Unnamed: 0
int64
0
100k
Article
stringlengths
2
74.8k
1,100
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । आजसम्मको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उनले जानकारी दिए । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालू रहेको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले भने, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसईईका सबै परीक्षा सम्पन्न हुन्छन् ।” परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै उनले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्कासन गरेको जानकारी दिए । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् । परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने बताउँदै सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताए । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको उनले जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा स्तरवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या काठमाडौँ ।
1,101
प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । सुन बोकेर आउँदै गर्दा प्रहरी चेकिङमा उक्त युवकलाई पक्राउ गरेको प्रहरीको भनाई छ । सुन करिब १७ किलोको अनुमान प्रहरीले लगाएको छ । तर सुन जाख्न भने बाँकी छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ हुन । निर्वाचनको मुखमै सुन सहित संलग्न पक्राउ परेका हुन । निर्वाचन नजिकींदै गर्दा चुनाव लड्ने नेताको संलग्नतामा सुन तस्करी भएको हुन सक्ने आशंका गरीएको छ ।
1,102
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने उहाँले उज्यालोलाई जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हिजो बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्व विद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको थियो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भैरहेका छन् । नेपालमा अहिलेसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसनकाे खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
1,103
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।
1,104
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
1,105
आयोगले पार्टीको अन्तरिम विधान तथा राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा दल विभाजन हुन नसक्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयले नेकपालाई फुट हुने बाटोबाट रोकेको छ । तर दुई समूहमा विभाजित नेकपा फुटिसकेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएयता पार्टीका सबै बैठकमा प्रधानमन्त्री ओलीको नाम पहिलो नम्बरमा तथा प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेको, गत वर्ष भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उपनिर्वाचनमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा उम्मेदवारको मनोनयनपत्रमा ओलीको हस्ताक्षर रहेको, पार्टीको सचिवालयबाट ओलीलाई उम्मेदवार मनोनयनका लागि औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएकोलगायतका आधार टेक्दै आयोगले निर्णय गरेको थियो । पत्रमा दुवै पक्षबाट आयोगमा पठाइएका कागजात र पार्टीको विधानको व्यवस्था मेल नखाएको भनी दुवै अध्यक्षलाई उनीहरूको फरक फरक माग दाबी अस्वीकार गरिएको जानकारी आयोगले दिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवादका सन्दर्भमा आएका कागजातको अध्ययन गरी कानुनअनुसार गरिएको निर्णय दुवै अध्यक्षलाई पठाएको जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुवै समूहको दाबीलाई आयोगले अस्वीकार गरेको जानकारी पत्रमा दिइएको छ । नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको पत्रमा उल्लेख छ । पत्रमा आयोगले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव समूहको निर्णय र विधान संशोधन तथा केन्द्रीय समिति विस्तार गर्ने ओली पक्षको निर्णयलाई विधानविपरीत भनेको छ । यसैगरी दुवै पक्षबाट विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी आएका कागजपत्र कानुनसम्मत नभएको भन्दै नेकपाको कुनै विवरण परिवर्तन संशोधन वा हेरफेर हुन नसक्ने जनाएको छ । ओलीले केन्द्रीय सदस्यको संख्या बढाएर अद्यावधिक गरिदिन भन्दै आयोगमा पत्र पठाएका थिए भने प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको जानकारी आयोगलाई गराएका थिए । नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटीलगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको आयोगको निर्णयमा उल्लेख छ । आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेसँगै दाहाल पक्षले भने अदालत जाने तयारी गरेको छ भने ओली पक्ष निर्णयबाट सन्तुष्ट देखिएको छ ।
1,106
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच प्रदेश २ मा मुख्यमन्त्री को हुने भन्नेमा सहमति जुट्न सकेको छैन ।राजपाभन्दा चार सिटले ठूलो फोरमले सिद्धान्तत: आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । राजपा भने आलोपालोको अडानमा छ । फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेस गठबन्धनसँग छ । प्रदेशका १ सय ७ सांसदमा फोरम र राजपाको बहुमत छ । फोरमले आफ्नो पार्टीबाट हुने मुख्यमन्त्रीलाई पूरै अवधि दिनुपर्ने अडान राखेकाले सहमति नजुटेको राजपा नेता मनीष सुमनले बताए । ‘फोरमसँग औपचारिक छलफल त भएको छैन । तर, मुख्यमन्त्री सिंगो प्रदेशको नेतृत्व गर्न सक्ने क्षमताको हुनुपर्छ । आलोपालो हुनुपर्छ भन्ने मान्यता हाम्रो हो,’ सुमनले भने, ‘चार सिटले मात्रै फोरम ठूलो छ । आधा–आधा चलाउने गरी सहमति गर्दा राम्रो हुन्छ ।’फोरमका एक नेताले आफ्नो पार्टीको पूरै अवधि मुख्यमन्त्री हुनुपर्ने बताए । ‘मुख्यमन्त्री बाँड्ने पक्षमा अध्यक्षज्यू पटक्कै हुनुहुन्न,’ ती नेताले भने, ‘राजपाले यस्तो सर्त राख्ने हो भने विकल्प सोच्न सकिने पक्षमा उहाँ हुनुहुन्छ ।’ दुई दलबीच कुरा नमिले सरकार निर्माणका लागि दोस्रो विकल्प फोरम र वाम गठबन्धन हुन सक्छ । एमाले नेता शत्रुधन महतो भने वाम गठबन्धनले सरकार निर्माणमा अहिले कुनै सक्रियता नदेखाएको बताए । ‘हामी आफ्नै संसदीय दलको नेता छान्ने प्रक्रियामा छौं,’ महतोले भने, ‘दलको नेता चयन भएपछि हाम्रो आवश्यकता देखिए सरकार निर्माणमा पनि छलफल होला ।’ फोरम नेता रामसाय यादवले भने दुई दलबीच औपचारिक रूपमा कुनै छलफल नभएको बताए । ‘सैद्धान्तिक रूपमा ठूलो पार्टीले मुख्यमन्त्री लिने कुरा हो,’ उनले भने । राजपा नेता जितेन्द्र सोनलले प्रदेश नम्बर २ मा राजपा र फोरम मिलेरै सरकार बन्ने दाबी गरे । ‘अरू विकल्प हामीले सोचेका छैनौं, जनताको म्यान्डेट पनि दुई दल मिलेर सरकार बनाऊ भन्ने नै हो,’ उनले भने, ‘दुवै पार्टीले दलको नेता छानिसकेपछि मुख्यमन्त्री, सभामुख, मन्त्रीहरूबारे छलफल होला, अहिले विकल्प सोच्नु भनेको जनतालाई धोका दिनु हो ।’ दुवै दलका आन्तरिक बैठकका लागि दुवै दलका शीर्ष नेताहरू जनकपुरमा भेला भएका छन् । आकांक्षीहरू बढी भएकाले दुवैले संसदीय दलको नेता चयन भने गर्न सकेनन् । फोरमभित्र संसदीय दलको नेताका लागि लालबाबु राउत गद्दी, विजयकुमार यादव, शैलेन्द्रप्रसाद साह र रामाशिष यादव आकांक्षी देखिएका छन् । दलको नेता नै मुख्यमन्त्री हुने भएकाले बैठकमा सर्वसम्मत हुन नसकेको स्रोतले बतायो । फोरमले संसदीय दलको नेता चयनका लागि आइतबार बैठक बोलाएको छ । पार्टी नेता रेणु यादवको संयोजकत्वमा शम्भुनाथ झा र शेषनारायण यादव सदस्य रहेको समिति बनाइएको छ । ‘निर्वाचन समिति बनेपनि आइतबारको बैठकमा फोरमबाट सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ,’ बैठकपछि प्रदेश सांसद रामाशिष यादवले भने, ‘आज कसैले पनि उम्मेदवारको आकांक्षा गरेको छैन । भोलि सर्वसम्मत रूपमै उम्मेदवार मनोनयन हुन्छ ।’ शनिबारको बैठकमा प्रदेश संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष यादवले प्रशिक्षणसमेत दिएका थिए । राजपामा दलको नेताका लागि सोनाल, नवलकिशोर साह र रामनरेश राय मुख्य आकांक्षी छन् । फोरमले मुख्यमन्त्री पाएमा राजपाले मनीष सुमनलाई सभामुखमा पठाउन सक्ने सम्भावना छ । पार्टीभित्र सभामुखमा उनको नाम चर्चामा छ । यता कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि प्रदेश संसदीय दलका लागि छलफल सुरु गरेका छन् । एमालेले संसदीय दलको नेताका लागि शनिबार आन्तरिक प्रयास भएको थियो । सहमति नभएपछि शत्रुधन महतो र सत्यनारायण मण्डलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । कांग्रेसमा रामसरोज यादवको नाम चर्चामा छ । प्रदेश नम्बर २ को प्रदेश सभामुखको निर्वाचन फागुन २ मा हुने भएको छ । प्रदेश ५, ६ र ७ को प्रदेशसभाको पहिलो बैठक पनि आजै बस्दैछ ।
1,107
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आइतबार दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो झण्डा देखाएर जनकपुरबाट पटनाका लागि प्रस्थान गरेको बसलाई बिदाइ गर्नुभयो । जनकपुर–पटना र काठमाडौँ–बोधगयाका लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा गत मङ्गलबारदेखि सञ्चालनमा आएको हो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । गएको मङ्गलबारदेखि नै विहारको बोधगया र काठमाडौँ बस सेवा पनि शुरू भएको छ । भारत–नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस सेवा सञ्चालन गरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार दुईदेशीय बस सेवा व्यवस्थापनका लागि बस रोक्ने स्थानमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ । जनकपुरबाट छुट्ने बस भिट्ठामोड, सीतामढी हुँदै पटना पुग्नेछ भने काठमाडौँबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी हुँदै पटना पुग्नेछ । जनकपुर–पटनाको झण्डै २२५ किलोमिटर दूरीको बसको भाडा भारु २ सय ७५ अर्थात नेपाली चार सय ४० रुपैयाँ, बोधगया–काठमाडौँको भाडा एक हजार २ सय ५० र काठमाडौँ–पटनाको भाडा एक हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ । एसी सुविधायुक्त यस जनकपुर पटना बस सेवा प्रत्येक दिन जनकपुरबाट बसपार्कबाट बिहान १० बजे रात्रि सेवा ८ बजे हुने बताइएको छ । आइतबार पहिलो बस सेवामा ३० जना यात्रुसहित गाडी प्रस्थान गरेको छ । तीस जना यात्रुमध्ये २६ जना पटनाका लागि र चार जना मुजफ्फपुरको लागि हिँडेको बताइएको छ । सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय शहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । बर्षेनि हजारौँ नेपाली स्वास्थ्योपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न शहर जान्छन् । विहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुका लागि लाभदायक हुने विश्वास स्थानीय बासिन्दाको छ । पहिले पटना पुग्न जनकपुरबाट नेपाली नाका भिट्ठामोडसम्म तथा भिट्ठामोडबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै जानुपर्थो। पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को सास्तीसमेत बेहोर्नु परेको थियो । सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सिधा पटना पुग्न सकिने स्थानीयको भनाइ छ । ‘सिधा बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुका साथै समय बचत हुन्छ । सुरक्षित पनि हुन्छ’, जनकपुर निवासी सतीशलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्राङ्गणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन । जनकपुरधाम–अयोध्या बस सेवा पनि नियमित सञ्चालन हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।
1,108
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
1,109
पुर्वाञ्चलमा जारी सातौ राष्टिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदुरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दिपक साउँदले दुरुपयोग गरेका छन । खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले खर्च व्यहोर्ने गरी दिएको गाडी लगेर क्षेत्रीय अध्यक्ष साउँद गृह जिल्ला अछामतिर पार्टीको कामका लागि आउनु भएको छ । गाडिमा ४ जना महिलालाई आफु निकटको महिला भन्दै गाडिमा सँगै लगेको श्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका अछाम जिल्ला अध्यक्ष समेत रहेका साउँदले क्षेत्रीय खेलकुद विकास समितीका कर्मचारीहरुलाई अति आवश्यक काम परेको भन्दै खेलकुदको महाकुम्भ छोडेर पार्टीको काममा लागेका हुन । सातौ राष्टिय खेलकुदको उद्घाटन समारोहमा अन्तिम समयमा सहभागी भएर एक दुई दिन विराटनगरमा वसेर भ्रमण भत्ता लिएर क्षेत्रीय अध्यक्ष सुदुरपश्चिम लागेका हुन । साउँदले चढिरहेको गाडीको खर्च अनुगमनका लागि भन्दै राष्ट्रिय खेलकुद परिषदले भुक्तानी दिने वताईएको छ । राखेपले अनुगमनका लागि क्षेत्रीय टीमलाई एक लाख रकम दिने वताईएको छ । देशको गौरव रहेको खेलकुद भन्दा पनि पार्टीको कामका लागि सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै क्षेत्रीय अध्यक्ष साउँदको चर्को आलोचना भएको छ । यता अनुगमनका लागि एक दर्जन वढी पार्टीका कार्यकर्ता ल्याएको भनेर नै क्षेत्रीय अध्यक्ष साउँदको व्यापक आलोचना भईरहेका वेला उनको चर्तिकला देखेर राष्टिय खेलकुद परिषदका कर्मचारी र पदाधिकारीहरु मात्रै होईन सदुर पश्चिमवाट सहभागी भएका खेलाडी प्रशिक्षक र व्यवस्थापक छक्क परेका छन । अनुगमनका लागि ल्याएको टोलीमा चार जना महिलाहरु ल्याएको र आफुसँगै राखेको आरोप पनि क्षेत्रीय अध्यक्ष साउँदलाई लागेको छ । खेलाडी छनोटमा पनि राजनिति भएका कारण राम्रो नतिजा ल्याउन नसकेको अवस्थामा आफ्नो क्षेत्रका खेलाडीहरुको अवस्था समेत नवुझेको भन्दै खेलाडीहरु पनि उनीसँग रुष्ट भएका छन । सुप क्षेत्रका खेलाडीहरु घाईते भएको, राम्रो खाने वस्ने व्यवस्था नभएको र खेलाडीहरुको वारेमा केही पनि नवुझेर पार्टीको काममा जानु गलत भएको प्रशिक्षकको भनाई रहेको छ । पार्टी भित्रवाट नै अविश्वासको प्रस्ताव आएकोले सोही घटनालाई मिलाउनका लागि साउँद तुरुन्त अछाम पुगेका हुन । पार्टीका कार्यकर्ताहरुलाई लगेर गए पनि आफुसँग ल्याएका केहीलाई यतै नै छोडेपछि उनीहरुको समेत विचल्ली भएको छ । माओवादी केन्द्रवाट नै खेलकुद मन्त्री भएका कारण साउँदको हाली मुहाली चलेको स्रोतले जनाएको छ । क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्लले आफुहरुलाई त्यस वारेमा कुनै जानकारी नभएको वताए । उनले क्षेत्रीय अध्यक्ष समापन समारोहमा आउने कुरा मात्रै थाहा पाएको जानकारी दिनुभयो । यता क्षेत्रीय अध्यक्ष साउँदले भने आफु पार्टीको अति आवश्यकीय काममा आएको वताए । खेलाडीहरुले पोशाक नपाएको खाली खुट्टा दौडेर पदक जितिरहेको अवस्थामा क्षेत्रीय अध्यक्ष साउँदले आफुहरुले गाडी लगेर गएको र समापनमा आउने जानकारी दिए ।
1,110
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध त्यहाँ विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका छन्। उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो। पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन्। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए। ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो । कोरोना भाइरसको खोप बनाउन नेतृत्व गरिरहेका पश्चिमा देशका वैज्ञानिकहरूले रूसको खोप कार्यक्रमबारे प्रश्न उठाएका छन्। उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशङ्का व्यक्त गरेका छन्। जुलाई महिनामा रुसी वैज्ञानिकहरूले एउटा खोपको प्रारम्भिक परीक्षण सकिएको दाबी गरेका थिए । रुसले भने विभिन्न देशबाट उक्त खोपको १ अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ। मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ। स्पुत्निक सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू(उपग्रहको नाम हो। बीबीसी स्वास्थ्य संवाददाता फेर्गुस वाल्शका अनुसार अन्य समूहहरूले जस्तो मस्कोको गामालेया इन्स्चिच्युटले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन। त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ । राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रतामा छन । पहिलो हुनु मात्रै पर्याप्त छैन। अहिले बन्ने क्रममा रहेका कुनै कोभिड१९ का खोपले कोरोना भाइरसविरुद्ध सुरक्षा देखाएका छैनन्। मुख्य प्रश्न अझै अनुत्तरित नै छ ।
1,111
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग शुक्रबार आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनु पर्नेमा जोड दिए। महामारीको प्रभाव र बढ्दो सङ्कट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे । आर्थिकरुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उहाँले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पार्टी एकतालाई निष्कर्षमा पुर्याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गराए। । बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय सङ्गठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउन सुझाव दिएका थिए ।
1,112
गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर यसपछि साउथह्याम्पटनका यानिक भेस्टेरगार्ड र ड्यानी इंग्सले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए । घुँडाको चोटका कारण एक महिना मैदान बाहिर रहेका इंग्सले पुनरागमनको पहिलो खेलमै विवादास्पद पेनाल्टीमार्फत गोल गरेका हुन् । पेनाल्टी दिने भिजुएल असिस्टेन्ट रेफ्री (भिएआर) को निर्णय फेरि एक पटक विवादित बनेको छ । जितसँगै साउथह्याम्पटन ११ खेलबाट २० अंक जोड्दै प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २४ अंक रहेको छ । २२ अंकसहित चेल्सी तेस्रो स्थानमा रहँदा चौथो स्थानको लेष्टर सिटीको २१ अंक छ ।
1,113
धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भइ रहेको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको हो । रुपन्देही च्यालेन्जर्स यो जितसँगै प्ले अफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ । च्यालेन्जर्सले अझै २ खेल खेल्न बाँकी छ भने काठमाडौं गोल्डेन्सको एक खेल खेल्न बाँकी छ । जसमा २ जित र २ हार निकालेको छ । टस जितेर व्याटिङमा गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको काठमाडौं गोल्डेन्सले पुरै ओभर खेली ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । पहिलो इनिङ्समा व्याटिङ गरेको रुपन्देहीका नुरध्वज सेनले सर्वाधिक ३७ रन बनाए भने पुष्प थापाले ३६ रन बनाए । यसैगरी शंकर रानाले १६, प्रकाश केसी १२ र विक्रम सोबले १० रन बनाए । काठमाडौं गोल्डेन्सको तर्फबाट सोमपाल कामीले ४ ओभरमा २१ रन दिँदै ४ विकेट लिए भने १ मेडन ओभर फाले । यस्तै काठमाडौं गोल्डेन्सका मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले १ एक विकेट लिए । काठमाडौं गोल्डेन्सका तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए । यस्तै काठमाडौं गोल्डेन्सकै सुबेन्दु पाण्डे र रोहित कुमार पौडेलले २०÷२० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले ३ विकेट लिए भने कृष्ण कार्की र विक्रम सोबले २ विकेट लिए । खेलको म्यान अफ दि म्याचबाट पुष्प थापा पुरष्कृत भए । यस्तै दोस्रो खेल जारी छ । अहिले धनगढीको टिम चौराह र सीवाइसी अत्तरियाविच भइरहेको छ । अत्तरिया अहिले ब्याटिङ गरि रहेको छ । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ । ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।
1,114
