Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,400 |
बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि ४ दिन जनि हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए । योभन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेपछि मात्र मोबाइल नेटवर्क टिप्ने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग कुराकानी गर्न पाएको लामाले सुनाए । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् । भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट सीमानादेखि करिब चार दिनसम्म भरियामार्फत् बोकेर पुर्याइएको थियो । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको प्रवक्ता हरि ढकालले बताए । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांकालगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको बताएका छन् ।
|
1,401 |
केन्टुकी नेपाल सोसाइटी अमेरिकाले परोपकार संगठनका विद्यार्थीका लागि ३ हजार डलर सहयोग गरेको छ । अमेरिकामा बस्दै आएका नेपाली युवाले जम्मा गरेको उक्त रकम परोपकारका अनाथ विद्यार्थीका लागि खर्च गरिनेछ ।
|
1,402 |
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गर्नुभएको छ । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ । झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसा पिसाब गर्ने, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ । पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ । यस्तै झाडापखलाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ । यदि झाडापखला भएमा झाडापखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक-पटक खुवाउने, प्रसस्त मात्रामा सफा तथा झोल कुरा पटक-पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक-पटक खुवाइरहने गर्नु पर्दछ । यस्तो बेलामा स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिङ्क चक्कीको मात्रा नविराइकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्दछ । काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए । उनले ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जिवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्म समेत रहेको बताए । हैजोको प्रकोप बढ्न थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनँले बताए ।
कार्यालयका प्रमुख अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन गर्ने भएको छ । यस्तै काठमाडौँ महानगरपालिकाबाट हैजा नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रम गर्न विद्यालय र वडा कार्यालयलाई पत्राचार गरिने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरीत पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमूना सङ्कलन तथा परीक्षण गर्ने निणर्य भएको छ ।
|
1,403 |
काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले मेयर बालेन्द्र साहले बेला-बेला लगाउने आक्षेपका कारण आफूहरूलाई निद्रासमेत नलाग्ने बताएका छन्। सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा डंगोलले आफूहरूले निरन्तर सहयोग गरिरहँदा पनि मेयरबाट आउने आक्षेपबाट दु:ख लागेको बताए । ‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक आरोपसहित यस्ता कुराहरू आउँदा म सुत्न सकिनँ’, उनले भने, ‘अनेक आरोपसहित निद्रा नआउने कुरा किन गरिन्छ ? राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन गर्यौँ ? भनिदिनुपर्छ ।’ उनले मेयर साहले फेसबुकमा लेखे जस्तो लेनदेनबारे जवाफ दिनुपर्ने बताए । ‘हामीले तीनजना मिलेर के लेनदेन गर्यौँ ? अरुसँग के लेनदेन गर्यौँ ? हामीले कहाँनिर लेनदेन गर्यौँ हामीलाई भन्नुस्’, उनले मेयर साहलाई भने, ‘हामीलाई जनप्रतिनिधि, अबुझ, झोले भन्छन्, त्यसमा कुनै आपत्ति छैन । तर के हामी सबै जनप्रतिनिधि त्यस्तो हो र ? हामीले सहयोग गर्दा गर्दै पनि यस्ता आरोप किन आइरहन्छन् ?’ उनले जनताले मत दिइसकेपछि जनप्रतिनिधिका रुपमा सम्मान गरिनुपर्ने, स्वीकारिनुपर्ने बताएका छन् । उनले मेयर साहतिर लक्षित गर्दै जनताले स्वीकारेपछि सबैले स्वीकार्नुपर्ने पनि बताए ।
|
1,404 |
रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा सुरु गरेको छ । पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो । हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले आजदेखि रामपुर—डेढगाउँ हुँदै काठमाडौँसम्म रात्रिबस सेवासमेत सञ्चालन गर्ने यातायात व्यवसायी समितिका उपाध्यक्ष खिमबहादुर केसी (पुरुषोत्तम)ले जानकारी दिनुभयो । दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदै काठमाडौँ सम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ । शाखा सम्पर्क काउण्टरको उद्घाटन गर्दै बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले नवलपरासीको पहाडी भेगका जनताले समेत सहज सेवा पाउनेहुँदा सेवा सञ्चालनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर यातायात व्यवसायी समितिले पाल्पाको रामपुरदेखि दैनिक दिवा तथा रात्रि सेवा यस क्षेत्रलगायत बुटवल, तानसेन, स्याङ्जा, तनहुँ, पोखरा र काठमाण्डौसम्म दिँदै आइरहेको छ ।
|
1,405 |
यो ‘डिस्काउन्टेड’ बन्द अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म बन्द हुनेछ। विज्ञप्ति आउँदा सबै अन्यौलमा परेका थिए। हैन के भन्या हो जे अर्थ नि लाउन मिल्ने माउ पार्टीको जस्तो भाषा भएको विज्ञप्ति भनेर। कसैले सोचे यत्रो ठूलो पार्टीको ठूला नेताहरुले आन्दोलन चर्काउन दिएको निर्देशनपछि गरेको बन्द के चार घण्टाको मात्र हुन्थ्यो र ! बिहान ६ बजेदेखि राति १० बजेसम्म भनेको होला ! तर आज थाहा भयो, यो भनेको चार घण्टा कै बन्द भनेको त रहेछ नि। बिहान ६ बजेदेखि बिहान १० बजेसम्म चार घण्टा युवा संघका कार्यकर्ताहरुले मूल सडक ठप्पै पारे ।
|
1,406 |
भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढतासहित स्थापित संयुक्त राष्ट्रसंघको प्रतिनिधित्व गर्ने कतिपय निकायहरू नेपालमा कार्यरत छन्। त्यहाँ कार्यरत अधिकारीहरूमध्ये केहीको खराब नियत, आचरण र सीमा उल्लंघन आदिका कारण नेपालमा पनि बेलाबेलामा राष्ट्रसंघ विवादमा पर्दै आएको छ। एकातिर त्यस्ता खराब पात्रहरूलाई कारबाही गर्ने, फिर्ता बोलाउने जस्ता काममा राष्ट्रसंघ मुख्यालयले तदारुकता देखाउन सकेको छैन। अर्कोतिर सरकार र राजनीतिक समाजले त्यस्ता व्यक्तिको आचरणलाई उद्धृत गर्दै समग्र राष्ट्रसंघको नियतमा प्रश्न उठाउन/शंका गर्न छाडेका छैनन् जबकि राष्ट्रसंघ सबैको साझा संस्था हो। नेपालस्थित राष्ट्रसंघ कार्यालयले नेपाल सन्दर्भमा बेलाबेला अन्य देशहरूसँग मिलेर वक्तव्य जारी गर्ने गरेको छ। सायद त्यसैले होला परराष्ट्र मन्त्रालयको असन्तुष्टि यदाकदा पोखिने गरेको छ। अन्य देशसँग मिलेर राष्ट्रसंघले जारी गरेको कतिपय वक्तव्यको सार सही हुन सक्छ तर त्यसरी संयुक्त वक्तव्य जारी गर्दा राष्ट्रसंघको मर्यादा, तटस्थता र निष्पक्षता कायम भयो/भएन ? तर्क प्रवल छ। के राष्ट्रसंघले अमेरिकी मामलामा नेपालसँग मिलेर न्युयोर्कबाट संयुक्त वक्तव्य जारी गर्ने कल्पना गर्न सकिन्छ ? के राष्ट्रसंघले भारत वा चीनको मामलामा अरू देशसँग मिलेर दिल्ली वा बेइजिङबाट संयुक्त वक्तव्य जारी गर्न सक्छ ? सक्दैन भने नेपाल सन्दर्भमा पश्चिमी देशहरूसँग मिलेर राष्ट्रसंघले बारम्बार किन वक्तव्य जारी गर्छ ? प्रश्न उठेको छ। कतिपय सन्दर्भमा राष्ट्रसंघको भाव सही भए पनि त्यसका कर्मचारीहरूको नियतमाथि गहिरो सन्देहसहित प्रश्न चिन्ह लागेको छ भने कतिपयलाई क्षेत्रीय राजनीति/रणनीतिका कारण नियोजित ढंगले विवादास्पद बनाउने प्रयत्न भएको पनि हुन सक्छ। सन् २००० को दशकमा राष्ट्रसंघका थप विशेष कार्यालयहरू नेपालमा थपिए। पहिलो थियो राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय। शाही कदमपछि उत्पन्न परिस्थितिमा १० अप्रिल २००५ मा नेपाल सरकार र मानव अधिकार उच्चायुक्तबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि मे २००५ बाट मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय सञ्चालनमा आएको थियो। शाही शासनका दौरान भएका मानव अधिकार उल्लंघनका घटनाविरुद्ध उक्त कार्यालय र त्यसका पहिलो प्रमुख इयान मार्टिनको भूमिकाको राजनीतिक समाज र नागरिक समाजले प्रशंसा गरेका थिए। अर्को थियो युनाइटेड नेसन्स मिसन इन नेपाल अर्थात अनमिन। ०६२/६३ को जनआन्दोलनको सफलतापछि, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७४० अन्तर्गत नेपालको शान्ति प्रक्रियालाई समर्थन गर्न, खास गरेर संविधानसभा निर्वाचन स्वतन्त्र तथा स्वच्छ वातावरणमा गराउन अनमिनको स्थापना भएको थियो। विशेष राजनीतिक मिसनको रूपमा स्थापित अनमिनले २३ जनवरी २००७ देखि आफ्नो कार्यारम्भ गरेको थियो। पहिलो संविधानसभाको निर्वाचनपश्चात सन् २०११ को जनवरी महिनामा लडाकु समायोजनको कार्य नसकिँदै अनमिनलाई सरकारले बिदा गर्यो। अनमिन बर्हिगमनका पछाडि भारतको तीव्र दबाब थियो भन्ने तथ्यलाई जानिफकारहरूले बुझेका छन्। त्यसपछि माओवादी लडाकुको व्यवस्थापन/समायोजन कार्य सम्पन्न भएकाले अनमिनको अनुपस्थिति खट्किएन। के राष्ट्रसंघले भारत वा चीनको मामलामा अरू देशसँग मिलेर दिल्ली वा बेइजिङबाट संयुक्त वक्तव्य जारी गर्न सक्छ ? सक्दैन भने नेपाल सन्दर्भमा पश्चिमी देशहरूसँग मिलेर राष्ट्रसंघले बारम्बार किन वक्तव्य जारी गर्छ ? यसैगरी सन् २०१२ मा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय पनि सरकारले म्यान्डेट नवीकरण नगरेपछि आफ्नो इच्छाविपरीत झिटिगुण्टा बोकेर नेपालबाट बाहिरियो। चिनियाँ दबाब त्यसको बहिर्गमनको अर्को प्रमुख कारण थियो भन्ने पनि जानिफकारहरूले बुझेका छन्। सन् २०११ मा अनमिन बर्हिगमनपछि त्यसको रहलपहल काम गर्न भनौं वा अवशेषका रूपमा नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा डीपीए अर्थात डिपार्टमेन्ट अफ पोलिटिकल एफेयर्स नामक एकाइ खडा भएको थियो। केपी ओली दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि सन् २०१८ को जुन महिनामा क्याबिनेट बैठकको निर्णयपश्चात उक्त कार्यालय तत्काल बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्राचार गर्यो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वामा प्रकाशित समाचारअनुसार राष्ट्रसंघको राजनीतिक मामलासम्बन्धी उक्त विभाग नेपालमा केही विखण्डनकारी समूहलाई समर्थन गर्नुका साथै अवाञ्छित गतिविधिमा संलग्न थियो। नेपाल सरकारका मन्त्री र कूटनीतिज्ञको हवाला दिँदै प्रकाशमा आएको अर्को तथ्यअनुसार, नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको आवरणमा उक्त निकायले अनधिकृत तवरमा राजनीतिक सर्वेक्षण गरेपछि तीव्र विवादमा आएको थियो। मलाई लाग्छ, संविधानसभा निर्वाचनपछि अनमिनको भविष्य अन्योलमा छ भन्ने तथ्य इयान मार्टिनलाई लागेर नै होला, उनले पुनः अनमिन प्रमुखको रूपमा आफ्नो कार्यकाल बढाउन पहल गरेनन् र सन् २००९ मा सम्मानजनक ढंगले बिदा भए। त्यसको दुई वर्ष नबित्दै अनमिन नेपालबाट बाहिरियो। रह्यो कुरा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयको, सन् २००७ पछि उनीहरूको गतिविधि विवादास्पद रह्यो र बर्हिगमन पनि अपमानजनक ढंगले भयो, त्यसका लागि धेरथोर त्यहींका पदाधिकारी जिम्मेवार थिए। सन् २००८ मा चीनमा ओलम्पिक खेल आयोजना भएको थियो। त्यही दौरान पश्चिमद्वारा चीनको मानव अधिकार अवस्थाको हवाला दिँदै ओलम्पिक मसालविरुद्ध प्रतिवाद अभियान सञ्चालन भएको थियो। त्यसमा पनि तिब्बत स्वतन्त्रतामा केन्द्रित रहेर ओलम्पिक मसालविरोधी आन्दोलन नेपालमा तीव्र बनाउन खोजियो। त्यसका पछाडि राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय र त्यसमा पनि त्यसका तत्कालिन प्रमुख रिचर्ड वेनेट सक्रिय रहेको आरोप चीनको थियो। तिब्बती समूहको चीनविरोधी प्रदर्शनमा अनुगमनका नाममा वेनेटलगायतको उपस्थितिका कारण चीन आगो भएको थियो। त्यस्तो एउटा प्रदर्शनमा वेनेट गएर सोधखोज गरेको दृश्य अहिले पनि युट्युवमा हेर्न पाइन्छ। वेनेटको कार्यकालमा नेपालमा तिब्बतीहरूले चीनविरोधी प्रदर्शनलाई तीव्र बनाएका थिए। सन् २००८ मार्च १० देखि तिब्बत स्वतन्त्रताको नारासहित काठमाडौंमा प्रदर्शन बाक्लिएको थियो। प्रदर्शनबाट तिब्बतीहरूको गिरफ्तारीको विरोधमा नेपाल सरकारलाई चेतावनी दिँदै २५ मार्चका दिन रिचर्ड वेनेट र उनको कार्यालयबाट कडा वक्तव्य सार्वजनिक भयो। सन् २००८ मा अमेरिकी सरकारका दक्षिण र मध्यएसिया हेर्ने डेपुटी असिस्टेन्ट सेक्रेटरी इभान फेगेनवम काठमाडौं भ्रमणमा आएको बेला राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय तिब्बतीहरूको शान्तिपूर्ण प्रदर्शनको डिफेन्समा रहेको हुँदा चिनियाँ राजदूतसँगको सम्बन्ध तनावपूर्ण रहेको भन्दै वेनेटले अमेरिकाको चाकरी गरेको विवरण आज पनि विकिलिक्समा पढ्न पाइन्छ। स्मरणीय छ, तिब्बत स्वतन्त्रता आन्दोलनको साँचो अमेरिका र डुप्लिकेट साँचो युरोपियनहरूको हातमा रहँदै आएको छ। तिब्बतको मात्र होइन, नेपालको पहाड र मधेसका अनेक क्षेत्रमा राष्ट्रसंघका कर्मचारीहरूको अस्वाभाविक चासो र सन्दिग्ध गतिविधि बेलाबेलामा सार्वजनिक हुँदै आएको छ। कुनै जातिको अधिकारप्रति अनुराग देखाउँदा अर्को जातिविरुद्ध घृणा फैलाउने त्यस्ता अधिकारीहरूको गलत आचरणका कारण नेपालमा राष्ट्रसंघ विवादास्पद बनेको हो भन्दा अत्युक्ति नहोला। त्यस्तो मानसिकताका प्रवल उदाहरण थिए रिर्चड वेनेट जसले मर्यादाको सीमा नाघेर राजनीतिज्ञहरूलाई होच्याउँथे। सन् २००९ को अप्रिल अन्तिममा काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै वेनेटले संविधानसभाबाट बन्ने संविधानले आदिबासी जनजातिहरूको अधिकार सुनिश्चित गर्नेमा शंका मात्र व्यक्त गरेनन् अपितु संविधानसभामा प्रतिनिधित्व गर्ने २१९ जना आदिवासी जनजाति सभासद्हरूले आफ्नो समुदायको भन्दा दलको प्रतिनिधित्व गरेका कारण जनजातिलाई अधिकार सम्पन्न बनाउने कुरामा विश्वास छैन भन्ने ठोकुवासमेत गरे। कार्यक्रममा उपस्थित संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई लक्षित गर्दै अध्यक्षबाट सार्वजनिक प्रतिक्रिया आओस् भनी टिप्पणीसमेत गरे। यो जातीयसभा नभएर संविधानसभा भएको र संविधानसभामा राजनीतिक दलकै प्रतिनिधि हुन्छन् भन्ने ज्ञान वेनेटलाई नभएको होइन। त्यो बेलाका केही राष्ट्रसंघीय कर्मचारीहरूको अभियान संविधानसभाबाट दर्जन बढी जातीय राज्य बनुन् भन्नेमा केन्द्रित देखिन्छ। त्यसका लागि जनजातिहरूलाई भड्काउने र अन्य जातिलाई होच्याउने कामसमेत राष्ट्रसंघको आवरणमा उनीहरूले गरे। सन् २००९ मार्चमा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त नवी पिल्लइ नेपाल भ्रमणमा आएकी थिइन्। निजको उपस्थितिमा यूएन हाउस पुल्चोकमा आयोजित एउटा कार्यक्रम आधा घण्टा ढिलो भइसक्दा पनि सुरु नभएपछि म हिँडे। भोलिपल्ट फेरि केही सीमित व्यक्तिसँग छलफल गर्ने भनेर मलाई पुल्चोकस्थित एउटा होटलमा बोलाइयो। त्यो सानो छलफलमा पिल्लइ बोलेपछि उठेर हिँडिन्। सायद उनी आयोजकसँग असन्तुष्ट थिइन्। प्रमुख व्यक्ति निस्किएपछि पनि वेनेटले सीमित व्यक्तिमाझ कार्यक्रम चलाइरहे। ठेट भाषामा भन्नुपर्दा ज्याद्रो स्वभावका थिए वेनेट। राष्ट्रसंघको जागिरपछि सन् २०१४ मा उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एम्नेस्टी इन्टरनेसनलको एसिया निर्देशकको जागिर खान पुगे। त्यस दौरान उनी नेपाल आएको बेला एम्नेस्टीका एक कर्मचारीले वेनेटसँग भेट्नुपर्यो भन्दै मसँग अनुरोध गरेका थिए भने वेनेटसँग भेट्न मैले अस्वीकार गरेको थिएँ। नेपाल विखण्डनको अभियानमा संलग्न एक मूल पात्रका हितैषी थिए वेनेट। तिनै पात्रका सहयोगीले लेखेको दस्ताबेजलाई वेनेटले एम्नेस्टी प्रतिवेदनको अंश बनाएका थिए। घृणा र विखण्डनको अभियानलाई मानव अधिकारको कित्तामा पार्ने भरमग्दुर प्रयत्न त्यसबेला वेनेट, एम्नेस्टीका तत्कालीन भारतीय महासचिव र अर्का भारतीय वरिष्ठ निर्देशकलगायतले गरेका थिए। त्यसपछिका पनि घटनाक्रम हेर्दा राष्ट्रसंघका नेपालस्थित कर्मचारीहरू नियोजित रूपमा नेपालविरुद्ध खनिएको देखिन्छ। नेपालको संविधानबारे राष्ट्रसंघका नेपालस्थित तत्कालिन आवासीय प्रतिनिधि जेमी म्याक गोल्डरिकले राष्ट्रसंघका महासचिवलाई गुमराहमा राखेका कारण नेपाल सरकारले सीधै महासचिवलाई पत्र लेख्नुपरेको तथ्य प्रकाशमा आइसकेको छ। त्यसैगरी संविधान जारी हुनुभन्दा ७ महिनाअगाडि पूर्वका पाँचवटा जिल्लामा सुरक्षा अवस्था संवेदनशील रहेको भन्दै म्याक गोल्डरिक नेतृत्वको कार्यालयले राजनीतिक प्रतिवेदन जारी गरेको भन्ने समाचार प्रकाशित भएपछि परराष्ट्र मन्त्रालयले निजलाई प्रश्न सोधेको समाचार पनि प्रकाशमा आएको थियो। पछिल्लो चरणमा राष्ट्रसंघको आवरणमा नेपालमा विस्तारित भूमिकाको खोजीमा घाइते मानसिकतासहित पुरानो सिन्डिकेटका पात्र र प्रवृत्ति सलबलाइरहेको देखिन्छ। संक्रमणकालीन न्याय प्रक्रिया इमानदारी साथ टुंगिएन भने त्यही द्वारबाट अनेकौं पात्रहरू भित्रिन सक्ने सम्भावनालाई सम्बद्ध सबैले बेलैमा बुझ्नुपर्छ ।
