Unnamed: 0
int64
0
100k
Article
stringlengths
2
74.8k
1,500
यो क्रम धेरैपटक चल्यो । अनशन बसेपछि लास घरमा राखिन्थ्यो । बुझ्ने मान्छेको पर्खाइमा राखिएका अपरिचित व्यक्तिका लासहरूसँग कैयौं रात बिताउने कुरा अनौठो थिए जेलबाट जुन दिन छुटेँ, त्यही पक्राउ परेँ । यो क्रम धेरैपटक चल्यो । अनशन बसेपछि लास घरमा राखिन्थ्यो । बुझ्ने मान्छेको पर्खाइमा राखिएका अपरिचित व्यक्तिका लासहरूसँग कैयौं रात बिताउने कुरा अनौठो थिएन । अत्याचारले सीमा नाघेपछि मैले रामराजाको नेतृत्वमा घटेको बम काण्ड (२०४२) लाई निरन्तरता दिन उनकै पार्टीमा जाने निधो गरेँ । मलाई जेलमा धेरै नेताहरूले सम्झाए । यसपछि जेलबाट छुट्दा ममा रहेको आक्रोश घट्दै थियो । राजा महाराजाका कुशासनहरू भोगेका पुस्तामध्येकै हुँ म । अहिले पनि नेपालमा राजतन्त्र चाहिन्छ भनेर वकालत गर्नेहरूप्रति उम्लने घृणाको उचाइ थाम्न मलाई कठिन हुन्छ घरी-घरी । हजारौं त्यतिबेलाका युवाहरू निरङ्कुश, सामन्ती जहानियाँ शासन र राजतन्त्रको कहालिलाग्दो दमन भोग्नेहरू जिउँदै छौँ । अझै राजनीतिक जीवनमै छौँ । कतिले पुराना घाउहरू थाकेको अनुभूति गर्लान् । कतिले आफ्ना पीडाहरू जस्ताको तस्तै अरुलाई बाँडचुड गर्न नसक्लान् पनि । तर, प्रत्येक तिहारमा मेरो शरीर बाहिर जहाँ भएपनि मन भने एकपटक जेलभित्रै पुग्छ । अनि जेलका चिसा छिँडीहरूभित्रको भाइटीका मेरो स्मृतिमा बल्झिरहन्छ । पिस्कर हत्या काण्ड (२०४० साल माघ १ गते) सामन्ती राजतन्त्रको बर्बर अत्याचारको प्रतिनिधि र मुलुकमा नियोजित घटना थियो । ईले र वीरबहादुर थामीहरू राजाका प्रहरीले माघे सङ्क्रान्तिको मेलामै मारेका थिए । कैयौंलाई पक्राउ गरी राजतन्त्रविरोधी भन्दै जेल कोचियो । म ताहाचल क्याम्पस पढ्दै थिएँ । स्ववियुको सभापतिमा निर्वाचित हुनु मैले गरेको गम्भीर अपराध थियो । पिस्कर काण्ड घटेको स्थल त के, पिस्कर गाँउ नै टेकेको थिइनँ । तर, त्यो मानवताविरोधी अपराधको भण्डाफोर गर्ने प्रचार अभियानमा संलग्न भएकै थिएँ । राजाको शासनमा देखेको कुरा पनि बोल्न पाइँदैनथ्यो । बागमती अञ्चलाधीशले प्रहरी पठाएर २०४० साल माघ १५ गते नेपाल विद्युत् प्राधिकरणको हेड अफिसबाटै मलाई लगे । दुईदिन हनुमाढोकामा राखेर नजरबन्द गरेको जानकारीसहित सुनधारास्थित केन्द्रीय कारागार पठाइयो । मुटु चहर्‍याउने चिसोमा परिवार, साथीभाइ कसैलाई थाहा नदिएर थुनिय‍ो । असोज १५ मा फेरि थुनामा राख्ने म्याद थपियो । २०४१ को भाइटीकामा जेलको कम्पाउण्डभित्रै मनाइयो । जो-कोहीलाई जेलमा थुनिएका राजाविरोधीहरूलाई टीका लगाउन सहज थिएन । काठमाडौंस्थित आरुबारीमा सावित्री केसी फुपु-दिदी हुनुहुन्थ्यो । उहाँले हिम्मत गर्नुभयो । भाइलाई टीका लगाउनु हाम्रो कर्तव्य र हक हो, म झगडा गरेर पनि लगाउँछु भनेर आउनुभएछ । अरुण नेपाल दाजु र मैले उहाँको हातको टीका थाप्यौँ । केही समयपछि अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष सुमित्रा, कमला (उहाँहरूको विस्तृत परिचय मैले डायरीमा टिप्न छुटाएछु) हरू आउनुभयो । प्रहरीहरूले पटकपटक ‘भो पुग्यो, समय सकियो’ भनेर अवरोध खडा गरिरहन्थे । हामी जेलको ढोकाभित्र छिरिसकेपछि अनेमसंघको टोली पनि टीका लगाउन आउनुभएको रहेछ । उहाँहरूलाई भेट गर्न प्रहरीले दिएन । गरुङ्गो मन लिएर उहाँहरू फर्कनुभयो भन्ने पछि सुनियो । पञ्चायती व्यवस्था जात्रा, मात्रा, चाडपर्व सबैसँग डराउने दमनबाटै शासन गर्ने चरित्रको थियो । जेलभित्र र बाहिरको संघर्षबाट प्रशासकहरू सशंकित बन्दै गएका थिए । यो गतिविधिले हाम्रो मनोबल बढेको महसुस हुँदै गयो । हामी पौष २३ देखि अनशनमा बस्यौँ । त्यही रात मलाई वीरगञ्ज जेल सरुवा गरियो र अरुण कमरेडलाई भैरहवा । हाम्रा माग प्रक्रियागतरूपमा अघि बढाउने जेलरको भनाइ आयो । हाम्रा मागहरू ‘कसाईको अगाडि खसीको रोदन’ नै थियो । पहिलोपटकको अनशन ८ दिन (१६ छाक नखाएर) तोडियो । सेन्ट्रल जेलमा झापा विद्रोहका मनकुमार तमाङ हुनुहन्यो भने वीरगञ्जमा राधाकृष्ण मैनाली सँगसँगै बस्नेमा हुनुभयो । छिन्ताङ काण्डका बन्दी कमरेडहरूसँग बस्दाको अनुभूति र जुगेडी काण्डका कमरेडहरूसँग बस्दाको अनुभूतिमा खासै अन्तर रहेन । ग्रामीण वर्षसंघर्षसँग जोडिएका हाम्रा भावनाहरू पवित्र र महान् लाग्थ्यो । त्यही तत्त्वले हामीलाई प्रगाढ सम्बन्धमा जोडिरहन्थ्यो । २०४२ को भाइटीका पनि वीरगञ्ज जेलमा छँदै बित्यो । जुगेडी विद्रोहमा जेल पर्नुभएका टेष्टबहादुर गुरुङले लेख्नुभएको ‘सौतेनी आमा’ पढेँ । निकै भावुक बनायो । देउसी खेल्नेहरू पनि घुम्थे । पल्लो ठूलो जेलमा ‘नारी एकता’ नामक टीबी बरालले लेखेको नाटक मञ्चन भयो । पुरुषहरू मात्रै भएको जेलमा दिदी-बहिनीको सम्झनामा पुरुषहरूनै नारी कलाकार बनेका थिए । यो भाइटीका मेरो जीवनमा झन् नयाँ अनुभूति दिनेगरी बित्यो । विरोध खतिवडाकी बहिनी आस्थाबाट हामीलाई पनि टीका लगाउने निमन्त्रणा आयो । मसँग दिने दक्षिणा नै थिएन । मैले विरोधसँग सापट मागेँ । म अन्तै अल्मलिएको बेला राधाकृष्ण मैनाली, विरोध खतिवडा, भक्तबहादुर, टेष्टबहादुरलगायत जम्मा भएर टीका लगाएपछि दक्षिणा दिने पुरानो चलन हटाउने निष्कर्ष निकालेछन् । पनि पैसा नभएर पनि होला यो निष्कर्ष निस्केको । टीका अर्थोपार्जन गर्ने चाड हैन, हामीले जनवादी भाइटीका मनाउने हो भन्ने कुरामा सहमति भएछ । हामी ४ जना जेलरको अफिसमा ओछ्याइएको राडीमा बस्यौँ । आस्थासँग उहाँको साथी रिता पनि हुनुहुन्थ्यो । त्यो भाइटीकामा दक्षिणा दिने विषयलाई लिएर चर्चित वामनेतामा स्थापित राधाकृष्ण मैनालीले ‘बन्दी रहर’ मा मेरोबारे गम्भीर टिप्पणी गरेको पाँए । पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टरले २०५५ सालमा प्रकाशनमा ल्याएको उक्त पुस्तकमा ‘सरेश नेपालले पनि सहमति बेगर रू. २० दिएर नदिनेमा आफू एक्लै परेको’ उहाँको गुनासो रहेछ । दाजुसँग लिएको पैसा उहाँकै बहिनीलाई नदिनु मेरो झन् ठूलो बेइमानी हुन्थ्यो । टीकापछि साथीहरूको अर्को टोली आयो । हामी फेरि बाहिर निस्कियौँ । यो पटक राजनीतिक बन्दी सबैलाई सामूहिक टीका लगाउने कार्यक्रम रहेछ । हामीलाई भेट्न आइरहनुहुने नागेन्द्र चौधरीले उद्घोषण थाल्नुभयो । हामी १७ जना टीका लगाउनेहरू थियौँ । क्रमशः परिचय पनि गरियो । उपस्थित टोलीभित्र धेरै त विद्यालय, क्याम्पसका भाइबहिनीहरू नै थिए । विश्वम्भर शर्मा, ममता गिरीलगायतका कमरेडहरू पनि हुनुहन्थ्यो । त्यहाँ आउनुहुने केही कमरेडहरूले आफ्नो परिचय दिन चाहानुभएन । आजभन्दा ३८ वर्षअघिको अर्को भाइटीका यसरी बित्यो । जेल बसाइको तेश्रो भाइटीका पनि वीरगञ्ज जेलमै मनाइयो । जेल प्रशासन हामीविरुद्व झन् आक्रमक बन्दै गएको थियो । २०४३ सालको कार्तिक १७ गते साथीभाइहरूकै दिदीबहिनीको हातको टीका थापियो । शुक्र राजथला (थाहा आन्दोलनमा जेल पर्नुभएको) को घरबाट ४ दिदीबहिनीहरू आउनुभएको थियो । अशोक बानियाँको दिदी पनि आउनुभयो । उहाँहरू सबैले हामी १४ जनालाई सामूहिक टीका लगाउनुभयो । पछि ममता गिरी कमरेडकै अगुवाइमा एउटा सांस्कृतिक टोली आएर दुई गीत सुनाउनुभयो । केही प्रहरीहरू रक्सीले मातेर कार्यक्रम भइरहेको बेला बिथल्न खोज्थे । उनीहरू अपशब्द प्रयोग गर्थे र टीका लगाउन आउनेहरूलाई धपाउन खोज्थे । झडप हुने स्थितिसम्म हुन्यो । वरिष्ठ पत्रकार तथा मातृभूमि साप्ताहिकका स्तम्भकार गोपाल गोतामेले सबैलाई सम्झाएर झडप हुनबाट रोक्नुहुन्थ्यो । यी संघर्षको मैदानमा हामीले तिहारलाई आफ्नो विद्रोहको निरन्तरताको पर्वको रूपमा मनाइरह्यौँ । म तिब्बती सिमानाको मान्छे दक्षिणी भारतको सिमानाका दिदीबहिनीहरूले हामीलाई आफ्नै रगत ठाने । कमरेडी भावना थियो । मैले त्यो टीकाको दिनदेखि आस्था नानीलाई कहिल्यै भेट्न पाइनँ । सायद बीसौं वर्षपछि होला काठमाडौंको सार्वजनिक बसमा ममता कमरेडलाई देखेँ । नजिकै गएर सोधेँ मलाई बिर्सनुभयो ? उहाँले उहीँ पुराना आत्मिय भावनाकै आँखाले एकछिन हेर्नुभयो र भन्नुभयो- म तपाईंलाई टीका लगाउने चेली कसरी बिर्सन सक्छु ! ममता कमरेड अहिले पार्टीको नेतृत्वमा हुनुहन्छ । कैयौं चेलीहरू हाम्रो स्मृतिबाट ओझेल परिसक्नुभयो । हामीलाई तिनताका टीका लगाउने हिम्मत गर्दा जीवन नै बर्बाद हुने जोखिम मोल्नुपर्थ्यो । ती आँटिला साहसिक महिला कमरेडलाईलाई धेरै धेरै सम्झना ! जोसिलो सलाम ! कमरेडहरू कै त्याग र समर्पणले नेपालको कम्युनिष्ट आन्दोलन गर्बिलो बनेको छ। तपाईहरु जस्ताले जनताको लागि त्याग र संघर्ष नगरेको भए सायद आजको परिवर्तन सम्भव थिएन कमरेड। ति दिनहरूलाई स्मरण गर्दा आज पनि उर्जा प्राप्त हुन्छ होइन कमरेड। उच्च सम्मानका साथ कमरेडलाई लाल सलाम ।
1,501
एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकममा आवद्ध हुनुहुनेछ । यसका लागि नेपाल दूरसंचार प्राधिकरणले छुट्टै पोर्टलको व्यवस्था गरेको छ। प्राधिकरणको यो वेबसाइटमा गएर बायाँ तर्फको ‘आफ्नो मोबाइलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नहोस्’ भन्ने बक्समा गएर हेर्न सकिन्छ । जानकी : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै बित्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन हुँदा ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यबसायीक तालीम केन्द्रबाट सम्बन्धनसमेत पाएको छ । संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो । अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर सार्वजनिक गरेका छन् ।
1,502
सर्वोच्च अदालतले कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले मंगलबार रिट निवेदन खारेज हुने फैसला गरेको हो । फैसलामा भनिएको छ, ‘संविधानको धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा धारा १८८ को २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत नलिएको, यस्तो अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरी नयाँ सरकार गठन भई सो सरकारले विश्वासको मतसमेत लिएको देखिन आएकाले रिट खारेज हुने ठहर्छ ।’ अदालतको यो फैसलासँगै कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र उनी नेतृत्वको सरकारले निरन्तरता पाउने छ । २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
1,503
आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। जहाजमा १९ यात्रु सवार छन् । विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ । अहिले विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ ।
1,504
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिकाबाट दिइँदै आएको फण्ड रोक्न निर्देशन दिनुभएको छ । ट्रम्पले कोरोना भाइरसमा डब्ल्यूएचओको भूमिकाको समीक्षा गर्दै अमेरिकाप्रति पूर्वाग्रही भएको आरोप लगाउँदै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ पनि आधारभूत काम गर्न असफल भएकोले उसको जवाफदेहिता तय हुनुपर्ने टिप्पणी गर्नुभयो । अमेरिकाबाट सबैभन्दा ठूलो सहायता लिएर डब्ल्यूएचओ चीनको पक्षमा लागेको र कोरोना भाइरसको संक्रमण रोकथामका लागि ठोस काम गर्न नसकेको आरोप ट्रम्पले लगाउनुभएको छ । ट्रम्प केही दिनयता डब्ल्यूएचओप्रति क्रुद्ध हुदै आउनुभएको छ । विश्व स्वास्थ्य संगठनले उसको आधारभूत जिम्मेवारी वहन गर्न नसकेको उल्लेख गर्दै उहाँले संगठनले आफूलाई विश्वसनीय बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनको गलत सूचनाले संसारभर कोरोना भाइरसको संक्रमण फैलिएको आरोप समेत लगाउनुभयो । कोरोना भाइरस महामारी संसारभर फैलिरहेको संकटपूर्ण अवस्थामा ट्रम्पले डब्ल्यूएचओ फण्ड रोक्न निर्णय गर्नुभएको हो । यसभन्दा अघि ट्रम्पले संयुक्त राष्ट्र संघलाई दिइने कोषमाथि पनि प्रश्न उठाउँदै अमेरिकालाई ग्लोबल क्लाइमेट एग्रीमेन्टबाट अलग गर्नुभएको थियो । विश्व व्यापार संगठन पनि ट्रम्पको निशानामा पर्न थालेको छ ।
1,505
लाहोर— ५४ सन्तान भएको परिवारबाट चर्चित बनेका पाकिस्तानको नोस्की जिल्लाका अब्दुल मजीद मंगलको बुधबार निधन भएको छ । उनका छोरा शाह वली मङ्गलले बीबीसीलाई आफ्नो बुबाको हृदयघातका कारण मृत्यु भएको बताए । मृत्युका बेला उहाँ ७५ वर्षको हुनुहुन्थ्यो र अहिलेसम्म गाडी चलाइरहनुभएको थियो । पेशाले चालक अब्दुल मजीद मंगल अफगानिस्तानसँग जोडिएको बलुचिस्तानको नोस्की जिल्लाको काली मंगल गाउँका बासिन्दा थिए। नोस्की बलुचिस्तानको राजधानी क्वेटाबाट करिब १३० किलोमिटर पूर्वमा अवस्थित छ। सन् २०१७ को जनगणनाको अवसरमा पहिलो पटक अब्दुल मजीद र उनको परिवारको बारेमा खबर सार्वजनिक भएको थियो । अब्दुल मजीदले १८ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । उनले ६ वटा विवाह गरेका थिए जसमध्ये दुई श्रीमतीको भइसकेको छ । अब्दुल मजिदका ५४ सन्तानमध्ये १२ सन्तानको पनि उनको जीवनकालमै मृत्यु भयो भने ४२ सन्तान जीवितै छन् जसमध्ये २२ छोरा र २० छोरी छन् । २०१६ को जनगणना अघि, क्वेटा सहरका बासिन्दा जान मोहम्मद खिलजीले २०१६ सम्म ३६ जना बच्चाहरू जन्माएर सबैभन्दा धेरै बच्चाहरूको पिता भएको दाबी गरे। अब्दुल मजिदका छोरा शाह वलीले बुबाको जीवनमा १२ दिदीबहिनी र दाजुभाइको मृत्यु भएको र ४२ जना छोराछोरीको पढाइ र अन्य आवश्यकता पूरा गर्न बुवाले अन्तिम साससम्म प्रयासरत रहेको बताए । शाह वलीले भने, ‘५४ जना बालबालिकाको आवश्यकता पूरा गर्न सजिलो काम होइन, तर हाम्रा बुवा अब्दुल मजिद मङ्गलले हाम्रो आवश्यकता पूरा गर्न जीवनभर प्रयास गर्नुभयो ।’ आफूलाई पढाउन र अन्य आवश्यकता पूरा गर्न बुबाले विभिन्न काम गरिरहनुभएको उनले बताए । उनी भन्छन्, ‘उनीसँग जाम्बाड (इरानी कमर्शियल गाडी) गाडी थियो। बुढेसकालको बाबजुद पनि मृत्यु हुनुभन्दा पाँच दिनअघिसम्म परिवारको पूर्ति गर्न गाडी चलाइरह्यो।’ उनले भनिन् कि उनले आफ्नो बुबालाई आराम गरेको कहिल्यै देखेनन् तर ूसधैं कडा परिश्रमू गर्दा उनले ठूलो परिवारको लागि अन्त्य गर्ने प्रयास गरे। उनले भने, ‘हामीमध्ये कोही बीए र कोही म्याट्रिक्स गरेका छौँ तर उचित रोजगारी नभएकाले बुबाको उपचार गराउन सकेका छैनौँ ।’ देशका अन्य भागमा ठूला परिवारलाई सरकारबाट सहयोग गर्ने गरेको सुनेको शाह वलीले बताए तर यहाँको ठूलो परिवार भए पनि सरकारी सहयोगबाट आफ्नो परिवार वञ्चित रहेको शाह वलीले बताए । यस वर्षको मनसुनी बाढीले आफ्नो घर भत्किएको शाह वलीले बताए । उनले भने, ‘हामीसँग घर बनाउन सक्ने क्षमता छैन र सरकारले अहिलेसम्म घर पुनर्निर्माणका लागि कुनै पहल नगरेकोले अन्य परिवारभन्दा हाम्रो ठूलो परिवारले बढी समस्या भोग्नुपरेको छ ।
1,506
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरू भजनमण्डलीबाट टाढा रहनुपर्ने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् । सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन् । ‘सञ्चार विधेयक राष्ट्रियसभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधिसभामा पुर्‍याउन खोज्दैछौं । हामीले सरकारी सञ्चारमाध्यम भजनमण्डली हुनुहुँदैन भनेका छौँ । हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरू जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौं’, शर्माले भनिन् ।
1,507
काठमाडौंको गोंगबुमा एउटा शंकास्पद शव भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ । टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
1,508
मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज (मंगलबार) उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । यसअघि कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको थियो । त्यसपछि गृह मन्त्रालयले कानुनमा के–के संशोधन गर्न आवश्यक छ भनेर थप विषय समेटेर प्रतिवेदन बनाउन सोही कार्यदललाई जिम्मा दिएपछि समस्या समाधानका लागि आवश्यक कानुन बनाउनु पर्ने विषय समेटेर उक्त सिफारिससहितको प्रतिवेदन आज बुझाइएको हो । प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत् सुधारको आवश्यकता औंल्याइएको छ । कानुन अभावमा मिटरब्याजबाट पीडित भएकाको समस्या समाधान गर्न जटिल रहेकाले अहिले विद्यमान कानुनअन्तर्गत मुलुकी अपराधसंहिता २०७४ मा मिटर ब्याज असूली गरी ठगी गर्न नहुने भन्ने दफा थप गर्न समितिले सुझाव दिएको छ । त्यस्तै मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ र मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ मा समेत केही प्रावधान संशोधन गर्न सुझाव दिएको संयोजक भुषालले जानकारी दिएका छन् । मिटरब्याज नियन्त्रण र यसको नियमनका लागि लेनदेन व्यवहारलाई नियमित गर्ने कार्यविधि, २०७९को मस्यौदा पनि कार्यदलको प्रतिवेदनमा प्रस्ताव गरिएको छ। सहसचिव डा. भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृहमन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआइवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए । गृह मन्त्रालयले गत साउनमा उक्त कार्यदल गठन गरी समस्या समाधानका लागि आवश्यक सुझाव सिफारिस गर्न कार्यादेश दिएको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,509
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
1,510
मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् । हिमपातले चामे गाउँपालिका – १ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ । सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अवरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरी हिउँ पन्छाउन अझै केही दिन लाग्नेछ । मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ ।
1,511
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको ३० दलीय मोर्चाभित्र खटपट बढेर गएको छ । पछिल्लो खटपटसँगै मोर्चा फुटको मुखसम्म पुगेको हो । मोर्चा फुट केन्द्रित बनेसँगै एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले मोर्चाबाट कोही अलग्गिए फरक नपर्ने चेतावनी दिए । सर्वोच्च अदालतको पछिल्लो फैसलाले एमाओवादीसहितका माओवादी घटकसँग नजिकिएसँगै मोर्चामा खटपट बढेको थियो । त्यसैमा मोर्चाले आह्वान गरेको तीन दिने आमहडताल एक दिनको बन्दसँगै फिर्ता लिएपछि मोर्चामा खटपट झन् बढेको हो । सदभावना पार्टी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टीलगायत अन्य साना जातीवादी पार्टीहरू आमहडताल फिर्ता लिने पक्षमा नभए पनि एमाओवादी अध्यक्ष दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको जोडबलमा बन्द फिर्ता भएको थियो । यसमा मोर्चाका अन्य साना दलले विरोध जनाएका छन् । विरोधले मोर्चामा विभाजन हुनेसम्मको स्थिति पैदा गरिदिएको छ । जातीय तथा मधेसी दलहरुले एमाओवादीले मधेसको मुद्दानै नचाहेको आरोप लगाएका छन् । जातीय पार्टीहरूले पनि एमाओवादीले जातीय आधारमा संघीयता नचाहेको आरोप लगाएका छन् । एमाओवादीले भने यसको कडा प्रतिक्रिया दिएको छ । एमाओवादी संसदीय दलका उपनेता रायमाझीले मोर्चाबाट कोही अलग भए पनि कुनै असर नपर्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा गरेको साक्षत्कारमा नेता रायमाझीले फुट्ने जुट्ने काम भइरहने भन्दै कसैको ठेक्का लिन नसकिने जनाए । कुरा मिल्दासम्म एकै ठाउँमा बस्ने र नमिले अलग हुने उनको भनाइ छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,512
सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् । जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ । हरियारधारीहरुले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन् । सो रकम विष्णुपुर गाउँपालिका–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहको जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
1,513
बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ । नेप्सेमा कूल २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इष्टन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।
1,514
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले उक्त स्थानमा सोमबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । निषेधाज्ञाका समयमा बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ । पसल खोल्दा र व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य प्रयोग र सामाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केही दिनअघिदेखि जारी गरिएको जिप्रकाले जनाएको छ ।
1,515
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटिको बैठक । फाइल तस्बिर सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो। समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । बिहीबार अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पनि बैठक बोलाइएको हो ।
1,516
अघिल्लो महिना यहाँकी शारदा शर्मा सुत्केरी हुन लुम्बिनी अञ्चल अस्पताल गइन् । तर, तत्काल बेड नपाएपछि उनलाई नजिकैको सिद्धार्थ बाल तथा महिला अस्पताल पुर्याइयो । त्यहाँ सामान्य प्रक्रियाबाट प्रसूति हुँदा पनि झन्डै ७ हजार रुपैयाँ खर्च भयो । फागुन दोस्रो साता पाल्पाकी कमला थापालाई पनि प्रसूति गराउन त्यही अस्पताल लगियो । शल्यक्रियामार्फत शिशु जन्माएकी उनलाई त्यहाँ ४ दिन राखियो । डिस्चार्ज हुँदासम्म उनको झन्डै २२ हजार रुपैयाँ खर्च भयो । ‘अरू अस्पतालमा भए उपचार फ्री हुन्थ्यो, निस्कँदा छुट्टै पैसा पाइन्थ्यो,’ कमलाले पछुताउँदै भनिन्, ‘यहाँ यति धेरै खर्च भयो ।’बाल तथा महिलाको विशेषज्ञ उपचारका लागि २०५५ सालदेखि यहाँ आम्दा नेपालले अस्पताल सञ्चालन गरेको छ । यो सेवा लिन पश्चिम क्षेत्रका १३ जिल्लाका मानिस आउँछन् । तर, विशेषज्ञ सेवा दिने भनिएको अस्पतालमै प्रसूतिसेवा नि:शुल्क छैन । सरकारले लागू गरेको आमा सुरक्षा कार्यक्रम लागू नगर्दा प्रसूति सेवा नि:शुल्क नभएको हो । जिल्ला अस्पतालले रिफर गरेपछि आम्दामै आएकी थिइन्, अर्घाखाँचीकी जमुना केसी । प्रसूतिपछि रक्तस्राव नथामिएकाले उनलाई ६ दिन त्यहाँ राखियो, यसबापत ६५ हजार बुझाउनुपर्यो । ‘अस्पतालले आम्दा जानु भन्यो, गइयो तर त्यति धेरै रकम लाग्छ भन्ने नै लागेन,’ उनले गुनासो गरिन्, ‘अस्पतालको रकम बुझाउन मात्रै थप ३ दिन बस्नुपर्यो ।’ बाल तथा मातृ मृत्युदर घटाउन सरकारले ७ वर्षअघिदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको छ । कार्यक्रम लागू भएका संस्थामा प्रसूति हुने महिलाका लागि सबै उपचार र औषधि नि:शुल्क गर्नुपर्छ । आतेजाते यातायात खर्चका लागि हिमालमा २ हजार, पहाडमा १ हजार र तराईका जिल्लामा ५ सय रुपैयाँ दिइन्छ । नियमित गर्भपरीक्षण गराएबापत त्यसमा थप ४ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने गरिन्छ । रूपन्देहीमा सरकारी स्तरका १८ वटा बर्थिङ सेन्टरमा आमा सुरक्षा कार्यक्रम छ । निजीमा देवदह मेडिकल कलेज देवदह र युनिभर्सल मेडिकल कलेज भैरहवाले पनि यो कार्यक्रमअन्तर्गत नि:शुल्क प्रसूति सेवा दिएका छन् । सरकारी स्तरबाट दबाब नदिँदा प्राविधिक कठिनाइ देखाउँदै यो अस्पतालले भने आमा सुरक्षा कार्यक्रम लागू गरेको छैन । सेवाग्राहीबाट गुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि नि:शुल्क प्रसूति सेवा चलाउन अस्पताललाई पटकपटक आग्रह गरेको छ । सूचना अधिकृत कृष्णप्रसाद पोखरेलले धेरै पटक बैठक बसेर ताकेता गर्दा पनि अस्पतालले अटेरी गरेको बताए । ‘निजी अस्पतालले समेत नि:शुल्क प्रसूतिसेवा दिइरहँदा विपन्नका लागि खुलेको आम्दाले अटेरी गर्नु विडम्बना हो,’ उनले भने । आम्दाका निर्देशक डा. विनोद पराजुलीले भने अस्पताल जापानी संस्थाद्वारा सञ्चालनमा रहेकाले प्राविधिक कठिनाइले गर्दा कार्यक्रम लागू गर्न नसकेको बताए । अन्तरक्रियाका अधिकांशले आमा सुरक्षाबारे प्रश्न उठाएपछि उनले यसबारे सहयोगी संस्था र केन्द्रीय व्यवस्थापन समितिमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
1,517
फिल्म हाउसफुलपछि बलिउड अभिनेता अक्षय कुमार अब आफ्नो अर्को फिल्म 'गुड न्यूज' ले चर्चामा छन्। फिल्ममा उनीसँग अभिनेत्री करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्। फिल्म 'गुड न्यूज' बाहेक अक्षय कुमार चाँडै 'सूर्यवंशी' फिल्ममा देखा पर्नेछन्। हालसालै मिडियामा अक्षय कुमार र रोहित शेट्टीबिच 'सूर्यवंशी' को सेटमा 'हातपात” भएको समाचार फैलियो। अब अक्षय कुमारले सो विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। मंगलबार, गुड न्यूज फिल्मको नयाँ गीत 'सौदा खरा खरा' रिलीज भएको छ। सो गीतको रिलीजको क्रममा अक्षय कुमारले रोहित शेट्टीसँग 'हातपात' बारेमा बोलेका हुन्। उनले भनेका छन्, 'एक खबर पढेपछि मैले रोहितलाई भने- समाचारमा के लेखिएको छ हेर, के हामीदुबैबीच अहिलेसम्म कहिले झगडा भएको छ ? त्यसपछि हामीले सोच्यौं किन नक्कली झगडाको भिडियो सोशल मिडियामा शेयर नगर्ने र फेरी के समाचार लेखिने छ हरौ भनेर त्यसलाई प्रचार गरियो ।' अक्षय कुमारले भने, 'त्यसपछि हामीले १५ मिनेट भित्र झगडाको भिडियो शेयर गर्यौं।' मिडियासँग प्रश्न गर्दै अक्षयले भने, 'यदि मान्छेले यी सबै समाचारलाई विश्वास गर्न थाल्छ भने के हुन्छ। म हरेक समाचारलाई गलत वा सही भन्दिन, तर धेरै चोटि गलत समाचारले मान्छेको करियरलाई समाप्त गर्दछ। फिल्म उद्योगमा मैलै आफ्नो ३० वर्षको क्यारियरमा विवाह एक खराब समाचारको कारण सम्बन्धबिच्छेद भएको देखेको छु।' अक्षयले भने कि कुनै व्यक्ति बारे समाचार छाप्नु भन्दा पहिले धेरै कुराहरुको ध्यान राख्नुपर्छ। अक्षयले सामाजिक सञ्जालमा सो भिडियो सेयर गरेका थिए । अक्षय र निर्देशक रोहित शेट्टी एक आपसमा झगडापछि बचाउमा प्रहरीसमेत आएको देखाइएको थियो । उक्त भिडियो सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बन्यो । भिडियोमा कट्रीना कैफले मोबाइलमा एक अंग्रेजी वेवसाइडको समाचार हेर्छिन् । जसमा अक्षय र रोहित शेट्टीबीच झगडा भएको खबर सार्वजनिक गरिएको छ । यसै खबरलाई प्रमाणित गर्न अक्षय कुमार र रोहित शेट्टी एक आपसमा झगडा गर्छन् । अक्षयले भिडियो सार्वजनिक गर्दै लेखेका थिए, ‘ब्रेकिङ न्युजः एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ ।
1,518
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिनुभएका जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ । तामाङलाई धरौटीमा छुटाउन गरेको श्रव्य सामग्री बाहिरिएपछि सत्य तथ्य अनुसन्धान गर्न बनेको छानबिन समितिले न्यायाधीश कोइरालालाई कामकाज गर्न रोक लगाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । छानबिन समिति गठन बारेको सूचना आज राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्य सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेकोलगायतका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।’ न्याय परिषद्को न्यायाधीश कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय यही असार ८ गते गरेको थियो । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्री सार्वजनिक भएको थियो । छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठका संयोजक, सदस्यमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्का न्यायाधीश महेश शर्मा पौडेल रहनुभएको छ । परिषद्का प्रवक्ता कार्कीका अनुसार समितिलाई कार्य अवधि ४५ दिन दिइएको छ । उक्त सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानून व्यवसायी पोखरेलबीच कुराकानी भएको श्रव्य सामग्री सार्वजनिक भएको थियो । अनुसन्धानका लागि छानबिन समितिले न्यायाधीश कोइरालाई कामकाज गर्न वञ्चित गरेको छ ।
1,519
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार राशि घोषणा गरेको हो । मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । प्रतिभा माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पुलिस टोलीबाट खेल्ने पक्का भएको हो । प्रतियोगितामा सहभागी हुन उनी आज नै माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो । बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । युभेन्टसले घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गरेको थियो । जितसँगै अपराजित रहेको युभेन्टसले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । बुधबार राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रगमाथि ३–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । बुधबार राति भएको खेलमा टर्किस क्लब गालाटासारेमाथि ५–० को सानदार जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । कार्यक्रममा भाग लिन पदक विजेता खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी त्रिुपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो ।
1,520
उनीहरु कतार, हङकङ, दुबई, साउदी र कुवेतबाट फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एअरवेजको चार्टर्ड उडानमार्फत कतारबाट एक बच्चासहित २४१ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका छन् ।
1,521
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् । २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।
1,522
आईसीसी विश्वकप क्रिकेट छनोटको सुपर सिक्समा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ । वेस्ट इन्डिजले बुधबार भएको खेलमा ओमानलाई सात विकेटले पराजित गर्‍यो । जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको २२२ रनको लक्ष्य वेस्ट इन्डिजले ३९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजको जितमा ओपनर ब्रान्डन किंग्सले १०० रन बनाए । उनले १०४ बलमा १५ चौका प्रहार गरे । कप्तान साई होपले अविजित ६३ रन जोड्दा केएसी कार्थीले २९ र निकोलस पुरनले १९ रन जोडे । ओमानका बिलाल खान र कलिमुल्लाहले समान एक विकेट लिए । त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२१ रनको योगफल खडा गरेको थियो । ओमानका लागि नेपाली मुलका सुरज कुमारले अविजित ५३ रन बनाएका थिए । सुरजले ६५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सोएब खानले ५० रन थपे । आयान खानले ३०, कश्यप प्रजापतिले ३१ र मुहम्मद नदिमले २० रन जोडे । वेस्ट इन्डिजका रोमारियो सेफर्डले तीन विकेट लिए । काइल मयेर्सले दुई र केभिन सिनक्लाइरले एक विकेट लिए । दुवै टिमको विश्वकप खेल्ने सम्भावना समाप्त भइसकेको छ । सुपर सिक्समा वेस्ट इन्डिज पाँचौँ र ओमान पुछारमा छ । सुपर सिक्समा ओमानको यो अन्तिम खेल हो । छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ । सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।
1,523
बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । जिपको पछाडिको चक्का फुस्किएर दुर्घटना भएको बताइएको छ ।
1,524
प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ मा राप्रपाले फराकिलो मतान्तर बनाएको छ । राप्रपाका विक्रम पाण्डेले १४४३० मत ल्याएर अग्रता कायम राखेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले ७९९१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ७५४० मत ल्याएका छन् ।
1,525
अहिंसा, पवित्रता र आस्थाको पर्व छठ नेपालको मौलिक पर्व हो । नेपालमा उद्भव भएर विश्वका विभिन्न देशका हिन्दु समुदायका साथै अन्य धर्मावलम्बीले समेत मनाउन थालेको छठको कुनै शास्त्रीय आधार देखिँदैन । कुनै पनि शास्त्र वा ग्रन्थले छठपर्व र छठीमाईबारे स्पष्ट रूपमा चर्चा गरेको पाइँदैन । यद्यपि महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलो पटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ । द्रौपदीले पहिलोचोटि छठ व्रत गरेको स्थान नेपालकै मधेश प्रदेशको रौतहटमा अवस्थित गढीमाई नगरपालिकाको समनपुर हो भन्ने मान्यता छ । वनवासको
1,526
म्याग्दी– देशभर कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा पनि संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । म्याग्दीमा दैनिक १०० भन्दा बढी कोरोना सङ्क्रमित देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा अहिले १ हजार ३०१ जना संक्रमित छन् । मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि संक्रमण बढ्दो रहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । संक्रमितमध्ये प्रायमा लक्षण देखिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा संक्रमणको दर तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले गाउँमा बिरामीहरु बढिरहेको, समयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा सक्रमणको जोखिम झन् बढेको बताए । पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डर लाग्दो हिसाबले फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । गाउँगाउँमा संक्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन् । उनीहरुले स्वास्थ्य सामग्री, औषधि र संक्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर बिरामीहरुको घरदैलोमा पुगेका छन् ।
1,527
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राख्नुभयो । “सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानको स्मरण र सम्मान गर्नुभयो । मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बागलुङ शाखाको वेबसाइटको समेत उद्घाटन गर्नुभएको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
1,528
शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिए। ‘७ विदेशी नागरिकसहित १० जनालाई पक्राउ गरेका छौँ’, प्रवक्ता यादवले नेपालखबरसँग भने, ‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’ प्रवक्ता यादवका अनुसार पक्राउ पर्नेमा दुई महिला र एक पुरुष, चीनका, एक अमेरिकी महिला, एक क्यानेडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली नागरिक रहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउनुपर्ने, पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइनुपर्ने लगायतका माग राहेर युवाहरु स्वतःस्फूर्त प्रदर्शनमा उत्रेका हुन्। उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोक्नुका साथै नेपालको नयाँ नक्सा र हातमा फूल समेत बोकेका थिए ।
1,529
आयोगले सूचना जारी गर्दै तीन दिनभित्र कुन निकायको कार्यक्रम चलाउने भन्ने स्पष्ट भई आयोगलाई जानकारी गराउन भनेको छ। आयोगका अनुसार यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा सिटिइभिटीमध्ये कसको कार्यक्रम सञ्चालन गर्ने वा कुन कार्यक्रम सञ्चालन नहुने भन्ने स्पष्ट रूपमा आयोगमा जानकारी गराउनुपर्नेछ ।
1,530
नेपाल क्रान्तिकारी किसान सङ्घको आठौँ भक्तपुर जिल्ला सम्मेलनको शुक्रबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मध्यपुर थिमिको बोडेमा आयोजित एक समारोहबिच उद्घाटन गर्नुभयो । सचिव सुवालले जोत्ने किसानलाई जमिन वितरण हुनुपर्ने नेपालको क्रान्तिकारी किसान आन्दोलनको माग रहँदै आएको चर्चा गर्दै बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, धनुषाको किसान आन्दोलनको माग नयाँ संविधानले पनि पूरा नगरेको र यसतर्फ शासक दलका नेताहरूको ध्यान नगएको उल्लेख गर्नुभयो । देशको सन्तुलित विकास गर्नुपर्ने र काठमाडौँ उपत्यकामा पनि खेतीयोग्य जग्गा आवश्यक भएको उल्लेख गर्दै उहाँले जिल्ला जिल्लाबाट काठमाडौँमा घर बनाई यहीँ केन्द्रित हुने शासक दलका नेताहरूको प्रवृत्तिले काठमाडौँ उपत्यका कङ्क्रिटको जङ्गलमा परिणत भइरहेको हुँदा सांसद र मन्त्रीलाई आफ्नै निर्वाचन क्षेत्रमा बसोबास गराउने कानुन जरुरी भएको उल्लेख गर्नुभयो । पुँजीवादी प्रजातन्त्रमा केही व्यक्तिको मात्र हित हुने चर्चा गर्दै सांसद सुवालले अहिले बैङ्कहरूबाट प्रवाह भएको खर्बौँ रकम कर्जा एकसय परिवारको वरिपरि भएको र उनीहरूलाई घाटामा गएको बहानामा अर्बौँ रुपैयाँ सावाँब्याज मिनाहासमेत गरिएको बताउनुभयो । नेपाललाई भारतीय सुरक्षा छाताभित्र राख्ने सन् १९५० के सन्धिले भारतीय एकाधिकार पुँजीको सेवा गरेको स्पष्ट पार्दै उहाँले सो सन्धि र नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र खारेज गराउनु जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगार दिनुपर्ने र देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो । एमसीसी सम्झौताले नेपालमा अमेरिकी कानुन लागू हुने तथा नेपाल–भारत र अमेरिकाको नवउपनिवेश नेपाल हुने र एसपीपी साझेदारीअनुसार अमेरिकी सेनाले नेपालको सैनिक व्यारेक कब्जा गर्ने हुँदा यी दुवै खारेज गराउनु जरुरी भएको तर्फ सांसद सुवालले जोड दिनुभयो । उहाँले जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने, एनआरएनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने र विदेशी पुँजी ल्याउने नाममा नेपालको राष्ट्रिय पुँजी समाप्त हुने नागरिकता विधेयक स्वीकार गर्न नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले प्रतिनिधिसभाजस्तै बाग्मती प्रदेशसभामा पनि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै अरू सबै दलहरू सरकारको समर्थनमा गएको अवस्थामा नेमकिपा नै प्रमुख प्रतिपक्ष भएको स्पष्ट पार्नुभयो । प्रजातन्त्रको अर्थ बहुसङ्ख्यक कामदार वर्गका जनताको हकहित सुनिश्चित हुनुपर्ने हो भन्दै उहाँले अहिलेको प्रजातन्त्र पुँजीपति र प्रतिक्रियावादी वर्गको प्रजातन्त्र साबित भइरहेको छ भन्नुभयो । नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपालमा कृषि क्षेत्रको विकासको निम्ति आवश्यक पूर्वाधारको विकासमा र भएका कृषि विश्वविद्यालय तथा कृषि प्रयोगशालाहरूको समुचित उपयोगमा सरकारले ध्यान नदिइरहेको बताउनुभयो । उहाँले खेतमा उत्पादनको कार्य गर्ने किसानहरूसित जग्गाको स्वामित्व नहुनु, कृषि सामग्री उद्योगहरू नहुनु, रासायनिक मल कारखाना सञ्चालन नहुनु र स्वदेशी उत्पादनले प्राथमिकता नपाउनु उत्पादकत्व वृद्धिमा बाधा रहेको प्रस्ट पार्दै बिचौलियाका कारण कमिसन र उपभोक्ता दुवै मारमा परिरहेका छन् भन्नुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले कृषि उत्पादनमा आत्मनिर्भर नभइकन कुनै पनि देश आत्मनिर्भर बन्न नसक्ने चर्चा गर्दै कृषिप्रधान देश नेपालमा किसानहरूले रक्तआँसु बगाउन बाध्य भइरहेको बताउनुभयो । उहाँले चीन र भारतका किसानहरूको अवस्थाको तुलना गर्दै चिनियाँ किसानहरू समृद्धितिर अगाडि बढ्नु र भारतीय किसानहरू कर्जामा डुब्दै आत्महत्या गर्न बाध्य हुनुमा समाजवादी र पुँजीवादी व्यवस्थाबिचको भिन्नता नै मुख्य कारक रहेको बताउनुभयो । नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वास्तविक किसानहरूको अवस्थामा सुधार ल्याउनका लागि क्रान्तिकारी भूमिसुधार लागू गर्नुका साथै सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष तथा आठौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालले पुराना पुस्ताका किसान कार्यकर्ताहरूको सङ्घर्ष र उपलब्धिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने र किसान आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेक्राकिसङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठ र नेक्राकिसङ्घ ललितपुर जिल्ला समितिका अध्यक्ष कवीन्द्र डंगोलले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्मेलन तयारी समितिका सहसंयोजक केशवप्रसाद तिमिल्सेना, सचिव सूर्यबहादुर फोँजू र सदस्य रमेश वैद्यले पनि बोल्नुभएको थियो । उद्घाटन समारोहपूर्व मध्यपुरको नयाँ थिमि चोकबाट विभिन्न क्रान्तिकारी नाराका साथ सुरु भएको उद्घाटन ¥याली नगर परिक्रमा गरी सम्मेलनस्थल पुगेको थियो ।
1,531
पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए। उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह समेत गरे। “विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,” उनले भने, “यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।” महासचिव पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताए । महासचिव पौडेलले बुटवलको बेलवासदेखि नहरपुर हुँदै बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गरे । “भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ”, उनले भने। कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रहनुभएका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताए ।
1,532
भारतको सुनौली–गोरखपुर सडक खण्डको पुरन्दरपुर भन्ने ठाँउमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा चालकसहित ८ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालकबाहेक सबैजना नेपाली भएको अनुमान छ । कारमा चालक, एक महिला, २ बालबालिका र ४ जना पुरुष यात्रु रहेको खुलेको छ । मृतकमा सिमावर्ती सुनौली निवासी कार चालक अब्दुल हबिम भन्ने रहिम खान र नेपालको तिलोत्तमा नपा-१७ का जुखई थारु, २४ वर्षीय उमेश चौधरी रहेको प्रहरीले जनाएको छ । अन्यको परिचय खुलेको छैन । कार्यालयका प्रहरी निरीक्षक रवीन विष्टले अन्य यात्रुको परिचय खुल्ने कुनै प्रमाण नपाइएको र शव सहजै चिन्न सकिने अवस्थामा नरहेको बताए । सिमावर्ती नेपालको बेलहिया ईलाका प्रहरी कार्यालयका अनुसार, गोरपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सीटी ७२०२ नम्बरको इन्डिका कार र सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको युपी ५२ टी ४३७७ नम्बरको रेडिमिक्स ट्याङ्कर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
1,533
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशदेखि सबै १९ जना न्यायाधीश संलग्न रहेको एउटै इजलाश गठन गरिएको छ । सोमबारका लागि १९ जना न्यायाधीश रहेको पूर्ण इजलाश गठन गरिएको हो । १९ सदस्यीय पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरादेखि सबैभन्दा कनिष्ठ न्यायाधीश मनोजकुमार शर्मासम्म रहेका छन् । कोरोनाले मुलुकलाई दुई महिनादेखि लकडाउनमा राखेको र त्यसले मुद्दा मामिलामा परेको अप्ठेरो फुकाउनका लागि सर्वोच्च अदालतले सबै न्यायाधीश रहेको यस्तो ऐतिहासिक इजलाश गठन गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सर्वोच्चले आफ्नो वेभसाइटमा इजलाश गठन र न्यायाधीशहरुको नाम पनि सार्वजनिक गर्दै हेर्ने मुद्दाको पनि जानकारी दिएको छ । जसमा मुद्दा तथा रिट महाशाखाको प्रतिवेदन र परमादेशसम्बन्धि रहेको छ । प्रधानन्यायाधीशसहितको वृहत पूर्ण इजलाशले मुद्दा सुनुवाई गरेपछि हाल न्यायिक प्रक्रियामा देखिएका बाधा अड्चन फुकाउमा निर्णय गर्नसक्ने पोखरेलले इमेजखबरलाई जानकारी दिए । यस्तो सबै न्यायाधीश सम्लग्न रहेको इजलाश बिरलै बस्ने जानकारहरु बताउँछन् । लकडाउनले मुद्दा प्रक्रियालगायत न्यायालयमा पारेको अफ्ठ्यारोबारेको प्रतिवेदन सर्वोच्च प्रशासन स्वयंले दर्ता गराएको हो ।
1,534
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् ।
1,535
कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरका स्थानीय तहले आ–आफ्नो क्षेत्रका जनतालाई लक्षित गर्दै आइसोलेसन निर्माणलाई तिव्रता दिएका छन् । ललितपुरको हरिसिद्धिका वडा २८ र २९ मा आइसोलेसन निर्माण गरिएको छ । अस्पतालमा कोरोनाका जटिल संक्रमितहरुले समेत शैया नपाइरहेका बेला सामान्य लक्षण देखिएका संक्रमितलाई आफ्नो ठाँउमा राखेर राम्रो उपचार दिने उद्देश्यले हरिसिद्धिमा व्यवस्थित र वेल इक्युब्ड आइसोलेसन वार्ड तयार गरिएको छ ।   यहाँ कोरोना संक्रमितहरुका लागि आइसोलेसन वा उपचार कक्षभन्दा पनि उनीहरुलाई मानसिक रुपमा गल्न नदिन पारिवारिक वातावरण पैदा गर्न खोजिएको छ । जहाँ उनीहरुका लागि मनोरञ्जनका लागि टेलिभिजनको समेत व्यवस्था गरिएको छ । हरिसिद्धिको २८ र २९ वडाको अगुवाई र स्थानीय युवाको सहयोगमा २० शैयाको अक्सिजनसहितको आइसोलेसन वार्ड शनिबारदेखि सञ्चालनमा आएको हरिसिद्धि वडा नं. २८ का अध्यक्ष राजेश महर्जन बताउँछन् ।  “अघिल्लो चरणमा आइसोलेसन सेन्टर बनाउन स्थानको अनुसन्धान गरिरहँदा गाँउभरि फैलिन सक्ला भन्ने हिसाबले विरोध आएपछि हामी पछि हट्नु परेको थियो । त्यसपछि संक्रमणको दर पनि विस्तारै स्थिर हुँदै गयो,” अध्यक्ष महर्जन भन्छन्, “तर, दोस्रो चरणमा संक्रमण बढेपछि अस्पतालमा संक्रमितलाई भर्ना गर्ने अवस्था नै रहेन । अस्पतालमा शैयाको व्यवस्था मिलाइदिनुपर्यो भनेर मलाई नै कति फोनहरु आउन थाले ।” आफ्नो वडाका जनतालाई सहज होस् भनेर वडाबासीसँग आकस्मिक बैठक बसेर अन्तत आफ्नै ठाँउमा आइसोलेन वार्ड बनाउने निष्कर्षमा पुगेको उनले बताए । लामखुट्टे आउने समय भएकाले प्रत्येक बेडमा झुलको समेत व्यवस्था गरिएको छ । उनले १० जना डाक्टर र नर्सहरुको पनि व्यवस्था रहेको उनले जानकारी दिए । डा. रुबीना महर्जन र डा. मोनिमा महर्जनको अगुवाइमा ८ जना नर्स आइसोलेसन सेन्टरमा खटिएका छन् । आइसोलेसन सेन्टरमै खानेकुराको व्यवस्था गरिएको अध्यक्ष महर्जनले बताए ।  “यस्तो कठिन समयमा जनतालाई सहयोग गर्न सकिएन भने भोलि राजनीति के–का लागि गर्ने ? के आधारमा भोट माग्न जाने ? यही प्रश्नलाई मनन् गर्दै  जनताको जनधनको सुरक्षाका लागि आइसोलेसन सेन्टर निर्माण गरेका हौं,” उनले भने । उनले औषधि र खानेकुरा निःशुल्क  गरिएको बताए । यसका लागि हाल वडा २८ ले २६ लाख र वडा २९ ले करिब १३ लाख बजेट छुट्याएका छन् ।  आइसोलेसनमा बस्नका लागि संक्रमितले हालै परीक्षण गराएको पीसीआर रिपोर्ट र अक्सिजन लेबल ८५ माथि हुनुपर्दछ । अक्सिजन लेबल ८५ भन्दा कम भएका क्रिटिकल संक्रमितलाई भने अस्पताल नै रिफर गरिन्छ ।  पीसीआर रिर्पोट आएको १० दिनसम्म आइसोलेसनमा राखेर संक्रमितको अवस्था हेरेर उपचार गरिन्छ र त्यसपछि संक्रमितलाई होम–आइसोलेसनका लागि घर पठाइन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमणको ९ दिनपछि भाइरस अरुमा सर्दैन । यही मापदण्डलाई अनुरण गर्दै हरिसिद्धिको आइसोलेसनले संक्रमितलाई १० दिनसम्म मात्रै आइसोलेसन सेन्टरमा राखेर उपचार गराइन्छ ।  हरिसिद्धिमै रहेको क्यानसर अस्पतालले यहाँको लागि शैय्या र सरसफाईका लागि ४ जना कर्मचारीहरुको व्यवस्था गरिदिएको छ भने केही रकम तिरेर हरिसिद्धिमै अवस्थित ‘हरिसिद्धि पार्टी प्यालेस’मा आइसोलेसन केन्द्र निर्माण गरिएको हो ।
1,536
इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बनमा परेका छन् । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारीरदायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निज उपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
1,537
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उनले बताए । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बराली घाइते भएका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् ।
1,538
संसदबाट पास गरिएको नागरिकता बिधयेकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गीय संगठनहरुले बिरोध जनाएका छन्। शनिबार साँझ नागरिकता विधयेकको बुँदाहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको बिरोधमा पार्टी सम्बद्ध युबक,विद्यार्थी र युबा मोर्चाका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका छन्। नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठन युबक, विद्यार्थी र युबा मोर्चाले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको हो। बिबाह गर्ना साथ कुनैपनी बिदेशिले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहि नभएको भन्दै नेताहरुले आक्रोश ब्यक्त गरे। सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन्। सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनिहरुको धारणा छ । बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको छ । बिशालगरबाट शुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चाईनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप भएको छ , प्रदर्शनकारी विद्यार्थी नेता सन्दिप खड्का पक्राउ परेका छन् ।
1,539
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इस्तियाक राईले अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको बालुवाटार दौडधुपको आलोचना गरेका छन् । पार्टीभित्रको विवाद संगठनबाट समाधान खोज्नुभन्दा अन्यत्रको ढोका ढकढक्याउनु उपयुक्त नहुने बताएका हुन् । राईले ट्वीटमार्फत ठाकुर र महतोको आलोचना गर्दै पार्टीका बैठकको सामना गर्न चुनौती दिएका छन् ।  उनले अरुको ढोका चहारेर पार्टीको समस्याको समाधान खोज्नुभन्दा पनि पार्टीको वैधानिक बैठकबाट हुने निर्णय स्वीकार गर्न पनि सुझाव दिएका छन् । राईले भनेका छन्, ‘केही वरिष्ठ, सन्त भनाउने नेता महोदयलाई अरुको ढोका ढकढक्याउनुभन्दा पार्टीको बैठक फेस गर्नु पार्टीको वैधानिक विधानअनुसार निर्णय गरौँ । भएको निर्णय सबै जना स्वीकार गरौँ ! अरुको ढोका चहारेर पार्टीभित्रको समस्या समाधान हुने होइन ।’
1,540
युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा रहेको बताउनुभएको छ । बुधबार त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो । मन्त्री गहतराजले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योमसँग जोड्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । र्‍याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानुपर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाउनुभयो । डा. रेग्मीले धेरै अन्तर्राष्ट्रिय मुलुकहरूले नेपालको सिको गरिरहेको बताउनुभयो । उहाँले नेपालमा र्‍याफ्टिङ गर्ने सक्ने नदीहरूलाई राम्रोसँग प्रयोग गर्नु नसकेको दाबी गर्नुभयो । त्यस्तै, मेघ आलेले त्रिशुली नदीमा कोरोना महामारीपछिको पहिलो १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप भएको बताउनुभयो । उहाँले त्रिशुली नदीबाट र्‍याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताउनुभयो । तर, अहिले त्रिशुली नदीमा रिभर पर्यटनको लागि अबौं लगानी भए पनि र्‍याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युत्को लागि ड्याम बनाउने योजनाले समस्या आएको बताउनुभयो । त्रिशुलीको र्‍याफ्टिङ क्षेत्रमा सुपर त्रिशुली हाइड्रोपावर बनाउनु उचित नभएको उहाँको दाबी छ । त्यस्तै र्‍याफ्टिङ खेलाडी हरि आलेले त्रिशुली नदीको संरक्षण नभएर दुषित बनाउने काम भएकाले र्‍याफ्टिङ गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले त्रिशुलीको र्‍याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले ड्याम बनेसँगै नदी र र्‍याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने बताउनुभयो । खेलाडी आलेले त्रिशुलीमा कुनै पनि हालतमा विद्युतिय ड्याम बन्न नहुने बताउनुभयो । उहाँले यदि ड्याम बन्यो भने र्‍याफ्टिङ नै बन्द हुने दाबी गर्नुभयो ।
1,541
नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धुमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताउनुभएको हो । उहाँले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताउनुभयो । सांसद पन्तले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले तयारीमा कमि हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गर्नुभयो ।
1,542
वडाअध्यक्षको दाबेदारमा अर्जुन बहादुर पाण्डे, जीवलाल पौडेल, नेत्र प्रसाद बेल्बासे, रघुनाथ भट्टराई र शरद अधिकारी रहेका छन् । यस्तै दलित महिलामा आशा सुनार र खगी सुनार, महिला सदस्यमा सीतादेवी शर्मा र शान्ता सेनको नाम सिफारिस भएको संगठन संयोजक अधिकारीले बताए । यसैगरी २ सदस्यका लागि आनन्द पौडेल, कल्लु मुसलमान, जैस मोहम्मद मिया, धनिराम थारु, विजय सापकोटा र विष्णु हमालको नाम सिफारिस भएको बताइएको छ ।
1,543
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी आइसल्यान्डले बराबरीमा रोकेको छ। समूह 'डी' को पहिलो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित ९ प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको १९ मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। सर्जियो अग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता लिन सफल भयो। २३ मिनेटमा अाइसल्यान्ड बराबरी गोल फर्काउन सफल भयो। फिबोनबासनले अर्जेन्टिनाका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै क्लोज रेन्जबाट गोल गरेका थिए। योसँगै विश्वकपमा नवप्रवेशी आइसल्यान्डले पहिलो गोल गर्न सफल भयो। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६३ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो। मेजालाई डि-बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मेसी गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता लिने सुन्दर मौका गुमायो। मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपर हाल्डोर्सनले विफल पारेका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,544
एनसेलले नयाँवर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो। न्यू इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिनको समयसीमा रहेका विभिन्न प्याकहरू लिन सक्नेछन्। प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन्। त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रूपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन्। कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित ९६ रूपैयाँमा लिन सक्नेछन्। यस प्याकमा बण्डल गरिएको १ जिबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन्। त्यस्तै ग्राहकले एक सय ६८ रूपैयाँमा ५ जिबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रूपैयाँमा लिन सक्नेछन्। ग्राहकका लागि २८ दिनको समयसीमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले २९८ रूपैयाँमा २.५ जिबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन्। यो प्याक लिन एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गर्नुपर्नेछ। कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिनको समयसीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन्। ७९८ रूपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबी डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन्। यस्तै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन्। यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन्। ५० रूपैयाँदेखि ९९ रूपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन्। त्यस्तैगरी १०० रूपैयाँदेखि १९९ रूपैयाँ रिचार्जमा ग्राहकले ३ दिनको समयसीमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन्। यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन्। यो योजना अन्तर्गतको रिचार्ज योजना १५ दिनका लागि मान्य हुनेछ।
1,545
अखिल नेपाल गोर्खा लिगका नेता मदन तामाङको हत्या आरोपमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङसहित २१ जनाविरुद्ध वारेन्ट माग भएको छ ।अदालतको आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले २१ जनाविरुद्ध गैरजमानत वारेन्ट माग गरेको हो । कोलकाता अदालतले ५४ जनालाई दोषि ठहर गरे पनि आरोपितमध्ये चार जनाको ज्यान गइसकेको छ भने दुई फरार छन् । २६ जना यसअघि नै अदालतमा उपस्थित भइसकेका छन् ।तामाङको सन् २०१० मे मा दार्जिलिङमा हत्या भएको थियो ।
1,546
मेरी छोरी मन्जिरा र म यो खबर सुनेर धेरै खुसी भएका छौँ । आशा छ कि उनी कुनै अवरोध बिना रिहा हुनेछन् । साईबाबा र हामीले यी वर्षहरूमा धेरै दुःख भोगेका छौँ । यस घटनाका बाँकी अभियुक्तहरूले पनि छिट्टै न्याय पाउने आशा छ ।
1,547
पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खातामा रहेको रकम झिक्नेहरुको भिड लागेको भन्दै तत्काल नझिक्न सुझाएको छ। प्राधिकरणले आज जारी गरेको वक्तव्यमा बैंकले जम्मा भएको रकममा व्याज दिने भएकाले हतारिएर झिक्न नपर्ने स्मरण गराएको हो ।
1,548
बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । उपभोक्ताको हितलाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिइएको हो । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ ।
1,549
एमाले छाडेर रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले महोत्तरीका स्वतन्त्र उम्मेदवारलाई सर्मथन गर्ने बताएपछि माओवादी केन्द्रका नेता(कार्यकर्ता असन्तुष्ट बनेका छन् । रौतहट–३ मा साहलाई माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । तर, साहले भने माओवादी नेता गिरिराजमणि पोखरेललाई ‘हराउनुपर्छ’ भन्दै स्वतन्त्र उम्मेदवार पोषण थापालाई समर्थन गर्ने जनाएका छन् । साहको उक्त निर्णयले माओवादी कार्यकर्ता रुष्ट बनेका हुन् । केही दिनअघि साहले महोत्तरी पुगेरै पोषण थापालाई भेटेर समर्थन गर्ने जनाउँदै पोखरेललाई जसरी पनि हराउनुपर्ने बताएका थिए । माओवादीका केन्द्रीय सदस्यसमेत रहेका महोत्तरी संयोजक तुलसी ढुंगानाका अनुसार प्रभु साहले थापालाई समर्थन गर्ने हो भने माओवादीले साहलाई पनि मत दिन जरुरी छैन । रौतहट ३ मा गठबन्धनले समर्थन गरेकाले साहले नै माओवादी नेतालाई हराउनुपर्छ भन्दै हिँडेकाले रौतहट पार्टीले पनि उनलाई मत दिनु जरुरी नरहेको उनले बताए । महोत्तरी १ मा स्वतन्त्र उम्मेदवारी दिएका थापाले पनि प्रभु साहले आफूलाई समर्थन गर्ने जनाएका छन् । आफूहरुको चुनाव चिन्ह पनि एउटै परेकाले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको उनले बताए । तिहारपछि बर्दिबासमा आयोजना हुने जनसभामा साहले सम्बोधन गरेर मत माग्नेसमते समझदारी आफूहरुबीच भएको थापाको भनाइ छ । साहले आफ्नो लागि स्पेसल कार्यक्रम बनाउन आग्रह गरेको र उक्त कार्यक्रममार्फत आफ्नो लागि मत माग्ने थापाले बताए । शनिबार जनकपुर आउन लागेका माओवादी अध्यक्ष प्रचण्डलाई पनि प्रभु साहको विषयमा जानकारी गराउने माओवादी नेताहरुले तयारी गरेका छन् । पाँच दलीय गठबन्धनले जनकपुरमा गर्न लागेको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रचण्डसहितका नेता आज जनकपुर आउँदै छन् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
1,550
कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन् ।  परिवार सहमत भएपछि बस्नेतको भक्तपुरको सूर्यविनायकस्थित काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम थालिएको भक्तपुर प्रहरीका प्रवक्ता (डीएसपी) वसन्त पाठकले जानकारी दिए । बलात्कार आरोपमा बालसुधार गृह भक्तपुरमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमलको ३ भदौमा मृत्यु भएको थियो । सुधार गृह प्रशासनको कमजोरीका कारण कमलको मृत्यु भएको भन्दै परिवार विरोधमा उत्रिएका थिए । उनको शवसमेत परिवारले बुझ्न मानेका थिएनन् । तर, सोमबार सहमतिपछि भने परिवारका सदस्य पोष्टमार्टम गर्न तयार भएका हुन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा बनेको समितिले कमलको परिवारलाई क्षतिपूर्तिको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने भएपछि सहमति भएको हो । कमलको मृत्यु प्रकरणले उग्ररुप दिएपछि बाल सुधार गृहका अन्य बालक तोडफोडमा उत्रिएका थिए । ४ भदौमा सुधार गृह तोडफोड गरेर २५८ जना बालक सुधार गृहबाट भागेका थिए । उनीहरूमध्ये पाँचजना अझै फरार छन् । नियन्त्रणमा लिएका मध्ये ५७ जना बालकलाई भने काठमाडौं बाहिरको सुधार गृहमा सरुवा गरिएको छ ।
1,551
मधेस सरकारले किसानहरूका लागि कृषि विकास योजना अन्तर्गत ५० करोड बराबरको रासायनिक मल खरिद गर्ने प्रस्ताव गरेको हो। मधेस सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले बिहीबार बसेको मधेस प्रदेश सरकारको मन्त्री परिषद् बैठकमा ५० करोडमा ३० हजार मैट्रिक टन मलखाद खरिद गर्ने प्रस्ताव गरेको बताएका हुन्। आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालय मातहत गर्न नसकिने तथा गर्न नमिल्ने टुक्रे तथा स–साना योजनाहरू कट्टा गरी कृषि बालिका लागि मलखाद किन्ने प्रक्रिया अघि बढाइने भएको मन्त्री कुशवाहाले जानकारी दिए। आगामी कृषि बाली, तेलहन, दलहन सहितका नगदे बाली उखुका लागि पनि मलखाद अनुदानमा उपलब्ध गराई किसानको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। उनले भने, ‘संघीय सरकारको कृषि मन्त्रालयसँग पनि हाम्रो निरन्तर सम्पर्क छ, वहाँहरू पनि साकारात्मक हुनुहुन्छ। हामी छिट्टै मलखाद खरिद प्रक्रियामा जान्छौं।’ किसानहरूका लागि दीर्घकालीन, अल्पकालीन र मध्यकालीन गरी कृषि विकासको योजनाहरू लिएर यहाँको किसानका लागि सर्वसुलभ मल, खाद्य, बिउबिजन उपलब्धता गराउने कोसिसमा छौं।' उनले मधेस प्रदेशको हरेक वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने, हरेक पालिकामा साना कृषि बजार व्यवस्थापन गर्ने, हरेक निर्वाचन क्षेत्रमा ठूला कृषि बजार व्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ५०० टन माथिको कोल्ड स्टोर स्थापना गर्ने र हरेक निर्वाचन क्षेत्रमा कृषि औजार कष्टम हायरिङ सेन्टर स्थापना गर्ने अन्नपूर्णसँगको कुराकानीमा बताए ।
1,552
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको कार्यशैलीमा सुधारका लागि प्रस्तावहरू पेस गरेका छन् । प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार गर्न अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो । जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा यादवले सत्ता गठबन्धनको बैठकमा यादवले सुझावसहित ५३ बुँदे प्रस्तावहरू पेस गरेका हुन् । संघीयता कार्यान्वयन सम्बन्धमा आफ्नो सुझावमा यादवले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी समायोजन गर्ने, संघिय निजामति ऐन अध्यादेशद्वारा जारी गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, संविधानको अनुसूची ६ र ७ को अधिकार सूची अनुसार प्रदेशलाई क्षेत्राधिकार प्रदान गर्न अध्यादेश जारी गर्ने तथा संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेश सरकारका विषयहरु प्रदेश सरकारलाई दिने र अनावश्यक खर्च कटौती गर्ने उल्लेख गरेका छन् । त्यसैगरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहनेगरी राख्न आवश्यक संवैधानिक तथा कानूनी व्यवस्था गर्नुपर्ने र संविधानबमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरु तुरुन्त हस्तान्तरण गर्नुपर्ने उनले बताएका छन् । यादवले संविधान संशोधन गरी परिमार्जन गर्नको लागि संविधान विज्ञहरु सम्मिलित आयोग गठन गरी रायसुझाव लिने र सो अनुसार संविधान संशोधन गर्न आवश्यक प्रयास गर्नुपर्ने जिकिर गरेका छन् । उनले पिछडावर्गलाई सूचीकृत गरी समावेशी र सामाजिक न्यायको प्रत्याभूति गराउन आवश्यक कानून निर्माण गर्नुका साथै सुकम्वासी तथा भूमिहीन एवं असहाय नेपालीहरुलाई भूमि उपलब्ध गराउन भूमि आयोगलाई क्रियाशील र प्रभावकारी बनाई यसै वर्षभित्र भूमिहिन तथा सुकुम्वासीहरुको समस्या हल गर्न प्रस्ताव पेस गरेका छन् । सामाजिक सुरक्षा भत्ता प्रत्येक जेष्ठ तथा अशक्त, अपाङ्ता भएका व्यक्तिहरुलाई प्रत्येक महिनाको अन्तिम दिनसम्म सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने उनको सुझाव छ । त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन र तथ्यांकअनुसार आन्तरिक बसाई-सराईलगायत विभिन्न कारणले गर्दा तराई मधेशमा जनसंख्यामा ठूलो वृद्धि भएको र अन्य क्षेत्रमा कम भएको देखिएको हुँदा जनसंख्याको आधारमा प्रतिनिधित्व लोकतान्त्रिक प्रणालीको मूल सिद्धान्त र भावनाअनुसार संसदीय / प्रादेशिक निर्वाचन क्षेत्रको पुनर्निधारण गर्नुपर्ने पनि उनले बताएका छन् ।
1,553
‘मसँग कुनै नयाँ चीज छैन भने म कसरी अपडेट हुने भन्ने लाग्छ । यम बराल अपडेट भएनन् भन्ने गुनासो जायजै होला,’ यम भन्छन्, ‘संगीतमा लागेको कोहीले एउटा गीतमा लगानी धेरै गर्नुपर्छ । म्युजिक भिडियोको खर्च नै सात लाख भन्दा माथि लाग्छ । रेकर्डिङ पनि महंगो भएको छ । यसले पनि गाह्रो बनाएको छ ।’ काठमाडौं । पचास-साठीको दशक यस्तो थियो, जहाँ यम बरालका गीत नगुञ्जिएका कुनै रेडियो, टीभी हुँदैनथे । बादलुको घुम्टोले इलाम बजार छोपिंदा, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति जस्ता उनका एकसे एक गीतले श्रोताको मन जिते । इलामको फिक्कलमा जन्मिएका गायक यम बरालले २०४९ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ गीत रेकर्ड गरी नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेका हुन् । उनलाई आम श्रोतामाझ चिनाउने काम भने इलामै सेरोफेरोमा रचिएको ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गीतले गर्‍यो । यो गीतलाई यति रुचाइयो कि त्यसपछि यम बरालले सांगीतिक जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सुगम संगीतमा मात्रै होइन, पार्श्व गायनमा पनि धेरै माग हुनेमध्ये एक गायक बने उनी । यमले हालसम्म हजार बढी गीतमा स्वर दिइसकेका छन् भने एक सय बढी फिल्मका लागि पार्श्व गायन गरेका छन् । यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका यमलाई सुरुमै हामीले सोध्यौं- संगीतमा पहिलेको तुलनामा तपाईंको सक्रियता कम भएको हो कि गीतहरु नचलेका ? यमले निरन्तर सक्रिय रहेको भए पनि समयअनुसार आफू केही ओझेल परेको स्वीकारे । आफूसँग ‘अपडेट’ हुने केही चीज नभएकाले मिडियालगायत आम श्रोता-दर्शकलाई हराएको हो कि जस्तो लागेको हुन सक्ने उनी बताउँछन् । ‘मसँग कुनै नयाँ चीज छैन भने म कसरी अपडेट हुने भन्ने लाग्छ । यम बराल अपडेट भएनन् भन्ने गुनासो जायजै होला,’ यम भन्छन्, ‘संगीतमा लागेको कोहीले एउटा गीतमा लगानी धेरै गर्नुपर्छ । म्युजिक भिडियोको खर्च नै सात लाख भन्दा माथि लाग्छ । रेकर्डिङ पनि महंगो भएको छ । यसले पनि गाह्रो बनाएको छ ।’ नेपाली संगीतमा कम्पनीले लगानी गर्ने परम्परा हराउँदा पनि व्यावसायिक गायक-गायिकालगायत अन्य संगीतकर्मीलाई सकस भइरहेको यमको बुझाइ छ । ‘आफैंले लगानी गरेर आफ्नै युट्युब च्यानलमा गीत राख्दा केहीबाहेक धेरै कलाकारलाई लगानी उठाउन गाह्रो छ । व्यावसायिक गायक-गायिकालाई कम्पनीले किन्नुपर्छ भन्ने मेरो मान्यता छ । लगानीकर्ताको लगानी उठ्न सक्छ भने मात्रै त्यो सफलता हो,’ उनी भन्छन्, ‘व्यावसायिक व्यक्तिले भरसक आफैंले लगानी गर्नुपर्ने अवस्था नआओस् । तर अहिले त्यो अवस्था छैन ।’ यद्यपि समयको गतिलाई भने आफूले पनि पछ्याउने उनी सुनाउँछन् । त्यसका लागि उनले आफ्नै युट्युब च्यानल र यम्मी इन्टरटेनमेन्ट प्रालि नाममा कम्पनी पनि खोलेका छन् । यम केही समय आफू ओझेल परेजस्तो लागे पनि अब तीव्र रुपमा सांगीतिक सक्रियता बढाउने योजना छन् । त्यसैअनुरुप आगामी शनिबार (कात्तिक १८ गते) उनी काठमाडौंको प्रज्ञा भवनमा ‘एकल साँझ’ (यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट)मा गुञ्जिंदैछन् । आफ्नो जीवनकै ऐतिहासिक बनाउने तयारीमा रहेका यमले उक्त कार्यक्रममा आफ्ना लोकप्रिय २०-२५ वटा गीत प्रत्यक्ष बाद्यवादनका साथ प्रस्तुत गर्नेछन् । लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिनसँगको सहकार्यमा हुन लागेको एकल साँझबाट उठेको रकम सामाजिक सेवामा लगाइने पनि उनले सुनाए । ‘कार्यक्रमलाई लिएर निकै उत्साहित छु । मेरा गीतहरु सुनेर आउनुभएका, हुर्कनुभएका श्रोताहरुका लागि रिकल हुनेछ यो एकल साँझ । नयाँपुस्तालाई पनि मेरा गीतहरु सुनाउने अवसर हुनेछ,’ उनी भन्छन् । उनका अनुसार एकल लाइभ साँझ गर्न केही चुनौती भए पनि सन्देश पनि हो । ‘अहिले ट्रयाक बोकेर दुई-चारवटा गीत कन्सर्टमा गाउने ट्रेण्ड हाबी छ । यो सहज पनि हो । तर सोलो लाइभ कन्सर्टले श्रोता-दर्शकलाई गहिराइमा गएर गीत सुन्ने वातावरण बनाउँछ भने म्युजिसियन र बाद्यवादकलाई रोजगारी पनि दिन्छ,’ यम भन्छन्, ‘त्यसैले अहिले टुक्रा-टुक्रा गीत सुन्ने, हेर्ने जमानामा यसले नयाँ सन्देश पनि दिन्छ भन्ने लाग्छ ।’ तपाईं आफैंका लागि चाहिं गतिलो ‘कमब्याक’ हो यो एकल साँझ ? भन्ने प्रश्नमा यम भन्छन्, ‘कमब्याक नै चाहिं नभनौं । म काममै छु त्यसैले । सांगीतिक करिअरमा चाहिं यसले ठूलो अर्थ राख्छ । एकल साँझहरुको ट्रेण्ड फेरि आउला भन्ने अपेक्षा पनि हो ।’ ५०-६० को दशकमा त्यो बेलाका लोकप्रिय गायकहरु रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईलाई नेपाली संगीतका ‘त्रिमूर्ति’ पनि भनिन्थ्यो । किनकि तीनै जना गायक कोहीभन्दा कोही कम थिएनन् । सबैको उमेर एउटै, गीत उस्तै रुचाइने । तर सांगीतिक करिअर उचाइमा उडिरहेकै बेला यम बराल चाहिं अमेरिकातिर लागे । त्यसपछि उनका गीतहरु पनि कम आउन थालेपछि नयाँ पुस्ताले पनि ‘नोटिस्ड’ गर्न पाएनन् ।  अमेरिका लागेपछि आफ्नो सांगीतिक करिअरमा थोरबहुत असर गरेको उनी पनि स्वीकार्छन् । ‘एकपटक देशविदेश हेरौं भन्ने त भइहाल्छ, त्यो माहोलमा म पनि केही व्यक्तिगत कारणले अमेरिका गएँ । तर त्यहाँ बस्दा पनि नेपाली संगीतको सेवा नै गरिरहेको थिएँ । त्यतिबेला अपडेट हुन सकिनँ होला । अमेरिकामा कन्सर्टमा गाएकै थिएँ, नेपाली रेस्टुरेन्टहरुमा गीत-गजल प्रस्तुत गरिरहेकै थिएँ । केही न केही मात्रामा त्यसले सांगीतिक यात्रामा बाधा पनि पुर्‍यायो होला,’ उनी भन्छन् । यमलाई अहिले नेपाली संगीतले सन्तोषजनक रुपमा नै लय समातिरहेको लाग्छ । नेपाली संगीत पूर्ण व्यावसायिक भइरहेको र श्रोता-दर्शकले रुचाएका गायक-गायिका र संगीतकर्मीहरुको जीवनस्तर पनि निकै राम्रो रहेको उनी बताउँछन् । तर पनि टिकटकलगायत सामाजिक सञ्जालमा टुक्रा-टुक्रा गीत सुन्ने-हेर्ने चलनले स्तरीय संगीत सिर्जना गर्नेहरुलाई चुनौती रहेकोमा उनी चिन्तित देखिन्छन् । ‘यो समयको माग होला, समयक्रमसँगै यसमा पनि सुधार आउला,’ यम आशावादी हुँदै भन्छन् । यम बराल अब फिल्म निर्माता पनि बन्दैछन् । आफ्नै चर्चित गीत ‘बादलुको घुम्टो’को एक लाइन ‘तिमीलाई सम्झिंदा’ शीर्षकमा उनी फिल्म बनाउँदैछन् । ‘लोकप्रिय गीत ‘बादलुको घुम्टोले’ गीतको कुनै भिडियो छैन । धेरै प्रशंसक र साथीभाइले भिडियोको बारेमा कुरा गरिरहनुभयो । उहाँहरुकै आग्रहअनुसार फिल्म नै बनाउने निर्णय गरियो,’ उनी भन्छन् । इलामका प्रमुख पर्यटकीय स्थल र झापाका केही ठाउँमा खिचिने उनको फिल्मलाई मधुसुदन भट्टराई निर्देशन गर्दैछन् भने कलाकारहरु तय हुन बाँकी नै छ । गफ स्टेसनमा यम आफ्नो निजी जीवनलाई लिएर पनि केही खुले । पहिलो विवाह टुटेको लामो समयपछि गत वर्ष उनले झापाकी गीता सिवाकोटीसँग दोस्रो विवाह गरे । उनले विवाहलाई गुपचुप राखेको विषयले पनि त्यतिबेला सांगीतिक वृत्तमा चर्चा पाएको थियो । हुन त यो नितान्त व्यक्तिगत कुरा हो तर पनि सेलिब्रिटी भएपछि कुनै न कुनै समय बाहिर आइहाल्थ्यो भन्ने उनलाई पनि लाग्छ । यमले छोराको खुसीलाई केन्द्रमा राखेर विवाह गरेको बताए । ‘बाबु (छोरा) बढ्दै गएपछि उसका पनि रहरहरु र चाहनाहरु बढ्दै जान्छन् । परिवारमा आफूलाई केयर गर्ने कोही भइदियोस् भन्ने उसलाई लाग्यो,’ यम सुनाउँछन्, ‘गीतासँग भेट्दा छोरा यति झ्याम्मियो कि उसले उनीबाट मायाका साथै मोटिभेसन पनि पायो । उसलाई त्यहाँबाट अलग राख्न सकिनँ । एक दिन छोराले सानो कागजमा ‘ड्याडी म्यारी हर गीता’ लेखेर मेरो पर्समा राखेको रहेछ । यस कुराले मलाई निकै भावुक बनायो र छोराको खुसीको लागि उनीसँग विवाह गरें । गुपचुप राख्नुपर्ने कारण एक त कोरोनाको समय थियो र अर्को दुवैतिरको पारिवारिक सल्लाह पनि त्यस्तै थियो । अहिले हाम्रो परिवार एकदमै खुसी छ ।’ गफ स्टेसनको बिट मार्ने बेला यमले राज्य र समाजका लागि पनि केही कुरा राखे । देशको परिस्थितिले युवाहरु विदेशिरहेको देख्दा उनको मन खिन्न हुन्छ । साथै समाजका धार्मिक, जातीय विखण्डनको कुरा गर्नेहरुबाट टाढा रहन पनि उनले आग्रह गरे । ‘आर्थिक मन्दी र देशको परिस्थितिले युवाहरु विदेशिनु परिरहेको छ, यसको जिम्मा कसले लिने ?’ उनी भन्छन्, ‘जातीय एकतामा खलबल हुने कार्य कसैबाट नहोस् भन्ने लाग्छ । धार्मिक, जातीय विखण्डनवादी कुराहरु ल्याउनुहुँदैन । सबैको संस्कृति र चाडपर्वलाई उत्तिकै महत्वका साथ हामी मनाउँदै आएका छौं । यसलाई सदैव कायम राखौं ।’ रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।
1,554
मंगलबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत् साउन ३२ गतेको मध्यरातसम्म सबै सीमा बन्द गरिएको जानकारी दिएका हुन् । त्यस्तै उनले भदौ १ गतेबाट स्कुल भर्ना लिन सकिने बताए । त्यस्तै साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने भएका छन् ।
1,555
देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा जनजीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुने विभागको भनाइ छ । भारी वर्षाका कारण दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ ।  हावाहुरी भारी वर्षा, मेघगर्जन तथा चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।  हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
1,556
स्थानीय विषयवस्तुलाई समेटेर आधारभूत तहका सबै कक्षामा पूर्ण पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने भीरकोट नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ। राष्ट्रिय बाल दिवसको अवसर पारेर मंगलबार स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको हो। पाठ्यक्रम सार्वजनिक गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको सर्बोत्तम हितका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए। बालबालिकाको संरक्षण र अधिकार सुनिश्चितताका लागि प्रदेशसभामा बिधेयक पेश भएको जानकारी गराए। समग्र भीरकोटको पहिचान गराउन तयार पारेर दस्तावेजका रुपमा पाठयक्रम बनाइएको नगरप्रमुख छायाराम खनालले बताए। अब पाठ्यक्रम कार्यान्वयनमा ल्याईने उनले जानकारी गराए। पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको सम्पूर्ण जिम्मेवारी साभ नेपालले गरेको हो। नगर प्रमुख छायाराम खनालले बाबुआमा नभएका बालबालिकालाई मासिक एक हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गर्नेगरी सुरुवात गरे। कार्यक्रममा नगर उपप्रमुख सीमा केसी कर्माचार्य, साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास, समाजसेवी गोविन्दप्रसाद कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वडाअध्यक्ष यामप्रसाद अधिकारी लगायतले नगरपालिकाले नमूना कार्यको थालनी गरेको जनाउदै स्थानीय पाठ्यपुस्तकमार्फत समग्र भीरकोटका इतिहास र अहिलेका अवस्थाका बारेमा जानकारी पाउन सकिनेमा जोड दिए। हाम्रो भीरकोट नामक पाठ्यक्रमसहित पाठ्यपुस्तक प्रकासन गरिएको हो।पाठयक्रममा कृषि, पर्यटन, धार्मिक सम्पदा, संस्कृति, जातजाति, उद्यमशीलता, सरसफाइ लगायतका कुराहरुको अनुसन्धान गरी कक्षा १-८ सम्ममा १५० वटा पाठहरु तयार पारिएका छन्। अभ्यासहरुका माध्यमबाट विद्यार्थीहरुमा खोज, अनुसन्धानको बानीको विकास हुने लक्ष्य लिइएकोे छ ।
1,557
त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी प्रा डा तारानाथ शर्मा (ताना) लाई रु एक लाख राशिसहित ‘बालकृष्ण सम पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्‍याई लोकप्रिय तुल्याएबापत नेपाली साहित्यका विशिष्ट साधकद्वय गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ । ताम्रपत्रका साथै यो पुरस्कारको राशि रु एक लाख रहेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार राजन काफ्ले र समाजसेवी श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ । त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पुर्‍याएबापत मोहनकृष्ण सापकोटा र ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ समर्पण गर्ने निर्णय भएको छ । दश हजार रुपैयाँ राशिसहित यस वर्षको ‘भद्र घले पदक’ विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा डा गार्गी शर्मालार्ई समर्पण गरिएको छ । भद्र घले पदक त्रिमूर्ति निकेतनका पदाधिकारी र सदस्यलाई मात्र अर्पित गरिन्छ । भद्रकुमारी घलेको सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरुष डा सत्यमोहन जोशी, खनुपरुदे रामबाबु प्रसाई, डा मोदनाथ प्रश्रित, प्रा ठाकुर पराजुली, के.के. कर्माचार्य, हरिहर विरही र सलोमी लेप्चाले ग्रहण गरिसकेका छन् । त्रिमूर्ति निकेतनको सदस्यमा भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषी मनोनीत भएका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको हो । यसैगरी नइ प्रकाशनले पनि पुष्पा थापा र तोयानाथ ओडारीलाई नइ प्रकाशनको सदस्यमा मनोनीत गरेको छ ।
1,558
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बिहीबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । बिहीबार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ। यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।
1,559
म्याच अम्पायरले चिसो मैदानका कारण समयमा टस हुन नसकेको बताए पनि खेलाडी टस हुने समयमा मैदानमा नपुग्दा जारी नेपाल टी–२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्सबीचको खेल १७ ओभरमा छोट्ट्याइएको छ । जारी लिगमा दिनमा दुई खेल हुने गरेका छन् । पहिलो खेलेको टस ८ः३० मा हुने गरेको छ। तर, आज काठमाडौंका खेलाडी ८ः५० मा मात्रै मैदान पुगेका थिए । मङ्गलवार पनि पहिलो खेल खेलाडीको पारिश्रमिक नपाएको कारण टस गर्न नमाने पछि खेल दुई घण्टा ढिला सुरु भएको थियो । १७ ओभरमा छोट्ट्याइएको खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । प्रतियोगितामा लिग चरणको ९ औं खेल खेलिरहेको लुम्बिनीले यसअघि, सात जित र एक हारको नतिजा निकालेको छ । लुम्बिनी १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । ७ खेल खेलको काठमाडौं ४ जित र तीन हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
1,560
काठमाडौं- नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्। उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए। नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय १२ जना रेडजोनमा रहेको समेत डा देवकोटाल जानकारी दिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,561
वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए । उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए । कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ भने । वि.सं.२०७७ पुस १६ बिहीवार ११:३५ मा प्रकाशित काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
1,562
नयाँ शक्ति विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पसको पारदर्शिता माग गर्दै आमरण अनशन थालेको छ। क्याम्पसमा व्यापक अनियमितता भएको गुनासो सहित तत्काल छानबिन माग गर्दै आइतबारदेखि नयाँ शक्तिका दुर्इ विद्यार्थी अनशनमा छन्। विज्ञान संकाय तेश्रो वर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौथो वर्षका विद्यार्थी कृष्ण अधिकारीले अनशन थालेका हुन्। उनीहरुले क्याम्पसको स्वर्णजयन्ती स्मृति भवनमा भएको अनियमितता छानबिन गरी दोषीउपर कायरबाही माग गरेका छन् । यस्तै, अहिलेसम्मकै वाषिर्क आम्दानी खर्च सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्न आहृवान समेत गरेका छन्। क्याम्पसमा भैरहेको राजनीतिक भागबन्डा अन्त्य गरी क्षमताका आधारमा पारदर्शी ढंगले नियुक्ती दिने व्यवस्था गर्न उनीहरुको माग छ। क्याम्पसको नियमित कामकाज डिजिटल बनाउनुपर्ने र एउटै क्याम्पसमा दुर्इ शिक्षा प्रणाली अन्त्य गरी समान शिक्षाको व्यवस्था तय गर्न उनीहरुले सुझाव दिए। माग पूरा नभएसम्म अनशन अन्त्य नहुने विद्यार्थीले बताएका छन्। ‘हाम्रो माग सुनुवाइ नभएसम्म अनशन रोकिँदैन’-विद्यार्थी कृष्ण अधिकारीले भने-‘माग गम्भीरता पूर्वक लिइयोस् र जतिसक्दो छिटो माग पूरा गरियोस्।’ उनीहरुले मागप्रति बेवास्ता गरिए क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिने चेतावनी पनि दिएका छन्। नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय महासचिव नेत्र चापागाईंले क्याम्पस सुधारका माग सबैको साझा एजेन्डा भएकाले ऐक्यबद्धता जनाउन अन्य विद्यार्थी संगठनलाई आग्रह गरेका छन् ।
1,563
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ । उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।
1,564
प्रदेशसभा नियमावलीसहित १२ वटा विधेयक पारित गर्दै ९३ दिनसम्म चलेको प्रदेश १ को पहिलो अधिवेशन बुधबार राती १२ बाट अन्त्य भएको छ ।संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पठाएको पत्र बुधबार बसेको ३९ औं बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाएसँगै अधिवेशन अन्त्य भएको हो । माघ २२ गते सोमबार सुरु भएको प्रदेशसभाको पहिलो अधिवेशसन ९३ दिन चलेको थियो । त्यसमध्ये २२ दिनमा ३९ पटक बैठक बसेको थियो । २२ दिनमा २८ घण्टा १८ मिनेट संसदीय काम कारबाहीमा बितेको सभामुख भण्डारीले बताए । माघ २२ गतेको बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि सर्वसम्मत पारित गरेको थियो । माघ २९ गतेको बैठकले सभामुख र फागुन ३ गतेको बैठकले उपसभामुख निर्वाचित गरेको थियो । फागुन १४ गतेको बैठकले ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । लीलाबल्लभ अधिकारीको संयोजकत्वमा बनेको उक्त समितिले चैत ७ गते प्रतिवेदन बैठकमा प्रस्तुत गरेको थियो । चैत ८ गते छलफल र संशोधनपश्चात प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ सर्वसम्मतिले पारित भएको थियो । चैत २८ गतेको बैठकले न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गर्दै सदस्यको मनोनयन गरेको थियो । चैत २९ गते प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सभालाई सम्बोधन गरेका थिए । चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत तथा टेबुल गरेका थिए भने २०७५ वैशाख ४ गते बैठकमा विनियोजन विधेयक प्रस्तुत गरिएको थियो । ५ गते विनियोजन विधेयक पारित भएको थियो । यसैगरी फागुन १४ र वैशाख २६ गते मुख्यमन्त्री शेरधन राईले सदनलाई सम्बोधन गरेका थिए । चैत १९ गते प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४, वैशाख ५ मा विनियोजन विधेयक, वैशाख ११ मा प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) विधेयक, २०७४, वैशाख १२ मा प्रदेश नं.१ आकस्मिक कोष संचालन विधेयक, २०७५, वैशाख २० मा आकस्मिक कोष संचालन विधेयक, वैशाख २३ मा जिल्लासभाको संचालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । यसैगरी वैशाख २४ गतेको बैठकले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा तथा नगरसभाका सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी एकै दिन पाँच वटा विधेयक पारित गरेको थियो । वैशाख २३ को बैठकले भने प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि न्याय, प्रशासन तथा विधायन समितिमा पठाइएको प्रदेश सभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले बताए । ‘राजधानी र नाम सहमतिमा’प्रदेशको स्थायी राजधानी र नाम सहमतिबाट घोषणा गरिने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘संविधानले अधिकार दिएको छ भन्दैमा सदस्यहरूका टाउका गनेर लाइनमा बसेर हामी दुनियाँलाई रमिता देखाउन चाहँदैनौं । न त भावनामा बगेर होस या कसैको दवावमा परेर स्थायी राजधानी तोकिने काम हुन सक्दैन । उनले यसका लागि प्रमुख दलका केन्द्रीयदेखि प्रदेश स्तरका नेताहरूसँग पनि छलफल भइरहेको बताए । उनले सदस्यहरूलाई अनावश्यक लबिङ र टीकाटिप्पणी नगर्न समेत आग्रह गरे । ‘मेरो प्रयास सहमतिबाट टुङग्याउने छ,’ उनले भने, ‘त्यसलाई पुरा गर्छु भन्ने विश्वास पनि लिएको छु ।’ मुख्यमन्त्री राईले सदनमा बोल्दै चुनौतीका पहाड चिर्दै आफूहरू अघि बढिरहेको बताए । संघीयता विकासको आधार र मुल माध्यम भएकाले यसलाई सफल वनाउने दायित्व सवैको भएको उनको भनाइ थियो । सरकार र सदनले गति लिन सकेन भन्ने कुराको खण्डन गर्दै मुख्यमन्त्री राईले भने, ‘हामी कसैले बनाइदिएको मुल वाटोमा हैन आफ्ले आफू हिंड्ने वाटो बनाउँदै अघि बढिरहेका छांै । अरु प्रदेशले २ वटा विधेयक पारित गर्दा हामीले ११ वटा विधेयक बनाएका छौं । यसैले पनि गति कस्तो छ भन्ने संकेत गर्छ ।’ प्रदेश सभाको पहिलो अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले पहिलो र नौलो अभ्यासले धेरै कुरा सिक्न पाएको बताए । सदनमा प्रतिपक्ष दल रमिते मात्र बनेर नबसेको भन्दै सरकारलाई गुण र दोषका आधारमा सहयोग र असहयोग गर्ने नीति आफूहरूको रहेको कोइरालाको भनाइ थियो । प्रतिपक्षी भन्नेबित्तिकै जहाँ पनि विरोध नै गर्नुपर्छ भन्ने मान्यतालाई चिर्न खोजेको कोइरालाको भनाइ थियो । तर पनि सत्तापक्षले बेला–बेला गर्ने गरेका छलकपट र द्वैध चरित्र देखाएको भन्दै त्यसले सत्ता पक्षलाई नै घाटा पुग्ने बताए । कांग्रेसले सदनमा वैचारिक लडाइँ लड्ने कोइरालाको भनाइ थियो । यसैगरी बैठकमा संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले संघीयता जगबाटै बलियो बनाउने काम भइरहेको बताए  ।
1,565
नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो । अनुराग प्रधानले निर्देशन गर्नुभएको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनुभएको छ । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने छ । सिरिज काठमाडौँभित्र करिब एक महिना छायाङ्कन हुने छ ।
1,566
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका छन् ।
1,567
साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ । नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिए । यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उनले बताए । उनले हवाई कारबाहीबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको पनि बताए । हवाई कारबाही पश्चात् एसटीसीसँग आबद्ध सेनाले आफ्नो गन्तव्यमा फिर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ । एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको छ । यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न चेतावनी दिएको थियो । साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धबिराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो । हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ । एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ । (रासस) वि.सं.२०७६ साउन २६ आइतवार १५:३५ मा प्रकाशित ढाका ।
1,568
गायक विजय लामा सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । डेढ दशकपछि अमेरिकाका विभिन्न राज्यमा आफ्नो सांगीतिक प्रस्तुति लिएर गएका गायक लामाले जनवरी २९ मा टेक्सास र फेब्रुअरी ११ मा क्यालिफोर्नियामा आफ्नो प्रस्तुती दिँदै छन् । सांगीतिक कार्यक्रमको शिलशिलामा गत हप्ता अमेरिका उडेका गायक लामाले २८५९ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाद्वारा आयोजित दम्फु साँझमा अमेरिकाको न्युयोर्क राज्यस्थित कुइन्स शहरमा दम्फु साँझमा दिएको प्रस्तुतिमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो । सो अवसरमा गायक लामाले तमाङ भाषाको नबोल्ने माया बोलिदेउ, ए कान्छी भोलि फर्की आउँछु आउँदिन, तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको लगायतका गीतहरु गाउँदा दर्शक मज्जैले झुमेका थिए । गायक लामाले केही समयअघि मात्रै नलाउ भन्छु माया बोलको गीत बजारमा ल्याएका थिए ।
1,569
नेपालका तर्फबाट आइतबार सम्झौतामा हस्ताक्षर गरिएको हो। उक्त सम्झौतामा अब चीनले पनि हस्ताक्षर गरेर नेपाललाई पठाउने छ। नेपालले जीटूजी प्रक्रियाबाट चीनको सरकारी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको हो। ‘नेपाली पक्षले सम्झौतामा हस्ताक्षर गरेर पठाएको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘चिनियाँ पक्षले हस्तार गरेपछि यसबारे विस्तृत जानकारी दिन्छौँ।’ सम्झौता अनुसार सेनाले सोमबार नै चीनलाई रकम पठाउने तयारी गरेको छ। ‘हामीले जति छिटो पैसा पठाउन सक्यौँ, उताबाट त्यति नै छिटो स्वास्थ्य सामग्री उपलब्ध हुने छ,’ उनले भने। नेपालले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो। चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने जनाएको छ। यसअघि दुुई देशबीच सम्झौताको खाका आदान प्रदान भएको थियो। खाकामा सहमति जुटेपछि सम्झौतामा हस्ताक्षर भएको हो। यस्तै भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउन सम्झौता प्रक्रिया अगाडि बढेको छ। सेनाले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउन लागेको हो। सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
1,570
कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ । प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ः०० बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका सबै नाका पूर्णरूपले बन्द गरेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा सोमवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले प्रदेशको सीमा लकडाउन कायम राखेर अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु एवं सामग्री ल्याउन खुला गरेको हो । बैठकले विकास निर्माणका सामग्री, खाद्यान्न, ग्यास, पेट्रोलियमजस्ता पदार्थको आयात नियन्त्रितरूपमा खुला गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिए। बैठकले कृषिजन्य निर्माणका सामग्री र बीउबिजन, मल, दाना, भुराको आयातलाई सहज बनाउने तर चल्ला, तरकारी, अण्डाजस्ता कृषि तथा पशुपक्षीजन्य वस्तुमा रोक लगाउने निर्णय गरेको प्रमुख सचिव पाण्डेले बताए। त्यस्तै बैठकले कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार बबईमा हालसम्म अलपत्र परेका नागरिकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा बस्ने शर्तमा जान दिने र बाँकी रहेकालाई प्रदेश सरकारको क्वारेन्टाइनमा व्यवस्थापन गर्ने निर्णय गरेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहीले कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि गरिएको एक साताको लकडाउन प्रभावकारी रहेको प्रतिक्रिया दिँदै यसले समस्या पहिचान गरेर सरकारलाई अघि बढ्न सहयोग पुगेको बताए । “सीमानाकामा लकडाउन कायमै राखिन्छ”, मुख्यमन्त्री शाहीले भने, “भारतले सोमवारबाट गरेको रेल बुकिङले त्यहाँबाट कर्णाली आउने नागरिकलाई बबई सीमानाकाबाटै स्थानीय तहको समन्वयमा व्यवस्थापन गर्ने काम गर्छौँ ।” मुख्यमन्त्री शाहीले भारतबाट कर्णालीमा १५ हजार नागरिक भित्रिन सक्ने भन्दै स्थानीय तहहरुलाई क्वारेन्टाइन निर्माणका लागि सुझावात्मक निर्देशन दिइने जनाए। प्रदेश सरकारले १० दिनभित्रै कर्णालीका १० हजार नागरिकको स्वाब नमूना परीक्षण गरी सङ्क्रमण देखिएमा सो स्थानलाई ‘रेडजोन’का रूपमा घोषणा गरी सिल गर्ने र नदेखिएका ठाउँमा सामाजिक दूरी कायम गर्न लगाएर विकासकार्य अगाडि बढाउने उनले जनाए। त्यसैगरी बैठकले बाहिरबाट ल्याएका विकास निर्माणका सामग्री भित्र्याउन परेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित पालिकाको सिफारिसमा गाडी नम्बर लिएर जिल्ला प्रवेश गर्न दिने र मजदुरका सवालमा ठेकेदारले नै व्यवस्थापन गर्न लगाउने निर्णय गरेको छ । त्यसका साथै दैनिक उपभोग्य तथा निर्माणका सामग्री बिक्री वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समय तालिकानुसार गर्न लगाउने निर्णय गरिएको छ ।
1,571
सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ । कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ । तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला । कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । श्री शाके १९४६ । बि स २०८१ साल साउन ६ गते आइतबार । इश्वी सन श्री शाके १९४६ । बि स २०८१ साल साउन ५ गते शनिबार । इश्वी सन ताप्लेजुङ, साउन ४ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले श्री शाके १९४६ । बि स २०८१ साल साउन ४ गते शुक्रबार । इश्वी सन श्री शाके १९४६ । बि स २०८१ साल साउन ३ गते बिहिबार । इश्वी सन भैरहवा (रुपन्देही), २ साउन । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको काठमाडौं, साउन २ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार श्री शाके १९४६ । बि स २०८१ साल साउन २ गते बुधबार । इश्वी सन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
1,572
एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकममा आवद्ध हुनुहुनेछ । यसका लागि नेपाल दूरसंचार प्राधिकरणले छुट्टै पोर्टलको व्यवस्था गरेको छ। प्राधिकरणको यो वेबसाइटमा गएर बायाँ तर्फको ‘आफ्नो मोबाइलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नहोस्’ भन्ने बक्समा गएर हेर्न सकिन्छ । जानकी : बाँकेको बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै बित्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन हुँदा ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यबसायीक तालीम केन्द्रबाट सम्बन्धनसमेत पाएको छ । संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो । अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर सार्वजनिक गरेका छन् ।
1,573
राष्ट्रपति डा रामवरण यादवले वर्षा लागिसकेकाे हुनाले खाद्यान्न भन्डारण गर्नु पर्ने बताएका छन् । भूकम्पपछिकाे राहत र पुर्नस्थापनाकाे अवस्था बुझ्न दाेलखा अाइपुगेका राष्ट्रपतिले यहाँका दल र सभासद्हरुसँगकाे अन्तरक्रियामा यस्ताे बताएका हुन् ।
1,574
उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनीको दावी छ । उक्त सम्झौतामासोनापुर मिनरल्स्का प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स एण्ड आयल), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबीएल एस क्यापिटल) रसचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल)ले मिति २०७७ माघ ०७ गते हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,575
पोखरा महानगरपालिका वडा नं. ३ का स्थानीयले सडकमा छाडा कुकुर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले छाडा कुकुरका कारण घर वरिपरिको वातावरण प्रदूषण भएको, सडक दुर्घटना हुने र कुकुरकै कारण छिमेकीबीचमा मनमुटावसमेत हुने गरेको दुखेको पोखे । वडा कार्यालय पोखरा–३ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले यस्तो दुखेसो पोखेका हुन् । सहभागीले वडाबाट हुने सेवा प्रवाह, विकास निर्माण, फोहोर व्यवस्थापनका साथै समसामयिक विषयमा चासो राखेका थिए । शान्तिवारी महिला मिलन समूह पोखरा–३ की अध्यक्ष गीताकुमारी अधिकारी कुँवरले कुकुर नछाड्न भनेर छिमेकीसँग आग्रह गर्दा उल्टै झगडा गरेर बोलचाल नै बन्द भएको दु:खेसो पोखिन् । स्थानीय कविता बराल लम्सालले छाडा कुकुरले निकै दुख दिने गरेको भन्दै यसका लागि टोल विकास संस्था, वडा कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नभएको सुनाइन् । उनले भनिन्, ‘सडकमा कुकुर कराउँदा रातभर सुत्नै सकिन्न । घर वरपर फोहोर गरिदिन्छ, सफा गरेर साध्यै लाग्दैन । अर्कोतर्फ कुकुर मोटरसाइकलमै झुण्डिन पुग्दा दुर्घटना बढेको छ भने बालबालिकालाई टोक्ने डर उत्तिकै छ ।’ वडा सदस्य सनकमान सिकेले सडकमा कुकुर नछाड्न पटक पटक आग्रह गर्दा पनि कतिपयले अटेर गरेको बताए । उनले कुकुरको दिसाबाट हुने जोखिम र अन्य जोखिमका बारेमा जानकारीसहितको पोीटर प्रिन्ट गरेर घरघरमा वितरण गरेको भए पनि स्थानीयले नै अटेर गरेको स्पष्ट पारे । कार्यक्रममा वडावासीले उठाएका जिज्ञासा र गुनासा सम्बोेधन गर्दै वडाध्यक्ष प्रकाशमान उदासले वडावासीको सेवामा आफू सधैं लागिरहने प्रतिबद्धता जनाए । उनले सीमित बजेटले वडावासीका सबै आवश्यकता पूरा गर्न नसकिने भन्दै क्रमिकरुपमा काम गरिँदै आएको बताए । वडा सचिव चन्द्रवती वाग्लेले गतवर्षको सम्पन्न भएका र निर्माणाधीन योजनाहरूबारे चर्चा गरेकी थिइन् । उनले पोखराका ३३ वडामध्ये पोखरा–३ उत्कृष्ट वडाको रुपमा घोषित भएको समेत जानकारी दिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, नेकपा एमालेका वडा सचिव विष्णुशंकर खैंजु, राप्रपाका अध्यक्ष मोतीमान शाक्य, सामाजिक अभियन्ता पार्वता पौडेल, वडा सदस्य शान्तिदेवी पराजुलीलगायतले विकास निर्माणमा पूर्वाग्रही हुन नहुने बताएका थिए । वडाध्यक्ष उदासको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी र स्टेसन म्यानेजर मधु अधिकारीले सहजीकरण गरेका थिए ।
1,576
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चालकको अपरेसन सकिएको छ । चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चालक दिलबहादुर थापाको अपरेसन सकिए पनि भेन्टिलेटरमा राखिएको छ । उनको स्थिति नाजुक रहेको कार्कीले जानकारी दिए । चितवनको भरतपुर–११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) उपचार भइरहेको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । घटनाको अनुसन्धान जारी रहेको कार्कीले जानकारी दिए ।
1,577
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले अत्याधिक रुचाइएको इसेवा केयर सुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेको छ। दैनिक एक रुपैयाँ भन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो। अफर अन्तरगत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ। यो सेवा आइतबार खरीद गरेमा एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन्। इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ। यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन। यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २३०००० सम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ। जस अन्तर्गत अस्पतालको बेड चार्जमा १०००० रूपैयाँसम्म र २२०,००० सम्मको दुर्घटना बीमा उपलब्ध छ। साथै बिभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यबस्था गरिएको छ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्दछन्। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुईलाख भन्दा मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
1,578
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्पपीडित जनतालाई आग्रह गरेका हुन् । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कार्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् । भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनर्निर्माणमा ढिलाइ भएकोमा कारण बुझ्न आवश्यक भएको भन्दै ‘एक घर एक परियोजना’ बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट जनता वञ्चित हुने सम्भावना रहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर) का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीन व्यक्तिले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्व सम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुननिर्माण गर्न इच्छुक नहुनु लगायतका समस्या रहेको बताए ।
1,579
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत रहेको बताएका छन् । उनले भने,‘जनताको समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन ।’ ललितपुरमा बुधबार राजदल गण राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने पनि विश्वास दिलाए । ओलीले सम्बृद्धिका लागि राष्ट्रिय भावना पनि जरुरी हुने बताए । उनले भने, ‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन ।’ प्रधानमन्त्री ओलीले समृद्धिका लागि युवाहरुको महत्पुर्ण योगदान हुने भन्दै युवालाई सीप, सिकाएर दक्ष बनाउन जरुरी रहेको बताए । समारोहमा १३ औँ व्याजका क्याडेटहरुलाई दीक्षित गरिएको थियो । काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
1,580
नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अङ्कमा पुगेको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ । नेप्सेमा ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ । इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ् नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ । मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् । सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।
1,581
अनिल जोशी र अस्मिता अधिकारीको आवाजमा रहेको ‘जनकपुरे रेल’ बोलको गीत सार्वजनिक भएको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा सरोज अधिकारी र आश्मा बिस्वकर्मा फिचर्ड छन् । उक्त गीतको शब्द र संगीत पनि अनिलकै रहेको छ । भिडियोलाई सिलम लम्सालले सम्पादन गरेका हुन । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको गीतमा मोहित मुनाल संगीत संयोजन रहेको छ । सेभेन इलाभेन म्युजिक फ्याक्ट्री युट्युब च्यानल बाट गीतलाई रिलिज गरिएको छ । वि.सं.२०७७ पुस २४ शुक्रवार ११:५५ मा प्रकाशित काठमाडौँ ।
1,582
काठमाडौं : युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलका दोस्रो लेगको खेलमा स्पेनिश क्लब बार्सिलोनाले लज्जास्पद हार भोगेको छ । मंगलबारराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलसँग ४–० ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ४–० ले हराएर लिभरपुलले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा लिभरपुल ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो लेगमासनशनीपूर्ण प्रदर्शन गर्दै समग्रमा ४–३ को जित दर्ता गर्न सफल भयो । लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनो विज्नाल्डमले २–२ गोल गरे । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
1,583
कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म÷पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन् । यस्तै औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन् । आव २०७६÷७७ मा आठ हजार सात सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७÷७८ मा १२ हजार छ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । अधिकारीले भनिन्, “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन् ।” सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ । अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ । यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ । केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ । प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ । केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ । यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको छ । आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले एक सय ३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए । उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ । त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन् । अमला, हर्राे, बर्राे, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ । उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ । उपकरण खरिदका लागि रु दुई करोड र कच्चा पदार्थ खरिदका लागि रु ६० लाख बजेट विनियोजन भइसकेको छ ।
1,584
बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरिएको भए पनि बिहीबार उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाइएको छ। महानगरीय प्रहरी कार्यालय कै एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएका हुन्। २४ घण्टा नबित्दै संयोजक परिवर्तन गर्नुको कारण एसएसपी किरण बज्राचार्य यसअघिको एसिडको घटनामा समेत केन्द्रित भएको र नभ्याउने भएकाले उनलाई हटाई यादवलाई समितिमा राखिएको डीआईजी विश्वराज पोख्रेलले बताए। समितिमा भएका मध्य जो वरिष्ठ छ, उही संयोजक हुने भएकाले यादव संयोजक बनेको डीआईजी पोख्रलको भनाइ छ। एसएसपी थापाभन्दा यादव वरिष्ठ हुन्। यादवको संयोजकत्वमा गठित समितिको संयोजकत्वमा एसएसपी दीपक थापा, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी राजकुमार केसी र दुर्गा दाहाल सदस्य छन्। मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका क्रममा भएको थियो। प्रहरीले पछि गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कार्पियो भागेको थियो। १५ केजीमध्ये आधा केजी मात्रै सुन भएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो। तर, हतियारसहितका अभियुक्त प्रहरीको अगाडिबाटै गाडीमा भाग्न सफल भएको भन्दै प्रहरीमाथि नै छानविन सुरु भएको हो। दरबारमार्ग प्रहरी बृत्तले गरेको उक्त अप्रेसनका बारेमा अन्य युनिटलाई खबरसमेत नगर्दा अभियुक्त भाग्न सफल भएका थिए। काठमाडौंबाट भागेका अभियुक्तलाई अपराध महाशाखाको टोलीले नवलपरासी पूर्वबाट भारततर्फ भाग्न लाग्दा पक्राउ गरेको छ ।
1,585
उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ । त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधार शिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन् । पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपीसीसीले मानिसको मलमूत्र संकलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर, त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् । आधार शिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाईलगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन् । सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार ९ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र संकलन गरेको एसपीसीसीको कार्यालय नाम्चेले जनाएको छ । योभन्दाअघिदेखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौंसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिनेलगायतका समस्या अहिले देखिएका छन् । यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।
1,586
२०७५ चैत ७ गते बैंककमा भएको बैठकमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ‘पाकिस्तानलाई आतंककारी संरक्षक राष्ट्र’ भन्नुपर्ने प्रस्ताव अघि सारेका थिए। आइजीपी खनालले त्यसलाई अनुमोदन गरेका थिए। उनले अनुमोदन गरेको बुँदा सरकारले आफ्नो अंग बनाउन अस्वीकार गरेको हो। गृह र परराष्ट्रका अधिकारीहरू महानिरीक्षक खनालले अनुमोदन गरेको विषय नेपालको परराष्ट्र नीतिविपरित हुने देखिएकाले सरकारको अंग बनाउन नसकिने निष्कर्षमा पुगेका हुन्। दुवै मन्त्रालयका अधिकारी सहमत भएसँगै परराष्ट्र मन्त्रालयमार्फत् सो बुँदा ‘त्याग्न’ बिमस्टेक सचिवालयलाई पत्राचार गरिएको गृह स्रोतले नेपालखबरलाइ बतायो। ढाकास्थित बिमस्टेक सचिवालयले डोभालले राखेको ‘भारत शासित कस्मिरको पुलवामा २०७५ फागुन २ गते पाकिस्तान समर्थित आतंकवादीले हमला गरे’ भन्ने प्रस्तावमा नेपालले समर्थन जनाएकाले सरकारबाट अनुमोदनका लागि पत्राचार गरेको थियो। गृहले दुई महिनाभन्दा बढी समय लगाएर अध्ययन तथा विज्ञहरुसँग छलफल गरेपछि महानिरीक्षक खनालले गरेको गल्ती सच्याउँदै सो बुँदा ‘त्याग्ने’ निष्कर्ष निकालेको हो। ‘हामीले परराष्ट्रलाई पत्र लेख्दै सम्बन्धित बुँदा हटाउन भनेका छौं,’ गृह स्रोतले सोमबार नेपालखबरसँग भन्यो,‘बैठकमा सहभागी नेतृत्व (आइजीपी खनाल) ले गरेको गल्तीका विषयमा अझै अनुसन्धान जारी छ।’ सम्बन्धित खबर: आइजीपी खनाल बिमस्टेकमा अजित डोभालसँग श्वर मिलाएर फर्किएको केही समयपछि २०७६ वैशाख अन्तिम साता भारतले उनलाई भ्रमण निमन्त्रणा पठाएको थियो। उद्देश्य नखुलाई पठाइएको सो निमन्त्रणा गृहले रोकेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो। खनालबाट कसरी उक्त निर्णय भयो भन्ने विषयमा भइरहेको आन्तरिक छानबिन अझै जारी रहेको गृह स्रोतको भनाइ छ। यसअघि गृहले आइजीपी खनालसँगै बैंकक जाने प्रतिनिधिमण्डलका अन्य सदस्यहरुसँग सोधपुछ गरेको थियो। सरकारले ढिलोगरी परराष्ट्रमार्फत् उल्लिखत बुँदा हटाउन ढाकास्थित बिमस्टेक सचिवालयलाई ‘अबान्डनमेन्ट’ पत्र पठाएको हो। महानिरीक्षक खनालले दुई देशीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्च बैठकमा जाँदा त्यसका अन्तरवस्तु गृह र परारष्ट्र मन्त्रालयसँग पूर्व स्वीकृति लिएर मात्र पेश गर्नुपर्छ। यो प्रकरणमा उनले गृह र परराष्ट्रलाई ‘बाइपास’ गरेर परराष्ट्र नीति उल्लंघन गर्दै डोभाललाई साथ दिएको ठहर गृहको छ। सम्बन्धित खबर: पूर्व छलफल मात्र नगरेको होइन महानिरीक्षक खनालले स्वदेश फर्केपछि समेत मन्त्री र सचिवलाई ब्रिफिङ नगरेको पुष्टि भएको छ। सरकारसँग पूर्वस्वीकृति नलिइ देशको परराष्ट्र नीतिविपरित डोभालसँग सन्देहजनक गठजोड गरेको निष्कर्ष गृहको छ। २०७५ चैत ७ गते बैंककमा बिमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुको बैठक भएको थियो। रणनीतिक महत्वको सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व महानिरीक्षक खनालले गरेका थिए। प्रतिनिधिमण्डलमा सशस्त्रका डिआइजी खड्ग राई, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङ र परराष्ट्रका एक अधिकृत सहभागी थिए। बैठकमा सहभागी थाइल्यान्डसहितका प्रतिनिधिले सो विषय कुटनीतिक मर्यादाविपरित भएको भन्दै पन्छिएका थिए। ‘आतंककारी हमला हुनु दुःखद् हो। यो दुःखको घडिमा हामी भारतीय जनता र भारत सरकारको साथमा छौं तर कुटनीतिक मर्यादाको दृष्टिले यो विषयलाई प्रस्ताव बनाउन भने असमर्थ छौं’, थाइल्यान्डका प्रतिनिधि जनरल वानलुप रुगसनोहले बैठकमा भनेका थिए। श्रीलंकाली प्रतिनिधि पनि कुटनीतिक मर्यादाविपरित हुने भन्दै त्यसलाई प्रस्ताव बनाउन असहमत भएका थिए। सम्बन्धित खबर: नेपालका प्रतिनिधि महानिरीक्षक खनालले भने नेपालको परराष्ट्र नीति, कुटनीतिक मर्यादाविपरित डोभालले उठाएको विषय ‘इन्डोर्स’ गरिदिए। भारतको प्रस्तावले नेपाल, भुटान, म्यानमार र बंगलादेशको समर्थन पाएपछि डोभालले उठाएको प्रस्ताव बैठकको विषय बनेको थियो। बैठकमा बंगलादेशका तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अवकाशप्राप्त मेजर जर्नेल तारिक अहमद सिद्धिकी, भुटानको गृह तथा सांस्कृति मन्त्रालयका सचिव सोनाम तोग्बे, म्यानमारका संघीय मन्त्री यु थुङ टुन सहभागी थिए। बिमस्टेकका महासचिव एम सहिदुल इस्लामले सदस्य सचिव भूमिका निर्वाह गरेको बैठकमा श्रीलंकाको सैनिक गुप्तचर विभागका निर्देशक एचकेएसिआर कोडिथुवाकु सहभागी थिए ।
1,587
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट अछामले ६ दशकपछि एक जना केन्द्रीय सदस्य प्राप्त गरेको छ । झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो । बिहीबार सम्पन्न भएको मतगणनाबाट पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्दबहादुर शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी खस आर्यतर्फबाट २०१४ मत ल्याएर विजयी भएका हुन् । २०१७ सालमा नेपाली कांग्रेसको ७ औँ महाधिवेशनबाट अछामबाट दिलबहादुर बुढ्थापा पहिलो केन्द्रीय सदस्य बनेका थिए। त्यसपछिका कुनै पनि महाधिवेशनबाट अछाम कांग्रेसका नेता केन्द्रीय समितिमा पर्न सकेनन् । अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पूर्वराज्य मन्त्री शाह १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी २०३३ सालमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिबाट प्रभावित हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए। २०३५ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी २०४८ साल, २०५६ सालमा अछाम क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल र २०६४ सालमा तत्कालीन नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरसँग शाह पराजित भएका थिए । २०५५ सालमा शाह १० महिनासम्म सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए ।
1,588
सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्। बैंक र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्। यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,589
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले कांग्रेस निर्लज्ज र निर्वस्त्र भइसकेकाे आरोप लगाएका छन्। ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उन्मुक्ति पाएपछि विरोधमा उत्रेको कांग्रेसलाई उनले जवाफ फर्काउँदै यस्ताे बताएका हुन्। कांग्रेसका नेताहरु एकपछि अर्को गरी भ्रष्टचार मुद्दामा मुछिदा पार्टी निर्लज्ज र निर्वस्त्र भएको उनकाे भनाइ छ। तत्कालीन समयमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका रिजालले कांग्रेस लोकले के भन्ला भन्ने अलिकति पनि ख्याल नगरेर बकवास गरिरहेकाे बताए। मन्त्रिपरिषद्को निर्णयको सबैभन्दा बढी जवाफदेही व्यक्ति तत्कालीन प्रधानमन्त्री र मुख्यसचिव हुने कांग्रेसको ठहर छ। पार्टी उपसभापति विजय गच्छदारलाई अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले राजनीति पुर्वाग्रहमा आफ्ना नेता फसाइएको भन्दै विरोधमा उत्रेको छ। कांग्रेसको तर्कलाई खण्डन गर्दै नेता रिजालले आफ्ना नेतामाथि भ्रष्टाचारको मुद्दा लागेको भन्दा पनि नेकपाका नेतामाथि मुद्दा नलागेकोमा चिन्ता भएको बताएका छन्। सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री नेपाल ‘दोषमुक्त रहेको १२ तथ्य’ राखेका छन्। नेपाललाई अनियमतिता मुद्दामा कांग्रेसको प्रयास रहेको भन्दै उनले आपत्ति प्रकट गर्दै प्रश्न गर्छन्, ‘आफू भ्रष्ट भयौँ, अरु भएनन् भन्नुभन्दा आफू भ्रष्ट नहुने सद्बुद्धि कांग्रेसका नेताहरुमा कहिले आउला?’ उनले जानीजानी त्यतिबेला नक्कली मोहीलाई जग्गा नदिइएको प्रष्टाए। नक्कली मोही खडा गरी जग्गा दिइयो भन्नु दुराग्रहबाट प्रेरित, तथ्यविपरीत र बद्नाम गर्ने योजनाका साथ ल्याइएको उनको भनाइ छ। नेपालका तत्कालीन प्रेस सल्लाहकार रिजाल भन्छन्, ‘माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले कुनै एकजना पनि नयाँ मोही खडा गरेको छैन।’ असरल्ल र अव्यवस्थित सरकारी निवासहरुलाई व्यवस्थित बनाउने प्रयास भएको उनको दाबी छ। प्रधानमन्त्री निवास विस्तार गर्ने, प्रधानन्यायाधीश र सभामुख निवासलाई जोड्ने गरी बाटो खोल्ने काम प्रधानमन्त्रीको योजनाअनुसार अघि बढाइएको उनले प्रष्टाए। १. ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई जबर्जस्ती तान्ने कोसिस गरिएको छ। मन्त्रिपरिषद्को निर्णय प्रक्रिया, मौजुदा कानुनी प्रबन्ध र भएका निर्णयहरुलाई नकेलाएरै ’सिफारिश गर्ने मन्त्री र कर्मचारी दोषी, निर्णय गर्ने प्रधानमन्त्री निर्दोष हुन्छ र?’ भन्दै जनमतलाई भ्रमित पार्ने, विषयवस्तुलाई तोडमोड गर्ने र मूल मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने कोसिस भएको छ। २. सबभन्दा ध्यान दिनुपर्ने कुरा मन्त्रिपरिषद्को निर्णय प्रक्रिया हो, जहाँ प्रक्रियासम्मत रुपमा मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल हुन्छ। कुन विषयमा के गर्ने, कसरी त्यो निर्णय गर्नुपर्ने भयो भनेर सबै कुरा मन्त्रालयबाट तयार भएर मन्त्रिपरिषद्‌बाट निर्णय हुनुपर्ने व्यहोरासमेत लेखेर मन्त्रिपरिषद्‌मा पठाइन्छ। त्यसक्रममा शाखा अधिकृतदेखि सचिव हुँदै मन्त्रीकोमा फाइल आइपुग्छ र मन्त्रीले मन्त्रिपरिषद्‌मा लैजाने गरी स्वीकृति प्रदान गरेपछि प्रस्ताव मन्त्रिपरिषद्‌मा दर्ता हुन्छ। मुख्य सचिवले जाँचडताल गरेपछि मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस हुन्छ र अधिकांश निर्णय ’प्रस्तावमा लेखिएबमोजिम गर्ने’ भनेर हुन्छ। यही प्रक्रिया अपनाइने भएकाले मन्त्रिपरिषद्का निर्णयलाई नीतिगत भनिन्छ, जुन सामूहिक रुपमा हुन्छ, प्रधानमन्त्री एक्लैले गर्ने होइन। ३. मानिलिऔं, कुनै मानिसले ढाँटेर नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा लोकसेवा दिएर सरकारी जागिर खायो र कालान्तरमा छानबिन हुँदा उसको प्रमाणपत्र नक्कली ठहर भयो। त्यस्तो अवस्थामा उसको प्रमाणपत्र खारेज हुन्छ, उसैमाथि कारवाही हुन्छ, न कि जागिर दिने लोकसेवा आयोग र तलब खुवाउने लेखाका कर्मचारीलाई। मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। ४. यति होल्डिंग्स्लाई गोकर्णको जग्गा लिजमा दिने निर्णय मन्त्रिपरिषद्‌बाट भएको छ। मानौँ, त्यसक्रममा जग्गाको मूल्यांकन र शुल्क निर्धारणमा कुनै कर्मचारीले केही काम कीर्ते गरेछ र ढाकछोप गरी प्रस्ताव तयार पारेको रहेछ, मन्त्रीले पनि सदर गरेर मन्त्रिपरिषद्‌मा पेस गरेछन् भने छानबिन हुँदा कारवाही ती कर्मचारी र मन्त्रीलाई हुन्छ कि मन्त्रिपरिषद्‌बाट निर्णय भएका आधारमा प्रधानमन्त्री केपी ओलीमाथि हुन्छ? पक्कै पनि त्यसरी गलत गर्ने कर्मचारी र त्यसलाई प्रस्तावका रुपमा ल्याउने मन्त्रीमाथि हुन्छ। ५. ललिता निवास प्रकरणमा पनि यही भएको हो। कुनै पनि प्रधानमन्त्रीले भर र विश्वास गर्ने आफू मातहतमा मन्त्रालय, विभाग, लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा रहेका राष्ट्रसेवक कर्मचारी र शपथ खाएका मन्त्रीहरुमाथि नै हो। कुनै मन्त्रालयबाट प्रक्रिया र नियमसम्मत रुपमा प्रस्ताव आउँछ भने त्यसमा लुकेको बद्नियत थाहा पाउने अन्तरयामी प्रधानमन्त्री हुँदैन। र, त्यस्ता प्रस्तावहरु गलत रुपमा आएका रहेछन् भन्ने छानबिन गर्नमा मन्त्रिपरिषद्को निर्णयले बाधा पुर्याएको विल्कुल मानिँदैन। त्यही भएर ‘ललिता निवास प्रकरणमा कहीँ कतै गल्ती भएको छ भने छानबिन होस’ भनेर तत्कालीन प्रधानमन्त्री नेपालले बारम्बार भनिरहनुभएको छ। ६. मन्त्रिपरिषद्ले गर्ने निर्णयमा माथि उल्लिखित प्रक्रियाभन्दा फरक प्रक्रियाबाट कुनै प्रधानमन्त्रीले काम गरेको छ भने नजिर दिँदा हुन्छ। ललिता निवास प्रकरणमा कानुनसम्मत रुपमा प्रस्ताव आएपछि प्रधानमन्त्रीले ’यो÷यो जग्गाको कित्ता भिडाइ पाऊँ वा ५० बर्षदेखि यस जग्गाको किनबेच के कसरी भएको रहेछ ?’ भनेर मालपोत र नापी कार्यालय जाने कुरा आउँदैनथ्यो। प्राप्त कागजात हेरेर निर्णय गर्ने हो, त्यही भएको छ। ७. प्रधानमन्त्री निवास विस्तारको योजना बनाएर प्रधानमन्त्रीले काम सुरु गर्न निर्देशन दिनुभन्दा पहिला नै भूमाफियाहरुले नक्कली मोही खडा गरिसकेका रहेछन् भन्ने कुरा अहिलेको छानबिनपछि मात्रै पत्ता लागेको हो। त्यसैले ‘जानीजानी त्यतिबेला नक्कली मोहीलाई जग्गा दिइयो’ भन्ने भनाइ दुराग्रहबाट प्रेरित, तथ्यविपरीत र बद्नाम गर्ने योजनाका साथ अघि आएको छ। ८. माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले कुनै एकजना पनि नयाँ मोही खडा गरेको छैन, पहिले नै खडा गरिएका मोहीहरुका नाममा कानुन अनुसार जग्गा दिन स्वीकृति दिने नीतिगत निर्णय मात्र गरेको छ। माथि नै उल्लेख गरियो, ती मोही नक्कली रहेछन् भन्ने कुरा छानबिनपछि अहिले पत्ता लागेको हो, त्यतिबेला होइन। त्यसकारण उनीहरुलाई जग्गा दिइएको हो। यसमा अन्यथा अर्थ खोज्नु निरर्थक छ। ९. माधवकुमार नेपाल प्रधानमन्त्री भएर वालुवाटार जाँदा प्रधानमन्त्री निवास असरल्ल थियो। ०४८ सालतिरै शिलान्यास भएको एउटा भवन वेवारिशे अवस्थामा लेउ लागेको थियो, सेनाको ब्यारेक जस्तापाता र बोराले बेरेको अवस्थामा थियो। ती भवन अघि बढाउनुका साथै प्रधानमन्त्री निवास विस्तार गर्ने, प्रधानन्यायाधीश र सभामुख निवासलाई जोड्ने गरी बाटो खोल्ने काम प्रधानमन्त्रीको योजना अनुसार अघि बढाइएको हो। त्यसबेला बनेका भवनमा अहिले प्रधानमन्त्रीको सचिवालय छ भने खोलिएको बाटो प्रयोग भइरहेको छ। १०. माधवकुमार नेपालले मन्त्रिपरिषद्‌बाट निर्णय गराएर आफ्नो नाममा जग्गा नामसारी गरेको वा आफन्तलाई बाँडे जसरी प्रचार गरिएको छ। जग्गा त्यहीँ छ, बाटो बनाएको बेठीक छ भने पुरिदिए भइहाल्यो, भवन बनाएको बेठीक छ भने भत्काएर सेनालाई पहिले जस्तै जस्तापाता र बोराका घरमा सारे भयो। ११. नेपाली कांग्रेसका नेताहरुलाई आफ्ना नेतामाथि भ्रष्टाचारको मुद्दा लागेको भन्दा पनि नेकपाका नेतामाथि मुद्दा नलागेकोमा चिन्ता देखिन्छ। आफू भ्रष्ट भयौँ, अरु भएनन् भन्नुभन्दा आफू भ्रष्ट नहुने सद्बुद्धि कांग्रेसका नेताहरुमा कहिले आउला ? जुन पार्टीका एकसे एक ’शक्तिशाली’ नेता भ्रष्टाचारमा मुछिँदै आएको इतिहास छ, त्यस पार्टीका नेताहरुले अरुमाथि औँला उठाउनु हास्यास्पद र निर्लज्ज छ। ‘एक लज्जा परित्यज्यम....’ भन्ने भनाइ कांग्रेसका नेताहरुका हकमा पूरै लागू हुन्छ। चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता र गोविन्दराज जोशी जस्ता ‘होनहार’ नेताहरुमाथि मुद्दा लाग्दा नै कांग्रेस निर्लज्ज र निर्वस्त्र भइसकेकाले होला, अहिले लोकले के भन्ला भन्ने अलिकति पनि ख्याल नगरेर बकबासमा उत्रिएको छ। १२. माधवकुमार नेपाल मुलुकको राजनीतिका एक निष्कलंक, स्वच्छ र पारदर्शी नेता हुनुहुन्छ। उहाँको बसोबास, रहनसहन र जीवनशैली हेर्दा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। अरु केही नपाएपछि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर त्यसमा मुछ्न सकिन्छ कि भन्ने प्रयास विफल भएको छ। छानबिन गराउनका लागि जस्ता पात्र छानियो र जसरी बद्नियतपूर्वक प्रतिवेदन तयार पारियो, त्यसक्रममा भएका घटनाक्रमहरु जानकारीभन्दा बाहिर छैनन्। माधव नेपाल प्रधानमन्त्री हुँदा भनेको ठाउँमा बस्न नपाउँदाको रिस साँध्न होस् वा अख्तियारमा नियुक्तिका लागि रिझाउन होस, दुरासयपूर्ण आदेश तामेली र प्रतिशोध लिने भित्र तथा बाहिरका घृणित कामले यसपटक सफलता पाउन सकेन। सुनको परख आगोमै हुन्छ। कमरेड माधव नेपालका हकमा पनि यही साबित भएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,590
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
1,591
नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा  विरोध प्रदर्शन गरेका हुन् ।
1,592
जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी वि देश जाने गरेका छन् । भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ ।
1,593
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले समावेशी र दलित प्रतिनिधित्व गराउन नसक्नु दुर्भाग्य भएको बताएका छन्। उनले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने बताएका छन्। कोइरालाले गण्डकी प्रदेशको पछिल्लो कदम अक्षम्य भूल भएको दावी गरेका छन्। ‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो’, उनले भनेका छन्, ‘पार्टीले गरेको त्यो अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।’ उनले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन, व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको उल्लेख गरेका छन्। ‘सामाजिक कुरीतिविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खी बनाएको छ’, उनले भनेका छन्, ‘त्यति मात्रै नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ ।
1,594
अमेरिकी सहयोग परियोजना (एमसीसी) का सन्दर्भमा जनता समाजवादी पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको प्रष्ट पारेको छ । जनता समाजवादी पार्टीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै निर्णय नभएको बताएको हो । पार्टीले एमसीसी भित्र अझै छलफल चलिरहेको बताउँदै जसपा एमसीसीको विपक्षमा उभिएको भन्दै बाहिररिएका खबरहरु गलत रहेको बताएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको उल्लेख छ । ‘हाल यस सम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’ विवादित एमसीसी परियोजना संसदबाट पारित गराउने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र तिब्र मतभेद छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस एमसीसीका पक्षमा देखिएको भएपनि संसदमा तेस्रो ठूलो दलको हैसियतमा रहेको जसपाले निर्णय लिएको छैन ।
1,595
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउने व्यवस्था मिलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल फर्कन चाहने नेपालीलाई विमान चार्टर गरेर यथाशीघ्र ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको हो । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने र स्वदेश फर्कन चाहनेहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने सरकारले निर्णय गरेको छ । साथै, स्वदेश फर्किने नेपालीहरुका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउने प्रबन्ध मिलाउने सरकारको निर्णय छ । काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौं, साउन १ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय दलको उपनेता तोक्ने तयारी गरेको छ काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन ।
1,596
नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेसका) मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्र) का माधब सापकोटा विजयी भए । यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् । १ क मा कांग्रैसका मसिना खड्का भण्डारी र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।
1,597
देशको भविष्य मजबुत बनाउन राज्यले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गर्नैपर्छ । कुनै पनि नागरिकले आफ्नो देशको भूगोल, इतिहास, संस्कृति र सभ्यताबारे जानकारी राख्नु जरुरी छ । यो नागरिकको दायित्व पनि हो । हाम्रा बालबालिकालाई प्राथमिक तहदेखि नै शिक्षण प्रक्रियाका विभिन्न विधिबाट आफ्नो देशको परिचय दिनुपर्छ । बालमस्तिष्कमा राष्ट्रियता, राष्ट्रिय भावना र बफादारिता, मानवता र नैतिक दायित्वको सही बिजारोपण गर्नुपर्छ । बालमस्तिष्क उर्वर भूमिजस्तै हो । यस भूमिमा हामी जस्तो बिजारोपण गर्छौं, त्यस्तै फल प्राप्त गर्छौं । काँचो माटो समानको बालमस्तिष्कलाई सही संस्कार र ज्ञानले प्रशिक्षण गरी ठोस आकार दिनुपर्छ । सानैदेखि राष्ट्रिय भावनाले दीक्षित व्यक्तिले कहिल्यै पनि राष्ट्रको अहित हुने विषयमा सोच्नै सक्दैन । हाम्रा बालबालिकाले हामीबाट धेरै कुरा सिकिरहेका हुन्छन् । ‘संसार बदल्नु छ भने सुरु आफैंबाट गर्नुपर्छ' भनेझैं बालबालिकालाई सही संस्कार दिन अभिभावक पनि बदलिनु आवश्यक छ । विशेषतः घरपछि स्कुलमा नै बालबालिकाले लामो समय बिताउने भएकाले विद्यालयलाई दोस्रो घर र शिक्षकशिक्षिकालाई आमाबाबु समान मानिएको हो । अभिभावक र शिक्षकशिक्षिकाबाट नै बालबालिकाले आफ्नो देशको भाषा, संस्कृति, संस्कार र रीतिरिवाजका विषयमा जानकारी प्राप्त गरिरहेका हुन्छन् । विभिन्न रूप, रंग, जातजाति, भाषाभाषीको संगमस्थल विद्यालय भएकाले यहाँबाट नै बालबालिकाले देशको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिको विषयमा जानकारी प्राप्त गरिरहेका हुन्छन् । समाज र विशेषगरी विद्यालयबाट नै बालबालिकाले आफ्नो संस्कृतिभन्दा पृथक संस्कृतिका व्यक्तिहरूसँगको सहसम्बन्धबाट भिन्न अस्तित्व स्वीकार गर्ने भावना विकास गरेका हुन्छन् । मौलिक संस्कृतिको गरिमा र यसको पहिचानको आधार विद्यालय र पाठ्यक्रमहरूको माध्यमबाट तयार हुन्छ । बालबालिकाले पढेर लेखेरभन्दा पनि देखेर सुनेर वा आफंैले अनुभव गरेर धेरै कुरा सिक्न र जान्न सक्छन् । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका पाठ्यक्रममा मानविकी विषयलाई समावेश गरिएको छ । मानविकी विषयहरूमा धर्म, संस्कृति, सम्पदा, राजनीति र इतिहासलगायतका सामाजिक सरोकारका विषयहरू पढिन्छ र पढाइन्छ । संग्रहालयसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकमले आफ्नो संग्रहालयसम्बन्धी परिभाषामा संग्रहालयलाई अनौपचारिक शैक्षिक केन्द्रका रूपमा परिभाषित गरेको छ भने अर्कोतिर युनेस्कोले आफ्नो शैक्षिक कार्यक्रममा संग्रहालय शिक्षालाई समावेश गरेको छ । मानविकीजस्तो सैद्धान्तिक विषयहरूलाई कलिलो बालमस्तिष्कले सजिलै बुझ्न र सम्झन नसक्ने हुन्छ । त्यसकारण बालबालिकालाई यी मानविकी विषयहरूको जानकारी गराउन शैक्षिक भ्रमण-स्थलगत अध्ययन आदिले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । सामाजिक रहनसहन, रीतिरिवाज, चालचलन, संस्कार, संस्कृति, प्रकृति र भूगोलको जानकारीका लागि शैक्षिक भ्रमणले प्रभावकारी भूमिका खेल्छ । विभिन्न धार्मिक तथा सांस्कृतिक तीर्थस्थल, पुरातात्विवक एवं ऐतिहासिक स्मारक र सम्पदास्थलहरू, विशेष जातिगत समूह र संस्कार बाहुल्य भएको समाज, चिडियाखाना, खोलानाला, झरना, हिमाल, पहाड आदि क्षेत्र महत्ववपूर्ण भ्रमणस्थल र अनौपचारिक शैक्षिक केन्द्र हुन् । यस्ता सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको भ्रमणबाट बालबालिकाले मनोरञ्जनका साथै व्यावहारिक ज्ञान प्राप्त गर्छन् । जुन ज्ञानले जीवन, जगत्, समाज र राष्ट्रलाई हेर्ने दृष्टिकोण र चिन्तनलाई अभिवृद्धि गराउँछ । इतिहास, संस्कृति र सभ्यताको अनौपचारिक जानकारीका लागि संग्रहालयले महत्ववपूर्ण भूमिका खेलिरहेको हुन्छ । बालमनोविज्ञान अत्यन्त जिज्ञासु स्वभावको हुन्छ । इतिहास र संस्कृतिसँग सम्बन्धित अनेकांै जिज्ञासा संग्रहालयको भ्रमणबाट समाधान हुन्छन् । साधारणतया हाम्रा पुर्खाले प्रयोग गरेका विभिन्न उपकरण हातहतियार, मूर्ति, पैसा, कागजपत्र, भोजपत्र, चित्रकला, धातुकला आदि संकलन, संरक्षण र प्रदर्शन गरिने स्थललाई संग्रहालय भन्ने गरिएको पाइन्छ । यी संग्रहालयको माध्यमबाट अनौपचारिक रूपमै बालबालिकाले इतिहास र संस्कृतिको विषयमा जानकारी प्राप्त गर्छन् । वर्तमान सभ्यताको ऐतिहासिक आधार इतिहास हो । हामी को हौं ? हाम्रो संस्कृति के हो ? हाम्रो समाजको ऐतिहासिक विकासक्रमको शृंखला कस्तो छ ? हाम्रो देश निर्माणका लागि हाम्रा पुर्खाहरूले के कस्तो योगदान दिए ? भन्ने विषयहरूको अनौपचारिक जानकारी संग्रहालयबाट नै हुन्छ । छाउनीस्थित सैनिक संग्रहालयबाट नेपाल-अंग्रेज र नेपाल-तिब्बत युद्ध हुँदाको विषयहरूलाई प्रदर्शनी गरिएको छ भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा देशैभरिबाट संकलन गरिएका इतिहास, संस्कृति र पुरातात्विवक महत्ववका सम्पदाहरू संकलन गरिएका सामग्री प्रदर्शनीमा राखिएका छन् । राष्ट्रिय संग्रहालयको प्रांगणमै जापान सरकारको सहयोगमा बालबालिका संग्रहालय स्थापना भएको छ । अहिले पुरातत्वव विभाग मातहतका संग्रहालयहरूमा ‘संग्रहालय हाम्रो साथी' अभियान नै सुरु भएको छ । अभियानमा बालबालिकाले निश्चित शुल्क तिरेर संग्रहालयको सदस्य भएपछि १० वर्षसम्म अभिभावकसहित संग्रहालयमा भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । यस अभियानअन्तर्गत हजारौं विद्यार्थीले संग्रहालयको सदस्यता लिएका छन् र लाभान्वित भएका छन् । सिकाइलाई प्रभावकारी बनाउन ऐतिहासिक तथा पुरातात्विवक स्थलहरूको भ्रमणको ज्यादै महत्वव रहने देखिन्छ । संग्रहालयसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकमले आफ्नो संग्रहालयसम्बन्धी परिभाषामा संग्रहालयलाई अनौपचारिक शैक्षिक केन्द्रका रूपमा परिभाषित गरेको छ भने अर्कोतिर युनेस्कोले आफ्नो शैक्षिक कार्यक्रमम संग्रहालय शिक्षालाई समावेश गरेको छ । सामाजिक परिवर्तनका अनेकौं चरण संग्रहालयमा देख्न सकिन्छ । त्यसैले संग्रहालयलाई समाजको दर्पण भनिएको हो । हाम्रा बालबालिकाले संग्रहालयको माध्यमबाट अनौपचारिक रूपमा इतिहास र संस्कृतिसम्बन्धी जानकारी प्राप्त गर्छन् । विद्यालयहरूले आफ्ना बालबालिका (विद्यार्थी)लाई नियमित रूपमा संग्रहालय भ्रमण गराउनु आवश्यक देखिन्छ । संग्रहालयहरूले पनि विद्यालयसँग समन्वय गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाउन सक्छन् । समाज, संग्रहालय र विद्यालयको त्रिकोणात्मक सम्बन्धबाट बालबालिकाले आफू र आफ्नो देशलाई चिन्ने र जान्ने अवसर प्राप्त गर्छन् । विद्यार्थीको प्राज्ञिक व्याक्तित्वमा निखारता ल्याउन सिकाइमा संग्रहालयको महत्ववलाई मनन गर्नैपर्छ । इतिहास र संस्कृतिको विषयमा पढ्ने र पढाउने परम्परा नै लोपोन्मुख अवस्थामा पुगेको सन्दर्भमा संग्रहालयको भ्रमणले बालबालिकालाई इतिहास र संस्कृतिको विषयमा रुचि जगाउनसक्छ । हाम्रा वीर विरांगनाहरूको गौरवपूर्ण गाथाले बालमस्तिष्कमा आफ्नो देशका लागि योगदान दिनुपर्छ भन्ने भावना विकास गराउँछ ।
1,598
टर्की पर्यटन क्षेत्रले पर्यटकहरुको आकर्षण बढाउन प्रारम्भिक बुकिङ शुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरुको पहिचान गरी धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउने योजना बनाइरहेको बताएको छ । एशोसिएशन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले धेरै पर्यटक भित्र्याउन डिसेम्बरको पहिलो हप्तामा प्रारम्भिक बुकिङ अभियान शुरु गरेको बताउनु भयो । समुन्द्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पर्यनहरुलाई टर्कीका पर्यटकीय गन्तव्यस्थलले लोभ्याउने बताउनु भयो । टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजश्वबाट कमाएको थियो । यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ ।
1,599
नयाँ वर्ष लागेसँगै भारतीय फिल्म उद्योगमा आशाका किरण देखिएका छन्। कोरोना महामारीका कारण सन् २०२१मा अधिकांश सिनेमा घर बन्द रहे। तर नयाँ भेरियन्ट ओमिक्रोनका कारण तेस्रो लहरको खतरा रहेको छ। तर जानकारले ओमिक्रोनलाई डेल्टाको तुलनामा कम खतरनाक मानिएको छ। यसै आशामा हिन्दी फिल्म उद्योगले विस्तार विस्तार आफ्नो रफ्तार पकड्ने प्रयास गरिरहेको छ। यस वर्ष कतिपय फिल्म रिलिजको पर्खाइमा छन्। भने कतिपय फिल्मका लागि दर्शकले प्रतिक्षा गरिरहेका छन्। त्यसमध्ये केही फिल्मबारे हामीले यहाँ चर्चा गर्दै छौं। करीब चार वर्षको अन्तरालपछि आमिर खान आफ्नो नयाँ फिल्म 'लाल सिंह चड्ढा' लिएर आउँदै छन्। जो हलिउड फिल्म 'फरेस्ट गंप' को भारतीय रुपान्तरण हो। फिल्ममा आमिर खान सिख व्यक्तिको भूमिकामा देखिने छन्। कोरोना महामारीका कारण फिल्मको रिलिज एक वर्ष ढिला गरिएको छ। अद्वैत चन्दन निर्देशित लाल सिंह चड्ढामा करीना कपूरको मुख्य भूमिका छ। फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुने जनाइएको छ। हरेक वर्ष चार फिल्म ल्याउने अक्षय कुमारले २०२२ मा पनि ४ फिल्मका लागि तयार छन्। यसमा ऐतिहासिक भूमिकामा आधारित 'पृथ्वीराज चौहान' २१ जनवरी २०२२ मा रिलिज हुनेछ। निर्देशक आनन्द एल रायका साथ अक्षय कुमारको फिल्म 'रक्षाबन्धन' ११ अगस्ट २०२२ मा रिलिज हुनेछ। दिवालीको अवसरमा अक्षय कुमारको बहुचर्चित फिल्म 'रामसेतु' रिलिज हुनेछ। जसमा ‍ज्याकलीन फर्नांडिस र नुसरत भरुचा उनका साथ देखिने छन्। अक्षयको चौथो फिल्म 'ओ माइ गड २' हुनेछ, जो 'ओ माय गड' को सिक्वेल हो। यसमा पंकज त्रिपाठीको मुख्य भूमिका रहने छ। बाहुबलीको अपार सफलतापछि निर्देशक एस एस राजामौली आफ्नो आगामी फिल्म 'आरआरआर' लिएर आउँदै छन्। यसमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन प्रमुख भूमिकामा छन्। उफ फिल्म वर्षको पहिलो शुक्रबार रिलिज हुने तयारीमा थियो । तर कोरोनाको ओमिक्रोन भेरिएन्टको खतराका कारण यसको रिलिज डेट सारिएको छ। यो फिल्म कहिले रिलिज हुन्छ भन्ने तय भएको छैन। अजय देवगनको स्पोर्ट्स ड्रामा 'मैदान' ३ जुन २०२२ मा रिलिज हुने जनाइएको छ। अजय देवगनको इन्द्रकुमार निर्देशित फिल्म 'थ्यांक गड' २९ जुलाई, २०२२ मा रिलिज हुनेछ। यस फिल्ममा सिद्धार्थ मल्होत्रा र रकुलप्रीत उनको साथमा हुनेछन्। सदाबहार महानायक अमिताभ बच्चन अहिले पनि फिल्म उद्योगमा सबैभन्दा व्यस्त कलाकारमध्ये एक हुन्। उनका कयौं फिल्म यस वर्ष रिलिज हुनेछन्। जसमा बहुचर्चित साइन्स फिक्शन फिल्म 'ब्रह्मास्त्र' पनि रहेको छ। जसमा उनी रणबीर कपूर र आलिया भट्टका साथ देखिने छन्। यो फिल्म ९ सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ। मराठी फिल्म 'सैराट' बाट चर्चामा आएका निर्देशक नागराज मंजुलका साथ अमिताभ बच्चन 'झुन्ड' मा देखिनेछन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।