भक्तपुरमा आएको बाढी, पहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १ सय २५ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले २७ र २८ असारमा परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् । चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेकामध्ये ४ जना घाइते भएका र १ सय ११ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । डुबानमा ५ सय २२ र पहिरोमा १५ गरी ५ सय ३७ घरटहरामा क्षति पुगेको, २८ वटा उद्योग, कलकारखाना र पेट्रोल पम्प, १ सय ३३ वटा किराना, होलसेल पसल, १ सडक, १ पुल, २ अस्पताल र २ विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ वटा बंगुर, ८ सय २५ वटा कुखुरा बगाएको छ । उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करिब ३ करोड ९३ लाख ९५ हजार १ सय २५ रुपैयाँ, किराना, होलसेल पसलमा करिब ४ करोड, ४६ लाख १३ हजार रुपैयाँ, अस्पतालमा ३ करोड ४० लाख १६ हजार रुपैयाँ, मेरिगोल्ड इंगलिस स्कुल बालकोटमा ३ लाख रुपैयाँ, चौपाया, पशुपंक्षीमा करिब १० लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए । प्रहरी परिचालन गरी संकलन गरिएको क्षति विवरण सार्वजनिक गर्दै उनले सम्बन्धित नगरपालिकाहरूबाट थप क्षति विवरण माग गरिरहेको र आउन बाँकी रहेको उनको भनाइ छ । तथ्यांकअनुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करिब ३ करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करिब ६ करोड ९५ लाख १० हजार २ सय ५०, सूर्यविनायक नगरपालिका क्षेत्रमा २ करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायण नपाको सुडालमा २ वटा पक्की र १३ वटा कच्ची घर गरी करिब ५० लाख बराबरको क्षति भएको छ । प्रजिअ भट्टका अनुसार बागिश्वरीमा ३ जना मानवीय क्षति भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाइएको छ । उद्धार कार्य शनिबारसम्म जारी रहेको बताउँदै उनले भने, ‘हिजो बिहानदेखि दिनभरि माननीय महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुखहरू, जनप्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित करिब ७० जनाको टोलीले सरसफाइ गरी डुबानमा परेका व्यापारीको गोदामका सामानहरू निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।’ भत्किएका ठाउँमा ग्याभिङ पर्खाल लगाउने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने, सडक सुचारु गर्ने लगायतका कामका लागि सम्बन्धित कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएअनुरूप काम भइरहेको उनको भनाइ छ । २९ असारमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चार वटै नगरपालिकाले २४ घण्टाभित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि अझै कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छैनन् । जनप्रतिनिधि जनताकै काममा उदासीन भएको र चासो नदिएको गुनासो बढेको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,115
‘मान्छे खाने सडक’ भनेर चिनिने बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा बर्सेनि पहिरो जाँदा धेरैकाे ज्यान जान्छ । कतिपय अंगभंग हुन्छन् । सयौँको संख्यामा सवारीसाधनमा क्षति हुने गरेकाे छ । बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बनाउने चर्चा भएको दशक भइसकेको छ । सरकारले बजेट भाषणमै लेखेर सुरुङ मार्ग बनाउन अध्ययन गर्ने बताउँदै आएको पनि ५ वर्ष भइसकेको छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा ०७३/७४ को बजेटमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट छुट्याइएको थियो ।  परिणाम: अब सिद्धबाबामा सुरुङ मार्ग बन्ने निश्चित भइसकेको छ । भौगर्भिक अध्ययन, चट्टानको प्रकृति जाँच गर्ने काम सम्पन्न भइसकेको छ । यद्यपि यसको टेण्डर हुन अझै ६ महिनाभन्दा बढी लाग्ने आँकलन गरिएको छ । स्वीस सरकारले सुरुङ मार्गको डीपीआर अर्थ मन्त्रालयको अनुरोधमा गरेको थियो । त्यही डीपीआर सडक विभागमा आएपछि अहिले स्वीस सरकारले बनाएको डकुमेन्टलाई आधार बनाएर मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको मापदण्डअनुसारको लागत अनुमानमा ढाल्ने काम भइरहेका सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले बताए । स्वीस सरकारले गर्ने इस्टिमेट र नेपालको इस्टिमेट गर्ने तरिका ऐन, नियमअनुसार फरक भएका कारण मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकबाट स्वीकृत भएको मापदण्डअनुसार लागत अनुमान निकाल्ने काम भइरहेको उनको भनाइ छ ।  विभागले हाल पुरानो तरिकाअनुसार नापेर भुक्तानी गर्ने ठेक्का प्रक्रियाबाट सुरुङ निर्माणको काम गर्न नसकिने भएका कारण डिजाइन इन विल अथवा ठेक्का लिने ठेकेदारलाई नै डिजाइन गरेर काम गर्न दिने गरी अहिले छलफल र डकुमेन्ट तयारको काम भइरहेको उनले बताए । ‘टनेलको सेफ र साइड दिने, त्यो सेफ र साइड बनाएपछि प्रति १० मिटरको भुक्तानी दिँदै जाने व्यवस्था छैन । त्यसैले ठेकेदारले नै डिजाइन गर्छ । हामीले न्यूनतम मापदण्ड दिन्छौँ,’ उनले भने । उनले स्वीस सरकारले दिएको डीपीआरलाई आधार मानेर डिटेल कन्ट्रक्सन डिजाइनहरू ठेकेदारले नै गर्ने गरी ठेक्का गर्ने र त्यही तयारी भइरहेको बताए । त्यसपछि उक्त डकुमेन्ट भने स्वीकृत गराउनुपर्ने हुन्छ । ‘समस्याचाहिँ हामीकहाँ टनेलमा काम गरेका इन्जिनियर छैनन् । पुलमा काम गरेका साथीहरू छौँ । क्षमताको पनि कुरा हुन्छ । अलिअलि कोभिडले गर्दा पनि बाहिरबाहिरको टनेलमा काम गरेका साथीहरू त हुनुहुन्छ । उहाँसँग पनि गहन रूपमा छलफल हुन सकेन । भेटघाट हुन सकेन,’ उनले भने, ‘त्यस कारणले पनि टेण्डरमा केही ढिलाइ हुन्छ ।’ स्वीस सरकारले डिजाइनबाहेक पौने ७ अर्बको लागत इस्टिमेट तयार गरेको छ । उक्त इस्टिमेटमा नेपालकै मूल्य राखेर तयार गरिएकाले रकममा ठूलो अन्तर नहुने बताइएको छ । सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गर्न र जोखिमको आँकलन गर्न भने बाँकी रहेको उनले बताए । ‘जग्गा अधिग्रहण गर्नुपर्ने त्यस्तो त छैन । तर पनि सुरुङको काम गर्दै, गाडी पनि चलाउँदै काम गर्नुपर्छ । त्यसको जोखिम पनि कसरी कम गर्न सकिन्छ । यी काम पनि बाँकी छन्,’ उनले भने । लामो समय रुपन्देहीको चिडियाखोलामा पर्ने तल्लो सिद्धबाबाले दुःख दियो । लेदोसहितको पहिरोले त्यहाँ रोकियो । अहिले सो स्थानमा रुखबिरुवा उम्रिएका छन् । तल्लो सिद्धबाबामा पहिरो जान रोकिएपछि त्यहाँदेखि दोभान हेडबक्ससम्म निरन्तर पहिरो जान थाल्यो । ठूला चट्टानसहितको पहिरो अहिले पनि जाने गरेको छ । वर्षायाममा माथिबाट आउने हिलेपहिरो र हिउँदमा सुक्खा पहिरो अहिले पनि जाने गर्दछ । तल्लो सिद्धबाबाबाट नै जोखिम भए पनि अहिले सुरुङमार्गको डिजाइन तिनाउ गाउँपालिका-३ स्थित उपल्लो सिद्धबाबा मन्दिरनजिकबाट गराउने गरी डीपीआर तयार भएको छ । यसरी सुरुङमार्ग निर्माण भए आधा जोखिम फेरि पनि जनताले काट्नुको विकल्प भने हुने छैन । सुरुङमार्ग निर्माण हुन सके वर्षा र हिउँद बाह्रै महिना नै जाने पहिरोका कारण त्यस क्षेत्रमा बर्सेनि दर्जनाैँको संख्यामा हुने दुर्घटना कम हुने अपेक्षा गरिएको छ । तर, माथिल्लो सिद्धबाबाभन्दा माथिबाट सुरुङमार्ग निर्माण हुने भएपछि तल्लो सिद्धबाबा मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिरको बीचको जोखिमपूर्ण यात्रा भने कायमै रहनेछ । यो क्षेत्रमा पटकपटक माथिबाट खसेको पहिरो र ढुंगाले च्यापेर एक दर्जनभन्दा बढीको ज्यान गएको छ । पहिरोको अति जोखिम क्षेत्रको रूपमा विश्लेषण गर्दै माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ५ किलोमिटर क्षेत्रमा १ हजार २ सय मिटर मात्रै सुरुङमार्ग बनाउन थालिएको हो । मृत्युमार्ग मानिने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि स्वीस सरकार विकास सहयोगमार्फत भौगर्भिक अध्ययन गरिएको थियो । प्रारम्भिक नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मोडस्टोन खालको चट्टान भेटिएको छ ।  सरकारले चालू आर्थिक वर्षमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि ३३ करोड रुपैयाँ छुट्याएको छ । यता प्रदेश ५ सरकारले भने उक्त क्षेत्रमा सुरुङ मार्गभन्दा पहाड काटेर फराकिलो बनाउने तयारी गरेको छ । प्रदेश योजना आयोगले केही समयअघि सार्वजनिक गरेको डिजाइनमा सिद्धबाबा क्षेत्रको पहाड बेन्चकट काटेर ग्रिनरी बेल्ट, रिसोर्ट तथा पार्कहरू र पौडी पोखरी बनाउने योजना अगाडि सारेको छ । प्रदेश सरकार वातावरण नखल्बलिने गरी पहाड काट्ने र त्यहाँबाट उत्पादन हुने ढुंगा माटाेलगायतका निर्माणजन्य सामग्रीको बिक्री गरेर लाभ लिन सकिने विश्वासमा छ । त्यसैले डाँडा काटेर आकर्षक पार्क बनाउने योजना प्रदेश सरकारले अघि सारेको योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले बताए । यद्यपि यो अहिले अध्ययनकै क्रममा छ । सिद्धार्थ राजमार्गको यो खण्डको रूपन्देहीको बुटवल चिडियाखोलादेखि पाल्पाको झुम्सासम्मको करिब ५ किलोमिटर सडकखण्ड पहिरोकै कारण अत्यन्त जोखिमपूर्ण छ । गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा जानका लागि सिद्धार्थ राजमार्गको यही सडकखण्ड प्रयोग हुने गरेको छ । सिद्धार्थ राजमार्गको यही सडकखण्डमा पहिरोले च्यापिएर २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, ०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना, २०७५/०७६ मा ३ जना र २०७६/०७७ मा ५ जनाको ज्यान गएको तथ्यांक छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अवधिमा बुटवल दोभान खण्डमा मात्रै ७१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमध्ये मोटरसाइकल २३, ट्रक, जीप र कार १७/१७, बस १३ र एउटा टेम्पो दुर्घटनामा परेका थिए । 
1,116
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बिहीबार दिउँसो साढे १ बजेको समयमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अस्थायी पोस्ट पिली कालिकोटका अनुसार खडाचक्र नगरपालिका–७ पिली स्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । अहिले उक्त क्षेत्रमा स्थानीय सरकारको सहयोगमा जेसिबीले सडक खुलाउने कार्य भइरहेको प्रहरीको भनाई रहेको छ ।
1,117
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै भण्डारीले उपसभामुखले महत्त्वपूर्ण ढंगले भूमिका निर्वाह गरिरहेको दाबी गरे । ‘उपसभामुखले १३ गते कटाइदिन्छु भन्नुभएन नि ! बिरामी भएर चुपचाप हस्पिटल गएर बस्नुभएन नि !’ उनले भने, ‘अध्यक्षता गर्ने सांसद तोकेर जानुभयो । सभामुखले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्ने मार्गप्रशस्त गर्नुभयो । अस्पताल भर्ना भएको फोटो मैले हेरें । उपसभामुखको स्वास्थ्य संवेदनशीलतामाथि अनुचित टिप्पणी उपयुक्त छ कि छैन ? यी सारा शब्द फिर्ता लिनुहुन्छ ? माफी माग्नुहुन्छ ? स्वास्थ्य संवेदनशीलतामाथि हल्का टिप्पणी उचित हुँदैन ।’ यसअघि बोल्ने सत्तारुढ दलका सांसदले उपसभामुख दनुवारको आलोचना गर्दै प्रश्न गरेका थिए । प्रमुख सचेतक भण्डारीले अगाडि भने, ‘नाटक मञ्चन, नाटक मञ्चन आज भयो कि हिजो भयो ? सभामुख हुँदाहुँदै तपाईं त सांसद हो भनेर हस्ताक्षर गराइयो । मैले भनेको हो ? सर्वाेच्च अदालतले भनेको हो । प्रारम्भदेखि नै बदरयोग्य छ भन्यो ।’ मुख्यमन्त्री थापाले विश्वासको मत माग्ने आजको दिनलाई सत्तारुढ पक्षले ऐतिहासिक भनिएकोप्रति पनि उनले प्रश्न गरे । उनले भने, ‘कसरी ऐतिहासिक दिन हो ? यसै प्रदेश सभामा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले शुरूमा विश्वासको मत पाउनुभयो, त्यो ऐतिहासिक दिन भएन, उहाँलाई असार १५ गते विश्वासको मत प्राप्त भएन, त्यो दिन ऐतिहासिक भएन । आज विश्वासको मत प्राप्त हुन्छ कि हुँदैन ? निर्क्यौल छैन ।
1,118
बेलायतमा हरेक १० मध्ये १ जनामा किड्नी स्टोनको समस्या छ। यो स्टोन क्याल्सिमय सल्टबाट बनेको हुन्छ। यो निकै पीडादायी हुन्छ जसले किड्नीमा इन्फेक्सन गराउनसक्छ। उपचार नगरिए यसले अंकभंग गर्नसक्छ। अध्ययनकर्ताले ७० महिला जसमा किड्नी स्टोनको समस्या थियो, उनीहरुलाई अध्ययनमा समावेश गरेका थिए। उनीहरुको मुत्रपथमा स्टोन थियो। ७० महिलामध्ये आधालाई हप्तामा ४ पटकसम्म यौन सम्पर्क गर्न भनिएको थियो भने अन्यलाई एक महिनासम्म यौन सम्पर्क नगर्न भनिएको थियो। अध्ययनमा यौन सम्पर्क गर्नेमध्ये ८० प्रतिशतको स्टोनको समस्या निको भएको थियो। जसलाई यौन सम्पर्क नगर्न भनिएको थियो, उनीहरुको समस्या यथावत थियो ।
1,119
यस्तै प्रतिबद्धता लिएर र राष्ट्रियताको नारा दिएर कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै झण्डै दुई तिहाइ बहुमत नजिक पुर्याउने काम केपी ओलीले गरेको हो र यो काम सराहनीय नै हो। त्यसलाई सबैले अन्यथा भन्नु हुँदैन। लामो राजनीतिक अस्थिरतापछि मुलुकमा बहुमतको स्थिर सरकार गठन भएको छ। सरकारले सुरुवाती चरणमा राम्रै काम गर्ने प्रयत्न गरेपनि त्यसपछि केही बाटो बिराएका थियो। बीचमा प्रधानमन्त्री स्वयं र उहाँको सल्लाहकार समूहमा बढेको अहंकार कारण सरकारको चौतर्फी आलोचना हुनुका साथै सरकार घेराबन्दी पनि परेको थियो। तर सरकारले अहिले गति लिएको अवस्था छ। तर, ओलीको अघिल्लो साताको सिंगापुर यात्रालाई फलोअप चेकअप र आराम गर्न भनेर प्रचारमा ल्याइयो । र, त्यस लगत्तै प्रधानमन्त्री ओलीको स्वास्थ्यको विषयमा जे हल्ला चल्यो, त्यसले राजनीतिक स्थायित्व र शान्ति चाहने आम नेपाली जनतालाई निराश बनाएको छ। सिद्धान्तको हिसावले र भोट हाल्ने कुराले कैयौं मानिस प्रधानमन्त्री ओलीको विचारधाराभन्दा फरक छन्। तर, उहाँले पाएको जनसमर्थनलाई शान्ति र स्थायित्वका लागि उहाँले काम गर्न खोजेको र गर्दै गरेको काम समर्थन योग्य छ। त्यस्तो नेताको स्वास्थ्यका विषयमा चलाइएको हल्लाले म जस्तै धेरै नेपाली दुखी भए होलान्। यो राम्रो कुरा होइन। र, त्यसै हल्ला चलेको पनि छैन। ओलीले लिएको राष्ट्रियताको अडान र ओलीले पाएको जनसमर्थन, ओलीले गर्न खोजेको राजनीतिक स्थायित्व र समृद्ध मुलुकको काम भने उहाँ पनि आउने नेताले पनि गर्नुपर्छ। त्यसलाई निरन्तरता दिनुपर्छ। ओलीलाई सफल बनाउन साथ दिनेहरुले त्यो कामलाई निरन्तरता दिने नै छन्। प्रजातान्त्रिक परिपाटी र पद्धतिको हिसावले अहिलेसम्मको ओलीको कार्यकाल भने आलोच्य नै रह्यो। लोकतान्त्रिक परिपाटी, लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि भने जनताले लडाइँ गरे, संघर्ष गरे र त्यस्ता संघर्ष सफल हुँदै पनि आए। तर आखिर परिणाम भने त्यसको उल्टो हुँदा जनता निराश देखिएका छन्। लोकतन्त्रको दुहाइ दिने र लोकतन्त्रका लागि काम गर्ने नेपाली कांग्रेस आफैंमा यति कमजोर भयो कि नेतृत्वलाई कसैले विश्वास नै गर्न नसकिने भयो। नेतृत्व आफ्नो स्वार्थ र आफ्नो गुटको स्वार्थ पूरा गर्न र अकुत आर्जन गर्नका लागि मात्रै लालायित भयो। त्यसको परिणाम स्वरुप लोकतन्त्रको अनुभूति जनतालाई नदिलाएपनि राष्ट्रियता, राजनीतिक स्थायित्व र स्थिरतका लागि जनताले कम्युनिष्टलाई समर्थन गरे। लोकतान्त्रिक शक्ति एकीकृत भएर अबको निर्वाचनमा लोकतान्त्रिक परिपाटी र पद्धतिलाई सार्थकता दिन र जनताको विश्वास जितेर समृद्ध मुलुक बनाएर लैजान सशक्त नेतृत्व अगाडि नआए यिनै बामपन्थी नेतृत्व राज्यसत्तामा नदोहोरिएला भन्न सकिँदैन। तर, दोहोरिए पनि स्थिर र स्थायित्वका लागि काम भइरहोस्। ओली स्वस्थ रहुन्, उनलाई हेरेर जनताले अहिलेको जनमत दिएका हुन्। उनले यो कार्यकाल पूरा गरुन्। अहिले जनताले चाहेको पनि यही हो ।
1,120
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख आशोक थापाले बताए । पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् । “सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्”, उनले भने, “शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।” लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । “अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ”, थापाले भने । यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् । सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए । निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् । काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । रासस काठमाडौं, साउन ६ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ६ । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित काठमाडौं, साउन ६ । श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो काठमाडौं, साउन ६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
1,121
सेनाले ७६.२ किमि सडक चार वर्षमा निर्माण सम्पन्न गर्ने जनाएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर एन्ड फाइनान्सियल सर्भिसजले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अध्ययनमै सेनाले चार महिना बिताइसकेको छ।सेनाले आफैंबाट निर्माण सम्भव हुने कार्यमा स्थानीय बासिन्दालाई सहभागी गराउने, सम्भव भएसम्मका ठाउँमा स्वदेशी निर्माण व्यवसायी लगाउने र विशेष प्रकृतिका तथा उच्च प्रविधियुक्त निर्माण कार्य अन्तर्राष्ट्रिय निर्माण व्यवसायीलाई संलग्न गराउने भएको छ।सेनाको इन्जिनियरिङ विभागका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले मूलतः तीन ढाँचा र त्यसले पनि नभ्याए आवश्यक अन्य मोडलबाट निर्माण कार्य सम्पन्न गर्ने बताए । ‘सेनाले ट्र्याक ओपन भएको पूरै सडकको क्लियर बनाउने, कार्यस्थल र क्याम्पसम्मका पहुँच मार्ग बनाउने, सडक काट्ने (रोडवे कटिङ), खाली ठाउँ भर्ने (इम्ब्यांकमेन्ट फिलिङ) र सडकको संरचना तयार पार्ने काम गर्नेछ', उनले संसदको विकास समितिको बुधबारको बैठकमा भने, ‘राष्ट्रिय स्तरका निर्माण व्यवसायीबाट कटिङ एन्ड फिलिङ, रिटेइनिङ वाल एन्ड ब्रेस्ट वाल, स्लोप प्रोटेक्सन, माइनर ब्रिज र रोड पेभमेन्टको काम हुनेछ ।' अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट सुरुङमार्ग (टनेल), ठूला पुल, मुख्य पुल, स्मार्ट टोल प्लाजा, राजमार्ग ट्राफिक व्यवस्थापन प्रणाली र राजमार्ग प्राविधिक सूचना प्रणालीको काम गराउने उनको भनाइ छ । ०६६ सालमा सुरु भएको काठमाडौं तराई द्रुतमार्ग सडक आयोजना झन्डै आठ वर्ष अलमलमा परेपछि सरकारले वैशाख २१ गते मन्त्रिस्तरीय निर्णय गरी नेपाली सेनालाई जिम्मा दिएको थियो।राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका २१ वटा आयोजनामध्ये कार्यान्वयनको अवस्थाका दृष्टिले फास्ट ट्र्याक असाध्यै सुस्त गतिमा छ।सेनाले सडक निर्माण शाखा, पुल निर्माण शाखा र सुरुङ निर्माण शाखा बनाएर प्रत्येकमा निर्माण कार्यदल बनाएर काम अघि बढाएको छ । १० वटा क्याम्पमध्ये पहिलो चरणका लागि मख्खु बेसी, दोभान, लानेडाँडा, बुदुने र निजगढमा बेसक्याम्प बनाएर काम गर्नेछ भने दोस्रो चरणमा सानु खोकना, महादेव टार, ओद्रेगपाउँ, राजदमर र अँधेरी बेसक्याम्पमार्फत काम गर्नेछ।फास्ट ट्र्याकको ७६.२ मध्ये ललितपुरमा ७.९, काठमाडौंमा ४.०, मकवानपुरमा ५६.७ र बारामा ७.६ किलोमिटर पर्नेछ।जसमा ९.६ किलोमिटरमा पुल बन्नेछन् भने ठिँगनस्थित गँगटेबाट सुरु भई रातमाटेमा टुंगिने गरी १.३५ किलोमिटरको सुरुङ बन्नेछ।फास्ट ट्र्याकमा ठूला, मुख्य र साना पुलका साथै कल्भर्ट र क्रसिङ गरी ९.६ किलोमिटरमा ९९ वटा पुलजन्य संरचना निर्माण हुनेछन् । स्थानीय बासिन्दा, स्वदेशी निर्माण व्यवसायी र अन्तर्राष्ट्रिय निर्माण व्यवसायीलाई आवश्यकताअनुसार संलग्न गराउने सेनाको तयारी । गत आर्थिक वर्षको १ अर्ब ३५ करोड बजेटबाट सेनाले फास्ट ट्र्याकका लागि हेभी इक्युपमेन्ट, मेसिनरी उपकरण र बन्दोबस्तीका सामान खरिद, खोलिएको ट्र्याकमा भएको पहिरो हटाउने र पाँचवटा बेसक्याम्प निर्माणजस्ता काम गरेको छ । उपरथी खाँडले भने, ‘खोकनादेखि दोभानको १७, दोभानदेखि खुर्सानीबारीको ३७ र खुर्सानीबारीदेखि निजगढको २४ किलोमिटरभित्रका खण्डमा यथाशीघ्र नमुना सडकको स्वरूप निर्माण गर्नेछौं ।' फास्ट ट्र्याकको डिटेल सर्भे र डिजाइनको काम भएको छैन।सेनाले विभिन्न १४ कन्सल्टेन्सीबाट आवश्यक छनोट गर्ने काम गरिरहेको छ।निर्माणक्रममा सेनालाई मुआब्जा व्यवस्थापन टाउको दुखाइको विषय भएको छ।काठमाडौंका छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थानको मुआब्जा वितरण भए पनि चोभार भुतखेलको बाँकी छ।ललितपुरको सैंबुमा ३५.७, खोकनामा १५.७, बुङमतिमा १९.९ र डुकुछापमा ४८.३ प्रतिशत मात्र मुआब्जा वितरण भएको छ भने घुसेलमा मात्र पूरै वितरण भएको छ।मकवानपुरमा नम्बरी जग्गाको ९० प्रतिशत वितरण भए पनि पहिलो नापीमा छुट भएको ऐलानी जग्गा र घरगोठको मुआब्जा वितरण गर्न बाँकी छ।सेनाले फास्ट ट्र्याक एसियन हाइवे प्राइमरी क्लासको बनाउनेछ, जसमा पहाडी क्षेत्रमा कम्तीमा ६५ र तराईमा बढीमा एक सय २० किलोमिटरको गतिमा सवारीसाधन गुडाउन सकिने जनाएको छ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले करिब ६ किलोमिटर दूरीको मात्र जग्गा मुआब्जा टुंग्याउन बाँकी रहेकाले तत्काल मुआब्जाको समाधान गर्न र आयोजना कार्यान्वयनका लागि आवश्यक वास्तविक लगानी मूल्यांकन गर्न तथा हाल विनियोजित रकम अधिकतम परिणाम प्राप्त हुने गरी खर्च गर्ने व्यवस्था मिलाउन सेनालाई निर्देशन दिएका छन्। सेनाले निर्माणको जिम्मा पाएको ४ महिना बितिसक्दा पनि भारतीय कम्पनीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन खरिद गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन नसकेको भन्दै सभापति अधिकारीले भने, ‘उक्त विषयलाई १५ दिनभित्रै निष्कर्षमा पुर्‍याउन र डीपीआरको मूल्य अस्वाभाविक राखिएको भन्ने सुनिन आएकाले विस्तृत अध्ययनपछि मात्रै वास्तविक मूल्यांकन गरेर निष्कर्षमा पुग्न निर्देशन दिएका छौं ।