|
1,407 |
नेपाली एक स्वरले संसारमा जहाँ जहा छन् भारको को नाटक बिरुद्द बोल्दैनन, यस्तै नाटक बढ्ने छ, देश अस्थिर, अराजक बाट खस्किने बाहेक केहि हुदैन अब बाँकी सुर्य बहादुर थापालाई झापड दिनु बाँकी छ, त्यो थापाले गरेको कुकर्मबारे खुकु छीन्तांग धनकुटा बाशीले- गज्जप छन हाम्रा नेपाली दाजु भै दिदि बहिनि ? सुर्य बहादुर लै झापट भन्दा रारा ? पुञ्ज गरन त्यो देश द्रोही लाई? के तिमि हरु आफ्नो आमाको बलात्कार हेर्छौ ? नीचताको पनि एउटा हद हुन्छ ? मुला प्रचंडे जनताहरुको अगाडी खुब नखरा देखाउंछ ! यदि पदम कुँवरलाई माफी दिएर आफु खुबै नालायक पिडित भाको देखाएर मिलापत्र गरेको हो भने जरिवाना तिर्ने कुरै आउँदैन नि. माफी दिएको रे अनि २८००० उसैले तिरेको रे? अझै जनताको आँखामा फुल पर्ने दाउ गर्दो रैछ है ज्याउरो त. प्रचन्ड, तिम्रा नाति पनातीलाई सुन्दर नेपाल निर्माण गरिदिने नाऊमा कुनै पनि नेपालीले टाउकोमा गोली बोकेर, मानसिक रोगी भएर जिन्दगीभर तिम्रो सेवा गर्न सक्ने छैनन्। तुरुन्त पदमको दाइको टाउकाको गोलि निकाल्ने प्रबन्ध गर ।
|
1,408 |
आठौं राष्ट्रिय महाधिवेशनबाट नयाँ विधान पारित भएसँगै निर्वाचन आयोगले नेतृत्व चयन प्रकृया अगाडि बढाइसकेको छ । आयोगले २९९ सदस्य केन्द्रीय कमिटीका लागि शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो । तर, माओवादी केन्द्रका शीर्ष नेताहरूले केन्द्रीय सदस्यमा सहमति भइसकेको र पदाधिकारी छनोटका लागि आइतबार बिहानसम्मको समय माग गरेकाले प्रकाशित कार्यतालिका आयोगले परिमार्जन गरेको छ । केन्द्रीय कमिटीमा सहमति जुटेको प्रचण्डले दावी गरेपनि पदाधिकारीमा आकांक्षा बढेपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने देखिएको छ । खासगरी अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा प्रचण्ड पक्षकै नेता एवं अर्थमन्त्री जनार्दन शार्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीचको रस्साकस्सीले निकै पेचिलो बनेको छ । यस्तै ७ उपाध्यक्ष र २ उप–महासचिव र ३ सचिवका लागि पनि प्रचण्डपक्षकै नेताहरू र एकताप्रकृयाबाट आएका नेताहरूबीच कुरा मिल्न सकेको छैन । यदि आज शीर्ष तहमा सहमति हुन नसके केन्द्रीय कमिटी मात्रै निर्वाचित हुने सम्भावना पनि उत्तिकै बलियो छ । शनिबार साँझ बसेको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा सहमति भइसकेको दावी गर्दै पदाधिकारी पनि सहमतिमै चयन हुने बताएपछि बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको नेता रामनारायण बिडारीले जानकारी दिएका छन् । सात भूगोल र एक गैरभूगोल गरी आठ प्रदेशबाट विधान बमोजिम क्लस्टर निर्धारित भइसकेको छ । बिहान ११ बजे बस्ने शीर्ष नेताहरूको बैठकले पदाधिकारीबारे सहमति भएपछि बन्दसत्रबाट पारित गरी महाधिवेशन समापन गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार सर्वसम्मत वा मतदान प्रकृया जुनसुकै प्रकृयाबाट भएपनि पहिले केन्द्रीय कमिटी निर्वाचित हुनेछ । निर्वाचित कमिटीले नै पदाधिकारी चयन गर्नेछ । केन्द्रीय कमिटी वा पदाधिकारीमा सर्वसम्मरूपमा नेतृत्व चयन भएपनि निर्वाचन प्रकृया पूरा गर्नुपर्ने श्रेष्ठले बताए । ‘पार्टीको कमिटी निर्वाचन आयोगले चिन्दैन’, श्रेष्ठले भने, ‘सर्वसम्मत भएपनि सबै सदस्यले निर्वाचन प्रकृया पुरा गर्नुपर्छ । पार्टीले कहाँ बसेर कसलाई चयन ग¥यो वा के निर्णय भयो भन्ने विषयले कानूनी मान्यता पाउँदैन ।’ माओवादी केन्द्रको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । यस्तै, अध्यक्ष–१, वरिष्ठसहित उपाध्यक्ष–७, महासचिव–१, उप–महासचिव–२, सचिव–३ र कोषाध्यक्ष–१ गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
|
1,409 |
फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७ः४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो । फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् ।
|
1,410 |
विभिन्न ट्रेड युनियनको आह्वानमा केही दिन यतादेखि गरिएको आमहड्तालका कारण जनजीवन अस्तव्यस्त भएको छ । सडक अवरुद्ध पारिएको छ भने पसलहरु बन्द गराइएका छन् । देशैभर बैंक, शिक्षण संस्था बन्द गरिएका छन् । आमहड्तालका अधिकांश दिन शान्त रहे पनि अन्तिम दिन भने हिंसात्मक बनेको हो । राष्ट्रपति माइकल टिमरले घटनाप्रति दुःख व्यक्त गर्दै मुलुकलाई आधुनिकीकरण गर्ने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मुलुकको इतिहासकै खराब आर्थिक मन्दीबाट पार पाउन सरकार र श्रमिकहरु मिलेर काम गरिरहेको जिकिर गरे । राष्ट्रपति टेमरको श्रम सुधार प्रस्ताव संसद्मा स्पष्ट मतका साथ पारित भएको थियो । तर प्रदर्शनकारीहरुले भने प्रस्तावित पेन्सन सुधारले अवकास पाउने उमेर बढाउने र सुविधा घट्ने बताएका छन् ।
|
1,411 |
अघिल्लाे प्रदेशसभाका ४० सदस्यमध्ये एक तिहाइले यसपटक पनि उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्येबाट प्रतिनिधिसभा र प्रदेशसभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका हुन् । कर्णाली प्रदेशसभाको सदस्य बन्ने दौडमा नौ जना पुराना अनुहार दोहोरिएका छन् भने चार जना निवर्तमान प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेत-१ ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्ट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । नेकपा विभाजनपछि एमाले रोजेका उनलाई अहिले फेरि एमालेले पनि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। सुर्खेत-२ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् । कँडेल ०७४ सालको निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए । अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् । माओवादी केन्द्रले सुर्खेत-२ ‘ख’ मा निवर्तमान प्रदेशसभा सदस्य विन्दमान विष्टलाई नै टिकट दिएको छ । उनले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् । दैलेख-१ ‘क’बाट ०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनलाई अहिले एमालेले उम्मेदवारका लागि अघि बढाएको छ । रेग्मीले पनि नेकपा बिघटनपछि एमाले रोजेका थिए । सल्यान प्रदेशसभा ‘ख’ बाट निवर्तमान प्रदेशसभा सदस्य गुलाबजंग शाह यसपटक पनि उम्मेदवार बनेका छन् । हालका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेशसभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् । शाही अघिल्लो पटक कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एक्ला सदस्य हुन् । हुम्ला प्रदेशसभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराएका उनलाई अहिले सत्ता गठबन्धनको साथ छ । जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् । यसपटक सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ । पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधिसभा रोजेका छन् । उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि उनले एक मात्र क्षेत्र रहेको कालीकोटबाट मनोनयन दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका दल रावल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् । निवर्तमान प्रदेशसभा सदस्य अमरबहादुर थापा यसपटक प्रतिनिधिसभा सदस्यको दौडमा छन् । उनले दैलेख-१ बाट सत्ता गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । ०७४ सालमा एमालेबाट प्रदेशमा निर्वाचित थापा हाल नेकपा एसमा छन् । पहिलो कार्यकालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित प्रकाश ज्वाला यसपटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । सल्यानबाट निर्वाचित उनले एमाले विभाजनपछि नेकपा एस रोजेका थिए । उनी कर्णाली सरकारका पूर्वमन्त्री समेत हुन् । ज्वाला यसअघि पनि प्रतिनिधिसभाको सांसद भइसकेका छन् । अहिले उनलाई सत्ता गठबन्धनको साथ छ । नेकपा एमालेले सुरुमा एकल सिफारिस गरेर उम्मेदवार बनाएको डोल्पाकी बदमी क्वारी बोहोरालाई अन्तिममा टिकट नदिएपछि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेकी छन् । कर्णाली प्रदेशसभाका ४० मध्ये २७ जना निर्वतमान सदस्यले यसपालि टिकट नै पाएनन् । पहिलो कार्यकालमा कर्णालीको सभामुख बनेका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाएका हुन् । घर्ती माओवादी केन्द्रबाट समानुपातितर्फ सिफारिस भए पनि बन्द सूचीमा परिनन् । अमृता शाहीलाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरे पनि उनले अन्तिममा टिकट पाइनन् । प्रदेशसभा सदस्य करवीर शाही, कृष्ण शाह, कौशिलावती खत्री, खड्कबहादुर खत्री, गणेशप्रसाद सिंह, गोपाल शर्मा, चन्द्रबहादुर शाही, झोवा विक, दानसिंह परियार र दिनबन्धु श्रेष्ठले पनि टिकट पाएनन् । एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भए पनि अन्तिममा पार्टीले उनलाई टिकट दिएन । खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, निवर्तमान प्रदेशसभा सदस्य देवी ओली, नरेश भण्डारी, पद्मा खड्का, मिनासिंह रखाल, यज्ञबहादुर बुढाक्षेत्री, राजु नेपाली, रातो कामी, विमला केसी, सीता नेपाली, सुशील थापा, हिमबहादुर शाही, शोसिला शाही र नन्दसिंह बुढाले पनि यसपालि उम्मेदवार बन्ने अवसर नपाएका हुन् । दलहरूले समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । कर्णालीमा अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका पाँच जना यसपटक पनि सोही पदको दौडमा छन् । पार्टीले उनीहरूलाई दोहोर्याएर प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो । एमालेले सुर्खेतमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटामा निवर्तमान प्रतिनिधिसभा सदस्यलाई नै उम्मेदवारका लागि मनोनयन दर्ता गराएको छ । सुर्खेत-१ मा ध्रुवकुमार शाहीले अहिले पनि टिकट पाएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजय भोगेका पूर्णबहादुर खड्कालाई सुर्खेत-१ र हृदयराम थानीलाई सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले दैलेख-१ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपालि पनि निर्वतमान प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मालाई उम्मेदवार बन्ने मौका दिएको छ । डोल्पाबाट धनबहादुर बुढाले फेरि पनि प्रतिनिधिसभाको टिकट पाएका छन् । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई यसपालि पनि प्रतिनिधिसभाको टिकट दिइएको छ । ०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचन भएका बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्यमा पनि विजयी भएका थिए । यसपटक पनि उनी सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । रुकुम–पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई नै प्रतिनिधिसभाको टिकट दिइएको छ । उनी ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनयता लगातार उम्मेदवार बनेर संसद प्रतिनिधित्व गर्दै आएका छन् ।
|
1,412 |
नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले भूकम्प प्रभावित क्षेत्रमा पार्टीद्वारा सञ्चालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई राहत र पुनर्निर्माण केन्द्रित गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको दुखसुखमा माओवादीसँगसँगै रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा तीनमहिने अभियानलाई १ महिना थपेर पार्टी पुनर्निर्माणमा होमिने निर्णय भएको जानकारी दिए । सबैभन्दा ठूलो कुरा जीउज्यानको सुरक्षा हो भन्दै महासचिव गुरुङले सुशासनको पक्षमा प्रचण्ड नेतृत्वको सरकारले बहुदलयताकै सबैभन्दा महत्वपूर्ण कदम चालेको दाबी गरे । उनले कुनै घटना दुर्घटना नभए गठबन्धन सरकार पाँचै वर्ष टिक्ने ठोकुवा पनि गरे । उनले भने, ‘हाल गठबन्धन दलहरुबीच त्यत्ति ठूलो संकट देखिँदैन, ओलीले भनेजस्तो देशको अवस्था छैन, जनता निराश हुनु पर्दैन ।’ संक्रमणकालीन न्याय टुंगाउने कुरामा सुरुमा दलहरुबीच अन्तरवस्तुमा सहमत भए पनि प्रक्रियामा अड्किँदा समस्या भएको उनले बताए । महासचिव गुरुङले त्यसबारे हिउँदे अधिवेशनमार्फत समाधान खोजिने जनाए । उनले प्रचलित कानुन र संयन्त्रको सापेक्षतामा भ्रष्टाचार नियन्त्रण अभियान सफल भएको भन्दै अभियान निरन्तर चल्ने उल्लेख गरे । पार्टी महासचिव गुरुङले अहिले विश्वशान्ति, समृद्धि, सुशासन, स्थिरता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्दै कोशी सरकार पनि सापेक्षित रुपमा स्थिरताको बाटोतर्फ लागेको दाबी गरे । संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपालबाट शान्तिको सन्देश विश्वरभर पुगेको उनको भनाइ छ ।
|
1,413 |
वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शनिबार बिहान उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । मृत्युपश्चात संकलन गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अएको थियो ।
|
1,414 |
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन् । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पारे । संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने जानकारी दिए । नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्दै नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताए । फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उनले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताए ।
|
1,415 |
जिल्ला अदालतले पत्रकार सुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई एकसाता थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ । प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पाउनु पर्ने मागसहित आज (शुक्रबार) उनीहरुलाई अदालत पुर्याएको थियो ।
काठमाडौंको डिल्ली बजारस्थित कन्या क्याम्पसको शौचालयमा ‘भाण्टा’ भेटिएको समाचार प्रकाशित गरेको आरोपमा तीन पत्रकार विरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरी पछि बिहीबार उनीहरुलाई प्रहरीले पक्राउ गरेर हनुमानढोकामा थुनेको थियो ।
