Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,200 |
यही जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अगुवाइमा काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी, स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।
सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको काठमाडौँ महानगरपालिका वडा नं १५ कार्यालयले जनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुसार यस वर्ष पनि महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । बुद्ध जयन्तीलाई नेपालसहित भारत, चीन, श्रीलङ्का, भुटान, थाइल्याण्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा विशेष सम्मानका साथ मनाइन्छ ।
नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको मूल समारोह समितिका संयोजक महास्थवीरले जानकारी दिए । स्वयम्भूस्थित आनन्दकुटी विहारले पनि सोही दिन मनाउने बुद्ध पूजामा विभिन्न देशका राजदूतसहित उच्च तहका व्यक्तिलाई निम्ता गरेको जनाएको छ । विहारले अस्थि धातुसमेत प्रदर्शन गर्नेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।
|
1,201 |
काठमाडौं सरकारले संवैधानिक निकायको रूपमा रहेको लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै लोकसेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी विधेयक तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिले अन्तिम रूप दिइसकेको सो विधेयकमा सरकारले आयोगको प्रशासनिक अधिकारलाई संकुचन पार्दै आयोगको बजेट खर्च गर्न पाउने स्वतन्त्रतामा पनि अंकुश लगाउन खोजेको छ । यस्तै आयोगको बाधा अड्काउ फुकाउन पाउने अधिकारसमेत सरकारले कटौती गर्न खोजेको छ । नेपालको संविधान २०७२ ले लोकसेवा आयोगको क्षेत्राधिकारमा बढोत्तरी गरेको थियो । संविधानले क्षेत्राधिकार बढाए पनि सरकारले आयोगको अधिकारमा कटौती गर्न खोजेपछि आयोग सरकारसँग रुष्ट छ । लोकसेवाले सरकारले तयार पारेको आयोगको लोकसेवा सम्बन्धी विधेयकलाई सच्याउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार गरेको छ । लोकसेवा आयोगले परिवर्तित समयानुसार आयोगको अधिकार बढेकाले सोहीअनुसार नयाँ कानुन बन्नुपर्ने भन्दै आफैंले लोकसेवा सम्बन्धी विधेयकको मस्यौदा प्रधानमन्त्री कार्यालयसमक्ष पठाएको थियो ।
|
1,202 |
उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एकदिन अघि निधन भयो । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय शुक्रबार यूके जानका लागि तयार छन् । अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइरहेका छन् । अक्षयले वाशु भगनानीको धेरैजसो तारिफ गरिरहेका हुन्छन् । उनले सिनेमाघरमा बेल बटमलाई रिलिज गर्नका लागि सहमति व्यक्त गरेका थिए । यो फिल्मले महामारीका कारण धेरै पैसा कमाउन सक्दैन भनेर थाहा पाउँदा पनि उनले यसो गरे । अक्षय कुमारले आफ्नी आमाको निधनको खबर ट्वीटरमार्फत् दिएका थिए । अक्षयले लेखेका थिए, ‘उनी मेरी कोर थिइन् । र आज म आफ्नो अस्तित्वको मूलमा एक असहनीय पीडा महसुस भइरहेको छ । मेरी आमा अरुणा भाटिया आज बिहान शान्तिपूर्वक यो दुनियाँलाई छोडेर अर्को दुनियाँमा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने मेरो परिवार यस्तो भयानक स्थितिसँग गुज्रिरहेको छ । ओम शान्ति ।
|
1,203 |
नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति थियो । नेपाल र म्यानमारबीच शुक्रबार नै आपसी सहकार्यका विषयमा सम्झौता हुने बताइएको छ । काठमाडौंमा आयोजना हुन गइरहेको एशिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुची नेपाल आएकी हुन् ।
|
1,204 |
यहाँका जनताले विकास निर्माणका काम शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा गर्न पाउनुपर्ने र जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका माग राखेका छन् । कृषि सहकारी तथा श्रोत समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका सदस्य भवानी प्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रिको टोलीले जनस्तरतमै पुगेर गरेको अन्तरक्रियामा यहाँका जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेशगर्ने, शे–फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनुपर्ने लगायतका कुरामा संसदमा सिफारिस गर्ने संसदीय टोलीले गरेको निकुञ्जका प्रमुख सरोजमणी पौडेलले बताए । उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका जनतासँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकाससम्बन्धि बृहत छलफल गरेको थियो । निकुञ्ज स्थापना हुनु भन्दाअघिका बस्ती भएकाले गम्भिर रुपमा अध्ययन गरेर मात्रै संसदमा सिफारिस गर्ने समितिकी सभापति सुवेदीले बताइन् । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताइरहेकाले निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताए । निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर, बहुमूल्य जडिबुटी यार्सागुम्बा, नेपालकै गहिरो फोक्सुण्डो ताललगायतका पक्षबाट विश्वमाझ चिनिएको छ । नेपालकै ठुलो उक्त निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै यहाँका जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको छ । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा गरिने विकास निर्माणका विषयलाई लिएर निकुञ्ज, जनता र स्थानीय तहबीच बढ्दै गएको दूरीका विषयमा स्थलगत अध्ययनका लागि संसदीय टोली यहाँ पुगेको हो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,205 |
मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए। बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन्। बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर पराइ घर गइन्। त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ? हो, त्यही अवस्थाबाट गुज्रिरहेका छन् खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे मावे टोलका १८ वर्षीय मिलन, १४ वर्षीय संगीता, १२ वर्षीय टीका र ८ वर्षीय पवन विश्वकर्मा। तीन/चार वर्षको अवधिमा एकपछि अर्को गर्दै अभिभावकबाट टाढिएका चार बालबालिकाको अवस्था दयनीय बनेको छ। हाल उनीहरू दुःखजिलो गरेर जीवन निर्वाह गरिरहेका छन्। घरमा आफूभन्दा जेठो दाजु भए पनि पारिवारिक जिम्मेवारी संगीताको कलिलो काँधमा छ। बुवाको मृत्यु भएदेखि नै मिलन काठमाडौं गएर ज्यालामजदुरीको काम गर्दै बस्छन्। उनी कहिलेकहीँ मात्र घर आउने गरेका छन्। त्यस कारण पनि पारिवारिक जिम्मेवारी संगीताको काँधमा आइलागेको हो। हाल घरायसीदेखि घर व्यवहार धान्ने काम उनैले सम्हालिरहेकी छन्। घरपरिवार धान्न परेकै कारण संगीताले कक्षा ६ बाटै आफ्नो पढाइलाई रोकेकी छन्। गाउँकै भानु आधाभूत विद्यालयमा अध्ययनरत संगीता लकडाउन खुलेयता विद्यालय गएकी छैनन्। लकडाउन खुल्दा संगीताको विद्यालय जाने बाटो नै बन्द भइसकेको थियो। भाइबहिनीलाई पढाउनुपर्ने पारिवारिक जिम्मेवारी बोझका कारण विद्यालय जान नसकेको संगीता बताउँछिन्। आर्थिकरूपमा पनि विश्वकर्मा परिवार कमजोर छ। ‘घरको कामले गर्दा, पारिवारिक समस्यले गर्दा विद्याल जान छाडेकी हुँ। भाइबहिनीलाई पढाउनका लागि दुःख गर्दैछु,’ उनले भनिन्, ‘दाजुले पनि भाइबहिनीलाई पढाउँछु भने। दाजुले बिहे गरेपछि फ्रि हुन्छु, अनि पढ्न थालौंला।’ टीका कक्षा ४ मा र पवन कक्षा ३ मा भानु आधारभूत विद्यालयमा पढ्छन्। बुबाको मृत्यु भएपछि तीन वर्षअघि आमा फुलमायाले दोस्रो विवाह गरेकी हुन्। विक दम्पतीका चार छोरी र दुई छोरामध्ये कान्छी विमला आमासँगै छिन्। आमाले छाडेको केही समयपछि परिवारको जेठी छोरी सविताले पनि विवाह गरिन्। बाबु रघुवीरको मृत्यु भएकै वर्ष जेठो छोरा मिलनले पनि कक्षा ७ बाटै पढाइलाई बिट मारिसकेका छन्। पढाइ छाडेर काठमाडौं बस्ने गरेका मिलन हाल विदेश जाने तयारीमा छन्। समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले चालु आर्थिक वर्ष ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ। सो कार्यक्रम उनै संगीताको गाउँमा पनि सञ्चालन भइरहेको छ। पारिवारिक बोझका कारण विद्यालय जानबाट बञ्चित संगीताको शिक्षादीक्षाका लागि गाउँपालिकासमक्ष छात्रवृत्तिको प्रस्ताव राखिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगे (इन्द्रकुमार राई)ले बताए। ‘बाबुको मृत्युपछि आमाले अर्कैसँग विवाह गरिन्। त्यसपछि सो घरका बालबच्चा साहराविहीन बने। भाइबहिनीलाई नियमित स्कुल पठाए पनि संगीता आफैँ विद्यालय जान सक्दिनन्। घरमा आम्दानीको स्रोत छैन। दाजुले कमाएर पठाउने केही रकम र गाउँघरमा बनिबुतो गर्दा आउने थोरै रकमबाट घरखर्च चलाउनु पर्ने बाध्यता छ,’ नारथुंगेले भने, ‘साँच्चै यस्ता साहराविहीन नागरिकको लागि स्थानीय सरकारहरूले साथ दिने हो भने सिंहदरवार गाउँ–गाउँमा पुगेको अनुभव प्रत्यक्ष गर्न पाइन्थ्यो ।
|
1,206 |
म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गतालगायत विपन्न वर्ग तथा समुदायको अधिकारका लागि सरकार सदैव लागिपर्ने बताउनुभएको छ । आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपाल (निडवान) ले आयोजना गरेको चारदिने अन्तरप्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
|
1,207 |
बलिउड अभिनेता शाहिद कपूर र कृति सेनन अभिनीत फिल्म 'तेरी बातों में ऐसा उलझा जिया' शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ओपनिङ डेमा राम्रो कमाइ गरेको छ। बक्स अफिसमा पहिलो दिनमा धमाका मच्चाएको छ। फिल्मले दुई दिनमा १६ करोड २० लाख भारू कमाएको छ। पहिलो दिन ६ करोड ७० लाख भारू कमाएको फिल्मले दोस्रो दिन ९ करोड २० लाख भारू कमाएको हो। अराधना शाह र अमित जोशीले निर्देशन गरेको फिल्ममा शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्। बलिउडमा रजनीकान्तपछि कृतिले फिल्ममा दोस्रोपटक रोबोटको पात्र बनेकी हुन्। फिल्ममा रोबोट बनेकी कृति र शाहिदको लभस्टोरीबारे कथा रहेको छ ।
|
1,208 |
परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट बरामद गरेको हो । कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
|
1,209 |
‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो । उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए । फिलोसोफीकी छात्रा तान्या एक विश्वविद्यालयमा अध्ययनरत थिइन् । सन् २०१७ मा ‘मिस क्यानाडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन् । आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन् । तान्या २७ अगष्टमा सोलो स्काइडाइभका लागि गएकी थिइन् । स्काइडाइभमा प्यारासुट सही समय नखुलेको र खुले पनि प्यारासुटमा हावा नभरिएकाले उनी सिधा जमिनमा खसेकी थिइन् । उनलाई अस्तपालमा भर्ना गरिए पनि डाक्टरले बचाउन सकेनन् ।
|
1,210 |
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५१ औं बैठक सम्पन्न भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिसदको कार्यालय सिंहदरवारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न रु २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ । लगानी स्वीकृति हुनेमा रु १६ अर्ब ४५ करोड ९८ लाख लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र रु ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन् । बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिए। बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन लगायत अन्य गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिएका थिए । उक्त अवसरमा माननीय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा प्रभाकर, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण सिवाकोटी लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
|
1,211 |
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो । यसैबीच आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ । मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ । सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख\उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।
|
1,212 |
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटको प्रस्ताव गरेका छन् । गएराति ओलीले नेता नेपाललाई फोन गरेर आज भेट्न आग्रह गरेका थिए । तर, नेता नेपालले ओलीको प्रस्ताव अस्वीर गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले नेता नेपालले नमानेकै कारण दुई नेताबीच भेट हुन नसकेको बताए । नेपालले ओलीलाई तपाईंको फोन नउठाउँ भनेको तरपनि उठाएँ भनेर बताएको ओलीले बैठकमा सुनाएका थिए । ज्ञवालीका अनुसार ओलीले नेता नेपाललाई भेटेर पार्टी एकताको बिषयमा कुरा गरौँ भनरे टेलिफोनमै प्रस्ताव गरेका थिए । बैठकलाई सम्बोधन गर्दै ओलीले नेता नेपालसँग एकताको लागि तयार रहेको बताए । ‘हामी एकताका लागि तयार छौँ । तर विपक्षीसँग एकता गर्न खोजे,’ ओलीले बैठमा भने, ‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोजेर पार्टी कमजोर बनाउन खोजे एकता सम्भव छैन।’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,213 |
ब्रोकर कमिसन घटाएर लगानीकर्तामैत्री काम गरेको नेपाल धितोपत्र बोर्डले २० करोड पूँजी बगेका ब्रोकरहरुलाई मार्जिन लेण्डिङको सुविधा दिन सहज बनाउन प्रचलित नियमावली नै संसोधन गर्ने भएको छ । आज बसेको संचालक समितिको बैठकले सोको प्रक्रिया अगाडी बढाएको हो । साथै ब्रोकरहरुले पीएमएस सेवासमेत दिन पाउनेगरी नियमावलीको आवश्यक संसोधन हुने भएको छ । बोर्डले गरेको यस्तो तयारी कार्यान्वयनमा आएपछि पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ ।
|
1,214 |
गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना धनकुटा । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई ओखलढुंगा । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका– ८ मा गएराति इलाम । देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर खोटाङ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन उत्तम चौंलागाई निर्वाचित भएका छन् । सोमबार काठमाडौँ । कोशी प्रदेश सरकार र कोशी नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन उदयपुर । जलवायु परिवर्तन र प्राकृतिक श्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिदै गरेको सरोकारवालाको पाँचथर । गएराती मुलसधारे बर्षासँगै खोलामा आएको बाढीमा बेपत्ता जिल्लाका सबैको पहिचान खुलेको छ । राजविराज । राजविराज नगरपालिका वडा २ मा निर्माणाधीन अवस्थामा रहेको महिला सेफ हाउस भवनको निर्माण उदयपुर । चालु आर्थिक वर्षको अन्तिम हुन केहि दिन बाँकी रहँदा उदयपुरमा ७० प्रतिशत पुँजिगत राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
1,215 |
दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए । गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् । रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ता रिजालका अनुसार असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछन् । त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुपर्यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डर धाक धम्की दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडित जैसीले प्रहरीमा उजुरी दिए । पीडित पुरुषको नाम प्रहरीले गोप्य राखेको छ । पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।
|
1,216 |
अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् । यस्तै दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्या आएको अस्पतालका अहेव तथा ल्याबका कर्मचारीले बताउने गरेका छन् । जिल्ला अस्पताल उदयपुरमा अहिले प्रसूतिसहित अन्य बिरामी गरेर दैनिक १५० को हाराहारीमा उपचारका लागि आउने गरेको भए तापनि विशेषज्ञ डाक्टर नभएपछि अधिकांश बिरामी बीसौँ हजार खर्च गरेर एम्बुलेन्सबाट विराटनगर तथा सुनसरीको धरान जान बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ मोतिगडाका राजेश चौधरी बताउँछन् । दशैँ अगाडि हिँडेका डाक्टर सरुवा लिएर अन्यत्र गए पनि सम्बन्धित निकायले अन्य डाक्टरको व्यवस्थामा उचित ध्यान नदिँदा अहिले झण्डै तीन हप्तादेखि बिरामीले हैरान खेप्नु परेको बिरामीका आफन्तको गुनासो छ । यतिसम्म कि जिल्ला अस्पतालमा निःशुल्क प्रसूति बिरामीको सल्यक्रियासहितको उपचार हुने गरेको भए तापनि अहिले डाक्टर नभएपछि कतिपय बिरामीलाई स्थानीय निजी अस्पतालमा सल्यक्रियासहितको प्रसूति सेवा लिन रु ५० हजारसम्म रकम तिर्न बाध्य हुनुपरेको रौता–३ का कर्णबहादुर खड्काको गुनासो छ । यस विषयमा अस्पतालका प्रशासन फाँटका प्रमुखसहित अन्यसमेत बिदामा अन्यत्र गएपछि अहिले जिल्ला अस्पताल अहेव र नर्सको भरमा सञ्चालन हुन बाध्य रहेको स्थानीयवासी तथा अस्पतालका कर्मचारी नै बताउँछन् । तेह्रजना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल उदयपुरमा विगतदेखि नै तीन चारजना डाक्टरले अस्पताल सञ्चालन गर्दै आएका छन् भने धेरै डाक्टरको दरबन्दी खाली नै हुँदै आएको छ । केही भएका डाक्टर पनि धमाधम सरुवा लिएर अन्यत्र हिँडेपछि अहिले आएर जिल्ला अस्पताल डाक्टरविहीन नै बन्न पुगेको हो ।
|
1,217 |
शहरी विकासमन्त्री धनबहादुर बुढाको अधिकांश सम्पत्ति श्रीमतीका नाममा देखिएको छ । मन्त्री बुढाले प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा श्रीमती हिमाली बुढाको नाममा काठमाडौं महानगरपालिका-६ मा तीनवटा घरजग्गा रहेको उल्लेख गरेका छन् । बुढाको सम्पत्ति विवरणअनुसार, श्रीमती हिमालीको नाममा काठमाडौं महानगरपालिका-६, बौद्धमा ३ वटा घर र जग्गा भएको उल्लेख छ । श्रीमती बुढाको नाममा बौद्धमा १६ आना जग्गामा बनेको ७ तले घर र २० आनामा बनेका तीन तले दुईवटा घर रहेको उउल्लेख गरेका छन् । यसैगरी, श्रीमती बुढाकै नाममा काठमाडौं-६ मै सात आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री बुढाले डोल्पाको ठूली भेरी नगरपालिका-३ मा करिब ५ रोपनी जग्गा र चारवटा घर रहेको विवरणमा उल्लेख छ । मन्त्री बुढाले आफ्नो खातामा १५ लाख र श्रीमती हिमालीका नाममा ४५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ । उनले उक्त सम्पत्तिको स्रोत भने पैतृक र व्यापार व्यवसायबाट आर्जन गरेको उल्लेख छ । मन्त्री बुढाले १५० तोला सुन र ३ सय तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । साथै, उनले एउटा प्राडो र हाइलक्स गाडी पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
|
1,218 |
आगो लागिरहेको विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको विमान दुर्घटना भएपछि उद्धार जारी छ। यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेपछि उद्धार चलिरहेको छ। पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्। आगो लागिरहेको विमानबाट ३० भन्दा बढीको शव निकालिसकिएको छ ।
|
1,219 |
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
|
1,220 |