1,122
२०८१ श्रावन ०८ मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्यकर्मीको समायोजनको प्रक्रिया आफ्नै पालामा टुङ्ग्याउने बताउनुभएको छ । शुक्रबार स्टार अस्पतालको शिशु सघन स्याहार कक्ष (एनआइसीयू) को उद्घाटन गर्ने क्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले आफू स्वास्थ्यमन्त्री भएको दुई महिनाभित्रै खोप ल्याउन सफल भएको बताउनुभयो । 'अब मेरो मिसन भनेको स्वास्थ्यकर्मीको समायोजन हो', मन्त्री त्रिपाठीले भन्नुभयो, 'जसरी पनि समायोजनको काम सक्नेछु ।' उहाँले फागुन १६ गतेसम्म सम्पूर्ण स्वास्थ्यकर्मीलाई अनलाईन फर्म भर्न आग्रह गर्दै स्वास्थ्यकर्मीको समायोजन प्रक्रियालाई गति दिने बताउनुभयो । अनलाईन भर्दा आफूले जान चाहेको ठाउँ किन रोज्नुपर्‍यो, कारणसहित फारम भर्न आग्रह गर्नुभयो । मन्त्री त्रिपाठीले उक्त अवसरमा नर्सका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । आफ्नो परिवारमा सबैजना डाक्टर भएकोले पनि आफूले डाक्टर नर्सका पीडा बुझेको बताउनुभयो ।
1,123
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
1,124
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सबैलाई थाहा छ, बाइडेनले हतारहतार गलत तरिकाले आफूलाई विजेता भनिरहेका छन्, मिडियामा उनका समर्थक उनलाई मद्दत गर्न किन यति कोसिस गरिरहेका छन्, उनीहरू चाहँदैनन् कि सत्य थाहा होस्।’ ‘सीधा कुरा के हो भने चुनाव अझै सकिएको छैन। जो बाइडेन अझै कतिपय राज्यमा विजयी घोषित भइसकेका छैनन्। कतिपय राजयमा मत पुनः गणना हुनेवाला छ। यस्ता राज्य पनि छन्, जहाँ हाम्रो टोलीले कानुनी कदम चालेका छन्,’ उनले मा भनेका छन् ।
1,125
गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना पुरुष र पर्वतका ३ जना छन्। पर्वतमा भेटिएकामध्ये फलेबास नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । फलेबासकै वर्ष १९ र २१ का पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका १४ जनामध्ये वर्ष १८ र २० का ३/३ जना, वर्ष १९ र २४ का २/२ जना छन् । त्यस्तै वर्ष २१, २३, ३५ र ३६ का पुरुष छन्। यसैगरी, सोही जिल्लाकै मध्यबिन्दु नगरपालिकाका वर्ष १६ र ३० का, कावासोती नगरपालिकाका वर्ष ३७ का तथा पालिका नखुलेको वर्ष २७ का पुरुष छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा मंगलबारमात्र १८ जना कोरोना संक्रमित फेला परेका थिए। गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका जिल्लामा कोरोना फैलिएको छ । कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको हो । प्रदेश राजधानी पोखरामा कोरोना परीक्षण हुँदैआएको छ। यहाँ हालसम्म झण्डै ९ हजार जनाको नमुना संकलन भएकोमा २५ सय जनाको नमुना आउनै बाँकी छ ।
1,126
आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना शुरु हुँदैछ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिनुभयो । उहाँले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिनुभयो । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ । यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो । गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ । रासस चितवन, साउन ५ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ म्याग्दी, साउन ४ । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक म्याग्दी, १ साउन । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको काठमाडौं, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् काठमाडौं, असार २८ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको मुग्लिन (चितवन), २५ असारः इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । चितवन, २४ असार । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
1,127
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार बिचल्लीमा परेका छन् । धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ । धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।
1,128
त्यसपछि १–१ महिनाको फरकमा ३ पटक लगाउनुपर्छ । यसका साथमा ओरल पोलियो पनि ख्वाइन्छ । हालै तेस्रो पटकको डिपिटीसँगै पोलियो इन्जेक्सन पनि आएको छ । पहिले अरू देशमा मात्र पोलियोविरुद्धको इन्जेक्सन पाइन्थ्यो भने अहिले नेपालमा पनि उपलब्ध हुन थालेको छ । रुबेलाविरुद्धको खोप पनि भर्खरै मात्र चलनचल्तीमा आएको हो । त्यसपछि १५ महिनामा बुस्टर डोज लगाउनुपर्छ । शिशु जन्मिएको ४५ दिनदेखि ६ महिनाभित्र यो खोप लगाउनुपर्छ । शिशुको जन्मदेखि ५ वर्षसम्मका १०० प्रतिशत शिशुमध्ये ८० प्रतिशतलाई भाइरसका कारण यस्ता रोग लाग्छन् । यो खोप प्रभावकारी हुन्छ । १ वर्षका शिशुलाई दिइने यो खोप लगाएको ६ महिनादेखि १ वर्षभित्र अर्को डोज पनि दिनुपर्छ । त्यसपछि यसले १० वर्षसम्म काम गर्छ । यो खोपले पानीका कारण हुने जन्डिसका विरुद्ध पनि काम गर्छ । यो खोप १५ महिनामा दिइन्छ । यसैगरी टाइफाइड, मेनेन्जाइटिसविरुद्ध पनि खोप उपलब्ध छ । यस्ता खोप शिशु जन्मिएको दुई वर्षपछि दिइन्छ । यसका साथ डिपिटी र पोलियो बुस्टर ५ वर्षमा र अर्को बुस्टर १० वर्षमा दिइन्छ । ९ देखि २६ वर्षको बीचमा छोरीलाई यो खोप लगाउनुपर्ने प्रावधान सरकारको छ । अध्ययनमा भने ९ देखि १३ वर्षमा लगाए रिस्क कम हुने कुरा उल्लेख छ । यौनसम्पर्क गर्नु अगावै यो खोप लगाउनु उत्तम भनिएको छ । रुघाखोकीविरुद्ध सिजनल फ्लु भ्याक्सिन पनि आएका छन् । यो खोप वर्षको एकपटक बालबालिका तथा ठूला मानिसले पनि लगाउनु उचित हुन्छ । सरकारले उपलब्ध गराएकाबाहेक अन्य खोप लगाउनैपर्छ भन्ने छैन तर पनि रोगविरुद्ध लड्न यस्ता खोप उपयोगी हुन्छन् । केही महँगा भए पनि यी खोपले रोगसँग लड्न सघाउ पुर्‍याउँछन् । महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
1,129
चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले हालै यूरोपेली राष्ट्र बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ। बुल्गेरिया हालसम्म यूरोपका थोरै यस्ता देशहरुमध्ये पर्थ्यो जहाँ शाओमीको स्टोर थिएन। अब यो नयाँ स्टोर सञ्चालन पछि यो अवस्था हटेको छ। कम्पनीले हालै राजधानी सोफियामा आफ्नो नयाँ एमआई स्टोरको आधिकारिक उद्घाटन गरेको हो। कम्पनीका प्रतिनिधिका अनुसार यो बुल्गेरियामा एम आईको पहिलो स्टोरमात्रै भएको र कम्पनी अझै थुप्रै स्टोरहरु थप्ने योजनामा रहेको बुझिएको छ। यसबाहेक बुल्गेरियाको नयाँ एम आई स्टोरले आफ्नै च्यानल भएको नयाँ वितरकसम्म काम गर्नेछ। यसको मतलब अब एम आई स्टोरमा यसअघि देशका अन्य कतिपय ठाउँमा नभेटिएका उत्पादन पनि एमआई स्टोरमा उपलब्ध हुनेछ। कार्यक्रममा कम्पनीका प्रतिनिधिले कम्पनीका भावी योजना, डिभाइस तथा चिप अभाव र यसलाई कम्पनीले कसरी सामना गरिरहेको छ भन्नेबारेमा बताएका थिए ।
1,130
सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन् । नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने भएको छ । गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो। राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘जनशक्ति अपुग भए प्रजिअको मागका आधारमा थप जनशक्ति बाहिरबाट पठाउने निर्णय भएको छ’, शर्माले भनिन् । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ । मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको एक मन्त्रीले बताए । सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ । जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन् । सैनिक कोट मार्सलका लागि इजलासले काम गर्दै आएको छ ।
1,131
उनको ध्यान थियो त मात्र सेमिफाइनलमा । प्रतियोगिता सुरु हुनुअघि लगातार दुई पटक उपाधि सँगै ह्याट्रिक गर्ने लक्ष्य, घरेलु मैदानको फाइदा अनि प्रशिक्षकको भनाइ मान्ने हो भने सहज समूह पनि । तर यो सबका बाबजुद साफ यू-१८ च्याम्पियनसिपको उपाधि दावेदार नेपाल समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्ने संघारमा छ । पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिनुलाई प्रशिक्षक श्रेष्ठले टोली ‘अभागी’ रहेको बताएका थिए । भुटानविरुद्ध मौकाको सदुपयोग गर्दै अन्तिम चारमा प्रवेश गर्नेमा उनी विश्वस्त देखिन्थे । दोस्रो खेलमा सहज नहुने आंकलन थियो, र भयो त्यहि । आइतबार हल्चोकस्थित एपीएफ रंगशालामा भुटानविरुद्ध ३-० को लज्जास्पद पराजय बेहोरेसँगै नेपालको दोस्रो चरण पुग्ने सम्भावना झिनो अंकगणितीय सम्भावनामा टिक्न पुग्यो । नेपाललाई अर्को चरणमा पुग्न भुटानमाथि भरोसा गर्नुपरेको छ । भुटानले माल्दिभ्सलाई ४ गोलको अन्तरले पराजित गरे नेपाल सेमिफाइनलमा पुग्नेछ । त्यो सम्भावना यथार्थमा परिणत हुने सम्भावना कम छ । प्रशिक्षक श्रेष्ठ आफैं पनि नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना देख्दैनन् । श्रेष्ठका लागि यस प्रतियोगिता आफूलाई सिद्ध पार्ने सुनौलो अवसर थियो । आफ्ना समकक्षी प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरमा नतिजा ल्याइरहँदा अवसरको पर्खाइमा रहेका उनलाई यसपटक राम्रो मौका थियो । घरेलु मैदानमा पाएको अवसरले उनले उपयोग गर्न सकेनन् । अझ त्यसमाथि उनको केहि अभिव्यक्तिले उनको स्तरमाथि नै प्रश्न उठ्न थालेको छ । उनले गरेको टोली छनोटलाई लिएर पनि आलोचना भएको छ । प्रशिक्षक श्रेष्ठले भुटानविरुद्ध हारपछि आफूले सकेको प्रयास गर्दापनि नतिजा दिलाउन नसकेको स्वीकारे । उनले भुटानभन्दा निकै माथिको स्तरमा पुगिसकेको समेत बताए । एन्फा व्यवस्थापनबाट सबै किसिमको माग पूरा भएको बताउने उनले प्रतियोगिताको पूर्वसन्ध्यामा तयारीदेखि सन्तुष्ट भएको र समूह विजेता बन्दै सेमिफाइनल पुग्न कुनै कठिनाई नहुने बताएका थिए । तर प्रतियोगिता अगाडी बढ्दै जाँदा उनको तयारी फितलो देखिएको छ । व्यक्तिगत रुपमा क्षमतावन देखिएका खेलाडी एकतृत भएर खेल्न सकिरहेका छैनन् । दुई वर्षअघि यसै टोलीका अधिकांश खेलाडी सम्मिलित यू-१६ टोलीले भारतलाई कडा चुनौती दिएको थियो । साफ यू-१६ च्याम्पियनसिपमा भारतसँग पराजित भएको नेपालले एएफसी यू-१६ मा भने भारतलाई २-२ को बराबरीमा रोकेको थियो । उक्त प्रतियोगितामा नेपाल इराकसँग १-० र प्यालेस्टाइनसँग २-१ ले पराजित भएको थियो । ब्रिजेशले त्यसबेला नेपालका लागि प्रतियोगिताको ३ गोल नै गरेका थिए । जारि प्रतियोगितामा नेपालको आक्रमण सम्हाल्ने जिम्मवारी मनीष डाँगी र ब्रिजेशमाथि थियो । दुई साता मात्र साथमा प्रशिक्षण गरेका यी दुईबीच त तालमेल कमी थियो नै, अन्य मिडफिल्डका खेलाडी पनि मनीषको खेललाई ठम्याउन सकिरहेका थिएनन् । नेपालको विपक्षी हाफको फाइनल थर्डमा पोजेसन लगातार गुमिरहेको थियो । माल्दिभ्सविरुद्ध पोस्टमा केहि राम्रो प्रहार गरेको नेपाली आक्रमणले भुटानी गोलरक्षकलाई बिरलै खेलमा समस्या दियो । अब नेपालले अर्को महिना एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरण खेल्दैछ । उक्त प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’ मा यूएई, इरान र किर्गीस्तान रहेका छन् । साफ च्याम्पियनसिपमा नै आफ्नो स्तरको टोलीविरुद्ध घरेलु मैदानमा निराशाजनक प्रदर्शन गरेपछि अब प्रशिक्षक श्रेष्ठमाथि दबाब थपिएको छ । उनी अब एक महिना टोलीले नियमित तयारी गरेर राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताउँछन् । अंकगणितीय सम्भावनामा भर नपरेका श्रेष्ठ अब यस प्रदर्शन बिर्सेर अगाडी बढ्ने मनस्थितिमा छन् । त्यसका लागि टोलीमा परिवर्तन हुने सम्भावना त छ नै, त्यसअघि एन्फाले नै प्रशिक्षक टोलीमा परिवर्तन गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको‌ ब्रान्ड एम्बेसडरका रुपमा‌ सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
1,132
संसद विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदकको पक्षबाट बहस गर्ने अधिवक्ता दिनमणि पोखरेलले अदालत प्रधानमन्त्रीको सहजकर्ता बन्न नसक्ने तर्क गर्नुभएको छ । प्रधानमन्त्रीको कदमलाई सहज गरिदिने काम काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार काठमाडौं, पुस २६ । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा दाहाल-नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिस्कार गरेको दाहाल-नेपाल पक्षीय काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले चुनावका पक्षमा निर्णय दिएमा सबैले निर्वाचनमा भाग लिने दावी गर्नुभएको छ । संसद विघटनविरुद्ध पार्टीले काठमाडौंको क्षेत्र नम्बर ५ मा काठमाडौं, पुस २३ । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ । पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित एजेन्सी । जुन समय अमेरिकाको वासिङ्टनस्थित क्यापिटल बिल्डिङ(संसद भवन)मा ट्रम्प समर्थकहरूले आक्रमण गरे, जेमी स्टेह्म बिल्डिङ भित्रै थिइन् । उनी राजनीतिक विषयमा लेख्ने पत्रकार हुन् । भिड क्यापिटल बिल्डिङमा प्रवेश एजेन्सी, पुस २३ । अमेरिकी प्रजातन्त्रमा जनवरी ६ को सन्ध्या कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो । निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको एजेन्सी, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई मुद्दा काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
1,133
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोक्ने तानाशाही निर्णय भएको बताएको छन् । सोमबार सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद थापाले संसद्को वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै सरकारले गरेको निर्णय तानाशाही भएको टिप्पणी गरेका हुन् । सांसद थापाले विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन माग गरेका छन् । यस्तै उनले सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराएका छन् । संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ ।
1,134
प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ । उक्त स्थानका लागि निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरुमा उम्मेदवारका लागि व्यापक छलफलसमेत शुरु भएको छ । यस क्षेत्रमा नेकपा र नेपाली काङ्ग्रेसमा उम्मेदवारका आकांक्षीहरु बढेका छन् भने नेपाल मजदूर किसान पार्टीले निर्वाचनका बारेमा हालसम्म कुनै चर्चा चलाएका छ्रैनन् । आगामी निर्वाचनमा नेकपाबाट रमेश बुढाथोकी, निरञ्जन बजगाई, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वा, शम्भु दाहाल, दामोदर दङ्गाल, निर्मला लामिछाने, कृष्णमुरारी खनाल र देवीप्रसाद (डिपी) ढकाल टिकट ल्याउने दौडधुपमा लागेका छन् । बुढाथोकी, बजगाई, कासिछवा, दङ्गाल व्यवसायी हुन् भने लामिछाने हरिशरण लामिछानेका पत्नी हुन् । त्यस्तै दाहाल र खनाल कानून व्यवसायी एवं चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहाकार समेत हुन भने ढकाल पूर्वमाओवादीका नेता हुन् । नेकपाभित्र १० जनाले उम्मेदवारी दाबी गरिरहँदा ढकाल पूर्वमाओवादी र अन्य नौ जना पूर्व एमालेका हुन् । आगामी निर्वाचनमा नेकपाबाट आफ्नो उम्मेदवारी रहने सञ्चारकर्मीलाई जानकारी गराउँदै यी आकांक्षी नेताले टिकट लिनका लागि शक्ति केन्द्र एवं पहुँचवाला नेताहरु कहाँ धाउन थालेका छन् । लामिछानेले पतिको शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दाबी गरेका छन् भने मोहनवीर श्रेष्ठले पार्टीले पुरानालाई मौका दिनुपर्ने बताउँदै आएका छन् । बुढाथोकी तथा बजगाईले भने युवालाई अबको नेतृत्व दिनुपर्ने बताउँदै आएका छन् । यता काङ्ग्रेसमा पनि पुराना तथा नयाँ नेताहरुले पार्टीले आफूलाई टिकट दिने दाबी गर्ने आकांक्षीहरु बढेका छन् । काङ्ग्रेसका राजनीतिमा लामो समय सक्रिय रहेको तर अवसर नपाएको भन्दै तरुण दलका पूर्वअध्यक्षसमेत रहेका विनोद कायस्थले यसपटकको उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनेमा विश्वास व्यक्त गर्दै चुनावी रणनीतिमा लागिसकेको बताए । उनले चुनावमा पार्टीलाई विजयी गराउन आफू आवश्यक तयारीका साथ चुनावी क्षेत्रमा कार्यकर्तासँग भेटघाट बढाएको बताए । काङ्ग्रेसमा पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेसँग चुनाव लडेका कृष्णलाल भडेलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् भने यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सदस्यमै उम्मेदवारी दिएका जीवन खत्रीले पनि पुनः उम्मेदवारी दाबी गरेका छन् । त्यसैगरी काङ्ग्रेसबाट मनोजकुमार थापा, हरि नेपाल, जगन्नाथ कार्की, राजाराम खड्का, सुरेश श्रेष्ठ, यादव अधिकारी, किरण न्यौपानेले पनि उम्मेदवारी दाबी गरेका छन् । भडेल र खड्का व्यवसायी हुन् भने मनोजकुमार थापा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति एवं रेडक्रस केन्द्रीय सदस्य समेत रहेका छन् । न्यौपाने भने कानून व्यवसायी हुन् । यता, राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेले उम्मेदवारी दाबी गरेका छन् भने राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपानेले उम्मेदवारी दाबी गरेका छन् । विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानले दाबेदारी गर्दै आएको छ । सबैको चासो रहेको नेमकिपाबाट भने कसैको नाम सार्वजनिक भएको छैन भने पार्टीको आधिकारिक निर्णय नभई कोही पनि आकांक्षीको नाम सार्वजनिक नगर्ने पार्टीले जानकारी दिएको छ । निर्वाचन नजिकिँदै आए पनि नेकपा, काङ्ग्रेस, नेमकिपा भने निर्वाचनको रणनीतिक योजनामा लागेको छ । नेकपा जिल्ला अध्यक्ष वचन देउजाले आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिक योजनामा लागेको बताए । काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनमा कसरी जित हासिल गर्ने भन्नेबारेमा छलफल शुरु गरेको बताए । नेमकिपाले पनि आन्तरिक तयारी थालेको बताइएको छ । पार्टीहरुमा आन्तरिक तयारी थालेपछि र उम्मेदवारका आकांक्षीहरु बढेसँगै निर्वाचन हुने क्षेत्रमा चुनावी माहोलसमेत बढेको छ ।
