Unnamed: 0
int64
0
100k
Article
stringlengths
2
74.8k
1,800
बुधबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विप्लव देवको भनाईप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएका हुन् । प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञपित्मा भनिएको छ– ‘भारतीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्ति दिनुभएको थियो, हाम्रो पार्टी विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ।’ अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले दुई छिमेकी मित्रहरुवीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने श्रेष्ठले बताएका छन् । यस्ता अभिव्यक्तिको विषयमा भारत सरकार र अमित शाहबाट समेत स्थितिको स्पष्ट पार्ने अपेक्षा लिएको बताएको छ। मुख्मयन्त्री देवले फागुन २ गते नेपाल र श्रीलङ्का भाजपाको समर्थनमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले औपचारिक रुपमा ध्यानाकर्षण गराएका थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,801
हकप्रदका लागि बैंकले एनआईवीएल क्यापिटललाई निस्कासन तथा विक्रि प्रवन्धक तोकेको छ । यो सेयर साउन २२ गतेसम्म भर्न सकिने जनाइएको छ ।
1,802
असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् । भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किमीसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन् । सुरक्षा व्यवस्था कडा बनाइयो यसैबीच, आगामी असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारसँग कुराकानी गर्दै जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको बताउनुभयो । यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका दुई हजार ६०० प्रहरी जिल्लाभरिमा थप गरिएको कडायतले जानकारी दिनुभयो । भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको हो । स्थानीय तहका २५८ मतदानस्थलमध्ये १३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेकाले सो क्षेत्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनावअगावै मोबाइल टोली परिचालन गर्नाका साथै रात्रि गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
1,803
खुतखुते सामुदायिक वनले सञ्चालन गरेको वेतबाँसका सामग्री बनाउने उद्योग । तस्बिर : जानु पाण्डे कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालनमा ल्याएको छ । स्थानीय विपन्नलाई उद्यमी बनाउन वडाको भर्लावास टोलमा ७ लाख ७० हजार लागतको उपकरण खरिद गरी उद्योग सञ्चालन गरिएको छ । एक वन एक उद्यम विकास कार्यक्रम अन्तर्गत परम्परागत सीपमा आधारित उद्यम सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष भीमबहादुर पुनले बताउनुभयो । उद्योगमा बाँसको चोयाबाट निर्माण हुने डोको, नाङ्लो, डालो, मान्द्रोलगायतका सामग्री निर्माण हुनेछ । स्थानीय सीपको संरक्षण गर्दै बिस्तारै लोप हुन लागेका परम्परागत सामग्री निर्माणले विपन्न समुदायको जीवनस्तर उकास्न सकिने हुनाले कार्यालयले सहयोग गरेको डिभिजनल वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । वन कार्यालयले २ लाख ३० हजार रुपियाँ अनुदानस्वरुप प्रदान गरेको छ । उद्योग सञ्चालनबाट विपन्न ३० घरधुरी लाभान्वित हुने बताइएको छ । बाँसको चोया काट्नका लागि दुई उपकरण खरिद गरिएको छ । उपकरणले बाँस चिर्ने, बाँसबाट चोया निकाल्न प्रयोग हुनेछन् । उपकरण प्रयोगगरी चोया बनाउँदा उत्पादन गर्ने क्षमतामा दोब्बर वृद्धि हुने विश्वास लिइएको छ । उद्योगमा आवश्यक पर्ने बाँस उत्पादनका लागि खोला छेउमा वृक्षारोपण गर्ने बताइएको छ । खोला छेउमा बाँस लगाउँदा भूक्षय नियन्त्रण भई नदी कटानबाट जोगिने र उद्योगको लागि कच्चा पदार्थ उत्पादन हुनेछ ।
1,804
हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताउनुभयो । विगतका वर्षमा यसको पहिचान हुन नसक्दा संरक्षणभन्दा विनाश बढी हुँदै गएको थियो । अन्नबालीलाई असर गर्ने भन्दै यो जङ्गली झारलाई नास गर्न लागि विभिन्न उपाय अपनाउनाका साथै औषधिसमेत हालिएको थियोे । अहिले यसको पहिचान भइसकेपछि स्थानीय कृषक संरक्षणतिर लागेका छन् । खिरौला खेती गर्न सके राम्रो आम्दानी हुने र व्यापारी घर दैलोमा खरिद गर्न आउने गरेको कृषक पञ्च सुनारले बताउनुभयो । यसको मूल्य जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ । खिरौला काठमाडौँमा प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने गरेको सम्बद्ध व्यापारीले बताउन थालेका छन् । जिल्लामा काँचो नपकाएको खिरौला प्रतिकेजी रु २०० देखि ३०० सम्म पर्ने गरेको अर्का कृषक लोक्ते कामीले बताउनुभयो । खिरौला सुकाएर बिक्री गरेमा प्रतिकेजी रु ३०० देखि ४०० सम्ममा खरिद बिक्री भइरहेको उहाँले बताउनुभयो । हुम्लामा खिरौला सहज रुपमा पाइने भएकाले स्कूल पढ्ने बालबालिकादेखि ५५÷६० वर्षका वृद्धाले समेत यो जडीबुटी सङ्कलनका लागि एकाबिहानै जङ्गल तथा खेतबारीमा जाने गरेका छन् । एक दिनमा एकजनाले कम्तीमा पाँच केजीसम्म खिरौला सङ्कलन गर्ने र यसबाट दिनमा रु दुई हजारसम्म कमाइ हुने गरेको छ । यो जडीबुटी हुम्लाका सातवटै गाउँपालिमा पाइन्छ । यसको माग छिमेकी राष्ट्र चीनमा समेत अत्यधिक छ । स्थानीयवासीले यसलाई आगोमा पकाएर चिनीका रुपमा प्रयोग गर्दै आएका छन् ।
1,805
महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताए। गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थिरता र अराजकता फैलिएको र ओरालो लागेको उनले बताए। उनले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रित रहेको आरोप लगाए। ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली-मेची अभियान गरिएको जिकिर गरे। उनले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए ।
1,806
बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ। बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै अवरुद्ध पारेका थिए । तर, दिउँसो १ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो। बसले ठक्कर दिएलगत्तै सोमबार बिहान १० बजेबाट स्थानीयले सडक अवरुद्ध पारेका थिए ।
1,807
स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ । यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ । अन्यमा राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ । जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् । केही सङ्ख्यामा राप्ती नगरपालिकामासमेत यो रोगको सङ्क्रमण रहेको दुवाडीले बताए । गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् । यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उनले जानकारी दिए । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुई वटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीन वटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ । दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उनको भनाइ छ । पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।
1,808
मकवानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नं. को टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिकै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ । त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नं. को मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ ।
1,809
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई बल प्रयोग गरी प्रहरीले हत्या गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गरेको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले डिसी नेपाललाई जानकारी दिए । सर्वोच्च अदालतले तत्कालीन सरकारमा रहेका गृहमन्त्री र प्रहरी महानीरिक्षकमाथि उजुरी दर्ता गर्न आदेश दिएपछि उक्त विषय पुनः बल्झिएको हो । सरकार र प्रहरी प्रशासनले पौडेललाई इन्काउण्टरको नाममा हत्या गरेको भन्दै परिवारका सदस्यहरुले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएकोमा तत्कालिन गृहप्रशासनले राम्रोसँग अनुसन्धान नगरि ढाकछोप गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि मुद्धा असोज १२ सर्वोच्च अदालतले सुनुवाई गर्दै उजुरी दर्ता गर्न आदेश दिएको थियो । २०७६ साल असार ५ गते पौडेलको प्रहरी गोलीबाट हत्या भएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको थियो । जसमा संलग्न इन्सपेक्टर कृष्णदेव साह लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेपनि प्रहरीले अस्वीकार गर्दै आएको थियो । त्यतिबेलैदेखि दबाउन खोजिएको घटना सर्वोच्च अदालतको एउटा आदेशले दुई वर्षपछि फेरि ब्युँताइदिएको छ । सो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वप्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल जोडिएका छन् । पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै त्यतिबेला प्रहरीमा जाहेरी दिन खोजेको थियो तर प्रहरीले इन्काउटरमा मारिएको भन्दै उजुरी लिएको थिएन । राष्ट्रिय मानवअधिकार आयोगले दोषी किटानी गर्दै छानबिन गरेर कारबाहीका लागि सिफारिस गरे पनि प्रहरीले जाहेरी लिएको थिएन । आयोगको निर्देशनलगत्तै कुमारकी श्रीमती जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगेपनि उनी रित्तै फर्केकी थिइन ।त्यसपछि कुमारकी श्रीमती दुर्गादेवी उजुरी दर्ताको माग गर्दै सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न १२ असोजमा आदेश दिएको हो । सरकार फेरिएसँगै पौडेल ‘इन्काउन्टर’ प्रकरणले नयाँ मोड लिएको अनुमान गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनालले नियोजित रूपमा कुमार पौडेलको हत्या गरेको जनाएको थियो । खनालले २ नम्बर प्रदेशमा रहेका प्रहरी निरीक्षक कृष्णदेव साहलाई खटाएर सर्लाहीको जंगलमा मोटरसाइकल रोकेर पिसाब फेर्न झरेका पौडेललाई पछाडिबाट गोली हानिएको हत्या गरेको आरोप लागेको छ । इन्काउटरमा पछाडिबाट गोली लाग्दैन भन्ने प्रमाणकै आधारमा आयोगले इन्काउन्टर नभएको भन्दै संलग्न अधिकारीलाई र आदेशकर्तालाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो । तर आयोगको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन । मानवअधिकार आयोगको रिपोर्टअनुसार पौडेलको इन्काउन्टर हुनुअघि विप्लव समूहले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने बताएका थिए । वक्तव्य निकाल्यो त्यसपछि प्रहरीको विशेष व्यूरोले चन्दा आतंक मच्याएको आरोपमा उसलाई इन्काउटर गरेको थियो । २०७६ असार ५ गते सर्लाहीको लालबन्दी–१ लखनी खोलामा प्रहरीको इन्काउन्टरमा परी पौडेल मारिएका थिए । उनको साथबाट एक थान पेस्तोलसमेत बरामद गरिएको थियो । प्रहरीले यो घटनालाई इन्काउन्टरको संज्ञा दिए पनि नेकपा विप्लवले भने पौडेलको गैरन्यायिक हत्या भएको आरोप लगाउँदै त्यसको विरोधमा विप्लवले नेपाल बन्दको आयोजना गरेको थियो । सरकरी तहबाट मारिनेमा पौडेल विप्लव समूहका उच्च तहका नेता थिए ।
1,810
आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ । यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन् । उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बसेका हुन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो । पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ । ‘हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,’ उनले भने, ‘जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।’ मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आउनुभएको उहाँले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने उनले जानकारी दिएक छन् । अहिले उनी गाईको थलामा नै कोरामा बसेका छन् । कसैले नछोउन् भनेर अलग्गै बसेका उनकोे कम्मरमा कुशको दाम्लो बेरिएको छ । किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए । मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले बताए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,811
‘हामीले न्याय कहिले पाउने ? तपार्इंहरूबाट पनि अब कुनै आस छैन, बाँच्नुको कुनै अर्थ रहेन,’ द्वन्द्वकालमा बलात्कृत एक महिलाले पीडा पोखिन् । ‘तपाईंहरू आयोगमा खालि जागिर खान आउनुभएको हो ? हामीले न्याय कहिले पाउने ? कि त छाड्नोस् कि त न्याय दिलाउनुस्,’ आक्रोशित स्वरमा एक जमात पीडितले कार्यकक्षमा प्रवेश गरेरै भने । आयोगमा उजुरी हालेका पीडितहरूले भेटका क्रममा वा टेलिफोन सम्पर्कमा सधैंजसो एउटै प्रश्न गर्न थालेका छन्, ‘हाम्रो उजुरीमा के हँुदै छ ? हामीले न्याय कहिले पाउने हो ?’ पछिल्लो सयम त यो प्रश्न टड्कारो रूपमा उठेको छ । पीडित, सरोकारवालालगायत मानव अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय सबैले यतिखेर उठाएका एकमुष्ठ प्रश्न भनेकै आयोगले तीन वर्षमा किन अपेक्षित परिणाम दिन सकेन भन्ने हो । यो आलेखमा आयोगले अपेक्षित परिणाम दिन नसक्नुको कारण, आयोगको चुनौती र गरेको काम विषयमा केही कुरा संक्षेपमा राख्न चाहेकी छु । अपेक्षित काम नहुनुको कारण२०६३ मंसिर ५ मा भएको विस्तृत शान्तिसम्झौतामा उल्लेख भएअनुसार ६ महिनाभित्र गठन हुनुपर्ने यो आयोग आठ वर्षपछि २०७१ माघ २७ गते गठन भयो । यस अन्तरालमा मुलुकमा भएका राजनीतिक परिवर्तनको प्रभाव सामाजिक जीवनमा पर्नु स्वाभाविकै थियो । बिस्तारै द्वन्द्वका घाउहरूमा खाटा बस्न थालेको र सहिष्णु नेपाली समाज मेलमिलापतिर अघि बढिसकेको अवस्था थियो । त्यसैले आयोग जहाँ पुग्थ्यो, पीडितहरूले पीडाभन्दा नि ‘हाम्रो घाउ फेरि किन बल्झाउन आएको हो’ भनी आक्रोश पोख्थे । बदलिएको सामाजिक परिवेशमा आयोगको उद्देश्य, काम र आयोगप्रति विश्वास दिलाउन नै लामो समय कसरत गर्नुपर्यो । आयोग गठनलगत्तै गएको विनाशकारी भूकम्पका कारण यसको कार्यालय व्यवस्थापनदेखि जनशक्ति स्रोतसाधन जुटाउनमै करिब एक वर्ष लाग्यो । यसबीच द्वन्द्वपीडितभन्दा पनि भूकम्पपीडितप्रति राष्ट्रको ध्यान केन्द्रित भएको थियो । अर्कोतिर संविधान निर्माणको परिवेशमा सत्ता फेरबदलको खेलमा राजनीति रुमल्लिएका कारण सरकारको प्राथमिकतामा आयोग पर्न सकेन । यहाँसम्म कि आयोगको नियमावली पारित हुन नै १३ महिना लाग्यो ।संक्रमणकालीन न्याय निरूपणका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोग केही निश्चित समयावधिका लागि गठित आयोग हो । यसको काम फास्टट्रयाकमा हुनुपर्छ । अल्पकालीन यस्तो आयोगलाई चाहिने बजेट, दक्ष जनशक्ति र अन्य स्रोतसाधन व्यवस्थापन पनि शीघ्र तवरले हुनुपर्छ । तर यो आयोगको कामलाई उही पुरानो मान्यता, प्रणाली र प्रक्रियामा चलाउन खोजियो । ऐनले स्वायत्त र उच्चस्तरीय भने पनि बजेटदेखि कर्मचारीसम्मको व्यवस्थापनका लागि सरकारकै मुख ताक्नुपर्ने बाध्यात्मक अवस्था र अनेक प्रक्रिया पूरा गर्नुपर्ने प्रशासनतन्त्रका कारण सरकारी कामको शैलीभन्दा यसको काम गराइ फरक हुन सकेन । द्वन्द्व अन्त्यको लामो अन्तरालपछि गठित यो आयोगबाट छिटो न्याय निरूपण होस् भन्ने एकातिर पीडितहरूको स्वाभाविक चाहना छ तर अर्कोतिर आयोगभित्र र बाहिर काम छिट्टो होस् भन्ने सर्वथा इच्छाशक्तिको अभाव देखियो । पछिल्लो समयमा आयोगभित्र देखिएको विवाद र त्यसपछि उत्पन्न परिस्थितिजन्य कारणले आयोगका काममा पुग्न गएको अवरोध र छिटोछरितो टुंग्याउनुपर्ने कामका लागि पनि महिनौंसम्म अल्झिरहनु, निर्णयमा पुग्न नसक्नु आयोगको कमजोर पक्ष हो । विभिन्न मुकामबाट अनुसन्धान गरिएका उजुरीमध्ये ऐनको क्षेत्राधिकार, प्राप्त बजेट र जनशक्तिलाई मात्र परिचालन गरेर भए पनि ३ वर्षभित्र कम्तीमा १ सय उजुरी नेपाल सरकारलाई आयोगले सिफारिस गर्न सक्थ्यो । तर पाएको क्षेत्राधिकार पनि प्रयोग गर्न आँट देखाउन नसक्नु आयोग चुक्नु हो । राजनीतिक दलहरूको प्रबल इच्छाशक्तिबिना यो आयोगको काम अघि बढ्ने देखिन्न । हिजोका द्वन्द्वरत पक्षहरूमा आफू दोषी देखिने डर र त्रास पनि छ । आयोगका चुनौतीबेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ का केही अस्पष्ट र बाझिएका प्रावधानले गर्दा संक्रमणकालीन न्याय व्यवस्थापनको मूल्य, मान्यता र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको परिणाम दिन आयोगलाई गाह्रो छ । ऐनमा गम्भीर अपराध र गम्भीर प्रकृतिको अपराधको चर्चा गरिए पनि परिभाषा केही गरिएको छैन । यातनालाई गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनको घटना भने पनि प्रचलित कानुनमा यसलाई अपराधीकरण नगर्नुका साथै हत्या, बलात्कारका घटनामा प्रचलित कानुनमा हदम्यादको व्यवस्था हुनु र द्वन्द्वकालमा घटेका घटनाले त्यो समयसीमा नाघिसक्नुले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि सिफारिस गरिने घटनाहरूमा पीडितले न्याय कसरी पाउलान् ? पीडितहरूबाट प्रश्न उठिरहेको छ ।आयोगले खेप्नुपरेको अर्को चुनौती भनेको विश्वासको संकट हो । आयोगभित्रको विवाद र कार्यशैलीले गर्दा एकातिर पीडित र सरोकारवालाले नै पत्याउने अवस्था छैन भने अर्कोतिर आयोगको कामलाई नजिकबाट नियालिरहेका मानव अधिकार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थालगायत संयुक्त राष्ट्रसंघले समेत सर्वोच्चको २०७१ फागुन १४ को फैसलाअनुसार ऐन संशोधन नभएसम्म आयोगका काममा सहयोग नगर्ने प्रस्ट पारिसकेका छन् ।आयोगमा हाल ६५ हजार ६ सय १५ थान उजुरी परेका छन् । तर ती सबै द्वन्द्वसितै सम्बन्धित वा ऐनले दिएको क्षेत्राधिकरभित्रै पर्छन् भन्न मिल्दैन । यसका लागि अनुसन्धानका क्रममा क्षेत्राधिकारभित्र नपर्ने उजुरीलाई तामेलीमा राख्ने र आवश्यकतानुसार फेरि जगाउने पनि प्रावधान छ । यसका साथै द्वन्द्वका क्रममा प्रयोग गरिएका बालसेना, मारिएका सुरक्षाकर्मीको सवालमा ऐनले केही नबोलेको तर यी निकायबाट आफूहरूलाई पनि पीडितको परिभाषाभित्र राख्नुपर्छ भन्ने दबाबका कारण उनीहरूको अपेक्षालाई सम्बोधन कसरी गर्ने, आयोगलाई कुनै ठोस निर्णयमा पुग्न कठिन छ ।आयोगले गरेका कामआयोगले ती वर्षमा सरोकारवालाको अपेक्षानुसारको परिणाम दिन नसकेकै हो । तर यसको अर्थ आयोगले केही गरेकै छैन भन्न मिल्दैन । अनेक समस्या र चुनौतीमाझ पनि आयोगका लागि कार्यालय व्यवस्थापनदेखि ११ वटा निर्देशिका र कार्यविधि निर्माण, आयोगमा प्राप्त प्रत्येक उजुरीको छुटाछुट्टै फाइल खडा गरी व्यवस्थापन, द्वन्द्व प्रभावित ७३ जिल्लामध्ये ७१ जिल्लामा आयोग स्वयं पुगेर पीडितको चाहना बुझी नेपाल सरकारलाई अन्तरिम प्रतिवेदन बुझाउने काम भएको छ । आयोगले सातवटै प्रदेशमा मुकाम खडा गरी अनुसन्धान कार्य अघि बढाइसकेको छ । पठाइएका ७ हजार फाइलमध्ये १३ सय थान उजुरीमा अनुसन्धान भएर आयोगमा आइसकेको छ र बाँकी उजुरीहरूमा अनुसन्धान जारी छ ।अबको बाटो२०७४ माघ २२ गते सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद १ वर्षका लागि थपेको छ । तर म्याद थप्नु नै समाधान हैन । संक्रमणकालीन न्यायका आधारभूत मान्यता सत्यतथ्यको खोजी, परिपूरणको सिफारिस, मेलमिलाप र कानुनी कारबाहीको सिफारिस तथा संस्थागत सुधारका लागि आयोगले २०७२ पुस १ गत्ते पठाएको ऐन संशोधनको आठबुँदे प्रस्ताव तथा सर्वोच्चको फैसलाअनुसारको ऐन संशोधन, आवश्यक बजेट, दरबन्दीअनुसारको दक्ष जनशक्ति र मुकामस्तरीय कामका लागि चाहिएको स्रोतसाधनको उपलब्धताले मात्र आयोग लक्षित गन्तव्यमा पुग्न सक्छ । यसका साथै आयोगले पनि आफ्नो कार्यशैली र प्रवृत्तिमा परिवर्तन गर्नु आवश्यक छ ।विश्वमा द्वन्द्वबाट गुज्रिएका चालीसभन्दा बढी मुलुकमा सत्य निरूपणजस्ता आयोगहरूको व्यावहारिक अभ्यास भएको देखिए पनि थोरैमा मात्र सफल भयो । अधिकांश आयोग असफल हुनुका कारण नै माथि उल्लिखित तत्त्वहरूको उपलब्धतामा सरकारको उदासीनता नै प्रमुख हो । नेपालको सन्दर्भमा द्वन्द्वको प्रकृति र उद्देश्य बिल्कुल भिन्न थियो । राजनीतिक जगमा भएको द्वन्द्व दलहरूकै समझदारीमा टुंगिएको हो । विश्वमै उदाहरणीय बनेको विस्तृत शान्तिसम्झौता र त्यही सम्झौताको उपज सत्य निरूपण तथा मेलमिलाप आयोगले न्याय निरूपणको काम सम्पन्न नगरेसम्म नेपालमा संक्रमणकालको अन्त्य भइसकेको मान्न सकिन्न । अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिसम्झौताको पक्ष राष्ट्र नेपालले द्वन्द्वकालमा यस्ता ६ वटा सम्झौतामा हस्ताक्षर गरिसकेको र मानव अधिकार उल्लंघनका विषयमा विश्व्यापी क्षेत्राधिकार लागू हुने पछिल्ला केही घटनाले समेत पुष्टि गरिसकेको यथार्थलाई राजनीतिक दलहरूले पनि नबुझेका हैनन् । त्यसैले द्वन्द्वकालमा घटित मानव अधिकार उल्लंघनका घटनाहरूको न्याय निरूपणमा ढिलाइ गर्नु अन्तर्राष्ट्रिय शक्तिहरूलाई बढावा दिनु हो, जो कुनै स्वाभिमानी नेपालीलाई स्वीकार्य हुन सक्दैन । यस आयोगको कामलाई जति ढिलाइ गर्यो, त्यति धेरै बेफाइदा हिजोका द्वन्द्वरत पक्ष, राजनीतिक दल, पीडित र पीडकलाई पुग्ने भएकाले यथाशीघ्र यसको उत्तरायण हुनु आवश्यक छ । नत्र पटकपटक म्याद थप गर्नुको मात्रै कुनै औचित्य देखिन्न ।झा सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य हुन्  ।
