ । सूर्यास्त १८:१३ । पूर्णिमाव्रत, पहाडी जिल्लामा होली, भद्रान्ते चीरदाहा गर्ने, थकाली तोरनल्ह पर्व । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्राविधिक कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो होला । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । शेयर बजारले पनि साथ दिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा पनि आउनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । वैदेशिक कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
2,048
मन्त्री साह सावार १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको हरिवनमा लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो। उनी सडकमा पैदल हिँडिरहेका बेला मन्त्री साहको गाडीले ठक्कर दिएर भागेकोहो। मन्त्रीको गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे। ‘मन्त्रीज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यस बारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ।’ सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे। उनले यसबारे माथि जाहेर गरिसेको बताउँदै घाइतेको उपचार भइरहेको जानकारी दिए। ‘मन्त्रीज्यू चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने ।
2,049
सङ्ख्यात्मक रूपमा एमाले माओवादी सम्मिलित नेकपा ठूलो हुनेछ भने ऋषि कट्टेलको दाबीअनुसार उनको नेतृत्वको पार्टी आधिकारिक ठहरिने छ । सडकमा विप्लव अगाडि देखिने छन् । यी तीनमध्ये सबैभन्दा कान्छो पार्टी भने एमाले माओवादीको नै हुने भएको छ । यद्यपि यो पार्टी सङ्गठनात्मक रूपमा सबैभन्दा ठूलो हुने छ । तर नेकपाका नाममा कसैले विध्वंश मच्चाए त्यसको जिम्मेवारी कसले लिने भन्ने अर्को प्रश्न पनि उठ्ने भएको छ । यसअघि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसै नामबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । कट्टेलले आफ्नो नेतृत्वको पार्टी २०६९ सालमै निर्वाचन आयोगमा दर्ता भइसकेर ७० को संविधानसभा निर्वाचनमा सहभागी नै भइसकेको दाबी गरे । नेकपाका अध्यक्ष ऋषि कटट्ेलले रातोपाटीलाई प्रतिकृया दिँदै भने ‘सडकमा कराउँदैमा पार्टीको नाम राख्न मल्दैन, नेकपा नामको पार्टी निर्वाचन आयोगमा मेरो नेतृत्वमा दर्ता भइसकेको छ । त्यसको प्रमाण म दिन तयार छु । उनीहरूले नेकपा नै राख्छन् भने पछाडि फुर्को झुण्ड्याउनुपर्छ । ’ त्यस्तै कट्टेलले यसअघि विप्लवलाई पनि नेकपा नाम नराख्न सुझाव दिएको बताए । त्यस क्रममा विप्लवले ‘आफूलाई मेरो पार्टी दर्ता भएको छैन, तपार्इंले चित्त दुखाउनुपर्दैन’ भनेपछि आफू चुप लागेर बसेको बताए । विप्लवले नेकपा नाम राखेपछि उक्त पार्टीसँग एकीकरणको प्रकृयासमेत अघि बढेकाले उनीसँग आफ्नो अब कुनै आपत्ति नभएको बताए । सोमबार राति एमाले–माअ‍ेवादीले एकीकृत पार्टीको नाम नेकपा राख्ने सहमति भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले त्यसको विरोध गरेको छ । एमाले–माओवादीले आफ्नो पार्टीको नाम चोरेर बल मिचाइँ गरेको उसको प्रतिकृया छ । ‘एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिचाइँ गरेर नेकपा नाम राख्ने काम गरेका छन्, यो फाँसीवादी चरित्र हो । हामी प्रतिकार गर्छौं’, नेता मोहन कार्कीले बताए । विप्लवकोे पार्टी भने निर्वाचन आयोगमा भने दर्ता भएको छैन । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएपनि यही नाम गरेका अन्य पार्टी पनि छन् नि भन्ने प्रश्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘नाममात्रका नेपाल कम्युनिष्ट पार्टी अरु पनि होलान् । वैधानिक र राष्ट्रिय हैसियत भएको नेपाल कम्युनिष्ट पार्टी यहीमात्र हुनेछ । अन्य कम्युनिष्ट पार्टीलाई पनि एकीकरण गर्ने पहल गरिरहेका छौं । ’ तर एमाले नेता सुरेन्द्र पाण्डेले नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता नै नभएको दाबी गरे । उनले भने, ‘२००६ सालमा स्थापना भएको नेकपा बीबीचमा पुनर्गठन भए पनि अब त्यसको मूल नेतृत्व हामीले नै गर्छौं, यो कसैको पेवा होइन । ’ पाण्डेले एकीकृत कम्युनिष्ट पार्टी बनाउने उद्देश्य अनुसार एमाले माओवादी अघि बढेकाले नेकपामा दाबी गर्न अरूलाई नसुहाउने बताए । ‘कम्युनिष्टहरूको मूल शक्ति नै अब हाम्रो हो, त्यो अरू कसैले दाबी गर्दैमा हुन सक्दैन । ’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भइसकेका दलको नाममा अब फेरि कसैले त्यही नाम लिएर आए दर्ता नहुने बताए । उनले भने ‘एउटै नाम दर्ता गर्न मिल्दैन बरु, त्यसमा कमा, फुलिस्टप र ह्रस्व दीर्घ राखेर भने दर्ता गर्न सक्छन् । ’ नेकपालाई नेपालका संस्थापक कम्युनिष्ट नेता पुष्पलालको उत्तराधिकारीका रूपमा लिने गरिन्छ । २०४६ सालसम्म नेकपा पार्टी छुट्टै थियो । जब २०४६ मा नेकपा एमालेमा परिवर्तन भयो । २०४७ मा यो पार्टी एमालेमा एकीकरण भयो । एकीकरण भएसँगै केही व्यक्तिले विद्रोह गरे । जबजबजले एमालेमा प्रवेश पायो त्यसपछि नेकपाका पक्षपातीहरू विद्रोह गर्दै पाटीबाट छुट्टिने प्रयासमा लागे । जसको नेतृत्व प्रभुनारायण चौधरी लगायतले गरे । उनीहरूले २०४९ मा पुनः नेकपा पुनर्गठन नै गरे । पुनः ५४ सालमा एमाले फुट्यो । एमाले फुटेपछि नेकपाको नेतृत्व एमालेबाट फुटेको बामदेव–सिपी मैनालीको मालेतिर समाहित भयो । पुनः बामदेव ५८ मा एमाले प्रवेश गरेपछि केहीसमय सिपी र ऋषि कट्टेल एकै ठाउँ बसे तर धेरै समय टिक्न सकेनन् । ५९ सालतिर कट्टेलले पुनः नेकपाबाटै आफ्ना गतिविधि सञ्चालन गर्न थाल्यो । त्यसयता कट्टेलले नै सो पार्टीका नाममा राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
2,050
नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।
2,051
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ । बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो । अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको बताए । उनले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताए । उनले अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरू नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताए । उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौँ । यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन् । यसमा नियमित रुपमा रुपमा सेवा प्रवाह हुन्छ । तीन वटा सिफ्टमा काम हुन्छ । यहाँ विदेशी नागरिकका लागि ४ वटा काउन्टरहरू छन् । त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन् । सोहीअनुरूप सेवा लिनुहुन्छ । अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरू नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ । पर्यटक सिजनमा अझै बढ्छ । बिहान र बेलुका यात्रुहरूको चाप अलि बढी हुन्छ । हामीले यहाँ औसतमा हेर्दा कम्तीमा तीन सयको हाराहारीमा एक जना कर्मचारीले ३ सयको हाराहारीमा काम गरेको र एक वर्षमा ६४ हजार यात्रुलाई प्रस्थानको अनुमति दिएको देखिन्छ ।’ उनले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरूलाई पठाउने काम गरेको बताए ।
2,052
फिफा विश्वकप २०२६ एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पर्सि बिहीबार घरेलु मैदानमा लाओस्को सामना गर्दैछ। खेलअघि उपकप्तान रोहितले भने, खेलका लागि तयारी राम्रो भइरहेको छ, नयाँ खेलाडीहरूमा जोश छ।’ टोलीका अनुभवी खेलाडी रोहितले नयाँ खेलाडीलाई आफ्नो अनुभव सिकाउने बताए। लाओससँगको खेलका लागि नेपाली टोली यतिबेला प्रशिक्षणमा व्यस्त छ। टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन्। प्रशिक्षक एनेसेले आफुहरु लओससँग खेल्नका लागि सबै किसीमले तयार रहेको बताउँदै विश्वकप छनोटका लागि तयारी राम्रो भैरहेको बताए। विश्वकप छनोटका लागि व्यवसायिक लिगका लागि भारतमा रहेका कप्तान किरण चेम्जोङ र इन्डोनेसियामा रहेका उपकप्तान रोहित चन्द टोलीमा फर्किसकेका छन्। फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन्। नेपालले बिहिबार दशरथ रंगशालामा छनोटको पहिलो खेलमा लाओससँग खेल्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाल र लाओसबीचको खेलका लागि साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटतर्फ पाँच सय रुपैयाँ टिकट तोकिएको छ ।
2,053
जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए। मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
2,054
क्यालिफोर्निया निवासी नेपाली मुलका व्यवसायी भक्त थापा, लस एन्जलस काउन्टी स्थित आर्टिजा नगरको ‘प्लानिङ कमिस्नर’मा नियुक्त भएका छन् ।नगरको प्लानिङ कमिसन बोर्डको दुई वर्षे कार्यकालका लागि हालै नियुक्ती पाएका ४९ वर्षीय थापा, क्यालिफोर्निया क्षेत्रमै सो पदमा आसिन हुने पहिलो नेपाली आप्रवासी हुन । पाँच सदस्यीय बोर्ड सदस्यहरु रहेको ‘प्लानिङ कमिस्नर’ मा सिटी काउन्सिलले नियुक्त गर्दछ । थापाको नियुक्तीलाई सो नगर क्षेत्रमा नेपाली आप्रवासीहरुको प्रतिनिधित्व र उपस्थितीको रुपमा हेरिएको छ । क्यालिफोर्निया क्षेत्रको अग्रणी नेपाली संस्था पशुपति फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका थापा, व्यापार व्यवसायमा संलग्न छन् । संखुवासभाको जलजला गाविस जन्मथलो भएका थापा, नेपाल ल क्याम्पसबाट कानुन षियमा उच्चशिक्षा अध्ययन पश्चात अमेरिका आउनु अघि नेपालमा वकालत पेशामा सक्रिय थिए । अमेरिका बसाईको क्रममा नेपाली डायस्पोराका विभिन्न संघ संस्था एवं समाजसेवामा सक्रिय थापाकै नेतृत्वमा क्यालिफोर्नियामा पशुपति एवं बुद्व मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । कान्तिपुरसँगको कुराकानीमा थापाले आफ्नो नियुक्तीलाई आर्टिजा नगरसँग नेपाली आप्रवासीहरुको आधिकारिक सम्बन्धनको संज्ञा दिए । ‘नगरमा हाम्रो उपस्थिती र योगदानलाई यसले स्थापित गर्न मद्दत पुर्याउने आशा गरेको छु,’ उनले भने, ‘ अमेरिकी मुलधारमा यसलाई सिक्ने अवसरको रुपमा पनि लिएको छु जसले नगर र हाम्रो समुदायलाई फाईदा पुग्ने मेरो विश्वास छ ।’ थापा, श्रीमती र दुई छोरीका साथ विगत डेढ दशक यता अमेरिकामा बस्दै आएका छन् ।
2,055