1,135
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदल छलफलको विषय नबनेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा कुनै छलफल नभएको बताए । सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको शर्माले बताए । सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने उनले बताए । आसन्न मङ्सिर १६–१९ मा काठमाडौँमा हुन लागेको पार्टीको महासमिति बैठक नयाँ रणनीति बनाउने उनको भनाइ छ । पार्टीको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन भए पनि नीतिमाथि मन्थन भएको भन्दै नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा शर्माले बताए । उनले कांग्रेस कार्यकर्तालाई मिसन ८४ का लागि चिन्ता नलिई २०८१–८३ सालसम्म देशलाई सही मार्गमा लैजान चिन्ता गर्नुपर्ने बताए । ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ,’ उनले भने ।
1,136
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन् । महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायका क्षेत्रमा महिला सहभागिता विस्तारै वृद्धि हुँदै गएको र कानुन पढ्ने महिला विद्यार्थीको सङ्ख्या पनि बढ्दो रहेको बताए । उनले संविधानले समानुपातिक सहभागिताको व्यवस्था गरेको र विस्तारै महिला न्यायाधीशको सङ्ख्या पनि बढ्दै जाने बताए । प्रधानन्यायाधीश श्रेष्ठले आफूले न्यायालयको नेतृत्व सम्हालेदेखि नै सुधारका लागि काम प्रारम्भ गरेको र न्यायिक सुधारका कामलाई निरन्तरता दिएको बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधानले समानुपातिक सहभागिता रहने व्यवस्था गरेपनि सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन नसकेको धारणा राखे । उनले सम्मेलन गर्न सक्ने महिला न्यायाधीश हुनु आफैमा महत्त्वपूर्ण भएको र कलेजदेखि नै महिला सहभागितामा बढाउनुपर्नेमा जोड दिए । मन्त्री गिरीले सर्वोच्च अदालतले कानुन बनाउन दिएको निर्देशनात्मक आदेशअनुसार कानुन बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पहिला एक÷दुई जना मात्रै महिला न्यायाधीश भएको स्मरण गर्दै आज महिला न्यायाधीशको सम्मेलन गर्ने अवसर प्राप्त हुनु सबैभन्दा खुशीको क्षण भएको बताए । उनले महिला न्यायाधीशको शारीरिक, भावना, विचार र जिम्मेवारीहरू धेरै भएपनि महिलाको दुःख, बेदना महिलाले नै बुझ्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश कार्कीले महिलाले दोहोरो÷तेहोरो जिम्मेवारी पूरा गरेर पनि न्यायाधीशका रूपमा न्याय दिन सक्ने बताए । सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले नेपालीको इतिहासमा महिला न्यायाधीशहरू संगठित हुने र सञ्जालमा आबद्ध हुने अवसर मिलेको बताइन्। उनले सम्मेलनमा महिला न्यायाधीशको समस्या र चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारिन् । न्यायाधीश मल्लले समानुपातिक हिसाबले कानुन आएपनि न्याय र प्रतिनिधित्वको जरुरी भएको बताइन् । उनले फरक खाले हिंसा भोगेका महिला भएको हुँदा लैङ्गकिक न्याय जरुरी भएकाे बताइन् । महिला न्यायाधीशको नेतृत्व अभिवृद्धि र महिला न्यायाधीशको अर्थपूर्ण र गुणात्मक सहभागिताका अभिवृद्धि गर्नेलगायत समग्र विषयमा सम्मेलनमा छलफल गरिने उनको भनाइ छ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले महिला न्यायाधीशको इजलासमा मुद्दा पर्यो भने न्याय हुन्छ भन्ने सन्देश सम्मेलनले दिने र यस्ले महिला न्यायाधीशमा थप उर्जा प्रदान गर्ने बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महिला न्यायाशीधद्वारा दिइने न्याय अझ विवेकपूर्ण हुने र न्याय क्षेत्रमा लाग्ने महिलालाई थप प्रोत्साहन र उर्जा मिलोस भन्ने शुभकामना व्यक्त गरे । न्याय प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक वैधनाथ उपाध्यायले ‘श्रीमान’ भन्ने शब्द पितृसत्तात्मक सोचको उपज भएको र यसबारे समीक्षा गर्ने बेला भएको उल्लेख गर्दै सम्मेलनले महिला न्यायाधीशको क्षमता र नेतृत्व विकासका साथै न्याय क्षेत्रमा लाग्न थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ । नेपालमा सर्वोच्च अदालतमासहित कूल ४३ महिला न्यायाधीश हुनुहुन्छ । तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी हुनुहुन्छ । सम्मेलनमा ४३ महिला न्यायाधीशसहित आठजना अवकाशप्राप्त महिला न्यायाधीश सहभागी छन् । अहिले नेपालमा १० दशमलव ५४ प्रतिशत महिला न्यायाधीश छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुरू भएको सम्मेलन शनिबार घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।
1,137
पार्टीहरुले समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाएका छन् । तर आयोगले निर्णय गरिसकेको छैन । क्लस्टर हेरेर संविधानअनुसार दुरुस्त भएमात्रै सिफारिस गरिएका नामहरु सांसदमा निर्वाचित हुनेछन् । समानुपातिकको सूची टुंगो नलाग्दै गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदहरु मुख्यमन्त्रीको दौडमा लागेका छन् । मुख्यमन्त्रीका दाबेदारहरुको काठमाडौं दौडधूप बढेको छ । गण्डकीमा हालको सत्ता गठबन्धनकै बहुमत पुग्छ । कांग्रेसबाट निर्वाचित सांसद सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल, महेन्द्रध्वज जिसीलगायत केन्द्रीय नेतृत्वसँग छलफल गर्न काठमाडौंमा छन् । पाण्डे गोरखा २ (ख) बाट निर्वाचित भएका हुन् भने थापा कास्की २ (ख), जिसी नवलपुर १ (क) र अर्याल स्याङ्जा २ (क) बाट निर्वाचित भएका हुन् । पाण्डेले पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेट गरिसकेका छन् । प्रचण्ड पनि गोरखा २ बाट निर्वाचित भएका हुन् । त्यसैले दाहाल र पाण्डेको केमेस्ट्री मिलेको नेताहरु बताउँछन् । सहमतिबाटै संसदीय दलको नेता चुनिने पाण्डेले बताए । ‘कुनै विवाद छैन । सहमतिबाटै टुंगो लाग्छ,’ उनले भने, ‘केही समय समानुपातिक सांसदका कारणले अल्झिएको हो । सपथलगत्तै सरकार गठनको प्रक्रियामा जान्छौं ।’ थापा पनि निर्वाचित भएपछि केही समय काठमाडौंमा भेटघाट गरेर पोखरा फर्किएका छन् । उनी निरन्तर दलका नेताहरुसँग सम्पर्कमा छन् । ‘पार्टी नेतृत्वसँग छलफल भइरहेको छ । अनुभवका हिसाबले म पनि दलको नेताको लबिइङमा छु,’ उनले भने, ‘तर सहमतिबाटै टुंगो लाग्छ ।’ उनले यसअघि पनि दलको नेता बन्ने प्रयास गरेका थिए । पाण्डे र थापा दुवैजना कांग्रेसमा संस्थापन पक्षका हुन् । थापाले एक कार्यकाल प्रदेश सांसद भएर काम गरेका थिए भने बहालवाला मन्त्रीसमेत हुन् । पाण्डे कांग्रेस केन्द्रीय सदस्य छन् भने यसअघिको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर कार्यकाल पूरा गरिसकेका छन् । जिसी र अर्यालले समेत नेताहरुसँग सम्पर्क र छलफल गरिरहेका छन् । कार्य अनुभवका आधारमा आफुले दलको नेता पाउनुपर्ने तर्क छ, अर्यालको छ । उनी वालिङ नगरको मेयरसमेत भएर काम गरिसकेका व्यक्ति हुन् भने जिसी पूर्व सांसद र कांग्रेस नवलपुरको सभापति हुन् । कांग्रेसका सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसी मुख्यमन्त्रीको कसरतमा सत्ता गठबन्धनबाटै निर्वाचित भएका माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हरिबहादुर चुमान काठमाडौं पुगेर फर्किसकेका छन् । ‘नेताहरुले तपाईंकै पालो हो भनेर पठाएका छन् । म ढुक्क छु,’ उनले भने, ‘अघिल्लो पटक कांग्रेसलाई समर्थन गरेका हौं । अहिले कांग्रेसले हामीलाई समर्थन गर्छ ।’ संसदीय दलको नेतामा आफूनै सर्वसम्मत हुने उनले बताए । ‘म नै सर्वसम्मत हुन्छु । अनुभवका हिसाबले र कार्य सम्पादनका हिसाबले म नै संसदीय दलको नेता हो,’ उनले भने, ‘हामी साथीहरुबीच परामर्शमा छौं ।’ चुमान यसअघिको कार्यकालमा पनि माओवादीको संसदीय दलको नेता थिए । भावी नेतृत्व कुन पार्टीले गर्ने भन्ने निर्णय केन्द्रबाटै एकसाथ हुने उनको भनाइ छ । एमालेबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका खगराज अधिकारी पनि काठमाडौं आउजाउ गरिरहेका छन् । कास्की १ (क) बाट निर्वाचित उनी एमालेले सरकारको नेतृत्व गर्दा स्वाभाविक मुख्यमन्त्रीका रुपमा हेरिएको छ । संसदीय दलको नेतामा पनि उनी नै निर्वाचित हुने बताइएको छ । निर्वाचित सांसदहरुले सपथ लिएका छैनन् । प्रदेश सभा सचिवालयले अधिवेशनको तयारी गरिरहेको छ । सांसदले लगाउने लोगो खरिद भइसकेको छ भने, सचिवालयको सरसफाइ भइरहेको स्टोर शाखा प्रमुख झनक अधिकारीले बताए । लोगो भने यसअघिकै कार्यकालमा खरिद गरेर राखिएको हो । समानुपातिक सूची पेस गरेसँगै अब पहिलो बैठकको अध्यक्षता कसले गर्ने भन्ने लगभग टुंगिएको छ । यद्यपि त्यसबारेमा आयोगले नै लेखेर पठाउनुपर्छ । पर्वतबाट निर्वाचित एमाले सांसद मित्रलाल बस्यालले पहिलो बैठकको अध्यक्षता गर्ने सम्भावना छ । उनी हाल ६५ वर्षका पुगे । कास्कीबाट निर्वाचित विन्दुकुमार थापा पनि ६५ वर्षका छन् । तर बस्याल थापाभन्दा २ दिनले जेठो हुन् । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । सत्ता गठबन्धन बहुमतमा भएकोले संसदभित्रका सबैजसो पदाधिकारी उसैले पाउने सम्भावना छ ।
1,138
प्रतिनिधिसभाका सांसदहरुले आन्तरिक लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । मंगलबार बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि आन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन । बैठकमा प्रतिनिधिसभाका सांसद भरतकुमार शाहले बेरुजु बढने अवस्था भएका निकायमाथि तत्काल लेखा परीक्षण गर्नेगरी आन्तरिक लेखा परीक्षणको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणसम्बन्धि वार्षिक प्रतिवेदन तयार पारी राष्ट्रपतिलाई बुझाउने संवैधानिक व्यवस्था छ । सो व्यवस्था परिमार्जन गर्नुपर्ने प्रतिनिधिसभाका सांसदहरुको माग छ । त्यसैगरी सांसद प्रेम सुवालले बेरुजु हुनै नदिने गरी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । हाल मुलुकमा बेरुजु ५ खरव ८ करोड पुगेको छ । त्यसलाई फस्र्यौट गर्दै लैजाने गरी कानुन बनाउनुपर्ने सांसदहरुको सरकारसँग माग छ । बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संविधान अनुकूल हुने गरी लेखा परीक्षण ऐन संशोधन गर्न सरकारले सो विधेयक संघीय संसदमा छलफलमा लागि पेश गरेको स्पष्ट पारेका थिए । प्रस्तावित विधेयकले लेखा परीक्षणको कामलाई पारदर्शी बनाउने र करको सदुपयोग गर्न सघाउ पु¥याउने अर्थमन्त्री खतिवडाको दावी छ । अर्थमन्त्री खतिवडाले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन पनि सरकारले लेखा परीक्षण सम्बन्धि कानुन संशोधन गर्न लागेको जानकारी पनि दिए ।
1,139
यसअघि ५ वटा मन्त्रालय स्थापना गरेको मुख्यमन्त्रीको कार्यालयले थप २ मन्त्रालय पनि स्थापना गरेको हो। बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गरिएको मुख्यमन्त्रीको कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले बताउनुभयो। हेटौंडा उपमहानगर–१, चौकीटोलमा निर्माण भएको श्रम कार्यालयको ५ तले भवनमा २ वटा मन्त्रालय राखिएका हुन्। मन्त्रालयहरुको बोर्ड झुण्डाइएसँगै काम पनि तत्काल आफ्न मन्त्रालयबाट थालिने उहाँले बताउनुभयो। हेटौंडामा माघ २१ गते ३ वटा मन्त्रालय स्थापना गरिएका थिए। उक्त दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहत ३ वटा मन्त्रालय स्थापना गरेको थियो। डिभिजन सहकारी कार्यालय भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी, क्षेत्रीय वन निर्देशनालय हेटौंडाको भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण र क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको थियो । २ मन्त्रालयका सचिवमात्र आइपुगेको मुख्यमन्त्री कार्यालयका सचिव शिवाकोटीले बताउनुभयो। मन्त्रालयहरुका कर्मचारी र सचिवहरु आइपुगेका छैनन्। आउन बाँकी धेरै कर्मचारी आउने क्रममा रहेको शिवाकोटीले बताउनुभयो। कर्मचारी नआउँदा मन्त्रालयका नयाँ काम शुरु हुन सकेको छैन। मन्त्रालयका बोर्ड झुण्डाइएसँगै त्यहाँ रहेका सरकारी कार्यालय भाडाका घर नपाउन्जेल सरकारी कार्यालयमा व्यवस्थापन गरेर बस्न थालेका छन् । समन्वय समिति कार्यालय आफ्नै पुरानो भवनमा सरेपछि मुख्यमन्त्री कार्यालय सञ्चालनमा आएको हो। क्षेत्रीय प्रशासन कार्यालय मुख्यमन्त्रीको कार्यालयमा सरेर आएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले प्रमुख सचिवका रुपमा पदबहाली गर्दा पाण्डेले मध्यमाञ्चल क्षेत्रीय प्रशासकको भूमिकामा पनि काम गरिरहनुभएको छ । शिक्षा कार्यालय भने अगुवा स्रोतकेन्द्रमा सरेको छ। संविधानअनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने भएकाले मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा ल्याइएको हो। माघ २७ गतेको प्रदेश संसद् बैठकले सभामुख चयन गरेपछि मुख्यमन्त्री चयन गर्नेछ ।
1,140
बंगलादेशमा भइरहेको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले भोलि किर्गिस्तानसँग खेल्दैछ। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले अहिलेसम्म २ जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा माल्दिभ्सलाई को सेटमा हराउँदै सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग को सोझो सेटमा पराजित भएको थियो। तर तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनलाई कायमै राखेको हो। प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई को सेटमा हराएको हो । किर्गिस्तानलाई पनि नेपालले गत वर्ष हराएको थियो। यो पटक पनि किर्गिस्तानलाई हराउँदै फाइनल प्रवेश गर्ने नेपालको योजना रहेको प्रशिक्षक जगदिश भट्टले पहिलोपोस्टलाई बताए। भट्टले पहिलो पटक नेपालको सिनियर पुरुष टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । प्रशिक्षक भट्टका अनुसार किर्गिस्तान बंगलादेशसँग हारेको खण्डमा र नेपालले किर्गिस्तानलाई हराएमा नेपाल फाइनल पुग्नेछ। यदी किर्गिस्तानले ५ सेट खेलेर जितेमा भने फेरी नेपालको सम्भावना रहने उनले बताए। च्याम्पियनसिप खेल्ने सबै टोलीको स्तर उस्तै रहकाले जुनसुकै टीम पनि फाइनल पुग्न सक्ने उनले बताए ।
1,141
नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नराखिएको भन्दै बिरोध भएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्ने नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । ‘नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु?’ उनले भनेका छन्, ‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन् ।
1,142
झेजियाङ, जियाङसी र सिचुआन प्रान्तका अनुसन्धान एवं प्राविधिक फर्महरूद्वारा समर्थित इनोभेसन सेन्टरहरूले क्रमशः ग्राफिन, भर्चुअल रियालिटी, र अल्ट्रा हाइ डेफिनिशन भिडियो उद्योगहरूमा ध्यान केन्द्रित गर्ने जनाइएको छ । केन्द्रहरूले प्रमुख जेनेरिक प्रविधिहरूमा काम गर्नेछन् र यी उद्योगहरूमा प्राविधिक अनुसन्धान र विकासलाई बढावा दिनेछन् । मन्त्रालयले नयाँ उत्पादन नवप्रवर्तन केन्द्रहरूलाई प्राविधिक आविष्कार खोज्नका लागि उत्पादनका प्राथमिक क्षेत्रहरूको उच्च गुणस्तरीय विकासका लागि बलियो समर्थन प्रदान गर्न उनीहरूको क्षमता सुधार गर्न मार्गदर्शन गर्ने समेत बताएको छ ।
1,143
देशले नयाँ प्रधानमन्त्री पाएको दिन बिहीबार बजार परिसूचक ३६ दशमलव शून्य १ अंकले बढेको हो। बिहीबार १ हजार ३ सय ८८ दशमलव ९४ अंकबा शुरू भएको नेप्से १ हजार ४ सय २४ दशमलव ९५ अंकमा कायम भएको हो। दिनभरी नै बढ्ने क्रममा रहेको नेप्से कारोबार शुरू भएलगत्तै तीव्र गतिमा बढ्ने थालेको थियो। नेप्से बढ्दा बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ७२ अंकको बढेर ३ सय १ दशमलव ३ अंकमा उक्लिएको छ। दिनभरी ने सकारात्मक देखिएको नेप्से परिसूचक बढ्दा यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार शेयर बजारमा ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपियाँभन्दा बढीको कारोबार भएको थियो। यसक्रममा १ सय ६५ कम्पनीका १५ लाख ६ हजार ६ सय ३४ कित्ता शेयर खरिद बिक्री भए। अघिल्लो दिन बुधबार बजारमा ३८ करोड ६४ लाख रुपियाँको शेयर किनबेच भएका थिए। शेयर बजारलाई प्रभावित पार्ने प्राविधिक तथा आधारभूत पक्ष यथावत रहेको बेला केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेका कारण बजार प्रभावित भएको सरोकारवाले जनाएका छन्। देशमा स्थिर सरकार आउने आशमा लगानीकर्ता शेयर बजारमा लगानी गर्न हौसिएका उनीहरूको दाबी छ। त्यसैगरी नेप्सेमा सूचीकृत कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा बढी नाफा कमाउने कम्पनीप्रति लगानी गर्ने आधार तयार भएको अर्का थरी बताउँछन्। करिब २ महिना निश्क्रृय रहेको लगानीकर्ता राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षा तथा वित्तीय विवरणपछि सक्रिय बनेको उनीहरूको दाबी छ। यस दिन कारबोरमा आएका सबै समूहमा सुधार आउँदा नेप्से उकालो लागेको हो। यस दिन बढ्नेमा बीमा समूह सर्वाधिक २ सय १३ दशमलव ९५ अंकले उकालो लाग्यो। त्यस्तै लघुवित्त समूह ६२ दशमलव ९१ अंकले उकालो लाग्दा विकास बैंक समूह पनि ५५ दशमलव ५ अंकले सुधारियो। त्यस्तै उत्पादनमूलक, जलविद्युत्, बैंकिङ, होटल र वित्त समूह पनि क्रमशः ५० दशमलव ७५, ४९ दशमलव शून्य ४, ३१ दशमलव ३९, २२ दशमलव ९६ र १७ दशमलव ५५ अंकले सुधारिए। यस दिन अन्य समूह ७ दशमलव ३६ र ट्रेडिङ समूह पनि ५ दशमलव ९९ अंकले उकालो लागे। यस दिन बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ५६ लाख रुपियाँको कारोबार भयो। यसदिन श्रीइन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलव ८२ प्रतिशत कमाएका छन्। एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ ले सबैभन्दा बढी ३ दशमलव ८१ प्रतिशत गुमाए ।
1,144
नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन्। पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले बताए। कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भने, ‘समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ।’ विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ। सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन्। सवारी सरुवा सहमति दस्तुरमा सरकारले नयाँ नियम लगाएको कारण यातायात व्यवस्था कार्यालय (सवारी) पर्सा वीरगञ्जले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११ करोड २५ लाख १३ हजार कम राजश्व उठाएको छ। सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कात्तिक मसान्तसम्ममा १८ हजार ९४३ सवारी साधन दर्ता गरी ३४ करोड १७ लाख ८५ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्ममा ४५ हजार २७७ वटा सवारी साधन दर्ता गरी ४५ करोड ४२ लाख ९८ हजार रुपैयाँ संकलन गरेको सो कार्यालयका प्रमुख कुशेश्वर साहले बताए। अघिल्लो आर्थिक वर्षमा सवारी सरुवा दस्तुरमा नयाँ व्यवस्था नभएकोले राजश्व बढी उठेको थियो तर यस आर्थिक वर्षमा सो सम्बन्धी नयाँ व्यवस्था गरेकोले राजश्व घटन गएको जनाइएको छ। अघिल्लो वर्षसम्म भन्सारबाट आएको गाडी वीरगञ्ज कार्यालयबाटै दर्ता भई अन्य जिल्लामा जाने गरिन्थ्यो तर देश सङघीयतामा गएपछि अब गाडीको सहमति ल्याउँदा वीरगञ्जमा लाग्ने दस्तुर हटाइएकोले राजश्व प्रभावित भएको सो कार्यालयले जनाएको छ ।
1,145
अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो । समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २–१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ को राति इंग्ल्यान्डसँग खेल्नेछ । भेनेजुएलामाथि २-० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ । खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । सेमिफाइनल होडबाट बाहिरि सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । सानो उमेरदेखि नै क्रिकेटप्रति लगाव भएका तिलक क्रिकेट सिक्न भनेर नै बुटवलबाट काठमाडौं आएका हुन् । जापानमा रहेका बुबा पदमराज भण्डारीले क्रिकेट सिक्ने इच्छा भए डेरा लिएरै भएपनि काठमाडौं जान भनेपछि तिलक राजधानी पसे । करिव १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रायोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । चौधरी ग्रुपको उत्पादन क्विक्सको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ५२ जिल्लामा प्रतियोगिता सुरु गरेको हो । बसुन्धारास्थित घरेलु कोर्टमा ब्वाइजतर्फ मोर्गनले इन्फ्यान्टलाई ४६–३७ ले पराजित ग¥यो । मोर्गनको जितमा सुमन कार्कीले १४ अंक योगदान दिए । गल्र्समा प्रजिता कार्कीको १५ अंक सहयोगमा मोर्गनले बर्न हार्टलाई ४६–२५ ले हरायो ।
1,146
क्लबले हरितालिका तीजको अवसरमा गरिएको साँस्कृतिक कार्यक्रममा एसियन कि बक्सिङ च्याम्पियनसिपमा कास्य पदक हासिल गरेको भन्दै निकेशलाई सम्मान गरिएको हो । निकेशले अप्रिल २४–३० सम्म तुर्कि्मिनिस्तानको राजधानी अस्गाबादमा भएको खेलमा ७४ केजी तौल समूहमा खेलेका थिए । कार्यक्रममा उनलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेसका सांसद मदनबहादुर अमात्यले सम्मान गरेका हुन् । भने गोदावरी नगरपालिका–५ का वडा अध्यक्ष मिलन सिल्वालले निकेशलाई खाडा लगाएर सम्मान गरेका थिए । साँस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य प्रदर्शन गरेको भन्दै स्थानीय कलाकार दीपिका सिल्वाललाई सम्मान समेत गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता मिनकृष्ण महर्जन लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
1,147
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
1,148
अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् । कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको छ । त्यस्तै बैठकको कार्यसूचीबारे ४८ घण्टा अगावै समितिका सदस्यलाई जानकारी गराइसक्नुपर्नेछ । बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले जानकारी दिए । उनका अनुसार समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुनेलगायत विषय राखिएका छन् । त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छाडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुनेलगायतका विषय राखिएका छन् । कार्यविधिअनुसार कुनै सदस्यले आफू बैठकमा उपस्थित हुन नसक्ने अवस्था भएमा सोबारे सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको उनले बताए । समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले स्वेच्छाले कारणसहित सभापतिमार्फत जानकारी गराउनुपर्नेछ । साथै सो विषयमा समितिमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्नेछ । समितिको निर्णय प्रक्रिया, उपसमिति वा कार्यदल गठनको प्रक्रियालगायतका विषय पनि कार्यसूचीमा राखिएका छन् । समितिको कार्यक्षेत्रभित्र आएका विषयबारे अध्ययन, भ्रमण, अनुगमन, मूल्याङ्कन तथा अन्तरक्रिया, विदेश भ्रमण, अन्य समिति वा निकायसँगको समन्वयलगायतका विषय पनि कार्यविधिमा छन् । समितिमा हालसम्म १६ वटा उजुरी परेको सचिव रेखा उपाध्याय खनालले आजको बैठकमा जानकारी दिए ।
1,149
नेपालविरुद्ध यूएईले छैटौँ विकेट गुमाएको छ । अभिनाष बोहराले ४५ रन बनाएका बासिल हमिदलाई आउट गरेका हुन् । बोहराको यो दोस्रो विकेट हो । यूएईले १९ औँ ओभरमा ६ विकेटको क्षतिमा १५१ रन बनाएको छ । नेपालका लागि सोपमाल कामीले २ तथा गुल्सन झाले एक विकेट लिएका छन् ।
1,150
रौतहटको राजपुर नगरपालिकास्थित घरबाटै अपहरणमा परेकी एक चार वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले अपहरणकारीलाई पक्राउ गरी अनुसन्धान आडि बढइसकेको जनाएको छ । प्रहरीका अनुसार ईशनाथ नगरपालिका-७ का २४ वर्षीय महमद अविर हुसेनले बालिकालाई अपहरण गरेका थिए । खेल्दै गरेको अवस्थामा छोरी नदेखेपछि अभिभावकले छिमेकी र गाउँघरमा खोजतलास गरेका थिए । बिहीबार साँझ घर बाहिर खेल्दै गरेकी बालिकालाई उनले अपहरण गरी २० लाख फिरौती मागेका थिए । बीआर ०५ एफ ०२८२८ नम्बरको मोटरसकइकल चढेर आएका हुसेनले खेल्दै गरेकी बालीकालाई अपहरण गरेर २० लाख फिरौती मागेको पाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मल्लले जानकारी दिएका छन् । बालिकालाई सकुशल अपहरणमुक्त गरेको उनले बताए । फिरौतीको रकम नदिए अपहरणकारीले बालिकालाई मार्ने धम्की परिवारलाई दिएको जानकारी गराउँदै डीएसपी मल्लले भने, ‘अपहरणमा संलग्नको अनुसन्धान शुरु गरेका छौं ।’ अपहरणकारीले मोटरसाइकलमा राखेर बालिकालाई राजमार्ग नजिक इद्रिस गेटमा राखेको खुलेको छ । सोहीबेला साँझ साढे ७ बजे बालिकाका अभिभावकको मोबाइलमा एनसेल नम्बरबाट फोन गरी बालिका अपहरण गरी बन्धक बनाएको र बचाउनका लागि २० लाख लिएर आउनू भनी अभिभावकलाई आदेश दिएको बुझिएको छ । अपहरणकारीले फिरौती रकम राजपुर नगरपालिकास्थित इद्रिस गेटमा ल्याउन आदेश दिएका थिए । रकम नल्याए वा प्रहरीलाई खबर गरे बालिकाको हत्या गरी फालिदिने चेतावनी समेत दिएका थिए । पीडित परिवारबाट घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी गौरबाट प्रहरी टोली इद्रिस गेटमा पुगेर गोप्य रुपमा खोजी गरेको डीएसपी मल्लले बताए । त्यसै क्रममा राजपुर-१ स्थित बहुअर्वा मदर्सा अगाडि सडक छेउको घुम्ती पसल नजिकै बाँसको खाटमा सुताइराखेको अवस्थामा प्रहरीले बालिकालाई फेला पारेको थियो । पक्राउ परेका हुसेनलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी राखेको डीएसपी मल्लले बताएका छन् ।
1,151
नेपाल प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा ल्याएका छन् । तस्वीर : नानीमैया कटवाल काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक जारी काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने काठमाडौं,२ साउन । काठमाडौं महानगरपालिकाले न्युरोडमा पुनः फुटपाथ विस्तार सुरु गरेको छ । फुटपाथ विस्तारलाई काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् काठमाडौं, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुमना श्रेष्ठ विदाइ भएकी छन् । काठमाडौँ, २९ असार । सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक सकिएको काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री केपी शर्मा काठमाडौं ।
1,152
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम काठमाडौँ महानगरपालिकाले लिएको अडान र अवधारणा अनुरुप नै सम्पन्न भएको बताएका छन्। ‘रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न गर्ने कार्यलाई धेरैले असम्भव भनेका थिए। तर, त्यो असम्भव कामलाई हामीले सम्भव बनाएका छौँ,’ महानगरको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले भने, ‘महानगरको जिम्मेवारीभित्र रहेका यी दुइटा ऐतिहासिक सम्पदा विभिन्न खाले विवादका बीचमा पनि महानगरपालिकाको अवधारण अनुसार नै पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भएका छन्।’ २०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बीचमा विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार उनले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ। ‘रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको छ, यसमा म आफैँ पनि धेरै खुसी छु,’ शाक्यले भने, ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए। ९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए। तर, हामीले संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रताप मल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ।’ जनप्रतिनिधि आउनु अघि नै रानीपोखरी पुनःनिर्माणको काम सुरु भएको पनि उनले स्मरण गराए। ‘केही सम्पदाविद् र पुरातत्व विभागले भूकम्पले क्षति पुग्नु पूर्व जस्तो स्वरुपको थियो त्यस्तै स्वरुपमा अर्थात गुम्बज शैलीमै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्नुपर्छ भन्ने अडान राखेका थिए,’ शाक्यले भने, ‘तर, हामीले शिखर शैलीमै बनाउनुपर्छ भनेर अडान लियौँ। हामी अडानबाट पछि हटेनौँ। अहिले हामीले भनेकै शैलीमा पुनःनिर्माण सम्पन्न भयो।’ प्रमुख शाक्यले रानीपोखरी पुनः निर्माणकै विषयलाई लिएर त्यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटक–पटक सल्लाह मागेको स्मरण गराए। प्रधानमन्त्रीसँग सल्लाह हुँदा उनले पनि रानीपोखरी पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिऔँ, पुनःनिर्माण सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकालाई नै हस्तान्तरण गरौँला भनेपछि सहमति जनाएको हो। ‘रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएपछि महानगरपालिकालाई नै हस्तान्तरण गर्ने सर्तसहित प्रधानमन्त्रीज्युको सल्लाहमै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएका हौँ,’ शाक्यले भने, ‘ रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ। त्योसँगै काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ।’ शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिए। ‘केहीले पहिला जस्तो छ त्यस्तै दुई तलाकै बनाउनुपर्छ भन्दै आएका थिए,’ शाक्यले भने, ‘सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन्। त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ। त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ। हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महशुस भएको छ ।
1,153
पछिल्लो २४ घन्टामा देशभरिमा १,०३० जना कोरोना संक्रमित थपिएका छन्। ५,८९३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८१२ र ४९८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९८,००४ जनामा र एन्टिजेन परीक्षणबाट ९२,२५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। मन्त्रालयका अनुसार सोही अवधिमा १,००० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७०,२२४ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१७४ पुगेको छ। अहिले देशभरिमा १६,६०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १५,५३४ जना होम आइसोलेसनमा र १,१५२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। त्यसैगरी ३५१ सजनको आईसियुमा उपचार भइरहँदा ११८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
1,154
स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् । महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् । रसुवामा पाँचवटा पालिका छन् । जसमा २७ वटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदका लागि निर्वाचन हुनेछ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।
1,155
आफूलाई यस्तो माया गर्ने श्रीमती पाएकोमा उसले आफूलाई भाग्यमानी ठानिरह्यो । भोलिपल्ट रामुलाई बिदाइ गरेर एअरपोर्ट बाहिर निस्केपछि अरूबाट अलि छेऊ लागेर प्रकृतिले फोन गरिन्न, ‘हेलो लच्छु, कहाँ छौ भेट्ने हैन ? काँ बाइर भेटिरहने र यार ? अब त तीन वर्ष घरमै भेट्ने हो । मस्ती नभाको जिन्दगी के जिन्दगी ? दुई चार दिनलाई हैन अब तीन वर्षका लागि डेरा यतै सारन । हुन्न र ?’ फोन समाप्तिपछि पनि प्रकृतिको मधुरो तर अर्थपूर्ण हाँसो गुन्जिरहेको थियो ।
1,156
आरटी–पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिँदै, फाइल तस्वीर – चीनको कोरोना भाइरस प्रभावित क्षेत्र वुहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्कने भएका हुन् । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो । वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए ।
1,157
मनमोहक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदा भएको नेपाल आर्थिक वृद्धि र विकासको अपार सम्भावना बोकेको मुलुक हो । यो सम्भावनालाई सदुपयोग गर्न निकै ठुलो लगानीको खाँचो छ । नेपालकै पुँजी र लगानीको क्षमताले नेपालको समृद्धि अपेक्षित मात्रामा सम्भव छैन । तसर्थ लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्नु पर्छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, आर्थिक गतिविधिलाई उत्प्रेरित गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न लगानीमैत्री कानुनले महìवपूर्ण भूमिका निर्वाह गर्छ । यो आलेखले नेपालमा लगानीमैत्री कानुनको महत्व खोज्छ, सुधारका लागि प्रमुख क्षेत्रहरू पहिचान गर्छ र देशको लगानीको वातावरण बढाउन सम्भा
1,158
सिंहदरबारस्थित सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको कार्यकक्षमा समिति सभापतिको पदभार ग्रहण गर्नुहुँदै सोनम गेल्जेन शेर्पा । तस्बिर : गोरखापत्र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो । साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । उहाँले प्रतिपक्षभन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौँ । हामी प्रतिपक्षभन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’’ उहाँले नतिजामुखी भएर समितिको काम गर्ने बताउनुभयो ।
1,159
नासाले पठाएको रोभरद्धारा आएको जानकारीमा अक्सिजन भएको जनाइएको छ । मंगल ग्रहमा मौसम अनुसार अक्सिजनको तह परिवर्तन हुने गर्छ । अक्सिजनले मंगल ग्रर्हमा रहस्यमय तरिकाले भूमिका खेल्ने अनुमान विज्ञहरुले गरेका छन् । वसन्त र गर्मीको मौसममा अक्सिजनको तह करिब ३० प्रतिशतले बढ्ने गर्छ । मंगल ग्रहमा हुने विशिष्ट प्रक्रियाको कारण यसले अक्सिजन निर्माण गर्ने गर्छ । मंगल ग्रहमा अक्सिजनले अपेक्ष अनुसार काम नगरेको समेत विज्ञले जनाएको छन् । त्यसैगरी उक्त सतहमा नाइट्रोजन र आर्गनको मात्रा पनि पाइएकोछ । मंगल ग्रहका विज्ञहरुले रातो ग्रहमा अक्सिजनका स्तरमा भएको वृद्धि र गिरावटलाई बुझउने प्रयास गरिरहेका छन् । वायूमण्डलको बिच्छेद हुँदा कार्वन डाइअक्साइड र पानीबाट केहि मात्रामा अक्सिजनको निमार्ण भएको विज्ञहरुले जनाएका छन् । अत्याधिक मात्रामा अक्सिजन निर्माण गर्न मंगल ग्रहमा अहिले भएको पानी भन्दा पाँच गुणा बढी पानी हुनु पर्ने विज्ञहरुले जनाएका छन् । प्रत्येक मौसममा अक्सिजनको मात्रा नदेखेको हुँदा विज्ञहरुले यस बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । काठमाडौं, ९ माघ : एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ कर्णाली, ३ माघ । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ ग्वाङ्जाउ (चीन), २० मङ्सिर । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ काठमाडौँ, १६ मङ्सिर । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी प्रा. डा. रामचन्द्र गौतम – जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने एउटा अवसर हो, लक्ष्मीपूजा गण्डकी, ९ कात्तिक । गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ फुङ्लिङ, ६ कार्तिक । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने काठमाडौं,२ कार्तिक । टेलिकम कम्पनी नोकियाले सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
1,160
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्‍यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताए। उनले भने, ‘हामीले संविधान निर्माण गर्‍यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ। कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’ अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो। यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिले कानूनी राज्य भनेको राणा शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ गृहमन्त्री लामिछानेको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिएका थिए। खालि रविको पछि लाग्या छ। गगन र विश्व प्रकाशलाई पनि रविको नाम नजपि खाएकै पच्दो रहेनछ ।
1,161
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।
1,162
बलिउडमा साउथ चलचित्रको रिमेक बनाउने चलन कुनै नौलो होइन । अहिले बलिउडका प्रायः चलचित्रहरू पनि रिमेक बनिरहेका छन् । एउटा समय यस्तो पनि थियो निकै कम दर्शकलाई मात्र थाहा हुन्थ्यो कि बलिउड चलचित्र साउथको रिमेक हो । त्यति बेला साउथ चलचित्रको हिन्दी संस्करण पनि खासै उपलब्ध हुँदैनथ्यो तर कोभिड–१९ को समयमा जब दर्शकले ओटीटी र युट्युबमा साउथ चलचित्रको हिन्दी रिमेकलाई मन पराएर हेर्न थाले त्यसपछि बलिउडमा साउथ चलचित्रको रिमेक बनाउनेहरूको लाइन लाग्न थाल्यो । त्यसैले पनि अहिले दर्शकलाई साउथ चलचित्रको हिन्दी रिमेक प्रदर्शन हुनुअघि नै त्यो कुन साउथ चलचित्रको रिमेक हो भन्ने थाहा भइहाल्छ ।
1,163
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा गरेका छन्। किशोर महर्जनले राजीनामा गरेपछि गुरुङ सीईओमा बढुवा भएका हुन । त्यसअघि उनी सिभिलको नायव प्रमुख कार्यकारी थिए। २०७४ साउन १ गतेबाट गुरुङले सीईओको जिम्मेबारी सम्हालेका थिए। ३ महिना कार्यकाल बाँकी हुँदै उनले राजीनामा गरेका हुन । हिमालयन बैकबाट जागिर सुरु गरेका गुरुङ ग्लोबल आइएमई बैंक र मेगा बैकमासमेत काम गरेको अनुभव छ । गुरुङको ठाउँमा डेपुटी सीईओ सुनिलकुमार पोखरेल सीईओ बन्ने चर्चा चलेको छ ।
1,164
फिल्म निर्माता माधव वाग्लेले मिडियामा आएका विभिन्न समाचारका कारण आफूलाई दुःख लागेको बताएका छन् । गत जेठमा नक्कली नोट प्रकरणमा मुछिएर वाग्लेले पक्राउ परेपछि मिडिया विभिन्न समाचार आएका थिए । तर, ‘यो क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छु, म कस्तो मान्छे भन्ने सबैलाई थाहा छ, मसँग प्रमाण छन् कि, यसअघि पनि अरु फिल्ममा प्रप्सका रुपमा नक्कली नोट प्रयोग हुने गर्छन्’, अझ मैले चलचित्र विकास बोर्डसँग स्वीकृति नक्कली नोट छपाएको थिएँ’, वाग्लेले भने, ‘तर, केही समाचार फिल्मका लागि पैसा छापेको भन्दा पनि नक्कली नोटको कारोबारमा लागेझैैँ गरेर केही मिडियामा समाचार आए ।’ साथै उनले यस्ता समाचारले आफूलाई दुःखी बनाएको पनि बताए । सोमवार काठमाडौंमा आयोजित चलचित्र ‘चंगा चेट’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले आफ्नो चलचित्र ‘चंगा चेट’ मा पनि यस्तै कथा भएको बताए । ‘फिल्ममा पनि यस्तै कथा छ, कसरी एउटा सानो कथाले पनि जीवन चैट बनाउन सक्छ भन्ने कथा उठाएको छ, फिल्म राम्रो बनेको छ ।’, उनले अगाडि थपे । माधव वाग्ले पक्राउ परेपछि भदौमा रिलिज हुने भनिएको चलचित्रको रिलिज मिति नै सरेको छ । अहिले पनि वाग्लेको २ करोडभन्दा बढी नक्कली नोट पक्राउ गरिएको भन्दै उनीमाथि मुद्दा चलेको छ ।वाग्ले भने धरौटीमा छुटेका छन् ।
1,165
धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए काँग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उहाँको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।” चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पार्नुभयो । पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उहाँले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गर्नुभयो । कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्न देउवा आज धनगढी आइपुग्नु भएको हो । काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
1,166
’ , १८, २०१६. : काठमाडौँ– भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गरेका छन् । उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
1,167
काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला आज नहुने भएको छ। गत असोज १८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि आजका लागि मिति तोकेको थियो। तर आज न्यायाधीश सुवेदी बिदामा रहेकाले फैसला नहुने भएको हो। न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका बताइएको छ ।
1,168
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ । विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको ६० लाख रुपैयाँमध्ये खर्च गरेर बाँकी रहेको ४२ लाख रुपैयाँ बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित ५६ लाख रुपैयाँको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गरेका थिए । धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए । नियमित भजनकीर्तनका साथै भगवतीको दर्शन र स्थानीय ऐतिहासिक तथा पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामका लागि धर्मशाला निर्माण सुरु गरिएको हो । मझुवागढीमा बात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । पानीका लागि सहरी विकास मन्त्रालयबाट २०७२ सालमा विनियोजित एक करोड ४४ लाख रुपैयाँमा खानेपानी योजनाको काम अघि बढाइएको हो । खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पूरा हुने उक्त समितिले जनाएको छ । पर्यटन प्रवर्द्धनको काम भइरहेको किरातको ऐतिहासिकस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर फूलैफूलको पहाड बनाउने अभियान थालिएको हो । उक्त अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, सल्ला, जाइ, कपुर, पुवाले मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत ५०० बिरुवा रोपिएको थियो । मझुवागढीलाई फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार पारेर साझा सपना पूरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङको भनाइ छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई फूलैफूलको पहाड बनाउने योजना छ । मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी योजना बनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीमा विसं १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ । त्यस्तै गढीकोबीच भागमा मौली छ । रणवीर राजाका रैतीहरुले दसैँ मान्न ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भनिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड सुरक्षाकर्मी बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ । मझुवागढीको केही तल भगवती मन्दिर छ । उक्त मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने चलन छ । मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।
1,169
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन्। जबर्जस्ती करणी उद्योगमा थुनामा रहेका महरालाई भट्टराईले सोमबार भेटेका हुन्। भट्टराईले करिब एक घन्टासम्म महरासँग कुराकानी गरेको स्रोतले जनाएको छ। जबर्जस्ती करणी उद्योगमा उनलाई काठमाडौं जिल्ला अदालतले मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरा धरौटीमा छुट्ने आस गर्दै उच्च अदालत पाटनसम्म पुगे पनि उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो। संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्। तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,170
भूमिकास्थान नगरपालिका–१ मा कोरोनाका कारण रोजगारी गुमाइ भारतबाट फर्किएर घरमा बसेकाहरुलाई स्वरोजगार बनाउन र आय आर्जनमा बृद्धि गर्नका लागि १५ घर परिवारलाई कुखुरा र २० घर परिवारलाई आधुनिक माहुरीका घार वितरण गरिएको हो । जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारहरु १५ घर परिवारलाई १ सय वटाका दरले स्थानीय जातका १५ सय कुखुराका चल्ला र २० घरपरिवारलाई ५ वटाका दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरेको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले बताउनुभयो । परिवार पाल्न भारतमा गएको समयमा कोरोनाले घरमा फर्किएका परिवारलाई आयआर्जनमा सहयोग पुगोस् र घरको खर्च धान्ने माध्यम बनोस् भनेर माहुरीका घार र कुखुराका चल्ला वितरण गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताउनुभयो । अति विपन्न परिवार र आम्दानीको श्रोत पनि केहि नभएकोले यी परिवारलाई उपलब्ध गराइएको नगर प्रमुख थापाको भनाइ छ ।
1,171
कहिल्यै अन्तर्राष्ट्रिय स्तरको ठूला प्रतियोगिता आयोजना नगरेको तुर्कमिनिस्तान यही मरुभूमिमा ठूलो खेलकुद प्रतियोगिता आयोजना गरेर आफ्नो देशको छवि माथि लैजान चाहन्थ्यो । संसारलाई देखाउन चाहन्थ्यो आफ्नो उचाइ । तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो आफ्नो देशमा खेलकुदको ठूलो प्रतियोगिता गरेर छिमेकी देशमा प्रभाव छाड्न चाहन्थे । राष्ट्रपति गुर्वानगुलीको एक दशक अघिको त्यो सपना अहिले पूरा भएको छ । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको तुर्कमिनिस्तान आफैंमा युवा देश हो । युवा देश तुर्कमिनिस्तानले अस्गबातमा नौ वर्ष लगाएर महत्वाकांक्षी खेलस्थल मात्र बनाएन, पहिलोपटक एसियाका ४५ देश, ओसियाना क्षेत्रमा १९ देश र एउटा शरणार्थी टोलीलाई समावेश गरेर पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्स भव्य रूपमा सम्पन्न पनि गर्योम । सहभागी देशले विभिन्न २१ खेलमा कुल तीन सय ४७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । सोभियत संघबाट स्वतन्त्र भएको तुर्कमिनिस्तानका ६० लाख जनता राष्ट्रपति गुर्वानगुलीप्रति निकै बफादार छन् । तुर्कमिनिस्तानमा परराष्ट्रसम्बन्धी अध्ययन गरिरहेका २५ वर्षीय फरहात राष्ट्रपतिको लगाव र जनताको परि श्रमले यस खेलकुद भव्य भएको ठान्छन् । संयोगवश फरहात र तुर्कमिनिस्तान दुवै युवा अवस्थामा छन् । ‘छोटो समयमा हामीले जति उपलब्धि हासिल गरेका छौं, त्यो उल्लेख्य छ । सोभियत संघबाट स्वतन्त्र हुँदा हामीसँग केही थिएन । अहिले हामीसँग खेलकुदमा विश्वकै उत्कृष्ट पूर्वाधार तयार भएका छन् । हामीले अझ धेरै काम गर्न बाँकी छ’, फरहात भन्छन् । तुर्कमिनिस्तानको राष्ट्रिय टेलिभिजनमा कार्यरत फातुरोभ पुलाका बाहिरी मुलुकबाट हेर्दा कडा शासन देखिए पनि यहाँका जनतालाई कुनै मतलब नभएको बताउँछिन् । ‘स्वतन्त्र भएदेखि नै तुर्कमिनिस्तानमा एकतन्त्री शासन छ तर गुर्वानगुलीप्रति यहाँका जनतामा ठूलो आस्था र भरोसा छ’, फातुरोभ भन्छिन्। तुर्कमिनिस्तानले यस प्रतियोगिता आयोजनाका लागि सन् २००९ देखि भौतिक संरचना निर्माण सुरु गरेको थियो । सन् २०१० मा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)बाट आयोजनाको अधिकार पाएपछि तुर्कमिनिस्तानले खेलकुदको भौतिक संरचना झनै लोभलाग्दो बनाएको हो । टर्किस निर्माण कम्पनीले निर्माण गरेको अस्गबाद ओलम्पिक भिलेज अहिले एसिया महादेशकै उत्कृष्ट खेलस्थल बनेको छ ।ह्वाइट मार्बलको सहर अस्गबादको छेउमा २० वर्ग किलोमिटर श्रेत्रफलमा फैलिएको ओलम्पिक भिलेजमा ६६ वटा अत्याधुनिक कभर्ड हल र खेलकुदका सुविधासम्पन्न संरचना तयार छन् । तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दीमुहामेदो आफ्नो देशमा खेलकुदको ठूलो प्रतियोगिता गरेर छिमेकी देशमा प्रभाव छाड्न चाहन्थे । राष्ट्रपति गुर्वानगुलीको एक दशक अघिको त्यो सपना अहिले पूरा भएको छ । मुख्य स्टेडियम ४५ हजार दर्शक क्षमताको छ । बहुउद्देश्यीय कभर्ड हल, मेडिकल सेन्टर, पौडी पोखरी, जिम्न्याजियम, इन्डोर एथलेटिक्स ट्र्याक एन्ड फिल्ड, रंगशाला, घोडचढी कम्प्लेक्स लगायतका संरचनाले प्रतियोगितामा सहभागी सबैलाई चकित तुल्यायो । ओलम्पिक भिलेजलाई फेरो मार्न मनोरेलको समेत व्यवस्था छ । यसका साथै भिलेजभित्र तारे होटल, मिडिया भिलेज, खेलाडी, अफिसियल र पदाधिकारीको बसोबासका लागि छुट्टाछुट्टै गगनचुम्बी भवन खडा छन् । तुर्कमिनिस्तानले ओलम्पिक भिलेज निर्माणका लागि मात्र पाँच देखि ६ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । पाँचवटा क्षेत्र, २४ जात एवं कला र संस्कृतिले भरिपूर्ण तुर्कमिनिस्तानको आम्दानीको मुख्य स्रोत तेल, प्राकृतिक ग्यास, कटन र मार्बल निर्यात हो । आर्थिक हिसाबले सबल तुर्कमिनिस्तानले अब एसियन र ओलम्पिकजस्ता ठूला प्रतियोगिता आयोजना गर्न तयार रहेको आभास दिइरहेको छ । प्रतियोगिताको सफल आयोजक तुर्कमिनिस्तान पदकको हिसाबले पनि माथि रह्यो । पदक तालिकामा शीर्ष स्थानमा रहेको तुर्कमिनिस्तानले ८९ स्वर्ण जित्यो । दोस्रो स्थानमा रहेको चीनले ४२ स्वर्ण र तेस्रो स्थानमा आसीन इरानले ३६ स्वर्णमा चित्त बुझायो । तुर्कमिनिस्तानको राजधानी अस्गबादमा गत साता सम्पन्न पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्समा नेपालबाट आठ खेलमा १८ खेलाडीले भाग लिएका थिए । नेपालका लागि यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । नेपाल पदकविहीन बन्दै घर फर्कियो । नेपालले तेक्वान्दो, बुद्धिचाल, पौडी, भारोत्तोलन, पुरुष थ्री बाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलमा भाग लिएको थियो । तेक्वान्दोबाट नीमा गुरुङ र वीरबहादुर महरा, बुद्धिचालमा मोनालिसा खम्बु र मदनकृष्ण कायस्थ, पौडीमा शिरीष गुरुङ र निहारिका तुलाधर, मुवा थाईमा नवराज गुरुङ, भारोत्तोलनमा कमला श्रेष्ठ र प्रकाश केसी र कुराँसबाट अस्मिता छन्त्याल, दीपक छन्त्याल र जयन्ती श्रेष्ठ सहभागी थिए । बास्केटबलमा असीम श्रेष्ठ, विक्रम जोशी, विजय बुर्जा र सौरभ श्रेष्ठ तथा किक बक्सिङमा दिवस श्रेष्ठ र निकेश श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पदकको आशा गरेको खेलमध्ये तेक्वान्दो, बुद्धिचाल, कुराँस र मुआथाईमा समेत राम्रो गर्न सकेन । प्रतियोगितामा नेपालका पहिलो प्रतिस्पर्धी खेलाडीका रूपमा रहेका मुआथाई खेलाडी नवराज गुरुङ त रिङमै उत्रेनन् । ६७ केजी तौल समूहमा प्रतिस्पर्धाका नवराज रिङमा नआएपछि मकाउका लेइका लोनले वाक ओभर पाएका थिए । रेफ्रीले दुई पटकसम्म भिडन्तका लागि नवराजलाई रिङमा बोलाए । तर, नवराज नआएपछि लोनलाई वाक ओभर दिइएको घोषणा गरियो । रेफ्रीले रिङमा बोलाउँदा नवराज भने खेलस्थल पछाडिको हलमा अभ्यास गरिरहेका थिए । यस्तै तेक्वान्दो खेलमा सहभागी दुवै खेलाडीले पराजय भोगे । महिला ५३ केजी तौल समूहमा सहभागी नीमा गुरुङ र पुरुष ६३ केजी तौल समूहका प्रतिस्पर्धी वीरबहादुर महरा पहिलो चरणबाटै बाहिरिएका थिए । नीमा इरानकी नाहिद कियानिचानडेहसँग २२-२ ले हार खेप्दै अन्तिम १६ बाट बाहिरिएकी थिइन् । अर्का बलिया प्रतिस्पर्धीका रूपमा हेरिएका वीरबहादुरले केही राम्रो प्रदर्शन गरे। ताजिकिस्तानका डाब्लाटमुरोड कारिमोभसँग भिडेका वीरबहादुर पहिलो बाउटमा ८-० अंकले पछि परेका थिए । तर, दोस्रो बाउटमा उनले पुनरागमन गर्दै विपक्षीलाई कडा चुनौती दिए । दोस्रो बाउटमा वीरबहादुर ६-१ अंकले अगाडि रहँदै समग्रमा ९-६ बनाए । तर, तेस्रो तथा अन्तिम बाउटमा ६-६ अंकको बराबरी खेले पनि वीरबहादुरले डाब्लाटमुरोडलाई १५-१२ को नतिजा सुम्पन बाध्य भए । पहिलो बाउटमा कमजोर खेल्दा उनको अघिल्लो चरणको यात्रा रोकिएको थियो । भारोत्तोलनमा खेलमा सहभागी दुवै खेलाडीको प्रदर्शन समान्य रह्यो । पुरुष ६९ केजी तौल समूहमा प्रकास केसीले स्न्याचतर्फ एक सय र क्लिन एन्ड जर्कमा एक सय २५ केजी गरी कुल दुई सय २५ केजी भार उचालेर पहिलो चरणबाटै बाहिरिए । महिला ५८ केजी तौल समूहमा सहभागी कमला श्रेष्ठ पनि समूह चरणबाटै बाहिरिइन् । स्न्याचतर्फ ६८ र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल एक सय ४८ केजी भार उचालेकी थिइन् । उनले स्न्याचतर्फ भने नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यस स्पर्धामा कमलाकै नाममा ६७ केजीको कीर्तिमान थियो । कुराँस खेलमा सहभागी दीपक छन्त्यालले त झनै अनौठो दृश्य देखाए । पुरुषको ९० केजी तौल समूहमा सहभागिता जनाउन कुराँसको खेलस्थलमा पुगेका दीपक खेल्ने समयमा शौचालय गएका थिए । तर, शौचालयबाट फर्कंदा उनको खेल्ने समय सकिइसकेको थियो । खेलको समयमा रेफ्रीले रिङमा दीपकलाई बेलाउँदा आएनन् । त्यसपछि रेफ्रीले लेबनानका पिरे बाउट एब्बाउडलाई विजयी भएको घोषणा गरेका थिए । बुद्धिचाल खेलमा पनि नेपालका चर्चित दुई खेलाडीले सामान्य प्रदर्शन गरे । सातौं चरणसम्म खेलिएको खेलमा नेपालका मदनकृष्ण कायस्थ र मोनालिसा खम्बूले पहिलो चरणमै विपक्षीलाई वाकओभर दिनु परेको थियो । खेल सुरु हुनुभन्दा ४० मिनेटपछि खेलस्थल पुगेपछि उनहरूले विपक्षी खेलाडीलाई वाकओभर दिनु परेको हो । बिहान ९:०० खेलमा पुग्नुपर्नेमा कायस्थ र खम्बू ९:४० मा खेलस्थल पुगेका थिए । यसैगरी नेपाली बास्केटबल टोलीले पनि समूह चरणका सबै खेलमा हार खेप्यो । नेपाल उज्वेकिस्तानसँग १८-१६ अंक, किर्गिस्तानसँग १९-१५ अंकले पराजित भयो । लगातार दुई हारपछि अघिल्लो चरणको यात्रा गुमाएको नेपालले मंगोलियासँग प्रतिष्ठाका लागि खेलेको खेलमा समेत हार बेहोर्योव । पौडी र किक बक्सिङमा पनि नेपाली खेलाडी जम्न सकेनन् ।
1,172
आगमी ४ मंसिर २०७९ मा हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि सुनसरी–१ बाट अध्यक्ष राईले चुनावको तयारी गरेका हुन् । अध्यक्ष राई यसअघि नी धरानबाट चुनाव लडेका थिए । त्यसको तयारीका लागि अध्यक्ष राई अहिले धरान पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका स्थानीय नेताहरुले पनि अध्यक्ष राईलाई सुनसरी-१ बाट चुनाव लड्न सुझाव दिएका छन् । कांग्रेसका नेता तथा दलीय संयन्त्रका संयोजक किशोर राई, कांग्रेस क्षेत्र नं १ का सभापति सुरेन्द्र गोले, क्षेत्र १ ‘क’का सभापति अनिल श्रेष्ठ, कांग्रेस धरान उपमहानगरका सभापति श्याम पोखरेल, नेकपा माओवादी प्रदेश १ का सदस्य तथा धरान उपमहानगरका इन्चार्ज चोत्लुङ, नेकपा माओवादी प्रदेश १ का सदस्य अशोक राई, नेकपा एकीकृत समाजवादी धरान उपमहानगरका अध्यक्ष रेवतीरमण राई, जसपा धरान उपमहानगरका अध्यक्ष ताजुब लिम्बूलगायत नेताहरुले धरान-१७ रेल्वेस्थित अध्यक्ष राईको निवासमै भेटेका हुन् । भेटमा नेताहरुले धरानबाट चुनाव लड्न सुझाव दिदै धरानको समग्र विकासको बारेमा कुराकानी गरेका थिए । उनीहरुले धरानको विकासका लागि संघीय सरकारसँग बजेट मिलाउन डेलिगेशन जाने र सोका लागि पहल गरिदिन आग्रह गरेका थिए । अध्यक्ष राईले विकासको योजनाबारे लिखित माग तयार पार्न आग्रह गर्दै सोका लागि पुरै सहयोग गर्ने प्रतिबद्धता जनाए । सो क्रममा उनले धरानमा एक हजार मानिस अट्ने सभाहल निर्माणका लागि आफूले पहल गरेको स्मरण पनि गरे । उनले धरानको दन्तकाली, बुढासुब्बा, विष्णुपादुकादेखि चतरा, बराहक्षेत्र र रामधुनीसम्मलाई जोड्ने गरी धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नुपर्ने बताए । उनले चालू आर्थिक वर्षमै बजेट पाउने गरी संघीय सरकारसँग डेलिगेशन जाने हो भने ढिला नगर्न आग्रह गरे । गत निर्वाचनमा अध्यक्ष राई नेकपा (एमाले) का उम्मेदवार जयकुमार राईसँग पराजित भएका थिए । जयकुमारले ४४ हजार ५ सय २८ मत प्राप्त गरे थिए भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त ल्याएका थिए। भूमिगत समयमा उनले धरानलाई आधार बनाएर संगठन गरेका थिए । मदन भण्डारी सगरमाथा कोशी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रुपमा धरानबाट राजनीति गरेका थिए । ०४६ सालको आन्दोलनताका पनि धरानमा रहेर आन्दोलन संग्लन थिए । उनले ०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिष्टको संगठन बिस्तार गरेका थिए । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
1,173
नगरी नहुने भए बुल्डोजरको प्रयोग कानुनको सीमा भित्र रहेर मेघा परियोजनाहरूमा प्रकृतिका संरचनाहरूलाई छेडखान नगरी कडा निगरानीका बिच अनुमति दिइन्छ । भारतका कुनै पनि सहरमा पहाड खोतल्न बुल्डोजर त के गमलाको फूल गोड्ने चुच्चे कुटो समेत प्रयोग गर्न पाइँदैन । नयाँ दिल्ली ,मुम्बई , दार्जिलिङ, सिमला, माउन्टआबु, पचमढी सिक्किम तिर पुगेर हेरे हुन्छ ,युरोप जानु पर्दैन । बुल्डोजर नभएर विकास नहुने हैन । मिश्रका पिरामिड ,अमेरिकाको गोल्डेन गेट , एफिल टावर, चीनको ग्रेटवाल, भारतको ताजमहल, यस्ता हजारन कालजयी संरचनाहरूको निर्माण गर्दा बुल्डोजरले जमिन खारेका ,सम्म्याएका वा जग खनेका होइनन् । नत १०० वर्ष अगाडी अमेरिकाले चन्द्रमाको दुरी भन्दा दुई/तिन गुणा लामा र फराकिला सडक र रेल प्रणाली निर्माण गर्दा नै डोजर प्रयोग गरिएको थियो । माफिया राजनीतिकर्मी र आपराधिक चरित्रका मानिसहरूको हातमा बुल्डोजरको चाबी हात हातमा पुग्दा पृथ्वीका सबै भन्दा कान्छा हाम्रा हिमाल मध्य महाभारत शृङ्खला, चुरे तथा नदीनाला, खोल्सा-खोल्सीहरू ध्वस्त भइसके । पोखरा महाविनाश र प्रलयको सँघारमा पुगिसकेको छ । अहिले होस पुर्‍याएनौ भने भोली कसैले बचाउन सक्दैनन् । अब अति भयो । कम से कम बुल्डोजर, एक्साभेटर आदि राक्षसहरूलाई एक वर्ष विश्राम दिऊँ , ’बुल्डोजर होली डे’ पोखरालाई बनाऊँ । सके गण्डकी प्रदेश नै बनाऊँ । फेवाको पानी रातभरको मुसलधारे पानी बर्सेर पहाडबाट भल बगेर भरिदा पनि भोली बिहान कञ्चन भइसक्थ्यो । अहिले वर्षाद पछिको एक महिनासम्म पनि फेवाको पानी धमिलै देखिन्छ । फेवा तथा अन्य ताल तलैयाहरूका सिमसार कोदालोले खनेर डोकोमा बोकेर पुरिएका हैनन् । पहाडमा सडकको नाममा डोजरले खोतलेका पहाडका छातीबाट आउने माटाले ताल धमिलो मात्र हैन सतह उकासिएर गहिराइ दुई तिन मिटरमा झरी सकेको छ र कुनै दिन फुटबल मैदान बन्दै छ। सेती नदीको सतह मात्र हैन दायाँ बायाँका किनार बस्ती बजारहरूको पिँधै उधिनेर बुल्डोजर चलाउँदा पृथ्वी राजमार्गसमेत कोत्रे विजयपुर खण्डको खेत बस्ती खतरामामा छ । कतै कतै राजमार्गको ४/५ सम्म पेलिँदै आइसक्यो । गगनगौंडा आसपास एक बकेट बालुवा डोजरले तान्दा हेम्जासम्मको नदी प्रवाह र जमिनको बनावटमा क्षति हुन सक्छ भन्ने सामान्य विज्ञान पनि हामीले हेक्का राखेनौँ भने आजको दश वर्ष भित्र पोखरा भन्ने नामै रहँदैन । युरोप अमेरिका त के नजिकै भारतमा समेत बनिरहेका बहुमञ्जिल घरहरू समेतमा प्रकृतिजन्य पदार्थहरूको प्रयोग हुँदैन । स-साना आवासीय घरहरूमासमेत ढुङ्गा, बालुवा, कङ्क्रिट प्रयोग नगरी ती भन्दा टिकाउ र सुविधा सम्पन्न अत्याधुनिक भूकम्प प्रतिरोधक घरहरू निर्माण भइरहेका छन् । ती प्रविधि र निर्माण सामाग्रीहरू हाम्रो पहुँचमा आइसकेका छन । हाम्रै देशमा उत्पादन हुन थालिसकेका छन् । अब हामी त्यता जानु पर्छ । महानगरले पनि विभिन्न तरिकाले नागरिकहरूलाई त्यस्ता निर्माणहरू गर्न सहजीकरण गर्नु पर्छ । सकिन्छ गण्डकी प्रदेश पुरै नसके पोखरा महानगर सम्मलाई एक वर्षको निमित्त ‘बुल्डोजर होली डे ‘ बनाऊँ । त्यसपछि हुन आउने केही असहजता अप्ठेराहरू भए छलफल गरेर के गर्न सकिन्छ गरौँ ।
1,174
पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाह भएको छ । र यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ । बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालार्य एक प्रमुख बस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ । हाम्रो गाँउघर खेतवारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी बनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ । जस्तै : पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ । : पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम( भिक्स) निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ । पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ । बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ । : पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ( पिम्पल्स) हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ । यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ । प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ । एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ । तपाईँले पुदिना बारेका यतिधेरै जानकारी लिँदा अल्छी लागेको त छैन नि ? यदि लागेको छ भने यसो गर्नुस :- पुदिना अथवा पुदिना मिसिएको पदार्थको सेवन गर्नुस अल्छि भगाउनुस ।
1,175