औषधि व्यवसायीहरुको व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) नवीकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधि व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायिक प्रमाणपत्रको नवीकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधि व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो । शनिबार भक्तपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, वागमती प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधि व्यवसायीलाई दिइने व्यवसायिक प्रमाणपत्रको अवधि बढाउन सकिने बताए । अहिले औषधि व्यवसायका लागि दिने व्यवसायिक प्रमाणपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । महानिर्देशक भट्टराईले भने तीन वर्षदेखि पाँच वर्षभित्र कहिले नवीकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए । कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधि व्यवसायीहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, वागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताए ।
|
1,221 |
मधेसी नेताहरू मधेस आन्दोलनका शहीदलाई राजनीतिक तर्पण अर्पण गर्दछन्, माल्यार्पण र जोसिलो भाषणमा माघ ५ गते बित्छ । अनि मिडियामा शहीद परिवारको गुनासो र मधेसी नेताको शहीदप्रतिको श्रद्धासुमनका शब्दहरू भरिन्छ । आज मधेस आन्दोलन भएको १७ वर्ष पुगेको छ । २०६३ माघ ५ गते सिरहाको लाहानमा रमेश महतोको तत्कालीन माओवादीद्वारा चइलाएको गोली लागेर मृत्यु भयो । बन्द राजमार्ग बलपूर्वक खुलाएर जान खोज्ने क्रममा माओवादी कार्यकर्ताले चलाएको गोली लागेर रमेशले ज्यान गुमाउनुपर्यो । त्यस घटनापश्चात् मधेस विद्रोहको रूप धारण गर्दै मधेसभर नै आन्दोलनको जनलहर फैलिएको थियो। २०६३ साल माघ १ गते अन्तरिम संविधान घोषणा भयो। त्यसमा सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, आत्मनिर्णयको अधिकार र स्वशासन एवम् प्रादेशिक स्वायत्तताको कुरा उल्लेख गरिएको थिएन। अन्तिरिम संविधान घोषणा भएको भोलिपल्टै माघ २ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएर विरोध प्रदर्शन गरे । संविधान जलाएको आरोपमा उपेन्द्र यादवलगायत २८ जना पक्राउ गरी सार्वजनिक मुद्दा चलाइयो । त्यसको विरोधमा फोरम नेपालले लहानसहित मधेसका जिल्लाहरूमा आन्दोलनको सुरुवात गरे । अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेस बन्दको आह्वान गरेको थियो। सोही क्रममा लहानमा माओवादी कार्यकर्ता र फोरमबीच रोक्ने र अघि बढ्ने विषयमा विवाद हुँदा माओवादीबाट गोली चलाउँदा रमेशको मृत्यु भएको थियो । रमेश फोरम नेपालका विद्यार्थी नेता थिए । महतोको हत्यापछि लहानमा दर्जनौं सवारी साधन र सरकारी कार्यालयहरूमा आगजनी गरिए । आन्दोलन चर्किँदै गएको क्रममा माघ ८ गत्तेसम्म लहानमा मात्र पाँचजनाले ज्यान गुमाए । यति बेलासम्म आन्दोलनको आगो सम्पूर्ण मधेसभर फैलिसकेको थियो । माघ ९ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आन्दोलनरत पक्ष मधेसी जनअधिकार फोरमलाई वार्ताका लागि आह्वान गरे । फोरमले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजीनामा नआएसम्म वार्ता नबस्ने अडान लियो । माघ १७ गते तत्कालीन प्रधानमन्त्री कोइरालाले देशवासीको नाममा सम्बोधन गर्न बाध्य भए । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र थपिने, नयाँ संविधानमा सबै जात, जाति, वर्ग र क्षेत्रका जनताको प्रतिनिधित्व हुने आश्वास्त पार्दै आन्दोलन फिर्ता लिन आग्रह गर्यो । तर, प्रधानमन्त्रीको सम्बोधनले मधेसको माग पूरा नभएको भन्दै जारी आन्दोलन रोकिएन । पुनः माघ २४ गते प्रधानमन्त्री कोइरालाले देशबासीको नाममा सच्याएर अर्को सम्बोधन गरेपछि माघ २५ गते फोरम नेपालले १० दिनका लागि आन्दोलन स्थगित गर्यो । त्यतिबेलासम्म मधेसमा ४२ जना मधेसी युवाले ज्यान गुमाइसकेका थिए । यस अवधिमा सरकारबाट सकारात्मक पहल नभएको भन्दै पुनः आन्दोलन चर्किएको थियो । कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वको वार्ता समितिसँग जेठ १८ गतेदेखि विभिन्न चरणमा वार्ता भइ २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भएको थियो । राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउने, राज्य पुनर्संरचनासम्बन्धी आयोग गठन गर्ने, स्वायत्त मधेस प्रदेशको निर्माण गर्नेलगायतका बुँदामा सहमति भएको थियो । जेठ १८ गतेदेखि विभिन्न ६ चरणमा वार्ता भयो र अन्त्यमा २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भयो । ०६५ फागुन १६ मा सरकार र फोरमबीच अर्को ८ बुँदे सम्झौता भएको थियो । फोरम नेतृत्वको बलिदानीपूर्ण आन्दोलन कै बलमा अन्तरिम संविधानमा सङ्घीयता सहितको व्यवस्था सम्भव भयो । त्यसपछि ०७२ को नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन बिनाउपलब्धि नै टुङ्गिएको थियो। यसरी कहिले जित, कहिले हार र कहिले सम्झौतामा टुङ्गिँदै आएको मधेस आन्दोलनबाट देशमा सङ्घीयता, मधेसीले पहिचान र मधेस प्रदेश पाएको छ । मधेसी समुदायका व्यक्तिले मधेस सरकारको नेतृत्व गरिरहेको छ। अहिलेको अवस्थामा प्रायजसो सरकारी अड्डामा मधेसी अनुहारका प्रशासक भेटिन्छ । मधेस सहितका क्लस्टरले आरक्षण पाएका छन् । अझै धेरै उपलब्धि समयक्रमले थपिँदै जाने जानकारहरू बताउँछन् । बलिदानीपूर्ण मधेस आन्दोलनको डेढ दशक माथि कटिसक्दा राजनीतिक रूपमा मधेसमा धेरै परिवर्तण भएको छ । तर, सामाजिक सवालहरू अझै सम्बोधनको पर्खाइमा छ । गरिबी, निरक्षरता, बेरोजगारी, युवाहरूको ठूलो जमात विदेश पलायन, महिलामाथि हिंसा, छुवाछूतजस्तो जघन्य अपराध, दहेजप्रथालगायतको बेथितिबाट मधेस र मधेसी अझै बाहिर आउन सकेको छैन । शिक्षा, स्वास्थ्य र विकास-निर्माणलगायतका क्षेत्रमा खासै सुधार हुन सकेको छैन । रमेश महतोकी आमा रिनोदेवी महतो प्रत्येक वर्ष माघ ५ गते लाहान पुगेर छोरा रमेशको प्रतिमामा माल्यार्पण गरी आँसु बगाएर मन हल्का पार्दै आएकी छिन् । छोरा रमेशलाई सम्झिँदै भन्छिन्, “अरुको त आर्थिक अवस्था राम्रो भयो, हाम्रो जस्ताको त्यस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो । हाम्रो पनि अवस्था राम्रो हुन्थ्यो होला । म जस्तै धेरै छोराका आमाहरू यसरी नै बेदनासहित रोइरहेका छौं, आँसु पुछ्ने कोही भएन ।” तीन पटकको मधेस आन्दोलनमा सय जनाभन्दा अधिक मधेसीले प्राणको आहुति दिए । लगानीअनुसारको प्रतिफलको कुरा गर्ने हो भने मधेस आन्दोलनले प्राप्त गरेको सर्वाधिक विराट उपलब्धि नै ‘सङ्घीयता’ हो । मधेस आन्दोलनकै बलमा नेपाली राज्यसत्ताले सङ्घीयता स्वीकार गरेकोमा कुनै दुईमत छैन । मधेस आन्दोलनकै बलमा नेपालको संविधान २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था कायम भएको हो। तर एक दशक नबित्दै नेपाली राजनीतिमा सर्वाधिक फितलो संरचना सङ्घीयता नै भएको छ । प्रदेश संसद् र सरकार दुवै बनेको छ । तर, अधिकार र प्रयोजनविहीन अवस्थामा छ । सङ्घीय सरकार सिंहदरबारलाई तालुक अड्डा मानेर दिएको मानो चलाएर बस्ने अवस्थामा छ प्रदेश संरचना । प्रदेश संरचना उपयुक्त छ कि छैन र आवश्यक छ कि छैन भनेर बेलाबखतमा बहस चलिरहन्छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशलाई प्रदेश संरचना रहेपनि नरहे पनि कुनै चासो र चिन्ता छैन । सङ्घीय संरचना रहुञ्जेल प्रदेश सांसद रहने र प्रदेश सरकार सञ्चालन गर्ने औपचारिकता पूरा गर्दैछन् । तर सङ्घीय सरकारले प्रादेशिक संरचना अनावश्यक भयो भन्ने दिन मधेस प्रदेशबाहेक अन्य प्रदेशमा खासै प्रतिक्रिया उत्पन्न हुने स्थिति देखिँदैन । प्रादेशिक संरचना प्रभावकारी बनाउन सङ्घीय सरकारसँग मधेस प्रदेश सरकार एकल प्रयत्नशील रहेको देखिन्छ । अहिले केही दिन पहिले मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै प्रहरी समायोजनलगायतका अधिकार नदिए आन्दोलन गर्ने चेतावनी नै दिएर फर्केका छन् । प्रादेशिक संरचनाका लागि लगानी अर्थात् शहीदको रगत पनि मधेसले नै बगाएको छ । मधेस आन्दोलन प्रादेशिक संरचना स्थापित गर्न कै मात्र भएको थिएन । फेरि पनि प्रादेशिक संरचना कायम गराउन मधेस आन्दोलन भएको थियो भन्नु संकीर्णता हुने छ । प्रादेसिक संरचना साध्य होइन, साधन मात्र हो । मधेसी जनतालाई नेपालमा न्याय र समानताको अधिकार प्रत्याभूत गराउनु मधेस आन्दोलनको अभिष्ट थियो । बराबर दर्जाको नागरिकसरह अधिकार र समग्र आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको ग्यारेन्टी गर्न शहीदहरूले मधेस आन्दोलनमार्फत प्राणको आहुति दिएका थिए । तर, मधेसको नेतृत्वले शहीदको सपना र प्राण आहुतिलाई सीमित सत्तास्वार्थका लागि मात्र प्रयोग गरेको अवस्था रहेको छ । मधेस आन्दोलन कै क्रममा मधेसी जनताको सर्वोपरी हित र अधिकारको लागि आन्दोलनको ऊर्जा प्रयोग गर्नुभन्दा भारतीय स्वार्थको रक्षा, नेपाली समाजबाट तत्कालीन माओवादी प्रभाव घटाउँदै लैजाने र मधेसको मसिहा कहलाउनेतर्फ आन्दोलनको उर्जा बढी खपत भएको देखियो । दोश्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा मधेस आन्दोलनको ऊर्जा बोकेको मधेस केन्द्रित शक्तिहरू निकै खुम्चिसकेको देखियो । अहिले प्रदेश सरकार स्वयम् आफैँमा बबुरो र दयायाचक अवस्थामा छ । केन्द्रीय सरकारमा मधेसीको पहुँच अझै कोटामै सीमित छ । मधेस र मधेसीको अधिकारसँग गाँसिएका सवालहरू प्रति मधेस केन्द्रित राजनीतिक दलहरूको अडान चट्टानी छैन । सत्तामा पुग्नको लागि अनेकपटक लचक हुने र सवाललाई खुम्च्याउने र विस्तार गर्ने प्रक्रिया चलिरहेको देखिन्छ । मधेस राजनीतिको यो एउटा बाध्यकारी चरित्र बनेको छ । मधेसले अधिकारका लागि संघर्ष गरेको लामो इतिहास भएपनि त्यही संघर्षका कारण स्थापित भएका दलहरूमा देखिएको सत्तामोहका कारण मधेसले अहिलेसम्म अधिकार पाउन नसकेको धेरैको बुझाइ छ । यहाँसम्म कि सत्ताकै कारण मधेसवादी दलले विभाजनको लामो शृङ्खला झेलेका छन् । परिणामस्वरूप मधेसका एजेण्डा कमजोर हुने गरेको पाइन्छ । गजेन्द्रनारायण सिंह नेतृत्वको तत्कालीन नेपाल सद्भावना पार्टी सत्ताकै लागि बारम्बार विभाजन भयो । सुरूमा हृदयेश त्रिपाठीहरूले मन्त्री बन्नका लागि नेपाल सद्भावना पार्टी विभाजन गरेका थिए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गठन गरेको मन्त्रीमण्डलमा सामेल हुन बद्री मण्डलले सो पार्टीलाई विभाजन गराए । मधेस आन्दोलनपछि त राजेन्द्र महतो, अनिलकुमार झा, खुसीलाल मण्डल, श्यामसुन्दर गुप्ता, सरिता गिरी, रामनरेश राय यादव, विकास तिवारीलगायतले नेपाल सद्भावाना पार्टीलाई विभाजन गरेर टुक्रा टुक्रा बनाएका थिए । यसरी हेर्दा जतिपटक पार्टी विभाजन भयो, सत्ता कै सेरोफेरोमा भएको थियो । मधेस आन्दोलनको सुरुवात गरेको तत्कालीन समाजवादी पार्टी पनि सत्ताकै कारण पटक पटक विभाजन भएको हो । राज्यसँग २२ बुँदे सम्झौता हुँदा भाग्यनाथ गुप्ताहरू अलग भए । त्यसपछि अमरनाथ यादव अलग भए । त्यसलगत्तै माओवादीको नेतृत्वमा सरकार बनाउने कि एमालेको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद हुँदा विजयकुमार गच्छदार अलग भए । त्यसपछि डा.बाबुराम भटट्राईको नेतृत्वमा सरकार बनाउने क्रममा पार्टीभित्र विवाद हुँदा जेपी गुप्ता अलग भए । फोरमको सत्ता यात्रा सुरूसँगै विभाजनको शृङ्खला पनि जारी नै थियो । त्यो क्रम २०७२ सम्म चल्यो । पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जानकै लागि जनता समाजवादी पार्टी विभाजन भयो । मधेसका सबै दल मिलेर बनाइएको जसपा नेपाल सत्ताकै कारण एक वर्ष पनि सिङ्गो रहन सकेन । जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले आफूहरूले उठाउँदै आएको मधेसको माग ओली नेतृत्वको सरकारले पूरा गरिरहेको भन्दै सरकारमा सहभागी हुने निर्णय गरे । त्यतिबेला मधेस आन्दोलनको क्रममा लागेका केही मुद्दा सरकारले फिर्ता लिएको थियो तर समग्र माग पूरा नभएको गुनासो फेरि अध्यक्ष ठाकुरबाटै आएको थियो । महन्थ ठाकुर पक्षका नेताहरू सरकारमा जानु नै पार्टी विभाजनको मुख्य कारण थियो । यसरी मधेसी राजनीतिको वर्तमान दशालाई हेर्दा मधेसी जनता मधेस केन्द्रित दलहरूबाटै सर्वाधिक असन्तुष्ट छन्। मधेस केन्द्रित राजनीतिक दलहरू एकतिरबाट जोडिने र अर्कोतिरबाट फुट्ने क्रम रोकिने संकेत अझै देखिँदैन । मधेस आन्दोलनका उन्नायक उपेन्द्र यादवको पार्टीको आकार दर्जनौं पटक खुम्चियो र दर्जनौं पटक फैलियो । यसक्रममा पटक्कैपिच्छे पार्टीको नाम,विधान,सांगठनिक संरचना र केन्द्रीय कमिटीको सूची फेरियो । तर, नफेरिएको दुई चिज छ । एउटा पार्टीको नेतृत्व र अर्को सिद्धान्त । सिद्धान्त यस कारण फेरिएन । किनकि पार्टीको कुनै घोषित सिद्धान्त नै छैन । नेतृत्व फेर्ने शर्तमा उपेन्द्र यादव अरु कुनै पनि कुरा फेर्न मान्दैनन् वा सबै कुरा क्षणमै फेरिदिन्छन् । त्यसकारण पार्टी खुम्चिँदा पनि उनी चिन्तित हुँदैनन्, फैलिँदा पनि खुसी हुँदैनन् । सत्ताको वरिपरि मडारिने एक प्रमुख दायित्व निर्वाह गर्दै उपेन्द्र यादव र उनको पार्टीले मधेस आन्दोलनले उठाएका सवालको प्रतिरक्षा गर्दैछ । पहाड र हिमालतिर कम्युनिष्ट र कांग्रेसलाई कडा टक्कर दिन उकालो उक्लेका उपेन्द्र यादवलाई मधेसमै कडा प्रतिस्पर्धी फेला परेको छ । नेपाल विग्रहको राजनीति गर्ने गरी पदार्पण भएका सिके राउत जनमत पार्टी खोलेर मधेसमा प्रतिस्पर्धा गर्न आएका छन् । मधेसमा सिके राउतको प्रभावले जसपालाई मधेसमा आच्छु-आच्छु पारेको छ । जातीय विद्वेषको ऊर्जाले सिर्जित मधेसीवादको पूँजी सकिने दिन आइसकेकोछ। मधेश आन्दोलनको प्रभावमा ढिलै भए पनि र सीमित क्षेत्रमै भए पनि मधेश प्रदेश बनेको छ । यसबाट मधेशले राष्ट्रिय पहिचान पाएको छ । नेपालमा मधेश छ, त्यहाँ मधेशी जनता बसोबास गर्छन् । उनीहरूको पनि नेपाली राष्ट्रियता छ, उनीहरूका अलग्गै भाषा, संस्कृति, वेशभूषा र रहनसहन छन् भन्ने तथ्य स्थापित हुन सफल भएको छ । तसर्थ, यो १७ वर्षको अवधिमा मधेसले केही पाउँदै पाएन भन्ने सत्य होइन । मधेस आन्दोलनपश्चात् मधेसले पहिचान पाएको छ । मधेसको पहिचान र मुद्दा स्थापित भएको छ । पहिचान पाइसकेको मधेसले अधिकार पाउनचाहिँ बाँकी नै छ । यसरी मधेस विद्रोहको १७ वर्ष को अवधिभित्रको उपलब्धिहरूलाई केलाउने हो भने मधेसीहरूले आफ्नो अधिकार र राज्यका विभेदविरुद्ध संघर्ष गर्न सिकेका छन् । सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मधेसीमा अब ‘माइन्ड सेट’ भएको छ । मधेस विद्रोहको यस १७ वर्षमा मधेसीमा राजनीतिक सचेतना बढेको छ । राजनीतिक विषयवस्तु बुझ्न थालेका छन् । सत्ताका आयामहरूलाई पनि पहिचान गरेका छन् । मधेसका युवावर्गमा पनि राजनीतिक सचेतना बढेकोले अहिले गाउँघर टोल बस्तीमा कुनै पनि घटनामाथि बहस हुने अवस्थाको सृजना भएको छ । मधेस विद्रोहअघि कतिपयले आफूलाई मधेसी भन्न रुचाउँदैन थिए । काठमाडौंमा मधेसी भाषा बोल्न डराउँथे । तर, आज मधेसीहरूले गर्वका साथ भन्छन् ‘म मधेसी हुँ ।’ मधेस विद्रोहले नेपालको पहिचान फेरिएको छ । माउन्ट एभरेस्टको देश मात्र होइन, समतल भूभाग अन्नको भण्डार मधेसको देश भनेरसमेत नेपाल चिनिन थालिएको छ । मधेस विद्रोहपश्चात् आधुनिक र वैकल्पिक राजनीति एकसाथ हिँड्न थालेको छ । मधेसमा राजनीतिक दलहरू संगठित एवम् सशक्त भएका छन् । लोकतन्त्र तथा संवैधानिक प्रक्रियालाई अपनाएका छन् । सामाजिक परिवर्तनहरू पनि आएका छन् । समावेशी र सङ्घीयता कार्यान्वयन भएको छ । यही नै मधेसीका लागि १७ वर्षमा भएको मूल उपलब्धि हो । मधेस प्रदेश नामाकरण भएको माघ ३ गते । पहिचानको आधारमा नामाकरण एक मात्र प्रदेश भएको भन्दै मधेश स्वाभिमान दिवस मनाएको छ। सो अवसरमा बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा सम्पन्न गरेका विभिन्न कार्यहरूको विवरण सार्वजनिक गरे र उनले आफ्नो कार्यकालको एक वर्षमा सफलताका साथ कार्य सम्पादन गरेको दाबी पनि गरे । भौतिक विकासतर्फ रामजानकी बहुउद्देश्य रंगशालालाई प्रदेश गौरव योजनाको रूपमा राखेर अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा निर्माण कार्य सुरू गरिएको, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत ३५ किलोमिटर कालोपत्रे सडक निर्माण, ८ वटा पूल निर्माण, प्रादेशिक सडक सञ्जाल निर्माणका लागि गुरुयोजना निर्माणलगायतका निर्माण कार्य गरिएको प्रगति विवरणमा समेटिएको हो । सिँचाइका विभिन्न ५ वटा योजनाहरू सम्पन्न भएर १ हजार १ सय ४० हेक्टर जग्गा सिञ्चित गरिएको, भूमिगत सिँचाइतर्फ ४५ वटा डिप ट्यूबवेल र १५ वटा पावर ड्रिल निर्माण भई करीब ९ सय ८० हेक्टर जग्गामा थप सिँचाइ सुविधा उपलब्ध गराइएको मुख्यमन्त्री यादवले बताए । प्रदेशस्तरका नदी तथा खोलाहरूको नियन्त्रण कार्य ८ वटा जिल्लाहरूमा ८ सय १० किलोमिटर सम्पन्न भइ ८सय ५० हेक्टर जग्गा उकास भएको र ८ वटा अति जोखिमयुक्त वस्तीहरूको संरक्षण भएको मुख्यमन्त्री यादवले बताए। प्रदेश सरकारअन्तर्गत सञ्चालित जलेश्वर, पोखरिया, भारदह र डुमरिया अस्पताललाई ५० बेडमा स्तरोन्नति, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुरमा २५/२५ बेड र कलैया, गौर, मलंगवा, जलेश्वर र सिरहा अस्पतालमा १५/१५ बेडको एचडियु स्थापना गरी सेवा प्रदान, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि प्रदेशमा बसोवास गर्ने व्यक्तिहरूको औसत आयु ७१.५ वर्ष पुगेको बाल तथा मातृ मृत्यु दरमा सुधार आउनुलाई प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको आफ्नो उपलब्धिमा नै राखेको छ । प्रदेशमा पोषणमा सुधार हुनुको साथै ज्येष्ठ नागरिकलाई प्रादेशिक अस्पतालहरूमा ९० प्रतिशत छुट प्रदान गरिएको उल्लेख छ । यसैगरी, सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ८६ हजार पाँच सय २३ विद्यार्थीलाई शैक्षिक किटको व्यवस्था गरिएको, विद्यालयहरू संरचना निर्माण हुँदा अपाङ्गमैत्री बनाइएको उल्लेख छ । प्रतिवेदनमा कृषि सहकारी तथा पशुपालन, उद्योग र व्यापार, वन तथा वातावरण शान्ति सुरक्षा तथा सञ्चारको क्षेत्रमा उल्लेख्य कामकाजहरू भएको उल्लेख छ ।
|
1,222 |
लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट हिमाल पारीको जिल्ला मनाङको सदरमुकाम जाने सहायक राजमार्ग निर्माण कार्य थालिएको छ । तर सो मार्ग बेसीशहरको बजारबीचबाट जान नुहने भन्दै विकल्प खोज्ने भनिएपनि त्यो सहजा हुने देखिएको छैन । सरकारले चार वर्ष अघिनै डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको बाटोलाई सहायक राजमार्गमा स्तरोन्नति गरी फराकिलो बनाउने निर्णय गरेको थियो । त्यस सयमा स्थानीय निकायमा जनप्रतिनिधि नभएका कारण तत्काल लमजुङ उद्योग वाणिज्य संघमार्फत त्यसको विरोध गरेको थियो । बेसीशहरमा तत्कालीन नगर विकास समितिले बजार क्षेत्रमा सडकको दायाँबायाँ साढे ७÷७ गरि कुल १५ मिटरको मापदण्ड तोकेको थियो । सोही मापदण्डका आधारमा स्थानीयले सडक छेउमा घर निर्माण गर्र्दै आए । बजार क्षेत्रमा दायाँ बायाँ नालासहित ७ मिटरको सडक बन्यो । मनाङ जानका लाागि पनि बेसीशहर बजारकै बीचको सडक प्रयोग गरिदै आयो । २०५६ सालमा डुम्रे– बेसीशहर सडक कालोपत्रे गरिदा बेसीशहर बजार क्षेत्रका बासिन्दाले उक्त सडक बजार विचबाट नै निर्माण हुनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत तत्कालीन यातायात मन्त्री र प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइएको थियो । त्यसपछि बेसीशहर बजार भन्दा उत्तरी क्षेत्रमा निर्माण गरिएका ठूला तथा साना जलविद्युत आयोजनाका लागि चाहिने सामग्री पनि सोही बाटोबाट ढुवानी गरियो । आजका दिनसम्म पनि त्यो क्रम जारी छ । तर सहायक राजमार्ग बनाउने भन्दै मन्त्रीपरिषद्ले २०६९ जेठ मा डुम्रे–बेंसीसहर सडकको मापदण्ड दायाँबायाँ १५÷१५ मिटर तोकेको हो । सरकारी निर्णयले त्यसअघि सडक निर्माण गर्नु भन्दा पहिले बिस्तारित भएरका घर तथा भवनका संरचनाहरू भत्काउनु पर्ने स्थिति उत्पन्न भएको छ । सरकारले गरेको निर्णयप्रति त्यतिबेला एउटै राजनीतिक दलका नेतामा समेत मत विभाजन भयो । बेसीशहर बजारको बीचबाटै सडक फराकिलो बनाउने दिने र नदिनेबीच चर्को मतभेद बढ्न गयो । हाल उक्त मापदण्ड विपरित किनबेच तथा वित्तीय संस्थाले धितो लिने गरेका छैनन् । सरकारले डिभिजन सडक कार्यालय दमौलीमार्फत जिल्ला मालपोत कार्यालयको सहयोगमा यस क्षेत्रको लगत संकलन कार्य ग¥यो । घरटहरा हटाउन यस बीचमा सार्वजनिक सूचना पनि पटक–पटकजारी भए । तर, स्थानीयले सडक दायाँबायाका घरटहरा हटाएनन् । राजनीतिक संक्रमणकाल रहेकाले सरकारले पनि जबर्जस्ती पनि गर्न सकेन । तर पनि अहिले बेसीशहर बजारको सडकलाई केही फराकिलो बनाउने हिसावले सर्भे पनि भइरहेको छ । सरकारको सो निर्णयका विरुद्ध सडक छेउ घर बनाएकाहरू डेलिगेसनमात्र गएनन्, सरकारी निर्णयका विरुद्ध सर्वोच्चमा रिट हाल्न पुगे । सो कार्य अधिवक्ता समेत रहनु भएका नेकपा एमालेका जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल तथा नेपाली काँग्रेसका तत्कालीन जिल्ला सचिव आनन्द घिमिरेको पनि सडक छेउ घर बनाएकोले त्यस कार्यको नेतृत्व गर्दै सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरियो । सो मुद्दामा सर्वोच्चले क्षतिपूर्ति नदिइ घरटहरा नभत्काउन आदेश जारी गरेको छ । स्थानीय तहको निर्वाचनमा सोही नाराका आधारमा बेसीशहर नगरपालिकाको मेयर पदमा गुमानसिंह अर्यालले विजयी हुनु भयो । यतिबेला उहाँले बेसीशहर बजारको ऐतिहासिक स्वरुपलाई जोगाउन र सडक विस्तारबाट हुने क्षति रोक्न विकल्प रोज्नुपर्ने निर्णय गरिएको बताउनु भएको छ । उहाँका अनुसार नगरसभाले बेसीसहर बजारको बीचबाट सहायक राजमार्ग नलगेर अन्यत्रबाट लैजाने विकल्प खोज्न निर्णय समेत गरिसकेको छ । त्यसका लागि प्रधानमन्त्रीको कार्यालय, मन्त्री परिषद सचिवालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र शहरी विकासमा अनुरोध गर्ने निर्णय गरेको छ । सरकारले पूर्णता पाउनासाथ हामी डेलिगेसन जान्छौ अर्याल भन्नुहुन्छ । उहाँका अनुसार अहिले सरकारी निर्णय अनुरुप सडक फराकिलो बनाउने निर्णय कार्यान्वयन गरिए बेंसीसहरका मात्रै सडक दायाँबायाँका पाँच सयभन्दा बढी घर भत्किने र २० अर्बभन्दा बढीको नोक्सानी हुने अवस्था छ । त्यसैले त्यो समाधानका लागि बेसीशहर नगरपालिकाले विकल्प खोज्ने निर्णय गरेको छ । सेरादेखि मनाङेचौतारासम्मको बेसीशहर बजारमा रहेको सडकका दुरी एक किमि छ ।
किनकि, बेसीशहर क्षेत्रको दायाँबायाँका भागमा पनि तिब्र रूपमा बजार विस्तार भैरहेको छ । ती क्षेत्रका बासिन्दा भन्छन्, सो सकडको विकल्प आफ्नो ठाउँ हुन नसक्ने बताउछन् ।
|
1,223 |
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्। प्रमुख दलहरुले मुलुकलाई तेह्र बषदेखि गलत बाटोमा हिँडाइरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे । विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपुर्वक काम गर्न नसकेको आरोप उनले लगाए । उनले भने, “आफुलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र बर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी । हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौँ । अहिले देशको समस्या केपी ओलीलाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हँुदैन । जबसम्म बाटो परिर्वतन हुदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पूगन सकिँदैन । बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।” अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासंग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताए । उनले सर्वत्र मौलाउँदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए ।
|
1,224 |
सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए । स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उनको उद्धार गरेको हो । रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ : १३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
|
1,225 |
यस्तै उनको ‘द अन्स्यूटेबल ब्वाई’ मा भएको एक खुलासाले सबैलाई अचम्मित गरिदिएको छ । यो खुलासामा करनले आफ्नो यौन जीवनबारे खुलेर चर्चा गरेका छन् । करन जोहरले आफ्नो बायोग्राफीमा आफूले २६ वर्षको उमेरमा ‘भर्जिनिटी’ गुमाएको बताएका छन् । तर उनलाई यसमा कुनै गर्व नभएको उनले बताएका थिए किनभने त्यतिबेला उनी आफ्नो यौनजन्य क्रियाकलाप बारे अनुभव बटुल्न चाहन्थे । उनले यसका लागि न्यूयोर्कमा पैसा दिएको खुलासा गरेका छन् । यौन सम्बन्धले उनलाई निकै तनावमा पारेको उनले बताएका छन् । करनले त्यतिबेला दुईपटक सम्बन्ध स्थापित गरेको समेत जानकारी दिए । उनी भन्छन्, ‘पहिलो पटक जब मैले यसका लागि पैसा दिएको थिएँ, त्यतिबेला मैले पूर्ण रुपमा यौन सम्बन्ध बनाएको थिइनँ । त्यसको एक हप्ता पछि म फिर्ता भए । तर मलाई निकै नराम्रो लागिरहेको थियो । मैले आफूले आफैंलाई घृणा गरिरहेको थिएँ । ’ करन थप्छन्, ‘मलाई सम्बन्ध स्थापित गरेकोमा निकै नराम्रो लागिरहेको थियो किनभने मलाई यो बकवास लागिरहेको थियो । यो सबै झुटो थियो किनभने मलाई कृत्रिम खुसी दिनका लागि मैले एकजना व्यक्तिलाई पैसा दिइरहेको थिएँ । ’ धेरै घुम्ने भएकाले मानिसहरुले आफूलाई धेरै सम्बन्ध बनाउँछन् भन्ने मानिसहरुको सोच गलत भएको उनी बताउँछन् । आफूलाई यस्तो विषयमा केही रुची नभएको बताउने उनी आजकाल कोहीसँग पनि सम्बन्धमा नभएको दाबी गर्छन् ।
|
1,226 |
सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। बैंकले कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यविन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ्ग र सामरी स्वास्थ्य चौकी सामरीलाई एक÷एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा ८ वटा बेबी वार्मर प्रदान गरिसकेको छ। नेपाली समाजमा स्थानीय तहमा सुषूप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।
|
1,227 |
सन् २०१३ यता निरन्तर उपाधि जित्दै आएको बायर्नले शनिबार राति भएको अन्तिम चरणको खेलमा बायर्नले एफसी कोलनलाई २-१ ले पराजित गर्दै च्याम्पियन बन्यो। बायर्न अन्तिम खेलमा डर्टमण्ड र माइन्जबीचको खेल २-२ गोलको बराबरीमा रोकियो। डर्टमन्डले मेन्जलाई हराएको भए २०११-१२ पछि पहिलोपटक उपाधि जित्ने थियो। तर २-२ को बराबरीसँगै उक्त सम्भावनाको ढोका बन्द भयो र बायर्नको जित सहज बन्यो। डर्टमण्डसँग समान अंक भए पनि गोल अन्तर धेरै बनाइ बायर्नले उपााधि जितेको हो। बायर्नका लागि बुन्डेस लिगामा समग्रमा यो ३३ औँ उपाधि हो। खेलको आठौँ मिनेटमा विङ्गर कोम्यानले बायर्नले सुरुवाती अग्रता दिलाएका थिए। बायर्नका खेलाडीको गोल पोस्टभित्र ह्याण्ड भएपछि कोलनले ८०औँ मिनेटमा गोल फर्काएको थियो। डेजानले गरेको पेनाल्टी गोलमा खेल बराबरीमा आएपछि रोमाञ्चक बनेको थियो। ८८ औँ मिनेटमा जमल मुसियालाले गरेको गोल बायर्नको जितमा निर्णायक भयो ।
|
1,228 |
त्यसैले जति सकिन्छ त्यति, ऋण खोजेर हुन्छ कि सापट गरेर, जसरी हुन्छ त्यसरी, जति सकिन्छ त्यति, स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ । आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो । त्यसैले नछुट्नु, नछुटाउनु ! बरु सेयरमा डुबेका, उत्रेका, तैरिएका सबैलाई भनौं, ‘ स्ट्याण्डर्ड चार्टडको एफपीओ, फाइदाको बिजनेश गरौँ ।
|
1,229 |
हेटौँडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक गएराति भैँसी बोकेको ना ३ च ११९३ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ। मृतक रिजाल मकवानपुरकै कैलाश गाउँपालिका ४ का स्थायी बासिन्दा हुन्। पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भ्यानले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका रिजालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि पिकअप भ्यान र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
|
1,230 |
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तोम्बाफोले पाकिस्तानमा कप्तानको भुमिका पाएकी छिन्। पाकिस्तानी फुटबल लिग खेल्न मासा युनाइटेड फुटबल क्लबमा पुगेकी तोम्बाफोले कप्तानको भूमिका पाएसँगै आफू चुनौती उठाउन तयार रहेको प्रतिकृया दिएकी हुन्। तोम्बाफो रहेको टिममा नेपाली टिमका अन्य सदस्यहरु सरु लिम्बु,अनिता केसी र गीता रानासमेत रहेका छन्। चारै जना खेलाडी विभागीय टोली एपीएफबाट खेल्छन्। अघिल्लो महिना एपीएफले अपराजित रहँदै नेपाल राष्ट्रिय महिला लिग जितेको थियो। त्यसपछि पाकिस्तानी क्लबमा परेका खेलाडीहरु तीनदिन अघि पाकिस्तान प्रस्थान गरेका थिए। कप्तानीको भूमिका पाएसँगै तोम्बाफोले आफू चुनौती उठाउन तयार रहेको फेसबुकमार्फत प्रतिकृया दिएकी छिन्। ‘आज भएको कार्यक्रममा मलाई टोलीको कप्तानी दिने निर्णय भएको छ। टोलीको नेतृत्व गर्न तयार छु। भर्खरै बनेको टोली रहेछ। राम्रो नतिजा दिने प्रयास गर्छु’ उनले लेखेकी छिन्, ‘रेडी फर दी च्यालेन्जेज ।
|
1,231 |
वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ जना उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत (३.६५) सङ्क्रमण छ । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।
|
1,232 |
पाल्पा,२, कार्तिक तिहार नजिकिँदै गर्दा स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक कोसेलीको रूपमा रहेको पाल्पाली ढाकाका सामानको व्यापार दोब्बरले बढेको छ । तिहारमा दिदी, बहिनी तथा दाजुभाइले आफ्ना आफन्तलाई पाल्पाली ढाकाका टोपी, स्टकोट, पछ्यौरा, चौबन्दी चोली, रुमाल लगायतका सामान उपहारका लागि खरिद गरेका कारण बिक्री दोब्बरले वृद्धि भएको व्यवसायीहरु बताउँछन् । “तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी तथा दाजुभाइले चौबन्दी चोली र पछ्यौरी उपहार दिने भएकाले बिक्री बढेको हो ” पाल्पाली ढाकाका संस्थापक स्वदेशी वस्त्रकला ढाका उद्योगका सञ्चालक पूर्णमाया महर्जनले भनिन्, “तिहारले गर्दा यहाँका व्यापारीलाई भ्याइनभ्याई भएको छ ।” अन्य समयमा पाल्पामा दैनिक ३ देखि ५ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री गरेको छ । तर तिहारको समयमा भने दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको व्यापार हुने गरेको व्यवसायीहरु बताउँछन् । परम्परागत रुपमा टोपी र चोलीबाट सुरु भएको ढाका व्यवसायले समयको परिवर्तन र ग्राहकको चाहनालाई ध्यानमा राख्दै आफ्नो रुपमा पनि परिवर्तन गरेको छ ।
|
1,233 |
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्रभाव समाप्त भएको घोषणा गरेको हो। केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उद्गमस्थल हुपेइको वुहान शहर पुगेका थिए। चीनमा कोरोनाले संक्रमित र मृतकको संख्या घट्दै जाँदा सी वुहान पुगेका थिए। उनले वुहानमा पुगेर हुपेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ। दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्। गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए। यो दर अन्य देशको भन्दा न्युन हो ।
|
1,234 |
रङहरूको पर्व होलीको महत्वबारे फरक–फरक ब्याख्या गरेको पाइन्छ । पछिल्ला वर्षमा होलीमा चलनचल्तीका रङमात्र नभइ छालामा विभिन्न मिश्रणयुक्त सामग्रीहरू पनि लगाउने गरेको देखिन्छ । होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीमा प्रयोग गर्ने रङको शारीरिक र मानसिक स्वास्थ्यसँग कसरी जोडिएको छ ? प्रकृति विज्ञान भन्छ– होलीमा प्रयोग हुने रङहरूले सूर्यका सात रङहरूलाई प्रतिनिधित्व गर्छन् । रातो रङले व्यक्तिमा शाहसिक र शुद्धताका निम्ति उर्जा प्रदान गर्छ । हरियो रङले प्रकृतिप्रतिको सम्मान झल्काउँछ । पहेँलोले आत्मियताका निम्ति उर्जा, निलोले धैर्यता र शान्तिका निम्ति उर्जा दिन्छ । तर, रङहरूको प्रभाव कति सफा र प्राकृतिक रूपमा गर्ने भन्नेमा निर्भर रहन्छ । वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराई भन्छिन् “होलीमा रङ खेल्दा प्राकृतिक स्रोतबाट बनेका रङहरूको प्रयोग गर्नुपर्छ । यसरी बनेका रङहरू केही महंगो पर्छ । तर छालालाई असर गर्दैन ।” अध्यात्म विज्ञानले रङको प्रयोगलाई मानसिक स्वास्थ्यसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको ‘स्प्रिचुअल साइन्स रिसर्च फाउन्डेसन’ नामक संस्थाले गरेको एक अध्ययनको रिपोर्टमा रङको प्रयोग र यसले व्यक्तिमा पार्ने प्रभावबारे उल्लेख छ । जसअनुसार गुलाबी, निलो, आकासे, पहेँलो रङलाई मानसिक स्वास्थ्यका हिसाबले फाइदाजनक भनिएको छ । यी रङले व्यक्तिमा सकारात्मक उर्जा र सहयोगी भाव उत्पन्न गर्ने रिपोर्टमा उल्लेख छ । सुन्तले, हल्का हरियो रङले पनि व्यक्तिमा सहयोगी भाव उत्पन्न गराउँछ । रातो रङलाई रज वर्गमा राखिएको छ । यसले जस्तोसुकै गुण भएको व्यक्तिलाई पनि उत्तेजित गराउनसक्ने उर्जा प्रदान गर्छ । यसलाई उल्लास र वीरताको प्रतीक पनि मानिन्छ । कालो रङलाई अध्यात्मले नकारात्मक उर्जाको स्रोतको रूपमा मान्छ । यसको प्रयोगले व्यक्तिमा अन्य बाहिरी उर्जा समेत प्रवेश गर्न नदिने र धेरै नकारात्मक भावहरू सोस्नसक्ने भएकाले यसको प्रयोग हानिकारक भनिएको छ । विभिन्न विज्ञानले फरक–फरक व्याख्या गरे पनि रङको प्रयोग कसरी र कति गर्ने भन्नेले स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ । विशेषगरी छाला स्वास्थ्यमा रङहरूको गलत प्रयोगले जटिलता निम्त्याउने चिकित्सकहरू बताउँछन् । होलीमा सप्तरङीसँगै चमकयुक्त रङको प्रयोग र फेस पेन्टको प्रचलन पनि बढ्दो छ । स्वस्थ छाला भएका व्यक्ति हुन् वा छालाको समस्या भएका बिरामीहरूका लागि रङको अधिक प्रयोग हानिकारक हुन्छ । रङहरूको जथाभावी प्रयोगले छालामात्रै नभइ आँखा तथा भित्री अंगहरूमा पनि गम्भीर असर पुर्याउनसक्ने विशेषज्ञहरू बताउँछन् । होलीमा रङहरूको प्रयोग कसरी प्रयोग गर्ने ? छालारोग विशेषज्ञ डा. विकास पौडेल भन्छन्– रङसँग एलर्जी भएका कसैले पनि रङको सम्पर्कमा आउनु हुँदैन । ओइली छाला भएका, डन्डिफोर वा यस्तैखाले समस्याको उपचार गराइरहेका व्यक्तिका लागि थप एलर्जी भएर छालाको धेरै भागमा फैलिँदै जानसक्छ । त्यसैले यस्ता व्यक्तिले रङसँग होली नखेलेकै राम्रो हुन्छ । कपर सल्फेक्ट, मर्करीजस्ता रसायन प्रयोग भएका रङहरूले छालालाई भित्रैसम्म एलर्जी गराउन सक्छन् । त्यसैले निलो, हरियो, कालो, खैरो रङहरू छालाको लागि हानिकारक हुन्छन् । यस्ता रङले छालामात्र नभइ मिर्गौलामा पनि असर पुर्याउने उनको भनाइ छ । क्यान्सरसम्म पनि गराउन सक्ने उनी बताउँछन् । छाला सुख्खा हुने र एलर्जी हुने पनि हुन सक्छ । आँखा र कपाल जोगाएर खेलौँ होली जुनसुकै रङ भए पनि आँखामा परेमा हानिकारक हुने उनले बताए । विशेषगरी निलो, सिल्भर, कालो रङहरू आँखामा परेमा सुन्निने, एलर्जी मात्र नभइ दृष्टि नै गुम्नसक्ने सम्भावना हुनेको उनको भनाइ छ । कपालमा रङको असरले कपालको प्राकृतिक रङ जाने, पछिसम्मै कपाल झर्ने, टाउकोको छालामा एलर्जी निम्त्याउन सक्ने उनले बताए ।
|
1,235 |
बाँकेको खजुरा गाउँपालिका–३ निवासी ५९ वर्षीय सापकोटा स्वास्थ्य सेवाका ११औं तहका चिकित्सक थिए। बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको अवस्थामा उनको बिहीबार मृत्यु भएको हो। सुर्खेतमा भदौ २९ गते पीसीआर परीक्षणबाट परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। उनको स्वास्थ्यमा थप समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा असोज १ गते भर्ना गरिएको थियो। उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो। सबै किसिमका उपचार विधि अपनाए पनि उनलाई बचाउन नसकिएको र बिहीबार दिउँसो भेन्टिलेटरमा उपचारकै क्रममा ३ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। सापकोटाको दुबैतर्फको फोक्सोमा निमोनिया थियो। त्यस्तै, उनमा श्वासप्रश्वाससम्बन्धी समस्या, ज्वरो, रुघाखोकीसमेत भएको अस्पताल स्रोतले बताएको छ। योसँगै बाँकेमा मृतकको संख्या १८ पुगेको छ। बाँकेमा बिहीबारमात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।
|
1,236 |
काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ । कोटेश्वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्वरबाट कोटेश्वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
|
1,237 |
नेपालमा वार्षिक २७ हजारजनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो । यसैगरी, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्यांक तपाईँ हाम्रासामु उपलब्ध छ । भन्सार विभागको विवरणानुसार चालु आवको गएको चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजीबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ । त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन, विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ । असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन् । क्यान्सरजन्य रोगको सिकार भएका छन् । सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन । विभागको विवरणानुसार आयात मूल्यका आधारमा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ । सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्री झन्डै आधा अर्बबराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ । भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ । त्यस्तै, प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटरपाइप टोबाको १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ । यस्तै, चुरोट (फिल्टर नभएको) १० लाख (एसटीके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटीके)बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख ४७ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । इलेक्ट्रिक सिगरेट मात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार रुपैयाँबराबर छ । सरकारले राजस्वबाट ८३ लाख संकलन गरेको छ । देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशि विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन । देशभित्र उत्पादन हुने सुर्तीको तथ्यांक त अझै प्रणालीमा देखिएको छैन । के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिँदैन । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ । सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुन सक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचना सम्प्रेषण वा प्रयोजन गर्न नपाइने यदि गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ । त्यस्तै, १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ । विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ । ती स्मार्ट वाच आयात गर्दा आयात मूल्य मात्रै ४८ करोड ५८ लाख १५ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले राजस्व १५ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबर संकलन गरेको छ । सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कुल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्सनको लागत मूल्य १२ करोड ३७ लाख २६ हजार रुपैयाँबराबर छ । ती चुल्हो आयात गर्दा सरकारले एक करोड ७५ लाख १३ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । त्यस्तै, जुनसुकै भाँडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ । ती चुल्होको आयात मूल्य चार करोड ६८ लाख १४ हजार रुपैयाँ छ । त्यस्तै, सरकारले ६६ लाख १५ हजार रुपैयाँबराबर भन्सार शुल्क संकलन गरेको छ ।
|
1,238 |
बैंकहरूले गाउँपालिकामा जानुअघि आधारभूत सुविधाको प्रस्ताव गरे । त्यसमा पहिलो थियो, प्रहरी चौकी । प्रहरी, बार्है महिना चल्ने सडक र पैसा राख्न पक्की घर बैंकका प्रस्ताव थिए । प्रहरी चौकी भएकै कारण फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकमा जान जनता बैंकले पहिलो प्रस्ताव गर्यो र शाखा विस्तार गर्यो । अहिले गाउँपालिकाको कार्यालय, बैंक, प्रहरी चौकी नजिकमा छन् । सबैका घर तुलनात्मक रूपमा व्यवस्थित छन । तर अरूलाई आड र सुरक्षाको प्रत्याभूति दिलाएका प्रहरी आफैं भने असुरक्षित भएर बसेका छन् । प्रहरी चौकी जीर्ण छ ।बर्खामा जस्तापाताबाट पानी चुहिन्छ । पानीको भेलले भवन वरिपरिको भाग पुर्छ । खेतको बीचमा भएकाले सर्पको बिगबिगी पनि उत्तिकै छ । तीन जनालाई यसअघि नै घाइते बनाएर उपचारका लागि झापाको चारआली पुर्याउनु परेको छ । भूकम्पले भत्काएर ढुंगाको गाह्रो चिरा परेका छन् । जीर्ण भवनमा प्रहरीले आवासदेखि कार्यालय सञ्चालन गर्नुपरेको छ । मर्यादापालक भएकाले ड्युटीमा खटिएका प्रहरी भने असुविधाका विषयमा बोल्न सक्दैनन् । स्थानीयका अनुसार अरू कार्यालय भए यस्तो भवनमा आएर बस्दैनथे । उनीहरूका मनमा भने सधैं त्रासदी छ । यस्तो समस्या यहाँको मात्रै होइन । थुकिम्वा प्रहरी चौकी भवनको अवस्था पनि यस्तै दयनीय छ । बाहिरबाट हेर्दै जीर्ण भवनमा मान्छे कसरी बस्लान भनेर अनुमान लगाउनुपर्छ । मेरिङदेन गाउँपालिकामा पर्ने यो भवनको तल्लो तलामा कार्यालय र माथिल्लो तलामा आवास छ ।भवनको अवस्थाका विषयमा जिल्लाका सुरक्षा अधिकारीदेखि राजनीतिक दलसम्मलाई जानकारी छ । तर हेर्नुबाहेक कसैबाट केही काम भएको छैन । फक्तालुङकै लिंखिम सिंवाको चौकीको भवन पनि बाहिर डर लुकाउने मात्रै छ । पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फेले जस्ता पाता फेर्ने व्यवस्था मिलाएपछि र भवनको बाहिर माटोले पोतेर रङ लगाएपछि डर लुकाउनेसम्म भएको हो । भूकम्पजस्ता कम्पन आए सुरक्षित हुने सम्भावना नभएको रेडक्रस सिंवा शाखाका सभापति कुलमणी दाहाल बताउँछन् । त्यसो त प्रहरीका राम्रो र हेर्नलायक भवन नभएका पनि होइनन् । मिक्वाखोलाको लिवाङ, मैवाखोलाको साँघु चौकी र सिरिजंगाको तेल्लोक इलाका प्रहरी कार्यालय हेरौंहेरौं खालका छन् । सशस्त्र द्वन्द्वमा ध्वस्त यी संरचना शान्ति स्थापनापछि निर्माण गरिएका हुन् । तर जिल्लाका अधिकांश प्रहरी चौकीका संरचना जीर्ण छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जिल्लामा ३५ प्रहरी युनिट छन् । यीमध्ये १० अस्थायी र २५ स्थायी हुन् । फक्तालुङ गाउँपालिका ६ ओलाङचुङगोलामा एक तले भवन बनाए पनि यही क्षेत्रको घुन्सा र लेलेप प्रहरी चौकी भाडामा छन् । व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरमा प्रहरीको कार्यालय छ ।घुन्साको भवन पनि पानी पर्दा चुहिने रहेको घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक लिलाचक्र गुरुङ बताउँछन् । वातानुकूलित भवन चाहिने भए पनि आफू सुरक्षित संरचनामा बस्न नपाएको गुनासो प्रहरीको छ । संरचना व्यवस्थित नहुँदा सेवा प्रवाहमा केही कठिनाइ हुन सक्ने प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । सुरक्षा सामग्री जोगाउन पनि धौधौ हुने उनले बताए ।संरचना पर्याप्त नहुँदा अनुसन्धान गर्न र दुईतर्फी झगडीयालाई बयान लिन समस्या हुने प्रहरीको अनुभव छ । दोभान इलाकालाई संरचनाकै कारण मुद्दा चलाउने जिम्मेवारी दिन नसकिएको थापा बताउँछन् । कानुन व्यवसायीका अनुसार मुद्दा चलाउने ठाउँमा गोपनीयता कायम राख्नुपर्ने, प्रमाण तथा कागजातको सुरक्षा गर्नुपर्ने हुन्छ । धेरै ठाउँमा त थुनुवालाई ल्याएर राख्ने ठाउको पनि समस्या छ । जिल्लामा झन्डै साढे चार सय प्रहरीको दरबन्दी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा दोभान, थुम्वेदिन र खेवाङ चौकीको भवन निर्माण गर्ने बताएको छ । तर आर्थिक वर्षको सात महिनासम्म काम सुरु भएको छैन । फक्तालुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ केन्द्र र प्रदेस सरकारले गर्छ भनेर गाउँपालिकाले बजेट नछुट्याएको बताउँछन् । ‘कम्तीमा संघअन्तर्गतका कार्यालयको व्यवस्थापनमा केन्द्र सरकारले ध्यान पुर्याइदिए हुन्थ्यो भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘भएन भने आगामी आर्थिक वर्षहरूमा छलफल होला ।
|
1,239 |
प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।
वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन् ।
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।
तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ ।
दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।
सानो प्रयत्नले दिगो लाभ हुने काम सम्पादन हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ। काममा समय लागे पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
|
1,240 |
पोर्न फिल्मको मुद्दामा पति राज कुन्द्राको गिरफ्तारीपछि पहिलो पटक नायिका शिल्पा सेट्टीले सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । शिल्पाले सामाजिक संजाल मार्फत आफूहरुको गोप्यतालाई सम्मान गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हो, पछिल्लो केही दिनयता हामी समस्याले भरिएका छौं । हामीमाथि कैयौं आरोप लागेका छन् र हल्ला पनि फैलिएका छन् । मिडिया र मेरा कथित शुभचिन्तकहरुले मेरो परिवारको बारेमा धेरै कुरा भनेका छन् । मेरो पुरै परिवारलाई ट्रोल बनाइएको छ । हामीमाथि प्रश्न उठाइएको छ । यस बिषयमा मेरो स्पष्ट कुरा के हो भने मैले अहिलेसम्म केही पनि भनेकी छैन र आगामी दिनमा पनि म मौन नै रहनेछु । मेरो नाममा झुटो कुरा नबनाइयोस् ।’ शिल्पाले अगाडि लेखेकी छिन्–‘एक सेलिब्रिटी हुनुको नाताले मेरो सोच के हो भने कहिले पनि गुनासो गर्न हुँदैन र स्पष्टिकरण पनि दिन आवश्यक छैन । म अहिले यतिमात्र भन्न चाहन्छु कि छानविन चलिरहेको छ । मलाई मुम्बई प्रहरी र भारतको कानुनमाथि भरोसा छ । एक परिवार हुनुको नाताले हामीले कानुनको साहारा लिइरहेका छौं ।’ शिल्पाले थपेकी छिन्–‘म सबैसँग निवेदन गर्न चाहन्छु कि, विशेषगरि एक आमा हुनुको नाताले, हाम्रो बच्चाको लागि भएपनि गोप्यतालाई ध्यान दिइयोस् । साथै, अधुरा कुराहरुमाथि विश्वास गरेर सत्यता नवुझी प्रतिक्रिया दिन बन्द गरियोस् ।
|
1,241 |
नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन् । … देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा विवेचना गर्दै आफन्त र शुभेच्छुकहरुारा प्राप्त लेखलाई सम्पादन गरी पुस्तक प्रकाशन गर्नुभएको हो … शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ । २०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह … भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योति साकोसले सामाजिक उत्तरदायित्व वहनको क्रममा महिला सेयर सदस्यको आर्थिक स्तरोन्तिसँगै सशक्तीकरणका लागि कार्यक्रम … प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पार्क निर्माण गर्न लागेको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्री तिवारीले बताए । पर्यावरणीय हिसावले निकै सुन्दर र ऐतिहासिक … जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही जिल्ला … भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । चितवनको भरतपुर २, फूलबारी, कविलास, दारेचोक, सिद्धि, खैरहनी, कुमरोज, कठार, भण्डारा … माडी, १ चैत माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देखि १४ वडासम्म परिचालन गरिएको छ । माडी नगर क्षेत्रबाट भरतपुर आइ … भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिएका छन् । अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भइरहनुपर्ने हुनाले विशेष रुपमा अन्य … रत्ननगर ०१ चैत सहकारीबाट ऋण लिएर उद्यामी बनेका रत्ननगरका महिलाहरुलाई सोमबार बचत तथा ऋणसम्बन्धी प्रशिक्षण दिइएको छ । १०६ औं नारी दिवसको अवसर पारेर सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा महिलाहरुलाई बचत तथा ऋण र महिला अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ५१ जना उद्यमी महिलाहरुको सहभागिता रहेको … नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा विद्युतीय मतदान गर्ने तयारी सुरूमा गरिएको थियो । सभापतिलगायत उम्मेद्वारको नाम विद्युतीय यन्त्रमा राखी तीन हजार १८१ मतदाताले यन्त्रमै मतदान गर्नेगरी तयारी गरिए पनि यो निर्णय कार्यान्वयनमा आउन सकेन । प्रविधिमा भएको विकासले संसारका मान्छेलाई एक ठाउँमा ल्याएको छ । आजको कम्प्युटरको युगको अनुसरण गरेर र यसैलाई पछ्याएर धेरै देश अगाडि बढिसके । तर … आनन्द पोखरेल नारायणगढ, ६ फागुन पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्यासमेत देखिने गरेको छ । मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदीनालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । मानवीय सभ्यताको विकाससमेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । … अनेरास्ववियुको २२ औ राष्ट्रिय सम्मेलन माघ २७ गते देखि २९ गते सम्म काठमाण्डौमा हुदैछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । धेरैले चाहाना गरेका छन् । तर आकाक्षींहरु मध्ये सचिवालय सदस्यमा बलिया उम्मेदवारका रुपमा रहेका विद्यार्थी नेता सुदिप रेग्मी संग गरिएको कुराकानी ः प्रश्न ः सचिवालय सदस्यमा तपाईको उम्मेदवारी किन ? उत्तर ः २२ औं … नेपाल पत्रकार महासंघ, ले ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । व्यवसायी बालगोपाल चुके र उनका परिवारको सहयोगमा महासंघले पुरस्कार स्थापना गर्ने भएको हो । अनन्तगंगा पत्रकारिता पुरस्कार स्थापनार्थ महासंघ र चुके परिवारबीच सोमबार नारायणगढमा सम्झौता समेत भएको छ । सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेल र चुके परिवारका तर्फबाट बालगोपाल चुकेले हस्ताक्षर गरेका … भरतपुर, ९ माघ गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई शनिबार ८० हजार रुपियाँसहित चार थान बेड सहयोग प्राप्त भएको छ । प्रतिष्ठानका संरक्षक गङ्गाराम कँडेलले अस्पतालका कार्यकारी निर्देशक डा. चिनबहादुर पुनलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि उम्मेदवारहरुवीच मत माग्न रसाकस्सी नै चलेको छ । प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार सहन प्रधानको प्यानल अगाडि देखिएको छ । शनिबार भएको मनोनयन दर्तामा निर्विरोध चयन हुनेमा प्रधान प्यानलका चार जना रहेका छन् । महिला तर्फकी रजनी मास्के, क्षेत्रीय तर्फ उद्योग बाणिज्य संघ … चितवन, १६ मङ्सिर । भूकम्पका कारण जिल्लामा क्षति पुगेका विद्यालय भवन, शौचालय, कम्पाउण्ड, खानेपानी लगायतका संरचना निर्माण र मर्मत सम्भारका लागि रु २४ करोड ५२ लाख स्विकृत भएको छ । गत वर्ष जिल्ला शिक्षा कार्यालयले रु तीन करोडदेखि रु पॉच करोडसम्म मात्र वजेट निकासा भएको थियो । यसवर्ष भूकम्पले विद्यालय भवनहरूमा क्षति पु¥याएपछि माग अनुसारको … काठमाडौँ, १६ मङ्सिर । अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ । सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो … डोल्पा (त्रिपुराकोट), १६ मङ्सिर । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् । डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।
|
1,242 |
धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल ३ बजेपछि सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन्। पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो। दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा टिकट दर राखिएको छ ।
पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
|
1,243 |
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वार्ता र सम्वादमा आउन नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारलाई आग्रह गरेको छ । आइतबार राजधानीमा भएको बम आतंकपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर हिंसाको राजनीति परित्याग गर्न र सम्वादबाट समाधान खोज्न दुबै पक्षलाई अपिल गरेका छन् । ‘नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र सरकारलाई सार्वजनिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ । कांग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेतसमेत गराएको छ । यस्तै, कांग्रेसले काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको विज्ञप्तिमा उल्लेख छ। ‘बम विस्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ । कांग्रेसले घटनामा जीवन गुमाएका सबैको आत्माको चिरशान्ति कामना गर्दै सबै घाइतेहरुको सम्पूर्ण उपचार गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
|
1,244 |
नयाँ दिल्ली– नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँच दिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ। यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ । “जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म एक दिन जोर नम्बर प्लेट भएका गाडी र अर्को दिन विजोर नम्बर प्लेट भएका गाडी गुड्नेछन्,” दिल्लीका यातायात मन्त्री कैलास गाहलटले जानकारी गराए। “महिलाले चलाउने गाडी र दुई पाङ्ग्रे गाडीलाई भने जोर विजोर नियम वाध्यकारी रहने छैन ।” उनले वातावरणको विषयलाई मध्यनजर गर्दै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न आग्रह गरे। दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेसनलाई पाँचसय बसलाई भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा सहज सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ। दिल्ली महानगरले सो समयमा सेवा दिनका लागि १०० साना बसहरू दिने आश्वासन दिएको छ । विद्यालयहरूले आफ्ना गाडीहरूलाई स्वेच्छिक रूपमा सेवा दिन सक्ने तर वाध्य भने नहुने, मन्त्री गाहलटले बताए। जोर नम्बरका गाडीले जोरबार र विजोर नम्बरका गाडीले विजोरबार सडकमा चल्न अनुमति पाउनेछन् ।रासस/पीटीआई नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,245 |
समूह चरण पार गर्न दुवै टोलीलाई जित आवश्यक रहँदा भिल्लाले बाजी मारेको हो । भिल्लाको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । घरेलु टोलीका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे । जिविस स्टेडियम बरगामोमा बिहीबार राति भएको रोमाञ्चक खेलमा भिल्लारियलले खेलको तेस्रो मिनेटमा नै डानजुमाको गोलबाट अग्रता लिएको थियो । ४२औं मिनेटमा इटिन कापोइले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा डानजुमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई ३–० ले अघि बढाए । त्यसपछि घरेलु टोली एटलान्टाले दुई गोल गरेपनि हार टार्न सकेन । ७१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा डुभान जापटाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा घरेलु टोली पराजित हुदै समूह चरण पार गर्न सकेन । बुधबार राति नै हुनुपर्ने खेल अत्याधिक हिमपातका कारण खेल हुन नसकेपछि एक दिन पछि सारिएको हो । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । भिल्लाले अघिल्लो चरणमा स्थान पक्का गरेसँगै च्याम्पियन्स लिगका प्रि–क्वाटरफाइनलको समिकरण पुरा भएको छ । म्यानचेस्टर सिटी, लिभरपुल, आयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, लिल र युभेन्ट्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । पिएसजी, एट्लेटिको म्याड्रिड, स्पोर्टिङ सिपी, इन्टर मिलान, बेन्फिका, भिल्लारियल, रेडबुल साल्जवर्ग र चेल्सी समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
|
1,246 |
स्थानीय कैनी समुदायका महिला, पुरुष दसैँखर्च जुटाउन निगालोबाट बनाइएका सामग्री बेच्न बजार हिँड्न थालेका छन् । अमरगढी नगरपालिका–७, तिलाडी गाउँका कैनी समुदायको परम्परागत पेसा निगालो तथा बाँसका सामग्री बनाउने हो । यस समुदायका महिला, पुरुष वर्षमा दुई पटक ठुलो मात्रामा निगालो र बाँसका सामग्री बनाई बेच्नका लागि जिल्लाको विभिन्न गाउँबस्तीमा पुग्ने गरेका छन् । दसैँअगाडि र नयाँ वर्ष (बिसु) पर्वमा यस समुदायका स्थानीय विभिन्न गाउँ गाउँ पुग्ने गरेका छन् । पहिला तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरका विभिन्न गाउँ पुग्नेहरू हाल भने डोटी जिल्लाका गाउँ डुल्दै निगालो र बाँसका सामग्री बेच्ने गरेको स्थानीय लक्ष्मण कैनीले बताउनुभयो ।
|
1,247 |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा महाधिवेशन टार्ने चलखेलमा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलारी गाउँपालिकाको हसुरियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् । पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाई गरिँदै छ’, पार्टीको जागरण अभियानमा पार्टीकै सभापतिमाथि खनिदै वरिष्ठ नेता पौडेलले भने, ‘संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिदैछ। यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको प्रष्ट हुन्छ । पार्टीका भातृ संगठनको अधिवेशनमा आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले नै महाधिवेशन रोकेका हुन् । ’ त्यस्तै नेता पौडेलले संवैधानिक परिषद्मा प्रतिपक्ष दलको प्रतिनीधित्व नहुनु गम्भीर विषय भएको स्पष्ट पार्दै परिषद्को बैठकमा सहभागी नभएर पार्टी सभापति देउवाले ठूलो गल्ती गरेको बताए । पौडेलले कांग्रेसले गाँउ गाँउबाट संगठन गरेर नेपाली कांग्रेसलाई ठूलो बनाउनुपर्ने उनकाे भनाइ छ । कार्यक्रममा नेता पौडेलले सरकारको पनि चर्को आलोचना गरे । रातो झन्डा ओढेका अपराधीलाई उन्मुक्ति दिन प्रेसको मुख थुन्ने गरी कानुन बनाउन सरकार लागी परेको उनको आरोप छ । संघीयताको मर्मविपरीत सबै कुरा केन्द्रीकृत गर्न प्रधानमन्त्री आफैँ लागेको उनले जिकिर गरे ।
|
1,248 |
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो। ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो। नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन्। उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन्। त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन्। बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन्। यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन्। त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३-१३ रन जोडे। कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई-दुई विकेट लिए। नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो। योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।
|
1,249 |
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ। कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो ।
|
1,250 |
आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।
|
1,251 |
‘तरकारी ढुवानी गर्दा बिग्रने र नोक्सानी हुने भन्दै व्यापारीले क्विन्टलको १० प्रतिशतका दरले तरकारीको मूल्य किसानलाई दिँदैनन्, उनले भने । दुईचार किलो तरकारी मात्रै बिग्रिने भए पनि व्यापारीले प्रतिक्विन्टल १० किलोको पैसा नाफाका रूपमा लिने गरेका छन् । व्यापारीहरूको सिन्डिकेट रहेको र उनीहरूले तोकेको मूल्यमा तरकारी नदिँदा किसानको तरकारी खेतमै सुकेर नष्ट हुने अवस्था रहेको घिमिरेले बताए ।
|
1,252 |
बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ । नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरे । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”, उनले भने, “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा पर्यौँ।” अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताए । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भने । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० युवाहरुको रोजगारी गुमेको छ ।
|
1,253 |
सर्वोच्च अदालतले हत्या अभियोगमा थुनामा रहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइरालाको सजायको समयावदी घटाएको भन्दै पीडितले आपत्ति जनाएका छन् । मृतक गीता ढकालका बुबा हरेराम ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको फैसलाले पीडितलाई थप प्रताडित बनाएको आरोप लगाउनुभयो । उहाँले आफ्नी छोरीका हत्यारालाई जन्मकैदको सजाय हुने जिल्ला र उच्च अदालतले गरेको फैसला उल्टाएर सर्वोच्चले पीडितलाई अन्याय गरेको बताउनुभयो । कोइरालाई सर्वस्वसहित जेल सजायको फैसला सुनाएपनि सर्वोच्चले ८ वर्ष थुनामा बसेपछि बाँकी सजाय काट्नु नपर्ने फैसला सुनाएको थियो । सर्वोच्चको आदेशसँगै कोइराला बिहीबार छुटेका थिए ।
|
1,254 |
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ। सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति मधेश प्रदेश सरकारले लिएको पाइएको छ। ‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई पनि सरकारले निरन्तरता दिइएको छ ।
|
1,255 |
भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् । साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत् नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् ।
|
1,256 |
साइबर अपराध इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यस खाले अपराधमा न हतियारको आवश्यकता पर्छ न त कुनै देशको सीमाले नै छेक्छ । कम्प्युटर र इन्टरनेटको साथमा पछिल्लो समय प्रयोगमा आएका स्मार्ट मोबाइल तथा ट्याब्लेटसम्ममा पनि साइबर अपराध हुने स्पेसको कभरेज पुगेको छ ।
|
1,257 |
फाइल फोटो काठमाडौं – कोरोना संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीन जना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।
|
1,258 |
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको प्रिमियर शो गरिएको हो। जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल-कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ। सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ। फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय छ। प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताए। उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्जा लिएर चलचित्र हेर्न सकिने बताए। त्यस्तै, चलचित्र वेलकम टु हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए। उनले फिल्म हेरुन्जेल हाँसो नरोकिने बताए। क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन्। मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्। कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन्। राज सागरले संगीत भरेका छन् ।
|
1,259 |
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उहाँले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताउनुभयो । सो ऐन अघि बढाउन मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनःगठित र पुनःजीवित गर्ने सङ्कल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य पार्टीभित्र नेतृत्वको झगडा भए पनि हामीमा त्यस्तो छैन, अध्यक्ष प्रचण्डको नेतृत्वमा नै देशको प्रमुख पार्टी बनाउने सङ्कल्प गरेर अघि बढेका छौँ, विसं २०६४ कै अवस्थामा पार्टीलाई पु¥याउँछौँ ।” माओवादीको आगामी राष्ट्रिय सम्मेलनपछि देश निर्माणको वैचारिक नीति, दार्शनिक दृष्टिकोण र सशक्त नेतृत्व निर्माण गरेर अगुवाइ गरिने जनाउँदै पौडेलले सम्मेलनसम्म पार्टी पुनःगठनको प्रारम्भिक प्रक्रिया चल्ने बताउनुभयो । अहिलेको संयुक्त सरकारसमेत पार्टी निर्माणमा सहयोगी भूमिकामा रहने उल्लेख गर्दै उहाँले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मसँगै लिएर जाने योजना रहेको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सहअध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीका संयोजक रुद्र गौतम, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती गण्डकीका अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका संयोजक तारानाथ सुवेदीले जानकारी दिनुभयो ।
|
1,260 |
सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमनागरिकले तिरेको करबाट सार्वजनिक खरिद गरिने भएकाले करको दुरुपयोग र अवमूल्यन हुन नदिन सधैँ सजग र सचेत रहन जरुरी रहेको उल्लेख गगरेका छन् । मुख्य सचिव डा आर्यालले भने, “सार्वजनिक खरिद प्रक्रियामा प्रविधिको प्रयोग बढेको छ, पूर्वाधार निर्माणमा सरोकारवाल निकायबाट समयमै सहजीकरण र समन्वय हुनुपर्छ, कतिपय अवस्थामा ऐन कानुनको परिपालनाका क्रममा देखिएका गाँठो फुकाइदिनुपर्छ ।” विधि, प्रक्रिया र प्रणालीलाई स्वच्छ तुल्याएर प्रविधिको माध्यमबाट खरिद कार्यको अनुगमन गर्न सकिने प्रणाली विकास भइरहेको बताउँदै उनले सरोकारवालासँग प्रर्याप्त छलफल गरी ऐन, कानुनलाई साझा र समयसापेक्ष तुल्याएर लैजान आवश्यक रहेको धारणा व्यक्त गरे । सो अवसरमा आव २०७९र८० मा भए गरेका गतिविधि, राय परामर्श, सार्वजनिक खरिदसम्बन्धी अनुगमनलगायत विषय समेटिएको वार्षिक प्रतिवेदनको लोकार्पण गरिनुका साथै मुख्य सचिवमार्फत सो प्रतिवेदन सरकार समक्ष पेश गरिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पादन गरेका खरिद कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । यसअवधिमा एक सय ६२ वटा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी, फर्म र कम्पनी, व्यक्ति र संस्थालाई सम्बन्धित निकायको सिफारिसको आधारमा कालो सूचीमा राखिएको जनाइएको छ । यस आवमा विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकायको दर्ता सङ्ख्या चार सय २१, बोलपत्रदाता दर्ता सङ्ख्या छ हजार दुई सय ७४ र प्रकाशित बोलपत्र सङ्ख्या ३३ हजार चार सय २९ रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद प्रक्रिया प्रणालीमा धेरै चुनौती रहेकाले सुधारका लागि गहन प्रयास आवश्यक रहेको बताए । उनले भने , “सार्वजनिक खरिद ऐनमा देखिएका अड्चन हटाउन पुनःलेखनमा लागिएको छ, यसमा सबैको सहयोग र सहभागिता आवश्यक छ, सार्वजनिक खरिद आर्थिक अनुशासन कायम गर्ने महत्त्वपूर्ण आयम हो । प्रतिस्पर्धी क्षमतालाई बढाएर पूँजीगत खर्च बढाउनेतर्फ प्रयास केन्द्रित हुनपर्छ ।” सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले सार्वजनिक खरिद मितव्ययी र परिणाममुखी हुनुपर्नेमा जोड दिए । उनले भने, “सार्वजनिक खरिद प्रक्रियाबारे कतिपय अवस्थामा आवश्यक ज्ञान नहुँदा र लापरबाहीका कारण परिणाम प्राप्तिमा चुनौती खडा हुन्छ । कानुनको परिपालना र क्षमता बढाउनेतर्फ पनि विशेष ध्यान पुर्याउनुपर्छ ।
|
1,261 |
जीवनका झण्डै चार दसक परिवारको गुजार टार्नै दैनिक बनिबुतो गर्दै बिताएका अधिकारीको दैनिकी जाल र गेद्रमा बित्ने गरेको हो। अन्य पेसा र व्यवसायभन्दा राम्रो आम्दानी हुने भएपछि अधिकारीले कमला र चदाहा नदीमा माछा मार्दै जीविको चलाउन थालेपछि यस्तो देखिन थालेको हो। अन्य पेसाभन्दा सजिलो, लगानी गर्न नपर्ने र राम्रो मूल्यमा बिक्री हुने भएपछि बिगत चार वर्षदेखि माछा मारेरै परिवारको गुजारा चलाउन थालेको अधिकारीको भनाइ छ। हिजो आज पेसा र व्यवसाय भनेकै माछा मार्ने भएको छ। ‘बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर कमला र चदाहा नदीमा पस्ने गरेको छु। बाउ बाजेको पेसा पनि पहिला यस्तै थियो। अहिले लोकल माछाको माग पनि बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भएपछि मैले पनि यही व्यवसाय थालेको हुँ’, उनले भने। कमलाखोंच क्षेत्रका दनुवार समुदाय माछा खान अति मनपराउने भएकाले पनि उनीहरू माछा मार्ने पेसा रोज्छन्। अधिकारी जस्तै कमलाखोंचका अन्य सयौं दनुवार दैनिक माछा मारेर राम्रो आम्दानी लिइरहेका छन्। उनीहरू धेरै जसोले मारेको माछा बिक्री गरेर नगद आर्जन गर्ने गरेका छन् भने केहीले तरकारीका रूपमा प्रयोग गर्ने गरेका छन्। ‘एक सयले एक छाक तरकारी पनि आउँदैन माछा मारे खान त पाइन्छ’, बिगत ३० वर्षदेखि कमलामा माछा मार्दै आएका दूधौली नगरपालिका ११ कै अर्का ४८ वर्षीया कुम्ना धामीले भने। ‘आफूले नखाई बिक्री गरेको माछाबाट दैनिक पाँच सयदेखि १५ सय सम्म आम्दानी हुने गरेको छ। त्यही आम्दानीले नुन भुटुनको जोगो गर्ने गरेको छु। छोराछोरीको पढाइ खर्च र औषधोपचार पनि टर्ने गरेको छ’, उनले थपे। कमलाखोंच क्षेत्रका दनुवार समुदाय माछा खान अति मनपराउने भएकाले पनि उनीहरू माछा मार्ने पेसा रोज्छन्। दूधौली नगरपालिकामा दनुवार समुदायको बाक्लो बसोबास छ। पुस्तौंदेखि दनुवार समुदाय माछा मारेर बाँसका मान्द्रा, डोकाडालोलगायत सामग्री बुनेर बिक्री गर्दै जीविका चलाउने गर्छन्। ‘म सानो छँदादेखिनै माछा मार्न जान्थेँ बुबासगँ, वडा नं. ९ का गरुजी भनिने ४६ वर्षीय सञ्जीव अधिकारीले भने, ‘हामी दनुवार समुदायका मानिस असारदेखि जेठसम्मै माछा मार्ने गर्छौं। यसबाटै मैले पनि सात जनाको परिवार माछाले नै पालेको छु। माछाबाट मासिक ४५देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ। ’ पहिला जस्तो माछा भने नभएको कन्जन लालले बताए। उनका अनुसार करेन्ट लगाएर माछा मार्न थालेपछि यस्तो अवस्था आएको हो। ‘पहिले दुईदेखि चार किलोसम्म माछा मार्न सकिन्थ्यो तर अचेल एकदेखि दुई किलोसम्म मार्ने गरेका छौं’, उनीहरूले भने। उनका अनुसार लोकल माछा आठ सयदेखि एक हजार रुपैयाँ किलोसम्म बिक्री हुने गरेको छ। व्यावसायिक माछा मार्नेले जाल प्रयोग गरेरै माछा मार्ने गरेको भए पनि कहिलेकाँही मात्र माछा मार्नेले करेन्ट लगाएर र विषादी प्रयोग गरेर माछा मार्ने गरेकाले माछामा कमी हुँदै आएको उनीहरूको गुनासो छ। ६५ हजार दुई सय तीन जनसंख्या रहेको सिन्धुलीको दूधौली नगरपालिकामा लगभग २० हजार दनुवार समुदायको जनसंख्या छ। दनुवार समुदायको जनसंख्यमा ८५ प्रतिशतले अझै माछा मार्ने र मान्दो बुनेर बिक्री गर्ने पेर्सा अँगाल्दै आएका छन् ।
|
1,262 |
पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी बिबेक भण्डारी नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण एक सय पचास बिघाको धान नष्ट भएको छ । वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको भरत शर्मापाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्गसहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् पोखरा । गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको बिबेक भण्डारी नवलपुर । अविरल वर्षाले नारायणगढ बुटवल सडक खण्ड धेरै स्थानमा अवरुद्ध भएका छन । निरन्तर आएको वर्षाका कारण नारायणगढ बुटवल सडक आयोजना निर्माण अन्तरगत ड्राइभर्सन बगाउँदा सडक अबरुद्ध काठमाडौं । गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएपछि कार्यकारी समितिको बैठक शुरु भएको हो । विपद् व्यवस्थापन कार्यकारी सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ३ स्थित आँधिखोलामा एक पुरुषको शव भेटिएको छ । आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६ मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।
|
1,263 |
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री काठमाडौँ- साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित काठमाडौँ- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्ने काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको काठमाडौँ- पश्चिम सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम काठमाडौँ- निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको पाँचौँ बैठक यही माघ २९ काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा काठमाडौँ- एक महिना लामो स्वस्थानी व्रत आइतबार समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा काठमाडौँ- कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला/जिल्लामा पुगेका छन् । काठमाडौँ- नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताएका छन् काठमाडौँ- कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको जनाएको छ ।
|
1,264 |
२०८१ श्रावन ०८ मंगलबार औषधि व्यवस्था विभागले अहिले बजारमा रहेका दुई औषधिलाई बिक्रीवितरणमा रोक लगाएको छ । यी दुवै क्याल्सियम तथा भिटामित ट्याब्लेटहरु हुन् । बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमा प्रतिबन्ध लगाएको हो विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।
|
1,265 |
बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको थियो । जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसक्नुभएको प्रवक्ता दुर्गा पौडेलले जानकारी दिनुभयो । यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाहीलाई अस्पतालमा बन्दीका रुपमा राखिएको जनाउँदै उहाँकोे स्थिति सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सभासद् जाँदा पनि उहाँलाई भेट गर्न नदिइएको जनाउँदै पार्टीले उहाँको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । बुधबार गण्डकी प्रदेशसभामा जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीका विरुद्ध राखिएको अविश्वास प्रस्तावमा पार्टीले समर्थन गरेका सन्दर्भमा मतदानको परिस्थिति बनेको दिन पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य शाहकिो अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसक्नुभएको भनी उहाँको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाउन माग गरेपछि सूचना टाँस गरी सदन बैठक स्थगन गरिएको थियो ।
|
1,266 |
यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ । सञ्चार केन्द्र प्रा.लि.द्वारा सञ्चालित नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु मध्ये एक हो । परिवर्तनका पक्षमा निर्भिकताका साथ उभिने यो जनपक्षीय अनलाइन मिडिया २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । ‘सूचना, समाचार र विचारको केन्द्र’ बनिरहेको ‘ पाठकहरुले दिनुभएको अत्याधिक मायाका कारण सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने मुलधारको ठुलो मिडियाकारुपमा स्थापित हुँदै गइरहेको छ ।
|
1,267 |
राष्ट्रियसभाको उपनिर्वाचनपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
|
1,268 |
लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ। ३८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
|
1,269 |
काठमाडौं: सभापतिबिहीन भएको पाँच महिनापछि संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढेको छ। सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा समेत हेर्ने क्षेत्रधिकार पाएको पावरफुल समिति पाँच महिनादेखि नेतृत्वविहीन छ ।
मंगलवार ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् । सभामुखको निर्देशनअनुसार सचिवालयले आज लेखा र महाभियोग सिफारिस समिति सभापति चयनको कार्यतालिका सार्वजनिक गर्दैछ ।
तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री चयन भए पनि गत साउन २८ गतेदेखि लेखा समिति सभापतिविहीन छ। संसदको कार्यसञ्चालन नियमावली अनुसार ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु भएको बढीमा एक महिनामा स्थायी सभापति चयन भइसक्नुपर्नेछ ।
|
1,270 |
शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार ५३३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६६ हजार ३३० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६४२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन् । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित रहेका छन् । राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । यस संक्रमणको कारणको १५१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ५ हजार ५१५ कोभिड –१९ को संक्रमण रहेका छ र केरलामा ६९० जनमा संक्रमण देखिएको छ । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँ, ६ साउन । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र काठमाडौं, ६ साउन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धमा परेको रिटमा गम्भीर संवैधानिक काठमाडौँ, ६ साउन । नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै काठमाडौँ, ६ साउन ।
|
1,271 |
कांग्रेसको संविधान सुझाव समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले 'अन्य' मा राखिएका बाहुन, छेत्री, ठकुरी, दसनामी (गिरी, पुरी, भारती, सन्यासी) लाई नयाँ संविधानमा अरू जातिलाई सरह सम्मान र पहिचानको प्रावधान राख्नुपर्ने अडान राख्ने भएको छ ।
|
1,272 |
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाइ छ । नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्त्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गरेका छन् । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उनले उल्लेख गरे । सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरेका छन् । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उनले कामना गरेका छन् । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहेका नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।
|
1,273 |
बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हाम्फालेर एकजना युवा बेपत्ता भएका उदयपुर । विवाहको निमन्त्रणामा बेहुला–बेहुलीको जन्ममिति लेख्नैपर्ने अभियान चलाइएको छ । बालविवाह न्यूनीकरण गर्न उदयपुरमा धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ मोरङ, २८ माघ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी १ नं. प्रदेश समितिको आयोजनामा मदन स्मृति उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा भद्रपुर । मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत उदयपुरले फैसला मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
1,274 |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण नगएको बताएका हुन् । उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएकाहरुमा संक्रमण देखिएको जानकारी दिए । जसमध्ये पनि धेरैजसो भारतबाट आएकाहरुमा कोरोना पुष्टि भएको बताए । कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी रहेको उनले बताए । साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ। मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले बताए। उनले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताए ।
|
1,275 |
प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका–२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ । यस वर्ष पर्सा जिल्लाका किसानले एक हजार १५० हेक्टर क्षेत्रफलमा आलु खेती गरेकामा रु ३६ करोड ८० लाख मूल्य बराबरको २३ हजार मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गत वर्ष पर्साका किसान एक हजार १२० हेक्टर क्षेत्रफलमा आलुखेती गरी २० हजार १६० मेट्रिक टन आलु फलाएका थिए । हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताउनुभयो । पश्चिमी पर्साको बिरुवा गुठी, बेलवा, भिखमपुर गादीमा किसानले व्यवसायी रुपमा कुण्डी, सिचरी, लालगुलाब ३४ र गाढा जस्ता उन्नत जातको आलु खेती गर्दै आइरहेका छन् । पहिला सरकारले किसानलाई अनुदानमा आलुको बीउ उपलब्ध गराउँदै आएकोमा अहिले स्थानीय सरकारले सो अनुदान बन्द गरेकाले सरकारी सुविधाबाट वञ्चित हँुदै आएको अर्का किसान अजय पण्डितको भनाइ छ । प्रतिदिन करीब रु पाँच लाखको आलु वीरगञ्ज बजारमा स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय तथा पहाडका आलु विस्थापित हुँदै गएको छ । यसपालि अत्यधिक मात्रामा आलु उत्पादन भएकाले भाउ घटेपछि यसको व्यापार भने बढ्न नसकेको मीनाबजारका आलु व्यापारी चन्द्रिकाप्रसाद रौनियारको भनाइ छ । किसान एकाबिहानै ट्र्याक्टर, टायर गाडामा राखी आलु लिएर वीरगञ्जमा बेच्न आउन थालेपछि यसको व्यापार सहज भएको छ । स्थानीय बजारमा थोक तथा खुद्रा गरी करीब १०० को हाराहारीमा आलु व्यापारी रहेका छन् । स्थानीय बजारमा अहिले नयाँ आलु प्रतिकिलो रु १३ को दरले बिक्री हुँदै आएको छ ।
|
1,276 |
सुदूरपश्चिम प्रदेश (सुप) का जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिन थालेको हो ।
बिहीबार मात्रै यस प्रदेशमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मंगलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो ।
भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या पनि बढिरहेकाले यहाँ पनि ‘ओमिक्रोन’को उच्च जोखिम रहेको जनाइएको छ । सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘जोखिम रोक्नका लागि सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ आएकालाई होम आइसोलेसन राख्ने गरिएको छ ।’ यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीले यातायात, विद्यालय र भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । ओमिक्रोनको जोखिम रहेकाले कोरोनाविरुद्धको खोप अभियान तीव्र रूपमा अघि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, ‘सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेकाले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध मिलाइएको छ ।
यस प्रदेशमा हालसम्म ५० प्रतिशत बढीले खोप पाइसकेका छन् । यसका साथै सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतको भन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ ।
विगतमा अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकाले जोखिम बढेकाले अब पनि अवैध नाकाबाट आउन नदिनु नै चुनौती हुने देखिएको छ । प्रदेशमा हालसम्म ४ लाख ३५ हजार ७ सय २५ जनाको कोरोना परीक्षण गरिएकामा ४८ हजार ५ सय १९ जनामा सङ्क्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६ सय १४ जनाको ज्यान गइसकेको छ ।
यस प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पिसिआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टीजेनमार्फत पनि परीक्षण कार्य जारी छ । यहाँका सबै जिल्लामा गरेर ३ सय ९२ आइसोलेसन शय्या, १ सय ३४ एचडियु, १ सय २६ कोभिड एचडियु, ६३ आइसियु, ४८ कोभिड आइसियु शय्या, ४५ भेन्टिलेटर र २६ कोभिड भेन्टिलेटर तयारी अवस्थामा राखिएका छन् ।
|
1,277 |
झापास्थित गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न-नगराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न स्विकृति दिने निर्णय संविधान र कानून विपरीत रहेको निष्कर्ष निकाल्दै कार्यान्वयन नगर्न÷नगराउन सरकारलाई निर्देशन दिएको हो । ओली नेतृत्वको अघिल्लो सरकारले गत बैशाख १३ गते मन्त्रिपरिषद्को बैठकबाट सो कम्पनीको जग्गा सट्टापट्टाका लागि स्वकृति दिने निर्णय गरेको थियो । तर त्यो निर्णय भूमि व्यवस्था ऐन र भूउपयोग ऐन प्रतिकूल रहेकाले सो निर्णय कार्यान्वयन नगर्न-नगराउन सरकारलाई सचेत गराइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिईन् । बैठकले नेपाल राज्यमा रहेको हदबन्दीभन्दा बढी जग्गाहरुको दर्ता, हक, स्वामित्व र भोग दर्ता श्रेस्ता दुरुस्त, अध्यावधिक, व्यवस्थित रुपमा राख्नुपर्ने आवश्यक्ता औंल्याउँदै कुन–कुन कृषि फर्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा के–कति परिणाममा प्रदेश, जिल्ला र पालिकाहरुमा हदबन्दी भन्दा धेरै जग्गा रहेका छन्, सोको विस्तृत विवरण भदौ मसान्त भित्र पेश गर्न पनि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । हदबन्दीभन्दा बढी जग्गा राज्यको सम्पत्ति भएको स्पष्ट पार्दै समितिले ती जग्गाको सम्बन्धमा नीतिगत तथा कानूनी व्यवस्थाको पुनरावलोकन गरी संविधानको मूल्यमान्यता प्रतिकूल नहुने गरी सरकारले नै व्यवस्थापन गर्ने गरी आवश्यक मस्यौदा ३ महिना भित्र तयारी पारी समितिमा पेश गर्न पनि सरकारलाई भनेको छ । समितिकी सभापति सुवेदीले हदबन्दी भन्दा बढी जग्गा राज्यको सम्पत्ति भएकाले त्यसको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनु परेको पनि स्पष्ट पारिन् । बैठकमा समितिका सदस्यहरुले सरकारले हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टाका लागि स्वीकृती दिने कानूनी व्यवस्था नभएकाले सो कम्पनीको जग्गा सट्टापट्टा गर्ने ओली नेतृत्वको तत्कालीन सरकारको निर्णय कार्यान्वयन गराउन नमिल्ने तर्क गरेका थिए । समितिका सदस्य दलबहादुर रानाले हदबन्दी भन्दा बढिको जग्गाको विस्तृत विवरण तयारी पारी समितिलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए । सरकारले भूमि सम्बन्धि प्रचलित ऐन प्रतिकूल हुने गरी निर्णय गराउने गरेको पाइएको दावी गर्दै उनले आक्रोश समेत व्यक्त गरे । समितिका अर्का सदस्य एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भूउपयोग नीतिको समेत बेवास्ता गर्दै ओली नेतृत्वको तत्कालीन सरकारले हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका लागि स्विकृत दिएको दाबी गर्दै आपत्ति जनाए । उनले हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका लागि निवेदन दिने गिरीबन्धु टी स्टेट प्रालिले पनि विना कानूनी आधार निवेदन दिएको भन्दै मान्य नहुने तर्क गरे । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले सो कम्पनीको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टाका सम्बन्धमा भएका कामकारबाहीबारे समितिलाई जानकारी गराए ।
|
1,278 |
त्यसैगरी यस वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ । रासस/सिन्ह्वा
|
1,279 |
तिमी केही पिउँछौं ?” ढोका ढकढक पार्दै प्रश्न तेर्स्याएँ। “पैसा तिर्नु पर्ने हो?”उनी बोलिन्। “हैन पर्दैन। सित्तैमा हो है,” मेरो प्रतिउत्तर थियो। “अँ पिउँछु। जुस देऊ प्लिज।” उनले जवाफ फर्काइन्। “तिमीले दिएको एक गिलास जुसको लागि धन्यवाद.” इचेनले मुस्कुराउँदै भनिन्। “तपाईंले धन्यवाद मलाई होइन, डाइरेक्टरलाई दिनुहोस्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। हिजो काठमाडौँ बाहिरको पहिलो केस सुदूरपश्चिम प्रदेशको धनगढीमा फेला परेको थियो। त्यसको २४ घण्टा नबित्दै अर्को काठमाडौँ बाहिरको केस फेला परेको छ। यस पटक गण्डकी प्रदेशको बाग्लुङमा नयाँ केस भेटिएको छ। यो हिसाबले आजको मितिसम्ममा कोरोना संक्रमण तीन प्रदेशमा फैलिसकेको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार यो पनि युरोपबाट आएको केस हो। नेपाल मेडिकल काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिडियामा प्रकाशित समाचार सही नभएको जनाएको हो। देशसञ्चार, पहिलोपोस्ट र अनलाइनखबरले महावीर पुनलाई पिपिई बनाउन काउन्सिलले स्वीकृति दिएको समाचार राखेका थिए। त्यसमा दावी गरिएको थियो- कोरोना संक्रमण भएको भेटिएकी दोस्रो नेपाली अर्थात् फ्रान्सबाट फर्किएकी किशोरी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। केही अनलाइनहरुले यसबारे समाचार पनि लेखे। लोकान्तर अनलाइनमा त बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी र घरमा टपरीमा खाना खाने गरेको समेत उल्लेख गरियो। अघिल्ला तीन संक्रमतिहरु भन्दा फरक यो पटक काठमाडौँ बाहिरको नतिजा पोजिटिभ भेटिएको छ। तर उता भारततिरबाट आएको नभई काठमाडौँबाटै गएका व्यक्ति रहेछन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुबईबाट काठमाडौँ उत्रिएर यहाँबाट सुदूरपश्चिम प्रदेश पुगेका रहेछन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको आज दोस्रो पटक मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो। हिजो बिहीबार राति करिब ८ बजेतिर पश्चिम नेपालको विशेषतः गण्डकी प्रदेशका व्यक्तिहरुले आकाशमा एउटा चम्किलो प्रकाश खस्दै गरेको देखे। कसैकसैले भने आवाज समेत आएको बताए। यो घटनाका फेक फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा छरिएका छन्। हिजो पक्कै पनि आकाशमा त्यस्तो कुरा देखिएकै हो। किनभने अनेकले यो देखेको बताएका छन्। त्यसमध्ये एक जना दुई महिना पहिले भेटिएका हुन् र अहिले स्वस्थ भइसकेका छन् भने दुई जना भर्खरै भेटिएका हुन्। उनीहरुको उपचार भइरहेको छ। केही अनलाइनले त उनलाई कोरोना संक्रमण देखिएको भन्दै समाचार समेत लेखे। मार्च २५ मा त मिस इन्डियाको आधिकारिक ट्विटर ह्यान्डलबाटै यो खबर दिँदै जुलियाको स्वास्थ्य लाभको कामनासमेत गरियो। फोटोमा एक सेतै कपाल फुलेका व्यक्तिको फोटो छ र ठूलो रातो अक्षरमा इटालीले आत्मसमर्पण गर्यो लेखिएको छ। तल विवरणमा संक्रामक रोगले मारिरहेको र स्थिति आफूहरुको नियन्त्रण बाहिर भएको प्रधानमन्त्रीले बताएको भनिएको छ। मूलधारमा कार्यरत सञ्चारकर्मीहरुले समेत सेयर गरेको देखिएको यो जानकारी सही भने हैन। -डा. सन्देश दाहाल- कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाई “सामान्य रुघाखोकी” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। तर उनी कतारबाट हैन एयर अरेबियाबाट आएको भन्दै स्वास्थ्य मन्त्रालयले गल्ती सुधारेको छ।अब फेरि चैत ६ गते एयर अरेबिया*बाट नेपाल आएका यात्रुहरुलाई खोज्नुपर्ने भएको छ। यो दिन नेपाल आएका धादिङ घर भएका ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। ३२/३३ वर्ष उमेर भएका उनी खाडी मुलुकबाट नेपाल फर्किएका थिए। नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको पुष्टि माघ ९ मा भएको थियो। त्यसको दुई महिनापछि चैत १० मा दोस्रो संक्रमित व्यक्ति भेटिएको पुष्टि भयो। यो बीचमा त्यो विमानबाट आउने सबै यात्रुलाई कोरोना भाइरस लागेको जस्तो गरेर प्रचार गरियो। दिनको १० घण्टा ध्यानमा लिन हुनुपर्ने र मौन रहनु पर्ने कडा नियमले त्यो स्थिति रहनु स्वभाविक नै थियो। तर पहिलो पटक भएको हुँदा नयाँ अनुभव पक्का थियो। विपश्यना जस्तै तर केही सहज स्थिति अहिले अनुभव गर्दैछु। समाचारमा एक महिलालाई पुरुषले डिटोलको बोतलबाट पिलाउँदै गरेको जस्तो देखिएको फोटो पनि राखिएको छ। समाचारमा ‘केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको’ लेखिएको छ। भियतनामले कोरोना संक्रमित देशबाट आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने नियम बनाएको थियो। फोटो त्यसैगरी क्वारेन्टिनमा बस्ने एक जनाले खिचेको हो। सात सय जनासम्म अटाउने गरी त्यहाँ ठाउँ बनाइएको रहेछ ।
|
1,280 |
भारतीय सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई ध्यानमा राख्दै अदालतको कामकारबाहीलाई सीमित गर्ने निर्णय गरेको छ। एक सूचना जारी गर्दै अदालतले अत्यावश्यक विषयका सुनुवाइबाहेक अरुलाई रोक्ने निर्णय गरेको हो। सुनुवाई कक्षमा वकिलका अलावा मुद्धासँग सम्बन्धित थोरै मानिसलाई मात्रै अनुमति दिने सूचनामा उल्लेख छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश एसए बोब्डेले बिहीबार आफ्नै निवासमा अत्यावश्यकीय बैठक बोलाएका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,281 |
प्रिमियर लिगमा अलेजान्द्रो गार्नाचोले वन्डरफुल गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आइतबार राति एभर्टनलाई ३-० ले पराजित गरेको छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको तेस्रो मिनेटमै गार्नाचोले एक्रोब्याटिक शैलीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । गार्नाचोको गोल ‘गोल अफ दि सिजन’कै दाबेदारको रुपमा छ । युनाइटेडका लागि मार्कुस रासफोर्डले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि एन्टोनी मार्सियलले ७५औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे । जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । प्रिमियर लिग विरुद्धको प्रोटेस्टका कारण यसअघि नै १० अंक गुमाएको एभर्टनको जम्मा ४ अंक छ र १९औं स्थानमा छ । लिगकै अर्को खेलमा टोटनहामले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै एस्टन भिल्लासँग २-१ ले पराजित भयो । जिओभानी लो सेल्सोले २२औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । तर पाउ टोरेसले पहिलो हाफको इन्जुरी टाइममा एस्टन भिलल्का लागि बराबरी गोल गरे । त्यसपछि ओली वाट्किन्सले ६१औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै भिल्लाले तीन अंक जोडेको हो । जितपछि भिल्ला १३ खेलबाट २८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । लिग लिडर आर्सनलभन्दा भिल्ला २ अंकले मात्र पछि छ । पराजित टोटनहाम भने २६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।
|
1,282 |
ती सयौंले सम्भवतः लाखौं नेपालीको आवाज प्रतिध्वनित गर्थे। सबैको निष्कर्ष एउटै थियो, ‘जुन जोगी आए पनि कानै चिरेको भनेझैं भयो। व्यवस्था बदलियो, अवस्था बदलिएन। नेता बदलिए, जनता बदलिएनन्। नेतै ठीक भएनन्।’ यात्राको सुरुमै निस्केको त्यो निष्कर्षमा यात्रा अन्त्य हुँदा पनि कुनै परिवर्तन आएन, जसले मेरो मथिंगल मथिरह्यो। देशको विकास या अविकासको विषयलाई जुनसुकै दृष्टिबाट विश्लेषण गरे पनि अपवाद छोड्ने हो भने त्यो अन्ततः आएर नेतामै ठोकिन्छ। राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, आन्तरिक द्वन्द्व, अर्थतन्त्रको सुस्तता सबैको अन्तर्यमा सामान्यतया नेतृत्वको कमजोरी नै निहित हुन्छ। राजनीतिक व्यवस्था र राज्यको संरचना आफैंमा विकासको साधक या बाधक नहुने रहेछ। मैले धेरै चिनियाँ, सिंगापुरियन र अरबी भेटेको छु जसलाई आफ्नो देशको कडा या नरम तानाशाही व्यवस्थासँग कुनै सरोकार नै छैन। उनीहरूको जीवनस्तर उच्च र सुरक्षित छ। उनीहरू संसार घुमिरहेका अनि हर दृष्टिबाट समृद्ध जीवन बिताइरहेका हुन्छन्। एकजना सिंगापुरियनले त मलाई एकपटक लन्डनमा भनेका छन्, ‘विकल्प हुँदाहुँदै जनता नै बारम्बार ‘नरम तानाशाह’लाई भोट गर्न चाहन्छन् भने, त्यो लोकतन्त्र होइन भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ? ’ यो उदाहरण दिएर मैले यहाँ तानाशाही व्यवस्थाको बचाउ गर्न खोजेको होइन। तर आफूलाई लोकतान्त्रिक भन्नेहरूले लोकतन्त्र नमान्नेलाई दानवीकरण गर्न खोज्नु ठीक होइन। नेपालको हकमा लोकतन्त्र बिनाको राज्यव्यवस्था परिकल्पना गर्न पनि गाह्रो छ। दशकौंको अभ्यासको परिणाम हुनुपर्छ, अनेकौं कमीकमजोरी हुँदाहुँदै पनि लोकतन्त्रलाई नेपालमा गहिरोसँग आत्मसात् गरिसकिएको छ। तर नेपालको विडम्बना के भने लोकतन्त्रबिनाको ३० वर्ष र लोकतन्त्रपछिको ३० वर्षमा दुवै खण्डमा देशले विकास गर्न सकेन। सन् १९६० यताका झन्डै ६० वर्ष संसारमा लोकतन्त्र नभएका र भएका दुवै प्रकृतिका दर्जनौं देशले काँचुली फेरेको अवधि हो। तर हाम्रो नेतृत्वले विकास किन भएन भन्नका लागि केही न केही बहाना (एक्स्क्युज) पाइरह्यो। र, आज पनि कसैले कर्मचारीतन्त्रलाई, कसैले विपक्षीलाई, कसैले विदेशीलाई त कसैले संविधानलाई दोष दिने गर्छन्। तर वास्तविकता के हो भने, देशको सफलता र विफलताको दोष मूल रूपमा नेतृत्व कौशललाई नै जान्छ। त्यसो हो भने सफल नेतामा हुनुपर्ने आधारभूत गुणहरूचाहिँ के हुन् ? एउटा लेखमा मैले लेखेको थिएँ— सफल नेतृत्व दुर्लभ गुणहरूको विशिष्ट सम्मि श्रण हो। त्यस्तो सम्मि श्रण के होला भन्नेबारे मेरो अध्ययन, मनन, छोटो राजनीतिक अभ्यास र बारम्बार सुनेको आमसर्वसाधारणका आवाजका निष्कर्ष मूल रूपमा पाँचवटा बुँदामा आएर केन्द्रित भएको महसुस गरेको छु। विकासका दृष्टिबाट खेर गएको ६० वर्षको असफलताको सबैभन्दा ठूलो कारण नेतृत्वमा इमानदारीको अभाव हो। यसो भन्दा अधिकारका लागि ज्यानै दिने नेतामा के इमानदारी नै थिएन भन्ने प्रश्न उठ्न सक्छ। तर वास्तविकता के हो भने सद्गुण नभएका मानिसले पनि परिस्थितिजन्य प्रेरणाका कारण इतिहासका निश्चित कालखण्डमा सत्कार्य गर्दा रहेछन्। उदाहरणका लागि २०७२ सालको भूकम्पपछिको उद्धारमा सहभागी हुने सबै नेपाली मानवताको भावले ओतप्रोत भएका असल व्यक्ति मात्र थिए भन्न सकिँदैन। तिनमा भ्रष्ट पनि थिए र कयौं त श्रमिकलाई अमानवीय व्यवहार गर्नेहरू पनि हुन सक्छन् किनभने अहिले पनि हाम्रो समाजमा आफूभन्दा कमजोरलाई हेप्ने सामन्ती र शोषक चरित्र व्याप्त छ। माओवादी सशस्त्र संघर्षमा लागेका सबै नेता र लडाकुले सर्वहाराको मुक्तिकै लागि ज्यान फाल्न खोजेका थिए भन्नु भ्रम हुनेछ। त्यो सत्य भइदिएको भए मौका पाउनेबित्तिकै उनीहरूको पहिलो प्राथमिकता आफ्नो उत्थान गर्दै आफूलाई ‘बुर्जुवा’ र अभिजात वर्गमाा रूपान्तरण गर्नु हुने थिएन। त्यसैगरी पञ्चायतविरुद्ध लड्ने हालका कैयौं नेताको संघर्ष मानवताभन्दा पनि राजनीतिको रोमाञ्चकताबाट प्रेरित भएको प्रस्टै महसुस हुन्छ। राजनीतिको लत लागेका तर लेस पनि मानवता नभएका व्यक्ति असल राजनीतिज्ञ हुन सक्दैनन्। हालै नागरिक अगुवा कृष्ण पहाडीले आफ्नो एक लेखमा लेखेका थिए, ‘सत्ताको खेलमा कतै मानवता प्रताडित नहोस्।’ मानवताविहीन राजनीति पद, प्रतिष्ठा, स्वार्थकेन्द्रित र भ्रष्ट हुन्छ। इमानदार त्यो हो जो मौका पाउँदा पनि भ्रष्ट हुँदैन। हाम्रो नेतृत्वमा यसरी इमानको खडेरी परेकैले नेताहरूमा राष्ट्रिय चिन्तन कहिल्यै विकास नै हुन सकेन। व्यक्तिगत र पार्टीगत स्वार्थका लागि विभागका निर्देशक, मन्त्रालयका सचिव, अख्तियारका आयुक्तको नियुक्तिमा मात्र होइन संघीयताजस्तो देशको दूरगामी भविष्यमा असर पार्ने विषयमा समेत ‘मेरो निर्वाचन क्षेत्र काटिन्छ कि काटिँदैन’ भन्ने चिन्ता व्याप्त रह्यो। चप्पल लगाएर उपत्यका पसेका नेताहरू जिन्दगीमा राजनीतिबाहेक कुनै कर्म नै नगरी पजेरो चढ्ने भए तर तिनका मतदाताचाहिँ भोको पेटको पीडा खप्न बाध्य भइरहे। लोकतन्त्रमा देश विकासको पहिलो आधार नेतृत्वको इमानदारी हो। गैरलोकतान्त्रिक देशमा पहिलो आधार इमानदारी नहुन सक्छ, किनभने तानाशाहहरू दुई प्रकारका हुन्छन्। पहिलो— भ्रष्ट हुँदाहुँदै देश बनाउने, जस्तो खाडी क्षेत्रका कैयौं राजपरिवार। दोस्रो— भ्रष्ट पनि हुने र देश पनि ध्वस्त पार्ने, जस्तै जिम्बाब्वेका राष्ट्रपति मुगाबे र अन्य कतिपय अफ्रिकी नेता। इमानदारी भए पनि क्षमता भएन भने त्यो व्यक्तिले आमूल रूपान्तरणको नेतृत्व गर्न असम्भव हुन्छ। असल मात्र हुनु नेतृत्वका लागि पर्याप्त गुण होइन। त्यसको ज्वलन्त उदाहरण राजा वीरेन्द्र हन्, जसले २०२८ देखि २०४६ सालसम्म १८ वर्ष एकछत्र शासन गरे। उनलाई नेपालमा असल र इमानदार राजाका रूपमा हेर्ने गरिन्छ। तर जातीय, क्षेत्रीय विद्वेष नफैलिएको, शान्ति नबिथोलिएको, देशको अन्तर्राष्ट्रिय सम्मान उच्च रहेको, विकासनिर्माणका लागि जग्गा अधिग्रहण गर्न जटिलता नभएको र अहिलेको जस्तो हरेक राजनीतिक निर्णयमा प्रतिरोधको स्थिति नरहेको झन्डै दुई दशक लामो उक्त अवधिमा नेपालजस्तो स्रोतसाधनसम्पन्न देशले इथियोपिया, दक्षिण कोरिया, सिंगापुर या मलेसियाजस्तो विकासको बाटोमा छलाङ मार्न सक्थ्यो। राजा असल रहे र नेपाल तुलनात्मक रूपमा शान्त रह्यो, तैपनि असलपनासँग क्षमता नगाँसिँदा रूपान्तरण असम्भव भयो। उसो भए क्षमता भनेको हो के त ? क्षमता विभिन्न गुण दर्शाउने समुच्च शब्द हो। नेताको पहिलो क्षमता नेतृत्वका लागि तुलनात्मक रूपमा क्षमतावान् व्यक्ति पहिचान गर्न सक्ने गुण हो। एउटा सानो कम्पनी चलाउन नेतृत्वमा क्षमतावान् व्यक्ति आवश्यक पर्छ अन्यथा त्यो कम्पनी या त विस्तार हुँदैन या बन्द हुन्छ। सिंगो देश वा एउटा मन्त्रायल हाँक्न वा राष्ट्रिय रूपान्तरणको कुनै पनि जिम्मेवारी लिन क्षमतावान् व्यक्ति नभई हुँदैन। ‘विकासका लागि सही व्यक्ति सही ठाउँमा हुन जरुरी छ’ त्यसै भनिएको होइन। नेपालमा जस्तो क्षमताको ख्याल नै नगरी असल देखिन, व्यक्ति खुसी पार्न, नातेदारलाई प्रवद्र्धन गर्न, भागबन्डा र समीकरण मिलाउन अनि घूस खान नियुक्ति दिएर कुनै देशले समृद्धि हासिल गरेको उदाहरण छैन। राजा महेन्द्रले डा. हर्कबहादुर गुरुङ, खड्गविक्रम शाह, डा. भेषबहादुर थापाको क्षमता सदुपयोग गर्दा होस् वा ली क्वान युले क्षमतावान्हरूबाट सिंगापुर निर्माण सुरु गर्दा होस् या तानाशाह नै भए पनि अर्थतन्त्रमा आमूल सुधार ल्याउन चिलीका पिनोसेले ‘सिकागो बोइज्’ सिर्जना गर्दादेखि भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री रघुराम राजनलाई रिजर्भ ब्यांक अफ इन्डियाको गभर्नर नियुक्त गर्दा किन नहोस् क्षमतावान् व्यक्तिको संलग्नताबिना देशको विकास सम्भव भएको छैन। २०६२÷६३ को परिवर्तनपछि अन्य दल र आन्दोलनको हुरीसँगै नेपाली काँग्रेसले जसरी आफ्नो धार परिवर्तन ग¥यो, त्यसले नेपाली कांग्रेसको मूलभूत विशेषतालाई नै समाप्त पारिदिएको छ। क्षमतावान् नेताको अर्को विशेषता सम्भाव्य नेतृत्वमा क्षमता अभिवृद्धि गर्न र भविष्यमा पनि राजनीतिलाई तुलनात्मक रूपमा सुसंस्कृत राख्न क्रमशः संस्थाहरू निर्माण गर्न सघाउनु पनि हो। क्षमताले अन्य दर्जनौं गुण पनि समेट्छ र परिस्थितिअनुसार त्यसमा दर्जनौं गुण झिक्दै या थप्दै जान सकिन्छ। नेतृत्व गर्न सक्छु भन्ने (घमण्ड र हठ बिनाको) आत्मविश्वासदेखि समूहमा काम गर्ने सीप, पूर्वाग्रहविहीनता, अध्ययन र लेखनको बानी, धैर्य, दृढता, लगनशीलता, निर्णय लिने क्षमता, साहस, समानुभूतिको भाव, सकारात्मक सोच, क्षमाशील स्वभाव, आत्मसमीक्षा गर्ने आँट, सधैं सिकिरहने चाहना आदि सबै क्षमतावान् नेतृत्वका गुण हुन्। सबै कुरामा निपुण कोही पनि हुँदैन तर सफल नेतृत्वका लागि क्षमताका यी अधिकांश अंश आवश्यक पर्छ। अन्यथा स्पष्ट देखिने एउटा कमजोर पक्षले अन्य सबै बलिया पक्षलाई ओझलमा पारिदिन सक्छ। सामान्य सुझबुझ, विचार र दूरदृष्टि पनि क्षमताकै अंश हुन् तर पनि सफल नेतृत्वका गुण केलाउने सिलसिलामा ती दुई विशेषताको यति धेरै महत्व देखेँ कि तिनलाई छुट्टै खण्डका रूपमा उल्लेख गर्नु उपयुक्त सम्झिएँ। मैले जीवनमा धेरै मानिस भेटेको छु जो आफ्नो पेसामा क्षमतावान् भएर पनि निश्चित क्षमताबाहेक नेतृत्वमा हुनुपर्ने बृहत्तर गुण नभइदिँदा कहिल्यै सफल नेता हुन सकेनन् या हुने दिशामा अगाडि बढ्नै सकेनन्। त्यस्ता व्यक्ति सहयोगी बन्न सक्छन् तर आफैं सफल नेता बन्न सक्दैनन्। उदाहरणका लागि नेपालका एकजना चर्चित भूतपूर्व प्रधानमन्त्री छन्। उनीसँग कतिपय वैचारिक विमति भए पनि उनलाई अर्थ–राजनीतिक दृष्टिबाट अक्षम भन्न मिल्दैन। तर नेताको रूपमा उनको सामान्य सुझबुझ कति कमजोर छ भने उनी कहिले मध्यरातमा उठेर अर्को नेतालाई तथानाम लेख्छन् त कहिले प्रधानमन्त्री भइसकेको व्यक्तिले प्रयोग गर्नै नमिल्ने स्तरको भाषा प्रयोग गर्छन्। कहिले बोल्नै नपर्ने कुरा बोल्छन् त कहिले बोल्नै नपर्ने समयमा बोल्छन्। गर्नै नहुने काम त उनी कति गर्छन् कति। उनमा क्षमता नभएको होइन, सामान्य सुझबुझ नभएको हो। कहिलेकाहीँ हामी शिक्षाले दिने ज्ञानलाई क्षमता सम्झिन्छौं। तर सामान्य सुझबुझबिनाको क्षमता नेतृत्वमा कामै लाग्दैन। सामान्य सुझबुझयुक्त नेतृत्वको कति धेरै महत्व हुँदो रहेछ भने उसमा के गर्ने र के नगर्ने भन्नेबारे गजबको चेत र मिहिन मूल्यांकन क्षमता हुने रहेछ। त्यही सामान्य सुझबुझ नै कैयौंका लागि विशिष्ट क्षमता बनिदिन्छ। उदाहरणका लागि जंगबहादुर राणाको क्षमता शिक्षामा होइन, सामान्य सुझबुझमा निहित थियो। उनका जीवनका धेरै पाटा छन् तर उनले एकपटक बेलायत र फ्रान्सको यात्रा गर्दा त्यहाँ देखेका यति धेरै कुरा नेपालमा आएर लागू गरे त्यसले नेपालको कला, संस्कृति, समाजिक जीवन र कानुनमा कयौं परिवर्तन ल्यायो। त्यो शिक्षा होइन, सामान्य सुझबुझको परिणाम थियो। आजका हाम्रा नेताहरू शिक्षित छन्, दर्जनौंपटक विदेश जान्छन् तर केही पनि सिक्दैनन्। अधिकांश स्थितिमा नेतृत्व भनेको बृहत्तर हितको आदर्श नगुमाई गरिने सम्झौता, सन्तुलन र निर्णय पनि हो। त्यसका लागि नेतृत्व क्षमताका विविध पाटोलाई कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विवेकको आवश्यकता पर्छ। त्यो विवेकचाहिँ व्यक्तिको सुझबुझ हो। विचार नभईकन नेतृत्व हुन सक्दैन। नेतृत्वका लागि वैचारिक स्पष्टता अत्यावश्यक हुन्छ। यद्यपि, विचार वस्तुगत परिस्थितिबाट निर्माण भएको हुन्छ र जब वस्तुगत धरातल परिवर्तन हुन्छ, विचारमा परिमार्जन आउन सक्छ। जडसूत्रवादी सोच भएकाले मात्र विचारलाई अपरिवर्तनीय ठान्छन्। जसले विचारलाई अपरिवर्तनीय ठान्छन् ती आँखामा पट्टी लगाएका घोडा समान हुन्। तिनको एकोहोरो सोचले सुसंस्कृत समाजको निर्माणलाई हानि पुर्याइरहेको हुन्छ। यद्यपि लोकतान्त्रिक समाजले हिंसात्मक नभएसम्म त्यस्ता विचारलाई पनि सम्मान गर्ने गर्छ। यसको अर्थ प्रकृतिले रङ फेरेजस्तै विचार पनि हरदम परिवर्तन भइरहनुपर्छ भन्ने होइन। अथवा, हावा चल्दा पातहरू एकै दिशामा बहकिएजस्तै नेतृत्व पनि जता हावा चल्यो त्यतैतिर लस्किनुपर्छ भन्ने होइन। २०६२÷६३ को परिवर्तनपछि अन्य दल र आन्दोलनको हुरीसँगै नेपाली काँग्रेसले जसरी आफ्नो धार परिवर्तन गर्यो, त्यसले नेपाली कांग्रेसको मूलभूत विशेषतालाई नै समाप्त पारिदिएको छ। अहिले कांग्रेसलाई आफ्नो परिचय निर्माण गर्न हम्मेहम्मे परिरहेको छ। तसर्थ वैचारिक स्पष्टताले कहिले लचकता, कहिले कठोरता, कहिले सन्तुलन, कहिले दृढता र कहिले आमूल परिवर्तन खोज्छ। त्यसलाई नेतृत्वका अन्य गुणहरू इमानदारी, क्षमता, सुझबुझ र दूरदृष्टिले निर्देशित गर्नुपर्छ। नत्र वैचारिक स्पष्टतामात्र नेतृत्वका लागि पर्याप्त हुँदैन। नेपाल बिग्रिएको विचार नभएर होइन नेतृत्वका अन्य आधारभूत आचरण नभएर हो। विचार र कार्ययोजनाको सम्मि श्रण दूरदृष्टि हो। सफल नेतामा त्यो नभई नहुने गुण हो। दुःखको कुरा, हामीले न वैचारिक मार्ग राम्रोसँग तय गर्न सक्यौं जसका कारण हामी दशकौंसम्म संविधानका धारामा अल्झिरह्यौं, न त नीतिगत मार्ग नै समाउन सक्यौं जसका कारण सम्हाल्नै गाह्रो हुने गरेर देशलाई लथालिंग पारिरह्यौं। १०÷२०÷३०÷४०÷५० वर्षपछि यो देशको जनसंख्या, शिक्षा, स्वास्थ्य, जनशक्ति, बाटोघाटो, गाउँ, सहर, पार्क, खेल मैदान, खुला क्षेत्र, बनजंगल, ढल निकास, पिउने पानीको आपूर्ति, ट्राफिक व्यवस्थापन, विद्युत् सेवा, विमानस्थल, कृषि तथा औद्योगिक क्षेत्रजस्ता दर्जनौं विषयबारे मार्गचित्र आज निर्माण हुनुपर्छ। लन्डन बस्दाको एउटा घटना म कहिल्यै बिर्सन्न। एक दिन बेलायतको एउटा प्रमुख पत्रिकामा एउटा फोटो देखेँ जसमा एकजना व्यक्ति लन्डन सहरमा जमिनमुनि बिछ्याइएको एउटा ढलभित्र हिँडेर त्यसलाई मर्मत गरिरहेको थियो। त्यो ढल डेढ सय वर्ष पुरानो रहेछ। डेढ सय वर्षपहिले बनाइएको ढलले आज पनि मर्मतपश्चात् काम गरिरहेको थियो भने आजको जनसंख्याको चापलाई धान्नसक्ने ढल डेढ सय वर्षअघि नै परिकल्पना गरिएको थियो। त्यसैगरी लन्डनका धेरै ट्रेन स्टेसन सय–डेढ सय वर्ष पुराना छन्। तीमध्ये धेरैले आजको जनसंख्याको चापलाई थेगिरहेका छन्। हामी भने हरेक दृष्टिबाट काठमाडौंको यस्तो अस्तव्यस्त हाल देख्दा पनि भविष्यका लागि त कुरै छोडिदिऊँ, आजैका लागि पनि योजना बनाइरहेका छैनौं। अहिलेको समयमा पनि हामी डेढ÷दुई फिट फराकिलोे ढल र बाह्र फिटको बाटो बनाउनमै मक्ख छौं। अढाई आना जग्गा कित्ताकाट गरेर घर ठड्याउनमै दंग छौं। संसार घुम्ने हाम्रा नेता र प्रशासकले सबै देखे; तर आँखाले देखे, चेतनाले देखेनन्। सिक्नका लागि चेतनाको दृष्टिले हेर्नुपर्छ, आँखाले देखेर पुग्दैन। राजा महेन्द्रले आफ्ना छोरा वीरेन्द्रले जस्तो उत्कृष्ट शिक्षा हासिल गरेका थिएनन् र संसार पनि घुमेका थिएनन्। उनीसँग धेरैको विमति होला, त्यो भिन्दै पक्ष हो तर उनमा देश बनाउने इमानदारी, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि सबै थियो। उनलाई भवितव्यले चाँडै लिएर गयो। राजा वीरेन्द्रमा देशप्रतिको इमानदारी र विचार थियो तर विश्वका उत्कृष्ट विश्वविद्यालयहरू गएका, संसार घुमेका र देखेका भए पनि उनमा क्षमता, सामान्य सुझबुझ र एकदुई अपवादबाहेक समग्रमा दूरदृष्टि थिएन। राजा ज्ञानेन्द्रमा इमानदारी, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि केही पनि देखिएन। २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालले प्रधानमन्त्रीका रूपमा पाएका नेताहरूमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमा नेतामा हुनुपर्ने केही गुण भए पनि बाँकी कुनै पनि प्रधानमन्त्रीमा न इमानदारी र क्षमता देखियो न त सामान्य सुझबुझ, वैचारिक स्पष्टता र दूरदृष्टि नै। त्यसको परिणाम हो आमसर्वसाधारणको निष्कर्ष— ‘जुन जोगी आए पनि कानै चिरेको। व्यवस्था बदलियो, अवस्था बदलिएन। नेता बदलिए, जनता बदलिएनन्। नेतै ठीक भएनन्।’ नेता ठीक नभएकै कारण देश बदलिएन भनेरै हो— राजनीतिबाट टाढा बसेका हामीजस्ता कैयौं पेसाकर्मी र आमसर्वसाधारण वैकल्पिक राजनीतिमा होमिएको। तर हामीले पनि आफूमा नेतृत्वका विशिष्ट गुण विकास गर्न सकेनौं भने पछिको पुस्ताले हामीलाई पनि भन्ने छ— ‘जुन जोगी आए पनि कानै चिरेको।’ त्यो हाम्रा लागि मात्र होइन, सिंगो देशका लागि विडम्बना हुनेछ ।
|
1,283 |
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा मंगलबार बजेट प्रस्तुत गरे। डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,284 |
शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो । सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीको सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएको महासङ्घले जनाएको छ । व्यवसायीलाई सुरक्षा दिनु राज्यको दायित्व भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन पहल गर्नसमेत आग्रह गरेको छ । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न र मृतक विश्वकर्माको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासङ्घले विज्ञप्तिमार्फत माग गरेको छ । शनिवार राति लुटपाट गर्ने उद्देश्यले आएको लुटेरा समूहले लहान–२२ का ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानेर हत्या गरेको थियो ।
|
1,285 |
केहीले नेपाली सेनामा समायोजन रोजे, केही अयोग्य भएर घर फर्किए । तिनै पूर्वजनमुक्तिसेना जनयुद्धको आधार क्षेत्र मानिएको रुकुममा संगठित हुन थालेका छन् । हाल सरकारको नेतृत्व गरेको आफ्नै पार्टीविरुद्ध विभिन्न प्रहार भएको भन्दै उनीहरूले संगठित भएको बताएका छन् । हालै जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पूर्व जनमुक्ति सेनाहरू एक भेला आयोजना गरेर जिल्ला कमिटी बनाएका छन् । पूर्व जनमुक्ति सेना नेपाल रुकुम पश्चिमको संयोजक बनेका बाँफिकोट गाउँपालिका २ पिपलका कलबहादुर नाथ ‘महान्’ले पार्टीविरुद्धको प्रहार असैह्य हुने बताए । जिल्ला भेलाले चौरजहारी नगरपालिकाकी सपना बिष्ट कार्कीलाई सहसंयोजक बनाएको छ भने सदस्यहरूमा सानीभेरीका कर्णबहादुर नकाल, खगेन्द्र बाठा र बिष्णु कुमार पुन, बाँफिकोट गाउँपालिकाका सौरभकुमार केसी र धनबहादुर खत्री, आठबिसकोट नगरपालिकाका धञ्जे कामी र देउसरा पुन छन् । त्यसैगरी त्रिवेणी गाउँपालिकाका शेरबहादुर राना र मोहनकिशोर ओली, मुसिकोट नगरपालिकाका नवीन ओली र बिनिता सेर्पालीलाई पनि टिममा राखिएको छ । जिल्ला समितिले पालिकास्तरिय समिति बनाउने र त्यसलगत्तै बृहत जिल्ला भेला गर्ने भनेको छ । संयोजक महानले करिब पाँच सय जना पूर्वजनमुक्ति सेनाको भेलाले तत्कालको लागि जिल्ला संयोजन समिति बनाएको र जिल्लाभर पन्ध्र सय पूर्व जनमुक्ति सेना रहेको बताए ।
|
1,286 |
- संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेकी छन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएकी हुन्। ‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र बिक्री वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,’ उनले भनिन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अत्यका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिइन्। न्यून तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उनले विश्वको ध्यान जानुपर्ने बताइन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,287 |
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स०को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन् । “नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निर्णयको स्वागत गर्दछ”, अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाइ थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए । पर्वतीय पर्यटनद्वारा राज्यको कूल ग्रार्हस्थ्य उत्पादनमा पुर्याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
|
1,288 |
१३ स्थानीय तहमध्ये स्थानीय निर्वाचनमा कैलालीका आठवटा स्थानीय तहमा नेकपा एमालले जित हासिल गरेको थियो भने ६ वटा स्थानमा उपप्रमुख विजयी भएका थिए । टीकापुर नगरपालिका र भजनी नगरपालिकामा भने एमालेले प्रमुख पदमा जित हात पार्दा उपप्रमुखमा पराजय बेहोरेको थियो । निर्वाचित उपप्रमुखमध्ये कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमाकुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुखको निधन भएको छ भने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा नेकपा एमालेमा प्रवेश गरेकी छन् । कैलालीको चुरे गाउँपालिकाका प्रमुख र उपप्रमुख, गौरीगंगा नगरपालिकाका प्रमुख र उपप्रमुख, लम्कीचुहा नगरपालिकाका प्रमुख र उपप्रमुखले एमालेलाई रोज्दा गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाका प्रमुख एमालेमै रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये कैलालीमा तीन उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी ५२ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी राजेका छन् । नेकपा (एस) रोज्ने वडा अध्यक्षहरूमा धनगढी उपमहागरपालिका– १४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका– ५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका– ५ का अध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका– १ का अध्यक्ष गंगाराम आचार्य, गौरीगंगा नगरपालिका– ७ का अध्यक्ष दलबहादुर कुमाल रहेका छन् । यसैगरी घोडाघोडी नगरपालिकाका– २ वडा अध्यक्ष, लम्कीचुहा नगरपालिका– १ का वडा अध्यक्षसहितले नेकपा (एस) रोजेका छन् ।
|
1,289 |
खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ । मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को प्राविधिक सहयोग तथा गैरसकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण सुरु गरिएको हो । जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये आठ र छथर गाउँपालिकाको छ मध्येदुई वडामा रिचार्ज पोखरी निर्माण भइरहेको हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिए । गत वर्षबाट पाँच वर्षमा सक्ने गरी शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म धनकुटा नगरपालिकामा २२ वटा र छथर जोपाटीमा ५८ वटा रिचार्ज पोखरी निर्माण गरिएको उनले जानकारी दिए । “नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ”, भुजेलले भने । यसअघि ईसिमोडसँग सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेको सामुदायिक वनसँगको सहकार्यमा रिचार्ज पोखरी बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार छथर जोरपाटी गाउँपालिकामा गत वर्षबाट पोखरी निर्माण सुरु भएको र धनकुटा नगरपालिकामा यस वर्षबाट वडा नं १ मा काम शुरु गरिएको भुजेलले जानकारी दिए । वडाले धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मुलाधार रहेको राना टोल क्षेत्रमा १७ वटा रिर्चाज पोखरी निर्माण गरिएको वडाध्यक्ष वङ्द तामाङ्गले जानकारी दिए । आफूहरुलाई इसिमोडले भारतको सिक्किम भ्रमण लगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताए । चालु आर्थिक वर्षमा वडाको जलाधार तथा मुलाधार क्षेत्रमा ७० देखि एक सय वटासम्म रिचार्ज पोखरी निर्माण गरिने उनले जानकारी दिए ।
|
1,290 |
२०८१ साउन ८ मंगलबार ओलम्पियन पौडीवाज शिरिष गुरुङले स्थापना गरेको शिरिष फाउण्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ । फाउण्डेसनले तामाङलाई आउँदो १२ महिना मासिक १५ हजार रुपैयाँका दरले नगद तथा खेल सामग्री उपलब्ध गराउनेछ । आईतवार तामाङ र शिरिष फाउण्डेसनका कोषाध्यक्ष सपना गुरुङले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार फाउण्डेसनले एक वर्षको अवधिमा तामाङले सहभागिता जनाउने प्रत्येक प्रतियोगिताका लागि खेल पोशाक तथा सामग्री उपलब्ध गराउनेछ । तामाङले आधिकारिक राष्ट्रिय र अन्तर्राष्ट्रिय बाहेकका प्रतियोगितामा फाउण्डेसनको पोशाक लगाएर प्रतिष्पर्धा गर्नुपर्नेछ । यसैगरी सम्झौता अवधिभित्र तामाङ घाइते वा बिरामी परेमा फाउण्डेसनले उपचारको व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ । फाउण्डेसनका सदस्य, कार्यालय सचिव एवं नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले सम्झौता अवधिमा तामाङले राम्रो प्रदर्शन गर्दै अघि बढे सम्झौता थप गरिने बताउनु भयो । कार्यक्रममा फाउण्डेसनले सहयोग उपलब्ध गराएकी पहिलो खेलाडी निमा घर्ती मगरले तामाङलाई फाउण्डेसनको तर्फबाट खेल सामग्री हस्तान्तरण गरेकी थिइन् भने तामाङले निमालाई फाउण्डेसनको तर्फबाट उपहार प्रदान गरेकी थिइन् ।
|
1,291 |
शताब्दिकै प्रभावशाली उद्यमीका रुपमा मानिने चिनियाँ अर्बपती ज्याक मा विगत दुई महिनादेखि सम्पर्क विहिन भएको बताइएको छ । गत अक्टोबरमा माले चिनियाँ वित्तिय व्यवस्था सुधार गर्नुपर्ने टिप्पणी गरेका थिए। राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त्यतिबेलादेखि मालाई महत्वपूर्ण निगरानीमा राखेको थियो ।
यस्तोमा, सीसीपीले ज्याकमाको अनइलान किनमेल कम्पनी 'अलिबाबा’ र अनलाइन भुक्तानी सम्बन्धी कम्पनी 'आन्ट ग्रुप’लाई राष्ट्रियकरण गर्न खोजेको बताइएको छ । उसोत, ज्याक माले अक्टोबरमै 'सरकारलाई चाहिएमा आफ्नो कम्पनीको जुनसुकै हिस्सा पनि दिन आफु तयार’ भएको बताएका थिए । चीनलाई नयाँ आविष्कार एवं अन्वेषणमा खर्च नगरेर प्रविधि चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ । यस्तै विषयमा माले गत अक्टोबर २४ मा संघाइमा एक सम्मेलनमा बोल्दै, 'चिनियाँ वित्तिय प्रणालीले जोखिम उठाउँन सिक्नुपर्छ, जोखिम नउठाउनु भनेको आविष्कारको हत्या गर्नु हो’ लगायतका कुराहरु उठाएका थिए । ज्याक मा उक्त सम्मेलनमा सहभागि भएपछि हालसम्म सार्वजनीक स्थानमा देखिएका छैनन् । चीनले आफ्नो व्यवस्थाविरुद्ध बोल्ने एवं काम गर्ने आफ्नै नागरिकहरलाई अपहरण गर्ने गरेको आरोप लाग्दै आएको छ ।
अक्टोबर २४ को घटनापछि माको कम्पनी आन्ट ग्रुपलाई चिनियाँ अधिकारीहरुले ३७ अर्ब अमेरिकी डलरको सेयर जारी गर्न र शेयर बजारमा सुचिकृत हुन रोक लगाएका थिए । सेयर बजारमा सुचिकृत हुनेमध्ये विश्वको अहिलेसम्मकै ठूलो कम्पनी हुन लागेको आन्ट ग्रुपलाई चिनियाँ नियामका अधिकारीहरुले रोक लगाएका थिए । यो घटनापछि आन्ट ग्रुप निरन्तर रुपमा घाटामा गएको छ । यसपछि चीनको सबैभन्दा ठूलो अनलाइन किनमेल कम्पनी अलिबाबा (जुन नेपालको दराजको अभिभावक कम्पनी हो)लाई समेत एकाधिकारवादी गतिविधिमा संलग्न भएको भन्दै चिनियाँ अधिकारीहरुले छानबिनको दायरमा लिएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको यी कदम माको आन्ट ग्रुप र अलिबाबालाई राष्ट्रियकरण गर्ने चाल भएको विभिन्न स्रोतहरुले बताएका छन् । इन्टरनेट उद्योगका जानकार संङ्ग क्वैंगले यो अलिबाबालाई राष्ट्रियकरण गर्ने संकेत भएको बताएका छन् । रेडियो फ्रिएसियासँग बोल्दै क्वैंगले यो छानबिनको प्रकृया उच्च स्तरबाट आउँने र यसको परिणाम ठूलो आउने देखिएको बताएका छन् ।’ पिपुल्स बैंक अफ चाइना, चिनियाँ बैंकिंग नियामक आयोग, चीन धितो नियामक आयोग र विदेशी विनिमयको राज्य प्रशासनलगायतले समेत अलिबाबामाथि छानबिन गर्ने बताइएको छ । वास्तवमा, चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं राष्ट्रपति सी चिनफिङले गत अक्टोबरमा, ‘चिनियाँ अर्थतन्त्रलाई घरेलु मागको आधारमा बढी राज्य नियन्त्रित बनाउँने’ योजना रहेको बताएका थिए । चीनको राजनीतिक अर्थव्यवस्थामा ठूलो परिवतर्न आउँनसक्ने पर्यवेक्षकहरु बताउँछन् । सि ले चीनमा सम्पती स्वामित्वको प्रकृयालाई बदल्न सक्ने समेत बताएका छन् । यसअर्थमा के देखिन्छ भने, चीनले कुनै पनि कम्पनी एवं व्यापारीहरुलाई सरकारको नियन्त्रणमा राख्ने सम्भावना छ। पछिल्ला २ महिनाभन्दा बढी समयसम्म ज्याक मा सार्वजनीक स्थानमा देखिएका पनि छैनन् । ज्याक मा सम्पर्कमा नहुँनु पनि चिनियाँ सीसीपीसँग सम्बन्धित परिघटना हुनसक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आंकलन छ । चिनियाँ यो कमदले कम्युनिस्ट शासित मूलुकमा स्वतन्त्र उद्यमी बनेर अघि बढ्नका लागि सरकारी चुनौतीको सामना गर्नुपर्ने कुराको संकेत गरेको देखिन्छ ।
|
1,292 |
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद कानुनबाट हटाउन माग गरेका छन् । एक युवतीले आफू बलात्कारमा परे पनि न्याय नपाएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि पौडेलले ट्विटरमार्फत बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था आउन नहुनेमा उनले सचेत गराएका हुन् । “मुलुकी अपराध संहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ । पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ,” पौडेलले लेखेका छन्, “बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ । यस्ता अपराधमा हदम्याद तोकिनु हुन्न ।” केहीदिन अघी मात्रै एक युवतीले सुन्दरी प्रतियोगिताका आयोजकबाटै ८ वर्षअघि बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद हट्नुपर्ने बहस भइरहेको छ ।
|
1,293 |
आइपिएल २०१८ को लिलामीमा धेरै खेलाडीको खरिद बिक्रीसमेत भइसकेको छ। इंग्ल्यान्डका बेन स्टोक्स १२ करोड ५० लाखमा बिक्री भए, उनलाई राजस्थान रोयल्सले किन्यो। लिलामी सुरु भएपछि सामाजिक सञ्जालमा समेत आइपिएलको चर्चा सुरु भयो। मानिसहरुमा राजनीतिक र अन्य मुद्दा छाडेर आइपिएलको अक्सनमा रुचि देखिएको छ। किंग्स इलेभेन पञ्जाबकी मालिक तथा बलिउड नायिका प्रीति जिन्टाले धेरै खेलाडीमा लगातार बोली लगाएको दृश्य सामाजिक सञ्जालबाट लुक्न सकेन। पन्जाबले लगातार केही खेलाडीलाई लिएर बोली लगाएको थियो र अर्को टिमसँग कडा टक्कर लिएको थियो। प्रीति जिन्टाको सोही उत्सुकतामाथि धेरै मानिसले मजाक गरे। पूर्व क्रिकेटर वीरेन्द्र सेहवाग समेत यो विषयमा अगाडि देखिए। उनले पनि प्रीति जिन्टालाई लिएर ट्वीट गरे। उनले लेखेका छन्, 'केटीलाई किनमेलको सोख हुन्छ, प्रीति जिन्टा किनमेलको मुडमा छिन्, उनले हरेक चिज किन्नेछिन्।’ ट्वीटरका अर्का प्रयोगकर्ता कस्यपले एक संवाद ट्वीट गरे, ‘प्रीति जिन्टाले आइपिएल २०१८ लिलामीमा यसरी बोली लगाइन्।’ प्रयोगकर्ता आकाशले ट्वीट गरे, ‘अधिकारी : खाना पहिलो तल्लामा छ। प्रीति : लिलामी सुरु, अधिकारी : म्याडम खाना फ्रीमा छ।’ लिलामीको सुरुवात भारतीय शिखर धवनबाट सुरु भएको थियो। उनीलाई किन्न मुम्बई इन्डियन्स र किंग्स इलेभेन पञ्जाबले इच्छा देखाएका थिए। धवनलाई ५ करोडमाथिको बोली लाग्यो र अन्तिममा पन्जाबले ५ करोड २० लाखको बोली लगाएको थियो तर सनराईजर्स हैदराबादले राइट टु म्याच कार्डको प्रयोग गरेर उनीलाई टिममा राख्न सफल भयो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,294 |
नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न राजदूत खत्रीसमक्ष आग्रह गरे । छलफलमा परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवद्र्धनमा जोड दिन आग्रह गरेको छ । यसैगरी नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पी जस्ता वस्तुहरूको लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवद्र्धनमा पनि परिसंघले जोड दिएको छ । छलफलमा परिसंघका अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेकाले स्तरोन्नतीसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि आग्रह गरे । ‘नेपालका केही वस्तुमात्रै अमेरिका निर्यात भइरहेका छन्, तिनीहरूको प्रवद्र्धनका लागि विशेष पहल गर्नुपर्छ,’ उनले भने । अध्यक्ष अग्रवालले गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नेपालको आवश्यकता भएको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता संसदबाट अनुमोदन गराइ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले यो सम्झौता अघि बढाउनुपर्छ भन्ने आवाज उठाएको छ,’ उनले भने । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्दा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने उल्लेख गरे । परिसंघले नेपालको पर्यटन प्रवद्र्धन हुने गरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको पहल गर्न पनि खत्रीसँग आग्रह गरेको छ । नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिको मार्फतबाट थप बलियो बनाउनुपर्ने परिसंघको धारणा रहेको छ । छलफलमा प्रस्तावित राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने पनि उल्लेख गरे । नेपाली वस्तुलाई अमेरिकामा सुविधासहित प्रवेश गराउन आफूले पहल गर्ने पनि उनले बताए । छलफलमा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, इनर्जी डेभलपेन्ट काउन्सिलका सभापति ज्ञानेन्द्रलाल प्रधान, आइटी काउन्सिलका सदस्य लिनो अल्हेरिङ, हस्तकला एवं तयारी पोशाक उत्पादकको समेत उपस्थिति थियो ।
|
1,295 |
करिब १५ दिनको अमेरिका चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेको थियो। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेको दाबी सरकारी सञ्चारमाध्यमले गरेका छन् । तर, यथार्थमा उनले राष्ट्पति बाइडेनसँग केही सेकेण्डमात्र भेटन पाएका थिए । साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ गएका थिए। चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरे। सो क्रममा उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाएका थिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरे। सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उनी चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि शनिबार स्वदेश फर्कन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उनी अहिले १० बजे नेपाल आइपुग्ने जनाइएको छ ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
|
1,296 |
कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन्। राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरु खुसी हुन्। उसो त आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो। 'सदियाँैदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ। वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन', बडघर घर्तीमगर भन्नुहुन्छ, '२०५७/५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुसियाली छाएको मात्रै छैन, सपना पूरा भएको छ।' उनले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने गरेको बताए। आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुसी व्यक्त गरेका छन्। किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन्। आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन। पटकपटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पुर्याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताए। यस पटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिनुभयो। त्यो पानीले १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुनेछ। 'हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म तीनवटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौँ', आयोजना प्रमुख श्रेष्ठ भन्छन्, 'पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ। अब नियन्त्रितरुपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ। यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ।' यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो। पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए। हरेक वर्ष कुलाको मुहान खन्न हजारौँ किसानले काम गर्नुपर्ने बाध्यता थियो। किसानले वर्षमा दुईपटक कुला खन्न जानुपर्थ्यो। हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करिब एक महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउँछन्। 'आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ। जतिबेला आवश्यक पर्यो त्यहीँअनुसार पानीको व्यवस्थापन गर्न सकिने भएको छ', उनी भन्छन्, 'हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ। खडेरीका कारण सिँचाइको सहजता नहुँदा हुन नसकेका रोपाइँ अब हुन्छन्।' झण्डै ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको रहेको छ। यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो। कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो। मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन्। जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आमदानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। 'सधैँ सहजरूपमा पानी आउने स्थिति यसअघि थिएन। अब १२ महिनै पानी आउने भएको छ।' उनले भने, 'किसानलाई व्यावसायिक कृषि खेतीमा पनि सहज हुनेछ। सिँचाइका लागि आपसमा हुने मतभेद पनि अबदेखि किसानमा हुने छैन।' रु. २७ अर्ब ७० करोड २३ लाख लागत रहेको आयोजनामा रु १७ अर्ब ५६ करोड ७२ लाख नेपाल सरकार, रु नौ अर्ब ९५ करोड ५१ लाख विश्व बैंकको ऋण र रु १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ। आयोजनामा हालसम्म रु १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ। आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करिब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ। उसरी हेर्दा रानी र कुलरिया कुलोको प्रगति निकै कम छ। जमरा कुलोको प्रगति करिब ७० प्रतिशत प्रगति देखिएको छ ।
|
1,297 |
नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रीको सूचना जारी गरेको छ । केन्द्रीय बैंकले आज दिउँसो २ बजेबाट बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १८ गते रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । वि.सं.२०७६ कात्तिक २५ सोमवार १६:०० मा प्रकाशित काठमाडौं ।
|
1,298 |
– नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप १ जना पक्राउ परेका छन् । नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर नेपालको कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर १ करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेका जनाइएको छ । मोरङको रङ्गेली घर भएका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी १ करोड रुपैयाँजति लुटपाट गरेका जनाइएको छ । लामो समयदेखि खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए । महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेका छ । प्रहरीले गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो । यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाका अनुसार असोज पहिलो साता र मंसिरमा पक्राउ परेका व्यक्ति नाइजेरियन नागरिक ‘पिटर काले’ भनिने पिटर हर्मेन असेंगाका सहयोगी हुन् । यस्तै, केही दिन अगाडि पक्राउ परेका दीपक पनि ‘पिटर काले’ समूहका मुख्य सदस्य हुन् । उनले ‘पिटर काले’को निर्देशनानुसार नेपालमा एजेन्टहरुलाई परिचालन गर्ने गर्दथे । एसएसपी थापाका अनुसार गत असोज ५ गते कृषि विकास बैंक ह्याक हुँदा दीपकको खातामा १ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो । पछि अनुसन्धान गर्ने क्रममा उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी उक्त रकम आफ्नो खातामा जम्मा गर्न सफल भएका थिए । ‘अहिले पक्राउ परेको दीपक पनि पिटरकै समूहको सदस्य हो । असोजमा कृषि विकास बैंक ह्याक कृषि विकास बैंकमै रहेको उसको खातामा १ करोड रुपैयाँ गएको थियो । उसले पैसा भने निकाल्न सकेको थिएन । पैसा निकाल्न नपाउँदै हामीले अनुसन्धान गरेर उसको खाता रोक्का गरिएको थियो,’ महाशाखा प्रमुख थापाले खबरहबसँग भने ।
|
1,299 |
पर्याप्त जानकारी बिना अरूको देखासिकी गरेर उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हो । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेका हुन् । सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख्या बढे पनि काम गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा ६ सय २२ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०७२/७३ मा यो संख्या बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलका प्रमुख माधव गौतमले जानकारी दिए । उनका अनुसार यस आवमा उत्पादनमूलक ६८, सेवामूलकमा एक सय ९५, कृषि तथा वन जन्य दुई सय ९६ र पर्यटनमा ७३ उद्योग दर्ता भएका छन् । पहुँचवाला र टाठाबाठाले अनुदान र सहुलियत ऋणका लागि उद्योग दर्ता गर्ने तर काम नगर्ने प्रबृत्ति बढेको छ । सरकाले दिने कृषि अनुदान प्राप्त गर्ने उद्देश्यले उद्योग दर्ता गरे पनि सञ्चालन नगर्ने परपरासमेत विकास हँदै गएको छ । सरकारी अनुदान, बैंक तथा सहकारीबाट सहुलियत ऋणलगायत फाइदाका लागि उद्योग दर्ता गर्नेको संख्यासमेत बढेको छ । पछिल्लो समय कृषि र पशुपालन सम्बन्धी उद्योग दर्ता बढेको छ । गौतमले भने, ‘सरकारी र गैरसरकारी संस्थाले दर्ता भएका उद्योगलाई लगानी गर्न प्राथमिता दिने र नेपाल सरकारले दिने अनुदान पनि व्यक्तिभन्दा दर्तावाल उद्योगलाई नै महत्व दिन थालेपछि अहिले जिल्लामा उद्योगको संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।’ तथ्यांकमा उद्योग दर्तासँगै उद्यमीसमेत बढेको देखिन्छ । घरेलु कार्यालयको तथ्यांकअनुसार आठ सय २७ उद्यमी बढेकोमा एक सय ३५ मा महिलाको समेत सहभागिता छ । दर्ता भएका उद्योगमा २७ सय १७ लाई रोजगारी दिने उल्लेख छ भने नौ सय ७६ महिलाले रोजगारी पाउने देखिन्छ । ६ सय ३२ उद्योगले ८१ करोड एक लाख बराबरको लगानी गर्ने र वार्षिक एक अर्ब ६९ करोड १० लाख बराबरको कारोबार गर्ने उल्लेख गरिएको छ । यस आवमा मात्र उद्योग दर्ता गराएर घरेलु तथा साना उद्योग कार्यालयले ३९ लाख ८३ हजार राजस्व उठाएको छ । जिल्लामा तीन हजार नौ सय ३५ उद्योग दर्ता भएका छन् । तर, कति सञ्चालनमा छन् । कति उत्पादन गर्छन् र कस्तो अवस्थामा छन् भन्ने बारे दर्तावाला निकायनै बेखबर छ । पहँचवाला र टाठाबाठाले अनुदान र सहुलियत ऋणका लागि उद्योग दर्ता गर्ने तर काम नगर्ने प्रबृत्ति बढेको देवीटार गाविसका धनध्वज तामाङले बताए । काम नगरे पनि दर्ता र राज्यले समय समयमा अनुगमन गर्ने संयन्त्र नहुँदा उद्योग दर्ता बढ्ने तर सञ्चालनमा भने नआउने गरेको उद्योगीको गुनासो छ । उद्योग दर्ता बढे पनि कागजमा मात्र दर्ता गर्ने तर सञ्चालनमा नआउने हुँदा व्यावसायिक रूपमा निरन्तर काम गर्नेलाई समस्या भएको व्यावसायिक रूपमा उद्योग दर्ता गरेर काम गर्नेको गुनासो छ । पछिल्लो समय काभ्रेका विकट गाउँगाउँमा समेत यातायात तथा सञ्चारको पहँच पुगेकाले अधिकांश ठाउँमा उद्योग सञ्चालनमा आउन थालेका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.