– यो तत्कालीन नेकपा माओवादीको हिंसात्मक विद्रोहका कारण जन्मिएको अर्धसैन्य बल, सशस्त्र प्रहरी बल (एपीएफ)को कुरा हो। अनि एपीएफलाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भकुण्डो खेलाए झैं कसरी खलायो भन्ने सजीव वर्णन। ओली सरकारले नेपाल प्रहरीमा मात्र बक्रदृष्टि राखेन, सशस्त्र प्रहरी बलमा समेत त्यसले निरन्तरता पायो। त्यसैले त सशस्त्र प्रहरी बलमा नेतृत्वमा पुग्नेगरी ‘ग्रुम’ भएका अफिसरहरु बीच बाटोबाटै घर फर्काइए, नेतृत्वमा पुग्ने सम्भावना नै नरहेकाहरु नेतृत्वका दाबदार बने। यसको सुरुआत भने ३ वर्ष पहिल्यै भएको थियो। जसरी नेपाल प्रहरीमा केपी शर्मा ओलीबारे सकारात्मक धारणा बनेको थियो, सशस्त्र प्रहरी बलमा पनि ठ्याक्कै त्यस्तै थियो। त्यसको कारण थियो, गृहमन्त्री हुँदा ओलीले देखाएका केही आशलाग्दा काम। प्रधानमन्त्रीका रुपमा उनीबाट थप अपेक्षा चुलिएको थियो, प्रहरी र सशस्त्र प्रहरी दुबैमा। ओली दोस्रोपटक प्रधानमन्त्री बन्नुअघि वर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै सरकारको नेतृत्वमा थिए। देउवा नेतृत्वको सरकारले २०७४ पुस २७ गते एपीएफमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप्ने निर्णय गरेको थियो। ‘स्वार्थ’का आधारमा थपिएका ५ एआईजीको दरबन्दीमा डीआईजीहरु जानकीराज भट्टराई, निराकारामविक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई बढुवाका लागि २०७४ माघ ७ गते गृहसचिव नेतृत्वको बढुवा समितिले सिफारिस गर्‍यो। अनि माघ १६ गते उनीहरुले एआईजीको फुली लगाए। देउवा नेतृत्वको सरकारले सशस्त्रमा एआईजीका ६ वटा दरबन्दी बढाएर ११ बनाएको थियो। ११ एआईजीमध्ये खनाल महानिरीक्षक (आईजी)मा बढुबा भए भने प्रेमकुमार शाही र प्रकाश ओझाले अवकाश पाए। त्यसपछि ८ जना एआईजी रहे। त्यतिञ्जेल प्रतिनिधि सभाको निर्वाचन भइसकेको थियो। निर्वाचनमा तत्कालीन वाम गठबन्धनले प्रचण्ड बहुमत हासिल गरेपछि गठबन्धनका नेता, तत्कालीन एमाले ध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भयो। ओली सरकारले एआईजीमा बढुवा भएका पाँचै जनालाई जिम्मेवारी नदिने निर्णय गर्‍यो। अनि राजनीतिक स्वार्थको चेपुवामा परेका उनीहरु ‘कामबिहीन’ बने। ‘ओली–देउवा (सत्ता) को प्रतिशोध र निषेधको अचानोमा हामी पर्‍यौं। उनीहरुले हामीहरुमाथि तरबार खेलाइरहे’, त्यसबेला जिम्मेवारी नपाएपछि एक एआईजीले भनेका थिए, ‘यस्तो प्रवृति जारी नै छ। राजनीतिक शुद्धीकरण बिना यस्ता प्रवृतिको अन्त्य हुँदैन। यसको सिकार धरै अफिसर हुन्छन्।’ जिम्मेवारी नै नपाएपछि दुई तारा भएको गाडी चढ्ने र आफूभन्दा तल्लो दर्जाको सलाम खानेबाहेक सशस्त्रका पाँच एआईजीले केही गर्ने अवस्था रहेन। दैनिक गृह मन्त्रालय जाने र हाजिर गरेर निस्कनेबाहेक उनीहरुको कुनै जिम्मेवारी थिएन। तर, ओलीले सरकारको नेतृत्व सम्हालेको दुई महिनापछि, २०७५ जेठ २७ गते सरकारले सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी कटौती गरेर २ मा झार्ने निर्णय गर्‍यो। ओलीको मन्त्रिपरिषद्ले फाजिलमा रहेका पाँचबाहेक अन्य तीन एआईजीलाई तत्काल काम गर्न दिने र तीनमध्ये एकले अवकाश पाएपछि दुई दरबन्दीमात्रै कायम हुने निर्णय गरेको थियो। सँगै २०७४ भदौ १४ गतेपछि देउवा सरकारले गरेका सम्पूर्ण राजनीतिक नियुक्ति र मनोनयन पनि खारेज गर्ने निर्णय सरकारले गर्‍यो। त्यसपछि उनीहरुको यतिसम्म अपमान गरियो कि ‘या एआईजीको फुली झिकेर डीआईजीका रुपमा जागिरमा रहन, नभए राजीनामा दिएर घर जान’ भनियो। ‘करिब ३० वर्ष आफ्नो उर्बर समय बिताएको संगठनबाटै अपमानजनक ढंगले घटुवा वा राजीनामा रोज्न भनियो। यस्तो नेतृत्व आलोचना गर्नलायक पनि होइन’, ओली सरकारले राजीनामा दिन बाध्य पारेका एक पूर्वएआईजीले भने। अपमान सहनुभन्दा राजीनामा दिनु उचित ठानेर पाँचै जनाले २०७५ असार २१ गते राजीनामा दिए। देउवाले ५ जना डीआईजीलाई एआईजी बनाउनु र आलीले उनीहरुको फुली खोस्नु दुबैमा आ–आफ्नै स्वार्थ जोडिएका थिए। ‘प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनलाई आफूअनकुल प्रयोग गर्ने, त्यहाँ आफ्ना मान्छे राखेर त्यसको माध्यमबाट पार्टीगत/व्यक्तिगत स्वार्थ पूरा गर्ने काम हुन्छ। त्यहीकारण उनीहरुसँग स्वार्थ मिल्ने संगठनमा रहन्छन्, नमिल्नेहरु बीचबाटै फालिन्छन्’, पूर्व गृहसचिव गोविन्दप्रसाद कुसुम भन्छन्। सशस्त्र प्रहरीका पाँच एआईजी मात्र ओली सरकारको कोपभाजनमा परेनन्, सशस्त्र प्रहरी बलभित्रको सरुवा, बढुवा सबैतिर त्यतिबेला बालुवाटार हाबी भयो। एसपीसम्मको सरुवा गर्ने अधिकार आईजीपीलाई भए पनि त्यो कागजमै सीमित रह्यो। ओली सरकारको पालामा भएको बढुवा कस्तो रह्यो भन्ने बुझ्न त्यसबेला बहालवाला एक एआईजीले लेखेको फेसबुक स्टेटस नै काफी थियो जसले सामाजिक सञ्जालबाटै बढुवाको बिरोध गरेका थिए। २०७५ चैतमा भएको एसपी बढुवामा शक्तिकेन्द्र हाबी भएको भन्दै एआईजी नारायणबाबु थापाले फेसबुकमा ब्यंग्य गर्दै लेखेका थिए, ‘प्रमोसन सिफारिस भएको वेबसाइटबाट थाहा पाइयो। हुने सबैलाई एकमुष्ठ बधाई। अब सशस्त्र बन्छ भन्ने हाम्रो ठम्याइ छ। जय नेपाल।’ एआईजी थापा त्यसबेला सशस्त्र प्रहरी बलको मानवस्रोत तथा प्रशासन विभाग प्रमुख थिए। सरुवा र बढुवा उनीमातहतका जिम्मेवारी थिए। तर, को बढुवा भए भन्ने जानकारीसमेत उनले सूची सार्वजनिक भएपछि मात्र पाए। हुन पनि त्यो बढुवामा कार्यसम्पादनमा कमजोर र कारबाही भोगेकाहरु समेटिएका थिए, कार्यसम्पादनमा अब्बल रहेकाहरु छुटेका थिए। पूर्वगृहसचिव कुसुम यस्तो बढुवाले व्यावसायिकताभन्दा चाकरीपनको विकास हुने उल्लेख गर्दै भन्छन्, ‘अब्बल र वरिष्ठहरु छुट्ने, कमजोर, कनिष्ठ र कार्यक्षमतामा प्रश्न उठेकाहरु बढुवा हुँदा संगठनमा चाकरीपन हाबी हुन्छ। राजनीतिक नेतृत्वले पनि आफुअनुकुल चलाउन यस्तै चाकर चाहेको हुन्छ।’ त्यसबेला बढुवामा चित्त नबुझेको भन्दै दुईजना डीएसपी लेखनाथ खनाल र अच्युत मजगैयाले गृहसचिव नेतृत्वको बढुवा समिति अन्तर्गत्‌को गुनासो सुन्ने समितिमा उजुरी गरेका थिए। गुनासो सुन्ने समितिले फेरि मूल्याङकन गर्न पाउँदैन। कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अंक नदिइ वा उम्मेदवारले प्राप्त नगर्ने अंक दिइ मूल्याङ्कनमा त्रुटी गरेको अवस्थामा मात्र समितिले सिफारिस हेरफेर गर्न सक्छ। तर, उजुरी झुटो ठहरिए कार्यसम्पादन मूल्यांङकनमै २ नम्बर कटौती हुन्छ। यो जोखिम हुँदाहुँदै पनि उनीहरुले उजुरी दिनुले बढुवामा कतिसम्म चलखेल भयो भन्ने प्रष्ट हुन्छ। ओली सरकारले सशस्त्र कसरी चलाउँथ्यो भन्ने अर्को उदाहरण एसपी भरत खनियाँ हुन्। गत चैत १६ गते राम्रोसँग जिम्मेवारी बहन गर्न नसकेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले २७ नम्बर गण रूपन्देहीका गणपति, एसपी खनियाँलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी राजु सुवेदीलाई पठाएको थियो। कार्यसम्पादनमा कमजोर भनेर ३ महिनामै जिम्मेवारीबाट हटाइएका खनियाँ पाइरहन्थे। गत पुस ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयले २ जना एसपीको काज सरुवा निकाल्यो जसमा २७ नम्बर गण रूपन्देहीमा कार्यरत एसपी तेजप्रसाद पोखरेलको एक वर्ष पुगेकाले उनको ठाउँमा सशस्त्र प्रहरी बलको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा कार्यरत एसपी शंकर खनालको सरुवा सूची निकालिएको थियो। सिसं ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम सकेर तीन सातापछि सरुवा भएको ठाउँ रूपन्देही जान एसपी खनालले दिउँसो २ बजेको हवाई टिकट समेत लिइसकेका थिए। त्यसको दुई घण्टा अघि नै हेडक्वार्टरले एसपी खनाललाई तत्काल रूपन्देही नजान भन्यो। हेडक्वार्टरको आदेशपछि उनी रोकिए। एसपी खनाल रोकिनुको कारण भने उनकै ब्याची, एसपी भरत खनियाँ थिए। भारतीय सीमावर्ती तराईंका जिल्लालाई आकर्षक ‘पोस्टिङ’ मानिन्छ। त्यसको कारण हो, 'अर्थ संकलन'। त्यही आकर्षणकै कारण एसपी खनियाँ चलखेल गरेर खनाललाई पन्छाउँदै २७ नम्बर गण रूपन्देहीको इन्चार्ज बनेका थिए। त्यसअघि उनी ३६ नम्बर गण डोटीको प्रमुख थिए। डोटीमा गण प्रमुख भएकै बेला तत्कालीन अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका उनी त्यहाँबाट पौडेलकै गृहजिल्ला रूपन्देही पुगेका थिए। ‘नेतालाई सुरक्षा संगठनमा पकड बनाएर आफूअनुकुल चलाउनु परेको हुन्छ। सुरक्षाकर्मी नेताको नजिक बनेर सरुवा बढुवामा चलखेल गर्न चाहन्छन्। त्यसपछि यी दुईको स्वार्थ मिल्छ, अनि व्यावसायिकता भन्दा संगठनका नियम र आचरणविपरीत काम हुन्छन्’, सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापा भन्छन्, ‘आन्तरिक रुपमा सबै तहमा नेतालाई भेटेर मात्रै फुली लगाउन पाइन्छ भन्ने सोचाई विकास भएको छ। नेतालाई पनि तिनैलाई आफुअनुकुल चलाउन पाइन्छ भन्ने परेको छ। अनि सिस्टम बसाएर आफैलाई बाँध्न किन खोजुन्?’ एमाले नेता पौडेलकै कारण खनियाँले इन्जार्चमा ह्याट्रिक गरेका थिए। डोटीको ३६ नम्बर गणप्रमुखबाट रूपन्देहीको २७ नम्बर गणप्रमुख बनेका उनी डोटीभन्दा पहिले पश्चिम नवलपरासीको २६ नम्बर गणप्रमुख थिए। सामान्यतया सशस्त्रमा कसैको पनि ‘इन्चार्ज टु इन्चार्ज’ सरुवा गरिँदैन। तर, खनियाँ अपवाद थिए। कारण, उनको शक्तिकेन्द्रहरुसँगको हिमचिम थियो। उनी डीएसपी हुँदा पनि बुटवलस्थित औद्योगिक सुरक्षा गुल्मको गुल्मपति थिए। बुटवलमा रहँदा पौडलसँग बाक्लिएको सम्बन्धकै कारण उनले ‘आकर्षक ठाउँ’मा इन्चार्जको जिम्मेवारी पाइरहे। गतवर्ष पुरस्कृत हुने सशस्त्र प्रहरीको सूची गोरखापत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयका अधिकारीहरु नै अचम्मित भए। प्रधान कार्यालयले तत्कालीन डीआईजी (हाल अवकाशप्राप्त) सुरज श्रेष्ठलाई राष्ट्रपतिबाट पाउने पदकका लागि सिफारिस गरेको थियो। बढुवा हुने बेलामा समेत पदकको अंक जोडिने हुँदा सशस्त्रमा यसलाई निकै महत्वसाथ हेरिन्छ। तर, पदक पाउनेको सूची सार्वजनिक हुँदा डीआईजी श्रेष्ठको नाम थिएन। उनको ठाउँमा सिफारिस नै नगरिएका डीआईजी खड्ग राईले पदक पाए। हेडक्वार्टर स्रोतका अनुसार राईले तत्कालीन गृहसचिव (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त) प्रेम राईमार्फत् पदक पाउने सूचीमा आफ्नो नाम पारेका थिए। प्रेम राई तत्कालीन प्रधानमन्त्री ओलीका भित्रियामध्ये पर्थे। कतिसम्म भने, अवकाशपछि पनि उनी धेरैजसो समय बालुवाटारमै हुन्थे। प्रहरी, सशस्त्र प्रहरी र गृहप्रशासनसम्बन्धी ओलीका सबै जिम्मेवारी उनैले हेर्थे। अख्तियारमा नियुक्ति पाएपछि मात्र उनको यो ‘जिम्मेवारी’ टुटेको थियो। डीआईजी राईले त्यसबेला आफूले मात्र पदक लिएनन्, हेडक्वार्टरले सिफारिस नगरेका आफ्ना पिए (इन्स्पेक्टर) श्याम नान्जुलाई पनि पदक दिलाए। हेडक्वार्टरले सिफारिस गरेका इन्स्पेक्टर सुवर्ण थापाको नाम काटेर डीआईजी राईले गृहसचिव राईकै जोडबलमा नान्जुलाई पदक दिलाएका थिए। ‘यसरी तक्मा लिनेलाई लज्जाबोध हुनुपर्ने हो, तर त्यसो नहुँदो रैछ’, सशस्त्रका एक पूर्वडीआईजी भन्छन्, ‘कार्यसम्पादनमा डिआईजी सुरज श्रेष्ठ अब्बल मानिन्थे। तर, शक्तिकेन्द्र नधाएकाले उनी तक्मामा छुटे। यसैको सिकार बन्दा उनी डिआईजीबाटै घर जानु पर्‍यो।’ सरुवा–बढुवा, पुरस्कार लगायतमा हाबी बनेको ओली सरकारले सशस्त्र प्रहरीलाई विमानस्थलबाट समेत हटाउन खोज्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ सशस्त्र प्रहरी बलको एउटा गण नै राखिएको छ। विपत् सुरक्षा गण (साविकको उपत्यका सुरक्षा गण) लाई त्यहाँबाट हटाएर होटल सञ्चालनका लागि भाडामा दिने तयारी ओली सरकारले गरेको थियो। विमानस्थल बिस्तार प्रयोजनका लागि सुरक्षाकर्मीको गण अन्यत्र सारिनु स्वाभाविक भएपनि व्यापारिक प्रयोजनका लागि सार्न खोज्नुका पछाडि व्यापारिक घरानासँगको स्वार्थ जोडिएको बताइन्छ। २०६४ सालदेखि सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको उक्त जगामा बसेर विमानस्थललाई सुरक्षा दिँदै आएको सशस्त्रको गण नै हटाउने ओली सरकारको प्रयास भने सफल भएन। सीमा सुरक्षाको विषय ओली सरकारकै पालामा जोडतोडले उठ्यो। अघिल्ला सरकारहरुका पालामा पनि छिटपुट रुपमा यो विषय उठे पनि कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको विषय उठेपछि ओली सरकारका पालामा सीमा सुरक्षाको विषयले निकै महत्व पायो। यहीकारण कालापानी क्षेत्रमात्रै नभएर अन्य जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा पनि सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) राख्ने निर्णय गरियो। गत जेठ १५ गते बजेट भाषणमै अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षभित्र १२० वटा नयाँ बीओपी थप गरिने घोषणा गरे। खासगरी २०७५ सालपछि ओली सरकारकै पालामा बीओपीको संख्यामा उल्लेख्य बृद्धि भएको थियो। दक्षिणी र उत्तरी सीमाक्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगियो। २०७७ वैशाख अन्त्यतिर दार्चुलाको लिम्पियाधुरा–कालापानी क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेपछि गृह मन्त्रालयले दार्चुलामा बीओपी स्थापना गरेको थियो। अतिक्रमित भूभाग भन्दा करिब १५ किलोमिटर वरै, छाङरुमा बीओपी स्थापना हुँदा पनि सरकारले वाहवाही बटुल्यो। बीओपी स्थापना गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफै पुगे। तर, त्यसपछि त्यहाँ कुनै मन्त्री वा उच्चपदस्थ कर्मचारी पुगेनन्। ६ महिनालाई पुग्ने बन्दोबस्तीका सामान हेलिकप्टरमार्फत् लगेर खडा गरिएको बीओपी अहिले गुल्ममा परिणत भइसकेको छ। तर, सवारी साधनसमेत नपुग्ने ठाउँमा सशस्त्र प्रहरी बललाई बन्दोबस्ती तथा राशनलगायतका सामान पुर्‍याउन निकै कठिन छ। अवस्था कस्तो छ भने अहिले त्यहाँ खटिएका सशस्त्र प्रहरीले राशन समेत भारतीयसँग खरिद गरेर ल्याउनुपर्छ। भारतबाट राशन खरीद गरेर भारतीयकै गतिविधिको निगरानी गर्नुपर्छ। सशस्त्रमा यसअघि सीमा विभाग थियो, जुन ओली सरकारले नै खारेज गरिदियो। एआईजी प्रमुख रहने यो विभागलाई कार्य विभागमा गाभेर सीमा तथा कार्य विभाग बनाइयो। ‘सीमाको विषय ट्डकारो रुपमा उठ्दासमेत सीमा हेर्ने छुट्टै विभाग गठन गर्नुको साटो भएकै विभागको अस्तित्व मेट्ने काम भयो’, सशस्त्र प्रहरीका एक अधिकृतले भने, ‘सरकारले सशस्त्रलाई रित्तो बन्दुक दिएर पड्काउन लगायो।’ बीओपीहरुको हालत जताततै यस्तै छ। चिनियाँ सीमावर्ती हुम्लाको हिल्सा बीओपीका सुरक्षाकर्मीलाई राशन अभाव भएपछि स्थानीयसँग मागेर काम चलाउनु परेको विषय नै बाहिर आएको थियो, गत जेठमा। सीमा सुरक्षा भनेर बीओपीको संख्या मात्रै थप्ने तर आवश्यक भौतिक पूर्वाधारदेखि हातहतियार, स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्नेबारे सरकार मौन रह्यो। २०६२ सालमा इन्स्पेक्टरमा भर्ना भएका ८५ जना सशस्त्र प्रहरी अधिकृत १६ वर्ष हुँदासम्म त्यही पदमा छन्। २०५९ कात्तिक २६ गते पहिलो बेसिकका रूपमा निरीक्षकमा भर्ना भएकाहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भइसक्दा तीन वर्षपछि भर्ना भएकाहरु इन्स्पेक्टर नै रहनुले त्यहाँभित्र वृत्तिविकासको अवस्था कस्तो छ भन्ने छर्लंग पार्छ। ३० वर्षे सेवा अवधि रहेको सशस्त्रमा दुईतिहाई समयावधि अर्थात् २० वर्ष एउटै पदमा रहनुपर्ने अवस्था हदैसम्मको बिडम्बना हो। पाँच दिनपछि अवकाश पाउन लागेका तीन जना एसपीलाई गत पुस २४ गते गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट कायममुकायम एसएसपीमा बढुवा गरेका थिए। गत पुस २८ गते एसएसपीको दर्ज्यानी चिह्न पाएका रेशमकुमार थक्सु, प्रेमध्वज शाह र गाहारधन राईले पर्सिपल्ट, माघ १ गते ३० वर्षे सेवाअवधिका कारण अवकाश पाए। उनीहरू नेपाल प्रहरीको असईबाट २०४७ माघ १ गते सेवा प्रवेश गरेका थिए। प्रहरीमा छँदै सई बनेका उनीहरू एपीएफमा स्थानान्तरण हुँदा एक तह बढुवा भएका थिए। त्यसपछि वरिष्ठताका आधारमा डीएसपी र एसपी हुँदै एसएसपीसम्म पुगे। तीन दिनपछि घर जानेलाई एसएसपी बनाएको ओली सरकारले ‘आफूअनकुल नभएको’ आरोपमा ५ वर्ष सेवा अवधि बाँकी रहेका डीआईजीको कार्यकाल थप नगरी घर पठायो। माथिल्लो पदमा दरबन्दी कम हुनु र इन्स्पेक्टरमा एकै पटक ठूलो संख्यामा भर्ना लिइनुले यस्तो समस्या आएपछि हेडक्वार्टरले यो समस्या समाधानका लागि पटक–पटक गृह मन्त्रालयको ध्यानाकर्षण गरायो। अहिले अवकाश पाइसकेका एआईजी नारायणबाबु थापा नेतृत्वको एक समितिले २०७३ सालमै वृतिविकासको खाका गृह मन्त्रालयलाई बुझाएको थियो। त्यसपछि पटक–पटक ध्यानाकर्षण गराइए पनि यो विषय अघि बढेन। थापाको समितिले निश्चित अवधि पुगेपछि स्वतः बढुवा हुने र त्यो सम्भव नभए केही अनावश्यक रहेका तल्लो पद कटौती गरेर माथिल्लो पदमा समायोजन गर्न सुझाव दिएको थियो। माथिल्ला पदमा पदावधि घटाएर भएपनि त्यो समस्या हल गर्न ध्यानाकर्षण गराइए पनि सरकारले त्यसलाई सुनेन। पूर्वएआईजी थापा भन्छन्, ‘संगठन सुधारबारे छलफल गरौं भनेर न गृहमन्त्रीले बोलाएको सुनियो न सचिवले। सुरुमा हामीलाई लाग्यो, हामी सानो दर्जाका भएकाले छलफलबारे थाहा नभएको होला, माथिकाले ब्यापक छलफल गरेका होलान्। डीआईजी, एआईजी भएपछि हामीलाई पनि बोलाउलान्, संगठन सुधारबारे छलफल र आफ्ना अनुभव सेयर गर्न पाइएला। अहँ, त्यसपछि पनि कसैले बोलाएको थाहा पाइएन।’ बीओपी थप गरे पनि दर्बन्दी नथपिएपछि हेडक्वार्टरले वृत्तिविकासका लागि भए पनि माथिल्लो तहमा दरबन्दी थप हुनुपर्ने आवश्यकता महसुस गर्दै ओली सरकारका पालमा मात्रै तीनपल्ट दरबन्दी थपको प्रस्ताव गरेको थियो। पहिलो पटक १४ हजार थप जनशक्ति आवश्यक रहेको भन्दै गृहमा प्रस्ताव पेस गरेको सशस्त्रले त्यसलाई ठाडै अस्वीकार गरिएपछि फेरि १० हजार जनशक्ति थपको प्रस्ताव गरेको थियो। त्यो बेला ‘भीआइपी’को सुरक्षार्थ खटिएका केही जनशक्ति फिर्ता पठाउने र औधोगिक सुरक्षा गुल्मसमेत खारेज गरेर बीओपीमा खटाउने भनेर प्रस्ताव अघि बढाइएन। देखाउनकै लागि केही समयका लागि भए पनि ‘भीआइपी’का सुरक्षाकर्मी तानिए। तर, त्यसपछि पहिलेभन्दा धेरै सुरक्षाकर्मी ‘भीआइपी’को सुरक्षामा खटाइए। यसमा सशस्त्र प्रहरी बलकै हाकिमहरुको ‘नेता रिझाउने’ उद्देश्यले पनि काम गर्‍यो। त्यसैगरी, औद्योगिक सुरक्षा गुल्म खारेज गरिने बताइए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षाको कारण देखाएपछि अहिलेसम्म उद्योगमा सशस्त्र प्रहरी गुल्म तैनाथ छ। सशस्त्र हेडक्वार्टरले त्यसपछि तेस्रो पटक ७ हजार दरबन्दी थपिदिन माग गर्‍यो। यसपटक पनि उसको मागको सुनुवाइ भएन। यो आर्थिक वर्षमा थपिने १२० बीओपीका लागि भनेर ४२ सय दरबन्दी थप गर्न बल्ल ओली सरकार सहमत भयो। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सक्ने व्यवस्था छ। तर, यो व्यवस्थामा कतिसम्म मनोमानी छ भने सत्ताको चाकडी गर्नेहरुको म्याद थप हुन्छ, चाकडी नगरेर आफ्नो ड्युटीमा व्यस्त रहने एआईजी र डीआईजीहरु ३० वर्षे सेवाअवधि बाँकी छँदै घर जानुपर्ने अवस्था छ। ओली सरकारको यही शैलीको सिकार बने, भावी आईजीपीका रुपमा हेरिएका डीआईजी प्रवीण श्रेष्ठ। डीआईजीको चार वर्षे कार्यकाल सकिएपछि आईजीपीको सिफारिसमा सरकारले १ वर्ष पदावधि थप गर्न सक्ने प्रावधान अनुसार श्रेष्ठको १ वर्ष पदावधि थपका लागि सिफारिस भएको थियो। तर, उनी ३० वर्षे सेवा अवधिमा ५ वर्ष बाँकी छँदै घर जान बाध्य भए। तर, आफ्नै संगठनभित्रका प्रतिस्पर्धी, डीआईजी सिपी (चन्द्रप्रकाश) गौतमको चलखेलका कारण उनको म्याद थपिएन। त्यसको कारण चाहिँ गौतमको चलखेललाई बालुटावारले पुरापुर साथ दिनु थियो। झापाका गौतम आफ्नै गृहजिल्लाका प्रधानमन्त्री ओलीमार्फत् श्रेष्ठको पदावधि थप्ने प्रक्रिया रोक्न सफल भएको सशस्त्र प्रहरी प्रधान कार्यालयका अधिकारीहरु बताउँछन्। ‘गौतमको तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकारहरुसँग राम्रो सम्बन्ध थियो, उनीहरुसँगकै सम्बन्धलाई प्रयोग गरेर उनी डीआईजी श्रेष्ठको पदावधि थप्ने प्रक्रिया रोक्न सफल भए’, प्रधान कार्यालयका एक अधिकृत भन्छन्। श्रेष्ठको म्याद थप भएको भए उनी सशस्त्र प्रहरी महानिरीक्षकका लागि प्रमुख दाबेदार बन्ने थिए। उनी आईजीपी भएको अवस्थामा गौतम आईजीपीको प्रतिस्पर्धाबाटै बाहिरिन्थे। ३० वर्षे सेवा अवधि भएको सशस्त्रमा २५ वर्षमात्र पुगेका पदाधिकारीलाई फाल्न र जोगाउन चलखेल गरेको ओली सरकारले तीन हप्तामात्र आईजीपी बन्नेका लागि भने पदावधि थप गर्ने अर्को विवादास्पद निर्णय गर्‍यो। गत वैशाख २० गते ४ वर्षे कार्यकाल पूरा गरेर घर जान लागेका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको म्याद थप गर्दै ३ हप्तका लागि आईजीपी बनाउने बाटो खोलिएको थियो। ‘यो सरकार वा ऊ सरकारको पालामा भन्दा पनि १ वर्षे थपको विषयलाई शक्तिकेन्द्रले हदैसम्म दुरुपयोग गरिरहेका छन्। यही चलखेल कायम राख्नकै लागि यस्तो प्रावधान नियमावलीमा समेटिएको हो’, पूर्वएआईजी थापा भन्छन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
2,056
चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत्पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् । गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए । गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,057
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२… पोखरा न्यूज – ०९, माघ । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण… पोखरा न्यूज – ०९, माघ । म्याग्दी जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका… पोखरा न्यूज – ०९, माघ । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताका… पोखरा न्यूज – ०८, माघ । पोखराको पार्दी विरौटामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पाइन्ट संचालनमा आएको छ । … पोखरा न्यूज – ०८, माघ । पोखरा महानगरपालिका वडा नं. २०, साविक मौजा गाविस वडा नं. १ मा रहेको पर्यटकीय… पोखरा न्यूज – ०८, माघ । बैदाम तामाङ्ग समाज पोखराको आयोजनामा माघ १२ गते शनिबार हुने ल्होसार म्युजिकल फेस्टिभल तथा… पोखरा न्यूज – ०८, माघ । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गरेको ८ औं संस्करणको “आठौं स्व. रन्जित… पोखरा न्यूज – ०८, माघ । बागलुङ जिल्लाकोे एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरु… पोखरा न्यूज – ०८, माघ । कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित… पोखरा न्यूज – ०८, माघ । भूकम्प गएको तीन वर्षको अवधिमा तनहुँ जिल्लामा दुई हजार २८३ निजी आवास पुनःनिर्माण भएको… पोखरा न्यूज – ०८, माघ । विभिन्न प्रलोभनमा पारी करोडौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । बागलुङ… पोखरा न्यूज – ०८, माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन… पोखरा न्यूज – ०८, माघ । पोखरा रंगशालामा भोलिदेखि चौथो संस्करणको एकता बुक्स अन्तर विद्यालय छात्र-छात्रा ह्याण्डबल प्रतियोगिता हुने भएको… पोखरा न्यूज – ०८, माघ । पोखरामा भोलि बुधबारदेखि सामुदायिक मावि स्तरिय भलिबल प्रतियोगिता शुरु हुने भएको छ । कास्की… पोखरा न्यूज – ०८, माघ । निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ ।
2,058
जुम्ल्याहा शिशु र आमाको समेत मृत्यु भएपछि नेपालगन्जस्थित भेरी अस्तपालमा लफडा भएको छ । नेपालगन्ज उपमहानगरपालिका–७ निवासी २२ वर्षीया नाधिया खातुनको सोमबार दिउँसो मृत्यु भएको हो। अस्पतालका एक चिकित्सकले दिनुभएको जानकारी अनुसार ३२ हप्ताकी खातुनलाई आइतबार राति अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई उच्च रक्तचापको समस्या देखिएको थियो । खानुतको स्वास्थ्य जटिल देखिएपछि सोमबार दिउँसो शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालिएको थियो। केही समयपछि आमा र दुवै शिशुको मृत्यु भयो । महिला र शिशुको मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तहरु डाकटरको लापरवाहीले मृत्यु भएको भन्दै आक्रोशित भएका थिए। उनीहरुले घटनाको छानबिन गर्न माग गरेका थिए। जटिल केस भएका कारण चिकित्सकले हरेक प्रयास गर्दा पनि आमा र शिशु तीनै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ ।
2,059
राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुलको आयोजना हुदैँछ। २०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ। कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज उदघाटन गर्र्दैछन । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भएपनि हुन सकेको थिएन। । देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आईपुगेका छन भने उदघाटनमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन्। आजवाट औपचारिक रुपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन्। गण्डकीका मनाङ, मुस्ताङ र लम्जुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
2,060
नेपालमा कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ८ हजार ५ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएको हुन् । हालसम्म नेपालमा कुल ५ लाख ४३ हजार ५ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
2,061
वीरेन्द्रनगर नगरपालिका–६ स्थित जननमुना माध्यमिक विद्यालयमा कक्षा नौको प्रवेश परीक्षाका लागि लामबद्ध विद्यार्थी । तस्बिर : रजनी योगी पहिला धेरै विद्यार्थी हुँदा भुइँमा राखेर पढाउनुपर्ने अवस्था थियो, अहिले भव्य भवन छ, विद्यार्थी खासै छैनन् । विद्यालयमा दुई घण्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यताले पनि विद्यार्थी सहरतिर धाउन थालेका हुन् । कतिपय अभिभावकले छोराछोरी पढाउनकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन् । गाउँबाट सहरमा बसाइँसराइ र गाउँमा बेरोजगारीको समस्याका कारण अधिकांश विद्यार्थी सहरी क्षेत्रमा आएका हुन् । गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घट्दो छ । इन्द्रज्वाला आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर रामजाली शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास गरेको भए पनि गाउँमा बस्नेको सङ्ख्या घट्दै गएकाले विद्यार्थी पनि घटेको बताउनुहुन्छ । सुर्खेत लेकबेँसी नगरपालिका–१० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो छ । २०३६ सालमा स्थापना भएको यो विद्यालयमा कुनै बेला विद्यार्थीको घुइँचो लाग्थ्यो । अहिले यो विद्यालयमा १४० विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक नरहरि पौडेलका अनुसार विद्यार्थी सङ्ख्या घट्नुमा बसाइँसराइ प्रमुख कारण हो । गाउँ गाउँमा दरबारजस्ता स्कुल बने पनि छोराछोरी पढाउन भनेर सहर झर्ने क्रम घटेको छैन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य दुर्गा गिरी गाउँमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा भौतिक पूर्वाधारले सुविधा सम्पन्न विद्यालय खाली बन्दै गएको बताउनुहुन्छ । गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले बताउनुभयो । “शिक्षकलाई आफ्नो पढाउने कलाप्रति आफैँलाई विश्वास छैन, आफ्ना छोराछोरी सहरका बोर्डिङमा पढाउने, आफू चाहिँ सामुदायिक विद्यालयमा पढाउने ! यस्तो अवस्थामा कसरी अरूले विश्वास गरून् ?” उहाँले भन्नुभयो । वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । जननमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठका अनुसार नयाँ शैक्षिक सत्रका लागि प्रारम्भिक बाल विकास, कक्षा ६, ७, ८ र ९ मा बाहिरका विद्यार्थीका लागि भर्ना खुला गरिएको थियो । पाँच वटा कक्षामा छ सय विद्यार्थीका लागि भर्ना खुला गरिएको भए पनि अहिले दुई हजार चार सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विद्यार्थीको चाप थेग्न मुस्किल भएको उहाँको भनाइ छ । प्रधानाध्यापक श्रेष्ठका अनुसार बढीमा छ सय जना नयाँ भर्ना लिन सक्छौँ, दुई हजार चार सयको आवेदन परेको छ । भौतिक संरचना र जनशक्ति अभावले धेरै विद्यार्थी भर्ना गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । अमरज्योति माध्यमिक विद्यालय नेवारेले प्रारम्भिक बाल विकासदेखि कक्षा नौसम्म नयाँ आवेदन माग गरेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यालयले राखेको लक्ष्य पूरा गराउन खोजिएको छ । यस वर्ष पाँच सय थप विद्यार्थी भर्ना लिने लक्ष्य राखिएको भन्दै उहाँले करिब छ सय जनाको आवेदन परेको जानकारी दिनुभयो ।
2,062
नक्कली भुटानी शरणार्थी प्रक्रमणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले बुधबार यस प्रकरणमा हालसम्म पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। पक्राउ परेकामध्ये पूूर्वसांसद आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान सकिएको छ। समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो। यस प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन्। यस्तै केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी हिरासतमा छन् । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
2,063
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धार टोली लिएर जानैपर्ने भएकाले आफूहरु गएको बताए । उनले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पु¥याउन सकिने राहत सामग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेकोबाहेक १४ उडान थपिएर आएको खबरमा सत्यता नरहेको जिकिर गरे । “म मन्त्रीहरु र सेनाप्रहरी सहितको उद्धार टोलीसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो ?”, उनले भने । यदि त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनको भनाइ छ । स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल सङ्घीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुखसहितको टोली पहिरो निरीक्षणका लागि एक पटक सिन्धुपाल्चोक गएको उनले बताए । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई रु एक लाखको राहत बाँड्दा रु २८ लाखभन्दा बढी हवाई भाडा तिरेको उल्लेख छ । पहिराबाट प्रभावित परिवारलाई रु एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः रु २५ लाख ६८ हजार र रु तीन लाख गरी रु २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको काठमाडौँ, ६ साउन (रासस) । प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न जरुरी काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफूहरुले प्रधानमन्त्री केपी शर्मा काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौँ, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले बिपी कोइराला लोकतान्त्रिक समाजवादी फुङलिङ (ताप्लेजुङ), ६ साउन । ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ काठमाडौं, साउन ६ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवनमा भर्खरै काठमाडौं, ६ साउन ।
2,064
दुइ हप्ता अघि प्रहरीले बरामद गरेको २७ केजी ९ सय ग्राम चरेस जलाएर नष्ट पारेको छ ।लुकाइ छिपाइ ओसार पसार गरिरहेको समयमा प्रहरीले उक्त परिणामको चरेस सहित पुस ११ गते तीन जना युवाहरुलाई पक्राउ गरेको थियो ।
2,065
यस्तै पूर्व सभामुख ओन्सरी घर्तीले समेत सोही मतदान केन्द्रबाट मतदान गर्ने छिन् । माओवादीबाटै मुख्यमन्त्री भएका केसीले रोल्पा नगर ६ स्थित कोटगाउँ मतदान गर्नेबाट मतदान गर्ने भएका छन् । यस्तै जयपुरी घर्तीले परिवर्तन गाउँपालिका २ स्थित राङसी माध्यमिक विद्यालयबाट मतदान गर्ने भएकी छिन् । रोल्पाका सबै माओवादी शीर्ष नेताहरु हप्ता दिन अघि नै आ–आफ्ना स्थानीय तह पुगी सकेका थिए ।
2,066
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिए। उनल भने, ‘आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानूनी व्यवस्थालाई टेकेर आउँदो मङ्सिर मसान्त अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ।’ जनताको घरदैलो नजिक पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो। मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोलीसमक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन्। अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिकोसमेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ। निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियानमार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो। आयोगले रोजगारी, पठनपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर रहे बसेका मतदातालाई छिट्टै नै सवै निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३६५ दिन नियमित रुपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्ती मिलाउन लागेको छ। कार्यस्थलबाटै आफनो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम सङ्कलन गर्न चाहनेलाई सहज तुल्याउने हेतुले आयोगले मुलुकभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाकोसमेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गर्न लागेको हो । आगामी दिनमा यो अभियानलाई कानूनी बन्दोबस्तभित्र राखेर सधैँ नियमित रुपमै सङ्कलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलियाले जानकारी दिए। विद्यमान निर्वाचन ऐनअनुरुप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली सङ्कलन गर्न नसकिने प्रावधान छ। मतदाता नामावली सङ्कलन गर्नका निम्ति निर्वाचन आयोगलाई एकाधिकार छ। आयोगले नियमितरुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मतदाता नामावली दर्ता गर्दै आएको छ। निर्वाचन आयोगले कुनै पनि मतदाता मतदानमा नछुटुन् भन्ने ध्येयले निर्वाचन अघि निर्वाचनलाई लक्षित गरी नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नावमाली सङ्कलन गर्दै आएको छ।
2,067
बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ। प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत् सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो। बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिए। उनका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो। लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्र दाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो। यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैं अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ। पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले जानकारी दिए। हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताए। बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेसन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए। बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरू गरिएको छ। बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो ।
2,068
आइतवारका लागि तय भएको काठमाडौँ र धनगढीबीचको खेल त्रिभुवन विश्वविद्यालयको दिक्षान्त काठमाडौं,१ पुस । यूएईमा सम्पन्न भएको एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक यूएईमाथि १९५ रनको विशाल जित निकाल्दैै बंगलादेले पहिलो पटक उपाधि काठमाडौं,१ पुस । ओपनर आशिकुर रहमान शिबलीको शानदार शतकको मद्दतमा यूएईमा जारी एसीसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेशले आयोजक यूएईलाई २८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित काठमाडौं, पुस १ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल काठमाण्डाै, पुस १ । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् । खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर काठमाण्डौं, मंसिर ३० । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी काठमाडौं,२९ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा आयोजक यूएईले पाकिस्तानलाई १९४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल २ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको काठमाडौं,२९ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा भारतले बंगलादेशलाई १८९ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल-१ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले ४२.२ ढोरपाटन (बागलुङ), २९ मङ्सिर । बागलुङका १० वटै पालिकामा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैटौँ पटक प्रतियोगिता सञ्चालन काठमाडौं, मंसिर २९ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । काठमाडौं,२८ मंसिर । यूएईमा जारी यस संस्करणको एसीसी यू-१९ एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ बाट पाकिस्तान र भारत तथा समूह ‘बी’ बाट बंगलादेश र यूएई काठमाडौं, साउन ७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो काठमाडौं, साउन ७ । धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ काठमाडौं, साउन ७ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर काठमाडौं, साउन ७ ।
2,069
धानको उचित मूल्य नपाउँदा जिल्लाका किसान निराश भएका छन् । भारतबाट तयारी चामल आयात बढेको र यहाँका गल्ला व्यापारी, धान मिलले खरिद कम गर्दा यस्तो समस्या देखिएको हो ।गत वर्ष यसै सिजनमा किसानले मोटो धान प्रतिक्विन्टल २ हजार २ सय रुपैयाँँमा बेचेका थिए । त्यसपछि धानको मूल्य क्रमश: उकालो लाग्दै गएको थियो । पुसको दोस्रो साता स्थानीय प्राथमिक खरिद समितिले मोटा धान (सोना मन्सुली, स्वर्णसब, हर्दिनाथ) को खरिद मूल्य प्रतिक्विन्टल २ हजार १ सय २५ र जिरा मसिनोको खरिद मूल्य २ हजार ७ सय रुपैयाँ निर्धारण गर्यो । तर, गल्ला व्यापारीले कम मूल्यमा किसानसँग खरिद गरिरहेका छन् । उनीहरूले मोटा धानको मूल्य हाल १ हजार ७ सयदेखि १ हजार ९ सय र मसिनोको २ हजारदेखि २ हजार १ सय ५० रुपैयाँसम्म मात्र दिइरहेका छन् । तुलनात्मक रूपमा गत वर्षको भन्दा यस वर्ष धान उत्पादन बढेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार धानको उत्पादन करिब ६० प्रतिशतले बढेको छ । यस वर्ष जिल्लामा २ लाख १२ हजार ७ सय ७५ टन धान उत्पादन भएको छ । गत वर्ष १ लाख ३२ हजार ५ सय ६० टन धान उत्पादन भएको थियो । धान बाली भित्र्याएर गहुँ छरिसकेका किसान अहिले मूल्य बढ्ने प्रतीक्षामा छन् । महुवन ७ का किसान ध्रुव यादव हाल धानको मूल्य कम रहेकाले अधिकांश किसान बढ्ने प्रतीक्षामा रहेको बताउँछन् । ‘यस वर्ष धान बढी फल्यो,’ उनले भने, ‘सुरुमै गत वर्षको तुलनामा मूल्य कम पाउने संकेतले किसान निराश छन् ।’ हालको बजार मूल्यअनुसार प्रतिक्विन्टलको २ हजार रुपैयाँमा धान बिक्री गर्दा खेतीको लागतसमेत नउठ्ने यादव बताउँछन् ।भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा बाराका २ सय ५० मध्ये करिब २ सय २५ राइस मिल बन्द भइसकेका छन् । स्थानीय धानको मुख्य खरिदकर्ता राइस मिल बन्द भएपछि माग घटेको छ । भन्सारले भारतबाट आयात हुने चामल र धानमा ८ प्रतिशत कृषि सेवा शुल्क लिँदै आएकामा बढाएर १५ प्रतिशत गरिए मात्र समस्या समाधान हुने राइस मिल सञ्चालकको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोधकुमार गुप्ता तयारी भारतीय चामलसँग प्रतिस्पर्धा गर्न स्थानीय राइस मिलले नसक्दा यो समस्या आएको बताउँछन् । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म भारतबाट २८ हजार १ सय ८४ टन धान र १२ हजार ४ सय २१ टन तयारी चामल आयात भएको छ ।
2,070
संवैधानिक इजलासमा मंगलबार कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताएका हुन् । ‘न्याय परिणाम मात्र हैन प्रक्रियामा समेत निष्पक्षता हुनुपर्छ । न्यायपालिका प्रतिको जनआस्था र विश्वास कायम रहन आवश्यक छ । पूर्वाग्रहको आशंका हुनुहुँदैन’, कार्कीले भने, ‘अलग रहन अनुरोध गर्ने प्रक्रिया सही हो । ’ कार्कीले न्यायिक निष्पक्षताले मात्र लोकतन्त्र मजबुद बनाउन सकिने बताए । ‘निवेदकको आशंकामा ढुक्क हुन नसक्ने अवस्था, प्रारम्भिक सुनुवाइमा नै विवाद भएका हुनाले हामी दुईजना अलग हुने जानकारी गराउन चाहन्छौं’, कार्की र भट्टराईले भने । तर संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने अलग हुन अस्वीकार गरेका छन् । केही वकिलहरूले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिएका हुन् । यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण नदेखेको बताए । ‘नेकपा विभाजनको पुनरावलोकन निस्सा नदिने मुद्दा र यो मुद्दामा सम्बन्ध देखिँदैन । मैले अलग हुनुपर्ने आधार र कारण देखिँन । अलग हुनुपर्ने आर्थिक कारण पनि छैन’, केसीको भनाइ थियो । बमकुमार श्रेष्ठले भने नाम सम्बन्धी विवादको मुद्दा र यो फरक विषय भएकाले इजलास नछाड्ने बताए । उनले भने, ‘यो मुद्दासँग नेकपाको नामसम्बन्धी मुद्दाको सरोकार रहँदैन । मुलुकी देवानी संहिताअनुसार यस इजलासबाट बाहिर हुन्न’, उनले भने ।
2,071
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राजवादी श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
2,072
शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका हुन् । चुहामा व्यापार गर्दै आएको चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । चौधरीको मृत्युपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन् । शव पनि राजमार्गबाट उठाइएको छैन । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् ।
2,073
पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन्। एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यन्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो। प्रसस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर परिवार चलाउनुपर्ने स्थिति थियो । तर अहिले त्यो परिस्थिति फेरिएको छ । घर छेउमा रहेका बारी अचेल सेताम्य प्लास्टिकले ढाएिका छन् । कतै काठ त कतै फलामको रडले टेको लगाएर प्लास्टिकले छाइएका टनेलभित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा साग, बन्दा र काउली उब्जिएका छन् । पहिले बाँझो रहेका बारीमा पनि अहिले तरकारी फल्न थालेका छन् । ढोरपाटन – ५ पर्ने अधिकारीचौर, नाथुरी, बाहुनगाउँ र प्याङ्खोलाका किसानलाई एकैछिन पनि फुर्सद छैन । जिल्लाको अन्य ठाउँमा बसाइँसराइले गाउँ रित्तिदै गएको सन्दर्भमा अधिकारीचौरमा भने गाउँलेनै तरकारी खेतीमा लागेका छन्। विसं २०६५मा गाउँका केही किसानले तरकारी खेतीको सुरुआत गरे पनि धेरैले यसप्रति चासो दिएका थिएनन् । विसं २०७९ मा व्यावसायिक तरकारी खेती गर्ने किसान बढे, त्यसपछि सिङ्गो गाउँमा तरकारी लगाउने लहरनै चल्यो । अहिले यस गाउँमा तरकारी खेती नगर्ने किसान भेटउनै मुस्किल पर्छ । एउटा परिवारले बढीमा पाँच वटासम्म प्लास्टिक टनेल निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । ढोरपाटन –५ का दुई सय ६५ घरले करिब चार सय ५० टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । पछिल्लो समय यस ठाउँ पौरखी गाउँका रुपमा परिचित बन्दै गएको छ । पौरखी किसानले तरकारी खेतीलाई गाउँभरी विस्तार गरेपछि अहिले बाँझो जमिन घटेको छ । युवाले रोजगार पाएका छन् । टाढाबाट देख्दा पनि गाउँमा सेताम्य प्लास्टिकका टनेल देखिन्छन् । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै रहेको यि गाउँका किसानसमेत निकै मेहनती छन् । गाउँमै परिवारसँग बारीमा पसिना बगाएर तरकारी फलाउँदा किसान निकै खुसी छन् तर बजारमा आउने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा चिन्तित हुने गरेका छन् । नगरपालिकाले तरकारीको मूल्य निर्धारण गरि दिए आफूलाई बजारको पिर नहुने ढोरपाटन –५ स्थित नमुना किसान समूहका अध्यक्ष कृष्णलाल कँडेलले बताए । पहिले एक मुरी मकै फल्ने बारीमा अहिले वार्षिक ५० हजार बढीको तरकारी फलाउने गरेको उनको भनाइ छ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको सङ्ख्या बढेपछि बर्सेनी ५० लाख बढीको तरकारी बेच्ने गरेकाे कँडेल बताउँछन् । नगरपालिकाले हाटबजार सञ्चालन गरिदिने र समय–समयमा अनुदान र प्राविधिक सहयोग गर्न सके ढोरपाटनलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । यहाँका किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको उनले बताए । अहिले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोचको विकास भएपछि सिङ्गो गाउँनै तरकारी खेतीमा लागेको कँडेल बताउँछन् । उनले भने, ‘६९ सालदेखि गाउँमा तरकारी खेती गर्ने लहरनै चल्यो, पहिले बाँझो जमिन धेरै थियो, अहिले भेटिन्न, जताततै टनेल हालेर तरकारी लगाउन थालिएको छ, ढोरपाटन–५ मा चार सय ५० बढी टनेल निर्माण भएका छन्, किसान समूहमा आवद्ध भएर काम गरिरहेका छौँ, अहिले गाउँमा चार वटा कृषि समूह छन्, बाह्रैमहिना तरकारी उत्पादन गर्छौँ, एक दिन एउटा सागको मुठा बेच्न पाइएन भने बिरामी हुन्छु, सिटामोल खानुपर्छ, हाम्रो मुख्य चुनौती भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु हो ।’ व्यावसायिक तरकारी खेतीले किसानको जीवनशैलीनै बदलिदिएको छ । कृषि ज्ञान केन्द्रले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई साथ दिँदै आएको छ। तरकारी खेती सुरु गर्नुपूर्व छाक टार्न मुस्किल पर्ने स्थानीयले अहिले त्यो समस्या भोग्नु परेको छैन । तरकारी खेतीबाट परिवार चलाउन सहज ढोरपाटन नगरपालिका–५ नाथुरी गाउँका स्थानीय जनकराज पाण्डेले बताए । आफूले दिनभरबारीमै काम गर्ने र यताउता जान फुर्सदसमेत नहुने उनको भनाइ छ । गाउँभरी तरकारी हुन थालेपछि बाहिरबाट आउने मानिसले अधिकारीचौरलाई ‘तरकारी गाउँ’ भन्ने गरेको पाण्डेले बताए । हिउँदमा बारीबाटै गाडीमा तरकारी बजार पुर्याउने गरे पनि बर्खामा निकै सकस हुने पाण्डे बताउँछन् । ‘बुर्तिबाङ बजार नजिकै भएको हुँदा उत्पादन हुने तरकारै त्यही पुर्याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्रो उत्पादनले उचित मूल्य बाउन सकेको छैन, हामीहरुलाई अर्को ठूलो चुनौती पनि छ, हिउँदमा गाडी बारीमै आउँछ, बर्खा लाग्यो भने गाउँमै आउन सक्दैन, खोलामा पुल बन्न थालेको धेरै वर्ष भयो अहिलेसम्म बनेको छैन,’ पाण्डेले भने, ‘बर्खाको समयमा ढोकोमै बोकेर बजार पुर्याउनुपर्छ, असारदेखि मङ्सिरसम्म गाउँमा गाडी आउँदैन, बर्खाभरी सडक नचल्दा तरकारी कुहिने समस्या हुन्छ, पोहोर परार लाखौँको तरकारी कुहियो, किसानका थुप्रै समस्या छन्।’ कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले अधिकारीचौर क्षेत्रमा दुई वर्ष तरकारी ब्लक सञ्चालन गरेको जनाउँदै यहाँका किसानले लगानी अनुसार प्रतिफल पाउन थालेको जानकारी दिए। ज्ञान केन्द्रले दुई वर्षमा करिब रु ५० लाख यहाँ लगानी गरेको जनाउँदै अहिले पनि बेमौसमी तरकारी उत्पादन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ। यहाँका किसान पनि सक्रिय भएर लाग्दा बजारले थेग्न नसकेको पुनले बताए। उत्पादन धेरै हुन तर बजार सानो हुँदा भएको र बाहिरबाट आएको तरकारीका कारण किसान मारमा पर्नु परेको सूचना अधिकारी पुनले बताए। उनले भने, ‘यहाँका किसान साँच्चिकै पौरखी हुनुहुन्छ, हाम्रो सहयोग र उहाँहरुको मेहनतले अधिकारीचौरले छुट्टै पहिचान बनाउन सफल भएको छ, किसानलाई बेलाबेलामा आवश्यक तालिम, परामर्श तथा अनुदानसमेत दिँदै आएका छौँ, आधुनिक प्रविधिको प्रयोग पनि गर्नु भएको छ, जसले उत्पादन वृद्धि गर्न टेवा पुर्‍याएको छ, उहाँहरुको त्यो परिश्रमले हामीहरुलाई पनि खुसी बनाएको छ, जिल्लामा धेरै तरकारी खेती गर्ने ठाउँमा अधिकारीचौर पनि पर्छ।’ रासस सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
