Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,900 |
यो अवस्थामा रौँ बन्ने कोषहरू एकदम विकसित हुन्छन् । हुन त यो वंशाणुगत कुरामा पनि भर पर्छ, तथापि यो अवस्था लामो हुनेहरूको कपाल एकदम बढ्छ र लामो हुन्छ भने छोटो हुनेको त्यति नबढ्ने भएकाले छोटो हुन्छ । एन्लाजेन पछिको क्याटजेन अवस्था करिब दुई हप्ताको हुन्छ र यस अवस्थामा पुराना कोषहरू मार्दै गरेका हुन्छन्, बाहिर धकेलिने प्रक्रिया बिस्तारै सुरु हुँदै गइरहेको हुन्छ र रौँ त्यति बढ्दैन । त्यसपछिको टेलोजेन अवस्थामा रौँ जराबाट छुटिन्छ र झर्छ ।
|
1,901 |
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो। हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।
|
1,902 |
बुढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका पर्वतका २५ बृद्धको आँखाको ज्योती फर्किएको छ । पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबहरुको सहयोगमा निशुल्क मोतीया बिन्दुको अप्रेशन भएपछि बृद्धहरुको आँखाको ज्योती फकिएको हो । लामो समय समय सम्म गाउँमै उपचारको अभाबमा अन्धोपन पालेर बसेका बृद्धहरुले बुढेसकालमा राम्रो संग संसार देख्न पाएकोमा भएका छन ।
पर्वतको उत्तरमा पर्ने जलजला गाउँपालिकाको लेकफाँट तथा कुस्मा नगरपालिकाको ज्ञादी र कुस्मामा चार दिन सम्म शिबीर सञ्चालन गर्ने क्रममा मोतिया बिन्दुको समस्या भएका बृद्धहरुको निशुल्क अप्रेशन गरिएको कर्माचार्यले बताउनुभयो । पर्वतका पाँच लायन्स क्लब र एक लियो क्लबको आयोजनामा भएको शिबीरमा ८ सय जनाको आंखा जाँच गरिएको छ भने जलजला गाउँपालिकाका १ सय ५० जनालाई निस्शुल्क औषधि तथा चश्मा वितरण पनि गरिएको छ । शिबीरमा हिमालय आँखा अस्पताल पोखराले निशुल्क अपरेशनको व्यवस्था गरिदिएको थियो । अस्पतालकी नेत्ररोग बिशेषज्ञ डा. वविता गुरुङ्गको नेतृत्वमा स्वास्थ्यकर्मीले अप्रेशन गरेका थिए ।
|
1,903 |
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्गको प्रिफिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययनको काम सकिएको छ । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको सडक विभागले जनाएको छ । २०८० साल जेठमा सुरुङमार्ग निर्माणका लागि प्रिफिजिबिलिटी अध्ययनको काम सुरु गरिएको हो । २०७८ सालमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै रिपोर्ट तयार गरेको थियो ।
|
1,904 |
राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको बताएका छन्। सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कानून, संविधान र संसद्ले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेपनि समाजमा अझैपनि पूर्णरुपले अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले भनेका छन्, ‘जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो। सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जातजाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदको विरूद्धमा दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन म सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज र संचारकर्मीहरूलाई संवेदनशील हुन हार्दिक आव्हान गर्दछु।’ राष्ट्रपति पौडेलले आजकै दिनबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न प्रेरित भएर लाग्न समेत आग्रह गरेका छन्। ‘सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि हुन्छ भन्ने लाग्दछ। तथापि, समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको पूर्णत अन्त्य हुन सकिरहेको अवस्था छैन,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प राखेको छ।’ नेपाल वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिक संसद्बाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको थियो। त्यही दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत दिवस मनाउँदै आएको छ ।
|
1,905 |
फणिन्द्र पाण्डे, ओसियन श्रेष्ठ र कृष्णशरण थापा ट्रली ब्वाई बनेर खाडी छिरेका थिए । मिहेनत गर्दै गए । बिदेशीसँग प्रतिस्पर्धा गर्दै आफ्नो काममा मिहेनत पुर्वक लागेपछि पाण्डे क्यारिफोरका डिर्पाटमेन्ट प्रमुखसम्म बने । ओसियन र कृष्णशरण म्यानेजर भए । पाण्डे भन्छन,‘७ सय दिराम तलब खान हिडेको नेपाली युबाले १० लाख रुपैयासम्म तलब पाउछ भन्ने कहिल्यै पनि सोचेको थिइनँ ।’ ‘तँ भित्र भिन्नै क्षमता देखेको छु । क्यासिएर बनाइदिए भने बढीमा सुपरभाइजरसम्म हुन्छस्’, म्यानजेरले भने,‘हेर फनि अहिले जे काम दिएको छ । त्यही गरेर बस ।’निजगढका फणिन्द्र पाण्डेलाई सबैले ‘फनि’ भनेर बोलाउथे । उनी ट्रली ब्वाई थिए । सुपरमार्केटमा सामान किन्न आएका ग्राहकले पार्किङतिर छोडिदिएको ट्रलीलाई जम्मा गर्दै भित्रसम्म लैजानु उनको काम थियो । जथाभाबी छाडिदिएको ट्रलीलाई एकमाथि अर्कासँग जोड्दै लामो बनाएर गेटमा लगेर छोडिदिन्थे । त्यहाँबाट ग्राहकले लिएर जान्थे । ट्रली एकैछिनमा सकिन्थ्यो । जतिसक्दो छिटो खोजेर ट्रली उपलब्ध गराउनु उनको दायित्व हुन्थ्यो । आफुसँगै आएका अधिकांस साथीहरु बढुवा भएर क्यासिएर बनेका थिए । उनीहरु सेतो सर्ट र कालो पाइन्टमा टाई लगाएर एसी भित्र कुर्सीमाथि बसेको देख्थे । ट्रली ठेल्ने हातले दिराम गनिरहेका हुन्थे । पढेलेखेका उनलाई पनि टाई लगाउन मन थियो । साथीहरुका अगाडि बाहिर ट्रली ओर्सन लज्जाबोध भइरहेको थियो । ब्यबस्थापनले बढुवा गरिहाल्ने स्थिति नदेखेपछि उनी सिधा म्यानेजरसँग आँखा जुधाउन पुगेका थिए । एउटा लेबरले म्यानेजरसँग बहस गर्न पुग्नु भनेको ठुलै कुरो हुन्थ्यो ।म्यानेजरले क्यासिएरको सट्टा ‘अरु’ नै बनाइदिने आश्वासन दिएपछि फुरुङ भएर फणिन्द्र ट्रली जोडतोडका साथ ओर्सन थाले । ट्रली ब्वाईकै काम गर्न १९९८ डिसेम्बर २५ मा युएई पुगेका थिए फनि । टोलीमा ३९ जना थिए । जानेहरु सबै पढेलेखेका । हेर्दा त्यतिकै स्मार्ट । केही गरौ भन्ने युवा जोस । त्यतिखेर तलब आउथ्यो, ७ सय दिराम । खान र बस्न कम्पनीकै हुन्थ्यो ।धेरैले त्यही गएर बुझे,‘राम्रोसँग सिक्दै गए माथि जाने यही प्रस्थान बिन्दु हुन सक्छ ।’ कम्पनीबाट पढाई, सीप र क्षमताका आधारमा क्यासिएर छानिएकाहरु भित्र छिरिहाले । फणिन्द्र सेतो रंगको डाङ्ग्री लगाएर मार्च (१९९९)सम्म ट्रली धकेली रहे । सेतो डाङ्ग्रीबाट रातो डाङ्ग्री लगाए । पद उही ट्रली ब्वाईकै थियो । मार्केटमा नयाँ सामानको प्रमोशन दुई महिना चलेको थियो । उनलाई त्यही सामान बेच्न ग्राहकलाई पट्ट्याउनु थियो । ग्राहक राम्रैसँग पट्ट्याए । प्रमोशन सकिएपछि उनलाई जुनिएर स्टोकर (सेल्सम्यान) मा बढुवा गर्यो । ननफुड अर्थात स्टेशनरी सामान किन्न आउने ग्राहकलाई सहयोग गर्नुपर्दथ्यो । ‘ट्रली छोड्नुपर्दा मन उडेको थियो’, भने,‘कम्पनीले पत्याएर दिएको जिम्मेवारीलाई पुरा गरेर देखाउनु थियो । मिहेनत बढाएँ ।’ त्यसको एक बर्षपछि उनी सिनियर स्टोकरमा बढुवा भयो । त्यतिञ्जेल सामानबारे धेरै जानकार भइसकेका थिए । ग्राहकलाई आकर्षत गर्ने तरिका बुझिसकेका थिए । अंग्रेजी बोल्ने अभ्यास भइसकेको थियो । उनलाई सेक्सन जुनिएर सुपरभाइजुर हुन एक बर्ष पर्खनु परेन । २००२ मा अलअजमानबाट सरुवा भएर बरदवईस्थित क्यारिफोरमा आइपुगे । क्यारिफोर भर्खरै खुलेको थियो । उनलाई त्यहाँ पठाउदा सिनिएर सुपरभाइजर बनाएको थियो । ‘पहिला सामान बेचे पुग्थ्यो । अब आफुभन्दा मुनिकालाई खटनपटनका साथै त्यस सेक्सनको सबै जिम्मेवारी आफ्नो टाउको माथि पथ्र्यो’, उनले भने,‘यो काम गर्दै गरेको एक बर्ष भएको थिएन । म्यानेजर हुने क्यारिफोरको पहिलो नेपाली बन्न पुगें ।’ म्यानेजर बनेपछि तलब ५ हजार दिराम पुग्यो । अरु सेवासुबिधा त छँदै थियो । साथमा परिवार राख्न पाउने सुबिधा पनि । उनको जिम्मेवारीमा नन फुडमा घरयासी सामान हेर्नुपथ्र्यो । ‘सामान्यतय जुन क्षेत्र हेरिरहेका हो । त्यसैलाई त्यही क्षेत्रको जिम्मेवारी दिंदैन्थ्यो । म पाउने भाग्यमानी म्यानेजर बनेें’, उनले भने,‘यसले मलाई काम गर्न थप सजिलो बनाइदियो ।’ उनी जिन्दगीको सबैभन्दा महत्वपुर्ण उपलब्धी ‘मल अफ इमिरेट्स’ खोल्दाको क्षणलाई ठान्छन् । ‘मल अफ इमिरेट्स दुबईको निकै ठुलो मल थियो । यो खोल्ने बेला म पनि एउटा सदस्य हुँ । जुन मेरो जीवनको ट्रनिङ प्वाइन्ट थियो’, उनले भने,‘अहिले सम्झदा पनि गर्ब लागेर आँउँछ । ‘मलाई नन फुडको बिभागीय प्रमुखमा बडुवा गरियो’, उनले भने,‘एउटा ट्रली ब्वाईमा आएका नेपाली केटोले यो जिम्मेवारी पाउनु कम थिएन ।’कतार गएर सिटी सेन्टरमा रहेको क्यारिफोरमा हेरें । त्यसपछि ल्याण्डमार्कको जिम्मेवारी लिएँ । ‘मैले म्यानजेरसम्म होला भन्ने सोचेको थिएँ । बिभागीय प्रमुख नै होइन्छ भन्ने लागेको थिएन’, उनले भने, ‘बिभागीय प्रमुख भएर ५ बर्ष काम गरें । एउटा नेपालीले तल्लो तहमा काम गर्ने नेपालीलाई माथि ल्याउन सक्ने र मिल्नेसम्म काम गरे ।’ आफ्नो जिम्मेवारी त छदैछ । प्रश्न उठाउने मौका दिएनन् । उनलाई सधै साइकलको पाङ्ग्रा जस्तो भएर बस्न मन लागेन । ‘हामी नेपालीको हैसियतमा पाउने यति रहेछ । यो भन्दा माथि राष्ट्रियताले हेर्न थालियो’, उनले भने,‘जेनरल म्यानेजर जति भएका छन् । सबै फ्रेन्च र लेबनीजहरु भए । नेपाली पाउने सम्भाबना देखिनँ ।’ क्यारिफोरमा ट्रली ब्वाईबाट शुरु गरेको जागिर १६ बर्षपछि २०१४ मा बिभागीय प्रमुख हुँदै इज्जत साथ छोडे । ‘आर्थिक रुपमा दाँज्ने हो शुरुको तलब ७ सय दिराम थियो । निस्कने बेला १० लाख रुपैया लिन्थे’, उनले भने,‘मलाई खाडीले पैसा मात्रै कमाउन सिकाएन । पदीय जिम्मेवारी निभाउने र आफ्नो क्षमता तिखार्न पनि सिकायो । कतारमा नेपाली साथीभाईसँग मिलेर सानो ब्यबसाय गर्न थालेका छन् । नेपालमा सुपरमार्केटको क्षेत्रमा करियर बनाउन चाहने नेपालीलाई दक्ष बनाउन तालिम केन्द्र खोलेका छन् । जसमा उनलाई साथ दिएका छन, हेटौडाका ओसियन श्रेष्ठ र भक्तपुरका कृष्णशरण थापा । दुबै जना क्यारिफोरकै म्यानजेर पदमा पुगेर स्वदेश फिरेका हुन् । ‘संयोगले हामी कतारको ल्याण्डमार्कमा एउटै शाखामा काम गर्ने मौका मिल्यो । त्यहाँ नै देशमै सपुरमार्केटको क्षेत्रमा काम गर्न चाहने नेपालीलाई दक्ष बनाएर पठाउनुपर्छ भन्ने योजना बन्यो’, श्रेष्ठले भने,‘त्यहाँ बनेको योजना यहाँ आएर कार्यान्वयनमा ल्याएका हौं ।’ओसियनले क्यारिफोरमा साढे १२ बर्ष बिताए । उनले ट्रली ब्वाईमा दुई महिना गरेपछि स्टोकर दुई बर्ष र ८ बर्ष म्यानेजर भए । ‘स्टोकरमा ज्यादै मिहेनत गरें । अर्को कुरा मिहेनत मात्रै गरेर पनि नहुदोरहेछ । म्यानेजरको आँखामा पनि पर्नसक्नु पर्दोरहेछ’, उनले भने,‘तीन बर्षमै स्टोकरबाट सुपरभाइजर नबनाई एकैपटक म्यानेजरमा बढुवा भएँ । यसमा मेरो लक पनि हो ।’उनका अनुसार नेपाली सिरियन, लेबनीज र फ्रेन्चहरु बढी मिहेनती हुन्थे । ‘फरक यति हो । हामी आफै कडा मिहेनत गर्छौं । उनीहरु अरुलाई काममा लगाउन सिपालु हुन्छन्’, उनले भने,‘मैले म्यानेजर भएपछि त्यही गर्न थालें । आफु योजना बनाउने । त्यसलाई कार्यान्वयन अरुबाट गराउने । यसमा सफल पनि भएँ ।’ ओसियनको सबैभन्दा ठुलो उपलब्धी भनेको क्यारिफोरमा चालिआएको प्रणालीलाई नै परिवर्तन गरिदिए । ‘सामानको मिति सकिएको सामान बेच्यो भने ठुलो कारबाही हुन्थ्यो । यसलाई थाहा पाउन मैले आफैले सिस्टम बनाएँ । त्यसलाई ब्यबस्थापनमा लगेर प्रस्तुती गरे । त्यो नै अहिले खाडीका सबै क्यारिफोरमा चलिरहेको छ’, उनले भने,‘चलिरहेको सिस्टमलाई नै चेन्ज गर्नु नेपालीको लागि ठुलो कुरो हो ।’ दुबईबाट कुबेत हुदै कतार पुगे । कतार पुगेपछि नेपालमै साहुजी बन्ने सपना देख्न थाले । उनको एउटा रेष्टुरेन्ट पनि छ । उनीले पनि क्यारिफोरमा झन्डै १४ बर्ष बिताए । २००१ मा ट्रली ब्वाईबाट छिरेका उनी क्यासिएर, सुपरभाइजर हुदै म्यानेजर भए । ‘शुरुमा सारजाहाको सिटी सेन्टरमा परेको थिए । त्यतिखेर ५३ जना नेपाली थियौं । हामीलाई सुपरमार्केट सम्बन्धी केही ज्ञान थिएन । म्यानपवारले कोही सुनको पसल, कोही लुगा पसलभित्र काम गर्नुपर्ने हो भन्थे । त्यहाँ गएपछि मात्रै थाहा पायो’, उनले भने,‘दुई बर्ष काम गरेपछि फर्किनु पर्ला भन्ने लागेको थियो । त्यहाँ पुगेपछि थाहा भयो कि राम्रोसँग काम गर्यो भन्यो भने क्यारियर बन्दोरहेछ ।’ दुबईमा ५ बर्ष, कुबेतमा तीन बर्ष र कतारमा ७ बर्ष काम गरे । उनले त्यहाँ क्यारिफोरमा काम गर्न आउनेलाई प्रशिक्षण पनि दिन थाले । ‘हामीले जीबनमा सुपरमार्केटको सस्कृतिबारे सिक्न पायौ । अनुभब बटुल्यौ । नेपालबाट सधै नबुझी आउनेहरु मात्रै भए भन्ने मनमा लागिरह्यो । हामीबीच छलफल भएपछि सुपरमार्केटको सस्कृति, जिम्मेवारी, काम गर्ने तरिकाबारे तालिम दिनुपर्छ भन्ने लागिकरह्यो’, उनले भने,‘त्यही भएर हामी तीन एकटाँउमा छौं ।’सुपरमार्केटको क्षेत्रमा करियर बनाउन चाहनेहरुकाले लागि उनीहरुले सिनामंगल, काठमाडौंमा ‘इन्टरनेशनल स्किल डेभलप्मेन्ट’ शुरु गरेका छन् । उनीहरु भन्छन्,‘हामीले त्यही गएर सबै सिक्नुपर्यो । अबका पुस्तालाई हामीले खाडीमा सिकेका अनुभब र क्षमता बाँड्नेछौं ।
|
1,906 |
राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । विभागले चार जनाविरुद्ध चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ । विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।
|
1,907 |
हेटौंडा– स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा तीन सय ८८ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वडाको अध्यक्ष, वडा सदस्य गरी ९७ पदका लागि तीन सय ८८ जना मैदानमा उत्रिनेछन् । यसअघि हेटौंडामा जम्मा चार सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये शनिवारसम्ममा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए तर तीन जनाले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार बाँकी छन् । यसैगरी उपमेयरका लागि ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि उपमेयर पदका लागि नौ जना मैदानमा रहनेछन् । यस्तै, १९ वटा वडा अध्यक्षका लागि ९३ जना रहेका छन् । एक सय ११ जनाले उम्मेदवारी मनोनयनय गराए पनि १८ जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ वडा अध्यक्ष पदका लागि ९३ जनाले सहभागिता जनाउने छन् । महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि दुई सय ६८ जनाको उम्मेदवारी परेको छ । १९ वटा वडाको ७६ सदस्य पदका लागि दुई सय ९४ जनाले उम्मेदवारी दिएका थिए भने २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खराल रहेका छन् । स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले निर्वाचनमा सहभागिता जनाउने छन् । सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेका सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले, स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उपमेयर पदका लागि मैदानमा उत्रिने छन् ।
|
1,908 |
दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिराले थप जोखिम बढाएकाले यहाँका नागरिक त्रस्त छन् । गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयवासीले बताए । सिरीजङ्घा गाउँपालिका-८, याम्फुदिनमा दुईवटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । स्थानीयवासी पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावरहाउस बाढीले क्षति पुर्याएको छ भने अर्को १५ किलोवाटको पाइप पनि बगाएको छ । यस्तै स्थानीय जगत्बहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाका कारण बाढी र पहिराको जोखिम रहेकाले विद्यालयहरु बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताए । ‘विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढी पहिराको त्रासमा छन्,’ उनले भने । विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिमलगायत ठाउँमा वर्षा भइरहेको छ ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
|
1,909 |
लोक सेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ । काठमाडौं, मंसिर २६। कोरोना भाइरसपछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ । उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय काठमाडौं, मंसिर २६ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणमा मुलुकको ध्यान गइरहे पनि सरकारले भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रगति विवरणले देखाएको छ । झोलुङ्गे पुल, सडक काठमाडौं, मंसिर २६ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महीनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ ।कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः एजेन्सी, २५ मंसिर । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन अहिलेसम्म विकास भएका भ्याक्सिनमध्ये सबैभन्दा बढी प्रभावकारी रहेको दाबी गरिएको छ । स्पुतनिक भी नामक उक्त भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी रहेको दाबी काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ काठमाडौं, २५ मंसिर । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा काठमाडौं, २५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य काठमाडौं, २५ मंसिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको काठमाडौं, २४ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ९२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म ६ करोड ९२ लाख ३९ हजार ६ सय कञ्चनपुर, मंसिर २५ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका काठमाडौं, २४ मंसिर । २४ घन्टामा काठमाडौं उपत्यकामा ५०७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ५६ जना संक्रमित थपिएकोमा काठमाडौमा मात्र ५०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले देशमा तलदेखि काठमाडौँ, ६ साउन । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान काठमाडौं,६ साउन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।
|
1,910 |
विश्व क्रिकेटकै बलियो देश भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । फाइनल पुग्ने दबाबयुक्त खेलमा १६९ रनको विशाल लक्ष्य पछ्याउँदा पनि इंग्ल्यान्डले विना विकेट चार ओभर बाँकी छँदै फाइनलमा पाकिस्तानविरुद्धको भेट पक्का गरेको हो । तर फाइनलमा पुग्दा सानदार खेल देखाएको इंग्ल्याण्ड निक्कै धर्मराउँदै सेमिफाइनलमा पुग्न सफल भएको थियो । सुपर १२ काे पहिलो खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्यान्ड ५ विकेटले विजयी हुँदासम्म सेमिफाइनलको यात्रामै थियो । तर जब दोस्रो खेलमा आयरल्यान्डसँग इंग्ल्यान्ड पानी परेपछिको डिएल मेथडमा ५ रनले स्तब्ध हुन पुग्यो तब उसको सेमिफाइनल यात्रा धर्मराएको थियो । किनकी आफूभन्दा निक्कै कमजोर मानिएको टिमसँग हार्नु र टफ समूह हुँदा इंग्ल्यान्डलाई सहज थिएन । किनकी सोही समूहमा न्युजिल्यान्ड र अष्ट्रेलियाजस्ता बलिया टोली थिए । तेस्रो खेलमा वर्षाले खेल रोकिएपछि इंग्ल्यान्ड र अष्ट्रेलियाले एकएक अंक बाँडेका थिए । चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गर्न इंग्ल्यान्ड सफल भयो । जसले सेमिफाइनलमा उसको आशा जगाएको थियो । अन्तिम खेलमा श्रीलंकालाई चार विकेटले पराजित गरेपछि इंग्ल्यान्ड अष्ट्रेलियालाई पछि पार्दै बढी रनरेटका आधारमा सेमिफाइनल पुग्न सफल भएको थियो । जबकी शीर्ष तीन टोली न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७\७ अंक थियो । रनरेटमा न्युजिल्यान्ड धेरै अगाडि थियो । श्रीलंकालाई जितेपछि बराबरी अंक र रनरेटमा अष्ट्रेलियालाई पछि पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । त्यो म्याचमा श्रीलंका जितेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो । सुपर १२ को पहिलो खेलमा न्युजिल्याण्डसँग शर्मनाक ८९ रनको पराजयले नै आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने कारण बन्यो । किनकी २०१ रनको विशाल लक्ष्य पछ्याउँदा अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १११ रनमा रोकिएको थियो । जसले उसको रनरेट माइनसमा लगिदियो । फेरि पानीले विथोलेपछि इंग्ल्यान्डसँग अंक बाँड्दाको घाटासमेत अष्ट्रेलियालाई भयो । यसको फाइदा अन्ततः इंग्ल्यान्डले उठाउँदै रनरेटमा अघि रहँदै सेमिफाइनलसम्म पुग्यो । सेमिफाइनलमा भारतसँगको प्रतिस्पर्धामा आउँदा भने इंग्ल्यान्ड निक्कै आक्रामक देखिएको छ । अब फाइनलमा दुई दिनपछि पाकिस्तान र इंग्यान्डबीच उपाधिका लागि भिडन्त हुनेछ । पाकिस्तान पनि धर्मराउँदै न्युजिल्यान्डलाई पराजित गर्दै फाइलनमा पुगेको थियो । तर सेमिफाइनलमा उसले सानदार खेल देखायो । एलेक्स हेल्स र जोस बटलरले इंग्ल्याण्डलाई भारतविरुद्ध सनसनीपूर्ण सानदार जित दिलाएका हुन् । दुवैले शानदार अर्धशतकीय पारी खेले ।
चार ओभर बाँकी हुँदै इंग्ल्यान्डले १७० रन बनाउँदै शानदार १० विकेटकाे जित दर्ता गरेको हो । चुनौतीपूर्ण लक्ष्य दिंदासमेत भारत कुनै पनि समय खेलमा फर्किन सकेन । पावरप्लेको ६ ओभरमा इंग्ल्यान्डले ६३ रन जोडेको थियो । २ ओभरमा २५ रन, अर्शदीप सिंहले २ ओभरमा १५ रन, अक्षर पटेलले ४ ओभरमा ३० रन, मोहम्मद सामीले ३ ओभरमा ३९ रन, रविचन्दन आश्विनले २ ओभरमा २७ रन, हार्दिक पाण्ड्याले ३ ओभरमा ३४ रन दिए । तर कुनै पनि बलरले एक विकेट पनि लिन सकेनन् । भारतका लागि हार्दिक पान्ड्याले ६३ र विराट कोहलीले ५० रन बनाए ।
|
1,911 |
राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन २३ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तयारी थालेको छ । साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तयारी अघि बढाएको हो । वर्ष २०८० को एसईईमा नन ग्रेडेड भएका सबै विद्यार्थी सो परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नन ग्रेडेड भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै छ । “परीक्षाअघि पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गर्छ, जसले सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन बाटो खुल्छ,” शर्माले भन्नुभयो । लेटर ग्रेडिङ निर्देशिका २०७८ मा सबै विषयमा आन्तरिकतर्फ कम्तीमा ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगर्ने विद्यार्थीलाई नन ग्रेडेड गरिने व्यवस्था छ । दुई विषयमा नन ग्रेडेड विद्यार्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । नयाँ निर्देशिकाअनुसार यो वर्ष पहिलोपटक नतिजा प्रकाशन गरिएको हो । तर, वर्ष २०८० को एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले एकपटकलाई सबै नन ग्रेडेड विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन निर्देशन दिनुभएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ मा परीक्षा बोर्डले एसईईसम्बन्धी विषयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई आवश्यकताअनुसार निर्देशन दिनसक्ने व्यवस्था छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल एसईईको पूरक परीक्षाबारे सम्पूर्ण अधिकार परीक्षा बोर्डमा निहित रहेको बताउनुहुन्छ । सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन शिक्षामन्त्रीले निर्देशनको माध्यमबाट सहजीकरण गरेको उहाँको भनाइ छ । मन्त्रालयले एकपटकका निम्ति मात्रै यस्तो निर्णय गरिएको जनाएको छ । २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका छन् । तीमध्ये एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन् । यसअघि बोर्डले दुई विषयसम्म नन ग्रेडेड भएका एक लाख १५ हजार ८३४ विद्यार्थीका निम्ति साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा मिति तय गरेको थियो । तर, थप एक लाख २६ हजार २९७ विद्यार्थीको समेत परीक्षा लिनुपर्ने भएपछि परीक्षा मिति केही धकेलेर साउन २३ गतेदेखि निर्धारण गरिएको हो ।
|
1,912 |
बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका हुन् । छलफलपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा छलफलमा उपस्थित थिए । प्रधानमन्त्रीले आजै सत्तापक्षका दलहरूसँग छलफल गर्ने र पुनः कांग्रेससँग छलफल गर्ने पनि जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले आजै सत्तापक्षसँग छलफल गरेर तपाईंहरूलाई फेरि बोलाउँछु भन्नुभएको छ,’ नेता लेखकले भने, ‘थप छलफल गर्न हामी सबै सहमत छौँ ।
|
1,913 |
युवाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै । तस्बिर : अर्जुन काफ्ले युवाहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरिरहँदा अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीन महिने कक्षा सञ्चालन गरेको हो । युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । गाउँपालिकाका भित्रका युवाको लोकसेवा आयोगमा पहुँच र सहभागिता उल्लेख्य रूपमा हुन नसकेको भन्दै गाउँपालिकाले युवाका लागि पहिलो चरणमा जनपथ प्रहरी, आर्मी र सशस्त्र प्रहरीको तयारी कक्षा सञ्चालन गरेको हो । गाउँघरमै लोकसेवा तयारी कक्षा पालिकाले सञ्चालन गरेपछि यहाँ युवाहरू खुसी भएका छन् । तयारी कक्षामा ३८ जना सहभागिता २४ जना पुरुष र १४ जना महिलाको सहभागिता रहेको छ । गाउँपालिकाले युवाका लागि गरेको प्रयास सकारात्मक भएको परीक्षार्थी अस्मिता विकले बताउनुभयो । पालिकाले युवाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि काठमाडौँ, पोखरा, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । गाउँपालिकाले पहिलो चरणमा फिजिकलसम्बन्धी तालिम उपलब्ध गराएर उत्तीर्ण सफल युवालाई निःशुल्क लिखित परीक्षाको लागि तालिम सञ्चालन गरेको हो । अब दोस्रो चरणमा खरदार, सुब्बा, अधिकृत र शिक्षक सेवा आयोगको पनि तयारी कक्षा सञ्चालन गर्ने पालिकाले बताएको छ । सहभागी परीक्षार्थीलाई लिखितको लागि लाल केसी र दीपक पौडेलले सहजीकरण गर्नुभएको छ । फिजिकलमा भूपू इन्डियन आर्मी रामु विष्टले प्रशिक्षण दिनुभएको छ ।
|
1,914 |
त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।
|
1,915 |
भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा आज काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए। उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।
|
1,916 |
बुधबार बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ आउनुभएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी थिइन्। उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आएको गुठीका अध्यक्ष कुमार खड्काले बताए। राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गरिन्। मूल पुजारी खड्काले उहाँलाई पूजाअर्चनामा सहयोग गरेका थिए। पूजाअर्चना पूर्व राष्ट्रपति भण्डारीले कालिका मन्दिरको परिक्रमा गरेकी थिइन्। कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गरिन्। राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेखेकी छिन्, ‘बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरु, कर्मचारी एवं नागरिक समाजलाई विषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु।’ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उनलाई कृतज्ञता पत्र र विशेष मायाको चिनो दिएर बिदाइ गरेको थियो। अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचारप्रसार र बागलुङको विकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरा सहितको कृतज्ञतापत्र प्रदान गरेका थिए। नेपालका पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै बढ्ने बताउँदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रलाई भव्य बनाउन सबैले सहयोग गरेको बताए। अहिले बागलुङ कालिका मन्दिरलाई पुनःनिर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिँदै छ। बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो। यहाँ छिमेकी मुलुक भारतबाट पनि हरेक महिना ठूलो सङ्ख्याका दर्शनार्थी आउने गर्दछन्। हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ। राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ। शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ। कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुने र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ। पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यरोहण गरेका थिए। उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी इतिहासमा पाइन्छ। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ। वर्षको दुई पटक चैते दसैँ र बडा दसैँमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ। नियम पूजामा पञ्चबलि चढाइन्छ। सामान्यतया पाँच बलि अन्तर्गत एक बोका, दुई राँगो, तीन कुखुरा, हाँस परेवा र पाँच सुङ्गुर पर्दछन्। भक्तजनले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने तथा देवीलाई बलि दिनका लागि बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन्। बागलुङ नगरपालिका– १ मा मन्दिर अवस्थित छ। पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ। मन्दिरको वरिपरी साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखले घेरिएको दृश्य देख्न पाइन्छ। बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका दर्शनार्थी बागलुङ पुग्ने गर्छन्। सडकमार्गहुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् ।
|
1,917 |
’ फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री पुष्पको माला खपत हुन्छ । एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ । उनकाअनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्यबराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ । एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री पुष्पमा नेपाल आत्मनिर्भर हुन नसकेको हो ।
|
1,918 |
यही क्रममा उसले फेरि अर्को नयाँ उपयोगी फिचर ल्याउने तयारी गरेको छ । रिपोर्टअनुसार प्रयोगकर्ताहरूले अब चाँडै नै ह्वाट्सएपमा आफ्नो अनलाइन स्ट्याटस लुकाउने विकल्प पाउनेछन्। यो सुविधा अहिले विकास चरणमा छ। यो सुविधा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइनेछ। यस फिचरमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो अनलाइन स्टेटस लुकाउन सक्नेछन्, त्यसपछि प्रयोगकर्ताको सम्पर्कमा आफ्नो अनलाइन स्ट्याटस देखिने छैन । तर, यो फिचर अहिलेसम्म प्रत्यक्ष बनाइएको छैन। यस फिचरमा प्रयोगकर्तालाई प्राइभेसीका लागि दुईवटा विकल्प दिइनेछ । जसमा एउटा विकल्पमा तपाईं सबै सम्पर्कहरूलाई आफ्नो अनलाइन स्टेटस देखाउन सक्नुहुन्छ भने दोस्रो विकल्पमा तपाईंको अनलाइन स्टेटस सबै सम्पर्कहरूलाई लुकाइनेछ। ह्वाट्सएपले लगातार नयाँ सुविधाहरू र अपडेटहरूमा काम गरिरहेको छ। भर्खरै उसले एन्ड्रोइड फोनबाट आईफोन उपकरणमा डाटा ब्याकअप गर्ने सुविधा दिएको थियो। यो बहुप्रतिक्षित फिचर थियो । यो सुविधाको मद्दतले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई ह्वाट्सएपबाट डाटा ब्याकअप गर्न र आईओएसमा माइग्रेट गर्न नयाँ फोनमा स्थानान्तरण गर्न सजिलो भएको छ ।
|
1,919 |
आफ्नै नवजात शिशुको हत्याको सूचना पाएलगत्तै महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको टोलीले शुक्रबार श्रेष्ठका पति र पत्नीलाई पक्राउ गरेको थियो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,920 |
शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन्। कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेपछि स्थानीयले विरोध गरेका हुन्। नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो। सो निर्णयका विरुद्ध अहिले वडाध्यक्षबाटै विरोध हुन थालको छ। शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै दूध बिक्रीमा रोक लगाएर किसानलाई हतोत्साही बनाउने काम भएको बताए। यस्तो बेलामा सरकारले अत्यावश्यक वस्तुको रुपमा दूध व्यवसायलाई पनि बिनारोकतोक चल्न दिने निर्णय गरेको भए पनि नगरपालिकाले व्यवस्थित ढङ्गले ढुवानी गर्न दिने वातावरण मिलाउने भन्दा रोक्ने निर्णय गरेपछि आक्रोशित बन्नुपरेको किसानहरु बताउँछन् । नगरप्रमुख सुर्वण श्रेष्ठले भने स्थानीयवासीको सुरक्षा र मागलाई सम्बोधन गर्दै दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिए। यसरी दूध जस्तो अत्यावश्यकको वस्तुको रुपमा सरकारले रोकतोक नगर्ने निर्णय गरको भए पनि नगरपालिकाको उक्त निर्णयबाट साँखुका किसानहरु समस्यामा परेका छन् ।
|
1,921 |
पर्खाल लगाएको बिषयमा शुक्रबार राति भएको बिवादपछि छिमेकीको कुटाईबाट एकजनाको ज्यान गएको छ । प्रहरीले कुटपिटमा संलग्नका परिवारका सदस्यलाई अनुसन्धानका लागि शनिबार बिहान पक्रेको छ ।
|
1,922 |
बाराको कलैयास्थित बालएकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन ।
|
1,923 |
गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजले नयाँ व्यवस्थापन समिति चयन गरेको छ । कलेजको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गोपाल नाथ र उपाध्यक्षमा कर्ण नाथ चयन भएका छन् । सर्वसम्मतिबाट चयन भएका विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु गठबन्धन निकट हुन । अध्यक्ष माओवादी निकट हुन भने उपाध्यक्ष नेपाली कांग्रेस निकट हुन् । यस अध्यक्ष नेकपा (एमाले) बाट सन्तोष प्रकाश जोशी रहेका थिए । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले एकढिक्का भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
|
1,924 |
निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । आज (बिहिबार) आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएकाे हाे। प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ । प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३ सय १० र दोस्रो दिन २ सय ६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरेको पनि बताउनुभयो । आयोगले मतदान सम्बन्धि जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ । कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेको आयोगले जनाएको छ ।
|
1,925 |
ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन, बजारीकरण र ब्राण्डिङ गर्ने उद्देश्यले आगामी पुस पहिलो साता आयोजना हुने ढाका वस्तु प्रदर्शनीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस्तो बताएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन आयोजना लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था उच्च रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले विभिन्न शीर्षक हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका वस्तुहरु निर्यात भइरहेको जानकारी दिए । अहिले ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनि निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने हुन नसकेको उनले बताए । देशभर झण्डै ५० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको अध्यक्ष गिरीले बताए । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेशअनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ । त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयासलगायत ढाका उद्योग व्यवसायसँग सम्बन्धित यावत विषयबारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरु समावेश गरेर प्रदर्शनीसमेत आयोजना गरिन लागेको संघका अध्यक्ष रहेश श्रेष्ठले बताए । पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङकेटमा आयोजना गर्न तय गरिएको भेला तथा प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने आयोजक पक्षले जानकारी दिएको छ । महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य वस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको पृष्ठभूमिमा यो दोस्रो ढाका कपडा प्रदर्शनी हुने बताइएको छ । विगतमा नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरिएकोमा विविध कारणले गर्दा यसलाई व्यवस्थित ढंगले अगाडी बढाउन नसकिएकोमा पुस २ गते आयोजना गरिने भेलाद्वारा सो संघलाई पुर्नगठनसमेत गरिने भएको छ । कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त पहलमा आयोजना गरिनेछ भने राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको सहयोग रहनेछ । ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन हो । थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिन्छ । देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन गर्ने कार्य हुँदै आएको छ । यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खासगरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुर्याउँदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पुर्याउँदै आएको छ ।
|
1,926 |
मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए । सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।
|
1,927 |
प्राय जुन - जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो ।
शुक्रबार लन्डनबाट पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिए लगत्तै शरिफलार्इ नियन्त्रणमा लिइएको हो। यस्तै शरीफकी छोरी मरियम नवाजलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुवैलार्इ रावलपिन्डी नजिकैको अडियाला कारागारमा राखिएको छ ।
२० वर्ष अघि पहिलो पटक विश्वकपमा सहभागी हुँदै सेमिफाइनल पुगेको क्रोएसिया रसियामा नयाँ इतिहास बनाउने होडमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलार्इ पराजित गरेको क्रोएसियाले फाइनलमा फ्रान्सको सामना गर्दैछ ।
हलिउड गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेकी प्रियंका सलमानको नयाँ प्रोजेक्टमा देखिने भएकी छिन् ।
२४ वर्ष पछि ट्रफी उचालेका लाहम त्यसपछि विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा सामेल भए। थोरै खेलाडीहरुले मात्र राष्ट्रिय र युएफा, फिफा क्लब विश्वकप र फिफा विश्वकप उपाधी माथि विजय हासिल गर्न सक्छ ।
२० वर्षपछि डेसच्याम्प्स पुन: विश्वकपको ट्रफी उचाल्न संघारमा पुगेका छन्। त्यसका लागि 'लेस ब्लुज' टोलीले जल्ट्को डालिकको क्रोएसियालाई पराजित गर्नुपर्नेछ। क्रोएसिया त्यही टोली हो जसलाई फ्रान्सले १९९८ को सेमिफाइनलमा हराएको थियो ।
मिलन चाम्स निर्देशित 'बोबी' वास्तविक प्रेम कथामा आधारित फिल्म हो। फिल्ममा नर्वे बस्दै आएका (एनआरएन) कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् ।
|
1,928 |
भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड दिएको हो। भदौ १५ मा भिसाले गरेको ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनका दौडान बैंकलाई अवार्ड प्रदान गरिएको हो। बैंकले गरेको इनोभेटिभ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा हासिल गरेको कारण यो अवार्ड पाएको बैंकले जनाएको छ। आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।
|
1,929 |
काठमाडौं, असार १४ गते। गृहमन्त्री बालकृष्ण खाणले विपद व्यवस्थापनमा क्षेत्रमा सरकार अत्यन्त गम्भीर भएर काम गरिरहेको बताउनु भएको छ। गृहमन्त्री खाणले आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा सरकार रहेको बताउनु हुँदै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो। राष्ट्रिय व्यावसायिक पहलद्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्रीले सरकार, दातृ निकायसँगको सहकार्यमा बृहत् कोष खडा गरेर आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा रहेको उल्लेख गर्नुभयो। उहाँले जुनसुकै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो।
|
1,930 |
विश्वविद्यालय अनुदान आयोगले गठन गरेको 'राष्ट्रिय योग्यता परीक्षण -नेसनल इलिजिबिलिटी टेस्ट(नेट) अध्ययन टोली' ले तीन वर्षअघि बुझाएको प्रतिवेदन अलपत्र परेको छ ।
|
1,931 |
एकीकरण भएको दिनदेखि एकताको महाधिवेशन सम्पन्न नहुँदासम्म सबै बैठकहरु सहमति र समझदारीमा संचालन गर्ने र सहमतिकै आधार निर्णय गर्ने व्यवस्था गरियो । त्यति मात्र होइन आधिकारिक पत्राचार र निर्देशन जारी गर्दा पनि दुबै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था गरियो । यी सबै व्यवस्था राखिनुको एउटै कारण, भिन्न भिन्न पृष्ठभूमि र स्कूलीङबाट विकसित भएका पार्टीहरुको एकीकरण सम्बेदनशील हुन्छ र पार्टी नेताहरुको व्यवहारबाट सम्वेदनशीलतामा आँच नआओस र पार्टी एकीकरणमा बाधा उत्पन्न नहोस भन्ने नै थियो । तर विगत एक वर्षदेखि पार्टीमा एकीकरणको संवेदनशीलतालाई ख्याल नगरी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म चरम गुटबन्दीपूर्ण क्रियाकलापहरु भए । यो गुटबन्दीपूर्ण क्रियाकलापमा सचिवालयका सबै कमरेडहरु यो वा त्यो पक्षबाट सामेल हुने स्थिति बन्यो । विवादका विषयहरु पार्टी एकीकरणका वेला गरिएका सहमति र समझदारी कार्यान्वयन नहुनु, पार्टी घोषणापत्रको आधारमा नीति कार्यक्रम र बजेट नआउनु र सरकारले गर्ने राजनीतिक निर्णयहरुमा पार्टी नेतृत्वसंग परामर्श नगर्नु आदि थिए । तर ती सबै पार्टीका आन्तरिक विवादका विषयहरु थिए । अधिकांश विषयहरु कार्यशैलीसंग सम्बन्धित थिए । नेतृत्वदायी पार्टी कमिटीमा मौखिक छलफलबाट मात्र गम्भीरता आउन नसकेको महशुस गर्दै लिखित दस्तावेजहरु र प्रतिदस्तावेजहरु प्रस्तुत गरिए । ती दस्तावेजहरुमा गम्भीरतापूर्वक कहिल्यै छलफल हुन सकेन । एक आपसमा मनमुटाव झनझन बढेर जान थाल्यो र आखिरमा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव र त्यसका विरुद्ध प्रतिनिधिसभाको विघठनसम्मका दुर्घटनाहरु हामी अहिले वेहोरिरहेका छौं । अहिले औचित्य पूष्टी हुने एउटा पनि कारण विना पार्टी विभाजन गर्न कमरेडहरु लागि रहनु भएको छ । प्रतिनिधिसभा विघटनाका विरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन उपर गम्भीर छलफल चलिरहेकै अवस्थामा एकथरी नेताहरु निर्वाचन भएरै छोड्छ भन्दै सभा गरिरहनु भएको छ भने अर्काथरी नेताहरु प्रतिनिधिसभा जसरी पनि पनसर््थपना गरिछोड्छौं भन्दै विरोध सभाहरुबाट सडक तताई रहनुभएको छ । यस्तो अवस्थामाहामीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता राष्ट्रिय अभियानको नाममा विभाजनलाई रोक्न र त्यसका लागिराष्ट्रव्यापी दवाव सिर्जना गर्न यो अभियान संचालन गरिरहेका छौं । व्यक्तिगत रुपमा भन्दा संगठीत रुपमा अभियान संचालन गर्दा बढि प्रभावकारी हुने देखेर तदनुरुप हामी अगाडि बढिरहेका छौं । हामीलाई विश्वास छ, दुइतिर बाँडिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुले पार्टी पुनर्एकीकरण गर्ने हाम्रो आह्वानलाई सम्मान गर्दै साथ दिनुहुनेछ । अहिले नेपालका सम्पूर्णश्रमजीवी जनता,लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु अत्यन्त दुखी हुनु भएको छ । उहाँहरुअहिले पनि पार्टी विभाजन नहोस् भन्ने पक्षमा हुनुहुन्छ । त्यही माग र चाहनालाई पुरा गर्ने उद्देश्य राखेरहामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं । एकता अभियानको मूल उद्देश्य विभाजित हाम्रा दुबै समूहलाई पुनः एकतामा ल्याउनु हो । यसका साथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । हामी कम्युनिष्ट पार्टीका सदस्यहरु कुनै पनि विषयवस्तुको उठान, त्यसको व्यापकता र परिणामुखी क्रियाशीलताका निम्तिव्यक्तिगत रुपमा भन्दासामूहिक प्रयत्नमा विश्वास राख्दछौँ । आजसम्म यो आन्दोलनमा जे–जस्ता उपलब्धी हासिल भएका छन्, ती सबै सामूहिक पहलकदमीका परिणाम हुन् र यो आन्दोलनमा जहाँ–जहाँ क्षति भएका छन्, ती सबैका कारक व्यक्तिवादी गलत कार्यशैली नै हुन् । विभाजनका मुल कारणहरुकार्यशैली भन्दा अरु छैनन् । कार्यशैलीसंग रहेका अन्तरविरोधहरु मित्रतापूर्ण हुन्छन् । तर ती अन्तरविरोधहरुलाई व्यवस्थापन गर्न हामी असफल भयौं । मित्रतापूर्ण अन्तरविरोधहरुलाई पार्टीभित्रै समाधान गर्नुको बदला बढाई चढाई सार्वजनिक गरियो । अहिले पनि हाम्रा वीचका अन्तरविरोधहरु चरित्रगत रुपमा मित्रतापूर्ण नै छन् । तर सभा, समारोह, आन्दोलन आदि ठाउँहरुमा भयंकर शत्रुतापूर्ण देखाउने गरी बढाइ चढाइका प्रयास भइरहेका छन् । विभाजनमा सरिक कमरेडहरुलाई मित्रतापूर्ण र मर्यादित व्यवहार प्रस्तुत गर्दा पार्टी पुनः एकतामा आउँछ कि भन्ने डर लागेको त होइन ?भन्ने शंका पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई लाग्न थालेको छ ।
|
1,932 |
आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। क्याम्पसमा ७ सय ९८ मतदाता रहेका छन् । समाचार तयारपार्दासम्म प्रत्यक्षतर्फ ४७० र समानुपातिकमा ४६६ विद्यार्थी मतदान गरेको निर्वाचन समितिका कर्मचारी मोहन रावलले जानकारी दिए। स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा छन् । नेपाल विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ (बीपी) प्यानलसहित चुनावी मैदानमा रहेका छन् । नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट,संयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ (बीपी)का मदनबहादुर बोहरा र अखिलबाट गणेशबहादुर क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार आज ४ बजेसम्म मतदान हुने समय तालिका रहेको छ ।
|
1,933 |
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ । सेजनले प्रेस विज्ञप्ति जारी गर्दै बिमा कम्पनीसँग गरेको कोभिड बिमाको पोलिसी सकिएको भन्दै आफ्नै कोषबाट सहयोग गर्न लागेको जानकारी दिएको हो । सेजनले भनेको छ, ‘कोभिडको दोस्रो भेरियन्टबाट प्रभावित हुने क्रम बढेसँगै अहिले नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाबीच सञ्चार संस्थाहरु प्रकाशन, प्रशारण र सम्प्रेषणलाई निरन्तरता दिईरहेका छन् । अधिकांश सञ्चार संस्थाहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाएका छन् तर कतिपय अवस्थामा पत्रकारहरु फिल्डमा नगई नहुने बाध्यता पनि छ । यही कारण कोभिड महामारीको दोस्रो लहरबाट अग्रभागमा रहेर काम गर्ने आर्थिक पत्रकारहरु पनि प्रभावित हुनुभएको छ । यही विषयलाई ध्यान दिएर आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोभिडबाट संक्रमित हुने सेजन सदस्यहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।’ सेजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेजनले बिमा कम्पनीसँग गरेको कोभिड बिमाको पोलिसि सकिएकाले आफ्नै कोषबाट कोभिडबाट संक्रमित सदस्य साथीहरुलाई सहयोग गर्ने हुनाले (चैत मसान्तपछि) संक्रमित हुनु भएका साथीहरुले सेजन सचिवालय वा निम्न मोबाइलहरुमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ । साथै समाचार संकलनमा जानका लागि माक्स, सेनिटाइजर लगायतका सामग्रीसहित अन्य सहयोग आवश्यक परेमा पनि सम्पर्क गर्नु हुन अनुरोध छ ।
|
1,934 |
नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच आज भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन् । छलफलमा ट्याङ्कर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ । इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिवाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्याङ्कर चालक आन्दोलनमा उत्रिएका थिए । अहिले १८१ टयाङ्करले भारतीय आयल कर्पोरेशनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
|
1,935 |
मन्त्रालयले सर्लाहीमा १५ संक्रमित थपिएको विज्ञप्ति प्रकाशन गरेको छ तर त्यहाँको जिल्ला प्रशासन तथा सम्बन्धित स्थानीय तहले आफूहरूले पठाएको नामावलीअनुसार शुक्रबार थपिने संक्रमितको संख्या १४ मात्रै पुष्टि भएको छ। ‘हामीलाई स्वास्थ्य मन्त्रालयले १५ जनाको नाम पठाएको छ,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले शुक्रबार दिउँसो नेपालखबरसँग भने, ‘तर यहाँ छानबिन गर्दा सर्लाहीका १४ जना मात्र देखिन्छन्, एक जना अन्तै कतै जिल्लाको परेको होला, त्यो त हामी कसरी जान्नु, खोजबिन गर्दै छौं।’ उसो त आज संक्रमित थपिएका सर्लाहीका दुवै स्थानीय तहका प्रमुखले पनि नामावलीअनुसार थप संक्रमितमा १४ जना मात्रै देखिएको स्पष्ट पारेका छन्। गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवका अनुसार शुक्रबार टेकु प्रयोगशालाले गोडैताका संक्रमितको सूची पठाउने क्रममा १४ जनाको नाम पठाएको छ। तर गोडैतामा १३ जना मात्र संक्रमित भएका हुन्। ‘यहाँ एक जना (उनले नाम भनेका थिए, तर गोपनीयताका लागि यहाँ नलेखिएको) को नाम बढी आएको छ, जो हाम्रो क्वारेन्टिनमै छैनन्,’ उनले भने, ‘यहाँ आज कोरोना संक्रमित देखिएका जम्मा १३ जना मात्र हुन्, ती व्यक्ति कहाँका हुन् हामीलाई थाहा छैन।’ यस्तै विज्ञप्तिमा उल्लेख सर्लाहीको अर्काे स्थानीय तह रामनगर गाउँपालिकामा पहिलोपटक जम्मा १ जनामा मात्रै संक्रमण पुष्टि भएको त्यहाँका अध्यक्ष कृष्णप्रसाद बर्माले नेपालखबरसँग बताएका छन्। यसरी शुक्रबार संक्रमण पुष्टि भएका ती एक जना कहाँका हुन्, अन्योल सिर्जना भएको छ। यी सबै संक्रमितको स्वाब टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिएको हुनाले यसका निर्देशक डा. रुना झालाई यसबारे नेपालखबरले जिज्ञासा राख्दा उनले भनिन्, ‘यसको रिपोर्ट मैले तपाईंलाई भन्ने हो र, मैले त मन्त्रालयमा पठाउने हो, उतै बुझ्नुस्।’ यस विषयमा बुझ्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र सहप्रवक्ता डा. समीरकुमार अधिकारी फोन गर्दा दुवैले उठाउँदै उठाएनन्। यस्तै आज स्वास्थ्य मन्त्रालयले गाउँपालिकाको नाम तथा नगरपालिकाका वडा नम्बरमा पनि गल्ती गरेको छ। मन्त्रालयको विज्ञप्तिमा उल्लेख गाउँपालिकाको नाम रामनगर बहुअर्वा नभएर रामनगर मात्रै भएको त्यहाँका अध्यक्ष बर्माले नेपालखबरसँग बताएका छन्। यस्तै गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले पनि आफ्नो नगरपालिकाका १२ वटा मात्रै वडा भएको १३ र १४ नम्बर नभएको जानकारी दिएका छन् ।
|
1,936 |
भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो । डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैर–वैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।” त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७) लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ । यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भन्नुभयो, “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।” अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ । भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी.१.६१७.२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ । कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।
|
1,937 |
ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो । उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
|
1,938 |
नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही सुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही थालेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि ८ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेसिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। 'दुई हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेसिन जडान गरेका छैनन्, उक्त ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,' उनले भने। विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रिन्टर मेसिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए। यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ। पहिले १५/२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ।रासस नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,939 |
‘उहाँहरु बीच पैसा लेनदेन भएको छैन, जग्गा हड्प्ने उद्देश्यले वृद्ध ससुरालाई झुक्याएर पुरानो मितिमा कपाली कागज बनाएर आफ्नो नाममा जग्गा पास गर्न खोजेको देखिएको छ’ वडाध्यक्ष सुलतानले भने । उता दीपेन्द्र राउतले भने, ‘झुटो आरोपमा मेरो वुवा गोखुल राउतलाई थुनामा राखेकोले जग्गा फिर्ता दिन आलटाल गरेको हौं । हामीले पैसा लिएको होइन ।
|
1,940 |
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ७८ वटा क्याम्पसमा बिजय हासिल गरेको छ । आइतवार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ७८ वटा क्याम्पसमा बिजय हासिल गरेको हो ।
|
1,941 |
धरानमा मात्रै अहिले डेङ्गुका ६५ जना बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इटहरीमा पनि केही दिन अघि एक जनामा डेङ्गुको संक्रमण भेटिएको थियो । धरान क्षेत्रमा डेङ्गु रोगको खतरा बढेपछि सर्तकता समेत अपनाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले बताउनु भयो । स्थानीय तह मार्फत सर्तकता कार्यक्रम सुरु भएको र जिल्ला स्वास्थ्यको समन्वयमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा डेङ्गु पहिचान गर्ने किटको व्यवस्थापन गरिएको छ । धरान क्षेत्रमा नियन्त्रण बाहिर गएको डेङ्गुको प्रकोप थप फैलन नदिन ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान सुरु भएको छ । अभियान अन्तर्गत धरानका घर घरमा गएर हेर्दा धरानका ९८ प्रतिशत घरमा डेङ्गु फैलाउन सक्ने लामखुट्टेका अण्डा, लार्भा र प्युपा फेला परेको छ । घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धरान उपमहानगरपालिकाले चार थान फगिङ मेसिन र बीपी प्रतिष्ठानको दुई थान गरी ६ थान मेसिन प्रयोग गरेर बिहान र बेलुका संक्रमित क्षेत्रमा अल्फा साइफर मेथ्रिन छरिरहेको छ । फगिङ मेसिनले लामखुट्टेमात्र मर्छ । अण्डा, लार्भा र प्युपा नमर्ने भएकाले पानी नै सुकाउनु पर्ने सागर प्रसाइँले बताउनु भयो । धरानको वडा नं. १, ५, १४ र १५ मा डेङ्गुको बढि समस्या रहेको छ ।
|
1,942 |
पाँच वर्ष मुनिका बालवालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रममा पोलियो थोपा खान छुटेका बालबालिका मध्ये एकै टोलका १० जना बालबालिकालाई सोमबार जिल्लाको टोलीले घरमै पुगेर खुवाएको छ ।
|
1,943 |
अब पहिलो कांग्रेस, दोस्रो एमाले र मधेसवादीहरू पातलिनेचाहिँ निश्चितजस्तै छ । सर्लाही १ मा कांग्रेस उम्मेदवारविहीन हुँदा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का बलियो भएका छन् । एमालेबाट समाजवादी भएका उनलाई समाजवादीले पनि वास्ता नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यहाँ एमाले, माओवादी र लोसपाको गठबन्धन छ । लोसपाका प्रमोद साह संघतर्फ उठेका छन् । उक्त क्षेत्रमा स्थानीय चुनावमा कांग्रेसले जितेको चन्द्रनगर नगरपालिका, ईश्वरपुर नगरपालिकाका १ देखि १४ नं। वडा, लालबन्दी नगरपालिका, कविलासी नगरपालिकाका १, २ र ७ नं। वडा, हरिपुर नगरपालिका–२ देखि ८ नम्बर वडा छन् । २ नं। क्षेत्रमा सत्ता गठबन्धनअन्तर्गत माओवादीको चुनाव चिह्नबाट टिकट पाएका बाबुरामपक्षीय महिन्द्रराय यादवको राम्रो छ । ३ मा माओवादीका नरेन्द्र साह अगाडि छन् । उनी पहिला स्वतन्त्र थिए । रामेश्वर राय यादवले टिकट नलिएपछि माओवादीले उनलाई पार्टीमा प्रवेश गराएर भोलिपल्टै उम्मेदवार बनाएको हो । पहिला गगन थापासमेत सिफारिसमा परेको सर्लाही ४ मा कांग्रेसका नागेन्द्रकुमार राय र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा छ । रौतहट १ मा माधव नेपाल, २ मा मोहम्मद आफ्ताव आलमका छोरा फिरदोस, ३ मा गठबन्धनको समर्थनप्राप्त स्वतन्त्र प्रभु साह र ४ मा कांग्रेसले जित्ने स्थिति छ । बारा र पर्सामा जसपाको पकड राम्रो भए पनि यसचोटि एमालेबाट भएको धोकाका कारण पर्सामा प्रदीप यादवबाहेक जसपाका अरुले जित्ने सम्भावना कम छ भनिन्छ । सप्तरीमा उपेन्द्र यादव आफैँ अप्ठेरोमा छन् । उनले एमालेसँग गरेको तालमेल ‘सुसाइडल गेम’ हुन पुगेको छ । जसपाले एमालेसँग गरेको गठबन्धनका कारण त्यहाँ व्याप्त ओलीविरोधी जनमतले ब्याकफायर हुने खतरा भएको हो । प्रभु साहले पनि एमालेबाट चुनाव उठ्न आँट नगर्नुका पछाडि यो पनि एउटा कारण बताइन्छ । महोत्तरीमा शरद्सिंह भण्डारी, गिरिराजमणि पोखरेल र महन्थ ठाकुरले जित्ने स्थिति छ । धनुषामा पनि गठबन्धन अगाडि छ । एमालेले जिते रघुवीर महासेठ र जुलीकुमारी महतोमात्रै हुन्, अरुको खासै सम्भावना देखिँदैन । एमालेले सिराहा २ मा उठाएका लीलानाथ श्रेष्ठको राम्रो पकड छ ।
|
1,944 |
‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिति कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो कार्यकाल टुङ्गिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।
|
1,945 |
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा बुधबार मुद्दा दायर गरेको छ । सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरू वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए । मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरूविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।
|
1,946 |
प्रहरीले हिजो सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्यो । लगत्तै हत्या गरिएको घर । गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको हो । उनी गार्मेन्टमा काम गर्थे । घरभन्दा ५० मिटर पर शव फेला परेको थियो । प्रहरीले अत्याधुनिक अनुसन्धान प्रविधि र तालिम प्राप्त कुकुरको प्रयोग गरी घटनास्थल पत्ता लगायो । मृतकको पहिचान उनका मामाले गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भउको चार तल्ले घर समेत पत्ता लगायो । सोही घरको कोठामा घटना घटेको थियो । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ चलिरहेको छ । प्रहरीले छिट्टै अभियुक्त पत्ता लगाइने भन्दै अनुसन्धान जारी भएको जनाएको छ । काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन ।
|
1,947 |
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्र्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ । गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो ।
|
1,948 |
गौर हत्याकाण्डको छानबिनका लागि माग गर्दै परेको रीटमा सोमबार पेशी तोकिएको छ । १६ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डमा मारिएकाहरूका आफन्तले सर्वोच्चमा रिट हालेका हुन् । रीटमा काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ । अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही–२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बुधबार पेसी तोकिएको छ । नेकपा (एमाले)का उपाध्यक्ष जोर बार वरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वतः रहन्छन् भने विजोर बार वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुपर्ने व्यवस्था कार्यविधिमा छ । काठमाडौं, मंसिर १४ । नेपाल बार एशोसीयशनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने सर्वोच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ । बारको मंगलबार बसेको केन्द्रीय समितिको कानून मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि निर्देशिकाहरू राजपत्रमा प्रकाशित हुनेछन् । प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोक्नुभएको छ । सर्वोच्च अदालतमा पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई हुन्छ । पेशीको बारेमा थुप्रै प्रश्न उठेपछि सर्वोच्च आफैँले बनाएका समितिको सुझावलाई कार्यान्वयन गर्न ढिलाइ नगर्दा नै राम्रो होला । काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ ।
|
1,949 |
पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौंमा मिनी क्यासिनोको धन्दा फस्टाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले विशेषगरी तस्करी क्रियाकलापमा संलग्नहरू जुवा खेल्न सक्रिय रहेको बताए। पछिल्लो एक महिनामा राजधानीका ३० अवैध जुवा घरबाट दुई सय जनालाई पक्राउ गरेको पोखरेलले बताए। उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँ बरामद भएको छ। ‘घर वा कोठा भाडामा लिएर, होटल रेष्टुरेण्ट, र रिसोर्ट बुकिङ गरेर पेशेवर रूपमा जुवा खेल्ने खेलाउनेको संख्या बढेको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये कुनै व्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दाबी गरेका छन्।’प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ। ‘काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुरेण्ट र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्’, उनले भने। सबै अवैध जुवा अड्डामा छापा मारेर उनीहरूलाई कानुनी दायरामा ल्याउने पोखरेलले बताए ।
|
1,950 |
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् । बालेनले ६ हजार २०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् । यो वडामा सदस्यका सबै उम्मेदवारहरुमा पनि एमाले नै अगाडि छन् ।
|
1,951 |
४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६ हजार एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन टीएम६६२ चिपसेटको साथ,पोको एम ३ योंग इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आइटी’ उपकरण हो। पोको एम ३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछः यो ब्रान्डको पूर्ण रुपमा नयाँ क्याटागोरीमा पर्दछ। यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ जसले यसको एफ सिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुकालागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ। शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भने, ‘पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ। पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताहरुले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिंग गर्ने,गीत सुन्ने र भिडियोहरु रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन्। हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ।’ यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६००० एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन्। यो फोन लाइट युजेज अन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेज अन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ। यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ। यसै गरी पोको एम ३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ जसले उच्च तापमानलाई प्रतिरोध गर्छ र करिब २ं.५ वर्ष सम्म नोटेबल डिग्रेडेशन बिना लामो समय सम्म चल्ने अनुभवलाई सुनिश्चित गर्दछ। यसको ड्युराबिलिटीको साथ साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिंग स्पिड प्रदान गर्दछ। यो उपकरण २२.५ वाटको इन–बक्स चार्जरको साथ आउँदछ र रिभर्स वायर्ड चार्जिङ्गलाई इन्हान्स कन्भेनियन्स प्रदान गरेर समर्थन गर्दछ। एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी+ डट डिस्प्ले २३४०इन्टु१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिंग एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ। यसको कर्निङ्ग®गोरिल्ला®ग्लास ३ को फ्रन्ट स्क्रिनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ र यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ। पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ–यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताहरुले मिनिमलआई स्ट्रेनको साथ घण्टाैंको सामग्री हेर्न सक्दछन्। डस्ट ब्लास्टरको साथ डुअल स्पीकर सिस्टम रहेको पोको एम ३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभनको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ। फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम ३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गर्दछ जुन २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ। यसै गरि उपकरणको ८ एमपीको सेल्फी क्यामेराले तपाईँको सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ। रमाइलोपन पोको एम ३ को क्रियटिभ न्यू सफ्टवेयर अफरिंगहरुको साथ जारी रहन्छ। मुभीफ्रेमले फोटोहरुलाई सिनेम्याटिक फ्लेवर दिन्छ जब कि टाइम ल्याप्सका विभिन्न स्पिड भ्यालुहरुले विभिन्न दृश्यहरु कैद गर्न लाभ प्रदान गर्दछ। नाइट मोडले कलर कन्ट्रास्टलाई बुस्ट गरेर अँध्यारो वातावरणमा लिइएको तस्बिरहरुलाई इन्हान्स गर्दछ भने कलर फोकसले स्पेसिफिक टोन्सलाई पप गर्दछ ताकि तपाईँ स्टडको रुपमा उभिन सक्नुहुन्छ। किलर मोमेन्ट्सहरु कैद गर्न र तपाईँको सामाजिक खेललाई पक्रन यो भन्दा पहिले कहिल्यै सजिलो भएको छैन! क्वालकम® स्न्यापड्रागन टीएम६६२ प्रोसेसरको सुविधा रहेको पोको एम ३ ले एक शानदार अनुभव प्रदान गर्दछ जुन यस मूल्य तहमा पहिले कहिल्यै देखिएको थिएन। क्वालकम® एड्रनो टीएम६१० जीपीयुको साथ तपाईँले एक स्मुथ गेमिंग र भिडियो एक्सपेरियन्सको अनुभव प्राप्त गर्नु हुनेछ–र हाफ द साइजमा उच्च–गुणवत्ता फोटोहरु स्टोर गर्ने अवसर प्राप्त गर्नु हुनेछ। पोको एम ३ को ११ न्यानो मिटरको प्रोसेसरले उच्च प्रदर्शन, कम हिट उत्पादन र कम पावर कन्जम्पसन गर्दछ जसले यसको क्याटागोरीमा हुनै पर्ने उपकरणको भूमिका निर्वाह गर्दछ। यसको युएफएस स्टोरेजको उच्च प्रदर्शन, गति र मल्टि टास्किंगको आश्वासनको साथतपाईँले आफ्नो प्रतिस्पर्धी भन्दा छिटो एप्लिकेसनहरु र गेम्सहरु खोल्न सक्षम हुनुहुनेछ। स्मुथ अपरेटिंग सिस्टमको साथ आफ्नो हातको हत्केलाबाट सहज मनोरञ्जनको अनुभव लिनुहोस्। मीयुआई गेम बुस्टरले तपाईँलाई वास्तविक समयका सिपियु र जिपियु प्रयोग ट्राक गर्न अनुमति प्रदान गर्दछ भने भ्वाइस चेन्जरले तपाईँको गेमिंग एक्सपेरियन्समा ठूलो बदलाब ल्याउँछ। यसका साथ साथै तपाईँले आफ्नो साथीहरुलाई मनोरञ्जनमा सामेल गर्नको लागि एक्सटर्नल मनिटरमा आफ्नो स्क्रिनलाई कास्ट गर्न सक्नुहुनेछ। २०० ग्राम भन्दा कम तौल रहेको पोको एम ३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ जसले तपाईँलाई कहिल्यै निराश तुल्याउँदैन र सधैँ आफ्नो पकड बलियो रहने कुरालाई सुनिश्चित गर्दछ। रिडिजाइन गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सजिलैसँग पहुँच योग्य छ जसले तपाईँलाई आफ्नो फोनलाई एक क्षणमा अनलक गर्न दिँदै एक सानो ग्रुभ र राउन्डेड कर्नरहरु पनि सार्प एजेजहरुलाई न्यून गर्न समावेश गर्दछ। पोको एम ३ ले यसको ६००० एमएएच ब्याट्री जुन यसको प्रतिस्पर्धीहरु भन्दा कम तौलको छ र २० प्रतिशत भन्दा बढी ब्याट्री लाइफको प्रदान गर्दछ। पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक। यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ। ‘एभरिथिङ्ग यु निड एण्ड नथिङ्ग यु डन्ट’को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ ।
|
1,952 |
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना हुन नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ। उक्त समितिको बुधबारको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना भइसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना हुनै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो। समयका साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ। न्यायसंगत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ। आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्नसक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ। आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन गरेको छ। स्थापनाको दुई दशक र संवैधानिक मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको सात वर्ष पूरा गर्दासमेत दलित समुदायको बहुआयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरुप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो।रासस नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,953 |
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिशेयर रु एक सय दरका पाँच लाख ४४ हजार ५३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ का बासिन्दाका लागि दुई लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ बाहेकका बासिन्दाका लागि दुई लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार आठ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । स्थानीय लगानिकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ७ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ३० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ । स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले दैलेखको नौमुले–३ मा तीन दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख २३ देखि सञ्चालनमा आइसकेको छ । आयोजनाको कूल लागत रु ७३ करोड १९ लाख ७८ हजार आठ सय आठ रहेको कम्पनीले जनाएको छ ।
|
1,954 |
निजी क्षेत्रबाट प्रवद्र्धित तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । सभाले प्रस्ताव पारित गरेपछि कम्पनीलाई आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपयाँको आईपीओ निष्कासन गर्ने भएको हो । ७० प्रतिशत प्रवद्र्धक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।भदौको पहिलो साता विद्युत नियमन आयोगमा आईपीओ निष्कासनको प्रस्ताव पेश गर्ने कम्पनीका प्रवन्ध सञ्चालक मोहन डाँगीले बताए । उनले आगामी कात्तिकसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिए । नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी कात्तिक १ गतेदेखि बिजुली उत्पादन गर्ने डाँगीले बताए । आयोजना अनुमानित लागत भन्दा साँढे ३ करोड रुपैयाँ कममा निर्माण सम्पन्न हुने भएको छ । आयोजनाको लागत १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना तल रहेको २ मेगावाटको खोरङ्गा ताङमाया खोला जलविद्युत आयोजना पनि बनाउने भएको छ । विद्युत खरिदबिक्री (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइसकेको र प्रक्रियमा रहेको डाँगीले जानकारी दिए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीले निर्धारित समयमा कोसी करिडोर प्रसारणलाइन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
|
1,955 |
वि.सं.२०७७ मंसिर ६ शनिवार दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए । समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल पन्ध्र हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो । “रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम सङ्कलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।” कोभिड–१९ को सङ्क्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गरेका सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे । वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:३७ मा प्रकाशित गण्डकी ।
|
1,956 |
कोरोनाभाइरसको महामारीले व्यवसाय बन्द भएसँगै राज्यमा बेरोजगारी बढेको उनले बताए । ‘मार्चको १३ देखि हामीले १० लाखको बेरोजगारीको दावी आएको देखेका छौ,’ उनले बताए । अमेरिकामा नयाँ बेरोजगारी दावीको महत्वपूर्ण राष्ट्रिय तथ्यांक सार्वजनिक हुनुभन्दा एक दिन अगाडि न्यूसमको यो घोषणा आएको हो । मार्च १६ मा देशमा सेल्टर इन प्लेस आदेश जारी गर्ने सन फ्रान्सिस्को क्षेत्र देशकै पहिलो क्षेत्र भएको छ । न्यूसमले यसको तीन दिनपछि पुरै राज्यमा घरमै बस्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
|
1,957 |
इङ्ग्लिस लिग कपको दोस्रो चरणमा प्रिमियर लिग क्लब फुल्हमलाई चौथो डिभिजनका क्रलेले मङ्गलबार राति २–० ले स्तब्ध बनाएको छ। यस हारपछि फुल्हमले यो सत्र इङ्ग्लिस प्रिमियर लिगमा मात्र ध्यान केन्द्रित गरे पुग्ने भएको छ। क्रलेविरुद्ध फुल्हमले आफ्नो बलियो टिमलाई खेलाएको थियो तर प्रिमियर लिग पुनरागमनमा सुरुका खेल शानदार प्रदर्शन गर्ने फुल्हमले लिग कपमा निराश बनायो। प्रिमियर लिगमा फुल्हम तीन चरण सकिँदा अपराजित छ। लिभरपुल र वोल्भरह्याम्पटनसँग बराबरीमा खेलेपछि फूल्हमले गत शनिबार ब्रेन्टफर्डलाई पराजित गरेको थियो।
|
1,958 |
पर्वतारोही राम्रो मौसमको लागि पर्खिरहेका थिए र त्यो स्वाभाविक पनि हो । सगरमाथा आरोहण आज, भोलि वा जतिखेरै गर्न सकिने कुरा होइन । उपयुक्त वातारण पर्खनुपर्छ । कहिलेकाहीँ तिनले धेरै दिन नै पर्खनुपर्छ । हो, पुनरविचार गर्नुपर्छ तर बाहिर सगरमाथामा भीडबारे प्रोपोगन्डा भयो । त्यहाँ एकदमै जटिल अवस्था छैन ।
|
1,959 |
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो सार्वजनिक भएपछि न्याय क्षेत्र मात्रै तरङ्गित भएको छैन, सिङ्गो न्याय क्षेत्रमाथिको विश्वासमाथि फेरि प्रश्न उठेको छ । कानुन, न्याय क्षेत्रका जानकारहरू न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो सार्वजनिक भएपछि सम्बन्धित अधिकारीहरूबाटै न्यायिक विश्वासमाथि शृङ्खलाबद्ध प्रहार हुने स्थितिकै निरन्तरताका रूपमा बुझ्दछन् र यो जनविश्वास नै तोड्ने ठूलो घटनाका रूपमा अर्थ्याउँछन् । उनीहरूका अनुसार जनविश्वास खस्किनुमा पछिल्लो घटना मात्रै जिम्मेवार छैन । बरु पछिल्लो अडियो प्रकरणले विगतमा न्यायिक विश्वासमाथि उठेका प्रश्नहरु थप बलिया भएका छन् । न्यायिक विश्वासमाथि प्रश्न उठ्नुमा न्यायाधीश, कानुन व्यवसायी मात्रै दोषी छैनन् । राजनीतिक दल र स्वार्थमा न्यायालय चलाउन खोज्नेहरू पनि उत्तिकै दोषी देखिन्छन् । विगतमा पनि न्यायाधीश र वलिकहरुमाथि बहसमै सेटिङ भएका घटनाहरू सार्वजनिक हुने गरेका छन् । विवादास्पद फैसला गरेको विषय त एक पछि अर्को आउने गरेका छन् । श्रीमती हत्यामा जन्म कैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अहिले निलम्बनमा छन् । चित्तमा लागेको भनेर त्यसबेला जबराले कोइरालाको कैद घटाउने फैसला गर्दा आर्थिक लेनदेन गरेको नेपालबार एसोसिएसनका पदाधिकारीहरूले नै पटक-पटक औपचारिक आरोप लगाएका छन् । आज रञ्जनको कैद घटाउने अदालतको फैसलालाई लिएर नागरिक सडकमै आएका थिए । यस्तो स्थितिले न्यायालयप्रति नागरिकको विश्वास घटाएकै थियो । तर, त्यसपछि पनि शृङ्खलाबद्ध रूपमा न्यायिक विश्वास घट्ने कार्य भएका छन् । अर्को उदाहरण हो- प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्मा भाग । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका लागि पनि कोटा छुट्याएका थिए । त्यसबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई जना मन्त्री दाबी गरेको तर, प्रधानमन्त्री देउवा एक मन्त्री दिन तयार भएको सार्वजनिक भएको थियो । सहमति अनुसार गोपाल हमाल मन्त्री भएको भनिएको छ । मन्त्री भएको दुई दिन पछि राजीनामा दिएर हमालले शङ्काको सुविधा छोडेका थिए । त्यसअघि तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त हुँदा प्रधानन्यायाधीशले पनि भाग लिए विषय खुलमखुला नेताहरूले बताउने गरेका छन् । ५२ जना संवैधानिक निकायमा नियुक्ति गर्दा न्यायपालिकासँगै मिलेर ओली नेतृत्वको सरकारले काम गरेका कारण सर्वोच्चमा चुनौती दिँदै परेको रिट प्राथमिकतामा नपरेको टिप्पणी हुने गर्दछ । यसरी संवैधानिक नियुक्तिमा भाग लिएर कार्यपालिकासँग साँठगाँठ गरेको लगायतका यावत प्रश्नहरूबाट न्यायालय घेरिएकै छ । प्रधानन्यायाधीशले कार्यपालिकासँग साँठगाँठ गरेको आरोप मात्रै खेपेनन्, तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अर्ली इलेक्सनमा लैजान खोज्दा त्यसको साक्षी बस्न खोजेको आरोप पनि खेपे । विघटनलाई सदर गर्न सहज हुने गरी वरीयता मिचेर आफूखुसी संवैधानिक इजलास गठनको आरोप खोपे । नेपाल बार एसोसिएसनको आन्दोलनपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएर बहस भएको थियो । न्यायिक नेतृत्व माथि न्याय परिषद्को अध्यक्षको हैसियतले सबै तहका अदालतका न्यायाधीशको नियुक्ति गर्दा निष्पक्ष एवं पारदर्शी रूपमा गर्नुपर्नेमा मनोमानी ढङ्गले नियुक्ति गरेको आरोप पनि लाग्यो । नियुक्त भएका कतिपय व्यक्तिको योग्यता, क्षमता र अनुभव नभएकाले त्यस्तो गैरकानुनी नियुक्तिको कानुनी र नैतिक दायित्व प्रधानन्यायाधीशबाट पालना नभएको, निजको सक्रियतामा नियुक्त न्यायाधीशको स्वीकार्यतामा नै प्रश्न चिह्न खडा भयो भनी सार्वजनिक रूपमा आलोचना भयो । न्यायालयमाथिको आशङ्का र अविश्वास तथा गैर न्यायिक आचरणका विषयमा प्रश्न उठी नै रहेको छ । भ्रष्टाचारको अभियोग लागेका मुद्दाको छिटोछरितो सुनुवाइ गर्ने प्रयोजनका लागि विशिष्टीकृत अदालतका रूपमा विशेष अदालतको गठन र शीघ्र न्याय सम्पादनको व्यवस्था विगत दुई दशक अघिदेखि भएको भए पनि यसमा अवरोध सिर्जना गर्नुले पनि न्यायिक विश्वासमा संशय पैदा भएको छ । न्यायपालिकाको विकृति, विसङ्गति र भ्रष्टाचारको सम्बन्धमा अध्ययन गर्न गठित न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन पूर्ण रूपमा लागू गर्न आलटाल गर्ने प्रकृतिले पनि आशङ्का जन्माएकै छ । पूर्व न्यायाधीश, नागरिक समाज, नेपाल बार एसोसिएसनबाटै न्यायिक अविश्वास प्रकट भएका छन् । सर्वोच्च अदालतमै धर्ना, जुलुस, सभा सम्मेलन हुने स्थितिबाट आएको न्यायालयका सन्दर्भमा फेरि कानुन व्यवसायी र न्यायाधीशबीच करोडौँको डिल भएको अडियो सार्वजनिक हुनुले सम्बन्धित अधिकारीहरूबाटै न्यायिक विश्वासमाथि शृङ्खलाबद्ध प्रहार हुने स्थिति पैदा भएको देखिन्छ । न्यायालयमाथि प्रश्न उठ्नुमा राजनीतिक दल र कार्यपालिकामा रहेका पनि उत्तिकै जिम्मेवार छन् । राजनीतिक दलहरूले नै प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा लगेर थन्काएका छन् । १ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ । जबराविरुद्ध पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध ९८ सांसदले जुन गतिमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए, त्यसअनुसार अगाडि बढाउन चाहेनन् । परिणामतः दर्ता भएको चार महिना बितिसक्दासम्म पनि महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा अलपत्र छ । यसले न्यायालयमाथि अविश्वास मात्रै बढाएको छैन, दलहरूमाथि समेत प्रश्न खडा गरेको छ ।
|
1,960 |
काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । उनी कसरी अचेत भइन् भन्नेबारे प्रष्ट हुन सकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।
|
1,961 |
नारायण रायमाझीले निर्देशन गरेको फिल्म 'परदेशी २' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै फिल्म आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरेका हुन्। यो फिल्म फूलपातीको अघिल्लो दिन कात्तिक ३ देखि प्रदर्शन हुनेछ। यसअघि यो फिल्म फागुन ५ गते प्रदर्शन हुने भनिएको थियो। उक्त मितिमा 'फूलबारी' प्रदर्शन भएपछि यो प्रदर्शन हुन सकेन। फिल्ममा विदेशमा रहेका नेपाली विद्यार्थीको कथालाई देखाइने छ। राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म हो। फिल्मको कथा रमेश बिजीले तयार पारेका हुन्। मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। यो फिल्मसँगै दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ पनि प्रदर्शन हुनेछ ।
|
1,962 |
रुकुम पूर्व सिस्ने गाउँपालिका-८ धपे स्थित प्रहरी चौकी निर्माणार्थ अजय पौडेलले एक लाख बढी नगद सहयोग गर्नुभएको छ । सोही ठाउँ घर भई हाल अमेरिका रहनु भएका पौडेलले प्रहरी चौकीको भवन निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले एक लाख पाँच हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको छ । कार्य सम्पादन सजिलो बनाउन प्रहरी तथा स्थानीय प्रहरी चौकी बनाउन कस्सिएका छन् । प्रहरीको आफ्नै भवन होस् र त्यसबाट शान्ति सुरक्षाको थप प्रत्याभूति पाइने अपेक्षा सहित गाउँले सहयोग सङ्कलनमा जुटेका छन् । गाउँलेले सुरु गरेको अभियानमा थोरै भए पनि सहयोग होस भनेर आफूले सहयोग गरेको पौडेलले बताउनुभयो । जग्गा व्यवस्थापन तथा भवन निर्माणका लागि धपे र त्यस आसपासका सबै स्थानीय लागि परेका छन् । टोल टोलमा स्वतःस्फूर्त सहयोग सङ्कलन गर्ने काम भइरहेको धपे प्रहरी चौकी व्यवस्थापन समितिले जनाएको छ । हरेक स्थानीयले सकेको आर्थिक सहयोग गरिरहेका छन् । सहयोग रकम अपेक्षा अनुसार नै सङ्कलन भइरहेको र चाँडै लक्षमा पुग्ने आशा गरिएको समितिले बताएको छ ।
|
1,963 |
तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्याङ्क सङ्कलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा ४५ का दरले स्टिलका पोल उपलब्ध गराएको उहाँले जानकारी दिए। नगरपालिकाले उपलब्ध गराएका स्टिलका पोल वडामार्फत वितरण गर्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए । वडाभित्र बढी जीर्ण रहेका काठेपोल विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट उपलब्ध भएका ४५ स्टिलका पोल टोल विकास संस्थामार्फत वितरण गरिसकिएका उनले बताए । “प्राथमिकताका आधारमा टोल विकास संस्थामार्फत पहिलो चरणमा उपलब्ध भएका पोल वितरण ग¥यौँ”, वडाध्यक्ष न्यौपानेले भने “बाँकी ठाउँमा पनि विस्तारै उपलब्ध गराउँदै जाने रणनीति छ ।” एकैपटकमा सबै ठाउँमा स्टिलपोल वितरण गर्न सम्भव नभएकाले प्राथमिकताका आधारमा काठेपोल फेरिने उनले बताए । काठका पोल कुहिँदा, जीर्ण हुँदा दुर्घटना हुने सम्भावना रहने भएकाले पहिलो चरणमा त्यस्ता ठाउँका काठेपोल विस्थापन गरिने न्यौपानेले बताए ।
|
1,964 |
जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सुरक्षा समितिको बैठकबाट आज साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन्। जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योग धन्धा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमक रोग ऐन २०२० को दफा २ (१) बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको प्रजिअ पौडेलले बताए । खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा हाल १५ जनामा कोरोनाको संक्रमण देखिएको छ। उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।
|
1,965 |
का अनुसार विस्फोटक पदार्थ जिलेटिन र अम्बानीको परिवारै मारिदिने चेतावनी दिइएको पत्रसहितको त्यो स्कार्पियो त्यहाँ छाडेर कुनै व्यक्ति जुन गाडीमा फरार भएका थिए, त्यो गाडी मुम्बई अपराध शाखाकै रहेको पत्ता लागेको हो। मिडिया रिपोर्टका अनुसार गत फेब्रुअरी २५ का दिन अम्बानीको घरबाहिर दुइटा गाडी पुगेका थिए– स्कार्पियो र इनोभा। स्कार्पियोका चालक आफ्नो गाडी त्यहीँ छाडेर इनोभा कारमा फरार भएका थिए। सीसीटीभ फुटेज हेरेर पत्ता लागेको त्यो भगुवा कार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को कार्यालयमा ल्याइएको थियो। अनुसन्धान गर्दा त्यो कार मुम्बई प्रहरीकै अर्थात् अपराध शाखाको भएको खुलासा भएको हो ।
|
1,966 |
कहिलेकाही जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो । देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो । भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् । तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको देखिन्छिन् । दोस्रो भूकम्पपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए । युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो । भूकम्पले बैठक अवरुद्ध गरेको यो पहिलो पटक भने होइन । सन् २०२० मा अक्टोबरमा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक अन्तर्वार्ता दिने क्रममा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
|
1,967 |
सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै रहेको छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ । यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उनले बताए । ‘तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लङ्घन नै रहेको छ’, उनले भने । यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उहाँले बताए । यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उनले जानकारी दिए । पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ । त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ । जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताए । उनले सचेतना अभियान देशभरी सञ्चालन गर्न जरुरी रहेको औँल्याए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,968 |
साङ्केतिक तस्वीर महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । भारतबाट अवैध रुपमा लागुपदार्थ बोकी नेपाल आएका युवक महतोलाई मटिहानी नपा–९ स्थित जलसागर नजीकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट लागुपदार्थ फेनारगन ३०० बोतल, नुफिन २९४ बोतल, डाइजेल्याब २९५ बोतल, घडी थान एक र १० किलोग्राम चामल बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
|
1,969 |
जथाभावी मुद्रा सटही दरका कारण भारतमा उत्पादित सामानको मूल्य स्थानीय बजारमा केही दिनयता महँगो भएको छ ।
|
1,970 |
प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् । के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त ? यस सम्बन्धमा प्रश्न गर्दा नेकपाका एक नेताले भने, ‘ढाँटको निम्तो खाई पत्याउनू !’ नेकपाको सचिवालय बैठक बैशाख २० गते शनिबार बस्दैछ । अध्यक्ष ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका हुन् कि हैनन् भन्ने छिनोफानो शनिबारको बैठकबाटै हुने नेकपा नेताहरुको भनाइ छ । नाम सार्वजनिक गर्न नचाहने एक नेताले भने, ‘बामदेवलाई प्रधानमन्त्री बनाउनै चाहेको हो भने प्रधानमन्त्री ओलीका तर्फबाट शनिबारको बैठकमा ठोस प्रस्ताव पक्कै आउला । प्रतिनिधिसभामा चुनाव हारेको व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने स्पष्ट खाकासहितको प्रस्ताव प्रधानमन्त्रीबाट आयो भने उहाँले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेकै हो भन्ने शनिबारै स्पष्ट भइहाल्छ ।’ माधव नेपालनिकट नेकपा नेताहरुका अनुसार प्रधानमन्त्रीले खेल्न खोजेको ‘बामदेव कार्ड’ को हदम्याद वैशाख २० सम्म छ । प्रधानमन्त्री ओलीले बामदेवबारे शनिबारको बैठकमा ठोस प्रस्ताव नल्याएमा यो कार्डको म्याद त्यही दिनदेखि ‘एक्स्पायर’ हुनेछ । तर, प्रधानमन्त्रीले शनिबारको बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ययोजना प्रस्तुत गरेको अवस्थामा होला ? त्यसपछि नेकपाको शक्ति सन्तुलन र नेपालको राजनीतिमा नयाँ बहस सुरु हुने नेताहरुको विश्लेषण छ । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनै चाहेका हुन् भने प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दुईवटा विधि सुझाउन सक्छन् : एक- राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव सचिवालय बैठकमा राख्ने । र, बामदेवलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रियसभा सदस्य बनाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा राख्ने । दुई- प्रतिनिधिसभाको कुनै सिट खाली गराएर त्यसमा बामदेव गौतमलाई उपचुनाव जिताएर प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव शनिबारको बैठकमा राख्ने । यसका लागि आफ्नो कुनै सांसदको राजीनामा समेत सचिवालय बैठकमा पेश गर्ने । प्रधानमन्त्री ओलीले शनिबार सचिवालयको बैठकमा यी दुईमध्ये एउटा प्रस्ताव ल्याएको खण्डमा उनी वामदेवलाई प्रधानमन्त्री बनाउन ईच्छुक रहेको सिद्ध हुने नेकपा नेताहरु बताउँछन् ।
|
1,971 |
सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् । सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताए । पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्तसमेत रहेको बताइएको छ ।
|
1,972 |
पोल गाडियो र मिटर समेत जडान गरियो तर बिजुली भने पुगेन। विद्युत वितरण केन्द्रले केही समयमा विद्युत पुगिहाल्ने आश्वासन दिएपछि २०७४ सालमै मिटरबक्स ल्याएर जडान गरिएको भुमिराज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण सिंह बिष्टले जानकारी दिए। ‘पोलहरु गाडेर ठिक्क पारिएको अवस्थामा केही समयमा विद्युत पुगिहाल्छ भनेर मिटर जडान गरियो, तर पाँच वर्षभन्दा बढी भइसक्यो, बिजुली बलेन,’ उनले भने। विद्युत जडान नभए पनि विद्युत वितरण केन्द्र पाटनले भने महसुल लिने गरेको छ। मिटर जडान भएदेखि नै महशुल लाग्ने भन्दै माग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए। २०७४ सालदेखि पटक पटक विद्युत जडानका लागि लिखित तथा मौखिक रुपमा विद्युत वितरण केन्द्रलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ। ‘विद्युत जडान गर्न पटकपटक निवेदन दिइयो, कुनै सुनुवाई भएन,’ अर्का स्थानीय नमराज बिष्टले भने। मन्दिरमा मात्रै होइन पाटन ६ कै सुकेलीमा रहेको दलित बस्तीमा बिजुली पुगेको छैन। स्थानीले घरमा वाईरिङ गरेको एक वर्षभन्दा बढी भइसकेको छ। घरअगाडि पोल गाडिएको र घरमा वाइरिङ समेत गरेको लक्ष्मण लुहारले बताए। बेलाबेला वितरण केन्द्रसमक्ष आग्रह गर्दा कुनै सुनुवाई नभएको लुहारले सुनाए। ‘घरनजिकैका टोलहरुमा झलमल्ल बिजुली बलिरहन्छ, हामी अन्धकारमा छौं।’ विजुली केही दिनमा पुग्ने आश्वासन दिएपछि गतवर्ष वाइरिङ गरेको उनले बताए। नमुना सहरको रुपमा रहेको पाटन बजार छेउमै रहेको दलित बस्ती अन्धाकारमा बस्न बाध्य छ। अन्धकारमा बस्न बाध्य अर्का स्थानीय मदन लुहारले सुनाए, ‘घर नजिकैका बजार क्षेत्रमा करोडौँका योजनाहरु भइरहेका छन् भन्ने सुनिन्छ, हामीले भने विजुली बाल्न पाइरहेका छैनौँ, विद्युत जडानको माग गर्दा पनि आनाकानी गर्छनु।’ तार लगयतका केही उपकरणको अभावमा विद्युत जडान गर्न नसकिएको वितरण केन्द्र बैतडीले जनाएको छ। विद्युत पूर्णरुपमा नपुगिकनै घरमा वाइरिङ र मिटर जडान गर्न नहुने उनले बताए। तर वितरण केन्द्रले नै मिटर दिइसकेको थियो। बैतडीको पाटन नगरपालिकामा झण्डै ९० प्रतिशत घरहरुमा बिजुली पुगिसकेको नगरपालिकाले जनाएको छ। केही टोलहरुमा नपुगेको र पूर्ण विद्युतीकरणका लागि माथिल्लो निकायसँग पहल भइरहेको पाटन नगरपालिकाले जनाएको छ। ‘विद्युत नपुगेक टोलहरुमा लाइन बिस्तारका लागि विद्युत वितरण केन्द्र बैतडी, क्षेत्रीय कार्यालय अत्तरीया र प्रदेश तथा संघीय सरकारसँग समन्वय भइरहेको छ,’ उपप्रमुख कमल बोहराले बताए। तत्कालीन समयमा विद्युतका पोलहरु गाडिएको भए पनि विद्युत जडान गर्न नसकिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताए। ‘विविध कारणले विद्युत जडान हुन सकेन, अब प्रक्रिया अघि बढाउछौँ,’ उनले भने। यसै वर्षभित्र विद्युत पुग्ने गरी काम अघि बढाउने उनले बताए। विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि ढिलाइ हुने गरेको छ। बैतडीमा करिब ३८ प्रतिशत घर धुरीमा मात्रै बिजुली पुगेको छ। विद्युत वितरण केन्द्रका अनुसार बैतडीमा १९ हजार घरधुरीमा मात्रै बिजुली पुगेको छ। ५०,४७२ घरधुरी रहेको बैतडीमा १९,१९२ घरधुरीमा मात्रै विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीले जनाएको छ। यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो। जिल्लालाई पूर्ण विद्युतीकरणको लागि चार ठाउँमा सबस्टेसनको कामलाई अघि बढाएको वितरण केन्द्र बैतडीका प्रमुख भट्टले बताए। जिल्लाको पाटन नगरपालिका र मेलौली नगरपालिका तथा दोगडाकेदार र सुर्नया गाउँपालिकामा सबस्टेसनको काम अघि बढेको प्रमुख भट्टले बताए। पाटन र मेलौलीमा बन्ने भनिएको सबस्टेसनको लागि ठेक्का म्याद दोश्रो पटक थपिएको छ भने सुर्नया र दोगडाकेदार गाउँपालिकामा बन्ने भनिएको सबस्टेसनको लागि पहिलो ठेक्का सम्झौता भइसकेको छ ।
|
1,973 |
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीद्वाराशुक्रबार जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ । “सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ”, राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।” त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन्। “सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ”, सन्देशमा भनिएको छ । उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,974 |
नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन् । ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ । नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन् । असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ । उनीहरूले चियापानका लागि भने शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेका छन् । समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर–गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ ।
|
1,975 |
जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । पुलिसलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । पुलिसले फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको छ । विजेता पुलिसले ५ लाख र उपविजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले सुरुवाती १४ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनायो । सुमित महर्जन ३ र वसन्त रेग्मी २ रनमा अविजित छन् । दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजले श्रीलंकालाई ५ विकेटले हराउँदै सिरिज एक खेल अगावै जितेको हो । जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एपिएफका ओपनर सुबास खकुरेल र प्रदीप ऐरी दुबै आजको खेलमा बेन्चमा छन् । खेल बिहान ९:३० मा टियु मैदानमा सुरु हुने छ । पुलिस लिगमा शीर्ष र एपिएफ दोस्रो हुँदै फाइनल खेल्न लागेका हुन् ।
|
1,976 |
समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो ।
अफगान स्रोतका अनुसार तालिबानका कतिपय बरिष्ट सदस्यहरु कोरोनाभाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो । फगानिस्तानका पूर्वराष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिबान आन्दोलनको नेतृत्व गरिरहनु भएको दाबी गरेका छन् । उनले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरु कोरोनाभाइरस संक्रमित भएका र उनीहरु पाकिस्तान फर्किएको पनि बताए । गत फेबु्रअरीमा तालिबानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिबान समूहको नेतृत्वमा संकट उत्पन्न भएको छ ।
तालिबान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ । अमेरिकाले तालिबानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिबान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन ।
विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिबान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि बैठकहरुमा देखा पर्नु भएको छैन । उनको स्थानमा हक्कानी नेटवर्ककका सिराजुद्दीन हक्कानीले गरिरहेका छन् । यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ ।
इस्लामिक स्टेटको चाहना तालिबानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनः अतिवादी जिहादी क्रियाकलाप शुरु गर्नु हो । नबिलका अनुसार तालिबानको राजनीतिक कार्यालयमा परिवर्तन हुनेक्रम जारी रहेको छ । पछिल्लो समय मुल्लाह याकूब पनि तालिबानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहनु भएको थियो । उहाँका बुबा मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो । याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । तालिबान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो ।
तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिबानलाई सत्ताच्यूत गरेको थियो । तालिबान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,977 |
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन्। नेपाली कांग्रेस म्याग्दीको आज बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने बताए। “नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उनले भने, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।” निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको उनको कथन थियो ।
|
1,978 |
यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ।सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ।विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ। ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ।काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ।नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने ब्रत मध्येको एक श्री स्वस्थानी माताको ब्रत हो । यो ब्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ।तराईको छट पूजा र पहाडको श्री स्वस्थानी ब्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको ब्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रैदेश नैपालको काठमाण्डौमा छन्।यो ब्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।
|
1,979 |
प्रिन्सले शीर्ष १६ वरीयताभित्रको पुरुष एकलको फाइनलमा प्रफुललाई २१–१४ र २१–१७ ले पराजित गर्न सफल भए । पहिलो सेटमा सहज जित पाएको प्रिन्सले दोस्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई उल्ट्याएर २१–१७ को जित निकाल्न सफल भयो । पछिल्लो ८ दिन भित्रमा दोस्रो उपाधि तथा प्रफुल माथि पनि यो दोस्रो जित हो । यसअघि गत साता इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई हराउँदै प्रिन्सले उपाधि जितेका थिए । पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त रुमा तेश्रो भए । उपाधिसँगै प्रिन्सले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले ३० हजार र तेस्रो भएका विष्णु र रुकेशे क्रमश १४ हजार र १२ हजार ५ सय हात पारे । विजयी खेलाडीलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गरे । लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने जनाएको छ । नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिलाको शीर्ष १२ वरीयता भित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि इटहरीमा सम्पन्न मुख्यमन्त्री राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७ र २१–६ ले पराजित गर्दै उपाधि जित्न सफल भइन् । पुष्पलालमा अनुको लगातार दोस्रो उपाधि हो । राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा तेस्रो भइन् । च्याम्पियन अनुमायाले ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । जेशिकाले २८ हजार ५ सय र तेस्रो भएकी रशिलाले १२ हजार ५ सय र प्राथनाले ११ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । पुरुषको शीर्ष १६ वरीयता बाहेकमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधि जिते । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेस्रो भए । महिला शीर्ष १२ बाहेकमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधि जितिन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भइन् । पुरुष युगलतर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै उपाधि जिते । आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए । महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै आर्मीर्की प्राथना देउवा र अनुमाया राईले उपाधि जिते । एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडी तेस्रो भइन् । पुरुष यु१७ मा एपिएफका रोशन साउदले आर्मीका अनिल मल्ललाई पराजि तगर्दै पहिलो भए । आर्मीका कविर केसी र दाङका सनौला रैनी संयुक्त तेश्रो भए । महिला यु१७ मा आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई हराएर पहिलो भइन् । कास्कीकी निभा राई र ताप्लेजुङकी नुमा लिम्बु संयुक्त तेश्रो भइन् । पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले उपाधी जिते । पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधि उचाले । उच्च वरीयता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । शहिद रंशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ तथा मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ रहेको थियो । सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको थियो भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको थियो । करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशी ५ लाख ९८ हजार रहेको थियो । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् ।
|
1,980 |
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो । यसअघि चिनिया पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनिया गाडी सामान थपेको हो । अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उनले बताए । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।
|
1,981 |
कांग्रेस नेता प्रदीप गिरीले मधेसको मुद्दालाई संस्थागत गर्न सदन र पार्टीमा समेत मधेसको पक्षमा मत राखी वकालत गर्दै आएका कांग्रेस नेता प्रदिप गिरीले आफ्नो लोकप्रियता मधेसमा परीक्षणका लागि मधेस भूमिबाटै उम्मेदवारी दिएको बताएका छन् । ‘म मधेसमैं जन्मिएँ, मधेसमैं हुर्किए र पछिल्लो समयमा मधेसकै अधिकारको सवालमा केन्द्रित रही सदैव अघि बढे’ प्रेस युनियन सिरहाद्वारा शनिवार लहानमा आयोजित पत्रकार भेटघाटमा नेता गिरीले भने ‘अब मैले आर्जन गरेको लोकप्रियताको परिक्षण पनि मेरो जन्मभूमि र मधेस आन्दोलनको उद्गम विन्दु सिरहा क्षेत्र नम्वर १ मै परीक्षण गर्न खोजेको हुँ ।’ ‘मधेसको आन्दोलन उत्कर्षमा पुगेको बेला, मधेसको विपक्षमा नयाँ संविधानको लागि संविधान सभामा मतदान भइरहेको थियो त्यो बेला मधेस आन्दोलनको पक्षमा संविधान सभामा कराउने र संविधान पारित गरिने मतदानलाई बहिष्कार गर्ने मै एक्लो कांग्रेसको सभासद थिए’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नम्वर १ मा उम्मेदवारी दिएका उनले भने ‘यस अर्थमा मधेस आन्दोलनको उपलब्धिको रक्षा गर्न मैले कुनै कसर बाँकी राखेको छैन ।’ मधेस मुद्धा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई राम्रोसँग थाहा भएकोले मधेसी जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । उनले यो चुनावमा उम्मेदवारको जात, धर्म, समुदाय र व्यक्तिगत चरित्र हेर्नुभन्दा पनि उम्मेदवारले कुन विचार बोकेको छ भन्ने कुरा हेर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले वाम गठबन्धनले बोकेको विचार र लोकतान्त्रिक आन्दोलनले सिर्जना गरेको विचारबीचको बहस यहीबाट सुरु होस भन्ने आफ्नो विचार रहेको औल्याए । यसपटक जिते अब मन्त्री हुने चाहना सुनिन्छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा नेता गिरीले ठट्यौलीपूर्ण उत्तर दिंदै जनताले चुनाव जिताए मन्त्री मात्रै होइन म प्रधानमन्त्री पनि बन्न सक्ने बताए । कम्युनिष्ट शासन भएका उत्तर कोरिया र चीनका जनता निस्सासिएर बाँचेको र भेनेजुयला, क्युवा र कम्बोडिया आर्थिक रुपमा तन्नम भएको उदाहरण दिदैं उनले नेपालका लागि प्रजातान्त्रिक विचारधारा नै उत्तम रहेको जिकिर गरे । दर्शनढुंगा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुने विचारधारा प्रजातान्त्रिक विचारधारा भएको प्रष्ट पार्दै उनले कुनैपनि वाद अन्तिम सत्य नहुने र कम्युनिष्ट विचारधारा अधिनायकवादी विचारधारा भएकाले चुनावको माहौलमा जनताको चेतना उचालिएको बेला यो बहस व्यापक हुन जरुरी रहेको औल्याए । नेता गिरीले वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण्म भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेको समेत दावी गरे ।
|
1,982 |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।
|
1,983 |
का अनुसार विस्फोटक पदार्थ जिलेटिन र अम्बानीको परिवारै मारिदिने चेतावनी दिइएको पत्रसहितको त्यो स्कार्पियो त्यहाँ छाडेर कुनै व्यक्ति जुन गाडीमा फरार भएका थिए, त्यो गाडी मुम्बई अपराध शाखाकै रहेको पत्ता लागेको हो। मिडिया रिपोर्टका अनुसार गत फेब्रुअरी २५ का दिन अम्बानीको घरबाहिर दुइटा गाडी पुगेका थिए– स्कार्पियो र इनोभा। स्कार्पियोका चालक आफ्नो गाडी त्यहीँ छाडेर इनोभा कारमा फरार भएका थिए। सीसीटीभ फुटेज हेरेर पत्ता लागेको त्यो भगुवा कार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को कार्यालयमा ल्याइएको थियो। अनुसन्धान गर्दा त्यो कार मुम्बई प्रहरीकै अर्थात् अपराध शाखाको भएको खुलासा भएको हो ।
|
1,984 |
उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल समाचारपत्रसँग कुरा गर्दै एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन सकिन्न ।’ ‘कोरोना नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ, केही दिन बाहिरबाट आउने यात्रुलाई रोक्नुपर्छ’ –दुवैको धारणा छ । प्रहरी र स्थानीय प्रशासनले मात्र नभई यात्रु ओसार्ने र राजधानी पठाउने निकायलाई कोरोना नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेपछि मात्रै समस्या समाधान हुन सक्ने धारणा उहाँहरुको छ । ‘राजधानीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै मेयर शाक्यले भन्नुभयो– ‘बाहिरबाट उपत्यका प्रवेशमा कडाइ नगरेसम्म कोरोना नियन्त्रण गर्न सम्भव हुँदैन । ’ नागढुंगा, फर्पिङ, जगातेलगायत मुख्य नाकामा बाहिरबाट यात्रु ल्याएर बाटौमै छाड्ने सवारी चालकलाई कारबाही नगरेसम्म उपत्यकामा कोरोना संक्रमण रोक्न नसकिने उहाँको धारणा थियो । यसै गरी, मेयर महर्जनले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेपछि मात्र केही मात्रामा कोरोना नियन्त्रण हुन सक्ने बताउँदै त्यसका लागि गृह मन्त्रालयले चासो दिनुपर्ने बताउनुभयो ।
’ ललितपुर महानगरले कारोना नियन्त्रण गर्न क्वारेन्टाइन, होल्डिङ सेन्टर, एम्बुलेन्सलगायत अन्य सेवा सञ्चालन गरी आफ्नो जिम्मेवारी वहन गरिरहेको जानकारी गराउँदै महर्जनले हामीले सबै संयन्त्र प्रयोग गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं भन्नुभयो । यो खबर आजको समाचार पत्रले छापेको छ । काठमाडौँ, ६ साउन । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान काठमाडौं,६ साउन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र काठमाडौं, ६ साउन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धमा परेको रिटमा गम्भीर संवैधानिक काठमाडौँ, ६ साउन । नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर र मजबुत सरकारका मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध काठमाडौं,६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नियुक्त भएकोमका नेकपा एमालेका अध्यक्ष काठमाडौँ, ६ साउन । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान काठमाडौं,६ साउन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र काठमाडौं, ६ साउन ।
|
1,985 |
पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परी बिचल्लीमा परेका छन्। केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण भेडेटारका २३ घर जोखिममा परेका हुन् । जोखिममा रेहेका २३ घर मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको वडाध्यक्ष यम(दिपक)मगरले वताए । पहिरोले क्षती भएको मजुवा गाउको स्थितिको वारेमा वडाध्यक्ष दिपक मगरले पहिरोको क्षती र उद्धार तथा राहतको वारेमा स्थलगत रुपमा गएको पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनाोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा, कमल कार्कीसहितको टोलीलाई क्षतीको वारेमा जानकारी दिदै राहत तथा उद्धार पीडितहरुलाई स्थानान्तरणका लागी पहल गरिदिन आग्रह गरेका छन् । सो अवसरमा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठको टोलीले पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने र राहतका लागी पहल गर्ने विश्वास दिलाए ।
|
1,986 |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत् रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने । श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरू बिच समन्वय गर्ने उद्देश्यका साथ वृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो । मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरी रहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीको लागि आवश्यक पर्ने सीपको बारेमा जानकारी पाउनेछन् । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्,’ उनले बताए । त्यस्तै, छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले वृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने समेत उनले बताए । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवर्द्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि वृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफल कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुगांना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियनका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगार विज्ञ रामेश्वर नेपाल लगायतका व्यक्तिले आ-आफ्नो सुझाव राखेका थिए । त्यस्तै, आईएलओका प्रतिनिधि सौरभ जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
|
1,987 |
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार यहाँ आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।
“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।
काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए । काङ्ग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय महासचिव लक्ष्मीप्रसाद सुवेदीले सरकारले राहत शिक्षक र बालविकास केन्द्रमा अध्यापन गर्दै आएका शिक्षक शिक्षिकाको तलब वृद्धि गर्नुपर्ने बताए । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले शिक्षकका समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिए ।
|
1,988 |
नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भए तापनि सेवाग्राही भने न्यून छन्। नेपाल सरकारले सरकारी कर्मचारीलाई दसैं विदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाए तापनि प्रशासन कार्यालयमा भने आज सेवाग्राही धेरै आएनन्। 'बडादसैंको बाह्रौँ दिन पनि कार्यालयमा कर्मचारी आएका छन्, तर अरु दिनभन्दा आज सेवाग्राही धेरै कम छन्,' प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने, 'अरु दिनमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने गथ्र्यो, एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी ७० देखि ८० वटा जति नागरिकता बन्ने गथ्र्योे तर आज भने नयाँ नागरिकता तीन र प्रतिलिपि एउटा गरी जम्मा चार वटा बनेको छ, राहदानी १० वटा र सिफारिस तीन वटा गरी जम्मा १३ वटा मात्र बनेको छ।' नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,989 |
आईपीएलको दोश्रो चरणको खेल शुरु भईसकेको छ । सबै टीम एकअर्कासँग खेलिसकेका छन् । खेल यूएईमा भईरहेको छ । आजको खेलमा मुम्बई इण्यिन्स र कोलकता नाइट राइडर्सबीच खेल भईरहेको छ । यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार कोलकताले कप्तान परिवर्तन गरेको छ । दिनेश कार्तिकले कप्तानबाट छोडेसँगै कोलकताले उनको ठाउँमा इयोन मोर्गनलाई कोलकताको कप्तानी चुनेको छ । दिनेसले किन कप्तानी छोडे भन्ने बारेमा भने अहिलेसम्म केहि खुलेको छैन ।
|
1,990 |
सर्रे जागुअर्सलाई मिसिसौगा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित दिलाउन सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए । जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । सर्रे शीर्षस्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको हो । जितको लागि ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्सले १४.३ओभरमा ५६ रनमाअल आउट भएको छ । निकै रोमान्चक खेलमा बायर्नले इन्ज्युरी समयमा गोल गर्दै ४-३ को जित दर्ता गरेको हो । खेलमा लिभरपुलले दुई पटक अग्रता लिएपनि जित निकाल्न सकेन । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले कोडी गाक्पोको गोलमा अग्रता लिएको थियो । पानामामाथि ६–३ को रोमाञ्चक जित निकाल्दै फ्रान्स समूह ‘एफ’ को विजेता बनेको हो । नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगन सफल भएको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर दक्षिण अफ्रिकाले इटालीमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै समूह ‘जी’ को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । अर्जेन्टिनालाई २–० ले पराजित गर्दै स्वीडेन समूह ‘जी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्जेन्टिना पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको हो । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ ।
|
1,991 |
बरहथवा नगरपालिका- १० कटानीको उखुबारीमा स्थानीय ३२ वर्षीया सावित्री देवी रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बरहथवा नगरपालिका- ७ स्थित राम छबिला साहको उखुबारीमा शुक्रबार सावित्रीदेवीको शव फेला परेको हो। घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शरीरका विभिन्न भाग जलेको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। ‘घटना शङ्कास्पद देखिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ,’ डिएसपी बुढाथोकीले भने। मृतक महिलाका पति सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन्। आफन्तका अनुसार मृतक महिला एक साताअघिदेखि घरबाटै बेपत्ता थिइन्। उनको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन्। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ। ‘उनको बलात्कारपछि हत्या भएको आशंका छ, हामी थप अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी स्रोतले भन्यो ।
|
1,992 |
पक्राउपर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौंको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुले बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
|
1,993 |
दुई दिनदेखिको अविरल वर्षाले महाकाली र कर्णाली नदीमा बाढी आएको छ। दुवै नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार मध्याह्न महाकाली र कर्णालीमा पानीको सतह सतर्कता तहमाथि माथि पुगेको छ। महाकाली नदीले डडेल्धुराको परिगाउँस्थित जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो। परिगाउँमा अहिले पानीको सतह ६ मिटर पुगेको छ। यो ठाउँमा सतर्कताको तह ५.८ मिटर हो भने खतराको तह सात मिटर हो। त्यस्तै, कर्णाली नदीले कैलालीको चिसापानीस्थित जलमापन केन्द्रमा सतर्कताको तह पार गरेको हो। चिसापानीमा अहिले पानीको सतह १०.७ मिटर पुगेको छ। यो ठाउँमा सतर्कताको तह १० मिटर र खतराको तह १०.८ मिटर हो। महाकालीमा पानीको सतह एकनासको रहेपनि कर्णालीमा भने बढ्दै गएको छ। केहीबेरमा खतराको तह पान गर्नसक्ने महाशाखाले जनाएको छ। महाशाखाले महाकाली र कर्णाली नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। आज साँझसम्म नै उच्च सकर्तता अपनाउन महाशाखाले सचेत गराएको छ ।
|
1,994 |
म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । बिहीबारदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ सुरु भएको हो । पर्यटन, कृषि, कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी जिल्लाको विकासमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको हो । महोत्सवले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ । बेनीको खुलामञ्चमा आयोजना गरिएको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मेला पर्वले कला संस्कृतिको संरक्षण गर्नुका साथै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरोनाका कारण प्रभावित बनेको पर्यटन र उद्योग व्यवसायलाई उकास्न महोत्सव सफल हुने आशा व्यक्त गर्नुभयो । म्याग्दी जलविद्युत्, कृषि र पर्यटन विकासको राम्रो सम्भावना भएकाले निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नसकेमा समृद्धिको ढोका खुल्ने भनाइ उहाँको थियो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजाति र धर्म समुदायका सङ्घसंस्थाहरूले आआफ्नो कला संस्कृति, भेषभूषा, विभिन्न जातजातिहरूको पुर्ख्यौली नाच र बाजागाजासहित बजारमा झाँकी प्रस्तुत गरेका थिए । महोत्सवका अवसरमा स्थानीयले तुल, ब्यानर, स्वागतद्वाराले बजारलाई झकिझकाउ बनाएका छन् । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन र सम्भावनाहरूको उजागर गर्न महोत्सवको आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरूको उजागर गर्ने र यहाँका उत्पादनहरूको बजारीकरण र प्रचारप्रसारमा समेत सघाउ पुग्ने प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरूमा हेलिकप्टरमार्फत दृश्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङसमेत सञ्चालन गरिएको छ । महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलका रूपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबललगायतका प्रतियोगितासमेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरूकोस्टलसमेत राखिएका छन् । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यावसायिक स्टलहरू राखिएका छन् । स्थानीय उत्पादनलाई बिक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि बेनीमा महोत्सवको आयोजना हुँदै आएको छ ।
|
1,995 |
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो । विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो । यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,996 |
उनीसँगै उक्त गाउँपालिकाको १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङसहित दुई दर्जन युवा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर मार्फत डोल्पा पुगेका दाहाललाई गाउँको विकासका लागि ६ बुँदे ज्ञापन पत्र बुझाउँदै युवाहरू पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । दाहालका साथमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडीलगायतका नेताहरू बुधबार डोल्पा पुगेका थिए ।
|
1,997 |
कञ्चनपुरकाे कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो । बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो । जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ ।
|
1,998 |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले सरकार विदेशी वस्तु आयातमा केन्द्रित भएको तर स्वदेशी उत्पादनमा ध्यान नदिइरहेको आरोप लगाएका छन् । संसद्मा आइतबारदेखि जारी आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै सांसद शाहीले विदेशी वस्तुको व्यापार गरेर देश संवृद्ध हुन नसक्ने तर्क गरे । ‘विदेशी मोबाइल, टिभी, घडी र गाडी बेचेर देश धनी बन्न सक्दैन । यहाँको उत्पादन बढाएर निर्यात गर्ने पहुँचमा नेपाल पुर्याउनुपर्छ । तर, हामी स्वदेशी जडिबुटी, काठ, फर्निचर, खनिज, मदिरा केही पनि निर्यात गर्न नपाउने गरी ऐन बनाइरहेका छौँ । यस्तो स्थितिमा हामीले कसरी संवृद्धि हासिल गर्ने ? सांसद शाहीले प्रश्न गरे । सोही अवसरमा सांसद शाहीले ३४ वर्षे संसदीय व्यवस्थामा मुलुकले धेरै विज्ञ अर्थमन्त्री पाएको तर देशको वास्तविक अर्थतन्त्र र स्थिति बुझेको मन्त्री नपाएको बताए ।
|
1,999 |
बाख्राको दूध सेवन गर्ने कुरा आमरुपमा प्रचलनमा छैन । हामीले प्रायजसो गाई र भैसीको दूधमात्रै सेवन गर्दछौं । बाख्राको दूधका कैयन फाइदाहरु रहेको बताइएपनि यसको सेवनले यौन क्षमता समेत बृद्धि हुने नयाँ कुरा थाहा भएको छ । बाख्राको दूधमा सेलेनियम मिनरल नामक खनिज पदार्थ रहेको हुन्छ । यो पदार्थले शरीरको प्रतिरोध क्षमता बृद्धि गर्ने गर्दछ । मुटुलाई स्वस्थ राख्न पनि बाख्राको दुध लाभदायक हुन्छ । यसले कोलेस्ट्रोललाई सन्तुलनमा राख्ने काम गर्दछ । बाख्राको दुधले हृदयघात, स्ट्रोक्स रोक्न पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । पोटासियमको स्तर यसमा बढी हुने भएकाले यसले ब्लड प्रेसरलाई पनि सन्तुलनमा राख्न सघाउछ । प्रोटिन शरीरको विकास र ग्रोथका लागि आवश्यक हुन्छ । त्यसैले प्रोटिनका लागि पनि बाख्राको दुध उपयुक्त मानिन्छ । यदि बच्चाको ग्रोथ सही चाहनु हुन्छ भने प्रोटिनको सही मात्र मिल्नु आवश्यक छ। त्यसैले यसका लागि सबैभन्दा उत्तम विकल्प बाख्राको दुध हो । यी फाइदाका अतिरिक्त बाख्राको दूधलाई नियमित तरिकाले सेवन गर्ने हो भने यसले यौन दुर्बलता कम गर्न निकै मद्दत पुर्याउँछ । यसका लागि ५ वा ७ खजुरलाई ताजा बाख्राको दुधमा मिलाएर रातभर छाड्ने र बिहान त्यसलाई बाख्रोको दुधसँग सेवन गर्दा यौन शक्ति बढ्ने गर्दछ । यसबाहेक बाख्राको दूधमा काजु पकाएर खाने या महसँग सेवन गर्दा समेत यसले यौनक्रियामा शीघ्र पतन हुनेहरुलाई लाभ पुर्याउँछ ।
क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।
त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे ।
अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए ।
त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।
“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।
यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो ।
नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो ।
हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ ।
संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ ।
नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ ।
राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन ।
त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ ।
पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।
मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।
अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.