Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
900 |
परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको द्वन्द्वकालीन मुद्दा समाधान उन्मुख रहेको बताएपछि द्वन्द्वपीडितहरुले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमार्फत महासचिवलाई पत्र पठाएका हुन् । द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरुले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवलाई जानकारी गराउँदै ध्यानाकर्षण पत्र पठाएको बताए ।
|
901 |
मिस नेपाल २०२३ को दुई इभेन्ट पहिलो पटक काठमाडौं बाहिर गर्ने भएको छ । काठमाडौं केन्द्रित मिस नेपालले यस पटक पोखरामा २ वटा इभेन्ट गर्न लागेको आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकरले हालसम्मका संस्करणहरु सबै काठमाडौंमा गरिएको भए पनि अब विस्तारै प्रदेशका विभिन्न सहरमा पनि लैजाने तयारी रहेको जानकारी दिए । ‘यो संस्करणदेखि हामी पहिलो पटक राजधानी बाहिर पनि इभेन्ट गर्दैछौं । ग्राण्ड फिनालेभन्दा अगाडि वैशाखमा पोखरामा २ वटा सबइभेन्ट हुन्छन्,’ उनले भने, ‘विस्तारै ग्राण्ड फिनाले पनि काठमाडौं बाहिर गर्ने पक्षमा छौं ।’ जेठ १३ गते हुने मिस नेपाल २०२३ का लागि अहिले हिडन ट्रेजरले आवेदन खुला गरेको छ । चैत १ गतेसम्म प्रतियोगिताका लागि आवेदन दिन सकिने छ । सोही प्रयोजनका लागि अहिले आयोजक देश दौडाहामा निस्केको छ । इटहरी, वीरगञ्ज हुँदै सोमबार पोखरा आइपुगेको टोलीमा गत संस्करणका मिस नेपाल, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल विजेता पनि सहभागी छन् । देशका ७ वटै प्रदेशका प्रमुख सहरमा पहिलो पटक क्राउन प्रर्दशन पनि हुने निर्देशक सुवर्ण क्षेत्रीले जानकारी दिए । झन्डै ३ दशक लामो इतिहास बोकेको मिस नेपालले शारीरिकमात्रै नभएर बौद्धिक मिस नेपालको खोजी गर्र्दै आएको आयोजकको दाबी छ । ‘हिडन ट्रेजरको काम एउटा मिस नेपाल बनाउने होइन, जोजो सहभागी हुन्छन्, सबैलाई मिस नेपाल बनाउने हो,’ क्षेत्रीले भने, ‘मिस नेपालको क्राउन एउटाले लगाउँछ, बाँकीले लाइफ क्राउन लगाउँछन् ।’ सुन्दरी प्रतियोगिताबारे विभिन्न समयमा विवाद उत्पन्न हुँदै आए पनि आफूहरुले सुझाव लिएरै अघि बढिरहेको आयोजकको दाबी छ । समयअनुसार मिस नेपाल पनि परिमार्जित हुँदै गइरहेको क्षेत्रीको भनाइ थियो । पोखरामा बुधबार मिस नेपालका लागि छनोट हुँदै छ । सोही छनोटको पूर्वसन्ध्यामा मंगलबार ओरिन्टेसन कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि न्यूनतम ५ फिट ३ इन्च उचाइ र १८ देखि २७ वर्ष उमेर समूहको हुनुपर्ने नियम छ । निशुल्क आवेदन दिन सकिने प्रतियोगितामा मिस नेपालसहित मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा पनि उत्कृष्ट हुनेछन् । पत्रकार सम्मेलनमा फिलिपिन्समा भएको मिस अर्थमा सहभागी भएकी २०२२ कि मिस नेपाल अर्थ सरिशा श्रेष्ठको इको भिडियो प्रदर्शन पनि गरिएको थियो । नेपालको फोहोर मैला व्यवस्थापनबारे बनाइएको उक्त वृत्तचित्र मिस अर्थमा एसियातर्फ उत्कृष्ट बनेको थियो ।
|
902 |
यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
|
903 |
अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय २३ बर्षका आयुष र १९ बर्षका आर्यन सर्वोच्चको गेटमा देखिए । गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालन आउनाको प्रयोज सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाको लागि निवेदन दिन आएको बताए । अनि प्रहरीले कोरोना भए नभएको खुट्याउन थर्मल गनले दुवै जनाको ज्वरो नापे । त्यसपछि उनीहरु सरासर भुइँतलाको मूलढोकाछेउ प्रतिवेदन शाखातिर सोझिए । त्यहाँ फाँटवालासँग एकछिन बातचित गरेपछि छेवैमा सहरष्ट्रिार नेत्र आचार्यको कक्षतिर लागे ।निवेदनका विषयमा आचार्यले मुख्य रजिष्ट्रार नृपध्वज निरौलासँग फोनमा कुराकानी गरे । स्रोतका अनुसार मूख्य रजिष्ट्रारले निवेदनको विषयबारे प्रधानन्यायाधीश राणासमक्ष जाहेर गरे । राणाको प्रतिक्रिया बुझेपछि अन्ततः दर्ता गर्न नमिल्ने ठहर भयो । आयुष र आर्यन यतिन्जेल सहरजिष्ट्रार आचार्यकै कक्षमा ब्यग्र प्रतिक्षामा थिए । अन्ततः दर्ता न, दरपीठको अवस्थामा निवेदन उनैलाई फिर्ता गरियो । त्यसपछि दुई दाजुभाई निवेदन झोलामा हालेर चुपचाप बाहिरिए । पत्नीहत्याको अभियोगमा साढे आढबर्ष जेल बसेर हालै रिहा भएका पूर्व सशस्त्र डिआइजी रन्जनलाई मुद्दाबाट पूरै सफाइ दिनुपर्ने मागसहित निवेदन दिन यी दाजुभाई सर्बोच्च पुगेका थिए । आफ्ना बाबु रन्जन ‘निर्दोष’ रहेको दाबीसहित दुई छोराले प्रधानन्यायाधीशलाई सम्बोधन गरी निवेदन तयार पारेका थिए । जिल्ला अदालत काठमाडौंले पत्नी हत्याको अभियोगमा दोषि करार गर्दै रन्जनलाई सर्वश्वसहित जन्मकैद सजायँ तोकेको थियो । तर रन्जनका पुत्रद्वयले दिएको निवेदन दर्ता गर्न कानुनी बाटो समाप्त भइसकेको भन्दै जस्ताको तस्तै फिर्ता गरिएको हो । कैद सजाय घटाउने गरी भएको फैसलामा न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिइसकेको हुँदा सफाइका लागि निवेदन दर्ता गर्न नमिल्ने जवाफ दिएर फर्काइएको बताइन्छ । यो निवेदन अपराधबाट फुर्सद पाउन रन्जनले प्रयोग गरेको अन्तिम हतियार हो । सफाइको निवेदन फिर्ता भएपछि अब उनका लागि अदालतको ढोका ताला लागेको छ । महान्यायीबक्ताको कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइका लागि रन्जनविरुद्ध दर्ता भएको कर्तब्य ज्यान मुद्दा सून्यबाट फेरि सुनुवाइ गर्न बाटो खुला भएको छ ।
|
904 |
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो पुस्ताको आर्थिक सुधारका लागि प्रस्थान बिन्दु बन्न सक्ने बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा मंगलबार भाग लिँदै सांसद चौधरीले २०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरुवात गरेको आर्थिक सुधारको पहिलो पुस्ताको लयलाई अहिलेको बजेटले आत्मसात् गरेको बताए । बजेट दुरगामी सोचका साथ नयाँ दृष्टिकोण र कार्यान्वयनमा दृढतासहित आएको भन्दै सांसद चौधरीले आर्थिक सुधारका लागि अर्थ मन्त्रालयले समाएको लयलाई अन्य मन्त्रालयले पछ्याउन जरुरी रहेकामा पनि जोड दिए । बजेटले पूर्वाधार विकासमा सकारात्मक पहल गरेको भन्दै काठमाडौं– तराई फास्ट ट्र्याक तीन वर्षमा सम्पन्न गर्न ३० अर्ब विनियोजन, पूर्व–पश्चिम हाइवे विस्तारका लागि ३० अर्ब, रुपन्देहीको सिद्धबाबा, नवलपुरको दाउन्नेलगायतका स्थानमा निर्माण गरिने सुरुङमार्ग, नारायणी नदीमा निर्माण गरिने सिग्नेचर ब्रिजको अवधारणा, धादिङ गल्छीदेखी चिनियाँ सिमाना केरुङसम्म निर्माण गरिने सडकले नेपालको विकास अभियानमा नयाँ अध्याय सुरू गर्ने विश्वास आफूले लिएको बताए । आफूलाई नेपालमा भारत र चीनबाटमात्र बर्सेनि ५० लाख पर्यटक नेपाल ल्याउन सकिने विश्वास रहेको भन्दै सांसद चौधरीले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण प्रयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गरी थप १० लाख पर्यटक ल्याउने योजनाले पर्यटन उद्योगमा नयाँ आशा जगाएको पनि बताए । विगतमा आफ्ना कार्यकर्ता पोस्न मात्र दुरुपयोग भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, नयाँ सोच र स्पष्ट खाकासहित प्रदेश सरकारलाई जिम्मेवार बनाउने गरी सातै प्रदेशमा स्थापना गरिने इन्कुवेसन सेन्टर, भेन्चर क्यापिटललगायतका विषय बजेटमा समेटिनु सुखद पक्ष रहेको पनि उनले बताए । ‘व्यापार घाटा घटाउन बजेटले निकै महत्वपूर्ण योजना ल्याएको छ’, सांसद चौधरीले भने, ‘मेडिकल शिक्षा, आईटी शिक्षा, प्राविधिक शिक्षालगायतको शिक्षाका लागि विदेशिने विद्यार्थीलाई नेपालमै रोक्ने मात्र होइन विदेशी विद्यार्थीहरुलाई पनि नेपालमा आकर्षित गर्ने कार्यक्रम बजेटमा आउनु सराहनीय कार्य हो ।’ यस्तै उनले उच्च निर्यात सम्भावना भएका क्लिंकर सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीलगायतका वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउट सोर्सिङजस्ता सेवाहरु पहिचान गरी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गर्नु सकारात्मक रहेको भन्दै कृषि आयात निरुत्साहित गर्दै बढी आयात हुने धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशत घटाउने कार्यक्रम बजेटमा समेटिनु सकारात्मक रहेको टिप्पणी पनि सांसद चौधरीले गरे । नेपालको अमूल्य सम्पत्तिका रुपमा रहेको जडिबुटीलाई प्रशोधन गर्न सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने र एक लाख भूमिहीनलाई घर बनाइनेजस्ता कार्यक्रमको प्रशंसा गर्दै सांसद चौधरीले नवलपुरको देवचुलीलगायत रुपन्देहीको सैनामैना, कैलालीको लम्की, कर्णालीको राकम, धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माण गरिने कुरा बजेटमा समेटिएकोमा अर्थमन्त्रीलाई धन्यवादसमेत दिए । अर्थमन्त्री जनार्दन शर्माले गत आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदको संयुक्त बैठकमा पेस गरेका थिए । जसमा चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय व्यवस्थातर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ । सांसद चौधरीले बजेटको दिशा सही रहेको र यसको कार्यान्वयनतर्फ विशेष ध्यान दिन जरुरी रहेको भन्दै सम्पूर्ण मन्त्रालयले कार्यान्वयन क्षमतामा गुणात्मक विकास गर्न जरुरी रहेकामा पनि उत्तिकै जोड दिए ।
|
905 |
निजगढ विमानस्थल बन्नुपर्छ भन्दै वकालत गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्न नहुने तर्क गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले भने, 'अहिले धेरै विमानस्थल गौचरन भएका छन् । ती सबै विमानस्थल सञ्चालन पनि हुन सक्दैन । हरेक सांसदलाई आफ्नो क्षेत्रमा विमानस्थल चाहिएको छ, त्यसमा राजनीतिक स्वार्थ जोडिनु भएन।' भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसकेको अवस्थामा उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलालाई नै दुःखद भएको बताएका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त ठहर भएर काम अगाडि बढिसकेको अवस्थामा त्यसलाई रोक्न सही नहुने धारणा राख्ने गरेका थिए ।
|
906 |
कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए ।
‘नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ,’ उनले भने, ‘हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ ।’ अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।
भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पु¥याउने काम भइरहेको छ । नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ । बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ । सात वर्ष अघि रु २५ लाखको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो । पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
|
907 |
देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्र्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डीआईजी राईले बताए । उनले भने, ‘मंसिर ८ सम्म म्यादीलाई निर्वाचन सुरक्षामा खटाउँछौँ । ’ मनाङ जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ । मुस्ताङमा २ सय ८५ जना म्यादी भर्ना गरिएको छ । काठमाडौंमा ३ हजार २७९ जना म्यादी परिचालन गरिएको छ । काभ्रेमा १ हजार ८८७ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
|
908 |
काठमाडौं– अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ । झन्डै एक वर्षदेखि कानुनी शून्यताको अवस्था भए पनि सरकारले साबिकका व्यवस्था जगाउने कुनै प्रक्रिया अघि बढाएको छैन । जसले गर्दा विवादका कारण छुट्टिने समझदारीमा पुगेका जनता समाजवादी पार्टीका दुई पक्षले प्रक्रियासमेत अघि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले कानुनी शून्यताको अवस्थाबारे कानुन मन्त्रालयको रायसमेत मागेको छ । अहिले राजनीतिक दलसम्बन्धी ऐनको दल विभाजनको व्यवस्था र संवैधानिक परिषद्सम्बन्धी ऐनका पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको व्यवस्थामा कानुनी शून्यता छ । यसअघि दुवै अध्यादेशका ती व्यवस्था अध्यादेशमार्फत संशोधन भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज भइसके पनि साबिकका व्यवस्था जगाइएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
|
909 |
यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् । चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् । यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताउनुभयो । उहाँले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ ।
|
910 |
कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए । दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताए ।
पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
|
911 |
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो । मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक/एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका थिए । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।
|
912 |
सभापति देउवाले शनिवार १३ विभाग गठन गरेका छन् भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीका ४७ विभागमध्ये १३ वटा जिम्मेवारी तोकेका छन्। पर्साको विरगञ्जमा दुई नम्बर प्रदेश स्तरिय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोधमा प्रस्ताव पास गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले मुलुकमा भ्रष्टाचारले व्यप्त भएको वरिष्ठ नेता पौडेलले देशभरका अन्यायमा परेका काँग्रेसहरुलाई न्याय दिनका लागि आफूहरु तयार रहेको बताए । क्रियाशील सदस्यता वितरणमा हुने धाँधली रोक्नका लागि वडा तहबाट नै लाग्ने नेता कार्यकर्तालाई निर्देशन दिए । पौडेलले कांग्रेसको विरगञ्ज भेला काँग्रेसलाई पुर्नजिवन दिनका लागि ऐतिहासिक हुने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले सरकारले कर बढाएर जनतालाई सपना बाढ्ने भन्दा बाहेक अन्य काम गर्न नसकेको बताए । उनले कांग्रेस एकताबद्ध हुन नसक्दा नेपालमा कम्युनिष्टहरुको विग-विगी भएको बताए। काँग्रेस नेता प्रकाशमान सिंहले अन्यायका विरुद्धमा लड्दा कार्यकर्ताहरुबाट न्याय पाउने बताउँदै १०औं महाधिवेशनको मुखमा काठमाडौ जिल्ला सभापतिबाट बर्खास्तीमा पर्दा आफुलाई माहाधिवेशनमा तेस्रो भोट दिएर नेता कार्यकर्ताले न्याय गरेको बताए नेता डा. रामशरण महतले महाधिवेशनको कार्यतालिनका तय भइसकेपछि पार्टीका विभाग बनाउनु आचारसंहिता विपरित भएको बताए । नेत अर्जुननरसिंह केसीले संसदमा सरकारका विरुद्धमा उत्रन कांग्रेसलाई केले रोकेको भनि प्रश्न गरे । केसीले लाउडा काण्डमा ५७ दिन संसद अवरुद्ध गर्ने कम्युनिष्टहरु अहिले सत्तामा रहेर काण्डै काण्ड मच्चाउदा समेत संसदमा काँग्रेस चुप बसेर जनतामाथिको भरोसा टुटाउदै गएको बताए । कार्यक्रममा नेताहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतले कांग्रेस नेतृत्वबाट भएको कमी कमजोरीका बारेमा धारणा राखेका थिए ।
|
913 |
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन्। जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक) मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरे। एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे। विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी गरे। ‘एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ’, उनले भने, ‘एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।’ कार्यक्रममा एमालेका नेता युवराज कार्कीले जनताको अभिमत लिएर शासन गर्ने र पार्टीलाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न सकेमा जबजको विचारको सम्मान हुने बताए। फाउन्डेशनका केन्द्रीय सदस्य टीकाप्रसाद ढकालले माक्र्सवादी विचार र समाजवादी आन्दोलन विश्वबाट समाप्त हुँदैछ भन्ने पूँजीवादीको मतलाई भण्डारीले उक्त पुस्तकबाट विश्वसामु नै सशक्त वैचारिक प्रतिकार गरेको बताए। फाउन्डेशनका सचिव पेम्बा लामाले जननेता भण्डारीका विचारलाई समयसापेक्ष विचारका रुपमा स्थापित गर्न बौद्धिक जगतमा अध्ययन र छलफल निरन्तर सञ्चालन गर्ने जनाए ।
|
914 |
उनले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताएका छन् । मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गरेका थिए । तर, मन्त्री राईले सचिव सिग्देलललाई सोसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नबर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्ने गरी मस्यौदा बनाउन निर्देशन दिएका छन् । काठमाडौं– नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ काठमाडौं– काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तत्कालका लागि निर्माणसम्बन्धी कुनै काम नगर्ने भएको छ । महानगरपालिकाले काठमाडौं– पछिल्लो एक वर्षमा नेपालीको भान्सामा २८ अर्बभन्दा बढी रुपैयाँ बराबरको विदेशी तरकारी पाकेको छ चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना भएको छ ।
|
915 |
दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा निर्मांण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ । दुल्लु नगरपालिकामा करीब दुई करोड ५० लाखको लगानीमा १५ शय्याको आशाराम अस्पतालले शनिबारदेखि सेवा आरम्भ गरेको छ । दुल्लुमै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए। यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ । अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षणसहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ । अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभदरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ । अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । अस्पतालको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताए ।
|
916 |
प्रतियोगितामा सहभागिताका लागी जापानमा क्रियाशील संघ संस्था र कल्बहरुलाई टिम दर्ताका लागी मार्च २५ देखी अप्रिल १० तारिकसम्म समयसीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ ।प्रदेशीभूमीमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रिय खेल भलिबलको प्रबर्द्वनका लागि क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यसबर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले जानकारी दिनुभयो । प्रचलित टि.टि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्वारा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित हुने रेफ्री तथा खेल संयोजक भबिन थापाले बताउनु भयो । प्रतियोगिता संचालनका लागि प्रायोजनका गर्न पनि आह्वान गरिएको र प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गलकोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पूर्णका लागि आर्थिक, भौतिक र नैतिक सहयोगको लागी आह्वान गरिएको कल्बका महासचिव लक्ष्मण कार्कीले बताउनुभयो । खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वित्तिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख येन र २ लाख येन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलद्वारा सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले जानकारी दिनुभयो । क्लबले प्रायोजकहरुलाई सम्मान र खेल सम्बन्धी बिस्तृत जानकारीका लागि पत्रकार सम्मेलनको आयोजना गरि थप जानकारी दिने जनाइएको छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
|
917 |
प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जनाकारी दिए । निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताए । यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताए । ‘तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको केन्द्र बन्दै गएको छ, यसले म्याग्दी जिल्लाको गौरव बढाउनाका साथै स्थानीयको आम्दानीसमेत वृद्धि भएको छ, विदेश गएकाहरू पनि फर्केर यहाँ होटललगायत अन्य व्यवसाय गर्न थालेका छन्’, केसीले भने । वार्षिक करिव २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । कोरानाकालका २ वर्षबाहेक त्यसअघिका वर्षहरूमा यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । नेपालबाट मात्रै होनइ, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।
|
918 |
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०२ र एन्टीजेनबाट ६सय ६७ जनामा पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
|
919 |
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेकाे विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्। यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन्। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ। वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ। लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
|
920 |
‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगितामा पहिलो अडिसनबाट ३० जना प्रतियोगी बालबालिकाहरू छनाेट भएका छन् । वार्षिक परीक्षापछि फुर्सदमा रहने बालिकाहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रूपमा याे प्रतियाेगिता गर्दै आएकाे छ । यसवर्षकाे अडिसनमा निर्णायकहरूमा मिसेस ब्युटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्बू, मनिषा विमली र जुम्वा प्रशिक्षक सोनाम केसी रहेका छन् । अन्तिम अडिसन १० वैशाखमा हुनेछ । त्यसअघि प्रतियोगीहरूको प्रशिक्षण ११ वैशाखबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिइन् । उनीहरूलाई तीन सातासम्म व्यक्तित्व विकास सम्बन्धी विभिन्न प्रशिक्षण दिइने छ । विज्ञहरूबाट बाल उपायोगी प्रशिक्षण गराइने तुलाधरले जानकारी दिइन् । प्रतियोगीहरूलाई चन्द्रागिरी हिल्स, साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरबारक्षेत्र, छाउनी संग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखाना बालगृह, नेपाली फिल्म, नारायणहिटी दरबार संग्राहालय, अपाङ्ग बाल सेवा केन्द्र, वृद्धा आश्रम लगायतको विभिन्न स्थानको भ्रमण गराइने छ । यस्तै विभिन्न खेलहरूका साथै अन्य प्रतियोगितात्मक कार्यक्रमहरू पनि गरिने छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कुल प्रिन्सेस–२०२२ को चयन भने २४ वैसाखकाे साँझ राष्ट्रिय नाचघर जमलमा भव्य समारोहका साथ हुने छ । जुनियर स्कुल प्रिन्सेज–२०२२ की वितेजाले छात्रावृति, साइकल साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछन् ।सहविजेता र उपविजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।
|
921 |
भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई आज अदालतमा पेस गरेको हो। त्यस क्रममा अदालतबाट उनलाई मार्च २५ सम्म हिरासतमा राख्न अनुमति प्राप्त भएको हो। एक अधिकारीका अनुसार प्रहरी सहायक निरीक्षक वाजेलाई स्थानीय अस्पतालमा स्वास्थ्य जाँचपछि दक्षिण मुम्बईस्थित अदालत लगिएको थियो ।
|
922 |
दशैंलाई म रीतिरिवाजको रुपमा पछ्याइरहेको हुन्नँ । बरु, देवी-देवतालाई कलात्मक रुपले पढिरहेको हुन्छु । यसपटक आमाले भन्नुभयो– यसपालि देवी दुर्गा नौका (डुंगा) मा आउँछिन् रे ! हरेक पटक देवी माइत आउँदा फरकफरक चिजमा चढेर आउँछिन् । नौकामा आउँदा चाहिँ पानी धेरै आउँछ । त्यसले गर्दा बाढी आउँछ। मलाई लाग्यो, त्यो राम्रो कथा हो । अनि त्यसबारे कसरी जानौं भइरहेको छ। त्यसैले दशैंमा पूजा इत्यादिभन्दा पनि देवी नौकामा आउँदा केके हुन्छ, त्यसबारे केके डकुमेन्ट छन्, त्यतातिर मलाई बढी रुचि छ । अर्थात्, न्यारेटिभ्स, आर्ट र फिलोसफीतिर बढी रुचि छ। म धर्ममा विश्वास गर्छु, तर धर्मलाई आर्ट र फिलोसफीको रुपमा हेर्छु । रीतिरिवाज चाहिँ आवश्यक छ जस्तो लाग्छ । यसले मानिसलाई ‘हिलिङ’ गर्छ। घटस्थापनामा मैले देवी दुर्गाको स्तुति र आगमनी गीत खुब सुनेँ । दिन नै गीत सुनेर बित्यो । श्लोकहरुमा दुर्गालाई कुन रुपमा प्रस्तुत गरिएको छ, त्यसमै भुलेँ । दशैं मात्र होइन, होली, शिव रात्री र सरस्वती पूजामा पनि रमाइलो मान्छु । तर, तुरुन्तै साहित्य र फिलोसफीतिर केन्द्रित भइहाल्छु। म हिन्दू हुँ । तर, अन्य धर्मका पर्वहरुमा पनि रुचि राख्छु । त्यतिबेला त्यससँग सम्बन्धित साहित्य र दर्शन पढ्ने मौका हुन्छ । खासमा जुनबेला जे घटना भइरहेको हुन्छ, त्यतिबेला त्यही विषयमा पढ्न मन लाग्छ । जस्तो कि, क्रिसमस डे को दिन चर्च हिम्स बढी सुन्छु। यस्तो गर्दा त्यही पर्व मनाइरहेको जस्तो लाग्छ। म दशैंमा घर जाँदा भान्सामा आमासँगै बसेर पढ्न रुचि लाग्छ । गाउँतिर जाँदा दुई–तीन वटा किताब लैजान्छु, अनि त्यहाँ बसेर कुरा गर्छु । अघिल्लो वर्ष मैले त्यहाँ सेक्सपियरलाई पढेँ । त्यहाँ बसेर पढ्दा ‘एनसेन्ट फिलिङ’ आउँछ । बाल्यकालमा आमाले पढ्न खुब कर गर्नुहुन्थ्यो । अहिले आमाकै छेउमा गएर पढ्दा खुब आनन्द आउँछ। साँझ–बिहान गाउँतिर डुल्न जान्छु, मण्डपतिर घुम्छु। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
923 |
लमजुङ - लमजुङको बेशिसहर नगरपालिका ११ चिति बरबोट चेपाङटारकी वर्ष २४ की राममाया चेपाङले शुक्रबार बिहान अस्पताल लैजादै गर्दा बाटोमै जन्माएकी छन् । गाउँसम्म पुग्ने मोटरबाटो सहज नभएकोले शुक्रबार विहान अस्पताल लाने तयारी गरिएको भएपनि गाउँमा उपलब्ध स्टेचर स्थानीय स्वास्थ चौकी भित्र भएको र १० बजे पश्चात् मात्र स्वास्थ चौकी खुल्ने भएकाले राममायालाई हिडाएरै बरबोटबाट अस्पताल लैजान खोजिएको थियो । राममायाँ चेपाङलाई व्यथा लागेपछि हिंडाएर गैरीतर्फ लैजादै गर्दा बाटोमा बच्चाको जन्मिएको स्थानीय अमृता चेपाङले बताइन् । उनले छोरी जन्माएकी छन् । बर्षाको समयमा बाटो विग्रिएको र अस्पताल पुग्न आफूसँग पैसा पनि नभएको राममायाँका श्रीमान विश्वास चेपाङले बताए । ज्याला मजदुरी गरेर आफूले खानेकुरा र चामलको भने व्यवस्था गरेको उनको भनाई छ । मकवानपुरबाट बसाईसरी आएका उनको परिवार अरुको घरमा आश्रय लिई यहाँ बसेर ज्याला मजदुरी गर्ने गरेको छ । वच्चा जन्मिएपछि उनलाई घर लगिएको छ । राममायाँको यसअघि दुई छोरा र एक छोरी रहेका छन् ।
|
924 |
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् । शनिबार बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको नेता तामाङले अनलाइनखबरलाई जानकारी दिए ।
|
925 |
भक्तपुरको इतापाके सल्लाघारीस्थित यति फेव्रिकमा शनिबार राती भीषण आगलागी भएको छ । राती करिब ११ बजेबाट लागेको आगलागी अहिलसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगका कर्मचारीहरुका अनुसार राती ट्रान्सफर्मरमा विजुलीको लाइन सर्ट भएपछि नजिकै रहेका इन्धनका ट्यांकीहरुमा आगो सल्किएको थियो । स्थानीयवासीहरुले आगलागी भएको खबर दिएपछि भक्तपुर, मध्यपुर, काठमाण्डौ, ललितपुरका दमकलहरुले आगलागी नियन्त्रण गर्ने प्रयास गरेका थिए । घटनास्थलमा भक्तपुर नगरपालिकाको जेट ट्यांकर र अन्य पानी बोक्ने ट्यांकरहरुबाट दमकललाई पानी ओसार्ने काम भइरहेको छ । आगलागीबाट उद्योगका गोदाम, कार्यालयलगायत सिंगो कारखाना पूर्णरुपमा क्षति भएको छ । आगलागीले कारखाना नजिकैको एक घरमा पनि क्षति पु¥याएको छ । रातीबाट लागेको आगलागीबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति हुन नपाएको स्थानीय श्यामसुन्दर मातांले जानकारी दिनुभयो ।
|
926 |
आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोल्नु भयाे- उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।
|
927 |
पत्नीको हत्या गरी फरार कालिकामाई गाउँपालिका ५ सिमराका ३५ वर्षीय मुक्तिनारायण राउत कुर्मीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई सोही वडाको बौद्धीमाई मन्दिर नजिकको उखु बारीबाट पक्राउ गरेको हो ।कुर्मीले ३५ वर्षीया पत्नी संगीताको शुक्रबार साँझ साढे ५ बजे धारिलो हतियारले घाँटी रेटेर हत्या गरी फरार भएका थिए । इप्रका पोखरियाका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले कुर्मीको रातभरि खोजतलास गरिएको थियो । कुर्मी दम्पतीको २ छोरी र १ छोरा छन् । परिवारमा एक बूढी आमा पनि छन् । मुक्तिनारायणले पत्नीको हत्या किन गरे भनी अनुसन्धान भइरहेको प्रनि सिंहले बताए । ‘वैदेशिक रोजगारीका लागि मलेशिया गएका मुक्तिनारायण २ सातअघि मात्र त्यहाँबाट फर्केका र उनले घटनाको समयमा मदिरा सेवन गरेको सम्म यकिन भएको छ,’ सिंहले भने, ‘तर हत्याको पछाडिको मुख्य कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन, हामी बयान लिने र अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’ स्थानीय बासिन्दाले भने संगीताले पतिलाई पागल दाबी गर्ने गरेको र मुक्तिनारायणले त्यही कुरोको रिस पोख्न पत्नीको हत्या गरेको बताएका छन् । पारिवारिक कलहको कारण परिवारजनबाटै हत्या भएको यो पहिलो घटना भने होइन । साउन ६ मा वीरगन्ज महानगरपालिका २७ रमगढवाका २५ वर्षीय गुड्डु यादवले ५० वर्षीया आमा शोभा देवीलाई धारिलो वस्तु प्रहार गरी हत्या गरेका थिए । आमाले आफूलाई नसोधी घरको भैंसी बेचेको रिसमा गुड्डुले क्रुरतापूर्वक हत्या गरेका थिए ।
|
928 |
पुर्व प्रधानमन्त्री केपी शर्मा ओली गुटबाट फागुन २८ देखि आज सम्म भएका निर्णयहरु सबै खारेज हुनु पर्ने नेकपा एमालेका नेता भिम आचार्यले बताएको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता आचार्यले अहिलेको विधान संशोधन प्रस्ताव प्रतिगामि भएको बताएको हो । विधान संशोधन प्रस्ताव एकलौटि भएको उनको आरोप छ । केपी शर्मा ओलीले गुटको शासन चलाएर जेठ २ को अवस्था आएमा पार्टि फुटाउन बाध्य हुनुपर्ने उनको भनाई छ । नेता आचार्यसंगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।
|
929 |
माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई सोमबार एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल, निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गर्नुभयो । काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताउनु भयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडा मध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरु जितेको छ । गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्नेहरु दिनहुँ बढिरहेको छ ।
|
930 |
कोरोना भाइरस संक्रमित बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले नयाँ बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तीमार्फत थप बिरामी भर्ना गर्न नसकिने जनाएको हो ।मंगलबार अस्पतालकी निर्देशक डा.रविना प्रधानाङ्गको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तीमा कोभिड–१९ संक्रमितको सेवा विस्तार गर्ने योजना स्थगित जनाएको छ । त्यसैगरी हाल उपचाररत बिरामीको उपचारमा पनि कठीनाइ भएको हुनाले बिरामीको लागि चाहिने अक्सिजनको व्यवस्था नभएसम्म अस्पतालले दिँदै आएको सेवामा निरन्तरता दिन नसक्ने विज्ञप्तीमा उल्लेख छ । आवश्यक अक्सिजन नियमित आपूर्ति भएमा अस्पतालले अर्को सूचना प्रकाशित गरी सेवा प्रदान गर्ने जनाएको छ ।
|
931 |
पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका-२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालले बताए । “सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उनले भने, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।” दोस्रो पटक गर्भवती भएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मन्दिराको तीन वर्षीय छोरा छन् । मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताए । “मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकोप्टरमार्फत उद्धार गर्न सफल भइएको छ”, उनले भने, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।” केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको जनाइएको छ ।
|
932 |
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको गस्ती टोलीले विभिन्न अवैध सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएको छ । प्रहरी टोलीले बर्दघाट नगरपाालिका वडा नं–४ शान्तिनगरचोकस्थित पूर्व–पश्विम राजमार्गबाट २२ हजार मूल्यबराबरका साडी, ४० हजार मूल्यबराबरका सुट पिस बरामद गरेको सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । यस्तै, सरावल गाउँपालिका वडा नं–३ गोहिनीस्थित भित्री सडक खण्डबाट ५५ सय मूल्यबराबरको एकसय केजी चिनी, सुनवल नगरपालिका भूमहीबाट ४२ हजार मूल्यबराबरको लत्ताकपडासमेत बरामद गरी कुल एक लाख नौ हजार ५०० रुपैयाँबराबरको अवैध सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय महेशपुर पठाइएको उनले बताए ।
|
933 |
जिल्लाका विभिन्न जंगल गिद्ध वासस्थानका रूपमा विकसित हुन थालेका छन् । हिमाल देखी तराइमा पाइने गिद्ध यहाँका जंगल र पहरोमा बस्न थालेका छन् ।अर्घा, वाँगीको घेरको लेख, उपल्लो ढाकावाङ, सिद्धारा, जलुके, डिभर्ना, हंसपुरका जंगल गिद्धका वासस्थान हुन् । नेपालमा पाईने ८ प्रजातीका गिद्ध मध्ये जिल्लामा रैथाने, सुन, सेतो हिमाली र हाडखोर रहेको गिद्ध संरक्षण संघका जीव विज्ञ कृष्णप्रसाद भुसालले बताए । हिमाल र तराईमा पाइने डंगर गिद्ध पनि यहाँ रहेको छ । मुलुकभर गिद्ध बस्ने स्थान र अवस्थाका बारेमा ५ वर्षदेखि अध्ययन गरिरहेको उनले बताए । अर्घाखाँचीका सामुदायिक वंन, जगल र ओडार राम्रो बासस्थानको रूपमा विकसित भएको उनले बताए । धेरै ठाउँमा गिद्ध देखिन छाडेपनि यहोँ प्रशस्त मात्रमा भेटिएकाले राम्रो बासस्थानका रूपमा विकसित भएको उनको भनाइँ छ । ५ थरी गिद्ध रैथाने भए पनि बेला–बेलामा सानो खैरे र राज गिद्ध पनि बसाइँ सरेर यहाँ आउने गरेको उनले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण केन्द्रको संयुक्त पहलमा खोलिएको चितवनको गिद्ध प्रजनन केन्द्रमा लगेर धेरै गिद्ध हुर्काइएको बताए । अहिले त्यहाँ गिद्धको संख्या ५७ पुगेको भुसालले बताए । चितवनमा ५ वर्षअघि यहाँबाट ४ वटा गिद्धका चल्ला लगिएको हो । गिद्ध संरक्षण गर्न नेपालका ७ स्थानमा रेस्टुरेन्ट खोलिएका छन् । नेपालमा २५ वर्षको अवधिमा ९५ प्रतिशत गिद्ध लोप भएका छन् । खानेकुरा अभावसँगै गिद्धको किड्नी फेल भएपछि मरेर सकिँदै गएका छन् । ‘२०४७ साल अघि नेपालमा ५ लाख संख्यामा गिद्ध थिए,’ भुसालले भने, ‘अहिले दस/पन्ध्र हजार मात्रै छन् ।’ यसरी संख्या घट्नुको कारण आहारा अभाव हो । मरेका गाईभैंसीको मासु खान पाएनन् । अधिकांश मरेका बस्तुभाउमा डाइक्लोफेनेक नामक औषधि पाइन्छ । बिरामी भएपछि उक्त औषधि खुवाइन्छ । तिनै पशु मरेपछि मासु खाँदा गिद्धको किड्नी फेल भएर मरेको गिद्ध संरक्षण कार्यक्रम अधिकृत खडानन्द पौडेलले बताए । उनले डाइक्लोफेनेक औषधिमा रोक लगाउनुपर्ने बताए । गिद्ध लोप हुन नदिन जनचेतना अभिवृद्धि गर्नुपर्ने र मरेका पशुलाई जंगल क्षेत्रमा राखिदिनुपर्ने बताए ।
|
934 |
कोशी प्रदेश सरकारले भूकम्पपीडितहरूका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटलाइ केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेस, कम्बललगायतका अति आवाश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ । मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भूकम्पपीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पूरा गरिएको जानकारी दिएका छन् ।
|
935 |
खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो। सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो। बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ ।
|
936 |
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
937 |
एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा प्रस्तुत गरेका हुन् ।
|
938 |
एकपटक हेर्नुहोस् त – तपाइको सिरानी कुन दिशातर्फ छ ? प्राक्शिरा शयने विद्या काठमाडौं – बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । अहिले सबैभन्दा समस्या मानिसहरुलाई काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ फागुन १९ गते बुधवारदेखि शुरु हुने भएको काठमाडौं । बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दालाई रिहा गर्न सर्वोच्च काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तोकिएको समय अगावै साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा कलाकार कोमल वली यतिवेला चर्चाको शिखरमा छिन् भने काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ धादिङ । गजुरी गाउँपालिका ५ घाटवेशी बजारबाट २७ केजी अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ काठमाडौं । बैतडीमा आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । आफ्नै ३ महिनाको झापा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताले घरको न घाटको बनाइदिने भन्दै व्यवसायी दुर्गा काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो झापा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा कैलाली । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुले हटाउन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्मको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी टेकसिँह धामी/ कैलाली । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई जेलमा राखिरहने काठमाडौं । प्रचण्ड–दाहाल पक्षका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा दिएको अभिव्यक्तिको काठमाडौं ।
|
939 |
उपशाखाले पालना गर्नुपर्ने वैधानिक दायित्व, काम कर्तव्य र अधिकार, विपद् प्रभावितहरुको दु्रत लेखाजोखा र विस्तृत घरधुरी सर्वेक्षण, दृष्यात्मक एकरुपता र जुनियर तथा युवा रेडक्रस कार्यप्रणाली निर्देशिकाको बारेमा गोष्ठी गरिएको हो । जुनियर तथा युवा समिति संयोजक यमनारायण महतो, नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गोष्ठीको सहजीकरण गरेका हुन् । रेडक्रसको उपशाखालाई पालिका एवं वडाले सहभागी नगराएको गुनासो सहभागीहरुले राखेका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा नै रेडक्रस पालिका र वडा स्तरीय स्थानीय विपद् व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था छ । रेडक्रसकर्मीहरुले स्थानीय सरकारसँग समन्वय अभावको गुनासो गरे । नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगत रहेका १७ वटा उपशाखाका सभापति र सचिव तथा संगठन तथा क्षमता विकास समितिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहसंग समन्वय गरी विपद् व्यवस्थापन, संस्थागत विकासबारे छलफल गरिएको थियो । रेडक्रसका अनुसार, गोष्ठीमा राहत प्रतिकार्य, मनसुन पूर्वतयारी गोष्ठी आयोजना र पालिका एवं वडा स्तरको स्थानीय विपद् व्यवस्थापन समितिमा संस्थागत सहभागिता जनाउने कुरामा जोड दिइएको छ । नेरेसो संगठन तथा क्षमता विकास समितिका संयोजक यज्ञनारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना र उपनिर्देशक दोलखबहादुर डाँगीले विभिन्न सान्दर्भिक भनाइ राखेका थिए ।
|
940 |
सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा-इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । उनले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न पहल थाल्ने जनाए । उनले भने, “काठमाडौंँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने छु ।” समितिका कोशी प्रदेश संयोजक डा. लक्ष्मीप्रसाद मैनाली नेतृत्वको टोलीले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रेलमार्ग प्रभावितका समस्याबारे ध्यानाकर्षण गराएका थिए । समितिका महासचिव रञ्जित प्रसाईंले प्रभावितको यथोचित न्याय र मागको सन्दर्भमा सभामुखलाई अभिभावकीय भूमिका निर्वाह गरी सरकार समक्ष माग पूरा गराउन आवश्यक समन्वय र पहल गरिदिन आग्रह गरे । प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि रोक्का गरिएको घरजग्गामा अहिले रेलवे विभागले झापा र सुनसरीमा डिमार्केशनको काम सम्पन्न गरिसकेको छ भने मोरङमा डिमार्केशनको काम बाँकी रहेको उनले जानकारी दिए । “रेलमार्गका लागि सरकारले तीन जिल्लाका मालपोत कार्यालयमार्फत हालसम्म झापाको दुई हजार चार सय ५७ कित्ता, मोरङमा एक हजार छ सय ३८ कित्ता र सुनसरीमा एक हजार तीन सय २९ कित्ता गरी जम्मा पाँच हजार चार सय २४ कित्ता जग्गा रोक्का राखिएको छ”, समितिका महासचिव प्रसाईंले भने । सर्वसाधारणले दैनिक व्यवहारिक कठिनाइ भोग्नुका साथै आफ्नै सम्पत्तिमा बन्दिको अवस्था सिर्जना भएको प्रभावितहरुको गुनासो छ । रेलमार्गका लागि झापा, मोरङ र सुनसरीका १८ पालिकाअन्तर्गत ६३ वडाका स्थानीयवासीको सयौँं बिघा जग्गा रोक्का गरिएको उनले बताए । यस खण्डको रेलमार्ग निर्माणका लागि चार हजारभन्दा बढी घरसहितका संरचना प्रभावित हुने रेल विभागले जनाएको छ ।
|
941 |
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जेठ ३ गते एकीकृत भएको नेकपा एकीकरणलाई कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्याउन नसकिएको प्रष्ट पारेका छन् । २९ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा ओलीले लामो वक्तव्य जारी गर्दै एमाले आज पनि उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् । ओलीले आफूहरु कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प समेत गरेका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको मान्यतामा आफूले पार्टीलाई अघि बढाउने बताएका छन् । ओलीको वक्तव्यमा भनिएको छ, ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’ ओलीले वक्तव्यमा जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमै कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको बताएका छन् ।
|
942 |
रौतहटको गौरबाट पोखरा आउँदै गरेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारीका ३७ वर्षीय गौरी दास रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । डीएसपी भण्डारीका अनुसार सो दुर्घटनामा ट्रक चालक वीरगन्ज–२३ का ३३ वर्षीय हाकिम मिया, यात्रुहरु सर्लाहीको बरहथवा मिलनचोककी २५ वर्षीया पूजा गुप्ता, भारत सीतामढी रामनगराका ३२ वर्षीय अम्बरनाथ कुमार र भारत विहार मजापुरका ३९ वर्षीयी रीता गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ६ जलबिरेस्थित रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । डीएसपी भण्डारीका अनुसार ग१ख ८५२४ नम्बरको बस चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३२८० नम्बरको ट्रकसँग ठोक्किएको हो । बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती-१४ का ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले जानकारी दिए ।
|
943 |
लोकबाजाहरुको संग्रह तथा संरक्षणका लागि स्थापना गरिएको नेपाली लोकबाजा संग्रहालय आफैं अस्तव्यस्त अवस्थामा छ । दुई दशकअघि स्थापना गरिएको यो संग्रहालय उचित व्यवस्थापन र प्रवर्धनको पर्खाइमा छ । संग्रहालय एउटा यस्तो स्थान हो, जसले विशेष महत्वका सामग्रीहरुको संग्रह गरी प्रदर्शन र प्रचार गर्ने गर्दछ । संग्रहालयहरुको उपयोग अध्ययन, अनुसन्धान र मनोरन्जनका लागि महत्वपूर्ण मानिन्छ । तर, नेपालका अधिकांश संग्रहालयजस्तै नेपाली लोकबाजा संग्रहालय पनि लथालिंग अवस्थामा पुगेको छ । वि.सं. २०५२ सालमा स्थापित यो संग्रहालय नेपालको एकमात्र बाजा संग्रहालय हो । यस संग्रहालयमा ६०० भन्दा बढी नेपाली लोकबाजा रहेका छन् । त्रिपुरेश्वर, शिव महादेव मन्दिर परिसरमा रहेको यस संग्रहालयमा वार्षिक करिब २० हजार अवलोकनकर्तामात्र पुग्ने गरेका छन् । संग्रहालय पुग्नेमा विद्यार्थीको संख्या धेरै रहेको छ भने फाट्ट–फुट्ट विदेशी पर्यटक पनि यहाँ पुग्ने गर्दछन् । साँघुरो स्थान र थोरै पूर्वाधारका आधारमा संंग्रहालय सन्चालन गर्नुपर्ने बाध्यता रहेको संग्रहालयका संस्थापक रामप्रसाद कँडेल बताउँछन् । हरेक बाजाले संस्कृतिको मौलिक पहिचान बोकेको हुन्छ । त्यसैले पनि भावी पुस्ताका लागि यस्ता संग्रहालयको उचित व्यवस्थापन गर्नु जरुरी छ ।
|
944 |
चौरजहारी नगरपालिका १३ एकौलीका ५७ वर्षीय पर्शाराम जैसीको आम्दानीको मुख्य स्रोत उन्नत बीउ उत्पादन हो । २७ वर्षदेखि उनले तरकारी र खाद्यान्नको बीउ बिक्रीबाट आम्दानी गर्दै आएका छन् ।चौरजहारी नगरपालिका ५ खहरेका गणेश शर्माको आम्दानीको स्रोत पनि बीउ बिक्री नै हो । १७ वर्षको उमेरदेखि उनले बीउ उत्पादन र बिक्री गर्न सुरु गरेका हुन् । जैसी र शर्मा मात्रै होइन, चौरजहारी क्षेत्रमा अधिकांश सर्वसाधारणको आम्दानीको मुख्य स्रोत भनेकै कृषि हो । त्यस क्षेत्रका सर्वसाधारणले कृषिमा पनि खाद्यान्न बाली र तरकारी बालीको उन्नत बीउ बिक्री गरी जीवन धानिरहेका छन् । विशेषगरी चौरजहारी नगरपालिकाका ७ वडाका किसानको मुख्य पेसा नै बीउ उत्पादन हो । नगरपालिकाका ३, ५, १०, ११, १२, १३ र १४ वडाको धेरैजसो किसानले बीउ बिक्री गरेर आम्दानी गर्ने गरेका छन् । ‘बाबुआमा पछि म आफैंले काम गर्न थालेको बीउ उत्पादनमा हो,’ जैसीले भने, ‘यो उमेरसम्म बीउ उत्पादन र त्यसबाट आम्दानी गर्दै आएको छु ।’ बीउ बिक्री गरेरै छोराछोरी पढाउनेदेखि जग्गा जमिन जोड्ने काम गरेको उनले बताए । बीउ बिक्री गरेरै एक सिजनमा चार लाख रुपैयाँसम्म आम्दानी गरेको उनले बताए । ‘बीउको खेती गर्न थालेको यतिका समय भयो, नगद कति कमाइयो हिसाब गरेको छैन तर तीन छोराछोरीलाई पठनपाठन गराएर जागिरे बनाइसकें,’ उनले भने, ‘अलिअलि अरू सम्पत्ति पनि जोडेको छु, यो नै मेरो बीउ बेचेको कमाइ हो ।’ ०४८ मा १५ रुपैयाँ किलो मुलाको बीउ बिक्री गरेका जैसीले हाल १ सय ८० रुपैयाँ प्रतिकिलो मुलाको बीउ बिक्री गरिरहेका छन् । अर्का बीउ उत्पादक किसान शर्माले पनि बीउ बिक्री गरेर जीवन निर्वाह भइरहेको बताए । आफूसहित छोराछोरीको पठनपाठन घर खर्चदेखि सम्पूर्ण व्यवस्थापन तरकारी बीउको बिक्रीबाटै पूर्ति गरिरहेको शर्माको भनाइ छ । ‘यो क्षेत्रमा तरकारी उत्पादन हुन्छ भन्ने कुरा ०४५ मै पुष्टि भएको कुरा हो,’ उनले भने, ‘त्यसपछि यस क्षेत्रका अधिकांश बासिन्दाले बीउलाई नै आम्दानीको मुख्य स्रोत बनाएका छौं ।’ त्यस क्षेत्रका बीउ उत्पादक किसानले एक सिजनमा कम बीउ बिक्री गरेर २० हजार र धेरै आम्दानी गर्ने किसानले ४ लाखसम्म आम्दानी गर्ने गरेको शर्माले बताए । त्यस क्षेत्रका किसानले खाद्यान्नमा मकै, धान र गहुँ तथा तरकारीमा मुला, रायो, प्याज, टमाटर, काउली, सलगम, चम्सुरलगायतको बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो समय समूह तथा सहकारीमार्फत बीउ बिक्री गर्ने चलन बढेको छ । बीउ बिक्रीका लागि सजिलो हुने भएकाले बीउ उत्पादन गर्ने किसानहरू समूह तथा सहकारीमा आबद्ध भएका छन् । समूहमा आबद्ध हुँदा बीउ बिक्री गर्न सजिलो हुने अनुभव उनीहरूको छ । ‘व्यक्तिगत रूपमा उत्पाददित बीउ समूह वा सहकारीले नै बिक्री गरिदिन्छन्,’ मनकुमारी पुनले भनिन्, ‘बीउ कम्पनीसँग सम्झौता पनि समूह तथा सहकारीले नै गर्ने भएकाले हामीलाई सजिलो भएको छ ।’ ७ वटा वडाका झन्डै सात सय बीउ उत्पादक किसान समूह तथा सहकारीमा आबद्ध छन् । पछिल्लो समय स्थानीय सरकारले नै किसानका उत्पादन बिक्री वितरण गर्ने नीति लिएपछि किसान थप हौसिएका छन् । ठूलो मात्रामा कृषि उपज तयार गर्ने किसानको उत्पादन बिक्री नभएको सन्दर्भमा चौरजहारी नगरपालिकाले नै उक्त उत्पादन किनिदिने नीति लिएको छ । त्यसका लागि किसानले आफूले उत्पादन गर्ने वस्तुबारे नगरपालिकालाई विस्तृत रूपमा अग्रिम जानकारी गराउनुपर्छ ।
|
945 |
सत्ता गठबन्धनका नेताहरूको जस्तोसुकै कमजोरीप्रति पनि मुख्य विपक्षी नेकपा (एमाले) आक्रामक रूपमा पेश हुँदै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति होस् वा सय किलो सुन प्रकरणमै किन नहोस्, एमालेले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको राजीनामा माग्दै संसद् ठप्प पारेर चर्को प्रतिक्रिया प्रकट गरेको छ। यही बीचमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको समर्थनको हस्ताक्षर बदर गर्दै सर्वोच्च अदालतले थापाको नियुक्ति नै खारेज गरिदिएको छ। सर्वोच्चले सभामुखलाई पदीय जिम्मेवारी र निष्पक्षतासहितको भूमिका मात्रै सम्झाएको छैन, उनको कदम असंवैधानिक भएको किटान पनि गरिदिएको छ। प्रदेश सभा सभामुखलाई सर्वोच्च अदालतले संविधान मिचेको ठहर गरिसक्दा पनि एमाले भने अभूतपूर्व मौनता साँधेर बसेको छ। सभामुखको भूमिकाले संविधान मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेको एमाले सर्वोच्चको फैसलापछि भने सभामुखप्रति नरम रूपमा पेश भइरहेको छ। शुक्रबार बिहान काठमाडौंबाट विराटनगर आइपुगेका पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीलाई विमानस्थलमा सञ्चारकर्मीले सोधे, ‘अब प्रदेशका सभामुखको राजीनामाबारे के भन्नुहुन्छ?’ जवाफमा कार्कीले घुमाउरो कुरा गरे। सभामुखले संविधानले कल्पना नै नगरेको काम गरेको भन्दै अदालतसम्म पुगेका कार्कीले भने, ‘गल्ती व्यक्तिबाट पनि हुन्छन्, संस्थाबाट पनि हुनसक्छ। यहाँ भएको गल्तीको मुख्य दोषी केन्द्रीय गठबन्धन हो। केन्द्रीय गठबन्धन जसरी संविधान मिचेर तानाशाही रूपमा अघि बढेको छ। सर्वोच्चले त्यसलाई सच्याइदिएको छ।’ बिहीबार सर्वोच्चले कोशी प्रदेश सरकारबारे फैसला सुनाउनेबित्तिकै एमालेका कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई पनि उही प्रश्न गर्दा उनले ‘सभामुखको गल्तीलाई सर्वोच्चले सच्याएका कारण एमालेले सभामुखको राजीनामा नमाग्ने’ बताएका थिए। सभामुखको भूमिका असंवैधानिक भएको भन्दै सर्वोच्च पुगेको, सर्वोच्चले पनि उनको काम असंवैधानिक ठहर गरेर मुख्यमन्त्री नियुक्ति नै खारेज गरिदिएको अवस्थामा पनि एमाले सभामुखप्रति किन यति धेरै सहनशील? यसका पछि प्रदेश सभाको अंकगणित मुख्य कारण रहेको सत्ता गठबन्धनका नेताहरू बताउँछन्। ‘यो बेला सभामुखको राजीनामा माग्दा अहिलेको सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुग्छ भन्ने तथ्यबारे एमाले जानकार छ,’ गठबन्धनका एक प्रदेश नेताले भने, ‘अहिले सभामुखले राजीनामा दिए भने गठबन्धनलाई चाहिने ४७ मत ठ्याक्कै पुग्छ। त्यसो हुँदा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार बन्ने आशामा रहेको एमालेलाई धक्का पुग्छ। त्यही त्रासले उसले सभामुखको राजीनामा माग्ने हिम्मत नगरेको हो।’ गौतम नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेर ओखलढुंगाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। सभामुख गौतमले समर्थन गरेको अवस्थामा मात्रै सत्ता गठबन्धनलाई प्रदेशका बहुमत पुग्ने अवस्था छ। नेपाली कांग्रेसको २९, माओवादीको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ गरी ४७ मत गठबन्धनसँग छ। यसमा सभामुखलाई जोड्न नपाइने भन्दै एमालेले विरोध गरिरहेका बेला सत्ता गठबन्धनले सभामुखसमेतको हस्ताक्षर गरेर असार २१ मा प्रदेश प्रमुखलाई बुझाएका थिए। प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए। असार २२ मा यही विषयले संविधान मिचिएको भन्दै एमाले सर्वोच्च पुगेको थियो। मुख्यमन्त्री बनाउन सभामुख गौतमले गरेको हस्ताक्षरविरूद्ध आएको रिटमाथि निरूपण गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरेको थियो। सँगै सभामुखलाई संवैधानिक दायित्व पनि सम्झाएको थियो। सभामुख र सत्ता गठबन्धनको कदमलाई सर्वोच्चले दण्डित गरेपछि प्रदेशमा एमालेले सभामुखको राजीनामा माग्न सक्ने अनुमान सत्ता गठबन्धनभित्रै थियो। ‘अब नैतिक रूपले बाध्य भएर सभामुखले राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ,’ माओवादीकै नेताहरू पनि भन्दै थिए, ‘एमालेले यो विषयलाई जोड दिनसक्छ।’ कांग्रेसकै नेताहरू पनि सर्वोच्चले संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठन गर्न भन्दिए पछि अब सजिलै संख्या पुग्ने बताइरहेका थिए। सभामुखमा गौतम आसिन भएकै कारण ९३ सदस्य भएको प्रदेश सभामा बहुमत ४७ मत पुग्न कठिन भइरहेका बेला सहज हुने उनीहरूको भनाइ थियो। सभामुखको कदमलाई सर्वोच्चले गलत भन्दिएपछि अब नैतिक रूपमा उक्त पदमा बस्न नमिल्ने उनीहरूको भनाइ थियो। ‘अब हाम्रो सजिलै बहुमत पुग्छ,’ कांग्रेस नेताहरूको भनाइ थियो। तर, सभामुख गौतमले यसलाई नैतिकताको विषय नबनाउने निश्चित भइसकेको छ। ‘मेरो (सर्वोच्चबाट) राजीनामा माग भएको छैन, मागै नभएको चिज दिने कुरा पनि भएन.’ गौतमले सेतोपाटीसँग भने, ‘सर्वोच्चले गरेको व्याख्या स्वीकार गरेर जाने हो। हाम्रो दायित्व त्यही हो।’ त्यसो त सभामुख गौतमले राजीनामा दिएर भए पनि गठबन्धनलाई चाहिने बहुमत पुर्याउनु पर्ने माग कांग्रेस नेताहरूले सुरूदेखि नै गर्दै आएका थिए। कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बारम्बार सभामुखले राजीनामा दिएर भए पनि ४७ मत पुर्याउनु पर्ने भन्दै आएका छन्। तर, सभामुख गौतम भने सुरूदेखि नै सरकार टिकाउनकै लागि आफूले राजीनामा नदिने अडानमा थिए। माओवादीबाटै मुख्यमन्त्री बन्ने अवस्था आए र आफ्नो उचित व्यवस्थापन हुँदा सोच्न सकिने भनेर उनले पार्टीभित्र भन्दै आएका थिए। ‘कांग्रेस वा अरू कसैको मुख्यमन्त्री जोगाउन म मेरो पद धरापमा पार्दिनँ,’ गौतमले पार्टीका नेताहरूलाई धेरैपटक यसो भनेका थिए। यद्यपि उद्धव थापालाई मुख्यमन्त्री बनाउने बेलामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले समर्थन गर्न निर्देशन दिएपछि उनी अडानमा टिक्न सकेनन्। अन्ततः सर्वोच्चबाट सभामुखको भूमिका निर्वाह नगरेको भन्ने नसिहत पाए। यसका बाबजुद् पनि उनले राजीनामा दिने कुरा अस्वीकार गरेका छन्। सभामुखले राजीनामा दिँदा सरकार बनाउन सहज हुने तर्क कांग्रेसले सुरूदेखि नै गर्दै आएको छ। सभामुखले राजीनामा दिँदा पनि सत्ता गठबन्धनलाई बहुमत पुर्याउन सकस पर्ने देखिन्छ। सभामुख राजीनामाका लागि तयार भए र बैठकको अध्यक्षता उपसभामुख सुनिता दनुवारले गरेको खण्डमा अब नियुक्त हुने मुख्यमन्त्रीले बहुमत पुर्याउन सक्छन्। तर सत्ताका लागि हरेक खेल हुने प्रदेश सभामा उपसभामुखले पनि राजीनामा दिने सम्भावना कायमै छ। यदि एमाले निर्देशनअनुसार उपसभामुखले पनि राजीनामा दिइन् भने प्रदेश सभाको बैठक ज्येष्ठ सांसदले गर्नुपर्ने हुन्छ। यसपटकको प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन्। यदि उनले अध्यक्षता गर्ने अवस्था भयो भने फेरि सरकारसँग बहुमत नपुग्ने अवस्था हुनेछ। त्यसको अर्थ नयाँ मुख्यमन्त्री पनि टिक्ने छैनन्। त्यसो त सभामुखको अनुपस्थितिमा क-कसले बैठकको अध्यक्षता गर्ने भन्ने यसअघि तोकिएको छ। एमालेले भने यसरी सांसदको नाम तोक्ने प्रयोजन सोही अधिवेशनका लागि मात्रै भएको र त्यसले अरू अधिवेशनमा काम नगर्ने भन्दै आएको छ। सत्ता गठबन्धनकै व्यक्तिले बैठकको अध्यक्षता गर्ने अवस्थामा पनि मत बराबरी हुँदा मात्रै अध्यक्षले निर्णायक मत दिन पाउने अवस्था हुन्छ। त्यस्तो बेलामा आफ्ना ४० र राप्रपाका ६ गरी ४६ मत भएको एमाले गठबन्धनले आफ्ना केही सांसद अनुपस्थित गराउन सक्छ। त्यसरी बराबरी मत नहुँदा अध्यक्षता गर्नेले निर्णायक मत दिने कि नदिने भन्ने अर्को विवाद हुनसक्छ। यसरी सत्ता राजनीतिको सबैथरी खेल हुने सम्भावना बढेको प्रदेशमा कसैगरी नयाँ सरकारले बहुमत पाउन सकेन भने त्यसपछि संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा एमालेले फेरि सरकार बनाउन सक्छ। तर त्यो सरकारले पनि विश्वासको मत नपाउने अवस्था बन्नसक्छ। त्यो सरकारले विश्वासको मत नपाए उपधारा ५ अर्थात् बहुमत जुटाउन सक्ने व्यक्तिले सरकार बनाउने बाटोतिर जाने सम्भावना हुनेछ। त्यसपछि क्रमशः कोर्स मध्यावधितिर लम्किन सक्छ ।
|
946 |
समूह चरणको अन्तिम खेलमा अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाएर अलआउट भयो । समूह चरणमा यो नै जारी विश्वकपको सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । वेस्ट इन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई, दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक, एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो । पुरणले ५३ बलमा ९८ रन बनाए । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए । अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक, एक विकेट लिए । समूह सीबाट अफगानिस्तान र वेस्ट इन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन् । सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ । आज साँझबाट सुपर–८ चरणका खेलहरू सुरु हुने कार्यतालिका छ ।
|
947 |
कर्र्णोल शाहले सोधेपछि अघि काम्दै रुँदै गरी भनेको कुरा दोहोरायो। तर, पुलिस अफिसरको कुरा भनेन। मैले सोधेँ ‘सबै सम्झना छ भन्नुभयो तर पुलिस अफिसरको बारे भन्नुभएन। यसैबेला बत्ती निभ्यो। सबै उठ्यौँ। लाइटको सहाराले उसले मालासाला झोलामा हाल्यो। सबै बाहिर निस्क्यौँ ।
|
948 |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिए। एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन्। ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन्। दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ। भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ। विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन। आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराए। उनले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताए। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो। आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ। बाँध निर्माणको काम अपेक्षितरुपमा अगाडि बढेको भए पनि विद्युत्गृह निर्माण अपेक्षित प्रगति हुन नसकेको सो आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएकाले तत्काल समाधानको पहल जरुरी रहेको बताए। यस्तै, सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेस प्रदेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको नौ महिनामै कूल सात दशमलव ९६ किलोमिटर निर्माण सम्पन्न भएको छ। गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो। आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत बराबर पुगेको छ। सो आयोजनाको सुरुङको कूल लम्बाइ १३ दशमलव एक किलोमिटर छ। टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ। गत महिना मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए। विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। सो आयोजनाबाट तराई मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गर्दै आयोजना प्रमुख बरालले विद्युत्गृह र बाँध तथा प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसकेको बताए। चारवटै कामका लागि समानान्तर रुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उनले तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुने बताए। चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामा सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज हुने उनको भनाइ छ। ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे। “चालु आवका लागि आयोजनाका लागि विनियोजित सम्पूर्ण बजेट भुक्तानी भइसकेको छ। थप बजेट तत्काल उपलब्ध गराउनु आवश्यक छ। त्यसका लागि तत्काल पहल गरिदिनुहुन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु”, मन्त्री बस्नेतले भने। सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण दुई पटक समस्या देखिएको थियो। सुरुङ निर्माणका क्रममा एक पटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि पुगेकाले अब कुनै पनि जटिलता उत्पन्न नहुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनामा सकेसम्म प्रत्यक्ष रुपमा नै नभए एक्सन रुमबाटै अनुगमन निरीक्षण गरी समस्या समाधान गर्ने र विकासको गतिलाई अगाडि बढाउने बताउँदै आएका छन्। सो अवसरमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमितरुपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताए ।
|
949 |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रोत नखुलेको रकम ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ देखिएको र उक्त रकम सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । २०४६ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यादवले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ । अख्तियारले ती सबै घरजग्गा र बैंक मौज्दातबाट विगो जफत गर्न माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
|
950 |
ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीले जनाएको छ। सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।
|
951 |
निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो । सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए । निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए । त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो । ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए । यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । उनी पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसकेका थिए । राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे । सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो । उनीहरुले कर्मचारीसँग सोधे । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए । “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उनीहरु अक्कबक्क परे । उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ रु भन्दै प्रश्न गरे । “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए । राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ । एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।
|
952 |
एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ । यी दुई टोलीबीच हालसम्म २ वटा एकदिवसीय खेल भइसकेको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । यी खेलहरू २००३ र २००७ को विश्वकपमा खेलिएका थिए, यस बाहेक यी दुईबीच कुनै खेल भएको छैन । अस्ट्रेलियाले पछिल्लो ५ ओडिआई मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ । डेभिड वार्नरले यो विश्वकपमा अस्ट्रेलियाका लागि ४ खेल खेलेर २२८ रन बनाएका छन् । लेग स्पिनर एडम जाम्पा ले ४ खेलमा ९ विकेट लिएका छन् । यो विश्वकपमा नेदरल्याण्ड्सका कोलिन एकरम्यानले सर्वाधिक १२७ रन बनाएका छन् । उनको नाममा एक अर्धशतक छ । बलरमध्ये बास डी लिडेले सर्वाधिक ७ विकेट लिएका छन् । यस मैदानमा हालसम्म २९ एकदिवसीय खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १४ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेन । यहाँ सर्वाधिक रन पछ्याउने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा हाम्रो टोलीले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । दिल्लीमा पानी पर्ने सम्भावना छैन । तापमान १८ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ ।
|
953 |
एनआईसी बैंकले ऋणीलाई पुनः १० प्रतिशत ब्याज छुट दिने भएको छ । गत चैतमा किस्ता बुझाउने ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिएको थियो । बैंकले वैशाखसम्मको किस्ता बुझाएमा लाग्ने ब्याजमा १० प्रतिशत ब्याज छुट दिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । वैशाख महिनासम्ममा चुक्ता भुत्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम मसान्तभित्र चुक्ता गरेमा ब्याज रकममा थप १० प्रतिशतका साथै जरिवाना पनि छुट दिने उनले जानकारी दिए । ‘कोरोना महामारीको असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आफ्नो हिसाबले योगदान पुर्याउन बैंकले यस्तो योजना ल्याएको हो’ पाण्डेले भने ‘ग्राहकहरूको वित्तीय भार कम हुनगई कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।’ नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकहरुको खातामा जम्मा गरिसकेको समेत उनले जानकारी दिए । बैशाखको किस्ता बुझाउने ग्राहको ब्याज छुट रकम जेठको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने उनले स्पष्ट पारे । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दीका साथै चालुपुँजी र अन्य रिभल्विङ प्रकृतिलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने उनले जानकारी दिए । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूमा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असारको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने भएको छ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत महिनाको आधार दर ९.६१ प्रतिशत मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने जानकारी दिएको छ । बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बैंकले स्पष्ट पारेको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । देशभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशियाका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ । मुलुकभर ३१९ शाखा कार्यालय, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
|
954 |
निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा ससस्त्र प्रहरी परिचालन गरिएको उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ स्थित माध्यमिक विद्यालय पट्ना भञ्ज्याङ्गमा कार्यरत शिक्षकले बिद्यालयको छात्रा मोरङ । मोरङको अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका केही स्थानीयको दादागिरीबाट आजित मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ इलाम । इलाम जिल्ला अदालत चालु वर्षको हालसम्म एक सय ७४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ मा टिपर दुर्घटनाबाट गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को उत्पादन गैंडा सिमेन्टको बजार निजी सिमेन्ट कम्पनीको भोजपुर । तन्नाको पिङ बनाएर खेल्ने क्रममा भोजपुरमा पासो लागेर एक बालिकाको ज्यान गएको छ धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको इलाम । पूर्वकै प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगीताको छैठौ संस्करण माघ १५ गतेदेखि शुरु हुने भएको राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
955 |
यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । २२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन । यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।
|
956 |
दुई तले घरबाट खसेर ४५ वर्षीय श्यामकुमार रिजालको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए। उनकाअनुसार छिमेकी नर्सिङ लिम्बूको घरमा प्लम्बिङको काम गरिरहेको अवस्थामा माथिबाट खसेर रिजाल शुक्रबार दिउँसो घाइते भएका थिए। उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी कोइरालाले दिए। प्रहरीले शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाउँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
|
957 |
परमाणु बमका जनक मानिएका जुलिएस रवर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’ लाई आधार बनाएर निर्देशक क्रिस्टोफर नोलनले निर्माण गरेको ‘ओपनहाइमर’ हलिउड चलचित्र यतिबेला चर्चामा छ। जुन चलचित्र हाल विश्वभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। आखिर को थिए ओपनहाइमर ?, के थियो उनको कथा ?, कसरी बनाएका थिए उनले विनाशकारी ‘न्युक्लिएर बम’ ?, उनी नायक थिए या खलनायक ? सन् १९४५, जुलाई १६ बिहान साढे ५ बजे
|
958 |
वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका हुन् । “प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न मिल्दैन”, बहसका क्रममा वरिष्ठ अधिवक्ता पन्तले प्रश्न गरे , “उनको कदम गलत हो भने विपक्षी किन नबनाएको हो ?” उनले विघटनको सिफारिसलाई राष्ट्रपतिले कार्यान्वयन मात्र गरेकाे तर्क गरे । वरिष्ठ अधिवक्ता पन्तले एउटाले दल लिएर आयो र त्यही सांसद अर्को दलले लिएर आउँदा प्रधानमन्त्री नियुक्ति हुन नसक्ने धारणा राखे । “प्रधानमन्त्री नियुक्ति गर्न धारा ७६(५) मा दल जरुरी छ, होईन भने ७५ (२) नलेखेको भए हुन्थ्यो, ह्वीप लाग्दैन”, वरिष्ठ अधिवक्ता पन्तले भने, “ह्वीपको प्रश्न कहाँबाट आयो, कारवाही गरेर अगाडि बढ्ने भनेर दलको पत्र आएपछि देउवा नियुक्त गर, संसद् बोलाउ भन्न मिल्छ ? रिट निवेदनमा ५ जनाभन्दा बढी रिट निवेदक भनेर नचिन्ने र १४६ जनाको हस्ताक्षरसहित रिट निवेदक बनाउन नमिल्ने उनको तर्क थियो । त्यसअघि, सहन्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र दशरथ पङ्गेनीले बहस ग्रेका थिए । उनीहरूले संवैधानिक अधिकारअनुसार नै राष्ट्रपतिले काम गरेको तर्क गरेका थिए । रासस
|
959 |
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बिहान मात्र लमजुङमा २ जनामा कोरना संक्रमण पुष्टि भएको थियो। संक्रमित हुनेमा सुन्दरबजार नगरपालिका-३ का ३८, ३८, ३९ वर्षीय पुरुष, सुन्दरबजार नगरापालिका- १ का २४ वर्षीया महिला रहेकी छन्। यस्तै बेसीशहर नगरपालिका- २ का ४१ वर्षीय पुरुष, बेसीशहर नगरपालिका - ३ का ४३ वर्षीय पुरुष, बेसीशहर नगरपालिका - ९ का २६ वर्षीया महिला, बेसीशहर नगरपालिका -७ का ४४ वर्षीय पुरुष, मस्र्याङ्दी गाउँपालिका -२ का ५८ वर्षीय पुरुष छन्। यस्तै राइनास नगरपालिका- ९ का २१ वर्षीय पुरुष, राइनास नगरपालिका-८ का ५५ वर्षीय पुरुष, राइनास नगरपालिका -६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २७६ जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या १२० जना पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
|
960 |
भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच एकीकृत अर्थसामाजिक विकास योजनाको सम्भावना खोज्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको उक्त सम्मेलनका सहभागी प्राज्ञ तथा जानकारले दुई देशबीच धार्मिक, सांस्कृतिक, भौगोलिक, आर्थिकलगायतका विविध आयामबाट जोड्न सक्ने गरी मानसखण्डको ऐतिहासिक अन्वेषणको आवश्यकता औंल्याए । सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले यस क्षेत्रको एकीकृत अर्थसामाजिक विकासका लागि मानसखण्ड करिडोरको अवधारणाले मार्गदर्शन गर्ने बताए । जलस्रोत उपयोग, धार्मिक पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा दुई देशबीच समन्वयको आवश्यकता उनले औंल्याए । ‘मानसखण्ड क्षेत्रको हाम्रो सभ्यता, संस्कृति, रहनसहन समान छ, र यो अहिले पनि कायम छ’, उनले भने, ‘यसैमा आधारित भएर हामीले आर्थिक सम्बन्धलाई पनि बलियो बनाउन आवश्यक छ ।’ नेपाल र भारतले संयुक्त लगानीमा सुदूरपश्चिम प्रदेशका नदीबाट विद्युत् उत्पादन गरी एसियाली बजारमा पुर्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा एकतावद्ध भएर जानुपर्ने मुख्यमन्त्री शाहको धारणा थियो । प्राकृतिक स्रोतको उपयोगका लागि पनि संयुक्त पहल गरिनुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमको जलस्रोत उपयोग र कनेक्टिभिटी पूर्वाधार निर्माणका लागि समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिम र उत्तराखण्ड क्षेत्रलाई भूराजनीतिक रुपमा फरक बनाए पनि सामाजिक, साम्प्रदायिक र सांस्कृतिक रुपमा सदियौंँदेखि एकताबद्ध रहेको बताए । सुदूरपश्चिमका विभिन्न ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै रावलले तिनै धार्मिक, सांस्कृतिक समानताले दुई देशका नागरिकबीच अहिले पनि निकै कसिलो सम्बन्ध कायम गरिराखेको बताए । सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष श्याम पाण्डेले सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा कसरी जोडिएका छ्न भन्ने विश्लेषण गरेर मानसखण्ड करिडोरका लागि पहल गरिनुपर्ने बताए । सामाजिक रुपमा सधैँ मिलेर बसेको उल्लेख गर्दै उनले धार्मिक पर्यटन, रोजगार, कृषिजस्ता जनजीविकासँग जोडिएका क्षेत्रलाई समेटेर मानसखण्ड करिडोर कनेक्टिभिटी तयार पारिनुपर्ने बताए । अहिलेको भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेश जोड्ने मानसखण्ड क्षेत्रलाई पौराणिक रुपमा उल्लेख गरिएको आचार्य घनश्याम लेखकको भनाइ छ । स्कन्द पुराणले कुमाउँको नन्द पर्वतदेखि कर्णालीको काकगिरि (कागमारालेक) सम्मको भूभागलाई मानसखण्डका रुपमा परिभाषित गरेको लेखकले बताए । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्, कुमाउँ विश्वविद्यालय, नेपाल–भारत सहयोग मञ्च, महाकाली साहित्य मञ्चलगायत प्राज्ञिक संस्थाको समन्वय रहेको छ । नेपाल-भारत सभ्यता र सांस्कृतिक सम्पर्क निर्माणको अपरिहार्यता मुख्य विषयवस्तु रहेको मानसखण्ड सम्मेलनमा यस क्षेत्रका पौराणिक तथा पुरातात्त्विक करिडोर, धार्मिक पर्यटनसँगै तीर्थयात्रीको अधिकार तथा सुरक्षा, मन्दिर अर्थतन्त्रलगायत विषयमा नेपाल र भारतका प्राज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
|
961 |
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ । डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रतिष्ठानको वर्तमान परिस्थिति र समस्याको समाधानको लागी एक आपसमा छलफल ,संवाद र सहमतिबाट निकास निकाल्ने विषयलाई लिएर वार्तामा बसिरहेको अवस्थामा चिकित्सक माथि नै कालोमोसो लगाउन प्रयास गरिएको प्रति यस संघले घोर भर्त्सना र निन्दा गर्दछ । ’ तिवारीले नेपाल सरकार मातहतका सुरक्षा निकायले नेपाल सरकारको प्रचलित कानुन बमोजिम सम्पूर्ण दोषीहरुलाई अविलम्ब छानबिन गरी कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
|
962 |
चन्द्रपुर नगरपालिका ६ स्थित जन ज्योति उच्च माविमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीलाई आवासको समस्या भएको छ । लामो समयदेखि उनीहरू कष्टसँगले अध्ययन गर्दै आएका छन् । भवन नहुँदा उनीहरूको बसाइमा समस्या भएको हो । जीर्ण भवनमा लामो समयदेखि बसिरहेका छन् ।अन्य जिल्लाबाट अध्ययन गर्न आएका सुस्त श्रवण (बहिरा) विद्यार्थीलाई व्यवस्थापन गर्न कठिनाइ परेको शिक्षिका सीता खतिवडाले बताइन् । ‘लामो समयदेखि अध्यापन गराउँदै आएको भए पनि बस्नका लागि भवन नहुँदा सास्ती खेप्नुपरेको छ,’ उनले भनिन्, ‘विद्यार्थीका पीडा धेरै छन् । सुनिदिने निकाय नहुँदा चुप लागेर बस्नुपरेको छ ।’ उनीहरूले आवासको समस्या झेल्नुपरेको उनले सुनाइन् ।बालबालिका आफ्ना अभिभावकबाट समेत अपहेलित छन् । उनीहरू घर जानै मान्दैनन् । यस्ता बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको शिक्षिका खतिवडाले बताइन् । विद्यालयका दुईवटा ब्लकमा उनीहरूलाई राखिएको छ । दुवै जीर्ण हँुदै गएको छ । भवन अभावमा विद्यार्थी टिनको छानो भएको घरमा बस्न बाध्य छन् । वर्षाको समय पानी चुहिएर अध्ययन गर्न कठिन हुने गरेको छ । विद्यार्थी नभएको स्थानमा सुस्त श्रवण विद्यार्थी आवास बनाइएको छ ।विद्यालयमा कक्षा १ देखि १० सम्म ४१ जना सुस्त श्रवण विद्यार्थी अध्ययन गर्दै आइरहेको प्रधानाध्यापक शंकर भट्टराईले बताए । जिल्ला शिक्षाबाट वर्षको ७/८ लाखसम्म बजेट दिंदै आएको छ,’ उनले भने, ‘यही बजेटबाट आवास, खानपिन, भौतिक सामग्रीलगायत शीर्षकमा खर्च गर्नुपर्छ ।यो बजेट निकै अपुग हो ।’ विद्यार्थी संख्याका आधारमा शिक्षाले बजेट विनियोजन गर्दै आएको छ । स्थानीय तहले जिल्लाभरिका विद्यालय हेर्ने भनिए पनि सुस्त बालबालिकाका लागि बजेट माग गर्न माग फारम भरेकामा चन्द्रपुर नगरपालिकाले जिल्लाबाट कुनै किसिमको जानकारी वा कागजपत्र नपठाएकाले दिन नसक्ने जनाएको छ । पछिल्लो मंसिरदेखि यस विद्यालयमा सुस्त बालबालिकाका लागि जिल्लाले बजेट नपठाएको प्रधानाध्यापक भट्टराईले जनाए । उनले भने, ‘अब जिल्ला शिक्षा समन्वय समितिमा बजेट माग गर्छौं ।’आफूहरूलाई बस्ने बास बनाइदिन कक्षा १० मा अध्ययनरत सुस्त श्रवण विद्यार्थी रोहित अधिकारीले इसारा गरी सम्बन्धित निकायलाई आग्रह गरे । सर्लाहीबाट अध्ययन गर्न आएका अधिकारीले सांकेतिक भाषामा भने ‘हामीलाई गाँस, बास र कपासको ठूलो समस्या छ । यस्तो समस्या राज्यले बुझिदिनुपर्यो ।’ यहाँ समस्या देखिएको लामो समय भइसकेको छ । उनीहरू बोल्दैनन् । इसारा गर्छन् । सांकेतिक भाषमा आफ्ना पीडा राख्छन् । सम्बन्धित निकायलाई यसबारे जानकारी भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको समितिको आरोप छ ।सम्बन्धित निकायले समस्या समाधान नगर्दा उनीहरूको अवस्था कष्टकर बनेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश गिरीले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट आएको अनुदानले विद्यार्थीको जीविकोपार्जन नै नपुगेको गुनासो गरेका छन् । ‘हामीले बहिरा बालबालिकाको बासस्थानका लागि पहल गरेका छौं,’ उनले भने, ‘चाँडै समस्या समाधान हुन्छ ।’जिल्लाको ३ स्थानमा सुस्त श्रवण विद्यालय सञ्चालन हुँदै आएको शिक्षा समन्वय इकाइ कार्यालय गौरले जनायो । वसतपुर, गौर र चन्द्रनिगाहपुरमा आधारभूत विद्यालयमा दुईजना शिक्षक दरबन्दीसहित सुस्त श्रवण कक्षा सञ्चालन हुँदै आएको इकाइ प्रमुख रामविनय सिंहले बताए । तीनवटै विद्यालयमा ६० जना सुस्त श्रवण र ३० जना सुस्त मस्तिष्क गरी ९० जना विद्यार्थी अध्ययरत रहेको इकाइ प्रमुख सिंहले जनाए । वसतपुर आधारभूत विद्यालयमा सुस्त श्रवण विद्यार्थीको आवासका लागि ८० लाख रुपैयाँ लागतमा भवन निर्माण भइरहेको उनले जनाए ।
|
963 |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सबै पेसा व्यवसाय छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगेको बताएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूहरु अहिले दैनिक सयौं जनताको सेवामा समर्पित भइरहेको बताएका हुन् । ‘हामी आफ्नो पेसा व्यवसाय सबै छोडेर गुनासो गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आएका छौं । अहिले पनि प्रत्येक दिन आपत परेका, विपत परेका, समस्यामा परेका नागरिकहरु हाम्रो पार्टी कार्यालयमा, हाम्रा नेताहरुलाई, हाम्रा सांसदहरुलाई सम्पर्क गरिरहेका छन् । दिनमा सबै सांसदहरुले गरेर हामी सयौं मानिसहरुलाई सेवा गरिरहेका छौं,’– उनले भने । आफूहरु जनताको पक्षमा काम गरिरहेको र जनताको समस्या सुनेर समस्या समाधान गरिरहेको उनले दाबी गरे । अहिले पनि विदेशमा अलपत्र परेकादेखिसरकारी जग्गा हडपेको विषयमा पार्टी कार्यालयमा र रास्वपाका नेताहरुलाई गुनासो आइरहेको उनले बताए । ठूला–ठूला काण्डदेखि साना–साना काण्डमा खबरदारी गर्नका लागि जनताले रास्वपालाई विश्वास गरेको उनको दाबी छ । जनताको आशा, भरोसालाई आफूले तोड्न नदिने पनि उनले उक्त कार्यक्रममा प्रतिवद्धता व्यक्त गरे । बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशको अर्थतन्त्र चलायमान बनाउने अनुभव वर्तमान काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने काठमाडौं,६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आज बसेको काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनतालाई सुशासन अनुभूति हुनेगरी वर्तमान बैतडी, ६ साउन ।
|
964 |
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
|
965 |
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन हुलाकमार्फत निवेदन दर्ता गरेको प्रमुख दाहालले जानकारी दिए । उनीहरूले निवेदनमा त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षणका लागि त्रिवि केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण महाशाखाबाट खटिई आउने टोलीको नामावली र केन्द्रबाट त्यस क्याम्पसलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आव २०७२/७३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षण कार्य कुन मितिदेखि सुरु भई कति दिनमा सम्पन्न भयो ? सो आन्तरिक लेखापरीक्षण अवधिमा के के शीर्षकमा कति खर्च भएको छ ? सो वास्तविक खर्चको स्वीकृत विवरणको प्रमाणित प्रतिलिपि तथा त्यस क्याम्पसमा सूचनाको हकसम्बन्धी ऐनको दफा (६) बमोजिम कसलाई सूचना अधिकारी तोकिएको छ ? सूचना अधिकारीको नाम, पद, फाँट, सम्पर्क नम्बर र कोठा नं सहितको विवरणको प्रमाणित प्रतिलिपि माग गरेका छन् । प्रमुख दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गरे ।
क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।
त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे ।
अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए ।
त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।
“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।
यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो ।
नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो ।
हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ ।
संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ ।
नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ ।
राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन ।
त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ ।
पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।
मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।
अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
|
966 |
प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण भएको आशंकामा ३५ जना व्यक्तिलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाइन स्थलमा राखेर परीक्षण गरिएको छ । प्रदेशमा केही व्यक्तिमा शंकास्पद लक्षण देखिएकाले उनीहरुलाई परीक्षण गरिएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जानकारी दिए । २६ जनालाई परीक्षणपछि घर फर्काइको र ९ जनाको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए । ९ जनालाई क्वारेन्टाइन स्थलमै राखिएको छ ।
|
967 |
‘यो माइकको आकार किन लिंगको जस्तो छ, हँ ? आयोजकहरूले के सन्देश दिन खोजेका हुन् ? ’ जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) २०१९ को पहिलो दिनमा मञ्चमा उक्लिनेबित्तिकै लेखक जर्माइन ग्रिरले आफ्नो स्वच्छन्द पारा ल्याइहालिन्। सेतो पृष्ठभूमिमा मसिना रंगीचंगी फूलैफूलले सजिएको पालमुन्तिर बसिरहेका श्रोताहरू हाँसे। उनीसँग कुरा गर्न तयार बीबीसीकी पत्रकार बी रोलाटोले पनि मुस्कान लुकाउन सकिनन्। रोलाटोले उनको परिचयमा भनेजस्तै ग्रिर एउटी ‘तुफान’ हुन्। सन् १९७० ताका नारीवादको दोस्रो लहर ब्युँत्याउने श्रेय पाएकी ग्रिरको कृति ‘द फिमेल इयुनिक’ले यो आन्दोलनमा महत्त्वपूर्ण स्थान ओगट्यो। कृतिमा ग्रिरले बीसौं शताब्दीको समाजले महिलाको शारीरिक र मानसिक शोषण गरेर र उनीहरूको यौन चाहनालाई दबाएर ‘इयुनिक’ ९हिजडा० बनाएको घोषणा गरेकी छिन्। त्यसको ५० वर्षपछि ग्रिरले महिलाको जीवनमा के-के परिवर्तन देखिन् रु ‘खासै केही फेरिएको छैन,’ उनले भनिन्, ‘मेरो चाहना थियो, यो कृतिको आयु चाँडै सकियोस्, यो असान्दर्भिक भएर हराएर जाओस्। तर आधा शताब्दी पछि महिलाहरू मलाई सुनाउँछन्, उनीहरूको जीवन अझै पनि मेरो किताबमा जस्तै अँध्यारो छ।’ आमूल परिवर्तनवादीका रूपमा असंख्य महिलाको मार्गदर्शक बन्न सफल ग्रिरले पछिल्ला वर्षहरूमा थुप्रै आलोचना खेप्नुपरेको छ। उनले घरि बलात्कारीहरूको सजाय छोट्ट्याउनुपर्ने तर्क राख्छिन् भने कहिले बलात्कृत महिलामाथि पुगेको आघातलाई आफ्नो माकुरासँगको डरसँग तुलना गर्छिन्। ‘मि टू’ आन्दोलनलाई ‘महिलाहरूको गनगन’ भनेर अथ्र्याएपछि त उनको दर्जा पथप्रदर्शकबाट विरोधी तत्त्वमै झरेको छ। यस्तो विवादास्पद छवि भएकी ग्रिरले आफ्ना विचारमा अरूको समर्थन पाउलिन् त ? ‘मसँग कसैले सहमति जनाउनै पर्दैन,’ उनले सहजै भनिन्, ‘मेरो कामै आलोचित हुनु हो। म मात्र यति चाहन्छु, तिमी मेरो कुरा सुन। मन नपरे अस्वीकार गर, आफ्ना तर्क राख। यति मुठभेद नगरे प्रगति र परिवर्तन असम्भव छ।’ बलात्कारलाई सामान्य अपराध मानेर खराब यौनसम्पर्कसँग तुलना गरेका उनका अभिव्यक्ति नि ? ‘बलात्कार र यौनहिंसालाई यसको हिंसासँग नजोडेर यौनको पाटोसँग मात्र जोड्नु समस्या हो। मेरो भनाइ प्रस्ट छ- लिंग मेरो शत्रु होइन। पुरुषको शरीरमा मैले बुझ्ने र जान्ने एउटै अंग यही हो। बरु म त्रसित छु, पुरुषका हातहरूसँग, जसले मेरो आँखा निचोरिदिन सक्छन्। र, उसका जिब्रोहरूसँग, जसले मविरुद्ध अप्रिय वचन बोलेर मलाई शक्तिहीन बनाइदिने क्षमता राख्छन्।’ प्रस्तोता बीलाई उनका कुरा चित्त बुझेनन्, उनले ‘मि टू’प्रति ग्रिरको विरोधलाई औंल्याइन्, ‘तपाईंलाई आफ्ना आदर्श मान्ने एउटा पुस्तामाथि विश्वासघात गर्नु भएको छ।’ ग्रिरले स्पष्टीकरण दिन खोजिन्, ‘पश्चिमी मुलुकहरूमा महिलाले यो आन्दोलनलाई व्यक्तिगत लाभका लागि गलत उपयोग गरेको नजिकबाट देखेकी छु। त्यसैले पूर्ण समर्थन गर्न नसकेकी हुँ, यसलाई मैले गनगन चाहिँ भनेकी छैन ।’ कता कति हाम्रै देशको ‘ट्याँउट्याउँ’ सम्झाउने अभिव्यक्ति। बीले अझै दह्रोगरी भनिन्, ‘हामीलाई लाग्थ्यो, तपाईं शक्तिहीनहरूको एउटा आवाज हुनुहुन्थ्यो, अहिले त शक्तिशालीको लागि पो बोल्दै हुनुहुन्छ।’ ग्रिरले यसको खण्डन गर्न सकिनन्। उनको संघर्ष सामूहिक हैन, एकल देखियो। आफ्नै सुरले तर्कहरू राख्दै गइन्, तर ती असरहीन बनिसकेका थिए। एउटा सार्वजनिक मञ्चमा बीले यति स्पष्ट तरिकाले आफ्नो विमति राखिदिइन्, ग्रिरले पनि निजात्मक सोचबाट बाहिर निस्केर सिंहावलोकन गर्न बाध्य हुनुपर्यो। एउटा मञ्चको शक्ति, केवल एक घण्टाको वार्तालापले सोचाइमा ल्याउन सक्ने हलचल, र एक कुशल प्रस्तोताको गुण यी सबै बीले एकै वाक्यमा देखाइदिइन्। अन्त्यमा उनले ग्रिरलाई रमाइलो प्रश्न गरिन्, ‘आफ्नो मृत्युपछि आफूले हुर्काएको जंगलका रूखहरू माझ छरिन चाहनुहुन्छ ? ’ ‘मलाई मतलव छैन,’ ग्रिरले ठाडै भनिन्, ‘मरेपछि के वास्ता !’ तर बाँचुञ्जेल वास्ता गर्न, अरूका भनाइ र अनुभवको कदर गर्न अनि महिलाका लागि सच्चा सहयात्री बन्न बीले सम्पूर्ण सहभागीका साथै ग्रिरलाई पनि सम्झाएर हिँडिन्। २००८ देखि लगातार १० वर्ष आयोजना भएर एक वर्षको विश्राममा रहेको यो साहित्य महोत्सवको हरेक संस्करण दोधारैदोधारमा सम्पन्न हुन्छ। उता ग्रिरको व्यक्तिगत स्वार्थभन्दा धेरै पर, एउटा समाज र राष्ट्रलाई योगदान गर्ने हठ बोकेकी इजिप्टकी लेखक अहदाफ सोइफ ‘प्यालेस्टान फेस्टिभल अफ लिटरेचर’ आयोजना गर्दाका चुनौतीहरू सुनाउँदै थिइन्। ‘सुरुमा आर्थिक स्रोत जुटाउन महाभारत हुन्छ, त्यसपछि सुरक्षाका चुनौतीहरू लहरै आउँछन्। हामीलाई हरेक पटक सिमानाहरूमा रोकिन्छ, घण्टौं पुछताछ गरिन्छ, अन्तिम क्षणसम्म पनि त्यो वर्षको संस्करण हुने९नहुनेमा अन्योल भइरहन्छ। हामीलाई चेतावनी त कति आउँछन् कति, अश्रुग्यास फालिन्छ, कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरिन्छ। तर साहित्य अनि कलालाई यो देशभरि फैलाउनबाट हामी पछि हट्ने छैनौं। हाम्रा सहभागीहरूको सुरक्षाको खुबै डर लाग्छ, तर मैले वाचा गर्न सक्ने एउटै कुरा हो, उनीहरूको जे गति, मेरो पनि त्यही हुनेछ।’ विभिन्न महोत्सव निर्देशक सञ्चालकहरूको अनुभव आदानप्रदान गरिने उक्त सत्रमा सबैको एउटै सोच थियो, विखण्डित र कमजोर हुँदै गइरहेको समाजलाई संवादका माध्यमबाट समाधानतर्फ लैजानमा यस्ता साहित्यिक महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। ‘परिवर्तन झट्टै नदेखिएला,’ जेएलएफकी निर्देशक नमिता गोखलेले भनिन्, ‘तर संयुक्त रूपमा अघि बढ्ने तरिका सहिष्णुता र आपसी सम्मान नै हो।’ सहमति जनाउँदै थिइन् टाइम्स लिट फेस्टकी सहनिर्देशक नमिता देवीदयाल। ‘संवेदनशील समय छ, सोचीसोची पाइला चाल्नुपर्छ,’ उनले भनिन्, ‘तर विरोधी तत्त्व र अवरोधहरूसँग कूटनीनिक भएर सामना गर्नुपर्छ।’ उनले एउटा अनुभव सुनाइन्९ ‘प्रसिद्ध लेखक रोहिन्टन मिस्त्रीलाई उनीहरूको महोत्सवमा ल्याउनु अनिवार्य थियो, तर उनको समुदायसँग शिव सेनाको केही पूर्वाग्रह थियो। एउटा कार्यक्रममा छिरेर महोत्सवकी सहनिर्देशकले नजानिँदो पाराले प्रश्न सोधिन्, हजुरहरूलाई रोहिन्टन मिस्त्रीसँग कुनै समस्या छ रु ’ सार्वजनिक समारोह, बाल ठाकरेलाई भन्न कर लागिहाल्यो, ‘किन हुन्थ्यो र, उनी त हाम्रा सान हुन्।’ यता टाइम्स लिट फेस्टका निर्देशकहरूले यो खबर एउटा स्थानीय पत्रिकालाई दिए, समाचार पहिलो पृष्ठमै छापियो, शिव सेनाको सहमति र मिस्त्री कार्यक्रममा निर्वाध आउन पाए। ‘काम अघि बढाइराख्न यस्ता जुक्ति पनि लाउनुपर्छ,’ देवीदयाल मुस्कुराइन्। मेरो लागि जेएलएफका प्रमुख आकर्षण यी प्रतिभाशाली र प्रेरणादायी महिलाहरू नै थिए। सबैभन्दा कान्छी सहभागी १० वर्षीय लेखकदेखि ८० वर्षीया ग्रिरसम्म अनेक पृष्ठभूमि र संरचनाबाट उत्पन्न महिलाहरूको सोचाइ र भोगाइले कहीँ आल्हादित तुल्यायो, कतै आश्चर्यचकित, अनि सोचमग्न। मेघना गुलजारले आफ्ना बुवा गुलजारसँगको बाल्यकालबारे सुनाउँदा र एसिड आक्रमणमा परेकी रेश्माले त्यो पीडा बताउँदा आँखा टलपल भरिए। महिलाको कामले उनीहरूको सिर्जनशीलतालाई बाधा पुर्यायएको छलफलबारे सत्रमा मेरो पूर्ण सहमति रह्यो, महिलाका स्वास्थ्य सेवाका समस्याबारे सत्रमा हाम्रै देशमा छाउपडी र बालविवाह सम्झिएँ। अनुराधा रोयले उनको उपन्यासको प्रमुख पात्रका तस्बिर देखाउँदा उनी सँगसँगै कल्पनामा बगेँ, शक्तिको साँचो महिलाको हातबाट सधैं खोसिने धारणा व्यक्त भइरहँदा म पनि समर्थन गर्न बाध्य भएँ। यी सबै शक्तिशाली, मेधावी, सिर्जनशील विदूषीहरूको विविध र विरोधाभाषयुक्त विचारहरूको मन्थनले फेरि पनि सम्झायो, हामी सबै महिलाको भोगाइ कति फरक छ, हाम्रा सोच प्रक्रिया कति भिन्न, हाम्रा समस्या र खुसीका कारक कति निजी। हामीले एउटै कित्तामा उभ्याउने महिलाबीचका असमानता र वैचारिक द्वन्द्व, असन्तुष्टि र दूरी, व्यवहार र महत्त्वाकांक्षा सबै प्रष्टै छुट्टिए। ‘इन्टरसेक्सनल फेमिनिज्म’ हरेक तह र तप्काका विशेषता र आवश्यकतालाई समेट्दै लग्ने नारीवादको खाँचो अझ बढी महसुस भयो। कताकति डर पनि लाग्यो, यस्ता भिन्न विचार र पहिचान एवं अस्तित्वको लडाइँहरूबीच महिलाहरूको हितको मूल मुद्दा हराउने त होइन रु कुराहरू फोस्रा शब्दमै सीमित हुने त होइनन् ? ‘होइन,’ नुरजहाँ र मुगल साम्राज्यका महिलाको बारे बोल्दै गरेकी ईरा मुखोटीले दृढतापूर्वक भनिन्, ‘हामीले महिलाका कथाहरू मनोरञ्जन र आत्मसन्तुष्टिका लागि मात्र अघि सार्ने होइनौं। इतिहासले छुटाएका, वर्तमानले नसमेटेका, गौण भनेर पन्छाएका सम्पूर्ण महिला पात्र र तिनका परिस्थितिहरूलाई हामीले सूक्ष्म ढंगबाट केलाउनेछौं, उनीहरूको गणना महिलाहरू बीचमा मात्र सीमित नरही पुरुषहरूकै बराबरीमा हुनेछ। अबका महिलाहरू बिर्सिइने छैनन्, तिनका डायरी र कथाहरू सुनिनेछन् र बुझिनेछन्।’ यहाँनेर मैले झट्ट आफ्नी हजुरआमाको दैनिकी सम्झिएँ उहाँ हरेक दिन आफ्ना डायरीमा केही टिपोट गर्नुहुन्थ्यो, आफूमाथि घटेका घटना, आफ्ना विचार र चाहना। मलाई यो पढ्न साह्रै रमाइलो लाग्थ्यो, घरव्यवहारमा जेलिनुभएकी मेरी आमाकी आमा मात्र नभएर एउटा बेग्लै पहिचान भएकी अलग्गै, अलि अपरिचित महिला जस्तो लाग्नुहुन्थ्यो। मेरी बुवाकी आमाले पनि मलाई डोर्योउँदै लानुभएको थियो उहाँको बाल्यकाल र युवावस्थामा। लटरम्म फलेका रूखहरू बीचको सानो घर, वरिपरि मगमगाइरहेका फूलहरू, उकालो ओरालो गर्दै ढाडै भाँचिएला जस्तै गरी नबिसाइ बोक्नुपर्ने पानीका गाग्री, बिहे भएपछि अर्कै संसारमा हुलिएका दिन, ससाना नानीहरूलाई बोक्दै ओडारमा बस्नु परेका वर्ष। हजारौं नेपाली महिलाका कहिल्यै नदेखिइने, कदर र टिपोट नगरिने जीवनीहरू। मेरी सासूआमाले अझै पनि सुनाउनुहुन्छ, मलाई अद्भुत अनुभवहरू। जस्तो लखनउबाट मिस्त्री मगाएर स्याङ्जामा ठडिएको सिसैसिसाको महल, त्यहाँभित्र लेखपढ र नाचगान गरी बस्ने एउटी राजकुमारी, उखुका लाँक्रा चुस्दै र खेतखेत दौडिँदै बितेको एउटा बाल्यकाल। कतै लेखिएको छैन, तर कति रोमाञ्चक र बुझ्नलायक छ यो इतिहास। साहित्य महोत्सवले मलाई सम्झाइरह्यो, हाम्रा देशका महिलाका पनि भनिनु, लेखिनु र फैलाइनुपर्ने कथा। यस्तै कथाहरू बोकेर आएका जस्ता देखिन्थे महोत्सवमा भाग लिने दर्शक पनि, उत्तिकै विविधतापूर्ण र आकर्षक, वार्तालाप गर्दा सुविज्ञ र आत्मविश्वासी। मञ्चमा जस्तै मेरा आँखाहरूले दर्शकमाझ पनि महिलालाई नै खोजे। कोही परम्परागत पहिरनमा, कोही भने आवरणको बेवास्ता गरेर, कसैले अनेकानेक केश रंग्याएका, धेरैले केश तिलचामले र सेतै छाडेका। सम्झिए आफ्नै आमालाई, जो ‘किन मेहेन्दी नलगाएको रु ’ भन्ने प्रश्नले आक्रान्त हुनुहुन्छ। यी सबै निष्फिक्री र स्वआश्वस्त महिलाले मेरो विश्वास दरिलो बनाए, सबैलाई सबै कुराको उत्तर दिनु जरुरी छैन। मात्र आवश्यक छ आफूलाई अर्थपूर्ण र सहज लाग्ने तरिकाले जिउने, अरूलाई दक्खल नपुर्यौई आफ्ना आकांक्षा पूरा गर्ने, अनि तर्क र प्रश्न गर्न कहिल्यै, कहिल्यै नछोड्ने ।
|
968 |
वि.सं. २०७२ माघमा बंगलादेशमा सम्पन्न गोल्डकपको उपाधी नेपालले जितेको थियो । तर, उक्त उपाधीको पुरस्कार अझैसम्म पाउन सकेको छैन । उपाधी जितेवापत
इग्ङ्लिस प्रिमिएर लिगमा म्यानचेष्टर युनाइटेड, वाट्फोर्ड र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । युनाइटेडले बर्नलीलाई २–० ले पराजित गरेको हो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । जितसँगै युनाइटेड
स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८–२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । बार्साका लागि लियोनल मेस्सी र लुइस स्वारेजले २ –२ गोल गरे । इभान राकिटिच,जोर्डी अल्बा
एसिया कप छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । १५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले २८ दशमलव १
एसिया कप छनोट प्रतियोगितामा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाउन सक्यो । सिंगापुरलाई १५१ रनमै समेट्न ललित नारायण राजवंशीले र सन्दीप लामिछानेले समान ३—३
फ्रेन्च लिग वानमा पीएसजीले लगातार चौथो जित हात पारेको छ । नेयमार र एमबाप्पे रहेको पीएसजीले निम्सलाई ४–२ ले पराजित गर्दै चौथो जित हात पारेको हो । पीएसजीको लागि नेयमार, एमबाप्पे, काभानी र डि मारीयाल गोल गरे । नेइमारले पहिलो
इटालियन लिग सिरि ए मा युभेन्ट्सले पर्मालाई हराएको छ । युभेन्ट्सले पर्मालाई २–१ गोलले हराएको हो । युभेन्ट्सको लागि मारियो मान्जुकिक र ब्लेइजीले गोल गरे । पर्माका गेरभिनाले १ गोल गरे । रियल मड्रिडबाट युभेन्ट्समा गएका स्टाइकर क्रिष्टियानो रोनाल्डोले भने
स्पेनिस ला लिगामा रियल मड्रिडलले लेगानेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा लेगानेसलाई ४–१ ले पराजित गर्दै रियलले विजयी यात्रा कायम राखेको छ । रियलका लागि करिम बेन्जिमाले दुई, ग्यारेथ बेलले एक र सर्जियो रामोसले पेनाल्टी गोल गर्दै टिमलाई
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । साविक विजेता सिटीले न्युकासल युनाइटेडलाई २–१ गोलले परािजत गर्दै कठिन जित हात पारेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र केली वाल्करले गोल गरेका थिए । न्युकासलका लागि डीआन्द्रे एडलिनले
एसिया कप छनोट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको.खेल सुरु भएको छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । हिजो भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो ।
|
969 |
अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए । उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिबद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गरे । उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र वृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए । उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै वृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरे । उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे । उनले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गरे । उनले सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको बताए । उनले करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेको भन्दै यो विषयमा सार्वजनिक बहस गर्न तयार रहेको बताए । उनले करका दर हेरफेरमा प्रतिस्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्ने व्यवसायीहरू सरकारसँग डराउनु नपर्ने बताए । उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भुमिका खेल्ने उनको भनाइ छ । उनले बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको बताए । उनले स्पञ्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताए । उनले विभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको बताए । उनले सरकारले लुकाएर करका दर हेरफेर नगरेको बताए । अर्थमन्त्री पुनले भने ‘मु उनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफू सरपराइज भएको बताए । उनले बजेटमा फरक फरक धारणा आउनु स्वाभाविक भएको बताए । उनले अधिकांश क्षेत्र र प्रतिपक्ष दलहरूको सकारात्मक प्रतिक्रिया आएको भन्दै सुखी व्यक्त गरे । उनले बजेट अलिअलि आलोचना आउनु स्वाभाविक रहेको बताए । उनले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएकाले आफै सर्प्राइज भएको उल्लेख गरे । उनले आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट ल्याएको दाबी गरे । उनले सबै मन्त्रालय र निकायहरूको मेहनत र सरोकारवालाहरूको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताए । उनले प्रि–बजेट डिस्क सनहरूको समेत प्रभाव परेको र नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभूत गर्ने परिवेश बनाएको बताए । उनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारले यसको स्वीकार गरेको बताए । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए । उनले सूचना प्रविधिमा प्राथमिकता राखेर निःशुल्क कार्यालय दिने जस्ता कार्यक्रम ल्याएको बताए । उनले निजी क्षेत्रले यसमा साथ दिएर कार्यक्रमलाई सफल बनाउन आवश्यक रहेको बताए ।
|
970 |
प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दबाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन्। संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्टयाएका हुन्। ‘हामीले भन्यौं, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौं। सो संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौं,’ प्रधानमन्त्री ओलीले थप प्रष्टयाए, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दवाव जस्ता कुराहरु नलिईकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो।’ बिहीबार बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै त्यसो गर्नु जायज नहुने बताए। प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताए। ‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यो भवनमा २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ। यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ।’ त्यस अवसरमा उहाँले अवका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने बताए। प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने सो भवन निर्माण कार्य हुँदैगर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने सो भवनमा शान्तसँग बस्न पाउने बताए ।
|
971 |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको छ । प्रचण्ड खोज, उद्धार र राहतका लागि रुकुम (पश्चिम) पनि जाने क्रार्यक्रम रहेको छ । प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको छ । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट गएका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।
|
972 |
सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यकालको विषयमा प्रश्न उठेको छ। गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार मुख्यमन्त्री यादवको कार्यकाल कहिलेसम्म हो भन्नेमा प्रश्न उठेको हो । यादव जसपाबाट मुख्यमन्त्री बनेका हुन् । जनमत पार्टीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, आज बसेको गठबन्धनको बैठकमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सहमतिअनुसार कार्यकाल टुंग्याउनुपर्ने विषय प्रवेश गराए । मधेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । अब मुख्यमन्त्री यादवले विश्वासको मत लिएर निरन्तरता दिनुको सट्टा आलोपालो सहमतिअनुसार समय तोक्नुपर्नेमा कांग्रेस-माओवादीको जोड थियो । प्रधानमन्त्री प्रचण्डले राखेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन सहभागी थिए । बालुवाटार बैठकमा आलोपालो सहमतिबारे कुरा उठे पनि ठोस कुनै छलफल नभएको नेता श्रेष्ठले बताए । उनले भने, ‘अब मुख्यमन्त्रीजीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्रै गठबन्धनमा आलोपालोबारे छलफल हुन्छ ।’ यता, मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीले पनि मुख्यमन्त्रीको दाबी गर्न छाडेको छैन । गठबन्धनमा जसपापछि आफूहरुले सरकारको नेतृत्व गर्ने सहमति बनेको दाबी गर्दै आएको छ । तर, जसपा नेताहरु त्यो कुरा स्वीकार्न तयार छैनन्। आज बसेको गठबन्धन बैठकमा जनमत सहभागी भएको थिएन । उसले गठबन्धनमा मुख्यमन्त्रीको दाबी गरेपछि मात्रै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थनबारे निर्णय गर्ने रणनीति अख्तियार गरेको छ ।
|
973 |
विभिन्न समयमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू तोकिएकोभन्दा बढी सुन ल्याएका कारण विमानस्थलमै पक्राउ पर्ने गरेका छन् । तर कानुन अनुसार तोकिएको जति मात्र सुन ल्याएमा यसरी पक्राउ परिँदैन र भन्सार शुल्क पनि तिर्न पर्दैन । सुनको गहनाको हकमा महिला हो भने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्न पर्दैन । पुरुषका हकमा भने वैदेशिक रोजगारीबाट फर्कँदा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार तिर्न पर्दैन । त्यसमा पनि एक जना व्यक्तिले थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता नहुने भन्सार विभागले जनाएको छ । यस्तै वैदेशिक रोजगारीबाट फर्कने श्रमिकले ल्याउने मोबाइलमा पनि छुटको व्यवस्था गरिएको छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन । यसका साथै श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एउटा मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ । श्रम स्वीकृति लिएर गएका श्रमिकले ल्याउने टेलिभिजनमा पनि सरकारले छुट् दिएको छ । श्रम स्वीकृति लिई विदेशमा एक वर्ष काम गरी गरी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले जस्तोसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार लाग्दैन । तर श्रम स्वीकृति लिएर गएको भए पनि वा एक वर्ष काम गरेरै फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजनमा मात्र भन्सार शुल्क छुट् पाउँछन् । ३२ इन्चभन्दा ठुलो टिभी ल्याएमा भन्सार शुल्क तिर्न पर्छ । यसबाहेक अन्य अवस्थामा भने विदेशबाट फर्कने यात्रुले ल्याएको टिभीमा भन्सार शुल्क तिर्न पर्छ ।
|
974 |
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीमध्ये सरदर दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएअनुसार मलेसियामा रोजगारीका लागि आउने नेपालीमध्ये सरदर दैनिक एकजनाले ज्यान गुमाउने गरेका छन् । दूतावासका अनुसार जनवरी २०१८ को सुरुदेखि १८ मार्च २०१९ सम्म मृत्यु हुने नेपालीको संख्या ४ सय ५ जना पुगेको हो । दूतावासले उपलब्ध गराएको तथ्यांकअनुसार यसबीचमा ४९ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । विभिन्न अस्पतालहरुबाट प्राप्त तथ्यांकका आधारमा उक्त डाटाबेस तयार पारिएको दूतावासले जनाएको छ ।
मुटु, कलेजो तथा फोक्सोसम्बन्धि रोगका कारण मृत्यु हुनेको संख्या १ सय ५० भन्दा बढी रहेको छ । दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार अस्पताल भर्ना हुने र मृत्यु हुने नेपालीमध्ये अधिकांशलाई मुटु, कलेजो र फोक्सोको रोग लागेको हुन्छ । उनीहरु सामान्य अवस्थामा अस्पताल नै पुग्दैनन् । अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा उनीहरुलाई बचाउन कठिन हुने गरेको छ । यी रोगहरु लाग्नुको प्रमुख कारण अत्याधिक मदिरा सेवन रहेको प्रथम सचिव गौतम बताउँछन् । नेपालीहरु मुख्यतः छुट्टीको दिन वा काम सकिएपछि मदिरा सेवन गर्ने र त्यसमा पनि अस्वस्थ र अधिक मात्रामा सेवन गर्ने गर्दछन् । जसका कारण उनीहरुलाई कलेजो तथा फोक्सोसम्बन्धि रोग बढी लाग्ने गरेको छ । त्यसैगरी १५ महिनाको अवधिमा १३ जना नेपालीले सडक दुर्घटनामै ज्यान गुमाएका छन् । मलेसियाको सडक एकतर्फी हुने र तीब्र गतिको हुन्छ । तर नेपालीहरुले बाटो काट्न नजान्दा यस्तो दुर्घटना हुने गरेको दूतावासले जनाएको छ । नेपालीहरु ओभरहेड ब्रिज प्रयोग गर्न नखोज्ने वा नजान्ने र जेब्राक्रसिङबारे धेरै जानकारी नहुँदा पनि सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको दूतावासले बताएको छ । त्यसैगरी अन्य रोग, हत्या, कामका क्रममा मेसिनमा हुर्ने दुर्घटना वा एसिडजस्ता रसायन पोखिएर मृत्यु हुने नेपालीको संख्या अत्याधिक रहेको छ ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
|
975 |
आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ । भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा। डा. सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउछन् । उनी भन्छन्, “नेपालमा डाक्टर हुनुहुन्छ, उहाँहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ । आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दूरजराजमा बस्नुहुन्छ ।” नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उनको भनाइ छ । आँखाको विषय त्यति जटिल नलागे पनि अन्धोपनको समस्या विकराल रहेको भन्दै उनले धेरैजसो देशमा सरकारले आँखाको उपचार सेवा दिन नसक्ने अवस्था रहेको बताए । उनले भने, “जुन रोगबाट मानिसको तुरुन्त मृत्यु हुन्छ, त्यस्ता रोगको उपचारमा सरकारको प्राथमिकता हुँदोरहेछ । त्यसैले सरकारले आँखाको उपचारमा ध्यान दिन सक्दा रहेनछन् ।” गैरसरकारी संस्थाले नै आँखा उपचार सेवा समुदायसम्म पु¥याउने चलन धेरै देशमा रहेको उनको भनाइ छ । उनले भने, “नेपालमा पनि यही नै चलन छ ।” विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको तथ्याङ्क उद्धृत गर्दै उनले भने, “विश्वमा दुई अर्ब २० करोड मानिसलाई आँखाको समस्या छ, त्यसको आधा अर्थात् एक अर्ब १० करोड मानिस आँखा उपचार सेवाबाट बञ्चित छन् ।” उनले अगाडि थपे, “उनीहरु उपचारको पहुँचबाट टाढा छन् । यिनीहरुमध्ये पनि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिमा समस्या बढी छ । समस्या भएकामध्ये ५० वर्षभन्दा माथिका ६५ प्रतिशत छन् ।” नेपालमा नेपाल नेत्रज्योति सङ्घ स्थापनाकालदेखि नै आँखा उपचारको सेवा दिँदै आएको भन्दै उनले अहिले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत देशभरमा २८ वटा अस्पताल र एक सय ६० भन्दाबढी आँखा उपचार केन्द्र रहेको जानकारी दिए । ती अस्पताल र आँखा उपचार केन्द्रमार्फत समुदायमा गएर आँखा उपचार सेवा दिँदै आएको उनले बताए । नेपालमा आँखा रोग विशेषज्ञको सङ्ख्या राम्रो उत्पादन भएको भन्दै प्रा। डा। दुलालले भारतमा भन्दा नेपालमा नेत्र रोग विशेषज्ञ सङ्ख्या राम्रो रहेको बताए । उनले भने, “नेपालमा एक लाख जनसङ्ख्यामा एक जनाभन्दा बढी अर्थात् एक लाख जनसङ्ख्यामा १।२ डाक्टरको अनुपात ९रेसियो० छ । भारतमा एक लाख जनसङ्ख्यालाई एक जना नेत्ररोग विशेषज्ञको मात्र व्यवस्था छ ।” अन्धोपनको प्रमुख कारण मोतियाविन्दु भएको भन्दै प्रा। डा। दुलालले भने, “मोतियाविन्दु हामीले नेपालभरिमा शल्यक्रिया ग¥र्यौं भने अब सिद्धियो भन्ने हुँदैन । अर्को वर्ष नयाँ मोतियाविन्दुका बिरामी भेटिन्छन् ।” सहर र आसपासमा हुनेहरु अलिअलि मोतियाविन्दु हुँदा नै उपचार पहुँचमा हुने भन्दै उनले भने, “जो मानिस ग्रामीण इलाका छन् । उनीहरुको आँखा एकदमै कमजोर हुँदा पनि उपचारका लागि जान सक्दैन ।” अन्धोपन निवारणका लागिराज्यले नै स्वामित्व लिनुपर्ने प्रा। डा। दुलालले सरकारले सहजीकरण गरिदिनुपर्ने बताए । उनले भने, “अस्पताल खोल्न चाहनेलाई प्रोत्साह गर्नुपर्छ । सरकारी नीतिनियम असहज छन्, तिनीहरुलाई सहज बनाइदिनुपर्छ ।” अस्पतालले पनि समुदायमा जाने काम गर्नुपर्नेमा उनले जोड दिए । नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ग्रामीण क्षेत्रमा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए । आँखाका बिरामी गाउँमा धेरै रहेका स्वीकार गर्दै उनले सबै पालिकामा आँखा उपचार केन्द्र वा अस्पताल सञ्चालनका लागि सङ्घले काम गरिरहेको बताए । सङ्घले मात्रै वर्षमा ४० लाख बिरामीलाई सेवा दिएको उनी बताउछन् । गत वर्ष ती बिरामीमध्ये दुई लाख ७५ हजारको शल्यक्रिया गरिएको थियो । हरेक वर्ष ग्रामीण क्षेत्रमा पुगेर तीन हजार बढी शिविर गर्ने गरिएको उनले बताए । उनले प्रत्येक वर्ष शल्यक्रियासहितको शिविरमा चार लाखलाई सेवा दिएको बताए । चालिस हजारभन्दा बढीको निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए । यसैबीच भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । भरतपुरको चौबीसकोठीदेखि अस्पतालसम्म प्रभातफेरी गरिएको हो ।
|
976 |
जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ ।
|
977 |
यस्तै संघका केन्द्रिय सदस्य सुनिल श्रेष्ठले ५ हजार, राष्ट्रिय ब्याडमिन्टन अम्पायर दुर्गा भण्डारीले ५ बट्टा शटल कर्क, पुर्ब अंतर्राष्ट्रिय खेलाड़ीहरु शहदेव खडकाले १० हजार, राजु पनेरुले १५ हजार, रुपैयाँ कैलाली जिल्ला ब्याडमिन्टन संघलाई सहयोग गरेको छ । यस्तै हाल अध्ययनको क्रममा अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्काले १० हजार, पुर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी इन्द्रा महताले ७ हजार रुपैयाँ तथा संघका सचिब मेम्बर सिंहले शटल कर्क र आर्थिक सहयोग गरेका छन् । अध्यक्ष नवराज जोशीले योनेक्स बिजी ६५ स्ट्रिंग तथा ¥याकेट ४ बर्षको लागि प्रदान गरेका छन् । कैलालीमा ब्याडमिन्टन प्रशिक्षक मेगराज कठायतले १२ महिना नै प्रशिक्षण गराउदै आइरहेका छन् । कैलाली जिल्ला ब्याडमिन्टन संघले आफ्ना खेलाडीलाई बर्षै भरि खेल सामग्री उपलब्ध गराउदै आइरहेको छ । निरन्तरको प्रशिक्षणसँगै जुनियर खेलाडीमा कैलालीका खेलाडीको बाहुल्यता रहँदै आइरहेको छ । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् ।
|
978 |
‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीका सम्पादकसितको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘पानी तलैतिर बग्छ भनेजस्तै शक्ति काठमाडौंमै रहेछ।’ पोखरेलले ‘केही गर्छु भन्नेलाई काठमाडौंमा जानुपर्छ’ भन्ने मानसिकताले जरा गाडेर बसेकाले संघीयता कार्यान्वयनमा सकस रहेको बताए। उनले संघीयता लागू भएपछि अधिकार तल गयो भन्ने बुझाइ रहे पनि नगएको बताए। समाजशास्त्रीय मान्यतामा संघीयता र अधिकार विकेन्द्रित हुने भए पनि अर्थशास्त्रीको मान्यता केन्द्रीकृत नै रहेको उनको तर्क थियो। ‘यस्तो मानसिकता बदल्न सामान्य प्रयासले हुँदैन,’ उनले भने। उनले संघीयताले नागरिकको खर्च बढाएको बुझाई उचित नभएको पनि उल्लेख गरे। केही प्रशासनिक खर्च बढे पनि सँगै सेवा प्रवाह क्षमता पनि बढेको उनको दाबी छ। ‘सामान्य सरकारी सेवा प्राप्त गर्न पनि काठमाडौं र जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई संघीयताले हटाइदिएको छ,’ पोखरेलले भने, ‘प्रशासनिक सेवा प्राप्त गर्ने कुरामा जनताको खर्च घटेको छ, तर आर्थिक दृष्टिकोणबाट हेर्दा आंशिक रुपले खर्च बढेको हो।’ प्रदेश ५ ले गत आर्थिक वर्षमा ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको उल्लेख गर्दै पोखरेलले प्रदेश सरकार स्थापना भएपछि विकास निर्माण र जनताका अभिलाषा सम्बोधन गर्न आवश्यक पर्ने कानुन निर्माण तयार गरी आधार तय गरिएको बताए। ‘आर्थिक क्षेत्रलाई प्रत्यक्ष, परोक्ष रुपले प्रभाव पार्ने कुराहरु के के हुन् भनी हामीले निक्र्यौल गरिसकेका छौं,’ उनले भने, ‘कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता किटान गरी त्यसअनुसारको काम अघि बढाइएको छ ।
|
979 |
गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार दिउसो तीन जनाले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घटनास्थलबाट प्रहरीले ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा, चप्पल बरामद गरेको छ । गरुडा बजारबाट किशोरीलाई फकाएर मोटरसाइकलमार्फत जंगलमा लगि जबरजस्ती करणी गर्दै गरेको अवस्थामा इलाका वन कार्यालय सिम्रीको गस्तीटोली देखेपछि युवकहरु भागेका थिए । किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । फराररहेका आरोपीहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जनाएका छन् ।
|
980 |
राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् ।
|
981 |
एजेन्सी – बेलायतमा वृद्धवृद्धा तथा अशक्त हेरचाह गर्ने काममा कामदारको शोषण दोब्बरले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । गत वर्षको तुलनामा यस वर्ष कामदारमाथिको शोषण दुई गुणाले बढेको प्रतिवेदन सार्वजनिक भएको हो । यस वर्षको जनवरीदेखि मार्चसम्मको स्थिति हेर्दा दोब्बर श्रम शोषण भएको बीबीसीले जनाएको छ । त्यस अवधिमा १०९ जनामाथि आर्थिक तथा व्यक्तिगत शोषण भएको प्रतिवेदनमा उल्लेख छ । सरकारी निकायले हेरचाहमा संलग्न कामदारको हक रक्षाका लागि त्यस क्षेत्रलाई प्राथामिकतामा राखेको बताएको छ । श्रम सम्बन्धी सरकारी प्राधिकरणका अनुसार ३०० उजुरीमाथि अझैपनि छानबिन जारी रहेको छ । सरकारले दासत्वविरुद्धको सुचनाका लागि कल सेन्टरमा उजुरी दिन बारम्बार भन्ने गरेको छ । कल सेन्टरमा उजुरी पर्नेको संख्या पनि बढिरहेको बीबीसीले जनाएको छ । हेरचाह केन्द्रमा कामदारको माग बढिरहेको र त्यहाँ काम गर्ने अधिकांश विदेशी कामदार रहेकाले शोषणको दर झनै बढ्न सक्ने स्थिति रहेको प्रतिवेदनमा भनिएको छ । सरकारले स्वास्थ्य तथा अन्य क्षेत्रमा दक्ष कामदार भित्र्याउने भन्दै १ लाख २ हजारको कोटा तोकेको छ । यो संख्या विगतको तुलनामा १७१ प्रतिशतले बढी हो । बेलायत सरकारले सन् २०१६ देखि दासत्वविरुद्ध नीति निर्माण गर्न र त्यसलाई रोक्नैका लागि हालसम्म १७ करोड पाउण्ड खर्चिएको छ । व्यक्तिगत रुपमा आधुनिक दासत्वको पीडा सुनाउनेहरू निकै नै कमी रहेका छन् । तर एक महिलाले हेरचाहमा आफूलाई अत्यधिक काम लगाएर शोषण गरिएको दर्दनाक कथा सुनाएकी थिइन् । दक्षिण अफ्रिकाकी टेरीलाई स्थानीय एजेन्सीले बेलायतमा सहायक केयररको जागिरमा पठाउने भन्दै प्रस्ताव गरेको थियो । त्यस एजेन्सीले उनलाई बेलायतमा वार्षिक २९ हजार पाण्डसम्म कमाइ हुने प्रलोभन देखायो । जबर्जस्ती विवाह गरेकी टेरीका लागि यो प्रस्ताव राम्रो थियो । ‘अब मेरो दिन सुध्रिने भयो र मेरा सुनौला दिन आउने भयो भन्दै त्यहाँ जान नपाउँदै म स्वैरकल्पनामा रम्न थालेँ । टेरीले बालबच्चासँगै आफ्नी आमालाई पनि बेलायत ल्याइन् । टेरीलाई बस्नका लागि कम्पनीले आवास दिएपनि उनले बालबच्चा र आमाका लागि बासको प्रबन्ध गर्नुपर्ने थियो । टेरीलाई २० घण्टासम्म काममा लगाइयो भने सातै दिन पनि उनलाई खटाइएको थियो । सेवाग्राहीका जानका लागि उनलाई कारको प्रबन्धन गरिने बताइए पनि उनलाई दिइएन । हिँडेरै सेवाग्राहीका पुग्ने गरेको उनले सुनाइन् । बेलायतभर हेरचाहमा काम गर्नेहरुलाई प्रति घण्टा १० पाउण्ड ९० सेन्ट दिनुपर्ने नियम भएपनि उनलाई २ पाउण्डमात्रै दिइएको उनले सुनाएकी थिइन् । टेरीले कम्पनीलाई उजुरी दिने बताउँदा उनलाई जागिर नदिने र भिषा रद्द गराउने चेतावनी समेत दिइएको थियो । ‘मानसिक र शारीरिक दुबै रूपमा कम्पनीले मेरो शोषण गर्यो’, उनले भनिन् । कम तलब पाउँदा उनले आफ्नो बच्चा र आमाको हेरचाह राम्रोसँग गर्न सकिनन् । उनको आमा र बालबच्चालाई घरबेटीले निकालिदिएसँगै उनीहरू सडकमा बस्न बाध्य भए । टेरीले यो विषयमा उनले उजुरी गरेर छोडिन् । उनको रेकर्ड हेरेर अधिकारीहरूले भने, ‘यो त निकै हदसम्मको शोषण हो ।’ टेरीलाई सरकारी निकायले सहयोग गर्यो । टेरीले अहिले बेलायतमा शरणको उजुरी हालेकी छिन् । उनको फैसला नभएसम्म उनले काम गर्न पाउने छैनन् । अहिले टेरीको कम्पनी अनुसन्धानको दायरामा छ । बेलायतमा आधुनिक दासत्व अधिकांश उद्योगमा मौलाएको प्रतिवेदनमा भनिएको छ । करिब १७ हजार कामदार यसबाट पीडित भएको हुनसक्ने सरकारी निकायको अनुमान छ । राष्ट्रिय प्रहरी प्रमुख परिषद्ले हाल ३५ सय उजुरीमा छानबिन गरिरहेको छ । यसमा मुद्दा चलाउन भने निकैनै कठिन रहेको परिषद्को भनाइ छ । आफूमाथि भएको श्रम शोषणका कारण टेरी अझैपनि झस्किन्छिन् । ‘म माथि भएको चरम शोषणले म अझैपनि झस्किन्छु । मेरो काममा मलाई निकैनै दलाइएको थियो’, उनले भनिन् । अब नर्सका रूपमा योग्य हुने उनको धोको छ ।
|
982 |
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ खाने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ। सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ खाने बताइएको छ ।
|
983 |
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ । “पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,” आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ । गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए । रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् । यसैबीच, लिबियाका अधिकारीहरूले डेर्नामा ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् ।
|
984 |
तनहुँ घिरिङ गाउँपालिका-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार विवाद हुँदा घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए । दुई जना रिहा नभएसम्म मतदान सुरु हुन नदिने एमालेको अडान छ ।
|
985 |
सदस्यता विवादकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएका बेला त्यसैलाई लिएर ठाउँ–ठाउँमा आन्दोलन हुन थालेका छन् । क्रियाशील सदस्यतालाई लिएर प्रदेश नं. २ मा चर्को विवाद देखिएको छ । प्रदेश २ का बारा, धनुषा, सर्लाही, रौतहट जिल्लाका नेता–कार्यकर्ता लामो समयदेखि केन्द्रीय कार्यालय परिसरमा धर्ना र अनशनमा छन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित प्रक्रिया मिचेर सदस्यता वितरणमा धाँदली भएको भन्दै सच्याउन दबाब दिने उद्देश्यले अनशन बसेको उनीहरुको भनाइ छ । रौतहट क्षेत्र नं. १ मा सदस्यता वितरणमा व्यापक धाँधली भएको र पार्टीको तहगत निर्णय नगरी एकपक्षीय रुपमा नयाँ सदस्यता बाँडिएको आरोप लगाउँदै पूर्वमन्त्री वरच किशोर सिंहको नेतृत्वमा आजदेखि रिले अनशन शुरु भएको छ । अनशनमा डा. देवचन्द्र मिश्र, उदयकान्त यादवलगायत डेड दर्जन नेता सहभागी छन् । त्यसैगरी, बारा जिल्लामा पनि सदस्यता वितरणमा धाँधली भएको भन्दै थालिएको आमरण अनशन आज छैठौँ दिन पनि जारि छ । काँग्रेस बाराका सभापति जयचन्द्र चौरासियाको नेतृत्वमा स्थानीय नेता–कार्यकर्ता अनशनमा बसेका हुन् । जिल्ला कार्यसमितिले निर्णय गरेर पठाएको क्रियाशील सदस्य मापदण्डअनुसार नै रहेकोले ती सदर हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले जिल्लाले पठाएको फाइल सदर नगरेसम्म धर्ना नरोक्ने चेतावनी दिएका छन् । यता, धनुषाको क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र पूर्वसांसद डा. चन्द्रमोहन यादवसहितका नेताहरु अनशनमा बसेका छन् । अनशनमा रामपल्टन साह, दिनेश नायकलगायत छन् । त्यस्तै, बारा जिल्लाका पूर्वसांसद रामअयोध्या प्रसाद यादव नेतृत्वको १३औं दिनको धर्ना कार्यक्रम आज पनि जारी राखिएको छ । सर्लाहीका पूर्वजिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा पाँचौ दिनको धर्ना कार्यक्रम आज पनि यथावत छ । क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै सर्लाहीका नेता–कार्यकर्ताले अमरेशकुमार सिहंमाथि कारवाही माग गर्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । सिंहमाथि पार्टी बिधान विपरित गतिविधि गरेको आरोप लागेको छ । सिंहले भने क्रियाशील सदस्यतालाई लिएर असन्तुष्टि जनाउँदै गत बुधबार सांसद पदबाट नै राजीनामा दिएका छन् । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । सदस्यता विवादकै कारण कार्यतालिका प्रभावित भएकाले घोषित मितिमा महाधिवेशन हुनेमा नेताहरु थप आशंकित हुन थालेका छन् । कार्यतालिका अनुसार असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने हो । तर, धेरै जिल्लामा अहिलेसम्म विवाद टुंगो नलागेकाले महाधिवेशन प्रभावित हुने देखिएको छ । तर, काँग्रेसलाई अब महाधिवेशनको मिति सार्ने सुविधा छैन । विशेष परिस्थितिमा ६ महिना महाधिवेशनको मिति सार्न सकिने संविधानको व्यवस्थाबमोजिम काँग्रेसले फागुनमा गर्ने भनेको महाधिवेशन भदौमा सारिसकेको छ ।
|
986 |
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि हिजोदेखि पूर्णरुपमा खुलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा नेपाल चीनका नाका नियमित खोल्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको छलफल पश्चात चीन लामो समयदेखि बन्द नाकाहरू पूर्ण रुपमा संचालनमा ल्याउन सहमत बनेको थियो । चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो। नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो। चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा आजदेखि नाका खोलिएको हो। दुवै सररकारका प्रतिनिधिको उपस्थितिमा नाका खोलिएको हो। कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो। कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारजना सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ। “प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भने, “कोरला नाकाको नजिकै नेपाली भूमिमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ।” नेचुङ सशस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ। जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ। चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ। सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए। सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो। विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ। मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहवरमा दुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ। कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्। नेपालमा थिएन। चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो। चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्। चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।
नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने ।
काठमाडौंको न्युरोड क्षेत्रमा भैरहेको फुटपाथ विस्तार काममा स्थानीयले फेरि अवरोध गरेका छन् । अदालतको आदेशपछि महानगरपालिकाले निरन्तरता दिएको न्युरोडको फुटपाथ विस्तारको कामको विरोधमा स्थानीय उत्रिएका हुन् ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उनकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् ।
नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो ।
|
987 |
वि.सं.२०७९ चैत १६ बिहीवार पाल्पामा एक महिलामाथि बलात्कार गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन नगरपालिका–६ मा खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती महिलालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
|
988 |
बझाङको थलारा गाउँपालिका-१ का ५० वर्षीय दत्त गिरी गत मंसिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पुर्याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउने गर्थे। उनी मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस-१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन्। रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका-१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पुर्याउन कठिन भइरहेको बताइएको छ। केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका-१ रेगमका प्रेमबहादुर बोहराले बताए। त्यही काठे पुल पनि जोखिममा रहेको छ। सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ। अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ। बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन्। झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ। यसका साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।
|
989 |
उनी जन्मँदै मुटुको बिराम लिएर आएका थिए। एउटा हो र उनको मुटुमा पाँच वटा समस्या थिए। बेलायतका ब्राडली ह्यारिसनलाई ट्रेटालोजी अफ फलटसँगै मुटुबाट फोक्सोसम्म रगत पुर्याउने भल्भमा समस्या थियो। त्यही भएर जन्मेको ९ दिनमै उनको छाती चिर्नुपर्यो। ९ घन्टा लामो अपरेशन गरेर डाक्टरहरूले प्लास्टिकको भल्भ उनको मुटुमा राखे। तर चार महिनापछि यसले काम गर्न छोड्यो। एकदिन ब्राडली बालसुलभ हाँसो हाँस्दा उनको शरीर निलो देखियो। आमाले उनलाई अस्पताल लगिन्। ‘उसको निलो शरिर देख्दा निकै डर लाग्यो। हामीले हतारहतार अस्पताल पुर्यायौं। डाक्टरहरूले उनको मुटुमा अक्सिजन सकिएको बताए,’ २४ वर्षीया एम्बर ग्रिफिथले भनिन्। चेकजाँच गरेपछि डाक्टरहरूले भने-उसलाई बचाउने हो भने अब एउटा बाच्छाको भल्भ ब्राडलीको मुटुमा जोड्नु पर्छ। हाम्रो मुटुको भल्भको समस्या देखिए यान्त्रिक भल्भ वा टिस्यू भल्भ फेर्नुपर्छ। यान्त्रिक भल्भभन्दा मान्छे वा जनावरबाट लिइने टिस्यु भल्भले राम्ररी काम गर्न सक्छ र धेरै समय टिक्छ। यस्तो भल्भ १०-१२ वर्षसम्म चल्छ। यान्त्रिक भल्भ राख्दा रगत बाक्लो हुन सक्छ तर टिस्यु भल्भ राख्दा बिरामीले रगत पातलो बनाउने औषधी पनि खानु पर्दैन। डाक्टरको कुरा सुनेर सुरूमा २४ वर्षीया ग्रिफिथलाई सकसक लाग्यो। तर आफ्नो सन्तानलाई जोगाउन उनी जे पनि गर्न तयार थिइन्। उनले हुन्छ भनिन्। ‘सुरूमा त मलाई ब्राडलीको मुटुमा बाच्छाको भल्भ राख्ने कुरा सुनेर मलाई औडाहा भएको थियो। तर बाच्छाको भल्भ राखे ऊ बाँच्न सक्छ भनेपछि म राजी भएँ।’ पाँच महिनाको हुँदा गत जुलाईमा डाक्टरले ब्राडलीको छाती फेरि चिरे। एउटा बाच्छाको भल्भ ल्याएर उनको मुटुमा जोडिदिए। अपरेशन गर्न डाक्टरलाई ६ घन्टा लाग्यो। त्यो छ घन्टासम्म उनको मुटुको साटो अर्को एउटा यन्त्रले काम गरेर उनको सास जोगाएको थियो। डाक्टरहरूले जोडिएको बाच्छाको भल्भले ब्राडलीको मुटुबाट अहिले रगत फालिरहेको छ। अहिले उनी दश महिनाका भए। यसपालि उनले जीवनमै पहिलो पटक आफ्ना दुई दाइहरूसँग क्रिसमस र नयाँ वर्ष पनि मनाएका छन्। ‘बाच्छाको भल्भ मान्छेको मुटुमा जोड्छ भन्ने हामीले सुनेका पनि थिएनौं, अहिले पनि हामीलाई यस्तो हुन्छ भन्ने पत्याउनै गाह्रो भइरहेको छ,’ ग्रिफिथले भनिन्। त्यसो त ब्राडली ग्रिफिथको पेटमा हुँदै डाक्टरले उनलाई मुटुको समस्या छ। एबोर्सन गर्नुपर्छ भन्ने सल्लाह दिएका थिए। तर ग्रिफिथले मानिनन्। ‘उसको जीवनमा धेरै थोक भइसकेको छ। उ त लडाकु हो। गर्भवती हुँदा उसलाई फाल्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन किनकी मलाई विश्वास थियो ऊ बाँच्नेछ,’ ग्रिफिथले भनिन्। बच्चै बेलामा भल्भ फेरेकाहरूको फेरि भल्भ फेर्नुपर्ने सम्भावना एकदमै धेरै हुन्छ। ब्राडलीको पनि साढे दुई वर्षपछि फेरि भल्भ फेर्ने योजना डाक्टर बनाएका छन् ।
|
990 |
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । यसैबीच जापानी येन भने दशको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
|
991 |
भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ ।
|
992 |
सो क्षेत्रमा विवाद सुल्झन नसक्दा सडक निर्माण सुरु हुन सकेको थिएन । सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने सरकारी योजनाको विरोधमा स्थानीय उत्रिएका थिए । उनीहरूले सडक निर्माणका लागि रेखांकन (सर्भे) समेत गर्न दिएका थिएनन् । लामो समयदेखिको विवादको सम्बन्धमा जानकारी लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दिपक केसीलगायतको टोली लमजुङ आएको थियो । उक्त टोलीले नगरपालिका प्रमुख, वडाध्यक्ष, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीयलगायतको छलफलबाट काम सुरु गर्ने सहमति गरेको हो । स्थानीयको अवरोधका कारण काम हुन नसकेको सुन्दरबजार क्षेत्रमा ८ किलोमिटर सडक निर्माणका लागि डीपीआर हुने सहमति भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले जानकारी दिए । उनका अनुसार पाउँदी ढिक–सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम अघि बढाउने सहमति भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विवाद रहेको पाउँदी ढिक–सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम यसै आर्थिक वर्षभित्र काम सुरु हुने बताए । नागरिकले लोकमार्ग निर्माण हुँदा धेरै नोक्सान हुने कुरा उठाइरहेकाले त्यसलाई ख्याल गरेर काम गर्ने उनले बताए । स्थानीयको अबरोधले ६ वर्षदेखि सर्भे समेत हुन सकेको छैन् । बस्तीभित्रको सडकको लगत कट्टा भएको छैन। स्थानीयले संघर्ष समिति बनाएर अवरोध गरिरहेका थिए । मुख्यमन्त्री गुरुङले संघर्षमा उत्रिएका आफ्नै कार्यकर्ता नवीन श्रेष्ठलाई वडाअध्यक्ष बनाएर फकाउने प्रयास गरे पनि सफल हुन सकेको थिए । स्थानीयको अवरोधले दायाँबायाँ क्षेत्रमा सडक निर्माण भए पनि सुन्दरबजार क्षेत्रमा लोकमार्ग निर्माण हुन सकेको छैन । पाउँदीदेखि सुन्दरबजार हुँदै खत्रीठाँटी भएर किरिञ्चेखोला पुग्नेगरी सडक निर्माण गरिने भनिएको छ । करिब ८ किमिको क्षेत्रमा सर्भे भएको छैन् । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१÷३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने स्थानीय बताउँछन् । पाउँदीदेखि सुन्दरबजार, खत्रीठाँटी हुँदै किरिञ्चेसम्म यसअघिको कच्ची सडकलाई पछयाँदै सडक निर्माण गर्ने आयोजनाको योजना छ । यसअघि सडक भएकाले यही सडकलाई पछयाएमा खर्च कम लाग्ने आयोजनाको दाबी छ । तर, उक्त सडकको लगत कट्टा नगरेको, सडक भएकै ठाउँबाट अधिग्रहण गरेर सडक लाँदा प्रायः सबै सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीय द्वारिकाप्रसाद मिश्रले लोकमार्गको मापदण्ड लागु गरिए सार्वजनिक संरचनासहित ८ सय १३ घर विस्थापित हुने बताए । मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङका अनुसार पुर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एकहजार ७ सय ८७ किलोमिटर लम्बाईको मध्यपहाडी लोकमार्ग लमजुङमा ४५ किलोमीटर पर्छ । गुरुङका अनुसार लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा कालोपत्रे भैसकेको छ। मस्र्याङ्दी वारिपारि तार्कुघाट र पाउँदीमा कालोपत्रे भएको हो। यो सडकखण्ड लमजुङतर्फ साढे ९ किलोमिटर र गोरखातर्फ चेपेनदीदेखि ठाँटीपोखरीसम्म साढे ६ किमि पर्छ। यसैगरी लमजुङ खण्डमा थप ९ किमि सडक कालोपत्रे तयारी गरिएको छ । लोकमार्गको पश्चिम खण्ड (प्लट नं.–८) अन्तर्गत सुन्दरबजार–५, घुमाउने चौतारादेखि मध्यनेपाल नगरपालिकाको सिमानासम्म १६.२ किमि सडकखण्डको केही स्थानमा कालोपत्रे भएको गुरुङले बताए ।
|
993 |
वि.सं.२०७९ माघ २८ शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरमा कार्यरत चिकित्सक जनिथ सिंह घाइते भएका थिए। उनको टाउको र हातमा चोट लागेको छ। घाइते डाक्टर सिंहको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ। वि.सं.२०७९ माघ २८ शनिवार १४:५८ मा प्रकाशित काठमाडौं ।
|
994 |
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची एक दिन अघि नै सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
|
995 |
पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं.१ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं.१ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।
|
996 |
यो प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको मत बढ्दा अरूको मत घटेको छ। समानुपातिकतर्फ २०७४ सालमा सङ्घतर्फ १२ हजार तीन सय २० मत मात्र पाएको नेपाली कांग्रेसले यो निर्वाचनमा भने १८ हजार एक सय ३५ मत ल्याएर दोस्रो ठूलो दल बन्न सफल भयो। कांग्रेसले अघिल्लो पटकको तुलनामा पाँच हजार आठ सय १८ मत बढी पाएको छ। त्यस्तै माओवादी केन्द्रले अघिल्लो पटकभन्दा दुई हजार छ सय ४१ मत कम पाएको छ। यो पटक माओवादी केन्द्रले चार हजार आठ सय ३८ मत ल्याएर तेस्रो दल बनेको छ। अघिल्लो पटक छ हजार एक सय ६१ मत ल्याएर चौथो दल बनेको राप्रपा यो पटक भने चार हजार तीन सय ७० मत कम अर्थात् एक हजार सात सय ९१ मत ल्याएको छ। यो पटक चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार नौ सय ७९ र पाँचौँ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दुई हजार चार सय ४९ मत ल्याएका छन्। यस्तै प्रदेश सभाको समानुपातिकमा पनि एमालेले पहिलो मत पाएको छ। एमालेले धनकुटामा २९ हजार सात सय ६५ मत ल्याउँदा नेपाली कांग्रेसले १९ हजार पाँच सय ७४ मत पाएको छ। धनकुटामा यो पटक एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको मा ५९.४० प्रतिशत मत खसेको थियो।
|
997 |
वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार को बजेट ल्याएको छ। बजेटमा चालुतर्फ १ अर्ब ६५ करोड ६९ लाख र पुँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख छुट्याइएको महानगरपालिकाले जनाएको छ। बजेटको प्राथमिकतामा स्वास्थ्य, शिक्षा र रोजगारीलाई राखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले बताए। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा मुलुक परेकाले बजेटको विशेष प्राथमिकतामा स्वास्थ्यलाई जोड दिइएको उनको भनाइ छ। त्यस्तै कोरोनाका कारण शिक्षा तथा रोजगारीका क्षेत्रमा परेको असरलाई मध्यनजर गर्दै शिक्षा तथा रोजगारीलाई समेत बजेटमा प्राथमिकताका साथ समेटिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
998 |
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर पछिल्लो नतिजाअनुसार १ हजार मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका हुन् । ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदैछ । नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भनेर अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । रााष्ट्रिय स्वतन्त्र पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ। रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच बुधबार झडप भएको छ । नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न १० दिनको अल्टिमेटम दिएको छ । विराटनगर ।
|
999 |
कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य शैयामा सार्दा ताली ठोकेर सम्मान प्रकट गरेका थिए । उमा भन्छिन्, “म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।” सघन उपचार कक्षका प्रमुख केट् मुरे भछन्छन्, “सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नु परेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।” उनले अगाडि भने, “तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रार्थना छ उनलाई छिट्टै निको हुनेछ ।” आइतबार मात्रै एक नेपाली जोडी स्वास्थ्य ठीक भई घर फर्केका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.