2,074
बुधबार बिहान प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर दुई अध्यक्ष मिलेर जान प्रस्ताव गरेको खुमलटार स्रोतले बतायाे। ‘तपाईं र म मिलेर जाऔँ, आउनुहोस् बैठकअघि नै छलफल गरौँ’, प्रधानमन्त्रीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले नेपालखबरलाई भन्यो। स्राेतका अनुसार अध्यक्ष प्रचण्डले आफू छलफलका लागि सधैँ तयार रहेको र त्यसका लागि ओलीलाई बैठकमा आउन प्रस्ताव गरेका थिए। ‘तपाईंसँग छलफल गर्नका लागि मलाई कुनै समस्या छैन, तपाईंलाई सहज हुनेगरी बालुवाटारमा बैठक राखिएको छ, बैठकमा आउनुहोस् त्यहाँ पनि छलफल गरौँ’, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उल्लेख गर्दै स्रोतले भन्यो। यसअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर बुधबार बिहान स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र मंगलबार संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग भेटवार्ता गरेका थिए। पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ। पछिल्लो समय दुई अध्यक्षबीच संवाद नै हुन छाडेको थियो। प्रतिपक्षी दल कांग्रेस पनि विपक्षमा उभिएका कारण अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा परेको चर्चा चलिरहेका बेला उनले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन्। अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले मंगलबार नै सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरिसकेका छन्। आज बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकमा समेत यो विषयमा उठ्ने उनीहरुले बताएका छन्। त्यसैगरी बैठकले अध्यादेश फिर्ता लिन निर्देशन दिनेसमेत बताइएको छ ।
2,075
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज दिउँसो शपथ लिदैछन् । ज्येष्ठ सांसद राप्रपाका पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ। सांसदहरुलाई शपथका लागि दिउँसो १ बजे सचिवालयले बोलाएको छ । नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ। हालै सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
2,076
अन्तर्राष्ट्रिय क्यानोनिङ रेन्डेजभोस (आइसिआर) चैत २४ गतेदेखि मस्र्याङ्दीको स्याङ्गेमा हुने भएको छ ।
2,077
बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेस गर्न कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ। समितिले ल्याएको कार्ययोजनापछि पुन: मन्त्रिपरिषद्काे बैठक बस्ने र निर्णय गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए। बैठक सकेलगत्तै बिहीबार राति नेपालखबरसँग कुरा गर्दै मन्त्री भट्टले प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न निर्देशन दिएकाे बताए। लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि यस विषयमा छलफल गर्न बिहीबार अपराह्नदेखि मन्त्रिपरिषद् बैठक बसेकाे हाे। चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएकाे छ। लकडाउनकाे माेडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गरेका थिए। त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि सकारात्मक देखिएका थिए ।
2,078
रोल्पाका सबै स्थानीय तहका वडा अध्यक्षहरुलाई अख्तियार नियन्त्रण र सुशासन सम्बन्धी प्रशिक्षण दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाका एक नगरपालिकासहित ९ गाउँपालिकाभित्रका ७२ वडाका अध्यक्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवदर्द्धनका बारेमा एक दिने प्रशिक्षण दिएको हो । प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीका अनुसार विकास निर्माणका योजना सम्पन्न गर्दा अख्तियार दुरुपयोग हुनबाट रोक्न र सबैलाई सचेत बनाउन उक्त तालिम आयोजना गरिएको हो । तालिम गत विहीबार सदरमुकाम लिबाङमा आयोजना गरिएको थियो । तालिम प्रभावकारी भएको परिवर्तन गाउपालिका ४ वडा अध्यक्ष सुकबहादुर बुढामगर थमनले बताए । आयोगले अघिल्लो वर्ष स्थानीय तहका प्रमुखलाई तालिम दिएको थियो । स्थानीय स‌ंरचनाकाे सबैभन्दा तल्लो तह वडापालिकाका पदाधिकारीहरु आफ्नो जिम्मेवारी र भूमिकाबारे सचेत भए अख्तियारको दुरुपयोग रोक्न सकिने भएकाले तालिक प्रदान गरेकाे आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । जिल्लामा अख्तियार दुरुपयोगबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएका प्रजिअ एमसीले सबै तहमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु अहिलेको चुनौती भएको बताए । ‘यसका लागि ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ गर्न आवश्यक छ,’ उनले भने, ‘स्थानीय तहमा विकास बजेट ठूलो मात्रामा पठाइएकाले सरकारले पारदर्शी र प्रभावकारी कार्यान्वयन गराउन अघि सारेको योजना अनुसार अख्तियारको चासो बढेको हो ।’ आयोगले केन्द्र र प्रदेशमा आफ्नो कार्यालय स्थापना गरेको छ । केन्द्र र प्रदेश कार्यालय रहेका बाहेक अन्य जिल्लामा प्रजिअ नै अख्तियार दुरुपयोगको अनुसन्धान र्गछन् । प्रजिअले जिल्ला समन्वय समितिका पदाधिकारी बाहेक गाँउपालिका र नगरपालिकाका पदाधिकारीको गतिविधि अनुसन्धान गर्न पाउँछन् । त्यसबारे आयोगले प्रजिअलाई अख्तियारी सुम्पिसकेको छ । तर सरकारले तय गरेको मर्यादा क्रम अनुसार प्रजिअ गाँउपालिकाका अध्यक्ष भन्दा मुनि छन् । यसबाट जिल्लामा अख्तियार दुरुपयोग सम्बन्धी काम गर्न नैतिक अप्ठेरो आउन सक्ने कतिपयको धारणा छ ।
2,079
घरमै सजिलैसँग कसरी रेष्टुरेन्टको जस्तो स्वादिलो र मिठो परिकार बनाउन सकिन्छ भन्ने बारेमा केन्द्रित भएर हामीले जानकारी दिदै आइरहेका छौ । त्यस क्रममा आज हामीले ‘द क्लासिक बेम्बो’ रेष्टुरेन्टको बुफेलो विङग्स बनाएर देखाएका छौ । बुफेलो विङग्स कसरी बनाइन्छ ? बनाउने तरिका कस्तो छ ? त्यहि विषयमा केन्द्रित भएर आज हामीले बुफेलो विङग्स बनाउने सम्पूर्ण तरिका यो भिडियो मार्फत देखाउन खोजेका छौँ । प्रस्तुत छ बुफेलो विङग्स बनाउने तरिका सम्बन्धित यो विशेष भिडियो ।
2,080
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो दिउँसो राजधानीबाट समातेको र यस काण्डमा एक जना पूर्वसांसदले कार्वाही प्रक्रिया वीचैमा रोकेको देखिएको छ । ललितपुर-१ बाट एमाले पूर्व सांसद तथा तत्कालीन सिआइबी प्रमुख नवराज सिलवालले ०७० साललगत्तै शर्मासहितलाई अनुसन्धानको दायरामा ल्याएका थिए । झण्डै एक दशकअघि शर्माको नक्कली शैक्षिक प्रमाणपत्रबारे सिआइबीले अनुसन्धान थालेर उन्मुक्ति दिएको विषयमा हिजो फेरि सोही निकायले मुध्दा ब्युँताएको हो । सिलवाल नेतृत्वको सिआइबीले त्यतिबेला गरेको अनुसन्धानपश्चात ‘सर्टिफिकेट नक्कली भए पनि शर्माले कुनै क्लिनिक नखोलेको, प्रमाणपत्र पेश गरेर कतै लाभ लिएको देखिन नआएकाले निजलाई मुद्दा चलाउन आवश्यक परेन ।’ भन्ने निश्कर्ष निकालेको थियो ।सिआइबी स्रोतका अनुसार सोही प्रतिवेदनको आधारमा सिलवाल टोलीले पक्राउ गरे पनि सोही ग्राउण्डमा छाडिदियो । आखिर नक्कली नक्कली नै हो । जोसुकैले त्यस्तो प्रमाणपत्र बनाएर घरभित्रै राखेपनि ऊ निर्दोष हुन नसक्ने सिआइबीका एक जना अधिकृत बताउँछन् । उनका अनुसार शर्मालाई त्यसरी छाड्नुको कानुनी आधार नभएकाले अहिले फेरि शंकाको घेरामा परेका हुन् । काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजको सञ्चालकसमेत रहेका शर्मा गत मंसिरमा मोरङ ३ बाट निर्वाचित भएका थिए । शर्माले बिहार, फारबेसगञ्जको बीडीबीकेएस कलेजबाट उत्तिर्ण गरेको भनिएको आइएससीको प्रमाणपत्र नक्कली प्रमाणित भएको छ । प्रथम श्रेणीमा उत्तिर्ण भनिएका शर्माको प्रमाणपत्र नक्कली हुँदाहुँदै तत्कालीन डिआइजी सिलवालले उनी र अन्य एक सयभन्दा बढीलाई उन्मुक्ति दिएका थिए । मेडिकल बिचौलियाको रुपमा परिचित शर्माले एमबीबीएस चीनमा गरेका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन,शिक्षण शुल्क र एमबीबीएस कोटा निर्धारणमा धेरै पटक विवादमा परेका छन् ।
2,081
नेपाली बजारको अनुपातमा वीमा कम्पनी बढी भयो भनेर सात–सातका दरले बाँडी एक कम्पनी बनाउने नीति सरकारले अगाडि सारेको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ र डलर अर्बपति विनोद चौधरीहरूसँगको सल्लाहमा वीमा र स्टक एक्सचेञ्जको इजाजतपत्र वितरण गर्ने नीति अगाडि सारेका हुन् । त्यो काममा बिचौलिया दीपक भट्ट, सुलभ अग्रवाल, प्रमपत्नी आरजु राणाकी बहिनी, आर्थिक पत्रकार समाज सेबोनका अध्यक्ष रमेश हमालसहित ३२ असार आसपास मुम्बई गएका थिए । उनीहरू चौधरीको ताज होटलमा बसे र सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डियासँग सरसल्लाह लिए । अर्कातिर, नेपालको राजश्वको मुख्य आयस्रोत सवारी साधनको आयात हो । यो त्रैमासिकमा राजश्व लक्ष्य पूरा भएको छैन । यसो हुनुको कारण हो, गाडी आयात मंसिरसम्म बन्द हुनु । विदेशी मुद्राको सञ्चितिमा दबाब परेको कारण देखाउँदै वैशाख १४ देखि सवारी साधनसहित मदिरालगायत १० किसिमका विलासी वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । असार मसान्तमा १० किसिमबाट घटाएर ४ मा झारियो । सवारी साधनमा १५० सीसीभन्दा माथिका मोटरसाइकलसहित ३ सय डलरभन्दा बढीका मोबाइल र सबै प्रकारका मदिराको आयात खुलाइयो । तर, अन्य सवारी साधनको आयातलाई मंसिरसम्म रोकिएको छ । यसरी राजश्वको मुख्यस्रोत नै रोक्कामा परेपछि त्यही काम भित्रभित्रै गर्ने, अर्थात् संस्थागत तस्करी गरेर रकम आर्जन गर्ने नीति लिइएको अर्थविद्हरू बताउँछन् । भन्सार दर तलमाथि पारेर गाडी आयात गर्ने र चुनाव खर्च जुटाउने काम भइरहेको उनीहरूको आशंका छ । भनिन्छ, अहिले देशभरिका भारतीय सीमावर्ती जिल्लामा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को परिचालन त्यही शर्तमा गरिएको छ ।
2,082
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.चिरञ्जीवी खनालले गणतन्त्रप्राप्तपछि मुलुक विकासको बाटोमा अगाडि बढेको बताउनुभएको छ । कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी-६ (एसआर-६) जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेश सभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राख्नुभयो । कारागारमा रहनुभएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको जन्म दिन मनाउने क्रममा म्यान्मारका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कृषि र पूर्वाधार निर्माणमा जोड दिँदै ल्याएको छ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिनुभएको छ । विद्युत महसुल बक्यौता राखेका सामुदायिक विद्यालयको लाइन काटिएपछि पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रअन्तर्गत चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका २७ वटा विद्यालयको लाइन काटिएपछि ती विद्यालयका पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो । यतिबेला मगरबस्ती भूमे पर्वमय बनेका छन् । मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात् बलपूजाको अवसरमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलङ्गास्थित सहिद मैदानमा पनि उल्लासपूर्ण रूपमा भूमे पर्व मनाइएको पाइन्छ । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताउनुभएको छ । थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकेटको अलराउन्डरतर्फ विश्वकै छैटौँ वरीयतामा उक्लिनुभएको छ। ग १ ज ७२५४ नम्बरको जिप बिहीबार बिहान जाजरकोटको नलगाड नगरपालिका-१० रग्दामा दुर्घटना भएको हो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ ।
2,083
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी ७ लाख ६४ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन जेठ ३ गतेसम्म भर्न पाइनेछ । तोकिए बमोजिम आवेदन नपरेको अवस्थामा भने कम्पनीले जेठ १९ गतेसम्मका लागि समय थप गर्ने जनाएको छ । न्युनतम ५० कित्ता र अधिकतम ४ हजार २०० कित्ता समम्का लागि आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सँस्थाबाट सी— आस्वा मार्फत सेयर भर्न सक्ने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जननाएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।
2,084
दण्डहीनताले संरक्षण पाउँदा मानवअधिकार रक्षकहरुको अवस्था संकटपूर्ण बन्दै गएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
2,085
नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई जवाफ फर्काएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा पौडेलले दिएका थिए। प्रतिनिधिसभाको मंगलबारको बैठकमा गगनले पौडेललाई 'मेरो हिम्मत छ' भन्दै जवाफ फर्काएका हुन्। 'एक जना बलवान् सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छ', थापाले जवाफ फर्काउँदै भने, 'मेरो हिम्मत छ।’ उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्‍याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे। 'पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्‍याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म', थापाले भने, 'सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। एकीकरण गर्ने, र्‍यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने। सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन?’ उनले आफू काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद भए पनि काठमाडौंसँग सम्बन्धित योजनाहरूमा जोडिन सक्ने अवस्था बजेटले नबनाएको बताए। 'म प्रत्यक्ष निर्वाचित सांसद हुँ। विकासको मागसँग जोडिनुपर्छ भन्ने मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु', थापाले भने, 'बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित सहरीकरण, साइकल सिटीको कुरा छ। यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ। म यसमा जोडिन चाहन्छु। तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन।' थापाले थप्दै भने, 'सरकार मलाई यी सबैसँग अलग राख्छ र भन्छ - माननीयज्यू तपाईंले ६ करोड प्राप्त गर्नु भएको छ। जानुस् निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। किरियापुत्रीको भवन बनाउनुहोस्। जनतासँग जोडिनुस्। हामी निर्वाचन क्षेत्रका जनतासँग जोडिन ६ करोडको होइन, ६ अर्बको, ६ खर्बको हाम्रो ठाउँसग जोडिएको नीतिसँग जोडिन चाहन्छौं। योजनासँग जोडिन चाहन्छौं।’ उनले नेकपाको सिद्धान्त नभएकै कारण बजेट त्यस्तै आएको बताए। उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए। 'बजेटबारे अर्थमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, सांसद भएर खुसी हौं कि नागरिक भएर दुखी हौं अलमलमा परेको छ', थापाले भने ।
2,086
सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गरे। भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनिकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उनको भनाई थियो। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनकरणका लागि विद्यालय, कलेज, पाटी प्यालेस, सभाहलहरुको निर्माणमा ध्यान दिन पनि सचेत गराए। उनले भने, ‘सुरुवातमै हामीले नक्सा पास गर्दादेखि त्यसको निर्माण सम्पन्न भएको सर्टिफाई गरुन्जेलसम्म पनि मध्यनजर राख्न सकियो भने भूकम्पीय जोखिम न्यूनीकरण मापदण्ड हामीले अनुमति दिएका पूर्वाधार निर्माणका कामहरुलाई राम्ररी भयो कि भएन भनेर हेर्न सकियो भने यसको प्रभावकारी भूमिका निर्वाह गर्न सक्छौं। त्यसभन्दा बाहेक पनि हामीले सर्टिफाई गर्यौं, हुन्छ भन्यौ तर त्यसपछि मापदण्ड अनुसार भएकी भएनन् भनेर हेरेर, जाँचेर, बुझेर, त्यो मापदण्ड पालनाको कामलाई कडाईका साथ अघि बढाएर मात्र हामीले सर्टिफाई गर्न सक्यौ भने न्यूनिकरणमा धेरै ठूलो भूमिका हुन्छ।’ उनले थपे, ‘धेरै वर्ष बितिसकेका भवनहरु कुन अवस्थामा छन्? त्यसलाई पनि हेर्न सकियो र भएका ऐन, नियमहरुलाई यदि संशोधन गर्नुपर्ने अवस्था आएको छ भने, सच्याउनुपर्ने अवस्था आयो भने, मिलाउनुपर्ने अवस्था आयो भने पनि त्यसमा पनि निरन्तर छलफल गर्न सक्यौ भने प्रभावकारी हुन्छ भन्ने मैले विश्वास लिएको छु। र, सूरुवात त हामीले कहीँकतैबाट गर्नैपर्ने हुन्छ हामीले। सूरुवात यहीँबाट किन नगर्ने भन्नका लागि हामीले हामीले आफू जम्मा भएको हलमा नै इमर्जेन्सी इक्जिट छैन। अहिले भर्खरै भूइचालो गयो भने हामी यही जोखिममा पर्न सक्छौं। त्यसकारण आजैबाट यहाँ कम्तिमा एउटा इमर्जेन्सी इक्जिटको ढोका अध्ययन गराएर व्यवस्था गर्न म निर्देशन दिन चाहन्छु। यो अत्यन्तै महत्वपूर्ण कुरा हो। र, हरेक ठाउँहरुमा हामी पनि यसरी नै जोखिमपूर्ण ठाउँ छ भने आफैले त्यहीबाट सुरुवात पनि गरौं।’ उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याए। बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए। उनले ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाई गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको दृष्टान्त समेत प्रस्तुत गरे। मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्मरण गराए ।
2,087
काठमाडौँ – सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन्। समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।
2,088
कृषि क्षेत्रको कुल गा्रहस्थ उत्पादनमा योगदान बढाउन कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्न जोड दिनुपर्दछ । अल्पविकसित देशबाट विकशित देशमा फड्को मार्न तीव्रगतिमा औद्योगिक विकासमा, पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधार स्तम्भका रुपमा ग्रहण गर्दै पर्यटन प्रद्धर्धन तथा विकासका सम्भावनाहरुलाई अघि बढाउनु पर्दछ । प्राविधिक शिक्षा, स्वास्थ्य, युवा जनशक्ति विकास कार्यक्रम, विश्वभर र नेपालका सर्वश्रेष्ठ विकास विज्ञहरुको सहयोग र निजी क्षेत्रको सहभागिता, विदेशमा रहेका युवालाई देश फर्काउने योजनाको विकास तथा महिला सशक्तीकरणमा फोकस हुनुपर्दछ । केही मानिस धनी हुने नभई समाजका सबै वर्ग, क्षेत्र र समुदायलाई सम्पन्न बनाउन समग्र आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन मिलाउनुपर्दछ । दिगो विकासमा अति संवेदनशील हुँदै वातावरण संरक्षण तथा प्राकृतिक सम्पदाको उपभोगमा अति जिम्मेवार हुने नीति अनुसरण गर्नुपर्दछ ।
2,089
झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाइ छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुवै समुदायका लागि पवित्र स्थल पनि हो । इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि ‘भूमि कब्जा गर्न खोजेको’ भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो । यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमासविरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाइ छ । हिंसात्मक कारबाही तीव्र भएसँगै नयाँ प्यालेस्टिनी ‘इन्तिफादा’ अर्थात् विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल-प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ । शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठूलो पारिवारिक क्षति व्यहोर्नु परेको थियो । उनले भने, ‘इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।’ यो त प्रतिनिधि घटनामात्र हो । गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुवै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताएका छन् । यस पटकको आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराएका छन् । सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भिषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो‚ जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए । दुबै पक्षबीच युद्धबिराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले हालको युद्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिएका छन् । त्यसैले तत्कालै युद्धबिराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाईमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ । दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भएपनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहूले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशंका गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकू विमान प्रयोग गरी गाजाका ३५ ठाउँमा बम हमला गरेका थिए । सेनाको भनाइमा यी हमलाहरु खासगरी हमास र इस्लामिक लडाकूविरुद्ध केन्द्रित छन् तर यी आक्रमणमा मारिनेहरू ज्यादातर महिला, बालबालिका र अरु सर्वसाधारण छन् । केही लडाकूहरु पनि मारिएका खबर सार्वजनिक भइरहेका छन् । इजरायली आक्रमणको प्रतिरोध गरिरहेका हमास लडाकूहरुले दक्षिणी इजरायली भूमिमा लगातार क्षेप्यास्त्र प्रहार गरेर परिस्थितिलाई अझ उत्तेजित बनाएका छन् । यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजारभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्तराज्य अमेरिकाले शान्त, व्यापक कुटनीतिक प्रयास जारी राखेको तथा आफूहरुले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताएका छन् । उनले द्वन्द्वका बारेमा आफूहरुले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरु गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । तर राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहूले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आतंकवादी हमलाको प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिएका छन् ताकि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाउन् । इजरायल र प्यालेस्टिनीको विवाद आआफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मेटाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ । अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौंदेखिको यो द्वन्द्व सम्भवत समाधानतर्फ उन्मूख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती बिस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा लडाकू समूहको उदयले द्वन्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ । बरु, इजरायल र हमासले एकअर्का विरुद्ध गरिरहेका जथाभावी हमलाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
