Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,000 |
लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पहिरोले दुईवटा घरलाई १०० मिटर तलसम्म बगाएको थियो । पुरिएको अवस्थामा तामाङको शव फेला पारिएको थियो । पहिरोले लेटाङ–६ लामिटारका राजेन्द्र चेम्जोङको घर, गोठ बगाएको छ । पहिरोबाट चेम्जोङका तीन गाई, तीन गोरु, छ खसीबाख्रा र छ कुखुरा मरेका छन् भने पाँच कठ्ठा जमिनमा समेत क्षति पुरयाएको छ । त्यस्तै, पहिरोले सोही ठाउँका खगेन्द्र सिलवालको टिन र बाँसले बनेको घर पहिरोले धसिएर बस्न नमिल्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ । लेटाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी उद्धार कार्यमा खटिएको छ । यसैबीच, अपराह्न ४ बजेसम्म मोरङमा वर्षा जारी रहेको छ । मोरङका १७ वटै स्थानीय तहका अधिकांश बस्ती डुबानमा परेका छन् । सडकमार्ग कतिपय ठाउँमा भत्किएको छ । यातायात आवागमन पुरै ठप्प भएको छ । पहिरो तथा बाढीपीडितको उद्धारका लागि करिब चार हजार ५०० सुरक्षाकर्मी खटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
|
1,001 |
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। महाशाखाले कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ जानकारी दिएको छ। अपरान्ह पछि पश्चिम तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। राती कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
|
1,002 |
काठमाडौँको ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा भैरहवाबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय कमल कार्कीलाई लुटपाटमा संलग्न भएको आरोपमा भैरहवाबाट नियन्त्रणमा लिएको हो । कार्कीबाट चोरीका तीन थान मोबाइल पनि बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । चोरी गरी फरार भएका आरोपी कार्कीलाई सिद्धार्थनगर नगर पालिकाको–३ बाट पक्राउ गरी काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ । फागुन १ गते यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा काठमाडौँ महानगरपालिका २६ गोङ्गबुस्थित नयाँ बसपार्कमा रहेको लोत्से मलमा रहेका केही मोबाइल पसलमा लुटपाट भएको थियो । अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालिमा तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल लगायतका सामग्रीहरु लुटिएका थिए । ती घटनाका आरोपीहरुलाई प्रहरीले अहिले विभिन्न ठाउँबाट पक्राउ गर्ने क्रम जारी राखेको छ ।
|
1,003 |
कञ्चनपुर : प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० को हाराहारीमा पुगेको छ । एक्कासि सङ्ख्यामा निकै गिरावट आएपछि कारणको खोजी गर्दा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध मर्ने गरेको कुरा पत्ता लागेपछि यसविरुद्ध अभियान सञ्चालन गरिएको हो । अभियानको परिणामस्वरूप डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्धसँगै भारतबाट ल्याउने कार्यसमेत निरुत्साहित गरिएपछि गिद्धको सङ्ख्या विस्तारै बढन थालेको छ । पशुको दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएपछि गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । ‘सन् २०१० मा कञ्चनपुरलाई डाइक्लोफेनेकमुक्त घोषणा गरिएसँगै हराउँदै गएका गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ’, उनले भने,‘लोप हुने अवस्थामा पुगेका गिद्ध पुरानै अवस्थामा फर्कन थालेका छन् ।’ उनका अनुसार डाइक्लोफेनेक प्रयोग गरेका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा मुटु, मिर्गौलालगायतमा असर पुग्न गई गिद्धको मृत्यु हुने गरेको थियो । ‘हाल पशुको दुखाई कम गर्ने डाइक्लोफेनेकको प्रयोग प्रतिबन्धित भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ’, उनले भए । गिद्धले गुँड लगाउने र बस्न रुचाउने अग्ला सिमललगायतका रुखहरु काटिने मासिने क्रममा समेत कमी आएपछि गिद्ध जोगिएका हुन् । बासस्थान सुरक्षासँगै गिद्ध जोगाउनका लागि निकुञ्ज आसपासका क्षेत्रमा सचेतना कार्यक्रमलाई अगाडि बढाउन थालेपछि यसको प्रभावका कारण गिद्ध जोगिएको उनको भनाइ छ । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेको भए पनि कञ्चनपुरमा भने सात प्रकारका गिद्ध मात्रै पाइने गरेका छन् । सानो खैरो, डङ्गर, सुनगिद्ध, सेतो, हिमाली, राजगिद्ध, र खैरो गिद्धलगायत कञ्चनपुर, कैलालीलगायतका क्षेत्रमा पाइने गरेका छन् । नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार सानो खैरो, डङ्गर गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । सुन गिद्ध र सेतो गिद्ध दुर्लभ गिद्धको सूचीमा रहेको छ । हिमाली, राज र खैरो गिद्ध सङ्कटको नजिक रहेका छन् । राज र हिमाली गिद्ध भने चिसो याममा मात्रै कञ्चनपुरमा देखापर्ने गरेको छ । यी दुई गिद्ध आगन्तुक गिद्धका रुपमा रहेका छन् । लामो ठुँडे गिद्ध भने यहाँ हालसम्म देखापरेको छैन । हाडफोर प्रजातिको गिद्ध पहाडी क्षेत्र र हिमाली क्षेत्रमा देखापर्ने गरेको छ । नेपालमा डङ्गर, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्धलाई अहिंस्रक मांशहारी चराका रुपमा लिइने गरिन्छ । मरेका जीवजन्तुलाई मात्रै आहारका रुपमा लिने भएकाले गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिने गरिएको हो । चराविज्ञ डगौराले भने,‘पर्यावरणीय चक्रलाई सन्तुलित राख्न गिद्धले मद्दत पुर्याउने गर्दछ ।’ धार्मिक आस्थाका रुपमा समेत गिद्धलाई लिइने गरिन्छ । हिन्दूधर्ममा शनिदेवको बाहनका रुपमा गिद्धलाई पूजा गरिँदै आएको छ । एक अध्ययनअनुसार गिद्धले औसतमा दैनिक २०० ग्राम जति सिनो खाने गर्दछ । वर्षमा गिद्धले एउटा मात्रै अण्डा पार्ने गर्दछ । भालेपोथी मिलेर अण्डा कोरल्ने, बच्चा हुर्काउने कार्य गर्ने गर्दछन् । कात्तिकदेखि जेठ महिनासम्म गिद्धले प्रजनन् गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षित क्षेत्रमा गिद्ध गणनाको कार्य शुरु गरिएको छ । गिद्ध गणनाका लागि निकुञ्ज कार्यालयबाट ३५ कर्मचारी खटिएका छन् । गिद्धको बासस्थान, गुडँ र गिद्धको अवस्थासँगै गिद्धको सङ्ख्या पत्ता लगाउनका लागि गणना कार्य शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले बताए । गिद्ध गणनासँगै सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको छ । अघिल्ला वर्षहरुमा विभिन्न सचेतनामूलक र्याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रदर्शनी, सडक नाटक, अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै आएकामा कोरोना भाइरसको महामारीका कारण सामाजिक सञ्जालमार्फत सन्देश दिने कार्य भइरहेको छ । सन् २००९ देखि प्रतिवर्ष गिद्ध सचेतना दिवस मनाइँदै आएको छ ।
|
1,004 |
१० लाख घुससहित नेपाल बिद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ परेका छन् । हेटौंडा भरतपुर बर्दघात आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनले ठेकदारलाई दुःख दिएर घुस लिएका लिएका हुन् ।- काठमाडौं, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० काठमाडौं, २९ असार । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन काठमाडौं,२५ असार । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका काठमाडौं, १९ असार । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि काठमाडौं,१६ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका २ काठमाडौं,१५ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौं,१५ असार । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,005 |
गण्डकी – आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । “हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिनुभयो ।
|
1,006 |
त्यसको चलन कहाँबाट सुरु भयो ? त्यो हामीलाई थाहा नहुन सक्छ । अक्सफोर्ड डिक्सनेरीका अनुसार ‘हेलो’को पहिलो प्रयोग काठमाडौं, ६ माघ । अष्टेलियाका मिडिया र प्रयोगकर्ताले अबदेखि सामाजिक फेसबुकमा समाचार सेयर गर्न नपाउने भएका छन् । फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको हो काठमाडौँ, ३ फागुन : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो क्यान्सर सम्बन्धित रोगहरुको समुहलाई दिइएको नाम हो । यो शरीरमा असामान्य कोषहरुको अनियन्त्रित वृद्धी विकासको कारणले हुन्छ । सय प्रकार भन्दा बढी क्यान्सरहरुले मानिसलाई असर पार्दछ । सबै प्रकारका क्यान्सरमा हामी सबैले क्यान्सर बाट बच्न सामान्य आधारभुत प्रयास गरेका छौ । धुम्रपान नगर्ने र यसबाट टाढा रहने, क्यान्सर जोखिम बढाउने तत्व जस्तै रातो मासु नखाने, एच.पि.भि विरुद्धको भ्याक्सिन लगाउने र भेनस फ्लाइट्रयाप्स एक मांसाहारी बोट हो । यसले आफ्नो खानामा किराहरु खाने गर्छ । यसले अन्य बोटबिरुवाले जस्तो प्रकाश संश्लेषणको माध्यमबाट खाना बनाउदैन । यसले खाना खाने क्रममा किराहरुलाई आफुतिर एजेन्सी, ३० माघ । चीनको टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरे लगतै पहिलो तस्वीर पठाएको छ । पहिलो तस्वीर उपग्रहले पठाएको विषयलाई चिनियाँ स्पेस एजेन्सीले जनाएको हो । चीनले आफ्नो उपग्रहको –सुशील दर्नाल काठमाडौँ, २९ माघ : नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र काठमाडौँ, २८ माघ: विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने एजेन्सी, २८ माघ । अन्तरिक्ष विज्ञानमा यूनाइटेड अबर एमिरेट्स(यूएई)ले इतिहास बनाउन लागेको छ । सात महिना अघि पृथ्वीबाट प्रक्षेपण गरिएको अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहको कक्षमा अवतरण गर्दैछ । उक्त काठमाडौँ, २७ माघ: सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी काठमाडौँ २५ माघ। राष्ट्रीय इंज़िनीयर संघका केंद्रीय अध्यक्ष एवं मुख्यमंत्री स्वच्छता अभियानका प्रमुख सि.डि.ई भगवान झाको अध्यछतामा जनकपुरधाममा यही माघ १७ गते सम्पन्न भएको छ। इंज़िनीयरहरूको राष्ट्रिय भेलामा इंज़िनीयरहरूमाथी हुने काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,007 |
सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए । उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताए । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिए । उनीहरुलाई मङ्गलबार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा पठाइने उनको भनाइ छ ।
|
1,008 |
रियललाई स्तब्ध पार्ने क्रममा भ्यालेन्सियाले खेलभर तीनवटा पेनाल्टी ग¥यो भने रियल मेड्रिडले एक आत्मघाती गोल उपहार पनि दिएको थियो। उक्त खेलमा भ्यालेन्सियाका कार्लोस सोलरले पेनाल्टीबाटै ह्याट्रिक गोल गर्न सफल भए। यता, रियलका राफाएल भारानेले आफ्नै गोल पोस्टमा एक गोल गरेका थिए ।
खेलको २३औं मिनेटमा करिम बेन्जेमाले मार्सेलोको पासमा लामो दँरीबाट सानदार प्रहारमा गोल गरेर १–० को अग्रता दिलाएका थिए। तर, त्यसपछि भ्यालेन्सियाले लगालग पेनाल्टीमा गोल गरेर खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। खेलको २९औं मिनेटमा लुकास भास्क्वेजले डि बक्समा बल ह्यान्ड गरेपछि रियललाई झट्का लागेको थियो। भ्यालेन्सियाका कार्लोस सोलेरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले शुरूमा बचाउ गरेका थिए। तर, बल रोक्ने क्रममा कोर्टुवाले नियम पालना नगरेको भन्दै रेफ्रीले भ्यालेन्सियालाई पुनः पेनाल्टी हान्ने अवसर दिएको थियो। जसमा सोलेर गोल गर्न सफल भए ।
म्याक्सी गोमेजको प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए। गोल लाइन टेक्नोलोजी प्रयोग गरेर सो गोललाई मान्यता दिइएको थियो। त्यसपछि, खेलको ५४औं मिनेटमा रियलले फेरि पेनाल्टी गोल व्यहो¥यो। डि बक्समा रियलका डिफेन्डर मार्सेलोले विपक्षी खेलाडीमाथि खराब ट्याकल गरेपछि भ्यालेन्सियालाई पेनाल्टी दिइएको थियो। जसमा सोलेरले नै पेनाल्टी प्रहार गर्दै खेल ३–१ बनाए ।
यसपटक डि बक्समा रियलका कप्तान सर्जियो रामोसले बल ह्यान्ड गरेपछि रेफ्रीले भ्यालेन्सियालाई तेस्रोपटक पेनाल्टीको मौका दिएको थियो। जसमा सोलेरले नै प्रहार गर्दै खेल ४–१ बनाए। त्यसपछि, खेलभरि रियलले थप गोल गर्न सकेन र भ्यालेन्सियाले सहजै जित्यो। यो हारपछि अंक तालिकामा रियलको ८ खेलपछि १६ अंक रहेको छ। यता कठिन प्रतिद्वन्द्वी रियललाई हराएको भ्यालेन्सियाको ९ खेलबाट ११ अंक भएको छ ।
|
1,009 |
सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २.० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क्षेत्रले जहाज चार्टर्ड गरेर ल्याइदिँदै छ। यो खबर आजको ले लेखेका छन्। टेमासेक फाउन्डेसनले ४ अप्रिलमा प्रधानमन्त्री केपी ओलीकै नाममा पत्र लेखेर १० हजार नमुना परीक्षण गर्ने किट अनुदानमा दिने जानकारी गराएको थियो । ती किट नेपाल आफैँले ल्याउनुपर्ने टेमासेकले बताएको थियो । तर, सरकारले १८ दिनसम्म त्यसमा कुनै चासो नदेखाएपछि तीन व्यावसायिक समूहले सामूहिक रूपमा भाडा तिर्ने गरी किट ल्याउन जहाज चार्टर्ड गरेका छन्। टेमासेकले भारतलाई पनि १० हजार तथा भुटान र श्रीलंकालाई पाँच–पाँच हजार टेस्ट गर्न मिल्ने किट अनुदानमा दिएको छ । उनीहरूले पिसिआर रिजेन्ट ल्याइसकेका छन् । टेमासेकले संसारका ४० देशलाई टेस्टिङ किट अनुदानमा उपलब्ध गराएको छ। व्यवसायीहरू शेखर गोल्छा, पशुपति मुरारका र श्री एयरलाइन्सले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी बिहीबार जहाज सिंगापुर जाँदै छ। सामान ल्याउन व्यवसायी रञ्जित आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । ‘तीनवटै समूहले ३३–३३ प्रतिशत भाडा व्यहोर्ने गरी चार्टर्डमा जहाज पठाउन लागिएको हो,’ श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने । लामो समयदेखि सामान सिंगापुरमा रहेको भन्ने थाहा भएपछि व्यवसायीको आग्रहमा श्री एयरलाइन्सको जहाज जान लागेको मानन्धरले बताए । सिंगापुर उडान गर्न सात देशको अनुमति चाहिने भएकाले उडानमा केही दिन ढिलो भएको उनले बताए । काठमाडौं–सिंगापुर–काठमाडौंं उडानमा करिब ११ घन्टा लाग्नेछ । प्रतिघन्टा आठ हजार डलरमा जहाज चार्टर्ड गरिएको स्रोतले जनाएको छ । जसको कुल भाडा भाडा ८८ हजार डलर हुन्छ । टेमासेकले अनुदानमा दिन लागेको सामानको मूल्य जहाजको भाडासहित दुई करोड ८० लाख हुने एक व्यवसायीले बताए । तर, सरकारले खरिद गरेको दरअनुसार सो सामानको मूल्य करिब पाँच करोड पर्न जाने देखिन्छ। सिंगापुरको कम्पनीले अनुदानमा सामान दिने जानकारी दिएको भए पनि जहाज चार्टर्ड नै गर्नुपर्ने भएकाले ल्याउने विषयमा अन्योल भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए। ‘सामान दिने विषयमा सिसिएमसीमा पत्राचार भएको रहेछ, हामीलाई पनि जानकारी आयो, सो सामान लिन श्री एयरलायन्स जाँदै छ, त्यसैमा ल्याउलान्,’ उनले भने ।
|
1,010 |
एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त भएका छन् । बैंकले पललाई आइतबार ब्रान्ड एम्बेस्डरमा पल शाहलाई नियुक्त गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बैंकको भि केवाईसीको प्रोमोमा पनि पलले नै अभिनय गरेका छन् । एनएमबि बैंकले भिडियो केवाईसी सेवा सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,011 |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उहाँले आफू स्वास्थ्य मन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । “१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्”, मन्त्री बस्नेतले भने, “सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरुलाई स्वास्थ्य बनाउन आफू स्वास्थ्य रहनुपर्छ । एउटा मान्छे स्वास्थ्य नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो । ” उनले बाल मृत्युदर घटाउन स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुहुँदै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकारात्मक सन्देश दिइरहेको तर्क गरे । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए । “तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै छन्”, उनले भने, “स्वास्थ्य, शिक्षा निःशुल्क भनेर संविधानमा लेखिएको छ । अहिले पनि प्रभावकारी काम हुन सकेको छैन । राम्रो काम गर्नेलाई सम्मान र नगर्नेलाई निगरानी गरेर सुधार्न लागि परेका छौँ । ” जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा थाहा नभएको/नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताए । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताए । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उनले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे । स्वास्थ्य सेवा विभागकी महानिर्देशक सङ्गीता कौशल मिश्रले सुआहारा कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकामा सकारात्मक प्रभाव पारेको भन्दै नेपालको स्वास्थ्य प्रणालीमा सुधार ल्याएको बताए । राष्ट्रिय योजना आयोगका सामाजिक विकास महाशाखा सहसचिव डा किरण रुपाखेतीले कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने एक भरपर्दो साझेदार भएको बताए । सन् २००६ देखि सुरु भएको यो परियोजनाको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको बताउँदै उनले तेस्रो बहुपक्षीय पोषण कार्यक्रम परियोजनाको ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको जानकारी दिए ।
|
1,012 |
बास्केटबल उपाधि विजेता महिला टिम । तस्बिर : राखेप नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले हरायो । आर्मीका आयुश सिंहले १९ अंक जोड्नुभयो । पुरुषमा आर्मीका आयुश विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
|
1,013 |
४० औँ राष्ट्रिय शिक्षा दिवसको पूर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले बुधबार गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सूचना प्रविधिको विधामा गरेको प्रयासले आफूहरू धेरै लाभाविन्त भएको बताएका थिए । प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयका साकार बस्नेत प्रथम भएका थिए । त्यसैगरि दामगाडे माध्यमिक विद्यालयकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थानमा जनआदर्श माविका सविन पौडेल भएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतीले सूचना प्रविधिप्रतिको लगाब तथा खोज तीब्र रुपमा देखिएको बताए । गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो । यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ । वि.सं.२०७६ भदौ १९ बिहीवार १५:०७ मा प्रकाशित जानकी (बाँके) । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
|
1,014 |
तर, त्यस्तो सूचना कहिले प्राप्त भयो भन्ने ती अधिकारीले खुलाएका छैनन् । तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिए ।
|
1,015 |
एकै अस्पतालका ११ जना महिला कर्मचारी एकै पटक गर्भवती भएको कुराले सबैलाई अचम्ममा पारेको छ । यतीमात्र नभई दुई महिलाको प्रसुतीको दिन समेत एउटै रहेको छ । यो घटना मानिसहरूबीच चर्चाको विषय बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाउका छन् । यद्यपि यो मात्र यस्तो घटना होइन, जहाँ एकै अस्पतालका कर्मचारीहरू एकैसाथ गर्भवती भएका अन्य घटनाहरू पनि छन् । समाचारका अनुसार एकै साथ ११ जना महिलाहरू गर्भवती हुनुमा त्यहाँका मानिसहरूले अस्पतालको पानीमा केही मिसावट भएको हुनसक्ने आशंका गरेका छन् । साथै केही मानिसहरूले नर्सहरूले छुटै पानी ल्याउने गरेको बताए । तर, नर्सहरूले यी कुरालाई अस्वीकार गरेका छन् । २९ वर्षीया नर्स हन्ना मिलरले भनेकि छिन् – ‘एक नर्सले आफ्नो लागि पानी ल्याएकी र सोही कुरालाई लिएर हामी उहाँसँग ठट्टा गर्दै थियांै, तर नर्सहरुले छुट्टै पानी ल्याउने गरेका छैनन् ।’ बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार यी सबै महिला कर्मचारी अस्पतालको प्रसूती, श्रम र वितरण विभागमा काम गर्छन् । तर अचम्मको कुरा यति मात्रै होकि यो कुनै योजना नभएर संयोगमात्रै हो ।
|
1,016 |
ब्राजिलको अमेजोन वन क्षेत्रमा वन विनाशको स्तर १५ वर्षकै सबैभन्दा खराब अवस्थामा पुगेको आधिकारिक डाटाले देखाएको छ । ब्राजिलको स्पेस रिसर्च एजेन्सीको रिपोर्टका अनुसार वन फडानी एकै वर्षमा २२ प्रतिशतसम्मले वृद्धि भएको छ । कोप २६ को जलवायु सम्मेलनमा ब्राजिलले पनि २०३० सम्ममा वन विनाश अन्त्य गर्ने अनि उल्ट्याउने वचन दिएको थियो । अमेजोनमा ३०० वटा दुर्लभ बिरुवा र जीवजन्तुको प्रजातिहरु छन् भने दश लाख बढी आदिवासी मानिसहरु पनि बसोबास गर्छन् । सबैभन्दा पछिल्लो डाटा अनुसार १३,२३५ वर्ग किलोमिटर जमिन बराबरको वन विनाश भएको छ जुन २००६ पछिकै सबैभन्दा उच्च हो । वातावरण मन्त्री जोआकिम लेइटेका अनुसार यो डाटाले वास्तविक वातावरणीय चुनौति स्पष्ट पारेको छ । उनी भन्छन्, “हामी यस किसिमको अपराध रोक्न अझ बढी जोड लगाउनुपर्ने हुन्छ । ” विशेषगरी राष्ट्रपति जैर बोल्सोनेरोको कार्यकालमा वनविनाश अझ बढेकोे छ । उनले सर्वसाधारणलाई वन क्षेत्रमा कृषिजन्य गतिविधि बढाउन प्रोत्साहन गरेका थिए । तर ग्लासगोको सम्मेलनमा ब्राजिलले झन्डै १४ अर्ब पाउन्ड बराबरको सार्वजानिक तथा निजी कोष वातावरणको संरक्षणमा खर्च गर्ने वचन दिएको हो । गत वर्ष ग्रिनपिसको अनुसन्धानमा ठ ब्रिटिश सुपरमार्केट अनि रेस्टुरेन्टमा विक्री गरिने मासु ठूलो स्तरको वन फडानी गरिएको क्षेत्रबाट आउने गरेको पत्ता लागेको थियो । यसमा टेस्को, आस्डा, लिडल, नान्दो र मेकडोनाल्ड्स लगायत थुप्रै चर्चित ब्रान्डहरु परेका थिए ।
|
1,017 |
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे । राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए । अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल परराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए ।
|
1,018 |
घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ । दुवै जना जलेर घाइते भएएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको कीर्तिपुर अस्पतालमा पुर्याएर उपचार अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन, अर्थमन्त्री बिष्णु पौडेलको सहजीकरण र बन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा हेलिकाेप्टरबाट उद्दार गरेर काठमाण्डाै ल्याइएकाे हाे । जेठ १२ गते राती डोटीको आदर्श गाउँपालिका ४ रोडीका सन्तोष भाटले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटलाई सुतिरहेको अवस्थामा कोठामा आगो लगाइ ज्यान मार्न खोजेका थिए । आमा छोरी सुतेको कोठाको बाहिर पट्टीबाट प्रज्वलनशील पदार्थ कोठा भित्र खन्याएर झ्यालबाट उनका श्रीमानले आगो लगाएका थिए । घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोने र यस घटनामा संलग्न व्यक्तिमाथी कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा उनका छोरी अन्जु भाटको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्रकारका घटना हुन नदिन गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्री आलेले विरामी कुरुवाका लागि आफ्नो तर्फबाट नगद २५ हजार रुपैया समेत दिएका छन् । आगो लगाएर फरार भएका उनका श्रीमान सन्तोष भाट अहिले सम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुतिरहेकी श्रीमती र छाेरीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो भित्र कोठामा फालेको प्रहरीले अनुमान गरेकाे छ । जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मीका दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) दान बहादुर मल्लले जानकारी दिए ।
|
1,019 |
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५∞ सम्मको छुट व्यवस्था रहेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,020 |
जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको निष्कर्ष निकालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।
खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ। सूचकहरुलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड उच्च खाद्य असुरक्षित गाविसको सूचीमा छन् ।
सुक्खा खडेरीका कारण हिउँदेबालीको उत्पादन ह्रास हुनु, घरधुरीको खाद्य सञ्चित घट्नु, जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएका कारण उच्च खाद्य असुरक्षित गाविसमा परेका हुन्। यस्तै २३ गाविस मध्यम खाद्य असुरक्षित अवस्थामा तथा २ नगरपालिका र बाँकी २१ वटा गाविस न्युनतम खाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।
|
1,021 |
काठमाडौँ नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काङ्ग्रेसको विधानको धारा ३४ (७) अनुसार अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा हाल केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहनु भएको छ । बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने बताइएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिएको थियो । अनुशासन समितिलाई काङ्ग्रेसमा महत्वका साथ लिइन्छ । सभापति देउवाको अध्यक्षतामा बसेको हिजोको बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, रमेश रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, अजयकुमार चौरिसिया, शङ्कर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र वीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय कार्यसमितिको बैठक आज चैत ५ गते दिउँसो २ बजे पुनः बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
|
1,022 |
जसले गर्दा अहिले निर्माण व्यवसायीहरुलाई चुनावको चटारो राम्रैसँग लागेको छ । निर्माण व्यवसायीको हक हितको लागि लड्दै आएका व्यवसायीहरु अहिले दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । अहिलेका अध्यक्ष सुमन अधिकारी र अहिलेका दितिय उपाध्यक्ष रहेका कृष्ण थपलिया चुनावी मैदानमा उत्रिएका छन । नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले एक कार्यकाल आफुले सफलतापुर्वक चलाएकोले सबैको सहयोगमा आफु पुनः अध्यक्ष बन्ने होडमा लागेको बताए । उनले आफ्नो अहिलेको चुनावी एजेन्टा मुख्य एजेन्टा भनेको निर्माण व्यवसायीको हकहितमा लागेर काम गर्ने र सबैलाई एकजुट बनाएर लैजान आफुले नेतृत्वमा पुन: दाबी रहेको बताए । अधिकारीले आफ्नो कार्यकालमा निर्माण व्यवसायीलाई साथीहरुलाई कुनैपनि नराम्रो नगरेको बताए । उनले पार्टीका नेताले समेत मिलेर गएमा आफुलाई नै नेतृत्व दिने बताएपछि आफु अगाडी बढेको बताए । उनले ज्याला दररेटमा आफुले समायोजन गर्न चाहेको बताए । उनले चुनाव एक प्रजातान्त्रिक प्रणाली भएको भन्दै आफुले सबै आस्था र पार्टीमा रहेको व्यवसायीसँग सुमधुर सम्बन्ध राख्ने भन्दै त्यसको लागि आफ्नो पुन अध्यक्षमा दाबी रहेको बताए । अधिकारीले निर्माण व्यवसायी विभाजन नभई मिलेर जानुपर्ने र काम गर्नुपर्ने बताए । साथै उनले आफु संस्थापन पक्षले समेत आफुलाई सर्मथन गरेको हुनाले आफु अध्यक्षको दाबी रहेको बताए । त्यस्तै अध्यक्षका अर्का दाबेदार कृष्ण थपलियाले आफु अध्यक्षमा दाबी रहनुको मुख्य पाँच बुदा रहेको बताए । उनका पाँच एजेन्डामा साना निर्माण व्यवसायीलाई मिलाएर लैजाने ,निर्माण कार्य चक्रिय रुपमा वितरण गर्ने, निर्माण व्यवसायीको हकहितको लागि इन्सुरेन्सको व्यवस्था गर्ने, निर्माण व्यवसायीका लागि अक्षयकोषको व्यवस्थ गर्ने रहेको छन । अध्यक्षका दाबेदार थपलियाले निर्माण व्यवसायी संघको भवनको तला थप्ने बताए । थपलियाले आफ्नो नेतृत्वको समुह विजयी भएमा निर्माण व्यवसायी सहकारी संस्था दर्ता गरेर मध्यमस्थरका निर्माण व्यवसायीलाई सहज बनाउन सहकारी पनि संचालन गर्ने बताए । उनले व्यवसायीसँग आम्लदानी नभएको खण्डमा निर्वाचित भएका १८ महिनामा आफ्नो व्यत्तिगत खर्चमा भएपनि तला थप्ने बताए । थपलियाले नेतृत्वको समुहले बरिस्ठ उपाध्यक्षमा होम बहादुर तामाङ , प्रथम उपाध्यक्षमा धनसिह तामाङ, द्वितीय उपाध्यक्ष दिपक लामा,महासचिवमा सुशील फुयाल उप महासचिव बाबुराम पाण्डे, सचिवमा प्रसाद अधिकारी,सहसचिव सैलेश सिलवाल, कोषाध्यक्षमा शंकर प्याकुरेल र सह कोषाध्यक्ष बिकेश पन्डित रहेका छन । दुबै अध्यक्षका प्रत्च्यासी अधिकारी र थपलियाले पार्टीको आधिकारीक सर्मथन आफुलाई रहने भन्दै जित आफ्नो पक्षको हुने बताएका छन । त्यस्तै अहिलेका अध्यक्ष अधिकारीको टिममा वरिष्ट उपाध्यक्षको रुपमा सैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, दितिय उपाध्यक्षमा पशुपति थापा,महासचिवमा रमेश बस्नेत, सचिवमा रामसिंह तामाङ, सहसचिवमा अशोक अधिकारी, कोषध्यक्षमा राजकुमार श्रेष्ठ,र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ रहेका छन । नुवाकोट निर्माण व्यवसायी संघमा अहिले ४ सय ५० भन्दाबढी सदस्य रहेको नुवाकोट निर्माण व्यवसायी संघले जनाएको छ । अध्यक्षका प्रत्याशी दुबै कांग्रेस निकट भएपनि अधिकारीलाई नेकपा र राप्रापा निकट व्यवसायीको समेत साथ रहेको छ ।
|
1,023 |
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम् गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो । ‘हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू,आइयियू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको व्यवस्था गर्नू,’ आदेशमा भनिएको छ, ‘त्यतिकै थन्किएर रहेका आइसियू तथा भेन्टिलेसन मेसिनहरुलाई चुस्त र दुरुस्त बनाई प्रयोगमा ल्याउनू ।’ नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्न आदेशमा भनिएको छ ।
|
1,024 |
३८औं मिनेटमा चोट बोकेलगत्तै उनको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले मार्काे एसेन्सियोलाई मैदानमा पठाएका थिए । उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए । यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो । रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् । उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ । रोड्रिगोले पछिल्लो केही खेलमा पहिलो रोजाईमा अवसर पाइरहेका थिए । रोड्रिगोको यो चोटसँगै जिदानलाई केही समस्या पर्न सक्नेछ । यद्दपि जिदानले रोड्रिगोको अनुपस्थितिमा इडेन हाजार्ड, लुकास भास्क्वेज, मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई बढी मात्रामा प्रयोग गर्न सक्ने सम्भावना छ । यि खेलाडीले रोड्रिगोले जत्तिकै खेल्न सक्ने कि नसक्ने भन्ने चिन्ता जिदानलाई रहेको छ । ग्रानडाविरुद्ध क्यासमिरोको पहिलो गोलमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले नै अवसर सिर्जना गरेका थिए । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
|
1,025 |
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै पिएसजी सेमिफाइनल पुगेको हो । पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे । ममारियाले टिमका लागि ती गोल खेलको ८ तथा २८ औं मिनेटमा गरेका थिए भने पिएसजीका लागि तेश्रो गोल मुनिएरले खेलको ७६ औं मिनेटमा गरेका थिए। फ्रान्सेली च्याम्पियन युवा स्टार केलियन एमबाप्पे तथा चोटग्रस्त स्टार खेलाडी नेइमार तथा एडिन्सन काभानी बिना नै मैदानमा थियो । चोटका कारण दुई स्टार खेलाडीहरू नेइमार र कभानी बिनै खेलिरहेको पिएसजी हिजोको खेलमा आफ्ना युवा स्ट्राइकर एमबाप्पे बिना उत्रेको थियो। यसपटकको फाइनल जितेमा पिएसजीको उपाधिमा लगातार पाँचौं कब्जा हुनेछ ।
|
1,026 |
– चक्कु प्रहार गरेर फरार भएका काठमाडौंका १ जना ‘टोले गुण्डा’ले प्रहरीमा आत्मसमर्पण गरेका छन्। काठमाडौंको जनसेवा क्षेत्रमा २ युवकमाथि चक्कु प्रहार गरी फरार भएका बब शर्मा भनिने विजयन्त प्रताप शर्माले आत्मसमर्पण गरेका हुन्। प्रहरी वृत्त जनसेवाका प्रमुख तथा डीएसपी भेषराज रिजालका अनुसार बबले माघ २१ गते जनसेवा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। ‘हामीले सबैतर्फ अनुसन्धान गरेर साँघुरो घेरामा ल्याइसेकका थियौं। अब उम्कन सकिँदैन भन्ने भएपछि उनले आत्मसमर्पण गरेका हुन्,’ डीएसपी रिजालले नेपाल लाइभसँग भने। जनसेवामा केही दिनअघि मात्रै प्रदीप केसी र अर्का एक युवा गरी २ जनामाथि चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। सो क्रममा अहिलेसम्म चक्कु प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। बब शर्मासँगै पक्राउ पर्नेहरुमा रन्जन कुमार, सुवास श्रेष्ठ, प्रविना खत्री, समुन महर्जन छन्। पक्राउ परेका सबै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी रिजालले बताए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,027 |
स्थानीय तहका प्रशासनिक भवन बन्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले नगरपालिका स्थापना दिवसका अवसरमा नयाँ भवनको आगामी आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
|
1,028 |
सर्वोच्च अदालतले किर्ते कागजातको सम्बन्धमा अनुसन्धान गर्ने आदेशमा आफ्नो सहमति भएको उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतले किर्ते कागजातमा अनुसन्धान गर्न भनेको छ । यो माग मेरो पनि हो । किनकि कुनै न कुनै निकायले अनुसन्धान गरे तथ्यलाई सार्वजनिक गर्नैपर्छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पनि किर्ते भएको ठहर गर्नुभयो । उहाँले त राज्यबाटै किर्ते भएको सार्वजनिक नै गर्नुभएको छ । यससम्बन्धी अनुसन्धान प्रहरीभन्दा माथिल्लो निकायबाट होस् । यस सम्बन्धमा संसदीय समितिबाट अनुसन्धान हुनुपर्छ ।
|
1,029 |
प्रदेश सभाबाट विश्वासको मत पाउन सफल नभएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका हुन् । प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत जुटाउने मुख्यमन्त्री कार्कीको कोशिस विफल भएसँगै एमाले सात वटै प्रदेश सरकारबाट पनि बाहिरिएको छ । आज मुख्यमन्त्री कार्कीले प्रदेश सभा समक्ष पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास दिने पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको थियो । तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू प्रदेश सभामा सहभागी थिइनन् । मत विभाजनको नतिजा सार्वजनिक गर्दै सभामुख बाबुराम गौतमले विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको प्रदेशको सदनलाई जानकारी दिएका थिए । सरकार टिकाउन आवश्यक पर्ने ४७ मत जुटाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । सरकारको नेतृत्वमा रहेको एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जना प्रदेश सांसदले पक्षमा मत जाहेर गर्दा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुगाउन ४७ जनाको संख्या आवश्यक पर्छ । आजको प्रदेश सभा बैठकमा ८९ जना सांसद उपस्थित भएका थिए ।
|
1,030 |
बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ वजारमा शुक्रबार राती आगलागी भएको छ । फुङलिङ ५ पुरानो इटहरी । अस्पतालले भर्ना गर्न नमान्दा सुनसरीका एकजना युवाको मृत्यु भएको छ । सुनसरीका २७ संखुवासभा । संखुवासभाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र उदयपुर । कोरोना संक्रमणको हटस्पोटको रुपमा परिचित उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित सिल गरिएको क्षेत्रमा विर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन उदयपुर । उदयपुरमा एकै परिवारको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी उदयपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि उच्च जोखिमा रहेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
1,031 |
भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबिपिएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।
|
1,032 |
प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ रुमाले नजिकै उक्त… काठमाडौं महानगरले दर्ता नवीकरण नगरी सञ्चालित दुई अस्पताल सिल गरेको छ । महानगरले सोमबार बौद्धमा रहेको चाइना पिपल्स हस्पिटल र… नवलपरासीको अरुण खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका–१५ प्रगतीनगर बस्ने ३० वर्षका कृष्ण सुवेदीको अरुण खोलामा… आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । कर्मचारीहरुले न्यूनतम… सिन्धुलीमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास घर भएका ६९ वर्षीय पूर्णबहादुर दाहाललाई… प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका २९ उजुरीको सुनुवाइ जेठ ३२ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा पेस… नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले आइतबारको… विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति यसपालिको मनसुनले कोशी र मधेस प्रदेशमा धेरै क्षति पुर्याउने पुर्वानुमान गरेको छ ।… अस्ट्रेलियामा बिहेका पाहुना बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । न्युसाउथ वेल्सको राज्यको ग्रेटा शहरमा राती करिब… जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने जनाएको छ ।… चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुर घर भएका झन्डिल बोटेको गैंडाको आक्रमणबाट… फेवाफाँटका स्थानीयले पोखरा महानगरमा धर्ना दिएका छन् । फेवाफाँटका स्थानीयहरुले फेवाफाँट संघर्ष समिति नै बनाएर पोखरा महानगरले कोहीलाई काखा र… तनहुँमा छ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । तनहुँको आबुँखैरेनी गाउँपालिका-४ बेनिटारमा प्रहरी चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका-७… जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुने भएको छ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान… पोखरा । सुजल डेरीको उत्पादन ‘सफल दही’ ले विगत १९ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रियता कायम गर्दै आएको छ… पोखराको बाटुलेचौरस्थित स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
|
1,033 |
हाइग्राउन्ड एडभेन्चर प्रालिले पर्यटकका लागि साहसिक घुमाइको रुपमा स्थापना गरेको जिपफ्लायरको दूरी सराङकोटदेखि हेम्जासम्म रहेको छ। आधिकारिक विश्व रेकर्ड नामक संस्थाले उक्त रेकर्ड राखेको प्रमाणित गरेको हो। ५६ डिग्रीमा झुकेको जिपफ्लायरको दूरी एक हजार आठ सय मिटर रहेको छ। संचालकमध्येका एक दीनेश महर्जनका अनुसार अघिल्लो हप्तामात्रै विश्व रेकर्डको प्रमाणपत्र प्राप्त भएको हो। उनले विश्व रेकर्डका लागि ३ निकाय रहेको र पहिलो निकायबाट प्रमाणपत्र प्राप्त भएपश्चात अब दोस्रो र तेस्रो निकायबाट समेत विश्व रेकर्डको प्रमाणपत्र लिने तयारी गरिरहेको बताए। अब वल्र्ड बुक अफ रेकर्ड र गिनिज बुक अफ रेकर्डमा नाम सिफारिस हुनमात्रै बाँकी रहेको उनको भनाइ रहेको छ। उनले अबको एक महिनामा वल्र्ड बुक अफ रेकर्डले पनि प्रमाणित गर्ने बताए। उनका अनुसार जिपलाइन करिब एक हजार ५५० मिटरको छ। माथिदेखि तल (सराङकोट देखि हेम्जासम्म) हजार पाँच सय ५० मिटरदेखि ९ सय ५० मिटरमा झर्छ। त्यो भनेको ६ सय मिटरको ड्रप हुन्छ। जुन विश्वमा कहिँ पनि नभएको उनको जिकिर छ। त्यही ड्रपले गर्दा बनेको डिग्री समेत विश्वकै पहिलो रहेको उनको भनाइ छ। ५६ डिग्रीमा बनेका कारण विश्वकै सबैभन्दा ठाडो भएको उनले बताए ।
|
1,034 |
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो । अरहान्तकेशर सिंह र बिपना ब्लोन शनिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन हुनुभएको छ । सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्। गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ । सुर्खेतको–जाजरकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ रहेको नाम्रा गाउँ । करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् । प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ । सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार यो वर्ष चर्चित म्याग्देली गायक प्रकाशलाई प्रदान गरिएको हो । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरूको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट थप ५ जना पक्राउ परेको छ ।
|
1,035 |
२०३० सालसम्म नेपाललाई मध्यम आय भएको मुलुकको रुपमा विकास गर्ने लक्ष्य लिएको नेपाल सरकारलाई निकै मेहनत गर्नु पर्ने आवश्यकता विश्व बैकले औल्याएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा उसले नेपालले अहिलेको औसत वृद्धिमा दोब्बर भन्दा बढी प्रगति हाँसिल गर्नुपर्ने आवश्यकता औल्याएको हो । विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट नामक रिपोर्टले नेपालले आर्थिक वृद्धिमा वार्षिक कम्तिमा पनि ७ देखि ८ प्रतिशतको वृद्धिदर आवश्यक रहेको बताएको हो । जबकि अहिलेसम्म नेपालको औषत आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत मात्रै रहेको छ । विश्व बैंकको सो प्रतिवेदनका अनुसार नेपालले नेपाल डेभलपमेन्ट अपडेट नामक रिपोर्टले आर्थिक वर्ष २०१७/१८को अन्तमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत पुगेको देखाएको छ । जुलाई महिनाको मध्यमा सो स्तरमा पुगेको नेपालको आर्थिक वर्ष २०१८/१९ को आर्थिक वृद्धिदर ६ प्रतिशत रहने विश्वबैकले जनाएको छ । रिपोर्टले नेपालले दिएको २०२१ सम्म १० प्रतिशत बृद्धि हासिल गर्ने लक्ष्य पूर्तिको लागि पनि ८ प्रतिशतसम्म आर्थिक विकास आवश्यक रहेको जनाएको छ । तर यसको लागि अहिले विद्यमान रहेको रेमिट्यान्स मुखी र उपभोग्य बस्तुमा आधारित बृद्धिलाई विस्तारै हटाउँदै उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने आवश्यकता पनि रिपोर्टले देखाएको छ । नेपालको गत आर्थिक वर्षदेखि नै कृषि क्षेत्रको वृद्धिदर केही राम्रो मानिएको भएपनि वर्षेनी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो क्षेत्रको योगदान घट्दो क्रममा छ । नेपाल सरकार र आर्थिक क्षेत्रहरुको तथ्यांकले पनि छिल्लो समय नेपालमा उद्योगहरुको क्षमता बढीरहेको देखाएको छ । तर, उद्योग क्षेको कूल गार्हस्थ उत्पादनमा योगदान घट्दो मात्रामा छ । निजी क्षेत्रहरुका अनुसार उद्योगहरूको क्षमता पनि बढेको छ । उद्योग वाणिज्य महासंघका अनुसार उद्योगको ६५ प्रतिशत भन्दा बढी क्षमता उपयोग भएको छ । पछिल्ला वर्षहरुमा उद्योगहरू ४० प्रतिशतको हाराहारी क्षमतामा चल्दथे । गत वर्षको न्यून वृद्धिका बीच अर्थतन्त्रको आकार धेरै नबढे पनि ६.४ प्रतिशतको विस्तारउल्लेखनीय मानिएको थियो । उदारीकरण पछि ०५०/५१ मा आर्थिक विकासको उच्च बृद्धि हाँसिल भएको थियो । तर त्यसपछि विस्तारै माओवादी यु४का कारण आर्थिक वृद्धिदर निरन्तर ओलारो लाग्दै गएर आर्थिक वर्ष ०५६/५७ मा ६.१ प्रतिशत आर्थिक वृद्धिमा झरेको थियो । सो समय वर्ष निर्वाचन भएको र कांग्रेसले बहुमत पाएकाले द्वन्द्वका बीचमा पनि उत्साह देखिएको थियो । ०६४/०७० मा वृद्धिदर ५ प्रतिशतमाथि पुगेको थियो । अन्य वर्षमा औसत वृद्धिदर ४ प्रतिशत थियो ।
|
1,036 |
जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताउनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताउनुभएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज (शनिबार) मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै हुनुहुन्छ । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
|
1,037 |
प्रदेश नंं. ६ मा राष्ट्रियसभा अपांगतर्फबाट उम्मेदवार बनेका पूर्व लडाकू कमाण्डर बुढामाथि नेपाली कांग्रेसका उम्मेदवार गोपालप्रसाद शर्माले आफू हार्ने निश्चित भएपछि यस्तो संगीन आरोप लगाएका हुन् । उनले बुढाका विरुद्ध निर्वाचन कार्यलयमा उजुरी दर्ता गराइसकेका छन् । ‘निर्वाचन आयोगले प्रमाण मागेको थिए, मैले सबै प्रमाणहरु पेश गरिसकेको छु,’ बुढाले भने । कालिकोटको सामान्य किसान परिवारमा जन्मिएका बुढा माओवादी जनयुद्धमा दर्जनौ युद्धको नेतृत्व गरेका ब्यक्ति हुन् । उनको हगुल्टेमा भएको भिडन्तमा दायाँ खुट्टामा गोली लागेको थियो । जसका कारण उनी लामो समयसम्म खुट्टा हिड्न सकेका थिए । लामो उपचारपछि अझै पनि उनको खुट्टा पहिलेको सामान्य अवस्थामा फर्किसकेको छैन् । यसैगरी पहिलो खारा भिडन्तमा पनि उनी गम्भीर घाइते भएका थिए । त्यस्तै, म्याग्दीको बेनी, जुम्ला खलंगा, सन्धीखर्कलगायतका ठाउँका युद्धमोर्चामा पनि उनी घाइते भएका हुन् । अहिले पनि बुढाको टाउको र शरीरमा बमका छर्रा ननिकालिएकै अवस्थामा छन् । डाक्टरले निकालेपछि समस्या पर्ने भनेपछि बुढा बमको छर्रासँगै बाँचिरहेका छन् । माओवादीभित्र आदर्श छापामार कमाण्डर मानिने बुढाकै नेतृत्वमा तत्कालीन माओवादी सेनाले पश्चिम नेपालमा विभिन्न सफल आक्रमणहरु गरेको थियो । सामान्य जीवनशैली, सरल भाषाशैली र दृढ इच्छाशक्ति भएका नेताका रुपमा उनलाई माओवादीभित्र चिन्ने गरिन्छ । कार्यकर्तामाझ उनी आफ्नो यही स्वभावका कारण प्रिय छन् । कतै अवसर नपाएका युद्ध कमाण्डरलाई पार्टीले यस पटक राष्ट्रियभामा टिकट दिएपछि पूर्व लडाकू तथा त्यस क्षेत्रका कार्यकर्तामा खुशीयाली छाएको थियो । उनी माओवादीको पहिलो लडाकू दस्ताका रुपमा चिनिने स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिग्रेड हुँदै डिभिजन सहायक कमाण्डरसम्म पुग्ने निकै कम लडाकू कमाण्डरहरुमध्येमा पर्छन् ।
|
1,038 |
बैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
|
1,039 |
प्राणीको संरक्षण, अध्ययन र अवलोकन गर्ने गरी बुटवलमा प्राणी उद्यान निर्माण प्रक्रिया थालिएको छ । प्राणी संरक्षण र पर्यटन प्रवर्द्धन दुवैलाई केन्द्रमा राखेर प्रदेश सरकारले बुटवलको जितेश्वरी सामुदायिक वनको जग्गामा रामापिथेकस प्राणी उद्यान बनाउन लागेको हो । प्राणी पार्कभित्र पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क, स्वीमिङ पुल र व्यायाम स्थललगायतका संरचना बनाउने लक्ष्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बताए । ‘जीवित वन्यजन्तुको संग्रहालय नै प्राणी उद्यान हो,’ उनले भने, ‘यसलाई व्यवस्थित र आकर्षक बनाउनका लागि प्राणी पार्कको योजना ल्याएका हौं ।’पार्क निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । उक्त बजेट मन्त्रालयको डिभिजन वन कार्यालयमार्फत ठेक्का प्रक्रियामा गएको छ । उद्यानको व्यवस्थित योजना बनाउने जिम्मेवारी संरक्षण विकास फाउन्डेसन काठमाडौंले पाएको छ । फाउन्डेसनले सम्भाव्यताबारे सरोकारवालासँग छलफल तथा सुझाव संकलन थालेको छ । फाउन्डेसनले प्राणि उद्यानको पूर्वाधार व्यवस्थापन, प्राणी उद्यान व्यवस्थापन र पर्यटन प्रवर्द्धन कार्यक्रमसहितको प्रतिवेदन तयार गर्नेछ । यसका लागि वन्यजन्तुविद् बाबुराम यादव नेतृत्वको सात सदस्यीय समिति बनेको छ । समितिले पार्कको व्यवस्थित योजना तयार पार्नका लागि स्थलगत अध्ययन गरेको छ । पार्कमा आवश्यक पूर्वाधार कस्तो बनाउने भन्ने सन्दर्भमा सरोकारवालाको राय लिएर प्रस्तावित लागत तयार पार्ने वन्यजन्तुविद् यादवले बताए ।समितिले सोमबार बुटवलमा सरोकारवालासँग छलफल गरेको छ । प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशको पर्यटन प्रवर्द्धनको आधार भएकाले प्राणी पार्कलाई आकर्षक र व्यवस्थित बनाउनुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनी आउने ५० प्रतिशत पर्यटकलाई प्राणी पार्कसम्म ल्याउन प्राणि व्यवस्थापन, अवलोकनदेखि मनोरञ्जनका स्थललाई व्यवस्थित गर्न उनले सुझाव दिए । आन्तरिक तथा बाह्य दुवै पर्यटकको गन्तव्य बनाउन भौतिक संरचना निर्माणलाई पनि त्यही किसिमले व्यवस्थित गर्नुपर्ने उनको आग्रह थियो । टोलीका सदस्य तथा पर्यटनविद् शेरसिंह ठगुन्नाले पहिलो चरणमा स्थान छनोट भएकाले अब संरचनागत प्रतिवेदनमा लागेको बताए । असारसम्म प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयलाई बुझाउने उनले जनाए ।
|
1,040 |
काठमाडौं- टीभीएस मोटर कम्पनीले बीएसभीआई टीभीएस एनटर्क २५ रेस ट्युन्ड फ्युल इन्जेक्शन (आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ। १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ। नयाँ एडिसन स्कूटरमा ५.८.लिटरको फ्युल ट्यांक रहेको छ। टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, नयाँ शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दावी छ। यस लन्चको साथमा टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक निलो रंगमा आउँने कम्पनीले जनाएको छ। रेस एडिसन रेड–ब्ल्याक र एल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जब कि सुपर स्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,041 |
पञ्चायतकालदेखि नेपाली पत्रकारितामा सक्रिय होमनाथ दाहाल २०४९ देखि ०५१ सम्म नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासङ्घ) का सभापति थिए । । होमनाथ दाहाल नेपाली पत्रकारिता र राजनीति दुवैमा नयाँ नाम होइन । पञ्चायतकालदेखि नेपाली पत्रकारितामा सक्रिय दाहाल २०४९ देखि ०५१ सम्म नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासङ्घ) का सभापति थिए । ०४६ सालमा प्राप्त बहुदलीय व्यवस्था अगाडि वाक् स्वतन्त्रता र बहुदलीय व्यवस्थाको विषयमा लेख्नु मात्रै होइन, बोल्नु पनि ठूलो अपराध करार गरिन्थ्यो । दाहाल त्यहीबेला नै सक्रिय पत्रकार थिए । पञ्चायतकालमा ‘दुर्घटनामा ५ को मृत्यु’ भनेर समाचार बनाउँदासमेत ‘श्री ५ महाराजधिराजको मृत्यु’ भयो भनेर समाचार लेख्यो भनेर गिरफ्तार गरिन्थ्यो रे ! यो भोगाइ उनै दाहालको हो । तत्कालीन समयमा पत्रकार गिरफ्तार हुनु सामान्य र स्वाभाविक प्रक्रियाजस्तो मानिन्थ्यो । त्यसमाथि राज्य-सत्तासँग दुश्मनी भए त त्यो पत्रकारलाई परिवारसँगै महत्त्वपूर्ण चाडपर्व मनाउनसम्म दिइन्नथ्यो । राज्यले बदलामा दशैं तथा महत्त्वपूर्ण चाडपर्वमा पक्राउ पूर्जी जारी गर्थ्यो, यसबाट दाहालको पुस्ताका पत्रकारहरू खुबै पीडित हुन्थे । दाहाल आफैँ सम्पादक भएको राष्ट्रपुकार साप्ताहिकसँगै अरु ५ वटा साप्ताहिक पत्रिका र तिनका छापाखानासमेत राज्यले बन्द गरेको झल्झली सम्झिन्छन् दाहाल । त्यतिबेला पत्रकार भनेका पञ्चायत विरोधीहरू हुन्, यिनीहरूलाई समात्यो भने राजनीतिक दलहरू डराउँछन् भन्ने जबरजस्त भाष्य सिर्जना गर्न खोज्दै थिए पञ्चहरू । यी यावत् भोगाइहरू दाहाल स्वयम्सँग मौजुद छन् । त्यसो त दाहालले वर्तमान पत्रकारितामाथि पनि नजर राखिरहेकै छन् । अहिलेको पत्रकारिता-प्रवृत्तिमाथि दाहालसँग केही गुनासाहरू छन् । जो उनी खुलेरै भन्छन् । प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर कुराकानी गर्न नेपालभ्यूजको टोली उनको घर मैतीदेवी पुग्दा दाहाल उतिबेला चर्चामा रहेको सञ्चार सामाग्रीहरू रेडियो, टेलिभिजन र टेलिफोन नजिकै थिए । जसै दाहाल पत्रकारमात्रै रहेनन् । बहुदल प्राप्त भएपछि नेपाली काङ्ग्रेसका तत्कालीन सभापति स्व.कृष्णप्रसाद भट्टराईले उनलाई प्रचारको जिम्मा लगाए । त्यसपछि उनी राजनीतिमा बढी सक्रिय भए । ओखलढुङ्गाबाट चुनाव जितेर उनी २०६१ सालमा कृषि तथा सहकारी मन्त्रीसमेत भए । उनै दाहालसँग विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा पत्रकारिता र राजनीतिक विषयमा कुराकानी गरेका छौँ । नेपालमा प्रेस स्वतन्त्र दिवस मनाउन सुरू गरेको म नै सभापति हुँदादेखि हो । त्यसबेला हामीले नयाँ सडकको पिपलबोटमा एउटा साइनबोर्ड राखेर सुरू गरेका थियौँ । त्यसबेला अधिकांश कार्यक्रमहरू त्यही हुन्थ्यो । सम्पूर्ण राजनीतिक गतिविधि पनि त्यही पिपलबोटमा हुन्थ्यो । त्यही अखबार पनि बेच्थे मान्छेहरूले । पञ्चायत विरोध शक्तिहरूदेखि बुद्धिजीवी, सीआईडीसम्म त्यही भेटिन्थे । त्यसैले हामीले पनि त्यहीबाटै सुरू गर्यौँ । त्यसबेला अन्य देशहरूमा सुरू भएको केही वर्ष भएको थियो । एकजना मित्र थाइल्यान्ड जानुभएको थियो, त्यहाँ उहाँले देख्नुभएछ र नेपाल आएर ‘हामी पनि गरौँ’ भन्नुभयो, त्यसपछि हामीले सुरू गरेका हौँ । नेपालमा यसको अवस्था कस्तो छ भन्नेबारे बुझ्दाखेरि चाहिँ विश्वमा जस्तो छ, करिब-करिब त्यस्तै देखिन्छ । एकातिर प्रेसको स्वतन्त्रता छ, जहाँ जे लेखेपनि हुन्छ र अर्कोतिर चाहिँ कसैको गोपनीयतासमेत नरहनेजस्तो पनि देखिन्छ । मैले नै भन्नुपर्यो भने त मैले जुन समयमा पत्रकारिता गर्थेँ, त्यसलाई हेरेर अहिले पत्रकारितालाई नै हल्काफुल्कारूपमा लिएको देख्छु । त्यसको कारण छ, त्यसमा नेपाली पत्रकारहरू नै एकठाउँमा हुन सकेका छैनन् । फन्डामेन्टल भिन्नताहरू छन् । त्यो के भने ०४६ सालको परिवर्तनको एउटा एजेन्डचाहिँ नेपाल पत्रकार सङ्घले तयार गरेको; किनकी त्यसबेला सोभियत सङ्घ विघटन भइसकेको थियो । त्यसबाट विश्व नयाँ स्वतन्त्रताको युगमा गयो भनेर ठान्यौँ । त्यही आधारमा जानुपर्छ भनेर हामीले त्यहाँ छलफल गर्यौँ र प्रस्ताव गरेर त्यसबेलाका शक्तिरहरू कांग्रेस-कम्युनिष्टहरूलाई दियौँ । पछि आन्दोलनका क्रममा त्यसलाई उनीहरूले आफ्नो एजेन्डा बनाए । तर, अहिलेको पत्रकारिताचाहिँ सतहीजस्तो पनि देखिन्छ । हामीले त्यसबेला सङ्घ भन्थ्यौँ, अहिले तपाईंहरू महासङ्घ भन्नुहुन्छ । किन त्यसलाई महासङ्घ बनाउनुपर्यो ? किन बनाउनुपर्यो टुक्रा-टुक्रा ? आफैँ टुक्रा-टुक्रा भएर, विभाजित भएर पत्रकारहरू, पत्रकार सङ्घठनहरू कमजोर भएका छन् । उनीहरूसँग एकीकृत आवाज छैन । यहाँ पत्रकार पनि एमाले, कांग्रेस, माओवादीहरूबाट हुने भन्ने हुन्छ । पहिले त्यस्तो थिएन । यसको एउटै कारण भनेको राजनीति हो । म तपाईंलाई स्मरण गराउँछु कि— जब ०४७ सालको संविधान जारी भयो, त्यसपछि म सभापति भएँ । त्यसबेला अमेरिकाबाट केही बुद्धिजीवीहरू आएकका थिए । यहाँ आएर उनीहरूले हाम्रो संविधानले दिएको स्वतन्त्रता र अधिकारका बारेमा प्रशंसा गरेका थिए । मलाई नै सम्बोधन गरेर चिठी लेखेर ‘हाम्रो संविधानले पत्रकारहरूलाई धेरै स्वतन्त्रता र अधिकार दिएको छ भन्ठान्थ्यौँ । तर हाम्रोभन्दा बढी तिम्रो संविधानले दिएको रहेछ’ भनेका थिए । उनीहरूले अब त्यो स्वतन्त्रता र अधिकारलाई कसरी प्रयोग गर्छौ लोकतन्त्र कस्तो हुन्छ भन्ने त्यसमै निर्भर रहन्छ भनेर भनेका थिए । त्यो भनेकोचाहिँ पत्रकार सङ्घलाई मान्थे उनीहरूले । हामी पनि एकैठाउँ थियौँ । तर, अहिले त्यो छैन । त्यसपछिका घटनाहरू हेर्यौँ भने पत्रकार सङ्घठनहरू झन्झनै कमजोर बन्दै गए । उनीहरू छुट्टिँदै गए । पार्टीहरूले, नेताहरूले पत्रकारहरूलाई आफूअनुकूल प्रयोग गर्न थाले । त्यसपछि स्वतन्त्रता पनि फरक-फरक खोज्न थाले । तपाईं पनि एक पत्रकार नै हुनुहुन्छ, तपाईं नै भन्नुस् न— सबैको स्वतन्त्रता र अधिकार त उस्तै, त्यही होइन र ? तपाईं आफैँ पत्रकार हो, तपाईंलाई लागेको कुरा, विकृतिको कुरा, विसङ्गतिको कुरा, भ्रष्टाचार, अनियमितताबारे लेख्नुस् । अनि तपाईंलाई किन चाहियो सङ्गठन ? त्यसैले मैले भनेको कि अहिलेको पत्रकारितामा देशको, जनताको वास्ताविक समस्याको प्रतिबिम्बित हुँदैन । हामीले पत्रकारिता गर्दाका समय एकैदिन ५ वटा अखबार बन्द हुन्थ्यो, त्यस्तो अवस्था थियो । ५ जना पक्राउ परे भनेर समाचार बनाउँदा श्री ५ लाई भन्यो भनेर पत्रकारहरू थुनिनुपर्थ्यो । अहिलेको पुस्ताका लागि त यो इतिहासमात्रै हो । अखबारमात्रै होइन, तिनलाई छाप्ने प्रेसको लाइसेन्स पनि जफत हुन्थ्यो । तिनका कार्यालयहरूमा प्रहरी खटाएर साइनबोर्डहरू फ्याँक्न लगाइँथ्यो । त्यो किसिमको क्रूरताबाट सङ्घर्ष गरेर हामी आयौँ । ३० सालदेखि ०४६ साल अगाडिसम्म यस्ता कुनै वर्षहरू थिएनन्, जुन वर्ष कुनै न कुनै पत्रकारहरू पक्राउ नपरेका होउन् । अहिले त्यो अवस्था छैन । अहिलेको संविधानले पनि दिँदैन । समय पनि बदलिएको छ । भइरहेको त्यही छ । यहाँ कांग्रेसको छुट्टै पत्रकार सङ्घठन, एमालेको, माओवादीको अलग्गै-अलग्गै पत्रकार सङ्घठनहरू देखिन्छ । त्यसभित्र पनि प्रदेशभित्र छुट्टै सङ्घठनहरू देखिन्छ । जबसम्म यी सङ्गठनहरू अलग्गै-अलग्गैरूपमा रहन्छन्, त्यसबेलासम्म उनीहरू कमजोर नै रहिरहन्छन् । एकठाउँ नहुँदासम्म एकीकृत आवाज निस्कँदैन । त्यसपछि पत्रकारहरूलाई सरकारले, समाजले र सबै तप्काले पत्रकारलाई गम्भीरतापूर्वक सुन्दैन । यसपछि राज्यसत्ता मनोमानी चल्छ, समाज पनि । सबै सबै उस्तै हुन्छ । यही हुन्छ । हो, किनभने पत्रकारहरू नै आफैँ विभाजित छन् । त्यसैले सबै कुरा बिगार्यो । हिजो पत्रकारहरू एक थिए र राज्यसत्ता उनीहरूलाई सुन्न बाध्य हुन्थ्यो । तर, आज पत्रकारविरुद्ध पत्रकार नै छन् । एकजना पत्रकारलाई ठेगान लगाउनुपर्यो भने कुनै अमूक पार्टी वा नेताबाट अरु पत्रकारहरू, पत्रकार सङ्गठनहरू नै परिचालित हुन्छन् । यस्तो भएपछि पत्रकारिता कहाँ पुग्छ ? त्यसैले अहिलेको सरकार, समाजले पत्रकारहरूलाई गम्भीरताका साथ लिँदैन । मैले मात्रै यसो भनेको होइन, तपाईं आफैँ एउटा पत्रकार हो । हेर्नुस् न अवस्था कस्तो छ ? जब तपाईं विभाजित हुनुहुन्छ, त्यसपछि अरु पक्षले त मौका पाउने भइहाल्यो नि ! फेरि उनीहरूलाई के थाहा छ भने आफ्ना केही मान्छेहरू छन् त्यो पेशामा, त्यो ठाउँमा । तपाईंसँग लड्नका लागि उनीहरू आफैँ आउन पर्दैन, आफ्नै पत्रकार भिडाइदिए भयो । उनीहरूको सङ्गठन छ, त्यसलाई नै भिडाइदिए भयो । त्यसकारण स्वतन्त्रता भनेको त ‘युनिभर्सल’ हुनुपर्छ । त्यसमा दाँया, बाँया, र, त्यो, तर, वा भन्ने नै हुँदैन । त्यो भयो भने पो समाजले गम्भीरताका साथ लिन्छ । नेताहरूले पनि हामीले गल्ती गर्न थालेछौँ, सच्चिनुपर्छ भन्ने ठान्छन् त । अब तपाईंको खण्डन अर्को कुनै पत्रकारले गर्न थालेपछि नेता किन सुध्रनुपर्यो ? त्यसैले मुलुकको यत्रो अव्यवस्था हुनुमा पत्रकारहरू पनि जिम्मेवार छन् । मैले यत्तिका वर्ष सङ्घर्ष गरेँ, तपाईंको पुस्ताका लागि त्यो इतिहास मात्रै हो । यसरी हेर्दै र गर्दै आउँदा त्यही देखियो । मैले अघि नै भनेँ नि, मुलुकमा त्यस्तो अवस्था कमै होला कि ५/५ वटा पत्रिका एकैदिन बन्द हुनुपर्ने । सम्पादक लगेर थुनिनुपर्ने । सम्पादक/पत्रकारहरूलाई सुरक्षा कानूनअन्तर्गत थुनिन्थ्यो, कुनै वर्षहरू थिएनन् जहाँ सम्पादकहरू नथुनिएका होऊन् । त्यो सङ्घर्ष गरेरचाहिँ प्राप्त गरेको स्वतन्त्रता हो नि । अनि आजचाहिँ स्वतन्त्रता भनेको अमूक दललाई, अमूक नेतालाई भनिन्छ । स्वतन्त्रता भनेको टुक्रा-टुक्रा हुन्छ त ? मेरो कुरा गर्नुहुन्छ भने पत्रकारिता र राजनीति जेलिएर मेरो जीवनमा गए । मैले पत्रकारिता सुरू गरिसकेपछि त्यो छाडेर पार्टी सङ्गठन बनाउन म जिल्ला-जिल्ला गइनँ । म पत्रिकामै बसेँ । तर, यस्तो स्थिति सिर्जना भयो कि पछि म पार्टीमै आउनुपर्यो । पार्टीमा सङ्घर्ष गरेका हजारौँ साथीहरू हुनुहुन्थ्यो । तर सभापतिले किन मलाई नै प्रवक्ता बनाउनुभयो, प्रमुख प्रवक्ता दमनजी र प्रवक्ता म भएँ । भनेपछि मेरो जीवन भन्नुहुन्छ भने पत्रकारिताको आन्दोलन थियो, स्वतन्त्रता थियो । त्यो स्वतन्त्रताभित्र कांग्रेस, कम्युनिष्ट, अरु पनि पर्थे । अब जब तपाईंले आफैँ कमजोर पार्नुभयो, त्यसपछि अरुले त फाइदा उठाउने भइहाले नि । यिनीहरूको उद्देश्यचाहिँ त एकै हुन् । जनताको हित गर्ने, राष्ट्रको स्वाधीनता बचाउने, समाजमा सुशासन; मुख्यगरी त सुशासन नै हो यी दुवैको सन्दर्भमा । जनतालाई सुख-सुविधा दिने । त्यो गर्नका लागि आपसको सहयोग चाहिन्छ । एउटाचाहिँ जब त्यो राजनीतिक दल सत्तामा जान्छ, त्यसपछि चाहिँ अलिक नमिल्न सक्छ र त्यो स्वाभाविक पनि हो । किनकी त्यो सत्तामा गएपछि मनपरी गर्न खोज्छ, प्रेसले त्यसलाई सतर्क गराइरहन्छ । त्यही भएर सत्ता र स्वतन्त्र प्रेसको त द्वन्द्व रहिरहन्छ । त्यसका केही सीमा र मर्यादा हुन्छन् । त्यो अतिक्रमण कसैले पनि गर्नु हुँदैन । तर फेरि पनि राजनीति र पत्रकारिताबीच त अन्योन्याश्रित सम्बन्ध छ । अहिले संसारैभर लोकप्रियतावादी राजनीति चलेको छ । त्यहाँ कुनै सिद्धान्त छैन । मान्यतामा चलेको छैन । अमेरिकामा हेर्नुभयो भने त्यही भइरहेको छ, फ्रान्स, बेलायतमा मात्रै होइन, हामीकहाँ पनि त्यस्तै छ । एकातिर त्यो छ भने प्रेस बाँडिनसाथ पार्टीहरूले चाहिँ मनपरी गर्न पाए । जस्तो तपाईं भन्नुस् न देशमा यत्रो ठूलो भ्रष्टाचार छ, तपाईं कल्पना गर्नुहुन्छ, जनता कहाँ छ कहाँ छ । गाउँघरमा गएर हेर्नुभयो भने युवाशक्ति पाइँदैन । जग्गा-जमीन सबै बाँझै छ । उद्योगहरू सबै बन्द छन् । तपाईंको आवश्यकता बढिरहेकै छ । भनेपछि यो स्थिति जहाँबाट सिर्जना भइरहेको छ, यसमा पत्रकारहरू एक भएर सरकारलाई यसरी सजग गराउँदै अगाडि बढ्नुपर्छ भन्ने सोच्यो भने त्यो राम्रो हुन्छ । म पत्रकार साथीहरूलाई के आग्रह पनि गर्छु भने अहिलेको यो भूसंवेदनशीलतालाई कति बुझ्नुभएको छ, त्यसमा अध्ययन गरेर धारणा बनाएर अगाडि बढ्नुस् । पत्रकारले नजानेर/जानेर सानो गल्ती गरेपनि मुलुक असाधारण सङ्कटमा पर्नसक्छ । त्यसैले हामीले यसरी बुझेर राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि धारणा बनाउन आवश्यक छ ।
|
1,042 |
सुर्तीजन्य पदार्थ रहित दिवस अवसरमा मंगलबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । निर्देशनालयले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नारालाई सार्थक बनाउन प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउँसो सडक नाटक प्रदर्शन र पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्य बन्द गर्न अनुरोध गरे । दिवसको अवसरमा आयोजित अन्तरक्रिया गरिएको थियो । कार्यक्रमका अध्यक्ष स्वास्थ्य निर्देशक महेश्वर मान श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा आम नागरिक जागरुक हुनुपर्ने बताए । उनले सुर्तीजन्य प्रयोगकर्ताहरु नै सजग भए मात्र त्यसको नियन्त्रण सम्भव रहेको बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर शम्भु काफ्लेले सुर्तीजन्य पदार्थको प्रयोगको स्थिती, असर र रोकथामका बारेमा प्रस्तुति दिएका थिए । उनले हरेक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजारको मृत्यु हुने तथ्यांक उल्लेख गरेका छन् । नेपालमा धुम्रपान गर्नेको संख्या २८.९% (सन २०१९) रहेकोले यसको कारणले २८% मुटुको रोग निम्त्याउने डाक्टर काफ्लेले जानकारी गराए । विश्वमा प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको र २ लाख हेक्टर जमिन उत्पादनमा गर्न प्रयोग हुने गरेको उनले प्रस्तुत गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । उनका अनुसार सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको उपचार गर्न १४ हजार खर्ब खर्च भइसकेको काफ्लेले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरिएको छ । हरेक जिल्लामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्देशक कमिटी रहने भएपनि त्यसले काम गर्न नसकेको प्रस्तुतीकरणमा भनिएको छ ।
|
1,043 |
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्। प्रत्येक वर्ष बाहिर आएका भ्रष्टाचारका काण्डको आयोगमार्फत निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै उनले भने, ‘भ्रष्टाचारको बिगबिगी पछिल्लो समय पनि कमी आएको छैन, प्रत्येक वर्ष ठुला काण्ड बाहिर आएका छन्। एउटाएउटा काण्ड मात्र छानबिन गर्ने नभई उच्चस्तरीय छानबिन आयोग बनाएर समग्र रुपमा सबै घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ।’ भ्रष्टाचार नियन्त्रण गर्न स्थापना गरिएको संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्तै कमजोर भएको बताउँदै उनले कार्यकारीको छाया नपर्नेगरी भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुपर्ने बताए। भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गरे। ललिता निवास प्रकरणबारे भट्टराईले आफ्नै पालामा केही गल्ती भएको र छानबिनमा आफू तयार रहेको समेत बताए। ‘ललिता निवास प्रकरणमा मेरो पालामा पनि केही गल्ती देखिएका छन्,’ उनले भने, ‘यो प्रक्ररणमा छानबिन गर्नुपर्छ, त्यसको निम्ति म पूरै सहयोग गर्छु। तर सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन्।’ उनले ३–४ रोपनी जग्गाको विषय आफ्नो पालामा भएको बताउँदै त्यो मेरो नियतवश नभई मन्त्रिपरिषद्को निर्णय भएके जिकिर गरे। सत्ता परिवर्तनको खेल खेलिरहनेभन्दा संविधान नै संशोधन गर्नुपर्ने उनको भनाइ ।
|
1,044 |
शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । ४१ अंकले ओरालो लागेर नेप्से २१ सय ४९ मा थामिएको छ । बिहीबार शेयर बजार काठमाडाैं । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव काठमाडौं । आइतबार ३२ अंकले सुधारिएको शेयर बजार सोमबार पुनः दोहोरो अंकले ओरालो लाग्यो । मौद्रिक नीति समीक्षाले पनि लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक काठमाडौं । आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार समेत बढेर २ अर्ब नाघ्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला काठमाडाैं । सेयर बजार परिसूचक बिहीबार दाेहाेराे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर काराेबार बन्द भएकाे हाे । काठमाडौं । मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमबार १६ अंकले बढेको नेप्से परिसूचक मंगलबार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स काठमाडौं । शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले झरेर १८ सय ५५ मा आएर थामियो । दशैंपछि खुलेको बजारमा काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८.८१ अंकले ओरालो लागेर एक हजार आठ ३७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।
|
1,045 |
आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्र्तक्रियामा उनले मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गरिने बताएका हुन । गर्भनर अधिकारीले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने पनि स्पष्ट पारे ।
ऋण लिन जाँदा कुनैपनि बैंकका कर्मचारीहरुले कमिसन मागेको थाहा पाइए तत्काल कारवाही गर्ने पनि उनले बताए । अर्थ सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज बनाउने बताए ।
राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको उनको भनाइ थियो । बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने सचिव मरासिनीले बताए ।
|
1,046 |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए । शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् । शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनेको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएका थिए । तत्काल सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका थिए । त्यसपछि शनिबार अबेरसम्म बैठक बसेपनि निष्कर्षविहीन भएको थियो ।
|
1,047 |
सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन्। जारी मतगणनामा उनले १० हजार १ सय ८६ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसका विजय गच्छदारले ६ हजार १६ मतका साथ उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक सबैका मतपत्र खोलिएका छन्। जसकारण गणनामा ढिलाइ भइरहेको छ। 'हामीले प्रत्यक्ष र समानुपातिक सबैको मत गनिरहेका छौं,' पौडेलले भने, 'अहिलेसम्म २४ हजार ९ सय १६ मतको परिणाम आएको छ ।
|
1,048 |
लक्ष्मी बैंकले संखुवासभाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टर यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिग एजेन्टहरु पुगेको छ । यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ । साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
1,049 |
मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठबन्धनका अन्य दलहरूको पनि समर्थन रहेको थियो ।
|
1,050 |
दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनले भने, “गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब रु सात लाखमा एक हजार चार सय इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।” उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो । गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए । नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसिबी जडान छन् । इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो ।
|
1,051 |
पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ को असारसम्म ३ हजार ४ सय २२ बालबालिका हराएका थिए । तीमध्ये बालक १ हजार ५१ तथा बालिका २ हजार ३ सय ७१ रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज सार्वजनिक गरिएको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७६’ मा ३ हजार ४ सय २२ बालबालिका हराएको उल्लेख गरिएको छ । हराएका ती बालबालिकामध्ये २ हजार ५ सय ४० मात्र फेला परेको र बाँकीको खोजतलास भइरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । आव २०७४/७५ मा हराएको २ हजार ३ सय ३० बालबालिकामध्ये बालक ९ सय २३ र बालिका १ हजार ४ सय ७ रहेको थियो । हराएका ती बालबालिकामध्ये कति फेला परे भन्ने प्रतिवेदनले केही जनाएको छैन । बालबालिका हराएको जानकारी दिने तर फेला परेको जानकारी नदिने प्रवृत्तिले गर्दा हराएकामध्ये कति फेला परे भन्ने यकिन तथ्यांकमा समस्या परेको मन्त्रालयले जनाएको छ । यस्तै, कारागारमा आश्रित बालबालिकाको संख्या पनि वृद्धि भएको छ । प्रतिवेदनमा आव २०७४/ ७५ मा देशका विभिन्न २७ जिल्लाका कारागारमा कुल ६५ बालबालिका बाबुआमा वा अभिभावकसँग आश्रित थिए । वि.सं. २०७६ को असार मसान्तसम्म यो सङ्ख्यामा वृद्धि भई ८२ पुगेको प्रतिवेदन उल्लेख छ । सरकारले १२ जिल्लामा बालहेल्प लाइन सञ्चालनमा ल्याएको छ । हेल्पलाइनबाट ७ हजार ८ सय ६ बालबालिकाको उद्धार, राहत, मनोपरामर्श, पारिवारिक पुनर्मिलन भएको प्रतिवेदनमा रहेको छ । प्रतिवेदनमा १ हजार ४ सय २० बालिका जबर्जस्ती करणीबाट पीडित भएको घटना नेपाल प्रहरीमा दर्ता भएको, ८ वटा बालसुधार गृहमा ८ सय २१ बालबालिका रहेकाे, विभिन्न प्रकारका अपांगता रहेका बालबालिकामध्ये प्राथमिक तहमा ३९ हजार ८ सय २० भर्ना भएकाे उल्लेख गरिएको छ । बालपोषण, अपांगता र लोपोन्मुख जातिलाई विनियोजन गरेको सामाजिक सुरक्षा भत्ताबाट ८ लाख १ हजार २ सय ११ बालबालिका लाभान्वित भएका थिए । यो सङ्ख्या गत वर्षको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको हो । प्रतिवेदनमा गत वर्ष ५ लाख ७५ हजार ७ सय १५ बालबालिका सो सुरक्षा भत्ताबाट लाभान्वित भएका उल्लेख गरिएको छ । देशका ४६ जिल्लामा बालगृह रहेको र यसमा १५ हजार ५६५ बालबालिका संरक्षणमा रहेका छन् । पाँचवटा शहीद प्रतिष्ठानमा १ हजार ५ सय २३ बालबालिका कक्षा १ देखि १२ सम्म अध्ययनरत रहेको, प्रारम्भिक बाल विकास केन्द्रको संख्या ३५ हजार ९ सय ९३ पुगेको र यस्ता केन्द्रमा ९ लाख ७३ हजार बालबालिका पुगेको पनि प्रतिवेदनमा उल्लेख छ ।
|
1,052 |
चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा सो राजस्व संकलन भएको हो । यस आर्थिक वर्षमा नगरपालिकामा कुल प्रक्षेपित रकम ४ करोड २३ लाख ७० हजार रहेकोमा पहिलो चौमासिकमा प्रक्षेपण गरेको रकममध्ये ३७ प्रतिशत रकम आम्दानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । नगरपालिकाको वडा नं. ४ सिंगा तातोपानीमा नगरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत ढकालले व्यवसाय कर, जन्म, मृत्यु, विवाह, बसारसराई, सम्बन्ध विच्छेदलगायतको सेवा प्रवाहबाट राजस्व संकलन गरिएको बताए । नगरपालिकामा पहिलो चौमासिकमा पुँजीगत खर्च १ करोड ७ लाख ८५ हजार खर्च (४.३२ प्रतिशत) भएको छ भने चालुतर्फ ११ करोड ३२ लाख ७१ हजार रुपैयाँँ (२३.४८ प्रतिशत) खर्च भएको बताइएको छ । यस आर्थिक वर्षमा नगरमा कुल बजेट ७३ करोड ३१ लख ५३ हजार रुपैयाँ रहेको छ । चालुतर्फ ४८ करोड ३७ लाख २५ हजार रुपैयाँ र पुँजीगततर्फ २४ करोड ९४ लाख २८ हजार रुपैयाँ बजेट छ । नगर प्रमुख सुरज केसीले करको क्षेत्र र दायरा विस्तार गरी आन्तरिक आयमा अभिवृद्धि गर्ने योजना रहेको बताए । आन्तरिक स्रोत कम हुदाँ जनताको आवश्यकता अनुसार विकास निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताए । विकास बजेटमा संघ र प्रदेशबाट स्वीकृति हुन ढिलाइ, चाडपर्व र निर्वाचनले सोचेजस्तो काम पहिलो चौमासिकमा हुन नसकेको मेयर केसीले बताए । काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् लमजुङ– लमजुङमा रहेका गण्डकी प्रदेश अन्तर्गतका कार्यालयले ३१ प्रतिशतभन्दा बढी रकम आर्थिक वर्षको अन्तिम महिनामा हेटौंडा– बागमती प्रदेश सरकारले बितेको आर्थिक वर्ष २०८०/०८१ मा ७२ दशमलव ८३ प्रतिशत बजेट खर्च धनगढी – जिल्ला भन्सार कार्यालय कैलालीको राजस्व ३८ करोड रुपैयाँले घटेको छ । आर्थिक मन्दीका काठमाडौं- आज साउन महिनाको पहिलो सोमबार ।
|
1,053 |
१० करोड भन्दा बढी प्रयोगकर्ताले अन्य व्यक्तिहरुबाट भुक्तानी गरिएका खाताको प्रयोग गरिएको पाईएको स्थान परिवर्तनमा शुल्क लाग्ने भएको गीगचाइनाले जनाएको छ। एउटा साथीको खातामा अर्को साथीको प्रयोगले नेटफ्लिक्ससँगै ग्राहकलाई समेत घाटा हुने भएकाले कडाई गर्न थालेको कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले नेटफ्लिक्सका चलचित्रहरु मन पराउने भएकाले र त्यसको प्रयोग एक भन्दा बढीले एउटै पासपोर्ट प्रयोगमा जोड दिएकाले पनि घाटा हुने भएकाले नेटफ्लिक्सले पैसा लिने जनाएको हो। नेटफ्लिक्सले हाल अर्जेन्टिना, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र डोमिनिकन रिपब्लिक गरी पाँच ल्याटिन अमेरिकी देशहरूमा नयाँ “कर“ परीक्षण गरिरहेको छ। एपले पत्ता लगाउने बित्तिकै प्रयोगकर्ताले घरमा कनेक्ट गर्न प्रयास गरिरहेकाले त्यसलाई थप शुल्क लाग्ने बताईएको छ ।
|
1,054 |
भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो । सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।
|
1,055 |
महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार हुनुहुन्छ । जसमा स्वतन्त्र उम्मेदवार ६ जना छन् । चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार रहेका छन् । यद्यपि यहाँ निवर्तमान सांसद डा यादव र कांग्रेस केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ । निर्वाचनमा खुला प्रचारको अवधि सकिनैलाग्दा धेरैजसो अन्तिम आकर्षक सभाको तयारीमा जुटेका छन् । निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ । क्षेत्रमा धेरैजसो डा यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिएको पाइएको छ । यसअघि २०७४ मा डा यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका थिए। त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन् । सत्ता गठबन्धनबाट राय उम्मेदवार छन् । त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता रायको पक्षमा जुटेका छन् । यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन । त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन् । खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन् । जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका छन् । महोत्तरी–४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ (सबै), सम्सी गाउँपालिकाका सात (सबै) र सोनमा गाउँपालिकाका आठ (सबै) गरी जम्मा ३७ वडा समेटिएका छन् । प्रदेशसभा (१) मा १८ र प्रदेशसभा (२) मा १९ वडा छन् । महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपाका कौशलकुमार राय (यादव) र नेकपा (माओवादी केन्द्र)का लालेन्द्रकुमार मण्डल रहेका छन् । उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट सङ्घीय समाजवादी पार्टी (पछि जसपा)बाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवार बनेका छन् । त्यसैगरी मण्डल विसं २०६४ को पहिलो संविधानसभा सदस्य रहेका थिए । यसैगरी एमाले–जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (१) मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र (२) बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार छन् । प्रदेशसभामा पनि यिनै दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा क्षेत्र (१) मा तीन महिलासहित २५ उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ छ । त्यसैगरी प्रदेशसभा क्षेत्र (२) मा २० उम्मेदवार रहेका छन् । यहाँ एक मात्र महिला उम्मेदवार रहेकी छिन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता छन् । कुल ६० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र कायम गरिएको छ । रासस काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् काठमाडौं ।
|
1,056 |
समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ । प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ । केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए । यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस गोलीकाण्डको बारेमा यहाँको प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
|
1,057 |
काठमाडौँ । नबिल बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेल चयन भएका छन् । घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ । काठमाडाैँ । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ ।
|
1,058 |
देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ ।
|
1,059 |
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहपछि अब भारतीय कमेडियन कपिल शर्मा पनि विवाह बन्धनमा बाधिने पक्का भएका छन् । उनले आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । शर्माले १२ डिसेम्बरमा प्रेमिका गिन्नी चतरथसँग आफ्नो होमटाउन जालन्धरमा विवाह गर्ने निर्णय गरेका हुन् । कपिल भन्छन्, ‘गिन्नी उनको परिवारको एक्ली छोरी हुन् । त्यसैले उनको परिवार चाहन्छन् कि हाम्रो भव्यरुपमा विवाह होस् । म सबैको भावनाको कदर गर्छु र मेरो ममी पनि हाम्रो विवाह भव्यसँग होस भन्ने चाहानु हुन्छ ।’ को हुन् गिन्नी चतरथ ? कपिल शर्मा र गिन्नी चतरथ एक अर्कालाई कलेजको दिनबाट जान्दछन् । कजेलमा हुने हरेक कार्यक्रममा उनीहरु सहभागी हुन्थे । गिन्नीको असली नाम भवनिता हो र उनी जालन्धरमा बस्दै आएकी छिन् । यसअघि गिन्नी र कपिलले एक साथ पञ्जावी कमेडी शो हन्सबलिएमा एउटै स्क्रिन सेयर गरेका थिए । उनीहरुको यहि सेटबाट लभस्टोरी सुरु भएको हो । गिन्नीले आफ्नो र कपिलको प्रेम सम्बन्धको बारेमा ५ वर्ष अगाडि अर्थात २०१३ मा अफिसियल घोषणा गरेकी थिइन् । तर यो कुरालाई धेरैले नोटिस गरेनन् । उनीहरुको विवाहको दुई दिनपछि अर्थात १४ डिसेम्बरमा रिसेप्सन पार्टी हुने बताइएको छ ।
|
1,060 |
ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ। यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ। फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो । समाचार अनुसार यसले दोस्रो दिन भारतमा ३९ करोड रुपैयाँ कमाएको छ। हालसम्म फिल्मले घरेलु बक्स अफिसमा ६१.५ करोड कमाइसकेको छ । फाइटरले दर्शक र समीक्षकहरुबाट राम्रो प्रंशशा पाएको छ। फाइटरले ऋतिक र दीपिकाको पहिलो पटक अन स्क्रिन सहकार्यमा रहेका छन ।
|
1,061 |
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
|
1,062 |
उच्च अदालत पाटनका मुख्य न्यायाशीध नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा महराको निवेदन उपर भइरहेको हो। आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा उच्च अदालत पाटन पुगेका थिए। सरकारी वकिलको कार्यालय पनि महराको निवेदनसँगै उनीविरुद्धको मुद्दासहित उच्च अदालत पुगेको छ। दुवै निवेदन एकै ठाउँमा राखेर अहिले सुनुवाई चलिरहेको हो। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको थियो। त्यसैअनुसार महरा अहिले डिल्लीबजार कारागारमा थुनामा छन्। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंबाट यसअघि नै महरा प्रकरणको सबै विवरण माग गरेको थियो। पछिल्लो विवरणअनुसार शाहीले अदालतमा दिएको इन्कारी बयानसमेत उच्च अदालत पुगेको छ। शाहीले महराविरुद्ध प्रहरीले अनावश्यक चलखेल गरेको भन्दै उच्च अदालतसमेत पुगेकी थिइन्। फाइल तस्वीर काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् काठमाडौं ।
|
1,063 |
मेक्सिकोमा कार रेसिङ चलिरहँदा एक समूहले अन्धाधुन्ध गोली चलाएको छ । बाजा क्यालिफोर्नियामा उक्त समूहले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । कार रेसिङ चलिरहेको बेला ‘ड्युन बग्गी’ रेस कारमा बसिरहेका राइडरहरुमाथि सिल्भर एसयुभी गाडीबाट बाहिर निस्किएका हतियारधारी व्यक्तिहरुले अन्धाधुन्ध गोली चलाएका थिए । सो घटनामा १० जनाको मृत्यु भएको र ९ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिवार स्थानीय समय अनुसार दिउँसो २ः१५ बजे सो गोलीकाण्ड भएको थियो । सो घटनामा मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले गोलीकाण्डबारे अनुसन्धान गरिरहेको जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,064 |
इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा । आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।
|
1,065 |
सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १० /१० लाख राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुकाे उपचारमा लागेकाे खर्च सरकारले बेहाेर्ने निर्णय गरेकाे छ । ‘ शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको थियो ।
|
1,066 |
महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको स्थापना गरेको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुलचोकमा आइसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो । सहायता केन्द्रअन्तर्गत कोभिड सङ्क्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदुरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो । यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आइसोलेशन सेन्टर र केन्द्रहरुमा चौबीसै घण्टा उपलब्ध रहेका छन् । साथै आइसोलेसनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका सङ्क्रमितलाई आइसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी अउपलब्ध गराइएको सेवाबाट अहिलेसम्म ३०० भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासङ्घले जनाएको छ । त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीस्थित आइसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको र त्यसबाट ५० जनाभन्दा बढी सङ्क्रमित लाभाविन्वत भएका पनि महासङ्घले जनाएको छ । सङ्क्रमितहरु आफैँ पनि ती आइसोलेशन सेन्टरमा आउन सक्ने तथा आवश्यकतानुसार काठमाडौँ बाहिर तथा उपत्यकाबाट नै आवश्यकतानुसार हवाई तथा एम्बुलेन्स सेवा उपलब्ध गराई ती सहायता केन्द्रमा सङ्क्रमितलाई ल्याउने प्रबन्ध गरिएको थियो । मुलुक सङ्कटमा पर्दा महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको मनन् गरी विगतमा पनि यस्ता विपद्को समयमा सहयोग गर्दै आएको र यसपटक पनि देश महामारीको सङ्कटमा परेका बेला आफ्नो सोही दायित्वबोध गरेर सेवा शुरु गरिएको संयोजक ढकालले बताए । उनले भने, “देशमा कोरोनाको दोस्रो लहरको सङ्कट शुरु हुन थालेपछि यो विपद्को घडीमा हामीले के गर्न सक्छौँ भनेर तत्कालै भर्चुअल बैठक बस्यौँ र महासङ्घका अध्यक्ष शेखर गोल्छाको अगुवाइमा हामीले यो सहायता केन्द्रको स्थापना गरी उहाँको आग्रहबमोजिम मैले समन्वय गर्दै आएको छु र अहिलेसम्म यो स्वास्थ्य सहायता जारी नै छ ।” मुलुकको निजी क्षेत्रले देश सङ्कटमा परेका बेला गरेको यो सानो अग्रसरता हो भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले यो सहायता केन्द्रबाट धेरै नागरिक लाभान्वित हुने त छँदैछ अस्पतालमा पुग्ने नागरिकको चापलाई कम गर्न पनि सहयोग पु¥याएको महसुुस आफूहरुले गरेको जानकारी दिए । कोभिड महामारीमा हालका लागि अत्यावश्यक देखिएका विभिन्न छवटा सहयोगका क्षेत्रहरुको पहिचान गरी महासङ्घका सदस्यहरुमध्येबाट प्रायः ती क्षेत्रमा अनुभव रहेका फोकल पर्सनहरु तोकेर सहयोगका कार्यक्रम अघि बढाइएको पनि संयोजक ढकालले जानकारी दिए । सोअनुसार अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देशबन्धु वस्नेत, उद्योग समिति सदस्य बाबुकाजी कार्की र स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल र सदस्य डा केयुर गौतम अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ तथा महासङ्घका उपाध्यक्ष रामचन्द्र साङ्घाई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति आइसोलेशन केन्द्र निर्माणतर्फ रहेका छन् । त्यसैगरी व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्यद्धय हेमराज ढकाल र रञ्जितराज आचार्य तथा पूर्व कार्यकारिणी समिति सदस्य रविन श्रेष्ठ औषधि र मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरु प्रवलजङ्ग पाण्डे, भक्तबहादुर हमाल रहेका छन् । त्यस्तै होटल तथा हवाई उड्डयन व्यवस्थापनतर्फ कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठ र पर्यटन र हवाई यातायात समितिका सदस्य विनोद सापकोटाको समन्वयमा काम भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट सङ्क्रमित बिरामी, तिनका परिवार र आफन्तहरुसहित धेरैलाई राहत पुगेको छ । केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड सङ्क्रमण भएका डेढ वर्ष उमेरदेखि १०२ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहयोग पुगेको महासङ्घले जनाएको छ । केन्द्रले कोभिड सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई आइसीयू तथा भेन्टिलेटर र अत्यावश्यक औषधि उपलब्ध गराइरहेको छ । आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि सदस्यद्वय देशबन्धु रेग्मी र बाबुकाजी कार्कीले समन्वय गरेर अस्पतालमा शय्याको व्यवस्थापन गरेका थिए । त्यसैगरी प्लाजमा खोजि गरिरहेका, होम आइसोलेशनमा डाक्टरको सल्लाह खोजिरहेका, अक्सिजन भर्न समस्यामा परेका, अस्पताल जान एम्बुलेन्स नपाएका, तथा बाहिर जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टर सेवा उपलब्ध गराउनुका सथै अन्य आवश्यक सहयोगको लागि सहजीकरण गरिएको छ । यस केन्द्रले हालसम्म अस्पतालमा भेन्टिलेटर र आइसीयू, अक्सिजन, अस्पताल शय्या, प्लाज्मा, रेमडेसिभर औषधिलगायतका अत्यावश्यक सेवा र औषधि तीन सय जनाभन्दा बढीलाई उपलब्ध गराएको छ ।- काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री केपी शर्मा काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत दिने बताएका काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत नदिने बताएका काठमाडौं ।
|
1,067 |
तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ । यस्तो अवस्थालाई ध्यादिँदै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा प्रकोपका जोखिम हुनसक्ने स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न लागेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले स्थानीय विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाई जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र एवं क्लष्टर नेतासँग निरन्तर सम्पर्क तथा समन्वयमा रहने व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले मनसुन अवधिमा अझै पनि प्रकोपका घटना दोहोरिन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न कार्यालय तथा सङ्घसंस्थाले आ–आफ्नो स्रोत साधन एवं सम्भव भएसम्म आपत्कालीन सहयोग सामग्रीको व्यवस्था गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । हालको मनसुनको समयमा हुनसक्ने बाढी पहिरालगायतका प्रकोपका घटनालाई विशेष ध्यानमा राखी खोज, उद्धार तथा आपत्कालीन राहत वितरण कार्यलाई चुस्त र प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दक्ष खोज तथा उद्धारकर्ता सुरक्षाकर्मी सम्मिलित टोलीलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त हुने गरी ५० लाख रुपैयाँ निकासाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ । साथै जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति तथा सम्बद्ध सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले आपत्कालीन अवस्थामा वितरण गर्नुपर्ने राहतको व्यवस्थापन गरी तयारी अवस्थामा रहने निर्णय गरिएको छ । बाढी पहिराबाट सडक, विद्युत्, खानेपानी, सिँचाइ, दूरसञ्चारलगायतका भौतिक पूर्वाधार तथा संरचनाको क्षति हुन गएमा तत्काल मर्मतसम्भार गरी सञ्चालन गर्न र जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन जिल्लामा रहेका सम्बन्धित विषयगत कार्यालय तयारी अवस्थामा रहने भएका छन् । हालको समयमा बाढी पहिरा, अधिक वर्षा, सडक अवरोध जस्ता बहाना बनाई दैनिक उपभोग्य सामानको कार्टेलिङ, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गरी उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेका अन्य वाणिज्य सङ्घसँग समेत मिली समन्वय र सहकार्य गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिइएको छ । बैठकले विदेशबाट नेपाली नागरिक भित्रने क्रम जारी रहेको र अन्य तरिकाबाट समेत कोभिड–१९ को सङ्क्रमण बढी रहेको अवस्थालाई मध्यनजर गरी हाल सञ्चालनमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष अर्को निर्णय नभएसम्म र अन्य विकल्प तयार नभएसम्मका लागि यथावत् सञ्चालनमा ल्याउने निर्णय भएको छ । गत असार २८, २९, यही साउन ४ र ५ गतेको पहिराले जोखिममा रहेका घर तथा अन्य संरचनाको संरक्षण गर्न एवं जोखिम न्यूनीकरण गर्न सम्बन्धित स्थानीय तहहरुबाटै तारजाली व्यवस्था गरी वितरणलगायत अन्य आवश्यक गर्ने निर्णय भएको छ । गण्डकी प्रदेश सरकारबाट ३० हजार थान तारजाली माग गरी जिल्लाको जोखिम न्यूनीकरण कार्यमा प्रयोग गर्न गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई निर्देशन दिइएको छ । भीषण वर्षाका कारण कृषि तथा पशुजन्य व्यवसायमा क्षति भएको भनी विभिन्न व्यक्तिले राहतका लागि निवेदन दिएकाले क्षति भएका कृषकलाई राहत उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । हाल बन्दाबन्दी अन्त्य भए तापनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयको दैनिक कार्यसमेत सञ्चालन भई रहेको सन्दर्भमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्न आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्डबमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट रु एक लाख खर्च गर्ने निर्णय गरिएको छ । नदी, खोला तथा खहरेबाट तोकिएको मापदण्ड कडाइका साथ पालना गरेर मात्र नदीजन्य पदार्थको उत्खनन गर्न, बहाव क्षेत्र अतिक्रमण हुन नदिन तथा जोखिम नक्साङ्कन गरी न्यूनीकरण गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई अग्रसरता देखाउन आग्रह गरिएको छ ।
|
1,068 |
अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव अस्वीकार गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र पन्ध्र जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न हालै गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। सो प्रस्ताव गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा पुग्नुअघि भएको छलफलमा अर्थ मन्त्रालयले अस्वीकार गरेको गृह स्रोतले बतायो। सो प्रस्ताव ओएन्डएम समितिमा जानुपूर्व केही दिनअघि भएको गृह र अर्थ मन्त्रालयबीचको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गरेको उनीनिकट स्रोतले बतायो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृह नेतृत्वबीच परामर्शपछि दरबन्दी थपको प्रस्ताव प्रधान कार्यालयबाट अघि बढेको थियो। ओएन्डएम समितिमा प्रस्ताव पठाउनुअघि गृहले अर्थ मन्त्रालयसँग परामर्श गरेको थियो। ‘प्राकृतिक विपत्तिको पुनर्निर्माण, पुनरुत्थान, राहत तथा क्षतिपूर्तिमा मुलुक केन्द्रित भइरहेका बेला अर्थतन्त्रमा आर्थिक व्ययभार पर्ने गरी आएको प्रस्ताव स्वीकार गर्न सकिएन,’ शर्मानिकट स्रोतले भन्यो। प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले पनि उक्त प्रस्तावमा अर्थले सहमति नदिएको बताएको छ। ‘तत्काल यो प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिन नसकेको बुझिएको छ,’ प्रधान कार्यालयका एक अधिकारीले भने। प्रधान कार्यालय स्रोतका अनुसार बढुवामा छुटेका पुराना अधिकृतहरूलाई ‘लक्षित’ गरी दरबन्दी थपको प्रस्ताव गरिएको थियो। गृह मन्त्री बालकृष्ण खाणले त्यस्ता अधिकृतका लागि तत्काल ‘पद’ सिर्जना गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई ‘प्रस्ताव ल्याउन’ भनेका थिए। अबको केही समयमै अवकाशमा जान लागेका एसएसपी नरबहादुर खत्री, हरिराज वाग्ले लगायतलाई लक्षित गरेर दरबन्दी थपको प्रस्ताव गरिएको थियो। डिआइजी मात्रको दरबन्दी थप्दा विवाद हुने भन्दै प्रधान कार्यालय र गृहले एसएसपी समेतको दरबन्दी थपका लागि प्रक्रिया अघि बढाएका थिए। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे आफूलाई जानकारी नभएको बताए। ‘निर्णय भएको कुरामा पत्रकारलाई भन्ने हो, निर्णय नभएको र छलफलमा भएको कुरा भन्न मिल्दैन,’ पोखरेलले भने। अहिले नेपाल प्रहरीमा १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५५ जनाको दरबन्दी छ। प्रस्ताव स्वीकृत भएको भए २५ जना डिआइजी र ७० जना एसएसपी दरबन्दी कायम हुने थियो। ६ जना डिआइजीका लागि ९ जना एसएसपी बढुवाका स्वभाविक दाबेदार थिए। उनीहरूमध्ये केही यही कात्तिक र मंसिर महिनामा बढुवा नभए एसएसपीबाटै घर फर्किने अवस्थामा छन्। हाल एसएसपी दरबन्दी रहेका महानगरीय ट्राफिक महाशाखा, विभानस्थल सुरक्षा कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन ब्युरोलगायतमा डिआइजी दरबन्दी कायम गर्ने योजना थियो। पन्ध्र एसएसपी बढुवाको प्रस्तावमा केही ठाउँहरू लक्षित गरिएका थिए। जसमा विराटनगर महानगरपालिका, वीरगन्ज, चितवन र पोखरा महानगरपालिका पर्छन्। काठमाडौं र ललितपुर महानगरमा यसअघि नै एसएसपीको दरबन्दी छ। यसबाहेक प्रदेशको राजधानी भएका तराईका ठाउँमा एसएसपी दरबन्दी कायम गर्ने सोचमा प्रधान कार्यालय र गृह मन्त्रालय थियो। यसमा दुई नम्बर प्रदेश राजधानी जनकपुर, तीन नम्बर प्रदेश राजधानी मकवानपुर, पाँच नम्बर प्रदेश राजधानी दाङ र सुदूरपश्चिम प्रदेश राजधानी धनगढी पर्छन् ।
|
1,069 |
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहको हिजोदेखिको बन्दका कारण मेची राजमार्ग आज पनि सञ्चालन हुन सकेको छैन । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निः शुल्क उपचार गर्ने भएका छन् । रुपन्देहीकै ठुलो गैडहवा तालको प्रचार प्रसार गर्ने उद्देश्यले ताल क्षेत्रमै सांस्कृतिक महोत्सव गर्ने निर्णय गरिएको छ । गैडहवा गाउँपालिकाको सहयोगमा स्थानीय शान्ति युवा क्लबले सांस्कृतिक महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको छ । पर्वतको भूमिहीन सुकुम्वासी र दलितहरूको समस्याबारे स्थानीय पालिका गम्भीर नरहेको गुनासो सो समुदायका व्यक्तिले गरेका छन् । स्थानीय सरकारको बेवास्ताकै कारण अहिलेसम्म एक जना भूमिहीनले पनि लालपुर्जा नपाएको गुनासो सो समुदायको छ । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘नीलो’लाई नौ विकेटले पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशीले नीलोविरुद्ध सान्त्वना जित दर्ज गरेको हो । आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्धारका लागि दिने निर्णय गरेको छ ।
|
1,070 |
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैन र? तस्वीर र भिडियोमा देखिएका मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ। स्वर्गीय अनुभूति दिलाउने यहाँको दृश्यले कसलाई लोभ्याउँदैन र रु यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ। देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई यही स्वर्गीय स्थान मनाङ पुग्न रहर हुन्छ। तर, यही स्वर्गीय आनन्द लिन कैयौँ कठिनाइ पार गर्नुपर्ने हुन्छ। यस्तै सपना बोकेर मनाङ आएका भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ। तर, बेँशीसहरबाट हिँडेपछिको सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने उनलाई चिन्ता छ। सडकको जोखिम देखेर कतै सपनै तुहाएर फर्किनुपर्ने पो हो कि? भन्ने उनमा छुट्टै डर छ। राईले भने, ‘घरपरिवार र आफन्त सबै छाडेर आफ्नो सपना साकार पार्न हिँडेको छु, बाटोको अवस्था देखेर सपना पूरा नहुँदै घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने त्रास बढेको छ ।’ स्वर्गको अनुभूति गर्न सहज हुँदैन, तर त्रास नै त्रासको यात्रा गर्नुपर्ने रहेको उनले बताए। हुन त स्वर्गको अनुभूति गर्न सहज कहाँ हुन्छ र? मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ । तर, सहज भने छैन। घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजङ्गको चट्टानी पहरो। यो अवस्था मनाङ जाने सडकको हो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष मनाङका तत्कालीन निर्वाचित सांसद पाल्तेन गुरुङ, कमल घलेलगायत जिल्लावासी समाजसेवी, बुद्धिजीवीले मनाङलाई सडक सञ्जालसँग जोड्न आग्रह गरेका थिए। तत्कालीन मनाङका सांसद तथा पूर्वमन्त्री गुरुङका अनुसार लमजुङ सदरमुकाम बेँशीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म सडक सञ्जालका लागि सर्भे गर्न १५ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको थियो। तत्कालीन प्रधानमन्त्री कोइरालाको पहलमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले २०५१ देखि ट्र्याक खोल्ने कामको सुरुआत भएको हो । ‘कामका लागि खाद्यान्न’ अभियानअन्तर्गत वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सडक सञ्जाल निर्माणका लागि पाँच सय क्विन्टल चामल बेँशीसहर(चामे सडकलाई उपलब्ध गराएकाे पूर्वसांसद गुरुङले जानकारी दिए। उक्त परिमाणको चामलको सहयोगमा बेँशीसहर(चामे सडक खण्डको बेँशीसहर-खुदीसम्म ट्र्याक खोलिएको उनले बताए। जनयुद्ध र अन्य विभिन्न कारणले यस सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो। राजनीतिक नेता, समाजसेवी तथा बौद्धिक व्यक्ति कपिल लामाले सडक सञ्जालको ट्र्याक खोल्नका लागि समन्वयकारी भूमिका खेलेको बताए। उनकै समन्वयमा मनाङ विकास समाज गठन गरी जिल्लामा सडक पुर्याउन रेखदेख गरिएको थियो। मनाङका समाजसेवी तथा राजनीतिक दलका नेतृत्वले सडक पुर्याउन मुख्य भूमिका खेलेका थिए। उतिबेला अहिले जस्तो डोजर र एस्काभेटरको माध्यमबाट सडक सञ्जाल खनिदैन थियो। साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था छ। ठाउँ–ठाउँमा खसेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन्। यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका छन्। मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे-बेँशीसहर-चामे सडक हो। भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे-बेँशीसहर-चामे सडकमा यात्रुले ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । मनाङवासीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन। सेनाले यस जोखिमपूर्ण भीरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो। यसले सरर मोटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो। नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। बेँशीसहर-चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। यस सडक खण्डको लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ। सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा हालसम्म जोखिमपूर्ण नै छ। करिब २१ वर्ष हुँदासम्म पनि यस सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीयवासी निराश बनेका छन्। मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन्। यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ। बेँशीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए। ‘ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच, मस्र्याङ्दी नदीको किनारबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चलाउनुपर्ने हुन्छ,' उनले भने । यात्रा नसकिञ्जेलसम्म त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। विभिन्न कामलगायत घरायसी सामान लिनका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासी बताउँछन्। भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक वर्षायाममा बाढीले खोतलिदिने र पहिरो खस्ने भएकाले अझ जोखिम थपिने गरेको चालक मगारातीले बताए । संघीयता कायम भएपछि पछिल्लो समय मनाङको मेरुदण्डको रूपमा रहेको यस सडकको स्तरोन्नतिका लागि पहल नभएको पनि होइन। यहाँको स्तरोन्नतिका निम्ति विभिन्न राजनीतिक दलका नेतृत्व तथा स्थानीय सरकारले सङ्घ, प्रदेश सरकारलाई झकझकाउने काम गरिरहेका छन्। जसले गर्दा यस सडकमा डुम्रे-बेँशीसहर(चामे सडक आयोजना कार्यालयमार्फत काम भइरहेको छ। भौगोलिक विकटतासँगै यहाँको प्रतिकूल मौसमका कारण कामले तीव्रता लिन नसकेको डुम्रे-बेँशीसहर-चामे सडक आयोजना कार्यालयका साइट इन्चार्ज सब-इञ्जीनीयर सुमन अधिकारीले जानकारी दिए। उनका अनुसार विभिन्न स्थानमा ठेक्का प्रक्रियामार्फत भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक निर्माणको कामको प्रगति देखिने अवस्थामा छैन। ‘सवारीसाधन आवतजावतमा सहजता कायम गर्न विभिन्न ठाउँ ठाउँमा एक्साभेटर राखी सडक निरन्तर सञ्चालन गरिरहेका छौँ’, जोखिमलाई न्यूनीकरण गर्ने काम गरेका छौँ’, उनले भने। विगतमा मनाङ घुम्न वा पर्यटक आगमनका क्रममा पहिरा वा बाढीका कारण सडक अवरुद्ध भएमा घण्टौँ बाटोमा नै रोकिनुपर्ने अवस्था छैन। सडक आयोजना कार्यालयले पर्यटक तथा स्थानीयवासीको सहजताका लागि बढी पहिरा खस्ने स्थानमा खबर हुनासाथ ढुङ्गा, माटो हटाउने काम गर्दै आएको छ ।
|
1,071 |
कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा ६१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । बाँकी ३९ प्रतिशत उद्योगमध्ये ४ प्रतिशत पूर्ण रूपमा र ३५ प्रतिशत आंशिक रूपमा चलेको अध्ययनको निष्कर्ष छ ।राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ ले यस्तो देखाएको हो । सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीको सहभागिता थियो ।यो मौद्रिक नीति आउनुअघि नै राष्ट्र बैंकले गरेको सर्वेक्षण हो । यही सर्वेक्षणका आधारमा मौद्रिक नीतिमा राहतका तथा सुविधाका कार्यक्रम ल्याइएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । पूर्ण रूपमा बन्द हुने उद्योगमा शिक्षा, होटल तथा रेस्टुरेन्ट, रियल इस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योग व्यवसाय छन् । लकडाउनको अवधिमा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग व्यवसाय भने पूर्ण रूपमा सञ्चालन भएको देखिएको छ । स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्यास तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधाभन्दा बढी उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन भएको अध्ययनले देखाएको छ ।‘बन्दाबन्दी अवधिमा ठूला र मझौला उद्योग व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसाय बढी प्रभावित भएको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सो अवधिमा उद्योग/व्यवसाय सञ्चालन नगर्ने घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायको हिस्सा राष्ट्रिय औसतभन्दा धेरै रहेको देखिन्छ ।’७४ प्रतिशत कारोबार घट्योलकडाउनले उद्योग सञ्चालन हुन नपाएपछि करिब ७४ प्रतिशतले उत्पादन घटेको देखिन्छ । सर्वेक्षणमा सहभागी उद्योग व्यवसायमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा लकडाउनमा उत्पादन घटेको बताएका छन् । ‘तर औसतमा ७३.८ प्रतिशतले उत्पादन/कारोबार घटेको जनाएका छन्,’ प्रतिवेदनमा भनिएको छ । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग व्यवसायको उत्पादन/कारोबार १५.४ प्रतिशत बढेको र २.४ प्रतिशतको पूर्ववत् रहेको देखिन्छ ।‘लकडाउन अवधिमा ९७.३ प्रतिशत घरेलु उद्योगको उत्पादन/कारोबार औसतमा ७३ प्रतिशतले, ९७.२ प्रतिशत लघु उद्यम/साना खुद्रा व्यापार ७५.३ प्रतिशतले, ९५.५ प्रतिशत साना उद्योग व्यवसाय ७६.६ प्रतिशतले, ९२.६ प्रतिशत मझौला उद्योग/व्यवसाय ६९.१ प्रतिशतले र ८६.२ प्रतिशत ठूला उद्योग/व्यवसायको औसतमा ६८.५ प्रतिशतले उत्पादन/कारोबार घटेको पाइएको छ,’ प्रतिवेदनले देखाएको छ, ‘सो अवधिमा उत्पादन/कारोबार बढ्ने र यथास्थितिमा रहने दुवैमा मझौला र ठूला उद्योग व्यवसायको हिस्सा राष्ट्रिय औसतभन्दा बढी छ ।’साढे २२ प्रतिशतको रोजगारी गुम्योलकडाउनका कारण मुलुकभर उद्योगी व्यवसायीले झन्डै एक चौथाइ (२२.५ प्रतिशत) कर्मचारी/कामदार कटौती गरेका छन् । कटौती भएकामध्ये दुई तिहाइभन्दा बढी (७०.६ प्रतिशत) अस्थायी/करारका कामदार छन् । जसमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत कर्मचारी/कामदारले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् ।‘शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको पाइएको छ,’ प्रतिवेदनले देखाएको छ, ‘घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारीले लकडाउनमा राष्ट्रिय औसतभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।’ सो अवधिमा सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गर्नेमा घरेलु उद्योग (३०.५ प्रतिशत) र सबैभन्दा कम कर्मचारी/कामदार कटौती गर्नेमा ठूला उद्योग (१४ प्रतिशत) छन् । ‘कटौती भएकामध्ये अस्थायी कामदार धेरै कटौती गर्नेमा लघु उद्यम/साना खुद्रा व्यापार र स्थायी कर्मचारी/कामदार धेरै कटौती गर्नेमा ठूला उद्योग/व्यवसाय अग्रस्थानमा देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ ।लकडाउन अवधिमा उद्योग व्यवसायले कर्मचारीको तलब कटौती गरेको पनि भेटिएको छ । सो अवधिमा औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको देखिएको छ । ‘होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ३६.४ प्रतिशत तलब कटौती गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ ।’ सो अवधिमा स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको छैन ।सामान्य अवस्थामा फर्कन १३ महिनालकडाउनका कारण उद्योग व्यवसाय सामान्य अवस्थामा फर्किन एक वर्षभन्दा बढी समय लाग्ने उद्योगी व्यवसायीले बताएका छन् । ‘उद्योग/व्यवसायले बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने बताएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिन्छ ।’ करिब ८२.३ प्रतिशत उद्योग व्यवसायले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताए पनि केहीले हालको व्यवसाय बिक्री वा बन्द गर्न चाहेको अध्ययनले औंल्याएको छ ।८० प्रतिशतले सुविधा ब्याज छुट पाएनन्करिब ८० प्रतिशतभन्दा बढी उद्योगी व्यवसायीले राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाबाट ब्याज छुट नपाएको बताएका छन् । सर्वेक्षणमा १७.३ प्रतिशत उद्योगी व्यवसायीले ब्याज छुट पाएको बताएपछि उक्त रहस्य बाहिर आएको हो । ‘७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको र ११.१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने जनाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग/व्यवसाय छन् ।’ सञ्चार क्षेत्रका कुनै पनि उद्योग/व्यवसायले यो सुविधा पाएका छैनन् ।सर्वेक्षणमा सहभागीमध्ये ७० प्रतिशत उद्योग/व्यवसायले सरकारले चालु आवको बजेटमा व्यवस्था गरेअनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रूपमा निरन्तरता दिन सक्ने अध्ययनले देखाएको छ । ‘बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरूलाई सञ्चालन खर्च बेहोर्न चालु पुँजीको अभाव, उत्पादनको बिक्रीवितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।लकडाउनपछि वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी/तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्नेजस्ता सोचमा रहेको सर्वेक्षणले देखाएको छ । यसअघि राष्ट्र बैंककै एक अध्ययनले कोभिडका कारण प्रचलित मूल्यमा मुलुकको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ खर्ब ६८ अर्ब रुपैयाँले नोक्सानी भएको देखाएको थियो । कोभिडका कारण गत वर्षको जीडीपी वृद्धिदर २.२८ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणका आधारमा उक्त विश्लेषण गरिएको थियो ।अहिले पनि करिब ६१ प्रतिशत उद्योग सञ्चालन हुन नसकेको तथा ४ प्रतिशत उद्योगमात्र पूर्ण रूपमा सञ्चालन भएकाले आर्थिक वृद्धिदर धेरै खुम्चिने आकलन विज्ञहरूले गरेका छन् । कोभिड–१९ को जोखिम झनै बढिरहेको अवस्थामा निजी क्षेत्रको मनोबल बढाउन राज्यस्तरबाटै ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ ।
|
1,072 |
मतदानका तस्बिरहरू उम्मेद्वारले भटाभट सामाजिक संजालमा राख्ने गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले र विवेकशिल-साझाका प्रतिनिधि सभा उम्मेद्वार द्वय क्रमशः इश्वर पोखरेल र उज्वल थापाले मतदानका लागि लाइनमा बसेको तस्बिर राखेका छन्। यो निर्वाचन क्षेत्रमा एमाले महासचिव इश्वर पोखरेल र नेपाली कांग्रेसका प्रकाशसरण महतसँग नयाँ दल विवेकशील साझाका उम्मेद्वार थापा भिड्दैछन् ।
|
1,073 |
पालुङटार नगरपालिका–४ अल्काचिलाउनेमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।स्थानीय १६ वर्षीय सकल्प देवकोटा र विक्रम भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन बहादुर अच्छामीले बताए ।‘बिहान बाख्रा चराउन गएको बेला खरबारीमा चितुवाले पछाडीबाट आक्रमण गरेछ,’ उनले भने । संकल्पको हात र गोडामा चितुवाले चिथोरेको र बिक्रमको ढाड र दाइने हातमा चोट देखिएको अच्छामीले बताए ।उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ । ‘घाइतेलाई छुट्टाउँदा प्रतिरक्षाको क्रममा चितुवा पनि मरेको छ,’ उनले भने ।आत्मरक्षाको त्रममा मरेको चितुवा रोगी रहेको उनले सुनाए ।
|
1,074 |
धेरै ठाँउमा ट्राफिक वत्ती, रंगरोगन भएका छैनन् । यी सबै सुविधा छिट्टै उपलब्ध गराउने प्रदेश सरकारले जनाएको छ ।
|
1,075 |
बाँकेबाट पर्न आएका उजुरीको आधारमा अनुशासन समितिले स्थानीय तथा संघ एवं प्रदेश निर्वाचनमा पार्टीलाई असहयोग गर्ने नेतालाई स्पष्टिकरण सोधिएको हो । बाँकेमा अनुमानित ३० देखि ३२ जनाले स्पष्टिकरणको पत्र बुझेको काँग्रेस बाँके सचिव तप्त पौडेल बताउँछन् । बाँकेमा पार्टी सभापति किरण कोइराला देखि पूर्वजिल्ला सभापति महेन्द्र मल्लसँगै सचिव तप्त पौडेल लगाएतका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी एवं जिल्लास्तरका नेतृत्वकर्तासँग स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरणका लागि यी सबे नेताले केन्द्रबाट आएको स्पष्टिकरणको पत्र बुझिसकेका छन् । बाँके क्षेत्र नं. १ मा तत्कालित स्थानीय निर्वाचन र संघ तथा प्रदेश निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वारहरुलाई असहयोग गरी अन्र्तघात गर्ने नेताहरुलाई उजुरीको आधारमा स्पष्टिकरण माग गरिएको हो । काँग्रेस बाँके क्षेत्र नं. १ नेता नारायण गौडेल, युवराज पौडेल, पूर्ण आचार्य, विरेन्द्र शाह, नम बहादुर आले लगाएतका धेरै नेता कार्यकतालाई केन्द्रिय अनुशासन समितिले पत्र काटेको काँग्रेट निकट स्रोत बताउँछ । केन्द्रीय अनुशासन समितिले स्पष्टिकरण सोधेको विषय नितान्त पार्टीको आन्तरिक मामला भएकाले केही बोल्न नमिल्ने काँग्रेस बाँके सचिव तप्त पौडेल बताउँछन् । उनले भने ‘स्पष्टिकरणको पत्र आएको साँचो हो ।’ काँग्रेस पार्टीभित्र चरम गुटबन्दी र अनुशासनहिनताको अवस्था बढ्दै गएपछि कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन भएको थियो ।
|
1,076 |
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको हो । बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ। साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जनाको नाम मनोनयन गरेको छ ।
|
1,077 |
संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबारको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो । केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । बै ठकको सुरुमा नै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथी राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद सचिवालयलका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए । प्रतिनिधि सभाको बिहीबारकै बैठकमा निर्माणमुखि सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । यस्तै आर्थिक वर्ष २०८१ ०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक०माथी पनि छलफल प्रारम्भ हुने जनाइएको छ ।
हालसालै सरकारले निर्णय गरेर संघीय निजामती विधियक प्रतिनिधिमा सभामा पेश गरिएको छ । यो खुशीको कुरा हो । तर यसमा थुप्रै विसंगति छन् । कतिपय पहिलेदेखिका हुन् भने कतिपय नयाँ हुन । यहाँ ती कुराहरुलाई उठान गर्ने प्रयास गरिएको छ ।
१. नेपालमा २०६३ सालदेखि संघीयताको कुरा आएको हो । यतिका वर्षसम्म त्यो शासन प्रणालीमा संगठन संरचना के हुने र निजामती सेवा कस्तो हुने भन्ने विषयमा तथ्यगत अनुसन्धान हुनुपर्थ्यो । तर भएन । तत्काल संघीय ऐन आएन । समयमा कानुन नआएर धेरै सेवाग्राही र कर्मचारी शिकार भएका छन् । यस कुराको जिम्मेवार को हो ? काम गर्नु एउटा कुरा हो काम नगरेर अरुलाई हानी पुराउनु पनि राम्रो होइन । कतिपयले यसरी काम नगरी बस्नेहरूलाई कारवाहीको दायरा ल्याउनु पर्छ भनिरहेका छन् ।
३. अझै पनि संघ वा केन्द्रमा बढी दरबन्दी राखिएको छ । कतिपय विषयगत क्षेत्रको प्रदेश र स्थानीय तहमा समायोजन हुन सकिरहेको छैन । अझै पनि केन्द्रमा अनावश्यक रूपमा जथाभावी सचिव राखिएको छ । प्रशासन सेवाकाले आफ्नो सेवा भएका मन्त्रालयमा घटाउनु हुन्न भन्छन् र प्राविधिक सेवा हटाउनुपर्छ भन्छन् । एउटा सचिवबाट काम भइरहेकोमा कुनै ठाउँ ५/५ जनासम्म राखिएको छ । यसलाई बदमासी नै मान्नुपर्ने हुन्छ । संवैधानिक निकायहरुको ध्यान जानुपर्ने हो ।
४. शिक्षा, स्वास्थ्य लगायतका प्राविधिक तथा विषयगत कार्यालय वा निकायमा प्रशासन सेवाका शाखा अधिकृतको १ जना कर्मचारीको त काम छैन, जहाँ उनीहरुले हाजिरीबाहेक कुनै काम गर्दैनन् त्यहा ५/६ जना खटाइएको छ । यसरी स्रोतको दुरुपयोग गर्नु हुँदैन । यसबाट प्रशासन सेवाका केही महानुभावलाई फाइदा होला यसका आधारमा माथि माथि बढुवा हुन सक्ला।यसलाई राम्रो मान्न सकिन्न । संघ वा केन्द्रकै पुलिसलाई समायोजन गरी प्रदेश प्रहरी तथा नगर प्रहरी बनाउन सकिन्छ । तर नगरको छुट्टै खर्च गराएर प्रहरी राख्न बाध्य पारिएको छ ।अनुसूचीमा नगर प्रहरी लेख्यो भन्दैमा केन्द्रबाट जान पर्दैन भन्ने अवधारणा नै गलत हो । यसलाई विचार पुराइयोस् ।
५. पहिले स्थानीय र प्रदेशमा जाउन् भन्ने मनसायले २ ग्रेड वा निश्चित वर्ष कटेकालाई १ तह माथिको श्रेणी कायम गराइएको थियो । यसबाट त्यहाँ कर्मचारीको तलब र अवकाश भएकाको हकमा पेन्सन बढी देखिएको थियो । यो संघका कर्मचारीलाई देखिसक्नु भएको थिएन । त्यसैले संघमा बसी बसी अहिले तलब बढाउने नियतले तहगत व्यवस्था लागु गर्ने भनी नयाँ नाटक गरिएको छ ।
६. अहिले प्रदेश सचिव संघबाट खटाउने कि प्रदेशबाट हुने र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाटै खटाउने कि संघबाट भन्ने कुरामा बहस भइरहेको छ । प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसहित पदमा संघका दरबन्दी राखेर संघका कर्मचारीलाई छिटो बढुवा गराउने स्वार्थ रहेको देखिन्छ । मुलुक संघीय संरचनामा गएपछि संघले, प्रदेश र स्थानीय तहलाई हस्तक्षेप गरिरहनु आवश्यक छैन, त्यसैले प्रदेश सचिव प्रदेशबाटै र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्छ ।
शिक्षा निर्देशनालय, स्वास्थ्य कार्यालय, सडकलगायत पूर्वाधार, बन लगायत थुप्रै प्राविधिक विषयगत कार्यालय हाके प्राविधिकलाई स्थानीय तह जिम्मा दिनै नहुने गरी अर्गेल्याई किन भइरहेको छ ? यस्तो गर्दा पनि जनप्रतिनिधि भनाउँदा कि आँखा चिम्म पारेर बसेका छन् ? त्यसैले १० वर्षसम्म संघबाट प्रमुख प्रशासकीय अधिकृत पठाउने कुरा पनि सरासर कपटपूर्ण छ । अहिले प्रशासनमा सुब्बा भएकालाई समेत पालो दिने भित्री मनसाय रहेको देखिन्छ । किनकि त्यति बर्षमा त उनीहरुको पनि बढुना भएर त्यो पदमा पुग्न सक्छन् । तत्काल स्थानीय सेवाका पूर्वाधार, स्वास्थ्य, शिक्षा वा अन्य सेवाका जुन कर्मचारी वरिष्ठ हुन्छ उसैलाई कार्यालय प्रमुख हुने अवसर दिनुपर्छ ।
७. विगतका ऐन तथा यस विधेयकबाट पनि जेष्ठ वा सिनियर कर्मचारीको अपमान गरेको छ । एक त आफूभन्दा जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने बाध्यता सिर्जना गरेको छ भने अर्कोतिर ज्येष्ठताको अङ्क पनि नदिने गरी व्यवस्था गरेको छ ।
८. राजपत्राङ्कित पाँचौ श्रेणीका कर्मचारीलाई ५/५ वर्षमा बढुवा हुने सुनिश्चित गरिएको छ तर अरुका बारेमा किन नबोलेको होला ? कतै ५ कतै ७ वर्षमा बढुवा हुने प्रावधान राख्ने तर १८/२० वर्ष बढुवा नहुनेका बारेमा केही बोलिएको छैन । संरचानागत व्यवस्था वा नीतिगत व्यवस्थाभन्दा चान्समा डान्स गर्ने प्रवृत्ति हावी देखिएको छ । फेरि ज्येष्ठताको अङ्क पाउने कुरालाई पनि लापर्वाहीका साथ पेश गरिएको छ । विशेष गरी प्राविधिक सेवाका कर्मचारी १८/२० वर्षसम्म बढुवा हुन सकिरहेका छैनन् । १२ वर्ष पछि बढुवाकोलागि ज्येष्ठताको अङ्क नपाउने गरिनु सरासर अन्याय हो । एउटा पदमा १२ वर्ष पुगेपछि अनुभवशुन्य हुने, सेवा शुन्य हुने यो कहाँको नियम हो ? कर्मचारीको ज्येष्ठताको अङ्क निश्चित वर्ष पछि नपाउने गरिनु राम्रो होइन । कित १२ वर्षसम्म बढुवा नहुनेको उपलर् पदमा स्वत: बढुवा हुने प्रावधान हुनुपर्छ ।
९. दुर्गमको अङ्कमा पनि जालझेल छ । तपाई जति दुर्गम बस्नुहुन्छ त्यति दुर्गमको अङ्क पाइन्छ । यो सामान्य कुरा गलत सावित भइरहेको छ । कतिपय स्थानमा ४ वर्ष दुर्गम बसेपछि त्यहाँको दुर्गमको अङ्क पाइन्न । तर काठमाडौमा बसी १० वर्षमा पूरा दुर्गमको अङ्क पाउने भएपछि किन जान्छ कर्मचारी दुर्गममा ? दुर्गममा जाने कर्मचारीको अङ्क पनि निश्चित वर्ष पछि रोकिने वा नपाउने गरिएको छ । यो पनि सरासर गलत मनसायले आएको छ ।
१०. कर्मचारीले चुनेका पदाधिकारीबाट आधिकारिक ट्रेड युनियन गठन हुने व्यवस्था राख्नुपर्दछ । पार्टीका छुट्टाछुट्टै ट्रेड युनियन दर्ता गर्न दिनु हुँदैन र ट्रेड युनियनकै सदस्यले पदाधिकारी छान्ने व्यवस्था गरेर निजामती सेवालाई राजनीतिक दाउपेचको अखडा बनाउन दिनु हुँदैन ।
११. संघीय निजामती सेवाको सञ्चालन तथा निजामती कर्मचारीको व्यवस्थापनको जिम्मेवार निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र नेपाल सरकारको नीति, कार्यक्रम वा निर्णयको प्रशासनिक समन्वय गर्ने जिम्मेवारी लिएका प्रशासन सेवाका व्यक्तिहरुको हालिमुहाली छ । तिनीहरूले निःस्वार्थ रूपले भूमिका निर्वाह गरेको देखिँदैन। त्यहाँ सबै सेवाका कर्मचारीको पद राख्नुपर्छ ।
१२. जहाँ तुरुन्त कर्मचारी चाहिन्छन् त्यहाँ कर्मचारी नपठाएर खाली राखिएको छ । समयमै कर्मचारी व्यवस्थापन नहुँदा मुलुकले जुन गतिसाथ विकासको कदम चाल्नुपथ्र्यो, त्यो हुन सकेको छैन। संघीयतापश्चात् मुलुकको शासन प्रणालीमा बृहत् रूपान्तरण भए पनि हाम्रो चेत पुरानै अञ्चल र विकास क्षेत्रकै हैसियतभन्दा माथि उठ्न सकेको छैन ।
१४. प्रदेशहरूले आआफ्नै निजामती सेवा ऐन जारी गरेर कार्यान्वयन थालिसकेका छन्। प्रदेशमा रहेका कर्मचारीबिच निम्छरो पर्तिश्पर्धा गराएर बढुवा भएको नाट मञ्चन गराइएको छ । संघीय कानुनविनै जारी भएका प्रदेश कानुनको वैधानिकता के हुने भन्ने अझै अन्योल छ। यस्तो अवस्थामा समेत परिस्थितिलाई राजनीतिक नेतृत्वले काबुमा राख्न नसक्नु र कर्मचारीका स्वार्थमा संघीय निजामती सेवा ऐन अल्झिनु निर्लज्जताको पराकाष्ठाबाहेक अरू के हुन सक्छ ? यो अवस्था हेर्दा संघीय सरकार तथा राजनीतिक नेतृत्व उदासीन मात्र होइन, गैरजिम्मेवारसमेत देखिएको छ ।
१५. स्थानीय तहका कर्मचारीसँग भएको सहमतिका धेरै विषयहरु सम्बोधन भएनन्, केही माग गरेभन्दा फरक किसिमले आएका छन् । स्थानीय तहका कर्मचारीको हित, कल्याण र पेशागत सुरक्षा र वृत्ति विकाससम्बद्ध धेरै मुद्दाहरु विधेयकमा समेटिएका छैनन् । यसबाहेक प्रदेशको निजामती कानुन बनाउँदा पालन गर्नुपर्ने मापदण्डमा स्थानीय तहका कर्मचारीलाई निजामती कर्मचारीका रुपमा परिभाषित गर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाको पद रहने र ऐन प्रारम्भ भएको ५ वर्षसम्म भने संघीय सेवाका कर्मचारी खटाउने व्यवस्था गर्न उपयुक्त हुने सहमतिपत्रमा उल्लेख थियो । तर, सरकारले १० वर्षको सीमा राखेर विधेयक ल्याएको छ । नागरिकले सरकारलाई नजिकबाट देख्ने, छाम्ने, भोग्ने र अनुभूत गर्ने स्थायी माध्यम नै निजामती सेवा हो। संघीय शासन प्रणालीको सफलता निजामती सेवाको कार्यकुशलता, व्यावसायिकता र सेवाप्रवाहको प्रभावकारितामा भर परेको हुन्छ। संघीय निजामती सेवा ऐन निजामती सेवालाई रूपान्तरण गर्ने ठूलो अवसर पनि हो। निजामती सेवा सक्षम, सुदृढ, जनविश्वासयुक्त, व्यावसायिक तथा उत्तरदायी संयन्त्रका रूपमा रूपान्तरण हुन कोसेढुंगा बन्नुपर्छ, अनि मात्र संघीय शासन प्रणालीको पूर्ण अनुभूति हुन सक्छ। यसका लागि उच्च सुझबुझसहितको दृढ राजनीतिक प्रतिबद्धता र त्याग तथा समर्पणसहितको प्रशासनिक इमानदारी जरुरी छ ।
कर्मचारीको उचित व्यवस्थापन नहुँदा सबै तहका सरकारी बजेटमा चालू खर्च चुलिएको र पुँजीगत खर्च टाक्सिएको अवस्था छ। त्यसैले, प्रशासनिक संघीयता कार्यान्वयनमा निजामती सेवा करिब–करिब कानुनविहीन अवस्थामा छ। अन्तर तह सरुवा प्रदेश कानुन र अन्तरप्रादेशिक (स्थानीय तह) सुरुवा संघीय कानुन मातहत हुने व्यवस्था गर्न र समायोजन हुन बाँकी, इच्छुक र फाजिलमा रहेका कर्मचारीलाई एक पटकका समायोजनमा सहभागी हुन मौका दिनुपर्छ । कर्मचारी कल्याण कोष, अन्तरतह प्रतियोगिता, स्थानीय तहका कर्मचारीको सेवा सुविधालगायतका विषयमा भएका विभिन्न सहमति पनि विधेयकमा समेटिएको छैनन् । यी विषय निक्र्योल हुन नसक्नुमा विभिन्न तह तथा समूहका कर्मचारीको अन्तरनिहित स्वार्थ जिम्मेवार छ। समग्रमा यसलाई पनि अध्ययन गरेर ‘छि’ भन्ने धन्दा ‘आहा’ भन्ने खालको ऐन आए हुन्थ्यो । यी सबै विषयको छिनोफानो यहि विधेयकले गर्छ पहिला पास हुन दिनु ।
|
1,078 |
नेपालगन्ज १ वैशाख : आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् । चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाको दिनदेखि नयाँ वर्ष मान्ने र सौरमानअनुसार सूर्य मेषराशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ । शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको अवधिलाई सौरमान भनिन्छ । साधारणतया चैत्र शुक्लप्रतिपदा भएको तथा मेषराशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रावधान छ । तर, कालगणना गर्दा अढाई–अढाई वर्षमा पर्ने अधिकमास (मलमास) का कारण र कहिलेकाहीँ तिथि क्षय हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन् । त्यसैले चान्द्रमान र सौरमानअनुसार गणना गरेर नयाँ वर्ष निर्धारण गर्न थालियो । पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रमा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन् । त्यसै कारणले हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा पर्दैनन् ।
|
1,079 |
भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पश्चिम बंगालमा शिक्षक भर्ती घोटालामा संलग्नको आरोपमा ममता बेनर्जी सरकारका मन्त्री पार्थ चटर्जीलाई पक्राउ गरेको छ। करिब २६ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीबाहेक अर्पिता मुखर्जीलाई पनि हिरासतमा लिइएको छ । पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। पार्थको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार बिहान चिकित्सकको टोली घर बोलाइएको थियो । तृणमूल कांग्रेसले यो रकमसँग पार्टीको कुनै सरोकार नभएको बताएको छ । तर विपक्षी भाजपा र सीपीएमले यसलाई भ्रष्टाचारको नमुना भनेका छन् ।
|
1,080 |
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको मृत्यु भएको थियो ।
गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।
नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
यसैबीच समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन आह्वान समेत गरे । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,081 |
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा ख्याति कमाएका कुलमान घिसिङ फेरि त्यही पदमा फर्काइने खबर मंगलबारदेखि चर्चामा छ । अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बाेलाएर प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालले राजिनामा दिएर र अर्को जिम्मेवारीमा गएर सहयोग गरिदिन आग्रह गरेसँगै कुलमानलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा फर्काउन लागिएको चर्चा चलेकाे हो । यदि सरकारले कुलमानलाई पूर्ववत जिम्मेवारीमा फर्काउन चाहेकै हो भने शाक्यले के गर्लान् भन्ने चासो बढेका बेला शाक्यले बुधबार पत्रकार सम्मेलन गरी आफू सम्मानजनक रुपमा प्राधिकरणको एमडीबाट हट्न तयार रहेकाे बताएका छन् । यसले कुलमानको रिइन्ट्रीका लागि बाटो सहज बनेको आँकलन गर्न सकिन्छ । चार बर्षका लागि नियुक्त शाक्य अदालती प्रक्रियामा जाने र अदालतले उनलाई थमौती गर्ने सम्भावना रहेको आशंका धेरैलाई थियो । यो आशंका यस कारण पनि जायज थियो कि शाक्य अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कार्यकारी निर्देशक बनेका थिए । कनिष्ठ शाक्यले प्राधिकरणका वरिष्ठलाई पछि पार्दै विनाप्रतिस्पर्धा नियुक्ती पाएका थिए । अर्का तिर कुलमानलाई दोहोर्याउनुपर्ने चौतर्फी दबाबका बिच ओली नेतृत्वको सरकारले शाक्यलाई नै चयन गरेको थियो । राजनीतिक लाइन नै फरक परेकोले वर्तमान सरकारले दबाबमा राजीनामा गराएर महत्वपूर्ण जिम्मेवारीबाट विहीन बनाउन खोजे उनी अदालत जान सक्ने पनि देखिएको थियो । तर, बुधबार शाक्यले आफू सम्मानजनक रुपमा बाहिरिन चाहेको र सरकारले खटाएको जिम्मेवारीमा काम गर्न तयार रहेको बताएका छन् । यसको अर्थ प्राधिकरणको कार्यकारी निर्देशक समानकै हैसियतको कुनै अन्य जिम्मेवारी भए आफूले पद छोड्ने उनी राजी छन् भन्ने नै हो । प्राधिकरणको कार्यकारी निर्देशक बनाइनुअघि शाक्य प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व भएको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक थिए । उनले यसभन्दा राम्रो कुनै जिम्मेवारी पाए पदबाट राजीनामा दिने संकेत गरेका हुन् । शाक्यको यस्तो आशयसहितको भनाइ आएपछि कुलमानका लागि भने दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हुने बाटो सहज बन्दै गएको देखिएको छ । देउवा नेतृत्वमा सरकार बनेपछि नै सरकारको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन आग्रह गरेका थिए । २७ भदौ २०७३ मा दाहाल नै प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री रहेका बेला कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । २०७७ भदौसम्म रहेको उनको पहिलो ४ वर्षे कार्यकालमा प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीको अवस्थाबाट ५ अर्ब सञ्चित नाफामा पुर्याएका थिए । विद्युत् चुहावट घटाउन, प्राधिकरणको नाफा बनाउन, प्रशासरण र वितरण प्रणाली सुर्धान, उत्पादन आयोजनाहरु निर्माण सम्पन्न गर्न र लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कुलमानको पक्षमा जनमत देखिएकोले सरकारले पनि कुलमानलाई दोस्रो कार्यकालका लागि प्राधिकरणमा ल्याउनु लोकप्रियता र कार्यसम्पादन दुबै हिसाबले अनिवार्य जस्तै ठानेको देखिएको छ । तैपनि पछिल्लो चर्चा सरकारले केवल लोकप्रियताका लागि मात्र गराइरहेकाे हो वा साँच्चै नै कुलमानलाई प्राधिकरणको मूख्य कार्यकारी पदको जिम्मेवारी दिन चाहेको हो भन्ने चाहिँ अबको केही समयमा खुल्नेछ ।
|
1,082 |
प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो। 'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ गर्दै प्रदर्शन गरिएको नेताहरुले बताएका छन्। जिल्ला समन्वय समिति पर्साबाट निस्केको जुलुशले उनको घरमा पुगेर घर घेराउ गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेको थियो ।
|
1,083 |
सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।
|
1,084 |
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन: जिम्मेवारीमा नआएको स्पष्ट पारे । उनले भने, ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’ करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिए । अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसक्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
|
1,085 |
रौतहटको चन्द्रपुर–५ स्थित राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नम्बर वडाभेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिने क्रममा बम विस्फोट भएको हो। चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धनको भेला भएर बाहिरिने बेलामा वरको बोटनजिक बिस्फोट हुँदा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले घाइते भएका छन्। घाइतेमध्ये सीता राई र जैविक राई आमाछोरा हुन्। यमुना काफ्ले र गोपाल विकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको उपचारका लागि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घाइतेहरूको हात, खुट्टा, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ। घाइते सबै चन्द्रनिगाहपुरका बासिन्दा हुन्। भेलामा माओवादी र एमालेका केन्द्रीय नेता कल्याणी खड्का, युवराज भट्टराई समीरसमेत रहनुभएको थियो। उहाँहरू भेलालाई पहिले नै सम्बोधन गरेर हिँडिसक्नुभएको थियो। विस्फोट भएको बम टाइम बम हो या कुन बम हो? खोजी भइरहेको जनाइएको छ। माओवादी केन्द्रका एकराज थापाले भन्नुभयो– ‘चुनावी विषयमा भेला बसिरहेको समयमा एकैपल्ट बिस्फोटको आवाज सुनियो आएर हेर्दा साथीहरू घाइते भइसक्नुभएको रहेछ।’ बम विस्फोटको जिम्मा कसैले पनि लिएका छैनन्। वाम गठबन्धनको भेला भएको पूर्वसूचनाका आधारमा त्यसक्षेत्रमा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
|
1,086 |
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दोलखाद्वारा गौरीशङकर गाउँपालिका–८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण । तस्बिर : बाबुराम शर्मा दोलखाको गौरीशङ्कर गाउँपालिका –८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ । सिनर्जी हाइड्रोपावरका प्रतिनिधि यादव आचार्यले वडा भित्रका पाँच वटा विद्यालयका ती विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुल ब्याग, कापी, कलम, पोसाक र गणित प्रयोगात्मक सामग्री समेत वितरण गरेको जानकारी दिनुभयो । उहाँले आयोजनाले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएको योगदानबापत दक्ष जनशक्ति उत्पादन गरी सोही क्षेत्रमा स्वरोजगार बन्ने अवस्था सिर्जना गर्नुपर्ने स्थानीय तहको दायित्व रहेको बताउनुभयो । यसैगरी, गाउँपालिका अध्यक्ष विश्वास कार्कीले विद्यालयलाई शैक्षिक हबको रूपमा विकास गराई निजी विद्यालयसँग प्रतिस्पर्धा गरी विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । वडाध्यक्ष दावारिन्जी शेर्पाले वडा भित्रका विद्यालयको सम्पूर्ण जिम्मेवारी र दायित्व स्थानीय तहको रहेको र आफ्नो कार्यकाल भित्र कुनै प्रश्न गर्ने वातावरणको सिर्जना नगरी बालबालिका तथा अभिभावक मैत्री र शिक्षक मैत्री विद्यालय बनाउने योजना रहेको जानकारी दिनुभयो । विगतको तुलनामा वडा भित्रका विद्यालयले शैक्षिक गुणस्तरको क्षेत्रमा ठूलो फड्को मारेको र सिनर्जी हाइड्रोपावर जस्तै अन्य सङ्घसंस्थाबाट साथ र सहयोग पाएको खण्डमा अपेक्षा अनुरूप नतिजा हासिल गर्नसक्ने खारे माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रसिंह महतले बताउनुभयो । सिनर्जी हाइड्रोपावर जस्तै अन्य संस्थाहरूसँग पनि समन्वय गरी विद्यालयको शिक्षा बाहेक अन्य अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकतामा राखेर विद्यार्थीको चौतर्फी विकासका लागि आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खारे मावि व्यवस्थापन समिति अध्यक्ष सानुराजा शेर्पाले बताउनुभयो ।
|
1,087 |
जुम्लामा सत्ता गठबन्धनकाे सभामा सम्बाेधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास प्राथमिकतामा परेको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्न जुम्ला पुग्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनको जीत सुनिश्चित भएको हुँदा अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताउनुभयो । उहाँले कर्णालीको बाटो कालोपत्र मात्रै होइन फराकिलो बनाउन आवश्यक भएकाले आफ्नो र गठबन्धनको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले नेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेकाले जनतामा मत माग्न सक्ने अधिकारसमेत नहुने आरोप लगाउनुभयो ।
|
1,088 |
वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् । द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ । वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ । गत महिना नेता पेट्रोले नेता चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबी वार्ता भएको थियो । उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।
|
1,089 |
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनका अनुसार ५ सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । ५ सय सम्म मतदाता रहेको केन्द्रमा १ जना सहायक कर्मचारी र ५ सय बढी मतदाता रहेको केन्द्रमा २ जना सहायक कर्मचारी खटिने भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ सय २३ मतदानस्थल छन् । यसमा १ सय ८२ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ८२ जना मतदान अधिकृत र १ सय ८२ जना नै सहायक मतदान अधिकृत खटिने छन् । यसमा ३ सय ४९ जना सहयोगी कर्मचारी र १ सय ८२ जना कार्यालय सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
|
1,090 |
राहत र उद्धारका काम स्रोत र साधनको अभावमा पर्याप्त हुन सकेको छैन । तर, सरकार असारे विकासमा यति मग्न छ कि, एकैदिन ३० अर्ब रुपैयाँ खर्च हुन्छ । २४ घण्टाको चेक काट्ने गति हेर्दा आजको भोलि नै समृद्धि हासिल हुनुपर्ने हो । तर नियम–कानुन, प्रचलन, पात्र र प्रवृत्ति भ्रष्टिकरणको नांगो चित्र यस्तो छ कि, असार जति–जति सकिन लाग्छ, खर्च त्यति–त्यति नै बढ्दै जान्छ । अर्कातर्फ, लामो समय अकुत सम्पत्ति आर्जन गर्दै कर्मचारीतन्त्रमा हालिमुहाली चलाएका र ललिता निवासको जग्गा वितरण प्रकरणमा अख्तियार धाउँदै गरेका पूर्वअख्तियार प्रमुख दीपकुमार बस्न्यातमाथि आइतबारदेखि सम्पत्ति शुद्धिकरणअन्तर्गत समेत छानवीन प्रारम्भ भएको छ । महालेखा नियन्त्रक कार्यालयस्रोतका अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा राजकीय ढुकुटीबाट रकम निकासाको रेकर्ड असारको २९ गते अर्थात्, आइतबार ब्रेक भएको छ । त्यसदिन ३० अर्बको चेक काटिएको थियो । काम भइसकेर निकासा दिन बाँकी रहेको भुक्तानी आर्थिक वर्ष सकिन लाग्दा टेबुल मुन्तिर र मास्तिरका हिसाब मिलाउँदै दिने पुरानै विसंगति हो । यसपालि पनि यो रोग थामिएन । बरु, विगतको तुलनामा झन् आकाशिएको छ । त्यसअघि असार २७ गते शुक्रबारका दिन ९ अर्ब निकासा भयो । अफिस लागेको दिन त पैसा खर्च भयो–भयो, तर छुट्टीका दिनसम्म चेक काट्न बाँकी राखिएन । २८ गते शनिबार थियो । यो छुट्टीमा पनि चार अर्ब रुपैयाँ खर्च भयो । २९ गते त सरकारी पैसा वितरणको कीर्तिमान कायम भइहाल्यो । भोलिपल्ट, अर्थात् ३० गते सोमबार दिउँसो २ बजेसम्म आठ अर्ब रुपैयाँको चेक काटिएको विवरण जनआस्थालाई महालेखास्रोतले उपलब्ध गराएको छ । त्यसदिन बेलुकीसम्ममा २० अर्बको चेक जारी भएको थियो । यसरी कोलेनिकाले असारको अन्तिम साता दिने भुक्तानीलाई शंकास्पद मान्ने गरिन्छ । लामो समयदेखि बार्गेनिङ भएर, पाउनुपर्ने ठेकेदार वा बिचौलियालाई ‘अब पैसा नआउने (ल्याप्स) भयो’ भन्ने बनाउने र अन्तिममा मिलेमतोअन्तर्गत ठूलो रकम तलमाथि गर्ने प्रपञ्चअन्तर्गत यसरी भुक्तानी दिने गरिएको हो । सर्वाधिक निकासा भएको २९ गतेको ३० अर्ब भुक्तानीमध्ये आठ अर्ब रुपैयाँ त पुँजिगत खर्चमात्रै भएको स्रोतले जनाएको छ । त्यो भनेको विकास, निर्माणलगायतका काममा हुने खर्च हो । ठेकेदारसँग सरकारी इञ्जिनियर, ओभरसियर, ठेक्कादाता कार्यालयका प्रमुख, लेखा अधिकृतमात्रै हैन, अर्थ मन्त्रालयदेखि महालेखासम्मका हाकिमहरुले पनि कतिसम्म बार्गेनिङ गर्छन्, कति दुःख दिन्छन् भन्नका लागि यो एउटा गतिलो प्रमाण हो । अनि, गौँडा–डौँडाका कर्मचारीसँग मिलेमतो हुने ती ठेकेदारलाई सरकारले तह लगाउँछ भनेर पत्याउने कसरी ? सरकारको आर्थिक प्रक्षेपणले कसरी मार खायो भने, अघिल्लो आर्थिक वर्ष महिनावारी ९ खर्ब ४५ अर्ब राजश्व उठ्छ भन्ने अनुमान थियो । पछि आठ अर्ब ६० करोडको हिसाव निकालियो । तर, हेर्दै जाँदा त्यति पनि उठ्लाजस्तो छैन । यस हिसावले औंला भाँच्दा ३ सय ६५ दिनमा दैनिक दुई अर्ब ३६ करोड उठ्दो रहेछ । सामान्यतया सरकारी कोषको रकम साउन, भदौ र असोजसम्म त्यति खर्च हुँदैन । पछि–पछिचाहिँ उत्पातैसँग खर्च हुन्छ । र, देश पूरै राजश्व र आन्तरिक ऋणबाट धान्नुपर्ने अवस्था आउँछ । अर्थात्, सञ्चित रकम कहाँ लुक्छ, पत्तो हुँदैन ।
त्यसमध्ये सरकारले खर्च हुन्छ भनेको रकम साढे ११ सय अर्ब हो । अर्थात्, ११ खर्ब ५० अर्बले सरदरमा तीन अर्ब ६० करोड दिनको खर्च हुन्छ । त्यसमध्ये निजामती, सार्वजनिक संस्थान, शिक्षक, प्रहरीसमेतलाई जोड्दा वर्षमा दुई सय अर्ब त तलबमै जान्छ । देशमा खर्चको काल यसरी पल्किएको छ । तर, जनता अकालमै मरिरहेका छन्, बाढी, पहिरो र विविध दुर्घटनामा परेर । यसपालि बाढीको प्रकोपपछि भन्न थालिएको छ, संघीय सरकार र स्थानीय सरकारको दायित्व निर्धारण गर्नुपर्ने बेला भइसक्यो वा ढिलो भयो । विपद व्यवस्थापनका नाममा देशभर हेलिकोप्टरको माग बढेको छ । डुंगा, त्रिपाल छैनन् । यस्तो परिस्थितिलाई ध्यानमा नराखेर स्थानीय सरकारले धमाधम डोजर, एम्बुलेन्स, गाडीजस्ता सुविधामा जोड दिँदै आए गल्छी, गौंडा र घुम्ती भत्काए, घर लडाए । तर, देशको राजधानी नै कति असुरक्षित रहेछ भने पानी अलिक बढी पर्नासाथ उद्धारका लागि डुंगा र हेलिकोप्टर नै चाहिने ! चोभारको गल्छी बेलैमा काटेर फराकिलो निकास बनाइएन भने उपत्यका डुब्ने खतरा महसुस गरिएको छ । गतसाताको मनसुनी वर्षाका कारण पूर्वतिर बाढीको प्रकोप भयो । अब पश्चिमतिर खतराको पूर्वानुमान गरिएको छ । पहिलो चरणको मनसुनी वर्षाले राजधानी उपत्यका जोड्ने प्रमुख नाकाहरु सबै अवरुद्ध छन् । वीपी र पृथ्वी राजमार्ग हल्का खुलेर राजधानी जोड्ने ४ वटा सडक अवरुद्ध भएका हुन् । पासाङ ल्हामु राजमार्ग र हेटौंडा जाने फाखेल, सिस्नेरीका दुबै मार्ग बन्द छन् । बन्दै गरेको जोमसोम–बेनी सडकखण्ड अस्तव्यस्त छ । त्रिशूली–नुवाकोट जोड्ने सडक निर्माणमा भएको ढिलाइको मूल्य अहिले त्यहाँका निर्दोष जनताले चुकाउनु परेको छ । यस्तो स्थितिले प्रश्न खडा गरेको छ– विपद आइलाग्दा चाउचाउ, बिस्कुट, पाल, उद्धार जनशक्तिदेखि सबै काम केन्द्रबाट ओसारिदिनुपर्ने कि तल नै स्रोत साधन हुनुपर्ने हो ? एक दिनमा ३० अर्बको चेक काट्दा यस्ता अतिआवश्यक काममाचाहिँ कति खर्च भयो ? असार सकिन लाग्दा गरिएको शंकास्पद रकम भुक्तानीलाई सदुपयोग गर्न सकिएको भए कतिवटा हेलिकोप्टर, मोटरबोट र उद्धारजन्य सामग्री खरिद गर्न सकिन्थ्यो ? अर्कातिर, लोकमानसिंह कार्कीकै शैलीमा कर्मचारीतन्त्रमा हालिमुहाली चलाउँदै अख्तियार प्रमुखबाट निवृत्त दीप बस्न्यातमाथि आइतबारदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानवीन शुरु गरेको छ । भर्खरै लाजिम्पाटस्थित होटल शंकरमा नातिनीको विवाह भयो, अर्को पाँचतारे होटल ह्यातमा ग्रयाण्ड पार्टी दिइयो । र, त्यसको केही दिनमै सम्पत्ति शुद्धिकरण धाउनुपर्ने भयो । उनले आफ्नो स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्रको मामिला आफैँले तामेलीमा राखेका थिए । उनी अख्तियार प्रमुख हुँदादेखि नै शंकास्पद आर्थिक गतिविधिबारे चर्चा हुने गरेको थियो । तर, प्रमाणको अभावमा कुनै कारवाही अगाडि बढाइएको थिएन । गत वर्ष जेठ १० गते उनका नातेदारको लगानी रहेको भनिएको महाराजगञ्जस्थित याख्खा ओभरसिजमा प्रहरीले छापा मार्दा छोरा कमलसँग चेलिबेटी बेचबिखन मुद्दामा जेलबाट छुटेका भीमबहादुर रोक्का पार्टनर थिए । उनले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनोको ३० प्रतिशत शेयर लिएको उजुरी सम्पत्ति शुद्धिकरणमा परेको छ । दुई वर्षअघि छोरा कमलले लाजिम्पाटको ग्याङजोङ होटल खरिद गरेको र, महाराजगञ्जमा ३५ करोडमा सुविधासम्पन्न कार्यालय भवनका लागि जमिन खरिद गरेको अर्को उजुरी छ । उनले बूढानीलकण्ठमा समेत घर किनेका छन् । मर्सिडिज बेञ्ज कारसहित करिव आधा दर्जन अत्याधुनिक गाडी खरिदको वैधानिक स्रोत उल्लेख छैन । नारायणहिटीको उत्तरढोकामा रहेको पहिले उकुचे थकाली भएको घरजग्गा पनि उनका छोराले किनेको बताइन्छ । नक्सालस्थित प्रहरी महानिरीक्षकको सरकारी निवासअघिल्तिर नक्साल व्याङक्वेटमा पनि छोराको लगानी रहेको र भोटे साहुजीसँग त्यही निहुँमा झगडा परेको थप उजुरीउपर समेत पोहोर प्रधानमन्त्री कार्यालयअन्तर्गत गएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन थालेको उच्च स्रोतको दाबी छ । हिजो नेकपा निकट भनेर चिनिएका, तर अवसर नपाएर बसेकालाई पाखा लगाई लोकमान र दीपहरुलाई च्यापेको फल अहिले देखिँदै छ । पटक–पटक अवसर आउँदा केशव भट्टराई, युवराज पाण्डे, उदयनेपाली श्रेष्ठ, नरेन्द्र पाठक, हरि उप्रेती, गीता पाठक, प्रा. महेश दाहालजस्तालाई छाडेर लोकमान, राजनारायण, दीप बस्न्यातहरुलाई राष्ट्रिय सहमति जुटाई ठाउँ दिइएको थियो । उता, अख्तियारमा दिनहुँ दुई–चारजनाका दरले राजश्वतर्फका कर्मचारी छिर्दै, बयान दिँदै र आठ पाने फर्म भर्दै फर्किने क्रम बढेको छ । यसबीच, कृष्णनगर भन्सारबाट पुण्यविक्रम खड्का दुर्गमको नम्बर कमाउन रसुवा पुगेका छन् । इमान्दार नै भए पनि नाकामा बस्नेले मासिक चोख्खै ५÷६ लाख बसीबसी कमाउँछन् । मेची भन्सारका टेकबहादुर अर्याल लफडामा परेका छन् । विराटनगरबाट पैसा कमाएर दुर्गमको नम्बरका लागि तातोपानी पुगेका कृष्ण बस्नेतमाथि पनि छानवीन चलिरहेको छ । भन्सार विभागमा तुलसी सेढाईंको प्रभुत्व छ । भन्सार जाँचपास कार्यालय प्रमुख सुशील पाण्डेको उस्तै जग्जगी चलेको छ । एकातिर यिनीहरुको रामराज्य छ भने अर्कातिर राजश्व समूहबाट भटाभट बाहिरिने प्रवृत्ति पनि बढ्दो छ । जस्तो कि, आन्तरिक राजस्व विभागका विष्णु नेपाल, त्यहीँका सेकेण्डम्यान यज्ञ ढुंगेल, मध्यमस्तरीय कर कार्यालयबाट झक्क आचार्य, ठूला करदाता सेवा कार्यालयबाट धनिराम शर्मा, एयरपोर्ट भन्सारबाट गजेन्द्र ठाकुर, वीरगञ्जबाट श्याम भण्डारीहरु उम्किन खोजिरहेका हुन् । फिल्डमा बस्दा अनेकन उल्झन आउने, अवगालबाहेक अर्थोक खानुनपर्ने, दुःख आफूले गर्ने, खुशी अरुलाई बनाउनुपर्ने कारण उनीहरु त्यताबाट उम्किन चाहेको बताइन्छ ।
|
1,091 |
महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । आजको मा समाचार छापिएको छ । राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चाबहिल, बागबजार चोक, रत्नपार्क, कालीमाटी, कोटेश्वर, नितकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागिएको हो ।
|
1,092 |
“त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो”, हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित खुनाले रासससित भने, “पढाइ नसक्ने अवस्था आएपछि लागौ पेन्टर बन्न तिर ।” विसं २०६३ सालको असफलताले सीपमूलक काममा सक्रिय भएर लागेका खुनाल अहिले १६ जना युवालाई आयमूलक काममा रोजगारी दिइरहेका छन् । सालघारी घडेरीमा आफूले कमाएको पैसाले पाँचकोठे पक्की घर बनाएका खुनाले महेन्द्रनगरमा निजी तथा सरकारी भवन पेन्ट (रङरोगन) गर्ने कामको ठेक्का लिँदै आएका छन् । उनले पेन्टिङको कामबाट मासिक रु ४० हजार कमाइ हुने गरेको बताए । “शुरुमा काम सिक्न दिनभर मजदुरी गर्दा रु ८० देखि १०० सम्म पाउँथे”, उनले भने, “करिब पाँच वर्ष पेन्टर भएँ, त्यसपछि ठेकेदार ।” उनले आफू मातहत अहिले थारु समुदायका गरेर १६ पेन्टरले काम गरिरहेको बताए । “विदेशमा पाँच दश वर्ष दुःख गर्नुभन्दा स्वदेशमै सीपमूलक काम सिकेर जीविकोपार्जन गर्न कठिन छैन”, उनले भने, “सरकारले पनि युवा पुस्तालाई अश्वासन दिए झै स्वरोजगार बनाउन लगानी गरेको देखिनँ ।” महेन्द्रनगरमा पछिल्ला केही वर्षयता सीपमूलक काम (घर बनाउनेदेखि पेन्टिङको कामसम्म) मा थारु समुदायका युवायुवती बढिरहेका छन् । “हामीले काम शुरु गर्दा नेपालीले पनि राम्रो काम गर्लान् र भनेर विश्वास नै गर्थेनन्”, खुनाले भने, “लकडाउन खुकुलो भएपछि नेपाली पेन्टरहरुलाई काम भ्याननभ्याइ छ ।” स्थानीय युवाहरु सीपमूलक काममा अग्रसर हुन थालेपछि भारतीयहरु विस्थापित भइरहेका छन् । लामो समयदेखि बर्जर पेन्ट खपतमा सघाउ पुर्याएपछि तीन सातअघि मात्रै बर्जर पेन्टको कम्पनीलाई खुनालाई पल्सर मोटरसाइकलसमेत प्रदान गरेको छ । “योभन्दा पहिले पनि मलाई एउटा मोटरसाइकल मिलेको थियो”, उनले भने, “काम खोज्दा सहयोग गर्दै आएको यहाँको जयलक्ष्मी ट्रेडर्सलाई कहिल्यै भुल्दिन ।” खुनाका बुबा भीमदत्तनगरपालिका कार्यालयमा सवारीसाधन मर्मत शाखामा कार्यरत हुनुहुन्छ । उहाँका भाइ सहकारीमा जागीरे छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको नेपाल–भारत सीमानाका बन्दका कारण भारतीय पेन्टरहरु यहाँ आउन नपाएको बताए । “मौका दिए मै तालीम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सक्छु”, उनले भने, “प्राविधिक शिक्षामा विपन्न समुदायका नागरिकको पनि पहुँच भए फलदायी हुनसक्छ ।” कामको अनुभव सुनाउँदै खुनाले ठूला घरमा रङरोगन गर्दा मजदुरको बीमासमेत गर्ने गरेको बताए । पछिल्लो समय सालघारीका ३० जनाभन्दा बढी थारु समुदायका युवा पेन्टरका रूपमा यहाँको बजार क्षेत्रमा कार्यरत छन् ।- काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मनिष सुमनले कांग्रेस–एमाले गठबन्धन काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,093 |
२०८१ साउन ८ मंगलबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताएका छन्। चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताएका हुन् ।
चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताए । युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिक रूपमा चीनबाट अलग नहुने विचार व्यक्त गरे। उनले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए । बुधबार यहाँ आएका राष्ट्रपति म्याक्रोँले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा हुने भेटवार्तामा युक्रेनमा रुसले गरेको आक्रमणलाई समर्थन नगर्न, युक्रेन सङ्कट समाधानका निम्ति शान्तिको मार्ग पहिल्याउने दिशामा रचनात्मक भूमिका निर्वाह गर्न तथा फ्रान्स–चीन सम्बन्धलाई घनिष्ठ बनाउनेबारेमा छलफल गर्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयका एक अधिकारीले पत्रकारहरूलाई बताएका छन् । युक्रेन युद्धलाई लिएर वासिङ्टनबाट प्रायः प्रतिध्वनित हुने टकराव र मुठभेड भन्दा कूटनीतिक प्रयास र समाधानका बेग्लै प्रस्ताव राष्ट्रपति म्याक्रोँले अघिसार्ने उनले बताएका छन् । युरोपसँगको चीनको व्यापार सम्बन्धको संरक्षण, प्रवद्र्धन एवम् सन्तुलन, एशिया–प्रशान्त क्षेत्रमा फ्रान्सेली हितको रक्षालाई केन्द्रमा राखेर समकक्षी सीसँग राष्ट्रपतिले विचारविमर्श गर्ने उनले बताएका छन् । बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गर्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग आफ्नो चीन भ्रमणलगायत द्विपक्षीय चासोका विषयमा टेलिफोनवार्ता गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । युक्रेन युद्धको अन्त्य तथा त्यहाँ दिगो शान्ति स्थापना गराउन चिनियाँ संलग्नता आवश्यक भएकामा दुवै देशका नेताले जोड दिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
|
1,094 |
मस्तिष्ककघात भएर उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले जानकारी दिएका छन्। जोशीको उपचारमा संग्लन डा. राजीव झाले आइतबार दिउँसो दिएको जानकारी अनुसार जोशीको स्वास्थमा क्रमिक सुधार भइरहेको छ। शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। जोशीलाई बिहीबार राति जोशीलाई मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर जोशीको अवस्था गम्भीर बनेपछि राति नै नर्भिक अस्पताल लगिएको थियो। झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। ‘जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ। तर, पनि उहाँले आँखा भने खोल्नुभएको छैन’, झाले भने। यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको अस्पतालले जनाएको छ। अति सधनकक्षमा राखेर जोशीको उपचार भइरहेको छ। चिकित्सकका अनुसार जोशी अझै खतरामुक्त भइसकेका छैनन् । आँखा अझै नखुले पनि उपचारमा संलग्न डाक्टर जोशीको हात खुटा विस्तारै चल्न थालेको चिकित्सकले जानकारी दिएका छन्। ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा. झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।
|
1,095 |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन मिति एक महिना पछि सरेको छ। स्थानीय तहस्तरीय समितिहरुको अधिवेशन गर्न समय नपुगेको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन एक महिना पछि सार्ने निर्णय गरेको हो। राप्रपाले पार्टीको सक्रिय सदस्यता वितरण गर्न समेत समय लाग्ने जनाएको छ। नेता मोहन श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जेठ २२ देखि २५ गतेसम्म महाधिवेशन निर्णय गरेको छ। राप्रपाले यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। राप्रपा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ। यस्तै, वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म सक्ने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए । प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ। राप्रपाले यसपटक सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन हुँदै आएको थियो। नयाँ प्रक्रियाअनुसार महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,096 |
साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा बन्द भएको छ । बिहीबार भने ५.३२ अंकले घटेको बजार १९३३.३१ विन्दुमा बन्द भएको थियो । बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा मानुशी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँ बराबरको कारोबर गर्र्दै शीर्ष स्थानमा रहेको छ । आइतबार बजार पूँजीकरण भने २७ खर्ब ८३ अर्ब पुगेको छ ।
|
1,097 |
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र पूर्वकुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको हो ।
|
1,098 |
उहाँकाअनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ । तर नजिकै कतै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी परेको छैन । राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्नेछ ।
|
1,099 |
बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ । यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।
स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.