उसले आज विज्ञप्ति जारी गरेर समाारका विषयमा अनुसन्धान र कारबाही गर्ने जिम्मेवारीमा प्रहरीले हस्तक्षेप गरेको दाबी गरेको छ ।
अध्यक्ष बोर्णबहादुर कार्की, सदस्य किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र मनऋषि धिताल हनुमानढोका पुगेका हुन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,416 |
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियामा आइतबार भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० देशमध्ये निर्वाचनमा ६५ जनाले मतदान गरेका थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्रका प्रतिनिधि सहभागी थिए । राणा यस अघिल्लो कार्यकाल युनियनमा मनोनित सदस्य थिए । राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत अर्को कार्यकालका लागि निर्वाचित भएका थिए । राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । नेपालको उत्कृष्ट खेलमध्येको तेक्वान्दो खेलमा अहिले संघ अन्तर्गत ५६ जिल्ला आवद्ध छन् । संघको सात प्रदेशमा छुट्टै प्रादेशिक संरचना समेत रहेको छ । संघको अध्यक्ष निर्वाचित भएको एक सातामै एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका राणाले आफ्नो जित नेपाली तेक्वान्दोको विकासमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । ‘एसिया विश्व तेक्वान्दोकै पावर हाउस हो । यसमा नेपालको प्रवेशले नेपाली तेक्वान्दोको आर्थिक, प्राविधिक र अन्य हिसावले पनि पहुँच पुग्ने विश्वास लिएको छु । नेपाली तेक्वान्दोलाई माथि उठाउन म सुक्दो प्रयत्न गर्नेछु,’ राणाले भने ।
|
1,417 |
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए । उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको ओलीले बताए । ुदेउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,ु उनले भने । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।
|
1,418 |
आफ्नो मतदाताहरुको सूचना इरानी ह्याकरहरुले चोरी गरेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन् । यसअघि आफ्ना हजारौं मतदाताहरुलाई ईरानी ह्याकरहरुले धम्कीपूर्ण इमेल पठाएको आरोप अमेरिकाले लगाएको थियो । यसरी धम्कीपूर्ण इमेल पठाउने ह्याकरहरुसँग अमेरिकी मतदाताकोे व्यक्तिगत सुचना रहेको खुलासा अमेरिकी अधिकारीहरुले गरेका हुन् । अमेरिकी गुप्तचर संस्था एफबिआई र सरकारी साइबर सेक्युरिटी एजेन्सी (सिआईएसए) का अनुसार ईरानी ह्याकरहरुसँग ‘कम्तिमा एउटा राज्यको मतदाता दर्ता नामावली’ छ । ‘कपी गरिएका रेकर्डहरु नियाल्दा यसमा समावेश सुचनाहरु नै प्रोपोगान्डा भिडियोमा राखिएको खुलेको छ,’ यी एजेन्सीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । एजेन्सीहरुका अनुसार ह्याकहरुले राज्यको निर्वाचन वेवसाईट स्क्यान गरेको प्रमाण फेला परेको छ । ती ह्याकरहरुले सुरक्षा कमजोरीको फाइदा उठाउनका लागि वेवसाइट स्क्यान गरेको उनीहरुले जनाएका छन् । गत साता फ्लोरिडा र अलास्कासहित अमेरिकाका धेरै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोट गर्न भन्दै मतदाताहरुलाई धम्कीपूर्ण सन्देश आएको थियो । ‘तिमीहरु ट्रम्पलाई भोट गर्नेछौं, नभए हामी तिमीहरुको पछाडि लाग्नेछौं,’ इमेलमा भनिएको थियो । यो इमेल उग्र दक्षिणपन्थी समूह प्राउड ब्वाईजका तर्फबाट आएको थियो । तर, गुप्तचरहरुका अनुसार खासमा यो प्राउड ब्वाइज नभएर इरानी ह्याकहरुको काम थियो । केही इमेलमा मतदाताको घरको ठेगाना समेत उल्लेख थियो । यता, इरान सरकारले भने अमेरिकाको यस आरोपको खण्डन गरेको छ । ईरानी विदेशमन्त्री सइद खातिबजादेहले हस्तक्षेपको आरोप झुठो रहेको प्रतिक्रिया दिएका छन् । ‘हामीले पहिल्यै भनेका छौं कि अमेरिकी चुनाव जोसुकैले जितेपनि इरानलाई फरक पर्नेवाला छैन,’ खातिबजादेहले भनेका छन् । अमेरिकामा मंगलबार भावी राष्ट्रपतिका लागि निर्णायक मतदान हुँदैछ । रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकबाट जो बाइडेन चुनावी मैदानमा छन् । सन् २०१६ मा डेमोक्रेटिकतर्फकी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध अभियान चलाएको आरोप रुसमाथि लागेको थियोे । अमेरिकी गुप्तचर एजेन्सीहरुका अनुसार रुसी राष्ट्रपति भ्यालिमिर पुटिनको प्रत्यक्ष निर्देशनमा यो अभियान चलेको थियो । त्यसक्रममा रुसी ह्याकरहरुले अमेरिकी मतदाताहरुसम्म पहुँच पु¥याउँदै हिलारीविरुद्ध निरन्तर गलत सुचना र प्रोपोगान्डा फैलाउने गरेका गरेका थिए । यसले क्लिन्टनलाई विवादमा तान्यो र डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न सहज भयो । यसपटक पनि रुस र ईरानले हस्तक्षेप गर्नसक्ने भय अमेरिकालाई छ ।
|
1,419 |
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालासँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो । खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ । स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । कान्तिपुरमा खबर छ ।
|
1,420 |
सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पालाई २-१ गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो। एनआरटीको जितमा रोहन खड्की र जेनिस प्रजापतिले १-१ गोल गरे । त्यस्तै खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।
|
1,421 |
नव निर्वाचित सासंद नवराज सिलवाले सरकारले आफूलाई फसाउनका लागि षडयन्त्र गरेको आरोप लगाएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पूर्व डिआइजि सिलवालले पुरै राज्यसत्ता नै आफूलाई फसाउन लागि परेको आरोप लगाए । प्रधानमन्त्री शेरबहादुर देउवा नै आफूमाथि पूर्वाग्रही ढंगले प्रस्तुत भएको उनको दाबी थियो । आफूलाई दोषी प्रमाणित गरेर जेल हाल्नसमेत सिलवालले सरकारलाई चुनौति दिएका छन् । प्रहरीले सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । तर सिलवालले भने प्रहरीसँग नै जोडिएको विषयमा प्रहरीले नै गरेको अनुसन्धान निष्पक्षहुन नसक्ने भन्दै अरु कुनै निकायबाट छानबिन गर्नुपर्ने माग राखेका छन् । प्रहरी प्रमुख प्रकाश अर्याल र आफूसमेत मुछिएको मुद्दा भएकाले प्रहरीले छनविन गर्यो भने सत्य तथ्य नहुने सिलवालको तर्क छ । काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
|
1,422 |
बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । पाँच जना डीआईजीमध्ये पहिलो स्थानमा रहेर बढुवा हुँदै एआईजी भएका कुँवरलाई नै सरकारले एआईजीको फूली लगाएको दुई दिनपछि आईजीपी बनाउने निर्णय गरेको हो । दुई दिनअघि मात्रै पाँच जना एआईजीले फूली लगाएका थिए । हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
दुई दिनको अन्तरमा बढुवा भएर महानिरीक्षक बनेका कुँवर महाभाग्यमानी मानिन्छन् । सरकारले पाँचमध्ये जोसुकैलाई पनि महानिरीक्षक बनाउन सक्दथ्यो । तर भाग्य उसैको चम्कियो जो महाभाग्यमानी छ । कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । व्यवसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए। २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए । तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आईजीपीका रुपमा हेरिएको थियो । २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरीयतामै बढुवा भए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए) शैक्षिक योग्यता हासिल गरेका छन् । प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए । उनी प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन् । यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन् । उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनिको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन् । स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए । प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए। प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ। उनी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा २०२६ चैत १५ गते जन्मिएका हुन् । भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा बसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन् । तिनै भाग्यमानी बसन्तबहादुर कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन् ।
|
1,423 |
राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् । यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दोगडाकेदार गाउँपालिका–३ की लक्ष्मी भट्टले राजश्व छुटका साथै महिला पनि उद्योग चलाउन सक्षम छन् भन्ने देखाउनका लागि आफ्नो नाममा उद्योग दर्ता गराएको बताइन् । बैतडीमा हालसम्म तीन हजार पाँच सय ९० उद्योग दर्ता भएका छन् ।
|
1,424 |
म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनी श्रम तथा रोजगार कार्यालयमा धाउने अवस्थाको अन्त्य हुनेछ। मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो। वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाए हुने गरी निर्णय गरिएको जनाएको छ। यसैगरी अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिए। यसअघि ‘फेमिस सिस्टम’मार्फत दिएका आवेदन विभिन्न तहमा कर्मचारीले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गर्दथ्यो। पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन थालेपछि अब भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्नु पर्दैन। यसअघि श्रम स्वीकृति लिँदा ‘बायोमेट्रिक’ नभएकाले मात्र पुनःश्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ। यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिनाझन्झट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्यरुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकामा वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत कामदारले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ। हाल एफइआइएमएसलाई समायानुकुल परिमार्जन गरी पूर्व/अन्तिम श्रम स्वीकृतिसम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने र कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीलाई एफइआइएमएसको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
|
1,425 |
आईसीसी इलाइट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । हृदयघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो । राउफले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए । उनी पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो । तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा अचानक ब्रेक लाग्यो । त्यस वर्षको आईपीएल सिजन सकिनुअगावै राउफले भारत छोडेका थिए । त्यसपछि उनी च्याम्पियन्स ट्रफीबाट हटाइए भने आइसीसीले इलाइट प्यानलबाट पनि निकाल्यो । सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न चार आरोपहरु लगाउँदै पाँच वर्षको प्रतिवन्ध लगाइदिएको थियो । यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन ।
|
1,426 |
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका-११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भए पनि समयमै बेच्दा खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् । उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भए पनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिए । उनका अनुसार सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन । उनले चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेकोे बताए । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताए । बरहथवा नगरपालिका-११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताए । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका-२ का उखु उत्पादक किसान रामविलाश महतोले बताए । जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा-११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताए । उनका अनुसार अहिले उखु उत्पादक किसानलाई किसामको मूल्य निर्धारण गरिएको छैन । एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताए । उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताए । “भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्”, बरहथवा-११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताए । उनले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो गरे ।
|
1,427 |
काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा दिन प्रतिबद्ध छ । पर्याप्त भौतिक पूर्वाधार भएको यो कलेजमा प्लस टु संगसंगै स्नातक तहसम्म विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ‘प्लस’ टुमा विज्ञान र व्यवस्थापन संकायको पढाइ हुने ट्रिनिटीमा ए लेभलको पनि पढाइ हुन्छ । यहाँबाट पासआउट भएका विद्यार्थीहरु चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन र मानविकीको हरेक क्षेत्रमा देश तथा विदेशमा सफल भएका छन् । विद्यार्थीको बौद्धिक, सामाजिक र व्यक्तिगत परिवर्तनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटी विद्यार्थी केन्द्रित सिकाई पद्दतिबाट अगाडी बढेको कलेज हो । विद्यार्थीको बौद्धिक, सामाजिक र व्यक्तिगत परिवर्तनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटी विद्यार्थी केन्द्रित सिकाई पद्दतिबाट अगाडी बढेको कलेज हो । नयाँ पाठ्यक्रमको माग अनुसार प्रोजेक्ट वर्क, फिल्ड भिजिटका विषयलाई समेत कलेजले सँगसँगै लिएर आएको छ । उत्कृष्टतालाई कायम राख्दै कक्षा ११ का विद्यार्थीले कक्षा १२ मा समेत विज्ञान तथा व्यवस्थापन संकायमा ९७ प्रतिशत विद्यार्थीले उर्तीण नतिजा निकाल्न सफल भएका छन् । ट्रिनिटीले विद्यार्थीलाई शैक्षिक र प्रोत्साहनका लागि व्यक्तिगत र सामूहिक परामर्श गर्दै प्लेसमेन्टका लागि करियर काउन्सेलिङसमेत गर्दै आएको छ । कलेजबाट पासआउट भएका विद्यार्थीहरु उत्कृष्ट नतिजासहित उच्च शिक्षा अध्ययन गर्न सफल भएका छन् । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि ट्रिनिटीले १५० भन्दा बढि अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकसंग सम्बन्धित विविध गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको यो कलेजले प्रोत्साहन स्वरुप छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि ट्रिनिटीले १५० भन्दा बढि अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकसंग सम्बन्धित विविध गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको यो कलेजले प्रोत्साहन स्वरुप छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । कलेजले विद्यार्थीका लागि ल्याब, लाइबेरी, होस्टेल, खेलकुद मैदान, क्याफ्टेरिया, आईसिटि सेन्टर, यातायात, स्वास्थ्य जाँच जस्ता सुविधा समेतको व्यवस्था गरेको छ । हरतरहबाट विद्यार्थीको व्यक्तित्व विकासमा समर्पित ट्रिनिटी आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन अध्यापनमा नविन अभ्यास गर्न बढी रुचाउछ । ट्रिनिटी कलेज परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाउन प्रतिवद्ध छ ।
|
1,428 |
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव हरिओम श्रीवास्तव सरकारी सेवाबाट राजीनामा दिई राजनीति सुरु गरेका छन् । श्रीवास्तव ३४ वर्षको जागिरे जीवनपछि राजनीतिमा लागेका हुन् ।
|
1,429 |
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत प्रत्येक निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा ५-५ करोड खर्च गर्न पाउने गरी विनियोजन गरेपछि सांसद विकास कोषविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। विधि निर्माता सांसदले बजेट बाँड्न नहुने भन्दै अधिवक्ताहरू अनिल आचार्य, नन्दराज उपाध्याय र राधिका खतिवडाले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रतिसांसद ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड विनियोजन गरेकाले जनहितविपरीतको उक्त कार्यक्रममाथि परमादेश जारी गरी पाऊँ भन्दै रिट दायर भएको हो। जनहितविपरीतको बहुसंख्यक सांसद र जनताबाट तिरस्कृत उक्त संसदीय क्षेञ पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ। रिटको प्रारम्भिक सुनुवाइका लागि आज बिहीबार पेसी तोकिएको छ। चर्को दबाबपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले हटाएको सांसद विकास कोष अर्थमन्त्री प्रकाशशरण महतले ब्युँताएका हुन्। संसद् विकास कोष संघीयताको मर्मविपरीत हुनुका साथै बजेटको दुरुपयोग भएको आलोचनापछि तत्कालीन अर्थमन्त्री पौडेलले २०७८-७९ को बजेटमार्फत खारेज गरेका थिए। तर हालका अर्थमन्त्री महतले त्यसको नाम फेरेर चालु आवको बजेटमार्फत जेठ १५ मा संघीय संसद्मा प्रस्तुत गरेका थिए ।
|
1,430 |
सप्तरीः सप्तरीमा आज थप ८१ जनाको पीसीआर टेस्ट रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको ३ वटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको ३ नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो । इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।
आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
|
1,431 |
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् शुक्रबार हेरफेर हुन लागेको हो । स्रोतका अनुसार डा. रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइन लागेको छ । यस्तै, गोविन्द बोहरालाई सामाजिक विकास मन्त्रालयको र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइन लागेको जनाइएको छ । मन्त्रीको आजै शपथ कार्यक्रम पनि हुने बताइएको छ ।
|
1,432 |
काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ । तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने स्थानीय बूढापाकाको भनाइमा उक्त जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको पाइन्छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजाअर्चना मात्रै गरी मनाइएको थियो । मान्यताअनुसार जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र प्रत्येक वर्ष यस्तै हुँदै आएको स्थानीयसँग अनुभव छ । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउनुहुन्छ । करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ । साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ । स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो । युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआए पनि पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई दिउँसो जुधाउने गरिएको छ । जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । अर्को रोचक प्रसङ्ग, मान्यताअनुसार जात्रामा चिउली र केरा खाएर घुम किन्नैपर्छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको बताइन्छ । जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् । स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ । किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ ।
|
1,433 |
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले अब युवा नेताहरुले पार्टीको नेतृत्व गर्ने बताएका छन् । सांसद भट्टराईले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन गएको र अब आफूहरुले पार्टीको नेतृत्व गर्ने बताएका हुन् । हामी यो पार्टीका भोलिका वैकल्पिक नेतृत्व हौँ । पार्टी एकता टुंगिसकेपछि हामी युवा नेताहरु एकजुट भएर एउटै धारणा बनाउँछौँ । नेताहरुलाई के के कुरामा सपोर्ट गर्ने, अब उहाँहरुले पार्टीमा के योगदान दिने भन्ने विषयमा पनि छलफल गर्छौँ । नयाँ पुस्ताले कसरी यो पार्टी लिएर जाने त्यो पनि हामी सल्लाह गरौँला । हामी यो पार्टीलाई अझै एकताबद्ध बनाउँछौँ र अर्को चुनावमा अझ राम्रो पोजिसनमा ल्याउँछौँ । अब जहिले पनि केपी, प्रचण्डजीको हड्डी घोटेर त्यसमा मोजमस्ती गर्ने कुरा बेकार हो । अब हामी पनि नेतृत्वमा आउँछौँ ।’ एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले पार्टीको स्कुल विभागको प्रमुखमा घनश्याम भुषाल हुनुपर्नेमा जोड दिए । भैँसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर, नेता–मन्त्रीका जीवनशैलीका विषयमा पनि यी सामान्य भएको बताए । ‘अहिले राम्रो मन्त्री क्वाटर बनाउने आदी इत्यादी भन्ने कुरामा सायद जनमत नआउला । तर सरकार र सरकारका कार्यालयहरु सुविधा सम्पन्नै हुनुपर्छ । मन्त्रीले एउटा डेरामा बसेर कार्यसम्पादन गर्न सक्दैन । त्यसो भन्दा तँ सुविधासम्पन्न भइस् भन्ने आरोप लाग्न सक्छ । तर २०४७ सालमै, त्यो भन्दा अगाडी नै भैँसेपाटीमा संसद भवन र मन्त्रीहरुको क्वाटर बनाउने कुरा भएको थियो । पुल्चोकमा बनाइयो । त्यो बेलाको स्थितिमा हेर्ने हो भने त्यो संसद भवन पनि ज्यादै सुविधा भोगी कदम थियो । आज हेर्ने हो भने त्यो मन्त्री क्वाटर काम लाग्ने छैन । त्यहाँ कुनै सेवा सुविधा पनि छैन’, नेता भट्टराईले भने । मन्त्रीहरुलाई सेवा सुविधा थप्नुपर्ने पक्षमा आफू नभएको भन्दै उनले तर तुलनात्मक रुपमा सांसद तथा मन्त्रीहरुलाई हौस्याउने वातावरण छ या छैन त्यसमा भने विचार गर्नुपर्ने धारणा राखे । हामीसँग राम्रा होटलहरु, सेवा सुविधाहरु नभएर कतिपय गेष्टहरु नेपाल आउन हिच्किच्याउने गरेको पनि उनले सुनाए । उनले प्रधानमन्त्री केपी ओलीलाई सरकार सम्हालेको १८ महिनामा गरिएका कामहरु सही छन् कि छैनन्, पार्टीका वरिष्ठ नेताहरुलाई राखेर छलफल, समीक्षा गरी मुल्यांकन गरेर अघि बढ्न बारम्बार सचेत गराउँदै आएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले उठाएका कदम निकै नै कम मात्रामा मात्रै गलत हुने गरेको उनको दाबी थियो । प्रधानमन्त्रीले जनअपेक्षा अनुसारको काम गर्नका लागि मन्त्री नेताहरुलाई सही ढंगबाट परिचालन गर्न लागि परेको पनि उनले बताए । प्रधानमन्त्रीमा ओली आएपछि अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो भएको उनको बुझाइ छ । मन्त्रीमण्डल पुनर्गठनका विषयमा बोल्दै उनले दुई–तीन महिना अघिदेखि नै यसबारे चर्चा गर्नु गलत भएको बताए । प्रधानमन्त्रीले चाहेमा एकैदिनमा हुने कामलाई २–३ महिनाअघिदेखि नै चर्चा गर्दा सम्बन्धित मन्त्रीलाई काम गर्न असहज हुने, काम गर्ने वातावरण अनुकुल नहुने उनको भनाइ छ ।
|
1,434 |
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो । एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,435 |
काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वाकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् । होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार भन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छाक खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् । विस्तृत खबर आजको मा छापिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए ।
आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
|
1,436 |
पालिकाले आज राति कर्णाली, ५ साउन: उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत नवलपुर, ५ साउन: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही – हेमन्त केसी जाजरकोट, ४ साउन: जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी बलेवा, ४ साउन: बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो गण्डकी, ४ साउन: गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका– काठमाडौँ, ४ साउन: काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका चितवन, ४ साउन: चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट काठमाडौँ, ३ साउन: राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई काभ्रेपलाञ्चोक, ३ असार: नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको काठमाडौं, ३ साउन । पशुपति टाइम्स डक कम, हिमालयन कानुनी फार्म र नेपाल मानव अधिकार समाजको विधिवत रुपमा शनिबार उद्घाटन भएको छ । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पुर्व मन्त्री डा. काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप खरीद प्रक्रियालाई अघि बढाउँदै खोप केन्द्रहरु बढाउन निर्देशन दिएका छन् । आज (आइतबार) प्रधानमन्त्री देउवाले सिंहदरवारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,437 |
गतवर्ष बर्दिया निकुञ्जबाट बस्तीमा पसेर ६ जनाको ज्यान लिने हात्तीमा रेडियो कलर’ जडान गरिएको छ । लामो प्रयासपछि नियन्त्रणमा लिएर स्याटेलाइट जीपीएसयुक्त प्रविधि जडान गरिएको हो ।‘प्रविधि जडानपछि हात्तीका गतिविधि थाहा हुनेछ,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले भने, ‘निकुञ्ज बाहिर निस्कनासाथ उसलाई धपाउन सहयोग पुग्नेछ ।’ सेनाले हवाई फायर गर्दासमेत हात्ती नभाग्ने गरेको निकुञ्जका कर्मचारीले बताए । मध्यवर्ती क्षेत्रको ढकेला गाउ‘ पस्ने क्रममा ‘डार्ट’ गरेर बेहोस पारिएपछि घाँटीमा रेडियो कलर जडान गरिएको थियो ।मध्यवर्ती क्षेत्रका गाउँमा क्षति पुर्याउँदै आएको एक अर्को हात्तीमा पनि रेडियो कलर जडान गरिने निकुञ्जले जनाएको छ । एक महिनायता जंगली हात्तीले मध्यवर्ती क्षेत्रका २ दर्जन बढी घर भत्काउनुका साथै गहु‘बाली नष्ट गरेको छ । रात पर्नासाथ मध्यवर्ती क्षेत्रका ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका गाउ‘घर सुनसान हुन्छन् ।
|
1,438 |
पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको शनिबार पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा सुरज उपाध्याय चयन हुनुभएको छ । यस्तै सदस्यमा मीरा ढकाल, ध्रुव केसी, खिम लामिछाने, अल्पज्ञानी र नेपालप्रकाश अधिकारी चयन हुनुभएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील रही साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका लामिछानेले ¥याण्डमको उचाइलाई सकेसम्म अझै बढाउन प्रयास गर्ने र नसके पनि उचाइ घट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस चितवन, साउन ५ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ म्याग्दी, साउन ४ । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक म्याग्दी, १ साउन । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको काठमाडौं, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् काठमाडौं, असार २८ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको मुग्लिन (चितवन), २५ असारः इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । चितवन, २४ असार । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
|
1,439 |
काठमाडौँमा उपत्यकामा जेलमा रहेका अधिकांश बिदेशी अपराधीमध्ये अधिकांश चिनियाँ रहेको पाइएको छ । उपत्यकाका विभिन्न ठाउँमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका २८३ विदेशी नागरिकहरुमध्ये अधिकांश चिनियाँ नागरिक हाल जेलमा रहेको पाइएको हो । अदालतबाट कैद सजाय तोकिएकादेखि पुर्पक्षका लागि थुनामा रहेकाहरुसम्म जोड्दा उपत्यकामा कुल २८३ बिदेशी जेलमा छन् । देशभरका कारागारमा भने ८५० विदेशी कैदी रहेका सो विभागले जनाएको छ । अन्य ठाउँको तुलनामा काठमाडौँमा चिनियाँ अपराधीहरु धेरै जेलमा छन् । तीमध्ये मानव बेचबिखन, तस्करी, र वित्तीय अपराधमा संग्लग्न चिनियाँहरु धेरै छन् । कारागार व्यवस्था विभागको पछिल्लो तथ्यांकानुसार सुन्धारास्थित केन्द्रीय कारागारमा सबैभन्दा बढी १८७ विदेशी कैदी छन् भने ललितपुरस्थित नख्खु कारागारमा ७१ विदेशी कैदी छन् । यता डिल्लीबजारस्थित सदरखोरमा २५ विदेशी कैदी राखिएको छ । विदेशी कैदीहरूले दैनिक ८० रुपैयाँ नगद र ७०० ग्राम चामल पाउने गरेका छन् ।
|
1,440 |
क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसँग बुधबार भएको भेटमा उनले यस्तो धारणा राखेका छन्। भेटमा मन्त्री पुनले देशभित्रै १० वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै त्यसका लागि सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताए। उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागि क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गरे। ‘ऊर्जा मन्त्रालयले पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागि कामसमेत तिव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पूरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ’, मन्त्री पुनले भेटमा भने। उनले आगामी वर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि ऊर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी दिए। मन्त्री पुनले भारतसँग यसअघि नै ऊर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही वर्षमात्र चीन र बंगलादेशसँग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए। उनले बङगलादेशले नेपालबाट पाँच सय मेगावाट र भारतले १५ सय मेगावाट बिजुली नेपालबाट किन्ने जानकारी समेत भेटमा दिएका छन्। भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे। मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरे। उनले नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउने व्यक्त गरे। भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावनाबारे मन्त्री पुनसँग छलफल गरे। निजी क्षेत्रका प्रतिनिधीमण्डललाई लिएर आएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राखेका छन् ।
|
1,441 |
बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान जारी छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतले पुन: निर्वाचन गर्ने फैसला गरेसँगै आज मतदान भइरहेको हो । १० बुथका १९ मतदान केन्द्रमा १३ हजार ६ सय ५९ मतदाताले मतदान गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले जानकारी दिए । अहिले बाक्लो सुरक्षा घेराभित्र मतदान भइरहेको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मतदातासँगै रहेर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिर घेरालाई नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ । कुनै पनि अप्रिय घटना नहुन दिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । पर्याप्त मात्रामा राष्ट्रिय अनुसन्धान र निर्वाचनमा कर्मचारी पनि खटिएका छन् । प्रहरीलाई मतदान केन्द्रमा मात्र नभई गाउँ-गाउँमा पनि बाक्लोरूपमा अटाइएको छ । यसअघि मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीयस्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् । प्रतिबद्धता जाहेर गर्नेमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत जिल्लास्थित नेताहरूको सहभागिता थिए । वैशाख ३० गते मुलुकका अन्य ७५२ स्थानीय तह जस्तै यहाँ पनि निर्वाचन भइरहेको थियो । बुढीगंगा नगरपालिका ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता रहेकोमा एक हजार ६९९ मत खसाइएको थियो । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । यही मतले देशैभरि यहाँको निर्वाचनबारे शङ्का पैदा गराएको थियो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भवतः नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदानस्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए । नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । २०७४ को स्थानीय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामै सबैभन्दा बढी मत खसेको थियो । यो मतदान स्थलमा विगतदेखि नै कांग्रेसले नियन्त्रणमा लिएर फर्जी मत हाल्दै आएको आरोप लाग्ने गरेको छ । तर, कांग्रेसले भने यो कुराको खण्डन गर्दै आएको छ । कांग्रेसले भने एमालेले चार वडाका बुथहरू कब्जा गरेको आरोप लगाएको थियो । समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरू वडा नम्बर २, ३, ५ र ९ नम्बरका मतदान स्थलबाट अपराह्नतिर मतपेटिकासमेत मतदान स्थलमै छाडेर हिँडेका थिए । कांग्रेस नेताहरूले एमालेले बुथ कब्जा गरेपछि सुरक्षा दिन नसकेर भाग्न बाध्य भएको बताएका थिए । यता एमाले नेताहरूले भने कांग्रेसले सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई फिर्ता बोलाएको आरोप लगाएको थियो । विवाद त्यतिमा मात्रै सीमित भएन । निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुल हुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएपछि यहाँ थप विवाद भएको थियो । जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरूबिच सहमति हुन सकेन । थप अध्ययनका लागि निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुग्यो । समितिले प्रतिवेदन बुझाए लगत्तै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । तर, उक्त प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरु गर्न सिफारिस गरिएको थियो ।
|
1,442 |
प्रमुख लिउले मेलम्ची खानेपानी आयोजनाको सुरुङ नजिक निर्माण हुने शालिकको शिलान्यास गरेका हुन् । आइतबार नेपाल आएका प्रमुख लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । प्रमुख लिउले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।
|
1,443 |
हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो । २०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए । घटना पश्चात् फरार रहेका महतोलाई घर आएको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
|
1,444 |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवर्तनबाट बेदखल भएकाहरुको दलाल भनेका छन् । परिवर्तनविरोधीहरुले ओलीलाई दलालका रुपमा तयार गरेको प्रचण्डको टिप्पणी थियो । ‘पार्टीको अर्को अध्यक्ष बनाइएको थियो तीन अध्यक्षलाई नेकपाभित्र दलालका रुपमा तयार गर्न सफल भए,’ नेपाल राष्ट्रिय उद्दोग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले ओलीबारे भने,‘दलालका रुपमा मोहराका रुपमा तयार गर्न शक्तिहरुले सफलता प्राप्त गरे ।’ परिवर्तनबाट धावा बोलिएाहरु न्ै पहिलो दिनदेखि षड्यन्त्रमा थिए भन्दै तिनले नै ओलीलाई मोहराका रुपमा तयार गर्ने सफलता प्राप्त गरेको बताए । ओलीले अरुको इशारामा संविधान क्षतविक्षत पार्ने लोकतन्त्र मास्ने गतिविधि गरेको आरोप लगाए । प्रतिनिधि सभा पुनःस्थापनाबाट एउटा ब्याटल जितेपनि ढुक्क हुने अवस्था नभएको बताए । नेकपाबारे २३ फागुनमा सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अस्वाभाविक भने । देश र भावी सन्ततीको भविष्य जोखिममा पारिएको प्रचण्डको भनाई थियो । उनले भने,‘ नेपालीको आत्मनिर्णय धरापमा छ । हामी आफैले निर्णय गर्न सक्नु र निर्णय लिनसक्नु आत्मगौरव धरापमा छ ।’ उनले नेपालीलाई निरिह बनाउन खोजिएको र निर्णय अधिकार खोस्न खोजिएको बताए । उनले भने,‘ बढी गर्यौ भने भनेर धम्की दिन थालेका हुन् कि । आदेशपालक बनाउन खोजेको हो कि ।’ काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
|
1,445 |
झण्डै ५ सयलाई क्वारेन्टाइनमा राखेको नेपालगन्ज नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिएकी छन् । उपप्रमुख थापाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उनीहरुको व्यवस्थापन गर्ने बताइन् । नेपालगन्जका बासिन्दाको व्यवस्थापन उपमहानगरपालिकाले लिने र बाँकीलाई सम्बन्धी स्थानीय तहले जिम्मा लिने गरी पठाउने योजना रहेको उनले बताएकी छन् । कोरोना कहर ः बाँकेका जमुनाह नाकामा रोकिएका नेपाली सिधै क्वारेन्टाइनमा नेपाल भारत सीमाको जमुनाहमा रोकिएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । झण्डै ५ सयलाई क्वारेन्टाइनमा राखेको नेपालगन्ज नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिएकी छन् । उपप्रमुख थापाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उनीहरुको व्यवस्थापन गर्ने बताइन् । नेपालगन्जका बासिन्दाको व्यवस्थापन उपमहानगरपालिकाले लिने र बाँकीलाई सम्बन्धी स्थानीय तहले जिम्मा लिने गरी पठाउने योजना रहेको उनले बताएकी छन् । उपप्रमुख थापाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उनीहरुको व्यवस्थापन गर्ने बताइन् । नेपालगन्जका बासिन्दाको व्यवस्थापन उपमहानगरपालिकाले लिने र बाँकीलाई सम्बन्धी स्थानीय तहले जिम्मा लिने गरी पठाउने योजना रहेको उनले बताएकी छन् ।
|
1,446 |
सिंहदरबारमा आज बसेको समितिको बैठकले एक वर्षे योजना बनाउन उपसमिति गठन गरेको हो। सभापति रामनारायण बिडारीको संयोजकत्वमा गठन भएको उपसमितिमा राधेश्याम अधिकारी, सुमन प्याकुरेल, बलराम बास्कोटा र विना पोखरेल सदस्य रहेका छन् ।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख गर्नका लागि पुस्तकालयको व्यवस्था गर्न विज्ञहरुसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए। समितिका सदस्य राधेश्याम अधिकारीले पुस्तकालयसम्बन्धी आवश्यक परामर्श गरेर राष्ट्रिय महत्वको दस्तावेज अभिलेख राख्ने काम सुरु गर्नुपर्ने बताएका थिए ।
|
1,447 |
राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ। आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ। यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ। एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ। यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका नेकपा एमाले बूढानीलकण्ठ-१० को तेस्रो वडा अधिवेशनले शम्भु शरण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी काठमाडौं ।
|
1,448 |
फैसलामा ढिलाई हुँदै गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने कानुनको कार्यान्वयनमा बाधा उत्पन्न गरेको छ । वार्षिक २५ हजार बढी नेपालीको ज्यान लिने सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारले २०७१ कात्तिक १३ गते सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) निर्दे्शिका २०६८ लाई संसोधन गरेको थियो । संसोधित निर्दे्शिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा छापिदै आएको ७५ प्रतिशत चेतावनीमुलक चित्रको भागलाई बढाएर ९० प्रतिशत छाप्नुपर्ने निर्देश गरेको थियो । निर्णय कात्तिकमा गरिएको भएपनि त्यसको कार्यान्वनय छ महिना पछि अर्थात १ जेठ २०७२ बाट लागू हुने भनिएको थियो । तर सूर्ति उद्योगीहरुले सरकारको सो नियमलाई अटेरी गर्ने योजनाका साथ अघि बढे । सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, रयापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्दे्शिका २०७१ ले तय गरेको ९० प्रतिशत चित्र छाप्नुपर्ने व्यवस्था खारेजीको माग गर्दै उद्योगीहरु १५ माघ २०७१ मा सर्बोच्च अदालतमा रिट दायर गर्न पुगे । उद्योगीको माग विरुद्ध हुने सर्बोच्चमा अर्को दुईवटा मुद्धा परयो । सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण हुनुपर्छ भन्ने अभियान चलाईरहेको संस्था एक्सन नेपालका तर्फबाट रामचन्द्र शर्मा र अर्का अधिवक्ता हुतराज कोइरालाले निर्देशिका कार्यान्वनय हुनुपर्ने माग गर्दै विपक्षी विरुद्ध मुद्धा दायर गरे । सर्बोच्चले शुरुमा यी मुद्धालाई छुट्टा छुट्टै राखेपनि अहिले एउटै बास्केटमा हालेर पेशी तोकेको छ । तर रिट दायर भएको करीब चार बर्ष सम्म मुद्धाको छिनोफानो भएको छैन । सुर्ती उद्योगीलाई विपक्षी बनाई अधिवक्ता कोइरालाद्धारा दायर रिट २४ पटक पेशी तोकियो भने एक्सन नेपालका तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटमा १६ पटक पेशी तोकिइ सकेको छ । तर मुद्धाको छिनोफानो अझै हुन सकेको छैन । रिट दायर पछिको करीब चार बर्षको अवधीमा २४ पटक भन्दा बढी पेशी तोकियो १३ पटक बढी बहस भयो तर सर्बोच्चले ठोस निर्णय गर्नै सकेको छैन । यो मुद्धामा बर्तमान प्रधानन्यायधिस ओमप्रकाश मिश्र मात्रै होइन यसअघि सर्बोच्चको निमित्त प्रधानन्यायधीश बनेका दीपकराज जोशी, आफ्नो कालखण्डमा चर्चित बनेका प्रधानन्यायधिसहरु कल्याण श्रेष्ठ, सुशीला कार्की र गोपाल पराजुलीको बेन्चमा समेत परेको थियो । तर ठोस निर्णय त्यस बेला पनि आउन सकेन । मुद्धाको पेशी लम्विदै जाँदा सूर्ति उद्योगीहरुले कानून कार्यान्वयनमा अटेरी गर्न थप बल पाइरहेका छन् । सरकार भने आफैले बनाएको कानून कार्यान्वनय गर्न अल्मलिएको अवस्था छ । यसले सूर्तिजन्य पदार्थको प्रयोगकर्ता अर्थात आम नेपालीलाई नसर्ने रोगको जोखिमबाट जोगाउन समस्या परिरहेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्था कार्यान्वनयमा ल्याउन कुनै बाधा अडचन नभएको बताए । ‘खासमा सुर्ती उद्योगीहरुले रिट दायर गर्दा ९० प्रतिशत कार्यान्वयन नगर्न अन्तरिम आदेश मागेका रहेछन् तर अन्तरिम आदेश दिइएको छैन । त्यसैले सरकारले सो नीति कार्यान्वयन गर्न अहिले पनि मिल्छ,’ उनले भने । श्रेष्ठले ऐन अनुसार नै निर्देशिका संसोधन गरेकोले यसको फैसलामा अल्मलिनुपर्ने अवस्था समेत नभएको प्रतिक्रिया दिए । श्रेष्ठले प्रधानन्यायाधिश भएकै बखत त्यसबेला सुर्ती नियन्त्रण सम्वन्धी रिटमा महत्वपूर्ण फैसला गरेका थिए । सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने माग गर्दै एक्सन नेपालले २ चैत २०७२ मा दायर गरेको रिटको सोह्रौ पेशी आजका लागि तोकिएको छ । यसअघि गत ६ भदौमा हेर्दा हेर्दैको अवस्थामा राखिएकोले आज त्यसको अन्तिम फैसला हुनसक्ने जानकारहरु बताउँछन् । यद्धपी एक पछि अर्को गर्दै रिट हाल्ने र लम्व्याउँदै जाने परिपाटीले यसै भन्न नसकिने अवस्था छ ।
|
1,449 |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ । नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।
|
1,450 |
१३ औं साग अन्तर्गत आर्चरीमा नेपाल फाइनलमा पुगेको छ । १० वटा स्वर्ण पदकका लागि पोखरामा जारी भिडन्तमा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स्डतर्फ फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पदक पक्का गरेको हो । कम्पाउण्ड मिक्स्ड टिममा नेपालले बंगलादेशसंग फाइनलमा खेल्ने भएको छ । नेपालले श्रीलंकालाई १ सय ३७ का बिरुद्ध १ सय ४३ अंक ल्याउँदै फाइनलमा स्थान बनाएको हो । यो स्पर्धामा भुटान सहभागी नभएपछि बंगलादेश भने सीधै बाई पाएर फाइनलमा पुगेको हो । नेपालले आइतबार अन्य पाँच विधामा कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
|
1,451 |
सिमा सुरक्षाविद तथा सशस्त्रपूर्व एआइजी डा.कृष्णकुमार (केके) तामाङले नेपालसंगको सिमा समस्या समाधानको लागि हाल सिमा रक्षा गर्दे आएको सशस्त्र पहरीलाई कन्तुर म्याप दिनुपर्ने बताएका छन् । अहिलेको सिमामा खटिएको सशस्त्रको जनशक्ति निकै न्यून रहेको जनाउदै उनले पूर्वदेखी पश्चिमसम्म भारतीय सुरक्षा बल जनु किसमले खटिएको छ त्यहि अनुरुप नेपाली सुरक्षा फौज तैनाथ हुनपर्नेमा जोड दिएका छन् । देशको आर्थिक अवस्था कमजोर, जनशक्ति पनि थौरै भएको र अख्तियारी नभएकाले सिमामा समस्या हुने गरेको उनको भनाई रहेको छ । जन आस्ता साप्ताहिकलाई दिएको अन्र्तवार्तामा उनले सिमामा भएका स्थम्भहरु कहिले बाढीले बगाउने कहिले किसानले जानाजान वा अन्जानमा सार्ने तथा कहिले भत्केर जाने भएकाले त्यसको सुरक्षा मात्र नभएर सशस्त्र प्रहरीलाई पुर्न्निमार्णको जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिएका छन् । संरक्षण गर्नेलाई मर्मतको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।नेपालको सवालमा भने कसले सिमा मिच्यो भन्ने पहिचान नै नभएको उनको भनाई छ । नेपाल र भारतबिच परापूर्वकालदेखि घनिष्ट मितेरी सम्बन्ध रहदै आएकोमा कुनै दुुई मत नरहेको जनाउदै उनले सीमाका कारण दुई देशबिच कटाक्ष गर्नुपर्ने, एक अर्काेलाई आरोप पत्यारोप लगाउनुपर्ने कुनै कारण नरहेको बताउदै उनले काँडेतार वा पर्खाल लगाई दिएको भए मित्रतामा अवरोध नआउने उनको भनाई छ । सशस्त्रलाई नयाँ प्रविधियुक्त नक्साको आवश्क्ता भएकोमा उनको जोड रहेको छ । बजारमा पाइने टुरिष्टको नक्शा वा ग्लोब हेरेर सिमा निर्धारण गर्न नसकिने जनाउदै उनले स्याटेलाइटबाट निकालियको बैज्ञानिक प्रणालीको नक्सा त्योपनि दुबैदेशका सिमा बिद र मन्त्रीपरिषदबाट सहमती गरेर टुङग्याउनु पर्ने उनको भनाई छ । उक्त प्रकारको नक्सा सशस्त्र प्रहरीको हातमा अहिले सम्म नपरेको जनाउदै उनले सशस्त्रले आफुलाई नक्शा चाहियो भनेर लेखापढिसमेत गरेको उनले बताए । सशस्त्रलाई जिपिएस दिएर के गर्ने? उनले भने आधिकारिक नक्शा चाहियोनी । म्याप टु ग्राउन्ड, ग्राउन्ड टु म्याप भन्ने कसा त्यसले पक्ता लगाउने उनको दाबी छ । त्यहाँ पिल्लर भएपनि नभएपनि पानी, खोला, भीर पहरा जे भएपनि कन्तुर म्यापले ठ्याक्कै देखाउने उनले बताए । उक्त नक्शाकोलागि गृह मन्त्रालयलाई जानकारी गराउन खोज्दा नापी विभागलाई भन्छ, नापी विभागलाई भन्न्दा रक्षा मन्त्रालयलाई भनेर टारिरेको उनले बताए । त्यसकारण सुस्ता, लिपुलेक, लिम्पीयाधुरा लगायतका नेपाली भू–भागमा दुई पक्षिय सम्झौता हुन सकेको छैन् । नेपालमा मात्रै नभए भारतमा पनि गौहत्यालाई गैर कानुनी मानियकाले तिनै खुला सिमानाबाट गोरु तस्किरी हुने भएकाले सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीलाई ठाँउको ठाँउ गोली हान्ने अधिकार दिईनुपर्ने उनको माग रहेको छ । त्यो अख्तियारी नदिदासम्म सीमामा सशस्त्र राखेको के काम? अहिले सीमामा ड्रोन र सेना पठाउने कुरा भई रहेको छ तर त्यहाँ रोबर्ट नै पठाएपनि गोली हान्ने आदेश नदिएसम्म केहि हुनेवाला छैन् । जवसम्म अधिकार दिईदैन तवसम्म केहि उल्लेख्य परिणाम आउन नसक्ने उनले बताएका छन् । जन आस्था साप्ताहिकसंग गरेकोे कुराकानीको सम्पादित अशं काठमाडौँ, ६ साउन (रासस) । बिपी कोइरालाका दुईवटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र काठमाडौँ, ६ (रासस) । इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,452 |
कर्णालीमा खेती गरिँदै आएको एक लाख १७ हजार ४११ हेक्टर जमिनमा अन्न बाली उत्पादन घट्दो क्रममा गएको छ। तथापि तरकारी र फलफूल उत्पादन बढेको तथ्याङ्क सार्वजनिक भएको छ। कर्णालीमा तीन लाख ६६ हजार २५५ घरधुरीमध्ये तीन लाख दुई हजार ६४० परिवार कृषिमा आश्रित रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सुर्खेतमा कृषि गणनाको तथ्याङ्क सार्वजनिक गर्दै कर्णालीमा अन्न बाली उत्पादन घटेको तर तरकारी तथा फलफूलको उत्पादन बढेको जनाएको छ। राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय तथ्याङ्क सार्वजनिक गर्ने क्रममा सो तथ्य सार्वजनिक भएको हो। तथ्याङ्क अनुसार एक हजार ४५६ हेक्टरमा धान बाली लगाउने गरेकोमा २०७८ मा घटेर एक हजार २१६ हेक्टरमा मात्र धान लगाउने गरिएको पाइएको छ। मकै ६७३ हेक्टरबाट घटेर ५५९ हेक्टरमा तथा गहुँ ७४९ हेक्टरबाट घटेर ६५४ हेक्टरमा लगाउने गरिएको छ तर तरकारी ८४ हेक्टरबाट बढेर १९७ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले कर्णालीमा आँप ३१२ हेक्टर, केरा ४७२ हेक्टर, सुन्तला ८९२ हेक्टर, कागती २०३ हेक्टर र स्याउ दुई हजार १९७ हेक्टरमा लगाउने गरिएको जानकारी दिनुभयो। यति हुँदाहुँदै कर्णालीमा तीन हजार ९९२ हेक्टर अस्थायी बाँझो जमिन रहेको छ । यसमा पनि यी फलफूल लगाउन सकिन्छ । कृषि औजार प्रयोग, कृषि ऋण, बिमा र सरकारी अनुदानमा भने कर्णालीको अवस्था कमजोर रहेको छ । कर्णालीमा २४ हजार ४०३ कृषक अर्थात् आठ प्रतिशतले फलामे हलो, १५ हजार ३९२ कृषक अर्थात् पाँच प्रतिशतले ट्याक्टर र १३ हजार ७२० कृषक अर्थात् चार प्रतिशतले पावर ट्रिलर प्रयोग गर्ने गरेको पाइएको छ । अझै पनि ९२ प्रतिशत कृषकले काठको हलोबाट खेती गर्दै आएको निर्देशक कार्कीले बताउनुभयो । कर्णालीमा जम्मा १० प्रतिशत किसानले मात्रै कृषि ऋण लिएका छन्। बिमा गर्ने कृषक तीन प्रतिशत र सरकारी अनुदान लिने कृषक चार प्रतिशत मात्रै रहेका छन्। कर्णालीका ९० प्रतिशत किसान कृषि ऋण, ९७ प्रतिशत किसान बिमा र ९६ प्रतिशत किसान सरकारी अनुदानबाट वञ्चित रहेका छन् । कृषि गणनामा कर्णालीमा गाईगोरु र राँगाभैँसीको सङ्ख्या घटेको छ । खसीबोका र च्याङ्ग्रा बढेको छ । गाईगोरुको सङ्ख्या छ लाख ५८ हजार ३७०, राँगाभैँसीको सङ्ख्या एक लाख ६४ हजार ११७, खसीबोका तथा च्याङ्ग्राको सङ्ख्या १२ लाख ७२ हजार २५१ रहेको छ । २०६८ मा नेपालमा बाह्रै महिना खान पुग्ने किसान ४० प्रतिशत रहेकोमा यस पटक बढेर ४५ प्रतिशत पुगेको छ तर कर्णालीमा बाह्रै महिना खान पुग्ने कृषक ३० प्रतिशत र सुर्खेतमा ४३ प्रतिशत रहेको छ। निर्देशक कार्कीले अन्य प्रदेशको तुलनामा कर्णाली पछि नै रहेको देखिएको बताउनुभयो । यता तथ्याङ्कमा कृषकले सरकारलाई विभिन्न सुझावसमेत दिएका छन्। कर्णालीका ५७ प्रतिशत किसानले समयमै मल, बिउ उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्। त्यसपछि ४८ प्रतिशत किसानले सिँचाइको व्यवस्था गर्न, २७ प्रतिशत किसानले कृषि कार्यका लागि तालिमको व्यवस्था गर्न र प्राविधिक सेवा सहज उपलब्ध गराउन, २२ प्रतिशत किसानले कृषि औजार तथा आधुनिक साधन उपलब्ध गराउन, १८ प्रतिशत किसानले उन्नत नस्ल र उन्नत बिउबिजन उपलब्ध गराउन र १२ प्रतिशत किसानले कृषि उत्पादनको उचित बजारको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । उता कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा तथ्याङ्क नहुँदा योजना तथा बजेट निर्माण गर्न कठिनाइ हुने गरेको बताउनुभयो। उहाँले कृषि गणनाले मन्त्रालयलाई नीति र योजना बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले तथ्याङ्कमा कर्णालीमा फलफूल तथा तरकारी खेतीमा वृद्धि भएको देखिनु सुखद भएको कृषि मन्त्रालयका सहसचिव डा. नरहरिप्रसाद घिमिरेले तथ्याङ्कका आधारमा रहेर योजना बनाउन सहज हुने बताउनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव एवं उपप्रमुख तथ्याङ्क अधिकारी डा. डिल्लीराज जोशीले करिब सात हजार जनशक्ति परिचालन गरी ४५ दिन लगाएर कृषि गणना गरिएको बताउनुभयो । उहाँले कृषकको घरमा पुगेर जानकारी लिइएको हुँदा यो तथ्याङ्क विश्वसनीय रहेको दाबी गर्नुभयो ।
|
1,453 |
स्त्रीरोग विशेषज्ञ दिलिप शाहका अनुसार गाउँघरमा ७० प्रतिशतसम्म महिलालाई महिनावारी स्वच्छताबारे जानकारी छैन । शहरमा पनि आमाबुवा, आफन्तले सिकाएर भन्दा पनि युवतीहरू आफैंले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।
|
1,454 |
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्। साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए। विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुकै कारण समस्या उत्पन्न भएको उनले बताए। उनले भने ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो। त्यसमा सम्झौता गर्न आएनन्। सम्झौता गरेपछि एलसी गर्न आएनन्। एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो। सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ। असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो। साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर मल वितरण भइरहेको छ। त्यसैले कोरोनाका कारण समस्या भएको होइन।’ मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताए। विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ छ। कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो। दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६÷०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।
|
1,455 |
काठमाडौँ - संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवाल-जवाफ भएको हो । सबैभन्दा पहिले काँग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभुज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रङ्क लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रुपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानमन्त्रीले बिचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए । सवाल-जवाफका लागि आएका प्रधानमन्त्री ओलीले सुरूमा पुष्पलाललाई सम्झिए । त्यसपछि उनले आफ्नो गुनासो राख्न थाले । ‘हामी यस गरिमामय सदनमा हामीले बोल्दा भएका कुरा बोल्ने गरौँ, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौँ । पार्टी फरक होला, तर त्यसो भनेर जथाभाबी बोल्ने नगरौँ झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने । उनले थपे, ‘मैले हिजो बोल्दा विद्युत् महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुङ्ग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । ‘बेठिकखालका सेटिङ र विभिन्न खालका तन्त्रको पछाडि मलाई कुद्नु छैन । देश र जनताको हितको पक्षमा ६० वर्ष समर्पण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु । कसरी मैले तिर्नु पर्दैन भने ? यहाँ उपस्थित हुनुहुन्नथ्यो भने रेकर्ड सुनेर आउनुस् । हामी गरिमामय संसदमा छौँ । जनताले छानेका प्रतिनिधिले झूटो नबोलौँ । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक खालका फोटोहरू छपाएको छ । हामीले सत्य कुराहरू गर्न सिक्नुपर्छ । भ्रष्टाचारका विरुद्ध बोलौँ, भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप नलगाऔँ । म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझ्या हुन सक्छ । कसैलाई मर्का पर्या हुन सक्छ । यो दलीय व्यवस्था हो । प्रश्नहरू राजनीतिक हिसाबले नै अगाडि बढाऊँ ।’ प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवाल जवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे । त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौँ भन्ने हो ।
|
1,456 |
आज बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद केसीले गएकाे साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गर्नुभएकाे हाे । उहाँले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनुभयो । उहाँले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एअरपाेर्टमा एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेरिन्छ । सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एअरपोर्टबाट बाहिर निस्किन्छ ? सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी न्यायिक आयोग गठन हुनुपर्छ ।’ सांसद केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताउनुभयो । उहाँले भन्नुभयाे, ‘प्रतिपक्षले संसद् अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसद्लाई जहिले पनि बन्धक राख्ने कुरा प्रतिपक्षको निरन्तर स्वभावकै रूपमा परिणत भएको छ । पहिला ५९ दिन संसद् बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ । हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद् चल्न दियौँ ? त्यस करणले संसद् बन्दको विकल्पमा अरू बाटो खोल्नुपर्छ । उहाँहरूले उठाउनुभएको कतिपय विषयहरूमा हाम्रो पनि सहमत छ । सुन तस्करी प्रकरणमा जाँचबुझ ऐन २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीशहरू राखेर समिति बनाऔँ ।
|
1,457 |
राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले २००७ सालदेखि निरन्तर मधेसलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुविधाबाट वञ्चित रहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित मधेस प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेसलाई टेकेर दुई दर्जनभन्दा बढी नेताहरुले संसददेखि प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसके पनि मधेसी जनताको जीवनस्तरमा कुनै परिवर्तन् नआएको उनको भनाइ छ । आफूले हिजो सञ्चारकर्मीका रुपमा रिर्पोटिङ गर्दा मधेसमा जहाँ कमिसन आउँछ, त्यहाँ विकास गरेजस्तो गरेर भष्ट्राचार गरेका प्रमाण भेटेको बताए । त्यसैकारणले मधेसले विकासको काँचुली फेर्न नसकेको उनको भनाइ छ । जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै उनले भने, ‘जहाँ कसैसँग डर हुँदैन, त्यहाँ भगवानको डर हुनुपर्छ, तर, मधेसका नेतृत्वले त भगवानलाई पनि टेरेनन् ।’ सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,458 |
नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। मोरङ जिल्लामा छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश क्षेत्र रहेको छ। सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि डिगबहादुर लिम्बू सर्बसम्मत सिफारिस भएका छन् समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मिनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ भने सो क्षेत्रको समानुपातिक र प्रदेश समेत गरी ३७ जना, क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा. मिनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ। उनीहरल अहिले पनि सांसद् छन्। त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ अमृत अर्याल सर्बसम्मत एएका छन् भने समानुपातिकसमेत गरी ३९ जना, क्षेत्र नं ६ बाट डा. शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा. डीला संग्रोला र अशोक कोइराला सहति ६९ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस नाम मध्ये दुई कोईराला बहालवाला सांसद् पनि हुन् ।
|
1,459 |
चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफर राखेका हुन् । चलचित्र बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको बताइएको छ । अर्का अफर चलचित्रको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो । एनएफआई क्रियशनको ब्यानरबाट बनेको चलचित्रका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । लागूऔषध दुव्र्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।
|
1,460 |
पानी बिक्री गर्न र आफ्नो जीविका चलाउन स्टिव पूर्णतया आफ्ना गधामा निर्भर थिए । ती गधाले पानी भरिएका २० जर्किन लादिएको गाडा तानेर स्टिवका सबै ग्राहकसम्म लैजान्थे । जबदेखि स्टिवका गधा तिनका छाला काढ्नका लागि चोरिए उनले काम गर्न सकेनन् । अन्य मानिससरह स्टिवको पनि त्यस दिन दैनिकी सुरु भएको थियो । नैरोबीको बाह्य इलाकामा रहेको आफ्नो घरबाट निस्केर उनी आफ्ना पशुलाई लिन खेतमा गए । उनी त्यस दिनको घटना सम्झेर भन्छन्, “मैले त्यहाँ तिनलाई देखिनँ । दिनभरि, रातभरि र भोलिपल्ट पनि मैले यताउता खोजेँ तर फेला पारिनँ ।” तीन दिनपछि एक जना साथीले उनलाई फोन गरेर आफूले पशुका हाडखोर फेला पारेको जानकारी दिए । “तिनलाई मारिएको छ, वध गरिएको छ र तिनीहरूको छाला त्यहाँ थिएन ।”
|
1,461 |
निर्वाचन आयोगले संविधानसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको छ । सरकारले उक्त क्षेत्रमा चैत २८ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । आयोगले उक्त दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।
|
1,462 |
विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले घोषणा गरेको छ । मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डस्बीचको खेल सोही दिन हुनेछ तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्कप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो । फिफाले विश्कप फुटबल प्रतियोगितको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।
|
1,463 |
जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले भने, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।
|
1,464 |
सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताउनुभयो । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् । विमानस्थलका प्रमुख उपाध्यायका अनुसार गत माघ १९–फागुन १७ गतेसम्म सात हजार सात सय ८२ जना हवाई मार्ग प्रयोग गरी काठमाडौँ गएका छन् । अघिल्लो वर्ष सोही समयमा तीन हजार सात सय ३४ जनाले मात्र हवाई मार्ग प्रयोग गरेका थिए । सिम्रिकले यात्रुको चाप निकै बढेपछि आफ्नो उडान भरतपुरमा सुरु गरेको हो । रासस वि.सं.२०७३ चैत ९ बुधवार ०६:३४ मा प्रकाशित काठमाडौँ ।
|
1,465 |
टयाक्टरको ठक्करबाट इलामको माङसेबुङ गाउँपालिकामा एकजनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का ३० बर्षिय शरण राईको मृत्यु भएको हो । जिल्लाकै दक्षिण्ीा माईनगरपालिका ९ मालबासेमा एक ब्यक्तिको लडेर मृत्यु भएको छ । मालबासेका ५५बर्षिय गोपाल किसानको घर नजिकै रहेको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । घरबाट सामान किन्न निस्केका किसान लामो समयसम्म नआएपछि स्थानीय तथा आफन्तले खोजतलास गर्न क्रममा भिरबाट करिब २० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनापछि अहिले प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
|
1,466 |
विगतका वर्षभन्दा अगावै हिमपात र वर्षा भएपछि सो क्षेत्रको तापक्रम एक्कासी घट्दा जनजिवन प्रभावित बनेको छ । गत शुक्रवार भारतको जम्बु कास्मिर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा गराएपछि मध्यपश्चिम र सुदुरपश्चिमी भेगमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘गत वर्ष भन्दा केही दिन अघि सो क्षेत्रमा चिसो बढेको छ’–महाशाखाका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो । तर यस्तो प्रभाव पूर्वी तथा मध्यभेगमा नफैलिने र हिमपात प्रभावित जिल्लाको मौसममा पनि आइवार अपरान्ह्रदेखि सुधार आउन थालेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावले पश्चिमी भेगमा चिसो बढेपनि काठमाडौं उपत्यकाको न्यूतम तापक्रम भने केही दिनयता स्थिर छ । गत कार्तिक १० गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षको सबै भन्दा कम ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण गत शनिवारयता दिपायल, डडेलधुरा, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला र आसपासका भेगमा वर्षा भएको महाशाखाले जनाएको छ । आइतवार अपरान्ह्रसम्ममा सबैभन्दा बढी डडेलधुरामा २४ मिलिमिटर वर्षा भएको छ भने दिपायलमा ९ दशमलव २, धनगढीमा ६ दशमलव ५, विरेन्द्रनगरमा १ दशमलव ४ र नेपालगञ्जमा १ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ ।
|
1,467 |
नवलपुरको गैँडाकोटमा बसले ठक्कर दिँदा काँग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । नेपाली काँग्रेस चितवनका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । उनी काँग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,468 |
विश्वमै स्वतन्त्र पहिचान र अस्तित्व कायम राख्न सफल हिमाली काखमा अवस्थित नेपालको आˆनै इतिहास छ । मुलुक र नेपाली जनताको स्वतन्त्रता कायम राखिरहन थुप्रै वीरवीराङ्गनाले आˆनो अमूल्य जीवन गुमाएका छन् । यसै परिप्रेक्ष्यमा विभिन्न राजनीतिक क्रान्ति, जनआन्दोलनका क्रममा नेपाल आमाका थुप्रै सपूतले तातो रगत बगाइसकेका छन्, जसले गर्दा विशाल छिमेकी मुलुकका बीचमा अवस्थित यो नेपाली मुलुक आजसम्म स्वतन्त्र अस्तित्व राख्न सफल भएको छ । स्वतन्त्रताप्रेमी आमनेपाली जनताका लागि यो खुसीको कुरा हो ।
विडम्बना, नेपाल र नेपालीलाई नयां युगमा प्रवेश गराउने ऐतिहासिक दिन सात फागुनको प्रजातन्त्र दिवसप्रति वर्तमान सरकारले कुनै औपचारिक कार्यक्रम नगरेर नेपालीको स्वतन्त्रताका लागि लड्ने सहिदहरूको अवमूल्यन गरेको छ । ७ फागुन अर्थात् प्रजातन्त्र दिवस नेपाललाई एक सय चार वर्षे जहानियां राणाशासनको चङ्गुलबाट मुक्ति दिलाउने ऐतिहासिक दिन थियो । ०७ सालको यो दिन नेपालको बन्द समाजलाई खुला रूपमा अवतरण गराइएको दिन हो । सरकारमा रहेका राजनीतिक दलहरूले यसलाई नेपाल र नेपालीका लागि मुक्तिगामी दिनका रूपमा मनाउनको साटो सानो औपचारिक कार्यक्रमसमेत नगरेर आन्दोलनमा सहभागी राजनीतिक दल तथा सहिदहरूप्रति उपेक्षा गरेको छ ।
सरकारको नेतृत्व गरेको एमाओवादीले ०७ सालको आन्दोलनलाई आन्दोलन नै मान्दैन । उसको सोचाइमा त्यो राजनीतिक क्रान्ति नै होइन भन्ने सुरुदेखिकै दृष्टिकोण हो । हुनत ०७ सालको आन्दोलन राजनीतिक क्रान्ति थिएन र त्यसलाई हामी मान्दैनौ भनेर प्रधानमन्त्रीका सल्लाहकारले सार्वजनिकरूपमै पुष्टि पनि गरिसक्नुभएको छ । एमाओवादीले नेपाली समाज र राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्ने कुरा आग्रहपूर्ण मात्रै होइन कि सम्पूर्ण कुरामा त्रुटिपूर्ण र मूर्खतापूर्ण पनि छ । पहिलो, एमाओवादीले नेपाली राजनीतिको विकासक्रमलाई सही रूपमा ठम्याउनै सकेको छैन भन्ने पुष्टि गरेको छ । अर्को कुरा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आˆनो नेतृत्वमा सहमतिको सरकार निर्माण गर्छु भन्ने कुरा गरिरहनुभएको छ ।
जुन पार्टीको नेताले मुलुकको अग्रगामी परिवर्तन गर्ने र जनतालाई नयाा युगमा प्रवेश गराउने मुलुकको आन्दोलनको सम्मान गर्न सक्दैन, आन्दोलनमा सहभागी जनता र राजनीतिक दलहरूको संवेदना र संवेदनशीलतालाई बुझ्न सक्दैन भने कसरी राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्छ ? सरकारको यो रबैयाले उनी यति धेरै सङ्कीर्ण, अनुदार, कमजोर नैतिक धरातल भएको व्यक्तिका रूपमा पुष्टि गरिदियो कि अब उनले सहमतिको सरकारको नेतृत्व गर्नसक्छन् भन्ने हैसियत कसरी राख्छन् ? यसले एउटा यो पक्षलाई पनि उजागर गर्छ भने अर्को सरकारको अर्को घटक मधेसवादी दलहरू, जो अधिकांश कांग्रेसबाट गएका नेताहरूले भरिएका छन्, चरम अवसरवादी र कुनै नैतिक धरातल नभएका देखिन्छन् । यद्यपि ती मधेसवादी दलका नेताहरूले कांग्रेससाग असहमति भएरै अलग पार्टी खोलेका हुन् । त्यसमा हाम्रो कुनै आपत्ति र असन्तुष्टि छैन ।
नेपालको राष्ट्रिय दिवसका रूपमा १५ जेठ को गणतन्त्र दिवसलाई मनाउने भन्ने कुरा राजनीतिक दलहरूबीच मोटामोटी समझदारी भइसकेको अवस्था छ र, भोलिका दिनमा त्यो मनाउनमा कुनै आपत्ति छैन तर यसो भन्दैमा आजै वषौ देखि मनाइादै आएको प्रजातन्त्र दिवसलाई चटक्कै बिर्सेर जान सकिादैन ।
त्यसैले १५ जेठलाई गणतन्त्र दिवस अर्थात् राष्ट्रिय दिवस मनाइरहादा अरु दिनहरूलाई कसरी संस्मरण गर्ने त ? सार्वजनिक विदामात्रै दिएर संस्मरण गर्ने कि सरकारका तर्फबाट औपचारिक कार्यक्रम गरेर मनाउने भन्ने एउटा छलफलको विषय होला । तर ७ फागुनको प्रजातन्त्र दिवसलाई हामी मान्दै मान्दैनौ , यसलाई किन मान्ने भन्ने कुतर्क राखेर प्रजातन्त्र दिवसलाई नमनाइएको हुनुपर्छ ।
म स्वयम् प्रजातन्त्र दिवस मनाउन ७ फागुनमा हाम्रो पार्टी कांग्रेसका सबैभन्दा बढी सहिदहरूले सहादत प्राप्त गरेको ओखलढुङ्गाको कार्यक्रममा सहभागी भएर आएको थिएा । यस्तै अन्य स्थानमा पनि कांग्रेसका नेता तथा कार्यकर्ताले विभिन्न कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाएका छन् । प्रजातन्त्र दिवसप्रति कांग्रेस र यसका नेता कार्यकर्ताहरूको सम्बन्ध भावनात्मक रूपमा जोडिएको छ । आगामी दिनमा अर्थात् अर्को वर्षको प्रजातन्त्र दिवस मनाउने जिम्मेवारी त कांग्रेसको काधमा मात्रै आएको छ । किनकि सरकारको नेतृत्वसमेत गरिरहेको एमाओवादी र मधेसवादी दलहरूले सानो औपचारिक कार्यक्रमसमेत गरेनन् र सरकारका तर्फबाट पनि कुनै औपचारिकतासमेत निभाइएन । तसर्थ आमनेपालीलाई एक सय चार वर्षे जहानियां राणा शासनको चङ्गुलबाट मुक्ति दिलाउने ७ फागुनको दिन प्रजातन्त्र दिवसका रूपमा मनाउने जिम्मेवारी कांग्रेसको कांधमा आइपुगेको छ ।
निरङ्कुश राणाहरूको पञ्जाबाट मुक्त भएको दिनलाई जानीजानी कसैले हामी मान्दैनौ वा सम्भदैनौ भन्छन् भने हामीले त्यसको महत्वलाई कम गर्न सक्दैनौ । अब यसको महत्वलाई अझै बढाएर तमाम मुक्तिगामी सहिदहरूलाई हामीले सम्भिनैपर्छ । नेपालका हरेक आन्दोलनकी जननी भनेकै ७ फागुनको आन्दोलन नै हो । आदिवासी जनजातिका आन्दोलन, मधेस आन्दोलनलगायत जनआन्दोलनसमेत सात सालकै आन्दोलनको जगमा भएका छन् । हामीले २०६२/६३ को जनआन्दोलनलाई महान् आन्दोलन भनेर स्थापित गर्दै जांदा सात सालको आन्दोलनलाई बिर्सन मिल्दैन , किनकि यी सबै आन्दोलन, जनआन्दोलन वा राजनीतिक क्रान्ति वा राजनीतिक परिवर्तनको आधारस्तम्भ भनेकै सात सालको आन्दोलन हो । एमाओवादीकै भनाइमा, उनीहरू जनयुद्ध मनाउलान्, कांग्रेसले बिपी दिवस मनाउला अरु पार्टी अन्य दिवस मनाउलान्, तर यसो भन्दैमा हामीहरूले राष्ट्रिय दिवसको महत्व राख्ने ऐतिहासिक दिनको महत्वलाई कदापि बिर्सन मिल्दैन ।
|
1,469 |
सप्तरी जिल्ला अदालतले आयोजना गरेको छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङ । तस्बिर: ललिता साह सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संविधानमा नै समाजवादको परिकल्पना अनुसार हामीले प्रभावकारी न्याय सम्पादनको लागि अदालतको काम चुस्त दुरुस्त र पारदर्शी बनाउनुपर्ने बताउनु भएको छ । शनिवार जिल्ला अदालत सप्तरीमा समसामयिक विषयमा न्यायधीसहरूसँग छलफल गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । त्यसको निम्ति अदालत सुदृढीकरणका लागि आफू सधैँ लागि पर्ने र समयानुकूल कानुनमा संशोधन परिमार्जन गर्न आफू प्रतिबद्ध रहेको उहाँले भन्नुभयो । सप्तरीमा अझै बालविवाह, जातीय छुवाछुत, दाइजोजन्य घरेलु हिसा, बोक्सा बोक्सीको आरोप जस्ता कानुनले निषेध गरेका कार्यहरू अझै हुने गरेका छन् । सो सम्बन्धमा अझै जनचेतना जगाउन बाकी नै रहेको र त्यसको कानुनी आधारमा न्यायिक सम्बोधन हुन नसकेको सप्तरी जिल्ला अदालतका न्यायधिस हेमन्त रावलले जानकारी गराउनुभएको थियो । राजविराज जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश वामदेव ग्यवालीको अध्यक्षतामा भएको छलफलमा उच्च अदालत ,सप्तरी र सिराहा जिल्ला अदालतका न्यायाधीशहरूको उपस्थिति रहेको थियो ।
|
1,470 |
सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार ३५ दिनभित्र बुझाउन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बताए । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार दिउसो आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताएका हुन् । सरकारले स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । सरकारले तोेकेको ३५ दिनभित्र उक्त अवैध हतियार बुझाए कानुनी कारवाही नहुने पनि मन्त्री बास्कोटाले बताए । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ’, उनले भने । गत मंगलबारकै बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ०६२र०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रले विश्लेषण गर्दै आएको छ ।
|
1,471 |
काठमाडौँ – सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उहाँकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ । नवजात शिशु जङ्गलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालेका थिए । जङगलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।
|
1,472 |
राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन ।
|
1,473 |
उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्रप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै त्चभलमष्लन मा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ ।
|
1,474 |
केही प्रदेशमा तीनपटक मुख्यमन्त्री फेरिँदा यहाँको सरकार ढलेन। तर, यस पटक सरकार गठनको महिना दिन नबित्दै मुख्यमन्त्री फेरबदलको क्रम यसै प्रदेशबाट सुरु भएको छ ।
बिहीबार एक मत बदर तथा गठबन्धनका दुई सदस्यको अनुपस्थितिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भीम भण्डारी सभामुख चयन हुनबाट एक मतले रोकिएका थिए। शुक्रबार गठबन्धनको किचलो तथा सभाध्यक्षको अनुपस्थितिले प्रदेश सभा बैठक बस्न सकेन ।
प्रदेश सभामा सभामुख चयनको प्रक्रिया दोस्रोपटक पनि सफल हुन सकेन। उक्त बैठकमा विशेष समयमा बोल्ने क्रममा सोडारीले अल्पमतमा परेकाले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नभए बहुमत देखाउनुपर्ने बताएका हुन् ।
बिहीबार भएको मतदानमा सत्ता गठबन्धन र विपक्षी तर्फबाट मनोनयन भएका दुबै प्रस्तावलाई बहुमत जुटेन। बुहमत पाउन नसकेपछि प्रक्रिया शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
बिहीवार कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले अब पञ्चेश्वर पनि अघि बढ्ने बताए। निर्वाचनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका हरेक चुनावी सभालाई सम्बोधन गर्दा बाँडेको आश्वासन देउवाले धनगढी पुगेर पनि दोहर्याएका हुन् ।
गठबन्धन गरेर पनि ४ ठाउँ जित देखेको माओवादी केन्द्र चारै ठाउँ पराजित हुनुर्यो । माओवादी मात्र हैन त्योभन्दा बढी खल्लो यहाँ नेकपा (एमाले) का लागि भयो ।
निर्वाचनमा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले नमिठो हार बेहोरेको छ। गठबन्धनको आडमा प्रदेशका ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पूर्व सांसदलाई उम्मेदवार बनाएको माओवादीले कुनै पनि क्षेत्रमा जित निकाल्न नसकेको हो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको अछामको यो क्षेत्र भीम रावलको क्षेत्र हो। यहाँ विगत १५ वर्ष यता एमालेको एकलौटी जित हुँदै आएको थियो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगिसकेका छन्। मनोनयन दर्ताको दिन समेत गृह जिल्ला नपुगेका देउवा अहिले भने शक्ति प्रदर्शनका लागि यहाँ आइपुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती राणाले रोज्न खोजेको सो क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो छ भने देशभर उनलाई सिट नछाड्ने क्षेत्र त न होला। तथापि, उनले एकपटक देउवा नै विजयी भइसकेको क्षेत्र सुरक्षित ठानिन् र २०७४ सालमा कैलाली ५ रोजिन् ।
२०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन। घटनाको ४ वर्षसम्म पनि प्रहरीको अनुसन्धान कुहिरोको काग जस्तै बने पछि निर्मलाकी आमा दुर्गा देवी पन्तलाई न्याय पाइन्छ भन्ने विश्वास लाग्न छाडेको छ ।
मंगलवार राति पानी परे पनि बुधवार दिउँसो घाम लागेको धनगढीमा बुधवार राति पुनः पानी परेपछि धनगढी-३ मा रहेको मित्रनगर र विद्युत् कार्यालय आसपासको क्षेत्र डुबानमा परेको स्थानीय बलबहादुर ऐरले बताए। मित्रनगर आसपासका क्षेत्र डुबानमा परेपछि आवतजावतमा समस्या भएको छ ।
गर्मी बढेसँगै विद्यालय पनि धमाधम बन्द गर्ने क्रम चलेको छ। दुई जिल्लाका आधा दर्जन बढी स्थानीय तहहरूले विद्यालय बन्द गरेका छन् ।
तर, भर्खरै सम्पन्न निर्वाचन नजिकिँदा फेरि मेयरमा उम्मेदवारी दिँदा उनले विवेकशील साझा छाडिसकेका थिए। स्वतन्त्रबाट लड्ने लक्ष्य लिएर र राजनीतिक दलबाट दिए राजीनामा ।
|
1,475 |
एसत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गरिनेछ । यसअघिको गठबन्धनको बैठकमा एमसीसीबारे दलहरुको एकमत हुन सकेको थिएन । एकीकृत समाजवादी पार्टीले एमसीसी बारे छलफल गर्न मात्रै संसदमा टेबल गर्न दिने निर्णय गरिसकेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।
|
1,476 |
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
|
1,477 |
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । नियमित पेशीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाई हुने वा नहुने निश्चित छैन । यसअघि पटक–पटक सुनुवाइको पेशी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेशीमा राखिएको छ । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,478 |
नेपाल विद्यार्थी संघले बजेट अध्यादेश र संविधानसभाको म्याद वैशाख सम्म सार्ने सरकारी निर्णयको विरोध गर्दै मंगलबार बेलुका राजधानीमा प्रदर्शन गरेको हो । विरोधमा पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि मसाल जुलुस प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
|
1,479 |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढन नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारे । सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने दोहोर्याए । प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको समूहको काम के हो ? भनि प्रश्न पनि गरे ।
|
1,480 |
बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।
|
1,481 |
बाइडेन सन् २०२० मा अमेरिकी राष्ट्रपति बनेपछि सीसँग पहिलोपटक भौतिक रूपमा भेट हुन लागेको हो। विश्वका दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बहुप्रतीक्षित भेट हुन लागेको हो। बाइडेन र सीबीच विश्वका धनी देशहरुको समूह जी-२० सम्मेलनअन्तर्गत आउँदो सोमबार इन्डोनेसियाको बालीमा भेटवार्ता हुनेछ। चीनले ताइवान आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफ्नो सार्वभौमिकता आफूमै रहेको बताउँदै आएको छ। अमेरिका ताइवानको पक्षमा छ र केही समय अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्। त्यसपछि अमेरिका-चीन सम्बन्ध थप खराब बनेको हो। अमेरिकाले सो तनावपछि कम्युटर चिप प्रविधिमा प्रतिबन्ध लगाएको थियो। त्यसले चीनको निर्यातमा आधारित अर्थतन्त्रमा सो प्रतिबन्धले प्रभाव पारेको छ, विशेष गरी मोबाइल फोन तथा अरू विद्युतीय सामग्रीको उत्पादनमा। चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको महामारीको अधिकांश समय चीनमै रहे, उनी हालैमात्र विदेश भ्रमणमा निस्कन लागेका हुन्। अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भेटवार्ता तय भएको पुष्टि गर्दै भने, ‘पक्कै पनि हामीले ताइवानबारे छलफल गर्नेछौँ। र, सो वार्ताको क्रममा सबै विषयमा हाम्रो रेडलाइन प्रस्तुत गर्ने छौँ।’ यसले चीनलाई तनाव कम गर्ने उपायबारे निर्णय लिन सजिलो हुने उनले बताए। तर अमेरिकाले ताइवानका सम्बन्धमा आफ्नो नीतिमा कुनै पनि आधारभूत परिवर्तन भने नगर्ने बाइडेनले बताए। चीनले स्वाधिन राज्य सञ्चालन गरिरहेको ताइवानलाई आफ्नो भागका रूपमा लिँदै आएको र चीनमा गाभिनु पर्ने बताउने गरेको छ। ताइवान भने आफू स्वतन्त्र देश रहेको बताउँछ। चीनले ताइवानमाथि आक्रमण गरेको अवस्थामा अमेरिकाले ताइवानको रक्षा गर्ने बाइडेनले बारम्बार बताउने गरेका छन् । यस्तो परिवेशमा हुन लागेको बाइडेन-सी वार्तालाई अन्तर्राष्ट्रिय भू-राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ। जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
|
1,482 |
मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही ५० हजार सिटी एक्सप्रेस मनी ट्रान्सफरले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलश मनी ट्रान्स्फर , सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जना लाई चेक हस्तान्तरण गरिएको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
|
1,483 |
स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनियमितता ढाक्न स्थानीय तहले कर्मचारी फिर्ता पठाएको आशंका गर्दै यसलाई गम्भीर रुपमा लिएको छ। रौतहटको राजपुर नगरपालिकाका मेयर मा।सकिल अख्तरले केन्द्रबाट पठाइएका प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ नगरपालिकामा आवश्यक नरहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन्। यस्तै, मुगुको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि मन्त्रालयबाट खटिएका उपसचिव पीताम्बर सारुलाई केन्द्रमै राख्न आग्रह गरेका छन्। उपचसचिव तहका कर्मचारी नगरपालिकामा आवश्यक नभएको उनले मन्त्रालयमा पठाएको निवेदनमा उल्लेख छ। उक्त नगरपालिकामा विद्यालय निरीक्षक (विनि) ललितजंग मल्लले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। नगरपालिकामा कर्मचारी अभाव भएपछि मुगु जिल्ला प्रशासनले तत्काल काम चलाउन विनिलाई खटाएको हो। हुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पनि केन्द्रबाट खटिएका प्रशासकीय अधिकृत विष्णुकुमार भट्टराईको काज फिर्ता गरी सहयोग गर्न उल्टै मन्त्रालयलाई आग्रह गरेका छन्। उक्त गाउँपालिकामा नायबसुब्बा खडानन्द चौलागाईं निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। रौतहट यमुनामाई गाउँपालिकाका अध्यक्ष चन्द्रिका मुखियाले पनि शाखा अधिकृत पुष्करचन्द्र घिमिरेलाई मन्त्रालयमै फिर्ता पठाएका छन्। अधिकृत घिमिरे गाउँपालिकालाई आवश्यक नभएको अध्यक्ष मुखियाले मन्त्रालयलाई लेखेको चिठीमा उल्लेख छ। गाउँपालिकामा नायबसुब्बा शिवपूजनप्रसाद यादव निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहले कर्मचारी फिर्ता गरेको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए। उनले भने,‘यो गम्भीर विषय हो। उहाँहरूलाई मन्त्रालयले पठाएको कर्मचारी फिर्ता गर्ने अधिकार छैन।’ नागरिकमा खबर छ ।
नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने ।
काठमाडौंको न्युरोड क्षेत्रमा भैरहेको फुटपाथ विस्तार काममा स्थानीयले फेरि अवरोध गरेका छन् । अदालतको आदेशपछि महानगरपालिकाले निरन्तरता दिएको न्युरोडको फुटपाथ विस्तारको कामको विरोधमा स्थानीय उत्रिएका हुन् ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उनकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् ।
नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो ।
|
1,484 |
साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन ।… कास्की ट्राफिकले केही दिन अघि भेटिएको नगद रकम दाबी गरिलिन सूचना जारी गरेको छ । जिल्ला प्रहरी ट्राफिक कार्यालयबाट आज… म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन… मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा… हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा कक्षा चढ्दै जाँदा विद्यार्थीको सङ्ख्या भने… गण्डकीका दुई जिल्लामा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा… म्याग्दी सदरमुकाम बेनीमा डेङ्गी रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७… गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान… पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका… गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ । २०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएर… पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने,… पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालदेखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ ।… लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण… तनहुँको भिमादमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जा हरिनास-५ घर भई हाल शुक्लागण्डकी-५ गल्छिना बस्दै आएका ४०… तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका… माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
|
1,485 |
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा चार जनाले फिर्ता लिएका हुन् । प्रदेश सभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एक जनाले र प्रदेश सभा ‘ख’ मा ७ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा समाजवादीकी बीना गोतामे र स्वतन्त्र उम्मेदवार प्रकाश जोशीले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेस (वीपी) का अस्मिता गुरुङले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश सभा ‘ख’ मा मनोनयन दर्ता गराउनुभएका हाम्रो नेपाली पार्टीका विमल घिमिरेले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । अब प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम रहेको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा ५ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा ७ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधि सभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (वीपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम छ । प्रदेश सभा ‘क’ मा एमालेका जमीन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘ख’ तर्फ एमालेका कृष्णप्रसाद अधिकारी, कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।
|
1,486 |
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले सो गिरोहमा पूर्वमन्त्री समेत संलग्न भएको, गृह मन्त्रालयको गाडी समेत प्रयोग भएको विषयबारे संसदमा ध्यानाकर्षण गराएका हुन् । उनले भने,‘नेपाल सरकारले २०७५ साल मंसिर ३ गते बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गते तत्कालीन गृहमन्त्रीको संयोजकत्वमा ९ सदस्य समिति गठन भयो । पछि नेपालीलाई भुटानी शरणार्थी बनाउन नेपाली गिरोह सक्रिय भयो । त्यसमा तत्कालीन मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरूको समेत नाम मुछियो । एकजनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको, गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरुको नातेदारको नाममा चेक समेत काटिएको म्यासेन्जर र हाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ । त्यस कारण यो मानव बेचबिखन र ठगीको जघन्य अपराध हो । अपराधमा संलग्न जोसुकै होस कारबाहीको दायरामा ल्याउनुपर्छ ।
|
1,487 |
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकू शिविर घोटालालगायत चर्चामा आएका सब खाले भ्रष्टाचार काण्डको निष्पक्षतापूर्वक छानबिन गर्न सरकारसँग माग गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै लडाकू शिविर घोटाला काण्डको छानबिन गर्न माग गरेको हो । ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले जनाएको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकू शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ’ –१६ बुँदे निर्णयमा भनिएको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको निष्कर्ष निकालेको छ । ‘उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउन सक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन्’ –निर्णयमा भनिएको छ । पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरूको प्रभाव यति बेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । उसले राष्ट्रियताको मामिलामा समेत सरकार कमजोर भएकाले थप खबरदारी जरुरी रहेको जनाएको छ ।
|
1,488 |
चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ । मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो । तत्कालीन समयमा शालिकको अनावरण नाट्यसम्राट बालकृष्ण समले गर्नुभएको वरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिए । उनले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रङरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताए । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फिट गहिरो स्थानमा रहन पुगेको छ । भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिए। “सडकको स्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उनले भने “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।” उनले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गरे । उनका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिकाभरिका साहित्यानुरागी, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताए । उनले चालु आर्थिक बर्ष २०७८÷७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताए । उनले शालिक बनाउँदा सो सडकको नाम मेची राजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिए । “तत्कालीन समयमा सडकभन्दा अग्लो भानुको शालिकसहितको स्मारक बनाइएको थियो”, उनको भनाई छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरूको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र संवद्र्धनमा नगरपालिकाले पहल गर्ने बताए । उनले दबिएको भानुको स्मारकलाई बजेट व्यवस्थापन गरेर अग्ल्याउने काममा पालिका लागिपर्ने जानकारी दिए । “सबैसँगै छलफल गरेर यसको व्यवस्थापन हुन्छ”, उनले बताए । शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थान्तरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इञ्जीनियर प्रमोद खतिवडाको भनाइ छ । उहाँले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै उनले स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । “कुनै बेला सडकमा देशका महान् व्यक्तिहरूको शालिक बनाउने चलन थियो, सवारीसाधानको भीडभाड हुँदैन थियो”, उनले भने “अहिले जनसङ्ख्याको वृद्धिसँगै सडकमा सवारीसाधनको वृद्धि भएको छ । सडकहरू फराकिला बनाइँदैछ तर पनि बीच सडकमा शालिकलाई राख्नुभन्दा निश्चित स्थानमा उद्यान बनाएर राख्दा राम्रो हुन्छ ।” मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,489 |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीविको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको संघारमा रहेकाे बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवं श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो।’ प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन पनि उनले श्रमजीवि, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह गरेका छन्। ‘संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्। प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवं श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेकाे बताएका छन् । ‘जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनहरुमा ग्रामीण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उनले भनेका छन् ।
|
1,490 |
सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो । प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच÷छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । त्यस्तै टेन्ट, सेफ्टी फ्युज लगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए। आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । मैदाने भौगोलिकरूपमा विकटसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ । मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।
|
1,491 |
राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए । 'कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा उल्लेख छ । यस वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान दिवस मनाइँदै छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसायमा लागेका नेपालीले पनि आज दही, चिउरा खाई असार १५ मनाउँछन् । धान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ, दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै “असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न अनुरोध गरेका छन् ।
|
1,492 |
लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो जिप दुर्घटना हुँदा ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो। बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूकाे को प्रहरी र स्थानीय मिलेर उद्धार गरेको छ ।
|
1,493 |
सो कोर्ष पुरा गरेको खण्डमा उनी एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को एक्रिडिडेटेट अम्पायर बन्ने छिन् । अहिले नेपालमा उदय आर्याल र सुमित शाक्य एबिसीका एक्रिडिडेटेट अम्पायर हुन् । त्यस्तै दीपक थापा र ओमविक्रम राणा भने सर्टिफिकेटेट अम्पायर हुन् । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवंम काठमाडौं जिल्ला ब्याडमिन्टन संघक अध्यक्ष रहेको अम्पायर थापा, अर्यालले सिद्धिकीलाई मंगलबार विदाई गरेका थिए । पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो ।
|
1,494 |
मृत्यु हुनेमा तेह्रथुमको छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुरको षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउकोदेखि घाँटीसम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राती सवा११ बजे घरैमा मृत्यु भएको थियो . राईको बिहीबार बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
|
1,495 |
कुरियरबाट पठाउन लागिएको २ सय कारोड भारतीय रुपैयाँ (३ अर्ब २० करोड नेपाली) तथा ठूला परिमाणमा गर गहना पक्राउ परेको छ । नगद र गरगहनाले भरिएका १ सय ४० वटा बोरा रेल मार्फत गुजरात पठाउने तयारी भएको बेला आयकर विभाग र नेसनल इन्वेस्टिगेसन एजेन्सी(एनआईए)ले रेल्वे स्टेसन बाहिरबाट नियन्त्रणमा लिएको हो ।
|
1,496 |
यस वेबसाइटले मोबाइल सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरूको तथ्यांक सार्वजनिक गरेको छ । मंगलबार नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेसनलले एक्वायर गरेको छ ।
|
1,497 |
चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी शुक्रबार मृत फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए। यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए। गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।
|
1,498 |
यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एसिटएम तथा पीओएस मेसिनमार्फत सामान वा सेवा लिन सकिने, ईएमभी चीपमा आधारित सुरक्षित कार्ड, यात्राका लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको बताए । बैंकले एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर बैंकले असार महिनाभरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निःशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ । काठमाडौं– नयाँ राजनीतिक समीकरणका कारण मौद्रिक नीति आउन केही ढिलाइ भएको छ । केन्द्रीय बैंकले काठमाडौं– आर्थिक वर्षको अन्त्यसम्ममा मौद्रिक नीतिको लक्ष्यभन्दा आधामात्रै कर्जा निजी क्षेत्रमा विस्तार भएको छ ।
|
1,499 |
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली काँग्रेसको काँधमा आउने विचार राखे ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.