2,090
संघले एसियन सेन्ट्रल जोन र बंगलादेशलाई प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिएको छ । संघले कोभिडका कारण प्रतियोगिता अन्तर्राष्ट्रिय आयोजनामा बाधा परेकोमा यो सुरुवातलाई स्वागत गरेको छ । अब संघले चाडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । यसै वर्ष नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर अन्तिम समयमा एभीसीले कोरोनाको कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । पछि कोभिडकै कारण प्रतियोगिता रद्द भएको थियो । नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । नेपालले अपराजित रहँदै उक्त प्रतियोगिता जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्टमा समूह चरणबाट बाहिरिएको थियो । पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् ।
2,091
जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन्। भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन्। चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । “स्थानीयस्तरबाट चितुवा नियन्त्रणका लागि भएको प्रयास असफल भएपछि विज्ञ टोलीको सहयोगमा चितुवा नियन्त्रणमा लिन खोजिएको हो,” बरालले भने, “उक्त टोलीले नतिजा निकाल्नेमा विश्वस्त छौं ।” विज्ञ टोलीका साथमा स्थानीय शिकारीलाई पनि परिचालन गरिएको छ। कोषका वरिष्ठ विज्ञ डा सुवेदीले दुई महिनाभित्रै परिणाममुखी काम देखाउने गरी टोलीले काम शुरु गरेको जानकारी दिए । उनका अनुसार चितुवा प्रभावित वडाबाट दुई÷दुईजना स्थानीयवासीलाई टिममा सहभागी गराइएको छ । “यस ठाउँको यथार्थ जानकारी भएका स्थानीयवासीलाई टिममा समावेश गरेपछि हामीहरुलाई काम गर्न सहज हुन्छ,” डा. सुवेदीले भने, “जङ्गलको सबै ज्ञान उनीहरुलाई हुने हुँदा उनीहरुकै सहयोगमा चितुवा नियन्त्रणमा लिनेछौं।” डा. सुवेदीका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान गरिनेछ । उनका अनुसार चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिनेछ । चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ। देशका ७७ वटै जिल्लामा चितुवा पाइन्छ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको बढी समस्या रहेको छ । उनका अनुसार बुढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ। “जङ्गलमा पाइने जनावर चोरी शिकारीले नष्ट हुँदै गएपछि चितुवा आहारा खोज्दै बस्ती नजिक आउने गरेको पाइएको छ,” डा. सुवेदीले भने, “बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ।” चितुवालाई प्रतिदिन चार किलो मासु आवश्यक पर्दछ। चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । चितुवा प्रभावित वडाका सामुदायिक वनमा ९ वटा परम्परागत खोर राखिएको छ। भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
2,092
मोरङमा सात महिनाअघि बैंकिङ लोनको प्रलोभन देखाएर भएको बलात्कारको घटनाबाट पीडित बनेकी युवती बकपत्र दिन आउँदा आइतबार अदालतमै बेहोस भएर ढलिन् । पीडक पक्षको पैसामा मिल्न अत्याधिक दबाबका कारण पीडासँगै मानसिक तनाव झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन् । उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ । पीडक पक्षले पैसाको लोभ देखाउँदै दिएको विभिन्न दबाब र धम्कीका कारण उत्पन्न तनाव थेग्न नसकेर बकपत्रका दिन युवती अदालतमै बेहोस भएको पीडित पक्षको दाबी छ । घटनाअनुसार २०७५ साल चैतमा पाँच लाख रुपैयाँ ऋण माग गर्न विराटनगर घर भएकी युवती मोरङको कर्सियास्थित नेपाल बंगलादेश बैंकको शाखा कार्यालय पुगेकी थिइन् । त्यसक्रममा बैंकका शाखा प्रबन्धक झापाको बिर्तामोड ५ पञ्चमुखी टोल घर भएका ४५ वर्षीय अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । प्रहरी अनुसन्धानबाट चैत २२ गते मोरङको रंगेली नगरपालिका ७ मा रहेको मेलिना होटल र चैत २६ गते सुनसरीको इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा बलात्कार गरेको खुलेको छ ।
2,093
प्रहरीको हिरासतमा एक जना युवाको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । हिरासतमा प्रहरीले यातना दिएको कारण मृत्यु भएको आरोप स्थानीयको छ । भोक्राहाका मोहम्बद हाकीम साहको प्रहरी हिरासतमा बिहान मृत्यु भएपछि आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घरेलु हतियार सहित आएका स्थानीले आक्रमण गर्दा १२ जना भन्दा बढी प्रहरी घाइते भएको जानकारी दिए । भिड नियन्त्रण गर्न प्रहरीले १२ भन्दा बढी पटक अश्रुग्याँस प्रहार गरेको छ । १३ दिन अघि पक्राउ परेका मोहम्मद हाकिम साहलाई आज अदालत बुझाउने तयारी थियो । अदालत बुझाउनु अघि नै बिहान हिरासतमा रहेका कैदीहरू सुतेको बेला मोहम्बद हाकीमले आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए । ​ थापाका अनुसार कार्यालयको सिसी टिभी फुटेज हेर्दा गम्छाको पासो लागेर हिरासतको ढोकामा झुन्डिएको देखिएको छ । मृतकका आफन्तले भने प्रहरीले हत्या गरेको दाबी गर्दै नाराबाजी गरिरहेका छन् । प्रेम विवाह गरेका हाकीमलाई धनकुटाबाट पक्राउ गरेर प्रहरीले अभद्र मुद्दा चलाएको थियो । सुनसरी इनरुवा–९ की युवतीसँग उनले प्रेम विवाह गरेका थिए । अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका कारण हाकीम र उनकी प्रेमिकालाई परिवारले पटक पटक छुटाउँदै आएको थियो । पटक पटक छुटाउँदै आए पनि १३ दिन अघि भने प्रहरीले उनलाई पक्राउ गरेर अभद्र मुद्दा दायर गरेको थियो । त्यसयता हिरासतमा रहेका साहको आज बिहान मृत्यु भएको प्रहरीको दाबी छ ।
2,094
आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको हो। बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।
2,095
मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् । माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ । विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
2,096
०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्राडा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको हो । प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
2,097
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए । रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।” भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये ५०, ३३ जना महिला र १८ जना पुरुषको मृत्यु भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । बेला बेलामा हुने यस्ता विपद्मा महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
2,098
युरोकप २०२० फुटबलको फाइनलमा अहिले इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा भइरहेको छ। वेम्बली स्टेडियमा जारी खेलमा इङ्ल्यान्डले पहिलाे हाफ सकिँदा १-० गोलको अग्रता बनाएको छ। खेलको दोस्रो मिनेटमा लुक शाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका हुन्। किएरन ट्रिपिएरले फार पाेस्टमा दिएकाे लामाे पासलाई अनमार्कमा रहेका शाले बल नियन्त्रणमा लिँदै गरेकाे प्रहार इटालीका डिफेन्डर र गाेलरक्षकलाई बिट गर्दै गाेलमा परिणत भएकाे थियाे। प्रशिक्षक ग्यारेथ साउथगेटले रणनीतिमा परिवर्तन गर्दै विंगर बुकायो साकाको स्थानमा डिफेन्डर ट्रिपिएरलाई पहिलो रोजाइमा उतारेका थिए। उनी वाल्कर राइट ब्याकबाट सेन्टर ब्याक खेल्नेछन्। आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन्। इङ्ल्यान्ड पहिलोपटक युरोकपको फाइनल खेलिरहेकाे छ। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेलिरहेकाे छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
2,099
मंगलबार माइक्रोसफ्टले ओपनएआईसँग सहकार्य गरेर उक्त एआई मोडल सार्वजनिक गरेको हो। गत वर्ष नोभेम्बरमा ओपेन एआई कम्पनीले च्याटजीपीटी सार्वजनिक गरेको थियो। जसले छोटो समयमा विश्वभर ठूलो तरंग ल्याएको थियो भने उक्त एआई गुगलका लागि मात्रै नभएर मान्छेको क्रियटिभिटीका लागि पनि खतरनाक भएको भन्दै टिप्पणी भएका थिए। यसमा सन् २०२२ सम्म विश्वमा घटेका घटनाको अपडेट थियो। प्रयोगकर्ताले कुनै व्यक्तिसँग च्याट गरेजसरी आफूलाई चाहिएको विषयमा जिज्ञासा राख्न सक्थे, जसको उक्त एआईले सटिक जवाफ दिन्थ्यो। यसले कुनै विषयमा कविता तथा कथा जस्ता रचनात्मक लेखन पनि गर्नसक्थ्यो, यद्यपि त्यो भावनात्मक रूपमा बलियो भने हुन्थेन। त्यसैको अपडेटेड भर्जनका रुपमा जीपीटी ४ सार्वजनिक भएको हो। माइक्रोसफ्टले सोही कम्पनीसँग सहकार्य गरी च्याटजीपीटीभन्दा ५ सय गुणा प्रभावशाली नयाँ मोडल जीपीटी ४ सार्वजनिक गरेको हो। यो नयाँ मोडल गुगल डक्स, जिमेल, सिट्स र स्ल्याड्समा उपलब्ध हुने बताइएको छ। जसले विभिन्न सवालको जवाफ दिने, प्रयोगकर्ताका लागि आवश्यक लेख लेख्ने, लेखलाई सम्पादन गर्ने, ग्राफिक्स र तस्वीर डिजाइन गर्ने, इमेल लेख्ने, शुद्धाशुद्धी हेर्ने र गलत भएका कुराको जानकारी दिनेसम्मको काम गर्नेछ। यति मात्रै नभई जीपीटी ४ ले मान्छेकै जत्तिको प्रदर्शन पनि गर्नसक्ने दाबी कम्पनीले गरेको छ। यस्तै फोटो र भिडियो खोज्ने काम पनि यसले गर्नसक्नेछ। माइक्रोसफ्टले दाबी गरेअनुसार यसले स्वस्फूर्त रूपमा मेलको रिप्लाई समेत गर्नेछ। विस्तारै अन्य फिचरहरू पनि यसमा समावेश हुने कम्पनीले जनाएको छ। यद्यपि यसको पहुँच अहिले कम्पनीका केही व्यक्तिसँग मात्रै रहेको छ। सन् २०२३ को अन्त्यसम्म सर्वसाधारणले प्रयोग गर्नसक्नेगरी सार्वजनिक गर्ने तयारी कम्पनीको छ। जीपीटी ४ मानिसको दैनिक जीवनमा उपयोगी साधनका रुपमा स्थापित हुने भन्दै धेरैले यसको प्रशंसा गरे पनि यसले मानवीय जीवनमा संकटसमेत ल्याउने भनी आलोचना समेत गरेका छन्। च्याटजीपीटीमा केही कमजोरी भएकोमा जीपीटी ४ धेरै स्मार्ट भएर सार्वजनिक भएको निर्माण कम्पनीले दाबी गरेको छ। दुरुस्तै मानिसले जस्तो लेख्न सक्ने भएकाले यसले धेरै मानिसको जागिर खाइदिन सक्ने विश्लेषण विज्ञहरूले गरेका छन्। च्याटजीपीटी सार्वजनिक भएपछि जिमेलका संस्थापक पल जुप बुचियटले यसले गुगललाई दुई वर्षभित्र बर्बाद गरिदिन सक्ने टिप्पणी गरेका थिए। उक्त उपकरणलाई गल्ती पनि सच्चाउने गरी तालिम दिइएकाले यसले मान्छेले जस्तो गल्ती नगर्ने र मानिसका लागि चुनौतीपूर्ण हुनसक्ने विश्लेषण साओ पाउलो युनिभर्सिटीका प्रोफेसर अल्भारो मचाडो डायसले गरेका थिए। क्रियटिभ लेखनको क्षेत्रमा जागिर खाइरहेका धेरैका लागि यो खतरनाक हुनसक्ने टिप्पणी ब्राजिलियन अनुसन्धानकर्ता यूरी लिमाले गरेका थिए। उनले यो शिक्षासँग सम्बन्धित भएकाले यसको सदुपयोगका लागि सचेत गराउन आवश्क रहेको बताएका थिए। उक्त उपकरण सर्वसाधरणको प्रयोजनमा आए सहजताका साथ यसले संकट पनि निम्त्याउन सक्ने टिप्पणी विश्लेषकहरूको छ ।