1,812
नेपाल रग्बी संघको आयोजनामा पुरुष क्लब रग्बी लिग बिहीबारदेखि सुरु हुने भएको छ । रग्बी संघले आयोजना गरेको बृहत् रग्बी प्रतियोगिताअन्तर्गत १५ ‘ए’ साइड रग्बी बिहीबारदेखि हुन लागेको हो । यसअघि नै महिला र विद्यालयस्तरीय रग्बीका प्रतियोगिता सम्पन्न भइसकेको संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । बिहीबारदेखि दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४ क्लबको सहभागिता रहेको । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने रग्बी प्रशिक्षक गोविन्दबहादुर घिमिरेले जानकारी दिए । प्रतियोगितामा गोर्खाली रग्बी क्लब, नेपाल आर्मी, हिमालयन टाइगर र आकाश भैरब रग्बी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन् । उपविजेता र तेस्रो स्थान हात पार्नेले मेडल प्राप्त गर्नेछन् । बिहीबारको पहिलो खेल आर्मी र हिमालयन टाइगर तथा दोस्रो खेल गोर्खाली रग्बी क्लब र आकाश भैरब रग्बी क्लबले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष घिसिङले बताए । प्रतियोगिता बिहीबार दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । यसअघि गतवर्ष नेपाल आर्मीले क्लब लिगको उपाधि जितेको थियो । संघका अध्यक्ष घिसिङले रग्बी खेलका लागि १५ ‘ए’ साइड लगानी र शारीरिक पावरका लागि धेरै लागतको खेल रहेको बताए । साथै उनले यस खेलबारे पूर्ण जानकारीपछि निकै रोमाञ्चक हुने गरेको तर्क गरेका छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,813
दुई दशक देखि सञ्चालित नेपालको प्रतिष्ठित अस्पताल नर्भिक इन्टरनेशनलको यूके अल्मुनाई गठन भएको छ ।
1,814
पीएसजीले खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा अग्रता लिएको थियो । तर पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम २० मिनेटमा १० खेलाडीमा सिमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो । खेलको १८ औं मिनेटमा सर्जियो अगुएरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२:३० बजेपछि सुरु हुने खेलमा विजेता टोलीले शुक्रबार काठमाडौं गोल्डेन्ससँग क्वालिफायर खेल्ने छ । आज पराजित हुँने टोली बाहिरिने छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आज राति १ः४५ बजेपछि हुनेछ । घरेलु टोली मड्रिड युभेन्टसलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । च्याम्पियन्स लिग अन्तर्गतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल साल्केको घरेलु मैदानमा हुन लागेको हो । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि हुनेछ । समुहको बि को पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित हुँदै नेपालले हारबाट सुरुआत गरेको हो । पहिलो हाफमा १-० को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा ४ गोल थपेको थियो । खेलको २६ औं मिनेटमा यानिकले दाउफिन्सलाई अग्रता दिलाएका थिए । बुधबार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले युनाइटेड ब्रदर्शलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । रुस्लान थ्री स्टारले खेलको १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । आज भएको क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गरेको हो । बिहीबार महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटर खेल हुने छ । शुक्रबार एलिमिनेटरको विजेता र काठमाडौंबीच दोस्रो क्वालिफायर हुने छ ।
1,815
विश्व स्वास्थ्य संगठनले सन् २०२० लाग्दालाग्दै सचेत गराएको थियो। कोभिड १९ का परिवर्तित स्वरूपहरूले लामै समय दुःख दिन सक्छन् भन्ने अनुमान प्रक्षेपण गरेकै थियो। सम्पन्न राष्ट्रहरूलाई पनि हम्मेहम्मे पार्ने कोभिड १९ ले नेपालजस्ता विकासोन्मुख मुलुकलाई थलै बसाउन सक्ने खतरा पूर्वानमान गरिएकै हो। तथापि, यी सबै कुरालाई हल्कै लिइयो, लिइँदै छ र लिइने सम्भावना बढ्दै गइरहेको छ। हामी एउटा अँध्यारो सुरुङतिरको यात्रामा त छैनौं? लाखौं भुइँमान्छे नेपालीका मनमा अहिले खेलिरहने कुरा यस्तै होलान्। फैलँदो महामारी वा कुनै पनि प्राकृतिक विपद् आफैंमा संकटकाल हो। राज्य त्यस्तै संकट र सकस कालमा नागरिकको जीवन, स्वतन्त्रता र सम्पत्ति बचाइराख्न सिर्जना गरिएको संयन्त्र हो। राज्यले यो काम गर्दा सधैं विधायन (योजना), कार्यान्वयन र निरूपणका माध्यमबाट गर्छ। नागरिकको जीउधनको रक्षा र विकासका सबै गतिविधि कानुन बनाउने, कार्यान्वयन गर्ने र कार्यान्वयन विधिसम्मत भयो कि भएन भनेर समीक्षा गरी पुनः उही क्रम चलाउने प्रणालीलाई कानुनी राज्य भनिन्छ। राज्य नागरिकले नै चलाउने हो र राज्य चलाउने नागरिक अरू नागरिकभन्दा प्रतिभावान्, सक्षम, योग्य, सशक्त, उत्तरदायी र उच्च मानवताका गुणले सम्पन्न हुन्छन्। निर्वाचन, ल्याकत परीक्षण वा विशेषज्ञताको मापनजस्ता प्रतिस्पर्धात्मक विधिबाट सार्वजनिक जवाफदेहीयुक्त लाभका पदपूर्ति यसै आधारमा गरिन्छन्। अर्थात् राज्य सञ्चालकहरू आमनागरिकभन्दा उदारचित्त र उच्च संवेदनाका हुन्छन्। आदर्श र प्रतिमानी विज्ञान (नर्मेटिभ साइन्स) को मान्यतामा राज्यलाई यसरी चिनिन्छ र यसैअनुसारको अपेक्षा गरिन्छ। बितेको डेढ वर्ष अवधिको नेपाली राज्य सञ्चालनले यी आदर्श र प्रतिमानको आधारमा राखिँदै आएको विश्वास ध्वस्त भएको छ। कोभिड १९ को महामारीको रोकथाम र नियन्त्रणको काम सुरु हुँदै गर्दा कार्यपालिकाअन्तर्गत स्वास्थ्यसम्बन्धी उपकरण र औषधिको आयातर खरिदमै घोटालाको प्रश्न उठ्यो। व्यवस्थापिकीय समितिले घोटाला भएकै निचोड निकालेको छ क्यारे! तर बढ्दो महामारीको सन्त्रासका छायामा यसलाई त्यतै हराउन खोजियो। कार्यपालिकाले कानुन कार्यान्वयनलाई कति स्वेच्छाचारी तरिकाले अगाडि बढायो भने कोभिड १९ को जाँच र उपचारलाई संविधानको मौलिक हकस्वरूप निःशुल्क गर्नू भन्ने सर्वोच्च अदालतको आदेशलाई धोती नै लगाइदियो। अहिले अब खोप पनि नागरिकले किनेर मात्र लाउन पाउने गरी बन्दोबस्त हुँदै छ रे। यस बीचमा कार्यपालिका स्वेच्छापालिका, व्यवस्थापिका अस्तव्यस्तपिका र न्यायपालिका अवसरपालिकाका रूपमा चले। संवैधानिक निकायको कुरा नगरौँ किनभने ती यिनै तीन अंगका आंशिक प्रतिच्छाया हुन्। हामी राजकीय असंवेदनाको उत्कर्षमा पुग्यौं। प्रधानमन्त्रीले गरेको ज्यान मार्ने उद्योगबाट मरणासन्न बनेको प्रतिनिधिसभा अदालतले दिएको न्यायिक सञ्जीवनीले बौरिन त बौरियो तर सारसौंदो बन्न सकेन। कानुनी राज्यको अवधारणा र नेपालको संविधानका अक्षरले संसद्लाई मुलुकको व्यवस्थापिकीय शक्तिधारी विधायिका त बनायो। बितेको डेढ वर्षका अवधिमा यसले आफूलाई विधायिकाका रूपमा प्रस्तुतै गरेन। ओथारो बसेको पोथीका रूपमा नयाँ सरकार कोरल्नमा यसले आफ्नो पूरै बल लगाइहेर्‍यो। राज्यको योजना महाआयोगका रूपमा काम गर्नुपर्ने संसद् कस्तुरीले बिनाको खोजीमा भौंतारिएझैं सरकारले ‘बिजनेस नदिएको’ आरोप लगाउँदै मूर्छित अवस्थामा बस्यो। कार्यपालिकाले अध्यादेशमार्फत फौजदारी कानुन र संवैधानिक निकायको कानुनी व्यवस्थामा गरेको उतारचढावलाई हस्तक्षेप गर्नुपर्ने संवैधानिक दायित्वबाट संसद् पन्सिएर बस्यो। संसद् पुनः स्थापित भइसकेपछि पनि अध्यादेशीय निरन्तरताको अभ्यासको यो अवधि संसदीय अकर्मण्यताको परिचायक कालो दागको रूपमा इतिहासमा रहिरहने भो। जेठ १५ सम्ममा बजेट संसदमा पेस गर्नुपर्ने किटानी व्यवस्था संविधानमा नहुँदो हो त अहिलेको सरकारले बजेट पनि अध्यादेशबाटै ल्याएर संसदलाई देखाइदिने थियो होला। बजेट अधिवेशन कसरी खुल्छ, बजेट कसरी आउँछ र पारित हुन्छ– त्यो निकट भविष्यको दृश्यावलीले देखाइहाल्नेछ। विधायिका मूर्छित छ किनभने विधायकहरू सक्षम व्यक्ति होइन लाचार छाया मात्र बनेका छन्। वैशाख २७ गते प्रधानमन्त्रीले औपचारिक रूपमा प्रतिनिधिसभामा विश्वास गुमाए। सरकारको विकल्प दिन्छौं भनेर केही दलले सदनमै खोके। तीन दिनको म्याद पाएका ती दलले अर्को सरकार कोरल्न सकेनन्। परिणामस्वरूप प्रतिनिधिसभामा विश्वास गुमाएका व्यक्तिले नै ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीको पदमा अर्को नियुक्ति लिए। पञ्चायत कालमा लोक सेवा आयोगबाट पूर्ति हुन नसकेका पदमा छ महिनाको नियुक्ति दिने र छ महिनापछि फेरि नियुक्ति गर्ने चलन थियो। कर्मचारीको त्यो नियुक्तिको शैली अहिले बढ्दै राजनीतिक पदमा अवलम्बन हुन थालेको छ। संविधानअनुसार प्रधानमन्त्री फेरि ३० दिनभित्र विश्वासको झोली थाप्न त्यही प्रतिनिधिसभामा पुग्नेछन्। एक महिनाअघि विश्वास छैन भनेकालाई तिनै मुखले फेरि विश्वास छ भन्नु कसरी? मलाई बहुमत सदस्यले विश्वास गर्छन् भन्ने आधार प्रस्तुत गर्न त्यही थलामा उभिनु कसरी? निष्ठा र नैतिकतालाई हुँदै उल्लाउने अक्कडो परिदृश्य सामुन्नेमा छ। हामी नेपाली यस्तै परिदृश्यहरूको साक्षी बन्ने अभागी नागरिक न हौं। कोभिड १९ को असरले नागरिकको जीवनपछि घातेको क्षेत्र न्याय हो। अगिल्लो वर्षको बन्दाबन्दी घोषणा हुँदै गर्दा धेरै नागरिकले न्यायको ढोका बन्द हुनु नहुने भन्दै आवाज उठाए। यो पङ्तिकारले लेखमार्फत नै विद्युतीय श्रव्यदृश्यात्मक माध्यमको प्रयोग गरेर विशेष गरी फौजदारी मुद्दाको सुनवाइ र कारबाही किनारा अगाडि बढाउनुपर्छ भनेर सार्वजनिक आह्वान गरेको हो। फौजदारी मुद्दाको कारबाही किनाराको प्रक्रिया जस्तै संकटकालमा पनि रोकिन हुँदैन किनभने फौजदारी मुद्दाले नागरिकको जीवन र स्वतन्त्रताउपर बन्देज लगाएको हुन्छ। मुद्दाको कारबाही अवरुद्ध भए कसुर गरेको आरोप लागेकाको हकमा मात्र होइन, कसुरबाट पीडित प्रताडित भएकाको जीवन, स्वास्थ्य र स्वतन्त्रताको पुनःस्थापना गर्ने काम पनि अवरुद्ध हुन्छ। यसैले फौजदारी मुद्दाको कारबाही श्रव्यदृश्यात्मक माध्यमबाट गर्नुपर्छ। यसो गर्न फौजदारी कानुनले बाटो खुला राखेको पनि छ। यसका लागि न्यायपालिकालाई अवसर थियो। सरकारले डिजिटल नेपालको डिङ हाँकेकै थियो र त्यसलाई ठूलो उपलब्धिको सूचीमा राखेकै थियो। न्यायपालिकाको नेतृत्वले प्रहरी, सरकारी वकिल, अदालत, कारागार र फौजदारी मुद्दा हेर्ने कानुन व्यवसायीहरूमा विद्युतीय श्रव्यदृश्यात्मक साधनको उपलब्धता सुनिश्चित गराउन सरकारसँग स्रोत लिन सक्थ्यो र व्यवस्थित गर्न सक्थ्यो। तर, न्यायिक नेतृत् आफूले गर्न गराउन सकिने न्यायपालिकीय कार्यसम्पादनको क्षमता विकास गराएर इतिहास राख्नेतिर लागेन। उल्टै संवैधानिक नियुक्तिको भागबन्डामा सरिक भएको आरोप न्यायिक नेतृत्वले पायो। अहिले पनि हजारौं मुद्दामा थुनामा नरहनुपर्ने मानिस थुनामा छन्। हजारौं मुद्दाका अपराधपीडितको जीवन, स्वास्थ्य र सामाजिक पुनःस्थापना मूर्छित छ। न्याय मृतप्रायः वैतरणी समीप छ। २०७४ को निर्वाचनपछि बनेका संघीय सरकार र स्थानीय सरकारहरूले देशको भौतिक विकासका केही प्रयास अगाडि बढाएकै हुन्। भौतिक विकासका प्रयासको अन्तर्यको केही अंश व्यक्तिगत लाभका लागि सार्वजनिक स्रोतको दोहन नै भए पनि इतिहासमा यो कालखण्डमा भएका कामको पृथक छाप छोडेको छ। विडम्बना, यी उपलब्धिहरू यो बितेको डेढ वर्षको अवधिमा संघीय सरकारको दम्भमा उल्था भए। कोभिडको त्रासद संक्रमण बढ्दै गर्दा सरकार आफैंले घोषित गरेका मापदण्डविपरीत मानिस भेला गरेर उद्घाटन र शिलान्यासहरूमा व्यस्त भयो। २०७७ चैत अन्त्यमा दोस्रो लहर उत्कर्सिन थाल्दा पनि सरकारले बेवास्ता गर्‍यो। स्वास्थ्य क्षेत्रका सरकारी विज्ञविशेषज्ञले सतर्क गराउँदागराउँदै पनि कोभिड संक्रमणको रोकथाम र नियन्त्रको कामलाई सरकारले केन्द्रीय कार्यसूची बनाएन, बनायो सरकारै टिकाउने बचाउने र ठाउँठाउँमा आफ्ना अनुचरहरूको बोलवाला हुने किसिमको राज्यसंयन्त्र स्थापित गर्ने कार्यसूची। अहिले कहीं अक्सिजन नभएर अस्पतालमै मानिस भत्याभुतुक भइरहेछन्। कहीं भेन्टिलेटरजस्ता उपकरण छन् तर चलाउन जान्ने जनशक्ति नभएर तिनको प्रयोग हुन नसकेर मानिस मरिरहेछन्। विधायिका, न्यायपालिका र संवैधानिक अंगहरू यो परिवेशमा आफ्नो कुनै भूमिकै नभएजस्तो कार्यपालिकाले नै यो सबै अभिभारा लिनुपर्ने फलाको हाल्छन् ।
1,816
गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी’ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ। तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ। रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ। यस गीतको निर्माता कुशल गुरुङ हुन्। कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन्। उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।
1,817
मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज होली मनाइएको छ । होलीका कारण बजारका अधिकांश पसलहरू बन्द छ । तराईका अन्य ठाउँमा भने सोमवार न होली मनाइएको हो । होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने-खुवाउने र एक अर्कालाई रङ लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ । हिमाली र पहाडी जिल्लाहरुमा आइतबार तथा तराईका अन्य जिल्लामा सोमबार होली मनाइसकिएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलबार साधु सन्तहरुले मनाए पनि अन्य ८० प्रतिशत नागरिकले भने आज होली मनाएको स्थानीय किशन साहले बताए । होलीको अवसरमा महावीर युवा कमिटीले मटकाफोर कार्यक्रम राखेको छ । जहाँ सर्वसाधारणको भिड छ ।
1,818
गत असार २५ गते भीषण पहिरामा परी ’कोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिए । आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताए । आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।
1,819
तेक्वान्दो मार्फत सीना मादेनले नेपाललाई पाँचौ स्वर्ण दिलाएकी छिन् । धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तीलक राई विजयी भएका छन् । तेक्वान्दो मार्फत नेपालले तेश्रो स्वर्ण पदक हात पारेको छ ।
1,820
काठमाडौं- पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् ।
1,821
नेकपा एमाले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरुले ल्याएको संकल्प प्रस्तावको मर्मलाई स्वीकार गर्दै अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नरहेको दाबी गरे । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारले पनि दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनैपर्ने व्यवस्था रहेको अधिकारीको दाबी छ । ‘यो १६८ को उपधारा ५ को सरकार हो । यो सरकारको विकल्प हुन्छ कि हुँदैन रु भन्ने प्रश्न आमरुपमा उठेको छ । सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिईसकेको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी के हुन्छ रु भन्ने कुरा उठिरहेको छ । यताकता हामीले सुनिरहेका छौं मुख्यमन्त्रीले म राजीनामा पनि दिन्न र विश्वासको मत पनि लिन्न भनिरहनु भएको छ । भने अर्कोतिर मलाई रिस उठाए प्रदेश सभा विघटन हुने पनि भनिरहनु भएको छ’ उनले भने ‘यसबारेमा मुख्यमन्त्रीले प्रस्ट पार्नुपर्छ’ । एक पटक बनेको सरकार अनन्तकालसम्म नहुने स्मरण गराउँदै अधिकारीले सरकारमा सामेल दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनैपर्ने उल्लेख गरे । ‘उपधारा ५ को सरकार एकपटक बनेपछि अनन्तकाल सम्म रहनुपर्छ भन्ने होईन् । संसदले सरकार दिने अवस्था रहँदासम्म प्रदेश सभा कहिल्यै पनि भंग हुँदैन । जुन सर्वोच्च अदालतको फैसलाले नै प्रमाणित गरिसकेको छ । अल्पमा मुख्यमन्त्री कार्की परिसक्नु भएको छ । उहाँलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन्’ उनले भने । बिहीबार सुरु भएको बैठकमा नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक र एमालेकै किशोरचन्द्र दुलाल तथा माओवादीका गणेश उप्रेती समर्थक रहेर संकल्प प्रस्ताव पेश भएको थियो । सो प्रस्ताव आजै पारित गर्ने तयारी छ । सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गरेका हुन्। यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए। वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने ब्यहोरा प्रस्तावमा उल्लेख छ। राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने पनि संकल्प प्रस्तावमा उल्लेख गरिएको छ। उनीहरूले सरकारलाई दिएको समर्थन र विश्वासको मतसमेत प्रदेश सभाका ५२ जनाले फिर्ता लिइसकेको अवस्थामा आगामी वैशाख २५ गतेभित्र प्रदेश प्रमुखमार्फत् अधिवेशन आह्वान गराइ संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीलाई निर्देशन दिने उल्लेख गरेका छन्। दुई दलको संकल्प प्रस्तावमा बहुमत सदस्यको विश्वास गुमाइसकेको सरकारका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरून्जेल दीर्घकालीन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रमिक निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख सचिव र प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिने पनि उल्लेख छ। यस्तै वैशाख २५ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिए, त्यसपछि प्रमुख सचिव र मन्त्रालयका सचिवहरूले मुख्यमन्त्री वा मन्त्रीहरूको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने निर्देशन प्रदेश सभाबाट दिने प्रस्ताव संकल्प प्रस्तावमा गरिएको छ। काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उपसभामुख इन्दिरा रानाले एनजीओकर्मीको काठमाडौं, ५ साउन । सिरहाको लहान नगरपालिका–२२ का लक्ष्मीप्रसाद कल्याणले आफ्नो छोरा देवदत्त चौधरीको २०६८ काठमाडौं, ५ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन ।
1,822
सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो । यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो । सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले चार खेलमा १२ अङ्क जोडेको छ । यता पुल्चोकको भने यो लगातार चौथो हो । लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अङ्क जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
1,823
काठमाडौं सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । काठमाडौं सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । गत चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दल भित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन । तेस्रो विस्तार हुँदा राज्यमन्त्री सहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधान अनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ । मुख्य सल्लाहकार रिमालले भने, उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।
1,824
गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तीव्र रूपमा अगाडी बढेको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ को लुम, भोटगाउँ, तिर्खु, डिल्लीचौर, लाम्री, वैसेनी र डोल्काटी लगायतका गाउँ छाउगोठमुक्त वडा घोषणा गरिएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ । आर्थिक अभावमा सिकलसेल एनीमियाबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्तकमैया शिविरका ३२ वर्षीया ताराकुमारी चौधरीको आर्थिक सहयोग जुटेपछि अप्रेसन सफल भएको छ । माघे सङ्क्रान्तिको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) सहमतिबाटै संसदमा प्रस्तुत हुने बताउनुभएको छ । नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुसार बागमती प्रदेश सभाको दोस्रो निर्वाचनपश्चात् वर्तमान प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठुलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ । रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ । नेपालगन्ज उपमहानगरका अति विपन्न र एकल महिलालाई आयआर्जनमा सहयोगका लागि सिलाइ कटाइ तालिमसँगै सिलाइ मेसिन सेट वितरण गरिएको छ । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो ।
1,825
नेपालसँग रेल विस्तारका लागि इच्छुक देखिएको चिनियाँ टोली वार्ताका लागि निकट भविष्यमा नेपाल आउने भएको छ । चिनियाँ टिम काठमाडौं–पोखरा रेलवेको डिपीआर सम्बन्धमा छलफल गर्न नेपाल आउँदै गरेको स्रोतले बताएको छ । यो पछि लुम्बिनीसम्म पुर्याउने चिनियाँ योजना छ । यसअघि नै चीनले आफ्ना पर्यटकलाई चीनबाट लुम्बिनीसम्म पुर्याएर एकै दिन फर्काएर चीन नै लैजाने योजना अनुसार रेलवे विस्तार गर्न खोजिरहेको बताइएको थियो । रेलवे विस्तारमा चिनियाँहरुको चासो रहेको बुझ्न सकिन्छ ।यद्यपी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा अझ ठोस रुपले रेलवेको बारेमा कुराकानी हुन सक्ने अपेक्षा विपरित टालटुले कुरा मात्र भएको छ । हिमाली तथा उच्च पहाडी मार्गहरु रहेकाले रेलवे जोड्न निकै कठीन तथा महंगो हुने विश्लेषण हुँदै आएको छ । पहिले लिपुलेकसम्मै रेलवेले जोड्ने विषयमा पनि सम्भाव्यता अध्ययन गर्ने तर यो निकै महंगो हुन सक्ने बताइएको थियो । चीनको इन्ट्रेस्टमा पहिलेदेखि केरुङ–रसुवा–काठमाडौंको रेलवे यद्यपि छ । तर यसलाई बिस्तार गर्नुको सट्टा चीनले पहिले काठमाडौं–पोखराको रेलवेमा जोड दिएको छ । विश्लेषकहरु कतै चीनले नेपाललाई ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) मा पार्न खोजेको त हैन ? भनी प्रश्नसमेत तेस्र्याउन थालेका छन् । कतै त्यसकै लागि चीनले डीपीआरका लागि ऋण लिन नेपाललाई भनिरहेको छ । यसलाई आधार मानेर ऋणको पासोका रुपमा पनि लिइएको छ । विज्ञहरु पनि त्यस्तै भन्छन् । यो निकै महंगो भएको भन्दै चीन हच्किएको छ । तर काठमाडौं पोखराप्रति रुचि हुनुको पछाडि के छ ? अर्थशास्त्री डा हरिवंश झा ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन् । उनले भने, ‘यो जवाफ त्यति सन्तोषजनक नलाग्न सक्छ तर वेट एन्ड वाचकै अवस्थामा छु ।’ अर्थात् छिमेकी मुलुकले धेरै नै योजना अनुसार नेपालमा काम गर्न खोजेको देखिएको छ । तर काम अल्झाइरहँदा अझ बढी आशंका छ । समानान्तर शैलीले भारतले पनि नेपालमा रेलवे सेवा विस्तारको काम सुरु गर्न खोजेको दखिँदैछ । काठमाडौं–रक्सौल रेलवेको कुरा पनि भारतले बनाउने कुरा गरेको छ । डीपीआरका लागि लाग्ने खर्च भारतले अनुदानमा दिने बताइसकेको छ । रक्सौल–काठमाडौंका लागि भारतले अनुदान दिने बताइरहँदा चीनले भने डीपीआरका लागि नेपाललाई ऋण लिन भनेको छ । यसले चीनको नियत के हो त भन्ने अहिलेसम्म खुलेको छैन। चीनले किन ठूलो प्रोजेक्टलाई चयन गरि ऋणमा गराउन खोजिरहेको छ त ? भन्ने चर्चा भइरहेको छ । एकथरि विश्लेषण यस्तो छ कि चिनियाँहरु जहाँ जान्छन् त्यहाँ यस्तै नियन्त्रणका कुराहरु भइरहेका छन् । पछिल्लो समय श्रीलंकाको हम्बनटोटा बन्दरगाहालाई चीनले आफ्नो कब्जामा लिएको छ । श्रीलंकाले ऋण तिर्न नसकेपछि चीनले ९९ वर्षका लागि आफैले लिजमा लियो । अर्बौं डलरको पासो थियो श्रीलंकाको । नेपालको विकास गर्ने क्रममा चीनले प्रत्येक आयोजनामा अनुदान भन्दा ऋण दिन खोज्नुको कारण यही नै भएको दावी नेपाली विज्ञहरुले गर्दै आएका छन् । नेपालजस्तो कम आयस्रोत भएको मुलुकमा भोलिका दिनमा प्रतिफल दिने–नदिने टुंगो नभएका आयोजनामा चीनले ऋणको भार थोपरेर नेपालमा पासो लगाउन नै खोजिरहेको छ कि अरु कुनै स्वार्थ छ । यस्ता परियोजनाहरुमा ऋण लगानी गर्ने इच्छा नेपालको प्राकृतिक सम्पदामा चीनले आँखा गाडेको रुपमा पनि बुझ्न थालिएको छ । चीनले नेपालको भूमि प्रयोग गरेर भारतको ठूलो बजारमा पनि आँखा गाडेको हुनसक्ने तर्क एकथरिले दिँदै आएका छन् । नेपालको प्राकृतिक स्रोतहरुको दोहन गर्ने र अर्कोतर्फ चीनका सस्तो मुल्यका सामान नेपाल तथा भारतको बजारमा डम्पिङ गर्ने योजना बनेको हुन सक्ने आशंका पनि गरिएको छ। यो अवस्थामा हाम्रो उपभोक्ता, हाम्रा ब्यापारी र व्यवसायीलाई कसरी बचाउने भन्ने प्रश्न गम्भीर रुपले उठेको छ । चीनले लगानी गरेका अधिकांश देशमा आर्थिक संकट आएको विश्लेषण गरिएको छ । चीनको सहयोग सम्वन्धित राष्ट्रका लागि संकटका रुपमा रुपान्तरित भएका कैयन उदाहरण छन्। पछिल्लो उदाहरण श्रीलंका हो । दक्षिणी श्रीलंकामा बनेको हम्बनटोटा बन्दरगाहामा ऋणमा परेको श्रीलंकाले चीनलाई ९९ बर्षका लागि भाडामा दिन वाध्य भएको छ । सन् २०१७ मा चीनले उक्त सम्झौता गरेको हो । उक्त बन्दरगाहा निर्माणका लगि १ अर्ब ४० करोड डलर ऋण लागेपछि चीनलाई हस्तान्तरण गरिएको थियो। श्रीलंकामा निर्मित ३ सय ५० मिटर अग्लो ‘लोटस टावर’ पनि भ्रष्टाचारको भुमरीमा फसेको छ । उक्त टावर बनाउने चिनियाँ कम्पनी १ करोड ८० लाख डलर लिएर भागेको थियो । चिनियाँ बदमासी नेपालकै विभिन्न आयोजनामा पनि देखिएको छ । एकातिर चीनले नेपाललाई परिवन्धमा पार्ने योजना बुन्ने अनि अर्कातिर केपी शर्मा ओली नेतृत्वको सरकारले जानी–नजानी सहजीकरण गरिदिने हो भने नेपाललाई कंगाल नबनाउला भन्न सकिन्न ।
1,826
आफूलाई सघाउन एमाले अध्यक्ष झलनाथ खनालले गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको छ । मधेसका मुद्धामा स्पष्ट खाका नआएसम्म सघाउन नसकिने ती दलले दोहोर्याए ।
1,827
क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् । गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस वर्ष भने पर्यटकको आगमन दैनिक बढ्दो छ । यहाँ दैनिक १०० देखि १५० पर्यटक आउने गरेको र शुक्रबार, शनिबार तथा बिदाका समयमा ३०० देखि ४०० आन्तरिक पर्यटक आउने गरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताउनुभयो । गत मङ्सिरमा पर्यटक नआउँदा चिन्तित भए पनि यस वर्ष पर्यटक वृद्धि हुँदा घरबास सञ्चालकलाई पर्यटक सत्कारमा फुर्सद नभएको उहाँको भनाइ छ । घरबास सञ्चालक दीर्घराज घलेले भन्नुभयो, “हामी गत वर्ष पर्यटक नहुँदा कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्तामा थियौँ, यस वर्ष पनि के हुन्छ भन्दै सोचिरहे पनि यतिबेला पर्यटकको आगमनले हौसला मिलेको छ ।” पर्यटकले गाउँ नै भरिभराउ भइरहेको घलेगाउँका घरबास सञ्चालकको भनाइ छ । प्रकृतिले सुन्दर रहेको घलेगाउँमा विभिन्न हिमाल, संस्कार संस्कृति, गुरुङ समुदायको वेषभूषा, जैविक परिकार, एतिहासिकस्थललगायत ठाउँ हेर्न तथा अध्ययनका लागिसमेत पर्यटक आउने गरेको समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । यहाँ नेपालकै उत्कृष्टमध्ये एक भएकाले पर्यटकको आकर्षणको केन्द्र बनिरहेको उहाँको भनाइ छ । मङ्सिरमा अधिकांश स्थानीय खेतीपाती थन्काउनमै ब्यस्त भइरहे पनि घलेगाउँका स्थानीय भने पर्यटक स्वागत सत्कारमा व्यस्त हुँदा आम्दानीसमेत राम्रो गर्दै आइरहेका छन् । विसं २०५६ देखि सुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट १२ घरबाट अघि बढेको घरबास यतिबेला यहाँ ३७ घरमा सञ्चालनमा छ । घलेगाउँमा पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि हालसम्म करोडौँ रुपैयाँ घलेगाउँवासी र सरकारले खर्च गरिसकेका छन् । यहाँ प्रतिपर्यटक रु एक हजार १०० मा खान तथा बस्न र सुत्ने व्यवस्था रहेको बताइएको छ । घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कलासंस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गर्दछ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका जैविक चामल, मकै, कोदो, भटमास, रायाको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायत परिकार खुवाउने गर्दछन् । घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), ६९६३ मिटर उचाइमा रहेको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइमा रहेको मनास्लु हिमाल, ७८९३ मि उचाइमा रहेको हिमालचुली, ७८३५ मिटर उचाइमा रहेको ङादीचुली (डा हर्क हिमाल) र ६६७२ मिटर उचाइमा रहेको बुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदयको मनोरम दृश्य, सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, घले राजाको शालिक, गुरुङ सङ्ग्रहालय, क्वोइवो धीं,सात कुवा, चिया बगान, भिर मौरी, वनझाङ्ग्री छहरालगायत स्थानसमेत घलेगाउँमा देख्न सकिन्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधारकोसमेत विकास भइरहेको छ ।-रासस चितवन, साउन ५ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ म्याग्दी, साउन ४ । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक म्याग्दी, १ साउन । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको काठमाडौं, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् काठमाडौं, असार २८ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको मुग्लिन (चितवन), २५ असारः इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । चितवन, २४ असार । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
1,828
गएराति सिन्धुलीमा भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–३ गढीकोट नजिकै कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भारतीय नम्बरप्लेटको बीआर ०६ डिडि ०६८७ कार दुर्घटना भएको हो । मृत्यु हुनेमा सबै पुरुष छन् । एक जनाको उपचारको क्रममा र ३ जनाको घटनास्थलमै निधन भएको हो । कारमा सवार अर्का एकजना घाइते पुरुषलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
1,829
छ महिनाको यात्रापछि एउटा ‘जादुमयी’, ‘स्वच्छ’, र ‘अलग’ ठाउँ पाउने आशा मनमा प्रबल थियो । तर ससाना साँघुरा गल्लीहरूमा कुखुरा र कुकुरले गरेका दिसाका थुप्राबीच बाटो बनाउँदै हिँड्यौं । विस्तारै हामीलाई थाहा भयो कि हाम्रा अपेक्षाहरू एकपल्ट फेरि वास्तविकतासँग टकराएर चर्कने स्थितिमा छन् । पाटन चर्केका मोहडा भएका घरहरूको एउटा खुल्ला प्रान्तीय पुरानो बजार थियो । जसको प्राचीन सुन्दरता हिमालीे गरिबीको दुर्गन्धित तहहरूमुनि थिचिएको थियो । आआफ्ना साइकलबाट खानेकुरा बेच्ने स्टलहरू नजिकैको सानो चोकमा ओल्र्यौं । बजार घुम्न जान भाडाका साइकल राख्ने ठाउँ खोज्यौं । काठमाडौंमा साइकलपसले साहुजीले ‘प्रायः नेपाली हिँड्न मन पराउँदैनन् भन्ने कुरा नबिर्सनू’ भन्ने चेतावनी दिएका थिए । ‘अब के गर्ने ?’ भन्ने दोधारमा बसिरहेका बेला चलाख ठिटो लजाउँदै खालीखुट्टाले साथीबाट अलग्गिएर हामीतिर आयो । उसको सिँगाने नाकलाई एउटा हातेरुमालको आवश्यकता थियो । एकातिर ढल्केको उसको गोलो तर रङ खुइलेको टोपीले उसलाई अलि छट्टु केटोजस्तोे भान गराउँथ्यो । जब हामी नजिकै पुग्यौं, तब उसले सुमधुर मुस्कान दिँदै हाम्रो स्वागत गर्‍यो । ‘गर्र, गर्र’, उसले भन्यो र हतारिँदै थप्यो, ‘ग, ग, गर्र, बर्र, इक, इक, बर्र ।’ हाम्रो अलमल्ल परेको अनुहार देखेर उसले अर्को एउटा पाइला अघि सार्‍यो, ‘गर्र, बर्र, इक, बबबगगगररर !’ त्यो जुनसुकै बोली भए पनि कम्तीमा आधा दर्जन भाषाको मिश्रणजस्तोे सुनिन्थ्यो । पक्कै पनि त्यो केटाले हामीलाई केही भन्न खोजिरहेको थियो । साइकलको ह्यान्डल समाउँदै उसले साइकल मदेखि पर तान्न थाल्यो । भवननजिकै रहेको पर्खालतिर ऊ लम्क्यो र पर्खाललाई हातले थप्थपाउन थाल्यो । ‘गर्र, बर्र, इक, गर्र’, उसले जिद्दी गर्‍यो । अवश्य पनि केटाले हाम्रो समस्या बुझिसकेको थियो । सल्लाह दिन अघिसरेको थियो । साइकल पर्खालमा अडेस लगाएर राख्दा सुरक्षित हुन्छ भन्ने कुरो उसको अनुहारको हाउभाउबाट देखिन्थ्यो । अरू कुनै उपाय नहुँदा हामीले पनि त्यसै गर्‍यौं । म पुरानो ढाँचाको सिक्रीले साइकल बाँध्न तल निहुरिएको मात्र के थिएँ, एक्कासि उसको अनुहार मेरो खुट्टाबीच देखापर्‍यो । ‘गर्र, गर्र’ ऊ भुत्भुतायो र मेरो सुरुवाल तान्यो । मेरो हातको साँचो खोस्यो र खिया लागेको ताल्चा मार्न थाल्यो । त्यसपछि ऊ मेरी श्रीमतीको साइकलमाथि पनि जाइलाग्यो । यो पालि अलि बढी समय लागे पनि आफूले सुरु गरेको काम पूरा गरेर नै छाड्ने अठोटमा ऊ थियो । ‘गर्र, बर्र’ ऊ आफ्नो पौरखमाथि बड्बडायो । उसको हातमा रहेको साँचो लिन मैले हात लम्काएँ तर विरोधको टाउको हल्लाउँदै उसले आफ्नो ढाड पछाडि साँचो लुकायो । हतारहतार मतिर लम्क्यो । बडो सिपालु पाराले मेरो सुरुवालको खल्तीमा माथिबाटै फ्वात्त साँचो खसाल्यो । अन्त्यमा, पाइला पछिल्तिर सार्‍यो । पालैपालो हामीलाई नियाल्दै ऊ अनुमतिको पर्खाइमा उभियो । मुसुक्क हाँसें र उसको चिउँडोमुनि औंलाले सुम्सुमाएँ । पहिले त उसले सुन्नेगरी राहतको सास फेर्‍यो । खुसी र हाँसोकोे त्यो गद्गदी जुन कम्तीमा पनि हावाको आधा दर्जन वेगसंँगै बहिरहेको थियो । ‘तिम्रो नाम के हो ?’ ऊ शान्त भएपछि सोधें । उसले केही प्रतिक्रिया जनाएन । ऊ त्यहाँ के हुँदैछ भन्ने पत्तो लगाउन हुर्रिदै आएका साथीलार्र्ई हामीसँग चिनाउन व्यस्त थियो । प्रश्न दोहोर्‍याएँ, तर कुनै प्रतिक्रिया आएन । मेरी श्रीमतीलाई लाग्यो कि त्यो केटो बोल्न समस्या भएको हुनसक्छ । विस्तारै ओठहरू चलाउँदै सोधे, ‘तिम्रो नाम के हो ?’ उसका आँखाहरू धमिलियो । उसले मलाई बुझ्न सकेन र मलाई रिझाउन पनि सक्दैन भन्ने कुराले ऊ झन् आत्तियो । ऊ आफ्ना साथीतिर फक्र्यो तर तिनीहरू पनि उही अवस्थामा थिए । एउटा चलाख ठिटीले अकस्मात् बुझी । ‘उकी’ ऊ चिच्याई आफ्नो सानो सिंँगाने नाक भएको साथीलाई देखाउँदै । बल्ल ठिटोले राहतको सास फेर्‍यो र हर्षले गड्गडायो, ‘गर्र, गर्र, इक, इक !’ एक्कासि झ्वाट्टै मेरो हात तान्यो र चोकपारि लग्यो । हामीलाई दृष्यहरू देखाउने सुरमा ऊ थियो । ऊ ज्यादै उत्सुक भयो र हावामा ती ससाना औंलाहरूले पेगोडा, काठमा कुँदिएका बुट्टाहरू र मूर्तिहरूको चित्र कोर्न थाल्यो । बुर्लुक बुर्लुक खरायोजस्तै उफ्रँदै छेउको घुमाउरो गल्ली हुँदै मुख्य चोकमा पुर्‍यायो । सोचेको र देखेको भन्दा ज्यादै सुन्दर र भव्य मन्दिरहरू चोकमा थिए । दृष्यहरू जीवन्त भएर उभिए । ‘गर्र, गर्र, इक, इक’, अचानक भावुक अनि गर्वका साथ अस्पष्ट भाषामा गड्गडाउँदै, हिँड्दै, देखाउँदै ठिटाले ती दृष्य देखाउन र बुझाउन थाल्यो । मानौं यो सम्पूर्ण सुन्दरताको स्वामी ऊ नै थियो र यी सम्पूर्ण दृष्य सौगातका रूपमा पस्कँदै थियो । उसलाई पछ्याउँदै एक भवनबाट अर्को भवन हँुदै चोकको डिलैडिल हिँड्यौं । बीचबीचमा रोक्दै आकर्षक गुम्बा, खम्बा र काष्ठकलाप्रति ऊ हाम्रो ध्यानाकर्षण गराउँथ्यो । आफ्नो यो नौलो भूमिकामा गर्व गर्दै अत्याधिक खुसीले ऊ गडगडायो । हामीले कतै झर्काे त मानेका छैनौं भन्ने कुराले बेलाबेलामा चिन्तित हुन्थ्यो । त्यसैले बेलाबेला सुटक्क हाम्रो अनुहार नियाल्थ्यो । हाम्रो अनुहारमा निराशाको झल्कोमात्र देखे पनि ऊ आफ्नो निधारमा हातका औंलाहरूले हान्न थाल्थ्यो । तुरुन्तै छेउको कुनामा रहेको मूर्तिकलाका नमुनाहरूप्रति ध्यानाकर्षण गराइहाल्थ्यो । भत्केको पर्खाल या झ्याल नै किन नहोस्, उसलाई खुसी पार्न जे देखाए पनि हामी प्रशंसाको भाव देखाउँथ्यौं । विस्तारै पत्तो पायौं कि उकीको सौहाद्र्रता पूर्णरूपमा निःस्वार्थ थिएन । गाइड टुरको अन्त्यमा एक दुई रुपैयाँ पाउने आशामा ऊ थियो । एउटा आधा बाहुला भएको कमिज, पुरानोे थोत्रो सुरुवाल लगाएको ऊ कन्जुसभन्दा कन्जुस पर्यटकको पनि सहानुभूति पाउन सक्थ्यो । हामी एकल सिपाहीले पहरा दिइरहेको राजकीय स्नानगृह चोकभित्र छिर्‍यौं । उकी र पहरेदार साथी थिए । ‘गर्र, वर्र’ केटाले भन्यो । उकी एकछिन सिपाही अगाडि उभियो र चिन्तित मुद्रामा सलामी ठोक्यो । सिपाही हेर्दा केटाभन्दा केही वर्ष जेठो देखिन्थ्यो । उसले मुसुक्क मुस्कुराउँदै सलामी फर्कायो । स्नानगृहको संक्षिप्त भ्रमणपछि एकैछिन आराम गर्‍यौं । प्रवेशद्वार नजिकैको खाली पेटीमा बस्यौं । केही बेरअघि श्रीमतीले केरा किनेर ल्याएकी थिइन् र उकीलाई पनि खान आग्रह गरिन् । केटो अक्मकियो । केरा खान दिएको हो कि होइन उसले बुझेन । ऊ हाँस्यो, गम्भीर भयो । पुनः हाँस्यो । ‘गर्र, बर्र, बर्र’ अन्त्यमा विस्तारै उसले हाम्रो इसारा बुझ्यो र एक कोसो केरा तान्यो । उसले केरालाई सुरुवालको इँजारघरमा घुसायो । क्षमा भावको मुस्कानमा केरापछि खान राखेको कुरो व्यक्त गर्‍यो । त्यो मनोभावलाई श्रीमतीले बुझेर तुरुन्तै अर्को एक कोसो केरा उसलाई दिइन् । पहिले त त्यो केरालाई पनि पछाडि तुनामा झुन्डाउन खोज्दै थियो । मन परिवर्तन गर्‍यो र केरालाई ओल्टाइपल्टाइ हातैमा खेलाउन थाल्यो । मानौं, ऊ केरालाई खाऊँ कि नखाऊँ भन्ने दोधारमा थियो । अथवा हामीलाई यस्तो लागेको हो । सायद श्रीमतीले मनसायलाई बुझी । हातबाट केरा खोसेर बोक्रा छोडाई दुई टुक्रामा भाँचिदिई । अनि ती दुवै टुक्रा केरालाई उसको हातमा राखी दिई । अब ऊसँग अरू कुनै विकल्प थिएन । दुवै हातमा एकएक टुक्रा केरा समाउँदै उन्मुक्त खुसीले ऊ केरा खान थाल्यो । नचाहँदा नचाहँदै पनि दुवै टुक्रा केरालाई पालैपालो टोक्दै खान थाल्यो ऊ । सकिएपछि हातका औंलाहरू चाट्दै हर्षित क्षणकोे आनन्द लियो । त्यसपछि उसले इँजारघरमा घुसारेको केरा तान्यो । अलौकिक मुस्कानसंँगै ध्यानमग्न भयो । अन्त्यमा केरालाई पुनः उही ठाउँमा घुसार्दै उसले घोषणा गर्‍यो, ‘गर्र, गर्र, वर्र, इक, इक, वर्र ।’ यसको अर्थ सायद हामीले भविष्यको पनि विचार गर्नुपर्छ भन्ने थियो । जब हामी हिँड्न उठ्यौं, केरा उसको सुरुवालको भित्री भागबाट तिघ्रामा ठोकिँदै भुइँमा झर्‍यो । हामीले हाँसो रोक्नै सकेनौं । केही क्षणको अप्ठ्यारोपछि केटो हामीसंँगै हिँड्यो । यो हर्षित अवसरमा आफूले भाग लिने मौका पाएकोमा आफूलाई भाग्यशाली मान्दै अत्यन्तै खुसीले हाँस्यो । केरा टिप्दै ऊ सिपाहीतिर फक्र्याे । ‘गर्र, गर्र, इक ?’ उसले चोकपारि औंल्याउँदैै सिपाहीसँग सोध्यो । सिपाहीले टाउको हल्लाएर अनुमति दिनेबित्तिकै उकी चोकपारि दौड्यो । एउटा काठको टुक्रामुनि केरा लुकायो । त्यसपछि हतारहतार आयो, हात तान्दै हामीलाई प्र्रस्थान दिशातिर लग्यो । अचानक सिपाहीले मौनता भंग गर्‍योे । ‘आमाबुवा छैन’, उसले भन्यो, ‘घर आगोले खायो, उहाँहरू त्यसैमा पर्नुभयो उकीको एक भाइ र दुइटी बहिनी छन् ।’ ‘ऊ कहाँ बस्छ ?’ श्रीमतीले सोधी । ‘जहाँ पनि’ सिपाहीले जवाफ दियो । ‘कहिलेकाहिँ धेरै जाडो भएन भने उसले यतै रात बिताउँछ । ऊ मन्दिरहरूमा, बजारमा र सडकका पेटीहरूमा सुत्छ ।’ पुनः दृष्य हेर्नतिरै लाग्यौं । विस्तारै थाहा पायौंैं कि हामीले हेर्न सक्ने अधिकांश कुरा हेरिसकेका रहेछौं । केटाको उत्सुकता पनि हराउन थालिसकेको थियो । ऊ थकित र निन्याउरो देखिन थाल्यो । आफ्नो पारिश्रमिकको प्रतीक्षामा थियो ऊ । ताकि ऊ साथीतिर फर्कन सकोस् । उसलाई दस रुपैयाँको नोट दियौं । उसको अनुहारको रङ उड्यो । उसको सम्पूर्ण जिउ नै काम्न थाल्यो । उसले नोटलाई देखाउँदै अचम्म मानेर सोध्यो, ‘गर्र, वर्र, इक ?’ ‘हो’ टाउको हल्लाउँदै भन्यौं, ‘नोट तिम्रै हो ।’ उसलाई अझै विश्वास लागिरहेको थिएन । ‘हो, तिम्रै हो । राखे हुन्छ’ विश्वास दिलाउन खोजिरहेका थियौं । अर्को दस रुपैयाँ दियौं । ‘गर्र, वर्र, गर्र, ?’ उसले दोहोर्‍यायो । अब ऊ झन् दोधारमा पर्‍यो । ‘हो । दुवै नोट तिम्रै होे, राखे हुन्छ ।’ हर्ष र कृतज्ञताको मिश्रणले उसको अनुहार प्रफुल्लित भयो । ऊ दुवै हातमा एक एकवटा नोट उचाल्दै चोकभरि नाच्दै हिँड्यो । उसका चकित साथीहरूलाई आफ्नो पदक देखायो । तिनीहरू उसको वरिवरि घुम्दै, बाटोभरि नाच्दै र गर्वका साथ चिच्याउँदै सुनाउन थाल्यो । ती सबैलाई जो सुन्न चाहन्थे कि उकीले आज कति आर्जन गर्‍यो ? उसले सुनायो । मान्छेहरूले मुस्कुराउँदै भाग्यशाली केटाको टाउकामा सुम्सुमाए । टोपी खस्छ कि भन्ने डरले ऊ टोपीलाई पटकपटक मिलाउँथ्यो । चुपचाप साइकलमा चढ्यौं र त्यहाँबाट हिँड्यौं । सहरदेखि एक किलोमिटर पर रहेको ठाडै ओरालो पुग्यौं । आधा बाटामा पुग्दा सास फुल्यो । साइकलबाट ओल्यौंं । दस मिनेटपछि पहाडको टुप्पामा चढ््यौं र अन्तिमपटक बिदाइ दृष्टिले पाटनलाई हेर्‍यौं । हाम्रा केही पाइला पछाडि सडकको बीचमा थकित आत्मग्लानि र विरोधले रातोपिरो भएको सानो त्यो बोल्न नसक्ने केटो उभिरहेको थियो । उसको अपत्यारिलो व्यवहारदेखि हामी खुसी हुन्छौं या रिसाउँछौं ? प्रतिक्रियाका लागि पालैपालो हामीलाई हेर्दै उभिरह्यो । ‘गर्र, गर्र, ग, ग, इक, गर्र’, उसले बुझाउने प्रयास गर्‍यो । उसको आँखाको प्रार्थनापूर्ण हेराइ विस्तारै उदासीनतामा बदलियो । ऊ थकित भइसकेको थियो । पसिनाले भिजेका उसको घुर्मैलो कपाल टोपीमुनिबाट बाहिर निस्केको थियो । जाने र बुझेसम्मका सबै इसारामा सम्झाई पुनः पाटन फर्काउने प्रयास गर्‍यौं । काठमाडौं धेरै ठूलो सहर छ, ऊ त्यहाँ हराउन सक्छ । हामी भारत जाँदैछौं । उसको हेरविचार गर्न सक्दैनौं भनेर उसलाई सम्झायौं । तर उसलाई लाग्यो कि हामी उसलाई पन्छाउँदै छौं । एक्कासि उसको अनुहार उज्यालो भयो । मानौं उसले केही सम्झ्यो र ऊ मतिर कुद्यो । टोपी फुकाल्यो र त्यसलाई डस्टर बनाएर मेरो जुत्ता सफा गर्न थाल्यो । त्यसपछि उसले श्रीमतीको अगाडि बसेर उनको चप्पल पुछ्न थाल्यो । अन्त्यमा, आफ्नो टोपी उल्टायो र साइकलको क्रोमलाई पुछ्न थाल्यो । ‘सरी’ हामीले भन्यौं, ‘तिमीले फर्केर जानैैपर्छ ।’ बुर्लुक्क उफ्रेर साइकल चढ्यौं र हिँड्यौं । पछ्याउँदै आइरहेका ती ससाना खुट्टाका अथक पदचापले हाम्रो मुटुलाई नै पल्टाइदियो । यस्तो पनि हुनसक्छ भन्ने कुरो ठिटालाई पक्कै पनि पहिले नै थाहा थियो । ऊ हामीसम्म नआइपुगुन्जेल त्यहीँ पर्खिबस्यौं । ऊ आइपुगुन्जेल यति धेरै थकित भइसकेको थियो कि उसका खुट्टाहरूमा उभिने तागत नै बाँकी थिएन । ऊ रुख ढलेझैं धुलैधुलोले युक्त जमिनमा ढल्योे । उसमा रत्तिभर शक्ति थिएन । मात्र खुसीले बरर्बराइरह्यो, ‘गर्र, बर्र, इक ।’ उसलाई साइकलको अगाडि डन्डीमा राखें । हामीहरू काठमाडौंतिर हिँड्यौं । उसले आफ्नो टाउको पछिल्तिर घुमाएर मलाई हेर्‍यो । उसका आँखाहरूमा कृतज्ञता र राहत छर्लंग झल्किरहेकोे थियो । यतिमात्रै कहाँ हो र ? पवित्र माया पनि झल्किरहेको थियो, जसले झस्कायो । एकचोटि फेरि ऊ खुसीको हाँसोमा गड्गडायो । हाम्रो उद्देश्य उसलाई काठमाडौं लाने, दृष्यहरू देखाउने, खानेकुरा किन्ने र साँझपख पाटन नै फर्काउने थियो । तर, उसको ठूलो सहरमा बस्ने रहर यति धेरै थियो कि हामीले उसलाई एक रात त्यहीँ राख्ने निधो गर्‍यौं । होटेलमा लग्यौं । नुहाउन बाथटबमा पानीको प्रबन्ध मिलाइदियौं । लुगाहरू फुकाली बाथटबभित्र राखिदियौं । पहिले त ऊ डरायो र बाथटबबाट बाहिर निस्कने कोसिस गर्‍यो तर पछि विस्तारै ऊ शान्त भयो । नौलो अनुभवको आनन्द लिन थाल्यो । खुसीले रमाउँदै, चिच्याउँदै पानीसंँग छयापछयाप खेल्न थाल्यो । बाथरुम जताततै छयाप्छयाप्ती पानी नै पानीले भरियो । हामीले नजिकैको बजारमा उसलाई लग्यौं र एउटा नयाँ सुरुवाल, कमिज र नरम छाला भएको चप्पल किनिदियौं । उसको अनुहारमा एउटा शौम्य सम्मानको अनुभूति थियो । यस नौलो पहिरनमा उसले आफूलाई आफैंबाट अपरिचित पायो । जब पसलको कुनामा रहेको डस्टबिनमा साहुजीले उकीका ती पुराना थोत्रा फाटेका लुगा फाल्यो तब उकीले कडा विरोध जनायो, ‘गर्र, बर्र, इक, इक ।’ उसले ती पुराना कमिज र सुरुवाललाई डस्टबिनबाट टिप्यो । बेर्दै एउटा पोको बनायो र कसेर आफ्नो छातीमा टाँस्यो । ‘ग, ग, बर्र, गर्र’ ऊ बर्बरायो । यो अद्भूत संसार, जहाँ उसले आफूलाई पाएको थियो । विस्तारै यसले नै उसलाई तर्साउन थालेको थियो । यिनै पुराना लुगा नै उसको विगतलाई जोड्ने एकमात्र माध्यम थियो । साँझपख उसलाई चाइनिज रेस्टुरेन्टमा लग्यौं । पहिले त उसलाई विश्वास नै भएन कि हाम्रो अगाडि राखेका ती ताता भाँडाहरू साँच्चिकैका हुन् कि होइनन् । उसले प्रत्येक भाँडालाई सावधानीपूर्वक औंलाले छोयो । म र श्रीमती खाना खान थाल्यौं । ऊ विश्वस्त थियो कि ती भाँडा केवल हाम्रा लागि मात्र थिए । श्रीमतीले उसको प्लेटमा केही खाना राखिदिई, तबमात्र उसमा चम्चा उठाउने आँट आयो । खाना खान थालेपछि उसलाई केहीले पनि रोक्न सक्दैन थियो । चम्चालाई चक्कुजस्तै समाउँदै खानालाई मुखतिर लान खोज्यो । मुख ठीक ठाउँमै भए पनि उसले त्यसलाई धेरैचोटि गुमायो । यसै प्रयासमा उसको अनुहार चाउचाउ र त्यसको रसले लत्पतियो भने उसको नयाँ कमिज र सुवालमा पनि चुहिरहेको थियो । तेस्रोपल्टको प्रयासमा ऊ अचानक थकित भयो । चम्चा हातबाट खस्न नपाउँदै टेबलमै घोप्टो परेर सुत्यो । उसलाई बोकेर होटेलमा लग्यौं । लुगा फुकालिदियौं, हातमुख धोइदियौं र खाटमा सुताइदियौं । ऊ मस्तसंँग निदायो । मध्यरातमा ब्यँुझियो । ‘ग, ग, गर्र, गर्र, इक’ त्रसित हुँदै ऊ हड्बडायो । ऊ कहाँ थियो, उसलाई केही पत्तोे थिएन । उसका ती ससाना औंलाले वरिपरिको वातावरणलाई छामछाम छुमछुम गर्न थाले । औंलाहरूले हात फेला पारे, तिनीहरू एकैछिन रोकियो । पुनः दोहोरिए । तिनीहरूले मेरो नाडी, जेठी आंैला, बूढी औंलालाई छामे । अलि अप्ठ्यारो मान्दै उसले मेरो बूढी औंलालाई जोडसंँग थिच्यो । जब उसको अनुहार सर्दैसर्दै मेरो नजिक आयो, उसको मुखबाट चाइनिज फुड गनाइरहेको तातो सास आयो । ‘इक, इक, गर्र, गर्र ।’ भोलिपल्ट बिहान काठमाडौं घुमाउन लग्यौं । दरबारमार्गमा तीनवटा सजिएका हात्ती मुख्य द्वारबाट बाहिर निस्किँदै थिए । त्यो देखेर उकी हर्षले चिच्चायो र त्यसैको पछिपछि दौड्यो । हामी उकीलाई पछ्याउन थाल्यौं । काठमाडौंको बीचबजारमा हिँडिरहेका थियौं, एक्कासि ऊ हावातालमा दौड्यो, उफ्य्रो र हातहरू हल्लाउँदै यताउता इसारा गर्न थाल्यो । हाँस्दै, बुझाउँदै र अचम्म मान्दै उल्टै उसले नै काठमाडौंका दृष्यहरू देखायोे । रिक्सा भाडामा लियौं । जब रिक्साचालकले सजिएको रिक्सालाई भिडबाट बाहिर निकाल्यो, उकी चिच्चायो र उसलाई बाटो देखाउन थाल्यो । कुनै कुराले अपर्झट आक्रमण गरेझैं ऊ काम्न थाल्योे । रिक्साबाट नखसोस् भनेर उसलाई अठ्याइराख्यौं । ‘इक, इक, गर्र, गर्र’ गर्दै उसले मेरो कानमा बड्बडायो । अनि जोडजोडले हाँस्न थाल्यो । अनौठो यो संसार हाम्रो वरिपरि एउटा जादुमयी चर्खाजस्तै घुम्यो । संसारभरिको सबैभन्दा हर्षित बच्चा ऊ नै देखिन्थ्यो । एउटा अर्को रात उसले हामीसंँग बितायो । भोलिपल्ट साइकल चढेर मङ्की टेम्पल गयौं । उकीलाई मन्दिरको सुनौलो गुम्बा यति धेरै मन पर्‍यो कि दस मिनेटसम्म हेरेको हेर्‍यै गर्‍यो । बाँदरहरू देखेर ऊ अत्यन्तै खुसी भयो । तर जब तीमध्ये एउटा बाँदर आफ्नो समूहबाट छुट्टिएर ऊतिर आयो । उकी आत्तिँदै चिच्चायो र हत्त न पत्त मलाई छाँद हाल्यो । स्वयम्भूको उकालोमुन्तिर साइकलहरू राखेका थियौं, त्यहाँ पुगेपछि मात्र बल्ल उसले हँसिलो अनुहार बनायो । जब उसलाई उचालेर साइकलको डन्डीमा राखें, ‘गर्र, वर्र, इक, इक’ खुसी हुँदै उसले भन्यो । धुलो बाटामा पुग्यौं । उकीले यसलाई चिन्या नचिनेझैं गर्‍यो । पाटन फर्काउँदै छौं भन्ने थाहा पायो । त्यो सानो साँगुरो गल्लीमा छिरेपछि मात्र उसले चिरपरिचित दृष्यहरूलाई चिन्न थाल्यो । ऊ आश्चर्यचकित भयो कि उसको पुरानो संसार ज्यूँकात्यूँ थियो । जब हामी मुख्य बजारको चोकमा पुग्यौं, उसले टाढैबाट आफ्ना साथीहरूको समूहलाई चिन्यो । ‘गर्र, बर्र, इक !’ हड्बडाउँदै हावामा पाखुराहरू विक्षिप्त पाराले हल्लायो । बच्चाहरूले उसलाई चिने र हर्ष र उल्लासले चिच्चाउँदै ऊतिर दौडँदै स्वागत गरे । साइकलबाट ओर्लिन नपाउँदै हामीलाई चारैतिरबाट घेरिहाले । उकीको नयाँ कमिज, सुरुवाल र चप्पललाई बच्चाहरू सुम्सुमाउन चाहन्थे । यो देखेर उकीले चाइनिज रेस्टुरेन्टमा गरेकोे व्यवहार झट्ट सम्झें । साथीहरूले ऊप्रति गरेको माया र प्रशंसाले ऊ गद्गद् भयो । आफ्नो सफलतामा ऊ गर्वले गमक्क पर्‍यो । व्यवहारमा भने ऊ अलिकति पनि कपट थिएन, उही पहिलेजस्तै चञ्चल र मैत्रीभाव थियो । ‘गर्र, वर्र, इक, इक, वर्र’ ऊ बर्बरायो एउटा अन्त्यहीन शब्द प्रवाहमा । उसले पुनः हावामा हातहरू हल्लायो । मानौं उसले देखेका ती सम्पूर्ण अद्भूत कुराहरूलाई हावामै कोर्ने कोसिस गर्‍यो– हात्तीहरू, दरबारहरू, बाँदरहरू र ती प्रत्येक कुराहरू । विस्तारै उसले चाल नपाउने गरी हामी हुलबाट बाहिर निक्लियौं । साइकल चढेर चोक पारि पुग्यौं । एउटा मुटु पगाल्ने चित्कारले हामीलाई रोक्यो । केहीछिनमा उकी हामी भएछेउमा आयो । मेरो सुरुवाल तान्दै साइकलबाट ओराल्ने प्रयास गर्‍यो र अविश्वासले मलाई हेरिरह्यो । ऊ आत्तिँदै श्रीमती भएतिर दौडियो । उसलाई पनि साइकलबाट झार्ने कोसिस गर्‍यो । अन्त्यमा, फर्केर मैतिर आयो र साइकलका ह्यान्डललाई जोडसित समाउँदै हल्लाउन थाल्यो । आखिरमा केही सीप नलागेपछि ऊ आफैं साइकलको डन्डीमा चढ्यो । ऊ हामीसंँग काठमाडौंमात्रै होइन, जताततै सँगसँगै हिँड्न चाहन्थ्यो । ‘इक, गर्र, वर्र, वर्र, गर्र, गर्र’ उसले बिन्ती गर्‍यो । लाख कोसिस गर्दा पनि ऊ मानेन । साइकलबाट ओर्लिन मानेन । मानौं उसको सम्पूर्ण शक्ति ती ससाना औंलामा केन्द्रित थिए । आखिरमा, ह्यान्डल समातिरहेको उसको एउटा हातलाई जबर्जस्ती फुत्काएँ तर अर्को हात फुत्काउन नपाउँदै ऊ पहिलेको हातले डन्डीलाई झन् बलियोसंँग पुनः समातिहाल्थ्यो । केहीबेरपछि अचानक ऊ शान्त भयो, जसरी एउटा टनक्क कसिएको फुटबल एक्कासि खुकुलो भइदिन्छ । उसका नरम हातहरूले ह्यान्डललाई विस्तारै छाड्यो । विस्तारै मैले उसलाई साइकलबाट तल ओरालें तर उसले केही विरोध जनाएन । केही क्षण त्यहीँ उभियो । अलमल्ल परेका उसका साथीले उसलाई घेरे । ऊ भने मुन्टो तल निहुराएर खुट्टातिर हेरिरह्यो । केहीबेरपछि विस्तारै टाउको उठाउँदै मलाई छड्के आँखाले चियायो । के यो नै वास्तवमा अन्त्य थियो ? हो यथार्थ यही हो । यही नै अन्त्य हो भन्ने थाहा पाउनेबित्तिकै टाउको निहुराउँदै विस्तारै चोकपारि रहेको भवनको पर्खालतिर हिँड्यो । घोप्टो पारेर टाउकालाई पर्खालमा अडेस लगाउँदै देखेनदेखेकै गरी गतिहीन भई त्यहीँ बस्यो । परको सानो स्टलबाट श्रीमतीले एक काइँयो केरा किनेर ल्याई र उसको काखमा राखिदिई । उसले आँखा खोल्यो । एउटा थकित र नचाहेको ‘गर्र, वर्र, ग, ग, इक’ बर्बरायो र पुनः आँखा चिम्ल्यो । त्यहीँ पुगें र एक सय रुपैयाँ हातमा राखिदिएँ । उसले कुनै चासो देखाएन र उसका ती सिथिल हातहरूबाट नोट भुइँमा खस्यो । मैले उसको चिउडो मुनि सुम्सुमाए । किनकि उसको अनुहारमा खुसी र हाँसो हेर्न चाहन्थे । उसले मलाई हेर्न चाहेन, चोक छोड्ने बेलामा फर्किएर अन्तिमपटक उसलाई हेरें । पर्खालमा अडेस लगाएर उभिएको ऊ कुनै फाँसी दिन सजाइएको बन्दीजस्तै देखिन्थ्यो ।
1,830
चार वर्षअघि निराजन कन्स्ट्रक्सन/अनुष्का जेभीले निर्माण गरेको पालिकाको पश्चिमी गेटसँगैको भवन चार वर्ष नपुग्दै चुहिन थालेको हो। नगरपालिकाले निर्माण गरेको सपिङ कम्प्लेक्स निर्माण भएको दुई वर्षमै चुहिन थालेको व्यापारीहरूले बताएका छन्। नगरपालिकाले टेण्डर बढाबढबाट भाडामा लगाइएका चार वटा सटरमा पानी चुहिन थालेको हो। भवनको छतबाट पानी चुहिँदा व्यवसायीहरूले समस्या भोग्दै आएको गुनासो गरेका छन्। उक्त भवनमा कैलाली चश्मा सेन्टर सञ्चालन गर्दै आएका देवी उपाध्यायले दुई वर्षदेखि सटरमा पानी चुहिन थालेको बताइन्। ‘निर्माण भएको दुई वर्षमै चुहिन थालेको हो, गत वर्ष पानी चुहिएर विद्युत सर्ट हुँदा क्षति भएको थियो’ उपाध्यायले भनिन् ‘चर्को भाडा तिर्दै आएको सटरमा मर्मतका लागि नगरपालिकाले पटक पटक भन्दा पनि सुनुवाइ नभएपछि हामी व्यापारी मिलेर छत मर्मत गरेका छौं।’ उक्त भवनमा व्यवसाय गर्दै आएका व्यापारीहरू मिलेर केही दिनअघि भवनको छतमा प्लास्टर गरेर मर्मत गरेका छन्। कम्प्लेक्सको छतबाट वर्षायाम भरि पानी चुहिन थालेपछि प्लाई सडेर सामान समेत नोक्सान भएको अर्का व्यवसायी प्रेमसिंह कठरियाले बताए। ‘बढाबढ रकमबाट टेण्डर लिएको सटर चुहिएर सामान नोक्सान हुने अवस्था आएको छ’ ओम गायत्री पार्लर पल्लबी कस्मेटिकका सञ्चालक कठरियाले भने ‘गत वर्ष नगरपालिकामा खबर गरेपछि प्राविधिक फोटो खिचेर गएका थिए, अहिलेसम्म मर्मत गर्नेतर्फ ध्यान नदिएपछि हामी आफैले मर्मत गरेका छौं।’ नगरपालिकाले केन्द्रको चारैतिर सपिङ कम्प्लेक्स निर्माण गरेको छ। नगरपालिकाले रकम बढाबढ गरेर ठेक्का लगाउने गरेको छ। नगरपालिकाको आन्तरिक राजश्व उठ्ने कम्प्लेक्स निर्माण भएको चार वर्ष नपुग्दै चुहिन थालेपछि भवनको गुणस्तरीयतामा प्रश्न उठेको छ। यता, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले भवन चुहिन थालेको बारे आफूलाई जानकारी नभएको बताए। ‘त्यो भवन चुहिन थालेको छ भनेर मैले जानकारी नै पाएको छैन', उपप्रमुख शाहले भने ‘के कति कारणले चुहिएको हो, त्यसका बारेमा बुझौंला।’ निर्माण अवधिमा कम्पनीले गुणस्तरीय सामग्री प्रयोग नगरेको तथा नगरपालिकाले उचित अनुगमन गर्न नसक्दा पालिका केन्द्रकै भवन चुहिने अवस्थामा पुगेको स्थानीयहरू बताउँछन् ।
1,831
पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् । हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,832
घरमा सीमित महिलाहरूको सामूहिक तथा सामाजिक र राजनीतिक क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनि सक्रियता बढिरहेको छ । पछिल्लो समय शिखर आरोहणमा पनि महिलाको उपस्थिति बढ्न थालेको छ । पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार वर्सेनि सगरमाथालगायतका शिखर आरोहणमा महिलाको उपस्थिति बढिरहेको छ । गत वर्ष मात्र १५ जना नेपाली महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएकामा १३ जनाले शिखर चुमेका छन् भने अरूको सहयोगीका रूपमा पाँच जना महिलाले थप आरोहण गरेका छन् । सगरमाथा आरोहणको इतिहास लामो छैन । महिला आरोहणको इतिहास त सन् १९७५ मे १६ बाट सुरु भएको हो । जापानकी जुनको तावेईले पहिलो पटक सगरमाथा शिखर चुमेकी हुन् । उनले शिखर चुमेको १८ वर्षपछि अर्थात् सन् १९९३ अप्रिल २३ मा नेपालकी पहिलो महिला आरोहीको रूपमा पासाङ ल्हामु शेर्पाले शिखर चुमेकी हुन् । यस वर्ष अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष पनि यो संख्या बढ्ने अनुमान गरिएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने महिलाको उपस्थिति उल्लेख्य रहेको छ । गत वर्षको स्प्रिङ सिजनमा ५६० जनाले आरोहण गरेका पर्यटन विभागको तथ्याङ्कमा छ । तथ्याङ्कको करिब १० प्रतिशत अथवा ५२ जनाले महिलाको संख्या ओगटेको छ । हिमाल आरोहण गर्नु एक साहसिक कार्य हो । लेकको चिसोमा महिलाका लागि चुनौती र बाध्यता हुन्छ । तर आफ्नो परिधिको बाध्यताभन्दा बढी साहसले काम गर्ने गरेको आरोहीहरू बताउँछन् । यस वर्ष पनि आरोहण सिजन सुरु हुनुपूर्व नै सगरमाथा आरोहण गर्न गएका श्रीमान् हिमालमै बितेपछि श्रीमान्‌को अन्तिम पाइला स्पर्श गर्न जाने भन्दै दुई एकल महिलाको आरोहण यात्राले चर्चा पाइसकेको छ । एक महिलालाई आत्मनिर्भर बनाउने अभियानका साथ सगरमाथामा पति गुमाएका फुर्दिकी शेर्पा र निमा शेर्पा सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । श्रीमान्ले ज्यान गुमाएको ठाउँलाई हेरेर शोकलाई शक्तिमा बदल्ने तयारी रहेको उनीहरूले जनाएका छन् । उनीहरू जस्तै यस वर्ष पनि विदेशी तथा नेपाली महिला आरोहीले अनुमति लिने काम भइरहेको पर्यटन विभागले जनाएको छ । गत स्प्रिङ सिजनमा अष्ट्रेलिया, ब्राजिल, चिली, जर्मनी, हँगेरी, जापान, नर्वे र स्विट्जरल्याण्का एक एक जना महिलाले सगरमाथाको शिखर चुमेका छन् । न्युजिल्याण्ड र पोल्याण्डका दुई दुई जनाले शिखर चुमेका छन् । युकेका तीन जनाले शिखर चुम्दा अमेरिका र चीनका छ/छ जना महिलाले सगरमाथाको शिखर चुमे । त्यस्तै, भारतका सात जना र नेपालका आरोही १३ र सहयोगी पाँच गरी १८ जनाले सगरमाथाको शिखर चुमेको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि नेपालका आरोहीले ७५ हजार रुपैयाँ अनुमति शुल्क तिर्नुपर्छ भने अन्य देशका नागरिकले ११ हजार डलर तिर्नुपर्ने व्यवस्था छ । पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म पाँच हजार ८६४ जनाले सगरमाथा आरोहण गरेका छन् । तर, लैंगिक आधारमा कतिकतिले सगरमाथा आरोहण गरेका छन् भन्ने तथ्यांक भने विभागसँगसमेत नरहेको विभागले जानकारी दियो । हामीले महिला, पुरुष र अन्य भनेर सुरुदेखि नै तथ्याङ्क नराखेका कारण लैंगिक हिसाबले डाटा राखिएन, समग्रमा मात्र राखियो , विभागका सूचना अधिकारी थापाले भने ।
1,833
प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो । मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो । त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो । यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी गराए । त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो । तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ । अहिलेसम्म चार हजार ९१४ को आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा छन् ।
1,834
त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई समायोजन हुन चाहने क्यापसले आफ्नो क्याप सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
1,835
नेकपा एमाले मधेश प्रदेश सचिवालयले पर्सा जिल्ला कमिटी विघटन गरेको छ । प्रदेश कमिटीको बैठकले वैशाख १७ र १८ गते अधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बिहीबार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीको हित विपरीत गतिबिधि गरेको आरोपमा केहि नेतालाई कारबाही समेत गरेको छ । बैठकले एमाले पर्साको अधिवेशन सम्पन्न गर्न केन्द्रिय सल्लाहकार परिषद् सदस्य डा.बिश्वम्भर शर्माको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिलाई पार्टी प्रतिनिधिहरुको टुङ्गो लगाई एमाले पर्साको अधिवेशन सम्पन्न गर्न जिम्मा दिइएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ । नेकपा एमाले पर्साको ८ औं जिल्ला अधिवेशनले संविधानसभा सदस्य जयप्रकाश थारुको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । सर्वसम्मतिले जिल्ला कमिटी गठन गरिएको भनिए पनि केहि नेताले असन्तुष्टी जनाएका थिए । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वासुदेव चौधरी, नेता वसरुदिन अन्सारी, रामपृत थारु लगायतका नेतालाई ३ महिनाका लागि निलम्बन गरेको एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् । एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचनमा पार्टी नीति विपरीत काम गर्ने पर्साका केहि नेतालाई कारबाही गरिएकोे जानकारी दिए ।
1,836
तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडा बाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् । खास गरी बागलुङको निसीखोला, ढोरपाटन र तारा खोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरूलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उनले दुई सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएका छन्। बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आएका छन्। १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच/सात घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउछन् । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ । ‘हामीहरू गोठमै जन्म्यौँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका बस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेँसी गरिरहेका छौँ,’ सिर्पालीले भने, ‘हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौँतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरू बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच/सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।’ ढोरपाटन नगरपालिका-९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएका छन्। बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्ष पहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाए। छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उनको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको विकले बताए । उनले भने, ‘भेडाबाख्रा पाल्ने, वन जङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ/सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरू आउँथे, डाँडा पाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरू रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।’ तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरूको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताए । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ । ‘पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरूले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय-समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।’ बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिए । अहिले जिल्लाको दश वटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँ गाउँमा पशु प्राविधिक खटाएको उनले बताए । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
1,837
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
1,838
जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘प्रहरी हुँ’ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिँदै आफू सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरु सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी(८ मोडलको स्मार्ट मोबाईल समेत लगेका थिए । नगद तथा चेक मोवाईल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाईकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरुलाई मुक्तिनाथ बिकास बैंकको चेक र मोवाईल तथा स ३ प ९१५५ नम्बरको मोटरसाईकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
1,839
संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको चाइल्ड सेफनेटका अनिल रघुवंशीले बताए ।
1,840
कर्णाली प्रदेशको नेकपा एमालेभित्रको फ्लोर क्रसले राष्ट्रिय राजनीति तरंगित पारिरहँदा अन्य प्रदेशहरुमा पनि त्यस्तै संकेतहरु देखिनथालेको छ । गण्डकी, लुम्बिनी, बागमती प्रदेश मात्र नभई प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार धरापमा परेको छ । केन्द्र सरकार पनि कुनैपनि बेला अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सूचनाका आधारमा रणनीतिक तयारीमा छ । बालुवाटारमा प्रदेश र संघीय संसादमा फ्लोर क्रस गर्नसक्ने माधव नेपाल समूहका सांसदहरुको सूची पुगेको छ । अब उनीहरुलाई छानी छानी कारबाही गर्ने या अर्को कुनै कठोर कदम चाल्नेबारे छलफल चल्न थालेको छ । गण्डकी प्रदेशमा १३ वैशाखमा विशेष अधिवेशन डाकिएको छ । अब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ । गुरुङ्गविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वा जनता समाजवादी पार्टी एक भएमा अविश्वासको प्रस्ताव पारित हुनेछ । गुरुङ्ग अविश्वासको प्रस्ताव असफल बनाउन सक्रिय भइसकेका छन् । काँग्रेस र माओवादी केन्द्रमात्र अविश्वासको प्रस्तावको पक्षमा आएमा गुरुङ्गविरुद्ध फ्लोर क्रसको सम्भावना उत्तिकै छ । कर्णालीमा भएजस्तै फ्लोर क्रसको सम्भावनालाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि औल्याएका छन् । उनले आज एमाले बैठकपछि बोल्दै फ्लोर क्रस हुनसक्ने सूचनाहरुबारे चासो लिइरहेको बताए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जसपा सांसद नै मन्त्री बनाइएका छन् । अब निर्णयार्थ अविश्वासको प्रस्ताव प्रस्तुत भई मतदान गर्दा फ्लोर क्रसको सम्भावना उत्तिकै छ । एमालेभित्र पोखरेललाई धक्का दिन माधव नेपाल समूह सक्रिय भइरहेको छ । यसकारण पनि फ्लोर क्रसको सम्भावना छ । बागमती प्रदेशमा पनि कुनैपनि बेला अविश्वासको प्रस्ताव आउने गरी तयारी भएको छ । काँग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । अविश्वासको प्रस्ताव आएमा त्यहाँ पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध फ्लोर क्रसको सम्भावना छ । बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ । प्रदेश १ मा पनि एमालेको स्पष्ट बहुमत छ । तर, मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावका लागि माधव नेपाल समूहले अन्य दललाई प्रोत्साहित गरिरहेका छन् । यसकारण पनि त्यहाँ अविश्वासको प्रस्ताव आउन सक्छ । त्यस्तो प्रस्ताव आएमा फ्लोर क्रसको सम्भावना छ । केन्द्र सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदैछ । सम्भवत केही दिनमै विशेष अधिवेशनको समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । काँग्रेस र जसपाले मिलेर समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता गरेमा माओवादी केन्द्र पनि पक्षमा आउने निश्चित नै छ । त्यतिबेला जसपाको सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान नगरे फ्लोर क्रस हुनसक्छ । फ्लोर क्रसलाई दृष्टिगत गरी ओलीले विरोधी सांसदहरुलाई कारबाहीका लागि तयारी गरेका छन् । उनले आजै कारबाहीको निर्णय लिन खोजेका थिए । तर, केही निकटस्थहरुको सुझावका आधारमा कारबाही स्थगित गरेका छन् । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसालसहित सांसदहरुलाई ओलीले कारबाही गर्न खोजेका छन् । फ्लोर क्रसको सम्भावनाहरुबारे बालुवाटारमा रिपोर्टिङहरु भइरहेका छन् । विश्वस्त स्रोतका अनुसार फ्लोर क्रसका सम्भावित धेरैलाई कारबाही गर्नुपर्ने हुनसक्छ । त्यस्तो कारबाही प्रदेश सांसदहरुलाई पनि गर्नुपर्ने हुनसक्छ । संविधान अनुसार पार्टी परित्याग, राजीनामा, फौजदारी अभियोग या मृत्युबोहकको अवस्थामा सांसद पदमुक्त हुन ह्वीप उल्लंघन गरेको हुनुपर्छ । ह्वीप उल्लंघन नगरेका सांसदहरुलाई त्यत्तिकै कारबाही गर्न खोज्दा अदालत फेरि बाधक बन्न सक्छ । त्यही बुझेर ओली कारबाहीको कदमबाट रोकिएका छन् । काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका बेनी (म्याग्दी), ६ साउन । जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको चितवन, ६ साउन ।
1,841
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको हुने बताउनुभएको छ। महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै काठमाडौँको मातातीर्थ पुगेका छन् । फौजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डा नटुङ्गिएको बताउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ। जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित छ जनाविरुद्ध पद दुरुपयोग गरी आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको छ । काठमाडौंबाट अमलेख गञ्ज बाराको लागि आउँदै गरेको नेपाली सेनाको एउटा ट्रक पल्टिँदा तीन जना घाइते भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनको आयोजनामा यही चैत ३० गते हुने उक्त महोत्सव भैरहवाको देवकोटा चोकमा हुनेछ । साहित्यकार लुमडी आचार्यको लेखनमा 'विचरण र अनुभूति' नामक कृति सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटीले एक कार्यक्रमबीच 'विचरण र अनुभूति' सार्वजनिक गर्नुभएको हो । ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
1,842
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
1,843
नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउन थालिएको खबर आजको ले लेखेका छन्। कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ। गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए। यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उनले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पारे। लकडाउनको दोस्रो दिन काठमाडौंँ उपत्यकामा केही उल्लङ्घनका घटना बढेका छन् । आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुसी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताए ।
1,844
सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई चार–शून्यले हरायो । भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमको जितमा हार्बी बार्नेस र जेमी भार्डीले दुई–दुई गोल गरे । जितसँगै लेस्टरले तेस्रो स्थानको सिट मजबुत बनाएको छ । लेस्टरले चौथो स्थानको चेल्सीविरुद्ध पाँच अङ्कको अग्रता लिएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी चार अङ्कमा छोट्याएको छ । खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको लेस्टरले ४० मिनेटमा अग्रता लिएको थियो । भिल्लाका गोलकिपर पेपे रेइना अघि बढेको मौकामा उनले गोल गरेका थिए । बार्नेसले गोल गर्दै पहिलो हाफअघि लेस्टरलाई एक गोलको अग्रता दिलाए । ५९ औँ मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भार्डीले ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । टाइरोन मिङको ह्याण्ड बलमा लेस्टरले पेनाल्टी पाएको थियो । ७९ औँ मिनेटमा भार्डीेले अर्को गोल गर्दै लेस्टरको अग्रता तीन–शून्यमा लम्ब्याए । ८५ औँ मिनेटमा बार्नेले मार्क अल्ब्राइटनको क्रसमा गोल गर्दै लेस्टरलाई सानदार जित दिलाए । पराजयसँगै एस्टन भिल्ला रेलिगेसन जोनमै अड्किएको छ । २५ अङ्कसहित भिल्ला १९ औँ स्थानमा छ ।
1,845
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ । लामिछानेमाथि लागेको उक्त आरोपमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिर्दै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाएका थिए । पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि उनको भनाइ थियो । गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले विमति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष सङ्लग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैर सदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लङ्घन भएर गैरकानूनी रुपमा कर्जा प्रवाह भएको दाबी गरे । “प्रधानमन्त्रीज्युले पर्याप्त प्रमाण छैन भन्नुभयो । तर हामी भन्छौं, पर्याप्त प्रमाण छन्”, कांग्रेस नेता लेखकले भने, “यस विषयमा निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौं । संसदभित्रै छानबिन समितिको माग हामी गर्दछौं ।” विगतमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिएका उदाहरण सुनाउँदै लेखकले गृहमन्त्री लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाउनुपर्ने बताए ।
1,846
सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो । मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,847
नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पु¥याए समृद्ध समाज निर्माण गर्न सकिने बताए । “बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,”– उनले भने । (नेकपा एमाले)का नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताए । “बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,”–उनले भने । लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली कांग्रेस बिपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताए । “बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ,”–उनले भने, “नेपाली कांग्रेस बिपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।” नेपाली कांग्रेस बिपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोेकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाउनुभएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताए । “राष्ट्रियताको रक्षा, प्रजातान्त्रिक हकअधिकार र आर्थिक विकासका लागि नेपाली कांग्रेस बिपीले आगामी दिन आफ्नो कार्यदिशा तय गर्नेछ,”– उाले भने । तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ । काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय कञ्चनपुर, ६ साउन । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको मनाङ, ६ साउन ।
1,848
सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिएका छन् । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए। हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
1,849
पार्टीको बागमती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षणमा ओलीले भने, ‘म पूर्णकालीन भएर राजनीतिमा लागेकै ५२ वर्ष भयो । धन कमाउने भए व्यापारतिर लाग्थें । जेलको छिँडीमा किन बस्थें ? ’ ओलीले आफूले १४ वर्ष कठोर जेलजीवन बिताएको स्मरण गरे । उनले भने, ‘एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री हुन्थें । बिरामी भएर जेलमा हुँदा कागजमा सही नगरेको धन कमाउनका लागि हो ? म देश बनाउन हिँडेको मान्छे हँु । मरे पनि मेरा पछाडि आदर्श खोजेर अरू लाग्छन् भनेर हिँडेको हुँ ।’ उनले आफूमाथि भ्रष्टाचारमा उजुरी परेको सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै त्यस्ता उजुरीलाई पत्रुको संज्ञा थिए । प्रधानमन्त्री ओलीले भने, ‘मेरो नाममा पनि उजुरी हालेको भनेर पत्रिपत्रिकामा देखेको थिएँ । त्यस्ता उजुरी काम नलाग्ने पत्रु हुन्, उजुरी भ्रष्ट हुन् ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री ओलीलाई समेत जोडेर प्रेमबहादुर शाही (कैदी) र आनन्दराम पौडेलले अख्तियारमा उजुरी हालेका छन् । बाँस्कोटाको बचाउ गर्दै ओलीले अडियोमा कमिसन मागेको भन्ने कुरामा सत्यता नरहेको दाबी गरे । ‘के निहुँ पाऊँ कनिका बुक्याऊँ भनेजस्तो एउटा टेप प्रकरणमा अनाडी मान्छेले आरोप लगाउँदै हिँडेको छ । गोकुलले मेरा बारेमा प्रश्न उठेकाले राजीनामा दिन्छु भन्नुभयो र दिनुभयो । उहाँले न्याय खोज्छु भन्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘ स्विस दूतावासले ‘फेक’ भनिसक्यो । गोकुलले आफ्नो नाममा बात लागेको भएर राजीनामा दिनुभएको हो ।’ प्रधानमन्त्री ओलीले झुटा कुरा गरेर आन्दोलनलाई बदनाम गर्न नपाइने बताए । ओलीले भने, ‘झुटो बोल्नेलाई कारबाही गर्नुपर्छ ।’ उनले आफ्नै पार्टीका नेताहरूलाई पनि यस विषयमा अनावश्यक नउचाल्लिन आग्रह गरे । ‘अरू पार्टी आफ्ना नेतालाई मुद्दा चल्यो भने सदन अवरुद्ध गर्छन्, माइतीघरमण्डला जान्छन् । हाम्रा साथीहरू आहा क्या मज्जा ! भनेर नाचेका छन् । त्यसरी खुसी हुनु पर्दैन,’ प्रधानमन्त्रीले भने, ‘मैले भनेको छु– भ्रष्टाचार कसैले गरेको भटिए अनुहार नहेरी कारबाही गर्छु । आत्थु÷आत्थु नभन्नुहोला ।’ ०० ‘संसद्बाट भागेको छैन’ प्रधानमन्त्रीले संसद्बाट आफू नभागेको पनि बताए । प्रतिपक्ष कांग्रेसतर्फ संकेत गर्दै ओलीले भने, ‘म एकदुई दिन संसद्मा गइनँ । बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देखिहाल्नुभएकै छ, पहिले । दुइ तिहाइ ल्याएको नेता हुँ म । अनि संसद्बाट भाग्ने कुरा हुन्छ ? म संसद्बाट भागें रे, के बोलेको ? म कुनै समय गएर जवाफ दिनेछु ।’ प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनबारे गरिएको कार्यक्रम र केक काटेको विषयमा पनि जवाफ दिए । स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले देशको नक्सा रहेको केक काट्ने संस्कारको विरोध गरेकी थिइन् । नाकाबन्दी उच्चारण नगर्नेको ‘केक राष्टवाद’ देखिएको भन्दै प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गरे । उनले भने, ‘केही नपाएपछि विरोध गरिन्छ । नाकाबन्दी हुँदा–आफू भोकै पर्दा नबोल्ने, अहिले कांग्रेसमा केक राष्ट्रवाद देखिएको छ । केकमा देख्ने राष्ट्रवाद कांग्रेसको बेकारको तमासा हो ।’ प्रधानमन्त्रीले जन्मदिनमा आफ्नो जन्मथलोमा लगेको विकास नदेख्ने तर त्यहाँ स्थानीयले उपस्थित मान्छेलाई आलुचना खुवाएको मात्र देखेको भन्दै पत्रकारप्रति पनि व्यंग्य गरे । ओलीले भने, ‘पानी–बिजुली पुगेको देख्दैनन् तर आलुचनाको समाचार लेख्छन् । मैले बाटो, बिजुली, बैंक शाखा लिएर गएँ । जनताले बाजा बजाए । उधुम गरे, पत्रकार धुरुधुरु रोए ।’ उनले भने, ‘कसले के–के खाए, म त नेवारको ज्वाइँ, ऐला मात्र खान्छु भन्न भएन । केक मैले हेरिनँ, कति केक आए–आए । मैले छोइदिएँ लगे । अण्डा, माछा ल्याए– छोइँदिए लगे । रक्सी पनि थियो । त्यो अण्डा र रक्सीको मूल्य कति प¥यो भनेर बनाउनेलाई सोध्नुप¥यो नि ! उता काठमाडौंमा रुवाबासी ।’ उनले आफूले केही दिनभित्रै मिर्गाैला पुनः प्रत्यारोपणको तयारी गरिरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘केही दिनभित्र मिर्गाैला प्रत्यारोपण गर्दै छु । पाँच दिन अस्पताल बस्छु । छैटौं दिन घर फर्किन्छु । अनि १०–१५ वर्ष मज्जाले काम गर्छु । अहिले पनि दैनिक १६÷१७ घण्टा काम गरिरहेकै छु ।’ ओलीले सरकारले दुई वर्षमा असाधारण काम गरेको बताए । उनले पार्टीको प्रचार संयन्त्र कमजोर भएको बताए । पार्टीको सञ्चारमाध्यम नभए पनि पार्टीका नेताहरूका मिडियाले पार्टीविरुद्ध खोइरो खनिरहेको आरोप उनले लगाए । ‘पार्टीको प्रचार संयन्त्र छैन, नेताहरूका भने छन् । उनीहरूले लेख्ने÷छाप्ने बेलामा पार्टीविरुद्ध खोइरो खनेर छाप्छन्, त्यो कुनै बहादुरी होइन । समयक्रममा पार्टीले त्यसको हिसाब गर्छ’, ओलीले भने ।
1,850
काठमाडौं- मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ। पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ। पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,851
बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उनले आग्रह गरे । “बाढीमा परेर चोटपटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ”, अध्यक्ष भट्टले भने । बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताए । “बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन”, उनले भने “प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।” बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रात्मक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
1,852
प्रतिपक्ष भनेर सत्तामा जाने पुंँजीवादी पार्टीहरूको देश र जनता विरोधी कामको तत्काल ‘सटिक’ ढंगले खण्डन गर्ने र त्यसबारे जनतालाई बताउने हो। त्यो भूमिका हामी निर्वाह गर्छाैं। हामीले जनतालाई जे वचन दिन्छौं। त्यहीअनुसार काम गरिरहेका छौं र गर्नेछौं। हामीले अहिलेसम्म सरकारमा गएका पनि छैनौं। विश्वासको मतका लागि हाम्रो पार्टीसँग पार्टीगत तहमा कुनै छलफल पनि भएन। विश्वासको मत लिन चाहने पार्टी, प्रधानमन्त्री र गठबन्धनले हाम्रो पार्टीसँग सरकारले देश र जनताको लागि केके काम गर्ने हो भन्ने विषयसहित छलफलमा आउनुपथ्र्यो। तर, त्यस्तो भएन। यो सरकारको जुन न्यूनतम साझा कार्यक्रम बनेर आयो ती विषयवस्तु हाम्रो घोषणापत्रमै उल्लेख छ। त्यसकारण हामीले सरकारलाई विश्वासको मतमा दिनुभन्दा अगाडि नै संसद्मा देश र जनताको लागि के काम गर्ने हो ? हामी केही विषयहरू सत्ता गठबन्धन र प्रधानमन्त्रीलाई ध्यानार्कषण गर्न उल्लेख गरेका थियौं। जस्तै, खाद्यन्नमा आत्मनिर्भर, मल उपलब्ध गराउनुपर्ने, शिक्षा, स्वास्थ्य, भारतबाट खाद्यन्न आयत गरेर खुवाउने, युवालाई विदेश पठाउने, वैदेशिक रोजगारीको समस्या, स्वदेशमै रोजगारी दिनुपर्ने, विद्यालय शिक्षा निःशुल्क र अनिर्वाय हुनपर्ने, स्वास्थ्य सेवा निःशुल्क ऊर्जामा आत्मनिर्भर हुनुपर्‍यो। सस्तोमा विजुली दिनुपर्‍यो। भारतलाई दिएको नदिनाला सबै फिर्ता लिनुपर्छ भनिरहेका छौं। सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूलाई कारबाही हुनुपर्‍यो। निर्वाचन आचारसंहिता उल्लंघन गरेकालाई कारबाही हुनुपर्ने, सेनाको हेलिकप्टर प्रयोग गरेर चुनाव प्रचार गरेको, ५/५ हजार बाँडेको र सरकारी नम्बर प्लेटलाई निजी बनाएर चुनाव प्रचार गर्नेलाई कारबाही हुनुपर्छ। के यो कानुन भनेको सानालाई मात्र हो ? भनेर उठाएका थियौं। हाम्रा कुनै कुरा सरकारले सुनेको छैन। पञ्चायतकालदेखि अहिलेसम्म भ्रष्टाचारमा संलग्न प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरूमाथि छानबिन गरेर कारबाही हुनुपर्यो। नेपाली युवालाई भाडाको सिपाही बनाउने गोरखा भर्ती खारेज हुनुपर्यो र नेपाललाई सुरक्षा छातामा राख्ने सन १९५० को सन्धि खारेज हुनुपर्यो। एमसीसी सम्झौता खारेज हुनुपर्छ। त्यस्तै, एसपीपी नेपाल र अमेरिकाबीचको सैनिक साझेदारी हो। त्यो साझेदारीअनुसार अमेरिकी सैनिक आएर नेपालको व्यारेक कब्जा गर्ने हो। संसद्मा हामीले त्यो पत्र सार्वजनिक गर्न भनेका छौं। तर, अहिलेसम्म गरेको छैन। त्यसकारण एसपीपी सम्झौता खारेज हुनुपर्छ। नागरिकता विधेयकमा २०६३ सालमा जन्मको आधारमा विदेशीले समेत नागरिकता पाएको र अहिलेको यो नागरिक विधेयकमा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता दिने भनेर उल्लेख छ। विदेशीका सन्तानलाई नागरिकता दिने यो विधेयक खारेज हुनुपर्छ। एनआरएनलाई आर्थिक अधिकारको नागरिक दिने भनिएको छ। एनआरएन भनेको नेपालको नागरिक विदेशमा गएर विदेशका नागरिकता लिएकाहरू हुन्। विदेशको नागरिकता पाएकालाई नेपालको नागरिकता दिएर विदेशी लगानी ल्याउने भनेर जुन नागरिकता ऐन विधेयक ल्याएको छ त्यसअनुसार विदेशी लगानी नेपालमा भित्रियो भने त्यो विदेशी पुँजी हुनेछ। विदेशी पुँजीले नेपालको राष्ट्रिय पुँजीलाई समाप्त पार्दिने ? त्यसकारण हामीले एनआरएनलाई आर्थिक अधिकारको नागरिकता दिने विधेयक अहिले आवश्यक छैन। यी विषयहरू प्रधानमन्त्री र गठबन्धनलाई ध्यानार्कषण गराउँदा उहाँहरूबाट कुनै जवाफ नआएकोले हामीले विश्वासको मत नदिएका हौं। संसदीय व्यवस्था बेलायतबाट सुरु भई भारत हुँदै नेपाल आयो। यस व्यवस्थामा संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष हुनुपर्छ। प्रमुख प्रतिपक्ष जिम्मेवारी भनेको सरकारमा गएको पार्टी असफल हुनासाथ सरकारमा गएर नेतृत्व सम्हाल्ने हो। तर, यहाँ पश्चिमी शैलीको यो व्यवस्था काम लागेन भनेर पुष्टि भएको हो। अब पूर्वीय अर्थात् चिनियाँ व्यवस्थासँग मिल्छ। त्यहाँ आठवटा राजनीतिक पार्टी छ। सरकारमा जाने पार्टीले सबै पार्टीलाई मित्र पार्टी भनेर भनिन्छ। अब नेपालमा पनि चीनको जस्तै राजनीतिक अभ्यास हुन गइरहेको हो कि ? भन्ने अहिले प्रश्न उठेको छ। अब कांगेस प्रमुख प्रतिपक्ष नभई सरकारकै सहयोगी दलका रूपमा पुष्टि रहेको हुन्छ। हामीले घोषणापत्रमा लेखिए जस्तै हामी प्रमुख प्रतिपक्ष भूमिकामा बस्छौं। अहिले यो पुँजीवादी लुछाचुँडी देश र जनातका लागि होइन। यो विदेशी थिचोमिचोलाई विरोध गर्नै नसक्ने सरकार हो। भारतले महाकाली नदी मिचेर ढुंगाको पर्खाल उठायो सरकारले त्यसलाई भत्काउन सकेन। पुँजीवादी सरकारको लुछाचँुडीमा हामी छैनौं हामी जनतालाई सचेत पार्छांै। पुँजीवादी सरकारले देश र जनताको हित गर्दैन। यिनीहरूविरुद्ध लड्नुपर्छ भनेर सडक र सदनमा आवाज उठाउँछौं। त्यसकारण हामी सरकारमा जाँदैनौं। कहिल्यै पनि नजाने भनेको होइन। यो बन्दोबस्तमा हामी जाँदैनौं। जनताले हामीलाई मत दिनुभएपछि त्यहीअनुसारको सरकार गठनको कुरा अघि बढ्छ। अहिले जनताले हामीलाई मत पनि सरकारमा जाने गरी दिएको होइन। जहिले जनताले हामीलाई सरकारमा जाने गरी मत दिन्छन् तहिले हामी सरकारमा जान्छौं। यस्तो त भइरहन्छ नि। हामी मात्र होइन कांगे्रस एकपटक झण्डै दुईतिहाइ ल्याएको थियो। २०१५ सालमा, २०४८ सालमा पनि बहुमत ल्यायो। तर, २०६४ मा तेस्रो दल बन्यो। त्यस्तै, एमालेले २०५१ सालमा एमाले बढी मत ल्यायो। माओवादी २०६४ सालमा पहिलो दल अहिले आएर तेस्रो दल भयो। त्यसकारण यो निर्वाचन नै पार्टीको मापदण्ड हँुदैन। हाम्रो जतिवटा सिट आए पनि जति मत पाए पनि पाएको मत जनताले इमानदारीपूर्वक दिएको हो। हामी जनतालाई झुटो आश्वासन दिएर मत हत्याउने पक्षमा छैनांै। मतका लागि पैसाको खोलो बगाउने पनि हामी होइनौं। निर्वाचनमा करोडौं खर्च निर्वाचनमा भारतीय नम्बर प्लेटको गाडी गुडाउनेदेखि सामान बाँड्ने त्यो सबै हाम्रो पार्टीले गर्दैन। हाम्रो पार्टीका उम्मेदवारहरू ५८ जिल्लामा हुनुहुन्छ उहाँहरूले कसैले पनि यस्तो काम गर्नुभएन। हामीले जनतालाई हाम्रो घोषणापत्र बताएर बुझाएरै मत लिएका हौं। त्यसैले हाम्रो मत जति नै भए पनि त्यो सिद्धान्तको मत हो इमान्दारिताको मत हो। यसमा हामीलाई गौरव लाग्छ। सबै टेलिभिजन मिडियाहरूले नेपालभरि पनि प्रचार गर्न सकेको छैन। कतिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रचार गरेको छ। तर, त्यसको अर्थ त्यो टेलिभिजन चाहिँ काम नलाग्ने भन्ने हुँदैन भन्ने हाइेन नि। हाम्रो पार्टी पुँजीवादी पार्टी अहिले झुट मत नै खरिद गर्ने जस्तो अस्ति एकजनाले लेख्नुभयो। १३ प्रतिशत नेपालीले मत बिक्री गर्न बाध्य पारिएको छ, नेपालीलाई। अर्को कुरा सरकारमा जाने पार्टीहरूले करोडौं पैसा खर्च गरेको छन्। यदि स्वतन्त्र निष्पक्ष धादली रहित निर्वाचन भएको भए अहिलेको निर्वाचन परिणामको तस्बिर फरक हुन्थयो होला। सविधानअनुसार सबैले दल खोल्न पाउँछ। जनतासँग मत माग्न पाउँछ। जनताले ती दलहरूलाई मत दिन पाउँछ। यो स्वभाविक हो। तर, जुनसुकै दलले पनि आफ्नो सिद्धान्त, वर्ग, आधार जे पार्टीले घोषणापात्रमा उल्लेख गरेको छ, जे राजनीतिक प्रतिवद्धता हो त्यसमा अडिग रहनुपर्छ। सिद्धान्तहीन गठबन्धन पद र पैसाका लागि दल खोल्ने, चुनाव जित्ने र सरकारमा जाने काम कसैले गर्नुहुँदैन। दल पुरानो होइन तिनीहरूले गरेको काम चाहिँ पुरानो हो। बोल्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा पनि पुराना दलको विश्वास घट्दै गएको हो। त्यसैले नयाँ विचार आवश्यक छ। जुनसुकै दल होस् युगलाई समेत सक्ने हुनुपर्छ। त्यसैले नयाँ दल आउनु स्वाभाविक हो। जुनसुकै दलले पनि आफ्नो सिद्धान्त आधार जे आफूले घोषणापत्रमा उल्लेख गरेको हो। त्यसमा अडिग हुनुपर्छ। नयाँ विचार र नयाँ दर्शन आवश्यक छ। जस्तो मावन सभ्यताको कुरा गर्ने हो भने अहिलेको अवस्थामा छौं। समाजवादमा सबै जनताको हित हेर्ने गरिन्छ। जुनसुकै दलहरू होस् यसलाई समेट्न नसेक्नु नै नयाँ दलहरू उदय हुने नै भन्न सकिन्छ। कम्युनिस्ट भनेको मजदुर र किसानको सेवा गर्ने हो। कम्युनिस्टको एउटै उद्देश्य भनेको काम गरीखाने जनतालाई सम्मान गर्ने हो। नेपालमा मात्र होइन संसारमै काम गरेर खानेको पक्षमा नै कम्युनिस्ट रहन्छ। हामी त्यसकै पक्षमा हौं। कता–कता यो सरकारलाई छिमेकी मुलुकको इसारामा चलेको भन्ने आरोप पनि छ। संसदीय व्यवस्थामा त बहुमत पाएको दलले सरकार बनाउने र त्यो नभए सबैभन्दा ठूलो दलले बनाउने हो। आफ्नो सिद्धान्तमा पार्टी बस्ने हो भने त्यही गर्नुपर्छ। हाम्रो अहिलेको स्थिति हेर्दा बहुमत नआएसम्म चुनाव दोहोर्‍याएर भइरहनुपर्ने हो। जनताले बहुमत नदिएसम्म चुनाव गरिहनुपर्ने हो। जनताले के सन्देश दियो, ‘तिमीहरू काम लाग्ने छैनौं। पैसाको बलमा चुनाव लड्दा पनि बहुमत ल्याउन सकेनौं।’ यस्तो अवस्थामा पनि दलहरूमने यो स्थिति आयो यसले कुन दल कस्तो भन्ने थाहा हुन्छ। यो संसद् सचिवालयले कानुन र नियमअनुसार इमानदारीपूर्वक बोल्नुपर्छ। सचिवालयले चुप लागेर बस्न मिल्दैन र प्रधानमन्त्रीलाई समर्थन गर्ने पार्टीहरू प्रमुख प्रतिपक्ष र प्रतिपक्ष हुन मिल्दैन। पार्टीको घोषणापत्र र नीति सिद्धान्तअनुसार हिजो पनि जे बोलेको हो आज पनि बोल्दै छौं र भोलि पनि बोल्नेछौं। यसमा कुनै कमी आउने छैन। हामीले जहिले देश र जनताका लागि नै बोल्ने छौं। सबै जनताले सबै पार्टीहरूको प्रतिबद्धता र घोषणापत्रलाई अध्ययन गनुपर्छ। पदमा पुगेपछि त्योअनुसार काम गरेको छ कि छैन ? मूल्यांकन गर्नुपर्छ। आज सरकारमा गएका पार्टीहरूकै कारण नेपालमा २० खर्बको व्यापार घाटा र २० खर्ब विदेशी ऋण पुगेको । रासायनिक मल नभएर टिकापुरका किसानहरू जग्गा बेच्दै भारतसँग चामल किनेको समाचार हामीले पढ्नुपरेको छ। यस्तो कहिलेसम्म चल्छ ? यी कुराहरू जनताले थाहा पाउनुपर्छ। हिजो सरकारमा जानेले देशलाई किन अप्ठ्यारोमा पारे भनेर प्रश्न गर्नुपर्छ। विशेषगरी पढेलेखेका बुद्धिजीवीहरू यसमा सचेत हुनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।
1,853
विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डका रुपमा नाम कमाएको क्लोजअप नेपालले यादगार पलहरु बनाउँदै युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धतालाई जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिपको खुसी र गर्व साथ घोषणा गरेको छ। यही नोभेम्बर २५ मा काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुन गइरहेको कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ। कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो। यो स्पोन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो। यस कार्यक्रमको टाइटल स्पोन्सरका रुपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा स्रोतासँग दीर्घकालिन सम्बन्ध स्थापना गर्नु हो। यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकप्रति क्लोजअप नेपालले आभार व्यक्त गरेको छ ।
1,854
विश्व बैंकका नेपालस्थित राष्ट्रिय निर्देशक फारिस एच हदाद जेर्भोसले विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताएका छन्। 'विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उल्लेख्य अनुपातले कमी आउने छ। महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो,' उनले भने, 'तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ।' नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। 'आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं,' उनले भने, 'यो अन्यभन्दा फरक छ। यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो। सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ।' सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुने भए पनि विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको उनको बुझाइ छ। 'अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं,' उनले भने, 'यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्नेछ। यो संक्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ।' विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जिडिपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ। यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो। विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पार्नेछ। नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन्। आपूर्ति प्रणाली पारेको झट्का कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने अपेक्षा विश्व बैंकले गरेको उनले बताए। विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको पनि उनले उल्लेख। विश्व बैंक आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने र पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्ने उनको भनाइ छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
1,855
काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालय आफैंले किताब बेच्नु दण्डनीय भएको बताएका छन् । आइतवार बिहान सामाजिक सञ्जाल फेसबूकमा महानगरपालिकाको परिपत्र राख्दै उनले पोशाक पनि तोकिएकै ठाउँबाट किन्न अभिभावकलाई बाध्य पारिएकोप्रति समेत आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोशाक समेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न/गराउन हुन अनुरोध छ ।’ यस्तो छ महानगरको परिपत्र – सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
1,856
प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले संगठन निर्माणलाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको नेता शक्ति बहादुर काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् पूनःस्थापना भएपछि आज दोस्रो दिन बैठक बसेको हो । बैठकमा आज नेताहरुले सम्बोधन गर्ने भनिएको छ । सुरु बैठकमा काठमाडौं, २६ फागुन । प्रमुख राजनीतिक दलहरुबीच सत्ता समिकरण नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली केही समय अझै सत्तामा रहने निश्चितप्रायः भएको छ । माओवादी केन्द्रले अझै ओलीलाई दिइआएको समर्थन फिर्ता काठमाडौँ, २६ फागुन । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको काठमाडौं, फागुन २६ । भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंका आईरहेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गको बेनीघाटबाट लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। मृत्यु काठमाडौं, फागुन २५ । महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट काठमाडौं, २५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै काठमाडौं, २५ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारमा साझेदारी गर्नेबारे छलफल चलेको छ । त्यसको लागि दुवै तर्फबाट कार्यदलसमेत बनिसकेको छ । प्रधानमन्त्री तथा नेकपा एमाले काठमाडौं, २५ फागुन । प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो सद्‌गुरु : योग परम्परामा शिवलाई एक गुरुको रूपमा पुजिन्छ, भगवान्का रूपमा होइन । हामी जसलाई शिव भनिरहेका छौँ, उनका विभिन्न आयामहरू छन् । तपाईं जो कसैलाई जे-जति गुणहरूले सम्बोधन गर्न सद्‌गुरु : योग-विद्यामा एउटा कथा छ । देवता र दानवहरूको बीचमा युद्ध चलिरहेको थियो । जब बारम्बार युद्ध भइरह्यो अनि धेरै जना मारिने क्रम चलिरह्यो, उनीहरूले समुद्रमा लुकेर रहेको अमृत काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन ।
1,857
स्याङ्गजाको चापाकोट नगरपालिका ९ का रामभक्त आचार्यले १४ बिर्षय एक किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका छन् । गंगालाल माध्यमिक बिद्यालय शिक्षक र नेकपा एमाले चापाकोट नगरपालिकाका नगर सचिव समेत रहेका आचार्यले छिमेककी ति किशोरीलाई मोवाइल दिएको र कसैलाई नभन्नको लागि १० हजार दिने आश्वासन दिएको किशोरीले बताएकी छन् । आचार्यले घर नजिकै लगेर जवरजस्ती गरेको किशोरीको भनाई छ । बालिका बुद्ध सामुदायिक बोडिङकी बिद्यार्थी हुुन् । उनकी आमाले चापाकोट नगरपालिका र प्रहरी चौकी चापाकोटमा शिक्षक आचार्य बिरुद्ध उजुरी दिएपछि मात्र घटना बाहिर आएको हो । छोरीलाई जापान पठाउने भन्दै आएका शिक्षकले ललाई फकाई बलात्कार गरेको किशोरीका आमाले बताइन् । फरार रहेका आचार्यको खोजी भइरहेको चापाकोट प्रहरी चौकीले जनाएको छ ।
1,858
सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित् २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो । आइवाइले अविजित २३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षत्री र करुणा भण्डारीले १/१ विकेट लिए । दुई खेलाडी रनआउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षतिबिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो । सोमबारै भएका अरु खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । जवाफमा मलेसिया ४२ रनमै अलआउट भयो । त्यस्तै, युएईले चीनलाई १६ रनले हरायो । युएईले वर्षाले प्रभावित खेलमा ५ ओभरमा १ विकेटको क्षतिमा ४० रन बनाएको थियो । जवाफमा चीनले २ विकेटको क्षतिमा २४ रनमात्र बनाउन सक्यो । दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँग खेल्दैछ । त्यसैगरी, मलेसियाले चीन तथा थाइल्यान्डले युएईसँग खेल्दैछ । एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले विश्वकप छनोट खेलिरहेका हुन् ।
1,859
२०८१ साउन ८ मंगलबार जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल भोलि (आइतवार) हुँदै छ । आईपीएल–२०२३ को उपाधिका लागि भोलि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स् भिड्ने छन् । खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ । जित्ने टोली १६औं संस्करणको आईपीएलको च्याम्पियन टोली बन्नेछ । गुजरातले गएराति मुम्बईलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने चेन्नईले पहिलो क्वालीफायर खेलमा गुजरातलाई नै पराजित गरेर फाइनल यात्रामा पुगेकाे थियो ।
1,860
नेपाल क्रिकेट संघ क्यानले, नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर गतेबाट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पुनरागमन गरेको टोलीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् ।
1,861
मुख्यमन्त्री उद्धव ठाकरेले यस प्रकरणबारे अनुसन्धानका लागि आदेश दिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उच्च अदालतका अवकाश प्राप्त न्यायाधीशले गृहमन्त्री देशमुखको आरोप प्रकरणको अनुसन्धान गर्ने छन्। यो जानकारी उनलाई दिइएको छ। भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरछेउ विस्फोटक पदार्थ र धम्कीयुक्त पत्ररसहित स्कार्पियो गाडी छाडिएको प्रकरणमा मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक सचिन वझे पक्राउ परेपछि प्रहरी आयुक्तबाट हटाइएका परमवीर सिंहले आफ्ना राज्य (महाराष्ट्र) का गृहमन्त्री अनिल देशमुखले वझेलाई विभिन्न व्यवसायीबाट महिनाको सय करोड उठाएर आफूलाई बुझाउन निर्देशन दिएको आरोप लगाएका हुन्। आफू प्रहरी आयुक्त पदबाट हटाइएपछि उनले मुख्यमन्त्री ठाकरेलाई पत्र पठाउँदै गृहमन्त्री देशमुखले त्यसरी मासिक सय करोड असुलीका लागि प्रहरी अधिकारी वझेलाई अह्राएको आरोप लगाएपछि गृहमन्त्री देशमुख विवादमा तानिएका हुन्। विपक्षी दललगायतले विरोध गर्दै उनको राजीनामा मागेपछि उनी आफैंले मुख्मन्त्रीलाई चिठी लेख्दै आफूलाई लागेको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका थिए ।
1,862
वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ।
1,863
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो । पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत १४ अर्ब १७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । आर्थिक अवस्था सुधार हुँदै गर्दा समेत जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सकिरहेका छैनन् । यता, नवीकरण बीमाशुल्क आर्जन भने गत वर्षको तुलनामा ५.१० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नवीकरणमार्फत जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत वर्षको यसै अवधिसम्म नवीकरणमार्फत ५७ अर्ब ४७ करोड प्रिमियम संकलन भएको थियो । नेपाल बीमा प्राधिकरणले ग्रामीण भेगका स्थानीयलाई समेत समेटेर बीमाको दायरा बढाउन प्रयत्न गरेतापनि जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय बृद्धि हुन सकेको छैन । प्राधिकरणले बीमाको दायरा बढाउनका लागि नै लघुबीमाको लाइसेन्स समेत वितरण गरेको थियो । विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा सचेतना तथा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु प्राधिकरणले गर्दै आइरहेको छ । तर पनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत जम्मा ३९.७९ प्रतिशत छ । यसर्थ अझै पनि नेपालको कुल जनसंख्यामा आधा भन्दा बढी जनसंख्याले बीमा गराएका छैनन् अर्थात् ६०.२१ प्रतिशत जनसंख्या बीमाको दायरामा छैनन् । नेपालको अर्थतन्त्रका कारण जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्न नसकेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘गत वर्षको आर्थिक संकटले गर्दा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा प्रत्यक्ष असर पारिरहेकोे छ’ पौडेलले भने, ‘विस्तारै अर्थतन्त्र सुधार हुँदैछ, केही कम्पनीहरुले गत वर्षको तुलनामा नयाँ व्यवसायमा स्ुधार गरेका छन्, केही महिनापछि सबै कम्पनीको नयाँ व्यसायमा समेत सुधार आउनेछ ।’ त्यस्तै, जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले पनि आर्थिक मन्दीका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क घट्न पुगेको बताए । ‘ओभर इकोनोमिक क्राइसिसका कारण जीवन बीमा कम्पनीको नयाँ व्यवसाय घट्न पुगेको हो, तर केही समययता अर्थतन्त्रमा सुधार आउँदैछ’ उनले भने, ‘आर्थिक मन्दी हटेपनि बीमा कम्पनीको नयाँ व्यवसायमा सुधार आउन समय लाग्नेछ, विस्तारै सबै क्षेत्रको व्यवसाय सुधार हुँदै गइरहेको छ, बन्द भएका सटरहरु सबै संचालन भई रोजगार सिर्जना भएपछि बीमा क्षेत्रको व्यवसाय अझै सुधार हुँदै जानेछ ।’ साथै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डेले पनि नेपालको अर्थतन्त्रले गर्दा अधिकांश जीवन बीमा कम्पनीको नयाँ व्यवसाय बढ्न नसकेको बताएका छन् । गत वर्षको तुलनामा ५ जीवन बीमा कम्पनीको मात्रै प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ । सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले २२.४० प्रतिशतले नयाँ व्यवसाय बढाउन सफल भएको छ । त्यस्तै, नेपाल लाइफले २१.७३ प्रतिशत, आइएमई लाइफले ११.०८ प्रतिशत, एशियन लाइफले ६.३१ प्रतिशत र मेट लाइफले ०.१३ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् । गत वर्षको तुलनामा सबैभन्दा बढी नयाँ व्यवसाय खस्किनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले प्रथम बीमा शुल्क आर्जन ३०.९९ प्रतिशतले घटेको छ ।
1,864
जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिनुभयो । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा जानुभएको छ । बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुग्नुभएको अधिकारीहरुले जनाएका छन् । उहाँले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिनुभएको थियो । उहाँले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पु¥याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गर्नुभएको थियो । उहाँ गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । (रासस/एएफपी) ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
1,865
मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले विद्यालयको आन्तरिक मूल्यांकन आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । यसैगरी भोलिदेखि नै आवश्यक सुरक्षा मापदण्ड अपनाएर सबै प्रकारका पसल खोल्ने समेत सरकारले निर्णय गरेको छ ।
1,866
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव गरेका छन्। उनले आइतबार बिहानै मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकेर संसद विघटनको प्रस्ताव गरेका हुन्। संसद विघटनको प्रस्तावसंगै शेयर बजारमा पनि असर देखिएको छ। आइतबार बजार खुलेदेखि नै ठूलाे उतारचढाव आइरहेको छ। राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से सूचक उच्च अंकले घटेको छ। संसद विघटनले शेयर बजारमा पनि तत्कालका लागि नकारात्मक प्रभाव पारेको छ। तर, लगानीकर्ताकाे नेतृत्व गर्नेहरूले भने आत्तिहाल्नुपर्ने बेला नभएको बताएका छन्। संसद विघटन गरेर एउटा एउटा राजनैतिक निकास खोजिएको र यसले पूँजी बजारमा ठूलो असर नपार्ने उनीहरुको भनाइ छ। तत्कालका लागि बजार नकारात्मक देखिएपनि यसले शेयर बजारमा ठूलो प्रभाव भने नपार्ने नेपाल इन्भेष्टर फेरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। “आवेशको रुपमा तत्कालीन असर देखिन्छ तर, दीर्घकालमा ठूलो असर पर्दैन,” उनले भने, “शेयर बजारलाई राजनैतिक कारणले असर त परेको देखिन्छ तर त्यस्तो आत्तिनुपर्ने भने देखिदैन”। घटेकै बजारमा पनि राम्रो लाभांश दिने कम्पनीहरुको शेयरमूल्य भने बढिरहेको र अहिले आत्तिएर शेयर बेचेर भाग्न खोज्नु मुर्ख काम भएको उनको तर्क छ। घटेकै बजारमा पनि ४ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। हिमालयन डिस्टिलरीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीले गत बिहिबार मात्रै ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस गरी शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रधानमन्त्री केपि ओली र प्रचण्डवीच लामो समयदेखि नै विवाद चलिरहेको थियो। त्यसबाट देश बाहिर आउनै पर्ने र यसले देशलाई पनि एउटा निकास दिने रौनियारको भनाइ छ। तर, बजारमा लगानीकर्ता भने निकै आत्तिएको देखिन्छन्। संसद विघटनले बजारमा कस्तो असर पर्ला भन्ने एकिन नभएकाले उनीहरुमा अन्योल देखिएको छ। राजनैतिक कारणले बजारमा केहि नकारात्मक असर गर्ने आंकलन गर्दै लगानीकर्ताहरु शेयर बिक्री गर्नेतर्फ लागेको देखिन्छ। आइतबार बजार खुल्ने वित्तिकै बजारमा बिक्री चाप निकै बढेको थियो। बजार खुलेको आधा घण्टामानै नेप्से सूचक ७० अंकभन्दा बढीले घटेको थियो। सो पश्चात भने बजार थामियो र केहि सुधार आयो। तर पनि बजारमा ठुलो उतारचढाव आइरहेको छ। संसद बिघटनपछि के होला भन्ने अन्योलले लगानीकर्तामा मनोबैज्ञानिक असर पारेको ब्रोकरहरु बताउछन्। संसद विघटनको कारणले मनोबैज्ञानिक रुपमा तत्काल शेयर बजारमा असर देखिएको ब्रोकर एशोशियसनका पूर्व अध्यक्ष भरत रानाभाटले बताए। तर संसद विघटनकै कारणले बजारमा ठूलो प्रभाव भने नपर्ने उनको आंकलन छ। “मनोबैज्ञानिक हिसावले तत्कालका लागि केहि असर देखिएको भए पनि बजारमा त्यस्तो ठूलो असर गर्ने देखिदैन।” उनले भने।-मेरोलगानी काठमाडौँ, ६ असार । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक राँझा (बाँके), ६ साउन । बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी जुम्ला, ६ साउन । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ४५ करोड ९९ लाख फुङलिङ (ताप्लेजुङ), ६ साउन । ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ काठमाडौं, साउन ६ । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । काठमाडौँ, ६ साउन । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । काठमाडौं, साउन ६ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोको सचिवालयले सांसद काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन ।
1,867
नेपाली टिममा धेरै युवा खेलाडी रहेको र युवाले छिट्टै धेरै कुराहरु सिक्ने कारणले गर्दा नेपालको खेलमा अबको केही महिनामा व्यापक सुधार गर्ने पनि बताए। नेपाल लिग-२ मा २० खेलमा ८ जित र ११ हारका साथ १७ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। ग्लोबल छनोटमा सहजै पुग्‍ने हो भने नेपालले लिग–२ को शीर्ष तीनमा रहनुपर्नेछ। यसका लागि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ। जिम्बाबेमा सन् २०२३ मा ग्लोबल छनोट हुने मिति तय भएको छ। ग्लोबल छनोटमा १० टिमले सहभागीता जनाउनेछन् र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछ ।
1,868
नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने घिमिरे बताउँछन्। चुनावअघि गठबन्धन गरेर नजाने नेताहरूले भनिरहे पनि गठबन्धन गर्ने निर्णय गराएको र अहिले गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले दुवै पदबाट देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?’ उनले गठबन्धन टुट्नुमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ भन्दै प्रश्नसमेत गरेका छन्। देउवाले दुवै पदबाट राजीनामा नदिए छिट्टै विशेष महाधिवेशन बोलाइनेसमेत घिमिरेले बताएका छन् ।
1,869
विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनको भनाइ छ । विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रनाउ जोशीले बताए । उनका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् । ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए । प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ । प्रनाउ जोशीले भने, “राति नौ बजेदेखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाएका छौँ, त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” नौ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिइएको छ । केही दिनअघि नमूनाका रूपमा साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।
1,870
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्गो भएको बताएका छन् । सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेका गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए । 'कांग्रेसले लगाएको गुन भुलेर छेणिक अवसरका खातिर चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन् । अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन् । तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ । पार्टीमा कुर्न पनि सक्नुपर्छ । इतिहास बोकेको पार्टी हो । पार्टीले अवश्य योगदानको कदर गर्छ । गोविन्द भट्टराई जस्ता इमानदार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ । उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु', उनले भने । जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए । डलरको खेती गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तीभर पनि स्वभनीय नभएको उनले बताए । तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन् ।
1,871
पश्चिमका जिल्लाहरूमा अहिले महिलाहरूको संगठनले छाउपडी गोठ भत्काउने र जुवातास विरोधको अभियान चलाएका छन् ।
1,872
अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए । उनले ३० बलमा तीन छक्का र तीन चौका हाने । यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे। यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए। विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए । यसैगरी आक्रामक ब्याटिङ गरेका जामनले ५५ रन बनाए। उनले ३२ बलमा चार छक्का र तीन चौका हिर्काए। यस्तै कप्तान बाबर आजमले पनि ३९ रनको महत्वपूर्ण पालि खेले। उनले ३४ बलमा पाँच चौका हिर्काए। यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ अलीले खाता खोल्न सकेनन् भने सोयब मल्लिक एक रनमा पेभेलियन फर्किएका थिए। अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिए। यसैगरी प्याट कुमिन्स र एडम जाम्पाले एक÷एक विकेट हात पारे । पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलियाले समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो । यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ । न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । यसअघि सन् २००७ र २०१६ मा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। सन् २०१० को उपविजेता अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो । सन् २००७ बाट सुरु भएको टीट्वेन्टी विश्वकपको यो सातौं संस्करण हो। पहिलो संस्करणको उपाधि भारतले उचालेको थियो भने अहिलेसम्मको सर्वाधिक सफल टोली वेस्ट इन्डिज हो । साविक विजेतासमेत रहेको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो ।
1,873
समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिको साथमा क्वारेन्टाइनमा राखिएको हो । बिहीबार सरकारले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । साथै कार्यवाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
1,874
ओडडर मेन्ची क्षेत्रमा पर्ने ट्रपिङ्गमा रहेको विद्यालयमा बुधबार साँझ खानापछि खाएको मिष्ठान्न प्रदुषीत भएकाले बालबालिकाहरु विरामी भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । “उनीहरुले खानापछिको मिष्ठान्न खाएको केही घण्टामै बेहोस हुने र बान्ता गर्ने गरेका थिए,” एक प्रहरी अधिकारीले भने । विरामी भएका विद्यार्थीहरु ४ देखि १४ बर्ष सम्मका रहेका उनले जानकारी दिए । विरामी भएका विद्यार्थीहरुलाई अस्पताल पठाइएको र उनीहरुको खाना परिक्षण गरिएको छ । विरामी मध्ये अधिकांश बालबालिकाहरुको अवस्था अहिले स्थिर छ । उनीहरु मध्ये केहीको अवस्था सुधार भइसकेको छ भने कोही बिहीबार अस्पतालबाट घर गइसकेका छन् । सो विद्यालयले केही बर्षदेखि गरिब परिवारका बालबालिकाहरुलाई निःशुल्क अध्ययन र खानाको व्यवस्था गर्दै आइरहेको थियो ।
1,875
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छनोटमा आन्तरिक सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर सहभागी हुने तयारीमा छ । संघीय संसदमा पहिलो दल कांग्रेसमा मन्त्रीका आकाङ्क्षीको लाइन लामो छ । कांग्रेसका ९८ (राष्ट्रिय सभाका १०) सांसद मध्येबाट ८ जना छान्न देउवालाई सकस परेको देखिन्छ । संसदीय दलको निर्वाचनमा ६४ जना सांसदले देउवालाई साथ दिएका थिए । गगन थापा समूहको भनेर चिनिने सांसदले पनि मन्त्रीको बार्गेनिङमा संसदीय दलको नेतामा देउवालाई मत दिएको कांग्रेस वृत्तमा चर्चा थियो । आफ्नो पक्षमा ३२ जना सांसदको हिसाब गरेका थापाले २५ मत मात्र पाएका थिए । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार मन्त्री बन्न सांसदहरुको चर्को दबाब छ । ‘पार्टी सरकारमा जाने बेला सांसदले मन्त्री बन्न दबाब गर्नु स्वभाविक हो । गठबन्धनको सरकार भएकाले मन्त्रालयको सीमितता छ । मन्त्रीको आकाङ्क्षी धेरै हुनुहुन्छ,’ उनले भने । कांग्रेसमा गुटगत सन्तुलन मिलाएर मन्त्री बनाउने परम्परा रहँदै आएको छ । अहिले पनि देउवालाई शेखर कोइराला–गगन थापा समूहलाई हिस्सा दिनुपर्ने बाध्यता छ । शेखर–गगन समूहले ३ मन्त्रालयको दाबी गरेको छ । आफूसँगै रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको माग पनि देउवाले सम्बोधन गर्नुपर्ने छ । विगतमा सरकार र पार्टीमा हिस्सेदारी माग्दै आएका राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफू निकटलाई मन्त्री बनाउन चासो राख्ने कुरा हुने नै भयो । कांग्रेसको शेखर – गगन समूहबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने निश्चित जस्तै छ । यस्तै बद्री पाण्डे, जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम लगायत पनि मन्त्री बन्न तीव्र लबिङमा छन् । चौधरीप्रति राष्ट्रपति पौडेलको पनि सद्भाव छ । कांग्रेस नेता शशांक कोइरालाले दीपक खड्कालाई मन्त्रीका लागि देउवा समक्ष सिफारिस गरेका छन् । आफू भने देउवा नेतृत्वको सरकार बन्दा मात्र मन्त्री बन्ने कोइरालाले निकटस्थलाई बताउने गरेका छन् । आफू मन्त्री नबनेको अवस्था प्रकाशमान सिंहले पनि राजन केसीलाई मन्त्री बजाउने चर्चा छ । आफ्नो कोर टिमभित्र पनि सभापति देउवालाई मन्त्री छान्न सकस छ । पार्टीभित्रको सन्तुलन मिलाउँदा देउवासँग जोडिएको चार जना मात्र मन्त्री हुने अवस्था देखिन्छ । तर न उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, नेताहरू एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायरको दाबी चर्को छ । कांग्रेसमा प्रभावशाली मन्त्रालयको जिम्मेवारी सम्हाल्न पनि नेताहरुबीच हानथाप छ । कांग्रेसले अर्थ मन्त्रालयमाथि निर्विकल्प दाबी राखेको छ । अर्थ मन्त्री बन्न उपसभापति खड्का, प्रवक्ता महत र नेता उदयशम्शेर राणाबीच हानथाप छ । बाँकी मन्त्रालयबारे भने कांग्रेसले विकल्प राखेको छ । परराष्ट्र वा भौतिक, शिक्षा वा स्वास्थ्य, भूमिसुधार वा सहरी विकास, कानुन वा रक्षा, उद्योग वा ऊर्जा मन्त्रालय लिने कांग्रेसको आन्तरिक रणनीति छ । मन्त्री बन्न उत्कट आकाङ्क्षा राखेका शीर्ष नेताहरूको नजर महत्त्वपूर्ण मन्त्रालयमाथि छ । गठबन्धनको सरकारमा सानो दलले पनि महत्त्वपूर्ण मन्त्रालय दाबी गरेपछि देउवालाई आन्तरिक रूपमा मिलाउन सकस छ । मन्त्रीका विषयमा छलफल गर्न सभापति देउवाले भोलि कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।
1,876
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच भेटवार्ता भएको छ । विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ । ‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । दाहाल गृहमन्त्रीको बचाउमा छन् ।
1,877
त्यसैगरि नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने साक्षात्कार गर्ने अवसरका रुपमा नेपाली टचले भूमिका निर्वाह गरेको बताए । नेपाली टचका संस्थापक दिपेश पुनले सबै दर्शकको माया र ममताको आवश्यकता रहेको र आफुहरुले समर्थकको साथ पाउने पनि बताए । मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका सञ्चालक बद्री अर्यालले नेपाली कला, साहित्य अनि भाषाको जर्गेना गर्ने बिषयमा एक्सपर्ट सधै अगाडि रहेको बताए । नेपाली टचको आयोजानामा हुने सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिस गरिरहेको छ । कार्यक्रममा १८ बर्ष माथिका मात्र सहभागी हुन सक्नेछन् । कार्यक्रमको टिकेटका लागि टिकेट प्लसबाट खरिद गर्न सकिने छ । कार्यक्रमको कम्युनिकेसन पार्टनरमा एक्सपर्ट टेलिकम रहेको छ भने कार्यक्रमलाइ एभरेस्ट कम्युनिकेसन तथा एडभान्स कलेज अफ हेल्थले सहयोग पुर्याएको छ । कार्यक्रमको भिजा पार्टनरमा इपि एजुकेसन अस्ट्रेलिया, ट्राभल पार्टनरमा बुद्ध ट्राभल एंड टुर्स, हस्पिटालिटी पार्टनरमा इन्द्रेणी फंग्सन सेन्टर तथा लिगल पार्टनरमा डीयम लिगल रहेको छ आयोजाकले जानाकारी गराएको छ । कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन् । नेपाल टचले यसअघि पनि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलिया बोलाएर कार्यक्रम गराएको थियो ।
1,878
उत्तरी क्यालिफोर्नियामा सडक अवरुद्ध भएपछि आइतबारदेखि त्यहाँको बिजुली काटिएको हो । प्रशान्त महासागरीय उत्तरपश्चिम (प्यासिफिक नर्थवेस्ट)मा आएको हिमपातको कारण सिएरा क्षेत्रमा करिब ३० इन्च हिउँ खसेको छ । राष्ट्रिय मौसम सेवाले मंगलबार बिहान १ बजेसम्म बृहत ताल (ग्रेटर लेक )ताहोको लागि शीतकालीन आँधीको चेतावनी जारी गरेको छ । व्यापक कुईरो(हिउ)को अवस्था र ४५ माइल प्रतिघण्टाको गतिमा हावा चल्ने चेतावनी दिएको छ । आइतबार दिउँसोसम्म वाशिङटनमा २० हजारभन्दा बढी, क्यालिफोर्नियामा १४ हजार भन्दा बढी र ओरेगनमा १० हजार भन्दा बढी घरमा विद्युत विच्छेद भएको छ । सियाटलमा ३.८ इन्च हिउँ परेको छ । हावाको चिसोले तापमान शून्य डिग्री रहेको र यस क्षेत्रमा चिसो बिहीबारसम्म रहने अनुमान गरिएको सिबिएसन्युजले जनाएको छ ।
1,879
जमानत जफत हुने उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ ६ जना छन् । प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रदेशसभा (क) मा १ र प्रदेश सभा (ख) तर्फ ५ जना उम्मेदवारको जमानत जफ्त भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । निर्वाचनमा प्रतिनिधिसभामा ७, प्रदेशसभा (क) मा ४ र (ख) मा ७ गरी १८ जना उम्मेदवार थिए । सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफ्त हुने प्रावधान छ । जमानत जफ्त हुँदा उम्मेदवारले उम्मेदवारी दिँदा राखेको धरौटी जफ्त हुन्छ । निर्वाचनमा कुल मतदाता १ लाख १६ हजार ९९१ मध्ये प्रतिनिधिसभातर्फ ६९ हजार ४४४ मत खसेको थियो । जसमध्ये ६६ हजार ७२७ मत सदर र २ हजार ७१७ मत बदर भएको थियो । प्रतिनिधिसभामा जमानत जफत जोगाउन कुल खसेको मतमध्ये १० प्रतिशत मत ल्याउनुपर्छ । जुन ६ हजार ६७३ मत हुन्छ । प्रतिनिधिसभातर्फका ७ जनामध्ये २ जनाको मात्रै जमानत जोगिएको छ । बाँकी ५ जनाको जमानत जफ्त भएको हो । प्रतिनिधिसभातर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा (एमाले)का राजेन्द्रकुमार राई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा पराजित भएका हुन् । प्रदेशसभा (क) मा ६१ हजार ५१५ कुल मतदाता मध्ये ३७ हजार ५५६ मत खसेको थियो । जसमध्ये ३६ हजार ४५ मत सदर भएको थियो । १ हजार ५११ मत बदर भएको थियो । जमानत जफत जोगाउन प्रदेशसभा (क) मा ३,६०५ मत ल्याउनुपर्छ । तर, प्रदेशसभा (क) मा उम्मेदवारी दिएका ४ मध्ये ३ जनाले मात्र जमानत जोगाउन सके । त्यस्तै, यस निर्वाचन क्षेत्रमा एमालेका निरन राई विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का अर्जुनकुमार राई पराजित भएका हुन । यस्तै प्रदेशसभा (ख) मा ५५ हजार ४७६ कुल मतदाता रहेकोमा ३१ हजार ७८७ मत खसेको छ । खसेको कुल मतसंख्या मध्ये ३० हजार ७११ मत सदर भएको थियो । १ हजार ७६ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्रमा ३० हजार ७१ मत ल्याउँदा मात्रै जमानत जफत जोगिन्छ । तर, प्रदेशसभा (क) मा उम्मेदवार बनेका ७ जनामध्ये २ जनाको मात्रै जमानत जफत जोगिएको छ । यस निर्वाचन क्षेत्रबाट एमालेका इन्द्रमणी पराजुलीले निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन् ।
1,880
नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ-मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्य तथा श्रीमती रोशना थापा महतको विशेष आतिथ्यमा प्रशिक्षण तथा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । सभापति श्रीमती सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क बेल्जियमका पूर्व अध्यक्षहरू, समितिका पदाधिकारी तथा सदस्यहरू एवं कृयासिल र साधारण सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियका उपाध्यक्ष नरहरि सापकोटाले स्वागत मन्तव्य राख्दै सबैमा स्वागत गरेका थिए । यसै क्रममा पूर्व अध्यक्ष इन्द्र क्षेत्री पकवानले निर्वाचित समितिको बिरुद्गमा कसैलाई पनि लेख्ने र बोल्ने पनि अधिकार छैन किनकि यो समिति लोकतान्त्रिक मूल्य मान्यताबाट निर्वाचित भएर आएको समिति हो भन्दै भर्खरै मिडियामा देखिएको कपोकल्पित समिति कसैलाई मान्य नहुने र पूर्व रूपमा अवैध रहेको धारणा राखेका थिए । प्रमुख अतिथि डा. रामशरण महतले पार्टी विधि विधान प्रक्रिया र पद्धतिले चल्ने हुँदा यस बाहेकका अराजक गतिविधि र विधान बाहिर रहेर कुनै पनि साथीहरूले गर्ने कृयाकलापले कदापि सङ्गठनलाई फाइदा नहुने र सङ्गठनको विधान भन्दा बाहिर रहेर गरिने यस्ता गतिविधिहरूलाई पार्टीले कदापि नस्विकार्ने भन्दा अभिलम्भ यस्ता कृयाकलाप बन्द गरियोस् र निर्वाचित समितिलाई मानेर अगाडी बढ्न सबैमा अनुरोध गरेका थिए । नेपाली काँग्रेस हिजोका दिनको जनताको मन जितेको सबै भन्दा ठुलो पार्टी हो । नेपाली काँग्रेस भित्रको केही गुट र उपगुटले गर्दा आज हामी आफैमा कमजोर बन्न पुगेका छौँ, हामीलाई कसैले कमजोर बनाएको नभई हामी हाम्रै कारणले कमजोर भएका हौ भने सङ्गठनमा एकता, सद्भाव र मेलमिलाप भएन र बिधानतह पार्टी चलेन भने भोलिका दिनमा पनि पछुताउनुको विकल्प केही नहुने भन्दै निर्वाचित समिति बाहेक हामी अरू जान्दैनौ र मान्दैनौँ भन्दै नेपाली काँग्रेसको इतिहासको वाकेको बारेमा डा महतले अत्यन्तै महत्त्वपूर्ण बिचार व्यक्त गरेका थिए । गैरआवासीय नेपाली सङ्घ नेदरल्याण्ड का अध्यक्ष श्री मनोहरी शर्मा, जसस बेल्जियमका सदस्य एवं ने बि सङ्घ कास्कीका पूर्व अध्यक्ष श्री पूर्ण तिमील्सीना लगायतले सङ्गठनमा अहिले केही साथीहरूले सङ्गठनको विरुद्धमा गरेका गतिविधिहरू गलत भएको कुरा प्रष्टाएका थिए । अतिथिको रूपमा संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल एवं नि-वर्तमान अध्यक्ष सुवास जोशी(सन्तोष), गैर आवासीय नेपाली सघं नेदरल्याण्का उपाध्यक्ष विष्णु बास्तोला, महासचिव जितेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका सदस्य एवं नवलपुर सहायता समाजका अध्यक्ष विजय मल्ल, नि-वर्तमान अध्यक्ष रमेश सापकोटा, जसस समिति बेल्जियमका सल्लाहकार एवं पर्वत समाजका अध्यक्ष झलक के सी ,स्पेनका महासमिति सदस्य अर्जुन काफ्ले जसस बेल्जियमका सल्लाहकार एवं ब्यवसायीक सघका नि-वर्तमान अध्यक्ष सी पी भट्ट वर्तमान महासचिव मदन दबाडी, नेपाली युरोप मिलन केन्द्रका अध्यक्ष दीपक न्यौपाने,जसस समिति बेल्जियमका सल्लाहकार एवं स्याङ्जा सहायता समाजका सचिव होमनाथ पाण्डे, जसस समिति बेल्जियमका सल्लाहकार एवं गैर आवासीय नेपाली सघ बेल्जियमका भूतपूर्व युरोप सह-संयोजक प्रेम गुरूङ् लागाएत पदाधिकारी एवं सदस्यहरू सल्लाहकारहरू र कृयाशील सदस्यहरू साधारण सदस्यहरूको बाक्लो ऊपस्थित रहेको थियो । अन्तमा, सभापति सीता सापकोटाले सङ्गठनमा देखिएको भनिएको विवाद कुनै एका-दो व्यक्तिबाट उश्रिखल ढङ्गबाट बाहिर गई निर्वाचित समितिको बिरुद्मा लाग्नु भएको र यस्ता गतिविधिले सङ्गठन वा व्यक्ति कसैलाई पनि फाइदा नपुग्ने भन्दै साथीहरू अनुशासनको दायरामा आई आँफुले गरेका अराजक गतिविधिहरू अभिलम्भ बन्द गरी यो घर तपाइहरूकै मूल घर भएकाले आफ्ना गल्तीहरूलाई सुधारी सङ्गठनमा फर्किन अनुरोध गर्दै विमति भए आन्तरिक छलफलबाट समाधान खोजिनु पर्ने विचार व्यक्त गरेकी थिइन भने उक्त कार्यक्रम ज स स बेल्जियमका महामन्त्री श्री दिनेश प्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।
1,881
प्रमुख नाकाहरूमा एकीकृत जाँच चौकी भारतको सहयोगमा स्थापना गर्ने नेपाल र भारतबीच सहमति भएको छ । यसैक्रममा वीरगन्जमा पहिला नै सञ्चालनमा आइसकेको छ भने अन्य ठाउँमा सञ्चालनमा आउने क्रममा छ । विराटनगरमा बनेको आईसीपीको औपचारिक सञ्चालन हुन करिब १२ दिन जति लाग्छ । यसबाट विशेषतः पूर्वका व्यवसायी अत्यन्त हर्षित छन् । मालबाहक गाडीहरूलाई कस्टम क्लियर गर्नका लागि कमसेकम सात÷आठ दिन लाग्थ्यो । आजको प्रतिस्पर्धी जमानामा त्यत्रो समय लगाएर नाका क्लियर गर्दा लागत एकदमै बढी लाग्छ । यो आईसीपी सञ्चालनमा आइसकेपछि निश्चितरूपमा एउटा पूर्वाधार खडा भएको छ । यो पूर्णरूपमा सञ्चालनमा आइसकेपछि एक वा दुई दिनभन्दा बढी समय लाग्दैन र व्यवसायीहरूको लागत पनि कम लाग्छ । — आयात र निर्यात हुने एउटा नाका भएकोले समय बढी लाग्ने गर्छ, जसले गर्दा व्यवसायीको लागत बढी नै लाग्ने गरेको छ । त्यो लागत अर्बौं रूपैयाँमा हुन्छ । त्यसले गर्दा आईसीपी सञ्चालनमा आइसकेपछि हाम्रो धेरै बचत हुनेछ । अब हाम्रो जति पनि बचत हुन्छ, त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्छौं । यो आईसीपी सञ्चालन एक÷दुई वर्ष पहिला नै आइसक्नुपर्ने थियो । अलिकति ढिलो त भयो । भारत सरकारले निर्माण गरिदिएको हो । भारततर्फ पहिला नै निर्माण भइसकेको थियो, नेपालले गर्दा नै ढिलो भएर यो सञ्चालनमा आएको हो । यस्ता राष्ट्रिय महत्वका परियोजनाहरूमा सरकारले अविलम्ब पहल गर्नुपर्ने हुुन्छ । — यो आईसीपी भारत सरकारको पूर्ण अनुदानमा निर्माण भएको हो । तर, यसमा हाम्रो कमजोरी हो । भारत र नेपालमा निर्माण कार्यको प्रारम्भ एकै समयमा भएको थियो तर, नेपालमा जग्गा अधिग्रहण र मुआब्जामा अलिकति समस्या भएको थियो । यसमा सरोकारवाला निकायले समयमै पहल नगरेकोले पनि अलि ढिलो भएको हो । त्यसको मूल्य हामी व्यवसायीले चुकाउनुप¥यो । भनिन्छ, ‘देर आया दुरूस्त आया’ त्यसैले ठिकै छ । अब यसलाई व्यवसायी र राष्ट्रको हितमा उपयोग गर्नुपर्छ । — यो आईसीपी सञ्चालनले गर्दा नेपाल र भारतबीचको सम्बन्धमा एउटा माइलस्टोन साबित हुनेछ । दुवै देशका लागि यो एउटा गौरवको क्षण हो । यसबाट नेपाल र भारतका व्यवसायीले कम लागत, बढी मुनाफा कमाउने हो । लागत बढी लाग्ने भएपछि व्यवसायीहरूलाई धेरै तनाव हुन्थ्यो, त्यो अब कम हुने भएको छ र ढुक्कसँग आफ्नो आयात–निर्यात कम लागत गर्न सक्छन् । भारत नेपालको एउटा असल छिमेकी हो र भारतले नेपालमा विकास र समृद्धि चाहन्छ भन्ने हामीले बुझ्नुपर्छ । भारतले यसरी नै नेपाललाई सहयोग गर्दै जाने हो भने हामी पनि सम्पन्नतातर्फ उन्मुख हुन्छौं । — यो आईसीपीलाई हामीले चुनौतीको रूपमा लिनै हुँदैन । यसै पनि कुनै परियोजना आउँदा एक मात्र चुनौती हुन्छ कि हामीले यसलाई राम्रोसँग कसरी सञ्चालन गर्ने हो । यस्तो पूर्वाधार निर्माण भइसकेपछि यसलाई अधिकतम् उपयोग गर्नु नै चुनौती छ । — यो त कस्टम क्लिरियेन्सका लागि बनाइएको हो । सर्वसाधारणका लागि नर्मल रोड त छँदैछ । मालबाहक सवारीसाधनका लागि छुट्टै मार्ग निर्माण भइसकेपछि सर्वसाधारण हिंड्ने बाटोमा पनि खासै चाप हुँदैन । यसले धेरै सहजता हुन्छ । — पारवहनमा हाम्रो लागत कम लागेपछि अवश्य नै हामीलाई फाइदा हुन्छ । आयात–निर्यातमा कम लागत लाग्ना साथ व्यापार स्वतः घट्दै जान्छ । जसले गर्दा हामी आन्तरिक बजारमै प्रतिस्पर्धा गर्न अझ बढी सक्षम हुन्छौं । — हामीले निर्यात बढाउनका लागि आफ्ना ट्रेड ब्यारियर्सहरू पहिचान गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तुहरू यहाँका व्यवसायीहरू उत्पादन गर्न सक्यो भने हामीले पनि निर्यात गर्न सक्छौं । हामीले भारत मात्रै होइन, तेस्रो मुलुकमा पनि आफ्नो उत्पादकत्वहरू निर्यात गर्न सक्छौं । — नेपाल र भारतका व्यवसायीहरूको सम्बन्ध धेरै राम्रो छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत नै हो । भारतले नेपाललाई नपत्याएको भए यत्रो ठूलो साझेदार बनाउँदैनथ्यो । त्यसैले, नेपाल र भारतका व्यवसायीबीच एकदम राम्रो सम्बन्ध छ ।
1,882
दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा बिहीबार तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । त्रिभुवन राजपथको थाहा नपा-९ दामन नजिक भएको सवारी दुर्घटनामा २५ वर्षीय चालक राजेश लामा र १७ वर्षीय सहचालक कुमार बलको घटनास्थलमा नै मृत्यु भएको हो । दुवैको घर थाहा नपा हो । बीरगन्जबाट काठमाडौंतर्फ गइरहेको ना३ख ९८९३ नम्वरको मालबाहक ट्रक दामनको ओरालोमा दुर्घटना भएको थियो । घटनास्थलमा नै चालक र सहचालकको भएको प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए ।सडकबाट ट्रक करिब एक किलोमिटर तल खसेको छ । ट्रकले चामल बोकेर ल्याएको थियो । यसैगरी हेटौडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रक र जिप एक आपसमा ठोक्किँदा एक यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । चालक घाइते भएका छन् । चालक दिनेश चौधरीको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइहरेको छ ।चितवनबाट हेटौडातर्फ आइरहेको अनटेष्ट लेखेको बोलेरो जिप र हेटौंडाबाट चितवनतर्फ गइरहेको ना२ख ९५१५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा भारत घर भई हेटौडा १ मा बस्दै आएका ४५ वर्षीय नरक सहनीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
1,883
फोटो दुर्गाप्रसाद शर्मा, पर्वत विद्युत्, सिँचाइ र जल यातयातसमेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना टीका बन्धन, काठमाडौं वन सेवातर्फको सबैभन्दा कनिष्ठ पद वन रक्षक हो। यो पदको आवेदन र नयाँदिल्ली, (एजेन्सी) पूर्वी भारतको उडिसा राज्यमा अभिभावकले एक बालकको छिमेकीको कुकुरसँग विवाह गरिदिएका छन् ।
1,884
'मिस नेपाल–अमेरिका २०२१' यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा हुने भएको छ । मिस नेपाल–अमेरिका एलएलसीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा मिस नेपालसमेत रहिसकेकी माल्भिका सुब्बालाई नियुक्त गरिएको छ । प्रतिस्पर्धामा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूले  भाग लिन सक्ने बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुन मिस नेपाल–अमेरिकाको आधिकारिक वेबसाइट ‘मिसयूएसनेपालडटकम’ वा आयोजकसँग सम्पर्क गर्न सक्नेछन् । आवेदन दर्ता गर्न सेप्टेम्बर १ सम्म समयसीमा निर्धारण गरिएको आयोजकले जानकारी दिएका छन् ।  'मिस नेपाल–अमेरिका' अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूको सशक्तीकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको आयोजकको विश्वास छ ।  यस कार्यक्रमले अमेरिकामा बसोबास गर्दै आएका युवतीहरूको सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत ८० हजार डलरबराबरको सहयोग गरिसकेको छ । मिस नेपाल–अमेरिका २०११ मा न्यूयोर्कबाट सुरु भएको हो ।  आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्न र नेतृत्व लिन सक्ने युवाहरूको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताए ।
1,885
धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्‍चालनमा ल्याएको हो । धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्‍ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्‍न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्‍न अनलाइन सञ्‍चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो । कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो । सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सार्वजनिक निष्कासनका लागि करिब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्‍न हुनेबित्तिकै हेर्न सक्नेछन् । वेबसाइटमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोडसमेत गरिएको छ । उक्त ठेगानामार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।
1,886
1,887
सत्तारुढ चार दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रियसभा ६ सिट मागेको ब्रिफिङ गरेका छन् ।  आज बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीचको बैठकमा एमालेको प्रस्तावबारे प्रचण्डले जानकारी गराएका हुन् ।  बुधबार पनि गठबन्धनको चार दलको बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले राखेको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरे ।  एमालेको प्रस्तावमा एकीकृत समाजवादीले आक्रोश पोखेका छन् । उनले एमालेलाई सिट दिन नहुने अडान राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार प्रतिपक्षी एमाले सरकारमा नै सामेल नभएको भन्दै नेपालले आक्रोश पोखेका छन् । सहमति हुन नसकेपछि बैठक फेरि बस्नेगरी नेताहरू उठेका हुन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ ।
1,888
पहाडभन्दा बाहिरबाट आएका यी समुदाय पाहडीमुलका मानिसहरुसँग सद्भावपूर्ण सम्बन्ध राखेर एउटै परिवार जस्तै भएर बस्दै आएका छन् । उनीहरुमा धार्मिक सद्भाव र सामाजिक सहकार्य समेत रहँदै आएको छ ।
1,889
नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकको मागअनुसार १ दिन थप गरिएको जनाएको छ। यसअघि ५ गतेसम्म मात्र चल्ने कम्पनीले जानकारी दिएको थियो। मेला अवधिभर १ हजार बाईक तथा स्कुटी सेल्स गर्ने योजना रहेको बताएको छ। मेलामा सबै भन्दा रुचाईएको १२५ सिसीको एनटर्क स्कुटर रहेको छ भने बाइकमा अपाचे १६० र २०० बढी सेल्स भएको जनाएको छ। सर्वाधिक मनपराइएको टीभीएस एनटर्क १२५ विशेष प्रविधियुक्त स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ। स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ। यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ यसको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ छ। मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता उत्कृष्ट अफरहरु रहनेछन्। मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।
1,890
यूएईमा जारी आईपीएलको सोमबारको खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच भिड्दै छन्। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिंग गर्ने निर्णय लिएका छन्। मुम्बईले विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरलाई ब्याटिंगको निम्तो दिएको छ। जारी प्रतियोगितामा दुबै टिमले एक हार र एक जित हात पारेका छन्। बंगलोरले पहिलो खेलमा सनराईजर्स हैदरवादलाई पराजित गरेको थियो भने किंग्स एलेभन पञ्जवासँग पराजित भएको थियो। उता मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो भने कोलकता नाइट राइडर्सविरुद्ध विजयी भएको थियो। १० वटा खेल भइसक्दा आईपीएल अंक तालिकाको शीर्ष स्थानमा दुबै खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स छ भने दुबै खेलमा पराजित भएको हैदरावाद अन्तिममा छ ।
1,891
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए । अहिले उनको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । उनका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाईते भएका छन् । दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए । मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
1,892
तर, उनी टुरीनमा युवा प्रणालीमा सहभागी भएका हैनन् । जुनियरले युभेन्ट्समा आफ्ना बुबासँग जोडिएको विश्वास गरेका छन् । ला स्ट्याम्पका अनुसार जुनियरसँग सेन्टर ब्याक आन्द्रेअ बर्जागलीका छोराले पनि युभेन्ट्सको यु–९ मा प्रशिक्षण शुरु गरेका छन् । यसअघि पनि जुनियर रियल मड्रिडको युवा क्लबमा प्रशिक्षण गर्ने गर्दथे । तर, हाल उनी आफ्नो बुबाको अनुबन्धनको पालना गर्दै छन् । रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा रियल मड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डोले युभेन्ट्समा सिरी–ए का दुई खेल खेली सकेका छन् । तर, दुई खेल खेल्दा उनले कुनै गोल गरेका छैनन् । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको‌ ब्रान्ड एम्बेसडरका रुपमा‌ सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
1,893
काठमाडौ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ठगी प्रकरणमा सरकारका मन्त्रीहरूको नाम जोडिँदा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको बताएकी छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौड्यालले गृहमन्त्री, ऊर्जामन्त्री, श्रममन्त्रीसम्म ठगी प्रकरणमा जोडिएको सार्वजनिक भइरहँदा सांसदहरू सम्मानित भएर हिँड्न गाह्रो भएको बताएकी हुन्। ठगीमा जोडिएपनि सरकारले नै छानबिन गर्ने बाटो बन्द गर्दा सार्वजनिक सवारी साधनमा हिँड्दा लोगो लगाएर हिँड्न गाह्रो भएको बताइन्। ‘अहिले डिपी अर्यालको नाम आइरहेको हुन्छ, १० वर्ष जनयुद्ध लडेर आउनुभएका शक्ति बस्नेत ज्यूको नाम छापामा सहकारी ठगको रूपमा आइरहेको छ भने म अब सार्वजनिक गाडीमा हिँड्दा लोगो लाएर हिँडौं कि नहिँडौं?,’ उनले भनिन् ।
1,894
मादी नदीको झोलुंगे पुल बाढीका कारण बगाउने जोखिममा रहेकाले तत्काल रोकथामका काम अघि बढाउन वडाध्यक्ष गुरुङले हाइड्रोपावरका प्रतिनिधिलाई निर्देशन दिए । साथै हाइड्रोपावरले हालसम्म प्रभावित क्षेत्रमा गर्नुपर्ने सामाजिक उतरदायित्वको प्रगति विवरण तत्काल वडामा पेस गर्न समेत निर्देशन दिएको छ ।
1,895
गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो । उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । सहिद उद्यानले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाले पहिलो कार्यकालमा रु ३० लाखको लागतमा चौतारालगायतका विभिन्न संरचना बनाएको छ । उद्यान राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउनुहुन्छ । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको उहाँको भनाइ छ । “अहिले निर्माण गर्न लागेको उद्यान विशेष खालको हो, यहाँ उद्यानमात्रै बन्न लागेको होइन, एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक पनि राखिने छ”, वडाध्यक्ष थापामगरले भन्नुभयो, “खासगरी उहाँहरूको सम्मानसँगै पर्यटन प्रवद्र्धनका लागि हामीले यहाँ उद्यान निर्माण गर्न थालेका हौँ, अझै थप जग्गा व्यवस्थापन गर्नुपर्ने छ, तर कामको सुरुआत भने भइरहेको छ, केही समयमै पार्कले पूर्णता पाउने छ ।” अध्यक्ष थापामगर यो उद्यान ग्रामीण क्षेत्रकै उत्कृष्ट बन्ने बताउनुहुन्छ । उद्यानले गाउँको सुन्दरतालाई बढाउनुका साथै पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । उद्यानसँगै फूलबारी, पदमार्ग, मन्दिर र पोखरी निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राख्ने यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने उहाँ बताउनुहुन्छ । यहाँ बन्ने संरचनाका लागि करिब रु नौ करोड लाग्ने उहाँको भनाइ छ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्यान सहिदको स्मृतिमा निर्माण गर्न थालेको बताउनुभयो । काठेखोला–१ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उद्यानले ठूलो टेवा पु¥याउने भन्दै यसले बसाइँसराइलाई पनि रोक्न मद्दत पुग्ने बताउनुहुन्छ । उद्यानलाई पूर्णता दिन गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको जनाउँदै यस वर्ष पनि प्राथमिकतामा राखेर काम गरेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “उद्यान निर्माणपछि गाउँमा पर्यटकको चहलपहल हुनेछ, अहिले दिनदिनै गाउँ छाड्दै बजार झर्नेको लर्को लागेको छ, यसले त्यसलाई रोक्न ठूलो भूमिका खेल्ने छ भने अर्को कुरा उद्यान वरपर राम्रो व्यवसाय सञ्चालन हुनेछ, त्यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने अपेक्षा लिएका छौँ, उद्यानलाई केही समयमै सम्पन्न गर्न पालिका र अन्य सरकारसँग समन्वय गरी काम गर्नेछौँ ।
1,896
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताए । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि उनले दाबी गरे । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए । गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ । विमानस्थलमा ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्याङ्कमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने उनले बताए । विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए । विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्ध धर्मावलम्बिहरुले सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाइ छ ।
1,897
जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डिएनए परीक्षण शुरु गरेपछि कुन जनावरको अङ्ग हो भन्ने मात्रै होइन कहाँको जनावर हो भन्ने समेत छुट्याउन सकिने भएकोे जनाएको छ । जनावर कुन क्षेत्रकोे छुट्याउन सक्दा आन्तरिक चोरी हो वा अन्तर्राष्ट्रिय चोरी भन्ने छुट्टिने प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताएका छन। उनले भने, “यसले गर्दा जनावरको चोरी शिकारी गर्नेलाई कारवाही गर्न सहयोग पुग्नेछ ।” जनावरको डिएनए परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ । प्रयोगशालामा केही समय पहिले एउटा हात्तीको पुच्छर परीक्षणका लागि आएको थियो । पुच्छर एशियाको हात्तीको भएको परीक्षणपछि पत्ता लाग्यो । प्रयोगशालामा जनावरका विभिन्न अङ्ग परीक्षणका लागि आइरहेका छन् । उनका अनुसार, “पहिले हामी कुन जनावरको अङ्ग हो भन्नेमा मात्रै केन्द्रीत थियौँ भने अहिले कुन क्षेत्रको भन्ने पनि हेर्छौं ।” छिमेकी मुलुकका जनावरका कतिपय गुण मिल्ने हुनाले कुन क्षेत्रको हो भन्ने नछुट्टिने उनले बताए । उनि भन्छन, “नेपाल र भारतमा पाइने हात्ती झण्डै उस्तै हुनाले छुट्याउन गाहे छ । तेस्रो मुलुकको जनावर भने सजिलै छुटिन्छ ।” प्रयोगशालामा अर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०२ वटा नमूना परीक्षणका लागि आएका थिए ।प्रयोगशालामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला वन कार्यालय, निकुञ्ज सैनिक गणलगायतका स्थानबाट जनावरको परीक्षण गर्न मुद्दा आइरहेका छन् ।रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
1,898
प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ । पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका-२ स्थित मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
1,899
साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ । मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ । बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे । खेलको २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेका थिए । उनको स्थानमा लेरोय साने मैदान प्रवेश गरेका थिए । माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्डस्विरुद्ध खेल्दैछ । मानेको चोटसँगै सेनेगल दवावमा स्वतः पर्ने देखिन्छ । माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो ।