Unnamed: 0
int64 0
100k
| Article
stringlengths 2
74.8k
|
---|---|
1,600 |
खोकना गा:बु टोलका ७५ वर्षीय तुयुकाजी महर्जनको काठमाडौं–तराई जोड्ने दु्रुतमार्ग (फास्ट ट्रयाक) मा ५ रोपनी जग्गा पर्छ । यो बाहेक उनको अन्त कतै जग्गा छैन । त्यही खेतमा उब्जेको अन्नबाट उनको परिवारले पुस्तौंदेखि जीविकोपार्जन गर्दै आइरहेको छ ।‘मुआब्जा बुझेको छैन । तर, सेनाले बल प्रयोग गरेर खेतमा डोजर लगाएर मोटर गुडायो,’ जनगुनासो सुन्न सिकाली चौर पुगेको राज्यव्यवस्था तथा सुशासन समितिसामु उनले यस्तो गुनासो गरे । ‘सेनाले पैसा लिएर अन्त जग्गा खरिद गर्न भन्छ,’ उनले भने, ‘सरकारले आनाको २२ लाख पर्ने जग्गाको मुआब्जा डेढ लाख रुपैयाँ मात्र दिएको छ । तन्ना बिक्री गरेर रुमाल किन भन्ने ?’‘कि अन्यन्त्र जग्गा खरिद गर्न सक्ने गरी मुआब्जा वृद्धि गरिदेऊ,’ उनले भने, ‘नत्र ज्यान दिन तयार छौं, जग्गा दिन्नौं ।’ सिकाली चौर कटुवाल दहबाट टोखाको सपन तीर्थसम्म जोड्ने प्राचीन बौद्धमार्ग हो । स्वस्थानी कथामा उल्लेख भएअनुसार सिखाबाट वीरभद्र महाकल र काली उत्पन्न भएको ठाउँ यही चौर हो । दक्ष प्रजापतिले यज्ञ गरेको, सतीदेवी होममा खसेको ठाउँ पनि यहीं भएको स्थानीयको भनाइ छ । ‘यहाँको संस्कृति बेलायतको भन्दा कम छैन,’ खोकनावासी असोज महर्जनले समितिका सदस्यहरूलाई अनुरोध गरे, ‘सिकाल र बुङमती सभ्यतालाई बचाइदिनुस् ।’महर्जनले पीडित पक्षको मागलाई सम्बोधन नगरीकन बल प्रयोग गरी लान खोजेमा जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । ‘हाम्रो मर्म बुझेर जनप्रतिनिधिले अगुवा भूमिका खेल्नेमा आशावादी छु,’ उनले भने । खोकनावासी कृष्णभक्त डंगोलले हामी विकास विरोधी नभएको भन्दै विकासको नाममा पुरात्तात्त्विक महत्त्वका आदिवासी बस्ती, आदिभूमि र यहाँको पहिचानलाई निमिट्यान्न पार्न नहुने बताए । ‘संविधान र भूमि ऐनमा भोगचलन र तिरो तिर्दै आइरहेको पुख्र्याैली जग्गामा मौलिक हकका रूपमा त्यसमा किसानको स्वत: अधिकार रहन्छ,’ उनले भने, ‘किसानको सम्पत्ति लिन सहमति चाहिने स्पष्ट व्यवस्था छ । तर, सरकारले जग्गा लिन किसानसँग एक शब्द पनि छलफल गरेन ।’उनले संविधान उल्लंघन र किसानको हक अधिकार कुण्ठित गर्नेलाई कारबाही हुन्छ/हुँदैन भनी प्रश्न तेर्साए । फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन र बाहिरी चक्रपथको विन्दु पनि खोकनाफाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुनेमा खोकनावासी चिन्तित छन् । उनीहरूले लामो समयको विवादपछि राष्ट्रिय गैरवको आयोजना फास्ट ट्रयाक बन्ने भएपछि मुलुकमा एउटा पक्ष खुसी भए पनि अर्को पक्ष दु:खी भएको बताएका छन् । फास्ट ट्रयाकका लागि जग्गा अधिग्रहण गर्नुअघि आफूहरूले अघि सारेको माग सरकारले सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ ।खोकनाबाट समिति र सांसदको टोली बुङमतीस्थित फर्सिडोलमा पुगेका थिए । बुङमतीवासीको पनि मुआब्जा रकम अत्यन्त न्यून, मौलिक गाउँको पहिचान, संस्कृति सम्पदाको दिगो संरक्षणलगायत मुद्दालाई बेवास्ता गरेको आरोप छ । बुङमतीवासी रत्नमान तुलाधरले रातो मत्स्येन्द्रनाथको सेवा, जात्रा र नित्य कर्म गर्न पानेजु, बोसी र प्रजा खल: (समूह) का लागि व्यवस्था गरेको ९० रोपनीभन्दा बढी जग्गा पनि ट्रयाकमा परेको बताए । ‘यो बिर्ता जग्गाको मुआब्जा पाइँदैन,’ उनले भने, ‘आयस्ता नभएपछि मत्स्येन्द्रनाथको काम गर्नसमेत कठिन हुने भयो ।’उनका अनुसार कार्जविनायक, ह्यग्रिव भैरव र मनकामना माईको जग्गा पनि ट्रयाकमा परेको छ । उनले यसले धर्ममा नराम्रोसँग क्षति हुनबाट बचाउन माग गरे । ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अम्बिरराज शाक्यले रक्षामन्त्रीले मुआब्जा बढाउन प्रतिबद्धता गरेको भाषणमै सीमित भएको भनी गुनासो गरे । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ललितपुुर महानगरपालिका २१ र २२ वडाका वडाध्यक्ष र जनताले समितिमा उजुरी दिएका अधारमा स्थलगत निरीक्षणमा आएको बताइन् । ‘जनताको पीडा र भनाइ जनताबाटै सुनौं भनेर आएका हाैं,’ उनले भनिन्, ‘अब समितिसँग सम्बन्धित विषयका बारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा चाडै बैठक बसेर टुंगाउनेछु ।’सांसद पम्फा भुसालले ट्रयाकको काठमाडौं प्रवेश विन्दु फर्सिडोलमै राख्न सरकारलाई सुझाव दिने बताइन् । ‘तर, खोकना र बुङमती बस्तीसँगै संस्कृति पनि बचोस् । गुठीका जग्गा पनि जस्ताको तस्तै रहोस्,’ उनले भनिन्, ‘यहाँको कला संस्कृति, सम्पदालाई समेटेर हेरिटेज सिटी बनाउने भनेर सहमति गर्यौं । अहिले कार्यान्वयन गर्ने बेलामा मध्यराति डोजर लगाउने, जनतालाई त्रसित पार्ने काम भयो ।’ उनले समितिमा नियमसंगत अगाडि बढ्न आग्रह गर्ने बताइन् ।‘बल मिच्याइ गरेर अगाडि बढाएमा जनतामाझ आउनेबाहेक अरू विकल्प छैन,’ उनले भनिन् । फर्सिडोल रातो मत्स्येन्द्रनाथ भारत कामरुकामक्ष पर्वतबाट नेपाल ल्याउँदा फिर्ता लिन आएका उनका परिवारलाई रोकेको ठाउँ पनि चौर नै हो । प्रत्यक्ष वर्ष आमाको मुख हेर्ने आंैसीमा देवीचौरस्थित कटुवाल दहबाट मत्स्येन्द्रनाथलाई कलश साधना गरेर ल्याउँदा पाटन लैजाने परम्परागत रुट फाँटमै पर्दछ ।
|
1,601 |
सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत किर्गिस्तानमा जारी नेशन्स लिग भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा हार ब्यहोरेको छ । नेपाल टिम तुर्कमेनिस्तानसँग ३–१ को सेटमा परासजित भएको हो । किगिस्तानको बिस्केकमा जारी प्रतियोगितामा गएराति नेपालले पहिलो सेट १८–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–२३ को जितका साथ उत्कृष्ट पुनरागमन गरेको थियो । तर, तेस्रो र चौथो सेटमा क्रमश: २४–२६, २०–२५ ले गुमाएपछि नेपाल पराजित भएको हो । नेपालले किर्गिस्तानको दोस्रो टिम र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टिमसँग खेल्नेछ । उज्वेकिस्तानसँगको खेल आइतबार हुनेछ । आयोजक किर्गिस्तानको दुई टिमसहित सात टिमको सहभागिता रहेको यो प्रतियोगितामा नेपालले यसअघि मंगोलियासँग ३–१, किर्गिस्तानसँग ३–१ र इरानसँग ३–० को सेटमा हार ब्यहोरेको थियो । प्रतियोगितामा इरान र किर्गिस्तान अहिलेसम्म अपराजित छन् । दुवैले ३–३ खेल जितेका छन् । आफूभन्दा माथिल्लो वरीयताका टिमहरुसँग खेलेर एक्स्पोजर र अनुभव लिने नेपाल टिमको योजना छ । नेपालले अर्को महिना श्रीलंकामा सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता खेल्नेछ भने असोजमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ । यी प्रतियोगिताका लागि पनि बलियो टिमसँगको खेललाई प्रयोग गर्ने रणनीति टिमले बनाएको छ । नेपाल टिम करिव एक महिनाको तयारीपछि किर्गिस्तान गएको हो ।
|
1,602 |
नेपाली सेनामा जागिर लगाइदिने भन्दै फाराम भरेका युवाहरुबाट प्रलोभन देखाई रकम असुल्ने क्रियाकलापप्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।
|
1,603 |
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुस्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुतगतिमा यसप्रकारका घरहरुलाई अनुदान उपलब्ध गराउन कार्यकारी समितिले सो कार्यविधि पारित गरेको जनाइएको छ । पारित कार्यविधिअनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनःनिर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ । हालसम्म चार लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेको र चार लाख २३ हजार घर पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । दुई लाख ११ हजार घर पुनःनिर्माणकाक्रममा रहेको जनाइएको छ । प्राविधिक खटिनपूर्व १२ हजार घर बनेको र थप तथ्यांक आउनेक्रममा रहेकाले त्यसलाई पनि समावेश गरेर एकमुस्ट अनुदान उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृति सुशील ज्ञवालीले बताएका छन् ।
|
1,604 |
मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन् । सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो । स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ । यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
|
1,605 |
भारतको नेपाल र भुटान सीमा हेर्ने केन्द्रीय अर्धसैनिक बल सशस्त्र सीमा बल (एसएसबी) का ११ औं महानिर्देशकमा भारतीय पुलिस सेवाका वरिष्ठ अधिकृत वाईएस डडुवाल नियुक्त भएका छन् ।
|
1,606 |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफू पनि मिडिया काउन्सिल विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको साथमा रहेको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेता खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको जनाए । उनले विधेयक परिमार्जन गरेर मात्रै अगाडि बढाउनुपर्ने जनाउँदै भने, ‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन । हामी सरकारलाई त्यसरी हिंड्न दिँदैनौं ।
|
1,607 |
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने षड्यन्त्र भइरहेको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर गर्नुको साथसाथै दक्षिणपन्थी शक्तिशाली बनाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘आउने निर्वाचनमा कार्यनीतिकरूपले त्यो शक्तिलाई बहुमत ल्याएर विजयी गराउन चाहन्छन् । त्यसैले दक्षिणपन्थी शक्तिलाई अहिले पोषण गर्ने काम भइरहेको छ । अहिले हामी जटिल परिस्थितिका बीचमा जाँदैछौं । यो सबै कुराको उद्देश्य भनेको नेपाललाई आफ्नो नियन्त्रणमा लिएर सम्भव भएसम्म समाजवादी चीनका विरुद्ध उभ्याउन नियत देखिँदैछन् । त्यसैले हामीले जनतालाई सही नेतत्व गर्नुपर्ने भूमिका छ ।
|
1,608 |
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताकोत्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारित गरेको दावी गरेका छन् । गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए । नेपालले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको दावी गरे । नेपालले भने–केपी ओलीका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो । कतिपयले व्याख्यात्मक टिप्पणीको अर्थ छैन भन्दैछन् तर संसदले नै गणतन्त्र घोषणा गरेको हो । संविधान जारी गरेको हो । अध्यक्ष नेपालले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले मुलुकलाई जोगाएको दावी गरे । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे । पिंध विनाकाे लाेटा । प्रचण्डकाे पुच्छर । अरूले पद पाएमा डाड गर्ने डाडे ।
|
1,609 |
२०८१ साउन ८ मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् । यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी छन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिईन् । सो अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिईन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाएकी छन् । उनले गत वर्ष पनि बडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिईन् । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टिकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।
|
1,610 |
दैनिक बिहान दिउँसो र बेलुका ट्राफिक जाम हुनु सामान्य भइसकेको छ । अधिकतम मानिसहरू व्यवसाय र जागिर गर्ने गर्दछन् र सोही कार्यको लागि धेरै हिँडडुल गर्नुपर्ने हुँदा सवारीसाधन प्रयोग बढेको छ । यसकारण पनि काठमाडौंमा दिन प्रतिदिन सवारी जाम बढिरहेको छ । जनसंख्या बढिरहेको हिँडडुल गर्न समस्या थपिइरहेको र सवारीसाधनको संख्या पनि बढिरहेको तर हामीहरूले ट्राफिक जाम हटाउने कुनै पनि वैज्ञानिक अवधारणा प्रयोग नगरेको हुँदा यो समस्या दिन प्रतिदिन झन् झन् बढदै गइरहेको छ । आज २१ औँ शताब्दीमा पनि सडकमा ट्राफिक प्रहरीको इसारामा ट्राफिक व्यवस्थापन गर्नुपरिरहेको तीतो यथार्थ छ । ट्राफिक जामले हाम्रो अर्थतन्त्रमा नराम्रो असर पारेको छ भने ट्राफिक जाममा बसिरहँदा मानिसहरूको स्वास्थ्य पनि बिग्रिएको छ । चौडा सडकमात्र ट्राफिक व्यवस्थापनमा निर्विकल्प होइन । हाम्रै अघि यसका धेरै उदाहरणहरू छन् । पहिलेका साना–साना र साँघुरा सडकहरू फराकिला बनाइएको छ स्तरोन्नती गरिएको छ । तर ट्राफिक समस्या हट्न सकेको छैन । हामीकहाँ सडक संरचना कम भएको होइन व्यवस्थापनमा कमजोरी भएको हो । सार्वजनिक यातायात तथा साना सवारीसाधन र सडक नियमलाई व्यवस्थित गर्ने हो भने समस्या स्वतः समाधान हुन्छ । ट्राफिक जाम आफैँमा समस्या हो । यसलाई व्यवस्थित गर्न सकिएन भने थप समस्या पार्ने गर्छ जुन अहिले हामीले भोगिरहेका छौँ । नेपालको सन्दर्भमा ट्राफिक समस्या दीर्घकालीन रूपमा समाधान गर्न केही आधारहरू छन् । संसारभरी नै ट्राफिक जाम हटाउन प्रयोग हुने विकल्पमध्ये एक सर्वोत्कृष्ट र उत्तम विकल्प नै सार्वजनिक यातायात विकास हो । सानाको तुलनामा ठूला सवारीसाधनको प्रयोग व्यवस्थित मानिन्छ । एउटा मिनी बसको यात्रुले ठूलो बसको यात्रुको दाँजोमा सडकको स्थान झण्डै तीन गुणा बढी ओगट्छ । यसको मतलब साना सवारीसाधनको प्रयोगले सडकको ठूलो स्थान ओगट्छ । तर तुलनात्मक रूपमा ठूला सवारीसाधनहरू त्यति ओगट्दैनन् । जसले गर्दा जाम कम हुन जान्छ । पछिल्लो समय विश्व बजारमा २७० जनासम्म यात्रा गराउने क्षमताको बस उपलब्ध छन् । यस्ता बसहरू सहज रूपमा सञ्चालन हुने र सुविधा प्रदान गर्ने हो भने निजी सवारी प्रयोग गर्नेहरू आफैँ कम हुन्छन् । जसले ट्राफिक जाम कम गर्न सहयोग मिल्छ । युरोपियन देशहरू जस्तै जर्मनी डेनमार्क नेदरल्याण्ड जस्ता देशहरूले सार्वजनिक यातायात प्रभावकारी ढंगले विकास गरी यातायात प्रणाली सुधार गरेका छन् । विशेषत ः काठमाडौं उपत्यकाभित्र सरकार समेतको लगानीमा सार्वजनिक यातायात कम्पनी स्थापना गरी सार्वजनिक बस सेवा उपलब्ध गराउने हो भने यहाँको समस्या धेरै हदसम्म हल हुन्छ । यातायात व्यवस्थापनमा अर्को समस्या सवारी संख्याको पनि हो । जुनकुनै समयमा मनलाग्दी ढंगले जुनकुनै सवारीसाधन आयात र प्रयोगले पनि ट्राफिक समस्या बल्झाइरहेको छ । सवारी आयात र प्रयोगमा समेत कोटा प्रणाली लागु गर्ने हो भने समस्या केही हदसम्म निराकरण हुने देखिन्छ । जसका लागि सरकारले वर्षमा निश्चित संख्यामा मात्र सवारीसाधन आयात र बिक्री गर्न दिने नीति लिनुपर्छ । यसका लागि एक वर्षमा जति सवारीसाधन विस्थापित हुन्छन् सोही दरमा आधारमा नयाँ सवारीसाधन खरीद संख्या तोक्न पनि सकिन्छ । यो प्रणालीले अनावश्यक निजी सवारीसाधन खरीद र प्रयोग वृद्धिमा रोक लगाउँछ । यो प्रणाली सिंगापुरले लागु गरेको छ । अत्याधिक जाम हुने स्थान प्रवेशमा न्यूनतम शुल्क लगाउने हो भने चालकले वैकल्पिक सडक खोज्छ जसले सवारीको समान वितरण हुन्छ र सडकहरूमा सवारी चाप पनि कम हुन्छ । यो प्रणाली बेलायतमा प्रयोगमा छ । यसले राम्रो काम पनि गरिरहेको छ । यता हाम्रोमा बढीभन्दा बढी ट्राफिक जाम हुने स्थानहरू भक्तपुर कोटेश्वर कलंकी नयाँ बसपार्क चाबहिल बौद्ध लगायतका क्षेत्रहरूमा यस्तो नियम लगाउने हो भने ट्राफिक जाम कम गर्न सहयोग पुग्छ । यदि यो खण्डमा बिहान ९ देखि ११ बजेसम्म यात्रा गर्दा न्यूनतम शूल्क लिने व्यवस्था गर्ने हो प्रभावकारी हुन्छ । पिक आवरमा हतार नहुनेहरू वैकल्पिक बाटो खोज्छन् र सडक जाम कम हुन जान्छ । यसले ट्राफिक जामको समस्या हल गर्न ठूलो भूमिका खेल्छ । काठमाडौंको अधिकांश सडक चोकमा ट्राफिक बत्ती छैन । केही स्थानमा भएका बत्तीले पनि काम गर्दैनन् । जसले गर्दा सडकको चोक चोकमा सवारीसाधन र पैदल यात्रुहरूको गन्जागोलले ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ । जहाँजहाँ ट्राफिक बत्ती छन् ती सबै ठीक अवस्थामा हुन आवश्यक छ । तर हामीकहाँ जडान गरिएका बत्तीहरूले नै काम गर्दैनन् । सामान्यतः एउटा सवारीसाधन एउटा हरियो बत्तीबाट पास भएपछि कम्तिमा तीनवटा ट्राफिक बत्ती पास हुनुपर्ने गरी मिलाउनुपर्छ । तर यो प्रावधान हाम्रो देशको हकमा लागु भएको छैन । त्यसैले हरेक चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्छ र यिनीहरू सबै एकीकृत रूपमा संचालन हुनुपर्छ । यसले सडक सुव्यवस्थालाई तथा यातायात सञ्चालन प्रणालीलाई एकीकृत गरी ट्राफिक जाम कम गर्न सहयोग मिल्छ । नेपालका अधिकांश सडकहरू साइकलमैत्री छैनन् । ठूला तथा मझौंला सवारीसाधनका लागि मात्र योजना डिजाइन गरी बनाइएका छन् । तर साइकल लेन पनि छुट्याउनुपर्ने हुन्छ । यो ललितपुर महानगरपालिकाले भखर्रभर्खर मात्र थालनी गरेको छ तर प्रभावकारिता छैन । यदि शहरी सडकमा साइकल लेनको पनि प्रयोग गर्ने हो भने धेरै मानिसलाई साइकलप्रति आकर्षित हुन्छन् र फुटपाथले मानिसहरूलाई हिँड्न समेत प्रोत्साहन गर्छ । यसले एकातिर सडकको जामलाई कम गर्न मद्दत गर्छ भने अर्कातर्फ वातावरणीय सुधारमा समेत सकारात्मक सहयोग पुग्छ । काठमाडौंजस्तो शहरमा मेट्रोरेलको सपना कार्यान्वयनमा धेरै ढिला भइसक्यो । करिब ७० लाख जनसंख्या पुगिसकेको शहरका लागि एउटैमात्र सहज र प्रभावकारी यातायातको साधन मेट्रोरेल नै हो । विश्वका ठूलाठूला शहरहरूमा मात्र नभएर साना शहरहरूमा समेत मेट्रोरेल सञ्चालनमा ल्याइएका छन् । त्यो हाम्रोमा पनि सञ्चालन गर्न नसकिने भन्ने होइन । तर जागरूकता चाहियो । हामीले भाषणमा त मेट्रोरेलको कुरा गरेका छौँ तर व्यवहारमा उतार्न सकिरहेका छैनौँ । यसलाई कार्यान्वयन गरी मेट्रोरेल सञ्चालन गर्न सकियो भने अहिलेको ट्राफिक जाम ८० प्रतिशत घट्छ । माथि विश्लेषण गरिएका ६ उपायहरू हामीले लागु गर्न सके हाम्रो यातायात व्यवस्थामा निम्तिएको चुनौती दीर्घकालीन रूपमै समाधान हुन्छ । सडक विस्तार गर्नुपर्छ । तर शहरी सडक विस्तारलाई मात्र प्राथमिकतामा राख्नु हुँदैन । किनभने हामीसँग सीमित जग्गाजमिन भएकाले जामको समस्या आउनासाथ सडक विस्तार गर्न सकिँदैन । सार्वजनिक यातायातको सुधारलाई प्राथमिकतामा राख्दै माथि उल्लेख गरिएका उपायहरू मात्र लागु गर्ने हो भने नेपालका मुख्य शहरहरूमा जामको समस्या समाधान हुन्छ । ट्राफिक जामको समस्यालाई टालटुले तरिकाले हैन प्रणालीको रूपमा विकास गर्नुपर्छ । श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।
|
1,611 |
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरी हुनलाई तनहुँमा झन्डै तेब्बर बढीले आवदेन दिएका छन् । एक हजार २९२ म्यादी प्रहरीका लागि आवदेन माग गरिएको थियो । तर, तीन हजार ४१८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक शिवराज क्षेत्रीले बताए । क्षेत्रीका अनुसार ६४५ महिला र दुई हजार ७७३ पुरुषले म्यादी प्रहरीमा आवेदन दिएका हुन् । ६ देखी ११ चैतसम्म जिल्ला प्रहरी कार्यालय दमौलीमा आवदेन लिइएको थियो । म्यादी प्रहरी छनोट प्रकृया मंगलबारदेखि सुरु प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । उनले भने, ‘शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेर बल्ल छनोट गरिन्छ ।’ २२ चैतसम्म छनोट भएका म्यादी प्रहरीको नतिजा प्रकाशन हुनेछ । २८ चैतदेखि प्रशिक्षण दिन थालिनेछ । जिल्लामा म्यादी प्रहरी बन्न परेको तेब्बर बढीको आवेदनले नेपालमा बेरोजगारीको स्थिति प्रस्ट झल्काएको प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले बताउँछन् । म्यादीमा छनोट हुन दिएको आवदेनले युवाको आकर्षणभन्दा पनि बेरोजगारीको तथ्याङ्क उजागर गरेको उनको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जानेहरुको पनि लर्को छ । एमए पढेका समेत म्यादी प्रहरीमा गएका छन् । यसले त नेपालका राजनीतिक दल र नेताहरूलाई सोच्न बाध्य बनाएको छ कसरी बेरोजगारीलाई रोजगारीमा बदल्ने भनेर’, उनी भन्छन्, ‘अब कसरी हुन्छ देशमा रोजगारीको अवसर सिर्जना गर्न लाग्नुपर्छ । उत्पादन बढाउनुपर्नेछ ।’ कोरोना महामारीलाई दोष दिएर नेताहरू उम्कन नमिल्ने वाग्लेको भनाइ छ । बेरोजगारीको समस्या भयवह भइरहेको बताउँदै उनले थपे, ‘बेरोजगारी बढेपछि हत्या हिंसा, चोरी डकैती बढाउँछ ।’ उद्योगधन्दा खोल्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याएर रोजागारीसँग जोड्ने योजना सरकारले बनाउनुपर्ने उनले बताए । ‘नेताहरु आफ्नै स्वार्थ मात्र हेरिरहेका छन् । भ्रष्टचारमा लिप्त भएको देख्छौँ’, उनले भने । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । छनोट पार गरेर भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्नेछन् । प्रहरी जवानले पाउने तलब सुविधा म्यादी प्रहरीका लागि व्यवस्था गरिएको छ । ४० दिनको पारिश्रमिक ३० हजार २४० रुपैयाँ निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २०० रुपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ र यातायात खर्चबापत एक हजार रुपैयाँका दरले पाउनेछन् । बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
|
1,612 |
साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रले बझाङमा गरिएको भ्रष्टाचारबिरुद्धको अभियान कार्यक्रममा नागरिकहरुलाई पार्टीका अन्ध भक्त नभएर स्वतन्त्र विवेकशील नागरिक हुन सुझाव दिएका छन् । सदरमुकाम चैनपुरमा बिहिबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नागरिकहरु नागरिक जस्ता नभएर पार्टीका भक्त भएका कारण नेताहरु जनमुखी हुन नसकेको बताए । उनले भने,'अझै आम मानिसहरुले जबसम्म आफ्ना नेताहरुको आलोचना गर्न सक्दैनन् तब सम्म यीनै नेताहरु र यीनीहरुका आसपासका मानिसहरुले शासन सत्ता सञ्चालन गर्ने हुदा अब नागरिकहरुले पार्टीका भक्त नभएर स्वतन्त्र नागरिकका हैसियतले सक्षम योग्य राष्ट्रभक्ति र बिकासबादी मानिसहरुलाई समर्थन गर्नुपर्छ ।' नेताहरुको हस्तक्षेपका कारण राज्यका सबै संयन्त्रहरुमा ईमान्दारिता , नैतिकता , पदिय मर्यादा हराउदै भ्रष्टाचार मौलाएको भन्दै मिश्रले भने,'यो गतिबिधीले मानिसहरुको ब्यक्तिगत प्रगती त होला तर मुलुक समृद्ध नहुनेमा दुईमत छैन् ।
भ्रष्टाचारबिरुद्धको अभियानमा सुदूरपश्चिमका सबै जिल्लाहरुमा अभियान चलाउदै बझाङ आई पुगेका साझा विवेकशिल पार्टीका अन्य नेताहरुले पनि गणतन्त्र आएपछि मूलुकमा राम्रो प्रगती विकास समृद्धि होला सोचेका थियौ तर अझैपनि मूलुकको बिकास , जनताको न्यूनतम आवश्यकता समेत परिपूर्ति हुन नसकेको दुखेको पोखे। नेताहरु आफ्नै निहित स्वार्थमा अल्झेका कारण अहिलेका काँग्रेस , नेकपाबाट परिबर्तन नहुने धारणा समेत राखे। समारोहमा बोल्दै पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले अहिलेका नेताहरुमा ईमान , निष्ठा हराएको बताउदै आफुहरुले पद प्रतिष्ठाका लागी पैसा कमाउनका लागी राजनीति भन्दा पनि मूलुकको आमुल परिर्बतन गर्नका लागि लागेको बताए । आचार्यले संसारका सबै देशहरु भन्दा नेपाल प्राकृतिक हिसावले पनि स्रोत साधन सम्पन्न रहेको तर ब्यबस्थापन गर्न नसकेका कारण र नेताहरुमा ईच्छा शक्तिको कमि भएका कारण नेपालको बिकास हुन नसकेको धारणा राखे। यसैगरि सुदुरपश्चिम प्रदेशका संयोजक गोपी हमालले अहिले पनि नागरिकहरुमा दलिय दासत्व कायमै रहेका कारण मुलुकको बिकास हुन नसकेकोले देशमा दण्डहिनता बढेको , भष्टचार मौलाउदै गएको बताए। पार्टीले गरेको भ्रष्टाचार बिरुद्धको अभियान कार्यक्रममा नेताहरुको मन्तव्यबाट प्रभावित भएर यहाँका १०-१२ जनाले यो अभियानको समर्थन गर्दै साझा विवेकशिल पार्टीमा समेत प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई सार्बजनिक समारोहमा माटोको टिका लागाएर संयोजक मिश्रले स्वागत गरेका थिए । जिल्लामा पनि काम गरेर खाने स्वाभिमान निष्ठावान र कर्मशिल मानिसहरु यो पार्टीमा लागेका र जिल्लाका बिभिन्न सामाजिक अभियानमा समेत उनिहरुको सहभागीता रहदै आएको छ । भ्रष्टाचार बिरुद्धको अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा गर्ने साझा विवेकशील पार्टीले बताईएको छ ।
|
1,613 |
बीबीसीका अनुसार दुईवर्षको उमेरमा गुओ गाङ्टाको छोरा अपहरणमा परेका थिए। उनले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए। शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण गरेको छोरा २४ वर्षपछि भेटेपछि उनी भावुक बने। ५१ वर्षका बाबुको शनिवार मात्र हराएको छोरासँग पुनर्मिलन भएको बताइएको छ। सन् २०१५ मा हङकङका सुपरस्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो। चीनमा बालबालिका अपहरण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अपहरणमा पर्छन्। चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डीएनए परीक्षणका आधारमा प्रहरीले उनको छोरा पत्ता लगाएको हो। ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका छोरा छिमेकको हेनान प्रान्तमा भेटिएका र उनीहरूको सप्ताहान्तमा भेट भएको विवरणहरू दिएका छन्। गुओले पत्रकारलाई भावुक हुँदै अब खुशीको दिन सुरु भएको बताएका थिए। सन् १९९७ मा छोराको अपहरण भएपछि गुओले छोरा खोज्दै मोटरसाइकलमा चीनका २० भन्दा बढी प्रान्त भ्रमण गरेका थिए। त्यस क्रममा भएका दुर्घटनाहरूमा उनको हड्डी भाँच्चिएको, सडकमा लुटेराहरूले लुटेको र १० वटा मोटरसाइकल बिग्रिएको बताइएको छ। छोराको तस्बिर भएको ब्यानर बोकेर उनले आफ्नो जीवनभरको कमाइ छोराको खोजीमा खर्च गरेका थिए। छोरा खोज्ने यात्राका क्रममा उनले पुलमुनि सुतेर एवम् कतिपय अवस्थामा मागेर खर्च जुटाएका थिए। छोराको खोजी गरिरहँदा उनी चीनमा हराएका व्यक्तिका परिवारका सङ्घहरूको प्रमुख सदस्य बनेका थिए र कम्तीमा सात बाबुआमालाई तिनका हराएको छोराछोरी भेट्न सहयोग गरेका थिए। उनको छोरा भेटिएको समाचार आउने बित्तिकै चिनियाँ सामाजिक सञ्जालहरूमा उनको समर्थनमा थुप्रै भावपूर्ण सन्देशहरू प्रकाशित भएका छन् ।
|
1,614 |
शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताए । समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको खुलासा उनले गरे । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास लिएको बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए । काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ काठमाडौं– प्रधानमन्त्री केपी ओली निजी क्षेत्रका समस्याप्रति गम्भीर देखिएका छन् । आफू नेतृत्वको सरकारलाई आइतबार काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा काठमाडौं- बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । आइतबार सत्ता सहकार्य लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
|
1,615 |
नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा शहरी विकास मन्त्रालयको विविध खर्चमा २२ लाख राखिएको र शीर्षक किटान नगरिएको भन्दै उनले भने, ‘…जसरी बजेटमा स्वइच्छाचारित छ यस्तो (शीर्षक विनाको रकम)ले आर्थिक स्वइच्छाचारिता अझ बढ्छ ।’ शहरी विकास मन्त्रालयले बजेट असमान रूपमा वितरण गरेको उनको आरोप छ । ‘सबैभन्दा कम बजेट मधेशमा दिइएको छ । मधेशको पनि पर्सा र विरगंजमा साह्रै न्यून छ । यो असन्तुलन किन ?’ उनको प्रश्न छ । शहरी विकास मन्त्रालयको बजेट असन्तुलित बजेटको एक उदाहरण रहेको उनले बताए ।
|
1,616 |
पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।
|
1,617 |
हरेक वर्ष हज (तीर्थाटन) मा जाने यात्रीको वासका लागि राजधानीमा 'हज गृह' व्यवस्थापनका लागि सरकारलाई दबाब दिन मुस्लिमहरुले एक समिति बनाएका छन् ।
|
1,618 |
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अपराध नभएको बताएकि छन । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएकि हुन । उनले प्रधानमन्त्रीले भावनात्मक र सामान्य व्यक्तिप्रति राखेको सद्भाव राजनीतिक विषय बन्न नसक्ने बताएकि छन। उनले प्रधानमन्त्रीले पुस्तक विमोचनमा बोलेको कुरा गलत नभएको बताए । मन्त्री शर्माले प्रतिपक्ष दलले नियोजित रुपमा प्रधानमन्त्रीलाई स्पष्टीकरण दिनसमेत अवसर नदिकन राजीनामा मागेको बताएकि छन। उनले प्रधानमन्त्रीले आज बस्ने संसदको बैठकमा सो अभिव्यक्तिबारे स्पष्ट पार्ने पनि बताएकि हुन । मन्त्री शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा सम्भव नरहेको जिकिर गरेका छन । उनले भनिन ‘त्यही कार्यक्रमलाई औपचारिक कार्यक्रममा प्रधानमन्त्रीज्युले मलाई प्रधानमन्त्री होस् भनेर विभिन्न खालका पहल प्रयत्न पनि गर्नुभयो, भन्ने सन्दर्भमा त्यो कुरा बोल्नुभयो । यो नितान्त भावनात्मक र एउटा सामान्य व्यक्तिले राखेको सद्भाव र उहाँप्रतिको सकारात्मक कुरालाई लिएर उहाँकै निजी पुस्तक विमोचन गर्ने सकारात्मक कुरालाई लिएर त्यो स्मरण गर्नेकुरा त्यति ठूलो अपराधको विषय थिएन । त्यो अन्यथा गल्तीको कुरा पनि थिएन । त्यही विषयलाई उठाएर, अरु विषय उठाएको भए, हामी यसमा जवाफ दिन सजिलो पनि हुन्थ्यो, तर त्यो विषय उठाएर जसरी संसद अवरुद्ध त्यो पनि प्रधानमन्त्रीज्युले बोलेको कुरा संसदमा स्पष्ट पारियोस् भनेर होइन, प्रधानमन्त्रीज्यु बोल्न आवश्यक नै छैन, यो विषयमा राजीनामा दिनुपर्छ, भन्ने ढंगको एउटा नियोजित जस्तो, जुन माग देखाप¥यो, त्यसकाप्रति सरकार अत्यन्त गम्भीर बनेको छ । प्रधानमन्त्रीले के भन्न खोज्नुभएको हो, त्यो स्पष्ट पारियोस् भन्ने भएको भए सहज हुन्थ्यो, विपक्षीले राजीनामा माग्ने प्रधानमन्त्रीले राजीनामा दिने कुरा कतै सम्भव हुँदैन । त्यसैले आज प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्नुहुनेछ । संसदमा आज प्रधानमन्त्रीले बोल्न समय माग्नुभएको छ, प्रधानमन्त्रीज्युले आफ्ना कुरा स्पष्ट राख्नुहुन्छ, त्यसपछि हामी अघि बढ्छौँ । सरकार ढल्ने कुनै सम्भावना छैन । त्यो कुनै आवश्यकता पनि छैन । सरकारले राम्रा कामको शुरुवात गरी अघि बढेको छ । यो बेलामा जनताको पूर्ण साथ, समर्थन छ, सरकार दायाँबायाँ हुँदैन ।’ मन्त्री शर्माले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकि छन ।
|
1,619 |
दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।
|
1,620 |
प्रहरीले पर्साबाट ४५० एम्पुल लागुऔषध र इन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार अपराह्न प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाउँको पूर्वबाट २३ वर्षीय राहुल साहलाई पक्राउ गरेको हो। उनी वीरगञ्ज-८ गहवाका हुन्। पैदल हिँडिरहेका उनले झोलामा तरकारी बोकेका थिए। तरकारीको झोलामा राखेर लागुऔषध ल्याएका थिए। प्रहरीका अनुसार उनको साथबाट नुर्फिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन १५० एम्पुल तथा इन्जेक्सन बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। यस्तै, प्रहरीले रूपन्देहीबाट पाँच किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। वकेराउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ का २९ वर्षीय राजकुमार जैसवाल र २७ वर्षीय रविन गुरूङ छन्। नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु३१प २५३३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
|
1,621 |
बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए । घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ ।
|
1,622 |
नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् । उनीहरु सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।
|
1,623 |
वि.सं.२०८० मंसिर १४ बिहीवार नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । वि.सं.२०८० मंसिर १४ बिहीवार १०:०७ मा प्रकाशित त्रिवेणी (रुकुम पश्चिम) ।
|
1,624 |
सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए । विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरु आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताए । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताए । मृत्यु भएका मजदूरको शव परिवारले जिम्मा लिए पनि विद्युत् गृहको निर्माण कार्य शुरु हुन सकेको छैन । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । नेपाल सरकारले सुरक्षाको प्रत्याभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने उनले जानकारी दिए । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरेकाले काम गर्न असहज भएको उनको भनाइ छ । कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम एसजेभिएनले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् ।
तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले विभिन्न मितिका शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
आज काठमाडौंमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ छ ।
तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने नयाँ सरकार गठनमा सहभागी नहुने भन्दै विज्ञप्ती जारी गरेपछि जसपामा विवाद चर्केको छ । सभापति देउवाले एमालेभत्रिको असन्तुष्ट समूह र जसपाका नेताहरुसँग बेग्लै छलफल गर्नसक्ने समेत बताइएको छ ।
प्रतिनिधि सभाको आज बसेको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मात्रै परेपछि उनी सदनमा अल्पमतमा परेका हुन । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा १२४ सांसदले हस्ताक्षर गरे ।
आजको मतदानको क्रममा नेकपा एमालेभित्र माधव नेपाल पक्षीय सांसदहरु भने अनुपस्थित भएका थिए । समाजवादी जनता पार्टीले भने मतदानमा ह्विप जारी नगर्ने बताएको थियो । उक्त पार्टीभित्र महन्थ ठाकुर पक्षधर तटस्थ बसेका थिए भने उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गरेको थियो ।
नेकपा एमालेभित्र माधव नेपाल समूहले समेत ओलीलाई साथ नदिने भएपछि जनता समाजवादी पार्टीका नेताहरु नेपाली कांग्रेसका सभापति देउवासँग अन्तिम परामर्श गर्न पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न जसपा र नेपाल समूहको मत निर्णायक रहेको छ । माधव नेपाल समूहले भने माग पुरा नभए सामूहिक राजीनामा दिने बताइसकेका छन् । यो अवस्थमा जनता समाजवादी पार्टीका ठाकुर पक्षले मत दिएपनि सरकार जोगिँदैन ।
राजनीतिक परिस्थिति फेरिएपछि नयाँ ढंगले अघि बढ्न ठाकुर र महतले देउवासँग छलफल गर्न खोजेको श्रोतले बतायो । सभापति देउवाले अविश्वास प्रस्ताव लैजाने अवस्थामा नेपाल समूहले सहयोग गरे जसपाले समेत सहयोग गर्नसक्ने सम्भावनाबारे छलफल हुन सक्नेछ ।
जसपाभित्र ओली सरकारको पक्ष र विपक्षमा दुई धार रहेको छ । तर पछिल्लो परिस्थितिमा ठाकुर पक्षले समेत देउवाले सरकार निर्माण गर्ने अवस्थामा साथ दिनसक्ने सम्भावना बाक्लिएको छ । तर यसका लागि जसपाले आफूले उठाउँदै आएका माग पुरा गर्नुपर्ने शर्त भने तेस्र्याउने देखिन्छ ।
नेपाल समूहले साथ नदिने र जसपाको बाबुराम र यादव पक्षले विपक्षमा मतदान गर्ने अवस्थामा पार्टीको ह्विप मान्ने या तटस्थ बस्ने अवस्थामा ठाकुर पक्ष पुगेको छ । यद्यपी नयाँ गठबन्धन बन्ने सुनिश्चितता हुन सकेमा ठाकुर पक्षले देउवालाई समर्थन गर्ने सम्भावना समेत नभएको होइन ।
काठमाडौं : नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ। सङ्घले शु्क्रबार एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ। यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ। नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ ।
गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो। आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो। त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो ।
‘विगतको जस्तै समस्या आम उपभोक्ताले व्यहोर्नु नपरोस् भनेर यसपटक बेलैमा सचेत गराइएको हो’, अध्यक्ष भण्डारीले भने। अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए। हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ। ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ। उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।
नयाँ वर्षको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि लु १ ज १६ सय ५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालक केशव कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने नाम नखुलेको एक पुरुषको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
“गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,” केसीद्वारा जारि गरिएको वक्तव्यमा भनिएको छ ।
|
1,625 |
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले रु १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ। प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो। कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु १४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। प्रहरी नायब उपरीक्षक घर्तीले भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यबस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,626 |
धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
1,627 |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,628 |
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन् । बस्नेतले ७,७२८ मत पाएर निर्वाचित हुँदा एमालेका निमफुञ्जो शेर्पाले ५,४३३ र माओवादीका बुद्धराज बस्नेतले ५६५ मत पाएका छन् । त्यस्तै कांग्रेसकी मञ्जु तामाङले ६,९७७ मत पाएर विजयी हुँदा एमालेकी सुशिला पाख्रिनले ५,९९० र माओवादीकी पातली थामीले ४७१ मत पाएकी छिन् ।
|
1,629 |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना कामले भन्दा बढी ट्वीटले चर्चा पाउछन् । सञ्चारमाध्यमको त आलोचना गर्छन नै आफ्ना विपक्षीलाई पनि ट्वीटबाटै गाली गर्न पछि पर्दैनन् । उनी पत्रकार सम्मेलन गर्दैनन् । अन्तरवार्ता पनि खासै दिदैनन् । ट्वीटबाटै आफ्ना कुरा राख्छन, जो समाचार बनिहाल्छ । उनके एउटा ट्वीट फेरी समाचारको विषयको बनेको छ । उनले कहिले काँही ओछ्यानबाटै ट्वीट गर्ने गरेको बताएका छन् । उनले ट्वीटमा भनेका छन, ‘कहिले काँही ओछ्यानम पल्टिएरै ट्वीट गर्छु ।’ ७१ वर्षीय ट्रम्प आफ्ना ट्वीटका कारण हासोको पात्र पनि बन्ने गरेका छन् । उनी खाना खाने समयमा पनि ट्वीट गर्ने गरेका छन् । उनी कस्तो खाना खाए भन्ने समेत ट्वीट गर्न छोड्दैनन् । उनले ट्वीट गरेका छन, ‘म सबै भन्दा राम्रो खाना खान्छु । संसारका उत्कृष्ट कुकको हातबाट बनेको खाना । मलाई लाग्छ, साच्चिकै राम्रो खाना खान्छु ।
बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए ।
१. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।
५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।
भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो ।
युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् ।
|
1,630 |
राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रश्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उहाँको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताउनुभयो । स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भुमिका रहेको थियो । राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार अपरान्ह बजेर १ मिनेटमा बस्ने छ ।
|
1,631 |
कर्मचारी कल्याणकारी कोषलाई लिएर पर्यटन बोर्डमा विवाद उत्पन्न भएको छ । कोषको रकमलाई लिएर बोर्ड र पर्यटन श्रमिकहरुबीच विवाद बढेको हो । आफ्नो कोषको पैसा बोर्डले अनावश्यक ठाउँमा खर्च गरेको, समयमा हिसाब किताव नदेखाएको र परेको बेला श्रमिककै हितमा समेत खर्च नगरेको श्रमिकहरुको आरोप छ । कोषको पैसा बोर्डले दुरुपयोग गरेको श्रमिक संगठनहरुको भनाइ छ । बोर्डले भने श्रमिकहरुको आरोप अस्वीकार गर्दै कोषको पैसा दुरुपयोग नभएको बताएको छ । हाल अडिटकै क्रममा रहेकाले कोषको पैसा सार्वजनिक नभएको तर कहीँकतै दुरुपयोग नभएको बोर्डले प्रस्ट पारेको छ । कोषको पैसा के–कति छ, अडिटपछि सार्वजनिक गरिने बोर्डका प्रवक्ता मणिराज लामिछानेले रातोपाटीलाई बताए । ‘श्रमिक कल्याणकारी कोषको एक पैसा पनि हिनामिना वा दुरुपयोग भएको छैन । बरु बोर्डले अन्य स्रोतबाट फण्ड जोहो गरेर कोभिड–१९ बाट प्रभावित श्रमिकहरुको रोजगारीको व्यवस्था गर्ने काम गरेको छ,’ प्रवक्ता लामिछानेले भने, ‘अहिले पनि हामीले श्रमिकहरुकै हितका लागि युएनडीपीसँग सहकार्य गरेर रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्दैछौं । तर कोषको पैसा दुरुपयोग भएको छैन,’ कोषको हिसाबकिताव सुरक्षित रहेको उनको भनाइ छ । ‘अहिले हामी त्यसको अडिटकै क्रममा छौं । अडिट गरिसकेपछि सार्वजनिक गर्छौँ,’ उनले थपे ।
|
1,632 |
– नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी दर्ता हुन नदिन अनेकौं प्रलोभन, दबाब, डर र त्रासको प्रयोग गरिएको बताएको छ। तर, त्यसका बाबजुद एमालेका ५९ जना केन्द्रीय सदस्य र ३४ जना सांसद निर्वाचन आयोगमा सशरीर उपस्थित भएको उसले जनाएको छ। बुधबार साँझ सो पार्टीको आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनिएको छ– 'कम्युनिस्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं।' उक्त सन्देशमा आज (बुधबार) संघीय संसदका ३४ जना संघीय सांसद र नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएका जनाइएको छ। 'अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिँदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,' नेकपा एकीकृत समाजवादीको फेसबूक सन्देशमा भनिएको छ। सन्देशमा कम्युनिस्ट आन्दोलनलाई 'पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा' सहभागी हुन सबैमा अपिल गरिएको छ। 'अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षाअनुसार नेपाली कम्युनिस्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं,' सन्देशमा भनिएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,633 |
कर्णाली प्रदेश सरकारले गर्ने हरेक निर्णय मुख्यमन्त्री राजकुमार शर्मा भन्दा पनि तत्कालिन सत्तामा साथ दिएको नेपाली कांग्रेसका नेतासँग पुग्ने गरेको थियो । कांग्रेसको तर्फबाट कर्णाली प्रदेशसभामा संसदीय दलका नेता रहेका जीवनबहादुर शाहीसँग पुग्दा सबै काम अलझिने गरेको आरोप थियो । शाही पूर्व मूख्यमन्त्री समेत हुन् । कांग्रेसले समालेका मन्त्रालयमा केही निर्णय गर्नु परेमा मुख्यमन्त्री शर्मा भन्दा अगाडी दलका नेता तथा पुर्व मुख्यमन्त्री शाही समक्ष कुरा पुग्ने गरेको थियो। शाहीलाई कांग्रेसले समालेको मन्त्रालयले गर्ने कामहरु चित्त बुझेमा मात्र फाइलहरु अगाडी बढ्ने गर्दथ्यो भने चित्त नबुझे बीचमै तुहिने गरेको मूख्यमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन् । सरकार सञ्चालन तथा प्रभावकारी नतिजा निकाल्नका लागि मूख्यमन्त्री शर्मासँग मन्त्री परिषदका सदस्यले सल्लाह गर्नुपर्ने ठाउँमा पूर्वमुख्यमन्त्री शाहीसँग बढी कांग्रेस निकट मन्त्रीहरु सल्लाह गर्दा काममा दैनिक बाधा पुग्दै आएको मुख्यमन्त्रीको गुनासो थियो । स्रोतका अनुसार मुख्यन्त्रीले गर्न खोजेको निर्णयलाई सबै भन्दा पहिला कांग्रेसका संसदीय दलका नेता शाहीको टेबुलमा पुग्ने र उनले फाइनल नगरुन्जेल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कांग्रेस निकट मन्त्रीले चलाएको मन्त्रालयबाट मन्त्री परिषदमा जाने एजेण्डा नै निर्माण नहुने अवस्थाले गर्दा मुख्यमन्त्री शर्मा हैरान हुँदै आएका थिए । आन्तरिक मामिला तथा योजना मन्त्रालय , सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको थियो । यि मन्त्रालयबाट हुने हरेक निर्णय, एजेण्डाहरु मुख्यमन्त्री शर्मा भन्दा पनि अगाडी कांग्रेस संसदीय दलका नेता शाहीसँग गएर टुंगो लागेपछि मात्र मन्त्रीपरिषदमा एजेण्डाको रुपमा जाने गरेको एक कर्मचारीले समेत बताएका छन् । प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने बजेट भाषण तथा प्रदेशसभामा पास भएपनि कांग्रेसकै चाहनामा सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रतिस्ठान बनाउने भन्दै सहमति दिइएको थियो । कतिसम्म भने माओवादीले समालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सामाजिक विकास मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकार गरेपछि गठबन्धनमा द्धन्द्ध बढेको थियो । बजेट भाषण र प्रदेशसभाबाट शिक्षण अस्पताल बनाउने भन्दै बजेट पास गर्ने तर अहिले आएर प्रतिस्ठान बनाउने भन्दै फाइल अगाडी बढाउन खोज्दा माओवादीले समालेको कानुन मन्त्रालयबाट सहमति पाउन सकेको थिएन । त्यस्तै सञ्चार प्रतिस्ठान बनाउने भन्दै माओवादीले समालेको कानुन मन्त्रालयले लेखेको पत्र कांग्रेसले समालेको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट फिर्ता पठाएको थियो । प्रतिस्ठान बनाउन सहमति दिएमा मात्र सञ्चार प्रतिस्ठान बनाउन सहमति दिने भागबण्डा गर्न खोजेपछि दुबै काम अगाडी बढन सकेन । मुख्यमन्त्रीको सचिवालयमा अनुसार मुख्यमन्त्री कार्यालयले छिटो ,छिटो परिणाम ल्याउनका लागि मन्त्रीहरुलाई दिएको काम समेत तोकिएको समयमा नगर्दा समस्य पर्दै आएको थियो । प्रदेश सरकारले काम गर्न सकेन भनेर आलोचना भइरहदा कांग्रेस र माओवादीका स्वार्थका कारण प्रदेश सरकारले गति लिन नसकेको प्रस्ट भएको जानकारहरु बताउँछन् । अहिले कांग्रेस सरकारबाट बाहिरिएसँगै माओवादीलाइ हाइसन्चो भएको बताइन्छ । सरकार सञ्चालनको कुरा मुख्यमन्त्री कार्यालयमा छलफल भन्दा पनि पार्टी कार्यालय तथा केही नेताहरुको चाहनामा सञ्चालन हुँदा प्रदेश सरकारको गती नदेखिएको आरोप लाग्दै आएको छ । अब नेकपा एमाले प्रदेश सरकारमा सहभागी हुने छ । मुख्यमन्त्री एमालेलाई चाहिन्छ भन्दै प्रकाशित भएका समाचारहरुलाई खण्डन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कडेलले आफूले मुख्यमन्त्रीको विषयमा कुनै प्रतिक्रिया नदिएको बताए । उनले केन्द्रमा भएको सहमतिका आधारमा नै अगाडी बढने बताए । कर्णालीमा सरकार बनाउनका लागि आवश्यक पर्ने २१ सिट रहेको छ । माओवादीसँग १३ सिट , नेकपा एमालेसँग १० सिट रहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) सँग १ सिट रहेको छ । यो सरकार बनाउनका लागि चाहिने सिट भन्दा ३ सिट बढी रहेको छ ।
टुक्रे योजनाहरु कार्यान्वन नगर्ने भन्दै रोखिएका योजनाहरु प्रदेश सरकारले पून सञ्चालनमा ल्याएको छ । जलस्रोत तथा उर्जा विकास कार्यालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १५ लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर पत्र लेखिएको मूख्यमन्त्री राजकुमार शर्माले बताए । त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट जिल्लाहरुमा पठाएका ३० भन्दा माथीका योजनाहरु पनि कार्यान्वनमा लिने भएको उनले बताए । १५ र ३० लाखका योजनाहरु कार्यान्वनमा ल्याउने सहमति भएर सबै योजनाहरु काम अगाडी बढाउन निर्देशन दिइएको मुख्यमन्त्री शर्माले बताए । योजनाहरु फुकुवा गरेसँगै जिल्लामा सम्झौता गर्नेहरुको संख्य समेत बढेको छ । ८० भन्दा बढी योजनाहरु कार्यान्वनमा गएको अवस्था छ । खानेपानी ,सिँचाइ लगाएतका क्षेत्रमा १५ लाखले समेत भारी काम गर्न सकिने अवस्था रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले बताइन् ।
|
1,634 |
दाहसंस्कार गरिने ठाउँहरूमा शवको खचाखच देख्दा लाग्छ, यहाँ विशाल युद्ध चल्दैछ। धेरै लडाकू मारिएका छन्। धेरै ठाउँमा एकैपटक दर्जनौं शव जलाइन्छ। यो भारतको राजधानी नयाँदिल्ली हो। सामूहिक दाहसंस्कार गरिने व्यस्त ठाउँहरूमा आगोको ज्वालाले जतिखेरै आकाश उज्यालो बनाएको देखिन्छ। लाग्छ, यहाँ चिताबाट धुँवा पुत्ताउन कहिल्यै रोकिन्न। म न्यूयोर्क टाइम्सको दक्षिण एसिया ब्युरो प्रमुख हुँ, नयाँदिल्लीमा बस्छु। मेरो छिमेकमा दर्जनौं मान्छे बिरामी छन्। मेरा एक जना सहकर्मी सिकिस्त छन्। मेरो छोराका शिक्षकहरू थलिएका छन्। म बस्ने घरमै पनि दायाँबायाँ सबै कोरोना संक्रमित छन्। 'मलाई थाहै छैन मलाई कसरी सर्यो,' अस्पताल भर्ना भएका मेरा एक नजिकका साथी भन्दै थिए, 'एक सासमै यो...।' सिकिस्त भएका उनमा आफ्नो वाक्य पूरा गर्ने तागत थिएन। उनले अस्पतालमा मुश्किलले बेड पाए। उनलाई चाहिने औषधि भारतमै कहीँ नभेटिएको डाक्टरहरूले बताएका छन्। म मेरो अपार्टमेन्टमै बसेको छु, कहिले कोरोनाले भेट्ला भनेर कुर्दै। संसारमै कोभिडले नराम्ररी च्यापेको सहर नयाँदिल्लीका अधिकांश मान्छेलाई अहिले यस्तै लाग्दो हो- कोरोना यहीँ आसपास छ, म उसको छेउमै छु। बस् केही समयको कुरा हो, मलाई पनि यसले गाँज्नेछ। भारतमा दैनिक तीन लाख पचास हजारभन्दा बढी संक्रमित भइरहेका छन्। कोरोना महामारी सुरू भएयता यो संसारकै सबभन्दा ठूलो संख्या हो। अझ यो त सरकारी तथ्यांक मात्र हो, विज्ञहरूले योभन्दा धेरै मान्छे संक्रमित भएको अनुमान गरेका छन्। दुई करोड जनसंख्या भएको घन्चमन्च राजधानी नयाँदिल्लीमा कोरोना अत्यास लाग्ने गरी फैलिएको छ। केही दिनअघिको तथ्यांक हेर्ने हो भने कोरोना पोजेटिभ हुने संख्या ३६ प्रतिशत थियो। यो भनेको तीन जनामा एक जनाभन्दा बढी संक्रमित हुनु हो। एक महिनाअघि यो संख्या तीन प्रतिशत थियो। यहाँ संक्रमण आँधीझैं फैलियो। अस्पतालहरू निमेषभरमै खचाखच भए। औषधि सकिन थाले। जीवन बचाउने अक्सिजन अभाव भयो। धेरै बिरामी अस्पतालका गेट वा घरमै बेड र उपचार कुर्ने लाइनमा बसे। उनीहरू सिलिन्डरमा भरिएको अक्सिजन नपाएर छट्पटाइरहेका थिए। नयाँदिल्लीमा अहिले लकडाउन भए पनि कोरोना थान्को लागेर बसेको छैन। डाक्टरहरू र ठूला नेताहरूले अक्सिजन, औषधि र सहयोगको याचना गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बारम्बार फोन गरिसके। तर अवस्था झन् भयावह हुँदैछ। भारतको जनसंख्या संसारमै दोस्रो धेरै हो, जहाँ एक अर्ब ४० करोड मान्छे बस्छन्। यहाँका बस्ती एकदमै बाक्ला छन् र धेरै अतिगरिब छन्। विज्ञहरूले केही समयअघि नै भारतमा कोभिडले एकदमै ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए। अहिले भारतमा जे भइरहेको छ, त्यो गत वर्ष देखिएको कोरोना कहरभन्दा एकदमै भिन्न देखिन्छ। त्यो बेला हामी केसँग डराइरहेका छौं भन्ने थाहा थिएन। धेरै मान्छे मर्लान् भनेर आत्तिएका त थिए, तर सोचेभन्दा कम नै भयो। अहिले ती सबै अनुमानको सीमा पार भएको छ, जताततै मृत्यु सुनिन्छ। यो रोगले कसरी तीव्र गतिमा सताउन सक्छ भन्ने आँखैले देखिएको छ। दोस्रो लहरमा आएको कोरोनाको भयानक चट्याङले सबैलाई एकैपटक हानेको छ। म करिब २० वर्षदेखि विदेशी संवाददाताका रूपमा संसारका विभिन्न ठाउँमा काम गरिरहेको छु। कामको सिलसिलामा द्वन्द्वग्रस्त क्षेत्रहरू पुगेँ, इराकमा त अपहरणमै परेँ र धेरै ठाउँ जेलसमेत परेँ। त्यो बेला पनि म डराएको थिएँ, तर अहिले बेग्लै त्रासले दिमाग रन्थनिएको छ। मलाई थाहा छैन, कोरोनाले म, मेरा दुई सन्तान र श्रीमतीलाई च्याप्यो भने हाम्रो अवस्था कस्तो हुनेछ। सामान्य लक्षण मात्र होला र यसलाई जितेर निको हुन्छौं कि एकदमै गम्भीर हुनेछौं? धेरै सिकिस्त भयौं भने हामी कहाँ जाने होला? कहीँ आइसियू खाली छैन। धेरै अस्पतालका त गेटै बन्द भइसके। कोरोनाको यो नयाँ प्रकारले धेरै क्षति पुर्याइरहेको छ। विज्ञानले पनि अहिल्यै यसबारे स्पष्ट भन्न सक्दैन। तर जति भनेको छ, त्यसबाट के थाहा हुन्छ भने यो नयाँ प्रकारको भाइरस एकदमै धेरै र चाँडो फैलिन्छ र खोपको प्रभावकारिता पनि कम गर्न सक्छ। त्यसैले डाक्टरहरू डराएका छन्। हामीले कुराकानी गरेका केहीले त दुईपटक खोप हालिसके पनि गम्भीर बिरामी भएको बताएका छन्। यो एकदमै भयानक संकेत हो। यस्तो अवस्थामा के पो गर्न सकिएला र! म सकेसम्म सकारात्मक भएर बस्ने कोशिस गरिरहेको छु। सकारात्मक सोच रोगसँग लड्ने प्रमुख क्षमतामध्ये एक हो भन्ने विश्वास गर्छु म। मेरो मन र शरीर भने अपार्टमेन्टका दुई-चार कोठामा यताउता हिँड्दा पनि बत्तिइरहेझैं लाग्छ। म अचेल फोन हेर्न पनि डराउँछु। कतै कुनै साथीलाई गाह्रो पर्यो कि, मृत्यु नै भयो कि! मैले त आफूमा पनि लक्षणहरू कल्पना गर्न थालिसकेँ, के मेरो घाँटी दुखेको हो? मेरो टाउको दुखिरहेको थियो, आज झन् बढेको हो कि? मलाई थाहा छ, अहिले लाखौं मान्छेले यस्तै महशुस गरिरहेका छन्। दक्षिणी दिल्लीको म बस्ने सहर चुपचाप छ। पोहोर अरू सहरमा जस्तै यहाँ कडा लकडाउन थियो। धेरै मान्छेलाई लकडाउनले वाक्क पनि पारेको थियो। तर अहिले डाक्टरहरूले यो भाइरस एकदमै खतरनाक भएको बताएका छन्। यसले समात्यो भने उपचार त के मद्दत पनि पाउन नसक्ने जोखिम छ। त्यसैले अधिकांश मान्छे घरबाट निस्किन आँट गरेका छैनन्। यस्तो लाग्छ, बाहिर विषालु हावा फैलिएको छ, हामी सास फेर्नै डराएका छौं। भारतमा धेरै मान्छे भएकाले संक्रमित हुने र ज्यान गुमाउनेहरू पक्कै धेरै हुन्छन्। तर यो देशमा उत्तिकै मात्रामा प्रविधि छ, औद्योगिक क्षमता, स्रोतसाधन र जनशक्ति पनि छ। अस्ति भर्खर भारतीय हवाई सेनाले सिंगापुरबाट अक्सिजन ल्याएर आवश्यक ठाउँहरूमा वितरण गर्यो। यो समाचार देख्दा म धेरै भावुक भएँ- सरकारले हावाबाटै हावा बोकेर ल्याइरहेको थियो। हामीलाई अहिले दिल्लीमा एकदमै गाह्रो र खतरा भएको लागिरहेको छ। तर अवस्था योभन्दा खराब हुन सक्छ। महामारीविज्ञहरू भन्छन्, बिरामी संख्या अझै बढ्न सक्छ। देशभरमा दैनिक पाँच लाखभन्दा बढी संक्रमित हुन सक्छन् र आउँदो अगस्टसम्म भारतमा कोरोनाका कारण मर्नेहरू दस लाखभन्दा बढी हुन सक्छन्। तर अवस्था यस्तो हुनुपर्ने थिएन। केही साताअघिसम्म भारत ठिकठाकै देखिन्थ्यो। यहाँ लकडाउन भयो, पहिलो लहर खेपियो र खुला भयो। सरकारी तथ्यांकमै मात्र सही, मृत्युदर कम रह्यो। जाडो यामसम्म त यहाँको जनजीवन सामान्य हुन थालिसकेको थियो। अस्तिको जनवरी र फेब्रुअरी महिनामै म भारतका विभिन्न सहर चहार्दै समाचार खोजिरहेको थिएँ। त्यो बेला कसैले पनि मास्क लगाएका थिएनन्, साँच्चै कसैले पनि। कोरोनाको दोस्रो लहरको छनक आउँदै गरेका बेला पूरै भारतले 'केही छैन, हामी पार हुनेछौं' भनिरहेझैं लागेको थियो। तर अहिले एकदमै कम मान्छेले यस्तो सोच्छन्। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना आसेपासेमाझ धेरै लोकप्रिय छन्। तर धेरै मान्छेले अहिलेको अवस्थामा उनलाई दोषी ठहर्याइरहेका छन्। केही साताअघि उनको नेतृत्वमा भएका विशाल राजनीतिक र्यालीहरूमा सावधानी अपनाइएको थिएन। ती र्याली र सभालाई अहिले कोरोना फैलाउने घटनाका रूपमा लिन थालिएको छ। 'भौतिक दुरी कायम गर्ने भन्ने कुराले हावा खाइसक्यो,' मोदीको र्याली प्रसारण गर्न पुगेका एक संवाददाताले भनेका थिए। भारतले आफैं दुइटा खोप उत्पादन गरिरहेको छ। तर खोप वितरण एकदमै सुस्त भएको भन्दै जनता निराश छन्। अहिलेसम्म कुल जनसंख्याको दस प्रतिशतभन्दा कमले पहिलो खोप पाएका छन् भने १.६ प्रतिशतको मात्र डोज पूरा भएको छ। सबै ठाउँमा जस्तै भारतमा पनि धनी र पहुँच हुने वर्गका मान्छेलाई संकटबाट पार पाउन सहजै छ। अहिले भने अवस्था यस्तो देखिँदैन। मेरा एक जना साथी छन्, उनको सबैतिर राम्रो पहुँच छ। उनका एक नजिकका जवान पुरूषलाई कोरोना भएको थियो। मेरा साथीले आफ्नो बलबुताले भ्याउने सबैथोक गरे। जताततै बिरामीको चाङ भएकाले जतिसुकै सोर्सफोर्स लाउँदा पनि ती पुरुषलाई साथीले अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न सकेनन्। ती जवान पुरुषको मृत्यु भयो। 'मैले उनलाई बेड मिलाउन मेरो पहुँच र बुताले भ्याएको सबै गरेँ, तर सकिएन,' मेरा साथी भन्दै थिए, 'यो अराजकता हो।' उनका भावना र भनाइ निर्दोष थिए, 'यो सरासर हत्या हो।' यी सबै सुन्दै-देख्दै पनि मैले केही जोखिम उठाउनुपर्छ। जस्तो डेलिभरी नहुने खानेकुराहरू किन्न। म दुइटा मास्क लगाउँछु र मान्छेको नजिक सकेसम्म जाँदै जान्नँ। यसबाहेक अरू दिन हामी चार जना अपार्टमेन्टभित्रै हुन्छौं। हामी केही खेलहरू खेल्ने कोशिस गर्छौं। संक्रमित भएकाहरू वा सहरमा सहयोग खोज्दै हिँडिरहेका निरीह मान्छेबारे सकेसम्म कुराकानी गर्दैनौं। कहिलेकाहीँ हामी बाहिर बगैंचामा भएका रूखहरू हेर्दै लिभिङ रूममा चुपचाप बसिरहन्छौं। दिन लामा छन्। उखर्माउलो गर्मी छ। मान्छेको चहलपहल छैन। तर खुला झ्यालबाट आउने दुई आवाज हामी प्रस्ट सुन्छौं- एम्बुलेन्सको साइरन। र, चराहरूको गीत ।
|
1,635 |
रूपन्देहीको तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १३ पथरडाँडादेखि करिब १ किलोमिटर पश्चिम मडाहामा रहेको कनौजे ट्रेडर्समा आगलागी भएको हो। तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष गणेश न्यौपानेले साँझ साढे ५ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताए। बुटवलका दुइटा र भैरहवाबाट आएको एउटा गरी तीन वटा दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए। तिलोत्तमा नगरपालिकाको आफ्नै दमकल भए पनि बिग्रिएको कारण बुटवल र भैरहवाबाट बोलाइएका दमकल आउन ढिलाइ हुँदा धेरै क्षति भएको उनले बताए। बस्तीको बीचमा रहेको उक्त फर्निचर उद्योगमा लागेको आगो बस्तीमा फैलिन नपाए पनि उद्योगभित्र लागेको आगो भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। सोफासेट, टेबुल कुर्सी, खाटलगायत काठका सम्पूर्ण फर्निचर निर्माण गरिने उक्त उद्योगमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार उद्योगभित्रका सबै सामग्री जलेर नष्ट भए पनि कतिको क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन। कनौजे ट्रेडर्स नामबाट सञ्चालित उक्त फर्निचर उद्योग कसले सञ्चालन गरेका थिए भन्ने जानकारी नभएको उनले बताए ।
|
1,636 |
बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन् २००८ मा बेल्जियमको राष्ट्रिय टिमबाट डेब्यू गरेका हाजार्डले सन् २०१८ र २०२२ विश्वकपमा कप्तानी गरेका थिए। हाजार्डकै कप्तानीमा बेल्जिय पहिलो पटक विश्वकपमा चार वर्षअघि तेस्रो भएको थियो । लियोल र चेल्सीका पूर्व खेलाडी हाजार्ड हाल स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । हाजार्डकै कप्तानीमा कतारमा जारी विश्वकप खेलेको बेल्जियम समूह चरण पार गर्न असफल भएको थियो । हाजार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् । ‘आज एक पाना पल्टिनेछ, अविश्वसनीय समर्थन र सहयोगका लागि सबैलाई धन्यवाद्। सन् २००८ देखि मैले खुशी साट्ने मौका पाएँ, मैले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट् मार्ने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्, म सबैलाई सम्झिरहने छु,’ बेल्जियमको गोल्डेन जेनेरेसनका कप्तान हाजार्डले भनेका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,637 |
महाकालेश्वर भगवान् शिवका विभिन्न रुपमध्येको एउटा रुप हो । महा, काल र ईश्वरबाट महाकालेश्वर शब्दको व्युत्पादन भएको हो । काल भनेको समय हो । मानवीय जीवनमा समय सबैभन्दा बलवान् र मूल्यवान छ । यही समयमा जन्म र मृत्यु छन् र मृत्यु शाश्वत छ । मृत्युलाई पनि काल भनिन्छ । समय र मृत्युका ईश्वर वा शक्तिका रूपमा महाकालेश्वरको पूजा गरिन्छ । समयको महत्त्व, समयमै ईश्वर प्राप्तिको लागि कर्म र प्राथना, मोक्ष र मोक्ष प्राप्तिको प्राथनाका सन्दर्भमा शिवजीको महाकालेश्वरको रुपको प्रकटीकरण भएको हो भनिन्छ । समय र मृत्युका देवताका रुपमा महाकालेश्वर शिवको पूजा गरिन्छ । हिन्दूधर्मका विभिन्न ग्रन्थहरू जस्तैः वेद, महाभारत, शिवपुराण, स्कन्दपुराणहरूमा भगवान् शिवको महिमा, शिवका अवतार, शिवका ज्योतिर्लिङ्ग रुप आदिका बारेमा बृहत् चर्चा गरिएको पाइन्छ । शिवलाई सबैभन्दा ठूला देवता मानेर अर्थात् देवमा पनि देव हुन् भनी महादेव भनिएको हो । खासगरी भारत र नेपालका विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमा भगवान् शिवका विभिन्न आकृतिका मूर्ति र चित्रहरू स्थापित गरी शिवालय बनाइएका छन् । विभिन्न विशेष तिथि र पर्वहरूमा ती शिवालयहरूमा धुमधामसँग पूजा आराधना गरिन्छ । नेपालमा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय प्रसिद्ध शिवालयहरूमा काठमाडौँका पशुपतिनाथ र गोकर्णेश्वर, खोटाङको हलेसी, रसुवाको गोसाइँकुण्ड, पोखराको गुप्तेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर, रामेछाप, काभ्रे र सिन्धुलीको संगमस्थलको कुशेश्वर, म्याग्दीको गलेश्वर आदि हुन्।यी बाहेक नेपालमा शिवका विभिन्न आकृतिका मूर्ति र ज्योतिर्लिङ्ग स्थापना गरी थुप्रै शिवालयहरू बनाइएका छन् । धर्म भनेको धारण हो । धर्म भनेको दैवी शक्ति, परमात्मा र अदृश्य शक्तिमा गरिने विश्वास पनि हो।ती अदृश्य शक्तिहरूसँग सम्बन्धित आचरण, व्यवहार, गुण, मूल्य, मान्यता, अनुशासन, पहिचान, अस्तित्वलाई पालन गर्नु अथवा मान्नु नै धर्म हो । धर्म भनेको कुनै वस्तुमा रहेको विशेषता वा स्वभाव हो । आगोको धर्म तातो हुनु हो भने पानीको धर्म चिसो हुनु हो । मानवको धर्म भनेको मानवता हुनु हो । मानवता भनेका दया, माया, प्रेम, सद्भाव, सहयोग, परोपकार आदि हुन् । मान्छे हुनुको धर्म निभाउनु नै धर्मको खास अर्थ हो । एउटा गरिब वा दुःखीलाई सहयोग गर्नु पनि धर्म हो । धर्म प्राप्तिको लागि मन्दिर, मस्जिद, चर्च र गुम्बामा जानु नै पर्छ भन्ने छैन । धर्म भनेको विश्वास भएको हुनाले कतिपयले यसका बारेमा गलत आलोचना र व्याख्या गरेको देखिन्छ । कम्युनिष्ट विचारक र दार्शनिक कार्लमाक्सले धर्मलाई अफिमको संज्ञा दिएका छन् भनेर कम्युनिष्टहरूले धर्म मान्नु हुँदैन भन्ने गरेको पनि पाइन्छ । धर्म भनेको कसैले मान्न भनेर मानिने र नमान्न भनेर नमानिने चीज नै होइन । कार्लमाक्सले कुन सन्दर्भ र परिवेशमा ती विचारहरू प्रवाह गरेका थिए । त्यसका बारेमा पनि थुप्रै सकारात्मक र नकारात्मक व्याख्या विवेचना पनि गरिएका छन् । धर्म भनेको मान्छेमा रहेको शक्तिशाली आस्था र विश्वास हो । कुनै व्यक्ति, समूह, संस्था, दलले भनेर सजिलै मेटिने वा हराउने गुण धर्म होइन । आफूलाई नास्तिक, अनिश्वरवादी, महान् कम्युनिष्ट हुँ भन्नेहरूले पनि धर्म प्राप्तिको लागि मन्दिर धाएका थुप्रै दृष्टान्त छन् । धर्म मान्नु हुँदैन र म पनि मान्दिनँ भन्ने तर मन्दिर जाने गरेका उदाहरण धेरै छन् । त्यसकारण धर्म भनेको मान्छेमा हुने जन्मजात गुण हो । मान्छे भित्र एउटा बाहिर अर्कै हुने देखावटी नौटंकीको कुनै अर्थ छैन । त्यस्तो क्षणिक मात्र हो । मान्छेमा धर्मप्रति रहेको जन्मजात गुण, आस्था र विश्वासले गर्दा अदृश्य शक्तिलाई पनि छैन र हैन भन्न सक्दैन । अहिलेको २१ औं शताब्दीमा आउँदासमेत पनि कतिपय सन्दर्भमा धर्मका पक्षमा भनिने वा गरिने अदृश्य शक्तिका बारेमा विज्ञानले पनि पूर्ण नकार्न सकेको छैन । धर्मप्रति आस्था राख्नेले धर्मलाई अदृश्य शक्तिकै रुपमा मानेका छन् र विश्वास पनि गरेका छन् । यसैले अदृश्य शक्तिलाई विश्वास गरी मानवीय कर्म गरिनु नै धर्म हो । संसारमा विभिन्न धर्ममा विश्वास गर्ने मानिसहरूको बसोबास रहेको छ । विश्वका प्रमुख धर्ममा हिन्दू, क्रिश्चियन, मुस्लिम, बौद्ध, जैन, सिख, यहुदी, पारसी आदि रहेका छन् । यी मध्येको एउटा प्रमुख र पुरानो धर्म हिन्दू हो । यो धर्म सर्वप्राचीन धर्म हो । यो धर्मका आफ्नै मूल्य मान्यताहरू रहेका छन् । हिन्दू धर्मलाई सनातन धर्म हो । यो परापूर्व कालदेखि चलिआएको हो । यो धर्म खासगरी दक्षिण एसियामा बढी मानिन्छ । नेपालको पछिल्लो जनगणनाअनुसार हिन्दूको संख्या ८१.१९ प्रतिशत रहेको छ । अन्य धर्ममा बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत र क्रिश्चियन १.७६ प्रतिशत रहेका छन् । हिन्दू धर्ममा लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनर्जन्म, भाग्य, कर्म, ईश्वर, देवीदेवता, मठमन्दिर, पूजापाठमा विश्वास राखिन्छ । अरु धर्म जस्तो यो धर्म कुनै व्यक्ति विशेषले चलाएको धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति होइनन् । यस धर्मका प्रवर्तक साक्षात् ईश्वर नै मानिन्छन् । सनातन धर्म विश्वको सबैभन्दा पुरानो धर्म हो । यो धर्मको प्रमुख आधार ग्रन्थ वेद हो । वेद संसारकै सबैभन्दा पुरानो लिखित दस्तावेज पनि हो । वेदको अर्थ ज्ञान हो । वेदमा ब्रह्मा (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, इतिहास, रहस्य, दर्शन, व्यवहार आदि धेरै किसिमका विषयहरू रहेका छन् । हिन्दू धर्म इसापूर्व ५०० देखि इसापूर्व ३०० भित्र शुुरुआत भएको भनिएको छ भने कतै पृथ्वीको सृष्टिसँगै जन्म भएको हो भन्ने पनि भनाइ पनि छ । हिन्दू धर्ममा एउटा मात्र देवता छैनन् । यसमा ३३ करोड देवीदेवता छन् भनिन्छ । हिन्दू धर्मको मान्यताअनुसार यो संसारको सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवलाई मानिन्छ । हिन्दू धर्ममा भगवान शिवलाई प्रमुख देवता मानिन्छ । शिव भनेको शक्ति र कल्याण हो । शिवका अनेक नाम छन् । शिवलाई महादेव, भोले, पशुपति, अर्धनारीश्वर, रुद्र, नीलकण्ठ आदि नामले पुकारिन्छ । शिवका वीरभद्र, पीपलाद, नन्दी, भैरव, अश्वत्थामा आदि उन्नाइस अवतार रहेका छन् । यिनकी अर्धाङ्गिनी पार्वती हुन् भने यिनका दुई पुत्र गणेश र स्कन्द हुन् । प्रायः शिवालयहरूमा भगवान् शिवको प्रतीकको रुपमा शिवलिङ्गको स्थापना गरी पूजा गरिन्छ । शिवका तीन आँखा छन् भनिएको छ । ती तीन आँखा सत्व, रज र तमका प्रतीक मानिन्छन् । यिनलाई भूत, वर्तमान र भविष्यका प्रतीकका रुपमा पनि मानिन्छ । शिवका तीन आँखालाई त्रिलोचन भनिन्छ । भारतका विभिन्न शहरमा शिवका प्रतीकका रुपमा मानिने १२ ज्योतिर्लिङ्गहरू बनाइएका शिवालयहरू प्रख्यात छन् । गुजरातको सोमनाथ, आन्ध्रप्रदेशको मल्लिकार्जुन, मध्यप्रदेशको महाकालेश्वर, मध्य प्रदेशको ॐ कारेश्वर, झारखण्डको वैद्यनाथ, महाराष्ट्रको भीमाशंकर, तमिलनाडुको रामेश्वर, गुजरातको नागेश्वर, वाराणसीको काशी, महाराष्ट्रको त्रम्बकेश्वर, उत्तराखण्डको केदारनाथ र औंगरवादको घृष्णश्वेर रहेका छन् । यी ज्योतिर्लिङ्गहरूमध्ये पनि सबैभन्दा शक्तिशाली ज्योतिर्लिङ्ग महाकालेश्वरलाई लिइन्छ । यो प्रसिद्ध तीर्थस्थल मध्यप्रदेशको उज्जैन जिल्लामा रहेको छ । यो शिवालय ईसं १७३४ मा द्रविड वास्तुकलामा बनाइएको हो भनिन्छ । नेपालको ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल काठमाडौँको पाशुपत क्षेत्रमा रहेको पशुपतिनाथको ज्योतिर्लिङ्गलाई महाज्योतिर्लिङ्ग भनिन्छ । भारतमा रहेका १२ वटा ज्योतिर्लिङ्गको स्थापना भक्तहरूको प्राथना र तपस्याबाट भगवान शिवजीले दर्शन दिएर भक्तहरूले शिवको प्रतीक स्वरुप ज्योतिर्लिङ्ग स्थापना गरिएको थियोे भनिन्छ । पशुपतिनाथको ज्योतिर्लिङ्ग आफैँ उत्पत्ति भएको हो भन्ने भनाइ छ । अन्य ज्योतिर्लिङ्गमा मुखको आकृति छैन भने पशुपतिनाथको ज्योतिर्लिङ्गमा चारैतर्फ शिर या मुखको आकृति रहेको छ । यसले गर्दा पनि भारतमा रहेक १२ ज्योतिर्लिङ्गभन्दा महत्त्व र महिमा नेपालको पशुपतिनाथको रहेको बताइन्छ । पुराणमा बताइए अनुसार पशुपतिनाथलाई केदारनाथको शिर मानिन्छ । पशुपतिको पूर्व मुखलाई तत्पुरुष, दक्षिण मुखलाई अघोर, उत्तर मुखलाई वामदेव, पश्चिम मुखलाई सद्योजात र ऊर्ध्वमुखलाई इशान भनिन्छ ।
|
1,638 |
मंसिर ४ मा हुने निर्वाचन लक्षित सुरक्षा अवस्थाप्रति नेपाल प्रहरीले चासो रहेको र त्यसका लागि राम्रो प्रबन्ध मिलाइने नेपाल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बताउनुभएको छ । चुनाव घोषणा भइसके पश्चात जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चनाका लागि बुधवार सप्तरी आउनुभएका महानिरीक्षक सिंहले जिल्लाका सञ्चारकर्मीहरुसँग औपचारिक भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । चुनावलक्षित सुरक्षा व्यवस्थाप्रति नेपाल प्रहरी गम्भीर रहेको उहाँको भनाइ छ ।
|
1,639 |
सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन शो हुँदैछ । नायिका सञ्चिता लुइँटेल र्याम्पमा उत्रने ‘फेसन शो’ को प्रायोजक चेरिष्मा इम्पोरियमकी सञ्चालक समेत रहेकी पोखरा उद्योग वाणिज्य संघ सदस्य सीता बरालले जानकारी दिइन् । उनका अनुसार फेसन शोमा नेपालका चर्चित पुरुष तथा महिला मोडल सहभागी हुनेछन् । शुक्रबार लोकगायक बद्री पगेँनी विशेष आकर्षण रहने सांस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जनाए । यस्तै, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, कृष्ण देवकोटा, अमर धिताल, सरला पाण्डे, शिवहरि ढुंगाना, शान्ति डोटेल, पारु गुरुङ, नेत्रपाणि बास्तोला पनि गायन प्रस्तुत गर्नेछन् । बिहीबार राजेशपायल राईको विशेष प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्यो। साथै उनलाई रवि रिमाल, मीना निरौलाले साथ दिए । लोकगायक खुमन अधिकारी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, केशव देवकोटा, चन्द्रा कार्की, काजल गुरुङ, सरस्वती परियार, जगत गौडेल, नेत्रपाणि बास्तोलासहित मुलाको साग र जोगिन्दर पानवालको हास्य प्रहशन पनि समावेश गरिएको थियो। मेला प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ। मेला समापनमा प्रवेश टिकटमध्ये एक जनालाई गोलाप्रथाद्धारा हुण्र्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ। सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी छ। आयोजकका अनुसार मंगलबारसम्म करिब १ लाख २० हजार जनाले मेलाको अवलोकन गरेको र ७ करोडजतिको कारोबार भएको छ । यस्तै, दोस्रो मोवाइल मेलाअन्तर्गत मोवाइल एक्सचेञ्ज अफर प्रमुख आकर्षण बन्न पुगेको छ। अफर अनुसार बिहीबार मात्र १ सय भन्दा बढी मोवाइल साटफेर गरिएको छ। पोखरा नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा जारी मेला माघ ८ सम्म चल्नेछ ।
|
1,640 |
प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका २७ सहित ३० बढी जलविद्युत् आयोजनाको निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाले सेयर निष्कासन गर्न नपाउँदा निर्माणमै असर परेको प्रवर्द्धकले बताएका छन् । गत आर्थिक वर्षमा ४२ कम्पनीको आईपीओ जारी भएकोमा २९ वटा जलविद्युत् कम्पनी थिए । तर चालु आर्थिक वर्षमा भने एउटा (भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा) कम्पनीबाहेक निष्कासन भएको छैन । अहिले एउटा सोलार सहित १८ वटा विद्युत उत्पादन कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् । अरु ४/५ वटा कम्पनी आवेदनका लागि तयारी अवस्थामा छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निष्कासनको अनुमति नपाउँदा अरु कम्पनीहरु पनि आवेदन दिन नसकेको बताए । त्यस्तै हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका ९ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । ९ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झण्डै ७ अर्ब रुपैयाँ रहेको कार्कीले बताए । जलविद्युत कम्पनीहरुले आईपीओ तथा हकप्रद सेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजना सहित काम अघि बढाएका हुन्छन् । तर, बोर्डले अनुमति नदिएपछि विभिन्न आयोजनालाई करिब २० अर्ब रुपैयाँ जुटाउनका लागि चुनौति थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले बताए ।
जलविद्युत् कम्पनीहरुको आइपीओ तथा हकप्रद निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरेपनि सम्बन्धित निकायले तदारुकता नदेखाएको इप्पानका महासचिव बलराम खतिवडाले बताए । जलविद्युत आयोजनाले ५० प्रतिशत निर्माण कार्य पूरा भएपछि आईपीओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ । आईपीओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् । तर, सेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आईपीओको चरणमा पुगेका अन्य आयोजना समेत प्रभावित भएको प्रवर्द्धकको भनाइ छ । अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन छन् ।
|
1,641 |
ट्राफिक प्रहरीको विशेष जाँचमा ५१ विद्यार्थीसहित ३२८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको विशेष जाँचमा बुधबार ३२८ जना चालक कारबाहीमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७, आवश्यक कागजपत्र साथमा नराख्ने तीन र त्यो बाहेक अन्य आवश्यक सामान नबोकी हिँड्ने २१ जना चालक कारबाहीमा परेका हन् । आज नियमित जाँचमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १०७, एम्बुलेन्सका चालक चार र २१६ जना अन्य सवारी साधनका चालक र मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना चालकसहित ३२८ चालक कारबाहीमा परेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।
|
1,642 |
आफू जन्मेको दिन मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । त्यसैले उक्त दिनलाई रचनात्मक तरिकाले नै महत्वपूर्ण बनाउन सक्नुहुन्छ ।
|
1,643 |
अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए । उनले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत छ भन्दै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न आग्रह गरे । उनले भने, “निरपेक्ष उदारीकरणले हामीलाई सीमान्तकृतमा पनि पार्न सक्छ भन्ने विश्व अर्थतन्त्रले देखाइसकेको छ, हामी विश्वव्यापी खुला अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गरेर अघि बढ्ने सोचमा छौँ ।” प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका सांसदले मुलुकको अर्थतन्त्र रित्तो अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको टिप्पणी गरेका थिए । वि.सं.२०७४ चैत २० मंगलवार १६:०३ मा प्रकाशित काठमाडौँ ।
|
1,644 |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् । शुक्रवार कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले फोन गरेका हन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘राम्रोका लागि हो कि नराम्रोको लागि हो, मलाई प्रधानमन्त्रीको फोन आयो । म एउटा गाउँपालिकाको भवन उद्घाटनमा छु भनेर भनेँ ।’ कार्यक्रमपछि प्रधानमन्त्री ओलीसँग थप कुराकानी गर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘आउँदा देखेँ, बाटोहरु चाहिँ अलिक नाजुक नै रहेछ । म प्रधानमन्त्रीलाई पनि बाटो बनाइदिनुस् भनेर भन्नेछु ।’ तत्कालीन नेकपा पूर्ववत् अवस्थामा फर्केपछि ओली–प्रचण्डबिच त्यति फोन सम्वाद भएको बाहिरिएको छैन । यसबिचमा ओलीले पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि प्रचण्डलाई फोन गरेका थिए । यता प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सँग बताएअनुसार यही बैठकबारे निम्तो दिनका लागि पनि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेका हुन् । ‘प्रधानमन्त्रीले भोलिका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ, सचेतक भट्टराईले भनेका छन् । बैठकमा संसद् अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बुझिएको छ ।
|
1,645 |
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण निजी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जसकारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा इन्धन हाल्न सवारीसाधनको लाइन देख्न सकिन्छ । सोमबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा सर्वसाधारणसँगै अर्थमन्त्री वर्षमान पुनको गाडी पनि इन्धन भर्न पुगेको थियो । आइतबार चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राखेर थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो । आइतबार थानकोट डिपोबाट आर्मी, प्रहरी र सशस्त्र प्रहरीले मात्रै इन्धन उठाएका थिए ।
|
1,646 |
प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई फागुन १३, काठमाण्डौ । नेपालमा एकपटक जनयुद्ध भएर शान्ति प्रक्रिया सुरु भएपछि अब त्यस किसिमको शसस्त्र जनयुद्ध हुँदैन भन्नेमा जनता विश्वस्त छन् । १० वर्षको जनयुद्धमा १७ हजार नागरिकको ज्यान फागुन १३, काठमाण्डौ । सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र फागुन १३, काठमाण्डौ । नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो फागुन १२, काठमाण्डौ । नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो सुनसरी, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार सुनसरीमा पार्टीले काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच नागरिकता विद्येयकबारे छलफल भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र फागुन १२, काठमाण्डौ । पछिल्लो समय विभिन्न मन्त्रालयका सचिवहरु मन्त्रीको निशानामा पर्न थालेका छन् । आफ्नो चाहनाहनुसार काम नगरेको भन्दै सचिवको सरुवा गरेर मन्त्रीहरूले रिस पोख्ने गरेका छन् । आशालाग्दा फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री बनेपछि अघिल्लो वर्ष धुमधामसँग जन्मदिन मनाएका केपी ओलीले यस वर्ष भने आलोचनाबाट मुक्त हुने प्रयास गर्नुभएको छ । अघिल्लो वर्ष सरकारी निवास वालुवाटारमै तामझामका साथ फागुन ११, काठमाण्डौ । शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी अज्ञात समुहले बम बिस्फोट गराए । घटनामा परी ३ जना गम्भिर घाइते भए । घाइते मध्ये एकजनाको उपचारको क्रममा काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले माछापुच्छ्रे स्कूल कुसुन्तीले आयोजना गरेको माछापुच्छ्रे एक्जिवेशन–२०७५ नामक शैक्षिक प्रदर्शनीको उद्धघाट्न गरेका छन् । शनिबार उदयपुर (गाईघाट) ६ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ धुलिखेल (काभ्रे), ६ साउन । जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल भोजपुर, ६ साउन ।
|
1,647 |
बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार पोष्टको शुभारम्भ गर्दै सुरक्षा निकायले इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्दै नागरिक तथा स्थानीयको मन जित्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले भने, “गाउँशहर ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ र यहाँ काउलेपानी घरवाससमेत सञ्चालन भएकाले विभिन्न घटना हुनसक्ने भएकाले सुरक्षा आवश्यक रहेकाले अस्थायी पोष्ट स्थापना गरिएको छ ।” वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले भने, “यहाँका स्थानीय असुरक्षित तरिकाले बसेका थियो, तर अब अस्थायी प्रहरी पोष्ट भएसँगै केही सुरक्षाको अनुभूति भएको छ ।” अस्थायी प्रहरीचौकी स्थापनासँगै यहाँका स्थानीय हर्षित भएका छन् । जिल्लामा यस अस्थायी प्रहरी चौकीसहित तीन वटा अस्थायी प्रहरी चौकी रहेको छ । यस गाउँशहरमा सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार रहेको छ । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको छ । शाह वंशीय राज्यकालको उद्गमथले लमजुङ र त्यसैको विरासत लमजुङ दरबार रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास रहेको छ । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढायो । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेको थियो । धेरैपछि यशोबह्मा शाह राजा भयो । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह राजा भए । उनीपछि विभिन्न शाह राजा भई लमजुङको अन्तिम राजा वीर शाह रहेको थियो । विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीय बताउँछन् । त्यस्तै यस दरबार नजिकै काउलेपानी घरवास सञ्चालनमा रहेको छ । पर्यटकका लागि समेत सुरक्षामा टेवा पुग्ने देखिन्छ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
|
1,648 |
काठमाडौं नेपाली टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। तीन एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि युएई भ्रमणमा रहेको नेपाली टोलिका लागि खड्काले पहिलो शतक प्रहार गरेका हुन्। युएईविरुद्धको तीन एक दिवसीय श्रृंखला खेल्न युएई पुगेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको थियो भने दोस्रो खेलमा जित हात पारेको थियो। तेस्रो तथा निर्णायक खेलमा २५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाउँदा खडकाले शतक प्रहार गरेका हुन्। खड्काले ९३ बलको सामना गर्दा १३ चौका र एक छक्काको मद्दतमा शतक प्रहार गरेका हुन् ।
|
1,649 |
मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवामा कार्यक्रम सम्पन्न भएको… धनगढी : विनोद शाही हत्यामा फरार रहेकी अभियुक्त दानमती शाही कारागार चलान भएकी छिन् । फरार रहेकी अछाम जिल्ला समन्वय… धनगढी : प्रहरीले ठमेलको पर्यटकीय होटलमा जुवा खेलिरहेको अवस्थामा पक्रेको झण्डै एक दर्जनको नाम सार्वजनिक गरेको छ । ६१ किलो… धनगढी : धनगढी उपमहानगरपालिकाले गत साउनमा १९ वटै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन भन्दै दिएको निर्देशनको वेवास्ता गरिएको पाइएको… धनगढी : कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-२ स्थित चौराहमा बा १८ च… धनगढी : बाँदर नियन्त्रणका नाममा रूख काट्न पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको निर्णयमा महानगरले रोक लगाएको छ। पोखरा महानगरका कानुन… काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निराशा र आक्रोश अरूतिर मात्रै थोपरेर देश विकास नहुने बताएका छन्।… बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीमा… काठमाडौं : चरित्रहत्यासम्बन्धी पहिलेको मुद्दा टुङ्गो नलाग्दै उस्तै मुद्दामा युट्युबर मनोजकुमार महतो उर्फ मनोज मानव फेरि समातिएका छन्। उनीविरुद्ध चरित्रहत्यासम्बन्धी… दार्चुला : दार्चुलामा भन्सार छलीको चामल र चिनी प्रहरीले बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ बसपार्कबाट सोमबार साँझ प्रहरीले भन्सार… महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
|
1,650 |
पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ । वि.सं.२०७८ पुस २१ बुधवार १२:४२ मा प्रकाशित वीरगञ्ज (पर्सा) । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
|
1,651 |
यसअघि आवाज, दशगजा, भीमदत्तजस्ता चलचित्र निर्माण गरिसकेका हाल निर्माता संघको अध्यक्षको कुर्सीमा रहेका नवलले नेपाल र भारतको सीमा समस्याको उठान गर्दै नेपाल–भारत खुला सीमाका कारण भैरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्धको प्रतिरोधमा सीमामा काँडेतार लगाउनुपर्ने सन्देशसहितको चलचित्र निर्माण गरे । उक्त चलचित्रका कतिपय सिनमाथि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले कैची चलाउन खोजेपछि उनी सेन्सर बोर्डविरुद्ध आगो भएका हुन् । सेन्सर बोर्डको नेतृत्व मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले गरिरहेका छन् । बोर्ड सदस्यको जिम्मेवारीमा रहेका निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य, सरल पुन मगरलगायत छन् । उनीहरू सम्मिलित बोर्डले काँडेतार हेरेपछि केही संवाद र दृश्यमा कैंची चलाउन खोजेका थिए । तर, काँडेतारका संवाद र दृश्य काट्ने निर्णयप्रति आपत्ति जनाउँदै नवल सेन्सरका पदाधिकारीसँग क्रुद्ध भएका हुन् । कुनै पनि संवाद र दृश्य नकाटी सेन्सर सर्टिफिकेट नदिएको खण्डमा अदालत जाने धम्कीसमेत खड्काले दिएका छन् । हिन्दी र अंग्रेजी चलचित्र कपी गरेर सिनेमा बनाउनेहरूको भीडमा अलग छन् नवल । मौलिक कथावस्तुमाथि चलचित्र बनाउँदै आइएका नवलको काँडेतारको लेखन तथा निर्देशन खड्काकै छ । जहाँ गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको पनि फिल्ममा अभिनय छ ।
|
1,652 |
इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा कृष्णगनर क्षेत्रका होटलहरुमा बालश्रमिक फेला परेको शाखा अधिकृत अर्यालले जानकारी दिनुभएको छ । अधिकांश होटलहरुमा १४ वर्ष नपुगेका वालवालिकाहरु श्रम गरेर जीविकोपार्जन गरिरहेको पाइएको अर्यालले बताउनुभयो । घरायसी समस्या तथा अन्य विविध कारणले काम गर्न आएको प्यूठानका एक बालकले बताए । उनले मासिक ३ हजार पाएको र पाएको तलब घर पठाउने गरेको बताए । उनी जस्तै अधिकांश बालकहरु होटल अनुगमनका क्रममा बालश्रम गरेको पाइको छ । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवारबाट माया नपाउँदा उनीहरु होटलमा काम गर्न बाध्य छन् । कतिपय बालबालिकाका आमा वुवा नहँुदा होटलमा काम गरी पेट पाल्दै आएका छन् । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवाही गरिने जनाउनुभयो । अनुगमनका क्रममा चन्द्रौटाका केही होटलहरुमा मूल्यसूची र सरसफाई समेत नभएको पाइएको उहाँले जानकारी दिनुभयो । शान्ति पुनस्र्थापना गृह कृष्णनगरको समन्वयनमा अनुगमन गरिएको हो । अनुगमनमा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, इन्सेक प्रतिनिधि नन्दराम पौडेल, पीआरसी संयोजक भूमिराज भट्टराई, प्रहरी र संचारकर्मीहरुको सहभागिता थियो । अनुगमनका क्रममा होटल व्यवसायीले बालबालिकाहरुलाई १५ दिनभित्र अभिभावकसहित प्रशासन कार्यालय आउने प्रतिवद्धता जनाएका थिए । बालबालिकालाई श्रमिकका रुपमा होटलमा प्रयोग नगर्न प्रशासन शाखा अधिकृत अर्यालले आग्रह गर्नुभयो ।
|
1,653 |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरेका छन् । उनले विगत एक सातादेखि आफू र आफ्ना दूतहरूमार्फत राजेन्द्रलाई प्रधानमन्त्री बन्न अफर गरेको स्रोतले पुष्टि गरेको छ । पाँच दलीय गठबन्धन भत्काएर सात दलीय गठबन्धन र ३ स्वतन्त्र सांसदको समर्थनमा हाल नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यस कारण प्रचण्ड नेतृत्वमा रहेको सात दलीय गठबन्धनको सरकार ढाल्ने प्रयत्नमा छन् देउवा। उनले पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी र अन्य साना दलालाई आफ्नो गठबन्धनमा गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति देउवा हाल आफ्नै दलका सांसद पेलान तथा दोहोरो चेपुवामा छन् । कांग्रेसका दुई गुट र अन्य उपगुट भएका कारण सत्ता गुमेपछि देउवा प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको कांग्रेस कार्यसम्पादन समितिका एक नेताले पुष्टि गरेका छन् । उनले यो साता राजेन्द्र लिङ्देनलाई भेटेर तथा फोनमार्फत प्रधानमन्त्री बन्न अफर गरेको स्रोतले पुष्टि नै गरेको छ । यतिमात्र होइन, देउवाले लिङ्देनलाई भेट्न कांग्रेसका अन्य नेता तथा कार्यकर्ता पठाइरहेका छन् । स्रोतले भन्यो, ‘देउवाले यो सरकारलाई विश्वासको मत नदिने खेलमा लाग्नु भएको छ । राजनीतिमा विभिन्न सम्भावनाहरू हुन्छन् । त्यो खेलमा देउवा लाग्नु भएको छ । राजेन्द्रजीलाई धेरै पटक फोनमा पनि प्रधानमन्त्री बन्ने अफर आएको मेरो कानले सुनेको छु । देउवाले राजेन्द्रजीलाई ‘तपाई प्रधानमन्त्री बन्न तयार हुनुहोस् मिलाउने काम मेरो’ भनेर भन्नु भएको कुरा साँचो हो ।’ कांग्रेसले प्रधानमन्त्रीको अफर दिँदा राजेन्द्र लिङ्देन हाँसेको कुरा बाहिर आएको छ । सुरुमा राजेन्द्र लिङ्देनलाई यो कुरा ठट्टा गरेजस्तो शैलीमा देउवाले भनेका थिए । तर लगातार देउवा र उनी निकट मानिसको फोन आएपछि राजेन्द्र लिङ्देन बोल्न बाध्य भएको स्रोतले पुष्टि गरेको छ । स्रोतले भन्यो, ‘एक दुई पटक त भेट नै भयो त्यो बिचमा कति पटक कल आए । राजेन्द्रजीले यो विषयमा केही बोल्नु भएको छैन । देउवालाई राजेन्द्रको जवाफ थियो त्यतातिर सोचेको छैन ।’ देउवा निकट स्रोतका अनुसार देउवा र राजेन्द्रको वार्ता निरन्तर भइरहेको छ । राजेन्द्रले देउवाले गरेको अफरमा आफूले त्यतातिर नसोचेको र साथीहरूसँग छलफल गरेर मात्र अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । स्रोतका अनुसार राजेन्द्रले पार्टी कमिटीमा छलफल गरेर मात्र आफूहरूले जवाफ दिने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने पक्षमा सहमत देखिएका छन् । उनीहरू पनि प्रचण्डको सात दलीय गठबन्धनको सरकार ढाल्ने पक्षमा रहेको स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार गगन र विश्वप्रकाशले पनि राजेन्द्र लिङ्देनलाई समर्थन गरेर अगाडि बढ्ने पक्षमा छन् । उनीहरूले राजेन्द्रलाई विभिन्न सम्भावनाहरूको बारेमा जानकारी गराइराखेको विश्वप्रकाश निकट स्रोतले बताएको छ । विश्वप्रकाश र राजेन्द्र राजनीतिक विचार फरक फरक भए पनि सानैदेखिका साथीसाथी हुन् । उनीहरूको शैक्षिक थलो एउटै भएका कारण पनि उनीहरू नजिक छन् । कांग्रेस निकट एक नेताका अनुसार राजेन्द्र लिङ्देनलाई विश्वप्रकाशले निरन्तर संवाद र वार्ता गरिरहेका छन् । राजेन्द्रलाई विश्वप्रकाशले भेटेर भनेका छन्, ‘ हामी मिल्नु पर्छ । तिमीलाई हामी पीएम बनाउन तयार छौँ । विश्वासको मतको विपक्षमा मतदान गर । मिलेर जानुपर्छ यार ।’ ती नेताले बताए अनुसार गगन र राजेन्द्र पनि निरन्तर संवादमा छन् । गगनले पनि राजेन्द्रलाई फकाइरहेको खुलेको छ । २ सय ७५ जना प्रतिनिधि सभाका संसद मध्ये, प्रतिनिधि सभामा ८९ सिटसहितको सबैभन्दा ठुलो दल कांग्रेस सत्ताबाहिर छ । यस्तोमा नेकपा एमालेको ७८ सिट छ, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, लोसाको ४ , नागरिक उन्मुक्तिको ३, यस्तै ५ जना स्वतन्त्र संसद् र राष्ट्रिय जनमोर्चाको बाट १ र नेमकिपाबाट १ जना निर्वाचित भएका छन् । जम्मा एक जना स्वतन्त्र सांसद किरणकुमार शाह एमालेतर्फ खुलेका छन् । हाल ५ जना स्वतन्त्र संसद् मध्ये ३ स्वतन्त्र सांसदले समर्थन गरेर माओवादी नेतृत्वको सरकार बनेको छ । माओवादी नेतृत्वको सरकारमा हाल सात दल छन् । जम्मा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, र तीन स्वतन्त्र संसद् सरकारमा छन् । १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले अन्य पार्टीसँग छलफल गरिरहेको छ । तर हलालसम्म माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मात्र सरकारमा गएका छन् । अन्य तीन पार्टीले सरकारलाई समर्थन मात्र गरेका छन् । प्रचण्डलाई बहुमतका लागि संसद्मा १ सय ३८ सिट चाहिन्छ । तर प्रचण्डलाई विश्वासको मतबाट वञ्चित बनाउन कांग्रेसले कसरत गरेको देखिन्छ । कांग्रेसले सरकारमा गएका एमाले, माओवादी बाहेक रास्वपा, जनमत पार्टीका र केही स्वतन्त्र सांसदलाई प्रस्ताव गरिरहेका छन् । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने खेललाई तीव्र पारेको स्पष्ट छ । बहुमतका लागि प्रचण्डलाई १ सय ३८ सिट चाहिन्छ तर नेपाली कांग्रेसले राप्रपा, जसपा, नाउपासँग सहकार्य गर्न चाहेको छ । उसले नेपाली कांग्रेस ८९ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्ट पक्षको ८ सिट, राप्रपा १४ सिट, जसपा १२ सिट, नेकपा एकीकृत समाजवादीकाे १० सिट, जनमत पार्टीका असन्तुष्ट पक्षको २, लोसपाकाे ४ सिट, नागरिक उन्मुक्ति पार्टीकाे ३, राष्ट्रिय जनमोर्चाकाे १ सिट तथा नेमकिपाकाे सिट र स्वतन्त्र उम्मेदवाकाे मध्ये ३ सिट आफ्नो पक्षमा पार्न चाहेको छ । यसो हुँदा कांग्रेसको जोडघटाउमा प्रचण्डको विपक्षमा मतदान गर्नेको सङ्ख्या १ सय ४१ जना हुन्छन् भने प्रचण्डको पक्षमा मतदान गर्नेको सङ्ख्या १ सय ३४ हुन्छ । कांग्रेसका एक नेताले आफ्नो जोडघटाउ सुनाउँदै भने, ‘हामीले यो खालको कसरत गरेका छौँ । सफल बनाएरै छाड्ने हो । कसलाई कहाँ मिलाउनु पर्छ हामी निर्णय गर्छौँ । हामीले राजेन्द्रजीलाई प्रधानमन्त्रीका लागि अफर गरेको साँचो हो । राजनीतिमा चलाखीपन गर्ने प्रचण्डलाई मात्र होइन हामीलाई पनि आउँछ ।’ उनले रास्वपा स्वतन्त्र र जनमत पार्टी त सरकारमा गएको छ कसले कसले विपक्षमा भोट देलान् त भन्ने प्रश्नमा भने,‘ हामीले नाम तयार पारेर गोजीमा बोकेर हिँडेका छौँ । अहिले बाहिर ल्याउन मिल्दैन ।
|
1,654 |
बुधबार दिउँसो सिमलताल पहिरो घटनाको बारेमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय चितवनमा छलफलमा थियो । त्यहीबेला प्रशासन कार्यालयबाट करिब २ किलोमिटर टाढा भरतपुर ७ का केही स्थानीयले एक सवारी साधन नियन्त्रणमा लिए । गगुल म्याप सर्भेका लागि भनेर कृष्णपुरको पिच बाटोमा हिंडिरहेको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको सुन्तला रंगको गाडीलाई केही स्थानीयले घेरे । गाडीमा थिए, सर्भे गर्ने आरएस इन्जिनियरिङ काठमाडौंमा काम गर्ने बारा जितपुरसिमरा उपमहानगरपालिकाका २१ वर्षीय नेभिगेटर अजित बस्नेत र धादिङको गल्छी गाउँपालिका ८ का ३५ वर्षीय चालक दिलिप तामाङ । गाडीको छतमा सर्भे सम्बन्धी उपकरण राखिएका थिए । गाडी घेरेर बसेका स्थानीयले अरूलाई फोन गरेर बोलाए । सर्भेका लागि आएका कर्मचारीलाई केरकार गरे । कागजात देखाउन भने । कसको आदेशले आएको भन्दै थर्काए । नेभिगेटर बस्नेतले गुगल म्याप अपडेट सर्भेका लागि आएको दाबी गरे । तर स्थानीयले रेलमार्ग हिंड्ने भनिएको क्षेत्रमै सर्भे गर्ने काम किन गरेको भनेर प्रश्न गरे । बजार या अन्य क्षेत्रमा नगरेर रेलमार्गको नक्सांकन भएको ठाउँमा नै सर्भे गरिएको भन्दै स्थानीय थप आक्रोशित बने । यसभन्दा अगाडि पनि थाहै नपाई सर्भे गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् । यसकारण उनीहरू थप आक्रोशित बने । कोही महिला गाडीमाथि चढे । केहीले रेलमार्गविरुद्ध नाराबाजी गरे । बिस्तारै स्थानीयको संख्या बढ्दै गयो । प्रहरी पनि आइपुग्यो । प्रहरी आएपछि स्थानीयको मनपरी झन् बढ्यो । कोही गाडीमा आगो लगाउनुपर्छ भन्दै भीडलाई उक्साउन थाले । यत्तिकैमा गाडीमा आगो लाग्यो । यो सबै प्रहरीले चुपचाप हेरिरह्यो । आगो लगाउनुअघि करिब डेढ घण्टा सर्भेको गाडी स्थानीयको नियन्त्रणमा थियो । तर पनि प्रहरीले गाडी छुटाउने प्रयाससमेत गरेन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले घटनामा संलग्नहरूलाई पहिचान गर्ने र पक्राउ गर्ने काम सुरु गर्न लागिएको बताए । उनले घटनामा संलग्न कोको छन् भनेर अनुसन्धान थालिएको बताउँदै प्रहरीको सानो संख्या र स्थानीयको ठूलो संख्या भएकाले दुर्घटना रोक्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको बारेमा विस्तृत बुझिरहेको प्रतिक्रिया दिएका छन् । गुगल म्याप सर्भे गर्न आएको टोलीले मंगलबार भरतपुर ८ मा सर्भे गरेको थियो । पूर्व–पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घनाबस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयले संघर्षका कार्यक्रम गर्दै आएका छन् । बस्तीलाई उजाड बनाएर रेलमार्ग बन्न नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरूको छ । टिकौलीको जंगल छेउबाट सुरु भएर भरतपुर ८, ७, ५, ४, १६ नम्बर वडालाई छुँदै रेल जाने गरी सिमाङ्ककन गरिएको स्थानीयको दाबी छ । यो क्षेत्रका २२ सय घरधुरी प्रभावित हुने रेल पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए । रेल मार्गको लागि भरतपुर महानगरपालिकाले वैकल्पिक उपाय र रूटका बारेमा कार्यपालिका बैठकबाट निर्णय गरेर पठाउँदासमेत विभागले जबर्जस्ती गरेको नेपालले बताए । सर्भे गर्ने भनेर आएको टोलीले प्रमुख जिल्ला अधिकारी र भरतपुर महानगरपालिका कसैसँग पनि समन्वय नगरेको सचिव नेपालको दाबी छ । ‘हामीले प्रमुख जिल्ला अधिकारीकोमा पनि गएर बुझ्यौं, उहाँले आफूलाई जानकारी नभएको बताउनुभयो,’ नेपालले भने, ‘महानगरमा हामी बुझ्न जाँदा यस्तो घटना भइसकेछ, जे भयो नराम्रो भयो ।’ झापाको काँकडभिट्टाबाट सुरू भई कञ्चनपुरस्थित गड्डाचौकी जोड्ने भनिएको ९२५ किलोमिटर लामो रेलमार्गको अहिले बाराको निजगढ क्षेत्रमा मात्रै सुस्त गतिमा काम भइरहेको छ । पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।
|
1,655 |
पेटीएमले अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको गुगलले बताएको छ । पेटीएम भारतको एक प्रमुख एप हो र यो महिनासम्ममा पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ । ‘अनलाइन जुवा र अरु अनियमित ग्याम्बलिङ एप, जसले सट्टाबाजीलाई बढावा दिन्छ, तिनलाई प्ले स्टोरले रोक्छ र पेटीएमले लगातार प्ले स्टोरको नीतिको उल्लङ्घन गरिरहेको छ’, गुगलले भनेको छ । गुगलकी भाइस प्रेसिडेन्ट सुजेन फ्रेले गुगल प्ले ग्राहकलाई एक सुरक्षित महसुस गराउस सकियोस् भनेर बनाइएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसले विकासकर्तालाई दिगो व्यापारको अवसर प्रदान गर्दछ । तर हाम्रा नीतिहरुको पनि ख्याल गर्नुपर्छ ।’ तर पेटीएमले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा गुगल प्ले स्टोरमा नयाँ डाउनलोड र अपडेट्सका कारण एप उपलब्ध नभएको जनाएको छ । पेटीएमले एप चाँडै पुरानै अवस्थामा फर्किने र सबैको पैसा सुरक्षित रहेको जनाएको छ । सन् २०१० मा यो कम्पनीको सुरुवात नगदरहित लेनदेनको विकल्पको रुपमा भएको थियो ।
|
1,656 |
महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उनलाई सो सम्मान प्रदान गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएका थिए । विसं २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएकी उनले हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखमा छिन् । यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसक्नुभएको छ । अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ ।
|
1,657 |
कोरोना भाइरस संक्रमणका कारण लगाइएको लकडाउनविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसले प्रदर्शन गरेका छन्। बर्लिनको देन लिन्डेन र ब्रेन्डनबर्ग गेटनजिक शनिबार प्रदर्शन भएको हो। बर्लिनको उत्तर देन लिन्डेननजिक प्रदर्शनमा सहभागीहरुले प्रहरीविरुद्ध ढुंगामुडा गर्नुका साथै बोत्तल फ्याँकेका थिए। त्यसक्रममा २ सय मानिसलाई हिरासतमा लिइएको छ। प्रदर्शनकारीहरुले कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धका कारण आफ्नो अधिकार र संविधानले दिएको स्वतन्त्रताको हक उल्लंघन भएको आरोप लगाएका छन्। लकडाउन हटाउनुपर्ने उनीहरुको माग छ। जर्मनीमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार ८ सय ३५ छ भने ९ हजार २ सय ९९ जनाको मृत्यु भएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,658 |
क्ब्होलासोथार गाउँपालिका र तमु प्लेहु संघ लमजुङले संयुक्त रूपमा बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो माग गरेका हुन । क्ब्होलासोथारको प्रचारका लागि तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङको नेतृत्वमा ६ दिने पदयात्रा गरिने भएको छ । सो पदयात्रा असोज १ गते बेसीसशहरबाट थालिने भएको तमु प्लेहु संघ लमजुङका जिल्ला सचिव मनमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पदयात्रा २० देखि २५ जनाको टोली जाने भएको छ । तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङले क्ब्होलासोथारको महत्वमा प्रकाश पार्दै लुम्बिनी बुद्धको जन्म थलो भएजस्तै क्ब्होलासोथार गुरुङ जातिको जन्म थलो हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘उक्त थलोलाई विश्वसम्पदा सूचिमा सूचिकृत भएमा विश्वभर छरिएर रहेका गुरुङमात्र नभई अन्य जाति पनि सो स्थान हेर्न त्यसको महत्व जान्न आउने छन् जसले गर्दा त्यसक्षेत्र खोज अनुसन्धान र संरक्षण तथा प्रवद्र्धनमा टेवा गुग्ने विश्वास गएिको छ ।’ सो पदयात्रामा लागि क्ब्होलासोथार गाउँपालिकाकाले चालु आवमा तीनलाख रुपैयाँको बजेट विनियोजन गरेको सो गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनु भयो । उहाँले भन्नुभयो आउँदा वर्षमा बजेटको थप व्यवस्था गरी सो क्षेत्रमा जाने पदमार्गलाई व्यवस्थित गर्ने र प्रर्यटन प्रवद्र्धनमा सहयोग गर्ने नीति गाउँपालिकाकाले लिएको छ । यसरी विश्वभरका गुरुङहरू र अन्य अनुसन्धानकर्ता लाई यस क्षेत्रमा ल्याउन सकेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्दा सिंगै गाउँपालिका क्षेत्रको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने विश्वास गरिएको उहाँको भनाई छ । क्ब्होलासोथारसम्म जानका लागि लमजुङतर्फबाट दुई वटा र कास्कीबाट एउटा पदमार्ग रहेको घलेले बताउनु भयो । उहाँका अनुसार कास्कीतर्फको पदमार्ग कास्कीकै गाउँपालिकाले र लमजुङको पदमार्ग क्ब्होलासोथार गाउँपालिकाले निर्माण गर्ने सहमति भएको छ । लमजुङतर्फ घलेगाउँ भुजुङ हुँदै एउटा र अर्को गिलुङ, घाम्राङ, पसगाउँ हुँदै अर्को पदमार्ग विकसित गरिने भएको घलेको भनाई छ । उहाँले भन्नुभयो आफ्नो अध्यक्ष कार्यकालको बाँकी अवधिमा ती पदयात्रा मार्गको निर्माण सम्पन्न गरी अन्तिम वर्ष क्ब्होलासोथार महोत्सव सञ्चालन गर्ने सोच छ, त्यो समयसम्ममा यो क्षेत्र अर्थात् क्ब्होलासोथारलाई विश्व सम्पाद सूचिमा सूचिकृत हुने विश्वास गरेको घलेले पत्रकारहरूलाई बताउनु भयो ।
|
1,659 |
आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चापनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
|
1,660 |
चर्चित एवम् विवादित विद्यालय शिक्षा विधेयक संसद्मा टेबुल भएको छ । शिक्षामन्त्री अशोक राईले आइतबारको बैठकमा उक्त विधेयक टेबुल गरेका हुन् । विधेयकका व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलित भएका थिए । सरकारले विधेयक संशोधन गरी शिक्षकका माग सम्बोधन गर्ने बताएपछि शिक्षकको आन्दोलन टुंगिएको थियो । विधेयक पेशसँगै आजको संसद बैठक सकिएको छ । संसदको अर्को बैठक असोज १६ गते १ बजेका लागि बोलाइएको छ । संसदमा विधेयक टेबुल गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।
|
1,661 |
जसमध्ये ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
|
1,662 |
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको भूमिकामा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सफल हुने बताएका छन् । बिहीबार कांग्रेसका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले राजनीतिकमा खारिएको व्यक्ति भएकाले राष्ट्रपति पौडेललाई कुनै चुनौती नभएको बताए । 'उहाँ राजनीतिक रूपमा खारिएको मान्छे हो । संयोजनको क्षमता छ । त्यसैले जनगुनासोलाई मेटेर उहाँ अघि बढ्नुहुन्छ,' उनले भने । उपसभापति खड्काले राष्ट्रपति पौडेललाई संविधानले खोजेको भूमिका निर्वाह गर्न सुझाव दिने बताए ।
|
1,663 |
सन् १३४६ अक्टोबरको त्यस युद्धमा इंग्ल्यान्डका सेनाले तत्कालीन स्कटिस राजा डेविड द्वितीयलाई बन्दी बनाउँदै लण्डन पुर्याएका थिए। जुन स्कटिसको लज्जास्पद हारका रुपमा इतिहासमा दर्ज छ। हरेक फुटबल खेलमा स्कटिसहरु त्यो हारको बदला खोज्छन्। मैदानमा इंग्ल्यान्डलाई हराउँदै त्यो पुरानो घाउमा मल्हम लगाउने उनीहरुको सपनाकै कारण विश्व फुटबलमा यी दुई देश चिरप्रतिद्वन्द्वी बन्दै आएका छन्। जारी युरोकपमा यिनै दुई टोली शुक्रबार राति पुनः आमनेसामने हुँदै छन्। यी पुराना दुस्मनहरुबीचको यो १००औँ भीडन्त समेत हो। खेललाई आफ्नो पक्षमा पार्दै इतिहास रच्ने दाउमा दुवै टोली छन्। सन् १८७२ मा फुटबल मैदानमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच पहिलो भेट भएकाे थियो। त्यसयता उनीहरुबीच हरेक खेलमा कडा प्रतिद्वन्द्विता देखिएको छ। भलै यी दुई देशबीचका भीडन्तमा इंग्ल्यान्ड ४८–४१ ले अघि होस्, क्षेत्रफल र आर्थिक हिसाबले निकै पछि रहे पनि स्कटल्यान्डले आफ्नो पुरानो शत्रु इंग्ल्यान्डमाथि फुटबलको माध्यमबाट सधैँ वजनदार मुक्का प्रहार गर्दै आएकाे छ। दुवैबीच यस्ता अनगिन्ती ऐतिहासिक खेल भएका छन् जसले विश्वमा यिनीहरुको प्रतिद्वन्द्विता दर्शाउँछ। इंग्ल्यान्डले भर्खरै १९६६ को विश्वकप जितेको थियो। इंग्ल्यान्डको उक्त खुसीलाई अर्को वर्ष लण्डनको प्रसिद्ध वेम्बली स्टेडियममा हराउँदै स्कटल्यान्डले खल्लो बनाइदियो। सन् १९७७ को होम च्याम्पियनसिपमा पुनः वेम्बलीमै स्कटल्यान्डले इंग्ल्यान्डलाई हराउँदा स्टेडियमबाट हजारौं स्कटिस समर्थकहरु मैदानमा उत्रिँदै खुसी मनाएका थिए। १९९६ को युरोकपमा इंग्ल्यान्डले स्कटल्यान्डलाई २–० ले हराउँदै त्यसको बदला पनि लियो। विश्वकप जितेपछि इंग्ल्यान्डले ३० वर्षपछि आयोजना गरेको त्यो नै ठूलो प्रतियोगिता थियो। यही खेलमा दोस्रो गोल गरेपछि इंग्ल्यान्डका पल गैस्कोइग्नेले गरेको सेलिब्रेसन ‘डेन्टिस्ट चेयर’का नामले फुटबलमा प्रसिद्ध छ। उक्त खेलपछि इंग्ल्यान्ड र स्कटल्यान्ड युरोकपमा पहिलोपल्ट शुक्रबार राति १००औं खेलमा भिड्नलागेका हुन्। सन् २०१८ को विश्वकप सेमिफाइनलमा हारको बदला लिँदै जारी युरोकपमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै सुखद यात्रा सुरु गरेको थियो। स्कटल्यान्डले भने पहिलो खेलमै चेक रिपब्लिकसँग २–० हारको अप्रत्याशित नतिजा निकाल्यो। वेम्बली स्टेडियममा यी दुई टोली ३२ पटक खेलेका छन्। ती खेलमा स्कोर निस्किएकै छ। हालसम्म कुनै पनि खेल गोलरहित बराबरीमा सकिएको छैन। सन् २००० यता भएका खेलमा भने औसतमा यी दुईबीचको खेलमा चार गोल भएकाे छ। स्कटल्यान्डविरुद्धको खेलमा जित्दै ग्यारेथ साउथगेटको टोली अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ। यता स्टिभ क्लार्कको टोली स्कटल्यान्डलाई पनि जित नै चाहिएको छ। इंग्ल्यान्डसँग पराजित भयो र यही समूहको क्रोएसियालाई पनि चेक रिपब्लिकले हरायो भने स्कटल्यान्डले समूहको शीर्ष दुईमा रहँदै अन्तिम १६ मा स्थान बनाउने मौका गुमाउनेछ। यद्यपि समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीले पनि अन्तिम १६ मा स्थान बनाउने भएकाले त्यो मौका भने ऊसँग हुनेछ। पछिल्लो इतिहासले पनि स्कटल्यान्डलाई साथ दिएको छैन। पछिल्ला ११ खेलमा उनीले इंग्ल्यान्डलाई १ खेलमा मात्रै हराउनसकेका छन्। जुन खेल १९९९ नोभेम्बरमा वेम्बली स्टेडियममै थियो। यता इंग्ल्यान्डका रक्षक ह्यारी मागुइरे चोटमुक्त भएसँगै उसले ठूलो राहत महसुस गरेको छ। प्रशिक्षक साउथगेटले मागुइरेलाई स्कटल्यान्डविरुद्ध मैदानमा उतार्ने बताइसकेका छन्। उसका रहिम स्ट्रर्लिङ पनि उच्च लयमा देखिएका छन्। उनले इंग्ल्यान्डका लागि क्रोएसियाविरुद्धको खेलसहित १७ खेलमा १९ गोल गरिसकेका छन्। २०२१ मा इंग्ल्यान्डले खेलेका सबै ६ खेलमा जित हात पारेको छ। तर हालसम्म वर्षको सुरुवातबाट इंग्ल्यान्डले लगातार ७ खेल जित्नसकेको छैन। स्कटल्यान्डविरुद्ध शुक्रबार राति उसलाई त्यो इतिहास रच्ने मौका समेत हुनेछ ।
|
1,664 |
३३ वटा आयोजनाको त सञ्चालनमा आउनुपर्ने अवधिसमेत सकिएको छ । तर आयोजना निर्माणका लागि न सरकारले आवश्यक सहजीकरण गर्न सकेको छ, न त लाइसेन्स नै खारेज गर्न आँट गरेको छ । सरकारले १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको चार वर्षभन्दा बढी भयो । त्यसरी उत्पादित ५ हजार मेगावाट विजुली वाहृय बजारमा बेच्ने लक्ष्य थियो । राष्ट्रिय प्रसारण प्रणालीमा १ हजार ७३ मेगावाट बराबरका आयोजना जोडिएका बेला निर्धारित गरिएको यो लक्ष्यअनुसार काम भएको भए वाषिर्क १५ सय मेगावट बिजुली थपिनुपर्ने थियो । तर ४ वर्षमा जम्मा ११ सय १६ मेगावाट मात्रै थपिएको छ । निर्माणको लाइसेन्स लिएर विद्युत् प्राधिकरणसाग बिजुली खरिद सम्झौता गरेका ८४ वटा आयोजनाले निर्माण नै अघि बढाएका छैनन् । आयोजना ओगटेर बस्ने प्रवृति हावी भएपछि सरकारले त्यस्ताको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएको छ । विद्युत् खरिद सम्झौता अनुसार २ वर्षमा निर्माण सुरु गरि सक्नुपर्छ । तर, कति वर्षमा कति काम सक्ने भन्ने व्यवस्था कतै छैन । जसको फाइदा उठाउादै धेरै आयोजनाले काम सुरु गर्ने र बीचमै अलपत्र पार्ने गरेका छन् । २०७३ सालमै सञ्चालनमा आउनुपर्ने आयोजनाले समेत अहिलेसम्म काम सकेका छैनन् । आयोजनाहरुको अध्ययन गरेर आलटाल गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विज्ञ बताउाछन् । लाइसेन्स ओगटेर राख्ने तर आयोजना अघि नबढाउने गर्दा सरकारी लक्ष्यमा बाधा पुग्ने मात्र होइन, निजी क्षेत्रको विश्वासमा समेत प्रश्न उठ्ने छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै भारतीय बजारमा बिजुली बेचेर ४ अर्ब कमाएको छ । त्यसैले समयमै आयोजना अघि नबढाई होल्ड गरेर राख्दा मुलुकले बिजुली बेचेर बिदेशी मुद्रा आर्जन गर्ने लक्ष्यमा ठेस त लागेको छ नै हिउादमा आफैंलाई नपुगेर आयात गर्नुपर्ने बाध्यता कायमै छ ।
|
1,665 |
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४२९९ मतले अग्रता लिएका छन् । शर्माले ११ हजार ३८५ प्राप्त गर्दा नेकपा एमालेका अग्नि प्रसाद खरेलले ७०८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले १९८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रको प्रदेशतर्फ पनि गठबन्धन अगाडी देखिएको छ। झापा २ मा एमालेका देवराज घिमिरेले अग्रता कायम राखेका छन् । घिमिरेले २ हजार ७४९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २ हजार ५७६ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार हरिकुमार रानाले भने १ हजार ३८६ मत मात्रै ल्याएका छन् ।
|
1,666 |
जिल्लाको धोबिनी गाउँपालिकाको वाड नं ४ लंगडी चौकमा लगाउन लागेको भेपर लाईट बतीमा ठेकदारको चरम लापरवाही र अनियमिता गरेको आरोप लागेकाे छ । ठेकदारले जडान गर्न लागेका भेपर लाईट बतीमा तल बेसमा उठाएको पिलरमा बालुवा गिटी र सिमेन्ट कमसल र कम हालेका कारण बनाएको पिलर कमजोर भएपछी स्थानिय हरुले बिरोध गरेका छन । भेपर लाईट बती जडान गर्न लागेका तल उठाएको पिलरमा तलबाट गिटी झर्नसुरु भएकोले काममा अनियमिता भएको खुलेको छ । ठेकदारले १५ लाखमा धोबिनी गाउँपालिका बाट ठेका लिएपछी पेटि कन्टेक्टमा अखिलेस प्रसादले ठेका लिएर आफै काम गरिरहेको थियोे । ठेकदारले बिना प्राबिधिक आफ्नो मनोपोली ढंगले काम गरिरहेको बताइएको छ । ठेकदारले आफ्नो कमजोरी लुकाउन पिलरमा पोवाल भएको पिलरमा पलास्तर समेत गरेको पाइउको छ । समबन्धित निकाय मौन देखिएको छ ।
|
1,667 |
बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुँदै कोरोना सङ्क्रमितहरुलाई तत्काल प्रदेशका १३ वटै जिल्ला अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले आगामी आव २०७८/०७९ का लागि ल्याइने बजेट, नीति कार्यक्रममा कोभिड सङक्रमण नियन्त्रण गर्ने प्रयास एवम् भौतिक पूर्वाधारको विकास र रोजगारीको सृजना गर्ने काम उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने उल्लेख गरे । उनले विगतको समयमा प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलले उठाएको मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले तत्काल मदन भण्डारी फाउण्डेशनलाई दिएको ५० लाख रुपैयाँ अनुदान फिर्ता लिएको र प्रतिपक्षहरुले अब सरकारलाई सकारात्मक रुपमा लिनुपर्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पौडेले सरकारले प्रदेशमा सुशासन ल्याउन मानव अधिकारको संबद्र्धन गर्न र प्रहरी जनशक्तिलाई समयानुकुल दक्ष र क्षमतावान बनाउन प्रदेश प्रहरी युनिटलाई गतिशिल तुल्याउने बताए । उनले सरकारले आफ्नो नीति कार्यक्रम प्रचारमुखी नभई परिणममुखी र जनतालाई केन्द्रविन्दुमा राखेर ल्याइएको चर्चा गर्दै विद्युतीय बस सञ्चालन गर्न सरकारले चार्जिङ्ग स्टेशनको भौतिक निर्माण गर्न र बस खरिदका लागि बोल पत्र आह्वान गरिसकेको र केही दिनभित्रै बस खरिदको सम्झौता हुने स्पष्ट पारे । उनले प्रदेशका १३ जिल्लाका अस्पतालको स्तरोन्नति, यन्त्र उपकरण खरिद, अक्सिजन प्लाण्टको जडान लगायत अन्य औषधि खरिद प्रक्रियाको लागि सरकारले हालसम्म ३१ करोड रुपैयाँ रकम खर्च गरेको बताए ।
उनले सबै दलहरुसँग आफुले सहकार्य गरेर नीति कार्यक्रम बजेट तर्जुमा गरेको र आगामी वर्षको नीति कार्यक्रमले कृषि उत्पादन, रोजगारीको अवसर सृजना गर्ने, भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गरेर अघि बढ्ने सरकारको दृढता रहेको बताए । प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुँदै प्रदेशमा सुशासन ल्याउन र अहिले कठिन चुनौतिको सामना गर्ने कोभिड सङ्क्रमणको निन्त्रणका लागि सरकारको सम्पूर्ण योजना र ध्यान केन्द्रीत हुनुपर्ने धारण व्यक्त गरिन् । बैठकमा नेकपा माओवादी केन्द्र प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्ट्लले प्रदेश सरकारले ऐन कानुनको मर्यादालाई उलङ्घन हुने गरी दलगत स्वार्थको लागि विभिन्न अनुदान रकम वितरण गर्ने गरेकोमा चिन्ता व्यक्त गर्दै सरकारले अहिले ल्याउने बजेट सन्तुलीत र जनताप्रति जिम्मेवार हुनुपर्ने, त्यसो नगरिए बजेट पारीत हुन नसक्ने धारणा व्यक्त गरे । नेता जम्मकट्टेलले प्रदेशका नागरिकलाई कोभिड सङ्क्रमणको उपचारको क्रममा पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुको सट्टा प्रदेश सरकारले आफ्नो दलगत स्वार्थका लागि विद्युतीय बस खरिद र भीमफेदी कुलेखानी सुरुङमार्गको निर्माण कार्य रद्द गर्नुपर्ने प्रतिपक्ष दलहरुको माग रहेको उल्लेख गरे । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रतिपक्ष दलहरुसँग सहकार्य र छलफल नै नगरी बजेट नीति कार्यक्रम पूर्ण प्रस्तावना ल्याइएकोमा आपत्ती प्रकट गर्दै अहिले जनताको स्वास्थ्य उपचारको लागि मात्र केन्द्रबिन्दुमा राखेर अस्पतालको सेवा विस्तार र चिकित्सकहरुको पर्याप्त दरवन्दी सृजना गर्नेतर्फ सरकारले बजेटमा समावेश गर्न नसकेकोमा तत्काल बजेटको छलफलमा संशोधन गर्न माग गरे । उनले भौतिक पूर्वाधारलाई केन्द्रविन्दुमा राखेर सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वाधार नै नबनाई विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको र सुरुङ मार्गको बोलपत्रलाई रद्द गरेर त्यसमा लगानी भएको रकम कोभिड सङ्क्रमण नियन्त्रणका लागि नीतिगत कार्यक्रम तर्जुमा गरी खर्च गर्न आग्रह गरे । सोही बैठकमा विवेकशील साझा दलका नेता रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोरसाई, राप्रपाकी रीना गुरुङले प्रदेशको १३ जिल्लामा देखिएको कोभिड सङ्क्रमणलाई नियनत्रण गर्ने प्रयासका लागि प्रतिपक्ष दलहरु सरकारलाई साथ दिन तयार भएपनि सरकारका जिम्मेवार व्यक्तिहरुले दलहरुसँग सहकार्य र छलफल गर्ने प्रवृत्ति समावेश हुन नसक्दा रोग नियन्त्रणमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे । उक्त बैठकमा प्रदेशसभाको आगामी बैठकमा प्रदेशसभाको सभामुख उपसभामुखको अनुपस्थितीमा प्रदेशसभा सदस्य शान्ती थिङ, विजया केसी श्रेष्ठ, हिरानाथ खतिवडा तोकिएका छन् । यसै गरी सोही बैठकले प्रदेशसभाको विभिन्न मितिमा बसेको बैठकमा कारणवस अनुपस्थित ७ प्रदेशसभा सदस्यहरुको बिदा स्वीकृत गरेको छ । यसै गरी आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले महालेखा परिक्षकको वार्षिक प्रतिवेदन २०७७, प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७ र मुख्यन्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७६÷०७७ प्रस्तुत गरेका थिए । सोही बैठकमा प्रदेशसभाको सार्वजनिक लेखा समितिका अध्यक्ष न्हुक्षेनारायण श्रेष्ठले सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
|
1,668 |
कतारमा रहेर काम गर्ने विदेशी कामदारले अब कतार छाड्दा अनुमति लिन नपर्ने भएको छ। कतार सरकारले ‘एक्जिट भीसा’ सम्बन्धी नियम हटाउने विधेयक मंगलबार पारित गरे सँगै यस्तो नियम हटाइएको हो। विधेयक पारित सँगै विदेशी कामदारहरुले देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने छैन। यसअघि देश छाड्दा रोजगारदाता कम्पनीको अनुमति चाहिन्थ्यो। कतारका श्रमिक अधिकारवादी समूहले यो नियमलाई खारेज गर्न आईएलओसमक्ष माग राखे पछि सरकारले सम्बोधन गरेको हो। सरकारी तथ्यांकअनुसार कतारस्थित २५ लाख विदेशी कामदारले कन्ट्राक्टमा काम गरिरहेका छन्। समाचार एजेन्सीका अनुसार एसियाबाट मात्र १६ लाख मानिसहरु रोजगारीका लागि कतारमा छन्। त्यसैगरी कतारमा ४ लाख भन्दा बढी नेपाली रहेका छन् ।
|
1,669 |
विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनी गाउँ फर्किए । हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका छन् । सेती प्राविधिक शिक्षालय दीपायलबाट २९ महिने कृषि जेटिए पढाइ गरेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिक रूपमा कृषि कर्म गरिरहेका छन् । उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरेका छन् । उनको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पालेका छन् । त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गरेका छन् । बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गरेका छन् । भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उनले बताए । सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उनी केही समय विदेशको चक्करमा लागेका थिए । “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उनले भने, “बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।” खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताए । “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उनले भने, “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ ।” दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहेका छन् । “दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो,”, उनले भने, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लागेका छन् । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए । “कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन ।” उनले भने, “सहकारीबाट रु २० हजार ऋण लिएर मैले सुरुआत गरेको हुँ ।” कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताए । कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनको बुझाइ छ । “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ,” उनले भने, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।” खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउँछन् । कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उहाँले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे । “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट राम्रै आम्दानी हुन्छ,’’ उनले भने, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।” कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताए । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उनले भने, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उनले बताए । “यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ ।” उनले भने, “उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु ।” कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ ।
|
1,670 |
कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेको प्रस्ताव स्वागतयोग्य छ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ । ”
नेपालको पर्यटन क्षेत्र आठ महिनादेखि कोमामा पुगेको बताउँदै दुई दिन बिदाले राहत प्रदान गर्ने उनको भनाइ छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएको हुँदा आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके पर्यटन व्यवसायीलाई राहत हुने विश्वास उनको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यावहारिक र समय सान्दर्भिक रहेकोसमेत उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौँ, सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
|
1,671 |
निरन्तर ओरालो लागेको शेयर बजार आज पनि १७ अंकले घटेको छ । आजको दिनमा विभिन्न कम्पनीका ५४ लाख ३९ हजार कित्ता शेयर कारोबार हुँदा २ अर्ब ४६ करोडको कारोबार भएको छ । आजको दिन १७.९३ अंकले नेप्से घट्दै २३५८ को बिन्दुमा अडिएको छ ।
|
1,672 |
सरकारले खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने र गराउने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । सरकारले आगामी आर्थिक वर्षमा वर्क स्टेसन स्थापना गरेर पाँच हजारलाई रोजगारी सृजना गर्ने भएको छ । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ । सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षमा हिउँद याममा बागमती नदीको बहाव सन्तुलन गर्नका लागि बागमती नदी आसपासमा पुनः भरणको व्यवस्था गर्ने भएको छ । तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुन को नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा वातावरण मैत्री एकीकृत यातायात प्रणाली विकास गर्ने जनाएको छ । सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताउनुभएको छ । मुलुकभित्र व्यावसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाइने नीति सरकारले लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको बताउनुभयो । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्याङ्कन प्रणाली व्यवस्थित गर्न आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मैतीदेवीस्थित सनवे कलेजले ‘प्लस टु’ कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स ‘एआइ’सम्बन्धी जानकारी दिने भएको छ । कलेजले ‘एआइ’सम्बन्धी जानकारी दिने लक्ष्यका साथ पाँच दिने कार्यशालाको आयोजना गरेको हो । सरकारले जल यातायात सुरु गर्ने घोषणा गरेको छ। मंगलबार सङ्घीय ससद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गर्नुभयो । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो। सरकारले आगामी आर्थिक वर्षमा अङ्ग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव पूर्ति गर्नका लागि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी शिक्षकको रूपमा प्रयोग गर्ने भएको छ । सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । सरकारले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनः संरचना गरेर थप प्रभावकारी बनाउने भएको छ । सरकारले नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । सरकारले निमार्ण कार्यमा रहेका आयोजनाको अनिवार्य बिमा गरिने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन तथा विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा पर्यटकीय सम्भावना भएका स्थानीय स्रोत साधनको प्रयोग गरी तीनै तहको समन्वयमा टाकुरा पर्यटन विकास गरिने बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा निर्यातजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गरिने बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस स्याङ्जाका पूर्व सभापति, राष्ट्रियसभाका पूर्व सांसद एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा खगेन्द्रराज रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने उल्लेख गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्द्धन गरिने बताउनुभएको छ । सरकारले २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने भएको छ । मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ । तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने बताउनुभएको छ ।
|
1,673 |
वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।
|
1,674 |
चिनियाँ सामाजिक सञ्जाल वेइबोले आफ्ना प्रयोगकर्ताहरुलाई शुक्रबार सो चेतावनी दिएको हो। ओलम्पिक्ससँग सम्बन्धित सामग्री वेइबोमा प्रस्तुत गरिएको भेटिएमा प्रयोगकर्ताहरुको अकाउन्ट ब्लक गर्ने चेतावनीसमेत वेइबोले दिएको छ। वेइबोले प्रयोगकर्तालाई प्रत्यक्ष सन्देश पठाउँदै सो चेतावनी दिएको हो। चीनमा वेइबोका करिब ५७० लाख मासिकरुपमा सक्रिय प्रयोगकर्ताहरु छन्। चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीको अनुमतिमा सो च्यानलमा प्रकाशित र प्रसारित सामग्रीमात्र सामाजिक पोष्ट गर्न पाइने बताइएको छ। शीतकालीन ओलम्पिक्स फेब्रुअरी ४ देखि २० सम्म राजधानी बेइजिङमा आयोजना गरिएको छ। मस्कोः अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएपछि युक्रेनमाथि युद्ध गर्ने योजना नरहेको रुसी विदेश मन्त्रीले बताएका छन्। बाइडेनले रुसले अर्को महिना युक्रेनमाथि युद्ध गर्ने योजना बनाएको बताएपछि रुसी विदेशमन्त्री सर्जी ल्याभ्रोभले शुक्रबार सो बताएका हुन्। रुसले युक्रेनसँग युद्ध नचाहेको बताउँदै रिपोटरहरुसँग उनले भनेका छन्, ‘हामीले युद्ध चाहेको छैनौं। त्यसैले युक्रेनमाथि आक्रमण गर्ने रुसको कुनै लक्ष्य र योजना छैन।’ यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना प्रवल रहेको चेतावनी दिएका थिए। युक्रेनको सीमा क्षेत्रमा रुसले पछिल्लो हप्ता दशौं हजार सेना तैनाथ गरेको छ। रुसी सेना तैनाथ गरिएको भन्दै पश्चिमा मुलुकहरुले युक्रेनमाथि आक्रमण गर्ने बताउँदै आएका छन्। यद्यपि, युक्रेनमाथि आक्रमण गर्ने योजनाबारे रुसले अस्वीकार गर्दै आएको छ। नयाँ दिल्लीः भारतको राजधानी दिल्लीमा बलात्कारको आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ परेका छन्। नयाँ दिल्ली प्रहरीले सामूहिक बलात्कारको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको हो। बालबालिकासहित एकै परिवारका ११ सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ। स्थानीय युवकको बदला लिन सो परिवारका सदस्यले २० वर्षीया पीडित युवतीमाथि बलात्कार गरेको र बलात्कारपश्चात ती युवतीलाई जबरजस्ती कालो मोसो दलेर जुत्ताको माला लगाई नयाँ दिल्लीको कस्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ। सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य संलग्न भएको भन्दै सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पीडित युवती हालः अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। टोक्योः जापानको साकुराजिमा ज्वालामुखी विस्फोटपछि निस्केको धुँवा र खरानीको मुस्लो वायुमण्डलमा मिसिएको छ। शुक्रबार विस्फोट भएको सो ज्वालामुखीबाट निस्केको धुँवा र खरानीको मुस्लो वायुमण्डलमा मिसिएको हो। जापानी टापु क्युशुमा विस्फोट भएको सो ज्वालामुखीको तस्बिर र भिडियो अनलाइनमार्फत् सेयर गरिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। साकुराजिमा ज्वालामुखीलाई संसारकै सक्रिय ज्वालामुखी मानिन्छ। सो ज्वालामुखीबाट हरेक चार दिनदेखि २४ घण्टामा लाभा निस्कने गर्छ। भल्कानो डिस्कभरका अनुसार शक्तिशाली साकुराजिमा ज्वालामुखी १४७१ र १४७६ को विचमा र सन् १९१४ मा भएको थियो। मारिबः यमनको मिसाइल आक्रमणमा परी कम्तीमा पाँच मानिसको मृत्यु भएको छ। यमनको मारिब क्षेत्रमा हुथि बिद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा पाँचको मृत्यु भएको हो। स्थानीय मिडियाले शुक्रबार सो जानकारी दिएका हुन्। सो आक्रमण मारिब शहरमा बुधबार राति भएको बताइएको छ। पछिल्लो समय हुथि विद्रोहीविरुद्ध यमन सरकार र साउदी नेतृत्वको गठबन्धनले विभिन्न अपरेसन जारी राखेको छ। मारिब क्षेत्र हुथी विद्रोहीको कब्जामा रहिआएको बताइन्छ। मेलबर्नः अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालिन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो। केही दिनअघि देखि आएको असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको बताइएको छ। अष्ट्रेलियाको विभिन्न भेग र समुद्री तट क्षेत्रमा अझै चट्याङसहितको वर्षा र आँधी आउने त्यहाँको मौसम विभागले जनाएको छ। आँधी र वर्षाका कारण सो क्षेत्रका अधिकांश मानिसहरु अन्धकारमा बसिरहेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। आँधी र वर्षाका कारण सो क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ। इस्लामावादः विद्रोहीको आक्रमणमा परी १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परी दश सैनिकको मृत्यु भएको हो। सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो। पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातीय समूह बलुच विद्रोहीले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ। गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ। प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ। घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ। जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ। केप टाउनः दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट मर्नेहरुको संख्या ८६ पुगेको छ। केही दिनअघि आएको आँधीका कारण शुक्रबार बिहानसम्म मर्नेहरुको संख्या ८६ पुगेको हो। दक्षिण अफ्रिकी मुलुकहरुमा केही दिनअघि उष्णकटबंधिय आँधी एना आएको थियो। आँधीसँगै मुसलधारे पानीसमेत परेको थियो। जसका कारण दक्षिण अफ्रिकी मुलुक मोजाम्बिक, मदागस्कर, जिम्वाबेमा ८६ मानिसको मृत्यु भएको छ। आँधीका कारण मोजाम्बिकमा मात्र विद्यालय, अस्पतालसहित अन्य १० हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने करिब २ लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। आँधीपछि स्थानीय सरकार र उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेको बताइएको छ ।
|
1,675 |
चितवनको भरतपुर महानगरपालिका–२९ मा गुडिरहेको स्काभेटरको चेनमा परेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । भरतपुर–२३ का २२ वर्षीय निरन्जन थापाको मृत्यु भएको हो । आज बिहान करिब साढे ९ बजे कुसुमटार–ढोडेनी सडकखण्डमा बाटो खन्दै गरेको बा३क २६९२ नम्बरको स्काभेटरको चेनमा थापा परेका थिए । स्काभेटरसहित चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
|
1,676 |
शनिबार भएको खेलमा साविक उपविजेता किक स्टार्टले होप्स एफसीलाई ३–० गोलअन्तरले पाखा लगाएको हो। किक स्र्टाटका लागि दिपा र ले सुरुआती ११ मा स्थान बनाएका थिए। यो सँगै दिपा र ले भारतीय लिगमा डेब्यु गरेका छन्। गत सिजन प्रितीले चोटका कारण आइ लिग खेल्न पाएकी थिईनन्। दिपाले भने उमेर नपुगेका कारण व्यवसायिक लिग खेल्न पाएकी थिईनन्। जितसँगै ३ अंक जोडेको किक स्टार्ट अंक तालिकाको शीर्ष स्थानमा छ। लिगमा आइतबार राष्ट्रिय टोली कै डिफेन्डर अमृता जैसी र फरवार्ड रश्मी घिसिङ सम्मिलित स्पोर्टस् ओडिसाले इष्ट बंगाल एफसीसँग खेल्दैछ। यसअघि आइतबार भएको लिगको पहिलो खेलमा नेपाली टोलीकै गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सम्मिलित सेथु एफसीले गोकुलम केरला एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो ।
|
1,677 |
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी-मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी-मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् । नेपालमा ओटीटी-मोबाइल एप्स मार्फत प्रभु टिभि र नेट टिभिले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी÷मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी÷मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गर्नुभयो । व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी-मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् । यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अर्बौं रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।
|
1,678 |
एक स्थानीय तहमा एकभन्दा बढी शाखा रहेका बैंकले एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने भएको छ। अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्तो नीति लिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा स्थानीय तहमा निश्चित संख्याभन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरिने उल्लेख छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,679 |
पुस पहिलो साता काठमाडौंमा हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिप खेल्ने ८ टोली सार्वजनिक भएको छ। आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा गरेको हो। च्याम्पियनसिप ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ। सार्वजनिक भएको टोलीमा च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरण रहेका छन्। यस्तै टोलीले बिहीबारै गोलाप्रथाको आधारमा यसअघि सार्वजनिक गरिएको नेपालको शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ। नेपाल राष्ट्र बैैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दिपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएकी छिन्। आइएमई ग्रुपमा आठौं वरीयताका नविन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ, नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन्। यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रशिला महर्जन, नेपाल विद्युत प्राधिकरणमा छैटौं वरीयताका दिपक बोहोरा र छैटौ वरीयताकी शोभा गौचन, कान्तिपुर पब्लिकेशनमा चौथो वरीयताका साजन कृष्ण ताम्राकार र १०औं वरीयताका सम्झना शर्मा र कुमारी बैंकमा छैटौ वरीयताका सुदिप सेढाई र सातौ वरीयताकी सुनैया मुखिया आबद्ध भएका छन्। पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीता माया राई चोटका कारण टोली बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन्। यसअघि आयोजक केबिएले नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी सार्वजनिक गरेको थियो । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ। ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ। च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन्। टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ। एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन्। करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन्। खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीलेपनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ। टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ। पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
|
1,680 |
नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित हलिउड फिल्म ‘बार्बी’लाई भियतनाममा प्रतिबन्ध लगाइएको छ। मार्गोट रोबी र रायन गोस्लिङ अभिनित वार्नर ब्रदर्स स्टुडियोको यो फिल्म आगामी साउन ६ गते विश्वभर प्रदर्शन हुँदैछ। तर भियतनामका अधिकारीहरुले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् ।
|
1,681 |
चीनको संघाईमा बस्ने ३९ वर्षीया वांगलाई आफ्नो पति कार्यालयकै एक महिलासँग प्रेममा रहेको एकदिन थाहा भयो । वांग पतिको प्रेमबारे जानकारी पाएपछि रातभर सुत्न सकेकी थिइनन् । रातभर पतिकै बारेमा सोचेर बसिरहन्थिन् । यस विषयमा पतिसँग उनले कुरा गर्न पाएकी थिइनन् । उनको समस्या हल गर्ने एक कम्पनीको बारेमा उनलाई कसैले जानकारी दियो । वांगले पतिको प्रेम सम्बन्ध छुटाउन अनलाइनसँग सहायता लिएर आज पति फिर्ता पाएकी छिन् । यो कम्पनीले कुनै पनि महिला वा पुरुष पैसा, माया वा यौन कार्य मध्ये एकको लागि प्रेम सम्बन्धमा रहेको पत्ता लगाइदिन्छ । कम्पनीले एक महिला काउन्सिलरलाई प्रेमिकासँग साथी बनाइदिन्छ र विस्तारै विस्तारै विवाहित प्रेमीबाट टाढा बनाइदिन्छन् । काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी काठमाडौं, २८ असार । संसारमा धेरै कुरा यस्ता छन्, जसलाई सुन्दा नै छक्क परिन्छ। केही काठमाडौं, २५ असार । हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको काठमाडौं, १४ असार । दिनभर काम गरेपछि थाकिएपछि राति आराम गरिन्छ। हाम्रो शरीरले हामी सुतेपछि काठमाडौं, ७ असार । धेरै मानिस रक्सी पिउन मन पराउँछन्। रक्सीमा प्रायजसो मानिसहरू चिसो पानी सविता सिंह ठकुरी काठमाडौं, ३२ जेठ । संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य काठमाडौं, १६ जेठ । संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
|
1,682 |
गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए । सशानले सोचेभन्दा पनि बढी रुचाइयो । नयाँ शैलीको उक्त भजन युवापुस्तामा निकै लोकप्रिय भयो । ‘मेरो पहिलो भजन धेरैले रुचाएपछि म भजनप्रति आकर्षित भएँ’ उनले भने । उक्त भजन उनी हजुरआमालाई सुनाउन चाहन्थे । किनभने उनले मावलकी हजुरआमा र आफ्नी हजुरआमाको सम्झनामा त्यो सार्वजनिक गरेका थिए । यसो त उनले भजन मात्र गाएका छैनन् भिडियो पनि निर्देशन गरिसकेका छन् । तीन सयभन्दा बढी म्युजिक भिडियो उनले निर्देशन गरिसकेको बताए । ‘हरि बोल’, ‘हरहर महादेव’ आदिमा उनले स्वर दिइसकेका छन् । नवलपुरका उनी ०६५ बाट पपगायकका रूपबाट सांगीतिक क्षेत्रमा उदाएका हुन् । ‘पप’ गीत म्युजिक भिडियोसँगै उनी भजनमा समेत स्थापित गायक हुन् । आफ्नो मौलिक धर्म–संस्कार बचाउन यो क्षेत्रमा लागेको उनको भनाइ छ । ‘पछिल्लो समय पश्चिमा संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई प्रभावित पार्दै गएको छ । हामीजस्ता गायकले यो क्षेत्रमा टेवा नपुर्याए अरू कसले पुर्याउलान् त ?’ उनले भने । बूढापाकाले मात्र भजन गाउने र सुन्ने ट्रेन्ड जस्तो देखिएपनि यसमा नयाँ प्रयोग र शैली प्रस्तुत गर्न सके हरेक पुस्ताका लागि यो कर्णप्रिय बन्नसक्ने उनले बताए ।
भजनबाट नाम र दाम कमाउने कलाकार थोरै मात्र छन् । तीमध्ये भक्तराज आचार्य पनि एक हुन् । ‘भजन शिरोमणि’ उपाधि पाएकाले उनी भजन गाएरै चर्चित बने । यसैगरी पहिलाका पुस्तामा नातिकाजी, फत्तेमान, कृष्णमान डंगोल, शिवशंकर आदिले भजनमा ख्याति कमाएका थिए । त्यसपछि दर्जनौं गायक–गायिकाले भजनमा आ–आफ्नो स्वर दिइसकेका छन् । तर, भजनबाटै चिनिने पछिल्लो पुस्ता भने न्यून छ ।
उनले ०५४ मा पहिलो भजन सार्वजनिक गरेका थिए । गाउँघरको प्रभाव र बुवाको प्रेरणाले नै आफूले भजन गाउन सुरु गरेको उनले बताए । भजनले संस्कार र संस्कृति सिकाउने भएकाले पनि भजनलाई प्राथमिकतामा राखेर गाउन थालेको उनको भनाइ छ । पछिल्लो समय विभिन्न चुनौतीका बाबजुद व्यावसायिक रूपमा भजनले फड्को मारेको रेशमले बताए । ‘भजनका शब्द, गाउने शैलीमा नयाँपन आउन थालेकाले युवाहरूसमेत भजनमा भुम्मिन थालेका छन्’ उनले भने ‘पहिला हरे कृष्ण हरे रामजस्ता मात्र भजन आउने गरेका थिए, युवापुस्तालाई त्यसले तान्न सकेन । भजनको शैलीमा परिवर्तन भएसँगै लाखौ भ्युज आउन थालेका छन् ।’ धेरैले भजनलाई रहरका लागि गाउने गरेको पनि उनको भनाइ छ । पछिल्लो समय भजन गायनमा धेरै कलाकारको स्वर सुन्न सकिन्छ’ उनले भने । मूलधारका अधिकांश गायकले भजनमा स्वर दिइसकेका छन् । प्रमोद खरेल, रामकृष्ण ढकाल, अञ्जु पन्त, खुमन अधिकारी, राधिका हमाल आदिको स्वरमा पनि भजन सुन्न सकिन्छ । ‘तर, उहाँहरूले निरन्तरता दिन नसक्नु मेरो विचारमा ज्ञानको अभाव भएजस्तो लाग्छ’ रेशमले भने, ‘भजन धेरैका लागि रहर मात्र भएको छ, बुझेर आउनेहरूको संख्या कमी भएकाले पनि निरन्तरता दिन सकेका छैनन् ।
उनले ०३३ मा ‘बाबा पशुपति’ बोलको भजन लेखेकी थिइन् । त्यसयता उनी निरन्तर भजन लेखनमा सक्रिय छिन् । उनले करिब तीन हजार भजन लेख्नुका साथै ‘शिव–पार्वती’, ‘गुह्येश्वरी’, ‘हनुमान्’, ‘विष्णु’ आदि शीर्षकमा भजन रचना गरिसकेकी छन् । उनी हिन्दू धर्मसँग सम्बन्धित भजन मात्र रचना गर्दिनन्, बुद्ध धर्मावलम्बीका लागि पनि भजन लेखेकी छन् । ‘भगवान् सबै एक हुन्, भगवान्लाई हामीले कहिल्यै विभेद गर्नु हुँदैन भनेर पनि मैले सबै धर्मका भजन रचना गर्छु’ उनले भने । उनले आर्थिक रूपमा सबल हुनका लागि भजन भने गाइनन् । ‘मैले भगवान्को नाम बेचेर कमाउन चाहिन, आत्मसन्तुष्टिका लागि मात्र भजन रचनामा सक्रिय छु’ उनले भने, ‘पछिल्लो युवापुस्ताले गाउने भजन वास्तविक रूपमा भजनै होइन । भजनमा र्याप मिलाउनु, अनावश्यक शब्दहरू भर्नुले पनि भजनको वास्तविक मर्म मर्दै गएको छ ।
महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
|
1,683 |
पछिल्लो समय सरकारले लिएको नीतिका कारण नेपालको आर्थिक सूचकांकमा सकारात्मक देखिएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । यद्यपि लगानीयोग्य रकमको अभाव (तरलता( भने अझै रहेको उनले स्वीकारे । बैंकहरुले ब्याजदर अचाक्ली महंगो गरेको भन्दै उद्योगी व्यवसायीले गुनासो गरिरहेका वेला अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन सरकार लागिपरेको बताए । दोस्रो लिगलिग पालुङटार महोत्सव उद्घाटनका लागि पुगेका अर्थमन्त्री शर्माले बैंकको ब्याजदर घटाउने र बैंंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने स्पष्ट पारे । उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने बताए । अर्थमन्त्री शर्माले पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउने घोषणा गरेका छन् । स्मार्ट सिटी बनाउन संघीय सरकार र अर्थ मन्त्रालयले सबै सहयोग गर्ने बताए । इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखाले यतिवेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको उनको भनाइ छ । ‘लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनैतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाइनेछ’, उनले भने । जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको उनको भनाइ छ । नेपालको मध्य पहाडी लोकमार्ग पालुङटार भएर अघि बढेको बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको मन्त्री शर्माको दाबी थियो ।
|
1,684 |
मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले विश्वासको मत लिने प्रायोजनका लागि आव्हान गरिएको प्रतिनिधि सभाको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकमा केही महत्वपूर्ण निर्णय भएको बुझिएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।- काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौँ, ६ (रासस) । इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
|
1,685 |
काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । फोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो । अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी हुनुहुन्छ ।
|
1,686 |
बेलायतको इतिहासमा उनीहरूको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको छ । यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले टेरेसा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । ‘प्रधानमन्त्री बोरिस आजदेखि औपचारिक रूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नुभएको छ । उहाँकी प्रेमिका पनि यही बस्नुहुनेछ’, प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने । बोरिस ५५ वर्ष र उनकी प्रेमिका स्यमोन्डस ३१ वर्षकी छन् । उनीहरू पहिलाका प्रधानमन्त्रीहरू बस्नेगरेको स्थानमा भने नबस्ने जनाइएको छ ।
|
1,687 |
भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी (प्रतीतपत्र) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको व्यवसायीको भनाइ छ । त्यसैगरी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र धान चामल निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले गत भदौ/असोजमा धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो । विभागको तथ्याङ्कअनुसार चालू आवको सात महिनाको अवधिमा १० अर्ब ६६ करोड ८० लाख सात हजार रुपियाँको चामल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख ५५ हजार रुपियाँको चामल आयात भएको थियो । यस्तै सात महिनामा १० अर्ब ४० करोड ११ लाख रुपियाँको मकै आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १३ अर्ब ४४ करोड ३६ लाख एक हजार रुपियाँको मकै आयात भएको थियो । मकै विशेष गरी कुखुराका दानाको आयात हुने गर्छ । यो वर्ष धान आयात भने सामान्य बढेको छ । सात महिनामा १३ अर्ब ४७ करोड ८४ लाख रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष १२ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपियाँको आयात भएको थियो । सात महिनामा १० करोड १८ लाख ८५ हजार रुपियाँको गहुुँ आयात भएको छ । गत वर्ष सो अवधिमा चार अर्ब ६४ करोड ६१ लाख ८८ हजार रुपियाँको गहुँ आयात भएको थियो । रुस र युक्रेन युद्धको कारण देखाउँदै भारतले गहुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो । भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ । खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापर) प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्ने गरेकामा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आवश्यक वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रत्येक वर्ष ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको थियो । साढे सात हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र जसमा ३१ हजार टनभन्दा बढी गहुँ मैदा उद्योगका लागि कोटा छुट्याइएको छ । करिब साढे सात हजार टन सरकारी कम्पनीहरूलाई आयात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थानीय किसानबाट गहुँ खरिद गरी आँटा र मैदा उत्पादन गरी बिक्री गर्दै आएका कम्पनीले यस पटक भने भारतबाट साढे सात हजार मेट्रिक टन गहुँ आयात गर्ने भएका हुन् । आयातका लागि प्रक्रिया अगाडि बढाइसकेकाले छिट्टै आयात हुने खाद्य कम्पनीले जनाएको छ । लामो समयदेखि गहुँको गहुँको अभाव भएपछि बजारमा पिठोको मूल्यसमेत बढेको छ । उद्योगी व्यवसायीले पाएको कोटाअनुसार आयात भइरहेको बताएका छन् । बजारमा गहुँको अभाव हुँदै चोरी पैठारीबाट आयात भइरहेको व्यवसायीको भनाइ छ ।
|
1,688 |
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ । यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु। एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए । ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,’ उनले भने ‘बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।’ घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पु¥याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पु¥याइएको उनले जानकारी दिए । यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको रु आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको रु २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन÷तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ । घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताए । ‘जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,’ उनले भने ‘करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।’ गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,689 |
नौगाड गाउँपालिका ६ नौगाडखोलामा अन्दाजी १७ बर्षीया किशोरीको शव फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए । स्थानियले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यपश्चात आईतवार राती प्रहरीको टोली घटनास्थल पुगेको थियो । शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने“टाउकोमा चोट र फुटेको , कपाल झरेको , शव चिन्न नसकिने अवस्थामा रहेको छ ।” शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए । अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
|
1,690 |
कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्तिमाथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको बताएका छन् । ‘कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्दछ’, चेतावनी दिँदै उनले भनेका छन् । अध्यक्ष बास्तोलाले सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगाण्डाहरु बन्द गरी समस्या समाधानको बाटोमा लाग्न आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरेका छन् ।
|
1,691 |
चुनावका २ दिन तीन हात उफ्रँदै दौडिनेहरू मरिचसरी चाउरिएका थिए । जित्नेहरूमा उमंग र उन्माद थियो भने हार्नेहरू विस्तारै पुरानै अवस्थामा फर्किने प्रयासमा निरास देखिन्थे । कांग्रेस सचिव सुरेन्द्र अधिकारीसँग लामो छलफल भयो, समाजमा विकासित भएको प्रवृत्तिमाथि उनी गहिरो चिन्ता जाहेर गर्दै थिए । एक पत्रकार मित्र भन्दै थिए, के लेख्नु, कति लेख्नु, जति लेखे पनि केही हँुदैन सर ! हामीले लेखिदिए यी पत्रिकामा यस्तो आ’छ भन्दै पत्रिका देखाएर अरूले नै बार्गेनिङ गर्छन् र खान्छन् झन् उनैलाई सजिलो । खोलामा डोजर हालेर बालुवा खन्नेहरूको टाउको दुखाइ बनेका रहेछन् प्रहरी प्रमुख कवीन्द्र बोहरा । गाउँतिर पण्डितले दान बटुलेझंै थुपारेको ५५ लाखमा ¥याल नचुहाई सक्छस् भने मेरो जागिर खा तर एक पैसा खान्नँ भन्दै तस्करलाई हैरान पारेको भित्री कथा हालिँदै थियो । बाहिर प्रहरी, बालुवा र डोजरको लुकामारी रोचक थियो । यो कथा न प्रहरीले भन्न मिल्नु न तस्करले खोल्न मिल्नु लाखांै घुस बहिष्कार गर्नेलाई कसले पुरस्कार देला खै यो लोकतन्त्रमा ! यस्ता कुरा सुनेर चकित बन्दै म गाउँतिर उकालो लागँे । निर्वाचनको बेला एक हुल बर्दीधारी प्रहरी मेरो घर खोज्दै गएछन् । गाउँलेले उल्टो बाटो देखाएर छक्काएका रहेछन् । माकेको समर्थनतिर नलाग्नेहरूमाथि निकै निसाना सोझिएको रहेछ गाउँमा । हिजोका साथीहरू कसरी आजका सुराकी बन्न सकेका ? हिजो माओवादी पार्टीबाट प्रचण्ड किरण विभाजनसँगै कागती खेतीको योजना बनाएर काम थालेको थिएँ । लामो समयपछि कागतीबारी गोडमेलतिर लाग्ने योजना बनाएँ र केही दिन गाउँतिर बसेँ । नयाँ पार्टी गठनसँगै मैले रोपेको कागती फल्न थाल्यो तर हजारांैले रगत–पसिना बगाएको पार्टी न फल्छ न फुल्छ के भएको होला † पार्टी त एक कोषीय जीव अमिवाजस्तै पो छ नेपालमा जति ठूलो हुँदै गयो उति चाँडै टुक्रिँदै नयाँ जन्मँदै । सँगै रहुन्जेल महान् भन्दै नहुने ठाउँसम्म चाट्ने र अलग भएपछि दिसा भेटे पनि नछाड्ने, बिरालोले झै छोपेर हिँड्नुपर्ने गद्धार र अपराधी हुने कस्तो संस्कार विकास भएको हो ! पौराणिक कथाका यदुवंशीहरू जस्तै बैरीहरूसामु रमिता जात्रा किन देखाउने होला ! कम्युनिस्टजस्तो कांग्रेस किन फुट्दैन ! यसको पनि कुनै साइनो होला नि नेपाली समाजको समाजशास्त्रमा ! अलिकति विमति हुनासाथ नयाँ पसल थाप्नै पर्ने किन होला ? फरक मत र भिन्न दृष्टिकोण राख्नै नपाई दुनियाँमा शतप्रतिशत माक्र्सवाद कहाँ केमा छ होला ? आज–भोलि क्रान्ति फेसबुकबाट सुरु भएर फेसबुकमै अन्त्य हुने र त्यसैमा फेसबुकमा अब्बल क्रान्तिकारी सावित हुने, त्यहीँबाट मापन र मूल्यांकन हुने उच्च प्राविधिक प्रचलन हाबी भएको मौसम हो यो । यो बेलामा यस्ता विज्ञप्तिले सनसनी पाउने नै भयो । बगरको ढुंगालाई नदीको छालले पल्टाउन नसकेर उसैको पाउ पखालेझैं ख्वामितहरूको पाउ पखाल्न पुच्छर हल्लाउँदै जानेहरूको नखरा अलि बढी नै पाइन्छ ।
२४ घण्टामा कहिले उच्च, कहिले नीच । आज यस्तो–उस्तो भन्दै तीन हात उफ्रियो, भोलि त्यसैलाई फूलबुट्टाले सिँगार–पटार गर्दै दुनियाँको अब्बल भनी देखाउने काइदा देख्दा लाग्छ, लेखेर के होला खै ! तराई जलमग्न छ । चिलगाडीको सयरबाट अनुगमन गर्नेहरू बिल्लीबाठ भएका जनतालाई राहत होइन, ब्यालेट पठाउने तयारीमा छन् । मधेसका नाम जपेर नथाक्नेहरू दुला पसेका छन् । वर्षदिन भरी भेट्नेबित्तिकै सर्प मार्नेहरूले नागपञ्चमीमा नागको चित्र टाँसेर पूजा गरेझैं सधँै आतंककारी ठान्दै भेट्नासाथ हाल्नुपर्छ भन्नेहरू कोसी ब्यारेजमा विप्लवले बम हान्नुप¥यो भन्दै कोकोहोलो मच्चाइरहेका छन् । अर्काथरी कोसीमा होइन बम सिंहदरबारमा हान्नुपर्छ भनिरहेछन् । तर, मलाई लाग्छ बम सिंहदरबार र कोसी ब्यारेजमा होइन, ती चेतना बोक्नेहरूको दिमागमा हान्नुपर्छ जसले युगौंसम्म हामीलाई बन्धकी राखेर बेचेको छ । जो बिहार डुब्ला कि भनी नेपाली डुबाएर मार्न तयार छ । पटक–पटक सिंहदरबारमा उक्लिरहेछ हामीलाई भ¥याङ बनाएर ।
|
1,692 |
पाँच वर्षमा आउने निर्वाचनजस्तो महत्त्वपूर्ण राष्ट्रिय उत्सव सकिएको छ तर धार्मिक, सांस्कृतिक र यस्ता उत्सवमा समेत प्रयोग गरिने चात्रोको प्रयोग घट्दो छ। यस पटक उम्मेदवारहरू गाउँमा भोट माग्न जाँदा आक्कलझुक्कल मात्र चात्रोको प्रयोग भयो। धेरै वर्षसम्म लोप भएको चात्रो यति बेला खप्तड छेडेदह गाउँपालिकाको नाइनामा देखियो। खप्तड छेडेदह गाउँपालिका–७, नाइनाका बासिन्दाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चुनावी मैदानमा उत्रेका उम्मेदवारको स्वागतका लागि चात्रो राखेका थिए।
|
1,693 |
पर्यटन वर्ष सुरु भएको महिना बित्न लाग्दा पनि पर्यटन प्रवद्र्धन कृयाकलाप हुन सकेका छैनन् ।
|
1,694 |
सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल—क्यानडा त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । खेल आज बिहान सवा ९ बजे हुँदै छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रव्रियाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा,
|
1,695 |
नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको । दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आज यहाँ आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताए । कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उनको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
1,696 |
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई मन्त्री पदबाट राजीनामा बुझाएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
|
1,697 |
जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।
रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि प्रयोग गर्नु हुँदैन । यसबाट बाँझोपनको समस्यालगायत पाठेघर तथा शरीरका अन्य भागमा विभिन्न समस्या देखिन सक्छ ।
पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन ।
महिलाहरूले यस्ता सामान्य समस्यामा पनि भारी चीज उठाउने, टुक्रुक्क बसेर नाङ्लो चलाउने, बढी तारेको, चिल्लो, पिरो, अमिलो आदिका साथै बढी तातो वा बढी चिसो खानेकुरा खानु हुँदैन ।
पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ । किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ । आलसको तेल, आलसको धूलो अचार, मेथी, ज्वानो, सुठो, हिङ, वाखडबेत, भृंगिराज वा घोडताप्रे खाली पेटमा खाँदा वा सिसौका सात वटा पात मिस्रीका साथ खाँदा लाभ मिल्छ ।
महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
|
1,698 |
- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौताको क्रममा प्रधानमन्त्री ओलीले भने,‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं। सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो।’ सम्झौतामा शिक्षालाई समुदायमा पुर्याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएकोे छ। ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवबार काठमाडौंमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
1,699 |
कोरोना भाइरस (कोविड–१९)को संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.