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन् । विभागका अनुसार भानु नगरपालिकाका २३, म्याग्दे गाउँपालिकाका १३, बन्दीपुर गाउँपालिकाका १२, व्यास नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका २४, घिरिङ गाउँपालिकाका १०, आँबुखैरेनी गाउँपालिकाका १५, देवघाट गाउँपालिकाका १२, भीमाद नगरपालिकाका १३, ऋषिङ गाउँपालिकाका नौ जना सुपरीवेक्षकका लागि छनोट भएका हुन् । जनगणनाका तनहुँमा दुई हजार ३४६ जनाले निवेदन दिएका थिए । विभागले गणकको नतिजा भने सार्वजनिक गरेको छैन । जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाका अनुसार तनहुँमा एक हजार ६२५ महिला, ७१९ पुरुष र दुई अन्य लिङ्गीले निवेदन दिएका थिए । जनगणनाका लागि जिल्लामा ५३५ गणक र १२० सुपरीवेक्षक खटाइनेछ । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ । पहिलो चरणमा विसं २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन सञ्चालन हुनेछ । उक्त क्रममा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा परिवारमा पुगी घर तथा घरपरिवार सूचीकृत फारममार्फत घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका महिला तथा पुरुष र अन्य तेस्रो लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ । दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । उक्त क्रममा गणकहरुमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिनेछ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ । जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ ।
1,176
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) पनि काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि हिजै (बिहीबार) मात्र काठमाडौंको दहचोकका ७ वर्षकै बालक र चन्द्रागिरिका ३२ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित ठहर भएका थिए। यसरी काठमाडौं उपत्यकामा मंगलबारदेखि शुक्रबारसम्म ४ दिनभित्र ६ जना काेराेना संक्रमित फेला परेका छन्। शुक्रबारसम्म देशभर कोरोना संक्रमितको संख्या २६७ पुगेको छ। स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) काठमाडौंका ७ वर्षीय बालकसहित एकै दिन १८ संक्रमित फेला परेका हुन्। यीसमेत गरेर अहिलेसम्म जम्मा संक्रमितको संख्या २६७ पुगेको हो। तर यीमध्ये ३३ जना निको भइसकेका छन् ।
1,177
साँझसम्ममा सूची सार्वजनिक गर्ने तयारी भएको आयोगको भनाइ छ । त्यसअघि दलहरूले बुझाएको बन्दसूची सच्याउन आयोगले आज अपराह्न्न ४ बजेसम्मको समय दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेको पाइएको छ । आयोगको तथ्याङ्कअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् । ती दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि फेला परेको र सच्याउन पत्राचार गरिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो ।
1,178
बुधवार नेपाल आउने भारतीय विदेशमन्त्री एस जयशङ्करका लागि यो भ्रमण ‘आफ्नो नमिठो विगत बिर्साउँदै द्विपक्षीय सम्बन्ध विस्तारका लागि विश्वसनीयताको वातावरण स्थापित गर्न महत्त्वपूर्ण हुने’ नेपाल मामिलाका एक भारतीय विज्ञले बताएका छन्। भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गरेपश्चात् बुधवार नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ भारतीय नेता हुन्। तर एस जयशङ्करको नामसँगै धेरै नेपालीहरू भारतले नेपालमा लगाएको पछिल्लो अघोषित नाकाबन्दी सम्झिन्छन्। विदेशसचिव हुँदा सन् २०१५ मा दिल्लीका विशेष दूतको हैसियतमा काठमाण्डू आएका उनले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ। तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको धेरैको बुझाइ छ। नाकाबन्दीसँगै नेपालमा भारतविरोधी भावना बढ्नुमा जयशङ्कर पनि जिम्मेवार रहेको भारतीय सेनाबाट अवकाशप्राप्त मेजर जनरल अशोक मेहता बताउँछन्। “त्यसैले भारत-नेपालको विशेष सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन अहिलेको भ्रमणमा उनले आफ्नो विगत बिर्साउने गरी विश्वसनीयता कायम गर्न सक्नुपर्छ।” त्यसका लागि काठमाण्डूको कुनै बौद्धिक वा प्राज्ञिक मञ्च प्रयोग गरेर त्यस समयको कुरा गर्दै भएको क्षतिका लागि ‘पश्चात्ताप गर्नु’ हितकर हुने मेहताको भनाइ छ। साथै दुवै देशका प्रतिनिधि सम्मिलित प्रबुद्ध समूहको बैठकको प्रतिवेदन अहिलेसम्म दुवै देशले बुझेका छैनन्। “जसमा नेपाल पक्षले राखेका केही विषयमा भारतका असन्तुष्टि छन् जसलाई सच्याउन भारतको आग्रह छ।” तर संशोधनको लागि दिइएको त्यो सुझाव के थियो भन्ने चाहिँ मेहताले खुलाएनन्। नेपालमा ‘माइक्रोम्यानेजमेन्ट’ भनिने देशका ससाना र आन्तरिक विषयमा समेत भूमिका देखाउने वा हस्तक्षेप गर्ने भन्दै आरोप खेप्ने गरेको भारत अहिले त्यस्तो अवस्थामा नरहेको मेहता ठान्छन्। “नेपालमा पछिल्लो लगानी सम्मेलन हुँदा दुवै देशका विदेश सचिवहरूले भारतीय सहयोगका परियोजनाका बारेमा समीक्षा गरेका थिए जुन यसअघि कहिल्यै हुँदैनथ्यो।” अहिले भारतले अन्य देशलाई दिने सहायता समेत भुटानपछि नेपालमा सबैभन्दा बढी छ। तर वर्षौँदेखि चर्चा भए पनि कतिपय महत्त्वाकाङ्क्षी परियोजना भने अझै अगाडि बढ्न नसकेका उदाहरण छन्। पहिले गुप्तचर निकाय, कर्मचारीतन्त्र वा राजदूतका भरमा हुने संवाद अहिले मन्त्रीहरू र प्रधानमन्त्री तहमा भइरहनुलाई सकारात्मक मान्नुपर्ने उनको भनाइ छ। “नेपाल र भारतबीचको संयुक्त आयोगको बैठक समेत थुप्रै वर्ष नभएर पूर्वविदेशमन्त्री सुषमा स्वराजको पालामा सुरु भएको हो जसलाई निरन्तरता दिनु पनि सकारात्मक हो।” बैठकको पूर्वसन्ध्यामा बीबीसी हिन्दीसँग बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नाकाबन्दीलाई ‘इतिहासको एउटा यथार्थ भन्दै अब अगाडिको बाटो हेर्नुपर्ने’ बताए। “नेपाल र भारतबीचको सम्बन्ध निकै बहुआयामिक र अन्योन्याश्रित रहेकाले मिलेर अगाडि बढ्नुको विकल्प छैन। विगतबाट दुवै देशले पाठ सिकेका छौँ तर त्यसको छायाँ वर्तमानमा पर्न दिने छैनौँ।” त्यस क्रममा नेपाल-भारतको सम्बन्धलाई चलायमान बलाउने संयन्त्रमध्येको मन्त्रीस्तरीय सहअध्यक्षता हुने संयुक्त आयोगको बैठक अगाडि बढाइएको नेपाली अधिकारीहरूको भनाइ छ। यो संयुक्त आयोगको पाँचौँ बैठक हो। चीनसँग नजिकिँदा भारतसँगको सम्बन्धमा पर्नसक्ने असरका बारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, “भारतसँग हाम्रो विशेष सम्बन्ध छ तर चीन समेत हाम्रो छिमेकी हो। चीनसँगको सहकार्य भारतविरोधी होइन।” ज्ञवालीले अहिलेको बैठक खासगरी दुई देशका प्रधानमन्त्रीबीच दिल्लीमा भएका समझदारीलाई अगाडि बढाउने आर्थिक मुद्दामा केन्द्रित हुने बताए ।
1,179
सोमबार पूर्वी चितवनको रत्ननगर आयोजित कार्यक्रममा पोल्ट्री व्यवसायीहरुले राज्यले सहयोग गरे छिट्टै मासुमा देशलाई आत्मनिर्भर गराउन सकिने बताए । कार्यक्रममा पशुपंछी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीले देश अन्डामा आत्मनिर्भर भएकाले अब मासु र दूधमा आत्मनिर्भर बनाउने दिशामा लाग्न व्यवसायीहरुलाई आग्रह गरे । यस्तै, पछिल्लो समयमा तीव्र खन्डीकरण र जग्गाको मूल्य अधिक हुँदा लगानी गर्ने व्यवसायीहरु निरुत्साहित हुन थालेको ह्याचरी संघका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलले बताए । केही वर्षअघिसम्म हप्तामा २ लाख चल्ला बिक्री गर्ने व्यवसायीहरुले अहिले हप्तामा २५ लाख चल्ला बिक्री गर्दै आएका छन् । पोल्ट्री व्यवसायमा भित्रिएको लगानी र प्रविधिले यसको दायरालाई बढाउँदै लगेको ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । देशको कुल ग्राहस्थ उत्पादनको करिब ४ प्रतिशत योगदान अहिले पोल्ट्री क्षेत्रको रहेको छ । पोल्ट्री व्यवसायमा ८० अर्ब रुपैयाँको लगानी रहेको बताइन्छ । यो क्षेत्रमा १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सबैजसो उपभोग्य वस्तुहरु आयात गर्ने नेपाल अन्डामा भने आत्मनिर्भर बनेको छ । गत वर्ष कुल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ ओटा अन्डा उपलब्ध थियो । हाल सो उत्पादनमा ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर बनेको हो । गत तीन वर्षदेखि हाँस र कुखुराको अन्डा उत्पादनमा लगातार वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
1,180
अतिरिक्त कामको प्रोत्साहन भत्तालगायतका ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा रहेका सङ्घीय संसद्का कर्मचारीको माग पूरा गर्न राजनीतिक पहल सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमुख दलका प्रमुख सचेतकलगायतसँग सोमबार छलफल गर्नुभयो । बजेटसँग सम्बन्धित विषय भएकाले मङ्गलबार अर्थमन्त्री वर्षमान पुनसँग समेत थप छलफल गर्ने निष्कर्ष बैठकले निकालेको छ । सभामुख घिमिरे र अध्यक्ष दाहालले सोमबार दलका प्रतिनिधिसँग समस्या समाधानबारे परामर्श गर्नुभएको हो । कर्मचारी युनियनका प्रतिनिधिले भने माग पूरा नभए पूर्वनिर्धारित कार्यक्रम अनुसारको आन्दोलन जारी रहने छलफलमा बताएका छन् ।
1,181
फेरि राजतन्त्र आउला नआउला केही टुङ्गो छैन तर, राजाका लागी गतिबिधीहरु भने हुन थालेको छ । यस्तैमा सुनसरीको ईटहरीमा राजाको लागि श्रीपेच बन्दै गरेको खबर हामिले पायौ । राजतन्त्रलाई हौसला दिन भन्दा पनि यो एक कला भएका कारण हामिले यसलाई क्यामेरामा कैद गर्यौ । ईटहरीमा सुनचाँदी ब्यवसाय संचालन गर्दै आएका कर्ण विश्वकर्मा सेन्चुरीले यो श्रीपेच बनाउदैछन । राजा फर्किन्छ र उनले लगाउने श्रीपेच भन्दा पनि यो एक उपहार हो । सेन्चुरीले आफ्नो ब्यक्तिगत रुपमा उपहार दिनको लागि यो कार्य गरिरहेका हामिलाई बताए । राजतन्त्र बिस्थापित भएर गणतन्त्र सुरु भएदेखि नै राजालाई श्रीपेच बनाएर उपहार दिने उनको सोच थियो । हेर्नुस् उनी संग गरिएको कुराकानी । समय परिस्थितिले साथ यतिबेला दिएको कारण आफुले केही महिना अघिबाट यो कार्य सुरु गरेको बताए । लगभग १ लाखमा सकाउने योजना उनको रहेपनि नबनाउनु बनाउन सुरु गरेपछि राम्रै बनाएर दिने उद्देश्य सहित यसको लागत करिब ५ लाख पुग्ने कुरा हामीसंगको भिडियो कुराकानीमा भनेका छन् । आफुले प्रत्यक्ष रुपमा राजाको श्रीपेज नदेखेको तर उक्त श्रीपेज बनाइसक्दा ८० प्रतिशत सक्कलीको आकारमा बन्न सक्ने उनको भनाइ छ । आफुले कसैसंग उक्त श्रीपेज बनाउनको लागि कुनै रकम नलिएको समेत जानकारी गराए ।
1,182
भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गर्नुभएको हो । फ्यूल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ । डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास रहेको छ । यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।
1,183
नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको २१औँ साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको हो । संघको अध्यक्षमा सुभेन्द्र जोशी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा छन् । यस्तै, कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी चयन भएका छन् । सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलविक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली र प्रवीणकुमार थापा चयन भएका छन् । वन पैदावारको उचित सदुपयोग हुन नसक्दा खेर गइरहेको पैदावार बराबरको वस्तु आयात गर्नु परिरहेको संघको गुनासो छ । साधारणसभामा संघका निवर्तमान अध्यक्ष रुपेश प्रधानले वैज्ञानिकीकरण, बजारीकीकरण र आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको बताए । उत्पादित काठ पनि समयमा कटान, संरक्षण, लिलाम र व्यवस्थापन गर्न नसक्दा फर्निचर व्यवसायीले समस्या खेप्नु परिरहेको, चाहिएको बखतमा उचित मूल्यमा सुलभ तरिकाले वन पैदावर नपाउँदा आयातित काठजन्य कच्चापदार्थमा भरपर्ने दिन आएको उनको भनाइ थियो । संघले फर्निचर उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कर नीति ल्याउन पनि सरकारसँग माग गरेको छ । नत्र हाल सरकारी निकायले पनि आवश्यक फर्निचर सामग्री विदेशबाट आयात गर्ने प्रचलन बढेर जाने संघको ठहर छ । संघका नवनिर्वाचित अध्यक्ष जोशीले कोभिड–१९ का कारण माग कटौती हुँदा व्यवसाय संकटमा परेको बताए । ‘‘फर्निचर उद्योगमा श्रमिकको पनि समस्या छ । यस्तै, उद्योग खोल्ने ठाउँको पनि अभाव रहेकाले व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन सरकारसँग आग्रह गर्दछौँ,’’ जोशीले भने । कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउनका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको बताए । वर्षेनि १२ अर्ब रुपैयाँ बराबरको काठ आयात भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादनको खपत बढाउन र काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरिएको उनले जानकारी दिए । देशभर १२ हजारको हाराहारीमा फर्निचर व्यवसायी छन् । सो व्यवसायले दुई लाख बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । सो व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँमाथि छ ।
1,184
कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्वीरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत वर्सात् भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्। कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्वीरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत वर्सात् भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्। हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा रहेकी कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा। मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ। विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’’ उनले पति सीताराम कट्टेल ‘धुर्मुस’जस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन्। उनी लेख्छिन्, ‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु।’’ ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।
1,185
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले लाखौँ ठगी गरेको खुलेको छ । नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको महानगरीय अपराध महाशाखाले जनाएको छ । डब्लूएचओमा जागिर खुलेको भन्दै चितवन भरतपुरकी अस्मिता अधिकारीलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत एक लाख ८२ हजार लिएर फरार भएका थिए । उजुरीका आधारमा खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनलाई मङ्गलबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुल्न आएको छ । काठमाडौँका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट १८ लाखको फर्निचर किन्छु भनी ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी तीन लाख ५० हजार ठगी गरेको पाइएको छ । यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।
1,186
सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई भक्तपुर नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित १६ जना बुधबार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रुपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
1,187
काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ । यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ ।
1,188
यस भन्दा अघि ‘चञ्चले चञ्चले….बोलको गीत लेखेर स्रोता–दर्शकमाझ आफ्नो परिचय बनाएका लामिछानेले यो वियोगान्तक गीत लिएर आएका हुन् । हिमाल सागरको स्वरमा रहेको यो गीतमा बिक्रम थापाको सङ्गीत रहेको छ । युट्युव मार्फत सार्वजानिक गीतको भिडियोमा सन्तोष, रमेश, अक्ष्यतालगायतका कलाकारलाई फिचरिङ गरिएको छ । यादब पुडासैनीले निर्देशन गरेको भिडियोमा सुरेश बज्रचार्यले छायाँकन गरेका छन् । थुप्रै गीत लेखका सुरजले ओम प्रतिक निर्देशकमा बनिरहेको चलचित्र ‘बटर फलाई’का लागि पनि गीत लेखेका छन् जसमा गायक सिमान्त सन्तोष लगायतका स्वर दिएका छन् ।
1,189
बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन्। गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो। गल्याङ नगरपालिका–९ गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन्। चार युवा कुसुम भण्डारी, विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको सक्रियतामा सञ्चालित मुरी एग्रो गाई फार्म प्रालि, म्युजिकल होमस्टे, सङ्गीत समूह एवं पाठशाला, युवा जागरण कृषि सहकारी, कालिका भगवती मन्दिर पर्यटकीय योजना, साना तथा मझौला व्यवसायबाट धेरै जना स्वरोजगार बनेका छन्। गाईपालनमा लागेका युवाले धेरैभन्दा धेरै युवालाई जन्मथलोमा स्वरोजगार बन्न प्रेरणा दिने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छन्। यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेका गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन्। अढाइ वर्ष पहिले सञ्चालित मुरली एग्रो फर्म प्रालि उदाहरणीय भएपछि अध्ययन अवलोकानको थलो बनेको छ। चार युवाले रु ३० लाखको लगानी गरेर १३ गाईबाट व्यवसाय सुरु गरेका थिए। हाल फार्ममा होलिस्टन र जर्सी क्रस जातका २८ गाई छन्। दुहुना पाँच, ब्याउनी ११, उन्नत साँढे एक, सानो साँढे एक बाँकी बाच्छाबाच्छी र साँढे नलगाएका गाई छन्। मुरली एग्रो फार्मका सञ्चालक कुसुम भण्डारीले हिउँद बर्खा, ७० देखि एक सय ५० लिटरसम्म दैनिक दूध उत्पादन हुने बताए। उनले मासिक रु डेढ लाखदेखि तीन लाखको दूध बिक्री हुने गरेको बताए। गेझा कालिका भगवती मन्दिर निर्माण समितिका अध्यक्षसमेत रहेका कुसुमले भौगोलिक विकटाता र अनुभवको कमीले सुरुआती चरणमा समस्या झेल्नुपरे पनि पछिल्लो समय सहज हुँदै गएको बताए। अर्का सञ्चालक विष्णुले बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि युवाको सक्रियतामा गाईपालन, घरबास, सङ्गीत पाठशाला, कृषि सहकारीलगायतका कार्यक्रम सञ्चालन गरेको बताए। 'गाउँ बसौँ, गाउँ फर्कौं कार्यक्रमअन्तर्गत बसाइँ सरेर गएकालाई गाउँ फर्काउने अभियानसहित गाईपालन सुरु गरेका हौँ', उनले भने, 'गाउँमा भएका प्रत्येक युवालाई कुनै न कुनै उद्यममा जोडिन प्रेरणा दिएका छौँ, फलस्वरुप गाउँमा उद्यम गर्नेहरु बढ्न थालेका छन्।' घरबासमार्फत बाहिरका मान्छेलाई गाउँमा भित्र्याउने गरेको उनले बताए। विष्णुले भने, 'आएका पाहुनालाई सङ्गीतले स्वागत गर्दै दूधका परिकार, स्थानीयस्तरका जैविक खाना खुवाउने गरेका छौँ।' अहिले फार्म अवलोकनसहित घरबासमा बस्न आउनेको सङ्ख्या बढ्दो छ। यहाँ गाई फार्मको अवलोकन, गेझा कालिका भगवती मन्दिरको दर्शन, सङ्गीतमा रम्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। 'बसाइँसराइको क्रम डरलाग्दो थियो', उनले भने, 'युवा जागरणपछि गाउँमा आर्थिकउपार्जन गर्ने बढेका छन्, दुई अढाई वर्ष भयो बसाइँसराइ रोकिएको छ।' नगरपालिकाका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले एग्रो फार्मका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, उन्नत जातको साँढे, गँडेउला मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, उपचारलगायतका सहयोग गरेको बताए। फार्मले जागरण कृषि सहकारी संस्था लिमिटेडमार्फत गाई पकेट कार्यक्रमअन्तर्गत करिब रु २५ लाख अनुदान लिएको अर्यालको भनाइ छ। उनले अघिल्लो वर्ष दूध चिस्याउन, कुराउनी, खुवा बनाउने मेसिन सहयोग गरेकोसमेत अर्याल बताए। नगर प्रमुख गुरुप्रसाद भट्टराईले अमेरिकाबाट प्राविधिक तथा प्रशिक्षक ल्याएर कृषकलाई तालिम, पशुको स्वास्थ्य परीक्षणलगायतका काम नगरपालिकाले गरिरहेको बताए। उनले नमूना कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासो टिपोट गर्ने र सल्लाह दिने गरिएको जनाउनुभयो। कृषकले ५० प्रतिशत नभएर शतप्रतिशत अनुदानको व्यवस्था गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।
1,190
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उहाँले भन्नुभयो– “कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छाँै । स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।” मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताउनुभयो । प्रमुख आयुक्त डा यादवले भन्नुभयो– “अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद् घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ । दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उहाँले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिनुभयो । पहिलो चरणको निर्वाचन अपेक्षा गरेकोभन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दाबी गर्दै उहाँले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसङ्ग गर्नुभयो । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो । वि.सं.२०७४ जेठ ११ बिहीवार ०६:४३ मा प्रकाशित काठमाडौँ ।
1,191
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेकथ्रु भएको छ। इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युतगृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको १ सय ३ मिटर लामो ठाडो सुरुङ र विद्युतगृहतर्फबाट खनिएको ४ सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी र्दिए। संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ गत मङ्सिरमा नै जोडिएको थियो। आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए। “निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, सुरुङमार्गलाई फिनिसिङ गर्ने काम सुरु भइसकेको छ, विद्युतगृह र बाँधतर्फको काम पनि तीव्र गतिमा छ, आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, आयोजना प्रमुख हमालले भने। सो आयोजनाको विद्युतगृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने हेडबक्सतर्फ ७० प्रतिशत काम सकिएको छ। आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको आयोजना प्रमुख हमालले बताए। रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने सो आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ। सो आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।
1,192
प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । धरौटीमा रिहा हुनेमा चितवनका साजन महतो, सिन्धुपाल्चोक बाह्रबिसे–८ का रेशम पौडेल, रामेछापका हिरा घिसिङ, काभ्रेका संजिव पहरी, काभ्रेकै अजय श्रेष्ठ, नुवाकोटका गणेश थापा रहेका छन् । त्यस्तै इलामका सागर राई, कालिकोटका देउराम लोहार, कालिकोटकै नवराज के सी, उदयपुरका शिव वि क, कालिकोटका अनिल विक, मकवानपुरकी कल्पना रुम्बा र मकवानपुरकै चन्द्र बहादुर मोक्तानलाई पनि धरौटीमा छाडिएको छ । कार्कीटारमा एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
1,193
तत्कालिन स्थानीय विकास मन्त्रीका सल्लाहकार माधव सापकोटाको पहलमा स्थानीय विकास मन्त्रालयबाट माओवादी नेताहरुको सिफारिसमा सिन्धुपाल्चोकमा विभिन्न योजनाहरुमा रकम हालिएको थियो । जिल्ला समन्वय समिति मार्फतबाट सडक निर्माण लगायत अन्य कार्यहरु हुने भएपनि चुनाव निजकदै जाँदा मतदातालाई प्रभावित पार्ने गरी माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य एवम पुर्व मन्त्री अग्नि सापकोटाले सडक उद्घाटन गरेका छन् । हाल बलेफी गाउँपालिका फुल्पिङडाँडाको सातदोबाटे ,नेपाली टोल हुदै अदमारसम्म पुग्ने सडक केही दिन अघि मात्रै डोजर लगाएर निर्माण भएको थियो । निर्माण सकिन साथ माओवादी केन्द्रका नेताहरुको सहभागीतामा सापकोटाले पसल काटेर सडक उद्घाटन गरेका थिए । निर्वाचन आचरसंहिता विपरीत उद्घाटमा व्यस्त देवराज सुवेदी , ४ वैशाख सिन्धुपाल्चोक । निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् । निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन लगायतका गतिविधिहरु गर्न नपाइने भएपनि माओवादी केन्द्रका नेताहरु निर्वाच्न आचारसंहिता विपरीत नयाँ सडक खन्ने र त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।   तत्कालिन स्थानीय विकास मन्त्रीका सल्लाहकार माधव सापकोटाको पहलमा स्थानीय विकास मन्त्रालयबाट माओवादी नेताहरुको सिफारिसमा सिन्धुपाल्चोकमा विभिन्न योजनाहरुमा रकम हालिएको थियो । जिल्ला समन्वय समिति मार्फतबाट सडक निर्माण लगायत अन्य कार्यहरु हुने भएपनि चुनाव निजकदै जाँदा मतदातालाई प्रभावित पार्ने गरी माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य एवम पुर्व मन्त्री अग्नि सापकोटाले सडक उद्घाटन गरेका छन् । हाल बलेफी गाउँपालिका फुल्पिङडाँडाको सातदोबाटे ,नेपाली टोल हुदै अदमारसम्म पुग्ने सडक केही दिन अघि मात्रै डोजर लगाएर निर्माण भएको थियो । निर्माण सकिन साथ माओवादी केन्द्रका नेताहरुको सहभागीतामा सापकोटाले पसल काटेर सडक उद्घाटन गरेका थिए ।
1,194
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज एक विज्ञप्तिमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । ‘नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको छ,’उनले भनेका छन्, ‘लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ । यो गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’ सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको दाबी गरेका छन् । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको उनले बताएका छन् । ‘हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ,’ उनले थपेका छन्, ‘साथै सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको छ । लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नै पर्दछ ।
1,195
हरेक वर्ष भदौ १ गतेको दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर मातातीर्थ र साँगा सँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ । गोपालवंशी गोपालकहरूमध्ये एकजनाको गाईले राति–राति काठमाडौंको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध झारेर आउने गर्दोरहेछ । यो कुरा थाहा पाएर गोपालकका नाइके त्यस स्थानमा गई खनेर हेर्दा ऊ अग्निको ज्वाला निस्केर भस्म भएछ । पछि त्यही स्थानमा पशुपतिनाथको स्थापना गरिएको हो, भनिन्छ । उसैलार्ई ने मुनिले नै राजा बनाएको हो, भनिन्छ । भुक्तमानपछि जय गुप्त, परम गुप्त, भीम (हर्ष) गुप्त, भीम गुप्त द्वितीय, मणि गुप्त, विष्णु गुप्त र जययक्ष गुप्तसम्म आठ पुस्ता गोपालवंशीको राज्य मातातीर्थमा चलेको थियो, भनिन्छ । त्यस सयममा जंगलै जंगल भइरहेको कीर्तिपुरको डाँडामा ‘नरगो’ का गोठाला केटाकेटीले भँेडाबाख्रा चराउन जान्थे । ती गोठालाले त्यहाँ माटोको बाघ बनाई खेलिरहेको बेलामा बाघको जिब्रो राख्न पात खोजेर ल्याउँदा त्यहाँ चराइरहेका सबै भेँडाबाख्रा बाघले खाइसकेको रहेछ । गोठाला केटाहरूले यस्तो दृश्य देखेर डराई गाउँका मानिसलार्ई भन्न जाँदा सबै गाउँले आउँदा यस्तो आश्चर्यजनक दृश्य देखेछन् । जंगलको चारैतिरबाट बाघ कराएको आवाज सुने र डराएर त्यहाँका सबै मानिस काठमाडौंको हाँडीगाउँमा वस्ती नै सरेका थिए, भनिन्छ । ती मानिसहरू बसाइँ सरेपछि पांगा र नगांका ज्यापूहरूलार्ई पनि बाघले दुःख दिन थालेछ । भेँडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर बाघले दुःख दिएकाले मानिसहरू त्रासमा बाँच्नुपर्ने भयो । यस्तो दुःख र त्रासबाट कसरी पार पाउन सकिन्छ भन्दै जान्ने एकजना तान्त्रिकलार्ई देखाउँदा माटोको बाघको शरीरमा भैरव वहन आएकाले यस्तो भएको हो भनेछन् । अब त्यो बाघलार्ई शान्त पार्न हरेक वर्ष सिंह संक्रान्ति अर्थात् भदौ १ गते भेँडा, बोका र राँगा बली दिएर बाघभैरवको जात्रा गर्नुपर्ने बताएछन् । त्यही बेलादेखि बाघभैरवको मन्दिर बनाएर पूजाआजा गरी जात्रा चलाउँदै आएको हो, भन्ने गरिन्छ । ने.सं. ३३५ मा पाटन पिम्वहालका महापात्र जगतपाल बर्माले बाघभैरव देवताको पुरानो मन्दिर भत्काएर पुनर्निर्माण गराई तीनतले प्यागोडाशैलीमा मन्दिर बनाएर भव्य रूपमा जात्रा चलाएका हुन् । हालसम्म पनि प्रत्येक वर्ष भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरेर मेला पर्व मनाइँदै आएको छ । यो दिन बाघभैरवको सानो खट चारजनाले बोकेर सन्ध्याकालमा कीर्तिपुरका सबै स्थानमा घुमाउँदै पूजा थाप्न जाने गरिन्छ । घरैपिच्छेका भक्तजनले खटमा रहेका बाघभैरव देवताको मूर्तिमा पूजा गर्दछन् । यसरी देवताको खट कीर्तिपुरमा घुमाउँदा खटको पछि–पछि हुलका हुल भक्तजन हिँड्ने गर्दछन् । ती भक्तजनहरूमा कोही धूप बाल्ने, कोही लावा छर्ने, कोही धूपबत्ती बाल्ने पनि हुन्छन् । यस जात्राको अर्को एउटा विशेषता भनेको बाघभैरवको मन्दिरमा एक सय आठपटक परिक्रमा गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । यसरी मन्दिर परिक्रममा गर्नेहरूले सन्ध्याकालको चार बजेदेखि रात्रिको दुई÷तीन बजेसम्म पनि मन्दिर परिक्रमा गर्ने काम चलिरहको देख्न सकिन्छ । १२ वर्षमा एकपटक बाघभैरवको भव्य जात्रा गरिन्छ । १२ वर्षे मेलाको रूपमा मनाइने जात्रामा विभिन्न देवीदेवताको नाच पनि देखाउने गरिन्छ । यसरी देखाइने नाचमा भैरव, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ । सर्वप्रथम कीर्तिपुरमै उमामहेश्वरको मन्दिरअगाडि पमाः खलकहरूले वस्त्र चढाएर देवताको नाच नचाउने सुरुवात गर्छन् । यसरी नाच प्रदर्शन गर्ने सन्दर्भमा विभिन्न स्थानमा गरी १८ स्थानमा नाच प्रदर्शन गर्नुपर्दछ । देवीदेवताको यो नाच हनुमानढोकामा पनि प्रदर्शन गर्न ल्याउनुपर्छ । बाघभैरव देतवाको पुजारी न्हुच्छे दर्शनधारीका अनुसार १२ वर्षे जात्रा र नाचका लागि एक वर्षअघिको गथांमुगः चःह्रे अर्थात् घन्टाकर्ण चतुर्दशीदेखि अर्को वर्षको गथांमुगः चःहे्रसम्म नाच सिकाउनुपर्छ । यो नाचलार्ई बेजोड गथुंप्याखं पनि भन्ने गरिन्छ । यही बाघभैरवको शक्तिका प्रभावले ने.सं. ८८४ मा गोरखाका राजा पृथ्वीनारायण शाहलार्ई कीर्तिपुरका सेनाले तीनपटकसम्म युद्धमा हराई फर्काउन सकेको हो इतिहास पाइन्छ । वासुपासाले लेखेका छन्, ‘त्यही युद्धमा पृथ्वीनारायणका भाइ सुरप्रताप शाहको आँखा फुटाइदिएको यिो । अनि त्यही युद्धमा सरदार कालु पाण्डेलार्ई मारिदिएको थियो । कालु पाण्डेका ढाल, तरबार र पोशाक यही बाघभैरवस्थानमा चढाई राखेको थियो रे । पछि ती सामग्री राष्ट्रिय संग्रहालय छाउनीमा लगी प्रदर्शनका लागि राखिएको हो ।’ कीर्तिपुरहरूका इष्टदेवता बाघभैरवको मन्दिरबाहिर ने.सं. ७९६ मा बनाइराखेको सेतो कमेरोले पोतिएको नारायणको मन्दिर, देय् पुखु (देव पोखरी) र वरिपरि कलात्मक घरहरू पनि देखिन्छन् । देय् पुखुमा हरेक वर्ष गाईजात्राका दिन कीर्तिपुरका युवाले पोखरीमा फालिएको राँगाको टाउको समाउने र प्रतियोगिता गर्ने गरिन्छ । जंगली समयको खेल भन्न सकिने यस खेलमा राँगाको टाको ल्याउन सक्ने व्यक्तिलार्ई त्यही वर्षको सबैभन्दा भाग्यमानी मानिस ठान्ने गरिन्छ । बाघभैरवलार्ई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताको रूपमा पनि लिने गरिन्छ । पृथ्वीनारायण शाहलार्ई युद्धमा कीर्तिपुरका एकजना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालार्ई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको हो, भनिन्छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलार्ई एकजना खड्गी र अर्को पुतवार नेवारले थानकोबाट फर्काएर पठाएको हो, भनिन्छ । तर, त्यस्तो गुणको बदला उल्टै पछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलार्ई मारिसकेपछि निहत्या कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिकै न्हाय्द्वं भन्ने स्थानमा पुरिदिए । युद्धको धर्मविपरीत सर्वसाधारण जनताको नाक काटेर पुरिदिएकाले हालसम्म पनि पृथ्वीनारायण शाहको त्यस कुकृत्यलार्ई सम्झेर न्हाय्द्वं पुग्नेबित्तिकै कीर्तिपुरेहरूले थुक्ने गर्दछन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,196
आजकै दिन अर्थात् २०७२ माघ २६ गते कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको थियो। मैले २०४७ देखि झन्डै दुई दशकसम्म उहाँसँग अत्यन्त निकट रहेर काम गर्ने अवसर पाएँ। उहाँलाई म सुशील दाइ भन्थें। अहिलेको नेतृत्वले मात्र होइन युवापुस्ताले पनि उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्। लोकतन्त्रप्रतिको उहाँको प्रतिबद्धता र सरल जीवनशैली अतुलनीय थियो। अहिले उहाँको शालीनताबारे चर्चा गर्नु उपयुक्त हुन्छ । दुःखका साथ भन्नुपर्छ- उहाँको जस्तो जीवनशैली अहिलेका कुनै नेतामा देखिँदैन। युवा पुस्तामा पनि मैले त्यस्तो कुनै संकेत देखेको छैन। कांग्रेसमा सादगीपूर्ण नेताका रूपमा कृष्णप्रसाद भट्टराई निकै सम्मानित हुनुहुन्छ। सुशील दाइ पनि अर्का आदरणीय नेता हुनुहुन्छ। शालीन व्यक्तित्व र साधारण जीवनशैली उहाँका पर्याय थिए। सुशील दाइमा कहिल्यै पनि पदप्रतिको मोह देखिएन। २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हामीले उहाँलाई परराष्ट्रमन्त्री बन्न धेरै अनुरोध गर्‍यौं। तर उहाँ ‘अहिले म मन्त्री बन्ने कुरै नगर’ भनेर पन्छिनुभयो। २०५६ सालमा किशुनजी प्रधानमन्त्री भएका बेला आग्रह गर्दा पनि उहाँ मन्त्री बन्न मान्नु भएन। हुन त कतिपयले ‘उहाँमा क्षमता नभएको’, त कतिले ‘एकैपटक ठूलो पद खोजेको’ जस्ता टिप्पणी गरे। तर, वास्तविकता बिल्कुलै भिन्न थियो। पछि उहाँ पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नुभयो। त्यसैले क्षमताको प्रश्न गलत थियो भन्ने पुष्टि भइसकेको छ। अर्को, त्यति बेला अझ ठूलो पद खोजेर मन्त्री नबनेको भन्ने टिप्पणी पनि सही होइन । किनभने गिरिजाप्रसाद कोइराला वा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नु सुशील दाइका लागि ‘सानो पद’ हुँदैनथ्यो। तर पनि खै किन हो, सुशील दाइले पद ओगट्न चाहनु भएन। मन्त्री बन्ने कुरामात्रै होइन अन्य विषयमा पनि उहाँको मोह उतिसारो देखिँदैनथ्यो। आफूमाथि लागेका लाञ्छनाको वास्ता नगर्ने, त्यसको खण्डन नगर्ने कोइराला उति मुखर नहुनुलाई कसैकसैले उहाँको कमजोरीका रुपमा अर्थ्याउँछन्। पहिलो संविधानसभा निर्वाचनमा तेस्रो ठूलो दलमा खुम्चिएको नेपाली कांग्रेस दोस्रो संविधानसभा निर्वाचनमा उहाँकै नेतृत्वमा पहिलो बन्न पुगेको थियो। जब पार्टीमा उहाँको खाँचो पर्‍याे सुशील दाइ संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सफल हुनुभयो। सबै दललाई सहमतिमा ल्याएर उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो। त्यसबेला लोकतन्त्रप्रतिको उहाँको निष्ठाका कारण पनि हुनुपर्छ उहाँले यो पद स्वीकार गरेको। आफ्नो व्यक्तिगत करिअरमा नकारात्मक असर पर्ला कि भन्ने परवाह नगरी उहाँले छिमेकी मुलुकहरुसँग देशहितमा स्पष्ट अडान लिनुभयो। संविधान जारी गर्दा पनि उहाँको अडान देखिएको थियो। राजनीतिमा लागेर उहाँले न सम्पत्ति जोड्नुभयो, न कुनै अनियमिततामा मुछिनुभयो। अहिलेको पुस्तालाई त्यस्तो पनि हुन्छ र! त्यस्ता पनि नेता थिए र! भन्ने जिज्ञासा उठ्न सक्छ। उहाँसँग गाडी थिएन। अन्तिम अवस्थासम्म पनि उहाँको न घर थियो, न घडेरी। आफ्नो पैतृक सम्पत्तिसमेत उहाँले पार्टी काममा लगाउनुभएको थियो। सबैलाई थाहा छ, अन्तिम समयसम्म पनि आफन्तकहाँ बस्नुभयो सुशील दाइ। सुशील दाइ पार्टी महामन्त्री हुनुहुन्थ्यो। म पार्टी कार्यालयको मुख्य सचिव थिएँ। म, सुशील दाइ र बलदेव मजगैयाँ चाबहिलबाट मेरै गाडीमा पार्टी कार्यालय जान्थ्यौं। एक दिन म गाडी चलाइरहेको थिएँ। सुशील दाइ अघिल्लो सिटमा बस्नुभएको थियो। कुरैकुरामा मैले ‘आज मिष्ठान्न भोजन गराउने पालो महामन्त्रीज्यूको’ भनें। मेरो कुरा सुनेर उहाँको मुख रातो भयो। किन रहेछ भनेर सोध्दा त उहाँको गोजी रित्तो रहेछ। अहिले पनि उहाँको त्यो पाटो सम्झँदा गर्व लाग्छ। सुशील दाइले निर्वाचनका क्रममा पनि जनतालाई अरू नेताजस्तो नचाहिँदो आश्वासन दिनु भएन। उहाँ सधैँ लोकतन्त्र संस्थागत गर्ने र बलियो बनाउने कुरा गर्नुहुन्थ्यो। लोकतन्त्रको सफल अभ्यासबाट नै मुलुकको दिगो विकास हुन्छ भन्ने उहाँको दृढ धारणा थियो। अरू दलको त के कुरा, कांग्रेसमै पनि उहाँको जस्तो गुण भएको नेता छैनन्। जीवनशैली विलासी बन्नु हुँदैन भन्ने कुरामा उहाँ निकै सचेत हुनुहुन्थ्यो। त्यही कारणले उहाँले राजनीतिक उचाइ प्राप्त गर्नुभयो। सबैका प्रिय बन्नुभयो। लोकतन्त्र र सुशासनप्रतिको उहाँको निष्ठामा कहिल्यै कसैले प्रश्न उठाउन सकेन। हुन त उहाँ महामन्त्री र पार्टी उपसभापति हुँदा पनि कांग्रेसमा गुट थियो। तर, अहिलेजस्तो पार्टी, लोकतन्त्र र मुलुकको हितलाई एकातिर पन्छाएर गुटबन्दी हुँदैनथ्यो। अहिले त व्यक्तिगत स्वार्थमा गुटबन्दी भइरहेको छ, लोकतन्त्र, मुलुक र देशका मुद्दा ओझेलमा पारिएको छ। लोकतन्त्रप्रतिको अविचलित निष्ठा, सादगीपूर्ण जीवन शैली, भ्रष्टाचारको कडा विरोध उहाँबाट अनुसरण गर्नुपर्ने विषय हुन्। सुशील दाइप्रति हार्दिक श्रद्धासुमन ।
1,197
नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल भएको देखिन्छ । यसो त गत वर्ष पनि यी दुई महिनामा उत्साहजनक आयात देखिएको थिएन । नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ । गत आवको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुँदै रु १० अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले रु छ अर्ब ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिनुभयो । यस्तै चालु आवको सोही अवधिमा रु ११ अर्ब २५ करोडको वस्तुहरू आयात भएको छ । तर राजस्व भने रु पाँच अर्ब ९९ करोड मात्र असुली भएको छ । राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ । गत वर्षको दुई महिनामा २५ हजार आठ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै रु ९५ करोड ८२ लाखको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा रु ७१ करोड ८२ लाखको मात्र आयात भएको छ । गत वर्ष सुरुको दुई महिनामा रु एक अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा रु एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ । आव २०७८/७९ को सुरुको दुई महिनामा रु १७ करोड ८४ लाखको जीप कार र भ्यान, रु २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, रु एक अर्ब ७० करोडको एमएस बिलेट, रु ७० करोड ५७ लाखको मार्बल स्ल्याव, रु २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो । सोही अवधिमा रु एक अर्ब ७३ करोडको एलपी ग्यास र रु एक अर्ब ४७ करोडको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिएका छन् । चालु आवको साउन र भदौ महिनामा रु ७१ करोड ८२ लाखको ग्लेज टाइल, रु एक अर्ब ९६ करोडको एमएस बिलेट, रु ४५ करोड ७१ लाखको मार्बल स्ल्याब, रु एक अर्ब ६७ करोडको मोबाइल, रु ७७ करोड ४९ लाखको डिजल र रु एक अर्ब ७८ करोडको पिग आइरन आयात भएको छ । चालु आवमै रु ५९ करोड ५७ लाख मूल्य बराबरको इलेक्ट्रिक जीप कार भ्यान आयात भएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुँदै रु ८३ करोड ३२ लाख बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आवको दुई महिनामा रु एक अर्ब ५७ करोड बढीको निर्यात भएको छ । भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहाँबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भाँडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिङ्करलगायत रहेका छन् ।
1,198
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।
1,199
 मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वोच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए । उनले प्रदेशसभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए ।