Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,700 |
एमबीबीएस प्रवेश परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले यसअघि भदौ २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश सुनाएसँगै परीक्षा सञ्चालन गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो । ‘यस अदालतका एक न्यायाीशको इजलासबाट मिति २०७६/०५/२० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन, अरू कानूनबमोजिम गर्नू,’ सर्वोच्चले भनेको छ । सर्वोच्चले हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु उपयुक्त नभएको ठहर गरेको छ ।
|
1,701 |
त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’ सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ। तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन।’ कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं। उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन्।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा बागलुङ ।
|
1,702 |
आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरुको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ । विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे । पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरु, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरु आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन् । उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरु आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरुको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन् । हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरु पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुरासले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् । मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।
|
1,703 |
जिल्लाको हरिवन नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)का रमेश बुढाथोकी विजयी हुनुभएको छ । काठमाडौं महानगरपालिका २८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका भाइ राम खड्गी प्रकाश विजयी हुनुभएको छ । उहाँले एक हजार २८२ मत ल्याउनुभयो । जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ । हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाले अग्रतालाई कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ९६ मत प्राप्त गर्नुभएको छ । जिल्लाकाे चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उहाँले गठबन्धन तर्फ नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
|
1,704 |
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै आजैदेखि चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ । सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताए । मङ्गलबार अपराह्न काठमाडौँ आईपुग्ने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्ने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए ।
बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन् ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए । उनको भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइए झैँ विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
भ्रमण सम्पन्न गरी उहाँ कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि गत असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेका थिए । उक्त समयमा विमानस्थलसँगै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका सडक सजाइएको तथा कालोपत्र गरिएको थियो भने ठाउँठाउँमा नयाँ बगैँचासमेत निर्माण गरिएको थियो ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
|
1,705 |
एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ ।त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् । ‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ ।
|
1,706 |
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ । ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिकामा देख्न सकिन्छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र यशोदा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।
|
1,707 |
कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछा आमबोटका ललितसेर राईको ८ वर्षिय छोरी करुण राईको इलाम । चियाको राजधानी इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमणको भद्रपुर । लकडाउनका बेला चौबीसै घण्टा सेवा पु-याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा मोरङ । लकडाउन उलङ्घन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । धनकुटा । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ्ग धनकुटाको सक्रियतामा मास्कको अभाव उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा झुल्केले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउने भएका संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी कारागारमा बन्दी जीवन बिताइरहेकी जेलिसाको नामले नै भन्छ, उनी जेल भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
1,708 |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन् । बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले आगामी आर्थिक् वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भएपनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् । उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरुको नाराका रुपमा अघि बढाउनुपर्ने बताइन् । उनले महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महशुस भएको जिकिर गरिन् । उनले महिलाहरु आर्थिक रुपले सशक्त नभइकन देश समृद्ध बन्न नसक्ने बताइन् । उनले भनिन्, ‘आर्थिक रुपले सशक्तिकरण जबसम्म हुँदैनन् महिलाहरु तबसम्म भोको पेटले सारंगी बज्दैन । मैले त्यो आधारमा आर्थिक रुपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रबालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो । नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभइ सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो । कस्तो छ हाम्रो सोचाई भन्ने हो । सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हाैँ । यसमा राम्रै हुन्छ भनेर हामीले सोचेका थियौँ । बढी आउला की बजेट भन्ने सोचेका थियौँ । तर हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो । मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो । महिलाहरुको जग्गा, उद्योग दर्तामा केही छुट दिएका छौँ ।’ मन्त्री चौधरीले अहिले नेपाली महिलाहरुले संवैधानिक रुपमा धेरै अधिकारहरु प्राप्त गरेको बताइन् । यस वर्ष ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाइँदैछ ।
|
1,709 |
देश संघीय सरकारमा गएसँगै ७ प्रदेशमा प्रदेशसभा गठन भएको र सरकार निर्माण भएको पनि झण्डै डेढ बर्ष हुन लागेको छ । प्रदेश सरकारहरुको प्राथमिक कार्य प्रदेशको नामाकरण तथा राजधानी निर्धारण हुनुपर्नेमा हुन सकेको छैन । तर प्रदेशसभा गठन भएको लामो समय वितिसक्दा समेत अझै चार प्रदेशको नामाकरण तथा स्थायी राजधानी तोक्ने विषयको विवाद कायमै छ । यसै क्रममा प्रदेश नं. २ को प्रदेश सभाको बैठक नाम र राजधानीको लागि छलफल शुरु भएको छ । प्रदेश सभा बैठक अनिश्चित भएपनि दलहरुले दर्ता गराएका प्रदेशको नाम र राजधानीका विषयमा लविङ गरिरहेका छन् । प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रदेशका लागि मधेश प्रस्ताव दर्ता गराएको छ । यता, नेपाली काँग्रेसका प्रदेश नं. २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले जनकपुरधाम भौगोलिक र साँस्कृति तथा दुरीको हिसाबले सहि रहेको तथा प्रदेशको नामाकरणमा बहुतम कसैको नभएपछि विवाद बढेको बताउनु हुन्छ । प्रदेशसभामा १९ मत रहेको कांग्रेसले आफ्नो पुरानो अडानलाई यथावत राख्दै प्रदेशको नामका लागि मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको छ । नेकपाले जनकपुरधाम सहित पूरै धनुषा जिल्लालाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराई सकेको छ । यता, मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडि यो प्रदेश ऐतिहासिक र पौराणिक हिसावले मिथिला प्रदेश रहेको बताउनु हुन्छ । प्रस्ताव दर्ता भएपछि अब सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर हाउसमा प्रस्ताब राख्ने व्यवस्था छ । प्रदेश नं. २ का प्रदेश सभाका सचिव रंजित यादवले प्रस्ताव संशोधन सहित संसदिय विशेष समितिले प्रस्ताव र समर्थनलाई अध्यन गरेर एक महिनामा प्रतिवेदन बुझाउने समय हुने जानकारी दिनुभयोे । विरोध नभए एक महिनामा प्रदेशको नामाकरण र राजधानी निर्धारण हुने पनि उहाँले बताउनु भयो । प्रदेश २ का लागि प्रदेशसभा सांसदहरुले मिथिला भोजपुरा, मिथिला भोजपुरा मधेस, जानकी, जनक, तराईं लगायतका नामहरु प्रस्ताव गर्दै संसदीय दलमा बुझाएका छन् । तर प्रदेशको नामाकरण के हुने हो नतिजा आउन बाँकी नै छ ।
|
1,710 |
लङ्कन समाचार संस्था न्युज फस्र्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्वप्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो । गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोधप्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो । अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पु¥याउने निर्देशन पनि न्यायालयले गरेको छ । सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाई भने परसारिएको छ ।
|
1,711 |
बाजुराको कोल्टीस्थिति रणशेर गणको 'ख' गुल्ममा कार्यरत नेपाली सेनाका जवान एकबहादुर मगरले आइतबार बिहान आत्महत्या गरेका छन् ।
|
1,712 |
सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।
|
1,713 |
सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ । यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् । नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् । यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ । सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए । उनले भने, “अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।” यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उनले बताए । प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने जानकारी दिए । उनले भने, “भारतका प्रधानमान्त्री नरेन्द्र मोदीले विश्व योग दिवस भनेर प्रस्ताव गर्नुभयो तर नेपालजस्तो देवभूमि, तपोभूमि, ध्यानभूमिले किन ध्यान दिवसको प्रस्ताव नगर्ने भन्ने हामीले सोच्यौँ र यो प्रस्ताव गरेका हौँ । ध्यान अध्यात्मिक चिन्तन पनि भएको र वैशाख १ गते आफैँमा नयाँ वर्षको पहिलो सङ्क्रान्तिको दिन तिथि, मिति आदि हेर्न पनि नपर्ने भएकाले यसै दिनलाई प्रस्ताव गरेका हौँ ।” यो दिवसको घोषणा गर्न सकियो भने यसले हाम्रो नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनले बताए । शुक्रबार बिहान ९ बजेदेखि १२ घन्टासम्म सञ्चालन हुने यस महोत्सवमा ध्यान, योगका साथै विशिष्ठ राष्ट्रिय कलाकारद्वारा गीत सङ्गीत र नृत्य, वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुति एवं नाटक प्रदर्शन पनि आयोजना गरिएको छ । महोत्सवमा योगको संयोजन पतञ्जलीले गर्ने भएको छ । यस महोत्सवमा खाना महोत्सव र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ । ध्यानले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । कुनै एक जना व्यक्तिले ध्यान गर्दा उसबाट कैयौँ टाढासम्म सकारात्मक ऊर्जाको प्रवाह हुने भएकाले भोलि शुक्रबार खुलामञ्चमा ५० हजार जनाले ध्यान गर्दा यसबाट नेपाली समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि ठूलो योगदान पुग्ने उनले बताए । अहिले नेपालमा पनि डिप्रेसन भएका मानिसको सङ्ख्या बढेको देखिएको र तनाव व्यवस्थापन गरी शान्तिपूर्ण र सुखी जीवनयापनका लागि ओशो तपोवनमा समाजका विभिन्न पेसा र व्यवसायका वरिष्ठ व्यक्तित्वदेखि युवाहरू आउने गरेका उनले सुनाए । गैरआवासी नेपाली सङ्घका पूर्वअध्यक्ष भट्ट केही वर्षदेखि ओशो अभियानमा छन् । यस अभियानका आफ्ना अनुभव सुनाउँदै उनले भने्, “मानसिक स्वास्थ्यको वर्तमान अवस्थाको निदानका लागि ध्यान र योग जत्तिको प्रभावकारी ‘थेरापी’ अरु केही नरहेको विभिन्न प्रयोग एवं अनुसन्धानबाट प्रमाणित नै भइसकेको छ । त्यसैले अब हामीले पनि नेपाली समाजमा अध्यात्मिक चिन्तनको विकास गरी सबै मानिसलाई ध्यान र योगका लागि प्रेरित गर्नुपर्छ र नेपाली समाजबाट नैराश्यता र नकारात्मक सोचलाई विस्थापित गरी सकारात्मक ऊर्जा प्रवाहमा लाग्नुपर्छ ।” रासस काठमाडौँ, ६ साउन । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ उदयपुर (गाईघाट) ६ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । टीकापुर (कैलाली), ३ साउन । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । पर्वत, ३१ असार । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा तनहुँ, ३१ असार । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् चितवन, असार २७ । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल काठमाडौं, असार २६ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ काठमाडौं, असार ७ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड काठमाडौं, असार ७ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर काठमाडौं, साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
|
1,714 |
नयाँ थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गएको शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो । पछिल्लो समय दुई हजार दुई सय ५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसकाे कारण थप ३१ जनाको ज्यान गएकाे छ । योसँगै कुल मृतकको सङ्ख्या सात सय ३७ पुगेको छ । पाकिस्तानमा अहिलेसम्म ३४ हजार तीन सय ३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरिका सङ्क्रमितमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जाबमा कुल १३ हजार दुई सय २५ जना सङ्क्रमित छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६ सय १० जना रहेका छन् । त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार एक सय ५८ जना, इस्लामावादमा सात सय५९ जना, गिल्गिट बाल्टीस्टानमा चार सय ७५ जना र पाकिस्तान नियन्त्रित कश्मीरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये आठ हजार आठ सय १२ जना निकाे भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो हप्तादेखि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन अत्यधिक वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उल्लङ्घन हुनुलगायतका कारणले सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विशेष उडानमार्फत पाकिस्तानले तीन सय ७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गएको अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत चार हजार तीन सय ४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ ।
|
1,715 |
जिल्लाका अधिकांश स्वास्थ्य संस्था दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयले गरेको निरीक्षणमा करिब ६० प्रतिशत क्लिनिक र अस्पताल अवैध भेटिएको हो ।भारतीय सीमावर्ती क्षेत्र र नाम चलेका बजारमै यस्ता संस्था रहेको निजी स्वास्थ्य संस्थाका फोकल पर्सन अमृत कँडेलले बताए । ग्रामीण क्षेत्रमा पनि दर्ता र दक्ष जनशक्तिबिनै सेवा थालिएको पाइएको छ । बजार क्षेत्रका संस्थाले स्वीकृति नै नलिई सेवा थप गरेका छन् । स्वास्थ्य क्षेत्रमा देखिएको लापरबाहीले सर्वसाधारणमा गम्भीर असर पुग्ने भन्दै चौतर्फी दबाबपछि कार्यालयले निगरानी सुरु गरेको हो । नगरक्षेत्रका संस्थाले बोर्डमा चिकित्सकको नाम मात्र झुन्ड्याएर सेवा भने तल्लो स्तरको दिने अनुगमन टोलीले जनाएको छ । यहाँका रामग्राम, कावासोती, देवचुली र वर्दघाट क्षेत्रमा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्था छन् । ‘सञ्चालन नियमावलीअनुसार निश्चित सेवाका लागि अनुमति लिनुपर्ने र सोहीअनुसार गर्नुपर्ने भए पनि फार्मेसीको अनुमति लिएर आँखाको उपचार गरेको भेटियो,’ कँडेलले भने, ‘अधिकांशले समयमा नवीकरणसमेत गरेका छैनन् ।’चैत पहिलो सातासम्म जिल्लाभरिका स्वास्थ्य संस्था अनुगमन गरी कारबाही अघि बढाइने कार्यालयले जनाएको छ । अनुगमनपछि ४४ वटा संस्थाले अनुमतिका लागि निवेदन दिएकोमा १४ वटालाई वैधानिकता दिइएको छ । कावासोती, गंैडाकोट, रामग्राम, देवचुली नगरपालिका र ग्रामीण क्षेत्रबाट २६ वटा नयाँ संस्थाले वैधानिकताका लागि थप निवेदन हालेका छन् । बिनादर्ताका औषधि बिक्रीमा रोकधरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेशद्वार बाहिरका मेडिकलले औषधि व्यवस्था विभागमा दर्ता नभएका भारतीय औषधि महँगो मूल्यमा बिक्री गरिरहेको पाइएको छ । औषधि व्यवस्था विभागका क्षेत्रीय कार्यालय प्रमुख शम्भु शाहका अनुसार अनुगमनका क्रममा त्यस्ता औषधि बिक्री गर्ने मेडिकलमा सिलबन्दी गरिएको छ ।सिलबन्दी गरिएका औषधि पसलहरूमा आमा फार्मेसी, माकंकालिनी फार्मेसी, चाच मेडिकल हल, श्याम मेडिको, स्काइ मेडिकल हल, स्वेता फार्मेसी, बाबा वैजनाथ मेडिकल, माताशक्ति मेडिकल हललगायत छन् । उनीहरूलाई विभागमा आउन निर्देशन दिँदै मेडिकलको सटरको चाबीसमेत विभागले लगेको छ । साहले औषधि पसलेहरूले नाफा कमाउने उद्देश्यले बिनादर्ताका ती औषधि बिक्री–वितरण गरेको पाएकाले न्युट्रास्युटिकलजन्य औषधि फिर्ता गर्न निर्देशन दिएको बताए । उनले भने, ‘प्रतिबन्धित लागू तथा मनोद्दिपक औषधिहरू यहाँका मेडिकलमा बिक्री हुने गरेको पाइएको छ ।’ केही औषधि पसलेहरूले भने चिकित्सकले नै त्यस्ता औषधि बिरामीको प्रेस्क्रिप्सनमा लेखिदिने र बिरामीले सोही अनुसार औषधि माग्ने भएकाले कतिपय अवस्थामा लुकाएर भए पनि राख्नुपर्ने भएको बताएका छन् । आफ्नो नाम उल्लेख नगरी ती औषधि पसललेले भने, ‘चिकित्सकले यो औषधि सेवन गर्नु भनेर लेखिदिएको प्रेस्क्रिप्सन लिएर आउने बिरामीलाई मात्र दिने गरिएको छ । तर, विभागले दर्ता नभएका औषधि बिक्री गरेको भनेर कारबाही गर्दा औषधि पसल मारमा परेका छन् ।’बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकले नेपालमा दर्ता नभएकामध्ये बाबालिकामा हुने चकचक गर्ने रोग र मानसिक रोगको कडाखाले पागलपनको उपचारका लागि इन्जेक्सन टाइपका दुई औषधि प्रेस्क्राइब गर्नैपर्ने अवस्थाको रहेको बताए । उनले भने, ‘नीतिनियम आफ्नो ठाउँमा भए पनि व्यवहारमा ती औषधि आवश्यक पर्छन् । तर, ती बाहेकका नेपालमा दर्ता नभएका अन्य औषधि चिकित्सकले लेख्न मिल्दैन । औषधि पसलेहरूले कसरी बिक्री गर्छन्, उनीहरू जानून् ।
|
1,716 |
सरकाले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो। निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको थियाे। अन्तरिम आदेश नदिएपछि राष्ट्रिय सभा सदस्यमा नियुक्त गौतमलाई मन्त्री बनाउने बाटो खोलेको सर्वाेच्च अदालत स्रोतले जनाएको छ। भदौ २९ गते बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले असोज १ गते गौतमलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन। तर, असोज ५ गते उनको नियुक्ति बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा रिट हालेका थिए। सो रिटमाथि सर्वोच्चको संबैधानिक इजलासमा दुई पटक सुनुवाई भएको थियो। अन्तरिम आदेश दिनु पर्ने वा नपर्नेबारे फैसला दिए पनि रिटकाे अन्तिम फैसला भने गर्न बाँकी छ ।
|
1,717 |
प्रमुख तीन राजनीतिक दलबीच आज विहान भएको सहमतिलाई १८ दलले सकारात्मक रुपमा लिएको छ । एमाओवादी नेतृत्वको १८ दलबीच आज भएको वैठकले सहमतिलाई सकारात्मक रुपमा लिएको एमाओवादी प्रवक्त अग्नी सापकोटाले बताए ।
|
1,718 |
नेपालमा आज १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको बताएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय पुगेको छ । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौंको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । नेपालमा आज कोरोना कारण थप १२ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ ।
|
1,719 |
साहायता कक्षको कामलाई प्रभावकारी बनाउन हरेक कार्यालयको नागरिक वडापत्रको अध्यायन गर्ने । सो को कार्यान्वयनको निगरानी बढाउने । तत्काल, वर्तमान सरकार र पुराना पार्टीहरुले बहुदलीय लोकतन्त्र र नेपालको संविधान विपरीत षड्यन्त्रमूलक ढंगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा उपदफा (६) र (७) थपेर संसद् बाहिर रहेका र नया“ पार्टीहरुलाई आफ्नो चुनाव चिन्ह नदिने जुन प्रपञ्च रचेको छ त्यसको विरुद्धमा अन्य दलहरुस“ग मिलेर सशक्त विरोध कार्यक्रम सञ्चालन गरिनेछ ।
|
1,720 |
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७९ पैसा र बिक्री दर ११९ रुपैयाँ ३९ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६७ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्री दर १३० रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६५ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ तीन पैसा कायम भएको छ ।
|
1,721 |
देश विकासमा नवीकरणीय ऊर्जाको उल्लेख्य भूमिका रही आएको छ । केन्द्रको पहलमा विभिन्न नवीकरणीय ऊर्जा प्रविधिहरुको माध्यमबाट हालसम्म ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन भएको छ । नवीकरणीय ऊर्जा प्रविधिहरुबाट प्राप्त हुने विद्युत तथा खाना पकाउने स्वच्छ प्रविधिहरुको प्रवद्र्धनबाट दुर्गम क्षेत्रका स्थानीय समुदायको जिवनस्तरमा गुणात्मक प्रभाव परेको छ । हालसम्म समग्र रुपमा ३६ लाख घरधुरीमा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरुको पहूँच पुगेको छ भने नवीकरणीय ऊर्जा प्रविधिमा आधारित २ हजार भन्दा बढी लघु, साना तथा मझौला उद्योग स्थापना भएका छन् । नवीकरणीय ऊर्जा क्षेत्रबाट करीब ५०० वटा कम्पनी मार्फत ४० हजार जति रोजगारी सिर्जना भएको छ । हाल राष्ट्रिय ऊर्जा सम्मिश्रणमा नवीकरणीय ऊर्जाको हिस्सा ३.५ प्रतिशत रहेको छ भने वैकल्पिक ऊर्जाबाट १८ प्रतिशत ग्रामीण जनसंख्यालाई विद्युत सेवा उपलब्ध भएको छ । त्यस्तै स्वच्छ विकास संयन्त्र अन्तर्गत ८ वटा आयोजनाहरुबाट कार्बन व्यापार मार्फत करीब १ अरब ३० करोड आम्दानी भएको छ । जसबाट नवीकरणीय ऊर्जा सम्बन्धी ५ अरब सम्मको परियोजनाको लागि प्रस्ताव पेश गर्न सहज भएको छ । केन्द्रले हालसम्म १२ भन्दा बढी विकास साझेदारसँग सहकार्य गरेको छ । त्यस्तै केन्द्रले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा नवीकरणीय ऊर्जा सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । वर्तमान सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नाराको सफलताको निम्ति ऊर्जा क्षेत्रको योगदान अत्यन्तै महत्वपूर्ण छ । त्यसमा पनि अझै हाम्रो जस्तो विकट भौगोलिक बनावट, छरिएर रहेका बस्तीहरु र ग्रामीण परिवेशमा आधुनिक ऊर्जाको पहुँछ विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका असाध्यै महत्वपूर्ण छ । आत्मनिर्भर नेपाल निर्माणको लागि आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव कायम राख्नु जरुरी छ । त्यस्तै दीगो विकासका निर्धारित लक्ष्य हासिल गर्नको लागि “सबैको लागि ऊर्जा” अभियानलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको छ । तसर्थ विभिन्न आवधिक योजना, कार्यक्रम तथा बजेट मार्फत नवीकरणीय ऊर्जाको प्राथमिकतालाई निरन्तरता दिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले वि.सं. २०७५ बैशाखमा जारी गरेको श्वेतपत्रमा वैकल्पिक ऊर्जाको अवसर र चुनौतिको विश्लेषण गर्दै वैकल्पिक ऊर्जाको प्रवद्र्धनको लागि भावी मार्गचित्र समेत तय गरिएको छ । श्वेतपत्रमा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि विशेष कार्यक्रमहरुको शुरुवात गर्ने नीति रहेको छ जस्तै “हरेक घर, ऊर्जा घर”, “हिमाली तथा उच्च पहाडी सौर्य मिनी ग्रिड कार्यक्रम”, “ शिक्षा र स्वास्थ्यको लागि ऊर्जा कार्यक्रम”, “हरेक घरहरुमा विद्युतीय चुलो ”, फोहरबाट ऊर्जा, एकीकृत ऊर्जा तथा सिंचाई कार्यक्रम, तराइ मधेशमा पानी तान्ने तथा पानीको दीगो उपयोग तथा प्रत्येक स्थानीय तहमा नवीकरणीय ऊर्जाका १ मेगावाट सम्मका साना परियोजनाहरु आदि । श्वेतपत्रमा “हरेक वस्ती, ऊर्जा वस्ती” कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा १०० देखि ५०० किलोवाट क्षमताका सौर्य ऊर्जा प्रणालीको विकास गर्नको लागि च्यालेन्ज फण्डको स्थापना गर्ने लक्ष्य राखिएको छ । नवीकरणीय ऊर्जाका गतिविधि श्वेतपत्रमा उल्लेखित लक्ष्यलाई आत्मसात गर्दै अघि बढिरहेका छन् । सरकारले आवधिक योजनामा नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखेको छ । १५ औं पञ्चवर्षीय योजनामा कूल ऊर्जामा नवीकरणीय ऊर्जाको योगदान १२ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । योजना अवधिमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कूल जनसंख्याको थप ५ प्रतिशतमा विद्युत सेवा उपलब्ध, २ लाख घरायसी बायोग्यास प्लान्ट जडान, ५ लाख सुधारिएको चुलो जडान, वार्षिक २० हजार मेट्रिक टन बायो ब्रिकेट उत्पादन, ५०० ठूला क्षमताका बायोग्यास जडान गर्ने लक्ष्य रहेको छ । समग्रमा केन्द्रले नवीनतम ऊर्जा, सबैको घरघरमा विद्युतको पहुँच र स्वच्छ खाना पकाउने ऊर्जा (क्लिन कुकिङ्ग) मा विशेष ध्यान दिएको छ । केन्द्रलाई आगामी दिनहरुमा संस्थागत सुदृढीकरण र स्थायित्व सहित अघि बढाउन नवीकरणीय ऊर्जा सम्बन्धी ऐनको आवश्यकता महसुस गरी ऐन निर्माण कार्यलाई अघि बढाइएको छ । सरकारको प्रचलित नीति नियम बमोजिम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोत समेत परिचालन गरी नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्ने कार्यमा आगामी दिनमा अझ बढी सक्रियताकासाथ लाग्ने यस केन्द्रको सोच रहेको छ । (यो लेख रिपोर्टर्स क्लब नेपालको स्मारीकाबाट साभार गरिएको हो) काठमाडौँ, ६ साउन (रासस) । बिपी कोइरालाका दुईवटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र काठमाडौँ, ६ (रासस) । इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले काठमाडौँ, १ साउन (रासस) । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको काठमाडौँ, २७ असार (रासस)। चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय काठमाडौँ, २८ असार (रासस) । आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट रु एक हजार ७५१ काठमाडौँ, २६ असार । विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा काठमाडौँ, २४ असार (रासस) । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको काठमाडौँ, २३ असार (रासस) । महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,722 |
अदालतमा विचाराधीन मुद्दालाई लिएर संवेदनशील विषयमा विभिन्न भ्रामक धारणाहरु सार्वजनिक भइरहेको भन्दै मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ, 'केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवारी अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिहरुबाट अनुसन्धान कार्यालाई नै गम्भीर असर पर्नसक्ने एवम् अपराधीहरुको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ नेपाल सरकार, गृह मन्त्रालय सचेत छ। त्यस्ता भ्रामक धारणाहरुका पछि कुनै सत्यता छैन ।
|
1,723 |
दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। आगलागी परी मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष रहेको उनले जानकारी दिए। मृतकको सनाखत हुन भने बाँकी रहेको उनको भनाइ छ। आगो केही नियन्त्रणमा आएपछि बिहान साढे ७ बजेतिर शब निकालिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ। तेस्रो तलामा रहेकाहरु निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो। विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ। बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। घरको पहिलो तलाबाट आगलागी सुरु भएको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,724 |
उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले के कारणले आत्मदाह गरेको हो, अनुसन्धान भइरहेको बताए ।
|
1,725 |
यस कम्पनीको आईपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। उक्त आईपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर्र बिक्री गरेको थियो। यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएको हो । बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।
पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
|
1,726 |
ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो। समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका तर्फबाट प्रबन्धनिर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन्। लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको ऊर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए। ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटलसँगको यस सम्झौताले ऊर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनीअन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
|
1,727 |
संसदीय समितिले २० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो । २० वर्षे हदम्यादको आधारमा भन्दा पनि यान्त्रिक परीक्षण गरेर उपयुक्त ठहर गरेका सवारी साधनलाई मात्रै संचालन गर्ने अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिईन् । बैठकले स्मार्ट सवारी चालक अनुमति पत्र छपाई सम्बन्धमा टेन्डर गर्दा प्राविधिक समस्या देखिएको उल्लेख गर्दै टेन्डर गर्ने जिम्मेवारी पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन पनि सरकारलाई निर्देशन गरेको छ । सो पत्रको प्राविधिक पक्षको ख्याल नै नगरी छपाईका लागि टेन्डर आह्वान गरिएकाले सो घटनाको छानवीन गरी तत्काल जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सरकारलाई सचेत गराउनु परेको पनि सभापति खड्काले बताईन् । समितिले स्मार्ट सवारी चालक अनुमती पत्रलाई व्यवस्थित बनाउन प्रदेश र संघीय सरकारको सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा समितिका सदस्यहरुले स्मार्ट सवारी चालक अनुमति पत्र व्यवस्थापनमा समेत चुकेको भन्दै सरकारको चर्को आयोचना गरेका थिए । समितिका सदस्य सञ्जयकुमार गौतमले स्मार्ट चालक अनुमती पत्र व्यवस्थापनमा समेत कमिशनको खेल हुने लाजमर्दो अवस्था आएको दावी गर्दै सरकारको चर्को आलोचना गरे । समितिका अर्का सदस्य गणेशकुमार पहाडीले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका थिए । उनले सार्वजनिक सवारी साधन व्यवस्थित भए निजी सवारी साधन स्वतः हटेर जानेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नयराज घिमिरेले स्मार्ट सवारी चालक अनुमती पत्रको व्यवस्थालगायतका विषयमा सांसदहरुले राख्नु भएका जिज्ञासाको जवाफ दिएका थिए ।
|
1,728 |
निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकोमा यसपटक एकै चरणमा हुने भएको छ । यसले गर्दा २०७४ साल वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणबाट निर्वाचित वागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन्। २०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएका प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह र असोज २ मा तेस्रो चरणको निर्वाचन भएको मधेस प्रदेशका १ सय ३६ पालिका जनप्रतिनिधि ६ महिना अगावै पदमुक्त हुनेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ लाई टेकेर निर्वाचन आयोगले जेठ ५ गते जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सो ऐन २०७३ को दफा ४ मा सरकारले दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने भए पनि पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने भनेको छ । यसै तर्कको आधारमा आयोगको सिफारिसबमोजिम सरकारले जनप्रतिनिधिको पाँच वर्षको पदावधि सकिने पाँच दिन अगावै निर्वाचनको मिति घोषणा गरेको थियो ।
|
1,729 |
निकट स्रोतले दिएको जानकाअनुसार जेठ १० भित्र नै संसद अधिवेशन बोलाउने तयारी प्रधानमन्त्रीको छ । सरकारलाई जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले पनि प्रधानमन्त्रीले त्यो भन्दा पहिला नै अधिवेशन बोलाउने तयारीमा छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने भएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा छन् । त्यसका लागी उनले निकटस्थहरुसंग परामर्श गरिसकेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग समेत यो बारेमा छलफल गरेका छन् । सरकारले संसद अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिश गरिसकेको स्रोतको दावी छ । राष्ट्रपति कार्यालयको चांडै संसद अधिवेशन आह्वान गर्ने तयारी छ । जसपाले बैकल्पिक सरकार पनि बनाउन नलाग्ने र अरुलाई पनि विश्वासको मत नदिने लाइन पारित गरिसकेको छ । यो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतको लागी संसद अधिवेशन बोलाएपनि उनले मत पाउने भने सम्भावना भने कम छ । प्रधानमन्त्री ओलीले यसअघि पनि वैशाख २७ गते प्रतिनिधीसभामा विश्वासको मत लिने प्रयास गरेपनि विश्वासको मत भने प्राप्त गर्न असफल भएका थिए । त्यसपछि राष्ट्रपनि विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागी तीन दिनको समय दिएकी थिईन । तर, त्यो विचमा कुनै पनि दलले बहुमत जुटाउन नसक्दा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको हिसावले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । संसदमा विश्वासको मत नपाए नीति तथा कार्यक्रम र बजेट अध्यादेशबाट ल्याउने प्रधानमन्त्रीको तयारी छ । बजेटभन्दा अगाडी सरकारका नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । त्यसको सम्पुर्ण तयारी भइसकेको छ । ‘संसदमा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ, यदी विश्वासको मत पाइएन भने बजेट अध्यादेशबाट आउंछ । त्यसपछि फेरी अरु प्रक्रिया सुरु हुन्छ होला ।’ प्रधानमन्त्री निकट एक मन्त्रीले काठमाण्डुपाटीसंग भने । ती मन्त्रीकाअनुसार विश्वासको मत प्राप्त भएन भने संविधानअनुसार धारा ५ हुंदै फेरी पनि संसद विघठनको सम्भावना रहेको छ । जसपा र कांग्रेसका नेताहरुसंग प्रधानमन्त्रीले यो बीचमा छलफल गर्ने कार्यक्रम छ । त्यसका लागी कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफलको लागी समयको टुंगो समेत लागिसकेको छ । वैकल्पिक सरकारको लागी पुर्व प्रधानमन्त्री बावुराम भट्टराईलगायतका नेताहरु सक्रिय छन् । तर, चुनावी सरकार समेत अर्को बन्ने सम्भावना कम छ । किनभने जसपाका अध्यक्ष महन्थ ठाकुर स्वंयम राष्ट्रिय सहमति विना प्रधानमन्त्री बन्ने मुडमा छैनन् । भट्टराईलाई जसपाभित्रै समेत समर्थन मिल्ने सम्भावना कम छ । जसपाका नेता शर्वेन्द्रनाथ शुक्लले जसपा कसैको पक्षमा नलाग्ने बताएका छन् । उनले देश अव चुनावमा गइसकेको समेत स्पष्ट पारे । शुक्लले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने र त्यो विना जसपाका अध्यक्ष ठाकुर अगाडी नबढने दावी समेत गरे । शुक्लले भने ‘बैकल्पिक सरकार बनाउने कुरा हामीले सोचेका पनि छैनौं, न हामी कसैलाई समर्थन गर्छौ न कसैकोमा जान्छौं, हामी आफै पनि अघि बढ्दैनौ । अव देश चुनावतिर केन्द्रित भयो ।’ यता, प्रधानमन्त्री ओली भने यो अवधीमा जनता समाजवादी पार्टीसंग भएका सहमती भने कार्यान्वयन गर्ने तयारीमा लागेका छन् । त्यसको प्रगती केही दिनमा हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रधानमन्त्रीले जसपाले उठाएका मुख्य मागहरु पुरा गरे उनको नेतृत्वमा बन्ने चुनावी सरकारमा जाने जसपा नेताहरुको तयारी रहेको स्रोतको दावी छ ।
|
1,730 |
राष्ट्रियसभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । आयोगका अनुसार मनोनयन दर्ता लगतै उम्मेदवारको नामावली सार्वजनिक गरिने छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन भने बुधबार मात्र हुनेछ । एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने भएको छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा तथा प्रतीनिधिसभामा निर्वाचीत प्रतिनिधिले मात्रै भोट हाल्न पाउने छन् भने सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् ।
|
1,731 |
नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय गरेको छ।
|
1,732 |
दशैं सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेको छ् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता, पाल्तडा, राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको ट्राफिकसहितको टोलीले एक सय १० सवारी चेकजाँच गर्दा ४३ सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
|
1,733 |
धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गर्ने भएको छ । विभिन्न संस्थाको सहकार्यमा स्वर्गाश्रम युवा क्लबले पुस २६ देखि माघ ३ गतेसम्म सो मेला सञ्चालन गर्न लागेको हो । माघे संक्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे संक्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा पर्यटन प्रवद्र्धनका विषयमा छलफल हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले बताए । सदरमुकाम बेनीदेखि २० किलोमिटर दूरीमा सो क्षेत्र रहेको छ । “पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सधैँ बत्ती मुनिको अँध्यारो जस्तै बनेको स्वर्गाश्रम र बेलढुङ्गाको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने योजनासहित हामीले पदयात्रा र मेलाको आयोजना गरेका हौँ,” प्रचारप्रसार संयोजक पुनले बताए ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
|
1,734 |
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताएका छन्। यहाँ आज भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहमा उनले भने, ‘मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो।’ उनले मधेशवादी दलसँग पार्टी एकता गरेको अगाडि बढ्ने विषयमा आफूले छलफल सुरु गरेकोसमेत बताए। उनले पार्टी एकता गर्दा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताए। उक्त एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत नेताको नाम लिँदै सरकार निर्माणमा गठबन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिनेमा जोड दिए। मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उनले बताए। आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उनको भनाइ थियो। अहिलेको गठबन्धन सरकारले मधेसमा नागरिकतासम्बन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेसले आफूलाई माया गरेको जनाउँदै आफूले मधेसबाट पाउने माया निरन्तर पाइराख्ने बताए ।
|
1,735 |
जोन्स होम्पकिन्सको आँकडाका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १६३५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसको महामारीबाट मृत्यु हु’नेको जम्मा संख्या ७८ हजार ६१६ पुगेको छ । अमेरिकामा १३ लाख २२ हजार १६४ जनालाई संक्रमण भएको छ भने १६ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
|
1,736 |
नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । यसअघि, २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरुको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने बताइन् । माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए । बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरुलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्ममात्र सरकारमा बस्ने बताए । ‘हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन, हामी ४ कात्तिकमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएलगत्तै ५ कात्तिकसम्म सरकारमा बस्छौं । त्यसपछि सरकार छोड्छौं’–राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भने ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।
आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
|
1,737 |
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले गरेको यो प्रस्ताव चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५/७६ मा २२.५ र आव २०७४/७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,738 |
नेकपा (एमाले) का सांसद रघुविर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले फास्ट ट्रयाक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरेपनि मन्त्रालयको अन्य कुनै भुमिका नभएको भन्दै यसमा पुनःविचार गर्नुपर्ने बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन गरी सही वा गलत भनि टिकाटिप्पणी समेत गर्न नपाउने भन्दै यसको आर्थिक जिम्मेवारी रक्षा मन्त्रालयमार्फत नै हुनुपर्ने धारणा राख्नुभएको हो । त्यस्तै फास्ट ट्रयाक नेपाली सेनाले बनाउन सक्छ कि सक्दैन भन्ने विषयमा पनि छलफल आवश्यक रहेकाले सत्तापक्ष र प्रतिपक्षले यस विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक खरिद ऐनको संशोधन गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले नागरिकता विधेयक सम्बन्धी छलफल गर्दै गरेपनि जन्मसिद्ध नागरिकको छोराछोरीलाई नागरिकता दिनेगरी एउटा विधेयक ल्याउन सरकारसँग माग गर्नुभयो ।
|
1,739 |
बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना रहेको उनले बताए । महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ । त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौँमा भने शनिबार अबेरसम्म पानी पर्ने र रोकिने भए पनि आइतबार फाटफुट मात्र वर्षा हुनेछ । न्यूनचापीय मनसुनको बादल तय भए पनि यो परिपक्व हुन अझै समय लाग्ने महाशाखाले जनाएको छ । मनसुन भित्रिएर पानी परेसँगै चर्को गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् । गर्मी अझै कम हुन मनसुन सक्रिय हुनुपर्ने मौसमविद्को भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
|
1,740 |
जीवन थापा काठमाडौं - पछील्लो २४ घण्टामा नेपालमा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर ५ हजार ४१५ जनाको नमुना परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप २९९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप कुनैपनी संक्रमितको मृत्यु भएको छैन। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६८ रहेको छ ।
|
1,741 |
विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले घोषणा गरिसकेकाे छ । तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् । भूकम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ । मोवाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोही अनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ । यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ । अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन् । विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,742 |
प्रिमियर लिगको क्लब बर्नलीले बिहिबार राति भएको खेलमा साउथ ह्याम्टनमाथि २–० को जित निकालेको छ । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले बिहिबार आफ्नै मैदानमा भएको खेलमा महत्वपूर्ण जित निकालेको हो । यो जितसँगै रेलिगेशन जोनमा रहेको बर्नली शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै देखिएको छ । अन्तरिम प्रशिक्षक माइक जोनसनको नेतृत्वमा बर्नलीले आक्रमक खेल पस्किएकाे थियो । साे सिजनमा मात्र ५ जित दर्ता गरेको बर्नली रेलिगेशनबाट माथि रहेको एभर्टनसँगको दूरी एक अंकमा झारेको छ । कोनर रोबर्टसदले अग्रता दिलाएको खेलमा नाथन कोलिन्सले पहिलो हाफको अन्तिम समयमा अग्रतालाई दोब्बर बनाएका थिए।साे टोलीले प्राप्त अग्रतालाई दोस्रो हाफमा पनि जोगाउन सफल रह्यो । साउथ ह्याम्टन ३९ अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ । साथै बर्नली भने २८ अंकसहित तालिकामा पुछारबाट तेस्रो स्थानमा रहेकाे छ ।
|
1,743 |
उनले भने,– “सामुदायिक वन जोगाउने विषयमा तालीम दिइएको थियो । तालीम लिएपछि वन जोगाउन आग्रह गर्दै गीत गाउने निष्कर्षमा पुगें । अरुले अरु गरेर वन जोगाउलान् । मैले जे जानेको थिएँ, त्यही गरें । ” शिक्षा र वन जोगाउने मात्र होइन, खाद्य अधिकारदेखि विकासका बारेमा समेत गीत रचेर गाउन थाले उनले । उनको समूहमा दिलबहादुर गन्धर्व, गौरीशंकर गन्धर्व, शेरबहादुर गन्धर्व र प्रेमबहादुर गन्धर्व छन् । सारङ्गीमा नयाँ धून फेरिए पनि गन्धर्वका दुःख भने उस्तै छन् । विकास र समृद्धिका कुरा गर्दै जनचेतना फैलाउँदै हिँड्ने उहाँहरुलाई साँझ बिहानको घर खर्च टार्न मुश्किल छ । वन संरक्षणसम्बन्धी जनचेतना फैलाउन सहयोग गरेवापत जिल्ला वन कार्यालय बाँकेले आर्थिक सहयोग गरेको थियो । स्थानीय तहले पनि साथ दिएका छन् तर, नगण्य मात्रामा । आयस्रोतको अन्य विकल्प नहुँदा गीत गाएर जीविकोपार्जन गर्न गन्धर्वहरुलाई मुश्किल छ । जनप्रतिनिधिहरुले सहयोगका हात नबढाएका भने होइन । बाँकेका सांसद महेश्वर गहतराज अथककै पहलमा कोहलपुरमा गन्धर्वहरुका घर बन्दैछन् । “उहाँले ठूलै सहयोग गर्नुभएको छ,” दिलबहादुर गन्धर्व भन्छन् । कहिलेकाहीँ भेट हुँदा बाँकेकै अर्का सांसद एवं शहरी विकास मन्त्री इस्तियाक राईले पनि नगद सहयोग गर्ने गरेको दिलबहादुर सुनाउछन् । उनी भन्छन्, ‘असाध्यै माया गर्नुहुन्छ ।
|
1,744 |
कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए। तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ । यसअघि पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ। राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।
|
1,745 |
पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसहित नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि लागेको सांसद अपहरणको अनुसन्धान काठमाडौं प्रहरीको कोर्टमा पुग्ने भएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको उनीहरुविरुद्धको अपहरणको मुद्दा सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको लागि पठाउने तयारी गरेसँगै अनुसन्धाको जिम्मा काठमाडौं प्रहरीले गर्नु पर्ने भएको हो । सरकारी वकिल कार्यालका सूचना अधिकारी नुमराम खनालकाअनुसार पूर्व आईजीपी खनालसहित सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्धको उजुरी मंगलबार वा बुधबार काठमाडौं प्रहरीलाई अनुसन्धानको लागि पठाउने तयारी भइरहेको बताए । ‘आज वा भोलि हामी अपहरणको उजुरी काठमाडौं प्रहरीलाई अनुसन्धानको लागि पठाउँछौं, त्यहीँ अनुसारको गृहकार्य गरेका छौं, दर्ता नै भएपछि अनुसन्धान हुन्छ/गर्नुपर्छ,’ खनालले भने । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यावदलाई अपहरण गरेको अभियोग छ । १० वैशाखमा पूर्वआईजीपी खनाल र सासंदद्धयले यादवलाई महोत्तरीस्थित उनकै घरबाट यादवलाई काठमाडौं ल्याएका थिए । खनालसहित तीनै जनाले यादव नेकपा प्रवेश गर्न महोत्तरीबाट काठमाडौं आएको र आफूहरुले सहजकर्ताको भूमिका मात्र खेलेको दाबी गरेका छन् । तर यादवले भने आफूलाई दबाबमा काठमाडौं ल्याएको भन्दै तिनै जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गर्नुअघि पीडित यादवसहित जनता समाजवादी पार्टीका नेता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । टेकु प्रहरीले किटानी जाहेरी लिन नमानेपछि यादवसहित जनता समाजवादीका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए । सरकारी वकिलको कार्यालयले दुई दिनपछि सोमबार किटानी जाहेरी दर्ता गरेको हो । अपहरणजस्तो गम्भीर अभियोगमा नेकपा सांसदद्धय बस्नेत र श्रेष्ठमाथिको किटानी जाहेरी दर्ता भएपछि उनीहरुको सांसद पद के हुने ? भन्ने प्रश्न उठेको छ । बस्नेत भक्तपुर र श्रेष्ठ तनहुँबाट निर्वाचित सांसद हुन् । संविधानमै नैतिक पतन हुने फौजदारी अभियोग लागेका स्वतः सांसद पद निलम्बन हुने प्रावधान छ । जनप्रतिधिमाथि नै गम्भीर आरोप लाग्नु र प्रहरीले अनुसन्धान गर्ने बाटो खुुल्ला हुनु आफैंमा नैतिक प्रश्न रहेको कानुन व्यवसायी शंकर श्रेष्ठको भनाइ छ । ‘नैतिक प्रश्न उठ्नासाथ सासंद पद निलम्बन गरेर अनुसान्धाको लागि सहयोग गर्नुपर्छ । उजुरी दर्ता हुनासाथ पक्राउ नै गर्नपर्छ भन्ने हुँदैन । पक्राउ नगरिकनै पनि कतिपय अपराधको अनुसन्धान गर्न सकिन्छ । तर अनुसन्धानको लागि भने सहज गर्नैपर्छ,’ श्रेष्ठले भने । यसअघि पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको अभियोग लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए भने सांसद पद निलम्बित भएको थियो । हाल अदालतबाट सफाइ पाएपछि उनको निलम्बित सांसद पद फुकुवा भएको छ ।
|
1,746 |
नयाँ शहरको काम गर्ने योजना २०६५/०६६ देखि नै बनेको हो । तर अघिल्लो वर्षदेखि मात्र नयाँ शहरमा केही काम सुरु भएको छ । पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बाग्लुङको बुर्तिवाङ, रुकुम पश्चिमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ शहरका रुपमा विकास गर्न लागिएको हो । अघिल्लो वर्षदेखि यी नयाँ शहरमा काम पनि सुरु भएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमै पछि थप भएका सुर्खेतको भेरीगंगा र प्यूठानको भिंग्रीमा पनि शहर बस्दैछ । धमाधम काम हुने हो भने अबको १० देखि १२ वर्षभित्र मध्यपहाडी लोकमार्गमा मात्रै १२ वटा नयाँ शहर बन्नेछन् । हुलाकी लोकमार्ग तथा तराई मधेसमा १५ वटा शहर बनाउने सरकारको योजना छ । झापाको गौरीगञ्ज, मोरङको रंगेली, बाराको गढीमाई, सर्लाहीको इश्वरपुर र ब्रह्मपुरी, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा र मनरा, रौतहटको मौलापुर र कटरिया, बर्दियाको राजापुर, नवलपरासीको बर्दघाट, दाङको गढवा, कञ्चनपुरको बेलौरी र कैलालीको भजनीमा पनि शहर विकास हुनेछन् । गएको आर्थिक वर्षमा नयाँ शहर तथा स्मार्ट सिटीका लागि २ खर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । मुख्य १० नयाँ शहरमध्ये कर्णालीको राकममा भौतिक प्रगति नै भएको छैन । बुर्तिवाङ्गको ९ प्रतिशत मात्रै भौतिक प्रगति छ । डुम्रेको १७, साँफेबगरको २२ चौरजहारीको २४ प्रतिशत मात्रै भौतिक प्रगति छ । खुर्कोटको २८, पाटनको ३१, वसन्तपुरको ३६, फिदिमको ४१ र बैरेनी गल्छीको ४३ प्रतिशत प्रगति तथ्याङकले देखाउँछ । मध्यपहाडी लोकमार्गमा पछि थप भएका भिंग्रीको ८५ प्रतिशत भौतिक प्रगति हुँदा भेरीगंगाको कुनै प्रगति छैन । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयका अनुसार धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेको बनेपा, धुलिखेल, पनौती, बाराको निजगढ, चितवनको भरतपुर, स्याङजाको वालिङ्ग, गोरखाको पालुङटार, दाङको तुल्सीपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी, कैलालीको टिकापुर र रुपन्देहीको लुम्बिनीमा स्मार्ट सिटी बन्नेछन् । यी स्मार्ट सिटीमा आधुनिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, मनोरञ्जन पार्क, खुला क्षेत्र, खेलकुद मैदान जस्ता संरचना बन्नेछन् । नयाँ शहर तथा स्मार्ट सिटी सुविधा सम्पन्न र व्यवस्थित बन्ने सरकारको पनि दाबी छ । १० नयाँ शहरमा १० लाख जनसंख्या अट्ने पुराना शहरमा थपिंदो जनसंख्याको चाप घटाउन सरकारले नयाँ शहर बिस्तार गर्न लागेको हो । एउटा शहरमा १ लाख हुनेगरी मुख्य १० वटा नयाँ शहरमा झण्डै १० लाख जनसंख्या अटाउने सरकारको योजना छ । जहाँ भौतिक पूर्वाधार सडक, खानेपानी, अस्पताल, स्कुल, आवास लगाइत विभिन्न संघसंस्थाका भवन पनि बन्नेछन् । जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमता लगायतका आधारमा २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी शहर विकासको काम थालिएको हो । गुरुयोजना अनुसार काम भए सन् २०३० अर्थात् अबको १२ वर्ष २०८७ सालसम्ममा १० नयाँ शहर बन्नेछन् । नयाँ शहरमा व्यवस्थित र आधुनिक संरचना सहितको भवन बन्ने सरकारको दाबी छ । सम्वन्धित पालिकाले भवन संहिता र मापदण्डलाई लागू गर्ने भनिएको छ । त्यस्तै स्मार्ट सिटीमा भौतिक संरचनासहित बजार, सञ्चार, सेवासुविधा अत्याधुनिक भएको मानिन्छ । नयाँ बन्ने शहर या स्मार्ट सिटी व्यवस्थित किन हुनुपर्छ भन्ने त २०७२ सालको भूकम्पपछि धेरैले भोगिसकेका छौँ । यो पुस्ताले भोगेको ठूलो भूकम्प र अहिले पनि आइरहेका परकम्पले निरन्तर संरचना व्यवस्थित हुनुपर्नेमा घच्घचाइरहेको छ । भूकम्प मात्रै होइन, शहरमा बाढीले पनि क्षति गरेको छ । यसपाली पनि बाढीको निरन्तरता दोहोरियो । त्यसैले प्राकृतिक प्रकोप र मानवनिर्मित संरचनाले जोखिम बढ्दै गएको छ । कति ठूला घर बनाउने, आकार प्रकार कस्ता हुने, भवनको क्षमता, खुला ठाउँ, खोलाको निकास सबै पक्षलाई ध्यान दिएर नयाँ शहरलाई सुरक्षित बनाउनुपर्छ भन्नुहुन्छ, भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्धिवेदी । संरचना सुरक्षित बनाउन अधिकारप्राप्त पालिका यसका लागि मुख्य जिम्मेवार छन् भने प्रदेश र केन्द्र सरकारले आवश्यक दायित्व बहन गर्नुपर्ने उहाँको भनाइ छ । असार अन्तिम हप्ता आएको बाढीले काठमाण्डौका बाग्मती, नख्खुलगायतका खोला आसपासका बासिन्दालाई आधा रातमै उठेर भाग्न बाध्य बनायो । पोहोर भक्तपुरको हनुमन्ते खोला बस्तीमा पसेपछि स्थानीय बासिन्दाको यस्तै बिचल्ली भएको थियो । काठमाण्डौ उपत्यकामा पछिल्ला वर्ष खोलामा आउने बाढीले बस्तीलाई नै क्षति गर्न थालेको छ । काठमाण्डौसहित शहरका रुपमा विकास भएका नेपालगञ्ज, बुटवल, भैरहवा, विराटनगरमा पनि बाढी र डुबानको समस्या छ । बस्ती व्यवस्थित नहुँदा पुराना शहरले विपद्का अनेक समस्या भोग्नुपरेको छ । यी समस्या अब बन्ने नयाँ शहरमा पनि दोहोरिंदैनन् भन्न सकिंदैन । भौगर्भिक प्रकोप विज्ञ द्धिवेदीका अनुसार अहिले पुराना शहरमा जे जस्ता गल्ती देखिएको छ, अब विकास हुने नयाँ शहरले यस्ता गल्ती गर्नुहुँदैन, खोलालाई आफ्नै धारमा बग्न दिनुपर्छ । शहर बसाल्ने भूधरातलको अध्ययन हुनुपर्छ । ‘सुनामी बाहेक विश्वमा देखिएका धेरैजसो प्रकोप नेपालले भोग्दै आएको छ, ती प्रकोपबाट सुरक्षित हुन पूर्वतयारी र जोखिम नक्साङ्कनमा मुख्य ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो । बन्दै गरेका नयाँ शहर सुरक्षित अनि व्यवस्थित बनाउन सरकारको तयारी भने पर्याप्त छैन । ती शहर पनि नदी खोलाको किनार तथा भौगोलिक रुपमा जोखिम क्षेत्रमा छन् । जहाँ भूकम्प सहित बाढी, पहिरो, डुबान जस्ता बहुप्रकोपले क्षति गर्न सक्छ । नयाँ शहर आयोजना समन्वय कार्यालयका इञ्जिनियर शशिकुमार यादवका अनुसार विपद्लाई सामना गर्ने ठ्याक्कै योजना छैन, तर सुरक्षित बनाउने आवश्यक प्रयास भने भैरहेको छ । नदी किनारमा नयाँ सहर बसाउन अलि विस्तृत अध्ययन आवश्यक छ । मानव बस्तीका लागि जोखिमपूर्ण भौगोलिक क्षेत्र पनि छन् । १० वटा मुख्य नयाँ शहरको विकासका लागि मात्रै ५० अर्ब रुपैयाँको अनुमान गरिएको छ । तर त्योभन्दा बढी पनि लाग्न सक्नेछ । नयाँ शहर पूर्ण सुरक्षित बनाउन अनुमानित बजेटमा रकम पनि थप गर्नुपर्ने इञ्जिनियर यादवले बताउनुभयो ।
|
1,747 |
पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो । “सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरँे, अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन ।” उहाँले भन्नुभयो, “साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो । ” बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ, जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन, अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उहाँले गुनासो गर्नुभयो । त्यस्तै जाजरकोट प्रदेश(ख)बाट निर्वाचित नेकपा एमालेका सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न जानुभयो । त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए । उहाँका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो । रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उहाँ केही नभनेर लुसुक्क फर्कनुभयो । “अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु, मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैन”, सांसद शाहीले भन्नुभयो । संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उहाँले बताउनुभयो ।
सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उहाँको भनाइ छ । कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होेटेलमा एक हप्तामै तिर्नु परेको उहाँको दुःखेसो थियो । यस्तै रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बस्नुहुुन्छ । उहाँले पनि संसद् भवन नजिकै कोठा खोजिरहनु भएको छ । राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ । डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलबमै बास बसिरहनुभएको छ । राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उहाँले बताउनुभयो । चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उहाँले बताउनुभयो । अस्थायी राजधानी तोकिनु पूर्व सुर्खेतमा सामान्य कोठा भाडादर भए पनि अहिले भने भाडादर ह्वात्तै बढेको सांसद शाहीले बताउनुभयो । जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ । उहाँहरू चारजना मात्र होइन प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ । डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै आउनुभएको छ । तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।
आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
|
1,748 |
रुकुमपूर्व - रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ। सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन्। उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए। भुमे गाउँपालिका वडा नम्बर २ की बलकुमारी बुढाले पनि आफूले उत्पादन गरेको सबै सिमी बिक्री गरिसक्नुभएको छ। शिक्षक र व्यापारीले समेत चामलसँग सिमी साटेर बजारसम्म पुर्याउने गरेका छन्। चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए। भुमे गाउँपालिकाको वडा नम्बर १, २, ३ र अन्य वडामा पनि प्रशस्त मात्रामा सिमी उत्पादन हुने र चामलसँग नै सिमी साट्ने गरिन्छ। व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले बजारमा लगेर दोब्बर रुपैयाँमा बेच्ने गरेको बलकुमारीले बताए। गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा रु।६ सयदेखि रु। १ हजार प्रतिपाथी बेच्ने गरेका छन्। जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो। भात खानका लागि हुनेहरुले सिमी साटफेर गर्छन् भने नहुनेले किनेर खान्छन्। गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर बुढाले बताए। सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुहरुको अवस्था यस्तै रहेको छ। प्रशस्त मात्रामा उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ। वडामा जहिलेसम्म सडक पुग्दैन त्यतिबेलासम्म समस्याको अन्त्य नहुने वडा अध्यक्ष बुढाले बताए। रासस
|
1,749 |
लमजुङमा शिक्षकको हत्या भएको ५ वर्षपछि फरार आरोपित पक्राउ परेका छन्। लमजुङ राईनास नगरपालिका वडा नं. ०९ बस्ने ४२ वर्षीय बेलराम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए। बेलरामलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार पक्राउ गरेको हो। उनीमाथि लमजुङकै छिमेकी पर्ने ५४ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोप छ। श्रेष्ठ पेशाले शिक्षक थिए। २०७४ मंसिर ११ गते राति साढे ९ बजे श्रेष्ठको हत्या भएको थियो। उनको टाउकोमा काठले हिर्काएर गुरूङले हत्या गरेको आरोप थियो। हत्या गरी फरार भएका गुरूङ चितवन आएर बसेका थिए। प्रहरीका अनुसार उनीहरूले त्यसदिन सँगै बसेर मापसे गरेका थिए। मापसे गर्दा सामान्य विवाद हुँदा गुरूङले उनको टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीसँग भनेका छन्। यस्तै त्यसबेलादेखि फरार रहेका उनी चितवनमा ‘लो प्रोफाइल’मा बस्दै आएका थिए। उनले त्यहाँ आफ्नो नाम पनि परिवर्तन गरी बसेका थिए। चितवनमा उनले धेरैलाई आफ्नो नाम आशमान गुरूङ भनेर चिनाएका थिए। कतिपयलाई भने उनले आफ्नो नाम समेत बताएका थिएनन्। यस्तै लमजुङमै श्रीमती र छोराछोरी भएपनि चितवनमा पनि उनले अर्कै महिलासँग विवाह गरेको पनि खुलेको छ। ‘उनले आफ्नो परिवारसँग पनि अरूमार्फत सम्पर्क गर्ने देखियो। छोराछोरीको विद्यालयको शुल्क भर्न तिर्न उनले अरू मार्फत नै पैसा पठाउने गरेको पनि पायौं,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। यस्तै उनी चितवनमा ट्याक्टरका सहचालक भएर काम गर्दै आएका थिए। प्रहरीले घटना भएकै बेलामा हतियारको रूपमा प्रयोग भएको काठ पनि बरामद गरेको थियो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत लमजुङबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीमाथि ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यानमा अनुसन्धान भइरहेको छ ।
|
1,750 |
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वध्यक्ष निर्दोष अलीले जानकारी दिए । ‘अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकैको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो’, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् पाँच सय ७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरको छ । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिएका छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए । यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,751 |
नेकपा एमालेले भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि पोलिटब्यूरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ । एमाले २ नं क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बस्नेत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गर्दै संघीय सांसद बनेका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि उनी उद्योगमन्त्री बन्न सफल भएका थिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा बस्नेतले नै टिकट पाउने सम्भावना रहेको एमाले भक्तपुरका नेताहरु बताउँछन् । क्षेत्र नं १ को लागि भने शनिबार ३ बजे बस्ने क्षेत्रीय कमिटी बैठकले निर्णय गर्ने भएको छ । क्षेत्र नं १ का क्षेत्रीय संयोजक मोहनवीर श्रेष्ठले ३ बजे बस्ने बैठकले पार्टीका उम्मेदवारहरुको नाम सिफारिस गर्ने जानकारी दिए । यस क्षेत्रमा एमालेका युवा नेता लक्ष्मण तिमिल्सिनाले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । अन्य आकांक्षी नेताहरु भए पनि कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । यहाँ चाँगुनारायण नगरपालिका पूर्वमेयर एवं एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले पनि उम्मेदवार बन्ने आकांक्षा राखेको बुझिएको छ । नेपाल मजदुर किसान पार्टीले जित्दै आएको यस क्षेत्रमा यसपटक पनि उसलाई कसैले टक्कर दिन सक्ने अवस्था छैन । गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतभारअनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत मिलेमात्रै नेमकिपालाई पन्छाउन सकिन्छ । तर, एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमाले र राप्रपाको चुनावी तालमेल हुने सम्भावना भएकाले यहाँ नेमकिपालाई चुनाव जित्न झन् सहज हुनेछ । प्रतिनिधिसभातर्फ दुई र ४ सीट रहेको प्रदेशसभाको लागि आठ गुणा अर्थात ३२ जना एमाले नेताहरुले उम्मेदवारीमा दाबी गरेका छन् । जसमा क्षेत्र नं १ (क) मा सर्वाधिक १० जनाले दाबी गरेका छन् । सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० क्षेत्र रहेको यस प्रदेशमा शिवराम तिमिल्सिना, मोहनवीर श्रेष्ठ, नवराज गेलाल, निरञ्जन बजगाईं, शम्भुप्रसाद दाहाल, कान्छा तामाङ मखिया, रामबहहादुर श्रेष्ठ, कृष्णराम गेलाल, रामप्रसाद तिमिल्सिना र रामहरि थापाले उम्मेदवारी दाबी गरेका छन् । क्षेत्र नं १ (ख) प्रदेशसभा सांसद सरस्वती बाटी, नारायणसुन्दर सिन्ताकल र विश्वराज शिल्पकारले दाबी गरेका छन् । त्यस्तै क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ पूर्वजिल्ला अध्यक्ष राजेन्द राजथला, प्रदेशसभा सांसद शशिजंग थापा र सूर्यविनायक नपा – ८ का पूर्ववडा अध्यक्ष किरण थापाले उम्मेदवारमा दाबी गरेका छन् । क्षेत्र नं २ (ख) मा राष्ट्रशमशेर थापा, चन्दनकृष्ण श्रेष्ठ, भास्कर प्रधानाङ, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ र तारामान जोशीले प्रत्यक्ष उम्मेदवारीमा दाबी गरेका छन् । उम्मेदवारी दाबी गरेकामध्येबाट प्रदेश समितिले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने एमाले जिल्ला कमिटीले जनाएको छ । कमिटीका अनुसार प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेर पठाएको नामावलीमा जिल्ला कमिटीले आफ्नो रायमात्रै दिनेछ । भक्तपुरका प्रदेशसभातर्फका ४ क्षेत्रमध्ये २०७४ को निर्वाचनमा माओवादीसँगको गठबन्धनमा एमालेले ३ सीट जितेको थियो । जसअनुसार एमालेबाट भक्तपुर क्षेत्र नं १ (क) हरिशरण लामिछाने, भक्तपुर क्षेत्र नं २ (क) मा शशिजंग थापा र ९ख० मा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका थिए । जसमध्ये श्रेष्ठले एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादी रोजेका थिए । त्यस्तै क्षेत्र नं १ (क)बाट निर्वाचित लामिछानेको निधनपछि २०७६ मा भएका उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका थिए ।
|
1,752 |
मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
|
1,753 |
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त “नेपाल लाइफ पाठशाला” को उद्घाटन गरेका छन् । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न “नेपाल लाइफ, पाठशाला” को स्थापना गरिएको बताए । आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरु राम अवतार अग्रवाल र बिमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी, विभागीय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
|
1,754 |
बैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखिएको छ । शनिबार दुई जना र आइतबार एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ४० देखि ४६ बर्ष उमेरका छन् । यसअघि युएईमा रहेका दुई नेपालीमा संक्रमण देखिएको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित तीनै जना नेपालीको उपचार भइरहेको बताए । ‘बहराइन सरकारले प्रकाशन गर्ने हेल्थ बुलेटिनअनुसार तीन जनामा संक्रमण पुष्टि भएको छ’, उनले भने,‘अहिले उनीहरुको केस नम्बर मात्रै हामीसँग छ । पूरा विवरण मागिएको छ ।’ सुन्दासका अनुसार तीन जना अलग अलग कम्पनीका कामदार हुन । इरानबाट आएका ६१ बर्षीय भारतीय कामदारबाट नेपालीमा संक्रमण सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
|
1,755 |
काठमाडौँको व्यापारिक हब न्यूरोडका सडकमा पार्किङ निषेध गर्ने महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरु सटर बन्द गरेर सडक संघर्षमा उत्रिएका छन्। तर यहाँ पुग्ने सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया जनाएका छन्। बिहीबार सो क्षेत्रमा भेटिएका सर्वसाधारणमध्ये कतिपयले महानगरको निर्णयको प्रशंसा गर्दै खुसी व्यक्त गरे भने कतिपयले हिँडेर आउनुपरेको भन्दै आक्रोस व्यक्त गरे। सडकमा पार्किङ नहुँदा प्रशस्तै खाली ठाउँ देखिएको भन्दै कतिपय भने हर्षित देखिए। ‘न्यूरोडको पार्किङ हटाएपछि म पहिलोपटक यहाँ आएको छु। यस्तो खुला ठाउँहरु देखेर भित्रैदेखि खुसी लाग्यो, जसले जे भनेपनि महानगरपालिकाको यो कदम अर्थपूर्ण छ,’बिहीबार न्यूरोडमा भेटिएका दलबहादुर विश्वकर्माले भने। ‘सडक सार्वजनिक ठाउँ हो। त्यहाँ सवारी गुड्ने मात्रै होइन, पैदलयात्रुले हिड्ने र पर्यटकहरुले आवत जावत् गर्ने ठाउँसमेत हो, तर पार्किङका नाममा सडकलाई व्यापार गर्ने ठाउँ बनाइएको थियो,’उनले भने,‘महानगरले पार्किङ हटाएर राम्रो गर्यो। म तीन दिन अघि र पछिको न्यूरोड देखेर चकित छु। पहिले यहाँ आउँदा हिड्ने ठाउँ नै हुँदैनथ्योँ । आज खुला छ।’ यही भेटिएकी सलिमा प्रधानले पनि महानगरपालिकाको निर्णयको प्रशंसा गरिन् । तर अर्का बैकुण्ठ दाहालले भने महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाए। महानगरले सरोकारवालासँग छलफल नै नगरी गरेको निर्णय एकतर्फी र आफूहरुको हित अनुकुल नभएको उनको भनाइ छ। ‘महानगरको निर्णयप्रति हामी व्यापारी व्यवसायीको एकदमै आपत्ति छ। कुनै पनि निर्णय गर्नुपूर्व पहिला सरोकारवाला निकायसँग त्यसको असर के हुन्छ भनेर छलफल गर्नुपर्छ, हुनुपर्छ भन्ने लाग्छ,’उनले भने,‘महानगरले एकलौटी गरेको निर्णय हामीलाई मान्य छैन।’ महानगरपालिकाको पार्किङ निषेध गर्ने निर्णयले गरिखाने वर्गलाई अफ्ठ्यारो पारेको उनले बताए। अर्का सर्वसाधारण हरि बानियाँले पार्किङ व्यवस्थापन गर्छु भन्ने महानगरको कदमको स्वागत गरे। तर अहिले महानगरले दिएको पार्किङको विकल्प व्यवहारिक नदेखिएको उनको भनाइ छ। ‘सडकमा पार्किङ गर्ने कुरा हिजोदेखि नै गलत थियो। सडकमा पार्किङ हटाएर कसैले जस लिन खोजेको हो भने त्यो गलत हो। पार्किङ व्यवस्थित गर्छु भन्नु राम्रो हो, तर व्यवस्थित पार्किङको अर्को विकल्प नदिएर गरिएको यो कदम आलोचनायोग्य छ,’उनले भने। पार्किङ हटाउँदा पैदलयात्री र कहिलेकाँही यहाँ पुग्ने सर्वसाधारण धेरै खुसी देखिए। तर यही व्यवसाय गर्नेहरू भने व्यापार घट्ने चिन्ताले त्रसित छन्। उनीहरू यति आक्रोसित छन् कि व्यवसाय बन्द गरेर सडक संघर्षमा उत्रिएका छन्। पार्किङका लागि राम्रो विकल्प नदिएसम्म पार्किङ हटाउन नमिल्ने उनीहरूको दाबी छ। त्यसो त व्यवसायीहरु पनि सबै महानगरपालिकाको विरोधमा छैनन्। कतिपयले महानगरपालिकाको प्रयासलाई सकारात्मकरुपमा समेत लिएका छन्। तर व्यवसायीहरु संगठित रहेका संस्थाहरू जस्तैः बिशाल बजार व्यापार संघ, पाको युथ क्लब,मोवाइल व्यवसायी संघलगायतले विरोध गरिरहेका छन्। जसले महानगरपालिकामाथि दबाब बनाइरहेको छ। स्थानीय युवा उज्वल सिंह पार्किङ निषेधको निर्णयले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार स्क्वायर क्षेत्र घुम्न आउने पर्यटक र न्यूरोड क्षेत्रका विभिन्न पसलहरुमा रोजगारीमा रहेकाहरु सबैलाई असर गरेको बताउँछन्।‘यसले यहाँको पर्यटन व्यवसायमा असर पर्छ । काम गर्न आउने र किनमेल गर्न आउनेहरूलाई पनि असहज हुन्छ,’उनले भने। पार्किङ हटाउँदा व्यापार व्यवसायमा नकारात्मक प्रभाव पर्ने र त्यसको असर त्यहाँका पसलहरुको रोजगारीमा पर्ने उनको भनाइ छ। ‘पार्किङको सुविधा रहेन भने सेल्स आउँदैन, त्यो नहुने बित्तिकै यहाँ काम गर्नेहरूको रोजगारी जान्छ, बिस्तारै व्यवसायी पनि पलायन हुनुपर्ने स्थिति हुन्छ,’उनले भने। उनले महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाउन नहुने तर्क गरे। त्यो सडक आफैँ पार्किङका लागि बनेको होइन। ट्राफिक नियमअनुसार सडकमा पार्किङ गर्न पाइदैन। तर ट्राफिक नियमविपरीत अव्यवस्थित पार्किङले भयावह रुप लिन थालेपछि महानगरपालिकाले नै विगतमा न्यूरोडका सडकमा पार्किङ गर्न प्रोत्साहित गरेको थियो। तत्कालीन मेयर विद्यासुन्दर शाक्यले न्यूरोडका सडकमा पैसा लिएरै पार्किङ गर्ने गरी व्यवस्थापन गरेका थिए। त्यसपछि महानगरपालिकाले टेण्डर लगाएरै सडकमा पार्किङ शुल्क उठायो, डिजिटल प्रविधिबाट पार्किङस्थल तोकिए, बिलिङ प्रविधिसमेत डिजिटल गरियो। तर,अहिले उही महानगरपालिकाको नेतृत्व फरक हुँदा पार्किङ हटाउने निर्णयले त्यहाँका व्यवसायी त्रसित बनेका छन्। महानगरपालिकाले तत्काल पूरानो बसपार्कमा रहेको काठमाडौँ टावरमा पार्किङ गर्न भनेको छ। तर त्यहाँबाट न्यूरोडसम्म पैदल हिँडेर पुग्न असहज हुने व्यवसायीहरूको दाबी छ। यता महानगरपालिकाले भने सुन्धारा र न्यूरोडका लागि सवारी पार्किङको वैकल्पिक स्थानको खोजी सुरु भएको जनाएको छ। महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले बिहीबार न्यूरोड क्षेत्रको लागि धरहरा परिसर र सुन्धाराको सञ्चयकोष भवनलाई पहिलो प्राथमिकतामा राखेको बताए। त्यसबाहेक पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन लगायतका क्षेत्रलाई पनि विकल्पका रुपमा हेरिएको छ। त्यस्तै महानगरले विकल्पका रुपमा पुरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था गर्ने जनाइसकेको छ। टावरमा तीन सय वटा चार पांग्रे र सात सय वटा दुईपांग्रे सवारी साधन पार्किङ गर्ने क्षमता छ। महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसका लागि निजी कम्पनीहरुलाई ठेक्कामा दिने गरेको थियो।तर, हाल महानगरले धर्मपथ, जुद्धसालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ। यसअघि दरबारमार्ग क्षेत्रको पार्किङ हटाउँदा पनि व्यावसायीहरु आन्दोलनमा उत्रिएका थिए। गत वर्ष पुसमा महानगरले दरबारमार्गको सडक किनारको एक लाइन पार्किङ हटाएपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका थिए। व्यवसायीहरुका अनुसार महानगरपालिकाले एकाएक पार्किङ हटाइदिँदा उक्त क्षेत्रको व्यापारमा ६० प्रतिशतले गिरावट आएको थियो ।
|
1,756 |
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको विदेशबाट फर्किएका कामदारलाई पुनः एकीकरण निर्देशिका कार्यन्वयनसम्बन्धी कार्यक्रममा कुँवरले वैदेशिक रोजगारीका कारण देशभित्रको रोजगारी जोखिममा पर्ने थालेको बताए । सरकारले विदेशबाट फर्किएका कामदारको सीप, उनीहरूलाई सीपका आधारमा उद्यमी, व्यवसायी र स्वदेश बजारमा आवश्यक श्रम शक्ति उत्पादनका लागि रोजगारमैत्री योजना ल्याउनुपर्ने मन्त्री कुँवरले बताए । ‘विगतमा रोजगारी सिर्जना गर्न ल्याएका योजना गलत भए सच्याएर जानुपर्छ । अब पनि सरकार, सरोकारवाला संस्था र रोजगारदाता सचेत नभए वैदेशिक रोजगारीका कारण आन्तरिक श्रम बजारमा थप समस्या सिर्जना हुन्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीको विकल्प र आन्तरिक रोजगारी सिर्जनाका लागि गम्भीर हुनुपर्छ । यो आवश्यकता बन्दै गएको छ । श्रमशक्ति दैनिक विदेशिँदा देशभित्र आवश्यक श्रम शक्ति पाउन छाडेको छ ।’ राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले सरकारले वैदेशिक रोजगारीभन्दा आन्तरिक रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए । रोजगार सिर्जनासम्बन्धी काम गर्दै आएका सबै मन्त्रालय, निकाय र रोजगारदाताहरूले एउटै रोजगार नीति बनाएर काम गर्नुपर्ने उनको सुझाव छ । वैदेशिक रोजगारीलाई पनि निरन्तरता दिँदै आन्तरिक रोजगारी सिर्जनामा तीनै तहका सरकार गम्भीर हुनुपर्ने फुयालको भनाइ छ । वैदेशिक रोजगार वोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको सीप परिक्षण गर्दै पुनः एकीकरण कार्यक्रममार्फत स्वदेशमै रोजगारी, कृषि उत्पादन, विभिन्न क्षेत्रमा व्यवसाय र रोजगारी सिर्जना क्षेत्रमा जोडनुपर्ने बताए । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आन्तरिक श्रम बजार, कृषि, रोजगारी, पर्यटन, निर्माण र उद्यमी बनाउन वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम गत असारबाट सञ्चालनका ल्याएको छ । यो कार्यक्रमलाई पहिलो चरणमा ५० वटा गाँउपालिका र ५० वटै नगरपालिकामा सञ्चालन गरिने श्रम मन्त्रालयले जनाएको छ ।
|
1,757 |
जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन् । नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । यतिमात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाशसमेत बनाउन सकेका छैनन् । नगर तथा गाउँपालिकाका न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजुरी दिने गरे पनि बहसका लागि इजलाश बन्न नसक्दा नागरिक मारमा छन् । न्यायिक समितिमा उजुरी आउन थालेपछि स्थानीय तहका नगर तथा गाउँपालिकाले आ–आफ्नै कानूनी सल्लाहकार नराख्दा न्याय सम्पादनमा सकस हुने गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, “न्यायिक समितिमा उजुरी आउँछन् तर हामीसँग कानूनी सल्लाहकार नहुँदा कतिपय मुद्दाको टुङ्गो लगाउनै मुस्किल पर्ने गरेको छ ।” त्यस्तै प्रदेश सरकारले न्यायिक समितिका संयोजक र सदस्यलाई न्याय सम्पादनका बारेमा तालीम र प्रशिक्षण नदिँदा न्याय सम्पादन गर्नमा झन समस्या आएको जोरायल गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष जमुना बोहराले बताइन् । नगरपालिका र गाउँपालिकाले कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त नगरेका कारण न्याय सम्पादन गर्न असहज हुँदै आएको कानून व्यवसायी शङ्करदीप मडैले बताए । न्यायिक समितिलाई न्याय सम्पादनमा सहयोग पु¥याउने गरी कानूनी सल्लाहकार राख्नुपर्ने भए पनि हालसम्म सो व्यवस्था हुन नसकेका कारण समस्या हँुदै आएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
|
1,758 |
लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानीयको सहभागीताले सार्वजनिक निजी क्षेत्र मजबुद हुने बताए । “पीपीपी मोडलमा अर्को एउटा ‘पी’ अर्थात पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ” उनले भने, “त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।” नेपालमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम शक्ति र अथाह प्राकृृतिक स्रोत साधन नै मुख्य पुँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्फत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्नेमा जोड दिए । लगानी बोर्डले एक दशकको अवधिमा आर्थिक विकास र समृद्धिका लागि ठूल–ठूला स्तरका लगानी भित्र्याउन संस्थागत आधार तयार गरेको उल्लेख गर्दै उनले अब क्षेत्रीय साझेदारहरुसँगको लगानी सहभागीतालाई सुदृढ गरी वैश्विक आर्थिक मञ्चबाट लाभ उठाउनको प्रभावकारी काम गर्ने बताए । मन्त्री शर्माले ठूलठूला आयोजना निर्माणको लागि निजी क्षेत्रको लगानी सहभागिताको आवश्यकता औंल्याए । यस्तै पर्याप्त वैदेशिक लगानी भित्र्याएर देशभित्रै उत्पादन तथा रोजगारीका अवसरहरु सृजना गर्न सकिने उनको भनाइ छ । यसबाट व्यापार घाटा न्यूनिकरण हुनुको साथै युवाहरुले देशभित्रै रोजगारी पाउने अवस्था सृजना हुने मन्त्री शर्माको विश्वास छ । लगानी बोर्डले एक दशकको अवधिमा आठ खर्ब ३३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । यस्तै २७ वटा विभिन्न आयोजनाहरु स्वीकृत गरेको छ भने सात वटा ठूला आयोजनाको लागि एमओयू गरेको छ । यस्तै दुई वटा परियोजना सम्झौता र दुई वटा लगानी सम्मेलन बोर्डले गरेको छ । ठूला आयोजनाअन्र्तगत यस अवधिमा ३६० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको होङसी शिवम सिमेन्ट कारखाना सञ्चालनमा आइसकेको छ । यसको दैनिक उत्पादन क्षमता छ हजार टन रहेको छ । यस्तै १४० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको हुवासिन सिमेन्ट नारायणी सञ्चालनको तयारीमा रहेको छ । यसको दैनिक उत्पादन क्षमता तीन हजार टन रहेको छ । यस्तै १ खर्ब ४४ अर्ब अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको अरुण तेस्रो र १ खर्ब १६ अर्ब अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोपावर प्रोजेक्टको लागि परियोजना विकास सम्झौता भएको छ । भारत र नेपालको संयुक्त लगानीमा बन्न लागेको अरुण तेस्रोको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । अरुण तेस्रोबाट सन् २०२३ मा विद्युत् उत्पादन गर्ने लक्ष राखिएको छ । काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् दाङ– दाङमा निर्माण भएका दुई शीत भण्डार गृह प्रयोगमा नआउँदै बिग्रिएका छन् । करिब चार काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ मुलुकका दुई ठूला दल मिल्नुको अर्थ राजनीतिक स्थिरता हो भन्ने बुझाइलाई हालैको मन्त्रिपरिषद् गठनले पुष्टि काठमाडौं – सरकारले मुलुकका लागि कानुन बनाउने थलो संघीय संसद्को भवन बनाउन लागेको ५ वर्ष काठमाडौं– नयाँ राजनीतिक समीकरणका कारण मौद्रिक नीति आउन केही ढिलाइ भएको छ ।
|
1,759 |
कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार चौधरी र पछाडि सवार मुन्ना चौधरीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार दुर्घटनामा संलग्न टिपर नख्खुस्थित एउटा ग्यारेजमा फेला परेको हो । उनले दुर्घटनामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको रातोपाटीलाई जानकारी दिए । चारवटा टिपर एकसाथ आएकोमा ओभरटेक गर्ने क्रममा बा४ख ८५६९ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको बोगटीको भनाइ छ । उक्त टिपर रामेछापका अरुण खड्काको स्वामित्वमा रहेको र खड्का सम्पर्कमा आइसकेको उनले जनाए । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
|
1,760 |
नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् । चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुन्छ । मार्च र अप्रिलमा बढ्छ । त्यसपछि वर्षायाम सुरु हुन्छ । त्यसपछि भने आगमन केही कम हुने गर्छ । बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत धेरै हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् । यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् । यस अनुसार औसतः मासिक १ लाखभन्दा बढी पर्यटक भित्रिएको देखिएको छ ।
|
1,761 |
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा आज आइतबार (साउन ११ गते) होटल मेरियट नक्सालमा दिउँसो १ बजे बस्दैछ । सभामा कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव छ । प्रबन्धपत्र तथा नियमावलीका दफा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७५–७६ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै न्यूनतम सुरक्षाका उपायहरु अपाइने कम्पनीले जनाएको छ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ ।
|
1,762 |
देशभर कोभिड-१९ संक्रमितको संख्या घट्दै गएको छ। तीन महिनाअघि दैनिक १२ हजार भन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले स्थिति नियन्त्रणतिर पुगेको हो। पछिल्लो २४ घण्टामा थप ४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। २ हजार ७ सय ४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण देखिएको हो। सोही अवधिमा ४८ जना कोरोना मुक्त भएका छन्। एक महिना यता संक्रमितको संख्या तीन डिजिटबाट दुई डिजिटमा कायमै थियो। चैत २४ गते संक्रमितको संख्या ७ कायम रह्यो। आज यो संख्या त्यो भन्दा तल झरेको हो। देशभर संक्रिय संक्रमितको संख्या ५ सय ९२ रहेको छ। २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हालसम्म कोरोना संक्रमण भएका ११ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
|
1,763 |
एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसलाई प्रस्ताव गरेको छ । प्रमुख चार शक्तिको बैठकमा शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो प्रस्ताव अघि सारेका हुन् । 'कांग्रेस नेतृत्वमा सहमतिको सरकार बनाएर जाऔं भन्ने प्रस्ताव गरेका छौं,' नेपालले भने ।
|
1,764 |
गत मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो। मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ खाना खाएर एक्लै छाउगोठमा सुतेकी उनी बिहान मृत अवस्थामा फेला परिन्। बिहान सात बजेसम्म नउठेपछि जेठानीले पार्वतीको नाम लिएर धेरै पटक बोलाइन् । तर गोठबाट कुनै प्रतिक्रिया आएन । शंका लागी जेठाजु छत्र रावतले गोठको ढोका फोरेर हेर्दा उनी घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेकी थिइन्। घरभन्दा सय मिटर टाढा रहेको छाउगोठमा उनको मृत्यु हुनुको यकिन कारण पत्ता नलागे पनि रातको समयमा आगो बालेर सुतेकाले निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अकालमै मृत्यु हुने पार्वती मात्र होइनन्, उनीभन्दा पहिले पनि अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन् । अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ। यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए। विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्। छाउपडी प्रथा मान्ने गलत संस्कारको कारणले गाज्राकी १५ वर्षीया छोरी रोशनीलाई गोठमै गुमाएको तीन वर्ष पुगेको छ। आफूसमेत सुतेको बेला निसासिएर झन्डै ज्यान गएको रोशनीकी आमा दिलु तिरुवाले बताइन्। ‘महिनावारी भएका बेला बस्ने छाउगोठ हाम्रालागि कालको घरजस्तै हुन्,’ उनले भनिन्, ‘घर–परिवारले नमान्दा छाउगोठमा त्यहाँ सुत्नुपर्ने बाध्यता छ।’ त्यही छाउपडी गोठमा २०७३ पुस ३ गते छोरीको मृत्यु भएपछि गोठ भत्काएर केही समय घरमा सुतेको उनले बताइन्। ‘छोरीको गोठमै ज्यान गएपछि दुई–तीन पालो महिनावारी हुँदा घरकै एउटा कोठामा बसेकी हुँ तर पछि सासुले नमान्दा पुनः गोठमा बस्नुप¥यो,’ उनले भनिन्, ‘सासुले घरमा बस्न कुनै पनि हालतमा नदिएपछि उहाँको चित्त दुखाएर बस्न सकिएन।’ अहिले प्रहरीले छाउगोठ भत्काउन थालेपछि भने ज्यानमारा छाउगोठमुक्त हुने कुराले स्थानीय महिला खुसी छन्। ‘अहिले सबैतिर छाउगोठ हठाउँदै छन्, अब हामीलाई सहज हुने भयो,’ उनले भनिन्। कमलबजार नगरपालिका–६ बिरपथका भगवती ढकालले पतिले महिनावारी हुँदा घरमै बस्न भने पनि गाउँ–समाजको डरले गोठमै सुत्न परेकोमा छाउगोठ भत्काउँदा खुसी लागेको बताइन् । भगवतीकी सासु डिक्रादेवी ढकालको २०६७ माघमा गोठमा सुतिरहेको बेला मृत्यु भएको थियो। ‘सासुको गोठमै ज्यान गएकाले छाउगोठमा एक्लै सुत्नुपर्दा डर लाग्थ्यो,’ उनले भनिन्, ‘छाउगोठ हटाएपछि खुसी लागेको छ।’ आमाको छाउगोठमै अकालमा मृत्यु भएको र छाउगोठ हटाउने अभियान राम्रो भएको डिक्राका छोरा झनक ढकालले बताए। सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देसिका २०६४ समेत जारी गरिएको थियो। सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन। राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ। शारीरिक, मानसिक तथा सुरक्षाका हिसाबले पनि महिनावारी भएको समयमा महिलालाई झनै सुरक्षित स्थानमा बस्न दिनुको सट्टा धार्मिक कारण देखाउँदै असुरक्षित रूपमा गोठमा राख्ने गलत परम्पराले जरा गाडेकाले महिलाहरू हिंसाको सिकार बनिरहेका छन्।
|
1,765 |
विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो । उनले भने, ‘यो महासभालाई सफल तुल्याउनको लागि सबै ओमकार परिवारको साथ र सहयोगको आवश्यक छ । हामी यही मञ्चबाट महासभालाई भव्य रुपमा सम्पन्न गर्नको लागि अपिल गर्दछौं ।’ कार्यक्रममा बैंकेटेश्वर पिठाधिश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए । उनले हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सनातन हिन्दू धर्म संस्कृतिसँगै वैदिक ज्ञान–विज्ञानको उद्गमस्थल पुण्यभूमि नेपाललाई धर्मनिरपेक्षताको चंगुलबाट छुटाएर सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि यतिवेला नेपालमा रहेका सबै धार्मिक संघसंस्थासहित समस्त ॐ कार परिवारको आपसी सद्भाव एकता र सहकार्यको आवश्यकता छ ।’ समितिले आफूहरुको अथक प्रयासद्धारा राष्ट्रिय समिति, बाँसबारी र कलंकीबीच भएका चरणबद्ध एकता वार्ताको निश्कर्षबाट दुवै राष्ट्रिय समिति एकताबद्ध भएर अघि बढ्न सहमत भएको पनि अध्यक्ष अधिकारीले विश्वास दिलाए । उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव प्रविण घिमिरेले गरेका थिए । कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले ७ औं महासभाले समितिको नेतृत्व चयन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।
|
1,766 |
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव पाँच र न्यूनतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहने छ ।
|
1,767 |
सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको घटनाले समग्र देश नै शोकमा छ । अनि त्रासमा पनि । आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको सीताको बयान दिइन् । घटनाक्रम अघि बढ्दै जाँदा एक व्यक्ति झुण्डएर मरेको अवस्थामा फेला परे । मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ । सोही गाउँपालिका वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो । झुण्डिएर आत्महत्या गर्ने व्यक्ति मानबहादुर माखिम रहेछन् । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । पारिवारिक सम्बन्धका व्यक्ति भएपछि उनैले हत्या गरेर आत्महत्या गरेका हुन् कि भन्ने आशंका बढ्यो । यसैबीच उनले आत्महत्या गरेकै स्थान नजिक रगत लतपतिएको धारिलो हतियार पनि भेटिएपछि मानबहादुरले नै ९ जनाको हत्या गरेको हो कि भन्ने आशंकामा बल पुग्यो । माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको छ । अनुसन्धानका क्रममा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । प्रहरीका अनुसार मानबहादुरको श्रीमतीसँगको सम्बन्ध बिग्रिएको थियो । पछिल्लो समय सम्बन्धबिच्छेदको प्रक्रियासमेत सुरु भएको बताइन्छ । बमबहादुरकी श्रीमती माइतीमा बस्दै आएकी थिइन् । मानबहादुरले बमबहादुर र धनराजकै परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका थिए । यही रिसमा विभत्स हत्या गरेको हुन सक्ने आशंका पनि गरिएको छ । ९ जनाको हत्या हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । सोमबार राति मिक्लाजुङ ३ आरुबोटेमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई परिवारका ९ जनाको हत्या गरेका थिए । घटनास्थलबाट भागेर बाँच्न सफल खजुमको दायाँ हातमा चोट लागेको छ । बालिकाको हातको कुइनोमा चार टाँचा लगाइएको छ । कडा सुरक्षाबीच बालिकाको उपचार भइरहेको छ । यसैबी मृत्यु भएकाहरुको पोष्ट मार्टमका लागि शव धरानस्थित विपी कोइरालाई मेमोरियल अस्पताल ल्याउने तयारी भइरहेको छ । तर मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको बताइएको छ । काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
|
1,768 |
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबारदेखि सुरू गरेको राष्ट्रव्यापी दबाब अभियान यो देशमा सुशासन कायम गर्नका लागि एक राजनीतिक दलले उठाएको समयोचित कदम भन्न सकिन्छ । विगत र वर्तमानका सरकारमा रहेका राजनीतिक दलहरूले राष्ट्रिय गौरवका आयोजना होस् वा अन्य ठूला परियोजना हुन्, कुनै पनि विकास निर्माण कार्य न त समयमा सिध्याएको छ, न अनुमानित लागतले पुर्याएको छ । हरेकपल्ट एउटै योजना देखाएर जनतालाई लोभ्याउने र हरेक वर्ष कनिका छरेजस्तो बजेट छुट्याएर लागत र समय बढाउने काम भइरहेको वर्तमान अवस्थामा जनस्तरबाट एक सशक्त दबाबको सख्त जरुरत थियो । रास्वपाले अघि बढाएको कदमलाई सबैले स्वागत र सहयोग गर्नु तर्कसंगत देखिन्छ । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिमा प्रवेश गर्नेबित्तिकै पूरै पत्रकारिताको मान मर्दन गरेका कारण स्थापित सञ्चार संस्थाहरूले उनको दलको कार्यक्रमहरूलाई सकारात्मक रुपमा स्वीकार्न सकेका थिएनन् । तर, मिडिया जति रुष्ट भएता पनि सो आलोचनाका कारण मिडिया पनि एकपल्ट आफ्नो अनुहार ऐनामा हेर्न बाध्य भएको कुरामा दुईमत छैन । आफूले अनाहकमा केही मिडियालाई गलत ढंगले प्रस्तुत गरेको विषयमा हालै एक पत्रकार सम्मेलनमा स्वीकार गरेका कारण लामिछाने र उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिडियाले शंकाको सुविधा दिनुपर्दछ । रास्वपाले गरेका राम्रा कामलाई समर्थन र सहयोग गर्दै गर्दा मिडियाले सो दल र नेतृत्वले कानुन विपरीत गरेका वा गर्ने कामलाई आँखा चिम्लेर समर्थन गर्न सक्दैन, गर्दैन । राष्ट्रव्यापी दबाब अभियान आफैँमा एक सकारात्मक र सही कदम हुँदाहुँदै पनि एक साधनमात्र हो साध्य होइन भन्ने जानकारी आयोजकहरूलाई हुनुपर्दछ । यस्तो दबाब कार्यक्रमले सरकारलाई नचाहिँदो तरिकाले योजना बनाउन र जथाभावी खर्च गर्नमा नियन्त्रण गर्दछ र सुरू भएका विकास निर्माण कार्यलाई सम्पन्न गराउनका लागि बाध्य पार्दछ । तर, रास्वपा एक लोकतन्त्रवादी दल भएको र जनताको सर्वोच्चता सदनमार्फत् अभिव्यक्त हुनुपर्दछ भन्ने विषयमा पनि स्पष्ट भएको हुनाले सुशासन कायम गर्न संसदको सशक्त प्रयोग गरोस् । संसद्को सशक्त प्रयोग भन्नुको अर्थ सो दलले अहिले सुरू गरेको दबाब अभियान सँगसँगै संसदमा सो विषय उठाउने, संसदीय दलहरूमा छलफल गर्ने र सरकारलाई बजेट बनाउन र परियोजना सम्पन्न गर्न संसदबाटै उचित दबाब दिने कार्य गर्नु हो । विकास निर्माण आयोजना वरिपरि विरोध वा आन्दोलन गरेर केही दबाब अवश्य सिर्जना हुन्छ तर रास्वपाले सम्बन्धित मन्त्री, सचिव वा आयोजना प्रमुखहरूलाई संसदीय समितिमानै बोलाएर पनि आफूले चाहेको सुशासनको अभियानलाई गति दिन सक्दछ । त्यसैले सडकमा शान्तिपूर्ण विरोध र जनतालाई जागरुक बनाउँदै गर्दा संसदको पनि पूर्ण उपयोग गर्दै सुशासन कायम गर्न रास्वपाले ठोस योगदान गरोस् ।
|
1,769 |
आन्दोलन परिचालन समितिले बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि चरणबद्व आन्दोलनका कार्यक्रम अघि बढाउने भएको छ।बिहिवार महेन्द्रनगरमा मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि दवाव समूहको सहभागितामा भएको बृहत भेलाले आन्दोलन परिचालन समिति गठन गरेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघ संयोजक रहने गरी विभिन्न पेशागत संघसंगठन, नागरिक समाज, पेशाकर्मी सहितको समेत सहभागिता रहने गरी आन्दोलन परिचालन समिति गठन भएको हो। बिहिवार भएको भेलापछि गठन भएको आन्दोलन परिचालन समितिले सरकारले नीतिगत रुपमै विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि नबढाएसम्म आन्दोलन नरोक्ने जनाएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद जोशीले लामो समयदेखी विमानस्थल पुनः सञ्चालनको माग राख्दै आएपनि राज्यले सुनुवाई नगरेपछि कञ्चनपुरका नागरिकले आन्दोलन परिचालन समिति गठन गरेरै आन्दोलनमा उत्रिनु परेको बताए।' हामीले माग राख्दा राख्दा थाकिसकेको अवस्था हो' उनले भने,' सरकारको ध्यान पुग्न नसकेपछि वाध्य भएर नागरिकस्तरबाटै आन्दोलनमा उत्रिन परेको हो।' आन्दोलन परिचालन समितिले एकहप्ता पछि ठूलो संख्यामा कञ्चनपुरवासीहरुको हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने बताएको छ।भदौ ३० गते बृहत जनसहभागितामा र्याली सहित प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएर आन्दोलनका थप कार्यक्रम अघि बढ्ने आन्दोलन परिचालन समितिले जनाएको छ। 'अब नीतिगत रुपले सरकारले प्रक्रिया अघि नबढाएसम्म आन्दोलन रोक्ने सवालै हुदैन्’ अभियानकर्ता एंव पत्रकार खेम भण्डारीले भने, 'सम्भाव्यता नभएको, अनेक खालका समस्या रहेको भन्ने वहानावाजी गरेर विमानस्थल पुनः सञ्चालन हुन नदिने षडयन्त्र हिजो देखी नै भइरहेको, अब सबै नागरिकले षडयन्त्र चिरेर विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाउनुपर्छ।' विमानस्थलको रन वे कम, रन वे उत्तर दक्षिण भएको, नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई असर पुग्ने लगायतका कारणहरु देखाएर विमानस्थल पुनः सञ्चालन हुनबाट अवरोध पुर्याउने काम भइरहेको नागरिकहरुले आरोप लगाएका छन्। विमानस्थल पुनः सञ्चालन गर्न सकिने÷नसकिने भनि गरिएको सम्भाव्यता अध्ययनले समेत कुनै अवरोध नदेखाएको जानकारहरु बताउँछन्। विमानस्थल पुन सञ्चालनका लागि सरकारलाई सहयोग गर्न एक रुपैया अभियान समेत शुरु गरिने छ। जिल्ला विकास समितिका पूर्व उपसभापति राजेन्द्र रावलले विमानस्थल पुनः सञ्चालनमा यसै क्षेत्रका नेताहरुले भूमिका नखेलेको बताए।उनले मझगाउँ विमानस्थल सञ्चालनका लागि कुनै अवरोध नभएको भन्दै सरकारले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने बताए। उनले कञ्चनपुरको शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज र खप्तडसंग जोड्नका लागि समेत कञ्चनपुरको एयरपोर्ट पुनः सञ्चालनमा आउनु आवश्यक रहेको बताए। पर्यटकीय दृष्टिकोणले समेत विमानस्थल पुनः सञ्चालन हुनु आवश्यक रहेको होटल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदिशचन्द्र भट्ट बताउँछन्। करिब ५३ बिगाहा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थल बन्द भएको १८ वर्ष बढि भइसकेको छ। हाल विमानस्थल गौचरणमा परिणत भएको छ। २०५६ साल पुष २२ गतेका दिन अन्तिम उडानका रुपमा उक्त विमानस्थलमा प्लेन उडेको हो। त्यसपछि बन्द भएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आएको छैन्। सुरक्षाको कारण देखाएर तत्कालिन समयमा बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि भन्दै परिक्षण उडान समेत धेरैपटक भइसकेका छन्। हरेक पटक फेरिने सरकारका पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले परिक्षण उडान गर्दै आएपनि विमानस्थल पुनः सञ्चालनका लागि अहिलेसम्म सरकारले ध्यान दिएको छैन्। कैलालीको धनगढी विमान स्थलवाट दैनिक ५०÷६० जना महेन्द्रनगरका यात्रुहरुले यात्रा गर्दै आइरहेका छन् ।
|
1,770 |
प्रकृतिको उपहारलाई भाग्यवादी सोच अंगाल्नेहरुले भाग्यको खेलको रुपमा व्याख्या गर्दछन्। भाग्यकै कारण नतिजा कस्तो प्राप्त हुन्छ भन्ने कुराको निर्धारण हुन्छ भन्ने मान्यता राख्दछन्। खैर जे होस्, नतिजा प्राप्त भइसकेपछि त्यसको कारक तत्वको समीक्षा गर्ने बाहेक अरु उपाय नै के रहन्छ र? हो, त्यो सत्य होकि कुनै पनि कुराको बारम्बारको परीक्षण पश्चात पनि त्यही परिणाम आउँछ भने त्यो सत्य हो। त्यसलाई थप परीक्षणको आवश्यकता ठानिँदैन। तर कतिपय कुराहरु यस्ता हुन्छन् जसको नतिजा आइसकेपछि पनि त्यसका नतिजालाई सहजै ग्रहण गर्न गाह्रो नै हुँदो रहेछ। अनि त्यसलाई सम्झेर त्यो भूल थियो कि अभिसाप भनेर धुमिल यादहरुलाई फेरि कोट्याउने प्रयासहरु हुँदो रहेछ। स्वप्निल यादहरुले जीवनका कति यादहरु स्मरणबाट धुमिल हुँदा पनि फेरि यादगार बनाउने इच्छा जाग्दो रहेछ। यो जागृत मन मेरो बाल्यकालको साथीको हो। उनको भोगाइलाई नजिकबाट नियाल्न मलाई पनि मन लागेकै कारण यो प्रयास गरिएको छ। एकदिन बाल्यकालको यादका चाङमा नै एकजना रमेश नामको साथीको याद आउँछ। साँच्चै ऊ मेरा मिल्ने साथी हो। तर स्कूल छुटेदेखि भेट नभएको करिब २५ वर्षको अवधि भएछ। हामी यति मिल्यौँ कि जीवनका हरेक कुराहरु साटासाट गर्थ्यो। तर समय पनि कति कठोर हुँदो रहेछ। यति अनन्य साथीलाई यसरी बिछोड गरायो कि २५ वर्षसम्म पनि एक पटक पनि भेटको मौका नै दिएन। मेरो मानसपटलबाट प्रायः उसको सम्झना करिब धुमिल भैसकेको थियो। एक दिन काठमाडौँको व्यस्त र मस्त सहरमा जीवन जिउनकै लागि कामको सिलसिलामा हिँड्दै थिएँ। असनको व्यस्त गल्लीमा एक जना मान्छेसँग ठोक्किन पुग्यो। उसले मलाई गाली गर्दै आँखा गोजीमा राखेर हिँडेको भन्दै रातो आँखाले हेर्दै थियो। त्यति नै बेला मैले उसको आँखामा परिचित मित्रको भाव देखेँ। उसको गालीको वास्ता नै नगरी एकहोरो हेरिरहेँ। ऊ किन हो कुन्नि झन् रिसाउँदै थियो तर मलाई भने उसको गालीमा भिन्दै मजा आइरहेको थियो। उसको आँखालाई रमेशको आँखाबाट निहाल्दै रहेँ। अनि दुःसाहसका साथ सोधेँ- रमेश? तब ऊ रोकियो ‘अनि तिमी?’ त्यसपछि व्यस्त दोबाटोलाई ख्याल नै नगरी एकअर्कालाई आत्मियताको साथ खोतल्दै रह्यौँ। बस् त्यतिबेला एक जना भरिया दाइले बोकेको भारीको ठक्करले धक्का यसरी दियो कि उसको धक्काले हामी दुई एकअर्काको अंगालोमा बाधिन पुग्यौँ। फर्केर भरिया दाइसँग झगडा गर्न त मन लागेको थियो तर उसको ठक्करकै कारण आत्मीय मित्रसँगको आलिंगन गर्न पाएकोमा धन्य छ तिमीलाई भन्न मन लाग्यो। अनि बटुवाको स्वतन्त्र रुपमा हिँड्ने अधिकारलाई हनन् गर्न हुन्न भन्दै आउने शनिबार बालाजुको कुनै रेस्टुरेन्टमा भेट्ने वाचाका साथ छुट्यौँ। एक हप्तापछि, बाल्यकालको साथीसँगको भेटको प्रतिक्षाको घडी तोड्दै बालाजु चोकमा रहेको एक रेस्टुरेन्टमा दिनको ४ बज्न नपाउँदै पुगियो। तर रमेश मभन्दा अघि नै आएर मेरो प्रतिक्षामा रहेछ। हामी सुरुमा कफी पिउने भन्दै बस्यौँ। बसाइको क्रममा उसलाई फेरिपनि मनभरि नियाल्दै रहेँ। उसमा बाल्यकालको त्यो बानी उस्तै रहेको पाएँ। नियाल्दा देखिन्थ्यो, उसको टाउकाको सबै कपालले रङ फेरिएछ। मानौँ कि हिमालको सेतोपनालाई समेत उछिन्ने गरी। दारी-जुँगालाई समेत कपालको झैँ पालेको पाएँ। उसको त्यो गेटअपले उसका मनमा केही पीडा छ भन्ने कुरा स्पष्ट पढ्न सकिन्थ्यो। उसलाई किन यो कपालको केयर नगरी आफूलाई ६० औ वर्ष पुगको मान्छे जस्तो गेटअप बनाएको? उसले अलि असहज मान्दै त्यस्तो खासै कारणत केही छैन भन्यो र हाँस्दै भन्यो- ‘यो नेचुरल हो किन कृतिम बनाएर ठिटो बन्नु छ र!’ ‘होइन यार, तेरो यो रुपले तलाई गिज्याउँछ। तँ बुढो भइस् भनेर मनोवैज्ञानिक रुपमा पनि तर्साउँछ। प्लिज यार कतिपय कुराले केबल क्षणिक फाइदा गर्छ भने त्यसलाई अप्राकृतिक नै भएपनि किन नअप्नाउने?’ भनेँ तर मेरो कुरासँग ऊ कन्भिन्स भएन। उसले भन्यो- ‘हो, म पनि लगाउँथेँ कालो रङ कपालमा तर हिजोआज मन छैन।’ ‘किन मन छैन भन् त?’ फेरि सोधेँ। ‘केही कारणले होइन।' तर उसको अनुहारको भावले ढाँटेको भन्ने स्पष्ट देखिन्थ्यो। उसँग कसरी सत्य कुरा बोलाउन सकिन्छ भन्ने मलाई थाह थियो। ऊ बच्चैदेखि आध्यामिक मान्छे भएकोले भगवानसँग ऊ साह्रै डराउँथ्यो। ‘भगवानलाई साक्षी राखेर भन् के भयो? किन यस्तो हालतमा आफूलाई यूवा अवस्थामा नै बुढा बन्न मन लाग्यो तलाई?’ उसले मलिन अनुहार बनाउँदै भन्यो- ‘हो यार, म अतित्लाई सम्झेर आफ्नो जीवनको मूल्यांकन गर्न थालेको छु।’ के हो कुरा स्पष्ट भन्नको लागि अनुरोध गर्दै उसको थप कुरा सुन्न चाहेँ। ‘हामी कलेजका साथीहरुसँग खेल्दा अनि जिस्किँदै जाँदा बेला बेलामा म आफू खुम्चिन पुग्थेँ। भर्खरै युवा अवस्थामा लाग्दै गरेको भएर होला मनमा कता कता काउकुती लाग्न थालेको अनुभूत हुन्थ्यो नै। साथी संगीसँगको संगतमा कोही कसैप्रति मन गएर टक्क रोकिन्थ्यो। हुन पनि उनी कक्षामा सबैभन्दा राम्री थिई। उनीको नाम वर्षा हो। साँच्चै वर्षाजस्तै सधैँ रसिला हँसिमुख भएकी। उनको यादले मात्र पनि रमाउन थालेको थिएँ। तर मनमा आउने आकृतिले भन्थ्यो- त त्यो लायक होइन किनकि तँसँग त माया गर्ने मन त छ तर तिनलाई पाल्नसक्ने हैसियत कहाँ छ भन्ने गर्दथ्यो। जसले गर्दा सयौँ पटक अदम्य साहस पालेर मनका कुरा त्यो उनीलाई भन्ने साहस समेत गर्न सकिनँ। मनका कुरा उनीलाई भन्ने कार्य सपनामा नै तुइयो। त्यो मेरो मनको रानीलाई पनि के थाहा मेरो मनका कुरा कहिले मैले अभिव्यक्त गरेको भए पो थाहा पाओस र! त्यस ताका मेरो अधिकांश समय उनैको सम्झनामा बिताउँथेँ। सम्झनाको ती मिठा मनहरुको संगालोलाई गन्ने हो भने अहिलेसम्म निर्धारित अंकले पनि सम्भव त भ्याउँदैन होला। आइकम पढ्दा त्यो दुई वर्ष सायद कसैलाई सम्झेर नै बिते तर मेरो मनका कुरा ती मान्छेलाई न त भन्न नै सकेँ न त त्यसको भाव नै देखाउन। यसै क्रममा आइकम सकियो। साथीहरु यत्रतत्र रुपमा छरिए। कोही आफ्नो भविष्यको रेखा कोर्न देश बाहिर तिर लागे भने कोही सोही कलेजमा नै रहेर पढाइलाई अगाडि बढाएको चाल पाएँ। मैले भने अध्ययनलाई अगाडि बढाउनभन्दा पनि जागिरको दौरानमा कालेज छोडेँ। आँखाभरि मन अनि कसैलाई व्यक्त गर्न नसकेको मनभरिका कुरालाई झोलाभरि राखेर। अनि उनी पनि त्यो कलेज छोडेर काठमाडौँको नै अन्य कलेजमा पढ्न लागेको कुरा थाहा पाएँ तर कहाँ पढ्छिन् भन्ने थाह भएन। नखोजेको पनि होइन। यो मन सधैँ उनकै यादमा रमाउन खोज्दथ्यो। त्यसपछि मनका मायामोह समयक्रमसँगै विस्तारै धुमिल हुँदै गयो। समय पनि यति छिटो गएछ, २५ वर्ष कटेको पत्तो नै भएन। यो समयमा बेला बेलामा उनको याद नआएको होइन तर सम्पर्क थिएन। २५ वर्षपछि फेसबुकको माध्यमद्धारा उनलाई साथी बनाउन सफल भएँ। फेसबुकको माध्यमद्धारा साथी बनेपछि वर्षासँग मेसन्जरमा च्याट गर्ने क्रम सुरु भयो। उनीसँग कुरा हुन थालेको करिब ६ महिना भइसकेको थियो। हामीबीच बारम्बार म्यासेज हुन्थ्यो अनि विगतलाई सम्झेर रमाउँथ्यौँ। एक आपसमा मायाको बिउ पलायर युवा अवस्थामा पुगिसकेको थियो। एक दिन मायाको भाव साट्ने क्रममा उनी बोल्दै थिइन्- ‘हेर रमेश, तिमीसँग मेरो जीवनका अमूल्य जीवन जिउने त लेखेको रहेनछ भाग्यमा तर पनि…’ भन्दै लामो श्वास लिएर सुस्काइन्। म अक्क न बक्क भएँ। मैले त्यस्तो त केही भनेको थिइनँ। किन यिनले त्यस्तो भनेको होला भनि घोत्लिएँ। तर उनको दुखी मनको भाव सजिलै अनुमान गर्न सकिन्थ्यो उनको अनुहारमा। ‘वर्षा के भो? प्लिज भनन’ भनेँ। तर उनीको नयनमा साँच्चैको पीडा बोध देखिएको थियो। आँखाभरि उनको मनका भावनाकै कारण होला आँसुले उनको नयनरुपी पोखरी भरिएर बाहिरिन तयार थियो। उनको दुखेका मनलाई सम्झाउन धेरै कोसिस गरेँ तर करिब १० मिनेटसम्म पनि सम्भव भएन। विस्तारै उनको नयनमा आएको त्यो आँसुको भेललाई मेरो हातबाट पुछिदिन खोजेँ तर उनीले भनिन्- ‘यसलाई भग्न देऊ रमेश।’ केही समयपछि वर्षा आफैले सलको टुप्पोले त्यो आँसुको भेललाई जमिनसम्म जानबाट रोक्दै पुछिन्। ‘कति निष्ठुरी छौ है तिमी रमेश’ भन्दै थिइन्। ‘यस्तो मायाको सागर लिएर पनि यतिन्जेलसम्म बाहिर नै भौतारिने। म समक्ष त्यो माया रुपी सागर लिएर नआउने। अनि आएपनि समय घर्काएर आउने। तिमीलाई निष्ठुरीभन्दा अन्याय त हुँदैन नि?’ उनी अलि भावुक हुँदै भन्दै थिइन्। म भने के भूल भयो प्रिया भन्ने गीतको भावलाई सम्झँदै एकोहोरो घोत्लिन बाध्य रहेँ। त्यति नै खेर ‘रमेश’ भनेपछि म झल्यास्स भएँ। ‘हजुर भनन्।’ वर्षा भन्दै थिइन्- त्यो समय त्यस्ता कुरा म समक्ष्य आएको भए दायाँ बाँया केही नहेरी त्यो बिउलाई सहर्ष स्वीकार्ने थिएँ भन्दै पछुताइन्। त्यसको दोष मलाई दिइन्। निशंकोच मैले स्वीकार्ने बाहेक केही थिएन मसँग। त्यो मात्र कहाँ हो र, ‘यदि मिति आजभन्दा १० वर्ष अघि मात्र भेट भएको भएको भए मेरो कोखबाट तिम्रो बिउ उमार्ने थिएँ। त्यही बिउलाई सदा मायाको प्रतिकको रुपमा स्वीकार्ने थिएँ।’ बस् यति भनेर उनी झन् भावुक हुँदै फेरि एकोहोरो टोलाइरहिन्। मसँग उनीलाई सम्झाउने कुनै शब्द नै थिएन। सोचेँ यो मेरो मायालाई उनको मनसम्म मैले पुर्याउन नसकेको भएता पनि भगवानले पुर्याइसकेको अनुभूत गरेँ। विगतको मेरो मनका भावलाई यसरी अहिले नै भएपनि सम्झेर पीडा बोध गर्ने कार्यमा पक्कै पनि भगवानको नै आशीर्वाद छ भन्ने लाग्यो। अनि वर्षालाई सम्झाउँदै भनेँ ‘छोड न यी सब कुराहरु अब। विगतबाट त पाठ सिक्ने हो। पछुताएर आफूलाई कमजोर बनाउने होइन नि। बरु सकिन्छ भने बाँकी जीवन मिठास बनाउने हो।’ ‘तर पनि समयले नेटो काटिसक्यो। जीवनको हरेक पलहरुले विश्राम लिने तयारी गर्दैछ। यो अवस्थामा प्राप्त मायालाई कसरी खुसीसाथ सुरक्षित राख्न सकिएला र? यो त समयको मात्र खेल हो र समाजको र परिवारको बन्दन अनि अरु थुप्रै बन्दनहरु चारैतिर छन्। यो, अवस्थामा खै कसरी यी मायाको बिउलाई सुरक्षित राख्न सकिन्छ र!’ भन्दै ऊ त्यस दिनको भेटबाट छुट्टिइन्। दुखी मनको भाव पोख्दै आजभन्दा १० वर्ष अघिमात्र हामी बीच भेट भएको भए त्यो हाम्रो बिउ...। हो, त्यो दिनदेखि म उनकै भावना बुझ्न नसक्दाको पीडाले मलाई कुण्ठित बनाउँदै छ। हरेक पल सम्झन्छु त्यो उमार्न नपाएको बिउलाई। फेरि सम्झन्छु हाम्रो मायाले पूर्णता नपाएता पनि बिउ उनको काखमा हुन्थ्यो भन्ने कुराले सदा पिरल्दै आएको छ मलाई। रातदिन सम्झन्छु त्यो उमार्न नसकेको बिउ अनि उनको मायाप्रतिको प्रतिबद्धतालाई सलाम गर्न मन लाग्छ। धेरै पटक आफूलाई सम्हाल्न कोसिस गर्छु तर गाह्रो महशूस हुन्छ। हो, साँच्चै म आफूलाई कमजोर ठान्छु जसले गर्दा आज बिउको जिउन पाउने अधिकारलाई कुन्ठित गराएँ। हो साँच्चै, म उनको नजरमा काँतर हुँ। मायाको सागरमा डुबुल्की मार्दै हरक्षण समाधिमा रमाउन पाउने मेरा यो जीवन, आज सदा तनाव, इर्ष्या, द्वेष र रिससँग मितेरी गाँस्दै आएको छ। तर अझै पनि खाली समय उनकै यादलाई नियाल्छु। जसले मलाई शरीरको मेन्टेन गर्ने मनलाई भाँचिदिएको छ। केही गरौँ भन्ने मनका बहलाई शिथिल बनाइदिएको छ। बस् यही हो मेरो सेता कपाल अनि दिक्दार लाग्दो दारीको कारण।’ उसले त्यति नै खेर, ‘अब कफी होइन बुझिस्, ए वेटर हाप बोटल देऊ’ भन्यो। त्यसपछि २ प्याक अनि ३ हुँदै उसमा वीर रसको बल चढेर जाँदै थियो र बीच बीचमा उनकै सम्झनामा धेरै पटक आँसु झार्थ्यो। म सम्झाउँथेँ- ‘हे रमेश, पाउनु मात्र होइन जीवन। मायामा त्यागको फरक अनुभूति हुन्छ। त्यसको रस स्वादन गर्न सक्नुपर्छ। पाउनेहरु खुसी हुँदा नपाउनेले त्यागको भावना नराख्ने हो भने समाज संवेदनाहीन हुन पुग्छ। तर तँ सम्यम बन्नै पर्छ’ भन्दै गर्दा उसले मेरो कुरासँग पटक्कै सहमति जनाइरहेको थिएन। हो, उसले पाउन नसकेको मायालाई बारम्बार मिस गरेको त हुन्थ्यो। तर त्योभन्दा पनि बढी उमार्न नसकेको बिउप्रति बढी गुनासो गर्थ्यो। अनि बस उसको मुखबाट उमार्न नसकेको बिउप्रति सदा पीडा पोख्थ्यो। ‘त्यो बिउ उम्रेको भए…’ भन्दै ऊ फेरि पनि एक प्याक तान्दछ। अनि म फेरि सम्झाउने कोसिस गर्छु- ‘हेर रमेश, अतीतलाई बिर्सिदेऊ, भविष्यको बारेमा धेरै सोच्न छोडिदेऊ। आफ्नो मन वचन र कर्मलाई वर्तमानमा केन्द्रित गर। अनि पछुताउनको लागि केही हुन्न तिमीसँग। सफलताको कथा आफै तिमीलाई खोज्दै आउनेछ। स्वयम आफैलाई अवमूल्यन नगर्नू। आफ्नो आत्मासम्मानलाई कहिल्ये घात नगर्नू।’ तर यी सब कुरासँग उसको रतिभर मोह देखिँदैन। फगत बिउप्रति पछुतो। ‘समयले डाँडा काटिसक्यो, अब घर जानु पर्छ’ भनेँ मैले। तर ऊ अझै मलाई बस्न अनुरोध गर्दै थियो। तर मलाई घर फिर्नको लागि ढिला भैसकेको कारण उसको अनुरोधलाई इन्कार गर्दै यो भेटलाई छोट्याएँ। तर अर्को भेट २ हप्तापछि गर्ने गरी। ‘बाई रमेश।’ उसले हात हल्लायो अनि हामी त्यस दिनको भेटलाई टुंग्याएर बिदा भयौँ ।
|
1,771 |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताएका छन् । पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उनले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने उल्लेख गरे। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर आएका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा उनले सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताए । नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उनले स्पष्ट पारे। मन्त्री नेम्वाङले भने, “नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।” सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले उक्त कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गरे ।
|
1,772 |
इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट इटहरी । पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ । पछिल्लो दुईदिनमा कोरोना भाइरस धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको इलाम । इलाम नगरपालिकाको बसपार्कमा रहेको क्वारेन्टाइन अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न चियाबारी डाँडा घुमेर हेर्न केहीदिन इलाम ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकमसहित एक मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– २ स्थित रसुवाखोलाले बगाएर ५५ बर्षीया मैया लुङगेली मगरको ज्यान उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न स्थानमा बालिका बलात्कार प्रयास गर्ने दुई जना युवालाई राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
1,773 |
पदबाट राजीनामा दिएको भोलिपल्टै नीतीशकुमार भारतको बिहार राज्यका मुख्यमन्त्री बनेका छन् । केन्द्रमा सत्तासिन भारतीय जनता पार्टीको सहयोगमा उनी बिहारको २२ औं मुख्यमन्त्री बनेका हुन् । नीतीशसँगै भारतीय जनता पार्टी, बिहारका नेता सुशील कुमार मोदीले उपमुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् । यसअघि पनि पाँच पटक मुख्यमन्त्री रहेका नीतीशकुमारले ११ साउनमा मात्रै ‘अवस्था आफू अनुकुल नभएको’ भन्दै पदबाट राजीनामा गरेका थिए । बिहारमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनता दलका नेता लालूप्रसाद यादवका छोरा एवम् उपमुख्यमन्त्री तेजस्वी यादवलाई भ्रष्टाचारको आरोपमा सीबीआईले कार्वाही अगाडि बढाएपछि विवाद बढेको थियो । अहिले नीतीशको जनता दल युनाइटेडले कांग्रेस र राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग भई भाजपाको सहयोगमा पुनः सरकार बनाएको हो । आरजेडी र कांग्रेसले नीतीशको व्यवहारलाई ‘धोखा’ भनेका छन् । ६६ वर्षीय नीतीशकुमार बिहारको कलेज अफ इन्जिनियरिंगबाट पढाई सकेर सन् १९८५ देखि राजनीतिमा सक्रिय भएका हुन् । पदबाट राजीनामा दिएको भोलिपल्टै नीतीशकुमार भारतको बिहार राज्यका मुख्यमन्त्री बनेका छन् । केन्द्रमा सत्तासिन भारतीय जनता पार्टीको सहयोगमा उनी बिहारको २२ औं मुख्यमन्त्री बनेका हुन् । नीतीशसँगै भारतीय जनता पार्टी, बिहारका नेता सुशील कुमार मोदीले उपमुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् । यसअघि पनि पाँच पटक मुख्यमन्त्री रहेका नीतीशकुमारले ११ साउनमा मात्रै ‘अवस्था आफू अनुकुल नभएको’ भन्दै पदबाट राजीनामा गरेका थिए । बिहारमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनता दलका नेता लालूप्रसाद यादवका छोरा एवम् उपमुख्यमन्त्री तेजस्वी यादवलाई भ्रष्टाचारको आरोपमा सीबीआईले कार्वाही अगाडि बढाएपछि विवाद बढेको थियो । अहिले नीतीशको जनता दल युनाइटेडले कांग्रेस र राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग भई भाजपाको सहयोगमा पुनः सरकार बनाएको हो । आरजेडी र कांग्रेसले नीतीशको व्यवहारलाई ‘धोखा’ भनेका छन् । ६६ वर्षीय नीतीशकुमार बिहारको कलेज अफ इन्जिनियरिंगबाट पढाई सकेर सन् १९८५ देखि राजनीतिमा सक्रिय भएका हुन् ।
|
1,774 |
तिहारको अवसरमा पोखरामा करिब ३ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । तिहार पर्वको अवसरमा पोखरा र आसपासका क्षेत्रहरूमा उक्त रकमबराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको बिक्री भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले जनाएको छ । फूलैफूलको पर्वका रूपमा चिनिने तिहार पर्वमा पोखरा क्षेत्रमा मात्र करिब साढे २ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन (फान) नेपाल कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले बताए । उनका अनुसार पोखरा क्षेत्रमा करिव ८० प्रतिशत फूल स्थानीय र बाँकी भारतीय फूलले बजार लिने गरेको छ । यस वर्ष धेरै पानी परेकाले व्यावसायिक फूलखेती राम्रोसँग फस्टाएको उपाध्यक्ष गुरुङले बताए । ‘यस वर्षको तिहार गत वर्षको तुलनामा केही छिटो भएका कारण गाउँघर र सबैतिर सहज रूपमा फूल फुलिसकेको छैन,’ उनले भने, ‘व्यावसायिक रूपमा लगाएको फूल भने यस वर्ष धेरै राम्रोसँगै मौलाएको छ ।’ बारीमा उत्पादन भएको फूल प्रतिथुङ्गा ५ रुपैयाँ र एउटा मालाको ५० देखि ३ सय रुपैयाँसम्ममा बिक्री गरिएको उनले बताए । महँगो बिउ, जनशक्ति अभाव र आवश्यकताअनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको गुरुङ बताउँछन् । भारतीय फूल सस्तो हुने हुँदा सजावटका लागि प्रयोग गरिने उनको भनाइ छ । भारतीय फूलको माला करिब ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । पोखरामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया प्रजातिको फूलको खेती हुने गरेको छ । मेरिगोल्ड प्रजाति एक पटक मात्र फूल्ने भएका कारण यसको उत्पादन तिहारलाई लक्षित गरेर गर्ने गरिएको छ । त्यसैगरी, कलकत्तिया प्रजातिको फूल भने करिब ८ महिनासम्म उत्पादन हुने गरेको छ । लामो समयसम्म फुलिरहने भएका कारण कलकत्तिया प्रजातिको फूल तिहारका अलावा विभिन्न सघसंस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्धलगायतका शुभकार्यहरूमा यसको प्रयोग हुने गरेको व्यवसायीको भनाइ छ । पछिल्लो समय उपभोक्ताको पनि फूलप्रति आकर्षण बढ्दै गएका कारण यस वर्ष पोखरासहित स्याङ्जा, तनहुँ, गोर्खा, लमजुङलगायत जिल्लामा फूल उत्पादन भएकाले उपभोक्ताको मागको करिब ८० प्रतिशत स्थानीय उत्पादनले नै धानेको उपाध्यक्ष गुरुङको भनाइ छ । पोखरा क्षेत्रमा व्यावसायिक फूल खेतीमा आवद्ध ३६ जना नर्सरी व्यवसायीहरूले फूलको उत्पादन र बिक्री गर्दै आएका छन् । मनकामना नर्सरीका सञ्चालकसमेत रहेका उपाध्यक्ष गुरुङले यस वर्ष पनि तिहार पर्वलाई लक्षित गरी ४५ हजार सयपत्री फूलका बेर्ना बिक्री गरेको बताए । ३ हजार फूलका बेर्नासमेत लगाएका उनले यस वर्ष फूलबाट राम्रो आम्दानी गर्न सफल भएको बताए । फ्लोरिकल्चर एसोसिएसन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले पोखरा क्षेत्रमा करिब ५० लाखको भारतीय फूलले बजार ओगटेको बताए । उनका अनुसार पोखराका नर्सरी व्यवसायीबाट १ करोड रुपैयाँबराबरको र व्यावसायिक कृषक तथा केही साना किसानबाट १ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने गरेको अनुमान छ । गोल्डेन नर्सरीका संचालक समेत रहेका निवर्तमान अध्यक्ष द्वाले यस वर्ष करिब ५ रोपनी जमिनमा फूल खेती गरेको बताए । ‘तिहार पर्वमा हरेक पुष्प व्यवसायीहरूले लाखौं आम्दानी गर्ने गरेका छन् ।’ उनले भने । अझै पनि फूलको बिउमा परनिर्भरता रहेका कारण लाखौं रुपैयाँ बाहिरिने गरेको उनको भनाइ छ ।
|
1,775 |
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० सालमा लगानी सम्मेलन गरिने बताएका हुन् ।
|
1,776 |
कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए । टीकापुर-भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताए । पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो । विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए । अध्यक्ष ढुङ्गानाका अनुसार अनुमानित तथ्याङ्कअनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन् । पछिल्लो तथ्याङ्क हेर्दा डल्फिनको सङ्ख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुङ्गानाको भनाइ छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा, जैविक विविधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गइरहेकाले पनि डल्फिन गणना आवश्यक भएको उनले बताए । बर्सातको चार महिना असार, साउन, भदौ र असोज महीना पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन् ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
|
1,777 |
सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ । एक दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत रु ४५ लाख अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८÷०७९ का लागि रु २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो । घोषित पकेट क्षेत्रका २०४ बगैँचाका २० हजार बिरुवाले उत्पादन दिइरहेको छ । “सुन्तला पकेट क्षेत्रको रुपमा रहेका महानगरपालिका वडा नं २१ र २२ मा अभियान सञ्चालन भएको छ”, उनले भने, “चालू आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तलाको बोटको आधारमा रु १५ लाख अनुदान प्रदान गरिएको हो ।” प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइएको हो । कडरियाले भने, “रोगले बिरुवा मर्न लागेपछि बगैँचा सुधारका लागि महानगरले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालू आवमा २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको छ ।” सुन्तलाका बिरुवा बाहिरी जिल्लाबाट ल्याउँदा रोगको प्रकोप बढ्ने खतरालाई मध्यनजर गर्दै महाशाखाले पोखरा–२२ स्थित खाल्सेमा सुन्तला नर्सरीसमेत स्थापना गरेको छ । प्रतिबिरुवाको रु २० तोकिएको छ । बाँकी रकम महाशाखाले अनुदान दिँदै आएको छ । पाँच वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले रु १०० अनुदान दिँदै आएको छ, जसमा पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट रु ४०० र त्योभन्दा माथिको हकमा रु ८०० कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको छ । रोगको कारण मरेका सुन्तलाको बगैँचामा कागती र जुनारजस्ता अम्लिय जातका बिरुवा लगाउन कृषकलाई अभियानले जोड दिएको हो । महानगरपालिका कृषि महाशाखाले कार्यक्रमअन्तर्गतको चालू आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा–२१ फेदीपाटनस्थित कृषकको बगैँचामा पुगेर चालू आवको अनुदान रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने कृषक प्रकाश पौडेलले रोगसहित असिना, जङ्गली जनावरलगायतबाट कृषकले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए । चार दशकअघि आफ्नो बुबाले शुरु गरेको व्यावसायिक सुन्तलाखेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उनले लगभग ४० रोपनी जग्गामा ६०० भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिए । सुन्तला बिक्रीबाट समय राम्रो हुँदा रु आठ लाखसम्म आम्दानी गरेको उनले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण रु एक लाखमा चित्त बुझाउनुपरेको रासससँग दुखेसो सुनाए । उनले सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष रु ६० हजार २०० नगद प्राप्त गरेका थिए । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मास्पाटनलगायतका स्थानमा भने अझै पनि फल्दै आएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,778 |
मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको समन्वय परिषद्को छैटौँ बैठकले यस्तो निर्णय गरेको हो। तीन तहको अन्तरसम्बन्धको आधारको रुपमा रहेको समन्वय, सहकार्य र सहअस्तित्वको संवैधानिक मर्म अनुरुप प्रदेश तथा स्थानीय तहबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने, आ–आफ्नो तहबाट पहल गर्ने र भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश र स्थानीय तहका योजनाको छनौट, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनको कार्यमा सामञ्जस्यता कायम गर्नुपर्ने निर्णय भएका छन्। यस्तै, योजना र बजेटबीच तालमेल नहुने र कार्यान्वयनमा अपनत्व कायम नहुनेजस्ता समस्या हटाउन प्रदेश र स्थानीयतहले योजना छनौट, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्दा आपसी समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारबाट योजना छनौट गर्दा स्थानीय तह मार्फत प्राप्त योजनाहरुलाई प्राथमिकता दिने, प्रदेश तथा स्थानीय तहले योजना छनौट गर्दा प्रदेश र स्थानीय तहको आवधिक तथा दीर्घकालिन योजनाका आधारमा छनौट गर्ने, प्रदेशले प्रदेश परियोजना बैंक र स्थानीय तहले स्थानीय परियोजना बैंक तयार गरी परियोजना बैंकमा समावेश भएका परियोजनाहरु छनौट गर्ने निर्णय भएका छन्। यस्तै, विपद् व्यवस्थापनको क्रममा खोज, उद्वार, राहत र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहबीच आवश्यक कार्यगत समन्वय र सहकार्य गर्ने, स्थानीय तहको विकासलाई प्रभावकारी बनाउन सहयोग गर्ने, स्थानीय तहको संस्थागत क्षमता स्वःमूल्याङ्कन, वित्तीय जोखिम मूल्याङ्कन, बालमैत्री स्थानीय शासन, जलवायु परिवर्तन मैत्री स्थानीय शासन, स्थानीय आर्थिक विकास र टोल विकास संस्था परिचालन जस्ता स्थानीय तहको सुशासनका औजारहरुको सूचकहरु विकास गरी उक्त सूचकहरु प्राप्ति एवम् सूचकहरुलाई सबै स्थानीय तह केन्द्रित हुने, यसका लागि प्रदेश सरकारले आवश्यक नीतिगत, संस्थागत र कार्यगत व्यवस्थाका लागि समन्वय र सहजीकरण गर्ने निर्णय भएका छन्। साथै सबै स्थानीय तहले आफूले निर्माण गरेका कानूनहरु प्रदेश सरकारमा पठाउनु पर्ने कानूनी व्यवस्थालाई सबै स्थानीय तहले कार्यान्वयन गर्ने, प्रदेश सरकारले यसका लागि प्रदेश तथा स्थानीय तहको एकीकृत कानूनी पोर्टल तयार गरी व्यवस्थित गर्ने निर्णय भएका छन्। परिषद्को पहिलोदेखि पाँचौ बैठकले गरेका निर्णयहरु र सोको कार्यान्वयन अवस्थाको सम्बन्धमा बैठकमा प्रस्तुतीकरण भई छलफल तथा समीक्षासमेत भएको छ ।
|
1,779 |
‘तमु (गुरुङ) समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उहाँले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने बेला भएको जनाउँदै उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
|
1,780 |
किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासन गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । संस्थाले प्रतिकित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बराबरको एफपिओ निष्कासन गर्ने भएको छ । उक्त संस्थाको एफपीओ सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
|
1,781 |
“यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन”, उनले भनिन्, “राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ । ” यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गरे । “प्रणालीले काम गर्ने व्यवस्था नहुँदासम्म यसको न्यूनीकरण हुन सक्दैन”, उनले भने, “राज्य संयन्त्रले नै यसलाई मलजल गरिरहेको छ, अब पारदर्शीता अपनाउनुपर्छ । ” राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताए । भ्रष्टाचारको बहुआयामिक असरबाट सिङ्गो समाज नै प्रभावित बन्दै गएको जनाउँदै उनले यसविरुद्धको आवाज उठाउन सबै एकताबद्ध हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्भव भएको बताए । “यसको महामारीबाट हामी गुज्रिरहेका छौँ”, उनले भने, “अनियमितता क्षेत्रका समस्या पहिचान भइसकेको छ, अब सामाधानको दिशामा अगाडि जानुपर्छ, अब ‘एक्सन’मा उत्रनुपर्छ । ” कुल आठ परिच्छेदको सो पुस्तकमा भ्रष्टाचारको परिचय, मात्रा, यसको सैद्धान्तिक र व्यवहारिक कारण, दुष्प्रभाव, नियन्त्रणका प्रयास, सकारात्मक अभ्यास र समस्याको समाधानलगायत विषयलाई समेटिएको छ ।
|
1,782 |
मुलुकले विकास र समृद्धिको दिशातर्फ गति लिने अपेक्षा थियो। यही आशा र अपेक्षासहित मतदाताले बाम गठबन्धनलाई बहुमत दिएका थिए र यो जिम्मेवारीको नेतृत्व केपी शर्मा ओलीले गर्ने अपेक्षा गरेका थिए। नेतृत्व त केपी शर्मा ओलीकै काँधमा गयो तर अपेक्षाहरु जस्ताको तस्तै रहे। मुलुकले समृद्धिको दिशातर्फ गति लिन सकेन। प्रधानमन्त्री केपी ओलीको कार्यशैली अधिनायकतावादतर्फ उन्मुख देखियो। राज्यका संवैधानिक निकायहरुमाथि सरकारको नियन्त्रण बढ्यो। प्रधानमन्त्रीबाटै भ्रष्टचारी ग्याङको संरक्षण, बचाउलगायत उहाँले निर्वाचित प्रधानमन्त्रीको हैसियतले शासन सत्ता सम्हाले यता हजारौं गल्ती र त्रुटी उहाँबाट भएका छन्। उहाँले गर्ने अधियाकवादी कार्य र उहाँले अहिलेसम्म गरेका गलत काम मैले जे गर्छु ती सबै ठिक अरुले जे गर्छन ती सबै गलत भन्ने सोचाइ यी सबै कुराले जनता वाक्क दिक्क भएका छन्। २०७२ सालमा संविधानसभाले जारी गरेको संविधान कानुनी शासन र लोकतन्त्र नै जानी नजानी उहाँले समाप्त पार्नु हुने हो कि भन्ने स्वदेशी र विदेशी सबैको चिन्ताको विषय बनेको छ। दुःखद पक्ष त के भने उहाँको वरिपरी यस विषयमा खबरदारी गर्ने कोही छैन। उहाँ उक्साउने र अवसरवादीहरुबाट घेरिनुभएको छ। उहाँलाई जे गर्दा पनि राम्रो हुन्छ भन्नेहरु मात्रै वरिपरी छन्। सचेत गराउनेहरु कोही पनि छैनन्। आफ्नाले सचेत नगराए पनि प्रतिपक्षले सचेत गराउनु पर्ने हो तर प्रतिपक्ष पनि निरीह छ। तर यति हुँदा हुँदै पनि २००४ सालदेखि २०७७ सम्म नेपालको राजनीतिमा जुन किसिमको अस्थिरता देखियो, सुनियो र भोगियो त्यो अनुभव हेर्दा पछिल्लो समय नेपाली राजनीतिमा विकसित हुँदै गएका घटनाक्रम नौलो लाग्दैनन्। अहिले सरकारको नेतृत्व परिवर्तन गर्नु उपयुक्त समय होइन र प्रधानमन्त्री परिवर्तन गर्नका लागि अहिलेको राजनीतिक घटनाक्रम जसरी विकसित भयो, यो नेपालको राजनीतिमा अस्थिरता चाहने शक्तिबाट भएको हुनुपर्छ। राजनीति स्थायित्वका लागि नेकपाले संघीय संसदमा ल्याएको बहुमतको आधारमा त्यस पार्टीका अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओलीले पाँच वर्ष काम गर्न पाउनुपर्छ भन्ने मलाइ लाग्छ। राजनीति ठिक नभए राज्यका अरु कुनै नीति ठिक नहुने, शान्ति सुव्यवस्था कायम नहुने, समाजको विकास नहुने, आर्थिक विकास नहुने, कानुनी शासन कायम नरहने, शैक्षिक विकास नहुने, वैदेशिक नीति डेगिलो र भरपर्दो नहुने आदि कारणले गर्दा राजनीतिमा उथल पुथल ल्याउनु र विरोध गर्नु, नेतृत्व परिवर्तन गर्नु आफैंमा स्वाभाविक होइन। पछिल्लो समय पनि नेकपाभित्रैबाट नेतृत्व परिवर्तनको प्रयास भएको संकेत देखिएको छ। प्रजातान्त्रि राजनैतिक प्रणालीमा यो स्वभाविक प्रक्रिया हो । जब कुनै एक नेतृत्वबा अपेक्षा गर्ने ठाउँ रहँदैन, जब विद्यमान नेतृत्वमाथि विश्वास रहँदैन त्यसपछि वैकल्पिक शक्तिको खोजी हुनु नौलो कुरा होइन। तर, २ं००४ सालदेखि २०७७ सालसम्म जुन शक्तिले राजनीतिक अस्थिरता निम्त्याइ दिने, त्यस्तो अस्थिरता भित्र खेल्ने र आफ्नो अभिष्ट पूरा गर्ने गर्दै आयो। त्यो शक्तिलाई हाम्रा राजनीतिक दलका नेताहरुले चिन्न आवश्यक छ। राजनीतिमा नेतृत्व परिवर्तन अस्वभाविक होइन तर नेतृत्व परिवर्तन गरेर जुन नयाँ नेतृत्वलाई स्थापित गर्ने प्रयास गरिन्छ त्यसले जनअपेक्षा पूरा गर्छ कि गर्दैन भन्ने प्रस्ट हुनु आवश्यक छ। अन्यथा नेतृत्व परिवर्तनले कुनै अमुक व्यक्ति वा गुटले लाभ पाउँछ देशले केही पाउँदैन। नेपालका यसअघि जति पनि राजनैतिक उथलपुथल भए ती सबैमा कुनै न कुनै अवसरवादी तत्व सक्रिय थियो। त्यो तत्वले आफ्नो अभीष्ट पूरा गर्न सरकार नै उल्ट्याउने सम्मका कार्यहरु गर्यो। अहिले पनि त्यही शक्ति शावी भएको त होइन ? भन्ने निश्चित हुनु आवश्यक छ। वर्तमान प्रधानमन्त्रीलाई राख्ने कि हटाउने यो मौजुदा संसदको विजनेश भित्र पर्छ। विपक्षी दलले हटाउन सक्ने संख्यामा आफ्ना सांसद सदस्य भए प्रयास गर्छ, नत्र असफल प्रयास नगर्न सक्छ। तर दुई तिहाइ नजिक बहुमत भएको कम्युनिष्ट सरकारले आफ्नो प्रधानमन्त्री असक्षम छन् कि सक्षम छन्? उनलाई निरन्तर सत्ताको नेतृत्वमा राखी छोड्ने वा नराख्ने त्यसको निर्णय कम्युनिष्ट पार्टी नेकपाले गर्नुपर्ने हुन्छ। तर, नेकपाका नेताहरु पनि विपक्षीको वहकाउ र भड्काउमा पर्ने, वा पर्दा पछाडिको राजनीतिको खेलमा सबै राजनीतिक दलका नेता फस्ने, २००४ साल देखि नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने राजनीतिक शक्तिले नै २०७७ सालमा आएर पनि नेपालको राजनीतिमा पछाडिबाट गोटी चाल्ने र अस्थिरता निम्त्याउने र आफ्नो अभिष्ट पूरा गर्ने वा धमिलो पानीमा माछा मार्ने काम गर्छ भने यो नेपाली नागरिकलाई सह्य हुने कुरा होइन। दोस्रो विश्वयुद्ध पछि सोभियत युनियनको छातामुनि रहेका हिन्दुस्तान, चीन र अमेरिकाको सामिप्यमा बसेको पाकिस्तान, विश्वका धेरै जसो मुलुकहरु कोही सोभियत संघको छातामुनी त कोही अमेरिकाको छातामुनी बसेको अवस्थामा हाम्रो मुलुक पञ्चशीलको सिद्धान्तमा अडिग रहने र असंलग्न राष्ट्रको सदस्य र संयुक्त राष्ट्रसंघको सदस्य रहेर विदेश नीतिको व्यालेन्समा ३० वर्षे पञ्चायत शासन टिकेको थियो। तर त्यस बखत पनि प्रधानमन्त्री र मन्त्रिपरिषद अनि राजनीतिक दलको हालत भने कमजोर मात्रै रहेन, सधैं विदेशीका बुई चढ्ने र चलखेल गर्ने काम भयो। वीपी कोइराला जस्तो दूरदर्शी नेताले र पुष्पलाल जस्तो समाजवादी नेताले यो मुलुकमा जनताको सेवामा लोकतान्त्रिक पद्धतिको मार्फत प्रजातन्त्र र कानुनको शासन प्रयोग गर्न र उपयोग गराउन पाएनन्। यी सबै कुरालाई अध्ययन र विश्लेषण गर्दै अहिले मुलुकमा देखिएको खिचातानी र अस्थिरताका पछाडि को छ भनेर सहजै चिन्न सकिन्छ। हाम्रा तराईका क्षेत्रीय दल र त्यसका नेताका राजनीतिक गतिविधिलाई को र कसबाट संचालित भनेर हर कोहीलाई थाहा भएकै विषय हो। त्यसकारण मुलुक र जनतालाई नअल्मल्याउन र त्यस्ता पर्दा पछाडिको शक्तिको गोटी नबन्नु नै नेकपाका नेताहरुलाई आग्रह गर्न चाहन्छु। वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्न होइन, सत्ताको नेतृत्वबाट केपी शर्मा ओलीलाई हटाउन होइन, केपी ओलीलाई लोकतान्त्रिक चरित्र देखाउन, लोकतान्त्रिक तरिकाले कानुनको शासनको सम्मान गर्न, विगतका कमीकमजोरी र गल्तीलाई सच्याउँदै सही बाटो हिँड्न र हिँडाउन सत्ता पक्षका नेताहरु र विपक्षीले समेत प्रयास गर्नु उपयुक्त हुन्छ। अहिले केपी ओलीको विकल्प खोज्नुभन्दा केपी ओलीलाई सच्याउनु श्रेयष्कर हुन्छ जसले मुलुकसँगै सत्तापक्ष र प्रतिपक्षलाई समेत लाभ हुन्छ। दलभित्रका अवसरवादीलाई यसबाट लाभ नहोला तर पहिले देश त्यसपछि दल प्राथमिकतामा हुनुपर्छ। यसका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्छ। अन्यथा केपी ओलीले आत्मघाती कदम अपनाउनु भयो भने संसदबाट विश्वासको मत लिन्छु वा संसद भंग गरेर अगाडि बढ्छु भन्ने निर्णय गर्नुभयो भने यसले मुलुकलाई दुर्घटनातर्फ धकेल्छ। यदि प्रधानमन्त्रीले मेरो विरोध गर्ने पनि दुधले धोएका चोखा होइनन्, उनका विगतका कुकृत्य र ती कुकृत्यका फाइलहरु कमिशन गठन गरेर वा संवैधानिक निकाय अख्तियारबाट छानवीन गराउँछु भन्नेतर्फ लाग्नु भयो भने कोही पनि बाँकी रहने छैनन्। त्यसो हुँदा यिनलाई तर्साएर हप्काएर होइन, सद्भाव र सहमति देखाएर सही बाटो हिँडाउनु बुद्धिमानी हुन्छ। नयाँ नेतृत्वका लागि नेकपाले निर्णय गरेर पहिला प्रधानमन्त्री भइसकेकाले प्रधानमन्त्री पद नलिने, नयाँ मान्छे, ईश्वर पोखरेल, सुवास नेम्वाङ जस्ता सिनियर र परिपक्व मौजुदा संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित सांसदहरुमध्ये सक्षम र भरपर्दा सिनियर जो कोहीलाई छानेर केपी ओलीसहित प्रधानमन्त्री भइसकेका सबैको सर्वसम्मतले बाँकी अवधिका लागि सरकारको नेतृत्व गर्न दिनु अहिलेको अवस्थामामा सबैको जित र उपयुक्त निकास हुन सक्छ ।
|
1,783 |
विगत २४ घन्टादेखि निरन्तर परिरहेको वर्षाका कारण ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षाका कारण गएको पहिरोमा परि उनीहरूको मृत्यु भएको बताइएको छ । पहिरोमा परेका १० जनाको शव भेटिएको छ भने अरु केही हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सरकारले सबैलाई आग्रह गरेको छ ।
|
1,784 |
काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका-९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको कार्कीले बताए । यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-४ बस्ने सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
|
1,785 |
लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छनौटको विषयमा माओवादीमा विवाद बढेको छ । नेता वर्षमान पुन र जनार्दन शर्मा निकट नेताहरूले एक पक्षले अर्को पक्षलाई आरोप लगाउन थालेका छन् । मन्त्रिपरिषद् बिस्तार र जिम्मेवार बाँडफाँटसँगै माओवादीमा चुलिएको विवाद बाहिर आएको हो । मन्त्रालयको विवादभन्दा पार्टीभित्रको दुई गुटको प्रतिस्पर्धा चर्किएको छ । पद बहाली अस्वीकार गरेकी मन्त्री कृष्णा केसी नेता जनार्दन शर्मा निकट हुन् । उनले कृष्णबहादुर महरा निकट मानिएका मन्त्री इन्द्रजित थारुलाई रोकेर शर्मा निकटकै अर्का दाङकै धनबहादुर मास्कीलाई मन्त्री बनाउन चाहेकी थिइन् । त्यसो हुँदा आफू पनि सहजै भौतिक पूर्वाधार मन्त्री बन्ने र आफ्नै समूहको अर्को व्यक्ति पनि मन्त्री बन्ने रणनीति थियो । वर्षमान पुन समूहका नेताहरू मास्कीलाई रोकेर रोल्पाकै दीपेन्द्र पुनलाई मन्त्री बनाउने रणनीतिमा थिए । मन्त्रीकै कारण माओवादीभित्र चर्किएको गुटको लडाइँलाई मत्थर बनाउने गरी केन्द्रबाटै थारुलाई अघि सारेर भौतिक पूर्वाधार मन्त्री बनाएपछि माओवादीको विवाद चर्किएको हो । एक महिनाअघि मुख्यमन्त्री लीला गिरीसँगै माओवादीबाट मन्त्री बनेकी बाँकेकी कृष्णा केसीले जिम्मेवारीमा असन्तुष्टि जनाउँदै शनिवार नै मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा भित्रै थामथुम पार्न पार्टी र मुख्यमन्त्री कार्यालयले सार्वजनिक नै गरेन । उनको राजीनामा स्वीकृत नगरी आइतबार उनलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइए पनि उनले त्यो स्वीकार गरिनन् । पार्टी र संसदीय दलमा कुनै संस्थागत छलफल र निर्णय नभएकाले उनले आफूले पदभार नगर्ने जनाएकी छन् । नेता जनार्दन शर्मा निकट उनलाई टक्कर दिने गरी कृष्णबहादुर महरा निकट यसअघि नै मन्त्री बनिसकेका दाङका इन्द्रजित चौधरीलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएपछि मन्त्री केसीमा असन्तुष्टि बढेको हो । आइतबार अन्य मन्त्रीले पद बहाली गर्दा मन्त्री केसीले पार्टी र सरकारको निर्णय अस्वीकार गरी औपचारिक कार्यक्रममा समेत सहभागिता जनाइनन् । पत्रकारसँगको कुराकानीमा मन्त्री केसीले सरकार विस्तार र जिम्मेवारीमा आफ्नो असन्तुष्टि नरहेको तर पार्टीको निर्णय प्रक्रियामा असहमति रहेकाले आफू नआएको बताएकी थिइन् । ‘अमुक व्यक्तिले छलफलबिना गरेको एकल निर्णय स्वीकार गर्नै पर्छ भन्ने छैन, पदभन्दा विधि र पद्धति प्रमुख भएकाले आफूले पार्टी र संसदीय दलको बैठक बोलाउन माग गरेको र त्यही बैठकमा छलफल गरेर त्यसको निष्कर्षपछि मात्र निर्णय लिने हो, सरकारमा पठाउने व्यक्ति र मन्त्रालयको विषयमा संसदीय दलको बैठकमा छलफल र निर्णय हुनुपर्छ भन्ने मेरो माग हो’ उनले भनेकी छन् । तर उनको यो जवाफप्रति पार्टीमा अर्को समूहले आपत्ति जनाएको छ । अर्को समूहका नेताले केसीलाई मन्त्रीमा पठाउँदा भएको निर्णय प्रक्रियाबाट अहिले पनि मन्त्री छनौट भएकोले केसीले आफू अनुकूलको व्यक्ति नभएको असन्तुष्टि मात्र व्यक्त गरेको भन्दै जिम्मेवार व्यक्तिले यस्तो गैर जिम्मेवारी कुरा गर्न नमिल्ने बताएका छन् । ‘पहिले आफू मन्त्री बन्दा यही विधि सही हुने तर अहिले अर्को मन्त्री सिफारिस गर्दा विधि र छलफल चाहिने, त्यो उहाँको अवसरवादी चरित्र हो भन्ने स्पष्ट छ, यो विषयमा उहाँले पार्टीमा जवाफ दिनुपर्छ यस्तो आरोपको छानबिन हुनुपर्छ’ उनले भने । दुवै समूहको विवाद बढ्दै गएपछि छलफल र समस्या समाधानका लागि माओवादीको प्रदेश कमिटीले फागुन ४ गतेका लागि बैठक बोलाएको छ । प्रदेश कमिटी सचिव कृष्णबहादुर अधिकारीले बैठकले मन्त्री केसीलाई नै तोकिएको मन्त्रालयको जिम्मेवारी लिन निर्देशन दिने र केसीले तोकिएकै मन्त्रालयको जिम्मेवारी लिने जनाएका छन् ।
|
1,786 |
भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन्। उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताएका छन्। उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताए। ८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महशुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो । दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुन् ।
|
1,787 |
गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौं महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित २४ औं भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्प स्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने बताएका हुन्। गृहमन्त्री खाँणले यसपालिको भूकम्प सुरक्षा दिवस सोही अनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए। मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, ‘सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पुर्याउनु जरूरी छ।’ विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेको सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताए। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे। गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे। ‘कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ’, उनले थपे, ‘अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउनुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ।’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विसं १९९० को भूकम्पको असर धेरैलाई जानकारी नभए पनि विसं २०७२ को भूकम्पको साक्षी हामी सबै रहेको र त्यसले नसोचेको क्षति पुर्याएको बताए। उनले महानगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि मापदण्ड बनाएर लागू गरेको जानकारी दिँदै अझै पनि यहाँ भूकम्पले भत्काएका संरचना पुनःनिर्माण नहुँदा जोखिम कायमै रहेको बताए। ‘वसन्तपुर, असनलगायत ठाउँका संरचना अझै टेकाको भरमा छन्, सामान्य पानी पर्दा पनि कतिबेला के हुने हो थाहा हुन्न, समन्यय नहुँदा पुनःनिर्माण हुन सकिरहेको छैन, हामीलाई बनाउन दिनुस्भन्दा दिइएको छैन, यसतर्फ सोच्नु जरुरी छ,’ गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै उनले भने। महानगर प्रमुख शाक्यले पुनःनिर्माणका लागि महानगरसँग बजेट रहेकाले जिम्मेवारी दिए महानगरले नै गर्ने पनि बताउनुभयो। उहाँका अनुसार स्थानीय सरकार, सङ्घीय सरकार वा गुठी संस्थानबीच समन्वय नहुँदा ती संरचना निर्माण हुन नसकेको हो। समारोहमा गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक क्रमशः शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाललगायतको सहभागिता थियो ।
|
1,788 |
गैर आवासीय नेपाली सङ्घको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरूको… वीरेन्द्र सापकोटा । आज मितिः २०७८–वैशाख–०८, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको २१, २०२१, चैत्रशुक्लपक्ष, सम्वत्सरः राक्षस । तिथिः नवमी… पोखरा न्यूज । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय… पोखरा न्यूज । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको… पोखरा न्यूज । सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँके जिल्लाकाे नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै… पोखरा न्यूज । अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाँकेमा भर्ना गरिने भएको छ । कोरोना भाइरस… पोखरा न्यूज । पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको… पोखरा न्यूज । तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब… पोखरा न्यूज । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार… पोखरा न्यूज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया… पोखरा न्यूज सम्वाददाता । त्रिदेशीय क्रिकेट सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएकाे छ । नेपालले दिएको २… पोखरा न्यूज । पछिल्लो २४ घण्टामा पोखराका २३ जना सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको… पोखरा न्यूज सम्वाददाता । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर… पोखरा न्यूज । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर… पोखरा न्यूज । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले विजय प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर आज बुटवलस्थित जितगढी किल्लामा विजय उत्सव मनाइएको… पोखरा न्यूज ।
|
1,789 |
सन्धिखर्क- २ चुत्राबेसीको सिद्धेश्वर शिवालयमा सोमबार शिवजीको विशेष महाआरती गरिएको छ । नेपालकै एकमात्र स्फटिक धातुको शिवलिंग रहेको यस मन्दिरमा दैनिक वैदिक विधिपुर्वक पुजाआजा गरिन्छ ।
|
1,790 |
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि महोत्तरीमा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यसअघि जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो । उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । निषेधाज्ञा अवधिभर बिहान ६ बजे देखि ९ बजेसम्म अत्यावश्यक पसल व्यवसाय संचालन गर्न पाइनेछ । व्यवसाय संचालन गर्दा मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरी कायम गर्न भनिएको छ । निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । हालसम्म महोत्तरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ८८ जना पुगेको छ । आज जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।
|
1,791 |
सन्नी देओल अभिनित ‘गदर २’ र शाहरुख खानको ‘पठान’ बक्स अफिसमा सफल भए। बलिउड अभिनेत्री हेमा मालिनीले यी दुई फिल्मको उदाहरण दिँदै दर्शकहरू ठूलो पर्दामा फिल्म हेर्न चाहने बताएकी छन्। हेमा मालिनी निर्माता र निर्देशक पनि हुन्। उनले भारतीस सञ्चारमाध्यमसँग भनिन्, 'दर्शकहरू ठूलो पर्दामा फिल्म हेर्न चाहन्छन्। ओटीटी प्लेटफर्महरू 'टाइम पास' को रूपमा मात्र रुचाइने हो।’ हेमा मालिनीले भनिन्, ‘ठूलो पर्दाका फिल्महरू हामीले बानी बसालेका फिल्मभन्दा धेरै फरक हुन्छन्। म त्यस प्रकारका चलचित्रहरू ठूलो पर्दामा हेर्न बानी परेको छु।’ ओटीटी प्लेटफर्म कति अद्वितीय छन् त्यसबारे आफूलाई थाहा नभएको बताइन्। दर्शकहरू ठूलो पर्दामै चलचित्र हेर्न रुचाउने बताइन्। मथुराबाट दुई पटक सांसद रहेकी हेमा मालिनी लामो समयदेखि फिल्मबाट टाढा छिन्। उनी राम्रो भूमिका पाए फिल्म गर्ने पनि बताउँछिन्। ‘मैले केही राम्रा भूमिका पाएँ भने पक्कै गर्छु। म चाहन्छु कि निर्माताहरु अगाडि आएर मलाई फिल्ममा साइन गराउन्। म तयार छु,’ उनी भन्छिन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,792 |
विराटनगरमा दुई वर्षदेखि स्थगित गरिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २६ गतेदेखि हुने भएको छ। यसअघि २०७४ सालमा गरिएको प्रतियोगिता २ वर्ष हुन सकेन। २०७५ मा आन्तरिक कारणले र २०७६ मा कोरोना महामारी तथा स्थानीय शहीद रङ्गशालामा फोर्ड लाइटको जडानका कारणले प्रतियोगिता स्थगित गरिएको थियो। विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा बिहिबार सम्पन्न पत्रकार सम्मेलनमा आगामी चैत २६ देखि २०७८ वैशाख ४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो। ट्रस्टका संयोजक मनोजविक्रम शाहले प्रतियोगितामा नेपाल, भारत र क्यामरून गरी ३ मुलुकका फुटबल टिम सहभागी हुने बताए। संयोजक शाहले आसन्न प्रतियोगिताका मुख्य आकर्षक टिममा भारत–पन्जाब पुलिस, झारखण्ड टाटा एकेडमी, र क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन टिम रहेको जानकारी दिए। शाहका अनुसार ३ वटै मुख्य टिम विराट गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछन्। ‘यस पटकको गोल्डकपको अर्को मुख्य र नयाँ आकर्षण फर्ड लाइट हुनेछ’, उनले भने, ‘विराटनगर महानगरपालिकाले ४ करोड ३० लाखका लागतमा शहीद रङ्गशालामा फर्ड लाइट जडान गरिसकेको छ। अब हामी राति ७ बजेदेखि प्रतियोगिता सञ्चालन गर्न सक्ने भएका छौँ।’ यस पटकको गोल्डकपको मुख्य प्रायोजकमा एसियन थाई फुड्सको रमपम चाउचाउ र मारुती सिमेन्ट छन्। त्यस्तै प्रदेश नम्बर १ को सरकार र सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकाले पनि आर्थिक रूपमा सहयोग गरेका छन्। यस वर्षको प्रतियोगितामा उपाधि जित्ने टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप र सिल्ड प्रदान गरिने छ। पराजित भएर जाने पाहुना टिमलाई नेपालको टिम भए नेरु २० हजार र विदेशी भए भारु २० हजार दिइने शाहले उल्लेख गरे। उनले म्यान अफ द म्याच हुने खेलाडीलाई प्रत्येक प्रतियोगितामा १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटर साइकलसहित पदक प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ। प्रतियोगितामा १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यही चैत २६ गतेदेखि विराट गोल्डकपको छैठौँ संस्कारण हुन लागेको हो। विराटनगरमा २०१८ सालदेखि विराट गोल्डकपका नामबाट अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गरिँदै आएको थियो। मुलकमा गणतन्त्र स्थापना भएपछि २०६४ सालदेखि यसको नाम परिवर्तन गरेर विराट गोल्डकप राखियो। विराट गोल्ड कपका नामबाट पहिलो प्रतियोगिता २०६४ सालमा गराइएको थियो। यसअघि २०७४ को प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी विजेता र उपविजेता भएका थिए ।
|
1,793 |
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन परिवर्तन र सरकार हेरफेर हुन सक्ने सम्भावना रहेको बताएका छन् । प्रेस चौतारी कैलालीको आयोजनामा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘एमसीसीका कारण सत्ता गठबन्धन परिवर्तन र सरकार हेरफेर पनि हुनसक्ने सम्भावना बढेको छ’, उनले भने, ‘छलफल हुँदैछ, एक दुई दिनमा नयाँ परिदृश्य आउँछ ।’ नेता पाण्डेले अहिलेको गठबन्धनले मुलुकलाई अगाडि बढाउन पनि नसक्ने ठोकुवा गरे । उनले एमालेले अहिलेसम्म सरकारको दाबी नगरेको बताए । यदि एमाले नभई सरकार नचल्ने भयो भने सोच्न सकिन सकिने भन्दै नेता पाण्डेले भने, ‘शेरबहादुरजीले डराउनु पर्दैन, एमालेले सरकारको दाबी गरेको छैन । सरकारले चाहेमा एमसीसी बहुमतले पास गर्न सक्छ ।’ एमसीसीका विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको उनको आरोप छ । सुरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा बस्न मिल्दैन’, उनले भने, ‘सरकार पनि मेरो सडक पनि मेरो भन्ने ?’ सरकारले अब रचनात्मक निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ । यसका लागि एमाले तयार रहेको उनले बताए ।
|
1,794 |
वीरगन्जका आरिफ शेख र विराटनगरका पुष्प थापा मलेसियामा हुने एसीसी मेन्स पि्रमियर ट्रफी क्रिकेटका लागि चयन हुने टिमको पहिलो चरणको बन्द प्रशिक्षणमा परेका छन् ।
|
1,795 |
नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा आगामी शनिवार हुने राइट टु प्रोटिन रनको तयारी पूरा भएको छ । आगामी शनिवार राइट टु प्रोटिन नामक म्याराथनसहित विभिन्न विधामा दौड हुँदैछ ।
|
1,796 |
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जानुअघि अधिकांशको भनाइ हुन्छ, 'पदक ल्याउँछु ।' अझ त्यसमा स्वर्ण जित्ने चाहना देखिन्छ ।
|
1,797 |
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ । उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ । केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।
|
1,798 |
काठमाडौँ– नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘अहिलेका प्रधानन्यायाधीश विचौलियाका नाइके भएका छन् । हामीलाई शुद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिन्छ । यस्तो प्रधानन्यायाधीश जबसम्म ल्याउन सकिँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले भोलि १० बजे नै सर्वोच्च अदालत परिसरमा सम्पूर्ण कानून व्यवसायी भेला भएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।
|
1,799 |
पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएको सय दिन पूरा भएको छ। पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी महानगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.